शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०७ - अंश

भाग: साल: २०२० महिना: बैशाख अंक:

निर्णय नं. २०७            ने.का.प. २०२०

फुल बेञ्च

माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

दे.फु.नं. ७५

निवेदक, प्रतिवादी : सुज्र्येमाया गुभाजुनी

विरुद्ध

विपक्षी, वादी : मोहनमायाको मुद्दा सकार गर्ने बुद्धिकुमारी गुभाजुनी

मुद्दा : अंश

(१)   अंश बुझेको लिखत ऐनबमोजिम पास नभए अंश बुझेको कायम नहुने ।

            रजिष्ट्रशनको ३ नं. मा आफ्नो हक छोडी दिएको इत्यादी कागजपत्र गर्दा गराउँदा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन गराउन भन्ने उल्लेख भएको । मोहन मायाले लिखत गरी दिएको कायम हुँदा अंशको हक छोडेको देखिन आउने हुनाले उक्त ऐनले पास गर्नुपर्ने लिखत पास नभएबाट अंश बुझेको कायम मान्न उक्त कानूनबाट मिल्न आएन ।

(प्रकरण नं.२२)

वादी तर्फबाट : सिनियर एडभोकेट देवनाथ बर्मा, प्लिडर कृष्णप्रसाद

प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय

फैसला

      १.     ससुरा हर्षमानका ४ छोरामा जेठा भिमलाल माहिला हरिकुमार, साहिला पृथीमान, कान्छा ललितकुमार भएकोमा माहिला हरिकुमार अन्यायवालाको र मेरो लोग्ने हुन । मलाई विवाह गरी ल्याए पछि ससुरा देवर जेठाज्यू समेत ७७ सालमा नीतिपूर्वक अंशबण्डा गरी बेगल बसेको । कान्छा देवर ललितकुमारले अंशको धन सम्पत्ती सबै उडाई परलोक भएबाट नाबालक छोरा चन्द्रमानहरूलाई लोग्नेले आफ्ना भरले पालताल गरी राखेको लोग्नेले मलाई अपहेलना गरी राखेको र निज लोग्ने २००१ साल बैशाखमा परलोक भएपछि सौतासँग मिली बस्न नसकेबाट लोग्नेको बर्षी सकेपछि अंश नदिई तँलाई अंश दिन्न बरु छुट्टिएको भतिजा चन्द्रमानहरूलाई हक गराई दिउँला जानिस् कि भनी भनेकाले नालेस गर्न आएकी छु । निज अन्यावालासँग यथार्थ तायदाती लिई मेरो आधी अंश मलाई दिलाईपाउँ भन्ने ०२।३।११ को वादी मोहन मायाँको फिरादपत्र ।

      २.    वादीका उजुरीबमोजिम ७७ सालमा सबै भाइ छुट्टी भिन्न भए तापनि कान्छा देवर ललितकुमार र खसम हरीकुमारको अंश खति उपति मिसाई सगोलमा बसी आएको निज देवर देउरानी समेत मरी छोराहरू भएको वादीले अंश वापत मोरु १२०० सुन तोला ११ चाँदी तोला ४० बस्ने घर भाडा, समेत दिई सो बुझी लिएको ९९।८।३ मा भरपाई गरी बेगल बसेकी र निजका अंशमा परेको भैंसी जगतबहादुरलाई पाल्न दिएकी खसम हरिकुमार ०१ साल बैशाखमा कालगतीले परलोक हुनुभएको हुँदा झुट्टा नालेस गरेका हुन भन्नेसमेत सूज्र्ये मायाँको २००२।३।३० को प्रतिवादी ।

      ३.    बाबुहरू ७७ सालमा भिन्न हुँदा हरिकुमारको र हाम्रा बाबा ललितकुमारको अंश मिसाई एकै ठाउँमा बसी आएको र वादीले घर धनमाल अंश वापत बुझी लिई भरापाई गरी दिएकी हुँदा उजुरी झुट्टा हो भन्ने वा. समेत चन्द्रमान गुभाजुको ०२।७।३।६ को बयान ।

      ४.    प्रतिवादीबाट पेश भएको ९९।८।३।४ को भरपाई सहीछाप प्रष्ट नभएबाट समेत प्रमाण नलाग्ने हुँदा किर्ते भन्ने वादीको वा.रत्नलालको र सद्दे हो भन्ने प्रतिवादी वा.समेत चन्द्रमानको र साक्षी समेतको बयान ।

      ५.    ललितकुमारको छोरा चन्द्रमानसमेत र वादीको लोग्ने एकाघर सगोलमा रहेमा वादी नै सावित भएको । साक्षी जवान १७ को बकाइबाट पनि सगोलमै बसी आएको देखिएको । ललितकुमारले धन सम्पत्ति उडाई नाबालकहरू मात्र वादीको लोग्नेले पालेको भए ललितकुमारको जग्गा जमिन यो मितिमा यसलाई बिक्री गरी उडाएको भन्न र सबुद गुजार्न सक्नुपर्ने, नसकेबाट समेत खती उपति मिसाई सगोलमा बसेको ठहर्ने र अब अंशतर्फ सुन चाँदी नगद घर भैंसी बुझी गरी दिएको भरपाईमा लगाएको ल्याप्चे र वादीले फिरादमा लगाएको ल्याप्चे तारेख भरपाईमा लगाएको ल्याप्चे एकै मिलान देखिन आएको समेतबाट अंश बुझी नसकेको भन्न नभएको । रजिष्ट्रेशन पास नभएको भन्ने हकलाई सो अंश बुझिएको भरपाई कागजतर्फ हालै तहकिकात गर्न २००३ साल भाद्र २५ गते भएका सनदमा परे छिनेको तालुक अड्डाको राय बुझी जाहेर गर्नु भन्ने भएकोले भरपाई सदर गर्ने वा बदर गर्ने जो निकासा बक्सिन्छ निकासा बक्सेबमोजिम गर्ने गरी जाहेर गरेका छौं भन्नेसमेत पोखरा अदालतको २००३।९।१५।२ को फैसला ।

      ६.    चित्त बुझेन भन्ने वादीको र ९९ सालको भरपाई पास गर्नै नपर्ने हुँदा अड्डा फैसला गरे हुने । जाहेर गरेमा चित्त बुझेन भन्ने प्रतिवादी सुज्र्ये मायाँ समेतको अपील ।

      ७.    भरपाई माष्टरलाई जचाउँदा दाया प्रष्ट नबुझिने, बुझिएसम्मका रेखाबाट नमिल्ने भनी लेखि दिएको हुनाले त्यसतो कागज, कागज जाँचको २० नं.ले प्रमाण नलाग्ने र ०२।३।१ गते अंश माग्दा दिएनन भन्ने वादी लेखाई हुँदा मानु छुट्टिएको मिति २००२।३।१ गते नै कायम हुने हुँदा अघिल्ला दिनसम्मको प्रतिवादीबाट तायदाती लिने भन्ने अपील दोश्रा फाँटको २००५ साल आषँढ २५ गतेको पर्चा ।

      ८.    अंश बुझिएको भरपाई भनी प्रतिवादीले पेश गरेको ९९।८।३ को लिखत पास नभएको र माष्टरलाई सहीछाप जँचाएमा प्रष्ट नबुझिने भनी लेखिदिएको । त्यस्तो शंख चक्र नबुझिने कागज, कागज जाँचका २० नं.ले प्रमाण उजुर लाग्न नसक्ने हुँदा त्यस्तो लिखत सद्दे किर्तेमा सुनाई उजुरी बयान लिई तहकिकात गरेको दण्ड सजायको ५३ नं. ऐनले निरोपण गर्न नपरी खारेज गर्ने । अंशतर्फलाई वादी अंशियार होइन भनी प्रतिवादीले भन्न नसकेको । ऐनबमोजिमको लिखत बेगर अंश पाएको रहेछ भन्न नहुने । आधी भतिजाको भाग भनी तायदातीमा भतिजाहरूको भाग छुट्याएको हुँदा त्यसमा चित्त नबुझे घटी बढी भए ऐनबमोजिम पछि नालेश उजुर गरे उसै बखत ठहरेबमोजिम हुने हुँदा लोग्नेको भाग हक भनी तायदातीमा लेखिएकोमा विवाह खर्च कटाई ऋण धन वादी मोहन मायाँ प्रतिवादी सूज्र्ये मायाँ २ अंशियारलाई आधी २ आधी बण्डा लगाई दिने भन्नेसमेत अपील दोश्रा फँँटको २००५।९।१२।१ को फैसला ।

      ९.    चित्त बुझेन भन्ने प्रतिवादी सूज्र्ये मायाँको अपील ।

      १०.    इन्साफ अपील दोश्राको मनासिव भन्ने प्रधान न्यायालय पहिला फाँटको ०६।९।२०।३ को फैसला ।

      ११.    मुद्दा दोहर्‍याइ पाउँ भन्ने प्रतिवादी सूज्र्ये मायाँको निवेदनमा व्यहोरा साँचो भए यो मुद्दा जाहेर गर्नु भन्ने श्री ३ महाराजाबाट हुकुम बक्सेको छ भन्ने २००६।१२।२० को प्रमांगी ।

      १२.   मोहन मायाँको अंश बुझेको भरपाईमा लगाएको सहीछाप बुझिने र सहीछाप मिल्नेसमेत भएकोले झगडीया झिकाई जाहेर गर्नु भन्ने श्री मे.ज.लक्ष्मण शम्शेरको ०७।८।२५ को दस्तखत ।

      १३.   अंश बुझी गरी दिएको भरपाई रजिष्ट्रेशनका ३ नं. ले पास गर्नुपर्ने नभएको र सहीछाप अप्रष्टको कारणले प्रष्ट राय दिन सक्तैन भनी जाँच्नेले लेखी दिएका समेतबाट वादीले अंश पाउने ठहराएको इन्साफ प्रधान न्यायालय पहिलाको मनासिव । वादी मोहन मायाँले बुद्धिकुमारीलाई गरी दिएको बकसपत्रमा अचलमा दशौद हकदारलाई पर सारेको । सो बकस दिने वादी ०६।७।२९ मा परी सकेको भन्ने मिसिलबाट देखिएकाले ऐनले दिन पाउने भन्दा बढी दिएको भए उजुर परेका बखत ठहरेबमोजिम हुने हुनाले वादीले पाउने ठहरेको अंश बकसबाट पर सारेको कटाई बुद्धिकुमारीलाई दिनु भनी ऐन फैसलाबमोजिम बण्डा छुट्टाउन शुरुमा पठाई दिनु भन्ने ०८।५।२०।४ को श्री माननीय प्रधान न्यायाधीशज्यूको फैसला ।

      १४.   शाही आदेशबमोजिम दोहराई पाउँ भन्ने प्रतिवादी सुज्र्ये मायाँको निवेदनमा शाही आदेशका म्याद भित्र निवेदन परेको देखिनाले समेत शाही आदेशबमोजिम दोहर्‍याई हेर्न पर्ने भएकाले मुद्दातर्फ दर्ता गरी पेश गर्नु भन्ने ०१४।११।२४।६ को आदेश ।

      १५.   यसमा वादी मोहन मायाँले गरी दिएको भनेको ९९।८।३ को भरपाईमा लागेको मोहन मायाँको ल्याप्चे सही निजैले यसै मुद्दामा पोखरा अदालतमा दायर गरेका फिरादसँग प्रष्ट मिल्छ भनी रेखा विशेषज्ञहरूको रिर्पोट भएकोले छलफलमा वादी मरी मुद्दा सकार गर्ने बुद्धिकुमारीलाई झिकाई पेश गर्नु भन्ने ०१६।४।२५ को डिभिजन बेञ्चको आदेश ।

      १६.    मामिला निक्सारी कहिले देखि प्रधान न्यायालयमा समावेश भएछ भन्ने कुरालाई मामिला निक्सारी अड्डाको नाम प्रधान न्यायालय भन्ने मार्ग २५ गतेको आदेशले ०८ सालको किताबमा जनिएको भन्ने किताबखानाबाट जवाफ दिएको मामिला निक्सारी प्रधान नयायालयमा समावेश भए छ भन्ने कुरा देखिने । मामिला निक्सारी समावेश प्रधान न्यायालयले हेरी छिनेको मुद्दामा पनि पहिलेको इन्साफ सदर भएमा नदोहरिने व्यवस्था शाही आदेशमा प्रष्ट उल्लेख छ । प्रस्तुत मुद्दा ०८।५।२० गतेमा भु.पू. प्रधान न्यायाधीशज्यूले हेरी प्रधान न्याँयालय पहिला फँँटको इन्साफ सदर गरेको देखिएकाले प्रस्तुत मुद्दा शाही आदेशबमोजिम दोहरिन सक्तैन भन्ने ०१७।२।१६ को डिभिजन बेञ्चको फैसला ।

      १७.   यो मुद्दा समेतका ३ मुद्दा दोहर्‍याई पाउँ भन्ने वा.चन्द्रमानको निवेदनमा यसमा दोहर्‍याई ऐन सवालबमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भन्ने ०१७।८।१२।१ को श्री ५ महाराजाधिराजका प्रमुख निजी सचीवालयको पत्र ।

      १८.   बक्स भई आएका हुकुम प्रमांगीबमोजिम मुद्दा दोहर्‍याई दिनु भन्नेसमेत ०१७।९।४ गते का.मु.प्रधान न्यायाधीश भगवतीप्रसादज्यूको आदेश ।

      १९.    ससुरा हर्षमानका ४ छोरामा जेठा मेरा खसम भिमलाल महिला हरिकुमार साहिला पृथ्वीमान कान्छा ललितकुमार सगोलमै बसी आएका अवस्था पृथ्वीमान मिली बस्न नसकी छुट्टी भिन्न भएका र मेरा खसम देवरहरू ३ भाइ सगोलमै बसी आउनु भएको । लोग्ने पुथ्वीमान मरेपछि माइत पाल्पामा गई बसेकी सूज्र्ये मायाँ मोहन मायाँ चन्द्रमानहरूले मेरो अंश भागै लोप गराई खाने हेतुले २ अंश मात्र देखाई मुद्दा गरी सर्वोच्च अदालत सम्म पुर्‍याई सकेका भन्ने हालै मात्र थाहा भई मेरो अंशमा दावी परी रहेको छ । मेरो इलाका अदालतमा दायर भएको मुद्दा किनारा नभएसम्म यो मुद्दा मुल्तवी राखी पाउँ भन्ने चिरी थकुं गुभाजुनीको निवेदनहरूमा मिसिल सामेल राखी कजलिष्टमा चढाई आदेशबमोजिम तुरुन्त पेश गर्नु भन्ने ०१८।८।२३ को आदेश ।

      २०.   यसमा तारेखमा रहेका दुबै पक्षलई राखी पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पक्षका विद्वान वकील सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लिडर कृष्णप्रसादको र प्रतिवादी पक्षका विद्वान वकील एडभोकेट कृष्णप्रसाद उपाध्याँयको बहससमेत सुनी विचार गर्दा, अंश दिलाई पाउँ भन्ने वादी र ९९ सालमा अंश बुझी सकेको भन्ने प्रतिवादीको जिकिर भएकाले अंश पाउने नपाउने कुराको निर्णय दिनु पर्ने देखिन्छ ।

      २१.   ९९ सालामा अंश बुझेको भरपाई भनी प्रतिवादी पक्षबाट पेश हुन आएको भरपाई हेरिएमा मेरो अंश मन्जुरीसँग बुझी लिएँ । बाँकी छ भनी वादी पक्राउ गर्ने छैन भनी तपसीलबमोजिम अँंश बुझेको भरपाई लेखी दिएँ भन्ने व्यहोरा लेखिएको देखियो ।

      २२    रजिष्ट्रेशनको ३ नं. मा आफ्नो हक छोडीदिएको इत्यादि कागजपत्र गर्दा गराउँदा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन गराउनु भन्ने उल्लेख भएको । मोहन मायाँले लिखत गरी दिएको कायम हुँदा अंशको हक छोडेको देखिन आउने हुनाले उक्त ऐनले पास गर्नुपर्ने लिखत पास नभएबाट अंश बुझेको कायम मान्न उक्त कानूनबाट मिल्न आएन ।

      २३    उक्त लेखिएबमोजिम अंश बुझेको कायम हुन नआएको अवस्थामा प्रतिवादी सूज्र्ये मायाँ सरह कै अंशियार सौता वादी मोहन मायाँले अंश पाउँदैन भन्न न्यायोचित नहुँदा निज मोहन मायाँले अंश पाउने ठहराई प्रधान न्यायालय पहिला फाँटको इन्साफ सदर गरी ०८।५।२०।४ मा श्री माननीय प्रधान न्यायधीशज्यूलाई भएको फैसला मनासिव छ ।

      २४.   सूज्र्ये मायाँ समेतका अंशियारहरूउपर अंशमा इलाका अदालतमा उजुर परेको छ भन्ने भिमलालको स्वास्नी चिरी थकुंको निवेदन परेको देखिएतर्फ विचार गर्दा, सूज्र्ये मायाँ समेतबाट चिरी थकुंले अंश पाउने भएमा मोहन मायाँ सुज्र्ये मायाँतर्फको अंशबण्डातर्फ घटीबढी हुन जाने भएकाले चोरी थुकंले दिएको मुद्दाको आखिरी टुङ्गो नलागेसम्म मोहन मायाँ, सूज्र्ये मायाँको अंश भरीभराउ गर्ने काम स्थगित राख्नु भनी मिसिल इलाका अदालतमा पठाई अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक, प्रतिवादी पं.३ पोखरा मोहरिया टोल बस्ने सूज्र्ये मायाँ गुभाजुर्नी के इन्साफ दोहर्‍याएमा शुरु दण्ड ने.रु. १८६।८१।२ को हा.का.११ ने. ले दशौद ने.रु. १८।९६ दण्ड हुन्छ । वारेस हुँदा असूल गर्ने भनी का.दे.त मा लगत दिनु ।

 

इति सम्वत् २०१९ साल आषाढ ५ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु