निर्णय नं. १९१ - राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ

निर्णय नं. १९१ ने.का.प. २०२०
फुल बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
माननीय न्यायाधीश श्री वाशुदेव शर्मा
दे.फु.नं. १३४
निवेदक, वादी : प्रेमकुमारी क्षेत्रीनी
विरुद्ध
विपक्षी : सूर्यप्रसाद विष्ट समेत
मुद्दा : राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ
(१) न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश भई पास हुनुपर्ने – नगद लिएको भनेको कुन कामको निमित्त आवश्यक परी लिएको हो । सो कुराको वापत जनिनु पर्ने ।
फैसलाले सदर भएको मोहरू. १७२०।५८ भन्ने लेखिए पनि प्रधान न्यायालयको फैसलाबाट रु. ११६६। मात्र सदर भएको देखिएकोले रुपैयाँको अंक मिल्न नआई फरक परेको र न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश गरी पास भएको पनि देखिएन । यदि साहुहरू तिरेको नगद रु. ६०९१।४२ लिएको भए आसामीले पाईन भनी उजु गरे म बुझाउँला भनी बजराजले कबुल गर्नुपर्ने कारण प्रयोजन नै देखिन नआउने र सो नगद लिएको भनेको रु. ६०९१।४२ निज लक्ष्मीदत्तले कुन कामको निमित्त आवश्यक परी लिएको हो ? सो कुराको वापत पनि जनिएको नदेखिएको हुनाले शुद्ध व्यवहार भन्न भएन ।
(प्रकरण नं. २७)
(२) अगावै रजिष्ट्रेशन पास गरी अर्कै साहुलाई लेखी दिएको–दोहोरा पारी लिखत गराई लिएको जाल गरी पास गराएको हुने ।
अगावै रजिष्ट्रेशन पास गरी अर्को साहुलाई लेखी दिएको सो साहुहरूको रुपैयाँ नबुझाई दोहरा पारी लिखत गराई लिएकोबाट र साहु जीवकुमारीको हकको जग्गालाई मेरो हकको भनी लक्ष्मीदत्तबाट कागज गराइएकोले जाल गरी पास गराई लिएको भन्ने उजुर मनासिवै देखिन आउँछ ।
(प्रकरण नं. २८)
(३) घरको जेठो बाठो मुख्य दाज्यू छँदाछँदै लठेब्रो भाइसँग भएको व्यवहार साहु आसामीको ६ नं. ले सदर मान्न नहुने ।
घरको मुख्य व्यवहार गर्ने निज लठेब्रो लक्ष्मीदत्तको एकाघरको दाजु हेमनिधि विदेशतर्फ गैरहेको भन्ने कुरा प्रतिवादी पक्ष सावितै भएको हुनाले लठेब्रो लक्ष्मीदत्तले लेखी दिए भनेको खेत पाखोमा निजको समेत हक पुग्नेमा घरको जेठो बाठो मुख्य दाज्यू छँदाछदै लठेब्रो भाइसँग विनाकारण त्यतिका रुपैयाँको अंक हाली भएको व्यवहार साहु आसामीका ६ नं. ले सदर मान्न नहुने हुनाले समेत ०६।१०।१५ मा घरसारमा र ०७।४।१५ मा पास भएको धनी सूर्येप्रसाद ऋणी लक्ष्मीदत्त भई गरेको राजिनामा लिखित बेरीतको देखिएकाले बदर हुने ठहर्छ ।
(प्रकरण नं. २९)
निवेदकतर्फबाट : प्लिडर ईश्वरीलाल झा, दिनानाथ झा
विपक्षीतर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी
फैसला
१. लोग्ने मरी सौतेनी छोरासँग मिली बस्न नसक्दा अंशवापत रु. १०००। लिई माइत सुनानिधि कहाँ आई सो रुपैयाँ दाजु सुनानिधिलाई दिई अंशमा आफ्नो समेत कालफाल जोडी मिलाई बसेकी थिएँ । ९४ सालमा दाजु सुनानिधि मरे । प्रतिवादीहरूसँग कृया खर्च निमित्त ५८। रु. लिएकोमा १४००। चानचुनको कागज झुक्याई गरेछन । त्यसमा उजुर पर्दा केही काँचो केही पाको भई आखिरी तहबाट फैसला भयो । यस्तैमा भदाहा लक्ष्मीदत्तलाई प्र. हरूले फकाई घरबाट ०६ सालमा भगाए । ०७।७।२९ मा कुवा पानी भन्ने मेरो जग्गाको बाली प्रतिवादीहरूले लुटपीट गरे । सोद्धा लक्ष्मीदत्तबाट राजिनामा गराइ लिएकोले लुटपीट गरेको हौं भन्ने जवाफ दिएबाट राजिनामा के कस्तो कसरी गराएछन ? भनी बुझ्दा ०७।४।५ मा सूर्यप्रसाद धनी लाटो लठेब्रो लक्ष्मीदत्त ऋणी भई रु. १०७०६। को राजिनामा गराइ लिएको रहेछन भन्ने थाहा पाएकीले नालेस गर्न आएकी छु । त्यत्रो रुपैयाँ सापट लिई घरवास बिक्री गर्नुपर्ने कारण केही नभएको त्यसमाथि म घरकी मुख्य जानकार व्यवहार गर्दै आएकी र अंशमा समेत कालफाल जोडिएकी मेरो मञ्जुरी बेगर लाटो भदाहाले बारौं बर्षका इवीवाला झगडीया मानिसलाई किन कसरी राजिनामा गरी दियो होला इत्यादि कारणबाट सो राजिनामामा बेदामे हुनाले बदर गरी मेरो १० कर्मको बाली लुटपीट गरेमा सजायसमेत गराई बिगो रु. १६८। भराई पाउँ भन्नेसमेत व्यहोराको वादी रहेछ ।
२. लिखित बेदामे भन्ने र जालसाजी भन्नेसमेत वादी दावा झुट्टा हो । साँचो कुरा लक्ष्मीदत्तले अघि मुद्दा गरे तापनि इवी नलिनोस । मलाई अरु साहुले पक्राउ गरे म जग्गा तपाँईलाई राजिनामा गरी सबै साहु तिर्छु भनी पटकपटक आई कराएकोले त्यसो भए हकदार ल्याउ भनी जवाफ दिएमा लक्ष्मीदत्तका नजिकका हकदार बजराजसमेत आई रुपैयाँ दिनुहोस भनी भनेबाट जम्मा लिखितमा लेखिएबमोजिमको जम्मा ७ कित्ता खलाको ने.रु. १०७०६। भई बजराज, कृष्णबहादुर समेतको न्हेडिकका साहु तिरी मेरो अघिको फैसलाबाट लिनु पर्ने ठहरेको ने.रु. १७२०। को समेत हिसाब मिलाई लिखतबमोजिमको अरु बाँकी रुपैयाँ हकदारको जिम्मा जमानी गराई ०६।१०।१५ मा राजिनामा गराई सो लिखित म्यादै भित्र पास समेत गराई लिएको हुँ । वादी दावीको कुवा पानी भन्ने खेत राजिनामा भित्रैको हुनाले १० कर्म मेरै हो । म सूज्र्यप्रसादले बाली खाएको हुँ । वादी अंशमा कालफाल जोडी बसेकी होइन । भए सो रुपैयाँको ब्याजसमेत हिसाब गरी वादीले रुपैयाँ बुझी लिई लक्ष्मीदत्तलाई भरपाई गरी दिनु नपर्ने भरपाई गरी दिएबाट कालफाल जोडेको भन्ने कुरा झुट्टा देखिने । अंशमा वादीको हक पुग्नेसमेत होइन वादी दावा झुट्टा हो भन्नेसमेत व्यहोराको सूज्र्येप्रसाद समेतको प्रतिवादी ।
३. अंशमा हक पुग्ने त्यस किसिमको सबुद वादीले केही दिन नसकेको । प्रमाणमा दाजु सुनानिधिले गरी दिएको लिखत छ भनी प्रमाण दिए पनि ऐनले सो लिखत प्रमाण नलाग्ने लिखत लिई सुनाउनसमेत नपर्ने । कालफाल जोडेको भनेको लिखतको रुपैयाँ वादीले ब्याजसमेत बुझी लक्ष्मीदत्तलाई भरपाई गरी दिएको देखिएको । कालफाल जोडेको भए सावाँ सबुदसमेत हिसाब गरी लिन नपर्ने । सो भरपाई गरी नदिएको भए थाहा पाएका मितिले म्याद भित्र उजुर गरी बदर गराउन सक्नुपर्ने । सो नसकेको र कालफाल जोडी बसेको भए यो यतिमा मेरो हक पुग्ने कालफाल जोडेको भनी खुलाउन नसकेको समेतबाट विवाह भईसकेकी छोरीको अंशमा हक लाग्छ भन्न नमिल्ने भई निजको अंशमा हकै नपुग्ने । लक्ष्मीदत्तका हकमा वादीका उजुरीबाट तहकिकात गर्नुपर्ने हो कि भन्नलाई लक्ष्मीदत्तले आफ्ना हकमा छुट्टै उजुर गरेको देखिएकोले उसै मुद्दाबाट तहकिकात हुने । कुवापानीको मेरो दश कर्मको लुटेको बिगो भराइ पाउँ भन्नेतर्फ सूज्र्यप्रसाद, खिलराजसमेतको दोहरा दर्ता मुद्दाबाट यो कुवापानी जग्गा खिलराजको दृष्टी भोग ठहरी आजै फैसला भएकोले सो जग्गा वादीको भाग होला भन्न नमिल्ने र बुझिएको साक्षी कुनै पनि हाजिर हुन नआई म्याद गुजारेको देखिएकोले समेत राजिनामा बदर गराई लुटपीटको बिगो भराई पाउँ भन्नेसमेत वादीले झुट्टा उजुर गरेको ठहर्छ भन्नेसमेत अपील पहिला फाँटबाट ०१०।२।६।३ मा फैसला भएको रहेछ ।
४. एकै कालफाल गरी बसेको दाजुले गरी दिएको लिखित मसँग खडै भएको । मैले रुपैयाँ बुझी लक्ष्मीदत्तलाई भरपाई गरी दिएकै छैन । बजराजबाट लाटोले रुपैयाँ मलाई दिई मैले राखेको समेत होइन । राजिनामा जालसाजबाट खडा गरी बासउठ्ठा गरे । रुपैयाँको जग्गाको टुंगो लगाई लाटाको र मेरो जिवीका चलाई दिनैपर्ने हुनाले भएको फैसलामा चित्त बुझेन भन्नेसमेत व्यहोराको विष्णुमायाँको अपील ।
५. खिलराज, सुज्र्येप्रसादको दोहरा मुद्दामा आजैका मितिमा झगडिया झिक्ने आदेश भएको हुँदा सोही मुद्दाको साथ यो मुद्दा पनि पेश गर्नु भन्ने प्र.न्या. सिंगलबेञ्चको ०१२।६।२८ को आदेश ।
६. बजराजलाई झिकाएको नदेखिएकोले निजलाई छलफललाई झिकाउने र ०७।४।१५ को रु. १०७०६। को तमसुकको नक्कल ऐनसवालको रीतपुर्याइ पठाइ दिनु भनी कुन्छा तहसीललाई लेखी पठाई आएपछि पेश गर्नुभन्ने स.अ. डिभिजन बेञ्चको ०१३।५।२६ को आदेश ।
७. आदेशानुसारको रु. १०७०६ को राजिनामाको नक्कल कुन्छा रजिष्ट्रेशनबाट आई पेश हुँदा लक्ष्मीदत्त लठ्यौरा भन्ने लेखाई देखिएकोले अ.बं. १०७ नं.बमोजिमको आफ्ना दौलतको हिसाब गर्न सक्ने नसक्ने के रहेछ ? जाँच गर्नालाई लक्ष्मीदत्तलाई नै हाजिर गराउनु भनी निजको वारेसलाई तारेख तोकी दिई निज हाजिर भएपछि पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चबाट ०१५।१।२० मा आदेश भएको रहेछ ।
८. अ.बं. ६० को मुद्दामा प्रमाण मिसिल बुझी आएपछि विष्णुमायाको हकमा लक्ष्मीदत्तले सकार गर्न पाउने नपाउने के हुन्छ ? उक्त मिसिल आएपछि पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चबाट ०१५।४।१३ मा आदेश भएको रहेछ ।
९. बिष्णुमायाको फिराद परेको राजिनामा बदर गरी लुटपीटको बिगो भराई पाउँ भन्ने मुद्दामा लठेब्रो लक्ष्मीदत्तको हकमा निजले मुद्दा पुर्पक्ष गर्न पाउने गरी लक्ष्मीदत्तलाई सकार गराई पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चबाट ०१५।५।५ मा आदेश भएको रहेछ ।
१०. डिभिजन बेञ्चका आदेशानुसार लक्ष्मीदत्तले मुद्दा सकार गरेको रहेछ ।
११. बिष्णुमायाँ परलोक भएकी । हकदारका नाउँमा म्याद गएमा हकदार हुँ भनी सकार गर्न आएनन् । बेगोत्री मानिसलाई सकार गराइ दिने भनी ०१५।५।५ मा डिभिजन बेञ्चबाट आदेश दिनुभयो । कानूनले सकार गर्न नपाउने भन्नेसमेत व्यहोराको बजराजको मुद्दा सकार गर्ने पद्मकुमारीको वा. मीनबहादुरको निवेदनको व्यहोरा डिभिजन बेञ्चमा पेश हुँदा निवेदनको व्यहोरा पेश भयो । ०१५।५।५ मा भएको आदेश मनासिव छ भन्ने ०१५।५।३० मा आदेश भएको रहेछ ।
१२. बिरौटो आम डाडो भन्ने खेत १ टार मुहान भन्ने खेत १ कुवापानी खेत १ समेत कित्ता खेतको र पिपले भन्ने पाखो जग्गा कित्ता १ समेत हाल साबिक तिरो माटो र बिज समेत देखिने गरी दर्ता उतार र लक्ष्मीदत्तले जिवकुमारीको बन्धकी थैली मोहरू ३१२। बुझाई पाउँ भनी कुन्छा तहसीलमा दर्खास्तसाथ धरौट राखी कारवाई चलाएको मिसिल कुन्छा तहसीलबाट झिकाई पेश गर्नु भन्नेसमेत व्यहोराको स.अ. डिभिजन बेञ्चबाट ०१५।६।५ मा आदेश भएको रहेछ ।
१३. म लक्ष्मीदत्तले हकदार बजराज समेतलाई साक्षी राखी सूज्र्येप्रसादलाई गरी दिएको राजिनामा साँचो हो । रुपैयाँ फुपूलाई दिएको । फुपूबाट सो रुपैयाँ खिलराजले हात लगाई गरी सो रुपैयाँमा सूज्र्येप्रसादसँगको इबी फेर्ने नियतबाट यो मुद्दा चलाएका हुँदा मुद्दा डिसमिस गराई पाउँ भन्नेसमेत लक्ष्मीदत्त कमली समेतको ०१५।८।५ को निवेदनमा यो निवदेनपत्रको व्यहोरा मुद्दा पेश हुँदा पेश गरी दिनु भन्ने रजिष्ट्रारको आदेश रहेछ ।
१४. सूज्र्येप्रसादले लक्ष्मीदत्तबाट मोरु १०७०६। मा राजिनामा गराई लिएको भनी पेश भएको लिखतमा लक्ष्मीदत्त लठेब्रो भनी लेखिएको र अ.बं. १०७ नं. बमोजिम लक्ष्मीदत्त आफ्नो दौलतको हिसाब गर्न सक्ने नसक्ने कस्तो रहेछ ? भनी ०१५।१।२० गतेका डिभिजन बेञ्चका आदेशानुसार लक्ष्मीदत्तलाई झिकाइएकोमा लक्ष्मीदत्तको हकमा मुद्दा सकार गर्न पाउने गरी ०१५।५।५ मा डिभिजन बेञ्चबाट आदेश भएकोले सो आदेशमा चित्त बुझेन भनी बजराजको मुद्दा सकार गर्ने पदमकुमारीको वा. मीनबहादुरको निवेदन परी पेश हुँदा उक्त आदेश मनासिवै छ भन्ने ०१५।५।३० मा डिभिजन बेञ्चबाट आदेश भएकाले मुद्दा सकार गराउने ठेगान लागिसकेको र त्यस्तो आफ्नो दौलतको हिसाब गर्न नसक्ने लठेब्रो लक्ष्मीदत्तले राजिनामा गरी जग्गा बिक्री गरी रुपैयाँ लिन पर्ने आवश्यक ब्यवहार केही नदेखिई ६०९१।४२ रुपैया आफैले लिएको भनेको । सो रुपैयाँ यस वापत निमित्त लिएको भन्ने वापतसम्म पनि नजनिएको । बजराजलाई जमानत गराई त्यस्तो कागज गराउनु पर्ने अवस्था केही नपरेको । घरको हेरविचार गरी बसेकी बिष्णुमायाँ र घरको मुख्य मालिक दाजु हेमनिधि परदेश गईरहेको प्रतिवादीकै लेखाईबाट देखिएको । साहु आसामीको ६ नं. अ.बं. १०७ नं. ले त्यस्तो लठेब्रो मानिस जानकार नठहर्ने भई राजिनामा गराई लिएको सदर नहुने देखिनाले छलफलमा प्रतिवादीहरूलाई झिकाई पेश गर्नु भन्ने स.अ. डिभिजन बेञ्चबाट ०१५।१२।४ मा आदेश भएको रहेछ ।
१५. लक्ष्मीदत्त ०१८।८।२ गते परलोक भएको भन्ने पद्मकुमारीको दर्खास्त परी लक्ष्मीदत्तका नजिकका हकदारका नाउँमा ०१८।९।२१ मा म्याद तामेल भएको रहेछ ।
१६. लक्ष्मीदत्त मरे तापनि निजको छोरी घरमा खडै भएकीले छोरीलाई झिकाइयोस । छोरी समेतले मुद्दा सकार गर्न आएनन भने म साहुको रुपैयाँ सोही जेथाबाट उपर गर्न पाउँ भन्ने मेरो यसै अड्डामा उजुर भएकाले सो लक्ष्मीदत्तको मुद्दा सकार गर्न पाउने हुँदा सकार गरी पाउँ भन्ने ०१८।११।१४ को खिलराजको दर्खास्त ।
१७. अपीलाट बिष्णुमायाँ मरी लक्ष्मीदत्तले सकार गरेकोमा निज ०१८।८।२ गते आफ्ना कालगतीले परलोक हुनुभएकोले निजको हकदारका नाउँमा म्याद जारी गरी पाउँ भन्ने पद्मकुमारीको दर्खास्त पर्न आएकाले निज लक्ष्मीदत्त कमलीका नजिक हकदारका नाउँमा ७ दिने म्याद गएकोमा ०१८।९।२१ मा लक्ष्मीदत्तका घर दैलामा टाँसिएको हो भनी जि.मु. प्रेमराजसमेत साक्षी बसेको भनी म्यादमा जनिई आएको देखिएको र उक्त म्यादमा अ.बं. २१८ नं. को ऐनबमोजिम मर्नेका हकवाला हाजिर भई सकार गरेको नदेखिएको हुँदा प्रस्तुत मुद्दाको अपीलबाट केही कारवाई गर्नु नपर्ने हुँदा उक्त अपील खारेज गरी दिनु भन्ने स.अ. डिभिजन बेञ्चबाट ०२८।१२।१४ मा फैसला भएको रहेछ ।
१८. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । बाबुको मुद्दा मेरा नाउँबाट सकार गराई दोहर्याई इन्साफ गर्न पेश गर्नु भन्नेसमेत व्यहोराको लक्ष्मीदत्तको छोरी गाले भन्ने प्रेमकुमारीको निवेदनपत्रमा प्रस्तुत मुद्दा जिवकुमारीको सूज्र्येप्रसाद समेतको दोहरा लेनदेन मुद्दामा श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएका आदेशानुसार दोहरिएको रहेछ ।
१९. लक्ष्मीदत्त मेरा बाबु हुन । बाबु मरेपछि हकवालाका नाउँमा म्याद कटाई लगेछ । म नाबालकलाई लुकाई थाहा जानकरी नदिई म्याद गुजारी मुद्दा खारेजी फैसला गरेछन । बाबुको मुद्दा उनैको छोरी म भएकीले मुद्दा सकार गराई मुद्दा दोहर्याई पाउँ भन्ने निज प्रेमकुमारीको निवेदनमा दोहरिने निस्सा भएको देखियो । नाबालख भन्ने जिकिर लिएको हुँदा अ.बं. २१८ नं. बमोजिम सकार गरे गराई ०१९।४।१२।६ को पेशीको तारेख तोकी दिनु भन्ने सर्वोच्च अदालत फुल बेञ्चबाट ०१९।४।९।३ मा आदेश भएको रहेछ ।
२०. फुल बेञ्चबाट भएका आदेशानुसार लक्ष्मीदत्तको मुद्दा निजको छोरी गाले भन्ने प्रेमकुमारी क्षेत्रीनीले ०१९।४।१०।४ मा मुद्दा सकार गरेको रहेछ ।
२१. यसमा तारेखमा रहेका दुवै पक्षलाई राखी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पक्षबाट रहनुभएको बैतनीक विद्वान वकील प्लिडर ईश्वरीलाल झा, दिनानाथ झाको र प्रतिवादी पक्षबाट रहनुभएको विद्वान वकील एडभोकेट कृष्णप्रसाद भण्डारीको बहससमेत सुनी बिचार गर्दा,–भदाहा हेमनिधि, लक्ष्मीदत्तसँग कालफाल जोडी बसेकोमा हेमनिधि देशतर्फ गएको, लक्ष्मीदत्त लठेब्रो भएको मानिसबाट जालसाजी राजिनामा गराएको बदर गरी कुवापानी खेत कित्ता १ को बाली लुटेको बिगो भराई पाउँ भन्नेसमेत वादी दावी र वादी कालफाल जोडी बसेकी र जालसाजीबाट राजिनामा गराएको र कुवापानी खेत आफ्नै हकको हुँदा बाली लुटेको समेत हैन भन्ने प्रतिवादी पक्षको जिकिर देखिएको हुनाले लठेब्रो भनिएको लक्ष्मीदत्तसँग गराई लिएको राजिनामा सदर वा बदर के हुने हो र कुवापानी खेतको बाली लुटे नलुटेको के हो ? त्यसको निर्णय गर्नुपर्ने देखिन आउँछ ।
२२. हेमनिधि देशतर्फ गएको र लक्ष्मीदत्त लठेब्रो भन्ने वादी दावी गरी मुद्दा दायर भएको देखिन्छ ।
२३. निज वादी बिष्णुमायाँ मरी निजका हकदारका नाउँमा म्याद पठाएकोमा निज लक्ष्मीदत्तलाई र निज लक्ष्मीदत्तसमेत मरेपछि निजका छोरी नाबालक गाले भन्ने प्रेमकुमारीले मुद्दा सकार गरी कारवाई चलेको देखियो ।
२४. जालसाजीबाट गरेको होइन भन्ने प्रतिवादी पक्षको जिकिर भई पेश हुन आएको लिखतहरू हेर्दा पहिला शुरु ९२।१२।२२ मा प्रतिवादी सूज्र्येप्रसादको बाबु शेखरदत्त धनी सुनानिधि ऋणी भई रु. ७०८ मा खेत ३ कित्ता र पाखो १ कित्ता जग्गा दृष्टी बन्धककीको लिखत भएको तर कानूनको रीतपूर्वक पास भएको नदेखिएको ।
२५. त्यसपछि सोही लिखतमा थप जनाई रु. १४६८।७५ मा धनी शेखरदत्त ऋणी लक्ष्मीदत्त संत्ती भई खेत कित्ता ३ पाखो कित्ता २ भोगबन्धकीको लिखत भएको । सो लिखत पास गरी पाउँ भन्ने दावी भएको रु. १४६८।७५ मा रु. ३०२।७५ कायम नहुने भई सो कटाई बाँकी रु. ११६६। को मात्र लिखत पास गर्ने ठहराई ९८।९।१६।३ मा प्रधान न्यायालय वक्यौता फाँटबाट फैसला भएको र सो फैसलाबमोजिम ९९।२।२८।४ मा पास भएको देखिन्छ ।
२६. सो पास भएको लिखतबमोजिमको जग्गा चलन चलाई पाउँ भनी प्र. सूज्र्येप्रसादको नालेस परी जग्गा चलन पाउने ठहरी ०४।१२।१३।५ मा प्रधान न्यायालय तेश्रा फाँटबाट फैसला भएको देखियो । तर सो फैसलाबमोजिम कानूनका म्यादभित्र चलन चलाई माग्ने कारवाई गराइ माग्न र चलन लिन सकेको देखिएन । त्यसपछि सो चलन ।१०।१५ मा धनी सूज्र्येप्रसाद ऋणी लक्ष्मीदत्त भई ने.रु. १०७०६। मा खेत पाखो गरी ७ कित्ता जग्गा राजिनामा गराएको । लिखतहरूमा रुपैयाँ र जग्गाहरू समेत क्रमशः बढाउँदै गई लिखतहरू भए गरेको देखिन्छ र सो आखिरी भएको राजिनामाको व्यहोरा हेर्दा तपाँइ साहुको तमसुक फैसलाले सदर ठहरेको मोहरू. १७२०।५८ बजराज कमली तिर्न कं.रु. २०८४। सु. कृष्णबहादुर घले तिर्न रु. १५०। र प्रयागराज तिर्न रु. ६६०। र आजैका मितिमा नगद बुझी लिएको रु. ६०९१।४२ समेत जम्मा रु. १०७०६। मा खास मेरै हक भोग चलनको जग्गा राजिनामा गरी दिएको भन्ने र सोही कागजको शिरमा आसामी लक्ष्मीदत्त कमली लठेब्रो हुँदा मसमेतको रोहवरमा गरेको यो व्यहोरा ठीक छ । लेखिएको मोहरू. १०७०६। आसामीले पाईन भन्ने उजुर गरे म बुझाउँला भनी जमानत बसी सहीछाप गर्ने ऋणीको सहोदर भतिजा नाताको बजराज कमली भनी लेखिएको देखियो ।
२७. तपाईं साहुको तमसुक फैसलाले सदर भएको मोहरू. १७२०।५८ भन्ने लेखिए पनि प्रधान न्यायालयको फैसलाबाट रु. ११६६। मात्र सदर भएको देखिएकाले रुपैयाँको अंक मिल्न नआई फरक परेको र न्हेडिक साहु तिरेको फट्टाहरूसमेत रीतपूर्वक पेश गरी पास भएको पनि देखिएन । यदि साहुहरूको तिरेको नगद रु. ६०९१।४२ लिएको भए आसामीले पाईन भनी उजुर गरे म बुझाउँला भनी बजराजले कबुल गर्नुपर्ने कारण प्रयोजन नै देखिन नआउने र सो नगद लिएको भनेको रु. ६०९१।४२ निज लक्ष्मीदत्तले कुन कामको निमित्त आवश्यक परी लिएको हो ? सो कुराको वापत पनि जनिएको नदेखिएको हुनाले शुद्ध व्यवहार भन्न भएन ।
२८. प्रतिवादी सूज्र्येप्रसादले राजिनामा गराई लिएको खेत पाखो गरी कित्ता ७ मध्ये टार मुहान भन्ने खेत मुरी ।४।१६।२ को १ कित्ताको हकमा ९३।१।४ गतेमा लक्ष्मीदत्तकै बाबु सुनानिधिले रजिष्ट्रेशन पास गरी जिवकुमारीलाई भोगबन्धकी लेखी दिएको । निज जिवकुमारीको भोगबन्धकी कायम भई वादी जिवकुमारी प्र. सूज्र्येप्रसादसमेत भएको दोहरा लेनदेन मुद्दाको दे.फु.नं. १३३ को मुद्दा आजै यस बेञ्चबाट फैसला भएकोले अगावै रजिष्ट्रेशन पास गरी अर्को साहुलाई लेखी दिएको । सो साहुहरूको रुपैयाँ नबुझाई दोहरा पारी लिखित गराई लिएकोबाट र साहु जिवकुमारीको हकको जग्गालाई मेरो हकको भनी लक्ष्मीदत्तबाट कागज गराएकोले जाल गरी पास गराई लिएको भन्ने उजुर मनासिवै देखिन आउँछ ।
२९. माथि लेखिएको कारणहरूको अतिरिक्त घरको मुख्य व्यवहार गर्ने निज लठेब्रो लक्ष्मीदत्तको एकाघरको दाजु हेमनिधि विदेशतर्फ गईरहेको भन्ने कुरा प्रतिवादी पक्ष साबितै भएको हुनाले लठेब्रो लक्ष्मीदत्तले लेखी दिए भनेका खेत पाखोमा निजको समेत हक पुग्नेमा घरको जेठोबाठो मुख्य छँदाछँदै लठेब्रो भाइसँग बिना कारण त्यत्तिका रुपैयाँका अंक हाली भएको व्यवहार साहु आसामीको ६ नं. ले सदर मान्न नहुने हुनाले समेत ०६।१०।१५ मा घरसारमा र ०७।४।१५ मा पास भएको धनी सूज्र्येप्रसाद ऋणी लक्ष्मीदत्त भई गरेका राजिनामा लिखित बेरीतको देखिएकोले बदर हुने ठहर्छ ।
३०. सदर नहुने लिखतबाट मेरो हक भई खाएको भनी साबित भएको कुवापानी खेतको बालीका हकमा हक नपुग्नेले लिए खाएको देखिएकाले लिए खाएमा सावित हुने सूज्र्येप्रसादले लुटपीट गरी लिए खाएकै ठहर्छ ।
३१. अरु प्रतिवादीहरूका हकमा निजहरूले लिए खाएमा सावित पनि नभएको र निजहरूले लुटी खाएको सबुद समेत केही नआएको हुनाले सूज्र्येप्रसाद बाहेकका अरुले लुटी खाएको ठहर्दैन ।
३२. टारी मुहान खेत मुरी ।४।१६।२ जीवकुमारीको भोगबन्धकी ठहरेकोले सो बाहेक प्रतिवादी सूज्र्येप्रसादको राजिनामा लिखतमा लेखिएको अरु खेत पाखोका हकमा हेमनिधि आएमा निजको हक हुने भएकाले निज नआएसम्म लक्ष्मीदत्तको छोरी गाले भन्ने प्रेमकुमारीले हक भोग चलन गर्न पाउने भएकोमा निज प्रेमकुमारी नाबालख देखिएकोले सो जग्गाहरू र त्यस जग्गाको अघिको र हालपछिको समेत आयस्ता हिनामिना हुन नपाउने गरी गरिब कंगालको १ नं. का ऐनका रीतपुर्याई माथवरको जिम्मा लगाई उमेर पुगेपछि निज प्रेमकुमारीको जिम्मा लगाई दिनु, दिन लाउनु भनी मिसिल इलाका अदालतमा पठाउन पोखरा जिल्ला अदालतमा पठाई दिनु ।
३३. उपरोक्त लेखिएको कारण परिबन्दबाट प्र.सूज्र्येप्रसादको राजिनामा लिखत बदर गर्नुपर्नेमा सदर गरी अपील पहिला फाँटबाट डिभिजन बेञ्चबाट भएको फैसला मनासिव देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी देहायका मानिसके माथि लेखिएबमोजिम ने.रु. १०७०६। को लिखत बेरीतसँग गराएको ठहरी बदर भएकाले थितिरीतिमा घटीबढी पारेका भन्नु परी सा.अ.का. ५४ नं. ले तजबिजी देहायबमोजिम दण्ड हुन्छ । देहायबमोजि असूलगर्नु भनी तहसीलमा लगत दिनु .......................१
प. ३ नं. लम्जुङ चिती बिष्टथोक बस्ने सूज्र्येप्रसाद विष्ट पाध्या मरी मुद्दा सकार गर्ने बटुकराज विष्टके ने.रु. दश रुपैयाँ दण्ड हुन्छ वारेस हुँदा असूल गर्ने ने.रु १०। ऐ. बस्ने जयबहादुर कमली क्षेत्री के ने.र. ५। दण्ड हुन्छ । वारेस हुँदा असूल गर्ने ऐ. ५। ऐ. चिति सानुहटिया बस्ने माहाप्रसाद श्रेस्ठके ऐ.ऐ. ५। ऐ. रामचोक गैरा थोक बस्ने प्रयागराज कमली जैशीके ऐ.ऐ ४।
ऐ. बस्ने बजराज कमली मरी मुद्दा सकार गर्ने पद्मकुमारी कमलनी जैशीनीके ऐ.ले तजबिजी ने.रु. ५। दण्ड हुनेमा स्वास्नी मानिस हुँदा दं.स.का २ नं. ले आधी ने.रु २।५० दण्ड हुन्छ । वारेस हुँदा असूल गर्ने ने.रु. २।५० ऐ. रामचोक गैराथोक बस्ने नीलदेव कमली के ने.रु. ५। दण्ड हुन्छ रुजु हुँदा असूल गर्ने ने.रु. ५।
प्रतिवादी सूज्र्येप्रसाद मरी मुद्दा सकार गर्ने वटुकराज विष्टले मोहरू १६८। को धान लुट पीट गरेका ठहरेकोले लुटपीटको ४ नं. ले सयकडा २० ले ने.रु. ३३।६० दण्ड हुन्छ । वारेस हुँदा असूल गर्नु भनी तहसीलमा लगत दिने .....................२
मुद्दा सकार गर्ने गाले भन्ने प्रेमकुमारी क्षेत्रीनी के लुटपीटको बिगो ने.रु १६८। भरी पाउने भई जितेमा लुटपीटको ११ नं. ऐनले सयकडा १ ले ने.रु. १।६८ जितावरी लाग्छ । वारेस हुँदा असूल गर्नु भनी तहसीलमा लगत दने ...................३
प्रतिवादी सूज्र्येप्रसादको मुद्दा सकार गर्ने बटुकराज पाध्या के निजले बाली लुटपीट गरेका ठहरेकोले प्रतिवादी बटुकराजबाट भरी पाउने ठहरेको बिगो ने.रु. १६८। भराई पाउँ भनी वादीको मुद्दा सकार गर्ने गाले भन्ने प्रेमकुमारीको दण्ड सजायको ऐनको म्याद ५ बर्ष भित्र दर्खास्त पर्न आएमा प्रतिवादीलाई दण्ड भएकाले बिसौद लाग्दैन भराएका धनको वादीबाट दशौंद लिई भराई दिनु भनी कुन्छा इ.अ. लाई पुर्जी गर्न तहसीलमा लगत दिनु ...............४
अ.पै. का ०१०।२।६ का फैसला र अ.त.फौ. का १०।३।११ का लगतले लिने गरेको देहायबमोजिम दण्ड जितावरी हाल नलाग्ने हुँदा असूल भए फिर्ता र नभए व्यहोरा जनाई लगत काटी दिनु भनी तहसीलमा लगत दिने .............५
प. ३ नं. इ. जि. लम्जुङ चिती रामचोक गैरथोक बस्ने बिष्णु माया सेंडाई के ८।४५ ऐ. चिती बिष्टथोक बस्ने सूज्र्येप्रसाद बिष्ट पाध्या के ।१२।३ ऐ. बस्ने नारा हुतराज बिष्ट पाध्याके ।१२।३ ऐ. भकुण्डे बस्ने जयबहादुर कमली क्षेत्रीके ।१२।३ ऐ. छिपी हतियार बस्ने माहाप्रसाद नेबारके ।१२।३ ऐ. रामथोक गैरा थोक बस्ने प्रेमराज कमली जैशीके ।१२।३ ऐ. बस्ने निलदेब कमली जैशीके ।१२।३ ऐ. बजराज कमली जैशीके ।१२।३ ऐ. गोपाल डाडा बस्ने सु. कृष्णबहादुर घलेके ।१२।३ ऐ. डाडा लामा गाउँ बस्ने खड्गे तामांगके ।१२।३ ऐ. बस्ने कान्छो लामा के ।१२।३ ऐ. चिती तिलाहार पुनपुन डाडा बस्ने डिल्ले कामीके ।१२।३ ऐ. बस्ने माहिलो कामीके ।१२।३ ऐ. पास्मी डाडा बसने नेपाले लामाके ।१२।३
इन्साफ उल्टीमा अपील पहिलाका देहायका मानिसको रेकर्ड राख्नु भनी रजिष्ट्रार अफिसमा लेखी पठाई दिनु ........६
अ.ख. राम गोपाल हाल इ. न्या. जलेश्वर इलाका अदालत १ बिचारी रामहरि तिमिल्सना १
इति सम्वत् २०१९ साल श्रावण ३० गते रोज ३ शुभम् ।