निर्णय नं. ३१०८ - अंश

निर्णय नं. ३१०८ ने.का.प. २०४४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ४५६, ४५३
मुद्दा : अंश ।
पुनरावेदक/प्रतिवादी: जि.कपिलबस्तु सोठौली गा.पं. वार्ड नं. ७ बस्ने चन्द्रिका मिश्र ।
विरुद्ध
विपक्षी/वादी:जि.कपिलवस्तु हाल कजारहवा गा.पं. वार्ड नं. २ बस्ने अतिराजी मिश्राइन ।
ऐ.ऐ बस्ने दया शंकर मिश्र ।
पुनरावेदक/प्रतिवादी: जि.कपिलवस्तु सुठौली गा.पं. वडा नं ७ बस्ने रामदेवको मु.स. गर्ने हाल ऐ.गा.पं. वार्ड नं. ७ बस्ने आरतीदेवी मिश्राइन ।
विरुद्ध
विपक्षी/वादी: जि.रुपन्देही कजरहवा गा.पं. वार्ड नं. २ बस्ने अतिराजी मिश्राइन ।
ऐ.ऐ बस्ने दया शंकर मिश्र ।
फैसला भएको मिति: २०४४।३।२८।१ मा
२००४ सालमा मानो छुट्टिएको भनी जिकिर लिएको र वादी र प्रतिवादी समेत भएको अंश मुद्दामा २००४ सालमा मानो छुट्टिएको मिति कायम गरी अंश दिने दिलाउने गरी लुम्बिनी अञ्चल अदालत समेतबाट अन्तिम फैसला भई रहिरहेको देखिएको समेतबाट प्र.को हकमा २००४ सालकै मितिको चुलो मानो छुट्टिएको कायम गरी निजले जि.अ.मा दिएको तायदाती बमोजिम निजको हकमा वादीलाई अंशबण्डा छुट्याई दिनु पर्ने ।
(प्रकरण नं. १५)
तत्काल प्रचलित अपुतालीको २ नं. मा संग बसेको अंशियार भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत मुद्दामा प्रतिवादी बाहेक अरुसंग बसेका हकदार कोही नभएको हुँदा बाबु आमाको मृत्युपछि निजले नै तत्कालीन अपुतालीको २ नं. समेतबाट अपुताली खान पाउने ।
(प्रकरण नं. १६)
पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह
उल्लेखित मुद्दाःX
फैसला
न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. मूलपूर्खा महावलको अलंगु, सर्जू, राजाराम, रामदेव समेत ५ छोरा भएकोमा अलगुको २ छोरामा जेठा कामता कान्छा ब्रमादेव हुन । कामताको श्रीमती म अतिराजी र छोरा म दयाशंकर हुँ । मूलपूर्खा महावलका छोरा अंलगु, सर्जु, राजाराम समेत परलोक भइसकेको र हामीहरू एकासराकतमा बसी आएको, घरको मुख्य कारणी मध्ये रामदेव हुनुहुन्छ । हाल सगोलमा बस्न हित्तचित्त नमिलेकोले अंश दिनुहोस भनी बराबर भन्दा आलटाल गरेकोले फिराद गरेका छौं फिराद दायर भएको अगिल्लो दिनसम्मको चलअचल गैर सम्पत्ति तायदाती लिई वंशावली अनुसार ५ जना पूर्खा मध्ये २ जनाको नावल्ह भई ३ जनाको मात्र सन्तान भएकोले १ भाग हाम्रो बाजे ससुरा अलगुको अंश मध्ये निज अलगुको २ सन्तान भएकोले आधा हाम्रो बाबु लोग्ने कामताको भएको अर्थात् पूरा जायजातमा ६ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी ।
३. वादी दावी बमोजिम एकासराकतमा बसेका होइन । वादी र हाम्रो वतन फरक छ । २००३ सालमा सर्जु मर्दा दर्ता नामसारीमा विवाद परी हक कायम गरी ल्याउनु भनी मालले सुनाएपछि क.ब.जि.अ. मा नालिश परी मुद्दा चल्दाचल्दै पैतृक सम्पत्ति मध्ये राजाराम मिश्रको हक अंशको जग्गा समेत निजले म रामदेवलाई बकसपत्र गरिदिएको भएपनि राजाराम, सर्जु समेतका नाममा दर्ता रहेको जग्गा जिमिदारी मध्य ५ अंश हक कायम गरी २०२८।९।५।२ मा फैसला भएकोमा सो उपर ब्रम्हदेवको पुनरावेदन परी लु.अं.अ. मा मुद्दा चलिरहेको छ । सो मुद्दाको निर्णय नभएसम्म विपक्षीको फिराद अ.बं. ८९ नं. ले खारेज गरिपाउँ । एकासराकतामा नभई अघि नै मानो छुट्टि भिन्न बसी आएकोमा नालेश गर्नुपर्ने कारण के छ भने चन्दिका मिश्र उपर म कृपाशंकर मिश्र समेतले अंश मुद्दा दायर गरी यस अदालतमा चलिरहेकोमा सो मुद्दा खारेज होला भन्ने मनसायले बेगल बसी आएका यी वादीलाई मिलाई झुठ्ठा नालेश दिएका हुन भन्ने समेत व्यहोराको सोना मिश्राइनी समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. मैले वादीलाई अंश दिनुपर्ने समेत होइन । यी वादीहरूको बाबु सर्जू १९९५।१।५ मै छुट्टी भिन्न भई खति उपति आ–आफ्नो व्यहोरा आएको २००४।३।१ मा बाबु सर्जु मिश्रसंग मानो छुट्टीई भिन्न बसेको भन्ने कुरा २००७ सालमा तत्कालिन तौलिहवा अमिनीमा बाबु सर्जूले दिएको प्रतिउत्तरपत्रमा प्रष्ट उल्लेख गर्नु भएको समेतबाट वादीहरू सगोल सराकतमा बसेको होइन भन्ने समेत व्यहोराको चन्द्रिका मिश्रको प्रतिउत्तरपत्र ।
५. महावलका २ छोरा अलजु र सर्जु भएको हाँगामा भागबण्डा भएको नदेखिँदा दुवै पक्षले दाखेल गरेको तायदातीमा उल्लेखित २००४।३।१ भन्दा अगाडिको श्री सम्पति २ भागको १ भागमा अलजुको कामता र ब्रम्हदेव २ छोरा देखिनाले अलगुको भागको सम्पत्तिबाट २ भागको १ भाग वादीहरूले अंश पाउने ठहर्छ भन्ने समेत शुरु जि.अ. को फैसला ।
६. शुरु जिल्ला अदालतको फैसला चित्त बुझेन सो फैसला बदर गरिपाउँ भन्ने समेत वादी प्रतिवादी दुवै पक्षको लुम्बिनी अं. अ. मा पुनरावेदन परेको रहेछ ।
७. अलगु सर्जु रामदेव ३ अंशियार भन्ने देखिएका १ खण्ड अंश पाउने अलगुको आधा ब्रम्हदेवको कटाई आधा वादी अतिराजीको लोग्ने र वादी दयाशंकरको बाबुको नाउँको भाग वादीले पाउने ठहर्याएको शुरु जि.अ.को फैसला मनासिब ठहर्छ । अरु मुद्दाबाट समेत देखिएको मुडिलाको जग्गा कित्ता नम्बर समेत खुलाई लाग्ने कोर्ट फी दाखिल गरी आफ्नो हिस्सा छुट्याई पाउँ भनी वादीले दर्खास्त दिई दिए बण्डा छुट्याई दिने ठहर्याएको सम्म शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला गल्ती ठहर्छ भन्ने समेत लु.अं.अ. को फैसला ।
८. लुम्बिनी अं.अ. को फैसला चित्त बुझेन भनी दया शंकर मिश्र समेतले दिएको निवेदनमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट अनुमति प्रदान गरिएको रहेछ ।
९. वादी प्रतिवादी अंशियार भएकोमा मुख मिलेकै देखिएको छ । मानो छुट्टिएको भन्ने पारीत लिखतको अभावमा २००४ साललाई भाग छुट्टिएको मिति कायम गरेको मिलेको देखिएन मुद्दा चल्दा चल्दैको अवस्थामा एक अंशियार रामदेव मरेपछि निजको हकमा निजको छोरी आरतीले मुद्दा सकार गरेको अपुतालीको २ नं. समेतको विपरीत हुँदा निज आरतीलाई समेत अंश भाग दिलाउने गरेको लु.अं.अ. को फैसला उल्टी हुन्छ । प्रतिवादीहरूबाट आएको फाँटवारी तायदातीबाट अलगु र सर्जुको २ भाग लगाई अलगुको भागमा पर्न आउने १ भागबाट २ भाग लगाई १ भाग वादीले पाउने ठहर्छ भन्ने समेत प.क्षे.अ. को फैसला ।
१०. प.क्षे.अ. को फैसलामा अंशबण्डाको १८, ३० नं. तथा अपुतालीको २ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि भएको हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी आरतीदेवीको निवेदन यस अदालतमा परेको रहेछ ।
११. प्रतिवादी मध्येका रामदेवको छोरी आरतीदेवी भएको र निजले बाबु र आमा परलोक भई प्रस्तुत अंश मुद्दामा अविवाहित कुमारी छोरी भएको नाताले मुद्दा सकार गरेको र सो विषयमा सो सकार बदर गरिपाउँ भनी यिनै वादीले यिनै आरतीदेवी उपर दिएको मुद्दा लु.अं.अ. बाट वादी दावी पुग्न नसक्ने ठहर्याई भएको फैसला अन्तिम रुपमा रहेको छ । पेश भएका प्रमाणहरुबाट २००४।३।१ मा नै मानो छुट्टि अलग अलग भई बसेको देखिएको र रामदेवले इश्रावतीलाई २०२९।८।१।५ मा आफ्नो घर राजीनामा गरिदिएमा कुनै अंशियारको उजूर नपरेको, राजारामले रामदेवलाई २०२३।८।७।६ मा पारीत गरिदिएको बकसपत्र उपर पनि कुनै अंशियारको उजूर नपरेको प्रष्ट देखिन आएको छ । यस्तो स्थितिमा मानो छुट्टिएको मिति २००४।३।१।३ कायम नगरी फिराद परेको अघिल्लो दिन कायम गर्ने गरी ठहर्याएको प.क्षे.अ. को फैसलामा मुलुकी ऐन अपुतालीको २ नं. अंशबण्डा ३० नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४२।४।२३ को आदेश ।
१२. प.क्षे.अ. को त्रुटिपूर्ण हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी चन्द्रिका मिश्रको पर्न आएको निवेदनपत्र ।
१३. वादी अघि नारायण प्रतिवादी यी निवेदकका बाबु सरजु मिश्र भएको भाडा दिलाई घर खाली गरिपाउँ भन्ने मुद्दामा प्रतिउत्तर दिँदा २००७।६।३ मा २००४ साल देखि नै छुट्टिसकेको भनी लेखिएको र २०१३।११।६ मा तिरथ मिश्रका हस्ताक्षरले निवेदकको बाबुको तर्फबाट निवेदकलाई लेखेको निजीपत्रको व्यहोराबाट पनि सोही कुरा पुष्टि भएको छ । निवेदकका काका राजारामको जोखाई गरारियाको घर जग्गा मुद्दामा २०१४।७।८।१ मा राजारामले निवेदकलाई वारेश राखेकोमा तत्कालीन एकाघर बाहिरका वारेश गरे वापत धरौट राख्ने व्यवस्था अनुसार धरौट समेत राखेको छ । यस्तो स्थितिमा फिराद परेका अघिल्ला दिन मानो छुट्टिएको मिति कायम गर्ने गरी अंश पाउने भनी प.क्षे.अ. ले गरेको निर्णयमा अंशबण्डाको १८ नं. तथा अ.बं. १८४(क) १८५ नं. तथा प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४२।४।२३।४ को आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी चन्द्रिका मिश्रको तर्फबाट विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी तथा आरतीदेवीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी वादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले गर्नु भएको बहस समेत सुनियो ।
१५. यसमा मानो छुट्टिएको मिति २०२८ साल अर्थात् फिराद परेको अघिल्लो दिनमा कायम गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेकोमा चन्द्रिका बाहेक अरु प्रतिवादीहरूले चित्त बुझाई पुनरावेदन नगरेकोले निजहरूको हकमा क्षेत्रीय अदालतको फैसला यथावत नै रहने हुँदा अरु विचार गरिरहनु परेन । प्र.चन्द्रिका मिश्रको हकमा विचार गर्दा २००४ सालमा मानो छुट्टिएको भनी निजले जिकिर लिएको र वादी कृष्णशंकर र प्रतिवादी चन्द्रिका मिश्र समेत भएको अंश मुद्दामा २००४ सालमा मानो छुट्टिएको मिति कायम गरी अंश दिने दिलाउने गरी लुम्बिनी अञ्चल अदालत समेतबाट अन्तिम फैसला भई रहिरहेको देखिएको समेतबाट प्र.चन्द्रिका मिश्रको हकमा २००४ सालकै मितिको चुलो मानो छुट्टिएको कायम गरी निजले जि.अ.मा दिएको तायदाती बमोजिम निजको हकमा वादीलाई अंशबण्डा छुट्याई दिनु पर्ने देखियो । यसरी चन्द्रिकाको हकमा फिराद परेको अघिल्लो दिनको चुलो मानो छुट्टिएको मिति कायम गरेको सम्म प.क्षे.अ. को फैसला गल्ती ठहर्छ । अतः निजको हकमा २००४ सालकै चुलो मानो छुट्टिएको मिति कायम गरेको शुरुको सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ ।
१६. अब प्रतिवादी आरतीदेवीको हकमा विचार गर्दा वादीले प्रतिवादी आरतीदेवी उपर दिएको नामसारी मुद्दामा नामसारी गरेको बदर नहुने ठहरी शुरुको इन्साफ नै लुम्बिनी अञ्चल अदालतबाट समेत मनासिब ठहरी अन्तिम भइरहेको र सकारनामा बदर गरी हक कायम गरिपाउँ भन्ने मुद्दामा बाबु आमा मर्दा छोरीले अपुताली पाउने व्यवस्था भएको अ.बं. ६२ नं. बमोजिम दैयादारले सकार गर्न पाउने भई सकार गरेको कुरामा बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याई शुरुले गरेको इन्साफ अञ्चल अदालत समेतबाट मनासिब ठहरी मिति २०३६।११।२९ मा फैसला भई अन्तिम रुपमा रहेको देखिएको र तत्काल प्रचलित अपुतालीको २ नं. संग बसेको अंशियार भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी आरती मिश्राइन बाहेक अरुसंग बसेका हकदार कोही नभएको हुँदा बाबु आमाको मृत्यु पछि निजले नै तत्कालीन अपुतालीको २ नं. समेतबाट अपुताली खान पाउने नै देखिन आयो । प्रस्तुत मुद्दामा प्रतिवादी चन्द्रिकाको हकमा २००४ सालमा मानो चुलो छुट्टिएको मिति यस अदालतबाट कायम भएको र अन्य प्रतिवादीहरुको हकमा २०२८ साल अर्थात् फिराद परेको अघिल्लो दिनमा मानो चुलो छुट्टिएको मिति प.क्षे.अ. बाट कायम गरेको यथावतै रहेकोले मानो चुलो छुट्टिएको उक्त दुवै मितिको दृष्टिकोणबाट वादीलाई सगोलको अंशियार मान्ने अवस्था देखिन नआएकोले तत्काल प्रचलित अपुतालीको २ नं. ले पनि प्रतिवादी आरतीले बाबु आमाको अंश भाग पाउँदैन भन्न मिल्ने देखिन आएन । प्रतिवादी आरती मिश्राइनलाई अंश नदिलाउने गरेको र प्रतिवादी चन्द्रिकाको हकमा २००४ सालको चुलो छुट्टिएको मिति कायम नहुने ठहर्याएको सम्म पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्छ ।
१७. प्रतिवादी रामदेवको छोरा आरतीले मुद्दा सकार गरेको हुँदा अलगु, सर्जु, रामदेव समेत ३ अंशियार देखिएकोमा अलगुको २ छोरा कामद्रा र ब्रम्हदेव हुँदा निज अलगुको भाग मध्ये आधा ब्रम्हदेवको कटाई अतिराजीको लोग्ने र वादी दयाशंकरको बाबुका कामताको अंश भाग वादीहरुले पाउने ठहर्याएको हदसम्म लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ. को इन्साफ केही उल्टी हुँदा सो लगत कायम राख्नु परेन पुनरावेदक प्रतिवादी चन्द्रिका मिश्र, आरतीदेवी मिश्राइनहरू समेतको अंश हक भाग रहने भई विपक्षी वादीहरूले प्रतिवादीहरूबाट अंश पाउने ठहरेकोले दण्ड सजायँको ४६ नं. को म्याद भित्र बण्डा छुट्याई पाउँ भनी दर्खास्त दिएमा देहाय बमोजिमको तायदाती फाँटवारीको देहायमा उल्लेखित सम्पत्तिबाट अलगु सर्जू, रामदेवको ३ भाग लगाई अगलुको भाग मध्ये आधा ब्रम्हदेवको कटाई बाँकी आधा कामता अंश भागबाट एक भाग यि वादी दयाशंकर र एक भाग अतिराजी मिश्राइनको अंश भाग कानून बमोजिम छुट्याई दिनु भनी शुरु जि.अ. मा लेखी पठाई दिनु....१
वा.स.कृष्णशंकर मिश्रबाट दाखिल भएको तायदातीबाट:–
मृतक सर्जु मिश्रका नाउँमा नापी भएको तर जग्गाधनी दर्ता प्रमाणपूर्जा नपाएको प्रचलित मुल्य रु. ६,४५७।५० पर्ने जग्गा
जिल्ला पञ्चायत वडा नं. कित्ता नं. क्षेत्रफल
कपिलवस्तु कजरहवा १क. २४ ०–२–७
” ” ” ३८ ०–०–१८
” ” ” ५३ ०–१–६
” ” ” ६१ ०–०–१०
” ” ” ६४ ०–१–२
” ” ” १७५ ०–१–०
” ” ” २४९ ०–२–११
” ” ” २६२ ०–१–११
” ” ” ३२९ ०–१०–६
” ” ” ५०७ ०–२–१०
” ” ” ५६१ ०–०–१७
” ” ” ६०७ ०–३–२
” ” ” ६१२ ०–२–४
” ” ” ६१६ ०–२–१६
” ” ” ६८० ०–३–६
” ” ” ६९२ ०–०–१७
” ” ” ७७४ ०–१–१७
” ” ” ७९५ ०–२–८
” ” ” ८४७ ०–२–४
” ” ” ८७८ ०–०–१९
” ” ” ८७९ ०–१–१५
” ” ” ९१० ०–१–९
” ” ” ९२९ ०–२–६
” ” ” १०९० ०–५–१२
” ” ” १२१२ ०–६–६
” ” ” १२८९ ०–३–११
” ” ” १३१२ ०–७–८
” ” ” १३७५ ०–८–२
” ” १२(ख) ९ ०–६–१०
” ” ” ३८ ०–०–६
” ” ” ५२ ०–०–१०
” ” ” २२५ ०–२–८
” ” ” २३५ ०–२–४
” ” ” २४७ ०–४–१३
” ” ” ४०१ ०–५–४
” ” ” ४४६ ०–३–१७
” ” ” ४८८ ०–१–५
” ” ” ५८० ०–१–१३
” ” ” ६०५ ०–३–९
” ” ” ६३५ ०–६–१९
” ” ” ६५२ ०–१–१३
” ” ” ७५५ ०–१–११
” ” ” ८६० ०–१–८
” ” ” ६६९ ०–१–३
साविक नं. १६०४क ०–२–१६ जग्गा र अरु जग्गा समेत गाभी नापीमा कायम भएको वा.नं. १क. को नं. ११९९ जग्गा मध्ये मेरो हकको दक्षिणतर्फ ०–२–१६ गा.पं. कजहवा वडा नं. २ मध्ये नगर मध्ये सडक सो पश्चिम कि.नं. ६१ को जग्गा सो पूर्व रामशंकर मिश्र सो दक्षिण सा. भिखि हाल फसे महम्मद समेत सो उत्तर यति चार किल्ला भित्रको माटोको देवल फुसको छाना भएको २१ हात र २५ हातको घर र सोही चार किल्ला भित्रको फुसको टाटी छाना भएको ३० हात र १५ हातको धारी तथा ९ हात र २५ हात भएको आँगन समेतका मूल्य रु. ५०० जाने घर वारी आँगन जग्गा ............................
जगराम केवट सो पश्चिम सडक सो उत्तर पूर्व राम हरख लोनिया सो दक्षिण पूर्व पश्चिम २१ हात उत्तर दक्षिण २० हात भएको माटोको देवाल फुसको छाना भएको धारीको प्रचलित मूल्य रु. २००।– जाने घारी............................
हामी कृपाशंकर, कृष्णाशंकर, बिजयशंकर, उमाशंकरको फाँटको प्रचलित मूल्य रु. ७००।– जाने जग्गा जो कि अचरज मिश्रका नाउँमा थियो निज मर्दा ०३८ सालमा नामसारी दर्ता गराएको र सो मध्ये तिरथ मिश्रको हकको आधा जग्गा राजीनामा गरिदिई बाँकी दर्ता कायम भएको .......................
जिल्ला पञ्चायत वार्ड नं. कित्ता नं. क्षेत्रफल
कपिलवस्तु वदौली ९ ५७७ ०–३–१०
” ” ” ६५६ ०–१–१०
” ” ” ८३० ०–१–१७
” ” ” ८३२ ०–१–०
गा.पं. वदौली वार्ड नं. ७ मौजा मौदिला मध्ये रमापति र विजयशंकर मिश्रको घर सो पछि म हरिशंकरको घर र रास्ता सो दक्षिण रास्ता सो उत्तर महेन्द्र मिश्रको घर सो पूर्व यति चार किल्ला भित्रको उत्तर दक्षिण ३७ हात पूर्व पश्चिम २६ हात भएको जग्गामा पूर्वतर्फ लम्बा ३० हात चौडा १३ हात भएको माटाको देवान फुसको छाना भएको आधा दक्षिणतर्फ तिरथ मिश्र र आधा उत्तरतर्फ कृपाशंकर मिश्र समेत भएको प्रचलित मूल्य रु. ४००।– जाने घर र सहन जग्गा समेत...........
ऐे.ऐ. मा सा.कि.नं. १३८० मा सर्जू मिश्रका नाउँमा ८८ सालमा नापी भएको हाल गाउँ व्लकमा रहेको राम निवास हरिशंकरको घर सो पश्चिम महेन्द्र मिश्रको घर सो उत्तर राधेश्याम पाठक सो दक्षिण राम समुझ मिश्रको भोग जग्गा सो पुर्व यति चार किल्ला भित्रको उत्तर दक्षिण ५० हात पूर्व पश्चिम १९ हात भएको मूल्य रु. ५००।– जाने सहन जग्गा ऐ.ऐ सा.कि.नं. १०६० सर्जू मिश्रका नाउँमा ८८ सालमा नापी भएको हाल नापी नभई पर्ति जनिएको हाम्रो भोगको आज्ञाराम राधेश्याम पाठक सो पश्चिम राम समुझको घर र सहन जग्गा सो उत्तर अमिन मुसलमानको जग्गा र क्षेदि मुसलमानको जग्गा सो देखिन सर्जु मिश्रको जग्गा र महेन्द मिश्रको जग्गा सो पूर्व यति चारकिल्ला भित्रको लम्वा हात ५२ चौडा २६ हातको सहन जग्गामा २० हात लम्वा ५ हात चाक्लो भएको फुसको टाटी छाना भएको प्रचलित मूल्य रु. ५००।– जाने मुर्सिला धारी सहन जग्गा समेत ...............
तिरथ मिश्रको घर सो दक्षिण राम आश्रे मिश्रको घर सो उत्तर राम समुझ मिश्रको घर सो पूर्व मृतक रामदेवको घर सो पश्चिम यति चार किल्ला मिश्रको पूर्व पश्चिम २७ हात उपर दक्षिण १३ हात भएको माटाको देवल खपडाको छाना भएको घर र सोही किल्लाभित्र चर्चेको ८ हात पूर्व पश्चिम १३ उत्तर दक्षिण चौडा भएको सहन जग्गा र दक्षिणतर्फ १० हात पूर्व पश्चिम १० हात उत्तर दक्षिण चौडा भएको सहन जग्गा र दक्षिणतर्फ १० हात पूर्व पश्चिम १० हात उत्तर दक्षिणको आँगन सहन जग्गाको प्रचलित मूल्य रु. १०००।– जाने घर जग्गा म कृष्ण शंकरको एकलौटी भएको....................................
म तिरथ मिश्रको फाँटको जग्गा म तिरथको नाउँमा कृपाशंकर समेतबाट राजीनामा गराई लिई दर्ता भएको प्रचलित मूल्य रु. १,५००।– जाने जग्गा ०३८ सालमा राजीनामा भएको .................
जिल्ला पञ्चायत वार्ड नं. कित्ता नं. क्षेत्रफल
कपिलवस्तु वदौली ९ ५२४ ०–१–१०
” ” ” ६३३ ०–२–४
” ” ” ८२९ ०–१–०
” ” ” ८३१ ०–१–०
म तीरथको उखडाबाट प्राप्त भई हक कायम भएको र नापी भएको झगडा जनिएकोले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त नभएको र सो उखडा जग्गा मध्ये म चन्द्रीका मिश्रले दर्ता गराएको कट्टी गरी बाँकी कायम रहेको जग्गा जसमा कृपाशंकरको अंश मुद्दाबाट हक कायम भई लु.अं.अ.बाट ०३७।८।२ मा निर्णय भएको छ । प्रचलित मूल्यको रु. ३,६३५।– जाने जग्गा...............................
जिल्ला पञ्चायत वार्ड नं. कित्ता नं. क्षेत्रफल
कपिलवस्तु वदौली ३ ५२० ०–९–१७
” ” ” ६७७ ०–७–०
” ” १ख १६९ ०–४–८
” ” १क १७१ ०–१२–१५
” ” ३ ५०६ ०–२–७
गा.पं. बदौली वार्ड नं. ७ मध्ये सडक सो दक्षिण रामदेवले चलन गरेको घर जग्गा सो पश्चिम कृपाशंकर मिश्र समेत सो उत्तर राम समुझ सो पूर्व यति चौकिल्ला भित्र उत्तर दक्षिण १५ पूर्व पश्चिम २७ हात भएको खपडाको छाना माटाको देवल भएको र सोही किल्ला भित्र घर अगाडि आँगन सहन ९ हात पूर्व पश्चिम उत्तर दक्षिण १५ हात भएको प्रचलित मूल्य रु. ५००।– म तीरथको एकलौटी भएको.......
ऐ.ऐ. मध्ये राधेश्याम आज्ञाराम समेत सो पूर्व अमीन मुसलमान छेडी भित्र समेत सो दक्षिण सर्जु मिश्र महेन्द्र मिश्र समेत सो पूर्व राम समुझ मिश्रको घर र सहन जग्गा सो उक्त यति चार किल्ला भित्र पूर्व पश्चिम ५२ हात उत्तर दक्षिण २६ हात दक्षिणतर्फमा बनेको प्रचलित मूल्य रु. ५००।– जाने फुसको घर जग्गा समेत ....
प्रतिवादी आरती मिश्राइनीबाट दाखेल भएको तायदातीबाट मेरो बाबु रामदेव मिश्रले ललासिंह समेतबाट उखडामा ०२२।४।१२।३ का दिन ०–१३–८ प्राप्त गर्नु भएको जग्गा सबै नापीमा मेरो बाबु रामदेव मिश्रको नाउँमा नापी दर्ता भएको गा.पं. बदौली वार्ड नं. १क कि.नं. २८७ को ज.वि. ०–११–१५ को हुने मोल बिगो रु. ......७,०५०।– मेरो बाबु रामदेव मिश्रले राजाराम मिश्रबाट २०२३।६।७।६ मा पारीत भएको शेषपछि बकसपत्र अनुसारको जग्गा राजारामका नाउँबाट दाखिल खारेज भई रामदेव मिश्रका नाउँमा दर्ता भई सर्भे नापीमा नापी भई दर्ता भएको बिगो रु. १८,६९०।– जाने निम्न लेखिए बमोजिमको जग्गा बिगहा १–११–३
जिल्ला पञ्चायत वार्ड नं. कित्ता नं. क्षेत्रफल
कपिलवस्तु वदौली १क २९० ०–४–८
” ” ” ४०१ ०–४–६
” ” ” ५०१ ०–४–५
” ” ” ५०४ ०–०–११
” ” ” ६५३ ०–१–१३
” ” १ख १४२ ०–२–५
” ” ३ ५९३ ०–१३–१५
१–११–३
मेरो बाबु रामदेव मिश्रलाई राजाराम मिश्रले गरिदिनु भएको उपरोक्त मितिको शेषपछि बकसपत्र अनुसारकै १९८८ को कि.नं. ६६३ को जग्गा सर्भे नापीमा नापी भई बिगो रु. ६६०।– जाने गा.पं. बेदौली वार्ड नं. १क कि.नं. ५६२ को ज.वि. ०–१–२ जग्गामा वादी हंशराजी प्रतिवादी ब्रम्मदेव मिश्र समेतसंग श्री क.व.जि.अ.मा अंश मुद्दा चलिरहेकोले नापी झगडा जनिएको...............................
१९८८ सालको नापीमा तप्पा सजहनी गा.पं. कजरहवा मौजे मध्यनगर मध्ये राजारामको नाउँमा दर्ता भएको ज.वि. ०–८–१३ जग्गा सर्भे नापीमा वादी हेशराजी प्रतिवादी ब्रम्हदेव मिश्र समेतसंग श्री क.व.जि.अ.मा अंश मुद्दा चलिरहेकोले झगडा जनिएको बिगो रु. ५१३०।– जाने जग्गा वादी अतिराजी दयाशंकर र प्रतिवादी ब्रम्हदेव मिश्र समेतको चलन कब्जामा रहेको जिल्ला कपिलवस्तु तौलिहवा नगरपञ्चायत वार्ड नं. १ तौलिहवा बजार मध्ये घर नं. ९५ को ज.वि. ०–०–१३ मा बनेको माटोको देवाल खपडाको छाजन भएको बिगो रु. २०,००० जाने घर बाबु रामदेव मिश्रबाट मेरा नाउँमा नामसारी भई मेरो चलन कब्जामा रहेको घर एक ।
जिल्ला कपिलवस्तु तौलिहवा नगरपञ्चायत वार्ड नं. १ तौलिहवा बजार मध्येका घर नं. ९६ को ज.वि. ०–०–४।।। मिति ०२९।८।१।५ का दिन बाबु रामदेव मिश्रले इश्रावति मिश्राइनीबाट रु. ५९०।– बुझी राजीनामा गरी दिनु भएको घर एक ।
सर्जु मिश्रको नाउँको पैतृक सम्पत्ति मौजे मध्ये नगरको १९८८ को नापी बमोजिमको ज.वि. ६–९–७ जग्गा सर्भे नापी भइसकेको नाउँमा दर्ता नभएको वादी हंशराज प्रतिवादी ब्रम्हदेव मिश्र समेतसंग क.व.जि.अ.मा अंश मुद्दा चलिरहेकोले बिगो रु. ७२,६१०।– जाने जग्गामा झगडा जनिएको उक्त जग्गा र मध्ये नगरको घर वादी अतिराजी दयाशंकर प्रतिवादी ब्रम्हदेव समेतको चलन कब्जामा रहेको ।
गा.पं. वैदिली वार्ड नं. ७ मौजा मृडिलाको सर्जुका नाउँको १९८८ सालको नापी बमोजिमको ज.वि. ५–५–१५ मा सर्भे नापीमा कसैको नाउँमा दर्ता नभई वादी हंशराजी प्रतिवादी ब्रम्हदेव मिश्र समेतसंग श्री क.व.जि.अ.मा अंश मुद्दा चलिरहेकोले बिगो रु. ६३,४५० जाने जग्गामा झगडा जनिएको उक्त जग्गा प्रतिवादी चन्द्रीका, तिरथ, कृपाशंकर, जयशंकर, कृष्णशंकर समेतको चलन कब्जामा रहेको ।
जिल्ला कपिलवस्तु गा.पं. वैदिली वार्ड नं. ७ मौजा मुडिलाको मिनही डिह जग्गामा कृपाशंकर तिरथको खपडाको घर सो पूर्व कल्लु भन्ने रामरतन मिश्रको पक्की घर सो पश्चिम रमेश्वर मिश्रको पक्की घर र शिवालय सो उत्तर गाउँको सडक सो दक्षिण यति ४ किल्ला भित्र उत्तर दक्षिण सम्बा हात २७ पूर्व पश्चिम चौडा हात २३ मा बनेको माटोको देवाल फुसको छानो भएको उत्तर पश्चिमतर्फ ढोका भएको प्रचलित मोल रु. २,०००।– जाने चोधेरा घर एक मेरो बाबु रामदेव मिश्रको घर हालमा मेरो चलन कब्जामा भएको एक घर एक ।
प्रतिवादी चन्द्रिका मिश्रको २००४ साल सम्मको तायदाती
गा.पं. वा.नं. कि.नं. क्षेत्रफल
वदौली १क ५५५ ०–०–१९
” ” ७७४ ०–२–२
” १ख ८६ ०–१–१२
” ” ११६ ०–३–१५
” ” २४९ ०–२–०
गा.पं. वदैली वा.नं. ३ हाल गा.पं. सढौली वार्ड नं. ७ मौजे मुडिला मध्य मिन्हिदिह साविक जगाई हाल रमापति मिश्र समेतको घर सो घर पश्चिम रास्ता सो उत्तर साविक पदारथ हाल आदनारायणको घर सो पूर्व साविक धनपति हाल राम निवास मिश्रको घर र रास्ता सो दक्षिण उत्तर दक्षिण लम्वा हात ३७ पूर्व पश्चिम चौडा हात २६ को माटाको दिवाल फुसको छाना भएको कच्ची घर एक मध्ये आधी पश्चिमतर्फ लम्वा हात ३७ चौडा हात १३ को घर भत्की पाताल भई हाल खाली जग्गाको मोल रु. ३६५।–
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ. का इन्साफ केही उल्टी हुँदा मा.न्या. श्री मोहन बहादुर श्रेष्ठ र मा.न्या. श्री मोहनप्रसाद शर्माको केही उल्टीमा रेकर्ड राख्नु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्र केशरी बास्तोला
इतिसम्वत् २०४४ साल आषाढ २८ गते रोज १ शुभम् ।