शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४५१ - ज्यान

भाग: २३ साल: २०३८ महिना: असार अंक:

निर्णय नं. १४५१     ने.का.प. २०३८                        अङ्क ३

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३७ सालको फौ.सा.नं. ८६

फैसला भएको मिति :      २०३८।३।२।६ मा

वादी : केशवर मण्डर खत्वेको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : केशवर मण्डर खत्वे

मुद्दा : ज्यान

(१)   जाहेरीमा लेखिएका व्यक्ति र अदालतमा बयान गर्दा लेखिएका व्यक्ति फरकफरक देखिन आएकोले निज प्रतिवादीले नै मारेको हो कि भन्न पनि तथ्य सबूत प्रमाण मिसिलबाट केही नदेखिएको, शंकाको सुविधा अभियुक्तले पाउने ।

(प्रकरण नं. १५)

फैसला

            प्र.न्या. नयनबहादुर खत्री : तिवादीलाई सफाई दिई मध्यमाञ्चल क्षेत्रीय अदालतले जाहेर गरेकोले यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    ०३३।७।२८ गते बेलुका गुदर महतो कोइरीसँग लिनु पर्ने रुपैयाँ७५०।लिन वर्ष ९ कि छोरी जसोदी खत्विनीलाई लिई जाँदा तलाई रुपैयाँदिनु पर्ने छैन भनी गाली दिएकोले बाद विवाद हुँदा रामचलित्र साहुतेली गुदर महतो कोइरी रामदेव महतो कोइरी समेत चिनेका र अरू नचिनेका ९ जना हातमा लाठी लिई कुटपिट गरी साथमा भएको भा.रू.७०९ खोसे ज्यान मार्न लागे भनी भागेको, पछि निजहरू फर्की गई सकेपछि छोरी खोज्दै जाँदा घटनास्थल मै छोरीको मृत्यु भएको पाइएकोले अपराधीहरू लाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने समेत केशवर मण्डर खत्वेको जाहेरी दरखास्त ।

            ३.    घाँटीमा कालो दाग डोरी कसेको जस्तो भएको अन्य जिउ कुनै ठाउँमा चोट पटक नभएको जसोघी खत्विनीको लाश फेला परेको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

            ४.    कुनै चिजको घाँटीमा बाहिरी दवाव परी सास रोकिनाले मृत्यु भएको देखिन्छ भन्ने समेत मेडिकल फिसरको राय ।

            ५.    जाहेरवाला आफैंले आफ्नो छोरी मारी अरूलाई फसाउन झुठ्ठा जाहेरी दिएका हुन भन्ने समेत सरजमीन मुचुल्का ।

            ६.    गुदर महतो कोइरीसँग रू.७५०।लिनु पर्ने गुदरले एक पैसा पनि दिनु छैन भनेकोले के गरी फसाउने तर्क वितर्क गरी छोरोलाई आफैं मार्छु अनि छोरी मारि दिए भनी दरखास्त दिन्छु भन्ने पाप चिताई रक्सी किनी छोरीलाई पनि ख्वाए र आफूले पनि खाँए, छोरी रक्सीले लठ भएकोले छोरी लिँदै गलादावी भएकोले मारेको हुँ भन्ने समेत केशवर मण्डर खत्वेले प्रहरीमा गरेको बयान ।

            ७.    ०३३।७।२८ का दिन त्रिभुवन नगरमा हठियाको दिन भएकोले दिनभर बजारमा बसी बेलुका घर गई खानपिन गरी सुेत । उक्त दिन केशवर मण्डर र निजको छोरीलाई देखेको छैन र कुटपिट गरेको पनि होइन भन्ने समेत रामचलित्र साहुको बयान ।

            ८.    केशवर मण्डरलाई रुपैयाँतिर्नु बुझाउन बाँकी थिएन । निज लिन आएको पनि छैन र निजको छोरी जसौदीलाई कुटपिट गरी मारेको समेत होइन भन्ने समेत गुदर महतो कोहरीको बयान ।

            ९.    गुदर महतो, रामदेव, रामचलित्र समेत उपर मुद्दा नचलाउने अभियुक्त केशवर मण्डर उपर ज्यान सम्बन्धीको १३(३) बमोजिम सजाय हुनुपर्ने भनी पेश गरेको प्रहरी प्रतिवेदन ।

            १०.    प्रहरीमा भएको कागज कुटपिट गरी सहिछाप गराएका हुन मैले आफ्नो छोरीलाई आफैंले मारेको होइन संता रामइश्वरी देवीदत्तसमेतले मारेको हुन भन्ने समेत केशवर मण्डर खत्वेले अदालतमा गरेको बयान ।

            ११.    जसौधी कहाँ कसरी के भई मरी कुनै कुरा मलाई थाहा छैन र उक्त घटना त्यहाँ घटेकै छैन सरजमीन मुचुल्का मेरो रोहवरमा भएकोले मलाई झुठ्ठा आरोप लगाएका हुन भन्ने समेत देवीदत्तले अदालतमा गरेको बयान ।

            १२.   अभियुक्त केशवर मण्डरले गुदर महतोलाई फसाउन आफ्नो छोरीलाई गला दवाई मारेको भनी प्रहरीमा सावित भएको लाश पोष्टमार्टमबाट कुनै चिजको घाँटीमा बाहिरी दवाव परी सास रोकिनाले मृत्यु भएको देखिन्छ भन्ने उल्लेख भएको देखिएको र सरजमिनका मानिस अदालतमा उपस्थित भई गरेको बकपत्रबाट पनि अभियुक्त केशवर मण्डर निरपराधी हो भन्ने कुरा उल्लेख गरेको नपाइएको समेतबाट आफ्नो छोरी जसोधीलाई केशवर मण्डरले नै कर्तव्य गरी मारेको ठहर्छ । जसोधीलाई मार्दाको अवस्था रक्सी खाई मस्त भएको थिए, छोरीलाई पनि रक्सी ख्वाई ल्याएको थिए भन्ने लेखाई भएकोले जन्मकैदको बदला कैद वर्ष १० दश हुनुपर्ने जस्तो लागि जाहेर गरेको छु भन्ने समेत ०३४।७।१६ को सर्लाही जिल्ला अदालतको जाहेरी फैसला ।

            १३.   उक्त फैसला चित्त बुझेन भनी अभियुक्तले मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदन ।

            १४.   अभियुक्त केवशर मण्डर माथि लगाएको अभियोग कुनै किटानी प्रमाणबाट प्रमाणित हुन नसकी शंकासम्म देखिएकोले सर्लाही जिल्ला अदालतले केशवर मण्डरलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको फैसला कानूनसंगत नहुँदा उल्टी हुने र प्रतिवादीले सफाई पाउने ठहर्छ भन्ने समेत ०३६।१।१८।३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको जाहेरी फैसला ।

            १५.   यसमा छोरी जसोधी मारिएको सम्बन्धमा जाहेरवाला केशवर मण्डर खत्वेले प्रहरीमा गुदार महतो कोइरी, रामचरित्र साहु र रामदेव महतो कोइरीलाई दोषारोपण गरी जाहेरी दिई निजैले प्रहरीमा बयान गर्दा आफैंले छोरीको गला दबाई मारेमा सावित रहेको देखिन्छ । अदालतमा आफूले अपराध गरेमा इन्कार रही संताराम, ईश्वर, देवीदत्तसमेतले मारेको भनी बयान गरेको पाइन्छ । जाहेरीमा दोषारोपण गरिएका रामचरित्र, र गुदर महतोले प्रहरीमा अपराध गरेमा इन्कार रहेकाछन र देवीदत्तले आफूलाई निर्दोष भन्दै अदालतमा बयान गरेका छन् । सरजमिनका व्यक्तिहरूले पनि केशवर मण्डरले नै मारेको देखेको भन्न नसकी शंकासम्म गरी बकेको देखिन्छ । जाहेरीमा लेखिएका व्यक्ति र अदालतमा बयान गर्दा लेखिएका व्यक्ति फरकफरक देखिन आएकोले निजै प्रतिवादीले निजै प्रतिवादीले नै मारेको हो कि भन्न पनि तथ्ययुक्त सबूत प्रमाण मिसिलबाट केही नदेखिएको र शंकाको सुविधा अभियुक्तले पाउने हुँदा सर्वस्वसहित जन्मकैद गर्ने गरेको सर्लाही जिल्ला अदालतको फैसला उल्टाई प्रतिवादी केशवर मण्डरलाई सफाई दिई जाहेर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । सर्लाही जिल्ला अदालतले गर्ने गरेको जन्मकैद हाल नलाग्ने हुँदा सो लगत काटी दिनु भनी सर्लाही जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु । नियमानुसार गरी मिसिल बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल आषाढ २६ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु