शब्दबाट फैसला खोज्‍नुहोस्

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री कमलनारायण दास

फैसला मिति : २०६९।७।२७।२

०६३–CR– ०६५०

 

मुद्दा : पदीय अधिकारको दुरूपयोग गरी गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ।

 

पुनरावेदक/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत शिवबहादुर क्षेत्रीको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : गुल्मी जिल्ला, अर्जे गा.वि.स. वडा नं. २ घर भै हाल का.म.न.पा. वडा नं. ३४ बुद्धनगर डेरा गरी बस्ने श्रम तथा रोजगार प्रबर्द्धन विभागको शाखा अधिकृत (अनुसन्धान अधिकृत) गणेश अर्यालसमेत

 

§  आफ्नो नाममा जग्गा खरीद भै घर निर्माणको लागि नक्सा पास गरेको भए पनि निर्माण सम्पन्न हुनुअगावै ससिमरूपमा सम्पूर्ण घर जग्गा बिक्री गरी अर्काका नाउँमा गएको र खरीदकर्ताले विक्रेताकै हो भनी स्वामित्व समर्पण नगरेको अवस्थामा पनि प्रतिवादीले बिक्री गरे पश्चात पनि निजकै स्वामित्वमा रहेको मान्ने कुनै कानूनी एवं विवेकसङ्गत आधार रहेन । यस्ता तर्क गर्ने हो भने बिक्री गरेर पनि बिक्री नहुने र बिक्री गरेपश्चात पनि बिक्रेताले बिक्रि भएको सम्पत्तिउपर आफ्नो हकको दावी गर्न सक्ने अनौठा सम्पत्तिसम्बन्धी कानूनी अवधारणा विकसित हुन जान्छ । कसैको नाउँमा सम्पत्ति लुकाउने कुरालाई बेग्लै कानूनको माध्यमद्वारा नियमित गर्ने व्यवस्था भएमा बाहेक भैरहेका कानून र विधिशास्त्रमा स्वीकृत नभएको यस्तो तर्क गर्ने हो भने सम्पत्तिसम्बन्धी कानूनको आधारभूत जग नै भत्किन जाने र कोही पनि जग्गाधनी वा सम्पत्तिको मालिक कानूनीरूपले सुरक्षित नरहने अवस्था आउँछ । यस्तो अप्रत्याशित तर्क गर्नुले समाजलाई समग्ररूपमा विचलित गराउन सक्ने हुनाले समेत आरोपपत्रको मागबमोजिम नारायण कार्कीको नाउँमा विधिवत् गै सकेको सम्पत्तिमा प्रतिवादी गणेश अर्यालको हक रही रहेको भन्ने जिकिर सर्वथा स्वीकार्य भएन । तसर्थ त्यस सम्बन्धमा विशेष अदालतको निष्कर्षमा असहमत रहनुपर्ने कारण नदेखिने ।

(प्रकरण नं. ९)

§  खाता खोली बैङ्‌किङ कारोबार गर्नु स्वाभाविक रूपमा भै रहने कुरा हो । त्यो सञ्चय वा सुरक्षा वा जुनसुकै कारणले खातामा जम्मा गरी कारोबार गरिदिएको हुन सक्छ । खाताबाट झिकिएका रकमहरू आफ्नो फौज्दारी दायित्वबाट बच्ने उद्देश्यले कतै लुकाएको भन्ने हो भने त्यो तथ्यगत हिसाबले नै पुष्टि गर्नुपर्ने हुन्छ । खाताबाट रकम झिकिनु नै रकम लुकाएको अनुमानको आधार बन्न सक्तैन । यस्तो प्रश्नहरूमा अपराध अनुसन्धानको पक्ष सतही नबनी गम्भीर र क्षमतावान हुन जरूरी छ । यथार्थमा कुनै राष्ट्रसेवकले अमूक सम्पत्ति कति आर्जित गर्‍यो भन्ने प्रयोजनको लागि तत्काल कति उसको साथमा वा नियन्त्रणमा छ भन्ने आधारमा मूल्याङ्कन गरिने हो न कि कति थियो वा हुन सक्थ्यो होला भनी अनुमान गर्ने हो । यसरी हेरेमा विशेष अदालतले उक्त प्रश्नमा गरेको निष्कर्ष त्रुटिपूर्ण भन्न मिल्ने देखिँदैन ।

(प्रकरण नं. १०)

§  आरोपपत्रमा प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने भनी अन्य कुनै पनि सम्पत्ति देखाइएको र दावी गरिएको पाइँदैन । दावी लिने सम्बन्धित निकायले स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति नदेखाएको अवस्थामा थप विवेचना गरिरहनु परेन । यस अदालतबाट यसअघि फैसला भएका यस्तै प्रकृतिका मुद्दाहरूमा कायम भएका न्यायिक सिद्धान्तअनुकूल विशेष अदालतबाट मूल्याङ्कन कायम गरिएको देखिन्छ । बैङ्क नगद सम्बन्धमा प्रतिवादीले ब्याजको रकम पनि परेकोले स्रोत पुष्टि गर्ने रकम कमी भएको जिकीर लिएको अवस्था नभएको अवस्थामा प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने कूल सम्पत्ति रू.४१,६८,८८१। कायम गरेको मनासिब देखिन आउने ।

(प्रकरण नं. १२)

§  अभियोजन गर्ने वादीले नै बाबु, दाजु, भाइ लगायत अंशबन्डा नछुट्टिएका सबै अंशियारको सम्पत्ति तथा आयलाई एउटै बास्केटमा राख्ने गरेको अवस्थामा यस अदालतले यो मुद्दाको हकमा अभियोजन दावी प्रतिकूल हुने गरी बिनाआधार प्रमाण अन्यथा भन्ने अवस्था देखिन नआउने ।

§  मूलतः वादी पक्षले प्रतिवादीले गैरकानूनीरूपमा आय प्राप्त गरेको भनी अभियोग लगाउनुपूर्व निजको तत्कालिक निजी पारिवारिक आय र सम्पत्ति तथा निजको आफ्नो समग्र आयको वासलात वार्षिक रूपमा के कस्तो थियो भनी खुलाउन सकेको भए निजको आयको वैधता वा अवैधताको स्थिति प्रष्ट हुने    थियो । अनुसन्धानको चरणदेखि नै बुझिएका परिवारका सदस्य भनेका व्यक्तिहरूलाई अविभाजित संयुक्त परिवारको सदस्य मानी बयान बरबुझारथ गरी सगोलमा नै आयको आँकलन गरी अभियोग लगाइएको अवस्था हुँदा अब प्रतिवादीलाई पारिवारिक सयुंक्त आयको लिखतबाट छुट्याउन मिल्ने अवस्था नरहने ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान सहन्यायाधिवक्ता महेश थापा

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता यज्ञमूर्ति वन्जाडे, विद्वान अधिवक्ता कल्याण पोखरेल र अधिवक्ता रामेश्वरप्रसाद कोइराला

अवलम्बित नजीर :

सम्बद्ध कानून :

§  साविकको भ्रष्टचार निवारण ऐन, २०१७

§  भ्रष्टाचार निवारण ‌ऐन, २०५९

 

सुरू तहमा फैसला गर्ने :

मा.न्या. श्री भूपध्वज अधिकारी

मा.न्या. श्री कोमलनाथ शर्मा

मा.न्या. श्री चोलेन्द्र शमशेर ज.ब.रा.

विशेष अदालत , काठमाडौं ।

 

फैसला

      न्या. कल्याण श्रेष्ठ : विशेष अदालत काठमाडौंबाट भएको मिति २०६३।१०।२३ गतेको फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ ठहर यस प्रकार छ :

श्रम तथा रोजगार प्रबर्द्धन विभागका अनुसन्धान अधिकृत गणेश अर्यालले वैदेशिक रोजगारसम्बन्धी विभिन्न काम गरी लाग्ने खर्च र आवश्यक कागजात उल्लेख नगरी अनुचित लाभ लिई बालाजुको वनस्थलीमा घर निर्माण र रूपन्देहीमा आफ्नो मानिसको नाममा जमिन खरीद गरी कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण भन्दा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरी हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरी कमाएको सम्पत्ति आफन्तको नाममा राखी लुकाउन खोजिरहेको हुँदा कारवाई गरी पाउँ भन्नेसमेत व्यहोराको मिति २०५९।५।२८ को अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष पेश भएको उजूरी ।

श्रम तथा रोजगार प्रबर्द्धन विभागका अनुसन्धान अधिकृत गणेश अर्यालले वैदेशिक रोजगार ऐन, २०४२ र नियमावली, २०५६ को बर्खिलाप हुने गरी अख्तियारको दुरूपयोग गरी मासिक १२५ अमेरिकी डलर भन्दा कम तलबमा कामदार पठाउँन व्यवसायी कम्पनीहरूलाई स्वीकृति दिएको । मलेशियामा प्रचलित ऐन, नियमावलीले तोकेको विपरीत ढाँचामा वैदेशिक रोजगारका दरबन्दीहरूको सार्वजनिक विज्ञापन प्रकाशित गर्न व्यवसायीहरूलाई अनुमति दिएको । आवश्यक कागजात र लाग्ने खर्च उल्लेख नगरी कामदार पठाउँने स्वीकृति दिएको । हलिउड मेनपावरलाई कामदारबाट नियम विपरीत ८० हजार सेवा शुल्क असुल्न अनुमति दिएको, कामदार छनौट गर्दा मन्त्रालयको प्रतिनिधि संलग्न नगराएको, स्वीकृति आवश्यक नपर्ने देश भारतका लागि कामदार पठाउँन स्वीकृति दिएको, रोयल गोर्खा मेनपावर काण्डमा ठगिने प्रति भन्दा ठग्नेप्रति लचिलो भई अख्तियारको दुरूपयोग गरी अनुचित लाभ लिएको हुँदा छानबिन गरी कारवाही गरी पाउँ भन्नेसमेतको वैदेशिक रोजगार अध्ययन तथा सहयोग केन्द्र (फेस्क) नेपालका सदस्य मुकुन्द घिमिरेको २०५९।५।२७ को उजूरी निवेदन ।

      चार वर्षअघिदेखि श्रम विभागमा कार्यरत् शाखा अधिकृत गणेश अर्यालले विभिन्न म्यान पावरसँग मिली कारवाहीमा परेकाहरूसँग अकूत सम्पत्ति असूल गरी वैदेशिक रोजगारमा जानेलाई विचल्लीमा पारी ठगी गरेकोमा उजूरी गर्न जाँदा उल्टै धम्की दिएको । चार वर्षभित्रमा निज गणेश अर्यालले बालाजु वनस्थलीमा रू. एक करोड बीस लाखको महल बनाउँन ठेक्का दिएको । ल कलेजमा बिहान अध्ययन गर्न रू. ५०,०००।डिपोजिट गरी मासिक रू. ८,०००।फिस तिरेको, तलब भन्दा बढी खर्च गरेको, सो पदमा बसी भ्रष्टाचार गरी भैरहवा, बुटवलमा बीस लाखको जग्गा किनेको, कमाएको अकूत सम्पत्ति लुकाउन खोजीरहेकोले निजको घरको फोटो संलग्न गरी यस पदमा बसी भ्रष्टाचार गरी कमाएको सम्पत्ति छानबिन पछि थाहा हुने भन्ने व्यहोराको मिति २०५९।६।१६ को कञ्चन रायमाझीसमेत जना चारको उजूरी निवेदन ।

       २०५३ सालदेखि शाखा अधिकृत पदमा प्रवेश गरेका गणेश अर्याल श्रम तथा रोजगार प्रबर्द्धन विभागमा कार्यरत् रहेको, ५ वर्षको अवधिमा विभागबाट सरूवा भई श्रम मन्त्रालयमा सरूवा भएको ६ महिना मै निजामती सेवा ऐन, २०४९ को बेवास्ता गरी मन्त्रालयबाट सरूवा गरी भ्रष्टाचारको अलिखित इजाजत दिएकोमा जिम्मेवार निकाय मौन रहेको । त्यस स्थानमा रही हैसियत भन्दा बढी लाखौं सम्पत्ति आर्जन गरी आफ्नो नाम र आफन्तको नाममा राखी छल्ने प्रयास हुन सक्ने भएकोले आवश्यक कारवाही अगाडि बढाई पाउँ भन्नेसमेतको मिति ०५८।११।३ को अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बोधार्थ दिएको सुदर्शन कक्षपतीको उजूरी  निवेदन ।

      सगोलका परिवार र शसुरालीको विवरण, राष्ट्रिय वाणिज्य बैङ्क, थापाथली शाखा स्थित व.हि. नं. ९७४५, आफ्नै र हिमालय बैङ्क, ठमेल ३६३५३० जे खातामा करिब २ लाख, वा.९ .प. ७८०२ को मोटरसाइकल आफ्नै नाममा भएको, घर जग्गा नारायण कार्कीलाई बिक्री गरेको, इचङ्गु नारायणमा जग्गा भएको भन्नेसमेतको मिति २०५९।६।१ को उजूरी निवेदन ।  

श्रम विभागका गणेश अर्यालले श्रम विभागमा काम गरेको लगभग तीन (३) वर्ष भए यता सम्पत्ति आर्जन गर्न सफल भएको, काम गरे वापत घूस खाने र मेनपावरसँग वार्षिक २ लाखका दरले उठाउँने गरेको, वनस्थलीमा १४ आनामा बनेको विदेशी नक्साको घर अन्दाजी ६० लाख पर्ने घर हालसालै ५ लाखमा बिक्री गरेको, गुल्मी जिल्लाको अर्जेमा घर खेत जग्गा अन्दाजी १० लाख पर्ने, बैङ्कहरूमा अन्दाजी ५० लाख नगद, भ्रष्टाचार गरेको रकमले बहिनी ज्वाइँलाई प्रतिव्यक्ति १० लाखका दरले खर्च गरी अमेरिका पठाएको । तीन वर्षअगाडि निजको सम्पत्ति तीन लाख जति रहेको विभागबाट पटकपटक सरूवा गर्दा पनि मन्त्रीहरूको सहयोग पाएर विभागमा आउन सफल भएको। पुर्ख्यौली सम्पत्ति बाहेक अन्य सम्पत्ति जफत गरी कारवाही गरी पाउँ भन्नेसमेतको गुल्मी जिल्लाका भ्रष्टाचार पीडितको उजूरी निवेदन ।

श्रम तथा रोजगार प्रबर्द्धन विभागका शाखा अधिकृत गणेश अर्याल गुल्मी घर भै वनस्थलीमा घर बनाई बसेका छन् । निजले वैदेशिक रोजगार कम्पनीहरूबाट बिनाकारण शर्त बाँधी प्रति व्यक्ति सिफारिश रू. ५००।का दरले लिने गरेको । वैदेशिक रोजगारबाट पीडित व्यक्तिहरूले उजूर गरी पक्रेको व्यक्तिसँग मोटो रकम लिई छोडने गरेको । यसरी कमाई गरी बुटवलमा करोडौंको घर जग्गा जोडेको, काठमाडौं वनस्थलीमा विल्डिङ, श्रीमती र पिताका नाममा घडेरीसमेत जोडेको कुरा पुष्टि नहोस् भन्ने देखाउन बैङ्कबाट घर जग्गा धितो राखेर ऋण लिएको नाटक गरेको, अधिकृतको दशहजारसम्मको तलबले यतिविध्न सम्पत्ति जोड्न नसक्ने, श्रम मन्त्रीको आशीर्वाद रहेको बुझिएको भन्नेसमेतको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको पीडितको (बेनामी) उजूरी निवेदन ।

      वैदेशिक रोजगारमा जाने कामदारहरूको अन्तिम स्वीकृति तथा सोसँग सम्बन्धित केशहरूको अनुसन्धान अधिकृतको रूपमा काम गर्दछु । मैले सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा मेरो र मेरो परिवारको सम्पत्तिको स्रोत खुलाई पेश गरेको छु । मेरो हैसियत मध्यम वर्गीय परिवार हो । पिता पुर्खाको इज्जत आमद अनुसार शिक्षा प्रदान गरेका छन् । म र मेरो संयुक्त परिवार कुनै न कुनै पेशा व्यवसायमा संलग्न छौं । सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा पेश गरेको विवरण पछि दक्षिण कोरियाबाट दाजु उमाकान्त अर्यालले रू. १ लाख ६० हजार  पठाउँनु भएपछि मेरो श्रीमतीको बैङ्क खातामा जम्मा भएको हुँदा नगद केही बढेको छ । आयोगमा पेश गरेको विवरणमा फरक छैन । फरक देखिए कानूनबमोजिम सजाँय सहन तयार छु ।

गुल्मी जिल्लामा घर जग्गा, रूपन्देही जिल्ला आनन्दवन गाउँ विकास समितिमा दाजुको नाममा एकतले घर, काठमाडौं जिल्ला, इचङ्गु नारायण गाउँ विकास समितिमा ७ आना जग्गा, राष्ट्रिय वाणिज्य बैङ्क तथा हिमालय बैङ्कमा २ लाख चानचुन नगद, आफू र परिवारका सदस्यसँग करिब २७/२८ तोला सुन, गाउँमा सामान्य लगानी उठ्न बाँकी छ ।  अङ्कमा यकिन गर्न सकिन । मेरो नाममा एउटा मोटरसाइकल बाहेक केही छैन । २०५१ सालमा सेवा प्रवेश गरेपछि गुल्मीका घर खेत बिक्री, दाजु डिलाराम भारतीय सेनाको २४ वर्षको पारिश्रमिक, भाउजु सरस्वती अर्यालको कम्युनिटि डेभलपमेन्ट प्रोजेक्टमा २०४५ देखि २०५२सम्मको पारिश्रमिक, आफूसमेतको संयुक्त प्रयासबाट रूपन्देहीमा एक तले घर बनायौं र काठमाडौंमा एउटा घडेरी  किन्यौं । पहाडमा लगभग बिक्री गरी सकेका छौं । पुर्ख्यौली सम्पत्तिको बिक्री र आआफ्नो योगदानले स्रोत वृद्धि भएको हो ।

संयुक्त परिवार छौं । छुटिृ भिन्न भएको छैन । हामीबीच के समझदारी भयो भने एक जना पहाडको पुर्खौली सम्पत्तिको हेरचार गर्ने, भारतीय सेनामा काम गर्ने, दाजु तराइतिर बस्ने, म काठमाडौंमा बस्ने । हाम्रो आपसी सल्लाह अनुसारको व्यवस्था संयुक्तरूपमा गरेका छौं । खर्च सल्लाहबाट औचित्यको दृष्टिले गर्छौं । दाजु उमाकान्तले रू ६०/६५ हजार, डिलारामले भा.रू. १०/१२ हजार मासिक आम्दानी गर्नु हुन्छ । भाउजु सरस्वतीको हेल्थपोष्टबाटप्राप्त हुने आम्दानी र सानो मेडिकल पनि राख्नु भएकोछ । बुटवलमा भाउजुको तलबबाट खर्च हुन्छ । काठमाडौंमा मेरो खर्च घर भाडा, खाना, क्याम्पसको फीसमेतमा खर्च हुन्छ । रूपन्देहीमा भाउजुको नाममा मणिग्राम ने.बै.लि.मा खाता छ । अरू कसैको नाममा छैन । मेरो नामसमेत उल्लेख भएको घरको फोटो हेरें । वास्तविकता झूठ्ठा हो । २०५७ सालमा मैले उक्त घर निर्मित जग्गा खरीद गरेको हुँ ।

एकतल्ला ढलान गरेको अवस्थामा लागत बढी लाग्ने भएकोले २०५८ साउनतिर जग्गा तथा एक तला ढलान गरेको घर नै एघार लाखमा नारायणबहादुर कार्कीलाई बिक्री गरी एउटा आन्तरिक कागज गरी सकेको थिएँ । बिक्रीबाट प्राप्त रकममध्येबाट इचङ्गु नारायण गा.वि.स.मा जग्गा किनेँ । मेरो बद्‍नाम गराउने उद्देश्यले उजूरी दिएको रहेछ । खरीद गर्नेले फाउण्डेसनमा घर बनाउँदै गरेको हुँदा मेरो नाम जोडियो । कुत्सित मनसायले मेरो क्यारियरमा धक्का पुर्‍याउने नियतले उजुरी गरेको देखिन्छ । मालपोत कार्यालयबाट प्रमाण झिकाई छानबिन गरे प्रष्ट हुनेछ । मैले उक्त जग्गा रू.५ लाख ३८ हजारमा खरीद गरेकोमा निर्माण सम्पन्न नहुँदै भुइँतला कै उक्त घर  करिब ५ लाख जति खर्च भईसकेको थियो । गुल्मी, अर्जे२ को घर जग्गा रो. ७ को सिन्दूरे भन्ने ठाँउको खेत बिक्रीको रकम, डिलारामको पारिश्रमिक, आफूले बचत गरेको रकमबाट निर्माण गरेको हुँ । श्रीमती मिडिलइस्ट मेनपावरमा काम गर्थिन् । त्यहाँ छाडी साउनदेखि राजधानी इन्टरनेशनल भन्ने मेनपावर कम्पनीमा काम गर्छिन् । तलब ५५००।–   छ ।

प्राइभेट क्याम्पसमा एल.एल.एम. मा पढ्दा फी अलि महँगो भएकोले सामान्य बचत मात्र हुन्छ । २०५१ सालदेखि २०५३ सालसम्म काठमाडौं भिमसेनगोलामा व्यापार गरेका थियौं । नायव सुब्बाको जागीर राजीनामा दिई सञ्चयकोष लिएको छु । भाउजु सरस्वती अर्यालको पनि सञ्चयकोष लिइसकेका छौं । आआफ्नो स्वआर्जनबाट प्राप्त, विदेशबाट प्राप्त, साविकमा व्यापार व्यवसाय गर्दा प्राप्त रकमसमेतले घडेरीको व्यवस्था गरेका छौं । उपलब्ध भएसम्मको प्रमाण पेश गर्नेछु । इण्डियाबाट आफैँ वा साथीमार्फत पैसा आउँछ । कोरियाबाट मान्छेहरू नेपाल फर्कँद ल्याउने गर्छन् । दुबैको हिसाब भुक्तान हुन गाह्रो पर्दछ । घर जग्गा बेच्दा भाउजु तथा श्रीमती साक्षी बसेका छन् । परिवारको सहमतिबाटै उक्त कार्य गरिएको हो ।

उमाकान्त एक वर्षअगाडि भान्जा पर्ने ध्रुव भण्डारीले पठाएको रिलेशन भिसामा दक्षिण कोरिया जानुभएको, ६५/७०  हजार रूपैयाँ नेपाली पारिश्रमिक पाउनुहुन्छ । एक पटक गुल्मीका शिवलाल भण्डारीसँग र दुई पटक प्रकाश जिसीसँग पैसा पठाउँनुभएको थियो । ठेगाना र व्यक्तिको याद हुँदैन । भक्तपुरकी श्रेष्ठ थरकी महिलामार्फत साँढे सात लाख रूपैयाँ आएको छ भनी खबर आएको छ । उक्त रकम लिन बाँकी छ । भाउजुले केही त लिनु हुन्छ नै । हालसम्म ६ लाख चानचुन आएको छ । मेरो राष्ट्रिय वाणिज्य बैङ्क, थापाथलीमा रहेको व.हि.नं. ९७४५।३२ को खातामा २०५६ सालमा विभिन्न जग्गा बिक्री गरेको रकम, दाज्यूले इण्डियाबाट पठाएको रकम, सञ्चय कोष, भाउजुको सञ्चयकोष, व्यापारको रकमसमेत जम्मा भएकोछ । उक्त रकम बुटवल तथा काठमाडौंमा जग्गा किन्न निकालिएको छ । खातामा  जीतबहादुर ज्ञवाली, हरिलाल भण्डारीले  २ लाख २५ हजार पठाएका थिए । दिनेश अर्यालले १ लाख ६० हजार गाउँमा विदेश पठाई देउ भनी बैङ्कमार्फत पठाएका थिए । उक्त रकम खातामा राखेकोमा पछि जाने बेलामा झिकेर सम्बन्धीत ठाउँमा बुझाउँछन् । खातामा सञ्चित मेरो रकम होइन ।

२०५६ देखि श्रीमती वैदेशिक रोजगारसम्बन्धी काम काज गर्ने गर्दछिन् । चेक ककस्को नाममा काटियो याद भएन । व्यवहारिक समस्याका कारण मेरो खाता प्रयोग भएको हो । हरिलाल ज्ञवाली, दिनेश अर्यालले बैङ्कबाट ड्राफ्ट बनाई पठाएको  हो । अर्जुन भन्नेले पनि बैङ्कमा रकम जम्मा गरी झिकी लगेको छ । बैङ्कमा राख्ने र निकाल्ने गरे तापनि मेरो र श्रीमतीको बैङ्क खातामा एकपटक २२ लाख ब्यालेन्स रहेको थियो । श्रीमतीको नामको खातामा एक पटक १३ लाखसम्म जम्मा भएको छ । उक्त रकममध्ये ११ लाख घर जग्गा बिक्रीबाट प्राप्त रकम, भाइ पर्ने हिरालाल अर्यालको साला गहेन्द्र खरेललाई स्टुडेन्ट भिसामा अमेरिका पठाउँनको लागि बैङ्क ब्यालेन्स सो (Show) गर्न दुई पटक गरेर लाख रूपैयाँ भरतपुर लगी फेरी ल्याईराखेको हो । कोरियाबाट विभिन्न मितिमा आएको करिब ६ लाखको रकम तथा ज्वाइँ गोपाल खरेल आयोया स्टेट अमेरिकामा कुल्तारसिंको नामबाट काम गरी रहनु भएकाले वेस्टर्न यूनिअन मनिट्रान्सफरबाट बौद्धकी निमा डोल्पा शेर्पाको श्रीमान् हस्ते विश्वनाथ अर्यालमार्फत आएको रकम जम्मा  भएकोछ ।

२०५३ सालमा प्रशासकीय अदालतमा कार्यरत् रहँदा राष्ट्रिय वाणिज्य बैङ्क, थापाथलीमा ९७४५ को खाता खोलेको हो । बैङ्कको स्टेटमेन्टको जम्मा महलमा रू. ३१ लाख २ हजार ५ सय तथा खर्च महलमा रू. ३१ लाख १४ हजार र बाँकी रू. १० हजार ५ सय उल्लेख भएको छ । हिमालय बैङ्क, ठमेलमा मेरो श्रीमतीका नाममा रहेको ३६३५३० जे को खातामा जम्मा २१ लाख २० हजार र बाँकी २ लाख ३६ हजार ९ सय ७८ स्टेटमेण्टमा उल्लेख भएकोछ ।

मालपोत कार्यालय, रूपन्देहीमा दर्ता रहेको जग्गा दाइ इण्डियामा रहनुभएकाले दाजुको तर्फबाट म बिदा लिई रूपन्देही गई हस्ताक्षर गरी खरीद गरेको कागज, दुर्गालाल भण्डारीसँग २०५५ भदौमा किनेको कागजातको आधारमा दाजुको नामको छाप बनाई रजिस्ट्रेसन लिखत गरेको हुँ । दाजुको नागरिकता छापको प्रमाण बनाई एकाघरका भाइका हैसियतले हस्ताक्षर गरेको छु । मन्जूरी वारिस केही थिएन । दाजु जवानमा प्रवेश भै हाल हवल्दार हुनुहुन्छ । दाजुको तलब, टि.ए.डि.ए. गरी १२/१३ हजार भारतीय रूपियाँ पाउनुहुन्छ । पैसा उहाँको साथीहरूमार्फत आएको छ । औपचारिक माध्यमबाट नआएको हुँदा भाउजु एवं परिवारका सदस्यको नामको कुनै प्रमाण पेश गर्न सकिँदैन । घर बनाएपछि मात्र २०५७ मा भाउजु रूपन्देही आउनु भएको हो । दाइ सिधै काठमाडौं वा रूपन्देही भएर आउनु हुन्छ । मेरो परिवारको सम्पूर्ण व्यवहार मैले गर्ने गर्दछु । नेपाल बैङ्क लिमिटेड, मणिग्राम शाखा कार्यालयमा रहेको हि.नं. ७८३६  को बैङ्क स्टेटमेन्टमा रू. ५,६४,८३१।जम्मा भई  खर्च रू. ५,४४,०००।र बाँकी रू. २०,८३०।देखिन आउँछ । भाउजुको खातामा जम्मा भएको रकममध्ये दाइजो पेवा र स्वआर्जनको रकम हो । दाजुले केही रकम जम्मा गर्नुभएको पनि छ । भाउजुको दाइजो पेवाको बारेमा स्पष्ट प्रमाण त छैन । थप रकमका बारेमा हामीलाई भन्नु भएको थिएन । भाउजुको खातामा दाजुको र सगोल सम्पत्ति ज्यादै कम मात्र राखिएको छ ।

दाइ उमाकान्त अर्याल सन् २००२ को अप्रिलतिर गएको जस्तो लाग्छ । फोनमा कुरा हुँदा ६५/७० हजार पाउँछु भन्नु हुन्छ । प्रमाण मसँग छैन । कोरियाको वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अनुसार कोरियन मुद्रा बन ५१४१.५० को कोरियन मुद्रा रू. २२७५।०० प्रतिमहिना पाउने खुल्न आउँछ । मैले खुलाए अनुसार मासिक ३३/३४ हजार तलबमा अन्य भत्ता जोड्दा ६५/७० हजार पुग्दैन भन्न सकिँदैन ।

दाइ भारतीय सेनामा क्षेत्री थर लेखाई भर्ति हुनु भएको हो । मैले नागरिकता अनुसार डिलाराम अर्याल भनी खुलाएको छु । बुबाले भनेअनुसार आमाको पार्वती अर्याल भन्ने कुनै नाम नभएको एउटै नाम जीवकला हो । जग्गा बिक्री, विदेशबाट आएको रकम, विदेश जानेले जम्मा गरेको रकम, बालाजुको जग्गा बिक्री गरेको रकम, श्रीमतीको खातामा जम्मा गरिएको, घर कम्प्लीट नभएकोले लिखतमा उल्लेख नगरेको हो । घर अचल सम्पत्ति नै हो । जे जस्तो अवस्थामा घर भए पनि उल्लेख हुनुपर्दथ्यो । मैले सम्पत्ति न्यायिक जाँच बुझ आयोगमा बुझाएको विवरण तथा आयोगमा खुलाई पेश गरेको कागजातहरूबाट मेरा र परिवारका नाममा रहेको सम्पत्ति विवरण दुरूस्त मिल्न आउँछ । कुनै लुकाई छिपाएको छैन । बैङ्कमा जम्मा भएको सबै रकम मेरो हुँदैन । सम्पत्ति विवरणमा उल्लेख गरिएको रकम र लिखतमा उल्लिखित रकम फरक परेको छ । निश्चितरूपमा कागजात फरक परेको देखिन आउँछ । बरामद भएका कागजातमध्ये प्र.प.नं. १९९।०३७।३८ को प्रतिलिपिको बारेमा मलाई केही थाहा छैन । अनुभवको प्रमाणपत्र एकजना साथीले विदेश पठाई दिनुपर्‍यो भनी दिएका थिए । यस्ता कागजात राख्नु कानूनसम्मत हुँदैन नै । रोजगारमा जानेले एकमुष्ट बुझाउनुपर्ने रकम खोल्ने गरेको देखिँदैन । जुन नियमावलीले व्यवस्था गरेको छ । सरकारी निकायको पोष्टबक्स मेरो परिवारले प्रयोग गर्ने त कुरै हुँदैन र मिल्दैन पनि । बहिनी गोमा अर्यालको दुईवटा बैङ्कमा खाता छ । ज्वाँइले पठाएको पैसा ती बैङ्कमा विभिन्न मितिमा राखी कारोबार भएको छ भन्नेसमेत व्यहोराको प्रतिवादी गणेश अर्यालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान ।

२०५७ मा केही महिना मिडिल इष्ट मेनपावर कम्पनीमा काम गरेँ । २०५९।४।२० देखि राजधानी इन्टरनेशनल सर्भिस नामको मेनपावर कम्पनीमा लेखा व्यवस्थापकमा रू. ५०००।मा काम गर्दैछु । नियममा अफिसको पैसा प्रयोग गर्न पाउने व्यवस्था छैन, गर्न मिल्दैन । हिमालय बैङ्कमा व.हि.नं. ३६३५३० जे. को खाता मिति २०५८।३।६ मा खोली आएको छु । पति गणेश अर्यालको ७८०२ नं. को मोटर साइकल छ । कसरी किन्नुभयो मलाई थाहा छैन । अन्यत्र खाता छैन । नगद सबै बैङ्कमा छ  । हिमालय बैङ्कको मेरो खातामा रू. २१,३९,५८५।२३  देखिन आउँछ । सोमध्ये ११ लाख घर बेचेको रकम र रू. १ लाख ६० हजार माइला दाइले कोरियाबाट पठाएको रकम, जेठो दाज्यूले भारतीय सेनाबाट कमाएको पैसा, केही दाइजो पेवासमेतको रकम हो । जग्गा लिखत अनुसार रू.६ लाख १० हजारमा बिक्री गरेको भए पनि व्यवहारमा रू. ११ लाखमा भएको हो । रकम पटकपटक बैङ्कमा राखिएको मिति याद  छैन । संयुक्त परिवार भएकोले सम्पूर्ण आय व्यय मेरो श्रीमान् गणेश अर्यालले गर्ने गरेको हुँदा उक्त रकम मेरो खातामा जम्मा भएको हो । सरस्वती अर्यालको रकम बारेमा मलाई थाहा छैन । केही पैसा घर व्यवहारमा आवश्यक भएकोले घरमा पठाइयो र केही पैसा बैङ्कमा नै छ । लिखत व्यवहार फरक नहुनुपर्ने हो । मेरो खातामा वनस्थलीमा डेरागरी बस्ने गोमा अर्यालको पैसा  छैन । कहिले काँही श्रीमान्‌सँग रकम भएको बेला जम्मा गर्ने गर्थे । बुबा र सरस्वतीलाई व्यक्तिमार्फत रकम पठाइन्थ्यो र कहिले काँही उहाँहरूनै आउने गर्नुहुन्थ्यो । कोरियाबाट हुण्डिमार्फत रकम आउँछ । इण्डियाबाट आफैँ ल्याएर दिनुहुन्छ । ल्याएर दिनेको नाम ठेगाना थाहा छैन । उल्लेख गरे बाहेक अरू कसैको रकम खातामा छैन । बैङ्क कारोबार, घर जग्गाको लिखतसमेत आपसी समझदारीमा भएको कागजात अनुसार घर, बाटो रकमसमेत देखाउनु पर्ने हो । त्यस्तो कार्य देखिएमा मउपरसमेत कानूनी कारवाही भए मन्जुर छ भन्नेसमेत व्यहोराको प्रतिवादी भागीरथी (भण्डारी) अर्यालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान ।

२०५७ देखि सत्यवती ओभरसिज नामको मेनपावर कम्पनीमा कार्यरत् रही भिसा लगाउने काममा दिल्लीमा छु । कि.नं. ९९१ को क्षेत्रफल ०१३५ जग्गा २०५८ भदौमा घरसहित किनेको हो । घरको पश्चिमपटिृ मोटरबाटो छ । एक तला घर  रू. ७५,०००।को मोटर साइकलसमेत पारीत खर्चसहित ११ लाख ५ हजारमा लिएको छु । घरको नक्साको रू. २६,०००।अलग दिएको छु । कागजमा भएको सही मेरो हो । कागज लिनासाथै काम भएको हो । दिने गणेश अर्याल, लिने म नारायण कार्की हो । गणेश अर्यालसमेतले ऐनविपरीतको कार्य हुने गरी गरेको कागजमा देखिन आए पनि हाम्रो कुनै सल्लाह भएको छैन । कानूनबमोजिम भएमा सहने छु भन्नेसमेत व्यहोराको प्रतिवादी नारायण कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान ।

      कृषि बाहेक अरू पेशा छैन । भारतमा मिलिटरी पुलिसमा थिएँ । पेन्सन नहुँदै छोडी आएको । मेरो पत्नीको नाम जीवकला अर्याल हो र नागरिकतामा यही छ । सो बाहेक अरू बोलाउने नाम छैन । जेठा छोरा डिलाराम अर्याल भारतमा २५ वर्ष अघिदेखि आर्मीमा नोकरी गर्दछन् । जेठी बुहारी सरस्वती अर्याल बुटवल, आनन्दवन५ मा बसोबास गर्छिन् । पहिले रेडक्रसमा र हाल हेल्थपोष्टमा कार्यरत्  छिन् । माइलो छोरा उमाकान्त एक वर्षअघि जतिदेखि कोरियामा काम गर्छ । माहिली बुहारी रमा अर्याल गुल्मी, अर्जे मै मसँग बस्दछिन् ।  छोरी गोमा अर्यालको ९ वर्षअघि गोपालप्रसाद खरेलसँग विवाह भएको छ । पेशा अध्ययन गर्छिन् । कान्छो छोरा गणेश अर्याल श्रम तथा रोजगार प्रबर्द्धन विभागमा अधिकृत पदमा कार्यरत् छन् । कान्छी बुहारी भागिरथी भण्डारी अर्यालसँग २०५७ वैशाखमा काठमाडौं मै विवाह भएको हो । हाल कुन अफिसमा कार्यरत् छन्, थाहा छैन । जेठो छोरा भारतमा जागिर खान जाँदा दिलाराम क्षेत्री लेखिएको छ । यहाँ डिलाराम अर्याल लेख्ने गरिन्छ । मसँग सल्लाह भएअनुसार अलगअलग ठाउँमा बसेका छन् । अंशबन्डा, मानु छुटिृएको छैन । गुल्मी, अर्जे९ मा मात्र जग्गा बाँकी छ । बन्डा नहुदै र बन्डा भएपछि जग्गा बिक्री भएका छन् । छोराछोरीको विवाह म आफैँले गरी दिएको हो । गाउँमा जग्गा किनेको छैन र छोराहरूको नाउँमा पनि छैन । बेचेको जग्गाको रकम प्रायः गरी कान्छोले चलाई आएको छ । सुनचाँदी बाँकी छैन । विवाह घर व्यवहार, खेतीबाट र जागिरबाट आएको पैसा प्रयोग गरी भएको हो । मासिक रू.२००।आइ.सी पाउँथे । अर्जे ९ कि.नं. १३२६ को जग्गा डिलाराम अर्याल भन्ने मेरो छोराको होइन । नाता पर्दैन । बन्डा अनुसार ६०० जग्गा धनी प्रमाण पुर्जा अनुसार जग्गा रोपनी ४१११ खेत ३४११३ पाखोसमेत ३९० बाँकी देखिन्छ ।

गणेश अर्यालले पेश गरेको लिखत अनुसार बिक्री भएको हो । सो अनुसार र.नं. २९०६, १२८६,४००६, ३६८७, ३६८०, १५८०, २४०२, ३३०१ समेत ८ थानको रू. ३,३५,५००।मा जग्गा बिक्री गरेको देखिन्छ । पुर्जा अनुसार बिक्री भै बाँकी हुने ०३ समेत ३९१२३ मध्ये पाखो ३४११, खेत ४१११ देखिन्छ । लिखत भाइ टिकाराम अर्यालसँग बाँडी लिएको रू. ६२,५००। समेत रू. ३,९८,०००।हुन आउँछ । सबै छोरालाई समान व्यवहार गर्नुपर्ने हुन्छ । छुटिृ भिन्न  भएको छैन । कोरियाबाट आएपछि तिनै भाइको नाममा गरी दिने छु । जग्गा बेचेको रकम अरू छोरालाई म आफूले दिएको छैन । डिलाराम र गणेश अर्यालको नाममा जग्गा घर रहेको देखिन आयो तर उमाकान्तको नाममा देखिन आएन । यसरी फरक पारी सम्पत्ति राख्न नमिल्ने हो । व्यवहारमा बन्डा नभएकोले यस्तो भएको हो । अरू प्रमाण छैन भन्नेसमेत व्यहोराको देवीराम अर्यालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान ।

श्रीमान्‌ गोपाल खरेल २०५२ सालदेखि अमेरिका जानुभएको छ । उहाँबाट प्राप्त हुने रकम वेस्टर्न युनियन मनि ट्रान्सफरबाट दाइका नाममा आउँछ । उहाँले नै लगेर मेरो खातामा भौचरसमेत भरी राखी दिनुहुन्छ । श्रीमान्‌ले आवश्यक परेको बेलामा पठाएको रकम कहिले १०/१५ दिनमा र कहिले महिना दिनमा आउँछ । राष्ट्रिय वाणिज्य बैङ्क, बानेश्वरको रू. १७,२५,५५८।जम्मा भएको हि.नं. १७८४४ र राष्ट्रिय वाणिज्य बैङ्क, थापाथलीको हि.नं. ११८७९ को रू. २१,३९,६२२।जम्मा भएको रकम मेरो हो । सो थापाथलीमा देवर विष्णु खरेल र बानेश्वरको खातामा दाइ गणेश अर्याल शेषपछिको हकवाला राखेको छु । खातामा अन्य कुनै रकम छैन । अमेरिकाबाट पठाउँने रकम कूलतार सिंको नामबाट आउने गर्छ भन्नेसमेत व्यहोराको  गोमा (अर्याल) खरेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान ।

मालपोत अधिकृत समरबहादुर सिंह, नायव सुब्बा राजेन्द्र बुढाथोकी, अमिन सर्वजीतप्रसाद साह, ख. लक्ष्मणप्रसाद भटृराई, माधवबहादुर पाण्डे (मालपोत कार्यालय, डिल्लीबजार) नायव सुब्बा तेजनिधि शर्मा पौडेल, ख. कृष्णकुमार के.सी, ख. पारसनाथ चौधरी, ख. तेजनारायण भण्डारी (मा.पो.का., रूपन्देही) ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान मिसिल सामेल रहेको ।

देवीराम अर्यालका नाममा देखिएको पैतृक जग्गा :

क्र.सं

जिल्ला/गा.वि.स.

वडा नं.

कि.नं.

क्षेत्रफल

किसिम

कैफियत

गुल्मी, अर्जे

१३१२

१०

खेत चाहार

११

,,

,,

१३११

१३

,,

,,

,,

१४३९

१२

,,

,,

,,

१५५४

,,

,,

५२५

पाखो चाहार

३४११

,,

,,

५६१

,,

,,

५५६

,,

,,

,,

१३५३

१५

,,

,,

,,

१३४९

,,

१०

,,

,,

१३५२

,,

११

,,

,,

१४४०

१२

,,

१२

,,

,,

१६६३

,,

१३

,,

७९१

,,

१४

,,

१७६९

,,

जम्मा खेत पाखो  ३९

     

उपर्युक्त पैतृक जग्गा बाहेक प्रतिवादीका बाबुले गुल्मी जिल्ला, अर्जे गाउँ विकास समिति स्थित अंशबन्डाबाट प्राप्त गरेको जग्गामध्ये मिति २०४४।१।१६ देखि २०५५।१२।१६सम्म ८ पटक गरी क्षेत्रफल ५९१ रोपनी जग्गा रू. २,९०,०००।मा बिक्री गरेको देखिएको छ । सो जग्गा बिक्री गरी प्राप्त भएको आम्दानीले रूपन्देही जिल्ला, आनन्दवन गाउँ विकास समिति वार्ड नं. ५ मा जम्मा क्षेत्रफल ०० बिगाहा घडेरी जग्गा पैतृक सम्पत्तिका हकवालाहरूलाई बसोबास गर्न पुग्न सक्ने गरी खरीद गरेको  र सोही जग्गामा रू. १० लाख मूल्यभन्दा बढीको घर निर्माण गरेको देखिन्छ ।

 

गणेश अर्याल र निजका दाजुका नाममा रहेको घर जग्गा विवरण :

 

क्र.सं.

घर जग्गाको विवरण

जग्गाधनीको नाम र नाता

खरीद मिति र मूल्य

जग्गाको हालको मूल्य रू.

घरको हालको मूल्य रू.

रूपन्देही आनन्दवन गा.वि.स. ५ (क) कि.नं. २७७ र २७८ क्षे.फ. ०० र ०० बिगाहा

डिलाराम अर्याल

२०५५।९।२६

रू. ५६,०००।

 

,००,०००।

१०,१४,४५८।१२

२.

का.म.न.पा. १६ बालाजु ५(ख) कि.नं. ९९१ क्षे.फ. ०१५० रोपनी

गणेश अर्याल

२०५७।५।२८

रू.२,९५,५००।

 

२२,८७,५००।

२०,६२,४१६।६७

३.

का.जि. बालाजु ९(ख) कि.नं. ६२७ क्षे.फ.  ०

,,

२०५८।१२।२९

रू. ९५,०००।

,५४,६८७।२५

जम्माः

रू.४,४६,५००।

३५,४२,१८७।२५

३०,७६,८७४।७९

घर र जग्गा दुबैको रकम जोड्दा हुन आउने कूल रू.

६६,१९,०६२।०४

 

बैङ्क तथा वित्तीय संस्थामा रहेको नगद मौज्दात तथा कारोबार विवरण :

 

सि.नं

नाम

वित्तीय संस्था बैङ्क

जम्मा रकम

कूल जम्मा

रू.

खाता नं. र किसिम

खाताखोली जम्मा गरेको मिति

आयस्रोत

कैफियत

जम्मा गरेको

रू.

ब्याज

रू.

गणेश अर्याल

रा. व. बैङ्क, थापाथली

२९,९४,७३५।

,९९,२६५।

३१,१४,०००।

हि.नं. ९७४५

०५३।२।१७

 

१०,५००। बाँकी

भागिरथी भण्डारी अर्याल

हिमालय बैङ्क, ठमेल

२१,२०,०००।

१८,०६२।२३

२१,३९,५८५।५०

व.हि. ३६३५३० जे

०५८।३।६

 

२३,६९,७८।५० बाँकी

 

जम्मा

५२५३५८५।५०

 

 

 

 

सरस्वती अर्याल

ने.बै.लि., मणिग्राम

५५९६००।

५३३१।

५६४८३१।

व.हि.  ७८३६

०५६।२।१३

 

२०,८३१। बाँकी

गोमा अर्याल (खरेल)

रा.वा. बैङ्क, थापाथली

२०९१८१५।

४७,८०७।

२१,३९,६२२।

व.हि.नं. ११८७९/४३

०५५।८।२३

 

१८६३८।बाँकी २०५९।२।१४ १९,९८९।३२ बाँकी

रा.वा. बैङ्क ,बानेश्वर

१६,७१,०००।

५४,५५८।

१७२५५५८।

३८,६५,१८०।

व.हि.नं. १७८४४

०५६।१०।६

 

२०५९।२।१४ १९,९८९।३२ बाँकी ५५५८।बाँकी

 

 

 

 

सि.नं. २ र ३ को

४४,३०,०११।

 

 

 

 

 

 

 

 

दुबैको जम्मा

९६,८३,५९६।२३

 

 

 

 

                     

 

२०५९।२।१५ मा सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा पेश गरेको सम्पत्ति विवरणको (ग) महलमा ।गणेश अर्यालले आफ्नो र बहिनी गोमा अर्याल (खरेल) को बैङ्क खाता उल्लेख नगरेको ।

 

घर र जग्गा जमिनको मूल्याङ्कन विवरण :

जग्गाको मूल्याङ्कन विवरण :

 

सि.नं

जग्गाधनीको नाम

जग्गा रहेको स्थान

कित्ता नं.

क्षेत्रफल

स्वामित्वप्राप्त मिति

खरीद मूल्य

मा.पो.का.को न्यूनतम् मूल्याङ्कन

मूल्याङ्कन अनुसार हुने

कैफियत

गणेश अर्यालबाट  नारायण कार्की

का.म.पा. १६ यराहिटी ५ ख

९९१

१५

२०५७।५।२८ मा गणेश अर्याल र २०५८।५।२५ मा नारायण कार्की

,९५,५००।

 

 

 

,१०,०००।

,६०,०००। ले

,१५,०००।

प्रति आना रू. १,५०,०००।ले जम्मा रू. २२,८७,५००।

जग्गा मात्र

गणेश अर्याल

काठमाडौं, बालाजु ९ख

६२७

२०५८।१२।२९

९५,०००।

,५०,०००।

प्रति रो. रू. १२ लाखले ४,५४,६८७।२५

 

 डिलाराम अर्याल

रूपन्देही आनन्दवन ५क

२७७

२७८

 

२०५५।९।२६

५६,०००।फरक

,८४,०००।

 

प्रतिकठ्ठा रू.

६०,०००।

जम्मा

,४०,०००।

 

प्रतिकठ्ठा

,००,०००।ले जम्मा

,००,०००।

 

निजको सही डिलाराम क्षेत्री छाप डिलाराम अर्याल भएको

जम्मा

१०,५६,५००।

१४,०५,०००।

३५,४२,१८७।२५

 

 

                         बिक्री को रू. ४,९०,०००।–   खरीद रू. ४,४६,५००।फरक

 

घर कम्पाउन्डको मूल्याङ्कन :

 

सि.नं

जग्गा तथा घर धनीको नाम

जग्गा रहेको स्थान

कि.नं

क्षेत्रफल

स्वामित्वप्राप्त मिति

खरीद मूल्य

मूल्याङ्कन

घरको वर्ग फिट

नक्सा पास वा बनेको वर्ष

कैफियत

गणेश अर्याल

का.न.पा. १६ बालाजु यराहिटी वनस्थली ५ ख

९९१

१५

२०५७।५।२८

 

२०,६२,४१६।६७

२५३३.८८

वर्गफिट

२०५८।४।५

 

 

 

 

 

 

 

 

 

 

 

 

डिलाराम अर्याल

रूपन्देही आनन्दवन ५ क

२७७

२०५५।९।२६

 

१०,१४,४५८।१२

घर १२५७।९७ व.फि.ट्वाइलेट र स्टोर ८७.६४

= १३४७.६९

 

२०५६

 

 

 

 

 

 

 

जम्मा

३०,७६,८७४।७९

 

 

 

      प्रतिवादीले सम्पत्ति न्यायिक छानबिन आयोगमा पेश गरेको भनी आयोगसमक्ष पेश गरेको सम्पत्तिमा देखिएको कूल सम्पत्ति रू१७,८१,०००।देखिएको ।

 

प्रतिवादीले आफूलाई रकमप्राप्त भएको भनी दिएको विवरण :

 

क्र.सं.

पाउने

पठाउँने

स्थान

विदेशी रकम

नेपाली रूपैयाँ

इ.स.समेत मिति

मार्फत

कैफियत

गणेश अर्याल

कूलतारसिं

यू.एस.

यू.एस.डलर ३५००.००

,२८,७२१।

१९९९

वेस्टर्न युनियन मनि ट्रान्सफर

अन्नपूर्ण ट्राभल, टुर प्रा.लि.

,,

,,

,,

३६//४६२०/९८ ड्राफ्ट

,३०,६०५।९९

११००२

,,

०५९ कातिक २५ गते

गणेश अर्याल

प्रशासकीय अदालत

 

 

 

,२५,०००।

२०५८।५।१५

रा.वा.बैङ्क, थापाथली हि.नं. ९७४५ मा जम्मा

 

,,

 

 

 

,४०,४३०।कमिसन कट्टाको १,४०,०००।

२०५९।१।९

रा.वा बैङ्क,बुटवल गणेश अर्यालबाट पाउने गरी यस बैङ्कमा जम्मा गरेको रकम बुझिलियौँ भन्ने उल्लेख गरेको ।

गणेश अर्याल

हिरालाल अर्याल

 

 

,००,०००।००

,२५,०००।००

२०५६।४।१९

२०५५।१०।२९

भौचर

 

 

 

,६५,०००।

 

 

 

कूलतार सिंह

 

 

 

,५९,३२६।९९

 

 

 

जम्मा

१०,४९,३२६।९९

 

 

 

 

 

सेवा प्रवेश गरेपश्चात आर्जन गरेको सम्पत्तिः

(क)अचल सम्पत्तिको विवरण :

 

क्र.सं.

घर जग्गाको विवरण

जग्गाधनीको नाम र नाता

खरीद मिति र मूल्य रू.

जग्गाको हालको मूल्य रू.

घरको हालको मूल्य रू.

१.

का.म.न.पा. १६ बालाजु ५(ख) कि.नं. ९९१ क्षे.फ. ०१५० रोपनी

गणेश अर्याल*

२०५७।५।२८*

,९५,५००।

२२,८७,५००।*

२०,६२,४१६।६७*

२.

का.जि. बालाजु ९(ख) कि.नं. ६२७ क्षे.फ.  ०

,,

२०५८।१२।२९

९५,०००।

,५४,६८७।२५

३.

रूपन्देही आनन्दवन गा.वि.स. ५  (क) कि.नं. २७७ र २७८ क्षे.फ. ०० र ०० बिगाहा

डिलाराम अर्याल

दाइ

२०५५।९।२६

५६,०००।

,००,०००।

१०,१४,४५८।१२

जम्माः

३५,४२,१८७।२५

३०,७६,८७४।७९

कूल रू.

६६,१९,०६२।०४

*उक्त जग्गा सम्पत्ति लुकाउने दुराशय राखी घर जग्गाको उल्लेख गर्नुपर्ने विवरण ढाँटी मिति २०५८।५।२५ मा नारायण कार्कीका नाममा राजीनामा पारीत गरेको ।

 

(ख)चल सम्पत्तिको विवरणः

बैङ्क मौज्दात र कारोबार :

क्र.सं.

खातावालाको नाम

नाता

बैङ्क तथा वित्तीय संस्थाको नाम

खाता नं.

बैङ्क मौज्दात

खातामा कारोबार गरेको रकम रू.

कैफियत

१.

गणेश अर्याल

स्वयं

रा.बा.बैङ्क, थापाथली

९७४५

१०,५००।

२७,४९,०००।

मिति २०५३।२।१७ देखि २०५९ भदौ मसान्तसम्म जम्मा गरेको

२.

भागिरथी अर्याल

श्रीमती

हिमालयन बैङ्क, ठमेल

३६३५३० जे

,३६,९७८।५०

२१,३८,०६२।२३

मिति २०५८।३।६ देखि २०५९ भदौ मसान्तसम्म ब्याजसहित

सरस्वती अर्याल

भाउजु

ने.बैं.लि. मणिग्राम

७८३६

२०,८३१।

,६४,८३१।

२०५६।२।१३ देखि २०५९ भदौ मसान्तसम्म

४.

गोमा अर्याल (खरेल)

बहिनी

रा.बा.बैङ्क, नयाँबानेश्वर

१७८४४

,५५८।

१७,२५,५५८।

इच्छाइएको व्यक्ति गणेश अर्याल राखी २०५६।१०।६ मा खाता खोलेको ब्याज सहित

 

जम्मा

,७३,८६७।५०

७१,७७,४५१।२३

 

गणेश अर्यालले गैरकानूनीरूपमा आर्जन गरेको नगद सम्पत्ति श्रीमती भागिरथी भण्डारी (अर्याल) को हिमालयन बैङ्क खाता रहेको रकम लुकाउने दुराशय राखी मिति २०५८।६।२ देखि २०५८।९।२६सम्ममा झिकेको रकम

१९,००,०००।

 

गणेश अर्यालले गैरकानूनीरूपमा आर्जन गरेको नगद सम्पत्ति आफ्नी विवाहिता बहिनीको नाममा मिति २०५६।१०।६ मा खाता खोली शेषपछि इच्छाइएको व्यक्ति आफू बनी मिति २०५७।५।२६ देखि २०५८।७।६ मा लुकाउने दुराशय राखी राष्ट्रिय वाणिज्य बैङ्क, बानेश्वर शाखाबाट झिकेको रकम

१७,२०,०००।

 

           

     

कूल सम्पत्ति (आरोपपत्रको तालिका नं. १ र २ ) : रू. १,०५,१२,९२९।५४

 

              प्रतिवादी गणेश अर्यालका नाममा रू.४,५४,६८७।२५ र सगोलका भनिएका दाजु र भाउजुसँग रहेको सम्पत्ति रू. १८,३५,२८९।१२ मात्र अचल सम्पत्ति रहेको देखिए पनि अख्तियारको दुरूपयोग गरी आर्जन गरेको सम्पत्ति नजिकका नातेदारसमेतका नाममा राखी लुकाउने प्रयास गरेको देखिएको छ । हाल सम्पत्ति नरहेपनि कारोबार गरी लुकाएको सम्पत्ति प्राप्त भएसम्मका सबै अनुसन्धानको दायराभित्र राखी गणना गरिएको छ जस अनुसार नारायण कार्कीको नाममा राखेको सम्पत्ति रू.४३,४९,९१६।६७, विवाहिता बहिनीको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, नयाँबानेश्वर शाखामा खाता खोली जम्मा गरेको नगद रू.१७,२०,०००।–, गणेश अर्यालकी श्रीमती भागिरथी भण्डारी (अर्याल) को हिमालयन बैङ्क लि. स्थित बैङ्क खातामा जम्मा गरेको रू. २०,२०,०००।रकममध्ये रू. १९ लाख रकम झिकी लुकाएको र हाल बैङ्कमा रहेको बैङ्क मौज्दात रू. २,७३,८६७।५०समेत कूल सम्पत्ति रू.१,०५,१२,९२९।५४ देखिएको छ ।

स्रोत खुलेको सम्पत्तिको विवरण :

 

क्र.सं.

स्वामित्ववाला र सम्बन्धीत व्यक्तिको नाम

सम्पत्तिको विवरण

रकम रू.

डिलाराम अर्याल

रूपन्देही आन्दवन गा.वि.स. ५ (क) कि.नं. २७७ र २७८ क्षे.फ. ०० र ०० बिगाहा जग्गा र घर

१८,१४,४५८।१२

सरस्वती अर्याल

ने.बैं.लि. मणिग्रामको खाता नं. ७८३६ को बैङ्क मौज्दात

२०,८३१।

कूल रू.

१८,३५,२८९।१२

     

आरोपपत्रको तालिका नं. ३ को क्र.सं. १ मा उल्लिखित गणेश अर्यालका एकाघर सगोलका दाजु डिलाराम अर्यालको नाममा रूपन्देही जिल्ला आनन्दवन गा.वि.स. (५) क. कि.नं. २७७ र २७८ को रू. ८ लाख मूल्य बराबरको जग्गा मिति २०५५।९।२६ मा खरीद गरेको देखिन्छ । उक्त जग्गामा रू. १०,१४,४५८।१२ मूल्य बराबरको घर २०५६ सालमा निर्माण भएको देखिन्छ । उक्त घर जग्गाको स्रोतको विषयमा निजका दाजु भारतीय सेनामा कार्यरत् रहेको र भाउजु महिला विकास कार्यकर्ता रहेको हुँदा निजहरूको पारिश्रमिक तथा गणेश अर्यालको गुल्मी जिल्ला, अर्जे गा.वि.स. स्थित २,९०,०००।मूल्य बराबरको पैतृक जग्गा बिक्री गरेको रकमसमेत उक्त घर जग्गामा लगाएको हुन सक्ने देखिएकोले रू. १८,१४,४५८।१२ मूल्य बराबरको सो घर  जग्गालाई स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरिएको छ ।

      गणेश अर्यालको एकाघर सगोलका बाबु देवीराम अर्यालले आयोगसमक्षको बयानमा गुल्मी जिल्लास्थित जग्गाहरू ८ वटा लिखतबाट २०४४ सालदेखि २०५५ सम्म रू. २,९०,०००।मूल्यमा बिक्री गरी गणेश अर्याललाई दिएको भन्ने भनाई रहेको छ । दाजु डिलाराम अर्यालको नाममा खरीद गरेको रूपन्देही जिल्ला, आनन्दबन गा.वि.स स्थित कि.नं. २७७ र २७८ को जम्मा क्षेत्रफल ०¬–० बिगाहा जग्गा मिति २०५५।९।२६ मा गणेश अर्यालले दाजु डिलाराम अर्यालको मन्जुरीनामा लिई खरीद गरेको देखिएको हुँदा निजका बाबुले पैतृक सम्पत्तिको जग्गा बिक्री गरी गणेश अर्याललाई रू. २,९०,०००।दिएको भनिएको नगद रकम गणेश अर्यालले सोही जग्गा खरीद गर्न लगाएको कुरा जग्गा बिक्री भएको समय र उक्त जग्गा खरीद गरेको समय २०५५ साल नै रहेकोबाट स्थापित हुन्छ ।

गणेश अर्यालको एकाघर सगोलका दाजुका नाममा रहेको उक्त जग्गामा रू. १०,१४,४५८।१२ मूल्य बराबरको घर निर्माण भएको स्रोतको विषयमा निजकी भाउजु सरस्वती अर्यालको ने.बै.लि., मणिग्रामस्थित खाता नं. ७८३६ मा निजको पारिश्रमिक, भारतीय सेनामा कार्यरत् रहेका निजका पतिको पारिश्रमिकसमेत ५ लाख ५० हजारभन्दा बढी रकम जम्मा भई घर निर्माण भएको समयमा खर्च भएको देखिएकोले उक्त सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरी दावीमा लिएको छैन ।

      आरोपपत्रको तालिका नं. ३ क्र.सं.२ मा उल्लिखित गणेश अर्यालकी सगोलकी भाउजु सरस्वती अर्यालको ने.बै.लि., मणिग्रामस्थित बैङ्क खातामा रू. २०,८३१।मौज्दात रहेको विषयमा उक्त खातामा निजको पारिश्रमिक र भारतीय सेनामा कार्यरत् निजका श्रीमान् डिलाराम अर्यालको पारिश्रमिकसमेत जम्मा हुन सक्ने कुरा बैङ्क स्टेटमेन्टबाटसमेत देखिएको र उक्त कुरा गणेश अर्यालले बयान कथनमा समेत उल्लेख गरेको हुँदा सरस्वती अर्यालको नामको खाताको बैङ्क मौज्दातलाई स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरी दावीमा लिइएको छैन । यसैगरी वा. १२ प २४९० र वा.९ प. ७८०२ भनी उल्लेख भएका मोटरसाइकलहरू स्वाभाविक वचतको आयबाट खरीद गरेको हुन सक्ने भएकोले दावीमा समावेश गरिएको छैन ।

गणेश अर्यालकी बहिनी गोमा अर्याल (खरेल) गृहिणी मात्र रहेकी र निजको श्रीमान् विदेश गएको भन्ने बयान कथनमा उल्लेख भएको देखिन्छ । निजको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, थापाथली शाखास्थित बैङ्क खाता मिति २०५५।८।२३ मा खाता खोल्दाको बखत आफ्नो एकाघर सगोलको देवर विष्णु खरेललाई शेषपछि इच्छाएको व्यक्ति राखेको देखिन्छ । उक्त खातामा मिति २०५५।८।२३ देखि २०५९ भदौ मसान्तसम्म जम्मा गरेको कूल रू. २१,३९,६२२।देखिएको छ । उक्त खातामा जम्मा भएको रकममध्ये रू. १८,६३८।मौज्दात रहेता पनि गणेश अर्यालकी विवाहिता बहिनी गोमा अर्याल (खरेल)का श्रीमान् लगायत घरतर्फका परिवारका सदस्यहरूले आर्जनको नगद सम्पत्ति भएको हुनसक्ने आधार र कारण देखिएकोले तथा निजले का.म.न.पा. बालाजुस्थित जग्गा खरीद गरी घर निर्माण गरी रहेको भनी बयान कथनमा खुलाएको हुँदा उक्त बैङ्क खाताको कारोबारलाई अनुसन्धानको दायरा बाहिर राखिएको छ ।

 

 

 स्रोत नखुलेको सम्पत्तिको विवरण :

क्र. सं

स्वामित्व वालाको नाम

सम्पत्तिको विवरण

जम्मा रकम रू.

गणेश अर्याल

का.म.न.पा. १६ बालाजु ५(ख) कि.नं. ९९१ क्षे.फ. ०१५१ रोपनी जग्गा र सोमा निर्मित घर

४३,४९,९१६।६७

,,

का.जि. बालाजु ९(ख) कि.नं. ६२७ क्षे.फ. ०१ रोपनी जग्गा

,५४,६८७।२५

,,

राष्ट्रिय वाणिज्य बैङ्क, थापाथली शाखा को खाता नं. ९७४५ को बैङ्क मौज्दात

१०,५००।

भागिरथी भण्डारी (अर्याल)

हिमालयन बैङ्क, ठमेलको खाता नं. ३६३५३० जे को बैङ्क मौज्दात रू.

,३६,९७८।५०

,,

हिमालयन बैङ्क ठमेलको खाता नं. ३६३५३० जे को खाताबाट मिति २०५८।६।३० देखि २०५८।९।२६सम्ममा रू. १९ लाख झिकी लुकाएको छिपाएको रकमसमेत जम्मा रू.

१९,००,०००।

गोमा अर्याल (खरेल)

राष्ट्रिय वाणिज्य बैङ्क, बानेश्वर शाखामा (व.खा.नं. १७८४४/६०) आफ्नो शेषपछि इच्छाइएको व्यक्ति गणेश अर्याल राखी मिति २०५६।१०।६ मा रू. १७,२५,५५८।जम्मा गरी सबै रकम लुकाउने छिपाउने दुरासय राखी झिकेको हुँदा सो बैङ्कमा रहेको बैङ्क मौज्दात रू. ५,५५८।समेत जम्मा रू.

१७,२५,५५८।

 

 जम्मा

८६,७७,६४०।४२

 

      आरोपपत्रको तालिका नं. ४ क्र.सं. १ मा उल्लिखित घर जग्गामध्ये गणेश अर्यालले मिति २०५७।५।२८ मा का.म.न.पा. १६ बालाजु ५(ख) कि.नं. ९९१ क्षे.फ. ०१५० जग्गा खरीद गरेको देखिएको  छ । उक्त खरीद गरेको जग्गाको स्रोत नै स्थापित हुन सकेको छैन । सो जग्गामा मिति २०५८।४।५ मा का.म.न.पा. बाट नक्सा पास गरी अढाई तले आधुनिक घर बनाएको देखिन्छ । उक्त घरको स्ट्रक्चर निर्माण गरेपश्चात नेपाल सरकारले सम्पत्ति न्यायिक छानबिन आयोग गठन गरेपछि घर निर्माण गरेको जग्गामा घर र मोटर बाटो छैन भनी झूठ्ठा विवरण राखी राजीनामा लिखतमा जग्गा मात्र उल्लेख गरी उक्त सम्पत्ति लुकाउने दुरासय राखी नारायण कार्की भन्ने व्यक्तिलाई हक हस्तान्तरण गरी दिएको देखिन्छ । नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गरी सर्वसाधारण जनताहरू वैदेशिक रोजगारको नाममा नठगियून् भन्ने उद्देश्यले वैदेशिक रोजगारको व्यवस्था गर्न स्थापना भएका निजी क्षेत्रका कम्पनीहरूलाई नियमन गर्ने नेपाल सरकारको सम्बन्धित निकायमा अनुसन्धान अधिकृत पदमा कार्यरत् रहेका गणेश अर्यालले त्यस्ता कम्पनीमा कार्यरत् रहेको नारायण कार्कीलाई उपयोग गरी आफूले गैरकानूनी ढङ्गले आर्जन गरेको सम्पत्ति लुकाउँदा कम जोखिम हुने ठानी उक्त सम्पत्तिको हक हस्तान्तरण मात्र गरेको देखिन्छ । बिक्रिपश्चात प्राप्त हुने रकम कहिं राखेको वा अन्य चल अचल खरीद भएको पनि नदेखिएबाट अर्काको नाममा सम्पत्ति हस्तान्तरण गरेको देखाई लुकाएको कुरा नै पुष्टि हुन्छ ।

      यसैगरी निज गणेश अर्यालले मिति २०५८।५।२५ मा राजीनामा गरिसकेको जग्गालाई ३ दिनपछि २०५८।५।२८ मा जग्गा कै आधारमा  अचल सम्पत्ति घरसमेत आफ्नो नाममा हकहस्तान्तरण गरी लिनु भनी  घरसारको कागज गरिदिएको । २०५८।१२।३० मा नक्सा नामसारी गरिएको, नारायण कार्कीसँग एक डेढ वर्षअघिदेखि परिचय भएको, घर निर्माण  गर्न रू. ५ लाख खर्च गरेको भनी खुलाई आएको र मालपोत कार्यालयको न्यूनतम् मूल्याङ्कन अनुसार पनि जग्गा ०१५० को रू. ९ लाख १५ हजार पर्ने देखिएको । साधारणत उक्त दुबै रकम जोड्दा पनि रू. १४ लाख पन्ध्र हजार पर्ने देखिएको, लिखतमा रू. ६ लाख १० हजार भएको र बयानका व्यहोरासमेतमा उल्लेख गर्दा ११ लाखमा बिक्री गरेको भनी खुलाई आएको, भएको घर बाटो नदेखाई लिखत पारीत गरेपछि पुनः गरी दिएको कागजमा पनि कुनै मूल्य उल्लेख नगरेको, लिखत पारीत गरिँदा राजस्वमा फरक पारेको देखिन्छ । यसरी घरसमेत बिक्रि गरेको भए लिखतमा नै उल्लेख गरी पारीत नगर्नुबाटसमेत वास्तविक बिक्री गरेकै भन्न सकिने आधार खुल्न आएको छैन ।

      यस बाहेक घर जग्गा खरीद गरेको भनिएको नारायण कार्की भन्ने व्यक्ति रूपन्देही जिल्ला घर भई वैदेशिक रोजगार कम्पनीमा तलबी कर्मचारीको रूपमा २०५७ सालदेखि कार्यरत् रहेको कर्मचारी १ वर्षको अवधिमा आफ्नो स्वआर्जनबाट रू. ४३,४९,९१६।६७ मूल्य बराबरको सम्पत्ति खरीद गरेको भन्ने भनाईमा कुनै सत्यता छैन ।

      काठमाडौं, बालाजुको मोटरेवल बाटो भई आधुनिक घर निर्माण गरेको जग्गामा घर नभएको गोरेटो बाटो भएको भनी झूठ्ठा विवरण राखी तथा राख्न लगाई मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंबाट न्यूनतम् मूल्य लाग्ने रू. १,१४,८४०।८० राजस्व छल्ने कार्यसमेत गरेबाट गणेश अर्यालले सम्पत्ति लुकाउने दुराशय राखी हक हस्तान्तरण गरेको देखिन आएको छ । यसरी प्रतिवादीले गैरकानूनी आर्जन गरी नारायण कार्कीको नाममा हस्तान्तरण गरी लुकाएको जग्गा र सोमा निर्मित घर रू.४३,४९,९१६।६७ मूल्य बराबरको सम्पत्तिको कुनै वैधानिक स्रोत खुल्न सक्ने आधार नदेखिएकोले स्रोत नखुलेको सम्पत्तिको रूपमा गणना गरी दावीमा लिइएको   छ ।

गणेश अर्यालले मिति २०५९।२।१५ मा सम्पत्ति न्यायिक जाँचबुझ आयोगसमक्ष पेश गरेको सम्पत्ति विवरणमा जग्गा तथा एकतले घर रहेको भनी उल्लेख गरी (सो जग्गा बिक्री गर्दा घर छ भनी उल्लेख नगरेको) उक्त घर जग्गा बिक्री गरी आएको रकमबाट बालाजु ९ ख कि.नं. ६२७ को जग्गा खरीद गरेको बचत रकम दाजु उमाकान्तलाई दक्षिण कोरिया पठाउँदा र पुरानो ऋण भुक्तानी गर्न खर्च गरेको भनी खुलाएको देखिन्छ । तर निजले बिक्री गरेको भनिएको जग्गा मिति २०५७।५।२८ मा खरीद गरेपश्चात निज र निजकी एकाघरकी श्रीमतीको बैङ्क खातामा पटकपटक गरी रू. ३५ लाख भन्दा बढी रकम जम्मा गरेको देखिएको हुँदा सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा घर जग्गाको क्षेत्रफल, भौतिक अवस्था र रकमसमेतको झूठ्ठा विवरण पेश गरेको हुँदा गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्ति योजनाबद्ध ढङ्गले लुकाउने प्रयास गरेको स्थापित भएको छ ।

      आरोपपत्रको तालिका नं.४ को क्र.सं.२ मा उल्लिखित रू.४,४५,६८७।२५ मूल्य बराबरको जग्गा गणेश अर्यालले मिति २०५८।१२।२९ मा खरीद गरेको देखिन्छ । उक्त जग्गा खरीद गर्दाको स्रोतको विषयमा गणेश अर्यालले आफ्नो बयान कथनमा का.म.न.पा. १६ बालाजुस्थित ५(ख) कि.नं. ९९१ को जग्गा बिक्री गरी खरीद गरेको हुँ भनी उल्लेख गरेको छ । तर सो जग्गा निजले आफ्नो जग्गा लुकाउने दुराशय राखी भौतिक अवस्था, घर/बाटो नदेखाई राजस्व रकम कम लाग्ने गरी ढाँटी अन्य व्यक्तिलाई हक हस्तान्तरण गरेको देखिएकोले निजको भनाईमा विश्वास गर्न सक्ने कुनै आधार स्थापित हुने अवस्था छैन । यस्तो वैधानिक स्रोत खुल्न नसकेको उक्त जग्गालाई स्रोत नखुलेको सम्पत्तिको रूपमा गणना गरी दावीमा लिइएको छ ।

आरोपपत्रको तालिका नं.४ को क्र.सं. ३ मा उल्लिखित गणेश अर्यालको नामको राष्ट्रिय वाणिज्य बैङ्क, थापाथलीस्थित खाता नं. ९७४५ मा रहेको बैङ्क मौज्दात रू. १०,५००।का सम्बन्धमा निजले उक्त खातामा मिति२०५३।२।१७ देखि २०५९ भदौ मसान्तसम्म स्रोत खुल्न नसकेको रू.२७,७९,०००।पटकपटक गरी जम्मा गरेको देखिन्छ । प्रतिवादी गणेश अर्यालले का.म.न.पा.१६ बालाजु ५(ख) कि.नं.९९१ क्षेत्रफल ०१५० रोपनी जग्गा मिति २०५७।५।२८ मा खरीद गरेपश्चात सोही कित्तामा २.५ तल्ले घरको नक्सा तयार गरी का.म.न.पा. को कार्यालयमा मिति २०५७।११।४ मा नक्सा दर्ता गरी घर निर्माण गरेको देखिन्छ । उक्त घर निर्माण गर्दा लागेको खर्च गणेश अर्यालले आफ्नो बैङ्क खाताबाट पटकपटक झिकी बनाएको कुरा निजको बैङ्क स्टेटमेण्टबाट देखिन आएको हुँदा सो घर दावीमा लिइसकेकोले बाँकी बैङ्क मौज्दात रू. १०,५००।–  लाई स्रोत नखुलेको सम्पत्तिको रूपमा दावीमा लिइएको छ ।

      आरोपपत्रको तालिका नं.४ को क्रमसङ्ख्या ४ र ५ मा उल्लिखित गणेश अर्यालकी श्रीमतीको नामको हिमालयन बैङ्क लि., ठमेलस्थित खाता नं. ३६३५३० (जे) मा रहेको बैङ्क मौज्दात रू. २,३६,९७८।५० को सम्बन्धमा उक्त खाता मिति २०५८।३।६ मा रू. ३ लाख नगद जम्मा गरी खाता खोलेको देखिन्छ । उक्त खाता खोलेपश्चातको १ वर्ष १ महिना ११ दिनको अवधिको मिति २०५९।४।१७ सम्ममा ७ वटा भौचरबाट नगद रू. १८,२०,०००।जम्मा गरी कूल रू. २१,२०,०००।नगद रकम खातामा जम्मा गरेको देखिन्छ । उक्त जम्मा गरेको रकममध्ये निजकी श्रीमतीले मिति २०५८।६।३ मा रू. ५ लाख, मिति २०५८।६।३० मा रू. ५ लाख र २०५८।९।२६ मा रू. ९ लाख गरी जम्मा १९ लाख रूपैयाँ ३ महिना २३ दिनभित्रमा झिकेको देखिन्छ । उक्त झिकेको रू. १९ लाख रकमको विषयमा गणेश अर्यालकी श्रीमतीले केही रकम घर व्यवहारका लागि पठाएको, केही रकम केही व्यक्तिमार्फत आवश्यक रकम आवश्यक ठाउँमा पठाइन्छ भनी खुलाउने प्रयास गरे पनि कागजातबाट यो स्थापित हुन आउँदैन । रकम पठाइएका व्यक्तिहरूको नाम ठेगाना थाहा छैन भनी बयान कथनमा उल्लेख गरेकोबाट नगद सम्पत्तिको विषयमा गणेश अर्याल र निजको भनाईमा र श्रीमतीको भनाईमा विश्वास गर्न सकिने अवस्था रहेन । यसरी गणेश अर्यालकी श्रीमतीको बैङ्क खाताबाट झिकिएको रू. १९ लाख रकम झिकेपश्चात निजले कुनै प्रकारको सम्पत्ति खरीद गरेको नदेखिएकोले सो नगद सम्पत्ति लुकाएको देखिन्छ । यसरी कानूनबाट बच्न लुकाएको उक्त नगद रू. १९ लाख र सो बैङ्कमा रहेको मौज्दात रू. २,३६,९७८।५० गरी जम्मा रू. २१,३९,५८५।५० को वैधानिक स्रोत खुल्न नसकेकोले स्रोत नखुलेको सम्पत्तिको रूपमा गणना गरी दावीमा लिइएको छ ।

      गणेश अर्यालले नारायण कार्की भन्ने व्यक्तिलाई मिति २०५८।५।२५ मा बिक्री गरेको भनिएको घर जग्गाबाट प्राप्त भएको रकममध्ये केही रकम हिमालयन बैङ्कको खातामा जम्मा गरेको भनी प्रतिवादीको श्रीमती भागिरथी भण्डारी (अर्याल)ले बयान कथनमा उल्लेख गरेको देखिन्छ । उक्त बिक्री गरेको भनिएको घर जग्गा बिक्री भएपश्चात हिमालयन बैङ्क लिमिटेड, ठमेलमा ७ दिनपछाडि रू.१,६०,०००।मात्र जम्मा गरेको देखिएबाट निजको भनाईसँग बैङ्क विवरण मिल्न नआई रू. १,६०,०००।गरी कूल रू. १०,६०,०००।जम्मा गरेको देखिन्छ । तर बिक्री गरिएको घर जग्गा नै लुकाउने छिपाउने दुराशय राखी अढाई तले घरले चर्चेको जग्गालाई कानूनबमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्वसमेत नबुझाउने उद्देश्य राखी जग्गामात्र छ भनी लिखत कागज खडा गरी हक हस्तान्तरण गरेको देखिएकोले उक्त जग्गा यथार्थमा बिक्री कारोबार नभएको हुँदा निजले घर, जग्गा बिक्रीबाट रकमप्राप्त गर्ने अवस्था र आधार नभएबाट सो विषयमा निजले लिएको जिकिरमा कुनै सत्यता रहेको पाइन्न ।

      त्यसैगरी निज भागिरथी भण्डारीले आफ्नो खातामा जम्मा भएको रकममध्ये केही रकम भारतीय सेनामा कार्यरत् आफ्ना जेठाजु डिलाराम अर्यालले पठाएको रकमसमेत जम्मा भएको भनी बयान कथनमा उल्लेख गरेको देखिन्छ । तर एक वर्षको अवधिमा ७ वटा बैङ्क भौचरबाट जम्मा भएको रकममध्ये कुन कुन रकम जेठाजुले पठाएको हो सो बताउन नसकेको र डिलाराम अर्यालकी एकाघरकी श्रीमती सरस्वती अर्यालको आफ्नै बैङ्क खाता हुँदाहुँदै नाताले आफ्नी भाइ बुहारीको बैङ्क खातामा रकम जम्मा गर्ने गराउने कार्य भएको भन्ने निजको कथनमा कुनै सत्यताको अंश पाइन्न ।

      दाजु डिलाराम अर्यालको श्रीमती सरस्वती अर्यालले नोकरी गरेको देखिँदा सो पारिश्रमिक बापत रू. २,१०,५८०।०० पाएको र बैङ्कमा रू. ५,६४,८३१।०० व.हि.नं. ७८३६  ने.बै.लि., मणिग्राममा जम्मा कारोबार भएको देखिएको । डिलाराम स्वयंले रू. ५०,०००।०० सोही खातामा जम्मा गरी आएको । निजको परिवार २०५६ देखि रूपन्देही आनन्दवनमा बस्दै आएको । पारिवारिक खर्च अरू कसैले दिने नगरेको भन्ने देखिएकोले डिलारामले आफ्नो  आय पारिश्रमिकसमेत गणेश अर्याललाई दिएको भन्ने निजको भनाईमा कुनै सत्यता पाइन्न ।

      भागिरथी भण्डारी (अर्याल)को उक्त बैङ्क खातामा जम्मा हुने गरी नगद रकम पठाउँने भनिएका अर्का जेठाजु उमाकान्त अर्याल मिति २०५९।२।२ मा वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएको देखिन्छ । निजले केही रकम २०५९ भदौ मसान्तपछि मात्र पठाएको देखिन्छ । प्र. गणेश अर्यालले सम्पत्ति विवरण खुलाउँदा र पेश गर्दा यो रकमप्राप्त हुन नै नसक्ने अवस्थामा निजले आफ्नो खातामा जम्मा भएको रकमको स्रोतको विषयमा नाताले जेठाजु पर्ने उमाकान्त अर्यालले दक्षिण कोरियाबाट पनि पठाएको रकम आफ्नो बैङ्क खातामा जम्मा भएको भनी जिकिर गरेको व्यहोरा झूठो देखिन्छ । जसमा कुनै सत्यता पाइन्न ।

      आरोपपत्रको तालिका नं. ४ को क्र.सं. ६ मा उल्लिखित गणेश अर्यालकी विवाहिता (१० वर्षअघि नै) बहिनी श्रीमती गोमा अर्याल (खरेल) को नामको राष्ट्रिय वाणिज्य बैङ्क, नँया बानेश्वर शाखास्थित खाता नं. १७८४४ मा रू. ५,५५८।मौज्दात रहेको देखिन्छ । उक्त खाता मिति २०५६।१०।६ मा  खोलेको र खाता खोल्दा आफ्नो शेषपछि इच्छाइएको व्यक्तिमा गणेश अर्याललाई राखेको देखिन्छ । सो खातामा खाता खोलेदेखि २०५९ भदौ मसान्तसम्ममा गणेश अर्यालले गैरकानूनीरूपमा आर्जन गरेको रू. १७,२५,५५८।नगद सम्पत्ति जम्मा गरेको देखिन्छ । जबकि निज गोमा अर्यालको रा.वा. बैङ्क, थापाथलीस्थित बैङ्क खाता मिति २०५५।८।२३ मा खोलेको र आफ्नो शेषपछि इच्छाइएको व्यक्तिमा आफ्नो एकाघर परिवारको देवर विष्णु खरेललाई राखेको देखिएको छ । यसरी गणेश अर्यालकी विवाहिता बहिनीले २०५५।८।२३ मा खाता खोल्दा आफ्नो शेषपछि इच्छाइएको व्यक्ति आफ्नो देवर राखेको तर उक्त मिति भन्दा १ वर्षपछि खोलेको खातामा आफ्नो शेषपछि इच्छाइएको व्यक्तिमा गणेश अर्याल राखेबाट राष्ट्रिय वाणिज्य बैङ्क, नयाँ बानेश्वरको बैङ्क खाता निज गणेश अर्यालले आफ्नो अपराध लुकाउने छिपाउने कार्य योजनाबद्ध ढङ्गले गर्ने प्रयास स्वरूप आफ्नी बहिनीको नाम प्रयोग गरेको देखिन्छ । उक्त खातामा गणेश अर्यालले आफ्नी बहिनीको नाम प्रयोग गरी गैरकानूनी आर्जन गरेको नगद सम्पत्ति जम्मा गरेको रू. १७,२५,५५८।रकममध्ये मिति २०५७।५।२६ देखि २०५५।७।६सम्म रू. १७,२०,०००।झिकेको र सो झिकेको रकम बराबरको कुनै पनि सम्पत्ति गणेश अर्यालले खरीद गरेको नदेखिएकोले उक्त खातामा जम्मा गरी झिकेको नगद र बाँकी मौज्दात रू.५,५५८।समेत गरी जम्मा रू.१७,२५,५५८।रकमको वैधानिक स्रोत खुल्न नसकेकोले स्रोत नखुलेको सम्पत्तिको रूपमा गणना गरी दावीमा लिइएको छ ।

      प्रतिवादी गणेश अर्याल, निजकी श्रीमती भागिरथी भण्डारी (अर्याल) र निजकी विवाहिता बहिनी गोमा अर्याल (खरेल) ले आआफ्नो बैङ्क खातामा जम्मा भएको रकम गोमा अर्याल (खरेल) का श्रीमान् भनिएका कूलतार सिंले वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत् पठाएको रकम भनी आफ्नो बयान कथनमा उल्लेख गरेको देखिन्छ । यस विषयमा  वेस्टर्न युनियन मनी ट्रान्सफरको नेपाल अधिराज्यभित्र वित्तीय कारोबार गर्न इजाजत पाएका नेविल बैङ्क लिमिटेड र अन्नपूर्ण ट्राभल्ससमेतबाट विदेशबाट रकम ट्रान्सफर भएको विवरण मगाई हेर्दा ५ पटक गरी जम्मा रकम रू.६,८८,५५९।१२ मात्र पठाएको देखिन्छ । सो रकममध्ये रू. १,३०,६०५।९९  मिति २०५९ कात्तिक २५ गते मात्र आएको देखिएको छ ।

      राष्ट्रसेवकको रूपमा प्रवेश गरेपश्चात गणेश अर्यालले आरोपपत्रको तालिका नं. १ र २ मा उल्लिखित कूल सम्पत्ति रू.१,०५,१२,९२९।५४ आर्जन गरेको देखिएको छ । उक्त सम्पत्तिमध्ये तालिका नं.३ बमोजिम रू. १८,३५,२८९।१२ को मात्र स्रोत खुल्न सकेको देखिन्छ भने  रू.८६,७७,६४०।४२ वैधानिक स्रोत खुल्न सकेको छैन ।

      प्रतिवादी गणेश अर्यालले २०५१ सालदेखि २०५९ साल भदौ मसान्तसम्म सरकारी सेवा गरेबापत प्राप्त पारिश्रमिक जम्मा रू. ४,३६,९३७।८६ पारिश्रमिक तथा अन्य सुविधाबापत प्राप्त गरेको देखिन्छ । यो रकम पनि खानपीन, घर व्यवहार, चाडपर्व, शिक्षा दीक्षा र औषधोपचारका क्रममा खर्च भई जाने आर्थिक, सामाजिक परिवेश र पारिवारिक वास्तविकता भएता पनि पारिश्रमिकबापत प्राप्त भएको रकमको जोड अङ्क रकमलाई स्रोत खुलेको सम्पत्ति रू.१८,३५,२८९।१२ मा जोडी जम्मा रू.२२,७२,२२६।९८ रकमको स्रोत खुलेको सम्पत्तिको रूपमा गणना गरिएको छ । यसरी प्राप्त गरेको तलब भत्ता तथा अन्य सुविधासमेत रू.४,३६,९३७।८६ लाई बचत भएको मानेर स्रोत नखुलेको सम्पत्ति रू.८६,७७,६४०।४२मध्येबाट घटाउँदासमेत रू.८२,४०,७०२।५६ गैरकानूनीरूपले आर्जन गरेको देखिन्छ ।

      प्रतिवादी गणेश अर्यालको खर्च र आम्दानीको अनुपात हेर्दा आम्दानीको तुलनामा खर्च निकै बढी भएको देखिन्छ । यस बाहेक निज आफैँ र निजका परिवारको नाममा चल अचल सम्पत्ति खरीद भएकोर घर निर्माण गरेको पनि देखिन्छ । निज र निजको परिवारको नाममा लाखौं रूपियाँको बैङ्क कारोबार भएको पनि देखिएको  छ । प्रतिवादी र निजको परिवारले खुलाएका आम्दानीका स्रोतहरू पत्यारिलो र भरपर्दो नदेखिएको हुँदा निजले कानूनबमोजिम देखाएको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आई निजले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको स्पष्ट हुन आएको छ ।

आफ्नो घर कोठामा विभिन्न किसिमका कागजात राखी श्रम तथा रोजगार प्रबर्द्धन विभागबाट प्रत्यायोजित अधिकार काम कर्तव्य तथा ऐन नियम अनुसार अनुसन्धान अधिकृतले गर्नुपर्ने पदीय दायित्व निर्वाह गर्नुपर्ने प्रतिवादी गणेश अर्यालले आफ्नो पदीय जिम्मेवारी काम कर्तव्य विपरीतका गलत र गैरकानूनी काम कारवाही गरी गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको कुरा विवेचित विवरणबाट स्पष्ट छ । त्यसरी गैरकानूनीरूपमा आर्जन गरिएको सम्पत्ति भएको कारण प्रतिवादी गणेश अर्यालले सम्पत्ति विवरणमा देखाउँदा ढाँटी फरक व्यहोरा देखाई, खुलाउनुपर्ने व्यहोरा नदेखाई लुकाई अर्कै विवरण देखाएको छ । श्रम तथा रोजगार प्रवर्धन विभागमा वैदेशिक रोजगारसम्बन्धी विवादका अनेक मुद्दाहरूमा अनुसन्धान अधिकृतको जिम्मेवारी पाएका प्रतिवादीको श्रीमती भागिरथी वैदेशिक रोजगार दिलाउने कम्पनीहरूमा कर्मचारीको हैसियतमा कार्यरत् रहनु, वैदेशिक रोजगार दिलाउने कम्पनीमा कार्यरत् नारायण कार्कीलाई आफूले गैरकानूनीरूपले आर्जन गरेको अचल सम्पत्ति लुकाउने उद्देश्यले बिक्री गरेको देखाउनु, वैदेशिक रोजगारसम्बन्धी मुद्दा अनुसन्धानका विषयमा निजले पटकपटक गलत काम गर्ने गरेको खुलाई प्रतिवादीलाई अदालतबाटसमेत सचेत गराइनुबाट निजले आफ्नो पदीय जिम्मेवारीको तथा सरकारी सुविधाको दुरूपयोग गरी आफूले गैरकानूनी ढङ्गबाट सम्पत्ति आर्जन गर्ने गरेको पुष्टि हुन्छ ।

सेवासम्बन्धी विवरण र स्रोत खुलेको सम्पत्तिको विवरण अनुसार प्रतिवादीको स्रोत खुलेको सम्पत्ति रू.२२,७२,२२६।९८ मात्र रहेको तर निज तथा निजको परिवारको नाममा कूल रू.१,०५,१२,९२९।५४ बराबरको चल अचल सम्पत्ति रहेकोबाट निज तथा निजको परिवारसमेतको नाममा रहेको रू.८२,४०,७०२।५६ सम्पत्तिको स्रोत खुल्न र प्रमाण पेश हुन नआई गैरकानूनीरूपले आर्जन गरी त्यस्तो  सम्पत्ति आफ्नो र आफू नजिकका व्यक्तिहरूका नाममा राखेको पुष्टि भएको छ ।  प्रतिवादी गणेश अर्यालले कानूनबमोजिम सम्पत्ति विवरण पेश गर्दा आफ्नो नाममा वा अंशमा हक लाग्ने, सगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्ति भन्दा बढाई आफूसँग भए रहेको सम्पत्ति लुकाई झूठ्ठा विवरण दिई आएको देखिन्छ भने अर्कोतर्फ पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक छ । निजको आम्दानीको स्रोतको अनुपातमा अमिल्दो सम्पत्ति भएको र सो सम्पत्ति गैरकानूनी आर्जन गरेको देखिन आएबाट प्रतिवादीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १५  तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) एवं ऐ. ऐनको दफा १६ (२) बमोजिमको कसूर अपराध गरेको देखिन आयो ।

अतः उपरोक्त अनुसार उल्लेख भएबमोजिम प्र. गणेश अर्यालसँग रहेको कूल सम्पत्तिमध्ये   रू.८२,४०,७०२।५६ गैरकानूनीरूपमा आर्जन गरेको पुष्टि हुन आएकोले सो कार्य साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र दफा १५ अनुसार तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(२) र दफा २०(१) अनुसारको कसूर भएको हुँदा प्रतिवादी गणेश अर्याललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), १५ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (२) एवं २० (२) बमोजिम हदैसम्मको सजाय गरी पाउँ र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. एवं ३० बमोजिम गैरकानूनी आर्जन गरेको रू.८२,४०,७०२।५६ को बिगो कायम भएको सम्पत्ति प्रतिवादीको स्रोत खुलेको तथा अन्य सम्पत्तिबाट जफत हुन र सोबाट नपुग देखिएमा निजको हक लाग्ने अन्य जुनसुकै सम्पत्तिबाट जफत हुन र प्रतिवादी गणेश अर्यालले गैरकानूनीरूपले आर्जन गरेको सम्पत्ति श्रीमती भागिरथी अर्याल, गोमा खरेल र नारायण कार्कीको नाममा राखेको र उक्त सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ एवं अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. एवं ३० बमोजिम जफत गर्न मागदावी लिइएको कारणले सोही प्रयोजनका लागि निजहरूलाई प्रतिवादी कायम गरिएको भन्ने व्यहोराको आरोपपत्र मागदावी ।              मेरो विरूद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको सम्पूर्ण उजुरी निवेदनहरू र मेरा विरूद्धमा लागेको आरोपहरू असत्य एवं पूर्वाग्रह पीडित छन् । आरोपपत्रमा देखाएको मेरो पारिवारिक विवरण ठीक छ साथै देवीराम अर्यालको नाममा देखिएको पैतृक जग्गा विवरण ठिक छ । आरोपपत्रमा म र दाजुका नाममा का.म.न.पा. १६ बालाजु ५(ख) कि.नं.९९१ को क्षे.फ ०१५० जग्गा मैले मिति ०५८।५।२५ मा नारायण कार्कीलाई बिक्रि गरिसकेको हुँदा सो जग्गा मेरो नाममा छैन । सो बाहेक अन्य घर जग्गाको विवरण ठीक छ तर सो घर र जग्गाको हालको मूल्य के आधारमा राखिएको हो मलाइ जानकारी भएन । आरोपपत्रमा देखाइएको बैङ्क कारोबारमध्ये म तथा श्रीमतीका खाताहरूमा मेरो पैतृक सम्पत्ति बिक्रिबाट प्राप्त रकम, मेरो र श्रीमतीको पारिश्रमिक रकम, श्रीमतीको दाइजो पेवा, विभिन्न मितिमा गुल्मीबाट बैङ्क ड्राफ्टमार्फतप्राप्त रकम, वेस्टर्न युनियन मनी ट्रान्सफरबाट गाउँबाट विदेश जाने व्यक्तिले समय समयमा घरमा पठाइ दिनु भनी पठाएको रकम, भारतीय सेना एवं दक्षिण कोरियामा कार्यरत् मेरा दाजुहरूले पठाएको रकमसमेत राख्ने र झिक्ने गर्दा देखिएको विवरण हो । म र मेरो श्रीमती बाहेक अन्य व्यक्तिको विवरण मलाइ थाहा भएन । म आफू २०५६ सालदेखि श्रम विभागको वैदेशिक रोजगार शाखामा कार्यरत् रहेको र श्रीमती वैदेशिक रोजगार कम्पनीमा कार्यरत् हुदा विदेश जाने व्यक्तिहरूले म्यानपावरमा बुझाउनुपर्ने रकम जानुअगाडि सोझै म कहाँ ल्याई राख्न दिने र जाने बेलामा लिएर जाने गर्दथे । यस्तो रकम घरमा नराखी बैङ्कमा जम्मा गरेका थिए । यस्ता व्यक्तिहरू मेरो सहयोगबाट विदेश जान्थे र कतिपयले ममार्फत रकम पठाउँथे । त्यस्तो रकम सम्बन्धित व्यक्ति नआएसम्म म र श्रीमतीको बैङ्क खातामा रहन्थ्यो । सो कारणले बैङ्क कारोबारसम्म देखिएको हो । मलाई विदेश जानुअगाडि गाउँबाट रकम ल्याईराख्न दिनेहरू मेघनाथ अर्याल, चीरन्जीवी ढकाल, अशोक ज्ञवाली, उत्तम प्रसाई, मोतिप्रसाद अधिकारी , विष्णुप्रसाद घिमिरे, वासुदेव चालिसे, ध्रुव भण्डारी, कूलचन्द्र भण्डारी, कृष्णप्रसाद पराजुली, जगत प्रसाई, सूर्यबहादुर जि.सी., रामबहादुर अधिकारी, रामुनारायण भण्डारी, टङ्कप्रसाद पराजुली, ज्ञानबहादुर थापा, बालकृष्ण भट्टराई हुन् । उल्लेखित व्यक्तिहरूमध्ये कतिपयले विदेश गएर आफन्तलाई पठाई दिनु भनी रकम पठाई दिन्थे । हामी हालसम्म छुट्टी भिन्न नभएको र संयुक्त परिवारमै रही रहेको । जेठो दाजु भारतीय सेनामा हुनुहुन्छ । उहाँको तलब भारतीय रूपैयाँ १०।११ हजार अन्दाजी हुन्छ । उहाँको श्रीमती सरस्वती अर्यालले ०४६ देखि ०५२ सालसम्म गुल्मी सामुदायिक विकास परियोजनामा महिला विकास कार्यकर्ताको रूपमा काम गरेको र ०५६ सालको अन्ततिरदेखि हालसम्म रूपन्देही आनन्द वन गा.वि.स.को हेल्थ पोष्टमा काम गर्नु हुन्छ ।  भाउजुको तलब मासिक २५।२६ सय रूपैयाँ हुन्छ । त्यस्तै दाजु उमाकान्त अर्याल ०५८ चैत्र वैशाखदेखि दक्षिण कोरियामा रोजगार गरीरहनु भएको छ । उहाँको तलब ६०।६५ हजार नेपाली पाउनुहुन्छ । म ०५१ सालदेखि निजामती सेवामा ना.सु. पदमा प्रवेश गरेको हुँ । मैले ना.सु पदबाट राजीनामा दिई सञ्चयकोषबाट रकम पनि निकालेको थिएँ । सो रकमबाट का.म.न.पा. ३४, भिमसेन गोलामा दोकान खोलेको थिएँ । मेरी श्रीमती ०५७ सालदेखि प्राइभेट कम्पनीमा काम गरेपछि ०५९।४।२ देखि राजधानी इन्टर नेशनल सर्भिस नामक मेनपावरमा लेखा व्यवस्थापक पदमा काम गरिरहेकी हुन् । मासिक आम्दानी ५ हजार जति छ । म्यानपावरमा मेडियटरको रूपमा काम गरेबापत मासिक २।३ हजारको दरले कमिशन पनि लिने गरेकी छन् । मेरो ०५७ सालमा विवाह हुँदा उनको पिता तथा बाबुबाट रू. ३ लाख जति नगद तथा सुनचाँदी प्राप्त भएको थियो । साविक भारतीय सेनामा काम गर्ने मेरा पिताबाट हामीले गुल्मी छोड्नुअगाडि गाउँमा लगानी लगाइएको रू.८।९ लाख बुझी काठमाडौंमा ल्याई राखेको र पछि बुटवल र काठमाडौंमा घर बनाउँदा केही रकम खर्च भएको थियो । आरोपपत्रमा उल्लेख गरिएको सम्पत्ति विवरणका अलावा काठमाडौं इचङ्गुनारायण गा.वि.स. मा रहेको कि.नं. ६२७ क्षे.फ. ०१ जग्गा तथा मेरो नाममा रहेको रा.वा.बैङ्क, थापाथलीको व.हि.नं. ९७४५ मा मौज्दात रहेको रू.१०,५००।तथा श्रीमतीको हिमालयन बैङ्क, ठमेल खाता नं. ३६३५३० जे मा मौज्दात रहेको रू.२,३६,९७८।५० रकमसमेत मेरो वैध रकम हुनुपर्दछ । आरोपपत्रमा मेरो स्रोत नखुलेको सम्पत्ति भनी राखिएको सम्पत्ति विवरणमध्ये कि.नं. ९९१ को घर जग्गा मैले ०५८।५।२५ मा सो जग्गा र सो मा बन्दै गरेको १ तला घरसमेत रूपन्देही करहिया वार्ड नं. ७ मा बस्ने नारायण कार्कीलई बिक्री गरी सकेको हो । त्यो घर मेरो होइन । कि.नं. ६२७ को जग्गा मेरो वैध स्रोत बाट रू.३,१३,०००।मा खरीद गरेको हो । त्यस्तै रा.वा. बैङ्क, थापाथलीको खाता नं. ९७४५ मा रहेको मौज्दात मेरो वैध स्रोत हो । भागीरथी भण्डारीको नाममा रहेको हिमालयन बैङ्क, ठमेलको खाता नं. ३६३५३० जे को बैङ्क मौज्दात रू.२,३६,९७८।५० मेरो वैध रकम हो तर  क्र.सं. ५ मा उल्लेखित आरोप रकमको हकमा उक्त रकम स.ज ११ मा उल्लेख गरेका व्यक्तिहरूको रकम उक्त व्यक्तिहरूले नै झिकी लगेका हुन् । सो खातामा विभिन्न मितिमा जम्मा भएको रू.२१ लाखमध्ये मेरो नाममा रहेको कि.नं. ९९१ को जग्गा बिक्रीबाट प्राप्त रकम जम्मा गरी सोमध्येको केही रकम पछि झिकी कि.नं. ६२७ को बालाजु (इचङ्गु) को जग्गा खरीद गरिएको हो र करीब रू. १ लाख दाजु उमाकान्त दक्षिण कोरिया जाँदा खर्च गरिएको हो । सो बाहेक सबै रकम स.ज. ११ मा उल्लेख गरेका व्यक्तिहरूको रकम राखी झिकिएको हो । गोमा अर्यालको नाममा रहेको रा.वा. बैङ्क ,बानेश्वर व. खा.नं. १७८४४।६० को रकम मेरो होइन । मेरो बहिनीको हो । मैले आरोपपत्र अनुसारको कुनै अपराध नगरेको र मसँग कुनै अवैध सम्पत्ति नरहेकोले सजाय हुनुपर्ने होइन भन्ने व्यहोराको प्रतिवादी गणेश अर्यालले विशेष अदालतमा गरेको बयान ।

बिशेष अदालतको आदेशबमोजिम माग भएको धरौटबापत जेथा जमानत दिइ प्रतिवादी तारेखमा रहेको  ।

आरोपपत्रमा उल्लेखित का.जि. का.म.न.पा. वार्ड नं. १६, बालाजु ५(ख) कि.नं. ९९१ को जग्गा र सो मा बनेको घर मेरो हो । सो घर मैले गणेश अर्यालबाट फिनिसिङ नभएको एक तल्ला घर जग्गा रू.११,०५,०००।मा किनेको हुँ । ०५६ सालअघि म फिलिपिन्स र दक्षिण कोरियामा काम गरी करिब १८।१९ लाख कमाई घर फर्केको थिएँ । सो रकम ब्याजमा लगाएको थिएँ । मेरो कृषि आयबाट वार्षिक करिब १,३०,०००।आय हुन्छ । मेरो दाजुले दिएको सहयोग, मेरो मारूती भ्यान र ट्याक्टरबाट रू.४०।५० हजार आय जम्मा हुँदै गयो । दलाललाई जग्गा खोजी दिन भनेपछि दलालले फिनिसिङ नभएको एकतले घर देखाएपछि सो घर जग्गा किनेको हुँ । मालपोत कार्यालयमा रजिस्ट्रेसन पास गर्दा रू.६,१०,०००।देखाइएको छ । मैले गणेश अर्याललाई चिनेको थिइन । जग्गा किनेपछि चिनेको हुँ । मैले विदेश गै दुःख गरी लेवर काम गरी कमाएको रकम, कृषि आय, दाजुले सहयोग गरेको रकमसमेतबाट किनेको सो घर जग्गा जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी नारायण कार्कीले विशेष अदालतमा गरेको बयान ।

सासु, ससुरा, जेठाजुका छोरा छोरी हामी सबै एकासगोलमा छौं । ठूलो जेठाजु २६।२७ वर्षदेखि भारतीय सेनामा हुनुहुन्छ । उहाँले आर्जन गरेको रकम घरमा पठाउँनुहुन्छ । तर लगानी र बढाउने कार्य श्रीमान्‌ले गर्नुहुन्छ । माइला जेठाजु दक्षिण कोरियामा जानुभएको छ । उहाँ नेपाल आउने परिचित व्यक्तिलाई रकम पठाउँनुहुन्छ । म राजधानी इन्टर नेशनल नामक मेन पावर कम्पनीमा काम गर्दछु । सो कम्पनीमा काम गर्नुअघि मिडिल इस्ट मेन पावर कम्पनीमा मिडिएटरको रूपमा काम गर्दथे । बैनी ज्वाइँ गोपाल खरेल ०५३ सालदेखि अमेरिकामा काम गर्दै हुनुहुन्छ । उहाँले पठाएको कतिपय रकम हाम्रो खातामा पनि रहने गर्दछ । काठमाडौं बालाजु ५ ख को जग्गा ०५७।५।२८ मा खरीद गरी घर बनाउँन पिलरसम्म उठाएको जग्गा ०५८।५।२५ मा रू.११,०५,०००।मा नारायण कार्कीलाई बेची सो रकम हिमालयन बैङ्क, ठमेलको मेरो खातामा जम्मा गरेको हो । मेरो विवाहमा दाइजो पेवा स्वरूप प्राप्त,आय आर्जन,पारिश्रमिकसमेतको आय पनि सो खातामा जम्मा गरेको थिएँ । बालकृष्ण भट्टराई र लोकेन्द्र पराजुलीसमेतले विदेश जान भनी मेरो खातामा राखेको रकम केही समयपछि झिकी लगेका हुँदा सोसमेत बैङ्क खातामा कारोबार  भएको थियो । मेरो खातामा जम्मा भएको रकम सबै मेरो होइन थिएन । हाम्रो रकममध्ये केही रकम इचङ्गु नारायण गा.वि.स. मा जग्गा किन्दा खर्च भएको र जेठाजु उमाकान्त अर्याललाई कोरिया पठाउँदा खर्च भएको हो । त्यस्तै घर परिवार चलाई बाँकी रहेको रकम सो बैङ्क खातामा छ । अभियोग दावी तथ्यमा आधारित छैन । बैङ्कमा जम्मा भएको रकम र भएको कारोबार अवैध नभई वैधानिकरूपमा कमाई बढे बढाएको हो । वैध आर्जन र वैधानिकरूपमा जम्मा भएको रकम जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी भागिरथी भण्डारी अर्यालले विशेष अदालतमा गरेको बयान ।

मेरो खातामा रहेको रकम मेरो श्रीमान्‌ले आर्जन गरेको रकम हो । मेरो श्रीमान्‌ ०५३ साल असारदेखि रोजगारीको लागि अमेरिका जानुभएको छ । मेरो खातामा भएको सबै रकम श्रीमान्‌ले अमेरिकाबाट पठाएको हो । अमेरिकाबाट पैसा पठाउँदा धेरैजसो परिचित व्यक्तिमार्फत पठाउँनुहुन्छ । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट पनि पठाउँनुहुन्छ । मेरो श्रीमान्‌ले पठाएको रकमको बैङ्कमा राख्न खाता खोल्दा श्रीमान्‌ विदेशमा भएकोले नजिकको संरक्षक दाजु गणेश अर्याललाई शेषपछिको व्यक्ति इच्छाएकी हुँ । मैले रू.१७,२५,५५८।रकम जग्गा खरीद गर्न र घर निर्माण गर्न झिकेकी हुँ । मेरो खातामा रहेको रकममा दाजु गणेश अर्यालको कुनै सरोकार छैन । मेरो श्रीमान्‌को अमेरिकामा मासिक करिब १ लाख देखि १ लाख ५० हजार जति कमाई  हुन्छ । तसर्थ मेरो खातामा रहेको रकम श्रीमान्‌ले कमाई पठाएको नितान्त वैध रकम हो । श्रीमान्‌ले कमाई पठाएको पैसा जफत हुने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी गोमा अर्याल खरेलले विशेष अदालतमा गरेको बयान ।

प्रतिवादीहरू नारायण कार्की, गोमा अर्याल खरेल र भागीरथी भण्डारी अर्याललाई विशेष अदालतबाट भएको आदेशबमोजिम तारेखमा रहेका ।

घर मूल्याङ्कनकर्ता संजयराज उपाध्याय र सुरेन्द्र प्रकाश राजकर्णीकार, फर्निचर मूल्याङ्कनकर्ता जयन्तकुमार राजवंशी एवम् प्रतिवादी गणेश अर्यालका साक्षी रामप्रसाद ढकाल, नारायणप्रसाद भण्डारी, गंगाबहादुर जि.सी. र जगत पछाई, प्र. गोमा अर्याल (खरेल) का साक्षी नारायणप्रसाद खरेल, अर्जुन खरेल, प्र. भागिरथी भण्डारी अर्यालका साक्षी पोमानन्द पराजुली, बालकृष्ण भट्टराई तथा प्र.नारायण कार्कीका साक्षी धनबहादुर खड्काले गरेको बकपत्र मिसिल सामेल रहेको ।

प्रतिवादी गणेश अर्याल मेरो सहोदर कान्छो भाइ हो । हामीबीच अंशबन्डा भएको छैन । म कार्यरत् कम्पनीमा तत्कालीन अवस्थामाबहादुर क्षेत्री, मगरहरूलाई प्राथमिकता दिने भन्ने उल्लेख भएकोले क्षेत्री थर राखी सैनिकमा भर्तिसम्म भएको हुँ । बुवा देवीराम भारतीय सेनामा कार्यरत् भै सेवा निवृत भै आउनुभएको, म विगत २६ वर्षदेखि भारतीय सेनामा कार्यरत् रहेको, श्रीमती २०४५।०४६ सालदेखि जागीर गर्दै आएको र हाल रूपन्देही आनन्दवन गा.वि.स. हे.पो. मा कार्यरत् छिन् । माहिलो भाइ दक्षिण कोरियामा रोजगार गर्दै आएको छ । भागीरथी मेनपावर कम्पनीमा कार्यरत् हुन् । म भर्ति हुँदा मेरो भा.रू. २५००। तलब आउँथ्यो । खाने बस्ने सबै सरकारले व्यहोर्ने हुँदा सबै रकम भाइ गणेशलाई पठाई दिँदै आएको छु । मैले पठाएको रकम, भाइको पारिश्रमिकबाट वचत केही रकमसमेतबाट रूपन्देहीमा २०५५ सालमा घडेरी किनी एकतल्ले घर बनाएको हो । त्यस्तै पहाडमा साविक देखिको लगानी सात लाख र विभिन्न मितिमा करिब उनासी रोपनी जग्गा बिक्रिबाट प्राप्त छ लाखसमेत बुबाले भाइ गणेशलाई पठाई दिएको हो । सो रकम बालाजुमा जग्गा किनी घर बनाउँन सुरू गरिएकोमा रकम नपुग भै सो घर ढलान गर्दा नै बिक्री गरकेो हो । हालसम्म मैले भा.रू. २१ लाख भन्दा बढी तलब भत्ता बुझेकोमा १६ लाख भा.रू. भन्दा बढी घरमा बुबा र भाइलाई पठाएको भन्नेसमेत व्यहोराको अ.बं. १३९नं बमोजिम बुझिएका डिलाराम अर्यालले गरेको बयान ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को व्यवस्था मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको प्रमाणित भएमा आरोपित कसूर स्थापित हुने देखिन्छ । प्रतिवादीको पारिवारिक पृष्ठभूमि, पैतृक सम्पत्ति, पदीय हैसियत,सामाजिक स्तर, आर्थिक कारोबार जस्ता कुराहरूले निजको जीवन यापनको स्तर निर्धारण गर्ने भएकोले प्रतिवादीको जीवनयापनको स्तर पनि यिनै मापदण्डबाट निर्देशित हुने हुन्छ । तर पनि आरोपपत्रमा आर्थिक पक्षलाई आधार बनाई निजउपर अवैधानिक आय आर्जन गरेको भनी आरोप लगाएको देखिएको छ । माथि विश्लेषण भएअनुसार सगोलमा रहेका अंशियार र प्रतिवादीले  सो अवस्थामा रू ४१,६८,८८१। बराबरको सम्पत्ति  जोडेको र खर्च  गरेको पाइएको र निजको र अरू अंशियारको आय सोही अवधिमा रू ३९,९७,२०६। रहेको देखिएको हुँदा रू १,७१,६७५। को सम्पत्ति रकम आयस्रोतबाट पुष्टि भएभन्दा बढिको देखिन आउँछ । सो सम्पत्ति निजहरूको कूल सम्पत्तिको ५% भन्दा कम रहेको छ।  आय र व्ययको हिसाब गर्दा घरायसी व्यवहार, सामाजिक प्रचलन र आय र व्ययको लेखा राख्न नपर्ने परम्पराको कारणबाट यथार्थ रूपमा आयका स्रोत र खर्चका रकमको यकीनरूपमा किटान हुन सक्ने स्थिति पनि रहँदैन । आय र व्ययमा देखिएको सो अन्तर न्यायोचित अनुमान र सामाजिक परिवेशको आधारमा स्वाभाविक हो होइन भनी विचार गर्नुपर्ने हुन्छ । प्रतिवादीले देखाएका तर गणना हुन नसकेका आयका स्रोतहरू आयका सम्भावित स्रोत हुन नसक्ने पनि होइन । तर पनि प्रमाणको अभावमा ग्राह्य गर्न नसकिने भएकोले न्यायोचित अनुमानको आधारमा स्वाभाविक र अस्वाभाविक भनी छुट्याउनुपर्ने अवस्था रहेको हुँदा र आय र व्ययको बीचमा देखिएको अन्तर स्वाभाविक नै रहेको र यो सामान्य अन्तरले ऐनले व्यवस्था गरेको अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको कुरा यतिकै आधारबाट देखिन नआएकोले प्रतिवादीउपरको सो आरोप पुष्टि हुन आएन । तसर्थ मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादी गणेश अर्यालले वैध आयस्रोतको अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुँदा निज प्रतिवादीले दावीको कसुर गरेको नठहरी सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६३।१०।२३ को  फैसला ।

प्रतिवादीका तीन दाजु भाइमा जेठो बुटवल, महिलो छोरा उमाकान्त अर्याल र बुहारी आफैँसँग पहाड गुल्मीमा रहेको र कान्छो यी प्रतिवादी रहेको भन्ने कुरा निजका बाबु देवीरामले बयान गरेबाट प्रतिवादीका दाजु भाइहरू बेग्लाबेग्लै बसी आआफ्नो खति उपति गर्दै आएको अवस्थामा एउटा भाइले जोडेको सम्पत्तिमा अर्को भाइको रकम परेको भनी अनुमान गर्न मिल्दैन । प्रतिवादीका जेठा दाजु भारतीय सैनिकमा काम गरेको निजको आर्जनले रूपन्देही आनन्दवन ५(क) कि.नं २७७ र २७८ को ०० जग्गा २०५५।९।२६ मा खरीद गरी २०५६ मा घरसमेत निर्माण गरी निजका परिवारसँग बसोबास गर्दै आएका र निजको बाबुले गुल्मीका विभिन्न जग्गाहरू मिति २०४४।१।१६ देखि २०५५।८।२७ सम्ममा रू १,७८,५००। र २०५३।२।२ मा रू १,००,०००। मा बिक्री गर्नुभएको सोमध्ये आधा रकम निजलाई प्राप्त हुन सक्ने हुँदा २०५५।८।२७ सम्म निज बाबुलाई २,२८,५००।र २०५५।१२।६ मा १२,००० ।समेत गरी जम्मा २,४०,५००।प्राप्त भएको देखिन्छ । प्रतिवादी गणेश अर्यालले बालाजु ९(ख) कि.न. ९९१ कि.न. ०१५१ जग्गा खरीद गर्नु अघि नै जग्गा खरीद भै घर निर्माण भएको उक्त जग्गामा प्रतिवादीको आय आर्जनको रकम प्रयोग नभै बाबुको जग्गा बिक्रीको रकम र डिलराम अर्यालसमेतको आय आर्जनबाट भएको स्पष्ट छ । दाजुका नामको घर र जागीरे भाउजुका नाममा रहेको बैङ्क मौज्दात रकमलाई त्यस्तो दाजु भाउजुले कमाएको सम्पत्ति भाइ तथा बुहारी वा देवर देवरानीका नाममा रहेको अन्य सम्पत्तिमा प्रयोग भएको भनी अर्थ लगाउन नमिल्नेमा दाजु भाउजुको आयसमेतलाई निज प्रतिवादीको आयमा गणना गर्ने गरी भएको विशेष अदालतको फैसला त्रुटीपूर्ण छ ।

प्रतिवादी गणेश अर्यालका नाममा का.म.न.पा. वडा नं १६ बालाजु ५(ख) कि.न. ९९१ को ०१५१ जग्गा २०५७।५।२८ मा खरीद भएको र सो जग्गामा २०५८।४।२५ मा नक्सा पास गरी २१/२  तले घर निर्माण भएकोछ । सो घर भएको जग्गा २०५८।५।२५ मा नारायण कार्कीका नाममा राजीनामा पास भएको देखिन्छ । नारायण कार्की विदेशमा मानिस पठाउँने मेनपावर कम्पनीमा कार्यरत् व्यक्ति हुन् । प्रतिवादी श्रम तथा रोजगार प्रबर्द्धन विभागका शाखा अधिकृत भएको हुँदा यिनीसँग सम्बन्ध देखिएको छ । नारायण कार्कीको २४९० नं. को मोटर साइकलको ब्लुक र विभिन्न म्यानपावरसम्बन्धी कागजातसमेत प्रतिवादी गणेश अर्यालको घरबाट वरामद हुनुले यी दुईको घनिष्ट सम्बन्ध रहेको कारणले आफ्नो नामको घर नारायण कार्कीको नाममा हस्तान्तरण गरेकोसम्म हो । निजलाई हस्तान्तरण गरेको २०५८।५।२५ को मालपोत कार्यालयबाट पारीत लिखतमा घर उल्लेख नगरी मोटर बाटो भएकोमा नभएको जनाई हस्तान्तरण गरेको र त्यसको केहीपछि घरसारको कागजबाट घरसमेत भनी उल्लेख गरेबाट प्रतिवादीले बद्‌नियतपूर्वक आफ्नो नामको घर जग्गा अर्कोको नाममा राखी हस्तान्तरण गरी सम्पत्ति लुकाउने छुपाउने र दबाउने कार्य गरेको स्पष्ट छ ।

गोमा खरेलको नाममा राष्ट्रिय वाणिज्य बैङ्क थापाथलीमा २०५५।८।२३ देखि व.हि.नं. ११८७९ खाता खोली २०५६।८।१३सम्म रू ५,९६,०००। जम्मा भएको उक्त खातामा आफ्नो देवरलाई इच्छाएको व्यक्तिमा उल्लेख गरेकी छन् । सो कारोबार गरेपछि पुनः राष्ट्रिय वाणिज्य बैङ्क बानेश्वरमा २०५६।१०।१६ मा खाता खोली २०५७।४।१६ मा रकम जम्मा गरिएको सो खातामा इच्छाएको व्यक्ति दाजु गणेश अर्याल उल्लेख गरेको छ । यसरी एक बैङ्कमा खाता हुँदाहुदै अर्को बैङ्कमा खाता खोली रकम जम्मा गर्नुको औचित्य देखिँदैन । राष्ट्रिय वाणिज्य बैङ्क बानेश्वरमा अक्सर दाजु गणेश अर्यालले रकम जम्मा गरिदिने गरेको कुरा गोमा खरेलले स्वीकार गरेको र थापाथली बैङ्कबाट क्यास निकालेको रकम घरमा प्रयोग भएको स्पष्ट भै बानेश्वर शाखाको रकम प्रतिवादी गणेश अर्यालको भएको पुष्टि हुन्छ । दुबै खाता एउटै वर्षमा बारबार प्रयोग भई रहेको हुनाले गोमा खरेलको पति कुल्लारसिंको नामबाट पठाएको रकम थापाथली बैङ्कको खातामा जम्मा भएको हुनाले दाजु इच्छाइएको व्यक्ति रहेको बानेश्वरको बैङ्कको जम्मा भएको रकम गोमा खरेलको नभै गणेश अर्यालको गैरकानूनी आर्जनको पुष्टि हुन्छ ।

त्यसै गरी प्रतिवादीले विवाहमा १,५०,०००। दाइजो प्राप्त गरेको हुन सक्ने भन्ने आधारमा आयमा समावेश गरिएको छ । प्रतिवादीले सार्वजनिक पदमा प्रवेश गरिसकेपछि २०५७ सालतिर काठमाडौंमा विवाह गर्नुभएको र पार्टी महेन्द्र पुलिस क्लवमा दिएको बयानमा उल्लेख गर्नुभएको छ । ब्राम्हण क्षेत्री परिवारमा नगद रू १,५०,०००। दाइजो प्राप्त हुन नसक्ने र प्रतिवादी स्वयले विवाह मन्दिरमा भएको र २०/२५ हजार सामान्य खर्च गरी गरेको र भोजमा ३०/३५ हजार  खर्च गरेको भनी उल्लेख गरेबाट विवाहमा भएको खर्चतर्फ दृष्टि नै नदिई दाइजोबापतको आय गणना गरी भएको फैसला त्रुटीपूर्ण छ । त्यस्तै प्रतिवादी भागिरथी भण्डारीको हिमालयन बैङ्कमा रहेको खाताबाट २०५८।६।२ देखि २०५८।९।२७ सम्म झिकेको रू १९,००,०००। मध्ये रू ३,१३,०००। रकम बालाजु ९(ख) कि.नं ६२७ को ०१ जग्गा खरीद भएको भन्ने उल्लेख भए पनि सो जग्गा उक्त निकालेको रकमबाटै खरीद गरेको नभै अन्य रकमबाट खरीद भएको हुँदा सोही झिकेको रकमबाट खरीद गरेको भन्ने विशेष अदालतको फैसला त्रुटीपूर्ण छ ।

विशेष अदालतले एकातिर दावीको सम्पत्तिको हालको बिगोलाई आधार नलिई तत्कालीन समयको निजले व्यक्त गरेको मूल्य र लिखत मूल्यलाई निजको सम्पत्ति खरीदतर्फ खर्चको मूल्य कायम गरी सम्पत्तिको बिगो घटाएको र प्रतिवादीले उल्लेख गरेको पारिश्रमिक तथा दाजु भाउजुसमेतको आयलाई निजको आयमा समावेश गरी आय बढाई पाँच प्रतिशत अन्तर देखाई अस्वाभाविक अमिल्दो भन्न नमिल्ने भनी आय बढाउँदा र खर्च घटाउँदासमेत आयको तुलनामा खर्च बढी देखिएको अवस्थामा खास अन्तर नदेखिएको भन्ने आधारमा प्रतिवादीलाई सफाइ दिने गरी भएको विशेष अदालत, काठमाडौंको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पुनरावेदन जिकिर र आरोपपत्र मागदावीबमोजिम सजाय गरी पाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

प्रतिवादी गणेश अर्यालले वैध स्रोत भन्दा बढी रकम रू १,७१,६७५। बढी भएको कुरालाई फैसलामा स्वीकार गरिएको अवस्थामा कानूनसम्मतको आधारबेगर सो स्रोत नखुलेको रकम वा सम्पत्तिलाई वैध ठहर्‍याएको विशेष अदालतको फैसला भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को सन्दर्भमा फरक पर्न सक्ने भएको हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।२।९ को आदेश ।

मसमेत मेरो परिवारका सम्पूर्ण सदस्य तथा अंशियारहरू एकासगोलमा रही आएका र आआफ्नो पेशा व्यवसाय रोजगारी गर्दै आएकाले मेरो पारिवारिक आयलाई पृथकपृथक हैसियतमा राखी पुनरावेदन जिकिर लिएको आयोगको पुनरावेदन पूर्वाग्रही र विरोधाभासपूर्ण छ । बिक्रि भएको का.जि. का.म.न.पा.वडा नं १६ कि.न. ९९१ को जग्गा २०५७।५।२८ मा खरीद गरी मिति २०५८।४।२५ मा नक्सा पास गरी घर निर्माण गर्दै गर्दा मिति २०५८।५।२५ मा नक्सा पास भएको ३० दिनमा नै पिलर र एकतला ढलान मात्र गरेको जग्गा बिक्रि गरेको हो । नारायण कार्की मेरो नाता वा परिवारको परिभाषाभित्र पर्ने व्यक्ति होइनन् । ज्वाइँले कुल्तार सिंहको नामबाट समयसमयमा मेरो नाममा रकम पठाउँने र बहिनीले रा.वा. बैङ्क, बानेश्वरमा खोलेको खातामा इच्छाइएको व्यक्तिको रूपमा मेरो नाम उल्लेख गरेको जुन आयोगले अनुसन्धान गर्दा मात्र थाहा पाएको सो इच्छाएको व्यक्तिमा मेरो नाम उल्लेख गर्ने विषयमा मेरो कुनै संलग्नता छैन तत्‌तत् खातामा जम्मा भएको रकम विवाहित बहिनीको वैध आय र उक्त आय रकम राख्न प्रयोग भएको खाताको कारोबारलाई मेरो सम्पत्तिको रूपमा गणना गर्नुपर्ने जिकिर गलत छ । त्यस्तै विवाहको समयमा मेरो श्रीमतीलाई निजका पिताबाट रु.३ लाख दाइजो पेवा प्राप्त भएको र त्यसको कुनै लिखत प्रमाण नहुने यस्तो अवस्थामा १,५०,०००। मात्र दाइजो पेवा प्राप्त भएको भनी कायम गरेकोले म तथा मेरी श्रीमतीले बयानमा खुलाएको पूरै ३ लाखलाई नै दाइजो पेवाको रूपमा गणना हुनुपर्दछ । विशेष अदालतले सम्पत्ति र आयस्रोतबीचको अन्तर ५% भन्दा कम रहेको आधार अस्वाभाविक मान्न नसकिने उल्लेख भए पनि म तथा मेरो परिवारको सदस्यको नाममा रहेको वास्तविक सम्पत्ति भन्दा आय स्रोत बढी हुने आधार सम्पत्तिको गणना, बैङ्कमा कारोबार भएको रकम, जग्गा बिक्री, दक्षिण कोरियामा रोजगारमा जानुभएका माहिला दाजु उमाकान्त अर्यालले पठाएको रकम रु.१,६०,०००।, कृषि आयबाट प्राप्त भएको रकमसमेतको आयमा गणना नगरेकोले विशेष अदालतले मेरो र परिवारको साथमा रहेको वास्तविक सम्पत्ति भन्दा बढी रकम देखाएको र वास्तविक र स्वाभाविक आयस्रोतहरूबाट प्राप्त आय गणना गरेको छैन । मैले आरोपित कसूरबाट सफाइ पाएकोले पुनरावेदन नगरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी गणेश अर्यालको यस अदालतसमक्ष परेको लिखित प्रतिवाद ।

मेरो विवाह २०५६ सालमा भएको हो । विवाहको समयमा पिताजीबाट मलाई दाइजो स्वरूप रू ३,००,०००।प्राप्त भएको र म आफूसमेत म्यानपावर कम्पनीमा काम गर्ने भएकोले कामबाटप्राप्त हुने पारिश्रमिक अन्य स्वआर्जन, परिवारका व्यक्ति तथा आफन्तले राख्न दिएको रकम, विदेश जाँदा र विदेश गएपश्चात पठाउँने र राख्न दिने रकम मेरो बैङ्कको खातामा केही समय रहने र मेरो खाता प्रयोगसम्म भईरहेको रकमलाई सम्पत्तिको रूपमा गणना गर्ने गरी भएको फैसलाले अन्याय पर्न गएको छ । उक्त रकम तथा सोको स्रोत पुष्टि हुँदाहुदै पनि सम्मानित अदालतबाट त्यसतर्फ कुनै विवेचना नगरी मेरो र परिवारको साथमा रहेको वास्तविक सम्पत्ति भन्दा बढी रकम र वास्तविक र स्वाभाविक आयस्रोतबाट प्राप्त आय गणना गरेको छैन । मैले आरोपित कसूरबाट सफाइ पाएकोले पुनरावेदन नगरेकी हुँ । सम्मानित अदालतबाट न्यायिक मनको प्रयोग भई हेरिनुपर्दछ भन्नेसमेत व्यहोराको भागिरथी भण्डारी अर्यालको यस अदालतसमक्ष परेको लिखित प्रतिवाद ।

नियमबमोजिम पेशीसूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री महेश थापाले प्रतिवादी गणेश अर्यालको तत्कालीन अवस्थाको सम्पत्तिको स्रोत खुलेकोले निज नोकरीमा प्रवेश गरेपछि यो अभियोग दायर हुँदासम्मको सम्पत्तिको आयलाई क्रमशः छुट्याएर हेरिएमा निजको पारिवारिक अवस्थासमेत छर्लङ्ग हुन्छ । निज प्रतिवादीका परिवारभित्रका दाजु भाउजुले नोकरी गरी कमाएको सम्पूर्ण सम्पत्ति प्रतिवादीको आयस्रोत होइन र गणना गरिनु पनि हुँदैन । दाजु भाउजुले नोकरी गरी कमाएको सम्पूर्ण सम्पत्ति यी प्रतिवादीको हो भने ती दाजु भाउजु र निजहरूका बालबच्चाले हावा र पानी मात्र खाएर बाँच्नुपर्ने अवस्था हुन्छ । तसर्थ दाजु भाउजुको कमाई प्रतिवादी गणेश अर्यालको सम्पत्ति वा आयस्रोत हुन सक्दैन । निज प्रतिवादीको बहिनी गोमा अर्याल खरेलको दुई दुई वटा बैङ्क खाता रहेको र ती खातामा निज प्रतिवादीले रकम जम्मा गर्ने र बैङ्क स्टेटमेन्ट लिने गरेको छ । बहिनीको खातामा दाजुको नामबाट रकम जम्मा गरिदिनुपर्ने अवस्था हुँदैन । बहिनी गोमा अर्यालको पति गोपालप्रसाद खरेल भएको र गोपालप्रसाद खरेलको नामबाट विदेशबाट आएको रकम बाहेक अरू रकम के कसरी आई जम्मा भयो हेरिनुपर्छ । कुल्तार सिंह भन्ने व्यक्ति कसरी गोमा अर्याल खरेलको पति हुन आयो त्यसको पुष्टि गर्न नसकेको अवस्थामा प्रतिवादी गणेश अर्यालबाटै अनियमित सम्पत्ति आफ्नो बहिनीको खातामा राख्न जाल परिपञ्च गरेको प्रष्ट छ जुन सम्पत्ति नियमित कमाई पनि होइन ।

त्यसैगरी निज प्रतिवादी गणेश अर्यालले वैदेशिक रोजगारमा जाने आउने लगायतका विभिन्न व्यक्तिले पनि पैसा राख्न दिने गरेको भने पनि ती व्यक्तिहरू को को हुन् र के कहिले के कस्तो अवस्थामा के कति रकम राख्न दिए ? निज प्रतिवादीलाई नै राख्न दिनुपर्ने ती अमूक व्यक्तिहरूको के त्यस्तो बाध्यता थियो सो स्पष्ट कहीं खुलाएको देखिँदैन । प्रतिवादीले आम्दानीको सबै रकम वचत भएको भन्नु सर्वथा गलत छ किनकि आम्दानी अनुसार खर्च अवश्यम्भावी हुँदा आम्दानी र खर्च दुबैको मापन गरिनुपर्छ । प्रतिवादीको स्रोत नखुलेको सम्पत्तिको स्रोत खुलाउनुपर्छ । निज प्रतिवादी गणेश अर्यालले आरोपपत्रमा उल्लेखित सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको र आयस्रोत भन्दा बढी सम्पत्ति रहेको देखिएको, सो सम्पत्ति गैरकानूनीरूपबाट आर्जन गरेको सम्पत्ति निजको पारिवारिक स्थितिसँग अमिल्दो देखिइरहेको अवस्थामा विशेष अदालतबाट यी प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला त्रुटीपूर्ण छ । उक्त फैसला वदर गरी प्रतिवादीले गैरकानूनीरूपमा आर्जन गरेको रू.८२,४०,७०२।५६ सम्पत्ति जफत गरी अभियोगपत्र दावीबमोजिम नै प्रतिवादीलाई सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादी गणेश अर्यालसमेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता यज्ञमूर्ति वन्जाडे, अधिवक्ता रामेश्वरप्रसाद कोइरालाले प्रतिवादीहरूको पारिवारिक विवरण र सम्पत्तिलाई अभियोग दावी लिँदा नै सगोलको मानी स्वीकार गरिएपछि अहिले पृथकपृथक छुट्याउने अवस्था हुँदैन । सगोलको परिवारको सम्पूर्ण घर व्यवहार हेर्ने व्यक्ति गणेश अर्याल हुन् र दाजु भाउजुहरूले पनि निजलाई नै सुम्पिएको अवस्था हो । साविकको सम्पत्तिको मूल्याङ्कन प्रचलित मूल्य अनुसार गरिनुपर्नेमा त्यस्तो मूल्याङ्कन भएको अवस्था छैन तापनि सफाइ पाएकोले निज प्रतिवादीहरूले पुनरावेदन नगरेको अवस्था हो । गणेश अर्यालले नारायण कार्कीलाई विधिसम्मत तवरबाट रजिस्ट्रेसन गरी दिएको सम्पत्तिमा प्रश्न उठाई अनुमानको जिकिर गर्ने छुट वादी पक्षलाई छैन । प्रतिवादी गणेश अर्यालले गोमा अर्याल खरेलको खातामा राखिदिएको पैसा निज गोमाका पतिले नै विदेशबाट पठाएको पैसा हो जुन गणेश अर्यालको हुन सक्ने हुँदैन । गणेश अर्यालको पत्नी भागिरथी अर्याललाई विवाहमा दाइजो पेवा दिएको रकम सबै जोडिनुपर्नेमा आधा मात्र जोडेको कानून सङ्गत भएन । निज प्रतिवादीको कृषि आयको कुरा फैसलामा उल्लेख नै गरिएन । कृषि आय खर्च कटाएर जोडिई प्रतिवादीको आम्दानी कायम गरिनुपर्दछ । किनकि निज प्रतिवादीको ४९ रोपनी खेतियोग्य जग्गाको कृषि आय वार्षिक रू १,४८,१८८।हुने गरेको दावी गरेकोमा त्यस्तो आयलाई समावेश गरिएको छैन । वादीले आरोपपत्रमा दावी गरेको भन्दा बढी सम्पत्तिको स्रोत खुली पुष्टि भईरहेको तर्फ विशेष अदालतले ध्यान नै नदिई आयस्रोत भन्दा बढी रकम ५ प्रतिशत भन्दा कम रहेको भनी १,७१,६७५। को सम्पति बढी देखाई सफाइ दिएको भए पनि सो बढी देखाएको सम्पत्तिको समेत स्रोत कृषि आय, दाइजोपेवासमेतको रकमबाट पुष्टि हुने हुँदा सोको पुष्टि गरी विशेष अदालतबाट प्रतिवादीलाई सफाइ दिएको फैसला नै सदर कायम हुनुपर्छ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

त्यस्तै प्रतिवादी नारायण कार्कीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता कल्याण पोखरेलले निज प्रतिवादीको सम्पत्ति र निजले आर्जन गरेको सम्पत्तिको वास्तविक मूल्याङ्कन गरिनुपर्नेमा सो भएको छैन । प्रतिवादी नारायण कार्कीले गणेश अर्यालसँग बन्दाबन्दैको घर नक्सासहित खरीद गरेको हो र नगरपालिकाले समेत त्यस्तो नक्सासहित नामसारी गरी लिएको घर अध्यावधिक गरिसकेको अवस्था छ । प्रतिवादी गणेश अर्यालसँग कानूनबमोजिम रजिस्ट्रेसन गरी खरीद गरी लिएको घर जग्गालाई सो खरीद गरी लिएकै नाताबाट गणेश अर्यालसँग अवैध मिलेमतो देखाउन कदापि मिल्दैन । प्रतिवादी नारायण कार्कीले आफ्नो आवश्यकता अनुसार गणेश अर्यालसँग घरजग्गा खरीद गरेको कुरालाई कुनै नाता सम्बन्ध नभएका निजसँग जोडेर अभियोग लगाउन न्याय र कानूनको रोहबाट नमिल्ने हुँदा विशेष अदालतबाट सफाइ दिने गरी भएको फैसला नै सदर कायम हुनुपर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नुभयो ।

यसरी पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरूले गर्नुभएको बहस जिकिर सुनी पुनरावेदनपत्रसहितको मिसिल कागजात अध्ययन गरी हेर्दा प्रतिवादी गणेश अर्याललाई अवैधानिक आय आर्जन गरेको भनी रू ८२,४०,७०२।५६ को बिगो कायम भएको सम्पत्ति गैरकानूनी आर्जन भनी आरोप लगाइएको र सो आरोपका सन्दर्भमा विशेष अदालतबाट रू १,७१,६७५। को सम्पत्तिसम्म आयस्रोतबाट पुष्टि भएभन्दा बढीको देखिएको सो सम्पत्ति कूल सम्पत्तिको ५ प्रतिशत भन्दा कम रहेको भन्ने आधारमा आय र व्ययका बीचमा देखिएको अन्तर स्वाभाविक नै रहेको र यो सामान्य अन्तरले ऐनले व्यवस्था गरेको अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको कुरा देखिन नआएबाट प्रतिवादीउपरको आरोप पुष्टि हुन आएन भनी सफाइ दिएको देखिन्छ ।

वादी नेपाल सरकारको पुनरावेदनमा मूलतः प्रतिवादी गणेश अर्यालका दाजु भाइहरू बेग्लाबेग्लै बसी आआफ्नो खती उपति गर्दै आएकोमा एउटा भाइले जोडेको सम्पत्तिमा अर्को भाइको आय आर्जनमा गणना गर्न नमिल्ने अर्थात दाजु भाउजुको आय यी प्रतिवादीको आयमा गणना गर्न मिल्दैन । प्रतिवादी गणेश अर्यालले आफ्ना नामको काठमाडौं जिल्ला का.म.न.पा. १६बालाजु ५(ख) कि.नं ९९१ को जग्गा आफ्ना घनिष्ट सम्बन्ध रहेका नारायण कार्कीलाई आफ्नो नामको घर जग्गा सम्पत्तिलाई लुकाउन दबाउन हस्तान्तरण गरिएको, बहिनी गोमा खरेलका नाममा एउटा बैङ्कमा खाता हुँदाहुदै अर्को बैङ्कमा खाता खोली ईच्छाएको व्यक्ति आफू बसी आफ्नो रकम निज बहिनीको खातामा र कानूनी आर्जनको सम्पत्ति जम्मा गर्ने गरेको, विवाहमा गरेको खर्चको दृष्टिबाट दाइजोको रकम नगद १,५०,०००। प्राप्त हुन नसक्ने, भागिरथी भण्डारीको हिमालय बैङ्कमा रहेको खाताबाट झिकेको १९ लाखमध्ये रू. ३ लाख १३ हजारमा बालाजु ९(ख) कि.नं ६२७ को जग्गा खरीद गरेको भन्ने उल्लेख भए पनि सो जग्गा उक्त निकालेको रकमबाटै खरीद गरेको नभै अन्य रकमबाट खरीद भएको हुँदा सोही झिकेको रकमबाट खरीद गरेको भन्ने विशेष अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्ने जिकिर लिएको देखिँदा विशेष अदालत, काठमाडौंको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी गणेश अर्यालले कानूनबमोजिम सम्पत्ति विवरण पेश गर्दा आफ्नो नाममा वा अंशमा हक लाग्ने,सगोलको परिवारको नाममा रहेको वास्तविक सम्पत्ति भन्दा बढाई झूठ्ठा विवरण दिई आएको निजको आम्दानीको स्रोतको अनुपातमा अमिल्दो सम्पत्ति भएकोले स्रोत खुलेको सम्पत्ति रू.२२,७२,२२६।९८ मात्र भएको तर निज तथा निजको परिवारको नाममा कूल रू.१,०५,१२,९२९।५४ बराबरको चल अचल सम्पत्ति रही रू.८२,४०,७०२।५६ को सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१)बमोजिम गैरकानूनीरूपमा आर्जन गरी भ्रष्टाचारको कसूर गरेकोले निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), १५ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(२) एवम २०(२)बमोजिम सजायको माग गरी स्रोत नखुलेको सम्पत्ति जफत गरी सोबाट नपुग देखिए निजको हक लाग्ने अन्य सम्पत्तिबाट जफत हुन दावी लिएको देखिन्छ । साथै अन्य प्रतिवादी भागिरथी अर्याल, गोमा खरेल र नारायण कार्कीलाई निजहरूको नाममा प्रतिवादी गणेश अर्यालले गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्ति लुकाएकाले सो जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरेको देखिन्छ ।

३. विशेष अदालतले प्रतिवादी गणेश अर्याल र अन्य सगोलका अंशियारसमेतको आय व्ययसमेतको विश्लेषण गर्दा अंशियार र प्रतिवादीले रू.४१,६८,८८१। बराबरको सम्पत्ति जोडेको र खर्च गरेको तथा निज र अरू अंशियारको सोही अवधिमा रू.३९,९७,२०६। आय देखिन आई रू.१,७१,६७५। सम्म आयस्रोतबाट पुष्टि भए भन्दा बढी सम्पत्ति देखिन आई सो सम्पत्ति कूल सम्पत्तिको ५ प्रतिशतभन्दा कम रहेको भन्दै घरायसी व्यवहार, सामाजिक प्रचलन र आय व्ययको लेखा राख्न नपर्ने परम्पराको कारणबाट यथार्थरूपमा आयको स्रोत र खर्चको यकिनरूपमा किटान हुन नसक्ने भनी प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिएको पाइयो ।

४. वस्तुतः अभियोगपत्रमा प्रत्यर्थी प्रतिवादीको कूल सम्पत्ति रू.१,०५,१२,९२९।५४ बराबरको चल अचल सम्पत्ति रहेकोमा स्रोत नखुलेको सम्पत्ति भनी आरोपपत्रको तालिका नं. ४ मा प्रतिवादी गणेश अर्यालको नाममा रहेका काठमाडौं बालाजुको ५ (ख) कि.न.९९१ को  ०१५१ जग्गा र त्यसमा बनेको घरको रू.४३,४९,९१६। ६७ बालाजु ९(ख) कि.नं ६२७ को  ०१ रोपनी जग्गाको रू.४,५४,६८७।२५ निजको नाममा राष्ट्रिय वाणिज्य बैङ्क थापाथलीको खाता नं ९७४५ को बैङ्क मौज्दात रू.१०,५००।,भागिरथी भण्डारी(अर्याल) को नामको हिमालयन बैङ्क, ठमेलको खाता नं ३६३५३० जे को बैङ्क मौदात रू.२,३६,९७८।५० सोही खाताबाट २०५८।६।३० देखि २०५८।९।२६सम्म झिकी लुकाएको रू.१९,००,०००। तथा गोमा अर्याल  (खरेल) को नामको रा.वा.बैङ्क बानेश्वर शाखाको व.हि.नं.१७८४४बाट झिकेको रू.१७,२५,५५८।समेत गरी कूल जम्मा रू.८६,७७,६४०।२२रहेको देखाई तलब भत्ता तथा अन्य सुविधाबापत प्राप्त रू.४,३६,९३७।७८ घटाउँदा हुन आउने रू.८२,४०,७०२।५६ लाई देखाई स्रोत नखुलेको भनी मुख्य दावी लिएको देखिन आउँछ ।     

५. उल्लिखित स्रोत नखुलेको भनिएको सम्पत्ति धारकहरूमध्ये भागिरथी भण्डारी प्रतिवादी गणेश अर्यालकी पत्‍नी तथा गोमा अर्याल (खरेल) निज प्रतिवादीकी विवाहिता बहिनी रहेको तथ्य निर्विवाद छ ।  प्रतिवादी गणेश अर्यालको बाबु आमा, दाजु भाउजु, तथा श्रीमती सहित सगोलमा रहेको देखिएको र सगोलको आर्जित सम्पत्ति एक अर्काका नाममा रहेको भन्ने कुरालाई र सबै अंशियारको नाममा रहेको सम्पत्तिको जाँच अवधिमा खरीद बिक्री गरेको व्यवहारलाई अनुसन्धानको दायरामा राखी प्रतिवादी सगोलमा रही व्यवहार गरेको कुरालाई अभियोजन पक्षले स्वीकार गरेको देखिँदा प्रतिवादी गणेश अर्यालले आफ्नो निजी ज्ञान सीपबाट प्राप्त गरेको सम्पत्ति बाहेक अन्य सम्पत्ति सगोलको मान्नुपर्ने हुन आउँछ ।

६. वादीले स्रोत खुलेको सम्पत्तिको रूपमा राखेको सम्पत्ति जिल्ला रूपन्देही आनन्दवन गा.वि.स.स्थित प्रतिवादी गणेश अर्यालका दाजु डिलाराम अर्यालको नाममा रहेको कि.नं २७७ र २७८ को जग्गा र त्यसमा भएको घर तथा सरस्वती अर्यालको नाममा ने.बै.लि. मणिग्रामको खाता नम्बर ७८३६ मा रहेको रू.२०,८३१ ।समेतको रू.१८,३५,३८९।१२ बराबरको सम्पत्तिको स्रोत खुलेको भन्ने देखिन्छ । उक्त सम्पत्ति जग्गा २०५५।९।२६ मा रू.५६,०००। मा खरीद गरेको र त्यसमा आयोगले जग्गाको रू.८,००,०००। पर्ने भनी र सो स्थानमा २०५६ मा घर निर्माण भएको सो घरको लागत भन्ने देखिन्छ । रू ९०,,५७२। जग्गा खरीद बिक्री गर्दा लिखतमा उल्लेखित मोल मान्ने गरिएको र घरको निर्माणको प्रकृति अनुसार कायम भएको दररेटको आधारमा नै वास्तविक निर्माण खर्च लागेकोलाई मान्यता दिइँदै आएअनुरूप सो घर निर्माणमा लागेको उक्त लागतकै खर्च लागेको देखिँदा भनी उक्त घरजग्गाको कूल मूल्याङ्कन रू ९,६२,५७२। विशेष अदालतले कायम गरेको देखिन्छ । अचल सम्पत्तिको खरीदमा अन्यथा प्रमाणित नभएसम्म लिखित मूल्यलाई नै वास्तविक खरीद मूल्य कायम गर्ने गरी यस अदालतबाट यसअघि फैसला भएका यस्तै प्रकृतिका मुद्दाहरूमा फैसला भैसकेको हुँदा विशेष अदालतले कायम गरेको जग्गाको मूल्याङ्कन अन्यथा देखिएन । त्यसै गरी प्रतिवादी गणेश अर्यालले बालाजुस्थित कि.नं. ९९१ को जग्गा २०५७।५।२८ मा रू ५,३८,०००। मा खरीद गरेको भनी स्वीकार गरेको  र २०५८।१२।२९ मा बालाजुकै कि.नं ६२७ को जग्गा रू ३,१३,०००। मा खरीद गरेको भनी उल्लेख गरेको देखिँदा जग्गा खरीद गर्दा प्रतिवादीले खुलाएको मोल नै कायम गरेको जग्गाको कूल मूल्य रू ८,५१,०००। कायम गरेको विशेष अदालतको विश्लेषण अन्यथा देखिएन ।

७. प्रतिवादी गणेश अर्यालले कि.नं ९९१ को जग्गामा घर निर्माण गर्दागर्दैको अवस्थामा २०५८।५।२५ मा नारायण कार्कीलाई बिक्री गरेको अवस्था भएकोले सो घरमा निजको स्वामित्व कायम रहँदासम्मको अवधिमा रू ५,००,०००। लागेको प्रतिवादीले स्वीकारेको भनी विशेष अदालतले सोही कायम गरेको देखिन आउँछ परन्तु आरोपपत्रमा उक्त जग्गा नारायण कार्कीको नाममा राखी प्रतिवादीले लुकाएको र त्यसमा निर्माण सम्पन्न भएको मोल रू.२०,६२,४१६।६७ लागत मूल्य लागेको भनी दावी लिएको पाइन्छ । अब प्रतिवादी गणेश अर्यालले कि.नं ९९१ को जग्गामा निर्मित घरसमेत पूरै घरको लागत मूल्यसमेतको स्रोत पुष्टि गर्नुपर्ने हो,  होइन भन्नेतर्फ पनि विवेचना हुनुपर्ने देखिन आउँछ ।

८. उल्लिखित कि.नं.९९१ को ०१५१ रोपनी जग्गा २०५७।५।२८ मा खरीद गरी तथा सोही जग्गामा २१/२ तल्ला घर बनाउँन २०५८।४।२५ काठमाडौं महानगरपालिकाबाट नक्सा पास गरेको समेत देखिन्छ । तर नक्साअनुरूप घरको निर्माण सम्पन्न नभई २०५८।५।५ मा मोल रू.६,१०,०००। मा नारायण कार्कीलाई राजीनामा पारीत गरी दिएको घरको नक्सासमेत २०५८।१२।२९ मा नारायण कार्कीको नाममा नामसारी गरेको देखिएको छ । निज नारायण कार्की प्रतिवादी गणेश अर्यालका नातेदार वा अन्य कुनै सम्पति कारोबार वा व्यवहारमा हकवाला वा साझेदार हुन् भन्ने तथ्य मिसिलबाट कहीं देखिएको छैन । अर्कोतर्फ प्रतिवादी गणेश अर्यालउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९देखि गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको भन्ने सम्बन्धमा अनुसन्धानात्मक कारवाही गरेको देखिँदा वर्तमान भ्रष्टाचार निवारण ऐन, २०५९ आउनुअघि नै यो ऐन बन्ला र कारवाहीमा परिएला भन्ने पूर्वानुमान लगाई सम्पत्ति लुकाउन अन्यत्र हस्तान्तरण गरेको भन्नु न्यायसङ्गत हुने देखिँदैन । उक्त जग्गा रू.६,१०,०००। मा कम मूल्य राखी राजस्वमा फरक पारी पारीत गरेको भए लिखत पारीत गर्दा कानूनसङ्गत भए नभएको जाँचबुझ गर्ने काम लिखत पारीत गर्ने सम्बन्धित मालपोत कार्यालयको हो । कम मूल्याङ्कन राखी राजस्व छली गरेको भन्ने सम्बन्धमा सम्बन्धित मालपोत कार्यालयका कर्मचारी तथा लिखत गर्ने व्यक्तिहरूउपर कारवाही भई अन्यथा भएको भन्ने पनि देखिएको छैन । पारीत लिखत यथावत कायम रहेको अवस्थामा अन्यथा भनी रहन परेन । यस अवस्थामा उक्त कि.नं ९९१ को जग्गा खरीद गर्दा परेको मूल्य रू.५,३८,०००। तथा त्यसमा निर्माण भएजतिको घर निर्माण लागत ५,००,०००। परेको भनी प्रतिवादीले स्रोत पुष्टि गर्ने सम्पत्तिको रूपमा उक्त घर जग्गाको बिगो कायम गरेको र घर जग्गा विधिवत रूपमा प्रतिवादीका नाममा नरही बिक्री भै गईसकेको अवस्थामा विशेष अदालतको निष्कर्षउपर पुनरावेदनमा प्रश्न उठाइएको उचित देखिन आउँदैन ।

९. आफ्नो नाममा जग्गा खरीद भै घर निर्माणको लागि नक्सा पास गरेको भए पनि निर्माण सम्पन्न हुनुअगावै ससिमरूपमा सम्पूर्ण घर जग्गा बिक्री गरी अर्काका नाउँमा गएको र खरीदकर्ताले विक्रेताकै हो भनी स्वामित्व समर्पण नगरेको अवस्थामा पनि प्रतिवादीले बिक्री गरे पश्चात पनि निजकै स्वामित्वमा रहेको मान्ने कुनै कानूनी एवं विवेकसङ्गत आधार रहेन । यस्ता तर्क गर्ने हो भने बिक्री गरेर पनि बिक्री नहुने र बिक्री गरेपश्चात पनि बिक्रेताले बिक्रि भएको सम्पत्तिउपर आफ्नो हकको दावी गर्न सक्ने अनौठा सम्पत्तिसम्बन्धी कानूनी अवधारणा विकसित हुन जान्छ । कसैको नाउँमा सम्पत्ति लुकाउने कुरालाई बेग्लै कानूनको माध्यमद्वारा नियमित गर्ने व्यवस्था भएमा बाहेक भैरहेका कानून र विधिशास्त्रमा स्वीकृत नभएको यस्तो तर्क गर्ने हो भने सम्पत्तिसम्बन्धी कानूनको आधारभूत जग नै भत्किन जाने र कोही पनि जग्गाधनी वा सम्पत्तिको मालिक कानूनीरूपले सुरक्षित नरहने अवस्था आउँछ । यस्तो अप्रत्याशित तर्क गर्नुले समाजलाई समग्ररूपमा विचलित गराउन सक्ने हुनाले समेत आरोपपत्रको मागबमोजिम नारायण कार्कीको नाउँमा विधिवत् गै सकेको सम्पत्तिमा प्रतिवादी गणेश अर्यालको हक रही रहेको भन्ने जिकिर सर्वथा स्वीकार्य भएन । तसर्थ त्यस सम्बन्धमा विशेष अदालतको निष्कर्षमा असहमत रहनुपर्ने कारण देखिएन ।

१०. त्यस्तै नगद तथा बैङ्कको रकम सम्बन्धमा आरोपपत्रमा स्रोत खुलेको सम्पत्तिमा सरस्वती अर्यालको नामको ने.बै.लि. मणिग्रामको खाता नं ७८३६ को बैङ्क मौज्दात रू.२०,८३१। लाई स्रोत खुलेको भनी सो सम्बन्धमा दावी लिएको देखिँदैन । तर गणेश अर्यालको रा.वां.बैङ्क थापाथलीको खाता नं ९७४५ मा मौज्दात रहेको रू.१०,५००।, भागिरथी भण्डारी (अर्याल)को हिमालयन बैङ्क ठमेलको खाता नं ३६३५३० जे मा मौज्दात रहेको रू.२,३६,९७८।५० निजले सोही खाताबाट मिति २०५८।६।२० देखि २०५८।९।२७सम्म झिकी लुकाएको रू.१९,००,०००। तथा गोमा अर्याल (खरेल) को रा.वा.बैङ्क बानेश्वर शाखामा रहेको रकममध्ये रू.१७,२०,०००। झिकेको र मौज्दात रू.५५५८। समेत रू.१७,२५,५५८।समेत रू.३८,७३,०३६।२५ भनी स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको रूपमा दावी लिएको देखिन्छ । प्रतिवादीले रा.वा.बैङ्क थापाथलीमा रहेको रकम रू.१०,५००। तथा हिमालय बैङ्क ठमेलमा भागिरथी भण्डारीको नामको रकम रू.२,३६,९७८।५० लाई स्वीकार गरे पनि सो बैङ्कबाट झिकिएको रू.१९,००,०००। भने गाउँका व्यक्तिहरूले विदेश जान भनी श्रीमतीको खातामा जम्मा गरी झिकी लगेका, कि.नं ९९१ को जग्गा बिक्रिबाट प्राप्त रकम जम्मा गरी कि.नं ६२७ को जग्गा खरीद गर्न केही झिकेको तथा रू. १,००,०००। दाजु उमाकान्त दक्षिण कोरिया जाँदा झिकिएको भनी जिकिर लिएको पाइन्छ । त्यस्तै गोमा अर्यालका नामको रा.वां. बैङ्क बानेश्वरमा रहेको रकम आफ्नो नभै बहिनीकै रहेको उल्लेख गरेको पाइन्छ । विशेष अदालतले गोमा अर्यालका पति अमेरिकामा रही रकम आउने सम्भावित स्रोत रहेको, गोमा अर्यालले जग्गा खरीद गरी घर बनाएको आयोगले स्वीकार गरेको भन्दै उल्लिखित रकम प्रतिवादी गणेश अर्यालको पुष्टि नभएको भनी विश्लेषण गरेको देखिन्छ । उक्त विश्लेषण मौजूद प्रमाणको आधारहरूमा अन्यथा देखिएन । प्रतिवादी भागीरथी भण्डारीको खातामा जम्मा भएको रकमको सम्बन्धमा जाँचबुझ गर्न खोज्नु स्वाभाविक भए पनि खाताबाट झिकिएका रकम अर्थात खातामा बाँकी नै नरहेको रकमको स्रोत पुष्टि गर्नुपर्ने अवस्था रहँदैन । खाता खोली बैङ्‌किङ कारोबार गर्नु स्वाभाविक रूपमा भै रहने कुरा हो । त्यो सञ्चय वा सुरक्षा वा जुनसुकै कारणले खातामा जम्मा गरी कारोबार गरिदिएको हुन सक्छ । खाताबाट झिकिएका रकमहरू आफ्नो फौज्दारी दायित्वबाट बच्ने उद्देश्यले कतै लुकाएको भन्ने हो भने त्यो तथ्यगत हिसाबले नै पुष्टि गर्नुपर्ने हुन्छ । खाताबाट रकम झिकिनु नै रकम लुकाएको अनुमानको आधार बन्न सक्तैन । यस्तो प्रश्नहरूमा अपराध अनुसन्धानको पक्ष सतही नबनी गम्भीर र क्षमतावान हुन जरूरी छ । यथार्थमा कुनै राष्ट्रसेवकले अमूक सम्पत्ति कति आर्जित गर्‍यो भन्ने प्रयोजनको लागि तत्काल कति उसको साथमा वा नियन्त्रणमा छ भन्ने आधारमा मूल्याङ्कन गरिने हो न कि कति थियो वा हुन सक्थ्यो होला भनी अनुमान गर्ने हो । यसरी हेरेमा विशेष अदालतले उक्त प्रश्नमा गरेको निष्कर्ष त्रुटिपूर्ण भन्न मिल्ने देखिँदैन ।

११. जहाँसम्म भागिरथी अर्यालको नामको हिमालयन बैङ्कबाट झिकेको रू.१९,००,०००। को प्रश्न छ त्यसतर्फ हेर्दा, प्रतिवादीको जिकीरबमोजिम विदेश जाने व्यक्तिहरूले रकम राखेको र झिकेको पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नभएको अवस्था छ । सो रकम झिकिएको समयमा प्रतिवादीले कि.नं ६२७ को जग्गा २०५८।१२।२९ मा खरीद गर्दा रू.३,१३,०००। लागेको भनी बाँकी रकम रू.१५,८७,०००। प्रतिवादीकै साथमा रहेकोसमेत रू.१८,५५,३०९ । लाई प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको रूपमा राखेको मनासिबै देखिन्छ । उपरोक्तानुसार प्रतिवादीको स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिको रूपमा अचल सम्पत्ति जग्गा र घरसमेतको लागत खर्च रू.२३,१३,५७२।बैङ्क मौज्दात तथा नगद रू.१८,५५,३०९ ।देखिन आयो ।

      १२. आरोपपत्रमा प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने भनी अन्य कुनै पनि सम्पत्ति देखाइएको र दावी गरिएको पाइँदैन । दावी लिने सम्बन्धित निकायले स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति नदेखाएको अवस्थामा थप विवेचना गरिरहनु परेन । यस अदालतबाट यसअघि फैसला भएका यस्तै प्रकृतिका मुद्दाहरूमा कायम भएका न्यायिक सिद्धान्तअनुकूल विशेष अदालतबाट मूल्याङ्कन कायम गरिएको देखिन्छ । बैङ्क नगद सम्बन्धमा प्रतिवादीले ब्याजको रकम पनि परेकोले स्रोत पुष्टि गर्ने रकम कमी भएको जिकीर लिएको अवस्था नभएको अवस्थामा प्रतिवादीले स्रोत पुष्टि गर्नुपर्ने कूल सम्पत्ति रू ४१,६८,८८१। कायम गरेको मनासिब देखिन आयो ।

       १३. अब उल्लिखित बिगोबमोजिमको सम्पत्ति गैरकानूनीरूपमा प्रतिवादीले आर्जन गरेको हो, होइन भन्नेतर्फ प्रतिवादीको आयका वैधानिक स्रोत र त्यसबाट प्राप्त आयलाई विश्लेषण गरेर हेर्नुपर्ने हुन्छ ।प्रतिवादी गणेश अर्याल एकासगोलको परिवारबाट छुट्टिएको भन्ने देखिएको छैन । पिता देवीराम अर्यालको नाममा गुल्मी जिल्ला अर्जे गा.वि.स.मा ३९० रोपनी जग्गा रहेको मिसिलबाट देखिएको छ । सो बाहेक २०४४।१।१६ देखि २०५५।१२।१६ सम्म पटकपटक गरी ५९१ रोपनी जग्गा रू २,९०,०००। मा बिक्री गरेको भन्ने आरोपपत्रमा उल्लेख भएको देखिन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रतिवादी गणेश अर्यालका पिता देवीराम अर्यालसँग लिएको बयानमा वडा न. २ को बिक्री गरेका केही जग्गा पारीत गर्न बाँकी रहेको र जग्गा बिक्री गरेको रकम कान्छो छोराले चलाएको उल्लेख गरेको देखिन्छ । निज देवीरामले गुल्मी अर्जेका कि.नं ५६१ को १३ मा गोपालप्रसाद अर्याललाई तथा कि.नं ५२५ को २० रोपनी जग्गा सोमनाथ चालिसेलाई २०५८।११।१४ मा घरायसी राजीनामा पारीत गरिदिएको देखिन्छ । उल्लिखित जग्गाहरू तत्‌तत् व्यक्तिहरूलाई २०५९।१२।६ मा घरायसी मूल्यलाई नै कायम गरी र.नं २११२ र २१११ बाट पारीत गरिदिएको पारीत लिखतका प्रेषित प्रतिलिपिबाट देखिएको छ । उल्लिखित जग्गाबाट रू ४,६०,०००।प्राप्त भएको भन्ने देखिन आउँछ ।

      १४. प्रतिवादी गणेश अर्यालको पारिश्रमिक तथा तलब भत्तासमेतको आयतर्फ हेर्दा निज २०५१ साल साउन महिनादेखि पुनरावेदन अदालत, हेटौंडामा ना.सु. मा सेवा प्रवेश गरेको, २०५३।९।८ देखि शाखा अधिकृतमा नियुक्ति भएको भन्ने देखिन्छ । विशेष अदालतले प्रतिवादीले पेश गरेका तलब भत्ता सञ्चयकोष, संसदमा रिपोर्टिङ व्यक्ति भै काम गरेको समयमा प्राप्त गरेको रकम आदि सम्बन्धमा पेश गरेका आधिकारिक कागजातबाट २०५९ भदौसम्म कूल रू.५,९९,९४८।प्राप्त गरेको निष्कर्ष निकालेको देखिन्छ । वादीले उक्त रकमलाई अन्यथा भन्न सकेको नदेखिएकोले मिसिल संलग्न कागजातबाट पुष्टि भएको तलब भत्तासमेत बापतको हुने रू.५,९९,९४८। लाई अन्यथा भनिरहनु   परेन ।

      १५. पुनरावेदक वादीले प्रतिवादीको आय तथा स्रोतपुष्टि गर्नुपर्ने सम्पत्तिको विवेचना र विश्लेषण गर्दा प्रतिवादीका दाजु भाउजुका नाममा खरीद गरिएका जग्गा तथा निजहरूले गरेका आम्दानीसमेतलाई स्रोत पुष्टिको आधारको रूपमा लिइएको अवस्था छ । अभियोजन गर्ने वादीले नै बाबु, दाजु, भाइ लगायत अंशबन्डा नछुट्टिएका सबै अंशियारको सम्पत्ति तथा आयलाई एउटै बास्केटमा राख्ने गरेको अवस्थामा यस अदालतले यो मुद्दाको हकमा अभियोजन दावी प्रतिकूल हुने गरी बिनाआधार प्रमाण अन्यथा भन्ने अवस्था देखिन आउँदैन । स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति र आयको मूल्याङ्कन गर्दा अभियोजन पक्षले कसरी अनुसन्धान गरेको छ, सगोल परिवारका सदस्यहरूका आय तथा निजहरूको नाममा भएका सम्पत्तिलाई कुन दृष्टिकोणबाट मूल्याङ्कन गरेको भन्ने तथ्यले यसप्रकारका मुद्दाहरूको प्रकृति उस्तै भए पनि स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति त्यस्तो सम्पत्ति आर्जन गर्दा लगानी भएको सम्पत्तिको स्रोतलाई हेरेर प्रतिवादीको आय कायम गर्नुपर्ने हुन्छ । मूलतःवादी पक्षले प्रतिवादीले गैरकानूनीरूपमा आय प्राप्त गरेको भनी अभियोग लगाउनुपूर्व निजको तत्कालिक निजी पारिवारिक आय र सम्पत्ति तथा निजको आफ्नो समग्र आयको वासलात वार्षिक रूपमा के कस्तो थियो भनी खुलाउन सकेको भए निजको आयको वैधता वा अवैधताको स्थिति प्रष्ट हुने थियो । अनुसन्धानको चरणदेखि नै बुझिएका परिवारका सदस्य भनेका व्यक्तिहरूलाई अविभाजित संयुक्त परिवारको सदस्य मानी बयान बरबुझारथ गरी सगोलमा नै आयको आँकलन गरी अभियोग लगाइएको अवस्था हुँदा अब प्रतिवादीलाई पारिवारिक सयुंक्त आयको लिखतबाट छुट्याउन मिल्ने अवस्था रहेन ।

      १६. प्रस्तुत पुनरावेदनपत्रमा दाजु भाउजुले कमाएको रकम, निजहरूको नाममा रहेको सम्पत्तिलाई प्रतिवादीको कायम गर्न नमिल्ने भन्ने जिकिर लिएको देखिन्छ । परन्तु ,आरोपपत्रमा प्रतिवादीका दाजु भाउजुको नाममा रहेको सम्पत्ति त्यस्ता सम्पत्ति, आर्जनको स्रोतलाई सम्पत्ति मूल्याङ्कन र आयको दायरामा ल्याएको अवस्था छ र पुनरावेदनपत्रमा अदालतले त्यसो गर्न नमिल्ने भनी जिकीर लिइन्छ भने अभियोजनकर्ता नै दोहोरो भूमिकामा प्रस्तुत भएको हुनजान्छ । प्रस्तुत मुद्दासँग यी प्रतिवादी गणेश अर्यालका दाजु भाउजुसमेतको नाममा सम्पत्ति तथा आयको स्रोतलाई के कुन आधारमा यस मुद्दाको सादृश्यतामा राखेको हो भन्ने अभियोजनकर्ताले स्पष्ट गर्न सकेको देखिन आउँदैन । गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको भनी मुद्दाको दायरामा ल्याइने सम्पत्ति तथा त्यस्ता सम्पत्ति आर्जनसम्बन्धी स्रोतलाई स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति र आयको समदायरामा ल्याउने अभियोजनको काम भएको हुन जान्छ भने ती सबैलाई अदालतले हेर्नुपर्ने हुन्छ । प्रस्तुत पुनरावदेनमा जिकीर लिइएबमोजिम प्रतिवादीका दाजु भाउजुका नामका सम्पत्ति र ती सम्पत्ति आर्जनका स्रोतलाई अदालतले नहेरोस भन्ने हो भने त्यस्ता कुराहरूको अनुसन्धान गरे पनि अभियोजनको दायरामा राख्नु हुँदैन ।

      १७. यी प्रत्यर्थी प्रतिवादीका दाजु डिलाराम अर्याल ३ नोभेम्वर १९७८ देखि ३१ अक्टोवर २००६सम्म भारतीय सैनिक प्रहरीमा कार्यरत् रहेको तथा निज कार्यरत् भारत सरकारको निकायले प्रमाणित गरी दिएको सक्कल कागजातबाट देखिँदा सो अवधिमा निजले प्राप्त गरेको रकम रू.१७,६०,०००। लाई अन्यथा मान्नुपर्ने देखिंदैन । त्यस्तै गरी  निजकी पत्‍नी प्रतिवादीकी भाउजु सरस्वती अर्यालले नेपाल रेडक्रस सोसाइटी गुल्मीमा तथा आनन्दवन नमूना गा.वि.स. रूपन्देहीमा सि.एम.ए पदमा कार्यरत् हुँदा प्राप्त गरेको रकम  रू ३,६४,६०० । सक्कल कागजातसमेतको मूल्याङ्कनबाट देखिँदा सो रकमसमेत निजको आयमा समावेश गर्नुपर्ने देखिन्छ । त्यस्तै गरी प्रतिवादी गणेश अर्यालले २०५१ देखि २०५९ भदौसम्म सरकारी सेवा गरे बापत पारीश्रमिक र अन्य विभिन्न सुविधासमेतको रकम प्राप्त गरेको भनी पेश गरेको विवरणमा आयोगको अन्यथा भनाई नरहेकोले रू.५,९९,९४८। निजले सो अवधिमा पारिश्रमिक तथा अन्य विभिन्न सुविधा बापतमा प्राप्त गरेको रकम वैध मान्नुपर्ने नै देखिँदा निजहरूलाई कूल रू.२७,२४,५४८। प्राप्त गरेको भन्ने विशेष अदालतको निष्कर्षलाई प्रस्तुत मुद्दाको हकमा अन्यथा भन्न मिलेन ।

      १८. आय आर्जनका वैधानिक स्रोतहरू देखिएका छन् र बैङ्क खाताहरूमा मौजदात पनि देखिन्छ र अभियोग लगाउँदा साँवा ब्याज छुट्याई ब्याजको दावी लिइएको छैन भने ब्याजलाई आयको रूपमा गणना नगर्नेतर्फ सोच राख्न सकिन्छ । परन्तु अभियोजन दावीमा बैङ्क मौज्दातलाई साँवा ब्याज नछुट्याई एकमुष्ट दावी लिइएको छ र त्यस्तो मौज्दातको वैधानिक स्रोत देखिन्छ भने त्यस्तो रकमको बैङ्क स्टेटमेन्टबाट देखिएको ब्याजको रकमलाई आय अंशको रूपमा नराखी हेर्नु न्यायसङ्गत पनि हुँदैन । यस परिप्रेक्ष्यमा विशेष अदालतले बैङ्क स्टेटमेण्टबाट देखिएको प्रतिवादी गणेश अर्याल, भागिरथी भण्डारी अर्याल तथा सरस्वती अर्यालका बैङ्क खातामा जम्मा भएको रकमबाट प्राप्त ब्याज रू २,२२,६५८। लाई आयको रूपमा मान्यता दिएकोलाई पनि अन्यथा भन्नुपर्ने अवस्था छैन ।

      १९. हाम्रो समाजको बनौट, परम्परा र सँस्कृतिलाई हेर्दा वैवाहिक कार्यक्रममा चलन र रीत अनुसार माइतीपक्षतर्फबाट दुलहीलाई हैसियत अनुसार स्वेच्छाले केही दान दक्षिणा तथा दाइजोको रूपमा नगद वा जिन्सी दिने गरेको पाइन्छ । परन्तु यस्ता चल सम्पत्तिहरू दिंदा लेखाजोखा गरी लिखत गरी लिने दिने कानूनी प्रबन्धसमेत देखिँदैन । यस अवस्थामा वैवाहिक कार्यक्रममा वा त्यसपछि पनि माइतीपक्षले दिएको दाइजोको सम्पत्ति यति नै हो वा थियो भनी यकिनसाथ भन्न सकिने अवस्था हुँदैन । यस्तो असजिलो परिस्थितिमा दावी गरिएको रकमको सम्पत्तिको परिमाण र परिस्थितिलाई मूल्याङ्कन गरेर नै दाइजोको मनासिब मात्रामा रकमको निर्धारण गर्नुको अन्य विकल्प देखिँदैन ।

      २०. प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा यी प्रतिवादी गणेश अर्यालको विवाहमा पत्‍नीलाई करिब रू.तीन लाख जति दाइजो प्राप्त भएको जिकीर लिएको देखिन्छ । परन्तु विशेष अदालतले दाइजोको रूपमा नगद रू. एक लाख पचास हजारप्राप्त हुन सक्ने ठहर्‍याएको देखिन्छ । दाइजोको निर्धारण लेखाजोखा वा लिखत नहुने अनुमानमा नै आधारित हुने भएको हुँदा तथ्यगत परिस्थितिलाई आँकलन गरी विशेष अदालतले निकालेको निष्कर्षलाई अन्यथा भन्नुपर्ने स्थिति छैन ।

      २१. प्रतिवादी गणेश अर्यालले बालाजु स्थित कि.न. ९९१ को जग्गा २०५७।५।२८ मा खरीद गरेको रकम निजको नोकरी निजकी पत्‍नी, भाउजु तथा भारतमा भारतीय सेनामा कार्यरत् दाजु तथा पैतृक जग्गासमेतको बिक्रीसमेतलाई दृष्टिगत गर्दा वैधानिक नै देखिन आउँछ । वैधानिक आयबाट खरीद गरिएको सम्पत्ति बिक्रि गर्दा प्राप्त रकम पनि वैधानिक आय नै हुन्छ  । उक्त जग्गा तथा निर्माणाधीन घरसमेत निज प्रतिवादीले रू ६,१०,०००। मा २०५८।५।२५ मा बिक्रि गरेको पारीत लिखतबाट देखिँदा सो रकमलाई आयकै रूपमा गणना गर्नुपर्ने हुन आउँछ ।

      २२. माथि विवेचित आयको रकमलाई हेर्दा जग्गा बिक्रिबाट १०,७०,०००। तलबभत्तासमेत रू.२७,२४,५४८।, बैङ्क ब्याज रू.२,२२,६५८।, दाइजो रू.१,५०,०००।समेत जम्मा रू.४१,६७,२०६।–  देखिन्छ । उक्त आयको कूल योग रू ४१,६७,२०६।र स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति रू ४१,६८,८८१ देखिन आई रू.१६७५ । को स्रोत पुष्टि भएको देखिँदैन । परन्तु प्रतिवादीले कि.न. ९९१ को जग्गा तथा पहाडको कि.नं. ५६१ र ५२५ को बिक्री गरेपछि कि.नं ६२७ को जग्गा २०५८।१२।२ मा खरीद गरेको देखिएको अवस्था हुँदा कि.नं. ६२७ को जग्गामा परेको रकमको अलग्गै पुष्ट्याइँ गरिनु नपर्ने हुँदा स्रोत पुष्टि गर्नुपर्ने सम्पत्तिबाट सो रकम घटाउँदा स्रोत पुष्टि गर्नुपर्ने सम्पत्ति भन्दा आय नै बढी देखिन आउँछ । यसरी वैधानिक आयका स्रोतहरूबाट प्राप्त आय बढी देखिएको अवस्थामा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको भन्ने दावी खम्बिर भएको देखिन आएन ।

      २३. वस्तुतः गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसूर अन्य सामान्य प्रकारका फौजदारी कसूरहरू भन्दा विशेष प्रकारको कसूर भएको र यो कसूर कुनै काम वा घटना भएपछि प्रकाशमा आउने जस्तो प्रकृति यसमा हुँदैन । प्रतिवादीको देखिने हैसियत भन्दा बढी आर्थिक हैसियतका क्रियाकलाप वा जीवनयापनको शैली जस्ता कुराहरूलाई अन्जाम गरी त्यो क्रियाकलाप सुहाउने वैधानिक आयका स्रोत नदेखिएमा यससम्बन्धी कसूरको अनुसन्धान तहकीकात गरिने हुन्छ । आयका स्रोतहरू, आर्थिक कारोबार र व्यवहारहरू प्रतिवादी सरकारी वा सार्वजनिक सेवामा प्रवेश गरेदेखिका कुराहरूलाई केलाउनुपर्ने हुन्छ । प्रतिवादीको आय व्ययलाई सगोलरूपमा राखिएको छ वा प्रतिवादीलाई सगोल परिवारको सदस्यको रूपमा हेरिएको छ भने सगोल परिवारका सदस्यको आय व्ययका स्रोतहरूलाई अभियोजन पक्षले केलाउनै पर्ने दायित्व हुन्छ । प्रतिवादीले सगोल आयलाई देखाउँछ भने त्यसको वास्तविकतालाई नकेलाई वा नबुझी अनुमानित रूपमा इन्कार गर्नु उपयुक्त मान्न सकिँदैन । तसर्थ यसप्रकारका मुद्दाहरूको अनुसन्धान र अभियोजनको कार्यमा प्रतिवादीको हैसियतलाई अन्य परिवारसँग सांपेक्षित रूपमा राखिएको छ वा निरपेक्ष रूपमा हेरिएको छ भन्ने कुरामा तथ्यले प्रभाव पार्ने नै हुन्छ । तसर्थ, यसप्रकारका मुद्दाहरूको निर्णयको सन्दर्भमा पनि आय र व्ययका गणनालाई प्रतिवादीको पारिवारिक हैसियतको अवस्थाले फरक आधार तय गर्ने गर्दछ । त्यसैले मुद्दाको प्रकृती समान हुँदैमा त्यस्ता समान प्रकृतिका मुद्दाको तथ्यमा आधारित भै गरिएको विश्लेषणका कतिपय कुराहरूलाई समान दुष्टिकोणबाट हेर्न सकिने हुँदैन । मुद्दाको प्रकृति समान भए पनि तथ्यमा फरक हुर्ने हुँदा यो कुरालाई सबैले मनन गर्नु पनि आवश्यक छ ।

      २४. अतः प्रस्तुत मुद्दाको सन्दर्भमा प्रत्यर्थी प्रतिवादी गणेश अर्याललाई सगोल परिवारकै सदस्यको रूपमा अभियोजन पक्षले स्वीकार गरेको, प्रतिवादीका दाजु भाउजुको सम्पत्तिलाई अभियोजनको दायरामा राखी स्रोत पुष्टि भएको वा नभएको भनी यकिन गरी दावी लिएको सन्दर्भ हुँदा विशेष अदालतले अभियोजन दावीको प्रकृतिलाई दृष्टिगत गरी सगोल परिवारसहितको प्रतिवादीको आर्जनलाई न्यायोचित अनुमानको आधारमा स्वाभाविक र अस्वाभाविक भनी छुट्याउनुपर्ने अवस्था रहेको र आय र व्ययको बीचमा देखिएको अन्तर कम हुँदा प्रतिवादी गणेश अर्यालको आर्जन स्वाभाविक रहेको देखिँदा प्रतिवादी गणेश अर्यालको आर्जनलाई गैरकानूनी नठहर्‍याई अभियोग दावीबाट सफाइ दिने ठहर्‍याएको विशेष अदालतको मिति २०६३।१०।२३ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. कमलनारायण दास

 

इति संवत् २०६९ साल कातिक २७ गते रोज २ शुभम् ।

 

इजलास अधिकृत : श्रीप्रसाद संजेल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु