शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४७ - जग्गा

भाग: साल: २०१८ महिना: मंसिर अंक:

निर्णय नं. १४७                  ने.का.प.२०१८

फुलबेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

दे. फु. नं. ६।५

निवेदक, प्रतिवादी : डि. चन्द्रकुमारीको सकार गर्ने नजरमान कर्माचार्य

विरुद्ध

विपक्षी : मे. क. लिलाबाहादुर अधिकारी

मुद्दा : जग्गा

(१)   भएको फैसला कतैबाट दोहरिएको नदेखिएमा चित्त बुझाएकै भन्नु पर्ने । थैलि हाली जग्गा लिनेले कत्ति पनि जग्गा नपाउने भन्ने कुरा मनासिब भन्न नहुने ।

            ले. लिलाबहादुरले मेरो ५२।। रोपनी जग्गा मा १२।। रोपनी जग्गा साँध मिचि खाए । जग्गा पुर्‍याई पाउँ भन्ने समेत राजमान समेत उपर गरेको मुद्दामा जग्गा मिचेको ठहर्दैन भन्ने समेत श्री कमाण्डर इन्चीफबाट २००७।८।१५।५ मा सदर गरी तोक फैसला भएको र सोही मितिमा यस मुद्दा तर्फ डि. चन्द्रकुमारीलाई ४।। रोपनी ले. लिलाबहादुरलाई ७।।///।।। १ जग्गा पाउने गरी श्री कमाण्डर इन्चीफबाट तोक फैसला भएकोमा लिलाबहादुरले आफूले चले उपरोक्त मुद्दामा मिचेको ठहर्दैन भन्ने तोक फैसला उपर सो मुद्दा कतैबाट दोहरिएको नदेखिएको र थैलि हाली जग्गा लिने चन्द्रकुमारीले कत्ति पनि जग्गा नपाउने गरी फुलबेञ्चबाट फैसला भएको देखिंदा उक्त ०७।८।१५।५ का श्री कमाण्डर इन्चीफबाट भएका तोक फैसला बमोजिम डि. चन्द्रकुमारीलाई ४ ।। रोपनी ले. लिलाबहादुरलाई ७।///।।।१ पाउने गरेको इन्साफ मुनसिब छ ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : वैतनिक वकिल कृष्ण श्रेष्ठ

फैसला

            १.     यसमा हाम्रो हकको सु. दुर्गाप्रसादले कमाएको इ. नं. ११६ को धुमबाराहीको हिजाखुसी खेत रोपनी ४।। नक्कली हर्षवीर दर्तावाला भन्ने खडा गरी डि. चन्द्रकुमारीले किनी लिई दर्ता गरेको बुझिएकाले सो हाम्रो पोता रसिद खरिदबिक्री गर्ने गरेमा सजाय गरी १९९१।९।१३ मा दर्तावाला हर्षवीरबाट मोहरू २० बीसमा खरिद गरी लिएको जग्गा हामीहरूकै नाउँमा दर्ता गरी पाउँ भन्ने समेत मैयाँ नानी चनमति रंजितकारनीहरूको दर्खास्त उजुरी ।

            २.    लिलाबहादुर समेतसँगको जग्गा मुद्दामा पनि मेरै हक ठहरी फैसला भएको ९९।९।३।६ मा मो. रु. २२००। मा दर्तावाला हर्षवीरबाट खरिद गरी लिएको ४२८ नं. पोताको मौजा नं. २२१ कि. नं. १३२।१३४।१३८।१४२ को हिजाखुशी जग्गा मेरा नाउँमा दर्ता भएको मेरै हक सदर गरी पाउँ भन्ने समेत चन्द्रकुमारीको वा. डि. नजरमान समेतको जिकीर बयान ।

            ३.    वादीको दाता हर्षवीर मरी सकेको भन्ने देखिएको । प्रतिवादीको दाता हर्षवीर हाजिर हुन नआएको । हर्षवीरका नाउँको ४२८ पोता नं. को ४।। रोपनी हिजाखुसी जग्गा साविक ७०६ नं. हर्षबीर भन्ने पोता अड्डाको जवाफ ६१ साल देखि हर्षबीरका नाउँमा दर्ता भएको देखिएको । ९९ सालमा डि. चन्द्रकुमारीलाई बिक्री गर्ने हर्षबीरले बर्ष ३६ को उमेर लेखाएकोले ६१ सालमा डि. चन्द्रकुमारीलाई बेच्ने हर्षबीर जन्मेकै नदेखिने । ६१ साल देखि हर्षबीरका नाउँबाट पोता तिरेका रसिद पनि चनमति मैयाँ नानि तर्फबाट हस्तिवारी बुझाई आएको रसिद पेश भएकोले प्रतिवादीको दाता हर्षबीरको भोग पनि नदेखिने हुनाले समेत साविक ७०६ नं. पोताको हाल ४२८ नं. हर्षबीरको पोता बिर्ता हिजाखुशी सु. दुर्गाप्रसादले कमाएको । मौजा नं. २५ कि. नं. ११६ को त्यही रहेछ भन्ने प्रष्ट देखिएको । हाल ४.८ नं. पोताबाट डि. चन्द्रकुमारीका नाममा कि. नं. १३२।१३४।१३८।१४२ मा दर्ता गरेको जग्गा रोपनी १२।.।।। बेनिस्साको देखिन ठहर्न आएकोले सर्वेलाई भएका सवालले रैकर हुने र २२०० परेको भन्ने राजिनामाबाट देखिंदा अरुका नाउँमा दर्ता गरी दिंदा निज डि. चिन्द्रकुमारीलाई मर्का पर्न जाने देखिनाले निजकै नाउँमा रैकरमा दर्ता गरी दिने डि. चन्द्रकुमारीको राजिनामा बदर गर्ने समेत ठहराई प्रमांगी बमोजिम जाहेर गरेका छौं भन्ने समेत अपील पहिलाको ०६।७।२९ को जाहेरी फैसला ।

            ४.    अघि दर्ता हुने हर्षबीर मरी निजको नाति हर्षबीरबाट लिएकोले नक्कली हर्षबीर खडा गरी लिएको होइन । राजिनामा कायम गरी सो ४२८ नं. पोताबाट मेरा नाउँमा बिर्तामा दर्ता गरेको सदर गरी पाउने हुँ भन्ने समेत डि. चन्द्रकुमारीको छोरा नजरमानको अपील ।

            ५.    अपील पहिलाले हठराई जाहेर गरेको मुनासिब ठहाराई प्रमांगी बमोजिम जाहेर गरेको छौं भन्ने समेत प्रधान न्यायालय दोश्रा फाँटको ०१७।६।१ को जाहेरी फैसला ।

            ६.    अपील पहिलाले ठहराई जाहेर गरेको इन्साफ मुनासिब गरी प्रधान न्यायालयले जाहेर गरेको इन्साफ मुनासिब । बेनिस्सा रैकर ठहर्न आएको १३२, १३४, १३८, १४२ नं. को जग्गा डि. चन्द्रकुमारीले पाउन नसक्नेमा ४।। रोपनी निजले लिएको निजलाई र बढी ७।।३।।।१ जग्गा मेरो साँधैको ५२।। रोपनी बिर्तामा १२।।।ऽ घटेको हुँदा सरकारको तिरो गरी खान पाउँ भनी लिलाबहादुरले बिन्ति चढाएकोले सो ७।।३।।।१ निजका नाउँमा दर्ता गरी दिनु भन्ने समेत श्री मिनिष्टर एण्ड कमान्डर इन्चीफको ०७।८।१५ को तोक ।

      ७.    सो इन्साफमा चित्त बुझेन । दोहर्‍याई इन्साफ जाँच गरी पाउँ भन्ने समेत डि. चन्द्रकुमारीको निवेदनमा व्यहोरा साँचो भए मिसिल झिकी इन्साफ जाँची ऐन सवाल बमोजिम गर्नु भन्ने ०८।१।६ को का. मु. श्री प्र. न्या. मे. क. बल्लभ शम्शेर ज. ब. रा. को आदेश ।

      ८.    सिंगलमा पेश हुँदा डिभिजन र डिभिजनमा पेश हुँदा फुलबेञ्चमा पेश गर्नु भन्ने ०११।३।१ को आदेश ।

      ९.    तारेखमा रहेको डि. चन्द्रकुमारी समेतलाई राखी बुझ्दा चन्द्रकुमारीले पश्चिम रैकर अरु किल्ला बिर्ता भएको साढे चार ४।। रोपनीको कित्ता १ जग्गा हर्षबीरबाट यो ४२८ नं. खरिद गरेको । नापीमा सो खरिदी जग्गाको गौडा देखाई पृथक पृथक ४ कित्ता नापी भएको र सो पोता निजको दाता हर्षबीरको नठहरी २५ नं. मौजा कि. नं. ११६ को मोहि सु. दुर्गाप्रसादले कमाएको । चनमति मैंयानानीको देखिन ठहर्न आएकोबाट सो बेनिस्साबाट डि. चन्द्रकुमारीको नाउँमा दर्ता भएको जग्गा के कसो रहेछ भनी बिचार गर्दा लिलाबहादुरको बिर्ताको मेठ बन्दीको साँधमा लेखिएका मानिसले हाम्रो घुसायो भन्ने दर्ता निस्सा देखाई उजुर गर्न नआएको । लिलाबहादुरले ५२।। रोपनी एकै चक्ला सोही साँधमा भई अहिलेसम्म सोही बमोजिम पोता तिरी राखेको । हाल सर्भेले नापी गर्दा रोपनी ३९।।३।।। मात्र ठहरी १२।।.। नपुग देखिन आएको र उसै ठाउँमा कि. नं. १३२।१३४।१३८।१४२ को ठहर रोपनी १२।।।१ बेनिस्साको उकास भनी रैकर तर्फ दर्ता गर्दा पोता तिरी राखेको जग्गा अकारण हरण हुन जाने मिसिल प्रमाणबाट देखिएकोले सो निस्सा बेगरको रैकर हुने भनेको रोपनी अंक १२।१ जग्गा ठमेल ४।४ पोता नं. को पोता बिर्ता रोपनी ५२।। भित्रको ठहर्छ । रैकर तर्फको लगत काटी लिलाबहादुरका नाउँमा थप गरी दिनु भनी सर्भेलाई जनाउ दिने र चन्द्रकुमारीको लिखतको जग्गा यो नठहरी सो लिखतको पोता नम्बरको जग्गा चनमति समेतको पोता बिर्ता ठहरेकोले निजको थैली आसामीबाट ऐन बमोजिम गरी लिनु भनी चन्द्रकुमारीलाई सुनाई दिने भन्ने समेत ११।४।१० को प्रधान न्यायालय फुलबेञ्चको फैसला ।

      १०.    सो इन्साफमा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने समेत ३५ दिन भित्र ११।४।२४ मा दिएको तो. नं. ५६१७ को डि. चन्द्रकुमारीको बिन्तिपत्र र सो मितिमा सो मुद्दा दोहर्‍याई पाउँ भनी दिएको बिन्तिपत्रको निकाशा भएन भन्ने समेत निजको छोरा नजरमानको नं. ३९ को ०१४।२।१४ मा दिएको निवेदनपत्र ।

      ११.    २०१४ साल बैशाख १० गते भएको शाही आदेश अन्र्तगत यो निवेदनपत्र परेको देखिनाले मुद्दा दोहर्‍याई हेर्नु पर्ने देखिन्छ भन्ने समेत ०१४।१२।१९ को फुलबेञ्चको आदेश ।

      १२.   जग्गा रोपनी साढे चार ४।। रोपनी बिर्ता जग्गा खरिद गरी दिएको भन्ने निवेदकको जिकीर भएकोमा निजले खरिद गरी लिएको बिर्ता झगडा परेको मध्येमा नठहरिएकोले प्रधान न्यायालय फुलबेञ्चबाट ११।४।१० मा ठहराई छिनेको इन्साफ मुनासिब छ भन्ने समेत ०१४।१२।१९।३ को सर्वोच्च अदालत फुलबेञ्चको फैसला ।

      १३.   अ. बं. ९८।१०६।१७० नं. ले लिलाबहादुर वादी प्रतिवादी समेत यस मुद्दामा नहुँदा लिलाबहादुरको बिर्ता तर्फ विचार गर्ने अधिकार कानूनले नदिएको हुँदा इन्साफमा चित्त बुझेन । राजकीय परिषदबाट ठाडै बुझी जग्गा फिर्ता गराई दिनु भन्ने हु प्र. पाउँ भन्ने समेत डि. नजरमानको निवेदनमा व्यहोरा साँचो भए मुद्दा दोहर्‍याई हेरी ऐन सवाल बमोजिम किनारा गरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०१५।६।२६।१ को हुकुम प्रमांगी बक्स भई आएको । हुकुम प्रमांगी बमोजिम गर्नु भन्ने समेत ०१।७।१७ को श्री मा. प्रधान न्यायाधीशको आदेश । ०११।४।१० मा र ०१४।१२।१९।३ मा भएको फुलबेञ्चका फैसलाबाट मौजा नं. २२१ कित्ता नं. १३२,१३४,१३८,१४२ समेत कित्ता ४ को ठहर रोपनी १२।।।१ जग्गा लिलाबहादुरलाई दिलाउने गरेकोलाई ०७।८।१५।५ सो १२ ।।।१ जग्गा मध्ये रोपनी ४।। डि. चन्द्रकुमारीलाई र बाँकी ७।।.।।।१ जग्गा लिलाबहादुरको नाउँमा दर्ता गरी दिनु भन्ने समेत श्री कमान्डर इन्चीफबाट तोक सदर भएको । त्यस उपर लिलाबहादुरको उजुरै नपरेकोमा तोक सदरबाट चन्द्रकुमारीले पाउने गरेको ४।। रोपनी जग्गा उक्त लेखिएको फुलबेञ्चका फैसलाले लिलाबहादुरलाई दिलाउने गरेको कुनै आधार देखिन नआएकोले छलफल निमित्त लिलाबहादुरलाई झिकाई आएपछि निर्णयलाई फुलबेञ्चमा पेश गर्नु भन्ने समेत ०१७।९।१३ को फुलबेञ्चको आदेश ।

      १४.   आदेशानुसार झिकाई आएका लिलाबहादुर र निवेदक नजरमान समेतलाई रोहवरमा राखी निवेदक तर्फबाट बहसमा उपस्थित भएका वैतनिक वकिल विद्वान प्लीडर श्री कृष्ण श्रेष्ठको बहस सुनी इन्साफ तर्फ बिचार गर्दा ले. लिलाबहादुरले मेरो ५२।। रोपनी जग्गामा १२।। रोपनी जग्गा साँध मिची खाए । जग्गा पुर्‍याई पाउँ भन्ने समेत राजमायाँ समेत उपर गरेको मुद्दामा जग्गा मिचेको ठहर्दैन भन्ने समेत श्री कमान्डर इन्चीफबाट २००७।८।१५।५ मा सदर गरी तोक फैसला भएको र सोही मितिमा यस मुद्दा तर्फ डि. चन्द्रकुमारीलाई ४।। रोपनी ले. लिलाबहादुरलाई ७।।।.।।।१ जग्गा पाउने गरी श्री कमान्डर इन्चीफबाट तोक फैसला भएकोमा लिलाबहादुरले आफूले चले उपरोक्त मुद्दामा मिचेको ठहर्दैन भन्ने तोक फैसला उपर सो मुद्दा कतैबाट दोहरिएको नदेखिएको र थैली हाली जग्गा लिने चन्द्रकुमारीले कत्ति पनि जग्गा नपाउने गरी फुलबेञ्चबाट फैसला भएको देखिंदा उक्त ०७।८।१५।५ का श्री कमान्डर इन्चीफबाट भएको तो. फैसला बमोजिम डि. चन्द्रकुमारीलाई ४।। रोपनी ले. लिलाबहादुरलाई ७।।.।।।१ पाउने गरेको इन्साफ मनासिब छ । २०११।४।१० का फुलबेञ्चको फैसलाले लिलाबहादुरका नाउँमा थप रोपनी १२।।।१ जग्गा पोता बिर्ता तर्फ थप गरी रैकर तर्फको लगत काटी दिनु भनी सर्भेलाई जनाउ दिने भन्ने कलमका हकमा हाल सो फैसला बमोजिम गर्नु पर्दैन । सोहि ०७।८।१५।५ का कमान्डर इन्चीफका तोक फैसला बमोजिम रैकर तर्फ लगत कस्न सम्बन्धित अड्डालाई पुर्जी गरी दिने । केहि जग्गा निवेदक नजरमानले पाउने भएकोले पुरै पाउँ भनेमा सजाय गर्नु पर्छ कि भन्न अघिकै फुलबेञ्चका फैसलाहरूले ईन्साफ दोहर्‍याएमा सजाय भईसकेको हुँदा हाल केहि गर्नु पर्दैन । रुल नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

इतिसम्बत् २०१७ साल माघ ११ गते रोज ३ ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु