निर्णय नं. ३५४ - डाका खुन

निर्णय नं. ३५४ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधी श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री लोकराज जोशी
२०१९ सालको फौजदारी फु.नं.४०
निवेदक : सदर जेलमा थुनिएको डम्वरबहादुर कार्की क्षेत्री
विरुद्ध
विपक्षीको : देवथारु समेत
मुद्दा : डाका खुन
(१) कस्तो तर्क, कुरा असामयीक र अव्यवहरिक हुने ?
तत्कालीन प्रधान न्यायाधीश समक्ष अघि पेश हुँदा पनि प्रस्तुत मुद्दाको कारवाहीमै कैयौ व्यक्तिले सफाइ र सजाय समेत पाइसकेका हकमा मुल्तवी समेत रहने भएको यस्तो सरकारवादी हुने खुन डाका मुद्दा कसरी किन कारवाही भयो ? भन्ने कुराको १३।१४ बर्ष पछि अहिले प्रश्न उठाई तत्कालीन अमिनी समेत बसी कारवाही गरेको यो मुद्दाको कारवाही बदर गर्न असामयीक र अव्यवहारिक हुन जाने देखिन्छ ।
(प्रकरण नं. ४३)
(२) इच्छा विरुद्ध बयान गराए भन्ने जिकीर भएमा सो को सबुद गुजार्न सक्नु पर्ने । मौका वारदातमा चिनेको भन्ने समेत भई साविती बयान भएमा इच्छा विरुद्ध भएको बयान भन्न नमिल्ने ।
स्वयं सावित भई बयान गरेको देखिएको सो बयान कुटी पिटी मेरो इच्छा विरुद्ध गराएका हुन भन्ने जिकीर छ । तापनि सो कुरा कायम गराउन सकेको सबुद नदेखिएको र डाकाको वारदात मौकैमा निजलाई चिनेको भनी माल धनी नकछेदिको स्वास्नीले चिनें भनी निजले भन्थी भनी साविती गोहल चौधरी समेत ७ जनाले भनेको समेत देखिएबाट निज डम्वरबहादुरको साविती बयान निजको इच्छा अनुकुल साँचो व्यहोराको रहेछ भन्ने सिद्ध हुन आएकोले निज डम्बरले उक्त डाका वारदात गरेको होइन भन्न मिलेन ।
(प्रकरण नं. ४४)
निवेदक तर्फबाट : सि.ए.कृष्णप्रसाद भण्डारी
१. ०८ साल माघ ७।२ को राती नचिनेका डाकाहरू आई फेकंब दनुवारलाई बन्दुकले हानी मारी नगद समेत जम्मा बिगो ११८२।।। को धनमाल डाका गरी लग्यो भन्ने समेत विल्टकुमार दनुवार, ०८।१०।८।३ को राती नचिनेका डाकाहरू आई दाजु हेमन थारु रक्सु थारुलाई सलबाँधी जलाई मारी मेरो स्वास्नी र बुहारीले लगाई राखेको सुनको २ तोलाको अनि जोर २ को बिगो रु.२२० डाका गरी बिगो रु.१२१०३ बाह्रहजार एकसय तीनको घर धनमाल जलाई नोक्सान गरेको डाकाहरूले मो.वि.गो.नं.६५९ को बन्दुक १ र ग्रामोफोन १ समेत छाडी गए । डाका पत्ता लगाई नोक्सानी बिगो समेत दिलाई पाउँ भन्ने देव थारुको बयान ।
२. हामीहरूका घरमा पनि डाका आई लेखिएबमोजिम धनमाल डाका गरी लगे भन्ने समेत चोरन थारु, पल्ट थारु, सेपल थारु, धनीलाल दनुवार, पल्टादनुबार जोलाई दनुवार, बिन्चा दनुवार, नेबिलाल दनुवार, भरहनथामी, बुद्धिलाल, तनुलाल, रेशम लाल थारु, नकछेदी थारु समेत वादीहरूको उजुर बयान ।
३. मंगला, रमा, गनपत मुसहर आई भनेबाट मैले हाथमा लाठी लिई गनपत्त मुसहर समेत चिनेका १२ जवान समेत भई नकछेदीको घरमा यो एकपटक डाका गरेको हुँ भन्ने समेत प्र.कर्मा मुसहरको बयान ।
४. ०८।१०।८ गते राती गोहलले डर त्रास देखाए पछि गोहल समेत चिनेका १२ जवान र अरू नचिनेका समेत भई पहिले रेशमलाल कहाँ त्यसपछि नकछेदीको घरमा डाका गरेको हौं । सो डाका गरेपछि रु.२० हिस्सा लिएको हुँ भन्ने समेत प्रभरता कामीको बयान ।
५. ०८।१०।८ गतेको रात गनपत्त मुसहर आई धम्की लगाएकोले चिनेको कर्मा मुसहर समेत चिनेका ८ जवान र अरू नचिनेका समेत भई डाका गरी गनपत्त मुसहरले दिएको रु.२० भाग लिएको हुँ । सजाय पाएको र अन्त डाका गर्न गएको छैन भन्ने समेत प्र.वावुराम थारुको बयान ।
६. राधे थारुको डाका मुद्दा समेतमा मलाई १९ वर्ष कैद ठेकिएको आन्दोलनमा छुटेको थिएँ । खर्चले खाँचो भएको थियो । काका भनीलाल चौधरीले डम्वरबहादुर समेतसँग कुरा मिली सकेको छ । अलीकति मुगलानतिरका मानिस भए ठूलो डकैती हुन सक्छ भन्ने कुरा गर्दा उसपारका दागी वदमासहरूलाई लिई आउनु भनी बाबुलाललाई अराएपछि बसमतीया छोटी र लोकी छोरीमा डाका गरी महेसा महदेया समेत ९ जना आएका छन भन्ने कुरा गरेको र पैसावालाका घरमा डकैती गर्न काका मनिलालले अराएकोले मैले २ नाल टोटावाल बन्दुक डम्वरबहादुरका हातमा पनि बन्दुक लिई जम्मा ५० जवान जति भई पल्ट थारुको घरमा डाका गरेको हौं । सोमबारको रातमा पिप्रमा २ ठाउँमा र जि.कन्को वचालाल थारु अवधीथारु, सेपल थारुका घर डकैती गरी सकेपछि खसी बिक्री गर्ने पहाडीयाको रूपैया खोसी पल्ट दनुवारकहाँ म लागें । धनीलालकहाँ अरू साथी लागे । फोकाम दनुवारकहाँ मडैसा समेत बसे । फेक्लाइ महेसाले बन्दुकले हानि मारी जम्मा ११ ठाउँमा डाका गरे भन्ने समेत प्र.गोहल चौधरीको बयान ।
७. माघ ८ गते मंगलवारको रातमा गनपत्त मुसहरले भने बाट गनपत्त मुसहर समेत भई नाउँ जानेको अवधीमा एकवाको नकछेदीको घरमा डाका गरेको हुँ । मैले गनपत्ताबाट रु.२० लिएको छु भन्ने समेत प्र.कालेकाटे भन्ने कारी कामीको बायान ।
८. माघ ८।३ को रात डम्वरबहादुरले भनेबाट डम्वरबहादुर समेत भई उवधीको रेशमलाल दोधरीयाको नकछेदी कहाँ डाका गरेको हुँ भन्ने समेत लालवीर सार्किको बयान ।
९. चपराधी माटको डकैती मुद्दामा १८ वर्षे चानचुन कैद ठेकी ७ सालमा जेलबाट भागी बसेको डम्वरबहादुरले भनेबाट ०८ साल माघ मंगलवार रात नाउँ नजानेको उधी भन्ने ठाउँमा र नकछेदीको घरमा समेत २ ठाउँमा मालिक डम्वरबहादुर समेत भई डाका गरे डम्वरबहादुरले हिस्सा पछि दिन्छु भनी रु.११ दिएको लिएको छु भन्ने समेत दिलबहादुर सार्की ।
१०. दिलबहादुरले भनेबाट नकछेदीको घरमा दिलबहादुर समेत भई डाका गरे । मलाई रु.२५ दिलबहादुरले दियो । सो डाका गर्न जानेमा डम्वरबहादुर पनि छ भनी दिलबहादुर भन्थे । मैले चिनेको छैन भन्ने समेत बालकृष्ण कामीको बयान ।
११. डम्वरबहादुरले भनेबाट ०८।१०।८ गतेको रात डम्वरबहादुर समेत भई उब्धीको नाम नजानेको थारुको घरमा १ दोधरीयामा नकछेदीको घरमा डाका गरेको हुँ भन्ने समेत मानध्वज सार्की ।
१२. मानध्वज सार्कीले डम्वरबहादुरले भनेको भनी बोलाउन आएबाट माघ ८ गतेका रात उब्धीमा र दोधरीयामा डाका गरे । जुगल चौधरी समेत ५।७ जना भनी लाल चौधरीले पठाएको भनी दिलबहादुरले भन्थ्यो भन्ने समेत मंगले सार्कीको बयान ।
१३. डम्वरबहादुरले भनेबाट निज समेत भई ०८।१०।८ गते राती उब्धीको थारुको घरमा र एकन्वाको नकछेदीको घरमा डाका गरेको हुँ भन्ने समेत लालबहादुर सार्कीको बयान ।
१४. खडगबहादुरले निजका भाइ नाती बाबु मार्फत बोलाई पक्लीका गोहल चौधरीले पनि मद्दत दिने भएका छन । तिम्रो साथका मानिस पनि मद्दतमा दिन पर्यो भनेबाट डाका गर्न जान मञ्जुर गरी खडगबहादुर समेत जमात भई ०८।१०।७ गतेका रात नाउँ नजानेको पिप्राका २ जना थारुका घरमा र माघ ८ गते मेरो हरूवा समेत ७, ८ जना लिई अरू समेत भई रेशमलालको घरमा र नकछेदीको घरमा डाका गरे । हिस्सा लिएको छैन भन्ने समेतको डम्वरबहादुरको बयान ।
१५. खडगबहादुरले भनेबाट निज समेत भई ०८ साल आश्विन महिनामा महुलीया गाउँको बिलासको घरमा डाका गर्दा बिलासको छोरा भागेकोले विष्णुप्रसादले राईफलबाट हान्दा भुईमा लड्यो । पछि हामी भाग्यौं । त्यसपछि ०८।१०।७ गते जुगलले पिप्रा समेत २,४ ठाउँमा डाका गर्नु पर्छ, मनिलाल चौधरीले बन्दुक र निजको नोकर दिई पठाउने भएको छ भनेबाट मञ्जुरी गरी बसें । पकलीको चौरमा जम्मा भई बसेको ठाउँमा ४२, ४३ जना मानिसहरु आई अब तिमीहरु गपी, प्रमा समेत डाका गरी धनमाल मकहाँ ल्याउनु । मेरो बन्दूक यही हो । नोकर पनि यिनी हुन । म जान्न भनी मनिलाल फिरे । पछी हामीहरु गई पहिले पिप्राको उत्तर पट्टिको थारुको घरमा त्यसपछि दक्षिण पूर्वको थारुको घरमा र त्यसको भोलीपल्ट अर्नाको देव थारुको गई देव र रक्सलाई सनले बाँधी मट्टीतेल खन्याई खड्गबहादुरले आगो लगाई घर समेत जलाई डाका गरेको हुन । धनमाल मनीजलालकहाँ लगी बण्डा हुन्छ भनी भन्थ्ये भन्ने समेत बाबुलाल थारुको बयान ।
१६. गोहल चौधरीले मनिलालले भनेको छ भनी भनेबाट ०८।१०।७ गते रात निज गोहल र डम्बरबहादुर जमाली मियाँ र अरु समेत भई पिप्राको पल्ट थारुको घरमा चोर थारुको घमार जिमिदार, कनको थारु समेत ९ घरमा र जि.बुधीलाल र अरु नचिनेको १० जना समेतको घरमा डाका गर्यो । धनमाल मनिलालकहाँँ ल्याएको हुँ । अरु पछि दिउँला भनी रु.२० गोहलले दियो । भोली पल्ट ८ गते एकम्ब उब्धीका रेशमलाल नकछेदीका घरमा र अरनाहा बसहामा समेत गई डाका गरेको हुँ भन्ने समेत पल्टन हजामको बयान ।
१७. मालिक मनिलालले गोहललाई बोलाउन पठाई आएपछि कुरा गरी गोहलसँग जाउँ भनी भनेबाट निज गोहल र अरु नचिनेको समेत भई ०८।१०।७ को रात पिप्रामा २ घरमा डकैती गरेको हुँ भन्ने समेत जगदोश झावहिंको बयान ।
१८. गोहल चौधरीले बोलाएबाट पिप्राको २ घर निज गोहल र जमाली बखु समेत अरू भई डाका गरेको हुन । मालिक मनिलालकहाँ पुगेपछि फाँट ल्याई दिन्छु भन्यो । लिएको छैन भन्ने समेत भनी बखु मियाँको बयान ।
१९. गोहलले डाका गर्न भनेको र मनिजलालले ३,४ जना मानिस र १ नाल बन्दुक लिई आई पिप्रामा गाउँमा समेत डाका गर्न जानु । म जान्न । बन्दुक र नोकर ल्याई दिएको छु । म जान्न भनी गएको र डम्वरबहादुर र अरू समेत भई पिप्राको २ घर थारुको घरमा डाका गरेको हुन र ०८ साल जेष्ठ आषाढमा खडगबहादुरले भनेकोबाट फागुको घरमा डम्बरबहादुर समेत डाका गर्न गएको । धनमाल लिन पाएको थिएन भन्ने समेत पलट मुसहरको बयान ।
२०. गोहल चौधरीले डरत्रास समेत दिई भनेबाट ०८।१०।७ गते पिप्राको पल्ट थारु, चोर थारुको घरमा गोहल समेत अरू भई डाका गरेको हुन भन्ने कुजिया बखु मियाँको बयान ।
२१. गोहल चौधरीले लगेबाट माघ महिनामा पिप्राको थारुको २ घरमा र विष्णुपुरको जि.कन्की थारुको घर र अरू घर समेत ९।१० डाका गरी घरमा गएपछि मनिलाल चौधरीले डाकामा गईनस भनी सोध्दा गएँ भनी जवाफ दिएँ । मंगलको रात पनि मनिलाल चौधरीले अह्राएको हुनाले गई उब्धीमा १ घर दोधियामा १ घर अर्नाहामा १ घरमा समेत डाका गरेका हुँ । धनमाल मनिलाल चौधरीको घरमा राखेको छ भन्ने समेत ठकु मुसहरको बयान ।
२२. गोहलले लाए अह्रायकोले सुराकी पत्ता लिने गरेको थिएँ । मोगलान तिरको वदचलन मानिस ल्याई देउ । डाका चोरी गरी तिमीलाई पनि दिन्छु भनेबाट बसमतिया र लौकी बजार अड्डा गर्न मधेश मल्दैया मियाँ समेत आई म पर बसें । डाका गरी सकेपछि भोलीपल्ट निजहरू बोलाई लगी दिएको हुँ । अरू पाहाडीया सबै मनिलाल चौधरीकहाँ रहेछन् । हिस्सा पाएको छैन । पाएपछि दिन्छु भनेको दिएको छैन । मैले डाका गरेको होईन भन्ने समेत बाबुलाल जोगीको बयान ।
२३. मनिलालले एकै जमात भई डाका गर्नु पर्छ भनेको छ । डाका गर्नलाई आउ भनी मनिनालले भनेबाट गई पिप्राको थरुको २ घरमा र विसपुरमा १० घरमा र खसिको व्यपारीसँगको रूपैया खोसी लिएको र अमाहामा समेत डकैती गरेका हुन । धनमाल मनिलाल चौधरीकहाँ राख्ने गरेका छन भन्ने समेत नाथुदास थारुको बयान ।
२४. गोहलले धम्की दिई डाका गर्न बोलाएबाट गई ०८।१०।७ गते रात पिप्रामा पल्ट चोरका घरमा मात्र डाका गरेको हुँ भन्ने समेत प्रयाग थारुका बयान ।
२५. डाका गर्न गोहलले बोलाई जम्मा हुन जाँदा मनिलाल आई बन्दुक दिई नोकर पनि आएको छ । डाका गरेको धनमाल मकहाँ ल्याउनु अनी बाँडौंला भनी कुरा गरी गए । ०८।१०।७ गते रात पिप्रामा २ घरमा जमाली बखु मियाँ समेत भई डाका गरेको हुँ । म अन्त गएको छैन भन्ने समेत लोद्रा थारुको बयान ।
२६. ०८।१०।७ गते सानुनाथुले डाका गर्न बोलाएबाट गई जम्मा हुँदा मनिलालले टोटा बाल बन्दुक र नचिनेका पहाडीयालाई म जान्न । तपार्इंहरू गई डाका गरी धनमाल मेरो घरमा ल्याउनु । हिस्सा गरुँला भनी गए पछि पिप्रामा २ जना थारुको घरमा मात्र मैले डाका गर्न गएको हुँ । अन्त गएको छैन भन्ने समेत गनरा थारुको बयान ।
२७. म पनि डाका पोले भन्ने सुनी समनमा हाजिर हुँला भनी लुकी बसेको हुँ । पिप्रा डाका गर्न माघ ७ गते ठिक भएको रहेछ । पल्ट र चोरको घरमा डाका गर्न गएको हुँ । जगदशी बाहु आएको छ । निजलाई पनि लैजान्छु भनी गोहलले भन्दा हुन्छ डकैती गर्न गए हुन्छ भनीसम्म दिएको हुँ । डाकाहरू भगाएको र डाका गरी ल्याएको धनमाल लिएको र बिक्री दिएको र भाग बण्डा गरेको मैले होईन । अरू ठाउँमा डाका गर्न सहमत दिएको छैन । गोहलले कर्जा लिई नदिएकोले र अरू मानिस समेतले झुट्टै पोलेका हुन भन्ने समेत मनिलाल चौधरीको बयान ।
२८. ५ वर्ष अघि गोहल चौधरीले गोहल समेत अरू भई झोलाई थारुको घरमा डाका गरेको हुँ । त्यसमा सजाय पाएको छैन । अन्त कँहीं पनि डाका गरेको छैन । झुट्टै पोलेको हो भन्ने समेत सरूप थारुको बयान ।
२९. पक्लीमा म समेत भई डकैती गरेकोले पक्राउ होला भनी लुकी छिपी बसेको । पक्री ल्याए । मनिलाल चौधरीले ठूलो डाका गर्नु पर्छ भनेको र माघ सौम्वार पिप्रामा २ घर विसुपुर गाउँमा जम्मा ११ घरमा जमाली बखुमियाँ समेतहरू भई डाका गरे । रु.५० लोद्रा थारुले दिए । अन्त डकैती गर्न गएको छैन । गोहलले फायर गरेबाट घरवाला १ जना मरेको छ भन्ने समेत नाथुधामी थारुको बयान ।
३०. गोहल चौधरीले डाकामा पोलेको छ भन्ने सुनी लुकी रहेको हो । माघमा मनिलालले बोलाएबाट जाँदा विसुपुरतर्फ धेरै डाका गर्नु पर्छ । गोहलसँग जा भनी भन्दा गई गोहल र जमाली बखु मियाँ समेत अरू भई पिप्रा विसुपुर अमहा समेतमा डाका गरी धनमाल मनिलालको घरमा लगी गोहल मनिलालले मलाई रु.४० दिए । अन्त डाका गरेको छैन भन्ने समेत सोनाई थारुको बयान ।
३१. डाका चोरी गरेको छैन । हामीहरू उपर झुट्टै पोल गरेको हो भन्ने समेत माधवदत्त जि.बहुरी थारु, शुकदेव, खडग नारायण, सोमन मुराई थारु, भविलाल थारु भवी थारु, जोखन थारु, सनी थारु, रेदनादुखहल, वाडेठूलो विलट थारु, भराई थारु, झोलाराम थारु, नेप्टे राई, हकालुगरी, सन्तु थारु, सन्तुलाल, पनहर थारु, नमाली बखुमियाँ, मधेगन थारु, खगेन्द्रप्रसाद, जुजुमान कसले, जोखन थारु समेतको इन्कारी बयान । चोरी डाका गरेको माल हामीले खरिद गरेको छैन । झुट्टै पोल गरे केहो भन्ने समेत श्री लाल कसी लालसुडीको बयान ।
३२. ०८ साल माघ ७ गते डाका परेको कुनै ठाउँमा साविती र कुनै ठाउँमा इन्कारी भए पनि एकै वारदातमा भएको डाका गर्न गएन भन्न नभई जगदीश भनी बखु, कन्जीया, प्रयोग, लोद्रा, मुनराना, नाभुथारु, नाथुधामी, सोनाई समेत सो माघ ७ गते परेको सवै घरमा र माघ ८ गते परेकोमा कर्माभर थारु, बाबुराम, वालकृष्ण, कारीकामी, लालवीर, दिलबहादुर, मानध्वज मंगले, लालबहादुर समेतले र माघ ७।८ गते को दुवै वारदातमा गुहल, डम्वरबहादुर, बाबुलाल, पल्टपल्टन, हजाम, ठकमसुहर समेतले सबै वारदात नपोले पनि बेदनाले ननलुुधुको घरमा डाका गरकै देखिने । सरुवा ५ वर्ष अघि फैलाईदेवीको घरमा डाका गरेमा साविती भए पनि घर धनीले डाका परेको छ भनी भन्न नआएकोले समेत फौलाईका घरमा डाका गरेको ठहर्दैन । माघ ७।८ गतेको सबै वारदातमा डाका गरेमा सरूपा ईन्कार भए पनि सबुद प्रमाण बेगर डाका गरेन होला भन्न नभई सो दुवै दिन माडाका गरेको ठहर्ने । बावुलाल जोगीले बिदेशबाट डाका बोलाई ल्याएमा साविती भई डाका गर्न गएमा ईन्कारी भए पनि लौकी र वसमतियामा डाका गर्न अरू गएमा केही पर बसें भन्ने लेखेको हुनाले निज बावुलालले डाका गरेको ठहर्दैन भन्न नभई सो लौकी वसमतिया बजार अड्डामा डाका गरेको ठहर्ने । नाथुथामि सोनाई थारुले कं.रु.४२ घुस दिई धोसदी अड्डाको छाप लगाई समन लगेमा कसुरदार ठहर्ने । म्याद बनाई दिने भन्ने अपुनलाल ग्वारले म्याद गुजारी बसेबाट घुस लिई म्याद बनाई दिएको ठहर्ने भनी लाल चौधरी पिप्रामा डाका गर्न सहमत दिएमा साबिती भएको । अरू ठाउँमा डाका गर्न सहमत दिएको छैन भन्ने समेत अरू कुरामा इन्कार भए तापनि एक ठाउँमा डाका गर्न सहमत दिनेले अरू ठाउँमा दिएन भन्न नभई मनिलालले माघ ७।८ गते परेको सबै घरको डकैतीमा सहमत दिई डाका गर्न पठाएकै ठहर्ने । १।२ जना साबितीले पालेका जमाली बखुले ईन्कार भए तापनि सबुद प्रमाण बेगर डाका गरेको होइन भन्न नभई ७।८ गतेको वारदातमा डाका गरेको ठहर्ने । डाका गर्न सिसाको गोली बनाउन गएमा शुकदेवलाई र मनिलाल बदमास हो भनी जानी लुकाएमा बहुरीलाई लेखिए देखिए बाहेक गरी सजाय गर्ने । समनको म्याद गुजार्नेका हकमा मुल्तवी राख्ने । प्रमाणबाट कसुरदार नठहरेका खडगनारायण, खगेन्द्रप्रसाद, जुजुमान जोखन झुठाई, देवीलालभवी दुखन, म भोलाराम, नेप्टे कालु, केशौलाल, सन्तु संतु श्री लाल मंगल, जोखनसैनी, रेशमा ठूलोविल्ठ, झुटाई समेतलाई रिहाई दिने भन्ने समेत ०११।४।९।६ को मोरङ्ग विराटनगर गोश्वारा अपील अमिनी समेत संयुक्त भई गरेका फैसला ।
३३. मुद्दा परी रिस ईवी भएका सु.नयनबहादुर दानालाल चौधरीले हाकिम समेतको चाकरी गरी पिप्रा समेतको डाका मुद्दामा गोहल थारु समेतलाई पक्री कुट पिट गरी मेरा नाउँमा समेत पोलाई मलाई पक्री इन्कारी गर्न खोज्दा भनी जोर जुलमकुट पिट गरी मनमानी बयान गराएको रिसइवी परेका मानिसका जालले जबरजस्ती पोलाई कुटपिट गरी मनमानी पिप्रामा डाका गर्न सहमती दिएको भनी साविती बयान गराई झुट्टा आरोप लगाएकोमा मलाई कसुरदार ठहराई गरेकोमा सो फैसलामा चित्त बुझेन भन्ने समेत मनिलाल चौधरीको अपील । बाली चराई नोक्सान गरेको कुरा समेत रीसईवि भएको साविती पोलाहरूले रिसईवीबाट पोलेको हुन । ईन्साफमा चित्त बुझेन भन्ने समेत प्र.जमाली बखुमियाँको अपील ।
३४. अघि देखिको झगडीया भईराखेको दिलबहादुर हरिबहादुर समेतको मिलेमतो वाटवल भद्रको दर्खास्त परी पराई म उपर डाका मुद्दा चलाएको र चोर थारु समेतकहाँको डकैती वारदातमा सावितीले पोलेको भनी मलाई पक्री कुटपिट गरी जवरजस्ती २ ठाउँको डकैतीमा साविती गराएकोमा सो बयान बदर गराउन उजुर गरी रहेको र गोश्वाराले त्यस्तो मुद्दा हेर्ने र कारवाही गर्न कुनै ऐनकानूनले अख्तियारै नभएको कुरामा ऐन सवाल बर्खिलाप न्यायसम्बन्धी कुरामा गोश्वाराले गरेको अवैधानिक गरेको फैसला समेत बदर गरी मेरो घरखेत समेत जाँची हक ईन्साफ पाउँ भन्ने समेत प्र.डम्वरबहादुरको अपील ।
३५. डाकुहरूले गोली चलाई मानिस मारी डाका गरे भनी विराटनगर अमिनीमा दाखिल हुन आएको दर्खास्त अमिनीले गोश्वारामा पठाई गोश्वाराका वडाहाकिम र अपील अमिनीका हाकिमहरू समेतका मानिस सरजमिनमा गई लासजाँच मौका तहकिकात गरी प्रतिवादीहरूलाई पक्री बयान गराउने थुनामा राख्ने कारवाही गरी व्यहोरा उसै मौका सदर अमिनी गोश्वारा मार्फत जाहेर गरेको र उस बखतका प्रधानमन्त्रिसँग आकाशबाणिमा कुरा गरी वडाहाकीमले यो मुद्दा कारवाही गरेको हेर्न निकाशा लिएको फा.नं.३५९ को आदेश नक्कल मिसिल सामेल रहेको । यही कारवाही विषयमा अपीलाटहरू समेतका प्रतिवादीले प्रधान न्यायालमा दिएको उजुरी निवेदन पत्र पेश भई आदेशानुसार लेखी गएकोबाट लेखिएबमोजिम कारवाही भएको सबै विवरण खुलाई ०९।१।३१ मा विराटनगर अपीलले जाहेर गरेको रिपोर्ट ०९ साल जेष्ठ २८ गते माननीय प्रधान न्यायाधीशज्यूमा पेश हुँदा ऐन सवालबमोजिम गर्नु भन्ने आदेश भई सो कारवाहीलाई अमान्य गरेको नदेखिएको । ०८ साल माघ ७।८ गते लेखिएबमोजिम डाका परी कसैलाई गोली हानी कसैलाई सनपटुवाले पिटी आगै सल्काई मारी त्यती ठूलो दलबल हतियार सहित गाउँ गाउँमा पसी डाका वारदात गर्दै हिंडेको । त्यस्तो भयानक परिस्थितिलाई काबुमा ल्याई शान्तिमय वातावारण तुल्याउन त्यस वखत जिल्लामा रहेका सरकारी सबै कर्मचारीहरूको खास कर्तव्य हुँदा गोश्वाराका वडा हाकिम अपील अमिनीका हाकिम पुलिस कर्मचारीलगायत सर्जमिनमा पुगी अपराधीहरूको पत्ता लगाई सोधबुझ गरी त्यसबाट बदमास देखिन खुल्न आएसम्म खुलाई बयान कारवाही भएको । यही परिस्थितिलाई दृष्टिकोणमा राखी प्रधान न्यायालयले उपर्युक्त कारवाही मान्यता दिएको भन्ने र अदालतको अनुपस्थिति पनि नभई अपील अमिनी दुवै अदालतका हाकिमहरू समेत रहे भएकै हुनाले समेत त्यस बेलाको परिस्थितिमा गोश्वारा अपील अमिनीको संयुक्त ईजलासले गरेको यस मुद्दा कारवाही फैसलालाई मान्यता नदिने भन्न मिल्दैन ।
३६. कुटपिट भएको घर खेत कसैलाई केहि भएको नदेखिई कुटपिट जवरजस्ती भएको भन्नेतर्फ कानूनको रीतपुर्वक ठहर फैसला भएको पनि नदेखिएको । वडाहाकिम अपील अमिनीका हाकिमहरूले त्यस्तो अमानुशिक जोर जुलुम कुटपिट गरी प्रतिवादीहरूलाई साविति बयान गराउनु पर्नेसम्मका पत्यारलायक कारण पनि केहि देखिन नआएको । सविती भई बयान गर्ने प्रतिवादीहरु एकालाई अर्काले साथी भनी पोल गरेको । ती पोल गर्नेहरूको पोल बयान तिनीहरूले गरेका हैनन भन्ने प्रमाण पनि केहि नआएको । प्रतिवादी डम्वरबहादुरलाई अरू साविती लालवीर गोहल दिलबहादुरले, बालकृष्ण, मानध्वज, मंगले लालबहादुरले र मनिलाललाई गोहल वाबुलाल पल्टन जगदीश मनिर बसु पलट ठकन लौद्रा नथुदास नाथुधामि सोनाई समेतले पोली बयान गरेको । डाका गर्न पठाएको सल्लाह दिएको हतियार दिएको कुरा र ठाउँ सबैसँग एकैपटक नभएको भए परस्परमा भनाई केही फरक हुन स्वभाविकै कुरा र धनमाल राख्न दिएको कुरा ठूलो जमातमा जसले जाने देखे बुझेको छ, उस–उसैले भनेकोलाई मान्यता दिनु पर्ने । मौका तहकिकात सरजमिन मुचुल्काहरूबाट खुन डाका वारदात भएकै देखिएकोमा गोली हानी आगो लगाई ज्यान मार्न तर्फमा हाल बयान गर्न प्रतिवादीहरू यसले यस्तो कसुर गरेको भन्ने प्रमाण नपुगेकाले त्यसतर्फ फिरादीहरू फेला परेमा बुझीएका प्रमाणबाट ठहरेबमोजिम हुने भई हामीले केहि गरेको छैन, निर्दोष छौं भन्ने डम्वरबहादुर मानिलालको अपील जिकीर पुग्न सक्दैन । डम्वरबहादुरलाई बलभद्र तिमील्सीनाको घरमा परेका डाका मुद्दातर्फ सफाई दिई आजै सो मुद्दा भएको र फागु चौधरीका घरमा परेको डाका मुद्दातर्फ उसैबाट ठहरेबमोजिम हुने भई यस मुद्दाबाट २ पटकको दण्ड कैद गर्ने गरेको ईन्साफ मनासिवै देखिएको र मुनिलाल चौधरीको हकमा पिप्रामा डाका गर्न जान सहमत दिएमा आफै सावित भएकोले सो १ ठाउँमा मात्र डाका गर्नु अरू कहीं नगर्नु भनी पठाएको होला भन्न नभई सावितीहरू कुनैको पोलाईबाट अरू ठाउँको डाका गर्नमा पनि निजको सहमतिले गएको हतियार र नोकर चाकर पनि पुर्याउन लगेको डाका गरी ल्याएको धनमाल दिए लिएको समेत कुरामा पोल गरेको । आफ्नु स्वार्थ केही नलिएको भए त्यसरी डाका गर्न पठाउनु पर्ने कारण केहि नपर्ने भई भाग हिस्सा खानाकै नियतले पठाएको र खाएको समेत ठहर्ने हुनाले सबै ठाउँमा डाका गर्र्न पठाएको र शुरु फैसलाले दामासाहिबाट भराउने ठहरे गरेको बिगो क.रु.६२२।। मा सो मध्ये जम्मा लिई बखु मियाँले सफाई पाएबाट निजका भागमा लगाएको कट्टी भई ठहरेकाहरूलाई गभाउँदा हुन आउने बिगो कं रु.६५८३ मनिलालले भाग हिस्सा खाएको ठहर्छ । निजलाई डाका गर्ने सरह सजाय गर्न भनी शुरू फैसलामा ठहर गरेको । त्यस्तोमा हिस्सा खाने नियतले डाका गर्न सल्लाह दिई डाका गर्न पठाई भाग हिस्सा खाने मनिलाल चौधरीलाई चोरीको ३५ नं.बमोजिम खाएको बिगो भराई बिगोबमोजिम भा.रु.६५८३ दण्ड र पटक २ को चोरीको २१ नं.ले कैदबमोजिम कैद वर्ष ९ हुन्छ । निजलाई शुरुले चोरीको २१ नं.लगाई चोरेको बिगो जम्माको हुँदा डेढा बढाई बढी दण्ड गरेको ठहर्छ । अपीलाट प्र.जमाली बखु मियाँको हकमा निजलाई सावाती १।२ जनाले मात्र पालेको भनी शुरु फैसलामा लेखिएको । सो नभई गोहल समेत ६ जनाले पोलेको भए पनि निज जमाली बखु मियाँले डाका वारदातमा यस किसिमसँग यो यो काम गरेको भनी पोल्नेहरूले खुलाउन नसकी डाका गर्न जाने चिनेका भनी साथी सम्म लेखी पोलिएको देखिएको । सो पोल्नेहरूसँग धानबाली चरी चराउन गरी दिएको रिसईवीबाट झुट्टै भनेको हो । डाका गर्न गएको छैन भनी इन्कार भएको निज अघिको पटके र चाल चलन समेत खराव छ भन्ने बुझिएको सरजीमन मुचुल्काबाट समेत नदेखिनाले निज जामाली बखु मियाले वारदात भएको सो माघ ७।८ गते परेको डाकामा डाका गरेको ठहर्दैन । ठकन, मुसहलाई र बाबुलाल थारुलाई चोरीको २१ नं.ले दोस्रा पटकमा ९ वर्षका दरले कैद गर्नु पर्नेमा अर्कै मुद्दाबाट सजाय पाएको भनी यस मुद्दाबाट जनही ३ वर्षका दरले कैद गर्ने गरेको अर्को मुद्दाको कुरा उसैबाट ठहरे माफीक हुने भई यस मुद्दामा दोश्रा पटकेलाई ३ वर्ष मात्र गरेको मनासिव नदेखिएको । सो बहेक अरू मो.वि.गोश्वारा अपील अमिनीले ठहराएको ईन्साफ मनासिव छ भन्ने ०१८।९।२०।४ को डिभिजन बेञ्चको फैसला ।
३७. बिराटगन बस्ने डम्वरबहादुरका हकमा मोरङ प्रगन्ना बेली मदेश झोरा गाउँ बस्ने मेठदलबहादुर कार्की क्षेत्रीको तो.नं. २७४८/११६ को निवेदनमा श्री प्रधान न्यायाधीशले दोहर्याउनु पर्ने ठहराई दिनु भन्ने श्री ५ महाराजधिराजबाट हुकुम बक्सेको छ भनी सवारी क्याम्पबाट लेखी आएको व्यहोरा पेश गर्दा ०१९।२।२।३ मा असमर्थ पक्ष यो निवेदनमा बहस गर्न रहेका प्ली.इस्वरीलाललाई राखी पेश गर्नु भन्ने आदेश अनुसार पेश गर्न ल्याएकोमा पुलिसले कुटपिट गरी सावित गराएकोमा निवेदकले उजुर गर्दा त्यसको विचार भएन । अनाधिकार गोश्वारा र अपीलको त्यस बखतका हाकिम शारदाप्रसादको ट्राईबुनल गठन गरी मुद्दा हेर्दा, श्री ५ सरकारमा र प्रधान न्यायलय समेतमा उजुर गर्दा शाही प्रमांगीबमोजिम प्रधान न्यायालयबाट कैफियत रिपोर्ट मिसिल साथ पेश गर्न आदेश भई गएकोमा त्यसको विचार नगरी फैसला गरी दिए मुद्दा चल्दा चल्दै निवेदकको जग्गा हाकिम शारदाप्रसादले आफ्ना मानिसको नाउँमा जग्गा सुक्री–बिक्री गराई लिएकोमा निवेदकको उजुर परी सर्वोच्च अदालतसम्म आउँदा म्याद गुजारेको भनी डिभिजन बेञ्चले खारेज गरी दिएको बेकानूनी हुनाले ट्राईवुनलले गरेको फैसला बदर हुनु पर्ने भन्दा समेत निवेदकतर्फको वकिलले बहस गर्नु भएको समेत सुनी विचार गर्दा, यसमा व्यहोरा साँचो भए ट्राईवुनलले गरेको कारवाही कानूनी बेकानूनी के हो ? हेर्न दोहराई हेर्ने निस्सा दिएको छ । मुद्दाको लगतमा दर्ता गरी निवेदक र एटर्नी जनरललाई समेत सूचना दिई शारदाप्रसादले आफ्ना मानिसको नाउँमा सुक्री–विक्री गराई लिए भनेको जग्गा मुद्दाको मिसिल समेत राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत श्री माननीय प्रधान न्यायाधीशज्यूको ०१९।५।३१।१ को आदेश ।
३८. यिनै निवेदक समेतको र फागु थारुको धरान जि.अ.मा दायर भएको भनेको डाका मुद्दा किनारा भयो भएन ? किनारा भएको भए अविलम्व मिसिल पठाई दिनु । आजसम्म किनारा नभएको भए किन किनारा हुन नसकेको हो ? अधिकार आदेशबमोजिम दस्तखत साथ अंग पुर्याउने कारवाही गरी चाँडो किनारा गरी अपील परे अपील तहबाट नपरे मिसिल पठाई दिनु भनी धरान जि.अ.लाई लेखी पठाई सो मिसिल आएपछि पेश गर्नु भन्ने समेत ०२१।४।२।६ को फुल बेञ्चको आदेश ।
३९. निवेदक समेतको र फागु थारु समेत धरान जि.अ.मा दायर भएको डाका मुद्दा किनारा भयो भएन ? नभएको भए चाँडो किनारा गरी अपील परे अपील तहबाट र नपरे मिसिल पठाई दिनु भन्ने ०२१।४।२ मा भएका फुल बेञ्चका आदेशानुसार लेखी गई धरान जि.अ.बाट किनारा भई आएको । उक्त फागु थारुसँगको डाका मुद्दामा डम्वरबहादुरको अपील परेको वि.पीताम्वरको फाँटमा दायर छ भनी निवेदक तर्फबाट रहनु भएको विद्वान वकिलले रोहवरमा भन्नु भएकोले सो डम्वरबहादुरको अपील रुल नियमबमोजिम किनारा लागेपछि सो मिसिल साथ राखी प्रस्तुत मुद्दा पेश गर्नु भन्ने समेत ०२१।९।२९।३ को फुल बेञ्चको आदेश ।
४०. निवेदन प्रतिवादी डम्वरबहादुर कार्की क्षेत्री थुनामा रहेका र असमर्थ पक्ष निजको तर्फबाट अवैतनिक वकिल रही बहस गरेको समेत देखिएकोले अब पनि निजको तर्फबाट बहस गर्न नियमबमोजिम वैतानिक वकिल खटाई निजले मुद्दाको अध्ययन गरी बहसको लागी तैयारी हुन सक्ने समयको अजाम गरी अर्को पेशीको तारेख तोकी पेश गर्नु भन्ने समेत ०२२।५।२२।३ को फुल बेञ्चको आदेश ।
४१. निवेदक थुनुवा डम्वरबहादुरले आफू तर्फबाट वकिल राखी बहस गराउन समय पाउँ भनी बेञ्च समक्ष अनुरोध गरेकाले यथोचित समयको अर्को पेशीको तारेख तोकी नियमबमोजिम पेश गर्नु भन्ने ०२२।८।२५।६ को फुल बेञ्चको आदेश ।
४२. यसमा निवेदक थुनुवा डम्वरबहादुर कार्की झिकाई रोहवरमा रही ०२२।१०।२९ मा पेश भई निजतर्फका विद्वान वकिल सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारीको बहस समेत सुनी आजको निर्णय सुनाउने दिन तोकीएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा,
४३. जुन समयमा यो घटना भयो, त्यस समयको परिस्थिति समेतलाइ ध्यानमा राखी विचार गरेमा तत्कालीन प्रधान न्यायाधीश समक्ष अघि पेश हुँदा पनि प्रस्तुत मुद्दाको कारवाही अमान्य नभई कारवाही चली रही किनारा भई कैयौ व्यक्तिले सफाई र सजाय समेतलाई सकेका हकमा मुल्तवी समेत रहने भएको यस्तो सरकार वादी हुने खुन डाका मुद्दा कसरी किन कारवाही भयो ? भन्ने कुराको १३।१४ वर्ष पछि अहिले प्रश्न उठाई तत्कालीन अमिनी समेत बसी कारवाही गरेको यो मुद्दाको कारवाही बदर गर्न असामयीक र अव्यवहारीक हुन जाने देखिन्छ ।
४४. निवेदक दम्वरबहादुरले डाका वारदात गरेको हो होइन ? भन्ने हकमा खडगबहादुर समेतको भनाइमा लागी ०८ साल माघ ७ र ८ गते समेत २ दिन डाका गर्न अन्य डाकाहरूको साथी मतियार भई गएको माल धनीको घरमा घेरा दिएको समेत हुँ भनी डम्वरबहादुर स्वयं सावीत भई बयान गरेको देखिएको । सो बयान कुटी पिटी मेरो ईच्छा विरुद्ध गराएका हुन भन्ने जिकीर छ तापनि सो कुरा कायम गराउन सकेको सबुद नदेखिएको र डाकाको वारदात मौकैमा निजलाई चिनेको भनी माल धनी नकछेदीको स्वास्नीले र चिने भनी निजले भन्थी भनी साविती गोहल चौधरी समेत ७ जनाले भनेको समेत देखिएबाट निज डम्वरबहादुरको साविती बयान निजको ईच्छा अनुकुल साँचो व्यहोराको रहेछ भन्ने सिद्ध हुन आएकोले निज डम्वरबहादुरले उक्त डाका वारदात गरेको होइन भन्न मिलेन ।
४५. सजायतर्फ कसुर ठहरे पनि चोरीको १७ नं.ऐनबमोजिम सजाय हुन पर्ने हुँदा बढी सजाय तोकियो भन्ने निवेदकका विद्वान वकिलको बहस जिकिरको हकमा उद्योगसम्म गरेको कसुर भने गरी नसकेको अवस्थामा लाग्ने सो ऐन डाका वारदात भईसकेको यस्तोमा लगाउन नमिल्ने र ऐनमा पटक वा खत खाप्नु भन्ने लेखिएको बाहेक एकै कागजका मुद्दामा दुई वा सो भन्दा बढी ऐन लगाई खत पटक खापी सजाय गर्नु परेमा कैद हुने कलममा जुन ऐनको ठूलो सजाय छ, सोहि ऐनले मात्र सजाय गर्नु पर्छ भन्ने दण्ड सजायको १० नं.ऐनमा लेखिएकोले सो ऐन अनुसार नै गरिएको यस मुद्दामा तोकिएको सजाय बढी भयो भन्न पनि मिल्ने देखिएन ।
४६. तसर्थ, उपरोक्त कारणहरूबाट निज डम्वरबहादुरले डाका वारदात गरेको ठहराई छिनेको ईन्साफ सजाय समेत ०१८।९।२०।४ को सर्वोच्च अदालत डिभिजन बेञ्चको मुनासीव छ । निवेदक डम्वरबहादुर कार्कीकै ईन्साफ सदर भएकाले डिभिजन बेञ्चका फैसलाबाट गर्न ठहराएको थप कैद १।३।१८ को अ.बं.२०४ नं.ले सयकडा १० ले थप कैद १।१६।१९ एक महिना सोह्र दिन उन्नाईस घण्टा कैद हुन्छ । विराटनगर अ.त.मार्फत सदर जेलमा थुनामा रहेकाले कानूनबमोजिम गर्नु भनी का.श्रे.अ.त.मा लगत दिई निवेदक डम्वरबहादुरलाई फैसला भएको जनाउ दिई मिसिल नियमबमोजिम बुझाई ।
इति सम्वत् ०२२ साल फाल्गुण १८ गते रोज ३ शुभम् ।