शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५४ - जग्गा बाली

भाग: साल: २०१८ महिना: माघ अंक:

निर्णय नं. १५४                  ने.का.प.२०१८

फुलबेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री ले. ज. प्रकाश शम्शेर ज. ब. रा.

न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री

न्यायाधीश श्री भगवतीप्रसाद सिंह

सा. नं.

वादी : बिसुनी मरी मुद्दा सकार गर्ने निजका छोरा लक्ष्मीनारायण राउत थारु

विरुद्ध

प्रतिवादी : साहेबज्यू रेवेन्द्रविक्रम शाहाका रानी छोरा

मुद्दा : जग्गा बाली

(१)   भए गरेको काम कुरा फलाना ऐन सवाल अन्तर्गत भएको भन्ने सबुद गुजार्न पर्ने सबुद गुजार्न नसके सवाल अन्तर्गत भएको भनि भन्न नमिल्ने ।

            बाँकी तिर्न नपर्ने भनी विसुनिको उजुरीबाट मुद्दा हुँदै गई भारदारीबाट ९८।१२।१४ मा बाँकी तिर्नै पर्ने ठहराई आखिरी फैसला भएको देखिनाले सो फैसला नहुँदै बीच बीचमा थुनी मौजे पिपरियाको जग्गा बिगाहा ३६।।। ४ कं. रु. २३७४।।।२ मा. पं हर्षनाथले सकार गरेकोले निजलाई दिएको देखिएको सवाल बमोजिम पोत बाँकीमा लिलाम बडाबड गरी कसैले सकार नगरी जिम्दारी तालुक हुन आई बन्दोबस्त गरेको भन्ने मालका जवाफबाट नदेखिएको । सो बाँकी बारेमा भारादारीबाट फैसला भएको मिसिलमा रहेको फर्मायसी बिर्ता मालका रिपोर्टबाट पिपरियाको जग्गा ९४।२।१० मा लिलाम गर्दा कसैले सकार नगरेको भन्ने लेखिएको देखिनाले सो लिलाम बिषयको श्रेस्ता फाराम झिकाएमा दाखिल गर्न नसकी बगहीको जग्गा लिलाम गरेको ९८ सालको लिलामी मुचुल्का दाखिल भएकोले फेरि भएका कागजपत्र लिइ आउनु भनी साहेबज्ूका रानी छोराका नाउँमा म्याद जारी गरी पठाउदा साहेबज्यू कृष्णविक्रम शाहाले वारिस गरी पठाएको ख. प्रेमनाथले पनि सो पिपरियाको जग्गा महारानीले पं. हर्षनाथलाई बन्दोबस्त गरी दिएको सदर हुने कुनै ऐन सवाल भएको भन्ने समेत सबुद दिन गुजार्न नसकेको ।

(प्रकरण नं. ४)

(२)   कस्तो लिलाम ऐन सवाल बर्खिलाप ठहरिने र ऐन सवाल बर्खिलापको लिलाम सदर मान्न नहुने ।

            बगही जग्गा बिगाहा २८।।३ लिलाम गर्नलाई ९८।९।१४ को तारिख मुकरर गरी ९८।८।२३ मा म्याद टाँस गरेकोमा सो दिन लिलाम बडाबड नगरी ९८।९।१९।६ मा मात्र लिलाम गरेकोले बेतारिखमा लिलाम गरेको देखिन आएबाट ऐन सवालको रीत पुगी भएको लिलाम भन्न नभई बेरीतको लिलाम देखिन ठहर्न आएकोले त्यस्तो ऐन सवाल खिलापको लिलाम सदर मान्न नहुनेमा पनि बाँकी तिर्न पर्ने अन्तिम ठेगाना लागी भारदारीबाट ९८।१२।१४ मा फैसला भएको देखिएकोले विसुनीले विरगन्ज गोश्वारा उपर अपील गरेको किनारा नलागी मुद्दा दायर रहेको गोश्वाराका फैसलामा अपील म्याद नाघेपछि लिलाम गर्ने भनी लेखिएको भएपछि गोश्वाराका फैसला लेखाइबाटै गोश्वारा उपर परेको अपील किनारा नभएसम्म लिलाम गर्न नहुने देखिंदा गोश्वाराको फैसला बमोजिम भनी लिलाम गरेको सदर मान्न नहुने हुनाले समेत लेखिएको कारण प्रमाणबाट ऐन सवालको अंग रीत नपुगी बेरीत देखिएको लिलाम सदर गरी दिंदा ऐन सवालको मर्यादा नरहने । अन्याय पर्न जाने समेत हुँदा सो लिलाम सदर मान्न नहुने भई सो लिलाममा लिएको सदर नहुने र बगही बिर्ता बिगाहा ६।४ बिर्ता जग्गाको मोल बाँकीवालालाई मिन्हा दिई बिर्ता मालमा लगत कसी रैकर जग्गा पं. हर्षनाथका नाउँमा नम्बरी बन्दोबस्त गर्नु भन्ने श्री ले. ज. नारायण शम्शेर जंगबहादुर राणबाट तोक सदर भइ सो बमोजिम मालमा दर्ता गरी हर्षनाथलाई बन्दोबस्त गरेको भन्ने मालको जवाफ हुँदा तोक सदर बमोजिम रैकरमा दर्ता गरी सो जग्गा सलामीमा बन्दोबस्त गरेको सदर भन्नालाई पनि सो माथि लेखिएको पिपरियाको र बगैका रैकर जग्गा र सो बगही बिर्ता जग्गा समेत ऐन सवाल बमोजिमको रीत पुर्‍याई लिलाम गर्दा बाँकीमा कसैले सकार कबोल नगरी बाँकी रहेमात्र रैकरमा लगत कस्नु पर्नेमा लिलामै नगरी रैकरमा लगतमा कसी सलामीमा बन्दोबस्त गरेको देखिनाले सो बिर्ता जग्गाको ऐन बमोजिम मोल बाँकी भर्ना गरी सलामीमा तोक सदर बमोजिम बन्दोबस्त गरेको पनि ऐन सवालको रीत अंग पुगी न्यायोचित रूपले काम कारवाई भएको भनी सदर मान्न नहुने ।

(प्रकरण नं. ४)

(३)   धनी, अड्डा र रैयत ऐनको दृष्टिमा समान न्यायिक दृष्टि अपनाउनु पर्ने ।

            १ सालको बाँकी हुनासाथ टाँस गरी लिलाम बडाबड गरी बाँकी उपर गर्नु भन्ने ऐन सवाल भएको । सो बमोजिम गरिदिएको भए धेरै बक्यौता रहन नगइ तिर्ने रैतिलाई र असुल गर्नेलाई गर्न समेत यतिसम्म गाह्रो नपर्ने । यस्तो अबस्थामा सोही १ सालको बाँकी रहेकोमा गर्ने सवाल लगाई टाँस लिलाम गरी दिंदा धनीले र अड्डाले भने ऐन सवाल नमिलाए पनि हुने रैयतले भने ऐन नमिलेको कुरामा पनि आफ्नो हानी सहनु पर्ने हुन गइ उजुर गर्ने बाटो रहने हुँदा धेरै बर्षको बक्यौता सबै चुक्ति गरी असूल गर्नालाई मुनासिब माफिक टायम दिन न्यायका दृष्टिले करै लाग्ने ।

(प्रकरण नं. ४)

फैसला

      १.     यसमा साहेबज्यू रेवेन्द्रविक्रम शाहा रानी छोरा समेतले पूर्ण विक्रमसँग मेरो लेना रु. २४४२ नदिएमा सरकारमा उजुर गरेको रीसले मैले तिर्न बुझाउनै नपर्ने झुट्टा बाँकी देखाई ९४ साल देखि मलाई बेहिसावसँग थुनामा राखी मेरा हक भोगको बगही बिर्ता जग्गा ४० र निज साहेबज्यूको बिर्ता पर्सा माल तालुकको मेरो नम्बरी भोगको पिपरियाको जग्गा बिगाहा ३५ समेत जग्गा विगहा ७५ मा म थुनामा परेका बखत के परिपन्च मिलाई हो ? पिपराको नम्बरी बिगाहा ३६।।२।।४ बगहीको रैकर जग्गा बिगाहा २।।३ वगही बिर्ता ६।४।४ लिलाम गराएको हो । अन्यायवालाबाटै खुलाई सो बाँकी बारेको मिसिल श्रेस्ता समेत बुझी सो जग्गाको ९४ साल देखि ९६ सालका रबिबाली तक निज साहेबज्यूका नाउँ थाहा नभएका रानी छोराले पटवारी लक्ष्मीलालसँग गठमत मिलाई मैले नचिनेको कारिन्दा समेत पठाई लुटी लगेको बालीको बिगो कं. रु. २९२५० र ९७ साल देखि २००० साल तक बर्ष ४ को धान रबीबाली मैले नचिनेका मानिसलाई बटैयामा बन्दोबस्त गरी खाएकोले बटैया गर्ने मानिस निजहरूबाटै खुलाई बटैया आधा कटाई हुने धान चनाको बिगो कं. रु. २७००० मा पिपरियाका नम्बरी जग्गा बिगाहा ३५ को मालपोत सालको रु. २३५।। ले बर्ष ७ को कं. रु. १६४६ कटाई बाँकी कं. रु. ४५६०३ ।।।= सरजमिन बुझी भराई पाउँ भन्ने समेत विसुनी थारुको बिन्तिपत्र बयान ।

            २.    सरकारी अड्डा सरह काम भई आएकाले मिसिल हाकिम समेत बुझ्नु पर्ने बुझी ठहरे बमोजिम गर्नु भन्ने श्री ले. ज. नारायण शम्शेर जंगबहादुर राणाका दस्तखत बमोजिम पर्सा माल तालुक श्री साहेबज्यू रेवेन्द्रविक्रम शाहाका रानी छोराहरूका फर्मायसी माल बुझ्दा विसुनी थारुसँग बिर्ता बहादुरपुराको जिम्दारीको मालपोत मौजे पिपरियाको नम्बरी जग्गाको पोत समेत जम्मा कं. रु. १००६।।= १ लिनु पर्नेमा मालबाट कारवाई हुँदा पिपरियाको ९४ सालको पोत बाहेक ९५७९ ।=।। १ लिनु पर्ने ठहराई जाहेर गरेकोमा विरगन्ज गोश्वाराबाट अपील म्याद नाघेपछि लिने ठहराई ९७।११।२४ मा फैसला भएकाले यस मालबाट ९७ साल श्रावणमा मौजे पिपरियाको जग्गा बिगाहा ३३।३।।। ४ रोक्का गरी सो सालका बाली देखि पोत बुझाउने गरी निज विसुनीले बुझाउन पर्ने बाँकी मध्ये मिनाहा दिने गरी सो पिपरियाको जग्गा बिगाहा ३६।२।।४ कं. रु. २३७४।=।।२ बिर्तावारका अडर दस्तखत बमोजिम साविक हाकिमका पालामा पं. हर्षनाथलाई बन्दोवस्त गरी दिएको र हालवालाका पाला अपील म्याद नाघी सकेकाले बीरगन्ज गोश्वाराका फैसला बमोजिम ९८।९।१९ का दिन निज बिसुनीको जायजात भई आएको जग्गा मध्ये मौजे बगाहीको जग्गा बिगाहा २८।।३ लिलाम हुँदा कं. रु. १५०० मा पं. हर्षनाथले सकार गरी लिएकोले सो मितिदेखि निजको भोग भएको र सो जायजातमा आएको बिर्ता जग्गा बिगाहा ६।४ का हकमा बिर्ता हुँदा जाहेर गरेकोमा बिर्ता जग्गाको मोल बाँकीवालालाई मिन्हा दिई यस अड्डामा लगत कसी रैकर जग्गा पं. हर्षनाथका नाउँमा नम्बरी बन्दोबस्त गर्नु भन्ने तोक सदर भई आएपछि सो समेत हर्षनाथकै नाउँमा बहाली भएकोले जम्मै जग्गा निजको भोग छ । महारानी साहेबज्यू समेतबाट मानिस राखी बटैया बन्दोबस्त भएको समेत कौनै कुरा हैन भन्ने समेत लेखी आएको ।

            ३.    प्रमाणका मिसिलमा रहेको उजुरवालाका छोरा मुद्दा सकार गर्ने लक्ष्मी नारनको बिन्तिपत्र कागजबाट पं. हर्षनाथले पाउनु भन्दा अघिल्ला सालसम्म आफ्नै भोग भएको देखिएकोले बालीमा दावी पुग्न सक्तैन बहादुरपुरा पिपरिया समेतको बाँकी विसुनीलाई लाग्ने ठहराई भारदारी लगायतबाट फैसला भएको इन्साफ मुनासिबै देखिएको । बगही रैकर २८ बिगाहा चानचुन लिलाम बडाबढीमा र बगही दर्ता बिगाहा ६ चानचुन बिर्ता मालका तालुकवाला जनरल साहेबका दस्दखत बमोजिम बिर्ताको ऐन बमोजिम मोल बोल बाँकीमा मिन्हा दिई बाँकीमा माहारानीका दस्खतले सलामीमा पाएको देखिएकोले सो जग्गा दिए पाएको मुनासिबै देखिएको पिपरियाको ३६ बिगाहा चानचुन लिलाम बडाबढी नगरी महारानीको दस्तखत बमोजिम ९७ सलामा कं. रु. २३०० चानचुनमा जग्गाको मोल कम भएका बखत सकार गरी पाई भोग गरेको आजकाल जग्गाको मोल बढी भएकाले सो लिएको सदर गरी बक्सन वा रीत नपुगेकोले फेरि बडाबड गर्नु भन्ने समेत निकासा बक्से बमोजिम गर्ने भनी प्रधान न्यायालय पहिला फाँटबाट ०६।३।११।६ मा जाहेरी फैसला गरेको ।

            ४.    ९४ साल देखि ९६ सालका रबी बाली तक बाली लुटी ९७ साल देखि २००० साल सम्मको धान रबी बाली बटैयामा बन्दोवस्त गरी खाई दिए भन्ने वादी दावीलाई लुटी लाने मानिस र बटैयामा जग्गा कमाउने मानिस यो यो हुन् भनी खुलाउन नसकेका र जग्गा बन्दोवस्तमा र लिलाममा लिने पं. हर्षनाथ मरी सकेकाले निजको छोरा मि. सु. मनीराम र निज पं. हर्षनाथबाट राजिनामा गराई लिनेले दुर्गानर सिं राणा मरेकाले निजका छोरा उपेन्द्र नरसिंह राणा बुझेमा समेत जग्गा लिए देखि बाली खाएको छैन भनी बयान गरेको । २००० साल देखि सो जग्गाको बाली खाएमा वादी विसुनी र निज मरी मुद्दा सकार गर्ने लक्ष्मीनारान समेत साबित भई बिन्तिपत्र दिएको मिसिलबाट देखिनाले लिलाम र बाँकीमा बन्दोबस्त गरी जग्गा दिए पाए उपर उजुर गर्दै रही बुझ्ने प्रमांगी भई मुद्दा पर्दै रहेको नछिनिदै जग्गा खाएमा साबित भएका वादीले ९७ साल देखि जग्गा छाडी दिएबाट बटैयामा बन्दोबस्त गरी साहेबज्यूले खाए होला भन्न नमिल्नेमा पनि ९७, ९८ सालमा जग्गा लिलामबाट समेत पं हर्षनाथले पाई सकेको देखिंदा अरुलाई बन्दोवस्त भई गएको जग्गामा साहेबज्यू तर्फबाट बटैयामा बन्दोवस्त गरी बाली खाए होला भन्न मुनासिब नपर्ने हुँदा बालीमा झुट्टै उजुर गरेको ठहराएको इन्साफ प्रधान न्यायालय पहिला फाँटको मुनासिब । भारदारी पहिला फाँटका ९८।१२।१४ का फैसला लगायतबाट साहेबज्यू रेबेन्द्र विक्रम शाहाका फर्मायसी मालको बाँकी कं. रु. ९७७९।=।। १ विसुनीले तिर्नु पर्ने ठहराएको सो बाँकी तिर्न नपर्ने भन्ने यो उजुरीमा जिकीर लिएकालाई विसुनी मरी यो मुद्दा सकार गर्ने लक्ष्मीनारायणले बाबु विसुनीसँग सरकारको अंशबण्डाबाट भागमा पर्न आएको बाँकी र पिपराको मालपोत बाँकी समेतमा जग्गा जमिन सूद भर्नामा लेखी दिन्छु भनी सो बाँकी मुद्दा परी रहेको भारादारीबाट नछिनिदै ९६ साल चैत्रमा बिन्तिपत्र दिएको । सो बाँकी तिर्न पर्ने ठहराई भारदारी पहिला फाँटबाट फैसला भएको मिसिलमा रहेको बिन्तिपत्रबाट र यो मुद्दामा प्रधान न्यायालय पहिला फाँटबाट जाहेरी फैसला गरेपछि निज लक्ष्मीनारायणले मिनिष्टर साहेबकाहाँ दिएका बिन्तिपत्रमा बेरीतसँग जग्गा जातिमा लिएको छ बिन्तिपत्रवालासँग लिई जग्गा थामी दिई बालीका हकमा मिसिलबाट ठहरे बमोजिम दिलाई भराई दिन एकिन गरी जाहेर गर्न ल्याउनु भन्ने गरी पाउँ भन्ने समेत लेखिएकोले साहेबज्यूको बाँकी तिर्न नपर्ने भन्ने जिकीर मनासिव नदेखिनेमा पनि सो तिर्न पर्ने ठहराई ८९ सालमै भारदारी लगायतबाट फैसला भईसकेको देखिएको र यो मुद्दा समेत बुझ्न भएका खड्गनिशाना नयाँ उजुरीका हकमा बुझी दिनु भन्ने लेखिएकोले बाँकी तिर्न पर्ने नै देखिंदा जग्गा बन्दोबस्त नगरी दिएका र लिलाम भएको मुनासिबै हो कि ? भन्न बाँकी तिर्न नपर्ने भनी विसुनीको उजुरीबाट मुद्दा हुँदै गई भारदारीबाट ९८।१२।१४ मा बाँकी तिर्नै पर्ने ठहराई आखिरी फैसला भएको देखिनाले सो फैसला नहुँदै बीच बीचमा थुनी मौजे पिपरियाको जग्गा विगाह ३६।=।।४ कं. रु. २३ ७४।=।।२ मा पं. हर्षनाथले सकार गरेकाले निजलाई दिएको देखिएको सवाल बमोजिम पोता बाँकीमा लिलाम बडाबड गरी कसैले सकार नगरी जिम्दारी तालुक हुन आई बन्दोबस्त गरेको भन्ने मालका जवाफबाट नदेखिएको । सो बाँकी बारेको भारदारीबाट फैसला भएको मिसिलमा रहेको फर्मायसी बिर्ता मालका रिपोर्टबाट पिपरियाको जग्गा ९४।२।१० मा लिलाम गर्दा कसैले सकार नगरेको भन्ने लेखिएको देखिनाले सो लिलाम बिषयको श्रेस्ता फाराम झिकाएमा दाखिल गर्न नसकी बगहीको जग्गा लिलाम गरेको ९८ सालको लिलामी मुचुल्का दाखिल भएकोले फेरि भएका कागजपत्र लिई आउनु भनी साहेबज्यूका रानी छोराका नाउँमा म्याद जारी गरी पठाउदा साहेबज्यू कृष्णविक्रम शाहाले वारिस गरी पठाएको ख. प्रेमनाथले पनि सो पिपरियाको जग्गा माहारानीले पं. हर्षनाथलाई बन्दोवस्त गरी दिएको सदर हुने कुनै ऐन सवाल भएको भन्ने समेत सबुद दिन गुजार्न नसकेको र बगही जग्गा बिगाहा २८।।३ लिलाम गर्नलाई ९८।९।१४ को तारिख मुकरर गरी ९८।८।२३ मा म्याद टाँस गरेकोमा सो दिन लिलाम बडाबढी नगरी ९८।९।१९।६ मा मात्र लिलाम गरेकोले बेतारिखमा लिलाम गरेको देखिन आएबाट ऐन सवालको रीत पुगी भएको लिलाम भन्न नभई बेरीतको लिलाम देखिन ठहर्न आएकोले त्यस्तो ऐन सवाल खिलापको लिलाम सदर मान्न नहुनेमा पनि बाँकी तिर्न पर्ने अन्तिम ठेगाना लागि भारदारीबाट ९८।१२।१४ मा फैसला भएको देखिएकोले विसुनीले बीरगन्ज गोश्वारा उपर अपील गरेको किनारा नलागि मुद्दा दायरै रहेको गोश्वाराका फैसलामा अपील म्याद नाघेपछि लिलाम गर्ने भनी लेखिएको भएपछि गोश्वाराका फैसला लेखाईबाटै गोश्वारा उपर परेको अपील किनारा नभएसम्म लिलाम गर्न नहुने देखिंदा गोश्वाराको फैसला बमोजिम भनी लिलाम गरेको सदर मान्न नहुने हुनाले समेत लेखिएका कारण प्रमाणबाट ऐन सवालको अंग रीत नपुगी बेरीत देखिएको लिलाम सदर गरी दिंदा ऐन सवालको मर्यादा नरहने अन्याय पर्न जाने समेत हुँदा सो लिलाम सदर मान्न नहुने भई सो लिलाममा लिएको सदर नहुने र बगही बिर्ता बिगाहा ६।४ बिर्ता जग्गाको मोल बाँकीवालालाई मिन्हा दिई बिर्ता मालमा लगत कसी रैकर जग्गा पं. हर्षनाथका नाउँमा नम्बरी बन्दोवस्त गर्नु भन्ने श्री ले. ज. नारायण शम्शेर जंगबहादुर राणाबाट तोक सदर भई सो बमोजिम मालमा दर्ता गरी हर्षनाथलाई बन्दोवस्त गरेको भन्ने मालको जवाफ हुँदा तोक सदर बमोजिम रैकरमा दर्ता गरी सो जग्गा सलामीमा बन्दोवस्त गरेको सदर भन्नालाई पनि सो माथि लेखिएको पिपरियाको र बगैको जग्गा र सो बगही बिर्ता जग्गा समेत ऐन सवाल बमोजिम रीत पुर्‍याई लिलाम गर्दा बाँकीमा कसैले सकार कबोल नगरी बाँकी रहेमात्र रैकरमा लगत कस्नु पर्नेमा लिलामै नगरी रैकरमा लगत कसी सलामीमा बन्दोवस्त गरेको देखिनाले सो बिर्ता जग्गाको ऐन बमोजिमको मोल बाँकीमा भर्ना गरी सलामीमा तोक सदर बमोजिम बन्दोवस्त गरेको पनि ऐन सवालको रीत अंग पुगी न्यायोचित रूपले काम कारवाई भएको भनी सदर मान्न नहुनेमा पनि सो जग्गा दस्तखत लिलाम तोक सदरबाट पाउने पं. हर्षनाथ र निजबाट लिनेले दुर्गा नरसिं राणा समेतले आजसम्म जग्गा भोग गर्न नसकी वादीले नै भोग गरी रहेकोले सो दस्तखत लिलाम तोक सदर बमोजिम आजसम्म भोग गरी आफ्नु हक कायम गराउन नसकी मालपोतसम्म तिरेको देखिनाले पोत तिरेबाटै माथि लेखिएका परिबन्दबाट बेहिसाब गरी दिए पाएको जग्गा धेरै बर्ष अघि पाएको भनी वेहिसाव गरे भन्ने उजुर गरी भोग गरी रहने वादीको हक छुट्टाई लिलाम समेत सदर गरी दिन नमिल्ने हुनाले समेत लेखिएका बिर्ता जग्गा मालमा दर्ता गरेको र पं. हर्षनाथले बिर्तावारका दस्तखत लिलाम तोक सरदरबाट समेत पाएको सदर गर्न मुनासिब न्याय नपर्ने भई बदर हुने ठहरेकोले पहिले बिर्ताबारबाट र लिलाम तोक सदर समेतबाट पाउने पं. हर्षनाथले लिए पाएकै माथि लेखिए बमोजमका कारणबाट बदर भएकाले निज पं. हर्षनाथबाट लिएको सदर मान्न नहुने भई निजबाट राजिनामा गराई लिनेले दुर्गा नरसिं राणाले जग्गा खिचोला गरे भनी नालिस गरी डिग्री गराएकोबाट विसुुनीको हक जान्छ भन्न नहुने हुँदा सो विसुनीले तिर्न पर्ने ठहरेको बक्यौता रूपैयाँ एकै सालको मात्र बाँकी नभई धेरै अघि देखिको साल सालको पुरानो बक्यौता रूपैयाँ देखिएको । १ सालको बाँकी हुनासाथ टाँस गरी लिलाम बडाबड गरी बाँकी उपर गर्नु भन्ने ऐन सवाल भएको । सो बमोजिम गरी दिएको भए धेरै बक्यौता रहन नगई तिर्ने रैतीलाई तिर्न र असूल गर्नेलाई असूल गर्न समेत यतिसम्म गा¥हो नपर्ने । यस्तो अबस्थामा सोही १ सालको बाँकी रहेकोमा गर्ने सवाल लगाई टाँस लिलाम गरी दिंदा धनीले र अड्डाले भने ऐन सवाल नमिलाए पनि हुने रैयतले भने ऐन नमिलेको कुरामा पनि आफ्नो हानी सहनु पर्ने हुन गई उजुर गर्ने बाटो रहने हुँदा धेरै बर्षको बक्यौता सबै चुक्ति गरी असूल गर्नालाई मुनासिब माफिक टायम दिन न्यायका दृष्टिले करै लाग्ने हुनाले अघि देखि हालसम्मको बक्यौता र पोत बाँकी समेत विसुनी मरी मुद्दा सकार गर्ने लक्ष्मीनारानले २०१२ साल चैत्र मसान्तसम्ममा दाखिल गरे सो जग्गाहरू निजलाई थामी दिई तोक सदर बमोजिम बिर्ता रैकरमा दर्ता गरेको लगत काटी दाखिल भएको रूपैयाँ तपसिल बमोजिम दिनु पर्ने दिन फिर्ता पाउने मानिसलाई रूपैयाँ दाखिल गरेका ३५ दिन भित्र रूपैयाँ दाखिल गरेको जनाउ दिई बाँकी साहेबज्यूका तहवील दाखिल हुने रूपैयाँ श्री साहेबज्यू रेवेन्द्रविक्रमका रानी छोराका फर्मायसी मालमा दाखिल गरी दिनु । सो म्यादसम्ममा सो बक्यौता रूपैयाँ र तपसिल बमोजिमको मालपोतको रूपैयाँ दाखेल नगरेमा रूपैयाँ फिर्ता पाउने मानिस र जग्गा धनीलाई समेत जनाउ दिई निजहरूलाई समेत राखी ऐन सवालको रीत पुर्‍याई म्याद टाँसी लिलाम बडाबड गरी आएको थैलीबाट मालपोत तिरेको तपसिलका मानिसलाई तपसिल बमोजिमको रूपैयाँ भर्ना गरी बाँकीबाट तपसिल बमोजिम जग्गा सकार गर्दा र लिलाममा जग्गा लिई दाखिल गरेको मि. सु. मणीरामले फिर्ता पाउने फिर्ता दिई बक्यौता फछ््र्यौट गरी बाँकी रहन आए सो र रोक्का बाली समेत निज विसुनी मरी मुद्दा सकार गर्ने लक्ष्मीनारायणलाई फिर्ता दिनु । लिलाम बडाबढी गर्दा पोत र लिलाम सकार गरी दाखिल गरेको रूपैयाँ समेत साधन भएन भने रोक्का बाली समेत भर्ना दिई बक्यौता फछर्यौट गरी बाँकी हुन आए जतिमात्र लक्ष्मीनारायणलाई फिर्ता दिनु भनी मिसिल पर्सा मालमा पठाउँन बीरगंज गोश्वारामा पठाई दिनु ।

 

तपसिल

पं. हर्षनाथ मरी मुद्धा सकार गर्ने का. ई. रानी पोखरी बस्ने मि. सु. मनीराम भण्डारी के पिपरिवाको जग्गा बिगाहा ३६।३।। को मालपोत सालको कं. रु. २६१।।। दरले ९७ साल देखि ९९ साल तक बर्ष ३ के क. रु. ७८५। बगही बिगाहा २८।।३ को सालको कं. रु. २०१।।३ ले लिलाममा सकार गरेको ९८ सालको र ९९ सालको समेत बर्ष २ को कं. रु. ११८७ ।।। । फिर्ता पाउने सो माथि लेखिएका मितिसम्ममा लक्ष्मीनारायणले बक्यौता ठहरेको रूपैयाँ र पोत बाँकी समेत बाँकी दाखिल गरे पोत बाँकी दाखिल गरेका रूपैयाँबाट र लक्ष्मीनारायणले बक्यौत र पोतको रूपैयाँ समेत दाखिल नगरेबाट माथि लेखिए बमोजिम लिलाम हुने भई लिलाम भएमा लिलामबाट आएको रूपैयाँबाट सो पोत तिरेको कं. रु. ११८७ ।। ।२ भराई दिनु भनी मिसिल जिल्ला मालमा जाने हुँदा लगत दिन नपर्ने ............... १

ऐ ऐ के बगही बिर्ता बिगाहा ६।४। ।२। । मालका लगतमा ९९ सालका बाली देखि लगत कस्नु भन्ने ९९।८।२८ मा श्री. ले. ज. नारायण शम्शेर जंगबहादुर राणाबाट निकासा भई रैकरमा दर्ता गरी पं. हर्षनाथलाई दिएको देखिनाले ९९ साल बर्ष १ को सो जग्गाको मालपोत कं. रु. ४५। ।। । र पिपरियाको जग्गा सकार गरी माहारानी कहाँ दाखिल गरेको कं. रु. २३७४। ।२ मौजे बगहीको जग बिगाहा २८।। ३ लिलाममा सकार गरी दाखिल गरेको कं. रु. १५०० बगही बिर्ता रैकरमा दर्ता गरेको सकार गर्दा दाखिल गरेको कं. रु. ४९९ समेत जम्मा कं. रु. ४४९९।। पं. हर्षनाथबाट दाखिल भई राखेको फिर्ता पाउने सो रूपैयाँ माथि लेखिए बमोजिम बक्यौता र पोत समेत लक्ष्मीनारायणबाट दाखिल हुन आएमा बक्यौता दाखिल भएको रूपैयाँबाट कं. रु. ४४१९।। फिर्ता दिनु भनी मिसिलै पर्सा मालमा जाने हुँदा लगत दिई रहन नपर्ने ...............२

ले. दुर्गा नरसिं राणा मरी मुद्दा सकार गर्ने काई. ठमेल बस्न उपेन्द्र नरसिं राणा के पं. हर्षनाथले मुनाफा खाई लिलामबाट पाएको जग्गा समेत विक्री गरी दिएबाट माथि लेखिएका पिपरियाका जग्गा र वगहीको जग्गाका समेत सालो मालपोत कं. रु. ४३३।३ का दरले २००० साल देखि २००८ साल तक बर्ष ९ को जम्मा कं. रु. ४१६७। ।द्र। ।३ पोत तिरी सके जग्गा भोग गर्न पाएको छैन भन्ने समेत जिकीर भएको र पं. हर्षनाथको मुद्दा सकार गर्ने मि. सु. मणीरामबाट कपाली सरह थैली भरी पाउने समेत हुँदा जग्गा बाली जग्गा बाली भोग गरेमा साबित भई पोत वापत लक्ष्मीनारायणबाट प्रधान न्यायलय नगदीविभाग मार्फत् २०१०।११।४।३ मा धरौट राखेको नोट रु. २९०० निज उपेन्द्र नरसिं राणालाई केही दस्तुर नलिई भराई दिनु भनी लगत दिने नोट रु. २९००

उपेन्द्र नरसिं के माथि लेखिए बमोजिम पोत तिरेको कं. रु. ४१६७। ।द्र। ।३ माथि लेखिए बमोजिम भरी पाउने कं. रु. २९०० कट्टा गरी बाँकी रहेको मालपोत तिरेको कं. रु. १२६७। । । ।३ माथि लेखिए बमोजिम लक्ष्मीनारायणले दाखिल गरे दाखिल गरेको पोतबाट र लक्ष्मीनारायणले बक्यौता र पोत दाखिल नगरी लिलाम गरेमा बक्यौता र पोत दाखिल नगरी लिलाम गरेमा लिलामबाट आएको रूपैयाँबाट सो बाँकी पोत १२६७। । । ।३ निज उपेन्द्र नरसिं राणालाई भराई दिन मिसिलै जिल्लामाजाने हुँदा लगत दिई रहन नपर्ने................३

उपेन्द्र नरसिं राणा के बगही दर्ता रैकरमा दर्ता गरी असूल गरेको सालको पोत कं. रु. ४५।।।। दले बर्ष ९ को पोत कं. रु. ४१२।।।। बक्यौता तिर्न पर्ने ठहरेको लक्ष्मी नारानले दाखिल गरेको रूपैयाँबाट फिर्ता गराई दिने र लक्ष्मीनारायणनले बक्यौता रूपैयाँ दखिल नगरे लिलामबाट आएको बक्यौतामा भर्ना हुने रूपैयाँबाट फिर्ता गराई दिन मिसिलै जिल्ला मालमा जाने हुँदा लगत दिन नपर्ने ............... ४

सो लक्ष्मीनारानले बक्यौता तिर्न पर्ने ठहरी रहेको रूपैयाँ र पोतको रूपैया समेत लक्ष्मीनारायणले दाखिल गरेमा माथि दफा दफामा लेखिए बमोजिम का. ई. रानी पोखरी बस्ने भि. सु. भणीराम भण्डारीलाई फिर्ता दिलाउन पर्ने र उपेन्द्र नरसिं राणालाई फिर्ता दिलाउन पर्ने निजहरूलाई फिर्ता दिलाई बाँकी रहन आएको रूपैयाँ श्री साहेबज्यू रेवेन्द्रविक्रम शाहाका रानी छोराका फर्मायरी मालमा दाखिल गरी दिनु भनी मिसिलै जिल्लामा जाने हुँदा केही गरी रहन नपर्ने ...............५

दुर्गा नरसिंले हर्षनाथबाट सो जग्गा लिंदा हालेको थैली सरकारीया अड्डाबाट लिलाम भएको लिलाममा सकार गरी लिएको जग्गा समेत राजिनामा गरी दिंदा राखेको सो लिलाममा लिएको जग्गा समेत राजिनामा गरी दिंदा राखेको सो लिलाममा लिएको जग्गा समेत माथि लेखिएको परिबन्दबाट बदर भई जग्गा भोग गर्न नपाउने भएका हुँदा कपाली गरी ऐन बमोजिम गरी लिनु भनी सुनाई दिन मुनासिब नदेखिन्दाले २००१।१।२।६ मा घरसारमा राजिनामा भई पास गरी नदिएबाट मुद्दा परी २००२ साल श्रावण ४ गते ५ मा रजिष्ट्रेशन पास भएको लिखत बमोजिमको मोहरू १०००१ दश हजार एक रूपैयाँ हर्षनाथ मरी मुद्दा सकार गर्ने का. इ. रानी पोखरी बस्ने मि. सु. मणिराम भण्डारीबाट भराई पाउँ भनी दण्ड सजायका नं. का ऐन ५ बर्ष भित्रका इ ठमेल बस्ने उपेन्द्र नरसिं राणाको दर्खास्त पर्न आएमा उपेन्द्र नरसिंबाट दसौद मि. सु् मणिरामबाट बिसौंद लिई भराई दिनु भनी अ. त. बिगो फाँटमा लागत दिने ............... ६

बिसुनी मरी मुद्दा सकार गर्ने लक्ष्मीनारायण थारुलाई प्रधान न्यायालय पहिला फाँटका फैसलाले ९७ सालका बालीसम्म उजुरै नलाग्ने हुँदा खारेज गरी ९८ साल देखि २००० सालसम्मको बालीमा नपाउने बाली दावी गरेमा जग्गा मिच्ने का २२ नं. ले सयकडा २।। दरले गर्ने गरेको दन्ड कं. रु. ५४४फैसला सदर भई आएपछि लगत दिन भनी लखिएको सो दन्ड यसै फैसलाबाट लक्ष्मीनारायणको वारिस हुँदा ऐन सवालको रीत पुर्‍याई असूल गर्नु भनी लगत दिने कं. रु. पाँचसयचवालिस रूपैयाँ तीनआना ५४४ऽ

केही उल्टीमा प्रधानन्यायालय पहिला फाँटका देहायका मानिसलाई जरिवाना गर्न पर्दैमा.........७

श्री मे. क. बल्लभ शम्शेर जंगबहादुर राणा

सु. सौन्दर्य केशरी पाध्या

वि. विश्वनाथ

 

इति सम्बत् २०११ साल मार्ग २० गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु