शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३४८ - मोटर चोरी

भाग: साल: २०२३ महिना: बैशाख अंक:

निर्णय नं. ३४८            ने.का.प. २०२३

डिभिजन बेञ्च

न्यायाधीश श्री भैरवप्रसाद उपाध्याया

न्यायाधीश श्री हेरम्वराज.

फौ.अ.नं ७६१

अपीलाट, प्रतिवादी : नजुमुद्दिन मियाँ समेत

विरुद्ध

विपक्षी, वादी : श्री ५ को सरकार

मुद्दा : मोटर चोरी

(१)   चोरीको १ नं.६ को भाषामा ल्यायोभन्ने पदले कुनै ठाउँबाट उठाइनुलाई लग्यो भन्ने अर्थ हुनेलग्यो भन्ने उजुर नभई ल्याएको भन्ने भएको कसुरलाई चोरीको कसुरसँग राख्न नमिल्ने ।

            यो चोरीको माल जानि जानि राखेको कसुरलाई चोरीको अपराधसँग भिन्न देखाउने चोरीको १ नं.६ चोरीको परिभाषा हेर्दा, लग्यो भन्ने पदको अर्थ बताउनु पर्छ कुनै ठाउँबाट उठाउनुलाई लग्यो भन्ने अर्थ हुन्छ : जुन ठाउँमा दाखिल भएको छ, त्यो ठाउँलाई लगेको ठाउँ चोरीको वारदाताको ठाउँ हुन्छ । नेपाल अधिराज्य भित्र कुनै ठाउँबाट लग्यो भन्ने उजुर होईन । यहाँ भित्र ल्याएकोमा सावित भएको कसूललाई चोरीको कसुरसँग राख्न सकिंदैन ।

(प्रकपरण नं.१६)

फैसला

      १.     जिल्ला अदालत महोत्तरीको फैसलामा उल्लिखित व्यहोरा छ कि नेपाल भारत बीच भएको सुपुर्दगी अपराधीहरु आदान प्रदानको ०१०।६।१६ को सन्धिपत्रको दफा ३ ले देहायका दफा १३ र सुपुर्दगी ऐन, २०२० को दफा ४ उपदफा २ बमोजिम र बक्स भई आएका हुकुम प्रमांगीबमोजिम कारवाई गरी पुलिस प्रसिक्यूटरको रिपोर्टबाट दायर भएको मिसिल हेर्दा, मिति ०१९।१०।६।३ मा आफ्नो एम्बेसेडर भारती बिना सिनेमा घरमा सिनेमा हेर्न गएको थिएँ । गाडी कम्पाउण्ड भित्र राखि इन्टरभल भएसम्म गाडी कम्पाउण्ड भित्रै थियो । ९ बजे राती सिनेमा खतम भई बाहिर आउँदा गाडी देखिंन । खोजतलास गर्दा नपाएकोले चारी भयो भनी पटना कोटवाली थानामा रिपोर्ट गरें । त्यसपछि जलेश्वरमा पक्राउ भएको कुरा थाहा पाई सुरसण्ड डागोराले जलेश्वर डि.एस.पी.अफिसबाट पक्राउ गरी दिएको रहेछ । पटना कोटवालीको दरोगा समेत आई हेर्दा, गाडी मेरो हो सनाखत गरें ।

            सो मोटर भा.रु.१३६५५ मा किनेको हुँ । मोडल १९६२ हिन्दुस्थान एम्वेसेडर कार हो । चेसीच नम्बर । । ।३२८६० इन्जिन नम्बर ओ.ई.३३०१९ हर्सपावर १४ रङ्ग कालो कुंजी नम्बर एच.पी.६२८ व्याट्री नम्बर जि.१२०४८ एन.एच.नम्बर ओ.एच.भि.३३४०३ गियर बक्स नम्बर ३२९४२ बाडी सियन नम्बर एच.ओ.३८५९९ रजिष्ट्रेशन नम्बर बी.आर.बी.११११ को मैले खरिद गरेको गाडी हो । मेरो इन्जीन नम्बर ओ.ई.३३०१९ थियो । जसमा ९ लाई ८ बनाई १ को अंक थपी ओ.ई.३३०१८१ बनाएको चेसिस नम्र ।।।३२८६० थियो । सुन्यलाई ८ को अंक बनाई १ अंक थपी ।।३२८६८१ बनाएको हो । मरो नम्बर प्लेट वो.आर.पी.११११ को सट्टा डब्लु.जि.एक्स.१८९६ लगाएको रहेछ प्रतिवादीको बिक्रीनामा जाली हो । गाडी मेरो चोरी भएको हो भन्नेसमेत विरेन्द्र नारायण दासको बयान ।

      २.    वी.एन.पी.दासको मोटर पटनाबाट चोरी ल्याएको होइन । महेन्द्र कपुरसँग सेकेन्ड हाईन्ड मोटरसम्म सेडरबाट भा.रु.६५०० मा किनी निजले दिएको रसिदमा नम्वर भिडाई जाँचीमा रती ड्राइभरले हाँकी वोईरसम्म पुर्‍याई दिए पछि ताहाँबाट नेपाली लाईसेन्स भएका ड्राइभरले हाँकि भन्सारमा आई ५ दिने भन्सार कटाई जनकपुर जान लाग्दा रोडशेष कटाई उसै बखत डि.एस.पी.जलेश्वरको पुलिस आई साहेवले बोलाएको छ भनी भनेकाले मोटर लिई गएको साथमा आउने भारतीय ड्राइभरको नाउँ थाहा छैन । नेपाली ड्राइभरको नाम नलिनरत्न तुलाधर हो । इन्जीन नम्बर चेसीस नम्वर हामीले सच्याएको छैन । दार्जलिङ्गबाट खरिद गरी ल्याएको हुँ भन्ने समेत नजमुद्दि मियाँको बयान ।

      ३.    वी.एन.दासको दरखास्तबमोजिमको नम्वर यो गाडी हामीले चोरी गरी ल्याएको होइन । म र नजमुद्दि दुबै मोटर किन्न दार्जेलिङ्ग गएको थियौं । नाम नजानेको दलालले महेन्द्र कपुरबाट पुरानो एम्वेसेडर चार डब्लू.जी.एक्स नम्वर १८९६ को मोटर ६५०० भा.रु.मा खरिद गरी रसिद दिएपछि भारती ड्राइभरले जलेस्वर वोडरसम्म हाँकी ताहाँबाट मैले हाँकी ल्याएको हुँ । भित्रको नम्वर के छ ? मलाई थाहा छैन भन्ने समेत नलिनरत्नको बयान ।

      ४.    बुझीएसम्मका प्रमाणबाट वी.एन.दासको गाडी १९ अक्टुवरका राती पटना बिना सिनेमा घरबाट प्रतिवादी नजमुद्दि मियाँ नलिन रत्न तुलाधर समेतले चोरी गरी ल्याएको ठहर्छ भन्ने समेत इलाका अदालत जलेश्वरको इ.न्या.पृथ्वीबहादुर सिंहको ०२०।१०।२१।२ को फैसला ।

      ५.    नेपालको ऐन विधान तथा नागरिक ऐनले कानून विरुद्ध कारवाई गर्न र सजाय दिन नपाउने कुरामा मलाई कानूनी हकबाट बञ्चित गरी कानून विरुद्ध फैसला भएको बदर हुनु पर्छ भन्ने समेत नजमुद्दि मियाँको र सोहि मिलान सरहको नलिनरत्न तुलाधर समेतको अपील ।

      ६.    पब्लिक प्रस्यूक्यूटरको रिपोर्ट साथ दायर हुन आएको नेपाल भारतको बीच भएको सन्धीपत्रले पक्राउ हुने र सो सन्धी पत्रको दफा ३ को नं.३ मा लेखेको रु.५००।भन्दा बढीको चोरी भएको देखिएकोले नेपाल भारतको सुपुर्दगी आदान प्रदान ऐन अन्तर्गत परेको रहेछ भन्न नमिल्ने र नागरिक ऐन, २०१२ को दफा ११ मा प्रचलित ऐन विरुद्ध केहि काम गरेमा बाहेक कुनै अपराधमा दोषी ठहराइने छैन भन्ने लेखिएको । उपरोक्त दफा ३ को नं.१३ ले कसुरमा दफा ४ ले पक्राउ भई प्रचलित कानूनबमोजिम पुलिस पव्लिक प्रस्युक्यूटरको रिपोर्ट पर्न आएकोले नेपाल नागरिकता ऐनको अधिकार हरण भएको नदेखिएको । यो मोटर र अपीलाट नजुमुद्दिन मियाँ नलिनरत्न पक्राउ हुँदाको अवस्था सो मोटरमा वि.एन.दासका कागज फायलहरू पुरिएको भन्ने पुलिसका रिपोर्ट भएको । चोरी भएको रात पटना कोटबालीमा वि.एन.दासको दरखास्त परेको मोटरको हुलिया सहितको चोरी भएको कुरा पटना कोटवालीको दरोगा नागेस्वरप्रसाद सिंले जिल्ला वडाहाकिम छेउ चिठ्ठी पठाएको पनि देखिएको । मोटरको साथ रहेछ । कठिलमा वीरेन्द्रनारायण सिंले यो मोटरको टिकट १ वर्ष अगाडिको सो कटिल नम्वर १८ को साथमा रहेको देखिएको मोटर सर्टिफिकेट कम्पनीले लेखेको चिठ्ठीबाट समेत मोटर वि.एन.दासको भनी सिद्ध देखिन आएको । महेन्द्र कपुरलाई बुझ्न पर्ने नदेखिने । इन्साफ इ.अ.जलेस्वर को मनासिव छ भन्ने ०२१।५।२४।३ को जि.अ.महोत्तरीको फैसला ।

      ७.    सर्पुदगी ऐन अनुसार मुद्दा चलाउन नसकिने खारेज हुनु पर्नेमा मलाई हराई गरेको इन्साफमा चित्त बुझेन भन्ने नजमुद्दिन मियाँ समेतको अपील ।

      ८.    श्री वि.एन.दास एकजी क्यूटिभ ईन्जीनीयर पि.एच.इ.डि.पटनाको एम्वेसिड र काचोरी ल्याएको मुद्दा कारवाही गरी मोटर निज दासलाई बुझाई दिन हिन्दुराज दुतावासबाट परराष्ट्र मन्त्रालय मार्फत लेखी आएको छ । यो मुद्दा पुलिस र प्रोसिक्यूटर मार्फत यथाशिघ्र इलाका अदालतमा दायर गराउनु होला भनी वडाहाकिम म.स.गो.जलेस्वरलाई ०२०।८।१२ मा गृह मन्त्रालयबाट आ.वा.लेखीगएकोबाट प्रस्तुत मुद्दा सरकारी वकिल मार्फत् चलाएको देखिन आएकोले मुद्दा चलाउने सम्बन्धमा सरकारी वकिल राखी छलफल गर्नुपर्ने हुँदा उल्लेखित आ.वा.गएको कारवाहीको फायल साथमा लिई बहसको निमित्त सरकारी वकिल पठाउनु होला भनी एटर्नी जनरल अफिसलाई १५ दिनको समय दिई सो दिन नियमबमोजिम पेश गर्नु भन्ने ०२१।१०।१।५ को डिभिजन बेञ्चको आदेश ।

      ९.    यसमा जमानतबाट छुटी तारेखमा रहेको नजुमुद्दिनलाई रोहवरमा राखी पेश हुन आएको प्रस्तुत मुद्दामा फायल समेत ल्याई ए.ज.आ.बाट खटी आएका विद्वान वकिल एडभोकेट जगन्नाथ उपाध्यायले र सुर्यनारायणदास तर्फबाट रहेको विद्वान वकिल सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा १ प्लीडर नन्दी केशर १ समेतका र अपीलाट प्र.नजुमुद्दिन तर्फबाट रहेको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद घिमिरे १ प्लीडर झुलेन्द्रप्रसाद १ वैतानिक वकिल सुधानाथ पन्त समेतको बहस सुनी अपील जिकीर समेत हेरी विचार गर्दा, अनुसन्धानबाट विरेन्द्रनारायणको पटना बिना सिनेमा कम्पाउण्डबाट २ गते रात चोरी भएको भनेको मोटर नजमुद्दिन समेत भई चोरी गरी ल्याउनु भएको यहि मोटर हो भन्ने कुरा देखिन आएको भन्ने पुलिस रिपोर्टमा परेकोमा यसमा पटना बिना सिनेमा पार्कबाट मेरो अम्वासेडर कार चोरी भएको भन्ने विरेन्द्रनारायण र महेन्द्र कपुरसँग दार्जेलिङमा खरिद गरेको भन्ने नजुमुद्दिन समेत र नेपाल अधिराज्य भित्र जलेश्वरमा ल्याएको भनी पुलिस रिपोर्ट भएकोमा आफूले माल राखेकोमा आफू सरीक भएका वारदातको माल भएकोमा आफूले लिन खानका लागि भन्ने बोली चोरीको परिभाषामा परेको र वारदातमा आफूसरिक नभए पनि चोरीको माल राखेकोमा चोरीको २४ नम्वरबमोजिम हुने हुनाले चोरीको वारदात र चोरीको माल राखेको वारदात पृथकपृथक हुन सक्छ ।

      १०.    चोरी सम्बन्ध अपराध छुटाउन निमित्त ऐन यस्तो छ :

      ११.    चोरीको १ नं.आफ्नो हक नपुग्ने अञ्चल भईरहेकोलाई चलेको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मञ्जुरी नलिई धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानी नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।

      १२.   चोरीको २४ नं.चोरीको माल भनी जानी जानी लिने वा राख्नेलाई वा किन्नेलाई बिगोबमोजिम जरिवाना गर्नुपर्छ ।

      १३.   मोटर बरमत भएकोले निजसँग त्यो माल कुन तरहबाट रहन आएको हो भन्ने पहिले नै निश्चय गर्नु परेको छ ।

      १४.   मोटर कार नलिनरत्न र नजुमुद्दिनसँगबाट वरामत भएको हुनाले निजले उपरोक्त चोरीको २४ नं.बमोजिम अपराध गरेको हो होइन भनी यकिन गर्नलाई (१) चोरीको माल त्यो मोटर हो होइन (२) त्यस्तो स्वाम्त्वि कसमा रहेको छ (३) अभियुक्तले कहाँ राखेको हो (४) निजले जानी जानी राखेको हो होयन भनी निर्णय गर्नु परेको छ ।

(१)    नं.का हकमा महेन्द्र कपुरसँग रु.६५०० मा सेकेन्ड हृयाण्ड १९६३ अक्टुवर ७ मा नम्वर डब्लु जि.एक्स.१८९६ को मोटरकार खरिद गरी लिएको र जलेस्वर सवारीका अफिसमा ३।७।०२० मा ने.रु.१।७७ बुझाएको रसिद भएको भनी नजुमुद्दिनले जिकीर गरेको र मोडेल १९६२ हिन्दुस्थान ऐम्वेसीडरकार सिलेन्डर ४ चेसिस नम्वन ।।३२८६० ईन्जिन नम्वर ओ.ई.३३०१९ हार्सपावर १४ रङ्ग कालो कुन्जी नम्वर एफ.पि.६२८ ब्याट्री नम्वर जि.१२०४८ रियर एकसल नम्वर ओ.एच.भि.३३४०३ गियरबक्स नम्वर ३२९४३ वादी सिरियल नम्वर एक.ओ.३८५९९ रजिष्ट्रेशन नम्बर वी.आर.पी ११११ सर्टिफिकेट आफ ईन्स्योरेस पी.ए.एकस १०१९।६२।५७५७५९ हिन्दुस्थान जनरल ईन्स्यूरेन्स सोसाईटि हिन्दुस्थान मोटरस् लिमिटेड १५ ईन्डीयाक्स चेन्ज प्यालेस कलकता १ मैले खरिद गरेको गाडी हो भनी वि.एन.दासको जिकीर र तत्सम्बन्धी पत्रहरू पेश गरेकोमा महेन्द्र कपुरको त्यो मोटरकारमा हक देखाउने पत्रहरू नजुमुद्दिनहरूले पेश गर्न र जिकीर गर्न नसकेको र पुलिसमा गरेका मुचुल्कामा ईन्जिन समेतका नम्वरहरू उल्लेख भएको र त्यो नम्वरहरू सच्चिए छि भएको हो भनी विरेन्द्रनारायणको निवेदन पत्र परेको र सच्याई बनाएको इलाका अदालतको नजरमा देखिएकोले समेत इलाका अदालत, जिल्ला अदालतले त्यो मोटरलाई चोरीको माल ठहराएको मनासिव देखिन्छ ।

(२)   का हकमा महेन्द्र कपुर भन्दा अगाडिको माल धनी हो भनी नजुमुद्दिनहरूले बताउन नसकेको र कम्पनीसँग खरिद गरेको सिधै सम्पर्क भएको निस्सा प्रमाण समेतबाट वि.एन.दासकै मोटर रहेछ भन्ने देखिन्छ ।

(३)   का हकमा नेपाल अधिराज्य भित्र जलेस्वर पुलिसबाट पक्राउ भएको हो ।

(४)   का हकमा माथि लेखिएबमोजिम चोरीको मोटरकार सावित भएको र महेन्द्र कपुरसँग कसरी आएको हो भन्ने कुरा बताउन नसकि सोभावैले जानकारीमा ल्याउन पर्ने कुरा, महेन्द्र कपुरको हक, पत्ता लगाएपछि मात्र निजसँग खरिद गरेको भन्न पर्ने नसकेकोले जानी जानी चोरीको माल अभियुक्तले नेपाल अधिराज्य भित्र राखेको देखिन्छ ।

      १६.    यो चोरीको माल जानी राखेको कसुरलाई चोरीको अपराधसँग भिन्न देखाउने चोरीको १ नं.६ चोरीको परिभाषा हेर्दा, लग्यो भन्ने पदको अर्थ बताउनु पर्छ । कुनै ठाउँबाट उठाउनुलाई लग्यो भन्ने अर्थ हुन्छ, जुन ठाउँमा दाखिल भएको छ, त्यो ठाउँलाई लगेको ठाउँ चोरीको वारदातको ठाउँ हुन्छ । नेपाल अधिराज्य भित्र कुनै ठाउँबाट लग्योभने उजुर होइन । भित्र ल्याएकोमा सावित भएको कसुरलाई चोरीको कसुरसँग राख्न सकिदैन ।

            अभियुक्तहरूलाई चोरीको २४ नं.बमोजिम सजाय तोक्न उचित हुने कुरा तल दर्शाइएको छ:

      १७.   चोरी गरेमा १२।१४ नम्वरको ऐनबमोजिम सजाय हुने कसुर भनी पुलिस रिपोर्टमा जिकीर गरे पनि चोरीको सजाय लाग्नेसम्म अपराध नभएको ठहर्न आएको कसुरमा चोरीको २४ नं.को सजाय तोक्नलाई न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को ११ (ग) दफाले तल्लो अदालतले नतोकेको भए पनि यस अदालतलाई समर्थन तुल्याउँछ ।

      १८.   पुलिस रिपोर्टमा सरकारी मुद्दासम्बन्धी ऐन, ऐन अन्तर्गत दाखिल गरेको भनी लेखेको छ नेपाल अधिराज्य भित्र जलेश्वरमा अपराध भएको जलेश्वरको पुलिसले अनुसन्धान गरी गवाहको रूपमा अदालतमा पठाएको विरेन्द्रनारायणको बयान भएको छ ।

            चोरीको १२।१४ नम्बरकोबमोजिम सजाय तोक्न बाधा परेको यस प्रकारले हो :

      १९.    सरकारी मुद्दासम्बन्धी ऐनले मुद्दा चलाएको त्यो ऐन, २०१७ को ३ दफा मा नजिकै को पुलिसमा जाहेर गर्ने कुरा लेखेको छ । भारत पाटनमा चोरी भएको भनी नेपाल अधिराज्य जलेश्वरको पुलिसलाई जाहेर गर्ने अवस्था छैन ।

      २०.   सुपुर्दगी ऐन, ०२० को दफा ४।५ मा लेखेबमोजिम सजायको दरखास्त पर्न आएको देखिंदैन म.स.गो.को ०२० साल मार्ग ५ गते रोज ५ को पर्चामा अमिनी जाफता को ७० बमोजिम सबुद पठाई दिन निमित्त भारत सरकारलाई लेखापढी भईसकेको भन्ने लेखिए मुताविक र ईलाका अदालत जलेश्वरबाट भएको थुन छेकको आदेशमा उल्लेख भएकोबाट समेत त्यस्तो पत्र आएको मिसिलमा नदेखिएकोले भारत पटनाको चोरी विषय केहि विचार हुन सकेन ।

      २१.   वडाहाकिमलाई डि.पी.सिंले लेखेको पत्रबाट अभियुक्त विरुद्ध वडाहाकिमलाई पटना कोताबालीबाट लेखेको पत्रमा केश नम्वर ४७ को मुद्दा ३७९ आई.पी.सि.बमोजिम चलेको भन्ने लेखेको मा अभियुक्त विरुद्ध मुद्दा चलेको भन्ने लेखेकोमा यी अभियुक्त विरुद्ध मुद्दा चलेको भन्ने बोलि छैन ।

      २२.   बिदेशको वारदातमा सजाय हुन निमित्त चाहिने विदेशको अपराधको सबुद समेत पुलिस प्रोसिक्यूटरको रिपोर्टमा देखिंदैन ।

      २३.   तसर्थ, विरेन्द्रनारायणलाई मोटर दिलाई दिने गरेको इन्साफ जिल्ला अदालत जलेश्वरको मनासिव छ । केहि उल्टी भएकोले अरू कुरामा तपसीलबमोजिम गर्नु ।

 

तपसील

देहायका प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिएबमोजिम बिगो रु.२१८४८ को चोरीको माल जानी जानी राखे वापत चोरीका २४ नं.बमोजिम बिगोबमोजिम जरिवाना रु.२१८४८ जरिवाना हुन्छ देहाय बमोजिम असुल गर्नका श्रे.अ.त.मा लगत दिने ......................१

का.ई.जुद्ध सडक बस्ने नजुमुद्दिन मियाँ के जरिवाना रु.१०९२४ हुनेमा पुर्पक्ष निमित्त ०२० साल कार्तिक ५ गते देखि ०२१।१०।१५।५ तकको थुनिएको मिति १।१।६ दिनको दण्ड सजायको ५३ नं.ले महिना १ को रु.३०।का दरले हुने ने.रु.३९६ कट्टा गरी बाँकी ने.रु.१०५२८ लाग्नेमा पछि फैसला हुँदा ठहरेबमोजिम हुने गरी ०२१।१०।१५।५ मा निज नजुमुद्दिनले ने.रु.६०८१।३४ धरौट दाखेल गरी छुटेकोले सो धरौट सदर स्याहा गर्ने र अरू नपुग रु.४४४६।६६ रुजु हुँदा असूल भएकोले ऐनबमोजिम गर्ने ऐ १

का.ई.असन कमलाछी घर भई हाल बिरगन्ज जेलमा थुनिएको नलिनरत्न तुलाधर के जरिवाना रु.१०९२४ लाग्छ ऐ.मिति देखि थुनामा परेकोले मिन्हा दिई बिरगन्ज जेलमा थुनामा हुँदा असुल गर्ने

देहाएका मानिसलाई इलाका अदालत जलेश्वरको ०१८।१०।२१।२ का फैसला र जिल्ला अदालत महोत्तरीको ०२१।५।२४ को फैसलाबमोजिम लाग्ने गरेको जरिवाना कैदको हाल नलाग्ने हुँदा लगत काटी दिनु भनी जलेस्वर ई.अ.मा पूर्जि गर्ने ऐ.ऐ .........................२

ई.अ.जलेश्वरका फैसलाबमोजिम का.ई.जुद्ध सडक बस्ने नजुमुद्दिन मियाँ के जरिवाना रु.२१८४८ कैद महिना १ का.इ.असन कमलाछी घर भई हाल बिरगन्ज जेलमा थुनिएको नलिनरत्न तुलाधरके जरिवाना रु.२१८४८ कैद महिना १ जिल्ला अदालत महोत्तरीको फैसलाबमोजिम । का.ई.जुद्ध सडक बस्ने नजुमुद्दिन मियाँ के२१८४।८० कै्रद दिं ।।३।, का.ई.असन कमलाछि घर भई हाल बिरगन्ज जेलमा थुनिएको नलिनरत्न तुलाधर२१८४।८० ऐ.।।३।

का.ई.जुद्ध सडक बस्ने प्र.नजुमुद्दिन मियाँले तारेखमा छुट्न जमानतमा दिएको घरको पूर्व रामलाल श्रेष्ठको छुट्टै घर क्लास र सानु कान्छाको बारी पश्चिम अफजल साहुको छुट्टै घर क्लास र साजाचोक र तेजबहादुरको छुट्टै घर क्लास उपर सानु पहलमानको भर क्लास छुट्टै दक्षिण मुल सडक यति ४ किल्ला भित्रको का.ई.ठहिटीटोलको ब्लक नं.११/६०१ को मोहडा पूर्व पश्चिम लङ्गको १ नाले छिडी तलामा पसल कबल ५ भई बनेको घर र सो घरैसँगै पूर्व कुनाबाट उत्तरतर्फ जोडीयाको १ नाले ५ कवलेमा ठाउँ ठाउँमा भत्के बिग्री रहेको घर र सो घरसँग उत्तर कुनाबाट पश्चिमतर्फ जोडियाको पूर्व पश्चिम लंगको २ नाले ३ कवले समेतको ४ तल्ले पक्की सारा झिगटी कर्कट पाताको छाना भएको घर र सो घरले चर्चेको लगापात समेतको घर निजलाई लगेको जरिवाना बुझाएको हुनाले फुकुवा गरी दिनु भनी का.पो.र.लाई र.का.न.प.लाई पूजि गर्नु ........................३

मोटरको माल धनीले म्याद भित्र मोटरमा फिर्ता पाउँ भनी दर्खास्त पर्न आएमा नेपाल मुलुकी ऐन, दण्ड सजायको ४२ नं.ले दशौंद लिई मोटर फिर्ता दिनु भनी इ.अ.जलेस्वरलाई पूर्जि गर्न महोत्तरी जिल्ला अदालतले ठहर गरेको हुनाले दोहोरो लगत दिई रहन परेन .....................४

इन्साफ केही उल्टीमा उस अवस्थाका इ.अ.जलेश्वरका न्या.पृथ्वीबहादुर सिं र जि.अ.महोत्तरीका जि.न्या.बृषबहादुरको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु ......................५

जानकारी निमित्त फैसलाको प्रतिलिपी परराष्ट्र मन्त्रालयमा पठाउन ए.ज.अ.मा पठाई दिनु ...................६

 

इति सम्वत् २०२१ साल चैत्र १ गते रोज १ शूभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु