निर्णय नं. २५४ - पसलबाट उठाई पाउँ

निर्णय नं. २५४ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री गु.प्रो.उपेन्द्रराज पण्डितज्यू
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
दे.फु.नं. ३२५
निवेदक, प्रतिवादी : मानविवी मियानी, गनिखाँ मियाँसमेत
विरुद्ध
विपक्षी, वादी : आशाकाजी ब्रजाचार्य भिक्षु
मुद्दा : पसलबाट उठाई पाउँ
(१) वादीसँग सम्बन्धनै नभएको व्यक्तिबाट गराई लिएको कबुलियतले वादीलाई बाध्यता गराउँदैछ भन्न नहुने ।
झगडा परेको पसलमा प्रतिवादी बसी आएका सावितै हुनाले प्रतिवादीबाट वादीले वाहाल पाउने नै देखिएकोले के कति दरले कहिलेसम्म पाउने हो भन्नेतर्फ विचार गर्दा, वादीको दाता भक्तलालको बाबु कृष्णलालबाट रु. ६१ बहाल तिर्ने गरी कबुलियत भएको भन्ने प्रतिवादीको जिकिर भएको वादीले फास्र्या गरी लिईसकेपछि वादी र प्रतिवादीका बीचमा भएको कबुलियत शर्त बेगर फास्र्या लिएपछि हकै नहुने बीचको कृष्णलालसँग गराई लिएको कबुलियततर्फ वादीलाई बाध्यता गराउँछ भन्न मिलेन ।
(प्रकरण नं. २१)
(२) कस्तो अवस्थामा घरधनीले आफ्नो घरमा बसेका बहालवालालाई हटाउन पाउने । घर पसल आफैलाई चाहिएको भन्ने वादीमा दावी नै नभएकोले घर बनाउनेका २३ नं. ले जनाउ नदिई ऐ २४ नं. ले उठाउन नपाउने, उठ्न नपरोस भन्ने पनि निवेदकतर्फको बहस जिकिरतर्फ पनि फिराद हेर्दा, ०९ साल कार्तिक ७।५ मा फार्से गराई लिई अन्यायवालालाई सोही कार्तिक ७।५ मानै पसलबाट उठी दिनु मेरो पसल सानु भएकोले पसल बेगर हर्जा भयो भनी भनेको भन्ने कुरो उल्लेख भईरहेको देखिन आएकोले आफैलाई चाहियो दावी नभएको भन्न र ०९।७।७।५ का दिन उठी जाउ भनेका कुरालाई लिई ०९।१०।१३ मामात्र यो उठाई पाउँ भन्ने नालेस परेको देखिएकोले घर बनाउनेको २४ नं. का ऐनबमोजिम ३५ दिन अगावै सूचना नदिएको भन्न मिलेन ।
(प्रकरण नं. २३)
निवेदकतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरे
विपक्षीतर्फ : प्लीडर लबदेव भट्ट
फैसला
१ भक्तलाल श्रेष्ठले घर खर्च गर्न र प्र.मानविवीलाई न्हेडिक तिर्न समेत मबाट रु. ४००१।– कर्जा लिई निजका बाबु कृष्णलाल ले मो.रु. १३०१।– मा प्रतिवादीलाई २०००।१२।१५ मा फार्छे पास गरी दिएको आफ्नै सोबासी घरको छेडी तल्लामा बनेको उत्तर मोहडाको १ नाले ३ कबले पसल र सो पसलबाट चर्चेको लगायतसमेत निज हकदार छोरा भक्तलाले ०१।५।९ मा रजिष्ट्रशनमार्फत अन्यायीलाई थैली तिरो निखनी लिई ०१।६।२६ गतेमा ख.लक्ष्मीप्रसादलाई मो.रु. १५५३।– मा र त्यसपछि रु. १८०१।– मा ०१।९।८ गते अन्यायवालालाईसमेत भोगबन्धकी पास गरीदिई राखेको सो पसल मलाई लिनाको आवश्यक परी प्रतिवादीको थैली तिर्न लगाई ०९।७।७ मा फार्छे पास गरी दिएकोले प्रतिवादीलाई पसलबाट उठी देउ भनेमा आलटाल गरी छाडी नदिएकोले सो ०९।७।८ गते देखि आजसम्मको महिना ।३।६ को सालको बाहाल मोह.रु. २००।– को दामासाहीले हुने मो.रु. ५३।३३ र मुद्दा किनारा भएका मिति तकको बाहाल भराई फार्छे पत्रबमोजिमको पूर्व मेरै पसल, पश्चिम गल्लीबाटो साहु वीरलालको पसल, उत्तर सडक, दक्षिण कृष्णलालको छेडी ४ किल्ला भित्रको मंगलबजारको पसलबाट उठाई पाउँ भन्नेसमेत ०९।१०।११।२ को आशाकाजीको फिराद ।
२. म मानविवीका भोग बन्धकी तमसुकबमोजिमको रुपैयाँ पोता रजिष्ट्रेशनबाट म मानविवीले बुझी लिई सकेपछि कृष्णलालले पसलबाट उठी दिन्छौ कि बाहाल कबुलियत गरी बस्छौ भनी हामीलाई सोधनी गर्दा बाहालमा बस्न देउ भन्नेमा सो पसल ३ कबलको सालको बाहाल मो रु. ६१। मा कबुलियत गरी बस भनी ०९।७।२३ मा म गनिखाँबाट कबुलियत कागज गरी लिएका र सोही मितिमा पसल चलन गर्न मलाई कृष्णलालले कागज गरी दिएकोले बाहालमा बसी आएको, वादीले सो पसल खरीद गरी लिएको हामीलाई थाहा नभएको, सो पसल खरीद बिक्री हुनु भन्दा अगावै भक्तलाल, कृष्णलालका नाउँमा इन्द्रलालले अंश छुट्याई पाउँ भनी नालेस दिई अड्डामा मुद्दा दायरै भएको सो अंश मुद्दा टुङ्गो नलागेसम्म वादीको यो पसलमा दावी नै नपुग्ने हामी वादीको पसलमा बसेको नभई कृष्णलालसमेतको पसलमा बसेको भई वादीले कृष्णलालसमेतको नाउँमा नालेस गरी हामीलाई उठाई लिन सक्नु पर्नेमा नगरेकोले निजहरू ३ जनालाई झिकी अंश मुद्दाको मिसिल बुझी सो पसल कसको हक पुग्ने हो र सो बाहाल कसलाई तिर्न बुझाउन पर्ने हो त्यसको ठेगाना लगाइ कबुलियतबमोजिम भोग गरी बसी आएको पसल हामीलाई थामी पसल यस अड्डाबाट हेरी बुझी मनासिव माफिकको बाहाल ठेकी वा कबुलियत बमोजिमको बाहाल कायम गरी वादी दावाबाट फुर्सद पाउँ भन्नेसमेत ०९।११।२९ को मानविवीसमेतको प्रतिवादी ।
३. प्र.मानविवी बाहालमा बसेको नभइ लिई अघि देखि नै पसल किनी बन्धकी बसेको भन्ने प्रमाणबाट देखिएको वादीले बाहालमा राखेको प्रमाण केही नभएको थैली बुझी पछि पसल छाडी दिनुपर्ने छाडी नदिएकोले उठाइ पाउँ भन्नेसम्म उजुर लाग्ने बाहालतर्फ उजुर नलाग्ने देखिएकाले बाहालतर्फ खारेज हुने र थैली बुझेपछि पसल छोडी दिनु पर्नेमा प्र.ले छोडी दिनुपर्ने छोडी नदिएको ठहर्छ भन्नेसमेत ०११।१२।१६ को ल.पु. अदालतको फैसला ।
४. बन्धकी थैली बुझिसकेपछि बाहालमा बसेको हुँ भनी प्र. ले प्रतिवादी दिएकोले बाहालतर्फ खारेज भन्न नहुने ख.चन्द्रमानको र रत्नदासको यस्तै घर किनेको कबुलियत नभएको बाहाल भरी पाउँ भन्ने मुुद्दामा कबुलियत नभए पनि बसेको देखिए पछि दशौंदले बहाल भराउने गरी ल.पु. अदालतबाट ०११।३।२९ गते फैसला गरेको मेरो यस मुद्दामा भने बहाल नभराउने गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत आशाकाजीको अपील ।
५. अघिदेखि बाहालमा बसी बन्धकीसमेत लिई भोग गरी आएको पसल बाहालवालाले लिएसम्म अरुले नपाउने जग्गा दर्तावाला तलसिंहले बिक्री गरेमा सोहीको हक पुग्ने हुनाले तलसिंले बिक्री गरी सकेको भएपनि मोहीले निखनी लिने ऐन बहालै भएकोले सो पसल सोही सरह नै भन्नु पर्ने भएकाले पसल मैले लिएसम्म अरुलाई दिन नपाउने हुँदा वादीको थैली तिरी निखनी पाउँ भनी मैले हु. द्वारा दर्खास्त दिएकै विचार नगरी पसलबाट उठाइ दिनु पर्ने गरी भएको फैसलामा चित्त बुझेन । भन्नेसमेत प्र.मानविवीसमेतको अपील ।
६. शुरुका फैसलामा लेखिएबमोजिम बाहाल कबुलियत बेगर बाहाल दिलाई भराइ दिनु नमिल्ने र सो पसलमा आफ्नो परेको रुपियां प्रतिवादीले बुझाउनु पर्ने ठहरी बुझी लिई सकेको देखिएकोले सो पसलबाट उठी दिनु पर्ने ठहराएको इन्साफ शुरुको मनासिव भन्ने ०१२।११।११ को अपील तेश्राको फैसला ।
७. शुरुउपरमा दिएका अपील जिकिरबमोजिम गरी पाउँ भन्नेसमेत प्र.मानविवीसमेतको अपील ।
८. शुरुउपर दिएका अपील जिकिरबमोजिम गरिदिनु पर्नेमा गरिनदिएको फैसलामा चित्त बुझेन भन्नेसमेत वादी आशाकाजीको अपील ।
९. झगडा परेको पसल अघि फार्छे बन्धकीसमेतमा र पछि साल १ को मोरु ६१। मा बाहालमा बसी आएको हुँदा वादीको परेका लिखतबमोजिमको थैली तिरी लिन पाउँ भन्नेसमेत प्रतिवादीहरूको जिकिर भएकोमा धरौट राखेको नदेखिएको धरौट राखी उजुर गरेका बखत ठहरेबमोजिम हुने हुँदा हाल यसबाट विचार गरी रहन नपर्ने । वादीले भक्तलालसँग पसल फार्छे गराइ लिई सकेपछि पसलमा बस्ने प्रतिवादीहरूको बहालको कबुलियत गराइ राखेको नदेखिएको, साल १ मो.रु. ६१। बाहाल तिर्ने गरी बसी आएको भन्ने कुरामा प्रतिवादीहरू साबितै हुँदा सोही दरले बाहाल भरपाई दिनुपर्ने देखिएकोले शुरु अपीलसँग राय नमिलेको हुँदा नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१४।९।२५ को स.अ. सिंगलबेञ्चको आदेश ।
१०. यो झगडा परेका पसलको आसपासको पसलहरूमा को कसले के कति बाहालमा बसी आएको छ भन्ने कुराको सरजमिन बुझ्न नजिक अड्डाको दर्जा पुगेको कर्मचारी साक्षी लिई दुवै थरी झगडिया र अरु ऐ. ले राख्नु पर्ने मानिससमेत राखी दर्जा पुगेकाले सरजमिन गरी पठाई दिनु भनी ल.पु. अदालतलाई लेखी पठाई आएपछि पेश गर्नु सो सरजमिन गराई माग्न तारेखमा रहेको दुवै थरी अपिलाटहरूलाई ल.पु. अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी दिनु भन्ने ०१४।१०।२३ को स.अ. डिभिजन बेञ्चको आदेश ।
११. गनिखाँ बसेको पसलको साल १ को बाहाल मो.रु. १५०। मा हामीले तिरी बस्न मेरो मञ्जुर छ भन्ने लक्ष्मीदाससमेतका जवान ३ सो पसलको सालको ने.रु. ३००। तिरी बस्न मेरो मञ्जुर छ भन्ने दयाराम, सो पसलको सालको मो.रु. २५०। मा म पाए बस्न सक्छु भन्ने जितवीर, सो पसल सँगैको मेरो पसल रु. ५०१। मा बाहालमा दिएको छु, प्रतिवादी बसेको पसलको बाहाल यति भन्न सक्दिन भन्ने नारायणलालसमेत भएको ०१५।१।६ को मुचुल्का ।
१२. मिसिल हेर्दा, कृष्णलालले गरी दिएको बाहाली भनी ०९।७।२३ को बाहालीको नक्कलसम्म प्र. ले दाखिल गरेका मिसिल सामेल रहेको देखिएको र निजैको प्रतिवादीमा कृष्णलालले कबुलियत गराई लिएको छ भन्ने जिकिर हुनाले कृष्णलाल बुझिएको र सो बाहाली निजलाई सुनाएकोसमेत नदेखिंदा सक्कल बाहाली लिई आउनु भनी प्रतिवादीलाई र सक्कल कबुलियत लिई आउनु भनी कृष्णलाललाई झिकाई आएपछि पेश गर्नु भन्ने ०१५।१२।१० को डिभिजन बेञ्चको आदेश ।
१३. झगडा परेको पसल फार्छे बन्धकीसमेतमा र पछि साल १ को बाहाल ने.रु. ६१। तिरी बसी आएको हुँदा वादीको परेको लिखतबमोजिमको थैली तिरी लिन पाउँ भन्नेसमेत प्रतिवादीको जिकिर भएको धरौटी राखेको नदेखिएकोले धरौट राखी उजुर गरेका बखत ठहरेबमोजिम हुने हुँदा वादीले भक्तलालसँग फार्छे गराई लिई सकेपछि प्रतिवादीहरूको बाहालको कबुलियत गराई राखेको नदेखिएको साल १ को बाहाल ने.रु. ६१। तिर्ने गरी बसी आएको भन्ने कुरामा प्रतिवादी सावितै हुँदा सोही दरले वादीले फार्छे गरी लिएको मिति देखि मुद्दा परेका दिन तक महिना ३ दिन ६ को दामासाहीले हुने बाहाल ने.रु. १५।२५ वादीले प्रतिवादीबाट भरिपाउने र प्रतिवादीले पसल छाडी दिनु पर्ने ठहरेकोले शुरु अपीलको केही उल्टी गरेको सिंगलबेञ्चको राय मनासिव ठहर्छ भन्नेसमेत ०१६।७।३ को डिभिजन बेञ्चको फैसला ।
१४. मेरो दावा बमोजिमको सालको ने.रु. २००।– का दरले बाहाल दिलाई दिनुपर्ने मैले लिई सकेपछि हक नपुग्नेबाट गराई लिएको कागजको आधारले सालको ६१।– भराउनै नहुने र सो कागजलाई कायम मान्नै नहुने, मेरो दावाबमोजिमको बाहाल सा.अ.का ३ नं. बमोजिम मुद्दा किनारा भएका मितितकका भराई दिनुपर्ने अड्डाबाटै उठाई दिने भनी फैसला हुनुपर्ने निखन्नेतर्फ थैली धरौट राखी उजुर परेका बखत ठहरेबमोजिम हुने भन्ने लवज दावा भन्दा बढीको बुँदा लेखिएकोले सो लवज झिकियोस् चित्त बुझेन भन्नेसमेत वादी आशाकाजीको निवेदन ।
१५. यसमा प्रतिवादी मानविवी मुसलमाननीले भक्तलालसँग बन्धकी लिएको थैली निज भक्तलालले बुझाई तमसुकको फट्टा देखाई फार्छे गरी वादी आशाकाजीलाई दिएकोमा निज प्रतिवादी मानविवीले साथै लिई बुझी लिएकीमा सावितै भएकी । तर सो फार्छे गरी लिनेको थैली बुझाइ लिन पाउँ भन्ने जिकिरसमेत लिएकोमा सो रुपैयाँ धरौट राखी उजुर गरेका बखत ठहरेबमोजिम हुने भन्ने डिभिजन बेञ्चको फैसलामा उल्लेख भएको छ । त्यसै फैसलामा वादीले दावी गरेको बाहाल महिना ।३ दिन ।६ दिनको प्रतिवादीसँगबाट भरी पाउँछ भन्ने पनि सोही फैसलामा उल्लेख भएकोले उक्त प्रतिवादीले नालेस गर्ने हक प्राप्त भयो । यता प्रतिवादीबाट वादीले बाहाल पाउने भएपछि वादीले हक कायम राखेको जस्तो देखिन आएको, तर धरौट राखी उजुर गर्न भनी लागदावी बेगर लेख्नु कानूनमा नमिल्ने जस्तो देखिनाले दोहराउने निस्सा दिएको छ । लगतमा दर्ता गरी दुवै थर राखी फुल बेञ्चमा पेश गर्नु भनी मुद्दा फाँटमा दिन सर्वोच्च अदालत अपील दर्तामा बुझाइ दिनु भन्नेसमेत ०१८।११।३ को मानीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१६. वादीलाई दिने दाता भक्तलालको बाबु कृष्णलालले मबाट ०९।७।२३ गते गराइ लिएको कबुलियतमा सालको रु. ६१। बाहाल लेखिएको सोही दर कायम गरी पाउँ भन्ने प्रतिवादीको जिकिर भएकोमा कृष्णलालको छोरा भक्तलालको भाइ इन्द्रलालले कृष्णलालसमेतको अंश मुद्दामा भक्तलाल ९९ सालमा मानु छुट्टिएको ठहराई पर्चा भएको सो अंश मुद्दा मिसिलबाट देखियो । उनै भक्तलालले २००१।५।९ गते निखनी ०९।७।१९ गते वादीले फार्छे गरी दिएकोले पसलमा हकै नभएको कृष्णलालले गराएको कबुलियतको दर कायम गरी पाउँ भन्ने मनासिव देखिएन । मनासिव माफिकको दर कायम गरी पाउँ भनी प्रतिवादीमा लेखिएको र सँधियार बुझ्दा सबै भन्दा कम्ति सालको बाहाल रु. १५०। लाग्ने भनी लेखी दिएकोबाट सोही दरकायम गरिदिनु मनासिव देखिएकाले फार्छे लिएका मिति ०९।७।१९ देखि आजसम्म प्र.बाट वादीले भरी पाउने ठहर्छ । प्रतिवादीको हकै नभएकोमा धरौट दाखेल गरेका बखत ठहरेबमोजिम हुने भनी डिभिजन बेञ्चका फैसलामा बढी बुँदा लेखिएको सदर हुँंदैन भन्नेसमेत ०१९।३।८।६ को फुल बेञ्चको फैसला ।
१७. सा.अ.का १०।२७।२८ नं. ले पसल तावेदारले निखन्न पाउने बाली झगडाका २० नं. ले ३ बर्ष भन्दा बढी लाग्नै नसक्ने भन्नेसमेत चित्त बुझेन दोहर्याइ पाउँ भनी गनिखाँ मियाँ र मानविवी मियाँको निवेदनमा व्यहोरा साँचो भयो । अघि छिन्ने बाहेक श्री प्रधान न्यायाधीश सहितको ३ वा ५ जनासम्म न्यायाधीश भएको फुल बेञ्चबाट एकपटक इन्साफ दोहर्याइ जाँची ऐन सवालबमोजिम गर्नु भनेको २०२०।२।७।३ मा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत माननीय प्रधान न्यायाधीशज्यूको २०।२।१३।२ को आदेश ।
१८. निवेदक, प्रतिवादी गनिखाँसमेतको वा अजिसखाँलाई र वादी आशाकाजीलाईसमेत राखी गत ०२१।५।२० गते पेश भई निवेदक, प्रतिवादीतर्फका विद्वान एडभोकेट कृष्णप्रसाद उपाध्यायको र वादीतर्फका विद्वान प्लीडर लबदेव भट्टले गर्नु भएको बहस सुनी निर्णय सुनाउने तारेख मुकरर भई आजको तारेख सरेको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा,
१९. भक्तलालबाट वादी आशाकाजीले घर छेडी तलामा बनेको १ नाले ३ कवले झगडा परेको पसल र सो पसलले चर्चेको लिग लगापातसमेत ०९।७।७ मा फास्र्या लिएको कुरामा विवाद नदेखिएको ।
२०. उक्त पसल निवेदक, प्रतिवादीले पटक–पटक बन्धकी लिएको भन्नेमा पनि बन्धकी थैली तिरो निखनीसकेपछि मात्र वादीले फार्छे लिएको हुँदा सो जिकिर कुनै महŒवको नदेखिने । अर्को साहु असामीका १०,२७,२८ नं. सो पसल निखनी लिन पाउने भन्ने हकमा पनि साहु असामीका १० नं. मा बिर्ताका मोही कुरियाहरूले, रैकरमा मगनीवालाहरूले साहु असामीको ९ नं. बमोजिम हकवालाले म्याद भित्र निखनी नलिएमा सो म्याद बाहेक ३५ दिन भित्रै थैली लिइ गएमा सोही कुरिया मगनीवालाले निखनी लिन पाउने व्यवस्था भएको र साहु असामीको २७ नं. मा बन्धक कायम भईरहेका दोहरा साहुहरूको वारेमासम्म र २८ नं. मा भोग दृष्टि धितो परेकोमा भोगवालाको वारेमासमेत व्यवस्था भएको देखिन आएकाले यी ऐनहरूले प्रदान गरेको हक सहुलियत बहालमा बस्ने निवेदक, प्रतिवादीलाई प्राप्त हुन सक्ने अवस्था देखिएन ।
२१. झगडा परेको पसलमा प्रतिवादी बसी आएमा सावितै हुनाले प्रतिवादीबाट वादीले बहाल पाउने नै देखिएकोले के कति दरले कहिलेसम्म पाउने हो भन्नेतर्र्फ विचार गर्दा वादीको दाता भक्तलालको बाबु कृष्णलालबाट रु. ६१। बहाल तिर्ने गरी कबुलियत भएको भन्ने प्रतिवादीको जिकिर भएको वादीले फास्र्या गरी लिईसकेपछि वादी र प्रतिवादीकाबीचमा भएको कबुलियत शर्त बेगर फास्र्या लिएपछि हकै नहुने बीचको कृष्णलालसँग गराइ लिएको कबुलियतले वादीलाई बाध्यता गराउँछ भन्न मिलेन ।
२२. साल १ को रु. २०० का दरले बहाल भराइ पाउँ भनी वादीले दावी गरेको रु. ६१। का दरले तिर्ने कृष्णलालसँग कबुलियत भएको भने पनि त्यस कुरामा अड्न नसकी पसलसमेत अदालतबाट हेरी बुझी मनासिव माफिकको बहाल ठेकी पाउँ भन्ने प्रतिवादी जिकिर भईरहेको ०१४।१०।२३ का डिभिजन बेञ्चका आदेशबमोजिम सँधियारा बुझिंदा लक्ष्मीदास गंगाराज शिवलालसमेतले सो पसलको बहाल रु. १५०। तिर्न सक्छौं भनी अरुको भन्दा कम्ति नै राखी लेखिदिएको देखिनाले सालको रु. १५०। का दरले वादीले बहाल नपाउने भन्न मिलेन । अब फैसला हुँदाको मितिसम्मको बहालसमेत भराइ पाउँ भन्ने वादी दावी भए पनि फैसला हुँदाको बखतसम्मको बहाल भराइ दिने कानूनी व्यवस्था नहुनाले फुल बेञ्चको फैसलाले फैसला भएको मिति तकको बहाल भराइ दिएको कानूनसङ्गत भएन भन्ने निवेदकको जिकिरतर्फ विचार गर्दा साहु असामीका ३ नं. मा फैसला भएका मिति तककको व्याज भरी पाउने प्रष्ट व्यवस्था भएको देखिएको तर घर बहाल बिषयमा त्यसरी भरी पाउने व्यवस्थाको उल्लेख भएको कुनै कानून देखिएन । यसै मुद्दाबाट आखिर फैसला भएको मितिसम्मको बहालसमेत भरी पाउन सक्ने कानूनी व्यवस्थाको अभाव सो फैसला भएको मितिसम्मको बहाल भरी पाउँछ भन्न नमिलेकोले फैसला भएका मितिसम्मको बहाल भरी पाउने गरेकोसम्म १९।३।८।६ को फुल बेञ्चको फैसला मिलेको देखिएन । त्यसतर्फ ऐनबमोजिम उजुर गरेका बखत ठहरेबमोजिम हुन्छ भनी वादीलाई सुनाइ दिनु । वादीले फार्छे गरी लिएको ०९।७।७।५ देखि नालेस परेको मिति ०९।१०।१३ तक ३ महिना ६ दिनको उक्त सालको रु. १५०। का दरले हुने बहाल रु. ४०। प्रतिवादीहरूबाट वादीले भरी पाउने ठहर्छ ।
२३. घर पसल आफैलाई चाहिएको भन्ने वादीमा दावी नै नभएकोले घर बनाउनेका २३ नं. ले र जनाउ नदिई ऐ.२४ नं. ले उठाउन नपाउने हुनाले उठ्न नपरोस् भन्ने पनि निवेदकतर्फको बहस जिकिरतर्फ पनि फिराद हेर्दा, ०९ साल कार्तिक ७।५ मा फार्से गराइ लिई अन्यायवालालाई सोही कात्र्तिक ७।५ मा नै पसलबाट उठी दिनु मेरो पसल सानु भएकोले पसल बेगर हर्जा भयो भनी भनेको भन्ने कुरा उल्लेख भईरहेको देखिन आएकाले आफैलाई चाहियो भन्ने दावी नभएको भन्न र ०९।७।७।५ का दिन उठी जाउ भनेको कुरालाई लिई ०९।१०।१३ मा मात्र यो उठाइ पाउँ भन्ने नालेस परेको देखिएकाले घर बनाउनेका २४ नं. का ऐनबमोजिम ३५ दिन अगावै सूचना नदिएको भन्ने मिलेन । तसर्थ नालेस दायर भएको मितिसम्मको बहाल भरी पाउने गरेको र चलन पाउने गरेकोसमेत ०१९।३।८।६ को फुल बेञ्चको मनासिव ठहर्छ अरु तपसीलबमोजिम गर्नु।
तपसील
माथि लेखिएबमोजिम ठहरेकाले ०१९।३।८।६ का फुल बेञ्चका फैसलाले प्रतिवादी गनिखाँ मानविवीहरूबाट बहाल बिगो रु. १४५०। भराई पाउँ भनी वादी आशाकाजीको दर्खास्त परे भराइ सयकडा २।५० दस्तुर लिनु भनी लगत दिएको हाल माथि लेखिएबमोजिम रु. ४०। मात्र भरी पाउने हुँदा रु. ४०। को लगत कायम राखी बढी भराउने गरेको रु. १४१०। को लगत काटी दिनु भनी तहसिलमा लगत दिनु .............................१
डिभिजन बेञ्चको ०१६।७।३।३ का फैसलाले वादीबाट रहेको कोर्टफी रु. २।६६ उक्त प्रतिवादीबाट वादीले भरी पाउने गरेको लगत फुल बेञ्चका उक्त फैसलाले कायम गरेको देखिएको बहाल रु. ४०। को सयकडा ५ ले कोर्ट फी रु. २। मात्र लाग्ने हुँदा रु. २। को लगत कायम गरी बढी रु. ।६६ पैसाको लगत काटीदिनु भनी ऐ.ऐ.......................... २
फुल बेञ्चका उक्त मितिका फैसलाले वादीले भरी पाउने भएको बहाल वापतको नपुग कोर्टफी रु. ६९।८४ प्रतिवादी उक्त मानिसहरूबाट असूल गरी लिनुउपर नभए वादीबाट लिने गरेकोमा नलाग्ने हुँदा लगत काटी दिनु भनी ऐ.ऐ......................... ३
मिसिल नियमबमोजिम बुझाइ दिनु ....................... ४
इति सम्वत् २०२१ साल आश्विन ७ गते रोज ३ शुभम् ।