शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २५७ - लेनदेन

भाग: साल: २०२१ महिना: बैशाख अंक:

निर्णय नं. २५७           ने.का.प. २०२१

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री स.इश्वरीराज मिश्र

दे.फु.नं. २२३

वादी : ले.ज. ध्रुब शमशेर ज.व.रा.का.इ. बालुवाटार

विरुद्ध

प्रतिवादी : भक्तबहादुर थापा क्षेत्री धनकुटा मुग

मुद्दा : लेनदेन

(१)   भरपाई अस्पष्ट नभई स्पष्ट तथा निर्दिष्ट हुन पर्ने । भरपाई दिंदा बाहेक गर्नुपर्ने लिखतहरूको बाहेकभनी नजनाई लेखापढी लेनादेना, चिठ्ठीपत्र, इत्यादिको भनी जनाई दिएमा सम्पूर्ण व्यवहारलाई टुङ्गाएको मानिने ।

            .......आज अघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादिको हर हिसाब भन्ने लेखिएको, यसै जग्गा सम्बन्धको हरहिसाबमात्रलाई लिएर लेखिएको हो भन्ने कुरा भरपाईमा प्रयोग भएको बाक्याँशहरूबाट देखिएन । त्यस्तो अतिरिक्त लेखापढी चिठ्ठीपत्र बहीखाता इत्यादि चितल दरपीठ र रद्द हुन छुटपुट भई बाँकी रहन गएको भए पनि पछि कुनै व्यहोराबाट सो प्रमाण लाग्ने केही देखाई यो फारगती बाहेकको छुट्टा हो पाउनु पर्छ भनी रुपैयाँ पैसा जग्गा जमिन लेनादेना इत्यादिमा लेखिए मध्ये कसैसँग पनि दावी गर्र्ने छैनभन्ने शब्दहरूसमेत उल्लेख भएको यो फारगती भन्ने शब्द परे पनि निचोडमा भरपाई गरी दिए भन्नेसमेत लेखिएको मौजा सम्बन्धमा यो यो कागजको चितल दरपीठ हुन पर्ने अवस्था पर्ने भन्ने वादीतर्फबाट कुनै कुरा खुलाउन पनि नसकेको र लेनदेनको तमसुक इत्यादिमानै चितल दरपीठ हुने अवस्था पर्ने हुनाले जग्गासम्बन्धीमात्र हो भन्ने वादी वक्षका भनाइ मनासिव नदेखिने । वादी दावीको लिखत उक्त भरपाई हुनु भन्दा अघिको देखिएको छुट्टै लिखत भएको हुनाले त्यस्तो लिखतलाई बाहेक गरेर जग्गा सम्बन्धको कारोबारलाईमात्र भरपाई भएको भए त्यस्तो बाहेक गरिएको लिखतहरूको पनि भरपाईमा बाहेक गरी अथवा जग्गा सम्बन्धकोमात्र हो भन्ने उल्लेख हुनुपर्ने, सो नभएबाट पनि वादी प्रतिवादीकोबीच भए गरेको लेखापढी चिठ्ठी चपेटा लेनादेना इत्यादि सम्पूर्ण व्यहारलाई अन्तिम तवरले राफसाफ गरी छिनाफाना गरेकै देखिन्छ । माथि लेखिएको कारणहरूबाट उक्त भरपाई हुँदाको बखत यो वादी दावीको लेना भईसकेको भन्ने भरपाईबाट प्रष्ट देखिएकोले सावाँव्याज भराईपाउँ भन्ने वादी दावी पुग्न सक्तैन । तसर्थ सो नपुग्ने ठहराईएको माननीय न्यायाधीश श्री भैरवप्रादज्यूको राय फैसला मुनासिब ठहर्छ ।

(प्रकरण नं. ११,१२)

वादीतर्फ : प्लीडर नन्दिकेशर शिवाकोटी ।

फैसला

      १.     श्री ध्रुब शम्शेर ज.व.रा.वादी भई वा निज प्रतिवादी भएको मुद्दा मामिला जहाँ जुन अड्डा अन्तर्गत परेको छ सो सबै मुद्दा सर्वोच्च अदालतबाट किनारा गर्नालाई ऐन सवालले नमिल्ने भए तापनि साविक नरहने गरी निज बारेको सबै मुद्दा हेरी ऐन सवालबमोजिम किनारा गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचिवालयबाट मिति २०१८।११।५।६ मा र व्यहोरा साँचो भए निवेदक ज.धु्रव सम्शेर सम्बन्ध घरायसको र सरकारिसमेत सबै मुद्दाहरूमा गुज्रेको अपील दिने म्याद र गुज्रेको तारेखसमेत थामी दोहर्‍याई हेरी ऐन सवालबमोजिम यथासिघ्र किनारा लगाई दिनु र कोर्ट फी जति लाग्ने मुद्दामा जो लाग्ने कोर्टफी पनि मुद्दा किनारा लागेका बखत लिनु भन्ने श्री ५ माहाराजाधिराजबाट हुकुम बक्सेको छ भन्नेसमेत मिति ०१९।३।७।५ मासमेत लेखी आई बक्स भई आएको हुकुम प्रमांगीबमोजिम गर्नु भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेश ।

      २.    अन्यायले ०१२ साल भाद्र ६ गते घर खर्च गर्न भनी मसँग कं. ९६०० कर्जा लिई आफ्ना हस्ताक्षरले तमसुक लेखी कर्जा लिएकोमा सावाँ व्याज ल्याउ भनी ताकेता गरी पठाउँदा पनि आजसम्म सावाँ व्याज बुझाउन नल्याइ आलटाल गरेकोले नालेस गर्न आएको छु । सावाँ कं.रु. ९६००।को आजसम्मको दशौद व्याज कं.रु. ५८६०।र सावाँ कं.रु. ९६००।समेत जम्मा सावाँ व्याज कं.रु. १५४६०।को बजार दर कं.रु. १००।को ने.रु. १६०।का दरले हुने ने.रु. २४७३६।र मुद्दा फैसला हुने दिनसम्मको पाउने व्याजसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको २०१८।१०।३ को फिराद  ।

      ३.    वादीले दावी गर्नु भएको तमसुकको मिति ०१२।५।६ गते भन्दापछि ०१३।१२।२७ मा मसमेतमा ४ दाजुभाइ र वादीसमेत बसी त्यस मिति भन्दा अघिल्ला दिनसम्मको हाम्रो पिताका पालादेखि मसमेतका ४ दाजु भाईले गरी आएकोसमेत चिठ्ठी चपेटा कागजपत्र बहीखाता तर, तमसुकसमेत इत्यादि लेखापढीको सबै हरहिसाब वादीले बुझिलिई सक्नु भएको र हामीले बुझाइसकेको हुँदा सबै विवरण खुलाई मसमेतका ४ भाईका नाउँमा खुदै वादीले भरपाई गरी दिनु भएकोले वादी दावा झुट्ठा हो भन्नेसमेत भक्तबहादुरको प्रतिउत्तरपत्र ।

      ४.    प्रतिवादीले प्रमाण दिएको भरपाई खिची वादीलाई सुनाउन पेश गर्नु भन्नुसमेत ०२०।२।२३।५ को डिभिजन बेञ्चको आदेश ।

      ५.    प्र.बाट पेश भएको भरपाई वादीलाई सुनाएकोमा भरिया बथान मौजाको आयस्था बुझाएको बारे फारगतको कागज गरी दिएको हो मेरो वादी दावीको रुपैयाँ बुझेबुझाएको भरपाई होइन भन्नेसमेत वादीका वारेस ना.सु. चिरन्चिवीको बयान ।

      ६.    वादीले सो दिएको प्रतिवादीलेपेश गरेको ०१३।१२।२७ को भरपाई मैले गरी दिएको हुँ भनी साविक भई बयान गर्नु भएको र सो भरपाइमा यस अघि तपाईंका बाबाले टेकबहादुर तपाईंहरू चारभाइसमेतसँग आज अघि हामीहरूमा जेजो भईरहेको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादि सबैको हरहिसाब लिनु दिनु भईसकेकोबाट अब हाम्रो यस अघिको लेनदेनामा कुनै कसर नराखी बदर वातिल गर्नेगरी आजसम्मको जम्मै हिसाब लिन पाउना चुक्त गरायौं, कुनै प्रकारको हिसाब बाँकी छैन । कुनै व्यहोराबाट लेखापढी चिट्ठीपत्र बहिखाता इत्यादि चिटल दरपीट रद्द हुने टुटफुट भई बाँकी रहन गएको भए पनि पछि कुनै व्यहोराको प्रमाण लाग्ने केही देखाई यस फारगत बाहेकको छुट्टा पाउनु पर्छ भनी रुपैयाँ पैसा जग्गा जमीन लेनादेना इत्यदिमा लेखिएमध्ये कसैसँग दावी गर्ने छैन भन्नेसमेत प्र. भक्तबहादुरसमेत ४ जनालाई गरिदिएको भरपाईमा उल्लेख भईसकेको देखिएको । त्यस्तो भरपाईलाई जग्गा विषयकोमात्र हो कि भन्न पनि नहुने, सो भरपाई हुनु भन्दा अगाडिको वादी दावीको तमसुक देखिएको, यदि सो तमसुकबमोजिमको रुपैयाँ बाँकी भए सो भरपाईमा वादी दावीको कर्जा रुपैयाँ बाहेक भनी वादीले उजुर भरपाईमा लेखी दिनु पर्ने । सो पनि नभएको र सोही भरपाईमा अरुका नाउँमा दर्ता भएको जग्गा बिक्री गर्दा आएको रुपैयाँ ७०००। समेत प्रतिवादीसमेतले बुझाएको र वादीले बुझेकोसमेत उल्लेख भएको । त्यति ठूलो कलमको ७०,००० बुझाउने व्यक्तिले ९६००। मात्र नबुझाइ बाँकी राख्यो होला भन्न पनि न्यायको दृष्टिबाट उचित नपर्ने हुनालेसमेत तपार्इं ४ भाइ र तपाईंका बाबु टेकबहादुरसँगको लेनादेना हरहिसाब जग्गा जमिनसमेत कुनै पाउन बाँकी छैन भनी आफूले ०१३।१२।२७ मा प्रतिवादीसमेतलाई भरपाई गरिदिईसकेपछि १२।५।६ को तमसुकबमोजिमको सावाँ व्याज पाउँ भनी वादीले प्रतिवादीउपर झुट्ठा उजुर गरेको ठर्हछ भन्ने माननीय न्यायाधीश श्री भैरबप्रसाद उपाध्यायको राय फैसला ।

      ७.    वादीका दावीबमोजिम सावाँ कं.रु. ९६०० वादीसँग तमसुक गरी लिएकोमा प्रतिवादी सावितै भएको । उक्त रुयैयाँसमेत ०१३।१२।२७।४ मा वादीले गरी दिएका भरपाईबाट नै बुझाई सकेको भन्ने प्रतिवादीको जिकिर भएकोले उक्त लिखत वादीलाई सुनाउँदा भैडिया बथान मौजाकोमात्र फारगतको भरपाई गरी दिएको भनी बयान गरेको ।

      ८.    प्रतिवादीका जिकिरबमोजिम नै साँचै तिर,ी बुझाई सकेको नै हो कि भन्नलाई उक्त भरपाईमा रुद्रबहादुरसमेत ४ जना दाजुभाइ निजहरूका बाबुले टेकबहादुरमार्फत भेडिया बथान मौजा खरीद गरी भक्तबहादुरका नाउँमा दर्ता गराई भोग गरी आएको । सो मौजा लुणकर्णलाई बिक्री भएको सो जग्गाको मोल कं.रु. ७०,०००। बुझी लिई यस अघि टेकबहादुर र तपार्इं ४ जनासँग आज अघि जो भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादि सबैको हरहिसिाब भई लिनु दिनु भईसकेबाट फारगत गरी दिए भन्ने लिखत भई उल्ल्ेख भएको देखिएकाले सो मौजा विषयमा जो भएको हरहिसाब भई फारगत गरी दिएको भन्ने प्रष्ट उक्त लिखतबाट देखिन आउँछ । फारगतका कागजलाई भरपाई भन्न पनि नमिल्नेमा तमसुकी रुपैयाँ पनि तिर,ी बुझाई सकेको भन्ने तमसुककोबारे कुनै लबजसम्म पनि उल्लेख नभएकोले तमसुकी रुपैयाँ बाँकी नै रहेकोबाट उल्लेख नभएको रहेछ भन्ने देखिन आएको । प्रतिवादीका जिकिरबमोजिम कं.रु. ९६०० बुझाएको भए कं.रु. ७०,००० बुझी लिएको उल्लेख भएपछि सो तमसुकी रुपैयाँको अङ्क नै खोजी जरुर लेख्नु र प्रतिवादीले नै लेखाई लिनु पर्ने, सो नभएपछि बाँकी नै देखिएको, आफूले सो हस्ताक्षरबाट तमसुक गरी रुपैयाँ लिएकोमा उक्त रुपैयाँ बुझाउँदा कानूनबमोजिमका रीत पुर्‍याई लिखत भई दरपीठ वा भरपाई गरी लिनुपर्ने भन्ने कुरा पूरा थाहाजनक हुनु पर्नेमा कानूनबमोजिम रीतपूर्वकको लिखत गराई रुपैयाँ बुझाएको होला भन्ने कुरा पत्यार नपर्ने र बुझाएको भन्ने लेखेको पनि देखिदैन ।

      ९.    रुपैयाँ बुझाएकोमा लिखत भए दरपीठ गराई फट्टा गराई दिनु पर्ने उक्त दरपीठ वा फट्टा गराउन नपाएको भए सोही व्यहोराको छुट्टै भरपाई गराई लिनु पर्ने । सो नसकेकोबाट लेखिएबमोजिम नगरेको सदर हुँदैन भन्ने साहु असामीको ४ नं. का ऐनमा प्रष्ट उल्लेख भएकोले वादीका दावीबमोजिमको तमसुकको रुपैयाँ तिर,ी बुझाई सकेको छु भन्ने उपरोक्त, प्रमाण परिबन्दहरूबाटसमेत प्रतिवादीको जिकिर पुग्न सक्तैन । तमसुकबमोजिमको सावाँ व्याज प्रतिवादीबाट वादीले भरी पाउने ठर्हछ । सो ठहर्नाले सहयोगी माननीय न्यायाधीश श्री भैरवप्रसादज्यूले वादीको रुपैयाँ बुझी सकेको ठहराए गर्नु भएकोमा राय सहमत नहुँदा सर्वोच्च अदालत नियमावली ३१ बमोजिम निर्णयको लागी फुल बेञ्चमा पेश गर्नु भन्ने २०२०।३।२४।२ माननीय न्यायाधीश गु.प्रो. उपेन्द्रराजज्यूको राय फैसला ।

            यसमा हु.प्र.बमोजिम सरी आई डिभिजन बेञ्चमा पेश हुँदा राय बाझी भई नियमबमोजिम तारेखमा रहेका वादी ज. धु्रव शम्शेर तथा प्रतिवादी भक्तबहादुर थापाको वारिससमेत राखी गत मार्ग ९ गते पेश भई वादीतर्फबाट रहनु भएको विद्वान प्लीडर नन्दिकेशर सिवाकोटीले गर्नु भएका बहससमेत सुनी आजको निर्णय सुनाउन तारेख मुकरर भएको प्रस्तुत मुद्दामा वादी दावीको तमसुकको मितिभन्दा पछि ०१३।१२।२७ मा हिसाब बुझी वादीले भरपाई गरी दिनु भएकोले वादी झुट्ठा हो भन्ने प्रतिवादी इन्कार भई भरपाई पेश हुन आएकोले वादी दावीको लेनासमेत बुझाई भरपाइ भए नभएको के हो र यदि भरपाईबाट वादीको लेना चुक्ति भएको नदेखिए वादी दावीबमोजिमको वादीले सावाँ व्याज भरी पाउने नपाउने के हो भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आयो ।

      १०.    वादी दावीको लेनासमेत प्रतिवादी इन्कारबमोजिम बुझाई सकेको नसकेको के रहेछ भनी प्रतिवादीतर्फबाट पेश भएको ०१३।१२।२७ को भरपाई लिखत हेर्दा, तपाईं विराटनगर बजार बस्ने रुद्रबहादुर, भक्तबहादुर, सूर्यबहादुर, देवेन्द्रबहादुरका बाबुले टेकबहादुर थापा क्षेत्रीमार्फत जि.मोरङ प्र. वरियाती मौजे गोहिगाडा विर्ता तालुको भेडिया बथानको मालपोत कं.रु. लाग्ने जम्मा ससिं जग्गा बिगाहा खरिद गराई पहाड चैनपुर केराबारी बस्ने भक्तबहादुर थापा क्षेत्रीका नाउँमा दर्ता गराई आयस्था मैले खाई आएकोमा हाल का.इं खिचा पोखरी बस्ने लुणकर्ण अग्रवाललाई बिक्री भएको सो जग्गाको मोल कं.रु. ७०,०००। (सत्तरी हज्जार) मैले बुझी लिए र यस अघि तपाईंका बाबाले टेकबहादुर तपाईं ४ भाइसमेत अङ्ग आज अघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादि सबैको हरहिसाब भई लिनु दिनु भईसकेकोबाट अब हाम्रो यस अघिको लेनादेनामा कुनै केही कसर नराखी बदर बातेल गर्ने गरी आजसम्मको जम्मै हरहिसाब लेना पाउना चुक्त गर्‍यौं अब हामीहरूमा कुनै प्रकारको हिसाब बाँकी छैन भन्नेसमेत उल्लेख भएको देखियो ।

      ११.    उक्त जग्गासम्बन्धी हिसाबसम्मलाईमात्र लिएर उक्त भरपाई भएको हो भन्ने वादीतर्फको भनाई छ । जग्गा सुक्रिबिक्री भएको कुरा भरपाईको शुरुमा उल्लेख पनि छ । तर,, त्यसपछिको बाक्यमा आज अघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बही खाता इत्यादिको हरहिसाब भन्ने लेखिएको यसै जग्गासम्बन्धको हरहिसाबमात्रलाई लिएर लेखिएको हो भन्ने कुरा भरपाईमा प्रयोग भएको बाक्यांशहरूबाट देखिएन । त्यस्ता अतिरिक्त लेखापढी चिठ्ठीपत्र बहीखाता इत्यादि चितल दरपीठ रद्द हुन छुटपुट भई बाँकी रहन गएको भए पनि पछि कुनै व्यहोराबाट सो प्रमाण लाग्ने केही देखाई यो फारगती बाहेकको छुट्टा हो, पाउनु पर्छ भनी रुपैयाँ पैसा जग्गा जमीन लेनादेना इत्यादिमा लेखिएमध्ये कसैसँग पनि दावी गर्ने छैन भन्ने शब्दहरूसमेत उल्लेख भएको यो फारगती भन्ने शब्द परे पनि निचोडमा भरपाई गरी दिए भन्नेसमेत लेखिएको । मौजा सम्बन्धमा यो यो कागजको चितल दरपीठ हुनुपर्ने अवस्था पर्ने भन्ने वादीतर्फबाट कुनै कुरा खुलाउन पनि नसकेको र लेनदेनको तमसुक इत्यादिमा नै चितल दरपीठ हुने अवस्था पर्ने हुनाले जग्गासम्बन्धीमात्र हो भन्ने वादी पक्षको भनाई मनासिव नदेखिने।

      १२.   वादी दावीको लिखत उक्त भरपाई हुनु भन्दा अघिको देखिएको छुट्टै लिखत भएको हुनाले त्यस्तो लिखतलाई बाहेक गरेर जग्गासम्बन्धको कारोवारलाईमात्र भरपाई भएको भए त्यस्तो बाहेक गरिएको लिखतहरूको पनि भरपाईमा बाहेक गरी अथवा जग्गा सम्बन्धकोमात्र हो भन्ने उल्लेख हुनुपर्ने, सो नभएबाट पनि वादी प्रतिवादीको बीच भए गरेको लेखापढी चिठ्ठी चपेटा लेनादेना इत्यादि सम्पूर्ण व्यवहारलाई अन्तिम तवरले राफसाफ गरी छिनाफाना गरेकै देखिन्छ । माथि लेखिएकै कारणहरूबाट उक्त भरपाई हुँदाको बखत यो वादी दावीको लेनासमेतमा हरहिसाब मिलाई लिनु दिनु भईसकेको भन्ने भरपाईबाट प्रष्ट देखिएकाले सावाँ व्याज भराई पाउँ भन्ने वादी दावा पुग्न सक्तैन । तसर्थ सो नपुग्ने ठहराएको माननीय न्यायाधीश श्री भैरबप्रसादज्यूको राय फैसला मनासिव ठर्हछ अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी ले ज.ध्रुव सम्शेर ज.व.रा. के वादी दावी बिगो ने.रु. २४७३६। को कोर्टफी सवालको ११ दफाले ने.रु. ५०००। का सयकडा ५ ले ने.रु. २५०। र बाँकी ने.रु. १९८३६। को सयकडा ४ ले हुने ने.रु. ७८९।४४ समेत जम्मा ने.रु. १०३९।४४ पैसा कोर्टफी लाग्नेमा निजले दिएका निवेदनमा व्यहोरा साँचो भए लाग्ने कोर्टफीमा मुद्दा फैसला हुँदा ठहरेबमोजिम असूलउपर गर्ने गरी हाल कोर्टफीमा पक्राउ नगरी ऐन सवालबमोजिमको नालेस दिए लिई कानूनबमोजिम गर्नु भन्ने श्रीमाननीय प्रधान न्यायाधीशज्यूबाट आदेश भई आदेश भई आदेशबमोजिम मोरु १ को लिफामा नालेस दर्ता भएको देखिएकाले सो ने.रु.  १ कट्टी गरी बाँकी नपुग्ने रु. १०३८।४४ पैसा रुजू हुँदा निजबाट ऐनबमोजिम असूल गरी का.दे.त. मा लगत दिनु....................... १

मिसिल नियमबमोजिम बुझाई दिनु ..........................२

न्यायाधीश श्री स.ईश्वरीराज मिश्रको राय

      १३.   प्रस्तुत मुद्दामा वादी दावीको तमसुकको मिति भन्दा पछि ०१३।१२।२७ मा हिसाब बुझी वादीले भरपाई गरी दिनु भएकोले वादी झुट्ठा हो भन्ने प्रतिवादी इन्कार भइ भरपाई पेश हुन आएकोले वादी दावीको लेनासमेत बुझाई भरपाई भए नभएको के हो र वादीले सावाँ व्याज भरी पाउने नपाउने के हो भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आयो । वादी दावीको लेनासमेत बुझाईसकेको भनी प्रतिवादीतर्फबाट पेश भएको ०१३।१२।२७ को भरपाईलाई मौजा जग्गासम्बन्धको लेनामासम्म लिखित भएको हो भन्ने वादीको भनाई देखिन्छ ।

      १४.   उक्त प्रतिवादीतर्फबाट पेश भएको ०१३।१२।२७ को भरपाई लिखत हेर्दा, तपाईं विराटनगर बजार बस्ने रुद्रबहादुर, भक्तबहादुर, सूर्यबहादुर, देवेन्द्रबहादुरको बाबुले टेकबहादुर थापा क्षेत्रीमार्फत जि.मोरङ प्र.वरियाती मौजे गोहिगाडा बिर्ता तालुको भेडिया बथानको मालपोत कं.रु.   लाग्ने जम्मा ससिंजग्गा बिगाहा खरीद गराई पहाड चैनपुर केराबारी बस्ने भक्तबहादुर थापा क्षेत्रीका नाउँमा दर्ता गराई आयस्था मैले खाई आएकोमा हाल का.इ. खिचापोखरी बस्ने लुर्णकर्ण अग्रवाललाई बिक्री भएको सो जग्गाको मोल रु. ७०,००० सत्तरी हजार मैले बुझी लिएर यस अघि तपार्इंका बाबा टेकबहादुर तपाईहरू ४ भाइसमेतसँग आजअघि हामीहरूमा जो जे भएको लेखापढी चिठ्ठी चपेटा कागजपत्र बहीखाता इत्यादि सबैको हरहिसाब भई लिनु दिनु भईसकेकोबाट अब हाम्रो यस अघिको लेनादेनामा कुनै केही कसर नराखी बदर बातेल गर्ने गरी आजसम्मको जम्मै हरहिसाब लेनापाउना चुक्त गर्‍यौं । अब हामीहरूमा कुनै प्रकारको हिसाब बाँकी छैन भन्नेसमेत उल्लेख भएको देखियो ।

      १५.   यस मौजा जग्गासम्बन्धी भन्ने बाक्यांश नहुनाले सबै किसिमको लेना देनाको हरहिसाब मिलि लिनु दिनु भईसकेको हो कि भन्नलाई तमसुकी लेनादेनासमेत भन्ने शब्दहरू पनि परेको देखिएन, वादी दावीको भा.रु. ९६००। को तमसुकसमेतको लेना हरहिसाब मिलाएको भए प्रष्टतया उल्लेख हुनु र वादीसँग तमसुक वापस लिनुपर्ने नलिएकोबाट लिखतमा फारगत भन्ने शब्दसमेत परेकोबाटसमेत सो भरपाई लिखत मौजा बिक्री गरी सो बिक्री गरेको थैली बुझी त्यस मौजा सम्बन्धको त्यस अघिको हरहिसाब लेनादेना इत्यादि कुराको पनि हरहिसाब गरी जम्मा काम गर्नेहरूलाई फारगतसम्म दिएको लिखत देखिएको ।

      १६.    वादी दावीको ०१२।५।६।२ को लिखत नक्कल हेर्दा, “घर खर्च गर्न निमित्त लिएको हुँभन्ने लेखिएकोबाट सो कर्जा जग्गातर्फका खर्च गर्न लिएको भन्ने नदेखिइ निजी घर व्यवहारको निमित्त लिएको देखिने त्यत्रो कलमको घर खर्च भनी लिएको रुपैयाँ तिर बुझाएको भए सो कुरा प्रष्ट खोली साहु असामीको ४ नं. बमोजिम लिखत फेला नपरेको बेहोरासमेत जनाइ, भरपाई भएको वा लिखत दरपीठ भएको पनि नदेखिएकोलेसमेत तिर बुझाई सकेको भन्ने नदेखिनालेसमेत वादी दावीबमोजिमको लिखतको सावाँ व्याज प्रतिवादीबाट वादीले भरी पाउने गरी माननीय न्यायाधीश श्री गु.प्रो. उपेन्द्रराज पण्डितज्यूले गर्नु भएको राय फैसला मनासिव छ । लिखतको मितिबाट आजसम्म १० वर्ष भित्रै हुँदा डिभिजन बेञ्चको फैसला मितिदेखि आजसम्मको व्याजसमेत भरी पाउने ठर्हछ । उक्त बहुमतबाट वादी दावी नपुग्ने ठहर भएको र सोही नै कायम हुने हुँदा अरु केही गर्नु परेन ।

 

इति सम्वत् २०२१ साल मार्ग १६ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु