निर्णय नं. ३४४ - लेनदेन

निर्णय नं. ३४४ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री हेरम्वराज
न्यायाधीश श्री लोकराज जोशी
०२० सालको पहिलो रिभिजन दे.फु.नं.३१९
निवेदक : रणबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी : भुरामल माडवारी समेत
मुद्धा : लेनदेन
(१) शर्तनामा अन्य लिखितद्वारा निस्कृय भएसम्म र अन्य उपायबाट बदर नगराएसम्म शर्तनामाको मान्यता रहिरहने ।
दुबै थरले शर्तनामा कागज गरेको मुद्दामा जबसम्म कुनै लिखत निस्कृय हुँदैन तवसम्म क्रियाशील रहन्छ । त्यो लिखतलाई दरपिठ समेतको कुनै लिखत गरी बदर गराउन सक्तैन भने त्यो लिखतको मान्यता रही नै रहन्छ ।
(प्रकरण नं. २६)
(२) साझेदारको रोहवरमा काम नभएको र नोक्सानीतर्फ बखतमै जाँचको काम कारवाही नचलाएको भएमा त्यस्तो नोक्सानी कट्टा हुन नसक्ने ।
कपडाको नोक्सानी ३६१२ मिन्हा हुनु पर्ने भन्ने जिकिरलाई साझेदारलाई रोहवरमा नराखी काम गरेको र नोक्सानी बखतमा जँचाएको कारवाइ चलाएको निस्सा देखाउन नसकेकोले सो कट्टा हुन सक्तैन ।
(प्रकरण नं. २८)
(३) काम गर्दा भएको शर्तनामाबमोजिम नै भएको मानिए अन्यथाबमोजिम भए गरेको भए सो को समर्थित लिखत कागज हुनु पर्ने ।
त्यसरी चण्डिप्रसादको माध्यमबाट कपडा लिईसकेको भएपछि पहिले नै निज चण्डिप्रसाद हस्ते पठाएको रूपैयाको हरहिसाब नमिलाई त्यसै राख्ने अवस्था पर्दैन । शर्तनामामा चारहजार कपडा झिकाउने राख्ने र दाम बुझाएपछि मात्र कपडा लैजाने बोली रहेकोले कपडा उठाउन निमित्त दाम बुझाउनु पर्ने र बुझाएको दामको कपडा दिएको हुनुपर्ने देखिन्छ । सो बाहेक दाम वा माल घटिबढी पारी व्यवहार चलाउँछन् भन्ने दुवै पक्षको विश्वास र ईमानको काम हो । चण्डिप्रसाद जिम्मा गरी पठाएको रूपैयाको माल नलिई निज जिम्मेदारले दाम मात्र छोड्न नसक्ने हुन जान्छ कि दाम छोडेको त्यस्तै लिखत गराउनु पर्छ । डिपोजित बाँकी राख्नु पर्ने कुरा माथिको दफामा लेखिएकै छ । बुझाउँला भन्ने बोली परेको लिखत बेगर सो रु.१२००० को हिसाब बाँकी रहेको दिलाई पाउँ भन्ने वादी दावी लाग्न सक्तैन ।
(प्रकरण नं. ३०)
निवेदक तर्फबाट : प्लीडर इच्छाहर्ष बज्राचार्य
विपक्षी तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी
फैसला
१. भोजपुरका निमित्त सन ५२ को फरवरी, महिनाको ४० गाँठ कपडाको लाईसेन्स मेरा नाउँमा उठेपछि भुरामलसँग लाभांस आधी गर्ने बन्दोबस्त भई डिपोजिट उनैले राखी पछि मैले भर्ना दिने दोहरी लिखत भई भगतप्रसाद श्रेष्ठका हात कंरु.५०००।–पठाई दिएको । लिखतबमोजिम बिल्टी आई माल छुटेपछि मेरो भागमा लाग्ने जति रूपैयाँ मौकैमा नपठाइ दिए ब्याज लाग्ने हुनाले ०९ साल चैत्रमा कंरु–१२००० चन्द्रप्रसादलाई दिई पठाएको । सो रूपैया बुझेको ज्ञानबहादुर सर्बजीत समेतको भरपाई छ । सो ४० गाँठ मालको बम्बे खरिदी रूपैया र बिराटनगरतकको आउँदा लाग्ने भरौट र ईम्पोटर्सले पाउने मुनाफा समेत दररेट गरी डिष्ट्रीब्युटरको पनि उनैले बिक्री वितरण गर्ने दोहरी लिखतबाट देखिने हुँदा मेरो गएको कं रु.१७००० र मुनाफा ३७३६।। को आधी कं रु.१८८६८ भराई पाउँ भन्ने समेत रणबहादुर श्रेष्ठको फिराद ।
२. वादीले आफ्नो हस्ताक्षरबाट कागज लेखी दिएबमोजिम डिपोजित रकम समेत सबै मेरो तर्फबाट लगाई झिकाई बिराटनगरमा गोश्वारामा वादीकै नाउँमा जाँच पास गराई कपडा धरानमा पुर्याई लिन आएको अवस्था वादीकै प्रतिनिध चण्डीप्रसाद र उनले पठाएको मानिसलाई कपडा दिने गरेको । उनीहरूले नै पहाडतर्फ लगी बितरण गरेको हो । वादीबाट १७००० आएको हो । सो रूपैया कोटाको कपडा नआउदै भोजपुरमा कपडाको धेरै अभाव हुनाले विराटनगरमा आएको कपडाबाट केहि कपडा भोजपुरमा लगि वितरण गर्न पाउने भनी विराटनगर गोश्वारामा चण्डीप्रसादले दर्खास्त दिंदा लाडराम भुरामलको नाउँमा ७ ।।। गाठ हिराबहादुरका नाउँमा ७।। गाठ कपडा दिई रणबहादुरको आउने कोटाको कपडाबाट भर्ना लिने ब्यहोराको ०८ साल चैत्र महिनामा मो.वि.गो.बाट पूर्जि भई आएकोले सो १५ गाठ कपडा वादीको प्रतिनिधि चण्डीप्रसाद समेतकोे मानिसललाई बुझाई दिएको कपडाको मोल र चण्डीप्रसादका चिठ्ठीबमोजिम पटक–पटक गरी कपडा लगेको मोल भाडा नाफा समेत आधा वादीले पाउने । कट्टा गर्दा बाँकी कं.रु.२२६३२ ।।ऽ।। वादीसँग मेरै लिन बाँकी छ । छुट्टै नालेस दिई लिने छु भन्ने भुरामलको र, वादीले ०८ साल फाल्गुण महिनामा लाडुराम भुरामलको हरहिसाब दिनु पर्नेमा दिनु भनी कं.रु पाँचहजार पठाई दिएकोले मौकैमा लाडराम भुरामलकहाँ बुझाउन पठाइ दिएको हुँ भन्ने समेत सर्वजितको र, वादीले ०८ साल चैत्र महिना लाडराम भुरामलको हरहिसाब बाँकी दिने भनी कं.रु.बाह्रहजार म कहाँ पठाई दिएको हुँ भन्ने समेत ज्ञानबहादुर श्रेष्ठको छुट्टा–छुट्टै प्रतिउत्तरपत्र ।
३. सरकारको सवारीबाटै मुद्दा झिकी न्याय पाउँ । हुँदैन भने धनकुटा भोजपुर सर्वोच्च अदालत जहाँ हुन्छ विराटनगर अमिनीबाट मुद्दा सारी पाउँ भन्ने समेत रणबहादुरले दिनु भएको निवेदनमा विराटनगर अपीलके अहिलेसम्म किनारा नगरी किन बाँकी राखेको हो ? त्यस अपीलबाट मिसिल झिकी ऐनबमोजिम चाँडो किनारा गरी दिनु भन्ने ०१३।११।१४ को आदेश ।
४. ज्ञानबहादुर सर्वजित मार्फत १७०००।–आएको छ भन्ने भुरामल भएपछि ज्ञानबहादुर सर्वजित माथिको दावी कायम रहन नसक्ने । वादीले हिसाब अंक देखाई यो नालेस गरेको नहुँदा प्रतिवादीबाट यै विषय यिनै समेत अंकको हिसाब साथ यिनै वादी उपर नालेस परी सकेको हरहिसाब खुलाई प्रतिउत्तर दिएपछि कस उपर के कति ठहर्ने हुन्छ ? यो वादीमाको अंक उसै प्रतिवादीबाट जायज नाजायज ठहर भई हार जितमा सजाय यकिन हुन सक्ने हुँदा यस मुद्दामा उजुर दावी झुठ्ठा ठहर्छ भन्ने समेत ०१४।१०।२०।१ को मोरङ विराटनगर अपीलको फैसला ।
५. साहु असामीको १ नं.ले लाग वादीको मुद्दा किनारा नभई उसै वादी उपर अ.बं.१०८ नं.ले मेरा उपर दायरै हुन नसक्ने मुद्दा विराटनगर अमिनीमा दायर गराउने गरेछ इन्साफमा चित्त बुझेन भन्ने समेत वादी रणबहादुरको अपील ।
६. खारेज गर्न नहुने खारेज गरेको अपीलको गल्ती ठहर्छ । एकै विषयको मुद्दा हुनाले अमिनीमा दायर रही यहाँ आएका वादी भुरामल माडवारी प्र.रणबहादुर श्रेष्ठको लेनदेन मुद्दासमेत यसैमा गवाई ऐन सवालबमोजिम मिसिल दाखेल भएका १५ दिनभित्र किनारा गरी दिनु भनी मिसिल बिराटनगर अपीलमा पठाई दिनु भन्ने समेत ०१५।१०।१० को सर्वोच्च अदालत डिभिजन बेञ्च पूर्व दौडाहा जलेश्वरको आदेश ।
७. लिन बाँकी नाफा नोक्सानीसमेत जम्मा कं.रु.२६२४१।—। र फैसला भएका मितिसम्मको व्याज समेत दिलाई सजाय गरी पाउँ भन्ने रणबहादुर श्रेष्ठ उपर भुरामलले ०१४।३।४।२ मा मो.वि.अ.मा दायर गरेको फिरादपत्र पनि यसैसाथ गाभिएको ।
८. मेरै लिनु बाँकी छ भन्ने भुरामलको जिकिरमा कपडा नगदीहरू उधारो सापट दिएकोमा वादी रणबहादुरको मञ्जुरी लिखतपत्रहरू भुरामलले पेश गर्न नसकेका र सो कपडा दिने दिलाउने चण्डिप्रसाद रणबहादुर स्थिरप्रसाद समेत कसैका नाउँमा नालिस नपरेकोले सो रुपैयाँ रणबहादुरले मात्र तिर्नु पर्छ भन्न नमिल्ने हुनाले सो उधारो सापट लाने समेतका नाउँमा नालेस परेका बखत ठहरेबमोजिम हुने भई बद्रीप्रसादले सो १५ गाठ मध्ये बिक्री गर्न पाएको भए पनि बाबुको लिखत ल्याई लगेको मात्र सदर हुने हुँदा सो १७००० को कपडा गईसकेको छ भन्ने जिकीर पुग्न नसक्ने । कपडा बिक्रीको नोक्सानी व्याज गोदामको भाडाको खर्च समेत आधी प्रतिवादीले मिन्हा पाउने अंक कटाउँदा खुद बाँकी कं रु.१५६३३ प्रतिवादी भुरामलसँग वादीले लिनु देखिने ठहर्न आउँछ । हर्जाना भराई दिन मनासिव नपर्ने भन्ने समेत ०१६।४।१४ को मोरङ विराटनगर अपीलको फैसला ।
९. ठेकी दिएको दररेट भन्दा बढी दरमा कपडा बिक्री गरेकोले रेट भन्दा बढी मुनाफा हुने हुँदा मुनाफा आफूले खाई मलाई नोक्सानी भनी भन्न नहुने नोक्सान परेको भए यो दरले बिक्री गर्नु परि बिक्री हुन गएबाट समेत यो यो परिबन्दले यो यतिनोक्सानी हुन गएको भन्ने विवरण प्रतिवादीले खुलाई लेख्न सक्नु पर्ने नसकेबाट नोक्सान भएको नदेखिएकोमा नोक्सानी वादीले आधा व्यहोर्नु पर्छ भनी भएको फैसलामा चित्त बुझेन भन्ने समेत वादी रणबहादुरको अपील ।
१०. पेश भएका चिठ्ठीबाट बाबु छोरा मिली काम गरेको भन्ने देखिएको । जिल्लाबाट माल झिकाई अर्को जिल्लामा लगी वितरण गर्नुपर्ने १ जनाबाट मात्र हुन नसक्ने भई कोही कतै कोही कतै बसी काम गर्नुपर्ने कुरा विदित भएकै कुरा हो । वादीले मात्र काम चलाउन नसक्ने भई आफ्ना एकाघरका छोरा र आफ्ना मानिस हरिनारायण चण्डिप्रसाद समेतलाई लगाई काम गरेको रहेछ भन्ने देखिएकोमा त्यस्तो व्यापारमा सम्मिलित भई काम गर्ने र एकघरका छोरा समेतलाई बेसरोकारवाला झल्का देखाई अन्याय गर्नु उचित होइन । मलाई गरी दिएको शर्त कागजमा कोटाको माल भोजपुर लगी मात्र बिक्री गर्नुपर्ने भोजपुरकै कोटाको भएकोले कुनै परिबन्दबाट पनि अन्त बिक्री हुन नसक्ने कोटा कपडा भोजपुर पुगेको भएपछि वादीमा नै ६२२७२ ।।।ऽ। परल मोलको कपडा भन्ने किटान गरी लेखेको र सो रूपैया भुक्तान गरेको हिसाब देखाउन नसकेपछि मैले लेखेबमोजिम मेरो बाँकी भन्ने प्रष्ट देखिने हुँदा भएको फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी भुरामल माडवारीको अपील ।
११. वादी–प्रतिवादीको लेखबाट चण्डीप्रसाद, हरिनारायण, दिलबहादुर, थिरबहादुर समेतका मानिसहरू बुझ्नु पर्ने बुझेको नदेखिएकोले अ.बं.१८१ नं.बमोजिम ७ दिने म्याद पठाई दिने, कपडाको कामलाई लाईसेन्स दिएको मिसिल समेत पत्ता लगाई २ महिना भित्र पठाई दिनु भनी मो.वि.गो.लाई लेखी काम तामेल भई आएपछि पेश गर्नु भन्ने समेत ०१८।९।११ को डिभिजन बेञ्चको आदेश ।
१२. मिसिल सामेल रहेको आश्विन १४ गतेको १ वैशाख २९ गतेको १ जेष्ठ ३।६ को १ साल ०९।२।१३ को २ समेत चिठ्ठीहरू मैले लेखेको र अरु मैले लेखेको मेरो हसताक्षरको होइन । मेरो भएको व्यहोरा ०१४।२।७ मा ठाडो कागजमा लेखी दिसकेको छु भन्ने समेत ना.सु.चण्डीप्रसादको बयान ।
१३. ०९।२।४ को बेमितिको चण्डीप्रसाद, हरिनारायण भन्ने नाउँबाट रणबहादुरलाई लेखेको चिठ्ठी समेत भुरामलले भनेकोले लेखी छाडी धरानमा निजको दोकानमा गई बसे हामीहरूले आम चोक बालंखा १ चुइचुइया १ भोजपुर बजार १ दावा सिद्धिटार बैकुण्ड १ समेत पञ्चायत वडाका मानिसहरूले ४ पटकको जम्मा भा.रु.३०२२१ बुझाई कपडा लगी बिक्री वितरण गरेको हो भन्ने समेत हरिनारायणको वा पूर्णबहादुर श्रेष्ठको बयान ।
१४. मिसिल सामेल रहेका साहु लाडुराम भवरीलाललाई बद्रीप्रसाद समेतले लेखेको भनी प्र.भुरामलले दाखिल गरेको भनेको कागज हेर्दा, सो चिटठी मैले लेखाए को होइन भन्ने समेत बद्रीप्रसादको वा.मोहनमान श्रेष्ठको बयान ।
१५. सर्वोच्च अदालतबाट बुझ्ने आदेश भई म्याद गएकोमा हाजिर भई बयान गर्ने चण्डीप्रसाद हरिनारायण बद्रीप्रसादहरूले गरेको बयानमा निजहरूले गरेको काम कारवाहीमा रणबहादुरले जवाफ देही हुन पर्ने रणबहादुरको सहिछाप परेको लिखत सबुद यो यो छ भनी देखाउन नसकेको र दिलबहादुर, थिरप्रसादले म्यादै गुजारी बसेको पाँच हजारको भरपाईमा तपाईको मानिस अगदल गोबिन्दजीले रूपैया ५००० पाँच हजार हामीलाई तपाईकै नाउँमा जम्मा गर्छु कोटा विषय भई भन्ने र १२००० को मा चण्डीप्रसादजी हस्ते कं रु.१२०००। अक्षरूपी बाह्रहजार रूपैया मैले बुझी लिए लाडुराम भुरामलाई विराटनगरमा पठाई दिनेछु भन्ने ब्यहोरा लेखिएको दिईसकेको कपडाको मोल बुझेको भन्ने नलेखेको रणबहादुरका नाउँको पृ.४.नं.को निमित्त कोटा कपडा आई नपुगेकोले पछि त्यसबाट भर्ना हुने गरी विराटनगरको निमित्त आएको कोटा कपडा दिनु गोश्वाराको पूर्जि ०८ साल चैत्र १९ गते मात्र भई त्यस अगावै ०८।१२।४ को चिठ्ठी बमोजिम भनी कं.रु.१२००० र ०८।११।४ का मितिमा ५००० वादी रणबहादुरको रूपैया लिएमा प्रतिवादी सावितै रहेको सो भरपाईको व्यहोरा हेरि जवाफ दिनेछु र भरपाई दिने उपर नालेस गर्नेछुु भनी प्रतिउत्तरमा लेखेकोमा सक्कल देखाई सुनाउँदा मिति व्यहोरा समेतमा कुनै जिकीर लिन नसकी सो २ लिखतबमोजिम १७००० पाएकोछ भनी प्रतिवादीले कागज गरी दिएको सो रूपैया बुझाएको रणबहादुरसँग यो यस्तो लिखत गराएको छु भन्न प्रमाण दिन प्रतिवादी नसकेकोले प्रतिवादी को जिकीर पुग्न नसक्ने र वादीको अपीलतर्फ पनि हर्जाना, दिने लिखत नभएको नोक्सानी परेको होइन भन्ने सबुद दिन नसकेकोले समेत इन्साफ मो.वि.अपीलले ठहराई छिनेको मनासिव छ भन्ने समेत ०१९।६।२९ को स.अ. डिभिजन बेञ्चको फैसला ।
१६. वादीले हिसाब देखाई दावी गर्न नसकेको । मैले हिसाब दिएको जवसम्म अर्को हिसाब आउँदैन तबसम्म मेरो हिसाब झुट्टो ठहर गर्न नहुने । वादीले मेरो मानिस भनी फिरादपत्रमा समेत उल्लेख गरेको चन्द्रीप्रसादले पनि रणबहादुरकै प्रतिनिधि भई काम गरी आएको कुरामा सावित भई बयान गरेको । त्यसतर्फ र अरु प्रमाणहरू सद्दे कीर्ते तहकिकात र यकिन गर्नु पर्नेमा त्यसतर्फ कुनै निर्णय यकिन नगरी फैसला गर्न नहुने हुँदा भएको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी भुरामलको र विपक्षीले देखाएको नोक्सानीको हकमा सबुद प्रमाण बुझिंदा सबुद प्रमाण पेश दाखिलै नभएकोमा नोक्सानी मिनाहा दिन कर लाग्नु नपर्ने र प्रतिवादीले व्याज लिने शर्त गराएबमोजिम मेरो साँवा र लाभांश समेतको कानूनबमोजिम हराएका मितितकको हर्जाना दिलाई पाउन रिभ्युको निस्सा पाउँ भन्ने समेत व्यहोराको वादी रणबहादुरको हकमा पूर्णबहादुर श्रेष्ठले दिएको निवेदनपत्रमा लाभांस समेत भा.रु.१८०१४ ।। मा नोक्सानी २३८१।।।ऽ।। कटाइ बाँकी १५६३३=। मात्र मैले पाउने सुद पनि नपाउने गरी डिभिजन बेञ्चबाट निर्णय हुँदा चित्त बुझेन । नोक्सानीको सबुद बिपक्षले दाखिल गर्न सकेको छैनन । दोहर्याई सो नोक्सानी भयो भनेको र सुद समेत हिसाब गरी भराई पाउँ भनी वादीको वा.पूर्णबहादुरले र विपक्षीबाट लिएको रूपैया कट्टा गरी चण्डीप्रसाद समेतले लिएको हिसाबबाट भा.रु. २६२४५।—।।। मैले पाउनु पर्नेमा डिभिजन बेञ्चबाट त्यसको केहि विचार भएन र मैले नै भा.रु.१५ हजार चानचुन विपक्षलाई तिर्नु पर्ने गरी निर्णय हुँदा चित्त बुझेन । दोहर्याई राम्रोसँग हिसाब गरी इन्साफ गरी पाउँ भनी निवेदक भुरामल माडवारीले रोहवरमा जिकीर गरेकोले व्यहोरा साँचो भए दुबै पक्षको हिसाबै मिलेन भन्ने जिकीर हुनाले चण्डीप्रसादले कपडा लिएका भनी निवेदक भुरामलले दाबी लिएको हिसाब निवेदक रणबहादुरले व्यहोर्नु पर्ने हो, होइन साझा काममा कुन–कुन पक्षले के–कति नाफा नोक्सान व्यहोर्न पर्ने रहेछ ? दुबै पक्षलाई राखी जिल्ला न्यायाधीश र आफै र मोरङ विराटनगर गोश्वारा वडाहाकिम समेत भई जो जे बुझ्न पर्ने हुन आउँछ, ऐन सवालको रीत पुर्याई बुझि हरहिसाब गरी ठहराई यो निवेदनपत्र र मिसिल समेत साथै राखी दाखिल भएका मितिले १ महिना भित्र रिपोर्ट पठाउनु भनी यो आदेश सहितको निवेदन पत्र र मिसिल समेत जिल्ला अदालत विराटनगरमा पठाई आदेशानुसार भई आए पछि दोहर्याई हेर्ने निस्सा दिन पर्ने नपर्ने विचारार्थ पेश गर्नु भन्ने समेत ०१९।८।२ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१७. दुई पटकसम्म सर्वोच्चमा पुगेर दुबै पटक फेरि मुद्दा जिल्ला विराटनगरमा पुगेकोले जाहेर गरेको छु । लाइसेन्स भई ४ महिनाको निमित्त सयकडा ६ मुनाफा पाउने बन्दोबस्त भएकोबाट वर्ष दिन १२ महिनामा सयकडा १८ मुनाफा पाउनु पर्नेमा कानूनबमोजिमको मुनाफातर्फ विचार नभएकोले त्यसतर्फ पनि विचार गरी ऐनबमोजिम पाउने मुनाफा दिलाई दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत व्यहोराको वादी रणबहादुरको बिन्तिपत्र ।
१८. यो मुद्दा आखिरी फैसलाको मिति ०१५ साल चैत्र मसान्त पछिको भए ५ जना न्यायाधीशको फुल बेञ्चबाट एकपटक दोहर्याई हेरिदिनु भन्ने हुकुम बक्सेकोछ भनी मौसुफका सवारी इमालीया वरबट्टा कञ्चनपुर सवारी क्याम्पबाट लेखी आएको ०१९।११।४ को हुकुम प्रमांगी।
१९. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०१९।१२।१५ को श्री.भु.पु.माननीय प्रधान न्यायाधीशज्यू को आदेश ।
२०. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न मिसिल वापस भई आई पेश हुँदा डिभिजन बेञ्चबाट ०१९।६।२९ मा किनारा भए उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने दुवै थरको निवेदन परी माननीय प्रधान न्यायाधीशज्यूबाट निकाशा नहुँदै वादी रणबहादुरले दिनु भएको निवेदनमा फुल बेञ्चबाट दोहर्याई दिनु भन्ने समेत हुकुम प्रमांगी बक्स भई आएको र अर्को पक्ष प्रतिवादी भुरामलको निवेदनपत्रको निकाशा टुङ्गो लागेको नदेखिंदा सो निवेदन समेतको टुङ्गो लगाई पेश गर्नु भन्ने ०२०।८।६ को फुल बेञ्चको आदेश ।
२१. ०१९।८।२० का आदेशबमोजिमको काम पूरा भएको नदेखिएकाले सोबमोजिम चाँडो तामेल गरी पठाई दिनु भनी दुबै पक्षलार्र्ई तारेख तोकी मिसिल जिल्ला अदालत धरानमा पठाई आएपछि पेश गर्नु भन्ने ०२०।८।१५ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
२२. आदेशबमोजिमको काम तामेल गरी पठाई दिनु भनी मिसिल जिल्लामा गएकोले जिल्लामा जान नपरोस् भनी वादी रणबहादुरले दिएको निवेदनबाट मुद्दाको विवरण जाहेर भई गएमा निवेदन र रिपोटको व्यहोरा समेत श्री ५ महाराजधिराजका हजुरमा जाहेर हुँदा फुल बेञ्चबाट निर्णय गरी दिने हु.प्र.भईसेकेको देखिएकोले सो जिल्लामा गएको मुद्दा झिकाई प्रमाण बुझ्न परे फुलबाटै ऐन सवालबमोजिम गरी निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट लेखी आएको ०२०।११।६ को हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा उक्त मुद्दाको मिसिल अहिलेसम्म जुन स्थितिमा छ सोहीबमोजिम मिसिल तुरुन्त पठाई दिनु भनी धरान जिल्ला अदालतलाई लेखी पठाई दिनु भन्ने समेत ०२०।११।२६ मा माननीय का.मु.प्रधान न्यायाधीशज्यूको आदेश ।
२३. विपक्षीको निवेदनबाट दोहीरने मेरो निवेदनमा दोहर्याउने कारवाही बाँकी नै रहेको झगडीयाको एक तर्फी मुद्दा दोहर्याईबाट मात्र मुद्दा पेश हुँदा इन्साफमा असर पर्ने भयो तवेदारको हकमा मुद्दा दोहर्याई इन्साफ लिन पाउँ भन्ने भुरामलको निवेदन परेकोमा दुबै मुद्दामा परस्परमा एकले अर्कोलाई प्रतिवादी गराई कपडाको लेना रूपैयाँ सम्बन्धमा नालेस परेकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चका आदेशले दुबै नालेस गभाइ एउटै मुद्दा बनाएको र हुकुम प्रमांगीबाट दोहर्याई रहेको भन्ने निवदेनमा उल्लेख भएको एउटाको निवेदनबाट दोहीरने प्रमांगी भए पनि दुवैको दावी जिकीरमा निर्णय दिनु पर्ने कानूनी तथा न्यायीक सिद्धान्त हुँदा यी निवेदनका हकमा दोहर्याई दिनु भनी आदेश बक्सनु पर्ने भनी बिन्ति चढाई रहनु पर्ने अवस्था नदेखिएको यी निवेदक पनि तारेखमा रही रहेको हुँदा यी निवेदक समेतका निवेदनबाट तत्कालिन प्रधान न्यायाधीशज्यूले दोहर्याउने तर्फ कारवाही चलाई रहेको अवस्था दोहर्याउने हुकुम प्रमांगी बक्सेकोले यो निवेदकको दावी जिकीर सम्बन्धमा यी निवेदनहरू मिसिल सामेल राखी ऐनबमोजिम गर्नु भनी सर्वोच्च अदालतका नाउँमा आदेश बक्सनु पर्ने भन्ने न्यायीक समितिको संख्या नं.मिति ०२१।४।३०।६ को पत्रमा उल्लेख भएको सबै व्यहोरा लेखी जानु पर्ने भन्ने न्यायीक समितिको संख्या ०२१।४।३०६ (७३४) मिति ०२१।८।१५।२ को पत्रमा उल्लेख भएको सबै व्यहोरा श्री ५ महाराजाधिजका हजुरमा जाहेर हुँदा यसमा न्यायीक समितिको नं.संख्या ०२१।४१। (७३४) मिति ०२१।८।१५।२ को उपयुक्त सिफारीस अनुसार प्राप्त भुरामल माडवारीको बिन्तिपत्र मिसिल सामेल राखी ऐनबमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट ०२२।१।८।३ मा लेखी आएको हुकुम प्रमांगी ।
२४. सन् ५२ फरवरीको कोटाको कपडा गाँठ ४० भोजपुरको निमित्त रणबहादुरले पाएको कपडा सट्टा पट्टा गरी रेट पास भएको समेत का.जि.मिसिल र होलसेलर रणबहादुर श्रेष्ठ बाबु राम भुरामल, भवरीलाललाई कपडाको कामलाई लाईसेन्स दिएको समेत प्रमाणको मिसिलहरू झिकाउनेबारे पटक–पटक फुल बेञ्चबाट आदेश भई विराटनगर गोश्वारा पुर्व ४ नं.भोजपुर गोश्वारा समेतलाई लेखापढी भएको सो प्रमाणको मिसिलहरू पत्ता लागी आउन नसकेको ।
२५. प्रस्तुत मुद्दा चाँडो छिनिपाउँ भन्ने विषय रणबहादुरले चढाएको बिन्तिपत्रमा चाँडो छिनि जाहेर गर्नु भन्ने समेत कुनैमा म्याद तोकी कुनैमा म्याद थप भई श्री ५ महाराजधिराजबाट पटक–पटक बक्स भई आएको हुकुम प्रमांगी ।
२६. यसमा निवेदक रणबहादुरको वा हरि माया र विपक्षी भुरामलको वा भुवनेस्वर रोहवरमा रही ०२३।४।२५।६ मा पेश भई निवेदक रणबहादुर तर्फबाट विद्वान प्लीडर श्री इच्छाहर्ष बज्राचार्यले र विपक्षी भुरामलको तर्फबाट विद्वान सिनियर एडभोकेट श्री कृष्णप्रसाद भण्डारीले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा दुबै थरीले सर्तनामा कागज गरेको मुद्दामा जबसम्म कुनै लिखत निष्क्रिय हुँदैन तबसम्म क्रियासिल रहन्छ । त्यो लिखतलाई दरपिठ समेतको कुनै लिखत गरी बदर गराउन सक्दैन भने त्यो लिखतको मान्यता रही नै रहन्छ । साथ–साथै प्रतिवादी उपर वादीले दावी गरेकोमा दिउँला बुझाउँला भन्ने व्यहोराको लिखत गरी ऐनबमोजिम लिखत कै प्रमाण वा अरु कुरामा अरु प्रमाण वादीले पेश गरी मुद्दा चलाउनु पर्छ । वादीको प्रमाणबाट जतिसम्म वादी पुग्छ उतिसम्ममा प्रतिवादीको दायित्व रहन्छ । यस मुद्दामा वादीले गरेको दावीलाई निजले पेश गरेको तथा प्रतिवादीले स्विकार गरेको लिखतबाट कतिसम्म सिद्ध हुन सक्छ भनी हेर्नु पर्छ ।
२७. रणबहादुरको फिरादपत्रमा भगवत श्रेष्ठ हस्ते पठाएको कं.रु.५००० र चण्डीप्रसाद हस्ते पठाएको कं.रु.१२००० समेत २ कमलको रु.१७००० र शर्तबमोजिम आधा लाभांश रु.१८६८। समेत विपक्षी भुरामलबाट भराई पाउँ भन्ने मुख्य दावी लिएको देखिन्छ । त्यस निमित्त वादीले पेश गर्नुपर्ने लिखत प्रमाण हेर्दा, मैले लाईसेन्स पाएको सन् ५२ फरवरी महिनाको कोटाको कपडामा लाभांश आधी आधी गर्ने गरी काम गर्ने शर्तको प्रतिवादी भुरामलले गरी दिएको भन्ने ०८।१०।२३।३ को र, रु.५००० बुझेको ०८ साल फाल्गुण वदी ४ को रु.१२ हजार बुझेको ०८ साल चैत्र वदी १४ को समेत पत्रहरू वादीले पेश गरेको देखियो । लाभांश आधी आधी गर्ने गरी काम गर्ने शर्त लिखत भएको भन्ने कुरा र उक्त २ कमलको गरी रु.१७००० आफूले पाएको भन्ने कुरामा प्रतिवादी भुरामल साबित रहेको छ । अवती लिखतहरूले वादी दावीलाई कतिसम्म प्रमाणित गर्न सक्छ भन्ने कुरा मुख्य विचार गर्नुपर्ने हुन आएको छ ।
२८. शर्तअनुसार आधा लाभांशको दावी भएकोमा उक्त शर्त लिखतको दोहरी प्रतिवादीबाट पनि दाखेल भएको । तदानुसार शर्त पूरा गर्नुपर्नेमा प्रतिवादीले रणबहादुरको कोटाको कपडा बिक्री गरेको र उक्त लिखतहरू बदर नगरेर कायम रहेको अवस्थामा लिखतबमोजिम प्रतिवादीले लाभांश आधा गर्नै पर्ने देखिन आयो । लाभांश कति हो त ? भन्नेतर्फ वादीले जम्मा रु.३७३६।। को आधी रु.१८६८ भनेको र प्रतिवादीले रु.२२४६ऽ को आधा रु.११२३— भनेको भई मुख नमिलेको र, आफ्नो दाबीबमोजिम जम्मा रु.३७३६।। नै हो भन्ने कुराको लिखत सबुद वादीले पेश गर्नु नसकेकाले खुद नाफा २२४६।। हुने भए पनि नोक्सानी कपडा ३६१२। को नाफा हुने २१६।।। कट्टा हुनु पर्ने र भुरामलको थैलीको दशौंद दरले व्याज र गोदाम भाडाको रकम ११५०।। कट्टा हुनु पर्ने हुँदा सो कटाई खुद मुनाफा ८७८।।।ऽ।।। को आधार रु.४३९।।२ हुन्छ । शर्तबमोजिम भुरामलबाट रणबहादुरलाई भराई दिने कपडाको नोक्सानी ३६१२।। मिन्हा हुनु पर्ने भन्ने जिकीरलाई साझेदारलाई रोहवरमा नराखी काम गरेको र नोक्सानी बखतमा जचाएको कारवाही चलाएको निस्सा देखाउन नसकेकाले सो कट्टा हुन सक्तैन ।
२९. ०८ साल फाल्गुण वदी ४ को लिखतबमोजिम रु.५ हजारतर्फको वादी दाबीका हकमा त्यो रूपैया पाएकोमा प्रतिवादी साबितै रहेको र उक्त लिखतमा तपाईकै नाउँमा जम्म गरेको छु । कोटा विषयमै भन्ने उल्लेख भएको समेत देखिएकोछ । त्यो रूपैयाँको वादीले कपडा भर्ना पाईसकेको भन्ने प्रतिवादी जिकीर भए पनि त्यही रूपैया मध्येको कपडा वादीले पाई सकेको वादीको लिखत सबुद प्रतिवादीले कुनै दिन नसकेको र यो कलम समेत हिसाब गरी कपडा पठाई दिनु भनी रणबहादुरले कुनै पत्र पठाएको छ भनी भुरामलले पेश नगरेको र प्रतिवादीले पेश गरेको रणबहादुरकै आकासवाणीमा बाँकी दाम पठाई दिनु भन्ने देखिएकोले व्यवहारमा दाम कहीं बाँकी नै भन्ने देखिन आउँछ । त्यस्तो बाँकी राख्नु पर्ने कसरी देखिन्छ भने चण्डीप्रसाद हस्ते पठाएको दाले कपडा ल्याउँदा पहिले बुझाएको ५ हजारको पनि कपडा ल्याउनु भन्ने कुनै पत्र पेश नभएकोले कपडा चुक्ती गर्नु मात्र दाम चुक्ती हुने शर्तनामाबाट देखिएकोले माल झिकाउनु निमित्त बुझाउनु पर्ने दाम जाकड भई राख्ने सम्भव छ । उसमाथि उक्त लिखत फट्टा वा बदर गराएको नदेखिएकोले सो रु.५ हजार वादीले प्रतिवादीबाट भरी पाउने देखिन्छ ।
३०. ०८ साल चैत्र बढी १४ को लिखतबमोजिम १२ हजारको वादी दावीको हकमा सो रूपैया आफूले पाएको भन्ने कुरामा प्रतिवादी सावितै रही कपडा लिई दिई भर्ना भईसकेको भन्ने जिकीर लिएको रहेछ । उक्त लिखतमा चण्डीप्रसादसँग सल्लाहा गरी काम गर्ने व्यहोरा लेखिएको सिलसिलामा हरिनारायणले छाने बमोजिम कपडा छुट्टाई दिनु भनी चण्डिप्रसादले लाडुराम भुरामललाई लेखेको भन्ने चिठ्ठी र २० गाठ कपडा चलान गरेको भनी चण्डी हरीनारायणले रणबहादुर, श्रीनारायणलाई दिएको भन्ने आवाको टिपोट समेत पेश भईरहेको २० गाठ कपडा आई पुगेको भनी रणबहादुरले ०९।६।२ मा आकाशवाणी दिएको भनी पेश भएको सो कागजहरूलाई कीर्ते जालसाजी ठहर्याउने कुनै परिबन्द नपुगेको र पु.४ नं.गोबाट कपडाको दररेट पास गरेको समेत देखिएकोले त्यसबाट चण्डीप्रसादको माध्यमबाट दाम बुझाउने र माल लिने गरेको प्रमाणित हुन्छ त्यसरी चण्डीप्रसादको माध्यमबाट कपडा लिई सकेको भएपछि पहिले नै निज चण्डीप्रसाद हस्ते पठाएको रूपैयाँको हरहिसाब नमिलाई त्यसै राख्ने अवस्था पर्दैन शर्तनामामा चार हजार कपडा झिकाउने राख्ने र दाम बुझाएपछि मात्र कपडा लैजाने बोली रहेकोले कपडा उठाउन निमित्त दाम बुझाउन पर्ने र बुझाएको दामको कपडा दिएको हुनु पर्ने देखिन्छ । सो बाहेक दाम वा माल घटीबढी पारी व्यवहार चलाउँछन् भन्ने दुवै पक्षको विश्वास र इमानको काम हो । चण्डीप्रसाद जिम्मा गरी पठाएको रूपैयाँको माल नलिई निज जिम्मेवारले दाम मात्र छोड्न नसक्ने हुन जान्छ कि दाम छोडेको त्यस्तै लिखत गराउनु पर्छ डिपोजित बाँकी राख्नु पर्ने कुरा माथिको दफामा लेखिएकैछ । बुझाउँला भन्ने बोली परेको लिखत बेगर सो रु.१२००० को हिसाब वा बाँकी रहेको दिलाई पाउँ भन्ने वादी लाग्न सक्दैन ।
३१. भुरामलले दावी गरेको फिरादमध्ये रणबहादुरको हिसाबमा कट्टा हुने कुरामा निजको प्रमाणले भेटेसम्म कट्टा गरिएको छ । ऐन प्रमाणले लाग्ने दावीमा अन्यायी उपर भुरामल वा.रणबाहादुरले फिराद गर्न पाउँछ ।
३२. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट वादी दावी जम्म रु.१८८६८ मध्ये ०८ साल फाल्गुण वदी ४ को लिखतबमोजिम रु.५ हजार र मुनाफा रु.४३९।२।२ समेत जम्मा रु.५४३९।२।२ मात्र वादी रणबहादुरले प्रतिवादी भुरामलबाट भरी पाउने ठहर्छ । रु.१२००० वादी रणबहादुरलाई प्रतिवादी भुरामलबाट भराई दिने गरेतर्फ र प्रतिवादीले कपडाको नोक्सानी रु.३६१२।२ पाउने ठहराएतर्फ ०१९।६।२९ को डिभिजन बेञ्चको ईन्साफसँग राय सहमत हुन सकेन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी भुरामल माडवारी के वादीलाई दिनु पर्ने रु.५४३९।२।२ नदिई फरेव गरेमा हालको सटही दर भारु.१०० को ने रु.१०१।५५ ले हुने रु.५५२३।६५ को तत्काल प्रचलित साहु असामीको ४९ नं.सयकडा १५ ले रु.८२८।५५ दण्ड हुन्छ निजलाई मो.वि.अपीलको ०१६।४।१४।४ को फैसलाले गर्ने गरेको दण्ड भारु.२३४४।।२।। को हालको सटही दरले हुने नेरु.२३८१ मा सो रु.८२८।५५ कट्टा गरी बाँकी नलाग्ने रु.१५५२।४५ असुल भईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु ................१
वाणी रणबहादुर श्रेष्ठ के निजको वादी दाबी रु.१८८६८ मध्ये रु.१२००० को हकमा वादी दावी नै नलाग्ने ठहरेकोले बाँकी रु.६८६८ मध्ये खुद भरी पाउने ठहरेको ५४३९।२।२ कट्टा गरी बाँकी रु.१४२८।।।।२ नपाउने दावी गरेमा त्यसको हालको सटही दरले हुने ने.रु.१४५०।९४ को तत्काल प्रचलित साहु असामीको ५० नं.सयकडा १५ ले रु.२१७।६५ मात्र शुरु दण्ड हुने हुँदा निजलाई मो.वि.अपीलका ०१६।४।१४ को फैसलाले गर्ने गरेको दण्ड भारु.३२३।। को हालको सटही दरले हुने ने.रु.३२८।५० मा सो रु.२१७।६५ कट्टा गरी बाँकी नलाग्ने ११०।८५ असुल भईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु ऐ.ऐ.....................२
वादी रणबहादुर श्रेष्ठ के मो.वि.अ.उपर अपील गरेमा निजलाई लाग्ने ठहरेको शुरु दण्ड रु.२१७।६५ को तत्काल प्रचलित हा.क.का.१० नं.ले दशौंद रु.२१।७७ मात्र दण्ड हुने हुँदा डिभिजन बेञ्चको ०१९।६।२९।२ को फैसलाले गर्ने गरेको रु.५१।७६ मध्ये सो रु.२१।७७ कट्टा गरी बाँकी नलाग्ने रु.२९।९९ ऐ......................३
प्रतिवादी भुरामल माडवारी के मो.बि.अ.उपर अपील गरेमा हाल निजलाई लाग्ने ठहरेको शुरु दण्ड रु.८२८।५५ को तत्काल प्रचलित हा.क.का.१० नं.ले दशौंद रु.८२।८६६ मात्र लाग्ने हुँदा डिभिजन बेञ्चको ०१९।६।२९।२ को फैसलाले गर्ने गरेको रु.३७।५।१८ मा सो रु.८२।८६ कट्टा गरी बाँकी रु.२९।२।३२ नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ.ऐ ...................४
वादी रणबहादुर श्रेष्ठ के मो.वि.अपीलको ०१६।४।१४।४ को फैसलाबमोजिम निजलाई प्रतिवादी भुरामलबाट भराई दिने गरेको बिगोमा रु.१५६३३। मध्ये हाल भरी पाउने ठहरेको भारु.५४३९।२।२ को हालको सटही दरले हुने ने.रु.५५२३।६५ मात्रको बिगोको लगत कायम राखी बाँकीको लगत कट्टा गरी दिनु भनी मोरङ जि.बि.अ.मा.लेखी पठाउन ऐ.ऐ .....................५
मो.वि.अपीलका हाकिम सुब्बा वद्रीबहादुर हाल वहाल नभएकोले ईन्साफ केही उल्टीमा केही गर्नु पर्दैन......६
नियमबमोजिम मिसिल बुझाई दिनु ...................७
मा.न्या.श्री धनेन्द्रबहादुर सिं, मा.न्या.श्री लोकराज जोशीहरूको राय
१. यसमा निवेदक वादी रणबहादुरको दावी जिकीरबमोजिम निजले लाइसेन्स पाएक कपडाको कोटामा लाभांश आधी आधी गर्ने गरी काम गर्ने शर्त लिखत भएको र सो कोटाकै विषयमा वादी रणबहादुले भगवत श्रेष्ठ हस्ते पठाएको भारु.५००० र चण्डीप्रसाद हस्ते पठाएको भा.रु.१२००० समेत जम्मा रु.१७००० आफूले पाएको समेत कुरा प्रतिवादी भुरामलले स्विकारै गरेको देखिएकोले त्यसतर्फ अरु शंका गरी रहनु परेन ।
२. निज वादी रणबहादुरको प्रतिनिधी चण्डीप्रसादको चिठ्ठीबमोजिम हरिनारायण समेत मार्फत गएको कपडा समेतको हिसाबमा वादीको रूपैया भर्ना भैसकेको भई सबै हरहिसाबबाट वादीसँग नै मेरो रु.२६२४५।–।।। लिनु पर्ने बाँकी भएको भन्ने प्रतिवादी भुरामलको मुख्य जिकीर भएको र सो रु.२६२४५।–।।। भराई पाउँ भनी निज भुरामलले रणबहादुर उपर नालेस दिएको मुद्दा पनि सर्वोच्च अदालत पूर्व दौडाहा डिभिजन बेञ्चका आदेशबमोजिम यसै मुद्दामा गाभिएको समेत देखिएकोले त्यसतर्फ विचार गरेमा तत्काल प्रचलित साहु असामीको १ नं.ऐन अनुसार रीतपूर्वकको लिखत भए सो रकम जसको साथमा छ उसबाट दिलाई भराई दिनु न्याय हो । तर निज भुरामलले यो दाबी गर्दा मैले पाए वा बुझे भन्ने रणबहादुरको सहीछाप परेको वा सो हस्तको कानूनको रीत पुगेको कुनै लिखत लिई रणबहादुरकै हातमा दिए बुझाएको भन्ने नभई चण्डीप्रसादका चिठ्ठीबमोजिम हरिनारायणसमेतका व्यक्ति मार्फत माल गएको भन्ने लेखेको निजहरूलाई माल दिँदा कानूनबमोजिमको लिखतगरी दिएको भए उनीहरू उपर समेत ऐनले लाग्ने नालेस दिई दाबी लिए निजहरूले रणबहादुरलाई बुझाएको कानूनको रीत पुगेको निस्र्सा देखिए रणबहादुरबाट र त्यस्तो नदेखिएमा लैजानेबाट दिलाई भराई दिनेतर्फ विचार गर्न मिल्ने थियो ती अरु व्यक्ति उपर दावी गर्नु वा नगर्नु वादीकै अधिकारको कुरामा लागवादीको दावी बेगर सो यसै मिसिलबाट गर्न नमिल्ने भएकोले यस विषयमा मो.वि.अपील र डिभिजन बेञ्चको निर्णय अनुसार माल बुझी लानेहरू उपर समेत ऐनले लाग्ने अर्को नालेस दिए ऐनबमोजिम हुने देखिन आयो ।
(३) वादी रणबहादुरले दावी गरेको रु.१७००० । आफूले लिए पाएमा भुरामले सावित र रूपैया दाखिललको चिठ्ठी समेत हुँदा सो रूपैया भुक्तानी रणबहादुरले पाएको प्रमाण फाँट भुरामलले दिन नसके निजले रूपैया फिर्ता गर्नुपर्ने कुरा निर्वीवाद छ त्यसतर्फ विचार गर्दा, वादी रणबहादुरले उक्त रूपैया पठाउँदा माल तत्काल चण्डीप्रसाद समेतले लाने गरी पठाएको भए त्यस्तो किसिमको चिठ्ठी हुनु साथै तत्काल माल लगेको समेत हुनु पर्ने रूपैया दाखिल भयो भन्ने चिठ्ठीसम्म लेखी पठाउनु जरुरत समेत नपर्नेमा तत्काल माल लगे पठाएको भन्ने पनि नभई रूपैया दाखिल भयो भनी पहुँचसम्म दिएको र रु.१२००० बुझी लिएको चाही पत्रमा तपाईको चिठ्ठीबमोजिम साहु ला.भु.र चण्डीप्रसादजी हरूले सल्लाह गरी काम गर्नु हुनेछ भन्ने लेखिएको भए पनि त्यस लेखाईबाट रणबहादुर चण्डीप्रसाद मार्फत माल पठाई दिनु भनेको रहेछ भन्ने कुराको कुनै संकेत नआउने समेतबाट सो रूपैया कोटाको माल विषयमा जाकडको रूपमा आए पठाएको रहेछ भन्ने देखिएकोछ, त्यसरी जाकडको रूपमा आईरहेको रूपैयाको भुक्तानी माल रणबहादुर बाहेक अरु व्यक्तिको हात पठाई दिंदा यो यसको साथ पठाई दिनु भन्ने ऐनले प्रमाण लाग्न सक्ने रणबहादुरको चिठ्ठी वा लिखत प्रमाण हुनु पर्ने नभएकोले यकाको जाकड रहेको रूपैयाको माल अरुका साथपठाई भुक्तानी गरेको भन्ने प्रतिवादी भुारमलको भनाइ प्रमाणित मान्न नमिल्नेसमेत हुँदा वादी दावीबमोजिम रु.१७०००।–वादीले प्रतिवादीबाट भर्ना लिन पाउने कुरा प्रष्ट भएकैछ ।
(४) अव वादी दावीबमोजिम मुनाफा रु.३७३६।। नै कायम हुनु पर्ने भन्ने निवेदक वादीको जिकीर भएतर्फ हेरेमा सो कोटा कपडाको दर रेट पास भएको समेत मिसिल प्रमाणमा नझिकाउने पटक–पटक आदेस भई लेखापढी हुँदा मो.वि.गो.र.पूर्व ४ नं.गोश्वारा समेत कतैबाट पनि उक्त मिसिल पत्ता लागी आउन नसकेको र मुनाफा रु.३७३६।। नै हो भन्ने कुराको कुने लिखत सबुद वादीले प्रमाण दिन पेश गर्न पनि नसकेकोले डिभिजन बेञ्च समेतबाट प्रतिवादीको जिकिरबमोजिम मुनाफा जम्मा रु.२२४६ कायम गरेको बेमनासिव भन्न मिलेन ।
(५) कपडाको नोक्सानी रु.३७१२। मिन्हा पाउनु पर्ने भन्ने प्रतिवादी जिकिरका हकमा वादी रणबहादुरको समेत मञ्जुरी लिई गरेको कामबाट नोक्सानी पर्न गएको र त्यो नोक्सानी वादी रणबहादुर समेतले व्यहोर्नु पर्ने भन्ने लिखत सबुद प्रतिवादीले कुनै दिन नसकेकाले त्यसतर्फ प्रतिवादी भुरामलको र आफ्नो रूपैयाको हर्जाना पनि पाउनु पर्ने भन्नेतर्फको निवेदक वादीको जिकिरका हकमा हर्जाना पाउने लिखत सबुद कुनै दिन नसकेकाले त्यसतर्फ निजको समेतदावी जिकीर पुग्न नसकने हुँदा उपरोक्त उल्लेख भएबमोजिम कारणहरबाट कपडाको नोक्सानी रु.३६१२।ह प्रतिवादीले मिन्हा पाउने ठहराएतर्फसम्म ०१९।६।२९ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । उक्त नोक्सानी भन्ने कलमको ३६१२। को वादीको मागमा कट्टा गरेको आधा रु.१८०६ समेत वादीले प्रतिवादीबाट भरी पाउने र अरु ईन्साफ डिभिजन बेञ्चको मनासिव समेत ठहर्छ, रु.१२००० हजारको कमलका हकमा वादीको दावी नलाग्ने ठहराउनु भएतर्फ यस बेञ्चका श्री मा.प्र.न्या.ज्यू र अरु र सहयोगी न्यायाधीशज्यूहरूसँग हामीहरूको राय सहमत हुन सकेन, नियमले बहुमतको फैसला सदर हुने हुँदा सो अनुसार लगत दिनु ।
इति सम्वत् २०२३ साल भाद्र २१ गते रोज ३ शुभम् ।