शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८८८६ - गैरकानूनी सम्पत्ति भष्टाचार

भाग: ५४ साल: २०६९ महिना: पौस अंक:

ने.का.प. २०६९,            अङ्क ९

निर्णय नं. ८८८६

 

सर्वोच्च अदालत संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री सुशीला कार्की

पुनरावेदन नं.०६४CR७४७

फैसला मितिः २०६९।९।२५

मुद्दाःगैरकानूनी सम्पत्ति भ्रष्टाचार 

           

पुनरावेदक/वादीः अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फवाट अनुसन्धान अधिकृत      गोविन्दबहादुर श्रेष्ठको प्रतिवेदनले नेपाल सरकार

बिरुद्ध

विपक्षी/प्रतिवादीः जिल्ला दाङ, मानपुर गा.वि.स. वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं    महानगरपालिका वार्ड नं. ९, वत्तीसपुतली वस्ने युवराज शर्मा समेत

 

विशेष अदालतमा फैसला गर्ने न्यायाधीशहरू

मा.न्या.श्री भूपध्वज अधिकारी

मा.न्या.श्री कोमलनाथ शर्मा

मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.व.रा.

 

§  सरकारवादी फौजदारी मुद्दाको आधारभूत र मूल दावी भनेको अभियोगपत्र वा आरोपपत्रमा लिइएको दावी नै  हो । त्यसैका आधारमा नै अदालतबाट अभियोग दावीअनुसार सजाय हुने वा नहुने भनी ठहर हुने 

(प्रकरण नं.६)

§  प्राईभेट कम्पनीको शेयर किनवेच संस्थापकहरूसँग सम्बन्धित नातेदार, साथीभाइ वा चिनेजानेका ब्यक्तिबीच गोप्य र अनौपचारिक तवरबाट हुनसक्ने अवस्थालाई इन्कार गर्न सकिँदैन । शेयर किनबेचका लागि सम्बन्धित नियमनकारी निकायको पूर्व अनुमति नचाहिने हुँदा सम्बन्धित कम्पनी र कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखवाट प्रतिवादीको नाममा उक्त कम्पनीको शेयर स्वामित्व नदेखिएको भन्ने आधारले मात्र विवाद पर्नु अगावै स्वतन्त्र रूपमा प्रतिवादीले आधिकारिक निकायमा पेश गरेको विवरण अन्यथा हो भन्न नमिल्ने 

(प्रकरण नं.२२ र २३)

§  गैरकानूनी आर्जन गरेको भनी पर्ने भ्रष्टाचारका मुद्दाहरूमा जाँच अवधिमा प्रतिवादीले आर्जन गरेको सम्पत्ति र गरेका खर्चहरूको सो अवधिमा निजलाई कानूनी रूपमा प्राप्त भएका आयहरूबाट स्रोत पुष्टि गर्न सक्नुपर्ने 

§  आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अवस्थामा त्यसबाट बढेबढाएको सम्पत्ति समेत स्वतः गैरकानूनी हुने भई दफा ४७ बमोजिम जफत हुने स्थिति रहन्छ । त्यसैले बढेबढाएको सम्पत्तिको स्रोत खोज्न वा त्यस्तो सम्पत्तिबाट आधारभूत सम्पत्तिको स्रोत पुष्टि हुने गरी अर्थ गर्न मिल्दैन । बढेबढाएको सम्पत्तिलाई आयको मान्यता दिँदा परिणामतः त्यसले आधारभूत सम्पत्तिकै स्रोत पुष्टि हुनजाने अवस्था सिर्जना हुन आउँछ, जुन कानूनसम्मत हुन नसक्ने 

(प्रकरण नं.३२)

§  फौजदारी मुद्दामा अदालतले अभियोग दावी लिइएको भन्दा बढी प्रतिवादीलाई सजाय हुने गरी निर्णय दिन मिल्दैन । त्यसो गरिनु न्यायका मान्य सिद्धान्तअनुरूप पनि हुदैन । तथापि माग दावी लिइएको सजायको दायराभित्रै रही मिसिल संलग्न सबूदप्रमाणको वस्तुनिष्ट मूल्याङ्कनका आधारमा न्यायिक निष्कर्षमा पुग्ने अधिकार अदालतमा अन्तर्निहित रहेको हुन्छ । अभियोग पत्रमा लिइएको मूल दावीको सीमाभित्र रही मिसिल संलग्न तथ्यप्रमाणको मूल्याङ्कन र विश्लेषण गरी प्रतिवादीको आयस्रोत, सम्पत्ति तथा खर्चको समुचित निष्कर्ष निकालिनु प्रचलित कानून र स्थापित न्यायिक सिद्धान्त अनुरूप नै हुने 

(प्रकरण नं.३६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल एवं विद्वान अधिवक्ताहरू रंजितभक्त प्रधानाङ्ग, शेरबहादुर के.सी., ईश्वरीचन्द्र शर्मा, कृष्णप्रसाद सापकोटा र योगेन्द्रबहादुर अधिकारी

अवलम्बित नजीरः

§  नेकाप २०६८ अङ्क ६, नि.नं. ८६३०, पृ. ९१७

सम्बद्ध कानूनः

§  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), १४क, १५, १६ग, एवं २९

§  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२), २४ र ४७

§  प्रमाण ऐन, २०३१ को दफा २३(७)

 

फैसला

प्र.न्या.खिलराज रेग्मीः विशेष अदालत काठमाडौँको मिति २०६४।८।२७ को फैसलाउपर विशेष अदालत ऐन २०५९ को दफा १७ बमजिम वादी नेपाल सरकारकातर्फबाट यस अदालतमा पुनरावेदन दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यस प्रकार छः

श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका प्रमुख युवराज शर्माले गैरकानूनी तवरले सम्पत्ति संग्रह गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा नगद मौजदात राखेको, विभिन्न कम्पनीको शेयर खरिद गरेको, धेरै ठाउंमा जग्गा र भव्य महल वनाई आफू कार्यरत रहेको नेपाल आयल निगमलाई डुबाई रातारात करौडौंको मालिक वनेकोले निजको सम्पत्ति छानबीन गरी कारवाही गरिपाऊँ भन्ने दे.नं. ४३८२ मिति २०५९।७।४ को आयोगमा दर्ता भएको उजूरी निवेदन 

प्रतिवादी युवराज शर्माको परिवारमा निजकी श्रीमती शीला पोखरेल (शर्मा) र दुई जना छोराहरू प्रतीक पोखरेल र प्रशन्न पोखरेल रहेका, निज प्रतिवादी २०३६ सालदेखि मेकानिकल इन्जिनियर पदमा सेवा प्रवेश गरी मिति २०५३।१।२० देखि हालसम्म श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत वरिष्ठ कारखाना निरीक्षक (रा.प.द्वितीय) पदमा कार्यरत रही २०५२।८।२२ देखि हालसम्म व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाको प्रमुख पदमा काजमा कार्यरत रहेको । यस अवधिभित्रको मिति २०५५।१।३० देखि २०५७।१।२८सम्म नेपाल आयल निगमको महाप्रबन्धक पदमा कार्यरत रहेको 

मैले नोकरी २०३४ सालदेखि शुरु गरेतापनि बीचमा टुटेकाले २०३६ सालदेखि अटुट रूपमा निजामती सेवामा हालसम्म कार्यरत छु । हाल म श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत श्रम कार्यालय वाग्मती अञ्चलमा दरवन्दी रही काजमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना सैंवु, ललितपुरमा कार्यरत छु । मैले नेपाल आयल निगममा महाप्रवन्धकको रूपमा पनि कार्य गरेको छु । मेरो कार्यकालमा सो निगममा कुनै चुहावट भएको जानकारी मलाई छैन । अन्य सामाजिक संस्थामा आवद्ध हुँदा स्वीकृति लिनु पर्छ भन्ने जानकारी छैन र स्वीकृति लिएको छैन । मेरी श्रीमतीको पेशा स्वरोजगार र सामाजिक क्रियाकलाप हो 

मेरो पुर्ख्यौली सम्पत्ति दाङ र नेपालगञ्जमा भएकोले अंशबण्डासम्बन्धी कागजात दाङमा छन् । २०१९ सालमा मेरो अंशबण्डा भए तापनि म सानो भएको कारण मैले कागजात राख्ने कुरा आएन, पछि खोज्दा नभेटिएकाले २०४७  सालमा पुनः अंशबण्डा गरिएको हो । दुईपक्षबीच समझदारी गरी गर्ने हो भने पटक/पटक अंशबण्डा हुन सक्छ । दाङ र नेपालगञ्जको घर पुर्ख्यौली घर हो । नेपालगञ्जको घर २०२८ सालमा र दाङको घर २००२ सालमा वनेको हो । काठमाडौंको घर २०५२।२०५३ तिर शुरु गरी २०५४ मा पूरा भएको हो । घर निर्माणमा अन्दाजी १२ लाख जति लागेको छ । तलव भत्ता, विदेश भ्रमण, पेपर प्रस्तुती, सेमिनार, गोष्ठीवाट प्राप्त रकमको पनि प्रमाण छैन । नेपाल सरकारले भाडामा लिएको समय मात्रको दाङ र नेपालगञ्जको घर भाडाको कागजात पेश गर्नेछु अन्य आम्दानीको प्रमाण राख्ने प्रचलन नभएकोले छैनन् । जग्गा जमिनको आम्दानी र खर्चको हिसाव किताव नराखेको हुँदा प्रमाणित हुने कागजात छैनन् । मेरी श्रीमतीका नाममा २ पटक गरी जम्मा ९ लाखको राष्ट्रिय वचतपत्र खरिद गरेको छु । अनमोल क्याटरिङ्गमा हालसम्म मैले लगानी लगाएको छैन, कुरा मात्र भएको हो 

मेरो लगानीमा यो स्रोतवाट यो लगानी भएको भन्न सक्दिन । सवै लगानीको स्रोत मेरो पैतृक सम्पत्ति, भाइहरूवाट प्राप्त रकम, जग्गा विक्री, घर भाडा, तलव भत्ता, जग्गाको आयस्रोत आदि भएकाले छुट्याएर यही नै स्रोतवाट भन्न सक्दिन । मेरो हालको सवै सम्पत्तिको आयस्रोत पैतृक, भाइहरूवाट प्राप्त रकम, जग्गा विक्री, जग्गाको उव्जनी आय, तलवभत्ता, घरभाडा आदिवाटै हो । तसर्थ उपरोक्त सवै आयस्रोतवाट जम्मा भएको मध्येवाट श्रीमतीको नाममा वचतपत्र खरिद गरेको हो 

पिताको अंशवाट प्राप्त धन सम्पत्तिलाई पैतृक भनेको हुँ । मेरो नाममा दर्ता भएको जग्गा जमिनवाट वार्षिक एकलाख पचासहजारदेखि दुईलाख सम्म आय हुने गरेको छ ।  मेरो आमाको मृत्युपछि मलाई बज्यैले पाल्नु भएकोले पछि के होला भनी २०१९ सालमा म ९ वर्षको हुँदै अंशबण्डा गरी दिनु भएको हो । मैले २०३४ सालमा प्राप्त गर्दा घर जग्गा जमिन २४ विगाहा सुन अन्दाजी ३५० तोला चाँदीका गहना १२०० तोला चांदीका रूपैयां ५ पाँच हजार र ७५ हजार नगद जति प्राप्त भएको मात्र सम्झना छ 

बा.३ च. ६१२२ नं. को कारको स्रोतको सम्बन्धमा माथि उल्लेख भइसकेका आयस्रोत पैतृक सम्पत्ति आदि लगायत भाइ अनन्तवाट प्राप्त २१ लाख, भाइ कुमारवाट प्राप्त ५ लाख आदि समेतको एकमुष्ट रकमवाट गाडी खरिद गरेको हुँ 

मेरी आमावाट म मात्र एक छोरा हुँ । कान्छी आमातर्फ ३ भाइ अनुदयराज शर्मा, मुरारी शर्मा र अनन्तराज शर्मा हुन् । भाइ कुमार र म दुई भाइका नाति हौं । निजहरूले लगानी गरी व्यापार व्यवसाय गर्न भनी रकम दिएका हुन् । भाइ अनन्त २०४८ सालदेखि USA मा छन् निजको देशभित्र रहेको सम्पत्तिको आय मैले नै भोग चलन गरेको छु । यहांको आम्दानी मेरो सरह जग्गा जमिनवाट हुन्छ लगभग एकलाख पचासहजारदेखि दुई लाख र नेपालगञ्जको घरभाडावाट वार्षिक लगभग एकलाख जति आम्दानी हुन्छ Environment Sector Programme Support डेनिडा र नेपाल सरकारबीच वातावरणीय सुधारको सहयोगका लागि स्थापित संस्था   हो । यो सहयोग भित्र श्रम मन्त्रालय पनि पर्ने हुँदा म श्रम मन्त्रालयवाट मनोनीत भै आवद्ध भएको हुँ । म Component Manager हुँ Component Manager को हैसियतवाट कुनै सुविधा छैन । मेरो गाडी नं. वा.३.च. ६१२२ त्यस संस्थाले भाडामा लिएबापत, क्लासहरू लिए बापत, नेपाल सरकारले तोकेको वाहेक, ट्रान्स्लेसन आदिवाट रकम वुझेको छु । कुनबापत कति प्राप्त भयो मलाई यकीन याद छैन 

गाडी भाडामा दिँदाको मसँग अहिले सम्झौतापत्र छैन ESPS का तत्कालीन CTA संग कुरा गरी ESPS वाट प्रयोग हुने गरी गाडी भाडामा दिएको हो । भुक्तानीका लागि दिएको निवेदन आयोजनाको पत्राचार गर्ने लेटर हेड हैन तालिममा तालिमेलाई दिने कागज हो । म २०५५ वैशाखको अन्तिम सातादेखि २०५७ वैशाखको अन्तिम सातासम्म महाप्रवन्धकको हैसियतले काम गरेको हुँ Kathmandu Institute of Technology Pvt. Ltd. मा मेरी श्रीमतीको नाममा रु.५,७२,०००।को शेयर छ । भाइले दिएको रकमवाट शेयर लिएको हो । रु.७२,०००।KIT वाट आएको भत्ता पनि नगद नदिई शेयरमा जोडिएको छ । भाइ अनन्तराज शर्माले मलाई व्यवसायमा लगाउन रकम दिएका हुन् उनी यहाँ नवस्दाको कारण समेतले गर्दा भाउजू (मेरी श्रीमती) को नाममा शेयर लिन मञ्जूर गरी सो शेयर लिएको हो । भाइ अनन्तले अमेरिकावाट पठाएको To Whom it May Concern कागजले उक्त कुरा पुष्टि गर्दछ भन्ने मलाई लाग्दछ 

मैले ESPS वाट बैंकक टुरबापत रु.५४,०००।–, बैंकक स्टडी टुरबापत रु.५७,५३७।, नेपालगञ्ज टुरबापत रु.६,४९५।–, कार्यपत्र प्रस्तुत गरे बापत रु.६३,००।–, सहजकर्ताबापत रु.२९,९४२।, धुलिखेलमा ३ दिन सेमिनार भ्रमण भत्ता रु.४,२४२।, धुलिखेलमा ४ चार दिन सेमिनार भत्ता रु.५,७००।, विराटनगरमा महिला कामदार ट्रेडिङ्ग सञ्चालनबापतको खर्च रु.५१,२१५।कार्यपत्र प्रस्तुत भत्ता, रु.३,६००।–, कार्यपत्र प्रस्तुत भत्ता रु.४,०००।मेरो गाडी नं. वा.३.च. ६१२२ को मासिक भाडा १ महिना १५ दिनको रु.६०,०००।बैंकक ट्रेकिङ्गको Full Payment रु.११,७०८।–, सुरक्षा सप्ताह मनाउंदा लागेको खर्चको भुक्तानीबापत रु.३२,५५२।मेरो गाडी वा.३च. ६१२२ को एक महिनाको गाडी भाडा ४०,०००।वुझेको छु । जहाँसम्म मलाई लाग्दछ ESPS Sub Component No. 4 MOLTM को वजेटवाट सवै रकम तालिम कार्यक्रम, अध्ययन भ्रमण आदिवाट लिएको मात्र मलाई सम्झना छ । मानपुर वा.नं. १(क) कि.न. २०९ क्षेत्रफल ०१८ र कि.नं. ३९१ क्षेत्रफल ०१७ को जग्गा खरिद गर्दा पेश गरेको छु । सवै प्रकारका आयस्रोत मिश्रित भई जुन काममा पनि त्यस्तो मिश्रित पैसावाट गर्ने गरेको हो । तसर्थ यो पनि त्यस्तै मिश्रित रकमवाट खरिद गरेको  हो 

काठमाडौं जिल्ला का.म.न.पा. वा.नं. ९ कि.नं. ६१, ३५५, १०१, ३५४, ११५ र २६८ क्षेत्रफल ०, , , , ० र ०, (रोपनी) जग्गा सवै प्रकारका आयस्रोत मिश्रित भई जम्मा भएको रकमवाट पटकपटक गरी खरिद गरेको हो । मिश्रित रकमको मोटामोटी भई जम्मा भएको रकमवाट पटकपटक गरी उक्त जग्गाहरू खरिद गरेको हो । पैतृक जायजेथा, कृषिबाट प्राप्त आय, जग्गा जमिन वेचविखनवाट प्राप्त आय, आफ्नो तलव भत्ता, घर  भाडावाट प्राप्त रकम विदेश भ्रमणमा जाँदा वचत रकम आदिलाई मिश्रित रकम भन्ने मेरो मनसाय हो । यसमा कार्यपत्र प्रस्तुत गर्दा प्राप्त रकम पनि पर्दछ 

विदेश भ्रमणवाट भएको आय मोटामोटी रु.१० लाख जति होला तर यकीन रकम मलाई सम्झना छैन । खड्का भद्रकालीको जग्गा पैतृक आयस्रोतवाट खरिद गरिएको हो । कि.नं. ३५५ र ६१ मा, २०५२।०५३ तिर भवन निर्माणको काम शुरु गरी २०५४ सालभित्र वनाई २०५४ साल माघ महिनावाट उक्त घरमा वस्न थालिएको हो । घर वनाउँदाको यकीन लागत त सम्झना छैन । मोटोमोटी ११/१२ लाख लागेको हुन सक्छ । मिश्रित आयस्रोतको रकमवाट नै घर पनि बनाएको हो 

रु.१० लाख ३० हजारमा खरिद गरिएको कार मिश्रित आयस्रोतको रकमवाट नै खरिद गरेको हुँ । श्रीमती शीला पोखरेल (शर्मा) को नामको कृषि विकास बैंक वत्तीसपुतली शाखाको २३१५८२ नं.को खातामा मिति २०५४।४।५ मा ७० हजार, ०५४।७।५ मा २४ हजार, ०५५।४।११ मा ५० हजार, २०५५।७।२६ मा ७५ हजार, ०५६।७।३० मा रु.१ लाख, ०५६।१०।२१ मा रु.५० हजार, ०५७।६।६ मा रु. २ लाख, ०५९।४।३० मा रु.४० हजार, ०५९।५।४ मा रु.३ लाख र ०५९।७।१४ मा रु.३० हजार जम्मा गरी विभिन्न मितिमा सो रकम निकालेको सन्दर्भमा मलाई सम्झना भएअनुसार मिश्रित आयस्रोतवाट प्राप्त केही रकमलाई वेला वेलामा बैंकमा जम्मा गर्ने र झिक्ने गरिएको हो । कुन कुन कामको लागि के कति रकम राखिन्छ झिकिन्छ त्यस्तो टिपोट गर्ने मेरो वानी नभएकाले यकीन रूपले भन्न सक्दिन 

नविल बैंक लि.को मेरो नामको खाता नं. ०११००१३१०३६०१ मा मिति १० मे १९९९ मा ५ लाख, सोही दिन चेक नं. ५५५८२०२१ वाट ४ लाख र मिति १२ मे १९९९ मा रु.१ लाख जम्मा गरी २४ जुलाई २००० मा रु.२ लाख, २४ जुलाई २००० मै ३ लाख र २५ जुलाई २००० मा रु.५ लाख निकालेको सम्बन्धमा छोरालाई विदेश पठाउँदा भिसा आवेदन दिँदा प्रशस्त आयस्रोत र Bank Balance खोज्छ त्यस्तै सिलसिलामा रकम राखिएको र पछि झिकिएको हुनसक्छ तर यकीन भन्न सक्दिन । आयस्रोत चाँही मिश्रित आयस्रोतवाट जम्मा गरेको रकममध्येको रकम हो । मिश्रित आयस्रोतमा पहिले लेख्दा छूट हुन गएको रकमहरूः बचतपत्रको व्याज रकम, बैंकवाट प्राप्त व्याज, (मोटामोटी ५ लाख), ०४७ सालदेखि ०५४ सालसम्म व्यक्तिहरूलाई घर वहाल दिँदाको रकम (करिव ५ लाख), ०५४ पछिको घरभाडा प्राप्त आयोगमा पेश भएको श्रम कार्यालय भेरी अञ्चलको पत्रमा उल्लेख रकमका साथै लकडी वेचेको रकम आदि रु.३ लाख समेत आयमा समावेश गरिपाऊँ 

नविल बैंकको खातामा २६ नोवेम्वर २००१ मा रु.१३,८१,२००।–, १९ डिसेम्वर २००१ मा रु.४,५०,०००।जम्मा गरी विभिन्न मितिमा रकम निकालेको सन्दर्भमा यी उल्लिखित दुबै रकम ESPS वाट Safety Week २००१ मनाउने सिलसिलामा कामलाई छिटो छरितो गर्न विभिन्न ठाउँमा तोकेका व्यक्ति र ठाउँमा उपरोक्त रकम दिई पठाई मैले काम सम्पन्न गरी ESPS मा  प्रतिवेदन दिएको छु । ती कुरा बैंकमा वुझे पुष्टि हुनेछ र प्रतिवेदन चाहिएमा ESPS मा सुरक्षित हुनु पर्ने हो त्यहाँवाट मगाउन सकिन्छ 

छोरालाई विदेश पठाउन भीसा आवेदन गर्दा रकम देखाउन १५ अगष्ट २००२ मा रु.५,७५,०००।–, १६ अगष्ट २००२ मा रु.१,०४,०००।र सोही मितिमा पुन रु.१,७४,०००।–, २७ डिसेम्वर १९९८ मा रु. २ लाख, १० मार्चमा रु.२ लाख, २३ जुलाई १९९९ मा रु.३ लाख, २७ जनवरी २००० मा रु. २ लाख नविल बैंकमा रकम जम्मा गरी विभिन्न मितिमा निकालेको हो । भीसा नपाएपछि त्यो रकम विभिन्न मितिमा घरकामको लागि झिकिएको जस्तो लाग्छ तर यकीन सम्झना भने छैन 

नेपाल बैंक लि.डिल्लीवजारको नं.०२५४६५० को मेरी श्रीमतीको नाममा जम्मा भएको रकम हाम्र मिश्रित आयस्रोतमध्येको रकम हो HAMS को २० लाखको शेयरमध्ये रु.१५ लाखको शेयर भाइ अनन्तराज शर्माले दिएको रकमवाट किनेको हुँ । वाँकी ५ (पाँच) लाखको शेयर डक्टरी पढ्न गएका काकाका छोरा भाइ कुमार पोखरेलको लागि काकी बालिकादेवीवाट ५ (पाँच) लाख लिएको हुँ । साथै भाइ कुमार गत श्रावणभाद्रमा युक्रेनवाट पढाई सकी फर्किसकेको हुँदा सो रकमको शेयर निजलाई प्रदान गर्न HAMS मा निवेदन दिइ सकेको छु 

मैले मिति २०५३।१२।११ मा पेश गरेको सम्पत्ति विवरण सम्बन्धित निकायमा हुनु पर्ने   हो । सो सम्बन्धमा मलाई केही जानकारी छैन । रु.१८,००,०००।को अनमोल क्याटरिङ्ग प्रा.लि. को १८,०००।कित्ता शेयर खरिद गर्ने कुरा भएकोले सम्पत्ति न्यायिक जाँचवुझ आयोगमा पेश गरेको विवरणमा समेत सो व्यहोरा खुलाई दिएको हुँ । तर खरिद गरेको छैन । उक्त आयोगमा विवरण पेश गर्दा भूलवस दाङमा खरिद गरेको २ कित्ता र विक्री गरेको २ कित्ता जग्गा उल्लेख गर्न छूट हुन गएको छ । मेरो लकरवाट झिकिएका गहनाहरू मेरो विवाहमा ससुराली र घरवाट प्राप्त भएको गहना भएकोले त्यसलाई पैतृक सम्पत्तिका रूपमा लिइयोस् । सोमध्ये केही गहना मेरी कान्छी साली सोविता हमालले राख्न दिएको हो भन्ने व्यहोराको प्रतिवादी युवराज शर्माले अनुसन्धानको क्रममा गरेको वयान 

काठमाडौं महानगरपालिका वार्ड नं. ९ मा एउटा घर, हाल वनाएको टिनको छाना भएको स्टोर घर पनि त्यही संगै छ । राष्ट्र बैंकमा वचतपत्र छ । अन्य बैंकहरूमा वचत खाताहरू छन् । शंखमूलमा रहेको KIT मा पाँचलाखको शेयर छ । साथै मैले शुरुको १ वर्ष कार्य गरेबापतको शुल्क पनि त्यही शेयरमा जम्मा गरिएको छ । कुन कुन बैंकमा कति रकम छ याद छैन । राष्ट्रिय वचतपत्रमा २ पटक गरी ५ लाख र ४ लाखको वचतपत्र खरिद गरी श्रीमानले मेरो नाममा राख्नु भएको हो KIT मा रु. ५ लाख भन्दा वढी शेयर छैन । संस्थामा कार्य गर्दा मासिक रु.५,०००।प्राप्त रकम त्यही शेयरमा जम्मा छ । दाङ जिल्लामा जग्गा छैन । बाके जिल्लामा हाल अन्दाजी १ कठ्ठा जमिन छ । अरु सवै जमिन विक्री भइसकेको छ । हामरो पैतृक सम्पत्ति, जग्गा जमिनको आय, घरभाडा, आर्जनवाट वचत गरी श्रीमानले मेरो नाममा राखी दिनु भएको रकम, श्रीमानको पुर्ख्यौली जेथा, वावु वाजेले दिनु भएको सुन चाँदी नगद आदि वार्षिक एक लाख पचहत्तर हजारदेखि २ लाखसम्म कृषि आयवाट आम्दानी हुनुको साथै आँप आदि वगियाहरूवाट पनि केही रकम आउँछ । मैले पनि मेटलका पेन्टिङ्गहरू पटकपटक गरी १ लाख २५ हजारसम्ममा विक्री गरेको छु 

वाके जिल्ला, वनकटवा गा.वि.स. वा.नं. १(ङ) कि.नं. १०३ क्षेत्रफल १० विगाह र ऐ. कि.नं. १५७ क्षेत्रफल ०१७ को जग्गा मेरो आफ्नै भाइले मलाई वकस दिएको जमीन हो । काठमाडौं महानगरपालिका वडा नं ९ कि.नं. ११५ क्षेत्रफल ०, कि.नं.२६८ क्षे.फ. ०, कि.नं.६१ क्षेत्रफल ०, कि.नं. ३५५ क्षेत्रफल ०, कि.नं. १०१ क्षेत्रफल ०३ र कि.नं. ३५४ क्षेत्रफल ०२ को जग्गा को संग कसरी खरिद गरीयो मलाई याद छैन, सवै कागज श्रीमानले पेश गरी सक्नु भएको छ । आयस्रोत श्रीमानले पेश गर्नु भएको छ । कि.नं. ६१ क्षेत्रफल ०३ र कि.नं. ३५५ क्षेत्रफल ०२ मा घर वनाएको छ । २०५२/५३ वाट शुरु गरी २०५४ साल माघ महिनामा गृह प्रवेश गरेको, घर निर्माणमा अन्दाजी दशलाख जति खर्च भएको छ । घर निर्माण गर्दा नेपालगञ्जका घरघडेरीहरू विक्री गरेको साथै श्रीमानको अन्य आयस्रोतवाट निर्माण गरेको हो 

राष्ट्रिय वाणिज्य बैंक मुख्य शाखा कार्यालयमा भएको ००४/२६९ नं. को खातावाट १६ अगष्ट २००२ मा रु.७५,०००।श्रीमानलाई चाहिएको हुनाले सो रकम निकाली श्रीमानलाई दिएको हो । उक्त रकम हाम्रो पारिवारिक संयुक्त आम्दानीवाट जम्मा भएको रकम हो । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जमा भएका बचत हिसाव नं.६०७९ बाट एक लाख रकम काठमाडौंमा घर निर्माण गर्दा चाहिएला भनी ल्याएको हुनसक्छ । यकीन याद भएन । त्यो कृषिवाट आएको आम्दानी हो । कृषि विकास वैंकिङ्ग कार्यालय, वानेश्वर स्थित नं. २३१५८२ को खातामा मिति २०५४।४।५ देखि २०५९।७।१४ सम्ममा रु.९ लाख ५० हजार भन्दा वढी रकम जम्मा गरेको र सोही अवधिमा करीव रु.८ लाख निकालेको सम्बन्धमा घरसंगै रहेको जमिन खरिद गर्दा राष्ट्रिय वचतपत्र खरिद गर्दा खर्च भएको हो । नविल बैंक, कान्तिपथमा खोलिएको छोराको नामको वचत खाता नं. ०११००१३२९४८०१ मा १० मार्च १९९९ मा रु.२ लाख, जुलाई १९९९ मा रु.३ लाख, २७ जनवरी २००० मा रु. २ लाख गरी रु. ७ लाख भन्दा वढी रकम जम्मा गरेको र १० मे १९९९ मा रु. ४ लाख, २४ जुलाई २००१ मा रु.३ लाख र ३ जुलाई २००२ मा रु. ३ लाख रकम निकालेको सम्बन्धमा हाम्रो पारिवारिक आम्दानीवाट विभिन्न मितिमा आएको रकम हो यकीनसँग याद छैन । केही रकम छोरालाई विदेश पठाउने सिलसिलामा बैंक कोष देखाउने हुँदा श्रीमानको खातामा रकम जम्मा गरेको छ । घर घरायसीमा खर्च पनि भएको होला याद छैन भन्ने व्यहोराको प्रतिवादी शीला पोखरेल (शर्मा) ले अनुसन्धानको क्रममा गरेको वयान 

प्रतिवादी युवराज शर्माको पैतृक सम्पत्तिवाट प्राप्त दाङ र वाँकेका जग्गा विगाहा ७१२.५ र का.जि. खड्का गाउको ०० रोपनी जग्गा र घरलाई अनुसन्धान बाहिर राखिएको छ भने त्यसवाट प्राप्त गरेको आयको मौद्रिक वचतलार्ई अनुसन्धानको दायराभित्र राखिएको छ 

प्रतिवादी युवराज शर्माले सार्वजनिक पद धारण गरेपश्चात् आर्जन गरेको सम्पत्ति :

 

(क) घर जग्गा

 

१. घर जग्गा धनीको नामः शीला पोखरेल (शर्मा)

घर जग्गोको विवरणः काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वार्ड नं.९ कि.नं. ११५ र २६८ क्षेत्रफल क्रमशः ०० र ०० गरी जम्मा क्षेत्रफल ०० रोपनी

खरिद मिति र मूल्य रु. २०५८।८।१९  २,००,०००/-

जग्गाको हालको मूल्य रु. ,००,०००/-

 

२. घर जग्गाको विवरणः ऐ.ऐ.कि.नं. १०१ र ३५४ क्षेत्रफल क्रमशः ०३ र ०२ गरी जम्मा ०१ रोपनी

खरिद मिति र मूल्य रु. २०५६।५।२५  १,६४,२००/-

जग्गाको हालको मूल्य रु. ,८४,३७५/-

 

३. घर जग्गाको विवरणः ऐ.ऐ.कि.नं. ३५५ र ६१ क्षेत्रफल क्रमशः ०२ र ०३ गरी जम्मा ०१ रोपनी जग्गा

खरिद मिति र मूल्य रु. २०५१।६।३  ६१,५२५/-

जग्गाको हालको मूल्य रु. ,८४,३७५/-

घरको हालको मूल्य रु. ३१,७६,०४३/७८

 

४. घर जग्गाको विवरणः जिल्ला वांके, वनकटवा गा.वि.स. वडा नं. १(ङ) कि.नं. १०३ को क्षे.फ १० विगाहा जग्गा मध्ये हाल वांकी रही कायम भएको कि.नं.१५७ क्षेत्रफल०१७ विगाहा जग्गा

खरिद मिति र मूल्य रु. २०४५।११।५ मा कि.नं. १०३ को पुरै १० विगाह जग्गा कोमूल्य .३२,०००।

जग्गाको हालको मूल्य रु. प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) ले माइतीवाट बकस पाएको जग्गा भएकोले अनुसन्धानको दायरा वाहिर राखिएको छ

५. घर जग्गा धनीको नामः युवराज शर्मा

घर जग्गोको विवरणः काठमाडौं जिल्ला खड्का भद्रकाली गा.वि.स.वडा नं. ६(क) को कि.नं. ३२८ क्षेत्रफल १० रोपनी जग्गा मध्ये अंशबण्डा भै हाल कायम हुन आएको कि.नं. ५५८ को  क्षेत्रफल ०० जग्गा

खरिद मिति र मूल्य रु. २०४३।५।२९  ७५,०००/- मा १ रोपनी जग्गा खरिद गरेको

जग्गाको हालको मूल्य रु. ,६२,५००/-

घर जग्गाको विवरणः जिल्ला वांके, नेपालगञ्ज नगरपालिका वार्ड नं. ७(क) कि.नं. ३५५ क्षे.फ.०० विगाहा जग्गा मध्ये अंशबण्डा हुंदा कायम भएको कि.न. ४३६ क्षेत्रफल ०६ विगाहा जग्गा

खरिद मिति र मूल्य रु. २०४४।३।३ मा कि.नं. ३५५ को ०० विगाहा जग्गा रु.१०,०००।मा खरिद गरेको

जग्गाको हालको मूल्य रु. ७२,०००/-

घर जग्गाको विवरणः जिल्ला दाङ, मानपुर गाउं विकास समिति वडा नं. १(क) कि.नं. ३९१ क्षेत्रफल ०१७ विगाहा जग्गा

खरिद मिति र मूल्य रु. २०५४।१।९  ४२,०००/-

जग्गाको हालको मूल्य रु. ५७,०००/-

घर जग्गाको विवरणः जिल्ला दाङ, मानपुर गाउं विकास समिति वडा नं. १(क) कि.नं. २०९ क्षेत्रफल ०१८ विगाहा जग्गा

खरिद मिति र मूल्य रु. २०५०।३।२२  १४,०००/-

जग्गाको हालको मूल्य रु. ७८,०००/-

३. घर जग्गाको विवरणः शीला पर्छाई पोखरेल

घर जग्गाको विवरणः जिल्ला वांके, नेपालगञ्ज नगरपालिका वार्ड नं. १(ख) (साविक उदयपुर) कि.नं. ६४८ क्षेत्रफल०१२.५ विगाहाजग्गा

खरिद मिति र मूल्य रु. २०४८।४।१९  ८१,२५०/-

जग्गाको हालको मूल्य रु. ,०६,२५०/-

 

जग्गाको हालको मूल्य जम्मा

                        ३४,४४,५००/-       ३१,७६,०४३/७८

जम्मा                         ६६,२०,५४३/७८

 

(ख) बैंक मौजदात

 

१. खातावालाको नामः शीला पोखरेल (शर्मा)

नाताः श्रीमती

बैंकको नामःराष्ट्रिय वाणिज्य बैंक, विशालवजार,

वचत खाता नं.००४१२६९

रकम रु. १३,६५४/३९

बैंकको नामः नेपाल बैंक लिमिटेडनेपालगञ्ज

वचत खाता नं.५४९२, ६०७९

रकम रु. १३,६६१/३६ २९,०८४/८१

बैंकको नामः कृषि विकास बैंक, वत्तिसपुतली

वचत खाता नं.२३१५८२

रकम रु. ,७७,५२४/५२

बैंकको नामः नविल बैंक, कान्तिपथ

वचत खाता नं. ०११००१३२९९४८०१

रकम रु. ७३,२१३/०७

बैंकको नामः नेपाल बैंक लिमिटेड डिल्लीवजार

वचत खाता नं. ०२५४६५०

रकम रु. ,९५९/६०

बैंकको नामः कृषि विकास बैंक, नेपालगञ्ज

वचत खाता नं. ०७०३७२

रकम रु. १३,३०१/३४

२. खातावालाको नामः युवराज शर्मा

नाताः स्वयं

बैंकको नामःराष्ट्रिय वाणिज्य बैंक, नारायणपुर, दाङ

वचत खाता नं. ५६३

रकम रु. ,३६१/७३

बैंकको नामः नविल बैंक, कान्तिपथ

वचत खाता नं.०११००१३१०३६०१

रकम रु. ,३९,९८७/५४

बैंकको नामः नेपाल बैंक लिमिटेड डिल्लीवजार

वचत खाता नं. ०१९११५०

रकम रु. ११,१२१/१६

बैंकको नामः नेपाल बैंक लिमिटेड सिटी अफिस नेपालगञ्ज

वचत खाता नं. ९१३४

रकम रु. ५२,५२२/८०

    जम्माः ,३४,५००/३२

 

() शेयर लगानी

 

तालिका

 

 

 

 

क्र.सं.

शेयरधनीको नाम

कम्पनी/वैंकको नाम

शेयर नम्वर/क्रमांक

शेयर संख्या

रकम रु

१.

युवराज शर्मा

हस्पीटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रा.लि.

१३२८७९ देखि १४७८७८ सम्म

१५,०००

१५,००,०००।-

२.

युवराज शर्मा

,,

२९ जुलाई २००१ मा खरिद गरेको

-

,००,०००।-

३.

शीला पोखरेल (शर्मा)

महिला सहकारी संस्था

७८७७६देखि ७८८७५ सम्म र ८५३०० देखि ८५४४९ सम्म

२५०

२५,०००।-

४.

शीला पोखरेल (शर्मा)

वैंक अफ काठमाडौं लि.

१७१७२०१ देखि ऐ.१७१७२१० सम्म र वोनस शेयर

१३

,३००।-

५.

प्रतीक पोखरेल

,,

१७१७२२१ देखि ऐ. १७१७२३० सम्म र वोनस शेयर देखि

१३

,३००।-

६.

युवराज शर्मा 

,,

१७१७१८१ देखि ऐ.१७१७१९० सम्म र वोनस शेयर

१३

,३००।-

७.

युवराज शर्मा 

एन.आई.डि.सी. क्यापिटल मार्केट

१३५०२४ देखि १३५०३३ सम्म (२०५०।२।१४)

१०

,०००।-

८.

प्रशन्न पोखरेल

नेपाल वैंक लि.

शेयर नं.अप्राप्त

१०

,०००।-

९.

शीला पोखरेल (शर्मा)

काठमाडौं इन्स्टिच्यूट अफ टेक्नोलोजी प्रा.लि.)

मिति २०५७।३।६ देखि ०५८।३।३० सम्म शेयरमा लगानी गरेको रकम

-

,७२,०००।-

१०

युवराज शर्मा

अनमोल क्याटरिंग प्रा.लि.

मिति २०५८।१२।२० मा खरिद गरेको

१८,०००

१८,००,०००।-

जम्मा M

४४,०२,९००।-

 

 

प्रतिवादीले पेश गरेको ३ वटा सम्पत्ति विवरण

(मिति २०५९।३।१० मा श्री सम्पत्ति न्यायिक जाँचवुझ आयोग, मिति २०५९।६।१ मा श्री श्रम तथा यातायात व्यवस्था मन्त्रालय र २०५९।८।९ मा यस आयोगमा पेश गरेको विवरण) बमोजिम शेयर खरिद गर्न लगानी गरेको रकम 

 

(घ)  राष्ट्रिय वचतपत्र :

 

वचतपत्र धनीको नामः शीला पोखरेल (शर्मा)

वचतपत्रको नामः राष्ट्रिय वचतपत्र २०६२(ख)

दर्ता नं             खरिद मिति         रकम रु.

३७७        २०५७/२/३        १,००,०००।-

३७६         ,,                            ,००,०००।-

३७५          ,,                                  ,००,०००।-

३७४         ,,                                  ,००,०००।-

३७३         ,,                                  ,००,०००।-

राष्ट्रिय वचतपत्र २०६४ (क)

८७४    २०५६/३/२४            ,००,०००।-

८७३          ,,                                  ,००,०००।-

८७२          ,,                                  ,००,०००।-

८७१           ,,                                  ,००,०००।-

         जम्मा                ,००,०००।-

 

(ङ)  गाडी :

युवराज शर्माको नाममा खरिद भई मिति २०५७।४।३० मा यातायात व्यवस्था कार्यालय वागमती अंचलमा दर्ता गरेको बा.३च ६१२२ को हुण्डाई कम्पनीको SANTRO GLS. (DX2) मोडलको गाडीको मूल्य .... रु. १०,३०,०००।

 

(च)  सुन चाँदी :

 

नविल बैंक लिमिटेड, कान्तिपथ स्थित लकर नं.२१६ वाट वरामद भएका मध्ये सुन, सुनको गहना र जवाहरातको मूल्य

                                  रु. ५,८५,८१७।६०

कूल सम्पत्ति                    ,४०,७३,७६१।७०

 

स्रोत खुलेको सम्पत्ति :

 

युवराज शर्माः      काठमाडौं जिल्ला, खड्का भद्रकाली गा.वि.स.वडा नं. ६ (क) कि.नं. ३२८ क्षेत्रफल १० रोपनी जग्गा मिति २०४३।५।२९ मा रु.७५,०००।मा सगोलमा रहेको वखत खरिद गरी अंशबण्डा हुँदा निजको भागमा कि.नं. ५५८ कायम भई ०० रोपनी प्राप्त हुन आएको जग्गाको हालको मूल्य .....    रु.२,६२,५००।

युवराज शर्माः      जिल्ला वांके, नेपालगञ्ज नगरपालिका वार्ड नं. ७(क) कि.नं.३५५ क्षेत्रफल ०० विगाहा जग्गा सगोलमा रहेको वखत मिति २०४४।३।३ मा लिखतबमोजिम रु.१०,०००।मा खरिद गरी अंशबण्डा हुँदा निजको भागमा कि.नं. ४३६ कायम भई ०६ विगाहा प्राप्त हुन आएको जग्गाको हालको मूल्य ........                रु.७२,०००।

शीला पोखरेल (शर्मा): जिल्ला वांके, नेपालगञ्ज नगरपालिका वडा नं. १(ख) कि.नं. ६४८ क्षेत्रफल ०१२.५ विगाहा जग्गा मिति २०४८।४।१९ मा लिखतबमोजिम रु.८१,२५०।मा खरिद गरेको जग्गाको हालको मूल्य ....                 रु.४,०६,२५०।

युवराज शर्माः      जिल्ला दाङ, मानपुर गा.वि.स. वडा नं.

१(क) कि.नं. २०९ क्षेत्रफल ०१८ विगाहा जग्गा मिति २०५०।३।२२ मा लिखतबमोजिम रु.१४,०००।मा खरिद गरेको जग्गाको हालको मूल्य ....        रु.७८,०००।

शीला पोखरेल (शर्मा): मिति २०५१।६।३ मा खरिद गरेको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ कित्ता नं. ६१ र ३५५ क्षेत्रफल क्रमश ०३ र ०२ रोपनी जग्गाको मूल्य .....        रु.९,८४,३७५।

युवराज शर्माः      जिल्ला दाङ मानपुर गा.वि.स. वडा नं.

१(क) कि.नं.३९१ क्षेत्रफल ०१७ विगाहा जग्गा मिति २०५४।१।९ मा लिखतबमोजिम रु.४२ हजारमा खरिद गरेको जग्गाको हालको मूल्य रु.५७,०००।

शीला पोखरेल (शर्मा): राष्ट्रिय वचतपत्र २०६४ (क) दर्ता नं. ८७४, ८७३, ८७२ र ८७१ मिति २०५६।३।२४ मा वचतपत्र खरिद गरेको ........         रु.४,००,०००।

शीला पोखरेल (शर्मा): काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ कि.नं. १०१ र ३५४ को जम्मा क्षेत्रफल ०२ रोपनी जग्गा मिति २०५६।५।२५ मभा खरिद गरेको रु.९,८४,३७५।मूल्य वरावरको जग्गामध्ये स्रोत खुलेको  ....                       रु.१,३४,०००।

शीला पोखरेल (शर्मा): मिति २०५७।२।३१ मा RBP नं.०००३७३, ०००३७४, ०००३७५, ०००३७६, ०००३७७ को राष्ट्रिय वचतपत्र २०६२ (ख) खरिद गर्दाको रु.५ लाखमध्ये स्रोत खुलेको ............               रु.१,७१,०००।

युवराज शर्माः      मिति २०५७।९।२५ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को शेयर खरिद गरेको रु.५ लाख मध्ये स्रोत खुलेको रु.१,४३,०००।

शीला पोखरेल (शर्मा): Kathmandu Institute of Technology Pvt. Ltd. को मिति २०५७।१२।१ मा रु. २ लाखको शेयर खरिद गरेको मध्ये स्रोत खुलेको रु.४०,०००।

युवराज शर्माः      मिति २०५८।३।१५ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को शेयर खरिद गरेको रु.५ लाखमध्ये स्रोत खुलेको ...रु.७६,०००।

शीला पोखरेल (शर्मा): Kathmandu Institute of Technology Pvt. Ltd. को मिति २०५८ मा रु.६ हजारको शेयर खरिद गरेको .....                रु.६०,०००।

शीला पोखरेल (शर्मा): मिति २०५८।६।१ मा महिला सहकारी संस्था लि.को शेयर खरिद गरेको ....      रु.२५,०००।

शीला पोखरेल (शर्मा): मिति ०५८।८।१९ मा काठमाडौं जिल्ला का.म.न.पा वा.नं.९ कि.नं. ११५ र २८६ को जम्मा क्षेत्रफल ०० रोपनी जग्गाथैली अङ्क रु. २ लाख राखी खरिद गरेको भए तापनि रु.६ लाखमा खरिद गरेको हुन सक्ने देखिएकोले सो जग्गा खरिद गर्दा स्रोत खुलेको रकम  ........                      रु.१,२३,०००।

युवराज शर्माः मिति २०५८।१२।२० मा अनमोल क्याटरीङ्ग प्रा.लि. को १८ लाखको शेयर खरिद गरेको मध्ये स्रोत खुलेको जम्मा रकम .....               रु.८५,०००।

शीला पोखरेल (शर्मा): मिति २०५९ सालमा का.म.न.पा. वा.नं. ९ स्थित शीला पोखरेल शर्माको घर कम्पाउण्ड भित्र रु.२,२५,०४७।५६ मा गार्ड क्वाटर निर्माण गरेको उक्त रकममध्ये स्रोत खुलेको रकम ......       रु.७६,०००।

शीला पोखरेल (शर्मा): राष्ट्रिय वाणिज्य बैंक, विशालवजारस्थित खाता नं. ४१२६९ मा रहेको मौजदात ... रु.१३,६५४।३९

शीला पोखरेल (शर्मा): नेपाल बैंक लि.सिटी अफिस नेपालगञ्जस्थित खाता नं. ५४९२ मा रहेको मौजदात                                   रु.१३,६६१।३६

युवराज शर्माः      नेपाल बैंक लि.सिटी अफिस नेपालगञ्जस्थित खाता नं. ९१३४ मा रहेको मौजदात ..  रु.५२,५२२।८०

शीला पोखरेल (शर्मा): राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्जस्थित खाता नं. ६०७९ मा रहेको मौजदात .... रु.२९,०८४।८१

शीला पोखरेल (शर्मा): कृषि विकास बैंक, नेपालगञ्जस्थित खाता नं. ०७०३७२ मा रहेको मौजदात .. रु.१३,३०१।३४

शीला पोखरेल (शर्मा): नेपाल बैंक लिमिटेड डिल्लीवजारस्थित खाता नं. ०२५४६५० मा रहेको मौजदात ..रु.७,९५९।६०

युवराज शर्माः      नेपाल बैंक लिमिटेड डिल्लीवजारस्थित खाता नं. ०१९११५० मा रहेको मौजदात ...    रु.११,१२१।१६

युवराज शर्मा:      राष्ट्रिय वाणिज्य बैंक नारायणपुरस्थित खाता नं. ५६३ मा रहेको मौजदात ........ रु.२,३६१।७३

शीला पोखरेल (शर्मा): युवराज शर्मा, प्रतीक पोखरेल बैंक अफ काठमाडौँ लि.मा शेयर लगानी गरेको रकम लगानी र लाभांश शेयर समेतको ...............  रु.३,९००।

युवराज शर्माः      नविल बैंक लि.,कान्तिपथ स्थित लकर नं. २१६ वाट वरामद भएका सुन, सुनको गहना र जवाहरातहरू                                      रु.५,८५,८१७।६०

युवराज शर्माः      एन्आइ.डि.सी. क्यापिटल मार्केटमा १० कित्ता शेयर लगानी गरेको रकम ........   रु.१,०००।

प्रशन्न पोखरेलः    नेपाल विकास बैंक लि.को १० कित्ता शेयरमा लगानी गरेको ......                        रु.१,०००।

३९,२८,५०९।७९

 

माथि उल्लिखित सम्पत्तिहरू मध्ये क्र.सं. १४, १६, २६, २८ र २९ मा उल्लिखित रु.१,१५,९००।मूल्य वरावरको सम्पत्ति प्रतिवादीको नियन्त्रणमा रहेको र क्र.सं. २६ मा उल्लिखित रु.५,८५,८१७।६० मूल्य वरावरको भौतिक सम्पत्ति सम्मानीत अदालतमा पेश गरेको र सो तालिकामा उल्लिखित अन्य रु.३२,२६,७९२।१९ मूल्य वरावरको सम्पत्ति आयोगको आदेशवाट रोक्का रहेको 

आरोपपत्रको तालिका नं. ९ क्र.सं. १ मा उल्लिखित प्रतिवादीको नाममा दर्ता भएको काठमाडौं जिल्ला खड्का भद्रकाली गा.वि.स. वडा नं. ६(क) कि.नं. ३२८ क्षेत्रफल १० रोपनी जग्गा मिति २०४३।५।२९ मा को रु.७५,०००।थैली अङ्क उल्लेख गरी खरिद गरेको देखिएको छ । उक्त जग्गा अंशबण्डा गर्दाको अवस्थामा ०० रोपनी जग्गा प्रतिवादीले प्राप्त गरेको उक्त जग्गा खरिद गर्दा प्रतिवादीले सो लिखतबमोजिमको मूल्य र अंशबण्डावाट प्राप्त जग्गाको आधारमा हुने समानुपातिक रु.२८,१२५।रकम प्रतिवादीले सो जग्गा खरिद गर्दा लगानी गरेको हुन सक्ने देखिन्छ । (उक्त जग्गा खरिद गर्दाको समयमा प्रतिवादी सगोलमा रहेको) उक्त जग्गा खरिद गर्दाको स्रोतको विषयमा हेर्दा प्रतिवादीको मिति २०३६ सालदेखि जग्गा खरिद गर्दाको समयसमम प्राप्त गरेको तलव भत्ताको वचत रकम (तलव भत्ता शत प्रतिशत वचत गरेको अनुमानको आधारमा) वाट खरिद गरेको हुन सक्ने स्थिति देखिएको  छ । सो १ रोपनी जग्गा मध्ये अंशबण्डा हुँदा निजको भागमा कि.नं.५५८ कायम भई ०० रोपनी जग्गा प्राप्त हुन आएवाट सो जग्गा सगोलको सम्पत्तिवाट समेत खरिद गरेको हुन सक्ने देखिन्छ । अतः हालको मूल्याङ्कनवाट देखिएको रु.२,६२,५००।को उक्त सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं.२ मा उल्लिखित जिल्ला वांके, नेपालगञ्ज नगरपालिका वा.नं. ७ (क) कि.नं.३५५ क्षेत्रफल ०० को जग्गा प्रतिवादी युवराज शर्माले आफ्नो नाममा मिति २०४४।३।३ मा लिखत वमोजम रु.१०,०००।थैली अङ्क उल्लेख गरी सगोलमा रहदा खरिद गरेको, अंशबण्डा गर्दाको अवस्थमा ०६ विगाहा जग्गा प्राप्त गरेको हुँदा उक्त जग्गा खरिद गर्दा प्रतिवादीले सो लिखतबमोजिमको मूल्य र प्राप्त गरेको जग्गाको आधारमा समानुपातिक रूपमा हुने रु.३,०००।जग्गा खरिद गर्दा निजले उपभोग गरेको हुन सक्ने देखिएको छ । उक्त सम्पूर्ण जग्गा खरिद गर्दा सगोलका परिवारका अन्य अंशियारहरूको रकम समेतको आयवाट सो जग्गा खरिद गरेको हुन सक्ने अवस्था रहेको छ 

सो जग्गा खरिद गर्दाको समयमा प्रतिवादी तर्फवाट लगानी गरेको स्रोतको विषयमा हेर्दा प्रतिवादीको २०४३ भाद्रदेखि २०४४ जेठसम्मको तलव, भत्ताबापत प्राप्त गरेको रकमको वचतवाट खरिद गरेको हुन सक्ने देखिएको छ । सम्पत्ति अंशबण्डा हुँदा ०० विगाहा जग्गामध्ये प्रतिवादीको नाममा ०६ विगाहा जग्गा अंश भागमा परेको देखिन्छ । अतः उक्त जग्गाको हालको मूल्याङ्कन बमोजिम कायम हुन आएको रु.७२,०००।मूल्य वरावरको सो सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ३ मा उल्लिखित जिल्ला वाँके, नेपालगञ्ज नगरपालिका वडा नं. १(ख) कि.नं. ६४८ क्षेत्रफल ०१२.५ विगाहा जग्गा प्रतिवादीले आफ्नी श्रीमती शीला पोखरेल(शर्मा) का नाममा मिति २०४८।४।१९ मा लिखतबमोजिम रु.८१,२५०।थैली अङ्क उल्लेख गरी खरिद गरेको देखिएको छ । जिल्ला वाँके नेपालगञ्ज नगरपालिका वार्ड नं. ८ मा पर्ने क्षेत्रफल ०१९५ र ०६.७५ विगाहा जग्गा प्रतिवादीले मिति ०४६।२।३ मा विक्री गरेको, ऐ.ऐ. मा पर्ने क्षेत्रफल ०१० विगाहा जग्गा मिति २०४८।२।१ मा विक्री गरेको, ऐ.ऐ. को क्षेत्रफल ०२.५ विगाहा जग्गा २०४८।२।९ मा विक्रीगरेको र २०४७ सालको खेतीको आय समेतवाट सो जग्गा खरिद गरेको हुन सक्ने देखिन्छ । अतः हालको रु.४,०६,२५०।मूल्य वरावरको उक्त कि.नं. ६४८ जग्गालाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ४ मा उल्लिखित युवराज शर्माको नाममा दर्ता भएको जिल्ला दाङ, मानपुर गा.वि.स. वडा नं. १(क) कि.नं. २०९ क्षेत्रफल ०१८ विगाहा जग्गा मिति २०५०।३।२२ मा लिखतबमोजिम रु.१४,०००।मा खरिद गरेको देखिन्छ । प्रतिवादीले विदेश भ्रमण, पारिश्रमिक, घरभाडा र कृषिको आयवाट प्राप्त मिश्रित स्रोत वाट नै चल अचल सम्पत्ति जोडेको भनी आयोग समक्षको वयान कथनमा उल्लेख गरेको छ । प्रतिवादी २०४८ मार्गमा विदेश भ्रमण गर्दा स्पोन्सर गर्ने संस्थावाट अमेरिकी डलर १००० प्राप्त गरेको कुरा निजको नाममा जारी भएको राहदानीवाट देखिन्छ । प्राप्त गरेको उक्त रकमको वढीमा ७० प्रतिशतसम्म वचत हुन सक्ने रकम मध्येवाट सो जग्गा खरिद गरेको हुन सक्ने देखिएकोछ । अतः रु.७८,०००।मूल्य वरावरको सो सम्पत्तिलाई स्रोत खुलेको सम्पत्ति गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ५ मा उल्लिखित का.म.न.पा. वडा नं. ९ कि.नं.६१ र ३५५ को जम्मा क्षेत्रफल ०२ रोपनी रु.९,८४,३७५।मूल्य वरावरको जग्गा प्रतिवादीले मिति २०५१।६।३ को लिखतबमोजिम रु.६१,५२५।थैली अङ्क उल्लेख गरी खरिद गरेको देखिन्छ । जग्गा खरिद गर्दाको लिखतमा जग्गाको थैली अङ्क रु.६१,५२५।लेखिएको देखिन्छ । सो थैली अङ्क जग्गाको वास्तविक मूल्य नभई रजिष्ट्रेशन पारीत गर्दा तिर्नुपर्ने दस्तूरको प्रयोजनको लागिसम्म उल्लेख गरेको भन्ने प्रष्टै छ । उक्त जग्गाको पारीत लिखतमा हालै देखिको वकस उल्लेख भएतापनि निजले सो जग्गा वकसवाट प्राप्त गर्ने आधार, कारण र सम्बन्ध पनि नदेखिएको र प्रतिवादीले उक्त जग्गा खरिद गरी प्राप्त गरेको भनी जिकीर लिएको देखिएवाट सो जग्गा खरिद गर्दा प्रतिवादीले न्यूनतम रु.९,८४,०००।रकम खर्च गरी जग्गा खरिद गरेको हुनसक्ने अवस्था देखिन्छ 

तसर्थ, सो जग्गाको अवस्थिति, पूर्वाधार तथा गौशाला क्षेत्रको सामिप्यमा रहेको आधार समेतमा हेर्दा उक्त मूल्यमा सो जग्गा सो समयमा खरिद हुन नसकिने देखिएको हुँदा प्रतिवादीले न्यूनतम रूपमा हालको मूल्यबमोजिमको रकम खर्च गरी जग्गा खरिद गरको हुन सक्ने भएकोले हालको मूल्यलाई नै खरिद मूल्य रु.९८४,३७५।कायम गरिएको छ । उक्त जग्गा खरिद गर्दाको स्रोतको विषयमा प्रतिवादीले खेतीपातिको आय, तलव, भत्ताको वचत रकम घरभाडा आदिको मिश्रित आयवाट खरिद गरेको भनी जिकीर लिएको देखिएको छ 

प्रतिवादीले लिएको जिकीरतर्फ हेर्दा २०४८, २०४९ दर २०५० सालको खेतीको आयवाट हुन सक्ने वचत रकम, २०४४ आषाढदेखि उक्त जग्गा खरिद गर्दाको समय २०५१ भाद्रसम्म प्राप्त गरेको तलव भत्तावाट वचत गरेको रकम मिति २०४८।४।९ मा जिल्ला वांके नेपालगञ्ज न.पा. वडा नं. ८ मा पर्ने ०१८ विगाहा जग्गा विक्री गर्दा प्राप्त गरेको आम्दानी रकम र २०४९।१२।१० मा विदेश भ्रमण गर्दा स्पोन्सर गर्ने संस्थावाट प्राप्त ११०० अमेरिकी डलरमध्ये ७० प्रतिशत वचत गरेको हुन सक्ने रकम समेतको हिसाव गर्दा कूल रु.४,२८,५१९।७० रकमको स्रोत खुलेको देखिन्छ । प्रतिवादीको काठमाडौं शहरीक्षेत्रमा घरवास योग्य घडेरी सो अघि नभएको र त्यस्तो घडेरी सरसापट, ऋण सापटी लिई खरिद गरेको हुन सक्ने देखिन्छ । अतः रु.९,८४,३७५।मूल्य वरावरको उक्त सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ६ मा उल्लिखित दाङ जिल्ला मानपुर गा.वि.स. वडा नं. १(क) कि.नं. ३९१ क्षेत्रफल ०१७ विगाहा रु.५७,०००।मूल्य वरावरको जग्गा प्रतिवादीले मिति २०५४।१।९ मा लिखतबमोजिम रु.४२,०००।थैली अङ्क उल्लेख गरी खरिद गरेको  देखिन्छ । प्रतिवादीले जिकीर लिए बमोजिम २०५२।९।२ मा जिल्ला वाँके रझेना गा.वि.स. वडा नं. १(ग) कि.नं. १७९ क्षेत्रफल ०१०.५ विगाहा जग्गा विक्री गरेको देखिएकोले सो रकम र २०५१ सालको कृषिको आयवाट वचत भएको रकम मध्येवाट सो जग्गा खरिद गरेको हुन सक्ने देखिएकोले हाल रु.५७,०००।पर्ने उक्त सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ७ मा उल्लिखित मिति २०५६।३।२४ मा प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) को नाउँमा द.नं ८७१, ८७३ र ८७४, २०६४ (क) को जम्मा रु. ४ लाखको राष्ट्रिय वचतपत्र खरिद गरेको देखिन्छ । प्रतिवादीले स्रोतको विषयमा लिएको जिकीरतर्फ हेर्दा निजको वयानबमोजिम सो वचतपत्र २०५४ र २०५५ सालको खेतीको आम्दानी, २०५५।५।२४ र २०५६।३।४ मा स्पोन्सर गर्ने संस्थावाट प्राप्त गरेको जम्मा ३४०० अमेरिकी डलर विदेश भ्रमण गर्दा ७० प्रतिशतसम्म वचत हुन सक्ने रकम, २०५४ वैशाखदेखि २०५६ जेष्ठसम्मको नेपालगञ्जस्थित पैतृक घरको भाडा रकम र सो अवधिको पारिश्रमिक समेतवाट वचत हुने रकमवाट खरिद गरेको हुन सक्ने भएकोले उक्त रु.४ लाखको राष्ट्रिय वचतपत्रलाई स्रोत खुलेको सम्पत्तिका रूपमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ८ मा उल्लिखित काठमाडौं महानगरपालिका वडा नं. ९ कि.नं. १०१ र ३५४ जम्मा क्षेत्रफल ०१ को जग्गा मिति २०५६।५।२५ मा जग्गा खरिद गर्दाको लिखतमा थैली अङ्क रु.१,६४,२००।उल्लेख गरी खरिद गरेको देखिन्छ । सो जग्गा खरिद गर्दा प्रतिवादीले न्यूनतम् रु.९,८४,०००।रकम खर्च गरी जग्गा खरिद गरेको हुन सक्ने अवस्था जग्गा रहेको स्थानमा भएका भौतिक पूर्वाधारहरूको उपलव्धता र जग्गाको परिमाण समेतले पुष्टि गर्दछ । सो कुराको पुष्टि हाल कायम भई आएको मूल्याङ्कित अङ्कले समेत समर्थन गरेको देखिएको छ । सो जग्गा खरिदको स्रोत तर्फ हेर्दा प्रतिवादीको विदेश भ्रमण, तलव भत्ता, घरभाडा र २०५५ सालसम्मको खेतीवाट वचत हुनसक्ने अधिकतम रु.१,३४,०००।मात्र देखिएकोले सो जग्गा खरिद गरेको कुल रकम ९,८४,३७५।मध्ये १,३४,०००।लाई मात्र स्रोत खुलेको सम्पत्तिका रूपमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं.९ मा उल्लिखित RBP नं. ००३७३ देखि ०००३७७ सम्मको जम्मा रु.५ लाखको राष्ट्रिय वचतपत्र २०६२ (ख) मिति २०५७।२।३१ मा प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) को नाममा खरिद गरेको देखिएको छ । सो वचतपत्र खरिद गर्दाको स्रोतका सम्बन्धमा प्रतिवादीले स्पष्ट रूपमा आयोग समक्षको वयानमा खुलाउन सकेको देखिंदैन । रु.५ लाखको रकमको वचतपत्र खरिद गर्दाको स्रोत प्रतिवादीले स्पष्ट रूपमा उल्लेख गर्न नसकेतापनि २०५६ असारढदेखि २०५७ वैशाखसम्मको निजको पारिश्रमिक सोही अवधिको नेपालगञ्जस्थित प्रतिवादीको नामको पैतृक घरको भाडा र २०५६ सालको कृषिको आम्दानी समेतको अधिकतम जम्मा रु.१,७१,०००।को मात्र स्रोत खुलको देखिएको छ । अतः उक्त रु. ५ लाखको राष्ट्रिय वचतपत्रमध्ये रु.१,७१,०००।रकमलाई मात्र स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. १० मा उल्लेख भएबमोजिम मिति २०५७।९।२५ मा प्रतिवादी युवराज शर्माका नाउंमा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु.५ लाखको शेयर खरिद गरेको देखिएको छ । उक्त कंपनीको शेयर प्रतिवादीले मिति २०५७।९।२५ देखि २०५८।३।१५ सम्म ५ पटक गरी रु.२० लाखको शेयर गरेको देखिन्छ । उक्त शेयर रकमको स्रोतको विषयमा प्रतिवादीले सो शेयर आफूले छुट्टी भिन्न भई वसेका भाइका रकमले निजका लागि आफ्नो नाममा शेयर खरिद गरेको भनी जिकीर लिएको देखिन्छ । यसरी प्रतिवादीले आफूले गरेको कसूरवाट वच्न तथा आफ्नो वैध स्रोतहरू वढाउन झूठा र काल्पनिक कुरा वयान कथनमा उल्लेख गरेतापनि रु.५ लाखको शेयर खरिद गर्दाको समयमा प्रतिवादीसंग २०५७ जेष्ठदेखि ऐ.मंसिरसम्मको निज प्रतिवादीको नेपालगञ्जस्थित घरको भाडा, ऐ. अवधिको निजको पारिश्रमिक (शतप्रतिशत वचत गरेको अनुमानको आधारमा) र २०५७ सालको कृषि आय समेतवाट प्राप्त गरेको रकम मध्येवाट अधिकतम रु.१,४३,०००।रकम मात्र वचतमा रहेको देखिएको छ । तसर्थ उक्त रकम सो कम्पनीको उक्त शेयरमा लगानी गरेको हुन सक्ने देखिएकोले २०५७।९।२५ मा खरिद गरेको रु.५ लाखको उक्त शेयरमध्ये स्रोत खुलेको रु.१,४३,०००।को शेयरलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. ११ मा उल्लेख भएबमोजिम प्रतिवादी युवराज शर्माकी श्रीमती शीला पोखरेल (शर्मा) का नाममा मिति २०५७।१२।१ मा Kathmandu Institute of Technology Pvt. Ltd. को रु. २ लाखको शेयर खरिद गरेको देखिएको छ । सो शेयर खरिद गर्दाको आम्दानीको स्रोततर्फ हेर्दा प्रतिवादीको भाइ नाता पर्ने भनिएका अनन्त शर्माले संयुक्त राज्य अमेरिकावाट पठाएको रु.२१ लाखमध्ये रु. ५ लाखको शेयर खरिद गरेको भनी जिकीर लिएको देखिन्छ । सो जिकीरमा विश्वासयोग्य आधार देखिएन 

प्रतिवादीले लिएको जिकीरबमोजिम २०५७ पौषदेखि ऐ. फागुनसम्मको पारिश्रमिक र सोही अवधिको घरभाडा वाहेक सो अवधिमा अन्य कुनै आय प्राप्त भएको देखिंदैन । प्रतिवादीको २०५७ पुसदेखि ऐ.फागुनसम्मको पारिश्रमिक र घरभाडा आम्दानीवाट अधिकतम रु.४०,०००।रकम वचतमा रहेको देखिएको छ । उक्त रकम सो कम्पनीको शेयर खरिदमा लगाएको हुनसक्ने देखिएकोले खरिद गरेको रु. २ लाखको उक्त शेयर मध्ये सो रु.४०,०००।को शेयरलाई मात्र स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. १२ मा उल्लेख भएबमोजिम मिति ०५८।३।१५ मा प्रतिवादी Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु. ५ लाखको शेयर खरिद गरेको देखिन्छ । सो शेयर नजिकका भाइ नाता पर्ने कुमार पोखरेलको लागि उक्त प्रा.लि. को शेयर खरिद गर्न कुमार पोखरेलकी आमा वालिका देवीले प्रतिवादीलाई रु.५ लाख विभिन्न मितिमा दिएको भनी आयोग समक्षको वयानमा उल्लेख गरेको देखिन्छ । तर कुन कुन मितिमा र के कति रकम निज वालिका देवीले दिएको भन्ने सम्बन्धमा कुनै कागज प्रमाण पेश गर्न नसकेकोले सो भनाइ विश्वासयोग्य छैन । यद्यपि उक्त शेयर खरिदको स्रोततर्फ हेर्दा निज प्रतिवादीले विदेश भ्रमण गर्दा स्पोन्सर गर्ने संस्थावाट मिति २०५८।१।२८ मा अमेरिकी डलर ६८० प्राप्त गरेको देखिएकोमा सो रकमको अधिकतम ७० प्रतिशत सम्म वचत गरेको हुन सक्ने देखिएकोले सो वचत रकम, २०५७ चैत्रदेखि २०५८ जेठसम्मको पारिश्रमिक र सोही अवधिको प्रतिवादीको नाममा रहेको नेपालगञ्जस्थित पुर्ख्यौली घरको भाडा समेतवाट वचत गरेको हुनसक्ने अधिकतम रु.७६,०००।समेत खर्च गरी उक्त शेयर खरिद गरेको हुन सक्ने देखिएकोले मिति २०५८।३।१५ मा खरिद गरेको रु.५ लाखको उक्त शेयरमध्ये रु.७६,०००।को शेयरलाई मात्र स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. १३ मा उल्लेख भएबमोजिम मिति २०५८।३।३० मा प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) को नाममा Kathmandu Institute of Technology Pvt. Ltd. को रु.६० हजारको शेयर खरिद गरेको देखिएको छ । सो शेयर खरिद गर्दाको स्रोत तर्फ हेर्दा निज शीला पोखरेलले सो Kathmandu Institute of Technology Pvt. Ltd. मा काम गरे बापत प्राप्त पारिश्रमिकलाई शेयरमा परिणत गरेको देखिएकोले सो सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. १४ मा उल्लेख भएबमोजिम मिति ०५८।६।१ मा प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) को नाममा महिला सहकारी संस्था लि. को रु.२५,०००।को शेयर खरिद गरेको देखिएको छ । सो शेयर खरिदको स्रोत तर्फ हेर्दा निज प्रतिवादी युवराज शर्माले विदेश भ्रमणमा जाँदा मिति २०५८।३।२२ मा स्पोन्सर गर्ने संस्थावाट ६१० अमेरिकी डलर प्राप्त गरेको देखिएकोमा सो रकमको ७० प्रतिशतसम्म वचत भएको हुन सक्ने देखिएको छ । यसरी उक्त वैध आम्दानीवाट रकम वचत गरेको समय र शेयर खरिद गरेको समयको सामीप्यताको आधारमा सो वचत रकमवाटै उक्त शेयर खरिद गरेको हुन सक्ने देखिएकोले रु.२५,०००।को उक्त शेयरलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं.१५ मा उल्लेख भएबमोजिम मिति ०५८।८।१८ मा प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) को नाममा काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ कि.नं.११५ र २६८ जम्मा क्षेत्रफल ०० रोपनी रु. ६ लाख मूल्य वरावरको जग्गा लिखतमा रु. २३ लाख थैली अङ्क उल्लेख गरी खरिद गरेको देखिएको छ । सो जग्गा थैली अङ्क उल्लेख गरिएको रकममा खरिद विक्री हुन सक्ने नदेखिएकोले हालको मूल्य न्यूनतम रु. ६ लाख रकम खर्च गरी प्रतिवादीले सो जग्गा खरिद गरेको हुन सक्ने देखिएकोले उक्त रु. ६ लाखलाई नै खरिद मूल्य कायम गरिएको छ 

उक्त जग्गा खरिदको स्रोत तर्फ हेर्दा २०५८ जेष्ठसम्मको आम्दानीवाट क्र.सं. १४ सम्मको सम्पत्ति खरिद गरेकोले २०५८ असारदेखि ऐ. कात्तिकसम्मको पारिश्रमिक, ऐ.अवधिको प्रतिवादीको नामको नेपालगञ्जस्थित पैतृक घरको भाडा र २०५८ सालको कृषि आयको वचतवाट समेत जम्मा रु.१,२३,०००।मात्र वचत हुनसक्ने देखिएकोले रु. ६ लाखमा खरिद गरिएको उक्त जग्गाको रु.१,२३,०००।को मात्र स्रोत खुलेकोले रु.६ लाखमध्ये रु.१,२३,०००।रकमलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं. १६ मा उल्लेख भएबमोजिम प्रतिवादीले अनमोल क्याटरिङ्ग प्रा.लि. को रु.१८ लाखको शेयर खरिद गरेको व्यहोरा मिति २०५९।६।१ मा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) को प्रयोजनको लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पेश गरेको देखिन्छ । त्यस्तै गरी मिति २०५९।३।१० मा श्री सम्पत्ति न्यायिक जाँचवुझ आयोगमा सम्पत्ति विवरण स्वघोषित रूपमा पेश गर्दा पनि निज प्रतिवादीले मिति २०५८।१२।२० मा उक्त प्रा.लि. को रु.१८ लाखको शेयर खरिद गरेको व्यहोरा आफैले खुलाई दिएको देखिन्छ । निज २०५८।११।१६ मा विदेश जाँदा ८५० अमेरीकी डलरमध्ये ७० प्रतिशत बचत हुनसक्ने रकम, २०५८ मंसिरदेखि फागुनसम्मको तलबभत्ता र पैतृक घरभाडाबाट अधिकतम् ८५००० वचत हुनसक्ने देखिदा त्यतिसम्म स्रोत खुलेको सम्पत्ति गणनागरी दावीमा लिइएको छैन 

क्र.सं. १७ मा उल्लेख भएबमोजिम काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ९ स्थित प्रतिवादीको श्रीमती शीला पोखरेल (शर्मा) को नाममा भएको घर कम्पाउण्डमा २०५९ सालमा रु.२,२५,०४७।५६ खर्च गरी गार्ड क्वाटर निर्माण गरेको देखिन्छ । सो अवधिमा निज प्रतिवादीसंग २०५८ चैत्र र वैशाखको पैतृक घरको भाडा रकम, ऐ.अवधिको तलव र २०५९ सालको खेतीबापत प्रांप्त हुने आम्दानीवाट अधिकतम रु.७६,०००।मात्र वचत हुनसक्ने देखिएको छ । अतः गार्ड क्वाटर निर्माण गर्दा खर्च भएको रु.२,२५,०४७।५६ रकममध्ये वचत गरेको रु.७६,०००।रकम गार्ड क्वाटर निर्माण गर्दा लगानी गरेको हुन सक्ने देखिएकोले रु.७६,०००।रकमलाई मात्र स्रोत खुलेको रकममा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं.१८ देखि २५ सम्म उल्लेख भएबमोजिम शीला पोखरेल (शर्मा) का नाममा राष्ट्रिय वाणिज्य बैंक विशालवजारस्थित खाता नं. ४१२६९ मा रु.१३,६५४।३९, नेपाल बैंक लिमिटेड सिटी अफिस नेपालगञ्जस्थित खाता नं. ५४९२ मा १३,६६१।३६, राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्जस्थित खाता नं. ६०९७ मा २९,०८४।८१, कृषि विकास बैंक नेपालगञ्जस्थित खाता नं. ०७०३७२ मा रु.१३,३०१।३४ र नेपाल बैंक लिमिटेड डिल्लीवजारस्थित खाता नं. ०२५४६५० मा रु.७,९५९।६० गरी जम्मा रु.७७,६६१।५० प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) का नाममा बैंक मौजदात रहेको देखिन्छ 

त्यसैगरी प्रतिवादी युवराज शर्माको नाममा नेपाल बैंक लिमिटेड सिटी अफिस नेपालगञ्जस्थित खाता नं. ९१४३ मा रु.५२,५२२।८०, नेपाल बैंक लिमिटेड डिल्लीवजारस्थित खाता नं. ०१९११५० मा रु.११,१२१।१६, राष्ट्रिय वाणिज्य बैंक नारायणपुरस्थित खाता नं. ५६३ मा रु.२,३६१।७३ गरी जम्मा रु.६६,००५।६९ प्रतिवादी युवराज शर्माका नाममा बैंक मौजदात रहेको देखिन्छ । ती बैंक खाताको कारोवार रहेवाट उक्त रकमहरू स्वाभाविक आम्दानीवाट वचत गरेको हुनसक्ने देखिएकोले उक्त रु.१,४३,६६७।१९ को बैंक मौजदातलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं.२६, २८ र २९ मा उल्लेख भएबमोजिम प्रतिवादी युवराज शर्मा निजकी श्रीमती शीला पोखरेल (शर्मा) र छोरा प्रतीक पोखरेलका नाममा बैंक अफ काठमाडौं लिमिटेडमा रु.३,९००।शेयरलगानी गरेको (लाभांश शेयर समेत) गरेको देखिएको छ त्यस्तैगरी प्रतिवादी युवराज शर्माका नाममा एन.आई.डि.सी. क्यापिटलमार्केटको रु.१,०००।को र प्रतिवादीका छोरा प्रशन्न पोखरेलका नाममा नेपाल विकास बैंक लिमिटेडको रु.१,०००।गरी जम्मा रु.५,९००।को शेयर खरिद गरेको देखिएको छ । उक्त शेयरहरू स्वाभाविक परिमाणको रहेकोले ती शेयरहरू तलव भत्ता, घरभाडा आदिवाट वचत भएको रकमवाट खरिद गरेको हुनसक्ने भएकोले सो शेयरहरूलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

क्र.सं.२७ मा उल्लेख भएबमोजिम प्रतिवादी युवराज शर्माको नाममा भएको नविल बैंक लिमिटेड कान्तिपथस्थित लकर नं. २१६ वाट वरामद भएका सुनको गहना र जवाहरातहरूको जम्मा रु.५,८५,८१७।६० को मूल्याङ्कन भई आएको छ । सो गर गहनाका स्रोतका सम्बन्धमा प्रतिवादीले पारिश्रमिक, घरभाडा, कृषि, विदेश भ्रमण आदिको मिश्रित स्रोतवाट खरिद गरेको भनी वयान कथनमा जिकीर लिएको देखिन्छ । प्रतिवादीले लिएको जिकीरतर्फ हेर्दा निजले विदेशमा तालिम सेमिनारमा सहभागी हुन जाने सिलसिलामा मिति २०४६।३।१२ मा अमेरिकी डलर ४००.००, २०४८।६।२० मा अमेरिकी डलर ४००.००, २०४९।११।१३ मा अमेरिकी डलर १०००.००, २०५३।८।२६ मा अमेरिकी डलर ७००.००, २०५४।२।२६ मा अमेरिकी डलर १४००.००, २०५५।५।२४ मा अमेरिकी डलर ७००.००, २०५८।९।१६ मा अमेरिकी डलर १०००.०० जम्मा ७,१००.०० अमेरिकी डलर पासपोर्ट सुविधाबापत डलर खरिद गरी सटही गरी विदेशमा तालिम सेमिनारमा भाग लिन गएको देखिन्छ । सुन, सुनको गहना र जवाहरतको परिमाण तथा व्यावहारिकता समेतका आधारमा हेर्दा सो सम्पत्ति प्रतिवादीले एकै पटकमा खरिद गरेको नभई पटकपटकको आयस्रोतवाट खरिद गरेको हुनसक्ने देखिएको छ 

प्रतिवादीले मिति २०४६।३।१२ देखि २०५५।२।२६ सम्म (८ पटक) पासपोर्ट सुविधाबापत अमेरिकी डलर ७१००.०० खरिद गरेको र उक्त डलर खरिद गर्दा नेपाल राष्ट्र बैंकवाट त्रैमासिक रूपमा प्रकाशित वुलेटिनमा उल्लिखित विनिमय दरबमोजिम हुने रु.३,६३,२८०।रकम खर्च गरी डलर खरिद गरेको देखिन्छ । प्रतिवादीले डलर खरिद गर्दा खर्च गरेको रकम रु.३,६३,२८०।को स्रोतको विषयमा हेर्दा २०४४ सालदेखि २०५५ सालसम्मको प्राप्त तलव भत्ताको वचत रकम,   (शतप्रतिशत वचत गरेको अनुमानको आधारमा २०४८ सालदेखि २०५४ सालसम्मको खेतीपाती समेतको मिश्रित आयवाट प्राप्त गरेको रकमको वचत भएको सम्पत्तिवाट खरिद गरेको जानकारी सम्बन्धित बैंकवाट प्राप्त भएको) गरेको हुनसक्ने आधार देखिएको छ । प्रतिवादीका उपर्युक्त स्रोत खुलेका आयवाट पासपोर्ट सुविधाबापतको डलर खरिद गरेको तथ्य पुष्टि भएको हुँदा उक्त नगद सम्पत्तिले पटकपटक गरी सुन, सुनका गहना तथा जवहारत खरिद गरेको हुनसक्ने आधार स्थापित भएको हुँदा रु.३,६३,२८०।रकम खर्च गरी खरिद गरेको उक्त सम्पत्तिको हालको वजार मूल्यबमोजिम हुन सक्ने रु. ५,८५,८१७।६० वरावरको चल सम्पत्तिलाई स्रोत खुलेको सम्पत्ति गणना गरी दावीमा लिइएको छैन 

प्रतिवादीको वयानबमोजिम छोरा प्रशन्न पोखरेललाई विगत २ वर्षदेखि (२०५८ र २०५९ सालभित्र) निजी खर्चमा निजी क्षेत्रले सञ्चालन गरेको नेपाल इन्जिनियरिङ्ग कलेज भक्तपुर दुवाकोटमा दोस्रो वर्षमा अध्ययन गराइरहेको देखिएको छ । निजको वयानबमोजिम उक्त कलेजमा अध्ययन गराउँदा भर्ना शुल्क रु.१०,०००।तथा मासिक अध्ययन खर्च समेत रु.१०,०००।नियमित खर्च लाग्ने गरेको भनी उल्लेख गरेवाट छोराको अध्ययन खर्च समेत गरी विगत २ वर्षको समयावधिमा मात्र निजको न्यूनतम रु.२,५०,०००।खर्च भइसकेको स्थिति छ । प्रतिवादी छुट्टी भिन्न भएदेखि विगत २ वर्ष अघिसम्म मासिक रु.५,०००।का दरले घर खर्च हुने गरेको भनी वयान कथनमा जिकीर लिएको देखिन्छ । निजले लिएको जिकीरबमोजिम छुट्टी भिन्न भएको समयदेखि विगत २ वर्षसम्मको ११ वर्षको अवधिमा न्यूनतम रु.६,६०,०००।घर खर्च भईसकेको अवस्था छ । यसरी जम्मा रु.९,१०,०००।रकम प्रतिवादीको वयानबमोजिम खर्च भइसकेको छ । उक्त घर व्यवहार तथा अध्ययनमा खर्च भइसकेको रकमको स्रोततर्फ हेर्दा प्रतिवादीले घर भाडा, तलव भत्ता, विदेश भ्रमण र कृषिको आय वाहेकको अन्य स्रोतहरूबाट आर्जन गरेको रकमवाट खर्च भएको हुन सक्ने भएकोले घर खर्च भएको उक्त रु.९,१०,०००।रकम र सो रकम खर्च गर्न प्राप्त गरेका स्रोतहरूलाई प्रतिवादीले वयानमा जिकीर गरेको विषयवस्तुलाई विश्लेषण गर्ने प्रयोजनका लागि प्रस्तुत गरी अनुसन्धानको दायरा वाहिर राखिएको छ 

 

स्रोत नखुलेको सम्पत्ति :

 

शीला पोखरेल (शर्मा): काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं. ९ कि.नं.६१ र ३५५ को जम्मा क्षेत्रफल ०१ रोपनी जग्गामा रु.२८,२३,०७४।७७ खर्च गरी घर निर्माण गरेकोमा स्रोत खुलेको नदेखिएको सो रकमको समानुपातिक वृद्धिले हालको मूल्याङ्कनबमोजिम हुने ... रु.२९,५०,९९६।२२

शीला पोखरेल (शर्मा): मिति २०५६।५।२५ मा खरिद गरेको ऐ.ऐ. कि.नं. १०१ र ३५४ को जम्मा क्षेत्रफल ०१ रोपनीको रु.९,८४,३७५।मूल्य वरावरको जग्गामध्ये स्रोत नखुलेको जग्गाको मूल्य ...               रु.८,५०,३७५।

शीला पोखरेल (शर्मा): शीला पोखरेल (शर्मा) को नाममा मिति २०५७।२।३१ मा RBP नं. ल०००३७घ देखि ०००३७७ सम्मको रु.५ लाखको राष्ट्रिय वचतपत्र खरिद गरेको मध्ये स्रोत नखुलेको ............                      रु.३,२९,०००।

शीला पोखरेल (शर्मा): मिति २०५७।३।६ मा श्रीमती शीला पोखरेल (शर्मा) को नाममा Kathmandu Institute of Technology Pvt. Ltd. को शेयर खरिद गरेको रकम           

                                       रु.३,१२,०००।

युवराज शर्माः मिति २०५७।४।३० मा बा३च ६१२२ नं.को SANTRO, GLS (DX@) गाडी खरिद गरेको रकम रु.१०,३०,०००।

युवराज शर्माः मिति २०५७।९।२५ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को खरिद गरेको रु.५ लाख शेयरमध्ये स्रोत नखुलेको रकम .......  रु.३,५७,०००।

युवराज शर्माः      मिति २०५७।११।२ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd.  को शेयर खरिद गरेको रकम ....                 रु.५,००,०००।

शीला पोखरेल (शर्मा): मिति २०५७।१२।१ मा Kathmandu Institute of Technology Pvt. Ltd. खरिद गरेको रु.२ लाखको शेयर मध्ये स्रोत नखुलेको रकम ....       रु.१,६०,०००।

युवराज शर्माः मिति २०५७।१२।१७ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को शेयर खरिद गरेको रकम ....                 रु.४,००,०००।

युवराज शर्माः मिति २०५८।१।२१ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को शेयर खरिद गरेको रकम ......                          रु.१,००,०००।

युवराज शर्माः मिति २०५८।३।१५ मा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु.५ लाखको शेयरमध्ये स्रोत नखुलेको रकम ............       रु.४,२४,०००।

शीला पोखरेल (शर्मा): काठमाडौं जिल्ला का.म.न.पा. वा.नं. ९ कि.नं. ११५ र १६८ को जम्मा क्षेत्रफल ००  को जग्गा मिति २०५८।८।१९ मा रु.६ लाख मूल्य वरावरको जग्गा मध्ये स्रोत नखुलेको रकम ......           रु.४,७७,०००।

युवराज शर्माः अनमोल क्याटरिंग प्रा.लि. को मिति २०५८।१२।२० मा रु.१८ लाख शेयर खरिद गर्न लगानी गरेको रकममध्ये स्रोत नखुलेको रकम ..........रु.१७,१५,०००।

शीला पोखरेल (शर्मा): का.म.न.पा.वा.नं. ९ स्थित शीला पोखरेल शर्माको घर कम्पाउण्ड भित्र २०५९ सालमा गार्ड क्वाटर निर्माण गर्दा रु.२,२५,०४७।५६ खर्च गरेको रकममध्ये स्रोत नखुलेको रकम .............                     रु.१,४९,०४७।५६

शीला पोखरेल (शर्मा): कृषि विकास बैंक वत्तिसपुतलीस्थित शीला पोखरेल (शर्मा) को नामको खाता नं. २३१५८२ मा भएको बैंक मौजदात रकम ......        रु.१,७७,५२४।५२

युवराज शर्माः नविल बैंक, कान्तिपथस्थित युवराज शर्माको नामको खाता नं. ०११००१३१०३६०१ मा भएको बैंक मौजदात          रु.१,३९,९८७।५४

शीला पोखरेल (शर्मा): र प्रशन्न पोखरेलः नविल बैंक, कान्तिपथस्थित शश्ीला पोखरेल (शर्मा) को नामको खाता नं. ०११००१३२९४८०१ मा भएको बैंक मौजदात रु.७३,३२१।०७

जम्मा रु.१,०१,४५,२५१।९१

 

माथिको तालिकामा उल्लेख भएको स्रोत नखुलेको सम्पत्तिहरू मध्ये क्र.सं. १३ मा उल्लिखित सम्पत्ति प्रतिवादीको नियन्त्रणमा रहेको र अन्य सम्पत्तिहरू आयोगको आदेशले रोक्का रहेको 

तालिका नं. १० क्र.सं. १ मा उल्लिखित शीला पोखरेल (शर्मा) को नाममा दर्ता भएको का.म.न.पा. वडा नं. ९ कि.नं. ६१ र ३५५ को जम्मा क्षेत्रफल ०१ रोपनी जग्गामा प्रतिवादीले रु.२९,५०,९९६।२२ मूल्य वरावरको आधुनिक घर निर्माण गरेको देखिएको छ । घर निर्माण गरिएको उक्त जग्गा मिति ०५१।६।३ मा प्रतिवादीले खरिद गरेको देखिन्छ । घर निर्माणको स्रोतको विषयमा प्रतिवादीले आफ्नो मिश्रित स्रोतको आयको वचत रकमवाट घर निर्माण गरेको भनी जिकीर लिएको देखिएको छ । प्रतिवादीले लिएको जिकीरतर्फ हेर्दा घर निर्माण गर्दाको समयसम्मको वैध आयस्रोतलाई स्रोत खुलेको सम्पत्तिको क्र.सं.१ देखि ६ सम्मका सम्पत्तिहरू खरिद गर्दा उपयोग गरी सकेकोले सो समयमा प्रतिवादीसंग वैधानिक आयस्रोत वचत रहेको स्थिति देखिंदैन 

नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम ०५४ सालको तत्कालीन स्वीकृत मूल्य २९,५०,९९६।२२ रहेको कुरा प्राविधिक मूल्याङ्कन प्रतिवेदनवाट देखिएको छ । आयोग समक्षको वयान कथनमा उक्त घर निर्माण गर्न रु.१२,००,०००।मात्र खर्च भएको भनी आफूले गरेको आर्थिक अपराधको कसूरवाट बच्न झूठा वयान दिई आयोगको अनुसन्धान कार्यमा समेत असहयोग गरेको देखिन्छ । अतः सो जग्गामा निर्माण गरको स्रोत खुल्न सक्ने स्पष्ट आधार र तथ्यहरू प्रतिवादीले स्थापित गर्न नसकेको र प्राप्त प्रमाण कागजातले पनि वैधानिक आर्जनको स्रोत पुष्टि नभएवाट रु.२९,५०,९९६।२२ मूल्य वरावरको उक्त सम्पत्तिलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. २ मा उल्लिखित का.म.न.पा. वार्ड नं. ९ कि.नं. १०१ र ३५४ जम्मा क्षेत्रफल ०१ रोपनी रु.९,८४,३७५।मूल्य वरावरको जग्गा प्रतिवादीले मिति २०५६।५।२५ मा लिखतबमोजिम रु.१,६४,२००।थैली अङ्क राखी खरिद गरेको देखिएको छ । सो थैली अङ्क जग्गाको वास्तविक मूल्य नभई रजिष्ट्रेशन पारीत गर्दा तिर्नु पर्ने दस्तूरको प्रयोजनको लागिसम्म उल्लेख गरेको भन्ने प्रष्टै छ । गौशाला जस्तो एरियाको सामिप्यमा अवस्थित गाडी जाने कालोपत्रे वाटोको सुविधा भएको स्थानमा २०५६ साल ताका ०१ रोपनी जग्गाको मूल्य लिखतमा उल्लेख भएबमोजिम हुन नसक्ने स्पष्टै छ । जग्गाको रजिष्ट्रेशन लिखतमा हालै देखिएको वकस उल्लेख गरेको देखिएतापनि निजले सो जग्गा वकस प्राप्त गर्ने आधार र कारण नदेखिएको र प्रतिवादीले उक्त जग्गा खरिद गरी प्राप्त गरेको भनी जिकीर लिएको देखिएवाट सो जग्गा खरिद गर्दा प्रतिवादीले न्यूनतम् रु.९,८४,०००।रकम खर्च गरी जग्गा खरिद गरेको हुन सक्ने अवस्था देखिन्छ । सो कुराको पुष्टि हाल कायम भई आएको मूल्याङ्कित अङ्कले समेत समर्थन गरेको देखिएको छ 

प्रतिवादीले मिश्रित स्रोतहरूवाट मिति २०५६।३।२४ मा रु. ४ लाखको राष्ट्रिय वचतपत्र खरिद गरेको भनी जिकीर लिएको देखिएको र सो नगद सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिमा समाविष्ट गरी गणना गरी सकिएको छ । तत्पश्चात प्रतिवादीसँग अधिकतम रु.१,३४,०००।वचत हुन सक्ने देखिएकोले स्रोत खुलेको सम्पत्तिको तालिकाको क्र.सं ८ मा समाविष्ट भई सकेकोले मिति २०५६।५।२५ मा खरिद गरेको माथि उल्लिखित रु.९,८४,०००।मूल्यमध्ये रु.८,५०,०००।भन्दा वढी रकमको वैधानिक स्रोतहरू वचत हुनसक्ने अवस्था देखिंदैन । अतः रु.९,८४,३७५।मूल्य वरावरको उक्त जग्गामध्ये ८,५०,३७५।को सम्पत्तिलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

राष्ट्रिय वचतपत्र नं. ०००३७३ देखि ०००३७७ सम्मको रु.५ लाखको वचतपत्र प्रतिवादीले मिति २०५७।२।३१ मा एकाघरको श्रीमती शीला पोखरेल (शर्मा) को नाममा खरिद गरेको देखिएको छ । प्रतिवादीले जिकीर लिएको स्रोतको सम्बन्धमा प्रतिवादीले जिकीर गरेबमोजिमका मिश्रित स्रोतहरू तर्फ हेर्दा मिति २०५६ असारदेखि २०५७ वैशाखसम्मको पारिश्रमिक (तलव भत्ता १०० प्रतिशत वचत भएको अनुमानको आधारमा), सो अवधिको घरभाडा र २०५६ सालको खेतीको आम्दानीवाट वचत गरको रकम समेत जम्मा रु.१,७१,०००।रकमको मात्र स्रोत खुल्न सक्ने आधार स्थापित भएको हुँदा सो वरावरको उक्त वचतपत्र (नगद सम्पत्ति) लाई स्रोत खुलको सम्पत्तिको तालिकाको क्र.सं. ९ मा समाविष्ट गरी सकिएकोले वाँकी हुन आउने रु.३,२९,०००।मूल्य वरावरको वचतपत्र खरिद गरेको रकमको स्रोत खुल्न सक्ने स्थिति देखिएन । उक्त रु.५ लाखको वचतपत्रमध्ये रु.(,२९,०००।मूल्य वरावरको वचतपत्रको स्रोत नखुलेको हुँदा सो मूल्य वरावरको वचतपत्र (नगद सम्पत्ति) लाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं.४ मा उल्लेख भएबमोजिम मिति ०५७।३।६ मा प्रतिवादीको एकाघरकी श्रीमती शीला पोखरेल (शर्मा) का नाममा रु.३,१२,०००।को Kathmandu Institute of Technology Pvt. Ltd. को शेयर खरिद गरेको देखिन्छ । सो शेयर खरिद गर्दाको स्रोतका सम्बन्धमा प्रतिवादीसंग सोधनी  गर्दा प्रतिवादीका भाइ नाता पर्ने (सानीमाका छोरा) अनन्त शर्माले अमेरिकावाट पठाएको रु.२१,००,०००।मध्येवाट रु.५,००,०००।को Kathmandu Institute of Technology Pvt. Ltd. को शेयर खरिद गरेको भनी आयोग समक्षको वयानमा प्रतिवादीले उल्लेख गरेको देखिन्छ 

सो शेयर खरिद गर्दाको स्रोततर्फ हेर्दा UNDP अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा कार्यरत तथा २०४७ सालदेखि छुट्टी भिन्न भएका निजको भाइ नातापर्ने अनन्त शर्माले विभिन्न मितिमा निज प्रतिवादीलाई लगानी गर्न रु.२१ लाख दिएको भनी आयोग समक्षको वयानमा जिकीर लिएको देखिन्छ । सोही व्यहोराको पत्र निज प्रतिवादीका भाई पर्ने भनिएका अनन्त शर्माले फ्यक्समार्फत् पठाएको देखिन्छ । प्रतिवादी तथा रकम पठाउने भनिएका अनन्त शर्माले कुन कुन मितिमा के कति रकम कुन कुन बैंकमार्फत रकम ट्रान्सफर गरी पठाएको हो सोको प्रमाण पेश गर्न सकेको देखिंदैन भने अर्कातिर भाइ नाता पर्ने (सानिमाका छोरा) अनन्त शर्माले आफैं शेयर खरिद गर्न सक्ने कानूनी हैसियत रहेको अवस्थामा ठूलो परिमाणको रकम निज प्रतिवादीलाई अनन्त शर्माको तर्फवाट शेयर खरिद गर्न दिएको भन्ने कुरा उक्त शेयर प्रतिवादीकी श्रीमतीको नाममा खरिद भएवाट समेत विश्वास गर्न सकिने आधार स्थापित हुन सकेन । प्रतिवादीले सो शेयर खरिद गर्दाको अवधिसम्मका वैधानिक स्रोतवाट वचत गरेको रकमले स्रोत खुलेको सम्पत्तिको तालिकाको क्र.सं. ९ सम्मको सम्पत्ति खरिद गर्न उपयोग गरेवाट उक्त सम्पत्ति स्रोत खुलेको सम्पत्तिमा समाविष्ट भइसकेको स्थिति रहेवाट उक्त शेयर खरिद गर्दाको समयमा प्रतिवादीसँग कुनै पनि वैधानिक स्रोतहरू वचतमा रहे भएको अवस्था छैन । अतः उक्त Kathmandu Institute of Technology Pvt. Ltd. मा लगानी गरेको शेयर रु.३,१२,०००।रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावी लिइएको छ 

क्र.सं. ५ मा उल्लिखित वा.३ च.६१२२ नं. को HUNDAI SANTRO (DX2)  को गाडी प्रतिवादीले मिति ०५७।४।२० मा रु.१०,३०,०००।– (विलबमोजिम) आफ्नै नाममा खरिद गरेको देखिएको छ । उक्त गाडी खरिद गर्दाको वैधानिक स्रोतहरूको विषयमा प्रतिवादीसँग सोधनी गर्दा आफ्नो मिश्रित आयवाट खरिद गरेको भनी वयान कथनमा जिकीर लिएको देखिन्छ । तत्कालीन समयमा प्रतिवादीसँग वैधानिक आयको जे जति रकम वचत थियो उक्त रकम स्रोत खुलेको सम्पत्तिमा समाविष्ट भैसकेको अवस्था देखिएवाट रु.१०,३०,०००।नगद सम्पत्ति खर्च गरी खरिद गरेको उक्त गाडीको स्रोत खुल्न सक्ने आधार तथा कारण स्थापित हुन सकेन । अतः रु.१०,३०,०००।मूल्य वरावरको उक्त गाडीलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

प्रतिवादीले आफ्नै नाममा विभिन्न मितिमा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु.२० लाखको शेयर खरिद गरेको देखिन्छ । सो मध्ये रु.५ लाखको शेयर मिति २०५७।९।२५ मा खरिद गरेको देखिएको छ । सो शेयर खरिद गर्दाको स्रोत तर्फ हेर्दा UNDP अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा कार्यरत २०४७ सालदेखि छुट्टी भिन्न भएका निजको भाइ नाता पर्ने अनन्त शर्माले विभिन्न मितिमा निज प्रतिवादीलाई लगानी गर्न रु. २१ लाख दिएको भनी आयोग समक्षको वयानमा जिकीर लिएको देखिन्छ । सोही व्यहोराको पत्र निज प्रतिवादीको भाइ पर्ने अनन्त शर्माले फ्याक्समार्फत् पठाएको देखिन्छ । प्रतिवादी तथा रकम पठाउने भनिएका अनन्त शर्माले कुन कुन मितिमा के कति रकम कुन कुन बैंकमार्फत रकम ट्रान्सफर गरी पठाएको हो सोको प्रमाण पेश गर्न सकेको देखिंदैन भने अर्कातिर भाइ नाता पर्ने (सानिमाका छोरा) अनन्त शर्माले आफै शेयर खरिद गर्न सक्ने कानूनी हैसियत रहेको अवस्थामा ठूलो परिमाणको रकम निजप्रतिवादीकोतर्फवाट शेयर खरिद गर्न दिएको भन्ने कुरा विश्वास गर्न सकिने आधार स्थापित हुन सकेन । उक्त शेयर खरिद गर्दाको अवधि २०५७ जेष्ठ देखि ऐ. मंसिरसम्मको घरभाडा, ऐ. अवधिको तलव भत्ता र २०५७ सालको कृषिको आय समेतवाट अधिकतम रु.१,४३,०००।को मात्र स्रोत खुलेको देखिएकोले सो वरावरको शेयर मूल्यलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी सकिएको हुँदा रु. ५ लाखमध्ये वाँकी रु.३,५७,०००।को स्रोत खुल्न सकेको पाइएन । अतः रु. ५ लाख मध्ये रु. ३,५७,०००।को उक्त शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं.७ मा उल्लेख भएअनुसार प्रतिवादीले आफ्नो नाममा मिति २०५७।११।२ मा  Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु.५ लाखको शेयर खरिद गरेकोमा सो शेयर खरिद गर्दाको समयमा निज प्रतिवादीसंग कुनैपनि वैधानिक आम्दानी रकम वचत रहेको नदेखिएवाट उक्त शेयर खरिद गर्दाको स्रोत स्थापित हुन सकेन । अतः मिति २०५७।११।२ मा खरिद गरेको रु. ५ लाखको उक्त शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं.८ मा उल्लेख भएअनुसार मिति २०५७।१२।१ मा प्रतिवादीको श्रीमती शीला पोखरेल (शर्मा) को नाममा Kathmandu Institute of Technology Pvt. Ltd. को रु.२ लाखको शेयर खरिद गरेको देखिन्छ । सो शेयर खरिद गर्दाको आम्दानीको स्रोतको विषयमा प्रतिवादीको भाइ नाता पर्ने भनिएका अनन्त शर्माले संयुक्त राज्य अमेरिकावाट पठाएको रु. २१ लाखमध्ये रु. ५ लाखको Kathmandu Institute of Technology Pvt. Ltd. को अनन्त शर्माका लागि प्रतिवादीकी श्रीमतीको नाममा शेयर खरिद गरेको भनी जिकीर लिएको देखिन्छ । भाइनाता पर्ने (सानीआमाका छोरा) अनन्त शर्माले कुन कुन मितिमा कुन कुन बैंकमार्फत् के कति रकम पठाएको भन्ने प्रमाण कागज पेश गर्न सकेको देखिंदैन । यद्यपि सो अवधि २०५७ पुसदेखि ऐ. फागुनसम्मको तलव भत्ता, ऐ.अवधिको घरभाडा गरी जम्मा रु.४०,०००।को स्रोत खुल्न आएकोले वाँकी हुन आएको रु.१,६०,०००।मूल्य वरावरको उक्त शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावी लिइएको छ 

क्र.सं. ९ र १० मा उल्लेख भएअनुसार प्रतिवादी युवराज शर्माले आफ्नै नाममा मिति २०५७।१२।१७ र २०५८।१।२१ मा क्रमशः रु.४ लाख र रु.१ लाख गरी रु. ५ लाखको Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को शेयर खरिद गरेको देखिन्छ । नभएको कारोवारलाई भए गरेको भनी भाइ नातापर्ने अनन्त शर्मावाट सो प्रा.लि.को शेयर खरिद गर्न रु.२१ लाख प्रतिवादीले पाएको छ भन्ने जिकीर कसूरवाट वच्ने प्रयत्नस्वरूप माध्यम वनाएको आधार स्थापित भइसकेको छ । सो अवधि (२०५७।१२।१७ २०५८।१।२१ भन्दा अगाडि) सम्ममा निज प्रतिवादीको वैधानिक आम्दानीको स्रोतवाट स्रोत खुलेको सम्पत्ति खरिद गर्न उपयोग गरेको देखिएको छ । तसर्थ सो शेयर खरिद गर्दाको समयमा प्रतिवादीको वैधानिक आम्दानीको कुनै स्रोत वचत हुनसक्ने अवस्था देखिंदैन । अतः उक्त प्रा.लि. को मिति २०५७।१२।१७ र २०५८।१।२१ मा खरिद गरेको जम्मा रु. ५ लाखको शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको   छ 

क्र.सं. ११ मा उल्लेख भएअनुसार मिति २०५८।३।१५ मा प्रतिवादी Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु.५ लाखको शेयर खरिद गरेको देखिन्छ । सो शेयर निजका भाइ नाता पर्ने कुमार पोखरेलेको लागि उक्त प्रा.लि. को शेयर खरिद गर्न कुमार पोखरेलकी आमा वालिकादेवीले प्रतिवादीलाई रु.५ लाख विभिन्न मितिमा दिएको भनी आयोग समक्षको वयानमा उल्लेख गरेको देखिन्छ 

प्रतिवादीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिवाट आफ्नै नाममा खरिद गरेको सो प्रा.लि. को जम्मा रु.२० लाखको शेयरमध्ये रु. ५ लाखको उक्त शेयर भाइ नाता पर्ने कुमार पोखरेलको नाममा नामसारी गर्न मिति २०५९।६।१ मा उक्त प्रा.लि. समक्ष निवेदन दिएको समेत देखिन्छ । उक्त शेयर खरिद गर्दाको अवस्थमा सम्पत्ति न्यायिक जाँचवुझ आयोगको गठन नभएकोले आफ्नै नाममा उक्त शेयर खरिद गरेको र मिति २०५८।११।२४ मा सो आयोगको गठन भए पश्चात आफूले गैरकानूनी रूपमा आर्जन गरको सम्पत्ति लुकाउने छिपाउने वदनियत राखी कुमार पोखरेलको नाममा नामसारी गर्न निवेदन दिएवाट प्रतिवादीको वदनियत अझ स्पष्ट भएको छ । प्रतिवादीले लिएको जिकीरको आधारमा समेत हेर्दा रु. ५ लाख रकम दिने भनिएकी वालिकादेवी पोखरेल र निजका छोरा कुमार पोखरेलले नेपाल अधिराज्यभित्र चल अचल सम्पत्ति खरिद गर्ने कानूनी हैसियत समेत रहेको अवस्थमा निजी क्षेत्रले सञ्चालन गरेको तथा प्रतिफलको निश्चितता नभएको कम्पनीको शेयर खरिद गर्न आफू माध्यम बनेको भनी लिएको जिकीर विश्वास योग्य छ भन्ने आधार स्थापित हुन सकेन । यद्यपि निजको आम्दानीको अन्य वैधानिक स्रोत तर्फ हेर्दा मिति २०५८।१।२८ मा प्रतिवादीले विदेश भ्रमणका लागि ६९०.०० अमेरिकी डलर प्राप्त गरेको देखिन्छ । सो डलरमध्ये वचत भएको हुनसक्ने ७० प्रतिशतले हुने रु.३६,२७३।३० तथा २०५७ चैतदेखि २०५८ जेष्ठसम्मको निजको पारिश्रमिक र घरभाडासमेत गरी जम्मा रु.७६,०००।को स्रोत खुल्न आएको देखिएकोले सो वरावरको सम्पत्ति स्रोत खुलेको सम्पत्तिको तालिकाको क्र.स.१२ मा समाविष्ट गरी सकिएको छ । अतः मिति ०५८।३।१५ मा प्रतिवादीका नाममा खरिद गरेको Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु.५ लाखको शेयर मध्ये रु.४,२४,०००।को शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. १२ मा उल्लेख भएअनुसार प्रतिवादीको एकाघरकी श्रीमती शीला पोखरेल (शर्मा) का नाममा मिति २०५८।९।१९ मा काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका वा.नं. ९ कि.नं. ११५ र १६८ को जम्मा क्षेत्रफल ०० रोपनी रु.६ लाख मूल्य वरावरको जग्गा थैली अङ्क रु.२ लाख उल्लेख गरी खरिद गरेको देखिन्छ । प्रतिवादीउपर आयोगले कारवाही प्रारम्भ गर्नु भन्दा एकवर्ष अगाडि मात्र खरिद गरेको गौशालाको सामिप्यमा रहेको, कालोपत्र जस्ता पूर्वाधारहरू रहेको उक्त जग्गाको हालको मूल्य रु. ६ लाख अनुसार नै तत्कालीन समयमा पनि न्यूनतम रु.६ लाख मूल्य पर्ने देखिएको छ । सो जग्गा खरिदको स्रोतका सम्बन्धमा प्रतिवादीको तलव भत्ता, घरभाडा, कृषिको आय र विदेश भ्रमणवाट वचत भएको रकमवाट खरिद गरेको भनी जिकीर लिएको देखिन्छ । प्रतिवादीले लिएको जिकीर तर्फ हेर्दा मिति २०५८।३।२२ मा प्रतिवादीले विदेश भ्रमणमा जाँदा ६१०.०० अमेरिकी डलर प्राप्त गरेको देखिएकोले सोको ७० प्रतिशत वचत भएको हुनसक्ने अनुमान गर्दा वचत हुन आउने रु.३२,१९५।८०, २०५८ असारदेखि ऐ. भदौसम्मको तलव भत्ता, ऐ.अवधिको घरभाडाको रकममध्ये २०५८।६।१ मा महिला सहकारी संस्थाको रु.२५,०००।को शेयर खरिद गरी वाँकी रहेको अधिकतम् रु.४७,०००।र २०५८ सालको खेतीको आम्दानी, २०५८ असोज, कात्तिकको तलव भत्ता र सो अवधिको घरभाडा समेतको हिसाव गर्दा अधिकतम रु.१,२३,०००।रकम मात्र वैधानिक स्रोत खुल्न आएको हुँदा स्रोत खुलेको सम्पत्तिमा गणना गरी सकिएकोले रु.४,७७,०००।रकमको स्रोत खुल्न सक्ने आधार स्थापित भएन । अतः मिति २०५८।८।१९ मा खरिद गरेको उक्त रु. ६ लाखको अचल सम्पत्तिमध्ये रु.४,७७,०००।को वैधानिक आम्दानीको स्रोत खुल्न नसकेकोले सो सम्पत्तिलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. १३ मा उल्लेख भएअनुसार प्रतिवादीले आफ्नो नाममा अनमोल क्याटरिङ्ग प्रा.लि. को मिति ०५८।१२।२० मा रु.१८ लाखको शेयर खरिद गरेको कुरा निजले स्वघोषित रूपमा सम्पत्ति न्यायिक जाँचवुझ आयोगमा पेश गरेको सम्पत्ति विवरण, मिति ०५९।६।१ मा आफू कार्यरत रहेको मन्त्रालयमार्फत् निजामती किताव खानामा पेश गरेको सम्पत्ति विवरण र आयोग समक्ष मिति २०५९।८।९ मा पेश गरेको विवरणमा समेत सो कम्पनीको शेयर खरिद गरेको व्यहोरा उल्लेख गरेको देखिएको छ । यसरी प्रतिवादीले पटकपटक रु.१८ लाखको शेयर लगानी गरेको भनी सम्पत्ति विवरणमा उल्लेख गरको तर सो कम्पनीको प्रवन्धपत्र र नियमावलीमा निजले कुनै पनि रकमको शेयर खरिद गरेको कुरा उल्लेख भएको देखिंदैन । यसरी प्रतिवादीले सो कम्पनीमा रु.१८ लाख लगानी गरेको छु भनी लिखित रूपमा जिकीर लिएको विवरणको आधारमा उक्त रु.१८ लाख लगानी गर्दाको समयमा प्रतिवादीसँग के कति नगदसम्पत्ति वैध आयको वचत रकम थियो भन्ने तर्फ हेर्दा २०५८ मंसिरदेखि ऐ फागुनसम्मको तलव भत्ता ऐ.अवधिको घरभाडा र विदेश भ्रमणमा जाँदा मिति २०५८।११।१६ मा स्पोन्सर गर्ने संस्थावाट वुझी लिएको ८५०.०० अमेरिकी डलर (७० प्रतिशत वचत भएको अनुमान गरिएको) समेतको आम्दानीवाट अधिकतम रु.८५,०००।को मात्र स्रोत खुल्न आएको हुँदा उक्त रकम वरावरको लगानीलाई स्रोत खुलेको सम्पत्तिको तालिकाको क्र.सं. १६मा उल्लेख गरी गणना गरी सकिएकोले रु.१७,१५,०००।रकम वरावर लगानी गरेको सम्पत्तिको स्रोत खुल्न सक्ने आधार स्थापित हुन सकेन । अतः रु. १८ लाखको उक्त शेयरमध्ये रु.१७,१५,०००।को उक्त शेयर खरिद गर्न लगानी गरेको रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. १४ मा उल्लेख भएअनुसार प्रतिवादीको श्रीमतीका नाममा का.म.न.पा. वा.नं. ९ स्थित घर कम्पाउण्डभित्र २०५९ सालमा रु.२,२५,०४७।५६ खर्च गरी गार्ड क्वाटर निर्माण गरेको देखिन्छ । प्रतिवादीको वैधानिक आम्दानीको स्रोततर्फ हेर्दा २०५८ फागुनसम्मको आम्दानीवाट स्रोत खुलेको सम्पत्तिको वुंदा नं. १ देखि १६ सम्मको सम्पत्ति खरिद गर्दा उपयोग भैसकेकोले प्रतिवादीको २०५८ चैत्र र २०५९ वैशाखको तलव भत्ता र ऐ. अवधिको घरभाडा र २०५९ सालको कृषिको आम्दानी समेतको हिसाव गर्दा अधिकतम रु.७६,०००।रकमको मात्र वैधानिक स्रोत खुल्न आएकोले सो वरावरको सम्पत्तिलाई स्रोत खुलेको सम्पत्तिको तालिकाको क्र.सं. १७ मा समाविष्ट भैसकेको हुँदा उक्त गार्ड क्वाटर निर्माण गर्दा रु.१,४९,०४७।५६ खर्च गरेको रकमको वैधानिक स्रोत खुल्न नआएको हुँदा उक्त क्वाटर निर्माण गर्दाको रु.२,२५,०४७।५६ मध्ये रु.१,४९,०४७।५६ को सम्पत्तिलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. १५ मा उल्लेख भएअनुसार शीला पोखरेल (शर्मा) को कृषि बिकास बैंक, वत्तीस पुतली शाखा स्थित खाता नं. २३१५८२ मा रु.१,७७,५२४।५२ मौजदात रहेको देखिएको छ । उक्त बैंकमा प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) ले मिति २०५४।२।८ मा खाता खोलेको देखिन्छ । बैंक खाता खोलेपश्चातको मिति २०५९।५।४ सम्मको ५ वर्ष ३ महिनाको अवधिमा रु.९,६९,५००।रकम पटक/पटक जम्मा गरेको देखिएको छ । प्रतिवादीले स्रोतको विषयमा गोश्वारा रूपमा हाम्रो मिश्रित आयस्रोतवाट प्राप्त केही रकम वेला वेलामा जम्मा गर्ने, झिक्ने गरेको र झिकेको के केमा खर्च गरियो, त्यस्तो टिपोट गर्ने वानी नभएकोले यकीन रूपमा भन्न सक्दिन भनी वयान कथनमा उल्लेख गरेको देखिन्छ । खातामा जम्मा गरेको रकमको परिमाण र अवधिलाई हेर्दा उक्त जम्मा गरेको रकमको स्रोत खुल्ने आधार पुष्टि हुन सक्ने अवस्था पाइएन 

प्रतिवादीले स्रोत खुल्न नसकेको नगद सम्पत्ति झिकी कुन कुन सम्पत्ति खरिद गरेको हो सो उल्लेख गर्न नसकेपनि स्रोत खुल्न नसकेको सम्पत्ति संग्रह गर्न बैंकवाट झिकेको रकम उपयोग गरेको हुन सक्ने भएकोले बैंकवाट झिकेको रकमको छुट्टै दावी नलिई उक्त खातामा मौजदातमा रहेको रु.१,७७,५२४।५२ रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. १६ मा उल्लिखित  प्रतिवादीको नाममा नविल बैंक लि., कान्तिपथ शाखास्थित खाता नं. ०११००१३१०३६०१ मा रु.१,३९,९८७।५४ मौजदात रहेको देखिएको छ । बैंकमा प्रतिवादीले मिति २०५४।४।२४ (८ अगष्ट १९९६) देखि मिति २०५९।४।३१ (१६ अगष्ट, २००२) सम्मको ६ वर्षको अवधिमा रु.२१,४८,०००।रकम (ट्रान्सफर रकम वाहेक) पटकपटक नगदै जम्मा गरेको देखिएको छ । जम्मा गरेको रकमको स्रोतको विषयमा प्रतिवादीले गोश्वारा रूपमा हाम्रो मिश्रित आयस्रोतवाट प्राप्त केही रकम बेला बेलामा जम्मा गर्ने, झिक्ने गरेको र झिकेको के केमा खर्च गरियो, त्यस्तो टिपोट गर्ने वानी नभएकोले यकीन रूपमा भन्न सक्दिन भनी वयान कथनमा उल्लेख गरेको देखिन्छ । अत बैंकवाट झिकेको रकम दावीमा नलिई उक्त खातामा मौजदातमा रहेको रु.१,३९,९८७।५४ रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

क्र.सं. १७ मा उल्लिखित श्रीमती शीला पोखरेल (शर्मा) र छोरा प्रशन्न पोखरेलको संयुक्त नाममा नविल बैंक लि., कान्तिपथ शाखास्थित खाता नं. ०११००१३२९४८०१ मा रु.७३,३२१।०७ मौजदात रहेको देखिएको छ । उक्त बैंकमा श्रीमती शीला पोखरेल (शर्मा) ले मिति २०५५।३।३२ (६ जुलाई १९९८) मा खाता खोलेको देखिन्छ । बैंक खाता खोले पश्चातको मिति २०५५।१०।२३ (२७ जनवरी २०००) सम्मको १ वर्ष ६ महिना २१ दिनको अवधिको रु.१०,००,०००।रकम पटकपटक नगदै जम्मा गरेको देखिएको छ । उक्त जम्मा गरेको रकमको स्रोतको विषयमा श्रीमती शीला (शर्मा) पोखरेलले आफूलाई स्रोतको विषयमा केही थाहा नभएको, सवै कुरा श्रीमान्‌लाई थाहा छ भनी अनभिज्ञता प्रकट गरेको अवस्था छ 

खातामा जम्मा गरेको रकमको परिमाण र अवधिलाई हेर्दा उक्त जम्मा गरको रकमको स्रोत पुष्टि हुन सक्ने अवस्था छैन । प्रतिवादीले स्रोत खुल्न नसकेको नगद सम्पत्ति बैंकमा जम्मा गरेको देखिएकोले उक्त खातामा मौजदात रहेको रु.७३,३२१।०७ रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

बैंक खातावाट झिकेको रकम कुनकुन सम्पत्ति खरिद गरको हो सो उल्लेख गर्न नसकेपनि स्रोत खुल्न नसकेको सम्पत्ति संग्रह गर्न बैंकवाट झिकेको रकम उपयोग गरेको हुन सक्ने देखिएको छ । बैंकवाट झिकी स्रोत खुल्न नसकेको सम्पत्तिहरू संग्रह गर्न उपयोग गरेको हुन सक्ने देखिएको उक्त बैंक खातावाट झिकेको रकमका सम्बन्धमा छट्टै दावी लिइएको छैन 

प्रतिवादीका छुट्टि भिन्न भएका भाइ (सानीआमाको छोरा) ले संयुक्तराज्य अमेरिकाको न्यूयोर्कवाट Kathmandu Institute of Technology Pvt. Ltd.Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को शेयर खरिद गर्न विगत ५ वर्षदेखि (शेयर खरिद गरेको समयभन्दा अघि) रु.२१ लाख पठाएको भनी जानकारी दिएको र सोही कुराको जिकीर प्रतिवादीले वयान कथनमा लिएको देखिएको छ । प्रतिवादीका भाइले फ्याक्सपत्र मार्फत जानकारी गराएको पत्रमा आफू र आफ्नी श्रीमतीको वार्षिक आय १ लाख अमेरिकी डलर रहेको व्यहोरा समेत उल्लेख गरेको देखिन्छ । उक्त विषयमा हेर्दा पैसा पठाउने भनिएका भाइ २०४७ सालदेखि अंशबण्डा भई छुट्टी भिन्न बसेका देखिन्छन् । निजले रु. २१ लाख रकममध्ये केही रकम आफूले नेपाल आउँदा ल्याएको र केही रकम अमेरिकावाट पठाएको भनी उल्लेख गरेको तर्फ हेर्दा संयुक्त राष्ट्रसंघ जस्तो सम्मानीत संस्थामा कार्यरत कर्मचारीले असंगठित क्षेत्रमार्फत् (हुण्डी) रकम पठाउने कुरा विश्वासयोग्य छैन । निजले पठाएको रकम कुन बैंकमार्फत् प्रतिवादीलाई प्राप्त भएको सो सम्बन्धमा प्रतिवादीले कुनै प्रमाण प्रस्तुत गर्न सकेको देखिंदैन भने रकम पठाउने भनिएका अनन्त शर्माले पनि सो विषयमा केही कुरा उल्लेख गर्न सकेको पाइएन 

अंशबण्डा भई छुट्टी भिन्न भई वसेको भाइले पठाएको रकमबाट निजका भाइको लागि Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को रु. १५ लाखको शेयर आफ्नो नाममा र Kathmandu Institute of Technology Pvt. Ltd. को रु. ५ लाखको शेयर एकाघरकी श्रीमती शीला (शर्मा) पोखरेलका नाममा खरिद गरेको भन्ने सम्बन्धमा हेर्दा भाइ अनन्त शर्माले नेपाल अधिराज्यभित्र कुनैपनि प्रकारको सम्पत्ति खरिद गर्न सक्ने कानूनी हैसियत रहेका आफ्नो आर्जनको नगद सम्पत्तिले आफनै अंशबण्डा भइ छुट्टी भिन्न वसेका दाजु भाउजूको नाममा खरिद गर्न लगाएको भन्ने जिकीरमा विश्वासयोग्य आधार देखिएन । त्यसैगरी वार्षिक १ लाख डलरको ठूलो परिमाणको रकम आम्दानी हुने व्यक्तिले Hospital for Advance Medicine and Surgery Pvt. Ltd.  को शेयर खरिद गरेको विधि (Method of share purchase) लाई हेर्दा Hospital for Advance Medicine and Surgery Pvt. Ltd. को मिति २०५७।९।२५ मा रु. ५ लाख, २०५७।११।२ मा रु ५ लाख, २०५७।१२।१७ मा रु ४ लाख र २०५८।१।२१ मा रु १ लाखका र ०५७।३।६ मा Kathmandu Institute of Technology Pvt. Ltd. का ३ लाख १२ हजार मिति २०५७।१२।१ मा रु २ लाखको शेयर खरिद गरेको देखिएको हुँदा ती कम्पनीहरूको शेयर खरिद गरेको विधि (Method of share purchase) ले समर्थन गरेको देखिदैन 

            माथि उल्लिखीत तर्क र विश्लेषणको आधारमा पनि प्रतिवादीले आफूले गरेको कसूरबाट वच्न कपोलकल्पित र बनावटी कुरा उल्लेख गरेको स्पष्ट हुन्छ । तसर्थ Kathmandu Institute of Technology Pvt. Ltd. शेयर प्रतिवादी आफूले गैरकानूनी रूपमा आर्जन गरेको नगद सम्पत्तिबाट शेयर खरिद गरेको तथ्य स्थापित हुन्छ 

संकलित तथ्य, उल्लिखित विवरण र मूल्याङ्कन समेतका आधारमा प्रतिवादी युवराज शर्माले सार्वजनिक जवाफदेहीको पदमा प्रवेश गरेपछि रु.१,४०,७३,७६१।७० बरावरको चल अचल सम्पत्ति आर्जन गरको देखिएको छ । जसमध्ये रु. ३९,२८,५०९।७९ को वैधानिक आर्जनको स्रोत खुलेको छ भने रु.१,०१,४५,२५१।९१ को वैधानिक आर्जनको स्रोत प्रतिवादीले प्रमाणित गर्न सकेको छैन । प्रतिवादीले आर्जन गरेको सम्पत्ति र यापन गरी रहेको जीवनशैलीको अन्तरसम्बन्धको तथ्यपरक विश्लेषण गर्दा उपरोक्त उल्लेख भएबमोजिम स्वाभाविक आम्दानीको स्रोतसँग प्रतिवादीको अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनशैली रहे भएको र स्रोत खुल्न सकेको वैध आर्जन भन्दा अत्यधिक वढी मूल्यको अचल सम्पत्ति संग्रह गरेको प्रमाणित हुन्छ 

            प्रतिवादी युवराज शर्मा र शीला पोख्रेल (शर्मा) को नाममा रहेको उपरोक्त जग्गाहरू, प्रतिवादी, निजकी श्रीमती र छोरा प्रशन्न पोखरेलका नाममा उपरोक्त बैंकमा रहेको रकम, गाडी खरिद गर्दाको रकम र शेयरको रकम समेत गरी जम्मा रु. १,०१,४५,२५१।९१ वरावरको चल अचल सम्पत्ति प्रतिवादी युवराज शर्माले गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणित भएकोले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (१) र दफा १५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर देखिन आयो । तसर्थ प्रतिवादी युवराज शर्मालाई तत्कालीन प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७, को दफा ७(१), १४क, १५, १६ग एवं २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ बमोजिम विगो रु. १,०१,४५,२५१।९१ को विगोबमोजिम जरीवाना र हदैसम्म कैद गरी निजले गैरकानूनी रूपमा संग्रह गरेको वैधानिक स्रोत नखुलेको उक्त चल अचल सम्पत्ति जफत गरिपाऊँ । साथै प्रतिवादीले अनमोल क्याटरिङ्ग प्रा.लि.को शेयर खरिद गरेको भनी उल्लेख गरेको रु.१८,००,०००।मध्ये स्रोत नखुलेको १७,१५,०००।को रकम गैरकानूनी आर्जन भएको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत हुने सम्पत्ति भएकोमा उक्त शेयर बापतको रकम कव्जा गरी जफत गर्न सकिने स्थितीमा नरहेको देखिएकोले सो रकम वरावरको विगो प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्तिबाट उक्त रकम जफत गरी असूलउपर गरिपाऊँ 

प्रतिवादी युवराज शर्मा नेपाल सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमको महाप्रवन्धक रहेको अवधिमा समेत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी संग्रह गरेको र सो सम्पत्तिको समेत मागदावी लिइएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क. बमोजिम र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत गरी निजले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती शीला पोखरेल (शर्मा) र छोरा प्रशन्न पोखरेलका नाममा समेत राखेको देखिएकोले उक्त सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग. र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी पाउनसम्म निजहरूलाई प्रतिवादी कायम गरिएको हुँदा सजायको मागदावी गरिएको छैन । निजहरूको नाममा रहेको सम्पत्ति समेत जफत गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग मागदावी 

आरोपपत्रको तालिका नं. २ मा मेरो सम्पूर्ण पैतृक सम्पत्ति उल्लेख गरिएको छैन । केवल हालको अचल पैतृक सम्पत्तिको मात्र उल्लेख गरिएको छ । आरोपपत्रको तालिका नं. २ मा उल्लेख गरिएको पैतृक सम्पत्तिका अतिरिक्त मेरो वाँके जिल्ला नेपालगञ्ज न.पा. वडा नं. १७ मा २०२४ सालमा वनेको मेरो पैतृक घर अंशबण्डाको कागजवाटै मलाई प्राप्त भएको  हो । दाङ मानपुर गा.वि.स. मा २०४२ सालमा निर्माण भएको घर अंशबण्डामा खुलाउन छूट भएतापनि मैले अंशबण्डावाट प्राप्त गरेको हो त्यसलाई पनि तालिका नं. २ मा उल्लेख गरेको  छैन । सो दाङको घरलाई मैले सम्पत्ति आयोगमा र निजामती कितावखानामा समेत उल्लेख गरेको  छु । त्यसै गरी मेरा पिताको २००९ सालमा भएको बण्डापत्रमा उल्लिखित ७ वटा मौजामा भएको जग्गाको वार्षिक आम्दानीका साथै २०२२ सालमा ७ नम्वर फाँटवारीमा उल्लिखित ५६ विगाहा वाहेक  (७ वटा मौजामा भएको करिव ४ सय विगाहा वाट) अन्य जग्गा बिक्री गरिएको साथै संस्कृत विश्वविद्यालयलाई १८४ विघा ५ कठ्ठा दान गरिएको थियो । यसरी बिक्री गरिएको सम्पत्तिवाट सुन चाँदी खरिद गरियो । २०२२ साल अघि व्यावहारिक रूपमा २०१९ सालमै बुवा, बजै र मेरो बीचमा अंशबण्डा भएको थियो । जसको पुष्टि गर्नका लागि २०२२ सालमा म नावालक भएको अवस्थामा पनि मेरा नाउँमा बुवाले भरेको ७ नं. फाँटवारीमा २४ विगाहा जग्गा उल्लेख गरिदिनु भएको छ । २०२२ सालदेखि २०४७ सालसम्म मेरो लगभग १४ विगाहा जग्गा विक्री गरियो यकीन मिति जानकारी  छैन । यसैगरी २०४७ सालसम्म वजै र वुवाका नाममा रहेको करिव ६ विगाहा जग्गा विक्री भएको छ । सानीआमातिरका भाइहरू वढ्दै गए र २०४७ सालमा नरमकरम मिलाउन विशेष गरी वुवाका नाममा रहेको नेपालगञ्जको घरघडेरी मिलाउन सवैका सहमतिले वैधानिक रूपमै अचल सम्पत्तिको अंशबण्डा भयो । २०४७ सालसम्म बिक्री भएका जग्गावाट प्राप्त रकम एवं आम्दानी सुनचाँदीहरू आआफूले नै राखियो जसको बण्डा गरिएन 

आमा सानैमा परलोक भएकोले म हजुरआमाको संरक्षकत्वमा हुर्किएको, पढेको हुनाले २०३४ सालमा म इन्जिनियरिङ्ग शिक्षा पूरा गरी आएपछि मेरो नाउंमा रहेको जग्गा जमिनको अलावा माथि उल्लिखित जग्गाको आम्दानी तथा जग्गाको विक्रीवाट प्राप्त रकम र सोमध्येवाट खरिद गरिएको सुन गरी जम्मा ३५० तोला सुन, १२०० तोला चाँदी, ५००० चाँदीका खपटा र नगद रु. ७५ हजार वजैवाट प्राप्त गरेको थिएँ । जुन २०४७ सालमा बण्डा भएको छैन । २०४७ सालमा अंशबण्डा भएपछि मेरा नाउंमा करीव ७ विगाहा जग्गा प्राप्त भयो जुन आरोपत्रको तालिका नं. २ मा उल्लेख छ तर मेरो पैतृक सम्पत्तिको आम्दानी, नगद, सुन चाँदीको उल्लेख गरिएको छैन 

आरोपपत्रको तालिका नं. ३, , , , , ८ मा उल्लेख गरिएका सवै सम्पत्तिहरू मेरो स्वामित्वको मात्र होइन । २०३४ सालमा मेरो अचल सम्पत्तिको आम्दानी वार्षिक करीव १,५०,०००।जति हुने गर्दथ्यो सोलाई समयसमयमा वढे वढाउने कार्यमा लगानी गरिरहेको थिएं । मैले वजैवाट प्राप्त गरेको नगदलाई पनि वढे वढाउने लगानी गर्दै आएँ । म नोकरी प्रवेश (मेकानिकल इन्जिनियर (रा.प.तृ.) गरेपछि प्राप्त तलव, भत्ता, सेमिनार, गोष्ठी, परामर्शबापत हालसम्म (२०५९।७ सम्म) प्राप्त करीव १५ लाख, विदेश भ्रमण जांदा म भारत, अमेरिका, युरोप, एसिया समेतका देशमा कार्यालयकै तर्फवाट करीव २० पटक गएको र यसरी जाँदा प्राप्त गरेको खर्च कटाइ करीव रु.१० लाख हो । म विदेश भ्रमण गरेको प्रमाण राहदानीमा छ तर भारतमा जांदा कहिले काही स्थलगमार्गवाट जाने हुनाले सो उल्लेख छैन । अ.दु.अ.आ.ले आरोपपत्रमा केवल राहदानीमा उल्लेख भएको रकमलाई मात्र गणना गरेको छ तर जुन देशमा म भ्रमण गरेको थिएं त्यही देशमा प्राप्त हुने रकमलाई वैध स्रोतको रूपमा उल्लेख गरीदिएको छैन । माथि उल्लेख गरेका मध्येको पैतृक सुनलाई विभिन्न मितिमा विक्री गर्दा प्राप्त रकम करिव रु.३०,००,०००।–  (तीस लाख) हो । २०३४ सालबाट २०५९ सम्मको कृषि आय (वार्षिक सरदर १५००००) र २०३४ सालमा बजैवाट प्राप्त रु. ७५,०००।लाई समय समयमा लगानी गरी त्यसवाट वढेवढाएको रकम गरी करीव रु. ३५,५०,०००।भएको यसको तथ्यगत प्रमाण नहुने र व्यवहारिक्तामा चल्ने हुनुका साथै सो समयमा कानूनी वाध्यता नभएकोले ठोस प्रमाण छैन 

नेपालगञ्जको घर वहालवाट २०४७ सालदेखि २०५९ सालसम्मको घर भाडा वार्षिक सरदर रु.६०,०००।का दरले हुने जम्मा रु.७,२०,०००।मेरो दाङ मानपुर गा.वि.स. मा भएको काठ विक्रीवाट विभिन्न मितिमा प्राप्त रकम रु.३,००,०००।हुने गर्दछ । जसको प्रमाणको हकमा घर भाडा लगाएको सम्बन्धमा श्रम कार्यालय नेपालगञ्जले लेखिदिएको पत्रवाट पुष्टि हुन्छ । काठको हकमा कुकाठ विक्री गर्न कुनै कानूनी वन्देज नभएको र व्यक्तिगत रूपमा विक्री वितरण गरिएकोले त्यसको कुनै प्रमाण छैन । श्रीमतीले दाइजोको रूपमा प्राप्त गरेको वांके जिल्ला नेपालगञ्ज न.पा. वडा नं. ८ को करीव १ कठ्ठा जग्गै प्राप्त गरेको र सो विक्री गर्दा रु.४३,२००।प्राप्त भएको, यसै गरी वांके जिल्ला वनकटुवा गा.वि.स. वडा नं. १ (ङ) मा भएको १ विगाह जग्गा माइतीवाट वकस पाइ रु. ३२,०००।मा विक्री भएको सो लाई अ.दु.अ.आ. ले मानिरहेको छ । यसै गरी श्रीमतीले माइतीवाट टिकाटाला विहादानवाट प्राप्त रकमवाट किनेको वांके जिल्ला चटार गा.वि.स. मा १८ धुर ऐ. रझेना गा.वि.स. मा ६ कठ्ठा १०.५ धुर ऐ. नेपालगञ्ज न.पा. वडा नं. ८ मा ३ कठ्ठा ११ धुर समेतका जग्गा विक्री गरी प्राप्त भएको रकम रु.२,६६,०००।सोको प्रमाण अ.दु.अ.आ. मा पेश गरेको छु । मैले दाङ जिल्ला जनता महाविद्यालय गा.वि.स. (विजौरी) को करीव १४ कठ्ठा जग्गा मिति २०५४ सालमा विक्री गरी रु. ६०,०००।प्राप्त भएको छ । जुन जग्गा पैतृक रूपमा आएको र विक्री गरेको प्रमाणको लिखतको फोटोकपीसमेत पेश गरेको छु 

यसैगरी श्रीमतीले स्वरोजगारवाट (जस्तै खाद्यान्न विक्री, मेटल र फेव्रिक प्रिन्ट, कुखुरा पालन) आर्जन गरी रु.२,५०,०००।प्राप्त भएको छ । यसरी मैले माथि उल्लेख गरेका सम्पूर्ण स्रोतवाट मेरो जम्मा स्रोत करिव रु.१ करोड हुन्छ । यी वाहेक मेरो अ.दु.अ.आ.ले अनुसन्धानको दायरा वाहिर राखेको तालिका नं. २ को सम्पत्तिको र नेपालगञ्ज र दाङको घर जग्गा समेतका जग्गाको अनुमानित सम्पत्ति झण्डै १ करोड हुन्छ 

आरोपपत्रको तालिका नं. ५ को क्रमसंख्या १ मा उल्लिखित शेयर रकम रु.१५,००,०००।– (पन्ध्र लाख) मेरो आर्जित लगानीको नभै भाइ अनन्तराज शर्माको रहेको हो । यसैगरी तालिका नं. ५ को क्रमसंख्या ९ मा शीला पोखरेलका नाउँमा खरिद गरिएको रु.५,७२,०००।को शेयर मध्ये रु. ५ लाखको शेयर निज भाइ अनन्तराजको लगानीवाट खरिद गरिएको हो । यसरी जम्मा २१ लाख भाइको मसँग रहेको छ भने मैले २० लाख लगानी गरीदिएको छु । के.आइ.टी को शीला पोखरेलको नाउँको ५,७२,०००।को शेयरमध्ये मैले माथि उल्लेख गरे अनुसार रु.५ लाख र अर्को रु.१२ हजारको शेयर भाइ अनन्तराज शर्माको नै भएको र वाँकी ६० हजार मेरो श्रीमतीले उक्त संस्थामा  काम गरेबापत प्राप्त गरेको पारिश्रमिक लगानी गरी शेयर किनिएकोले रु.५,७२०००।हुन गएको हो । यसैगरी ह्याम्स अस्पतालको रु.५,००,०००।को शेयर कान्छा काकाको छोरा डा.कुमार पोखरेल विदेश अध्यापन गर्न गएको अवस्थमा निजकी आमा मेरो काकीले शेयर खरिद गरिदिन भनी रु. ५ लाख दिनु भएको र मैले शेयर खरिदका लागि रु.५ लाख जम्मा गरिदिएँ र मेरा नाउंमा रसिदसम्म वनेकोले मेरा नाउँमा शेयर देखिन गएको हो । पछि भाइ विदेशवाट अध्ययन पूरा गरी आएपछि मैले निजका नाउँमा शेयर स्थानान्तरण गरिदिन निवेदन सम्बन्धित संस्थामा दिइसकेको छु । मैले सो रकम जम्मा गरी रसिदसम्म मेरा नाउँमा लिएको थिएँ, शेयर प्रमाणपत्र लिएको थिइन 

अनमोल क्याटरिङ्ग प्रा.लि.मा रु.१८ लाख लगानी गरेको भन्ने सम्बन्धमा मैले सम्पत्ति आयोगमा सम्पत्ति विवरण भर्ने समयमा नै अनमोल क्याटरिङ्ग प्रा.लि. मा रु. १८ लाख लगानी गर्ने भन्नेसम्म कुरा चलेको र काम भै नसकेको अवस्था भएकोले लगानी गरिएला भनी उक्त कुरा उल्लेख गरेँ तर पछि लगानी हुन सकेन जुन कुरा मैले अ.दु.अ.आ.मा दिएको वयानमा समेत उल्लेख गरिसकेको छु । तसर्थ उक्त रु. १८ लाख लगानी भएको अवस्था नहुनाले सम्पत्तिमा समावेश गर्न मिल्दैन । 

घर निर्माण गर्दा मैले माथि उल्लेख गरेको स्रोत मध्येवाट रु.१३ लाखमा निर्माण गरेको हुँ । अ.दु.अ.आ.ले गरेको मूल्याङ्कनसंग मेरो सहमति छैन । क्र.सं.२ मा उल्लिखित जग्गा मैले २०५६ सालमा माथि उल्लिखित स्रोत मध्येवाटै खरिद गरेको हुँ । खरिद गर्दा रु.१,६४,०००।लगानी भएको छ । तर अ.दु.अ.आ.वाट मूल्याङ्कन मनोमानी रूपमा गरिएको छ जसमा मेरो सहमति छैन । उक्त जग्गा र क्र.स. १२ को जग्गा एकै ठाँउको हो । पहिले वगर थियो पछि मात्र विकसित भयो । तालिका नं. १० को क्रमसंख्या ३ मा उल्लिखित वचतपत्र पनि मेरो हो उल्लिखित जग्गा एवं मैले माथि उल्लेख गरेको स्रोतवाटै खरिद गरिएको हो । वा.३च.६१२२ नं. को गाडी पनि मैले माथि उल्लिखित स्रोतहरू मध्येवाटै रु.१०,३०,०००।मा खरिद गरेको हुँ । क्र.सं.१४ मा उल्लिखित गार्ड क्वाटर भनिएतापनि सो दुई वटा कोठा भएको टिनले छाएको स्टोर कोठा मात्र हो । जसको निर्माण गर्दा केवल १ लाख २५ हजार लागेको थियो जसको स्रोत माथि उल्लेख गरेमध्येकै हो 

नेपाल राष्ट्र बैंकको रु.९ लाखको वचतपत्रवाट प्राप्त भएको व्याज रु. २ लाख ५० हजार र २०३७ सालदेखि २०५९ सालसम्म समयसमयमा विभिन्न बैंकमा राखिएको रकमको व्याजवाट प्राप्त रकम करिव २ लाख ५० हजार साथै मेरो कारलाई भाडामा लगाएबापत प्राप्त रकम रु. १ लाख समेत मेरो स्रोत हो । कार मैले २ महिना १५ दिन E.S.P.S. डेनिडालाई भाडामा दिएको थिएँ । माथिका उल्लिखित कुराको प्रमाणको हकमा वचतपत्रको व्याज वचतपत्र मै उल्लेख गरेको छ जुन मैले अ.दु.अ.आ. पेश गरेको छु त्यसै गरी विभिन्न बैंकको व्याज सम्बन्धमा अ.दु.अ.आ.ले विभिन्न बैंकवाट मगाएको स्टेटमेन्टमा नै उल्लेख  होला । कार भाडामा लगाएको प्रमाणको हकमा अ.दु.अ.आ.ले मगाएको कागज मिसिल संलग्न हुनुपर्छ यदि नभएमा सोको प्रमाण Environment Sector Program Support वाट मगाइ प्रमाण लगाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी युवराज शर्माको वयान 

मेरो नाउँमा रहेका सम्पत्तिहरू वैध आर्जनका नै हुन् । ती सम्पत्तिहरू आफ्नो पैतृक सम्पत्ति र वैध आर्जनवाट वढाएको हो । गैरकानूनी आर्जन गरेको होइन । मेरो श्रीमान आयल निगममा रहँदा निगमलाई ४ अर्व नाफा समेत गराएको हो । का.जि.का.म.न.पा. वडा नं. ९ कि.नं. ६१ र ३५५ को जग्गामा घर निर्माण गर्दा फिनिसिङ समेत जम्मा १२ लाख ५० हजार मात्र लागेको छ । घर निर्माण गर्दा पैतृक सम्पत्ति सुन चाँदी विक्री, घर जमीनको आयस्ता, तलव भत्ता, विदेश भ्रमण आदिवाट निर्माण गरेको हो । २०५६।५।२५ मा खरिद गरेको ०१ जग्गा १ लाख ६४ हजारमा मिश्रित आयवाट खरिद गरेको हो । अ.दु.अ.आ. ले गरेको रु.८,५०,३७५। को मूल्याङ्कनसंग म सहमत छैन । मेरो वुवाले नेपालगञ्ज न.पा. वडा नं. ८ मा दिएको १ कठ्ठा जग्गा विक्री गरी प्राप्त रकम २०४६ देखि २०५३ सालसम्म ८ पटक विभिन्न मितिमा जग्गाहरू वेची र मैले व्यूटीपार्लरमा व्यूटीसियनको रूपमा काम गर्दा प्राप्त रकम समेतवाट वचतपत्र खरिद गरेको हुँ । का.जि.का.म.न.पा.वडा नं. ९ कि.नं. ११५ र १६८ को जम्मा क्षे.फ. ०० जग्गा र घरकम्पाउण्डभित्रको गार्ड क्वाटर निर्माण गर्दा २०३९ सालमा मेरो दाईजो रकमवाट कोहलपुर चटार गा.वि.स.(बाँके) हाइवेमा रहेको जग्गा २०४७ मा विक्री गरेको रकम, र विक्री गर्नुभन्दा अघि अस्थायी छाप्रो बनाई महिनाको ३००।का दरले ८ वर्षसम्मको २८,८००।– (अठ्ठाईस हजार आठसय) रकम भाइले मिति २०४५।११।५ मा दिएको वकसपत्रवाट १ विगाह जग्गा दिएको सोवाट प्राप्त आय २०४६ देखि २०५४ सालसम्म १ विगाहको अरहर (पहेंलो दाल) खेतीवाट प्रति वर्ष रु.८,०००।– (आठ हजार) का दरले ९ वर्षसम्म ७२,०००।– (बहत्तर हजार) उक्त जग्गामध्ये २०५५ सालमा १२ कठ्ठा विक्री गरी प्राप्त रकम र वाँकी जग्गाको आयस्ता मैले विभिन्न प्रकारका मेटल एवं फेव्रिक पेन्टिङवाट प्राप्त रकम साथै श्रीमान्को आम्दानीवाट खरिद तथा निर्माण गरेको हो 

Kathmandu Institute of Technology Pvt. Ltd.  मा शेयर किन्दा देवरको इच्छाअनुसार मेरो नाउंमा रु.५ लाख १२ हजारको शेयर खरिद गरेको हो K.I.T. मा १ वर्षसम्म व्यवस्थापनसम्बन्धी कार्य गर्दाको आम्दानी २०४८ सालमा नेपालगञ्ज न.पा.वार्ड नं. १७ मा खरिद गरेको १ कठ्ठा १२.५ धुर जग्गावाट भएको आम्दानी, नेपालगञ्ज न.पा. वडा नं. ८ मा २ कठ्ठा ११.५ धुर जग्गामा २०४५ सालदेखि २०५२ सालसम्म तरकारी खेतीको लागि भाडामा दिँदा भएको वार्षिक ३,०००।का दरले ८ वर्षको रु.२४,०००।र उक्त जग्गा विक्री गरेको रकम समेत नै नेपाल बैंक लिमिटेड कान्तिपथमा रहेको बैंक मौजदात हो । देवर अमेरिका बस्ने हुँदा उहाँको पैतृक सम्पत्ति रेखदेख र लगानी समेत मेरो श्रीमानले गर्दै आउनु भएको छ । मेरो वुवा स्व.मोहनबहादुर पर्छाईको वाँकेमा १२ सय विगाह जमीन थियो । म ९, १० वर्षको हुँदा मेरो नाउँमा ५२ विगाह जति जग्गा थियो । मलाई विवाहमा अन्दाजी २० तोला सुन र चाँदीका भाडाहरू चलन चल्तीअनुसारको दाईजो, फर्निचर दिईएको थियो । मेरो श्रीमान आफैं इन्जिनियर भएकाले घर निर्माणको इष्टिमेटदेखि घर निर्माण कार्य पूरा हुँदासम्म परामर्श शुल्क नपरेको, निर्माण सामग्रीहरू र लेवर खर्च कुन कँहा कसरी सहुलियत दरमा प्राप्त गर्न सक्ने जानकारी भएकाले अ.दु.अ.आ.ले घर मूल्याङ्कन गरेको मूल्यमा निर्माण नभई रु.१२ लाख ५० हजारमा निर्माण भएको साँचो हो । मेरो श्रीमानले राष्ट्रसेवकको रूपमा काम गर्दा कुनै गैरकानूनी सम्पत्ति आर्जन गरी मेरा नाउँमा राख्नु भएको छैन । अभियोगपत्र झूठा हो । अतः मेरो नाउँको सम्पत्ति जफत हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी शीला पोखरेल (शर्मा) ले गरेको वयान 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मागदावी झूठा हो हामी पहिलादेखि नै पैतृक सम्पत्ति प्रशस्त भएका मानिस हौं । आयल निगममा मेरो वुवा कार्यरत रहंदा मेरो जानकारीमा रहे सम्म ४ अरव नाफा भएको छ । हाम्रो नाममा भएका सम्पत्तिहरू पैतृकवाट वढे वढाएको र वैध आर्जन हुन् भन्ने समेत व्यहोराको प्रतिवादी प्रशन्न पोखरेलले गरेको वयान 

वादीका साक्षीहरू इ.जागेश्वर महासेठ, जयन्तकुमार राजवंशी, ई.प्रकिर्ण तुलाधर समेतले गरेको वकपत्र र प्रतिवादीका साक्षीहरू कुमुदराज शर्मा, अनुपमराज शर्मा, कुमार पोखरेल, अनन्तराज शर्मा र नन्दनकुमार शर्मा समेतले गरेको वकपत्र मिसिल सामेल  रहेको । 

            प्रतिवादीको नाममा देखिएको र साथमा रहेको जाँच अवधिमा आर्जन गरेको सम्पत्तिको विवरण देहायबमोजिम भएको देखिन आउँछ । यस विषयमा आयोगले दावी लिएको प्रतिवादीको मौजुद सम्पत्तिको विवरण, प्रतिवादीले जिकीर लिएबमोजिमको सम्पत्तिको तथ्य र विश्लेषणको आधारमा देहायबमोजिम देखिन आएको छः

 

तालिका नं. ९

विवरण

आरोपपत्रअनुसार आयोगद्वारा मूल्याङ्कित रकम

वास्तविक खर्च र मौजदातअनुसार देखिएको रकम

फरक रकम

अचल सम्पती

घर

२४,३२,६२६।

१८,३३,१९३।

५९९५०५।

जग्गा

३४,४४,५००।

,६२,९७५।

२८,८१,५२५।

जम्मा

५८,७७,१२६।

२३,९६,१६८।

३४,८०,९५८।

चल सम्पत्ति

फर्निचर

,३०,९१८।

,१५,४५९।

,१५,४५९।

विद्युतीय सामान

,१२,५०० ।

,१२,५०० ।

वैंक मौजदात

,३४,५००।

,३४,५००।

शेयर

४४,०२,९००।

२६,०२,९००।

१८,००,०००।

वचतपत्र

,००,०००।

,००,०००।

सवारी साधन

१०,३०,००० ।

१०,३०,००० ।

सुन

,८५,८१८।

,६३,२८०।

,२२,५३८।

जम्मा

८१,९६,६३६।

५८,५८,६३९।

२३,३७,९९७।

कूल जम्मा

,४०,७३,७६२।

८२,५४,८०७।

५८,१८,९५५।

 

 

            यस प्रकार प्रतिवादीले उल्लेख गरेको आयको स्रोत र पेश भएको प्रमाणको विश्लेषणवाट देहायबमोजिमको स्रोतवाट देहायबमोजिमको आय भएको देखिन्छ । आयोगले आयका ती स्रोतमध्ये केही स्रोत स्वीकारेको भए पनि स्वीकारेको स्रोतमा समेत सवैमा आयको रकम किटान गरेको       पाईदैन । तैपनि देखाइएको स्रोत र विश्लेषणवाट प्रतिवादीको आयको स्रोत र त्यसवाट प्राप्त रकम देहायबमोजिम भएको देखिन आउँछः

 

तलव भत्ता          रु.१४,८३,१८०।

विदेश भ्रमण        –  रु.९,७७,७४०।

घर भाडा           –   रु.६,७३,४५१।

जग्गा विक्री         –  रु.४,१८,२७२।

रुख विक्री          –  रु.३,००,०००।

वचतपत्र व्याज      –  रु.१,८७,०००।

बैंक व्याज          –   रु.६,१०,८३१।

कृषि आय          रु.२३,६५,०००।

शीला पोखरेल (शर्मा) को आय रु.३,८५,२५०।–     

कारभाडा           –  रु.१,००,०००।

पैतृक सम्पत्ति       –  रु.४,५०,०००।

                    जम्मा: रु.७९,५०,७२४।

 

            यी उल्लिखित आयका स्रोत वाहेक अन्य आयका स्रोत रहेको र ती स्रोतवाट पनि थप आय भएको भन्ने प्रतिवादीको जिकीर रहेको छ । अमेरिकामा रहेको भाइ अनन्तराज शर्माले पठाएको रकम रु.१,००,०००।र भाई कुमार पोखरेलको नाममा शेयर खरिद गर्न पठाएको रकम रु.५,००,०००।समेत आयको स्रोतको रूपमा मान्नु पर्ने भन्ने प्रतिवादीको भनाई रहेको छ । निजले देखाएको सो स्रोतवाट रकम प्राप्त गरी ह्याम्स अस्पताल र के.आइ.टी. को शेयर खरिद गर्न प्रयोग हुन नसक्ने अवस्था नरहेपनि निजको नाममा शेयर खरिद भएको हुँदा निजको नामको शेयर भाइको लागि खरिद भएको भन्ने विश्वसनीय आधार र प्रमाण नहुँदा सो रकमलाई प्रतिवादीको आयमा समावेश हुन सक्ने स्थिति देखिएन 

            प्रतिवादी युवराज शर्मा उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) मा उल्लेख भएको मनासिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको भन्ने आरोप लगाइएको छ । सो आरोप प्रतिवादीको आर्थिक पक्ष र व्यवहारसंग जोडिएको छ । आयको स्रोतसँग भएको सम्पत्तिको तालमेल नभएको भन्ने कुरा पनि दर्शाइएको छ । प्रतिवादीले प्राप्त गरेको आय र भएको सम्पत्तिको विश्लेषणवाट प्रतिवादीउपर लगाइएको आरोप तथ्यपरक भए नभएको देखिन आउँछ । उच्च जीवनस्तरको मापदण्डमा मुख्यत पारिवारिक पृष्ठभूमि, सामाजिकस्तर, आर्थिक कारोवार, पैतृक सम्पत्ति जस्ता कुराहरू सम्बन्धित देखिन्छन् । यी कुरावाट नै प्रतिवादीको जीवनयापनको स्तर निर्धारण हुन्छ । ऐनको आशय पनि यही रहेको छ । आरोपपत्रमा प्रतिवादीको आर्थिक पक्षसँग सम्बन्धित व्यवहारलाई आधार बनाइएको र निजको आर्जित सम्पत्तिलाई अवैधानिक स्रोतवाट आर्जन गरेको भनी सम्पत्तिको विश्लेषण गरिएको छ । आयोगको सो विश्लेषण हालको मोलको आधारमा भएको हुँदा स्वाभावत वढी देखिएको छ । त्यसलाई माथिका प्रकरणमा उल्लेख भएअनुसार आधिकारिक प्रमाणको आधारमा पाइएको सम्पत्ति आर्जित गर्दाको समयको यथार्थ हिसावको मूल्यवाट माथि प्रकरणमा उल्लेख भएबमोजिम वैध आयका स्रोतवाट निजलाई रु.७९,५०,७२४।प्राप्त भएको देखिएको छ । निजको साथमा रहेको कुल सम्पत्ति रु.८२,५४,८०७।देखिन्छ । यसवाट रु.३,०४,०८३।निजको आयको स्रोतवाट पुष्टि नभएको देखिन आउँछ । सो रकम निजको कुल सम्पत्तिको ३.६८ प्रतिशत देखिन आउँछ 

            प्रतिवादीको आय र व्ययको समुचित विश्लेषणवाट आय र व्ययको वीचमा देखिएको अन्तर न्यायोचित अनुमान, सामाजिक परिवेश र प्रचलनको आधारमा स्वाभाविक हो होइन भनी विचार गर्नु पर्दा प्रमाणको अभावमा प्रतिवादीले जिकीर लिएको आयको स्रोत र रकम आयको रूपमा गणना हुन नसके पनि व्यवहारमा आयका सम्भाबित स्रोत हुन नसक्ने भने होइनन् । तर पनि समुचित प्रमाणको अभावमा आयमा समावेश गर्न नसकिएको कुरालाई सापेक्षिक रूपमा हेर्नु पर्ने देखिन्छ । ऐनको व्यवस्थावाट अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर निर्धारण गर्ने मापदण्ड प्रतिवादीको समाजिक र आर्थिक पक्ष रहेको र जाँच अवधिमा देखिएको प्रतिवादीको आर्थिक कारोवारको आधारमा माथि उल्लेख भए अनुसारको आय र व्ययको हिसाव गर्दा देखिएको अन्तर अस्वाभाविक नरहेको र यो अन्तरले मात्र ऐनले व्यवस्था गरेको अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको  देखिन नआएकोले प्रतिवादी उपरको आरोप पुष्टि हुन आएन 

            तसर्थ उल्लिखित आधार कारण तथा मिसिल संलग्न सबूद प्रमाणवाट प्रतिवादी युवराज शर्माले वैध आयस्रोतको अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुदा निज प्रतिवादीले दाविको कसूर गरेको नठहरी सफाइ पाउने ठहर्छ भन्ने विशेष अदालत काठमाडौँको मिति २०६४।८।२७ को फैसला

            विशेष अदालतले प्रत्यर्थीको सम्पत्तिको वैधता परीक्षण गर्दा निजलाई प्राप्त भएको देखिने र प्राप्त हुन सक्ने आयलाई कुन कुन समयमा के कति आय प्राप्त भयो र सम्पत्ति आर्जन गरेको (बैंकमा जम्मा, घर निर्माण, घर जग्गा र अन्य चल सम्पत्ति खरिद र ठूलो अन्य कार्यमा रकम खर्च गरेको) समयमा निजको कति वैध आय बचत भएको हो सो यकीन गरी परीक्षण गर्नुपर्ने थियो । त्यस्तै, आय आर्जनको मिति यकीन हुन नसक्ने आय सम्बन्धमा पनि साल क्रमका आधारले आय रकम निर्धारण गरी आर्जित सम्पत्तिको स्रोत परीक्षण गर्नुपर्ने अवस्था थियो । तर विशेष अदालतले सबै आयलाई एकमुष्ट गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको छ 

            विशेष अदालतले प्रतिवादीको रु.३,०४,०८३।को सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर गरेतापनि त्यति रकमको स्रोत पुष्टि नहुनुलाई अमिल्दो र अस्वाभाविक मान्नु नहुने ठहर गरेको छ । प्रत्यर्थीको गणना गर्न नमिल्ने कतिपय आयहरूलाई पनि गणना गरी सम्पूर्ण आयस्रोतबाट प्राप्त रकम गणना गरी सकेपछि र आय भएको थियो कि भनी आशंकासम्म गर्न सकिने कुनै स्रोत नै बाँकी नभएको अवस्थामा पनि त्यति ठूलो परिमाणको रकमलाई अस्वाभाविक नमान्ने ठहर गरेबाट यस फैसलाले गैरकानूनी सम्पत्ति आर्जनको कसूर गर्ने प्रवृतिलाई प्रश्रय मिलेको छ । जे जति सम्पत्तिको वैध आयस्रोत पुष्टि हुँदैन त्यति सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्नुपर्ने हुन्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को प्रावधानप्रतिकूल त्यति ठूलो परिमाणको रकमको स्रोत पुष्टि नभएकोमा पनि निजलाई सफाई दिईनु त्रुटिपूर्ण छ 

            आरोपपत्रमा २०५४ सालमा प्रतिवादीले घर निर्माण गर्दा रु.२४,३२,६२६।लागत परेको भनी उल्लेख भएकोमा विशेष अदालतले रु.१८,३३,१९३।को लागतलाई मान्यता दिएको भएतापनि सो लागतलाई धान्न सक्ने सोही अवधिसम्मको निजको वैध आयस्रोत भए नभएको तर्फ परीक्षण गरिनु पर्नेमा सो नगरी एकमुष्ट आय व्ययको गणना गरिनु त्रुटिपूर्ण छ । प्रतिवादी युवराज शर्माले उक्त घर निर्माणमा मिश्रित स्रोतबाट प्राप्त आय खर्च भएको भनेतापनि त्यस्ता आयहरू प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्ति जोड्नमै खर्च भएको आवधिक हिसाबबाट देखिएको अवस्था छ 

            प्रतिवादी युवराज शर्मा तथा निजको परिवारको नाममा विभिन्न स्थानमा पटकपटक गरी जम्मा रु.५,६२,९७५।मा जग्गा खरिद भएको तथ्यलाई विशेष अदालतले स्वीकार गरेकै छ । उक्त जग्गाहरू खरिद गर्न निजको तत्तत् अवधिसम्मको आयबाट पुग्ने नदेखिएको अवस्थामा ती जग्गाहरू वैध स्रोतबाट खरिद भएको मान्न सकिने हुँदैन । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम अवैधानिक स्रोतबाट आर्जित सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था रहेको परिपे्रक्ष्यमा हालको मूल्याङ्कनलाई अन्यथा भनी साविकको मूल्यलाई नै आधार मानी भएको फैसला कानूनी रूपमा त्रुटिपूर्ण छ 

            प्रतिवादी युवराज शर्मा स्वयंले लिखित रूपमा अनमोल क्याटरिङमा रु. १८,००,०००।लगानी भएको भनी स्वीकार गरिरहेको अवस्थामा अदालत स्वयंले उक्त क्याटरिङमा लगानी भएको हो होइन भनी सोधनी गरी दिएको जवाफको आधारमा प्रतिवादीको लगानी नभएको देखिएको भनी भएको फैसला न्यायको मान्य सिद्धान्तविपरीत छ 

            प्रतिवादीलाई २०३६ सालदेखि जाँच अवधिसम्म रु. २३,६५,०००।कृषिबाट आय प्राप्त भएको मानिएको छ । सो आय निजलाई सगोल मै रहँदा देखिको पैतृक जग्गा जमिनबाट प्राप्त भएको भनी सम्पूर्ण जमिनको आयस्तालाई कृषि आयमा गणना गरिएको  छ । पैतृक सम्पत्तिबाट प्राप्त हुने सम्पूर्ण आयको हकदार प्रतिवादी मात्र नहुने व्यावहारिक पक्षलाई अदालतले कुनै ध्यान नपुर्‍याएको एकातर्फ छ भने अर्को तर्फ प्रतिवादीलाई प्राप्त भएको कृषि आयसमेतबाट निजले पृथकपृथक समयमा घर जग्गा इत्यादि जोडेको र त्यसरी जोडेको सम्पत्तिलाई निजको स्रोत खुलेको अन्य सम्पत्तिको रूपमा गणना गरी आयोगले मान्यता दिएको तर्फ अदालतले दृष्टि पुर्‍याएको छैन 

     प्रतिवादीको श्रीमती शीला पोखरेल (शर्मा) ले सीहर्वल व्यूटी मीनभवनमा काम गरी रु. १,१३,२५०। र मेटल पेन्टिङ्ग एक्सपो २००२ मा विक्रीबाट रु. १,१२,०००।आय प्राप्त गरेको भनी हचुवा तवरले निर्णय गरिनु त्रुटिपूर्ण छ । एक्सपो २००२ मा प्रतिवादीकी श्रीमतीले सामान विक्री गरी रकम प्राप्त गरेको विश्वसनीय र यकीन प्रमाणवेगर आय भएको भनी मान्यता दिएकोसमेत कानूनसम्मत छैन 

            माथि उल्लिखित आधार र कारणसमेतबाट विशेष अदालतले गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर 

            प्रतिवादी युवराज शर्माले सम्पत्ति न्यायिक छानबीन आयोगमा पेश गरेको सम्पत्ति विवरणमा अनमोल क्याटरिङ्ग प्रा.लि. को रु. १८,००,०००।बराबरको शेयर खरिद गरेको कुरासमेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेको भन्ने तथ्यलाई निजले विशेष अदालत काठमाडौंसमक्ष गरेको बयानको स.ज. ७ (पाना ९) मासमेत स्वीकार गरेको देखिएको, निज प्रतिवादीका भाइ नाताका व्यक्ति अनन्त शर्माले अमेरिकाबाट पठाएको भनिएको रु २१ लाख रकमको विश्वसनीय प्रमाण प्रतिवादीले पेश गरेको नदेखिनुका साथै अभियोग पत्रमा स्रोत नखुलेको भनी दावी लिएको अन्य सम्पत्तिको वैधानिक स्रोत पुष्टि हुने प्रमाणको अभावमा प्रतिवादीलाई सफाइ दिने गरी विशेष अदालत काठमाडौंबाट मिति २०६४।८।२७ मा भएको फैसला फरक पर्न सक्ने देखिँदा छलफल निमित्त विपक्षी झिकाउनु भन्ने यस अदालतको मिति २०६६।९।१९ को आदेश 

नियमानुसार पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले विशेष अदालतले प्रत्यर्थीको सम्पत्तिको वैधता परीक्षण गर्दा निजलाई प्राप्त भएको देखिने र प्राप्त हुन सक्ने आयलाई कुन कुन समयमा के कति आय प्राप्त भयो र सम्पत्ति आर्जन गरेको हो सो यकीन गरी परीक्षण गर्नुपर्नेमा त्यसो गरिएको छैन । विशेष अदालतले प्रतिवादी युवराज शर्माले रु.३,०४,०८३।को सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर गरेको र त्यसभन्दा अरु कुनै स्रोत नै बाँकी नभएको अवस्थामा पनि त्यति ठूलो परिमाणको रकमलाई अस्वाभाविक नमान्ने ठहर गर्नु ऐनको मनसायअनुरूप छैन । यस फैसलाले गैरकानूनी सम्पत्ति आर्जनको कसूर गर्ने प्रवृत्तिलाई प्रश्रय मिलेको  छ । जे जति सम्पत्तिको वैध आयस्रोत पुष्टि हुँदैन त्यति सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्नुपर्ने हुन्छ । तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को प्रावधानप्रतिकूल त्यति ठूलो परिमाणको रकमको स्रोत पुष्टि नभएकोमा पनि निजलाई सफाई दिनु त्रुटिपूर्ण छ 

विशेष अदालतको फैसलाउपर प्रतिवादी युवराज शर्माले पुनरावेदन नगरी निजले चित्त बुझाई बसेको अवस्था हुँदा उक्त फैसलामा कायम भएको वैध आय भन्दा अरू पनि आफ्नो बैध आय रहेको छ भनी निजले दावी गर्न मिल्ने अवस्था छैन । विशेष अदालत काठमाडौँले प्रतिवादीको नियमित रूपमा हुने खर्चको पाटोलाई समुचित विश्लेषण गरेको पाइदैन । प्रतिवादीको घर निर्माण गर्दा लागेको खर्च वा लागत कायम गर्ने सम्बन्धमा यस अदालतले यस अघिका मुद्दाबाट मापदण्ड कायम गरी रहेको अवस्था भएकाले प्रस्तुत मुद्दामा पनि सोही मान्यतालाई अँगालिनु पर्छ । निजको घर निर्माणमा लागेको ओभरहेड खर्च र ठेक्काकर घटाइएको बिगो मिलेको छैन । त्यसलाई छूट दिने अवस्था छैन । प्रतिवादी युवराज शर्मा स्वयंले सम्पत्ति छानबीन न्यायिक आयोगसमेतका आधिकारिक ठाँउमा लिखित रूपमा अनमोल क्याटरिङमा रु.१८,००,०००।लगानी भएको भनी स्वीकार गरिरहेको अवस्थामा विशेष अदालत स्वयंले उक्त क्याटरिङमा लगानी नभएको भनी भएको फैसला न्यायको मान्य सिद्धान्तविपरीत छ । यस विषयमा प्रतिवादी आफै विवन्धित हुनु भएको अवस्था छ । हाल वहाँले भूलवस लेखिएछ भनेको आधारमा छूट पाउने अवस्था छैन । उक्त सम्पत्तिलाई मान्यता नदिएको मिलेको छैन 

            विशेष अदालतबाट प्रतिवादीलाई २०३६ सालदेखि जाँच अवधिसम्म रु. २३,६५,०००।कृषिबाट आय प्राप्त भएको मानिएको छ । २०४७ सालमा अंशबण्डा हुँदा करिव सात विघा जग्गामात्र प्रतिवादीको भागमा परेको देखिएकाले त्यति जग्गाको आय मात्र गणना गरिनुपर्छ । सो अवधि अगाडि पनि सोही अनुपातमा आय गणना हुनु पर्छ । कृषि आयको गणना सम्बन्धमा यस अदालतले स्थापित गरेको मापदण्डअनुसार नै हुनुपर्ने अवस्था छ । प्रतिवादीले आफै खेतीपाती गरेको नदेखिएको हुदा कृषि आय गणनामा त्यस कुरालाई समेत विचार गरिनु पर्छ । प्रतिवादीको नेपालगञ्जस्थित पुर्ख्यौली घरमा श्रम कार्यालय बसेको भनिएतापनि त्यसको ठोस प्रमाण हुनुपर्छ । कार्यालयलाई घरभाडामा लगाउँदा कर कट्टी भएको देखिनु पर्‍यो 

    प्रतिवादीलाई बैंकको व्याजबाट आम्दानी भएको मानिएको छ । व्याजलाई मूल आयस्रोतको रूपमा मान्न मिल्दैन । प्रतिवादीलाई वैदेशिक भ्रमणबाट प्राप्त आय पनि त्रुटिपूर्ण रूपमा गणना गरिएको छ । पासपोर्टबाट सटही भएको देखिएको रकम खर्च हुने रकम हो । निजले भत्ता प्राप्त गरेको प्रमाण देखिनु पर्दछ । विशेष अदालतले प्रतिवादीलाई रुखको काठ विक्रिबाट आय प्राप्त भएको भनी मानेतापनि त्यसरी आय प्राप्त भएको कुरा प्रमाणवाट देखिनु पर्छ । बिना आधार कार भाडामा लगाएर आय प्राप्त गरेको भन्ने निष्कर्ष पनि त्रुटिपूर्ण छ । प्रतिवादीका भाई नाताका भनिएका अनन्त शर्मा र कुमार शर्माले पठाइदिएको रकमबाट शेयरमा उनीहरूकै लागि लगानी गरेको भन्ने प्रतिवादीको कथनलाई विशेष अदालतले मान्यता दिएको छैन । ती व्यक्तिहरूवाट पठाइएको भनिएको रकमलाई वैधानिक स्रोतको रूपमा मान्यता नदिईएपछि अव ती सम्पत्तिको स्रोतपनि पुष्टि हुनुपर्छ 

            प्रतिवादीकी श्रीमती शीला पोखरेल (शर्मा) ले सिहर्वल व्युटि मीनभवनमा काम गरी रु. १,१३,२५०। र मेटल पेन्टिङ्ग एक्सपो २००२ मा विक्रीबाट रु.१,१२,०००।आय प्राप्त गरेको भनी विशेष अदालतद्वारा आय कायम गरिएकोमा सो संस्थाको कानूनी हैसियत र आधिकारिकतालाई पनि हेरिनु पर्छ । निजले कमाएको रकम नियमित वैयक्तिक खर्च हुने   हुन्छ । यसलाई आयस्रोतमा गणना गरिएको त्रुटिपूर्ण रहेको छ 

            वादी नेपाल सरकारको मूलदावी भनेको आरोपपत्र भएकाले र पुनरावेदनपत्रमा आरोपपत्रबमोजिम गरिपाऊँ भनिएको हुनाले यस अदालतले पुनरावेदन पत्रमा उल्लिखित बूँदामा मात्रै सीमित हुनुपर्ने अवस्था हुदैन । विपक्षीले आयोगमा र अदालतमा बयान गर्दा २०३४ सालदेखि मूल्याङ्कन अवधि मानिनु पर्छ भनी जिकीर नलिनु भएकोले त्यसो हुनु पर्ने होइन । विपक्षीतर्फबाट उल्लेख गरिएका नजीरहरू प्रस्तुत मुद्दाम आकर्षित हुने होइनन् । विवादित विषयमा कानून, तथ्य र प्रमाणको आधार लिई विश्लेषण र व्याख्या भएको कुरा नजीर हुने हो तर त्यस्ता मुद्दाहरूलाई विपक्षीले उल्लेख नै गर्नु भएको छैन । उल्लिखित आधार र कारणसमेतबाट विशेष अदालतले गरेको फैसला बदर भई प्रतिवादीहरुलाई अभियोग मागदावी बमोजिम सजाय होस् ।

            प्रत्यर्थी प्रतिवादी युवराज शर्मा समेतकातर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल एवं विद्वान अधिवक्ताहरू श्री रंजितभक्त प्रधानाङ्ग, श्री शेरबहादुर के.सी., श्री ईश्वरीचन्द्र शर्मा, श्री कृष्णप्रसाद सापकोटा र श्री योगेन्द्रबहादुर अधिकारीले वहस गर्नु भएको छ । उहाँहरूले गर्नु भएका वहस बुँदालाई तलका प्रकरणमा उल्लेख गरिएको छः

      प्रस्तुत मुद्दामा प्रतिवादी युवराज शर्माउपर छुट्टै उजूरी परी कारवाहीको शुरुवात भएको होइन । खुमबहादुर खड्काउपरको उजूरीमा यी प्रतिवादीलाई पोल गरिएको आधारमा मुद्दाको कारवाही भएको हो । प्रस्तुत मुद्दामा विशेष अदालतको फैसलाउपर नेपाल सरकारले पुनरावेदन गर्दा लिइएका जिकीरका सम्बन्धमा मात्र विचार गरी यस अदालतबाट फैसला हुन सक्ने हो । यस अदालतवाट झगडिया झिकाउने आदेश हुदा मूलतः दुईवटा विषयलाई आधार लिइएकोमा ती कुरा प्रमाणित हुने अवस्था छैन । हाम्रो पक्ष प्रतिवादी युवराज शर्मा २०३४ सालदेखि नै सार्वजनिक सेवामा प्रवेश गरेको हुनाले सोही मितिबाट नै मूल्याङ्कन अवधि मानिनु पर्छ । न्यायको रोहमा समेत त्यस अवधिदेखि नै सम्पत्तिको मूल्याङ्कन गरिनु पर्दछ । २०३६ सालदेखि मूल्याङ्कन अवधि मानिएको कुरा मिलेको छैन । प्रतिवादी युवराज शर्माको २०१९ सालमा बण्डापत्र भएकोमा पैतृक सम्पत्तिको चक्लावन्दी मिलाउने लगायतका कारणले पुनः वैधानिक तवरले नै २०४७ सालमा बण्डापत्र भएको छ । विशेष अदालतको फैसलाउपर हाम्रो पक्षबाट पुनरावेदन नगरिएतापनि न्यायको रोहमा हेरिनु  पर्दछ । इजलासबाट विवेक प्रयोग गरेर न्याय हुनुपर्ने अवस्था छ 

व्यक्तिको घर निर्माण गर्दा र सरकारी घर निर्माण गर्दा लागत स्वाभाविक रूपमा फरक पर्छ । आवास तथा भौतिक योजना विभागले कायम गरेको सरकारी भवन निर्माणको दररेटलाई व्यक्तिको घर निर्माणको दररेट मानिनु उचित हुदैन । व्यक्तिले आफै घर बनाउदा स्वाभाविक रूपमा कम लागत लागेको हुन्छ । यी प्रतिवादीको घरनिर्माण गर्दा जग खन्दा निक्लिएको वालुवा घर वनाउदा प्रयोग गरेको हो, काठ दाङबाट ल्याएको साथै प्रतिवादी स्वयम् इन्जिनियर भएको कारणबाट कम लागतमा घर निर्माण गरेको हुनाले घर निर्माणको वास्तविक खर्च रु. १२,५०,०००। मात्रै रहेको छ । विशेष अदालतले २० प्रतिशत ओभरहेड खर्च र ठेक्का कर घटाएको विषयमा पुनरावेदनमा जिकीर नलिएको हुँदा त्यसलाई यथावत कायम गरिनु पर्छ । घरमा रहेको फर्निचर दाइजोवाट तथा दाङबाट ल्याइएका हुन् तिनलाई समेत जोडि घरको मूल्यमा कायम गरेको मिलेको छैन । नविल वैङ्कको लकरवाट लगिएको करिव ५० तोला सुन प्रतिवादीको हजुरआमाले दिएको, पैतृक, दाइजो पेवावाट प्राप्त भएको सम्पत्ति हो 

            शीला पोखरेलको नामको नेपाल राष्ट्र बैंकको राष्ट्रिय वचतपत्रवाट रु.१,८७,०००।व्याज प्राप्त भएको छ । सो रकमलाई प्रतिवादीको आयको स्रोतको रूपमा गणना गरिनु पर्दछ । प्रतिवादी युवराज शर्मासँग ०३४ सालदेखि ०४६ सालसम्म जम्मा १०१८ विगाह जग्गा रहेको थियो । २०४७ सालको अंशबण्डा पछि निजको नाममा ७१२ विगाह जग्गा कायम भएको र सो जग्गावाट २०४७ देखि २०५९ सालसम्मको रु.२३,९४,१९३।वरावरको कृषि आम्दानी  भएको कुरा कृषि कार्यालयको पत्रसमेतवाट पुष्टि भएको छ । कृषि आयको गणनागर्दा २०३० सालमा तोकिएको कुतका आधारमा गरिनु न्यायोचित हुदैन । त्यस समयमा परम्परागत आधारमा खेती हुन्थ्यो भने पछि आएर आधुनिक मल, बीउ, साधनसमेतको प्रयोग गरी आधुनिक तवरले खेती लगाउने चलन अपनाइएको छ । यसले स्वाभाविक रूपमा आम्दानीमासमेत फरक पर्ने कुरालाई विचार गरिनु पर्छ । नेपालगञ्ज न.पा. वडा नं. १७ मा रहेको प्रतिवादीको पैतृक घर ०४७ सालदेखि सरकारी तथा व्यक्तिगत रूपमा भाडामा लगाइ आम्दानी प्राप्त गरेको प्रमाणवाट पुष्टि भएको र त्यसलाई विशेष अदालतले मान्यता दिएको छ । प्रतिवादी युवराज शर्माले आफ्नो दाङ मानपुर स्थीत जग्गामा रहेका रुखहरू बिक्री गरी रु. ३,००,०००।आम्दानी गरेका, २०३४ सालदेखि २०५९ सालसम्म तलव भत्ता आदिवाट रु.१५,२०,२३३। आर्जन गरेको, प्रतिवादीहरूका नामको विभिन्न वैक खातामा रहेका रकमबाट प्राप्त व्याज तथा सञ्चयकोषवाट लिइएको सापटिसमेतका रकमहरूलाई प्रतिवादीको वैध आयस्रोतको रूपमा मानिनु पर्दछ 

अनमोल क्याटरिङ्गमा प्रतिवादीले लगानी गर्ने कुरासम्म गरेको हो लगानी भएको छैन भन्ने कुरा यस अदालतको आदेशसमेतबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा वुझ्दा प्राप्त भएको पत्रसमेतवाट पुष्टि भएको छ  । सम्पत्ति छानबीन न्यायिक आयोगमा विवरण भर्दा लगानी गर्ने कुरा चलिरहेको हुनाले लेखिएको हो । तर पछि लगानी गरिएन, त्यसरी लेखिनु भूल हुन गयो । सम्पत्तिको अस्तित्व नै नदेखिएको स्थितिमा त्यसलाई गणना गरिनु पर्ने अवस्था हुदैन । प्रतिवादी शीला शर्माले सी हर्वल व्युटी पार्लरमा काम गरेकी, मेटल र फेव्रिक पेटिङ्ग कार्य समेतगरी रु. २,८५,२५०।स्वआर्जन गरेको रकम समेत प्रतिवादीको आयको स्रोतमा जोडिनु पर्दछ । यी कामहरूवाट आय प्राप्त भएको कुरा मिसिल प्रमाणबाट प्रमाणित भएको छ । अन्य प्रमाण चाहिने अवस्था छैन । यसका अलावा प्रतिवादीहरूले विभिन्न समयमा लिखतअनुसार जग्गा बिक्री गरेको प्रमाणित भएकोले सो रकम प्रतिवादीको आयमा गणना गरिनु पर्दछ 

यस अदालतबाट यस्तै प्रकृतिका विभिन्न मुद्दाहरूमा अवलम्बन गरिएका नजीर सिद्धान्तहरूमा एकरूपता रहेको पाईदैन । एकरूपतापूर्ण तवरले व्याख्या हुनु पर्ने अवस्था रहेको छ । सवै आम्दानी र खर्चको यथार्थ हिसाव किताव र प्रमाणहरू राख्ने प्रचलन र अवस्था समेत नरहेको कुरालाई विचार गरियोस् । प्रतिवादी युवराज शर्माले अस्वाभाविक सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसूर गरेको प्रमाणित भएको अवस्था नहुँदा आरोपित कसूरवाट सफाइ दिने गरी विशेष अदालतबाट भएको फैसला मिलेको हुदा सो फैसला सदर हुनु पर्दछ 

विपक्षीतर्फका कानून व्यवसायीबाट लिखित वहसनोट समेत पेश भएको रहेछ 

आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा दुवैपक्षका कानून व्यवसायीहरूले गर्नु भएको उपरोक्त वहस जिकीर मनन् गरी, पेश भएको लिखित वहस नोट र पुनरावेदनसहितको मिसिल कागज अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा देहायका विषयमा निर्णय गर्नुपर्ने देखिन आएको छः

 

१.     विपक्षी प्रतिवादीहरूसँग के कति सम्पत्ति रहेको छ, निजहरूको वैध आम्दानीका स्रोतबाट ती सम्पत्तिको स्रोत प्रमाणित हुन्छ हुँदैन र त्यस सम्बन्धमा विशेष अदालतले गरेको विश्लेषणमा कुनै त्रुटि विद्यमान रहेको छ वा छैन ?

२.    विपक्षी प्रतिवादीसँग रहेको सम्पत्ति र वैध आम्दानीको विश्लेषणबाट गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी आफ्नो हैसियतसँग अमिल्दो र उच्चस्तरको जीवन यापन गरेको भन्ने स्थिति देखिन्छ वा देखिँदैन ?

३.    पुनरावेदकको पुनरावेदन जिकीरअनुसार विशेष अदालतको फैसला उल्टी भई प्रतिवादीलाई सजाय हुनु पर्ने हो वा होइन ?

 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी युवराज शर्माले सार्वजनिक जवाफदेहीको पदमा प्रवेश गरेपछि रु.१,४०,७३,७६१।७० आर्जन गरेकोमा रु.३९,२८,५०९।७९ बराबरको स्रोत खुलेको र स्रोत नखुलेको रु.१,०१,४५,२५१।९१ बराबरको चल अचल सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको प्रमाणित भै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर गरेको देखिँदा निज प्रतिवादी युवराज शर्मालाई तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१), १४क, १५, १६ग, एवं २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ बमोजिम विगो रु. १,०१,४५,२५१।९१ बमोजिम जरीवाना र हदैसम्म कैद गरी निजले गैरकानूनी रूपमा संग्रह गरेको चल अचल सम्पत्ति जफत गरिपाऊँ । साथै प्रतिवादी युवराज शर्मा नेपाल सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमको महाप्रवन्धक रहेको अवधिमा समेत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी संग्रह गरेको र सो सम्पत्तिको समेत मागदावी लिइएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क. बमोजिम र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत गरिपाऊँ भन्ने व्यहोराको आरोपपत्रमा माग दावी लिइएको देखिन्छ 

३. उल्लिखित दावीका सम्बन्धमा प्रतिवादी युवराज शर्माले अदालतमा बयान गर्दा आफूसँग भएको सम्पत्ति आफ्नो वैध आर्जन तलव, भत्ता, सेमिनार, गोष्ठी, परामर्शबापत प्राप्त रकम, विदेश भ्रमण जाँदा प्राप्त गरेको रकम, पैतृक सुन, चाँदीलाइ विभिन्न मितिमा विक्री गर्दा प्राप्त रकम, बजैवाट प्राप्त रकमलाई लगानी गरी त्यसवाट बढेबढाएको तथा श्रीमतीको आर्जन, दाइजो पेवा, टीकाटालाबाट प्राप्त रकम आदिबाट बढे बढाएको सम्पत्ति हो । शेयरमा भाइ अनन्तराजको आम्दानीसमेत लगानी भएको  छ । अनमोल क्याटरिङ्ग प्रा.लि.मा लगानी गर्ने भन्ने कुरासम्म चलेको हो तर लगानी गरेको छैन । आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति वैध स्रोतवाटै आर्जन गरेको हुँदा जफत गरी सजाय हुनुपर्ने होइन भनी कसूमा इन्कार रही वयान गरेका छन् भने प्रतिवादी शीला पोखरेल (शर्मा) ले बयान गर्दा आफ्ना नाउँमा रहेको सम्पत्तिहरू वैध आर्जनका नै हुन् ती सम्पत्तिहरू मैले विभिन्न प्रकारका मेटल एवं फेव्रीक पेन्टिङ्गबाट प्राप्त रकम, व्यूटीसियनको रूपमा काम गर्दा प्राप्त रकम, टिकोटालोवाट प्राप्त रकम, दाइजो पेवा तथा आफ्नो पैतृक सम्पत्ति र वैध आर्जनवाट बढे बढाएको हुँदा जफत हुनुपर्ने होइन भनी र अर्का प्रतिवादी प्रशन्न पोखरेलले आफ्नो नाममा रहेको सम्पत्ति पैतृक सम्पत्ति र सोवाट बढेवढाएको बैध सम्पत्ति हुँदा जफत हुनुपर्ने होइन भनी वयान गरेको पाइन्छ  ।

            ४. उपरोक्त दावी र जिकीरका सम्बन्धमा विशेष अदालत काठमाडौँले सम्पत्ति आर्जन गर्दाको समयको मूल्याङ्कनका आधारमा प्रतिवादीको कुल सम्पत्ति रु.८२,५४,८०७।बराबर रहेको, जाँच अवधिको वैध आयका स्रोतवाट प्रत्यर्थी प्रतिवादीलाई रु.७९,५०,७२४।प्राप्त भई रु.३,०४,०८३।को स्रोत पुष्टि नभएको भन्ने निष्कर्ष निकालेको पाइन्छ । साथै प्रतिवादीको आय र व्यय बीचको सो अन्तर अस्वाभाविक नरहेको र उक्त अन्तरले मात्र ऐनले व्यवस्था गरेको अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको मान्न नमिल्ने हुँदा प्रतिवादी उपरको आरोप पुष्टि हुन नआएको भनी प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने गरी विशेष अदालतबाट फैसला भएको देखिन्छ 

५. पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्रमा मूलतः प्रत्यर्थीको सम्पत्तिको वैधता परीक्षण गर्दा निजलाई प्राप्त भएको देखिने र प्राप्त हुन सक्ने आयलाई कुन कुन समयमा के कति आय प्राप्त भयो र सम्पत्ति आर्जन गरेको (बैंकमा जम्मा, घर निर्माण, घर जग्गा र अन्य चल सम्पत्ति खरिद र ठूलो अन्य कार्यमा रकम खर्च गरेको) समयमा निजको कति वैध आय बचत भएको हो सो यकीन गरी परीक्षण गर्नुपर्नेमा सबै आयलाई एकमुष्ट गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको नमिलेको, रु. तीन लाख भन्दा बढी सम्पत्तिको स्रोत पुष्टि नभएकोमा पनि सफाई दिईएको, प्रतिवादीको घर निर्माणको लागत धान्न सक्ने वैधानिक स्रोत नरहेको, अनमोल क्याटरिङ्गको शेयरमा लगानी गरेको भनी प्रतिवादीले लिखित रूपमा सम्पत्ति विवरणमा देखाएकोमा त्यसलाई सम्पत्तिमा गणना नगरिएको, कृषि आयलगायतको गणना तथा प्रतिवादी शीला शर्माको आय गणनासमेतका कुराहरूमा विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी प्रतिवादीलाई आरोपपत्र माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत वादी नेपाल सरकारको पुनरावेदनमा जिकीर लिइएको पाइन्छ 

६. विशेष अदालत काठमाडौँबाट प्रतिवादीको जाँच अवधिको कुल सम्पत्ति र आयस्रोतको विश्लेषण गरी रु.३,०४,०८३।बराबरको चलअचल सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भनी भएको फैसलाउपर युवराज शर्मा समेतका प्रतिवादीहरूले पुनरावेदन गरेको नदेखिँदा निजहरूले विशेष अदालतको सो विश्लेषण र निष्कर्षसहितको फैसलालाई स्वीकार नै गरेको मान्नुपर्ने हुन्छ । त्यसैले प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीहरूले उक्त फैसला अन्यथा हुने गरी लिनु भएको बहस जिकीर ग्रहणयोग्य हुन सक्ने देखिँदैन । त्यस्तै प्रतिवादीतर्फबाट वहस गर्नुहुने विद्वान कानून व्यवसायीहरूले नेपाल सरकारकातर्फबाट पुनरावेदन गर्दा जुन विषयमा चित्त नवुझाई दावी जिकीर लिइएको छ सोही विषयहरूमा मात्र सीमित रही यस अदालतबाट विशेष अदालतको फैसलाको परीक्षण गरिनु पर्ने भनी जिकीर लिनु भएको छ त्यस सम्बन्धमा हेर्दा, विशेष अदालतले प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिँदा लिइएका आधार, सम्पत्तिको गणना र कुन कुन आयस्रोतबाट के कति प्राप्त भएको हो भनी गरिएको विश्लेषणमध्ये विभिन्न बुँदाहरूमा त्रुटि कमजोरी रहेको भन्ने तर्क दिई उक्त विशेष अदालतको फैसला वदर गरी सारमा प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भनी पुनरावेदन जिकीर लिइएको देखिन्छ । सरकार वादी फौजदारी मुद्दाको आधारभूत र मूल दावी भनेको अभियोगपत्र वा आरोपपत्रमा लिइएको दावी नै  हो । त्यसैका आधारमा नै अदालतबाट अभियोग दावीअनुसार सजाय हुने वा नहुने भनी ठहर फैसला हुन्छ । प्रस्तुत पुनरावेदनमा अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भनी जिकीर लिइएको, अभियोग दावी र जिकीरकै आधारमा मुद्दाका समग्र तथ्य र प्रमाणको मूल्याङ्कन र विश्लेषण गरी विशेष अदालतको फैसलामा त्रुटि रहे नरहेको कुराको परीक्षण गरी मुद्दाको निरोपण गरिनु पर्ने हुँदा प्रत्यर्थीतर्फका कानून व्यवसायीले लिनु भएको उल्लिखित जिकीर कानूनसम्मत र औचित्यपूर्ण देखिन आएन । त्यसमा पनि विशेष अदालतको फैसलाको समग्र तथ्यगत र कानूनी पक्षको विश्लेषण गर्दा मिसिल संलग्न सबूद प्रमाणको विवेचनामा त्रुटि हुन गएको देखिएको अवस्थामा त्यस्ता त्रुटि कमजोरीहरू यस अदालतबाट सुधार हुन सक्ने र हालसम्मको न्यायिक परिपाटी पनि त्यस्तै रहेको हुँदा यस सम्बन्धमा थप विचार गरी रहनु पर्ने अवस्था देखिँदैन । 

७. प्रत्यर्थी प्रतिवादीको सम्पत्तिको वैधता परीक्षण गर्दा कुन कुन समयमा के कति आय प्राप्त भयो र सम्पत्ति आर्जन गरेको समयमा निजको कति वैध आय बचत भएको हो सो यकीन गरी परीक्षण गर्नुपर्नेमा विशेष अदालतले सबै आयलाई एकमुष्ट गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यका आधारमा परीक्षण गरेको नमिलेको भनी पुनरावेदन पत्रमा नेपाल सरकारका तर्फबाट लिइएको जिकीरका सम्बन्धमा हेर्दा, यी प्रतिवादीको मिति २०३६ सालदेखि २०५९ सालसम्मलाई जाँच अवधि (Check Period) मानी अभियोग पत्र दायर भएको छ । तर उक्त अवधिमध्ये केकुन वर्षमा प्रतिवादीको आयस्रोत केकस्तो थियो र निजले के कति सम्पत्ति आर्जन गरेका थिए भन्ने कुरा तुलनात्मक रूपमा प्रष्ट देखिने गरी आय व्ययको विवरण सूची वादी पक्षले आरोपपत्र साथ पेश गर्न सकेको पाइदैन । आरोपपत्रमा प्रतिवादीले सार्वजनिक पद धारण गरेपछि आर्जन गरेको समग्र सम्पत्ति, त्यसमध्ये स्रोत खुलेको र नखुलेको सम्पत्तिसम्मको एकमुष्ट विश्लेषण पेश गरेको देखिन्छ । प्रतिवादीको प्रत्येक वर्षको आम्दानी र खर्चको तुलनात्मक विवरणसहित निश्चित र किटानी दावी लिनु पर्ने दायित्व भएको वादी पक्ष स्वयंम्ले त्यस्तो गर्न नसकेको अवस्थामा अदालतले फैसला गर्दा त्यस प्रकारले विश्लेषण गरेन भनी सोही आधारमा फैसलालाई त्रुटिपूर्ण रहेको भनी पुनरावेदन पत्रमा जिकीर लिनु उचित हुन सक्दैन । वादी पक्षले यकीन विवरणसहित दावी लिन नसकेको र प्रतिवादीले अदालतमा बयान गर्दासमेत प्रत्येक वर्षको निजको आयस्रोत र खर्चको प्रष्ट चित्रण उल्लेख गर्न नसकेको अवस्थामा अदालत आफैंले तथ्यको उत्खनन गरी फैसला गर्ने न्यायिक मान्यता र परिपाटी नभएको हुँदा पुनरावेदनपत्रमा लिइएको उक्त जिकीर मनासिव देखिन आएन 

८. प्रतिवादी युवराज शर्मा र निजका कानून व्यवसायीले इजलाससमक्ष प्रतिवादी २०३४ सालदेखि मेकानिकल ईन्जिनियरको पदमा कृषि विकास बैंकमा जागिर शुरु गरेको हुँदा सोही अवधिदेखि जाँच अवधि कायम गरी कृषि आयलगायतका निजका आयस्रोतहरूको गणना गरिनु पर्ने भनी जिकीर पनि लिनु भएको अवस्था छ । यस सम्बन्धमा आरोपपत्रमा आयोगले २०३६ सालदेखि मेकानिकल ईन्जिनियर पदमा सेवा प्रवेश गरेको भनी सोही सालदेखि जाँच अवधि मानी आरोपपत्र पेश गरेको पाइन्छ । प्रतिवादी युवराज शर्माले आयोग समक्ष र विशेष अदालतमासमेत वयान गर्दा २०३४ सालदेखि नै जाँच अवधि कायम गर्नु पर्ने भनी जिकीर लिन सकेको पाइँदैन । निजले आयोगसमक्ष बयान गर्दा स.ज. ३ मा अगाडिदेखि सार्वजनिक पदमा काम गरेतापनि बीचको अवधिमा निरन्तरता कायम हुन नसकी टुटेको भन्ने कुरालाई स्वीकार गरेको पाइन्छ । विशेष अदालत काठमाडौँले २०३६ साल भदौदेखि जाँच अवधि कायम गरी २०३६ सालदेखि २०५९ सालसम्मको निज प्रतिवादीको आयस्रोतको गणना गरेको  पाइन्छ । यसरी प्रतिवादीले आफ्नो जाँच अवधिको बारेमा मौकैमा बयान गर्दा दावी जिकीर लिन नसकेको, सेवामा निरन्तरता नरही बीचको अवधि टुटेको कुरालाई प्रतिवादीले नै स्वीकार गरी रहेको र निजको पुनरावेदन समेत नपरेको अवस्थामा वादी पक्षबाट परेको प्रस्तुत पुनरावेदनको सुनुवाइको क्रममा प्रतिवादीका तर्फबाट इजलासमा लिइएको जिकीरका आधारमा विशेष अदालतले कायम गरेको जाँच अवधि बारे अन्यथा विचार गर्नुपर्ने मनासिव आधार नदेखिएकाले प्रतिवादीका तर्फबाट लिइएको उल्लिखित जिकीर न्यायोचित देखिन आएन 

९. त्यसमा पनि के कति अवधिलाई जाँच अवधिको रूपमा लिने भन्ने कुरा अभियोजन पक्षमा निर्भर रहने कुरा हो । प्रतिवादीले सार्वजनिक पदमा व्यतित गरेको सम्पूर्ण अवधिलाई जाँच अवधिका रूपमा लिनै पर्छ भन्ने पनि कानूनको आशय होइन । अनुसन्धानको क्रममा आयको तुलनामा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको र उच्च जीवनयापन गरेको देखिएको सार्वजनिक जीवनको कुनै निश्चित् अवधिलाई मात्र जाँच अवधिको रूपमा लिई प्रतिवादीउपर अभियोजन गर्न कुनै कानूनी बाधा देखिँदैन । साथै जाँच अवधि बढाएको कारण प्रतिवादीको आयस्रोतको मात्र एकलौटी गणना हुने पनि होइन । सो अवधिमा निजले गरेको खर्च वा आर्जन गरेको सम्पत्ति समेतको तुलनात्मक परीक्षण गरिने भएकोले २०३४ देखि २०३६ सालसम्मलाई जाँच अवधि नमानिएको कारणबाट प्रतिवादीलाई कुनै प्रतिकूल असर पर्ने अवस्था समेत देखिँदैन । 

१०. प्रस्तुत पुनरावेदन समेतमा उठाईएका केही सैद्धान्तिक विषयमा माथि उल्लेख गरेअनुसार विवेचना गरी सकेपछि अव यस मुद्दामा निरोपण गर्नु पर्ने पहिलो प्रश्नको सम्बन्धमा विचारगर्नु पर्ने हुन आएको छ । यस सम्बन्धमा आरोपपत्र माग दावी, प्रतिवादीको वयान जिकीर, विशेष अदालतको फैसला र पुनरावेदक वादी पक्षको पुनरावेदन जिकीर समेतका मिसिल संलग्न कागज प्रमाणका आधारमा प्रत्यर्थी प्रतिवादीको सम्पत्ति र आयस्रोतका सम्बन्धमा विषयगत विश्लेषण गर्नु पर्ने हुन आउछ, जसलाई तलका प्रकरणहरूमा प्रस्तुत गरिएको छः

११. आरोपपत्रमा प्रतिवादी युवराज शर्मासमेतले आर्जन गरेको सम्पत्तिलाई हालको मूल्यमा मूल्याङ्कन गरी दावी लिइएको देखिन्छ । विशेष अदालतले सम्पत्ति आर्जन गर्दाको समयको मूल्यलाई आधार मानी प्रतिवादीले जाँच अवधिमा आर्जन गरेको सम्पत्तिको मूल्याङ्कन गरेको पाइन्छ । यस विषयका सम्बन्धमा यस्तै प्रकृतिको समान कानूनी प्रश्न रहेको पुनरावेदक/वादी नेपाल सरकार विरुद्ध चिरञ्जिवी वाग्ले समेत प्रतिवादी भएको भ्रष्टाचार मुद्दा (नेकाप २०६७, नि.नं.८५१९), नेपाल सरकार विरुद्ध रामाज्ञा चतुर्वेदी समेतको मुद्दा (नेकाप २०६८, नि.नं.८६३०, पृष्ठ ९१७) नेपाल सरकार विरुद्ध मुरारीबहादुर कार्की समेतको मुद्दा (फौ.पु.नं.०६५CR०००९ फैसला मिति २०६९।२।३) लगायतका मुद्दाहरूमा यस अदालतबाट अनुसन्धानको क्रममा गरिएको मूल्याङ्कनको आधारमा नभई लिखत मूल्य अर्थात् सम्पत्ति आर्जन गर्दाको लागत मूल्यको आधारमा नै विगो कायम गर्नु मनासिव हुने भन्ने मापदण्ड कायम भएको छ । यसरी कुन अवधिको मूल्य कायम गर्ने र के आधारमा सम्पत्तिको मूल्याङ्कन गर्ने भन्ने सम्बन्धमा यस अदालतबाट स्थापित भइरहेको उक्त मापदण्डबाट एक निश्चित् न्यायिक दृष्टिकोण स्थापित भई रहेको अवस्था हुदा त्यसलाई यस इजलासले अवलम्बन गर्नु नपर्ने कुनै विवेकसम्मत कारण देखिएको छैन । तसर्थ सम्पत्ति आर्जन गर्दाको लागत मूल्यका आधारमा प्रतिवादीहरूको सम्पत्तिको मूल्याङ्कन गरी विगो कायम गर्ने गरेको विशेष अदालतको फैसलामा कुनै त्रुटि विद्यमान देखिन आएन 

            १२. आरोपपत्रमा प्रतिवादी युवराज शर्मा समेतले जाँच अवधिमा आर्जन गरेको सम्पत्तिलाई हालको मूल्यमा मूल्याङ्कन गरी रु.१,४०,७३,७६१।७० देखिएको भनी रु.३९,२८,५०९।७९ बराबरको स्रोत खुलेको र रु.१,०१,४५,२५१।९१ वरावरको स्रोत नखुलेको हुँदा स्रोत नखुलेको उक्त सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भनी दावी लिइएको छ । प्रतिवादी युवराज शर्माले अदालतमा वयान गर्दा आफूसँग भएको सम्पत्ति आफ्नो वैध आर्जन तलव, भत्ता, सेमिनार, गोष्ठी, परामर्शबापत प्राप्त रकम, विदेश भ्रमण जाँदा प्राप्त गरेको रकम, पैतृक सुन चाँदीलाई विभिन्न मितिमा विक्री गर्दा प्राप्त रकम बजैवाट प्राप्त रकमलाई लगानी गरी त्यसवाट बढे बढाएको तथा श्रीमतीको दाइजो पेवा, टीकाटाला आदिबाट प्राप्त रकमबाट बढे बढाएको सम्पत्ति हो, आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति वैध स्रोतवाटै आर्जन गरेको हुँदा जफत गरी सजाय हुनुपर्ने होइन भनी कसूरमा इन्कार रही वयान गरेका छन् । विशेष अदालतले फैसला गर्दा प्रतिवादीको नाममा देखिएको र साथमा रहेको जाँच अवधिमा आर्जन गरेको सम्पत्तिको विवरणलाई वास्तविक खर्च र मौजदातअनुसार देखिएको रकम भनी रु. ८२,५४,८०७।कायम गरेको पाइन्छ । यस सन्दर्भमा प्रतिवादीले जाँच अवधिमा आर्जन गरेको भनिएका चल अचल सम्पत्ति तथा गरेका खर्चहरूको बारेमा विशेष अदालतले गरेको विश्लेषण र त्यसमा निकालेको निष्कर्ष मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा देहायबमोजिम विषयगत रूपमा विश्लेषण गरिएको छ :

१३. आरोपपत्रमा काठमाडौं महानगरपालिका वडा नं ९ मा रहेको प्रतिवादी शीला पोखरेल (शर्मा) को नामको कि.नं. ३५५ र कि.नं.६१ को जग्गामा २०५४ सालमा तत्कालीन मूल्य रु.१८,८८,३०२।०२ मा घर (मुख्य भवन) निर्माण भएको लागत कायम गरी इन्टेरियर डेकोरेशन र फर्निचरसमेतको सम्बन्धित विशेषज्ञबाट मूल्याङ्कन गराई तत्कालीन समयको आधारभूत मूल्याङ्कन रु. २६,८१,७२०।०२ कायम गरिएको पाइन्छ । त्यसैगरी सोही स्थानमा २०५९ सालमा तत्कालीन मूल्य रु.२,२५,०४७।५६ मा निर्माण भएको सर्भेन्ट क्वाटर, २०५४ सालमा तत्कालीन मूल्य रु. १,४१,३५४।७५ मा निर्माण भएको ग्यारेज१ समेत गरी सवै संरचनाहरूको तत्कालीन लागत रु.३०,४८,१२२।३३ तथा हाल प्रचलित मूल्यअनुसार रु.३१,७६,०४३।७८ भनी दावी लिएको देखिन्छ । प्रतिवादीले अदालत समक्ष गरेको वयानमा उक्त घर निर्माण गर्दा करिव १२ लाख ५० हजार र सर्भेन्ट क्वाटर निर्माण गर्दा रु. १ लाख २५ हजार लागेको भनी जिकीर लिएको पाइन्छ । विशेष अदालतबाट सो स्थानमा रु.१८,८८,३०२।को घर, रु. २,११,८३४।को सर्भेन्ट क्वार्टर र रु.१,४१,३५५।को ग्यारेज निर्माण भएको भनी त्यसमा ओभरहेड र ठेक्का कर कटाई तथा विद्युतीय सामग्री र फर्निचरको मूल्याङ्कनलाई घर निर्माण लागतमा समावेश नहुने भनी छुट्टै हिसाव गरी घर निर्माण तर्फको कुल लागत रु.१८,३३,१९३।मात्र लागेको भनी लागत मूल्य कायम गरेको देखिन्छ । उल्लिखित सर्भेन्ट क्वाटर निर्माणमा रु.२,२५,०४७।५६ लागेको भन्ने प्राविधिकको मूल्याङ्कन प्रतिवेदन हुँदाहुँदै विशेष अदालतले त्यसलाई गलत रूपमा उल्लेख गरी रु.१३,२१३।५६ घटाएर हिसाव गरी उल्लेखन गरेको प्रथमदृष्टिमा नै त्रुटिपूर्ण देखिन आएको छ । यस विषय समेतका कुराहरूलाई तलका प्रकरणहरूमा समग्र रूपमा मूल्याङ्कन गरिने छ 

१४. आरोपपत्रमा हाल प्रचलित मूल्यका आधारमा दावी लिइएको देखिएतापनि विशेष अदालतबाट घर निर्माण गर्दाको तत्कालीन लागत मूल्यका आधारमा नै मूल्याङ्कन गरेको देखिएकोले मूल्याङ्कनको सो आधारसम्मलाई यस अदालतबाट स्थापित सिद्धान्त र मापदण्डसमेतका आधारमा अन्यथा भन्न मिल्ने देखिएन 

            १५. अव उक्त घरहरूको तत्कालीन लागत मूल्यबाट ओभरहेड र ठेक्का कर कटाएको तथा फर्निचर र विद्युतीय सामानको मूल्याङ्कन घरको लागतमा समावेश नहुने भनी छुट्टै हिसाव गरेको विशेष अदालत काठमाडौँको फैसला नमिलेको भन्ने पुनरावेदक वादी पक्षका विद्वान उपन्यायाधिवक्ताको बहस जिकीरतर्फ हेर्दा, अनुसन्धानको क्रममा विवादित घरको स्थलगत मूल्याङ्कन इञ्जिनियर प्रकिर्ण तुलाधरसमेतको प्राविधिक टोलीबाट भएको देखिन्छ । निजले पेश गरेको प्रतिवेदन हेर्दा उक्त मूल्याङ्कन नेपाल सरकारको स्वीकृत प्राप्त आधार दररेटअनुसार गरिएको र घर बनेको सालको दररेटको आधारमा नै मूल्याङ्कन गरिएको भन्ने उल्लेख भएको देखिन आउँछ । त्यस्तै घरको सिभिल इन्जिनियरिङ्ग निर्माण कार्यको अलग्गै दररेट कायम गरिएको र सो बाहेकका अन्य विशेष खालका कार्यहरू जस्तैःविद्युतीय संरचना, इन्टेरियर डेकोरेशन र फर्निचर आदिको मूल्याङ्कन सम्बन्धित विशेषज्ञहरूको प्रतिवेदनमा उल्लेख भएबमोजिम छुट्टाछुट्टै देखिने गरी मूल्यमा समावेश गरी कूल मूल्याङ्कन कायम गरिएको भन्ने समेत उल्लेख भएको देखिन आउँछ 

            १६. प्रतिवादी शीला पोखरेल (शर्मा) का नाममा रहेको घर (मुख्य भवन) को मूल्याङ्कन विवरण हेर्दा घरको सिभिल इञ्जिनियरिङ्ग निर्माण कार्यमा बाहेक विजुली, स्यानेटरी र साइट डेभलपमेन्टमा १२.५ प्रतिशत र फिनिसिङमा १० प्रतिशत लाग्ने भनी खर्च कायम गरेको देखिन्छ । त्यस्तै सर्भेण्ट क्वाटरमा विजुलीको २ प्रतिशत र साईट डेभलपमेन्टको २.५ प्रतिशत गरी ४.५ प्रतिशत मात्र तथा ग्यारेजमा विजुलीको १ प्रतिशतमात्र खर्च समावेश गरिएको देखिन्छ 

१७. यसरी घरको वास्तविक अवस्था ईन्टेरियर डेकोरेशन, फर्निसिङ्गको स्तर समेतको वस्तुस्थितिको आधारमा प्राविधिक मूल्याङ्कन भै आएको देखिएको छ । साथै उक्त मूल्याङ्कन विवरणमा ठेक्का कर र ओभरहेड खर्चसमेत समावेश गरिएको भन्ने उल्लेख भएको देखिंदैन । अनुसन्धानको क्रममा व्यक्तिले निजी तवरमा बनाएको घरको मूल्याङ्कन गर्न गएको इञ्जिनियर सहितको प्राविधिक टोलीले सो मूल्याङ्कनमा ठेकेदारले प्राप्त गर्ने ओभरहेड खर्च र निजले तिर्नु पर्ने ठेक्का कर समेत समावेश गरी मूल्याङ्कन गरेको होला भनी अनुमान गर्न मिल्दैन । उक्त घरको मूल्याङ्कन टोलीमा रही प्रतिवेदन पेश गर्ने इन्जिनियर प्रकिर्ण तुलाधरले अदालत समक्ष उपस्थित भई बकपत्र गर्दा घरको मूल्याङ्कन सरकारी दररेटअनुसार नै गरेको भनी निजले दिएको प्रतिवेदनको समर्थन गरी वकपत्र गरेको अवस्था छ । निजले उक्त मूल्याङ्कनमा ओभरहेड खर्च र ठेक्का कर समेत समावेश गरिएको भनी खुलाएको पाइँदैन । यस अवस्थामा प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम विशेषज्ञहरूको उक्त मूल्याङ्कन प्रतिवेदनलाई यस अदालतले प्रमाणमा लिनु पर्ने हुन आउँछ 

            १८. उल्लिखित आधारमा विशेष अदालतबाट शहरी विकास तथा भवन निर्माण विभागको मिति २०६४।४।९ को पत्रमा लेखी आएको भन्ने आधार लिई प्राविधिक मूल्याङ्कन प्रतिवेदन समेतबाट समावेश भएको नदेखिएको ओभरहेड खर्च र ठेक्का कर समेत समावेश भएको भनी विशेषज्ञको मूल्याङ्कन प्रतिवेदनमा उल्लेख नभएको प्रतिवादीको घर निर्माण लागतमा ओभरहेड खर्च र ठेक्का करबापत जम्मा २० प्रतिशत घटाएर घर निर्माणको लागत कायम गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण देखिन आउँछ । यस अदालतले यस्तै विषय समावेश रहेको पुनरावेदक नेपाल सरकार विरुद्ध मुरारीबहादुर कार्की भएको भ्रष्टाचार मुद्दामा (फौ.पु.नं.०६५CR०००९, फैसला मिति २०६९।२।३) प्राविधिक मूल्याङ्कन प्रतिवेदन समेतबाट समावेश नभएको ओभरहेड खर्च र ठेक्का कर समावेश भएको भनी मूल्याङ्कन प्रतिवेदनमा उल्लेख नभएको प्रतिवादीको घर निर्माण लागतमा ओभरहेड खर्च बापत १५ प्रतिशत र ठेक्का करबापत ५ प्रतिशत गरी जम्मा २० प्रतिशत घटाएको मिलेको देखिएन भनी सिद्धान्त कायम भएको छ । उक्त सिद्धान्त र मापदण्डसँग यो इजलास असहमत हुनुपर्ने कुनै कारण नभएको हुँदा प्रस्तुत मुद्दामा ओभरहेड खर्च र ठेक्का कर घटाएर घर निर्माणको लागत कायम गर्न मिल्ने देखिन आएन 

            १९. त्यसैगरी इन्टेरियर डेकोरेशन, विधुतीय सामान र फर्निचरलाई घरको लागत मूल्यमा समावेश नहुने भनी विशेष अदालतले सोको छुट्टै हिसाव गरेको मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा विचार गर्दा माथि उल्लेख गरिएको घरको मूल्याङ्कन विवरणबाट घरको निर्माण लागतको अनुपातमा ईन्टेरियर डेकोरेशन, फर्निचर र विद्युतीय सामानको पनि निश्चित प्रतिशत कायम गरी मूल्याङ्कन गर्ने प्राविधिक मापदण्ड नै रहेको भन्ने देखिन आएको छ । सम्बधित क्षेत्रका विशेषज्ञबाट मूल्याङ्कन गरी प्रतिवेदन पेश भई अदालतमा बकपत्र गर्दा त्यस्तो प्रतिवेदनलाई समर्थन र पुष्टि गरेको अवस्थामा त्यस्तो प्राविधिक विषयलाई अदालतबाट अनुमानको भरमा हचुवा तवरले अन्यथा ठहर गर्नु युक्तियुक्त र न्यायोचित हुन सक्दैन । अतः विवादित घर (मूख्य भवन), सर्भेन्ट क्वाटर र ग्यारेजका सबै संरचनाको मूल्याङ्कन गरी सम्बन्धित प्राविधिकले प्रतिवेदनमा उल्लेख गरेको तत्कालीन मूल्य रु.३०,४८,१२२।३३ नै घर निर्माणको वास्तविक लागत मूल्य कायम हुन आउने देखिन्छ 

२०. प्रतिवादीले अनमोल क्याटरिङ्गमा रु. १८ लाखको शेयरमा लगानी गरेको भनी सम्पत्ति न्यायिक छानबीन आयोगसमेतमा लिखित रूपमा स्वीकार गरी रहेकोमा सो शेयर लगानीलाई प्रतिवादीको सम्पत्तिमा गणना नगरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भनी पुनरावेदन पत्र र पुनरावेदक तर्फबाट बहस गर्नु हुने विद्वान उपन्यायाधीवक्ताले जिकीर लिनु भएको छ । सो सम्बन्धमा हेर्दा, आरोपपत्रमा प्रतिवादी युवराज शर्माले पटकपटक रु.१८ लाखको शेयर लगानी गरेको भनी सम्पत्ति विवरणमा उल्लेख गरी स्वीकार गरेको तर सो कम्पनीको प्रवन्ध पत्र र नियमावलीमा निजले कुनै पनि रकमको शेयर खरिद गरेको कुरा उल्लेख भएको नदेखिए तापनि उक्त शेयरमा लगानी गरेको रकम रु.१८,००,०००।निज प्रतिवादीको आयमा गणना गरी शेयरबापतको रकम कव्जा गरी जफत गर्न सकिने स्थितिमा नरहेकोले सो रकम वरावरको विगो प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्तिबाट जफत गरी असूलउपर गरिपाऊँ भनी दावी लिएको पाइन्छ 

            २१. प्रतिवादी युवराज शर्माले अनमोल क्याटरिङ्गको शेयर खरिद गर्ने कुरासम्म भएको तर खरिद नगरेको हुँदा सो शेयरको रकम रु.१८,००,०००।सम्पत्तिमा गणना हुन नहुने भन्ने जिकीर लिएको देखिन्छ । विशेष अदालत काठमाडौँले शेयर लिएको भन्ने कुरा अनमोल क्याटरिङ्गको अभिलेखमा नदेखिएको र अस्तित्वमा नै नभएको शेयरमा मौद्रिक लगानी गरेको मान्न मिल्ने नदेखिएको भन्दै त्यसलाई सम्पत्तिमा गणना गरेको पाइदैन । प्रतिवादीले आफ्नो नाममा अनमोल क्याटरिङ्ग प्रा.लि.को मिति २०५८।१२।२० मा रु.१८ लाखको शेयर खरिद गरेको कुरा निजले स्वघोषित रूपमा मिति २०५९।३।१० मा सम्पत्ति न्यायिक जाँचवुझ आयोगमा पेश गरेको सम्पत्ति विवरण, मिति २०५९।६।१ मा आफू कार्यरत रहेको मन्त्रालय मार्फत निजामती किताव खानामा पेश गरेको सम्पत्ति विवरण र आयोगसमक्ष मिति २०५९।८।९ मा पेश गरेको विवरणमा समेत सो कम्पनीको शेयर खरिद गरेको व्यहोरा उल्लेख गरेको कुरा संलग्न प्रमाणबाट देखिएको छ । प्रतिवादी युवराज शर्मा २०३६ सालदेखि निरन्तर रूपमा सार्वजनिक सेवाका विभिन्न पदमा कार्यरत रहेको र यस क्रममा निज आफैपनि विद्यमान ऐन नियमको कार्यान्वयन गर्ने अख्तियारवाला पदमासमेत बसेर जिम्मेवारी निर्वाह गरेको देखिन्छ । निजले आयल निगमको महाप्रवन्धक जस्तो जिम्मेवार पदमा समेत रहेर काम गरेको पाइयो । त्यस्तो व्यक्तिले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण कानूनले निर्देश गरेबमोजिम राज्यको आधिकारिक निकायमा लिखित रूपमा पेश गर्दा त्यसबाट के कस्तो जवाफदेहिता निर्वाह गर्नु पर्ने हो र त्यसबाट के कस्तो परिणाम उत्पन्न हुनसक्ने हो भन्ने कुरा तर्फ सोच विचार गरेनन् होला भनी अनुमान गर्न सकिदैन । निज प्रतिवादीले त्यसरी विवरण भर्दा लेखिएको विवरण सत्यसाँचो हो भनी लिखित रूपमा कबुलसमेत गरेको पाइन्छ । निजले एक पटकमात्र नभई तीन पटक सम्पत्ति विवरण भर्दा समेत अनमोल क्याटरिङ्गमा शेयर किनेको कुरा उल्लेख गरेको अवस्था छ । मिति २०५८।१२।२० मा शेयर गरिद गरेको भनी करिव ८ महिना पछिसम्म अर्थात् २०५९।६।१ र २०५९।८।९ मा स्वीकार गरेको पाइन्छ 

२२. यस सन्दर्भमा अनमोल क्याटरिङ्ग प्रा.लि.को प्रकृति र शेयर खरिद विक्रीको प्रक्रिया समेत विचारणीय हुन आउछ । उक्त कम्पनी प्राईभेट कम्पनीको रूपमा रहेको देखिन  आउँछ । यो जनसाधारणको लगानी भएको वा सरकारी लगानी भएको पब्लिक कम्पनी होइन । प्राईभेट कम्पनीले कम्पनीका आफ्ना कामकारवाहीहरू र गतिविधीहरू सार्वजनिक गरी रहनु अनिवार्यता हुदैन । यस्ता कम्पनीको कामकारवाही र गतिविधिहरूमा सरकारी वा नियमनकारी निकायको चासो कम हुने र नियन्त्रण पनि कमजोर हुन्छ । कतिपय अवस्थामा संस्थागत सुशासनका नियमहरू कडा रूपमा पालना गरिएका पाइँदैनन् । प्राईभेट कम्पनीको शेयर किनवेच संस्थापकहरूसँग सम्बन्धित नातेदार, साथीभाइ वा चिनेजानेका ब्यक्तिबीच गोप्य र अनौपचारिक तवरबाट हुनसक्ने अवस्थालाई इन्कार गर्न सकिँदैन । शेयर किनबेचका लागि सम्बन्धित नियमनकारी निकायको पूर्व अनुमति चाहिँदैन । शेयर खरिद गरेपछिको निश्चित समयभित्र जानकारीसम्म गराउने हो 

२३. उल्लिखित परिप्रेक्ष्यबाट समेत हेर्दा सम्बन्धित कम्पनी र कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखवाट प्रतिवादी युवराज शर्माको नाममा उक्त कम्पनीको शेयर स्वामित्व नदेखिएको भन्ने आधारलेमात्र प्रस्तुत विवाद पर्नु अगावै स्वतन्त्र रूपमा प्रतिवादीले आधिकारिक निकायमा पेश गरेको विवरण अन्यथा हो भन्न नमिल्ने हुँदा यी प्रतिवादीले त्यस कम्पनीको शेयर खरिद गरेनन् होला भनी निष्कर्षमा पुग्न मिल्ने देखिँदैन । अतः अनमोल क्याटरिङ्ग प्रा.लि.को शेयरलाई प्रतिवादीको सम्पत्तिमा गणना नगरेको विशेष अदालत काठमाडौँको फैसला मनासिव नदेखिएकोले उक्त प्रा.लि.मा प्रतिवादीले रु.१८,००,०००। लगानी गरेको अवस्थालाई इन्कार गर्न नमिल्ने हुँदा सो रकमलाई निजको सम्पत्तिमा गणना गर्नुपर्ने देखिन आयो 

२४. प्रतिवादी युवराज शर्मा र शीला पोखरेल (शर्मा) का नाममा मौजुद रहेका विभिन्न कित्ता जग्गाको हालको मूल्याङ्कन गरी सो जग्गाको मोल रु. ३४,४४,५००।हुने भनी आरोपपत्रमा उल्लेख गरिएको र प्रतिवादीले सो जग्गा प्राप्त गर्दा रु.५,६२,९७५।लागेको भनी जिकीर लिएकोमा विशेष अदालतले मालपोत कार्यालयबाट जग्गा पारीत हँुदा लिखतमा अङ्कित मोललाई मान्यता दिई रु.५,६२,९७५।लाई जग्गा प्राप्त गर्दा प्रतिवादीले लगानी गरेको सम्पत्तिका रूपमा गणना गरेको पाइन्छ । यस अदालतले पनि जग्गाको मूल्याङ्कन कायम गर्दा सामान्यतः अन्यथा प्रमाणित नभएसम्म लिखतमा अङ्कित मोललाई मान्यता दिई सोही अनुसार सम्पत्तिको गणना गर्ने मान्यतालाई आत्मसात गरी आएको हुँदा लिखत मूल्यका आधारमा मूल्याङ्कन कायम गरेको मनासिव देखिन्छ । तर प्रतिवादीले सार्वजनिक पद धारण गरेपछि खरिद गरेको भनी दावी लिइएको आरोपपत्रको तालिका नं.३ को क्र.सं. २ मा उल्लेख भएको कि.नं.३२८ हाल कायम कि.नं. ६४८७ को जग्गा, र क्र.सं. ५ मा उल्लेख भएको कि.नं.३५५ को हाल कायम कि.नं.४३६ को जग्गा समेत प्रतिवादीलाई अंशबण्डाबाट प्राप्त हुन आएको र निजको निजी मौद्रिक आर्जन लागेको नदेखिएको भनी विशेष अदालतले ती जग्गाको मोल रु.१,१७,०००।घटाई सम्पत्तिको गणना गरेको पाइयो 

२५. उल्लिखित कि.नं.३२८ को १० रोपनी जग्गा प्रतिवादी युवराज शर्माको नाममा जाँच अवधिभित्रै निजको तलवसमेतको आम्दानीबाट खरिद गरेकोमा अंशबण्डाबाट निजका भागमा ०० जग्गा परेको तथा कि.नं. ३५५ को ०० विगाहा जग्गा पनि जाँच अवधिभित्रै प्रतिवादीको तलवसमेतबाट खरिद गरेकोमा अंशबण्डाबाट निजका भागमा ०६ जग्गा परेको र त्यसमा समानुपातिक हिसावले यी प्रतिवादीको क्रमशः रु.२८,१२५। र रु.३,०००। लगानी परेको भनी आरोपपत्रमा दावी लिइएको छ । त्यस सम्बन्धमा प्रतिवादीले अन्यथा जिकीर लिन नसकेको र निज प्रतिवादीले रकम लगानी गरी खरिद गरेको देखिई रहेको अवस्थामा विना आधार र प्रमाण उक्त जग्गामा प्रतिवादीको लगानी नपरेको भन्दै सम्पत्तिमा गणना नगरेको विशेष अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिन आयो । उक्त जग्गा खरिद गर्दा परेको प्रतिवादी हिस्साको लगानी रु.३१,१२५। समेत प्रतिवादीको जग्गा खरिद तर्फको लगानी रु.५,९४,१००।कायम हुन्छ 

            २६. प्रतिवादीको स्वामित्वमा रहेका अन्य सम्पत्तिहरूः शेयरमा गरेको लगानी, राष्ट्रिय वचतपत्र, सवारी साधन, बैंक मौजदात र सुनचाँदीका सम्बन्धमा विशेष अदालतबाट गरिएको विश्लेषण र कायम गरिएको मूल्यांङ्कनका सम्बन्धमा विवाद नरहेकाले त्यस सम्बन्धमा थप विवेचना गरिरहनु परेन । तसर्थ ती सम्पत्तिको हकमा विशेष अदालतले प्रतिवादीको मौजुद सम्पत्तिका रूपमा गणना गरी कायम गरेको मूल्याङ्कनलाई अन्यथा गरी रहनु आवश्यक देखिन आएन । ईन्टेरियर डेकोरेशन, फर्निचर र अन्य विद्युतीय सामानको मूल्यलाई विशेषज्ञको प्रतिवेदनअनुसार घरको मूल्याङ्कनमा नै समावेश गरेर गणना गरी सकिएकाले त्यसलाई पुनः विचार गर्नु पर्ने अवस्था समेत भएन 

२७. प्रतिवादी युवराज शर्मासमेतको आयस्रोतको विश्लेषण

प्रतिवादी युवराज शर्मा २०३६ साल भदौ १९ देखि मेकानिकन इञ्जिनियरमा प्रवेश गरी हवाई विभाग, सडक विभाग, श्रम विभागअन्तर्गत कारखाना निरीक्षक हुँदै वरिष्ठ कारखाना निरीक्षक, नेपाल आयल निगमको महाप्रवन्धकलगायतका विभिन्न पदमा काम गरेको देखिन्छ । आरोपपत्रमा प्रतिवादीले ती पदहरूमा काम गर्दा निजले प्राप्त गरको तलव भत्तालाई आयको रूपमा स्वीकार गरिएतापनि यकीनसाथ यति रकम प्राप्त गरेको भनी किटान भएको पाईदैन । प्रतिवादी युवराज शर्माले उल्लिखित पदहरूमा काम गर्दा र २०३६ साल अगाडिको सार्वजनिक सेवामा काम गर्दा समेत गरी तलव भत्ताको रूपमा रु.१५,२०,१८०।प्राप्त गरेको भनी जिकीर लिएको अवस्था रहेको छ । विशेष अदालतले जाँच अवधिमा निज प्रतिवादीले तलव भत्ताबापत रु.१४,८३,१८०।प्राप्त गरको देखिएको भनी सो रकम निजको आयमा समावेश गरेको पाइयो । विशेष अदालतले प्रतिवादीको उक्त आयमा निजले ई.एस.पी.एस.बाट प्राप्त गरेको भनी दावी गरेको रु.दुईलाखको आयलाई समेत जोडेको पाइयो 

सार्वजनिक पद धारण गरेको व्यक्तिको प्रमुख आम्दानीको रूपमा सरकार अथवा सम्बन्धित संस्थाबाट प्राप्त भएको तलवभत्ता हुने भएको र त्यसरी प्राप्त गरेको मौद्रिक आर्जनको रकमलाई आयको रूपमा गणना गर्नु स्वाभाविक हुन्छ । मिसिल संलग्न कागजातहरूमा निजले विभिन्न कार्यालयबाट तलवभत्ता भुक्तानीबापत प्राप्त गरेको रकमसमेत उल्लेख भई आएको पाइन्छ । प्रतिवादीलेसमेत त्यसको फेहरिस्त पेश गरेको देखिन्छ । यस अदालतले पनि राष्ट्रसेवकले प्राप्त गरेको तलवभत्ताको रकमलाई वचत हुने आयको रूपमा मानी आएको छ 

जहाँसम्म प्रतिवादीले ई.एस.पी.एस.बाट प्राप्त गरेको भनिएको रु. दुई लाखको रकमको सन्दर्भ छ त्यस सम्बन्धमा विचार गर्नुपर्ने हुन आएको छ । प्रतिवादीले ई.एस.पी.एस.मा कम्पोनेन्ट मेनेजरको रूपमा काम गरेको र त्यस पदको हैसियतमा कुनै छुट्टै सुविधा दिइएको थिएन भनी बयान गरेको पाइन्छ । निज त्यस संस्थामा काम गर्दाको अवधिमा पदाधिकार रहेको कार्यालयबाट प्राप्त गरेको तलवभत्तालाई अलग रूपमा जोडिई सकेको छ । त्यस संस्थाबाट प्रतिवादी विदेश जाँदा, देशभित्र विभिन्न कार्यक्रम सञ्चालन गर्दा र त्यसको लागि भ्रमण गर्दा विभिन्न रकम प्राप्त गरेको भनी निजले दावी गरेको देखिएको छ । त्यस संस्थाबाट वैदेशिक भ्रमणमा जाँदा निजलाई प्राप्त भएको भत्ताको बारेमा अलग शीर्षकमा विश्लेषण गरिनेछ । मिसिल संलग्न कागज प्रमाणबाट निज प्रतिवादीले उक्त संस्थाबाट सञ्चालित विभिन्न कार्यक्रम र क्रियाकलापहरूमा कार्यपत्र प्रस्तुती, सहजकर्ता भत्ता र सेमिनार भत्तालगायतमा रु.१,१६,९७९। प्राप्त गरेको देखिन आएको हुँदा त्यती बराबरको रकम निजको आयमा गणना हुने देखियो । निज प्रतिवादीले पाउने देखिएको उपरोक्त रकमभन्दा बढी अर्थात् महिला कामदार ट्रेनिङ्ग सञ्चालनबापतको खर्च र सुरक्षा सप्ताह मनाउदा लागेको खर्चको भुक्तानीबापतमा लिएको रकमलाई समेत निजको आयको रूपमा जिकीर लिएको र विशेष अदालतले पनि सो रकमलाई निजको आयको रूपमा मान्यता दिएको पाइन्छ । परन्तु त्यस्तो कार्यक्रम सञ्चालन गर्नको लागि सञ्चालन खर्च बापत संस्थाबाट बुझेको रु. ८३,७६७।रकम सम्बन्धित कार्यमा नै खर्च भै जाने र बिलअनुसार फछ्र्यौट गर्नुपर्ने हुँदा त्यस्तो रकमलाई समेत प्रतिवादीको आम्दानी मान्न मिल्ने देखिएन ।  कार्यक्रम सञ्चालन खर्च बापत बुझी लिएको रकमलाई समेत आयको रूपमा गणना गरेको विशेष अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिएको छ । अतः प्रतिवादी युवराज शर्माले जाँच अवधिमा तलबभत्ताबापत रु.१४,००,१५९। प्राप्त गरेको देखिँदा सो बराबरको रकम निजको तलवभत्ताको आय कायम हुन्छ 

प्रतिवादी युवराज शर्मालाई वैदेशिक भ्रमण भत्ताबापतमा हचुवाको आधारमा विशेष अदालतले रु.९,७७,७४०।निजको आयमा जोडेको त्रुटिपूर्ण रहेको भनी पुनरावेदक तर्फका उपन्यायाधीवक्ताले इजलास समक्ष जिकीर लिएको पाइयो । निज प्रतिवादी तालिम सेमिनार जस्ता विभिन्न कार्यक्रममा भाग लिन विदेश भ्रमण गरेको र त्यसबाट रकम वचत गरेको कुरालाई आरोपपत्रमा उल्लेख गरिएतापनि के कति रकम प्राप्त गरेको र वचत भएको हो भन्ने स्पष्ट किटान हुन सकेको पाईदैन । आरोपपत्रमा २०४८ सालमा विदेश भ्रमणबाट अमेरिकी डलर १,०००, २०४९।१२।१० मा ११००, २०५५,२०५६ मा ३४००, २०५८।१।२८ मा ६८० र ०५८।३।२२ मा ६१० अमेरिकी डलर प्राप्त गरेको र त्यसको ७० प्रतिशतले वचत हुने भनी उल्लेख भएको देखियो । प्रतिवादीले वयान गर्दा वैदेशिक भ्रमणबाट आफूले रु. १० लाख प्राप्त गरेको भनी दावी गरेको पाइन्छ । विशेष अदालतले प्रतिवादीले दावी गरेको भन्दा बढी रु.१३,९६,७७२।विदेश भ्रमणबाट प्राप्त गरको मानी त्यसमध्ये ७० प्रतिशतले हुने रु.९,७७,७४०।वचत हुन सक्ने हुदा सो रकम रु.९,७७,७४०।निजको आयमा जोड्नुपर्ने ठहर गरेको पाइन्छ 

मिसिल संलग्न प्रमाणबाट प्रतिवादी युवराज शर्माले अमेरिका, बैंकक, मलेशिया, ष्ट्रलिया, स्वीडेनलगायतका विभिन्न मुलुकमा भ्रमण गरेको देखिन्छ । तर ती सम्पूर्ण भ्रमणहरूबाट निज प्रतिवादीले के कति रकम प्राप्त गरेको हो भन्ने कुराको भरपर्दो र वस्तुनिष्ठ प्रमाण पेश गर्न सकेको पाईदैन, केवल भ्रमणका लागि मनोनयन भएको, काज स्वीकृत भएको अथवा भ्रमणको प्रमाणपत्रसम्म पेश गरेको देखिन्छ । विदेश भ्रमणबाट प्राप्त गरेको रकममध्ये ७० प्रतिशत रकमसम्म वचत हुन सक्ने भनी यस्ता प्रकृतिका अन्य मुद्दामा यस अदालतले मान्यता दिदै आएकोले यस मुद्दामा पनि सोही आधार र अनुपातमा प्रतिवादीको आयको गणना गर्नु पर्ने भएको हुनाले प्रतिवादीले वयानमा जिकीर गरेको रु.१०,००,०००। को ७० प्रतिशतले हुने रु.७,००,०००।निजको वैदेशिक भ्रमणबापतको आय कायम हुन्छ 

२८. घर भाडा

नेपालगञ्जमा प्रतिवादीको नाममा रहेको घरबाट घरभाडा प्राप्त गरेको कुरा वादी पक्षले आरोपपत्रमा उल्लेख गरेपनि रकम किटान भएको देखिदैन । प्रतिवादी युवराज शर्माले सो घरमा २०४७ सालदेखि २०५९ सम्म बार्षिक सरदर छ हजारका दरले सात लाख बीसहजार घरभाडाबापतमा प्राप्त गरेको भनी दावी लिएको पाइन्छ । विशेष अदालत काठमाडौँले घर भाडाबापत कुल रु.६,७३,४५१।प्राप्त गरेको भनी त्यति रकम प्रतिवादीको आयमा समावेश गरेको पाइयो । सो अदालतले उक्त घरमा २०५२ पौष देखि २०५९ कात्तिकसम्म श्रम कार्यालय भाडामा बसेको देखिएको भनी सो कार्यालयले त्यस अवधिमा तिरेको भाडाको दरलाई नै २०४७ मंसिरदेखि २०५२ मंसिरसम्मको पनि भाडादर कायम गरी आयमा समावेश गरेको पाइयो 

प्रतिवादीको उक्त घर आठ कोठे पक्की रहेको र नेपालगञ्जको बजारमा अवस्थित रहेको देखिएको छ । सो घरमा २०५२ पुसदेखि २०५९ कात्तिकसम्म श्रम कार्यालयले भाडामा लिई बसेको पेश भएको प्रमाणबाट देखिएको र त्यसरी भाडामा लिएबापत सो कार्यालयवाट रु.४,५७,९५१।भाडाको रकमसमेत भुक्तानी भएको संलग्न प्रमाणबाट देखिदा त्यसलाई यस अदालतले अन्यथा रूपमा लिनु पर्ने कारण देखिएन 

२०५२ पुसभन्दा अगाडि उक्त घरमा राजश्व न्यायाधीकरण नेपालगञ्ज र व्यक्तिले समेत भाडामा लिई बसेको तथा त्यस बीचमा बहाल कर तिरेको समेत मिसिल प्रमाणबाट देखिन आएको छ । वस्तुतः घरभाडाको दर समयअनुसार परिवर्तन हुनु स्वाभाविक हुन्छ । चारपाँच वर्ष अगाडिको भाडा दर र त्यसभन्दा पछाडिको भाडा दर समान हुन्छ भन्नु स्वाभाविक हुदैन । प्रतिवादीको घरमा २०४८ साउनदेखि भाडामा लगाउने गरी सम्झौता भई सोको दरसमेत उल्लेख भएको कागजात प्रतिवादीले पेश गरेको र २०४८ साउन देखि ऐ.मंसिर मसान्तसम्म प्रति महिना रु.३,५००।को सम्झौता हुँदा त्यस अवधिमा नियमानुसार कर कट्टी गरी रु.१४,८७५। प्राप्त गरेको देखिन्छ भने २०४८ पुस देखि २०५२ कात्तिक मसान्तसम्म रु.४,०००। को दरले कर कट्टिगरी रु १,५६,४०० । प्राप्त गरेको देखिन्छ । २०४८ साउन भन्दा अगाडि र २०५२ पुस महिनामा प्रतिवादीको घर भाडामा लागेको भन्ने नदेखिँदा त्यस अवधिमा निजलाई घरभाडाबाट आय प्राप्त भएको मान्न मिलेन । तसर्थ प्रतिवादीले घरभाडाबापतमा रु.६,२९,२२६। आय प्राप्त गरेको देखिँदा सोही रकम बराबर घरभाडा आय कायम गर्नु पर्नेमा रु. ६,७३,४५१।कायम गरेको विशेष अदालतको फैसला सो हदसम्म त्रुटिपूर्ण देखिन आयो 

 

२९. जग्गा बिक्रीबाट प्राप्त आय

प्रतिवादीलाई जग्गा बिक्रीबाट पनि आय प्राप्त भएको भन्ने कुरा आरोपपत्रमा उल्लेख गरेको पाइन्छ । तर रकम किटान भएको पाइदैन । आरोपपत्रमा प्रतिवादी युवराज शर्मा र निजकी श्रीमती शीला पोखरेल (शर्मा) का नामका नेपालगञ्ज ८ अन्तर्गतको ज.वि.०१९.५, ६.७५ मिति २०४६।२।३ मा, सोही स्थानको ज.वि. ०१० मिति २०४८।२।१ मा, २.५ मिति २०४८।२।९ मा, १८ मिति २०४८।४।९मा र बाँके रझेना १(ग) को ०१०.५ मिति २०४२।९।२ मा विक्री गरी आय भएको कुरा खुलाइएको पाइयो । प्रतिवादी युवराज शर्माले निजकी श्रीमतीलाई माइतीबाट प्राप्त भएका र आफ्ना जग्गा समेत बिक्री गरी आय प्राप्त भएको भनी जिकीर लिएको अवस्था छ । मिसिल संलग्न प्रमाणबाट प्रतिवादी शीला पोखरेलका नामको नेपालगञ्जका विभिन्न कित्ताका जग्गाहरू मिति २०४६।२।३, मिति २०४८।२।१, मिति २०४९।२।९, मिति २०५२।९।२, मिति २०५३।२।९ तथा प्रतिवादी युवराज शर्माका नामको दाङको ज.वि. ०० र ०४ जग्गा मिति २०५४।१।९ मा विक्री गरेको देखिएको छ । त्यसरी विक्री भएको जग्गाको लिखत पारीत हुदा अङ्कित भएको मूल्यको आधारमा जम्मा रकम रु.४,१८,२७२।को जग्गा विक्री भएको देखिन आएको र त्यति रकम नै प्रतिवादीले आयको रूपमा प्राप्त गरेको भनी मान्नु पर्ने भएको हुँदा जग्गा विक्रीबाट निज प्रतिवादी लाई रु.४,१८,२७२।प्राप्त भएको भनी विशेष अदालतले निकालेको निष्कर्षमा अन्यथा विचार गरी रहनु पर्ने देखिएन 

 

३०. काठ बिक्रीबाट प्राप्त आय

प्रतिवादीले दाङ मानपुरमा रहेको जग्गामा रुख रहेको र त्यसको काठ काठमाडौंमा ल्याई विक्री गर्दा रु.३,००,०००।आम्दानी भएको भनी जिकीर लिएको पाइन्छ । विशेष अदालतले रुख विक्री भएको भन्ने प्रतिवादीको जिकीर प्रमाणबाट समर्थित भएको भनी त्यसबापतमा प्राप्त भएको रु.३,००,०००।निजको आयमा समावेश गरेको पाइयो । मिसिल संलग्न मानपुर गा.वि.स.को मिति २०४५।६।२१ को सिफारिश पत्रमा प्रतिवादी युवराज शर्माको दाङ मानपुरको जग्गामा साल सिसौसमेतका रुखहरू रहेका र त्यसबाट आउने काठ जिल्ला बाहिर काठमाडौँ र पोखरामा लागी विक्री गरेमा आपत्ति नहुने भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । त्यस्तै मिति २०५४।२।१२ मा मूल्य अभिवृद्धि कर दाङमा राजश्व दाखिल भएको आधारमा मिति २०५४।२।१३ मा वन कार्यालय दाङले काठ विक्री गर्न इजाजत पत्र दिएको प्रमाणसमेत पेश भएको देखिँदा काठ विक्रीबापतमा रु.३,००,०००।प्रतिवादीको आयमा समावेश गरेको विशेष अदालतको विश्लेषण र निष्कर्षमा कुनै परिवर्तन गर्नुपर्ने देखिन आएन 

 

३१. वचतपत्र ब्याज र वैङ्क ब्याज

पुनरावेदक वादी नेपाल सरकारकातर्फबाट बहस गर्नु हुने उपन्यायाधिवक्ताले वचतपत्रबाट र बैंकबाट प्राप्त भएको व्याजलाई वैध आयको रूपमा गणना गर्नको लागि साँवाको स्रोत पुष्टि हुन पर्ने र व्याज रकमलाई मूल स्रोतको रूपमा आयमा गणना गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भनी जिकीर लिएको पाइन्छ । त्यसैगरी प्रतिवादीतर्फका कानून व्यवसायीहरूले प्रमाणबाट नै व्याज प्राप्त भएको कुरा पुष्टि भई रहेको हुनाले त्यसलाई आयमा गणना गरेको मनासिव छ भनी जिकीर लिएको पाइन्छ । आरोपपत्रमा प्रतिवादीलाई व्याजबापतमा आय प्राप्त भएको कुरालाई स्वीकार गरिएको पाइदैन । प्रतिवादी युवराज शर्माले आफूलाई वचतपत्र र बैंक व्याजबापतमा करिव पाँचलाख प्राप्त भएको भनी जिकीर लिएको पाइन्छ । विशेष अदालतले राष्ट्रिय वचतपत्रबाट प्रतिवादीलाइ रु.१,८७,०००।तथा निजको विभिन्न बैंकमा रहेको खाताबाट रु.६,१०,८३१।व्याज प्राप्त भएको देखिएको भनी दुवैतर्फको जम्मा ब्याज रु.७,९७,८३१।निजको आयमा समावेश गरेको पाइयो 

प्रतिवादी युवराज शर्मा, निजकी श्रीमती शीला पोखरेल (शर्मा) र निजका छोरा प्रशन्न पोखरेलका नाममा रहेका विभिन्न बैंक खाताका रकमबाट प्रतिवादीलाई २०३७ सालदेखि २०५९ सालसम्म दुई लाख पचास हजार व्याज प्राप्त गरेको भनी वयानमा निज प्रतिवादीले जिकीर लिएकोमा त्यो भन्दा पनि बढी रकमलाई व्याजबापत प्रतिवादीको आयमा गणना गरेको विशेष अदालतको फैसला प्रथमदृष्टिमा नै त्रुटिपूर्ण देखिन आएको छ । प्रतिवादीहरूले दावी गरेका बैंक खाताहरूमा २०३६/२०३७ सालदेखी कारोवार भएको र व्याज प्राप्त भएको तथा त्यसैको आधारमा व्याज आय भएको भनी दावी गरेको देखिन आएको छ । ती खाताहरूवाट प्रतिवादीहरूले विभिन्न मितिमा बैंकमा रकम जम्मा गर्ने र झिक्ने गरी कारोवार गरेको, त्यसमा धेरै रकमको कारोवार गरेको देखिएको, त्यसक्रममा निश्चित समयावधि पछि खातामा जम्मा भएको व्याज रकमसमेत निजहरूको मौजदात रकममा जोडिएको र रकम झिकिएको प्रमाणबाट देखिएको छ 

आरोपपत्रमा बैंकबाट झिकिएको रकमलाई दावी नलिई मौजदात रहेको रकमलाईमात्र प्रतिवादीको सम्पत्तिमा गणना गरी रु.५,३४,५००। लाई मात्र बैंक मौजदात मानिएको छ । यसमा प्रतिवादीले समेत अन्यथा भन्न सकेको अवस्था छैन । यसरी अहिलेको अवस्थामा न त विशेष अदालतले आयमा गणना गरेबमोजिमको रकम बैंक व्याज मौजदात रहेको देखिन्छ न सो बराबरको व्याज प्राप्त हुने स्रोत अर्थात् मूल धन नै बैंक खातामा रहेको अवस्था छ । हाल बैंक खातामा मौजदात रहेको रु.५,३४,५००। को व्याज आय रु.६,१०,८३१।हुने भनी मान्यता प्रदान गर्दा परिणामतः बैंक खातामा रहेको मौजदातको स्रोत व्याजबाटै पुष्टि हुने अवस्था आउँछ जुनकुरा कानूनसम्मत हुन सक्दैन । यस्तै विषय समावेश रहेको नेपाल सरकार विरुद्ध निरञ्जन बाबु श्रेष्ठ भएको भ्रष्टाचार मुद्दामा (फौ.पु.नं.०६५CR००६४ फैसला मिति २०६९।३।२९) वस्तुतः व्याज बैंकमा रहेको मौजदातबाट बढेबढाएको सम्पत्ति हुँदा त्यसलाई सम्पत्ति वा आयको स्वतन्त्र मान्यता दिन नमिल्ने भनी सिद्धान्त समेत स्थापित भई रहेको छ । उक्त सिद्धान्त र मापदण्डसँग यो इजलास असहमत हुनुपर्ने कुनै तर्कसंगत कारण रहेको छैन । तसर्थ विशेष अदालतले प्रतिवादीहरूको बैंकमा रहेको खाताबाट रु.६,१०,८३१।व्याज प्राप्त भएको देखिएको भनी सो रकमलाई आयमा गणना गरेको मिलेको देखिन आएन 

            अब प्रतिवादीले वचतपत्रवाट प्राप्त गरेको व्याजको आय सम्बन्धमा विचार गर्दा, निज प्रतिवादीले वचतपत्रबाट रु.१,८७,०००।व्याज प्राप्त गरेको भनी जिकीर लिँदै प्रतिवादी शीला पोखरेलका नाममा २०५६ र २०५७ सालमा खरिद गरेको रु.९,००,०००।को वचतपत्रबाट रु.१,८७,०००।व्याज प्राप्त गरेको भनी प्रमाण पेश गरेको देखिन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०५९।११।८ को पत्रबाट उक्त ब्याज रकम फुकुवा गरिदिन नेपाल राष्ट्र बैंकमा लेखी गएकोमा नेपाल राष्ट्र बैंकको मिति २०५९।११।३० को पत्रबाट फुकुवा गरिएको सो व्याज रकमलाई समेत विशेष अदालतले प्रतिवादीको ब्याज आयको मान्यता दिएको देखिन आउँछ । यसबाट जाँच अवधिको पछिल्लो अवधिमा मात्र फुकुवा भएको उक्त रकम लगानी भएको वा अन्य सम्पत्ति आर्जन गर्दा प्रयोग भएको अवस्था पनि देखिँदैन 

३२. सामान्यतः बचत पत्रबाट प्राप्त भएको भनिएको ब्याजलाई आयको मान्यता दिने वा नदिने भन्ने सम्बन्धमा पनि माथि बैंक ब्याजका हकमा अबलम्बन गरिएको आधार नै अबलम्बन गर्नुपर्ने हुन्छ । वस्तुतः गैरकानूनी आर्जन गरेको भनी पर्ने प्रस्तुत प्रकृतिका मुद्दाहरूमा जाँच अवधिमा प्रतिवादीले आर्जन गरेको सम्पत्ति र गरेका खर्चहरूको सो अवधिमा निजलाई कानूनी रूपमा प्राप्त भएका आयहरूबाट स्रोत पुष्टि गर्न सक्नु पर्ने हुन्छ । प्रतिवादीले त्यस्तो सम्पत्ति एवं खर्चको स्रोत पुष्टि गर्न नसकेमा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको मानी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) बमोजिमको कसूर ठहर भई सोही उपदफा (२) ले विगोबमोजिम जरीवाना, विगोको मात्राअनुसार कैद र स्रोत पुष्टि नभएको सम्पत्ति समेत जफत हुने देखिन्छ । साथै स्रोत पुष्टि हुन नसकेको सम्पत्तिबाट बढे बढाएको सम्पत्ति समेत दफा ४७ बमोजिम स्वतः जफत हुने कानूनी व्यवस्था भएको पाइन्छ । दफा २०(२) र ४७ मा गरिएको स्रोत पुष्टि नभएको सम्पत्ति जफत हुने र त्यस्तो सम्पत्तिबाट बढेबढाएको सम्पत्ति समेत जफत हुने कानूनी व्यवस्थाहरू एउटै नभई पृथकपृथक उद्देश्य र प्रयोजनका लागि गरिएका हुन् । ती कानूनी व्यवस्थाबाट बढेबढाएको सम्पत्तिको स्रोत पुष्टि गर्नु पर्ने नभई जाँच अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि भएको अवस्थामा स्वतः वैध आयको मान्यता प्राप्त गर्ने स्थिति हुन्छ । त्यस्तै आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अवस्थामा त्यसबाट बढेबढाएको सम्पत्ति समेत स्वतः गैरकानूनी हुने भई दफा ४७ बमोजिम जफत हुने स्थिति रहन्छ । त्यसैले बढेबढाएको सम्पत्तिको स्रोत खोज्न वा त्यस्तो सम्पत्तिबाट आधारभूत सम्पत्तिको स्रोत पुष्टि हुने गरी अर्थ गर्न मिल्दैन । बढेबढाएको सम्पत्तिलाई आयको मान्यता दिँदा परिणामतः त्यसले आधारभूत सम्पत्तिकै स्रोत पुष्टि हुनजाने अवस्था सिर्जना हुन आउँछ, जुन कानूनसम्मत हुन सक्दैन । अतः प्रतिवादीले जाँच अवधिमा बचतपत्र खरिद गर्दा लगानी गरेको रु.९,००,०००।को स्रोत पुष्टि हुने गरी त्यसबाट प्राप्त ब्याजलाई आयको मान्यता दिन नमिल्ने हुँदा यस सम्बन्धमा विशेष अदालतको विश्लेषण र निष्कर्ष मिलेको देखिएन 

 

३३. सञ्चयकोष सापटी

प्रतिवादी युवराज शर्माले कर्मचारी सञ्चय कोषबाट आफ्नो जम्मा भएको रकमबाट रु.२८,९००। लिएको भनी जिकीर लिएको पाइयो । मिसिल संलग्न प्रमाणबाट निज प्रतिवादीले उक्त कोषबाट मिति २०४७।१०।३० मा रु.२८,९००। लिएको देखिएको र सो रकम कोषमा फिर्ता गरेको भन्ने नदेखिएको हुँदा त्यसरी प्राप्त गरेको रकमलाई प्रतिवादीको आयमा गणना गरेको विशेष अदालतको निष्कर्षलाई अन्यथा गरी रहनु पर्ने देखिएन 

 

३४. कार भाडा

प्रतिवादी युवराज शर्माले निजको नामको बा.३ च. ६१२२ को सेन्ट्रो कार ई.एस.पि.एस.लाई २ महिना १५ दिन भाडामा दिए बापत रु.१,००,०००।प्राप्त गरेको भन्ने जिकीर लिएको पाइन्छ । आरोपपत्रमा निजले कार भाडाबापतमा आय पाएको कुरालाइ स्वीकार गरिएको पाइदैन । विशेष अदालतले प्रतिवादीले कार भाडामा दिएबापत रकम प्राप्त गरेको भन्ने प्रमाण पेश गरेको भनी प्रतिवादीको जिकीरबमोजिम रु.१,००,०००।रकम निजको आयमा समावेश गरेको देखिन्छ । पुनरावेदक वादी तर्फका उपन्यायाधिवक्ताले इजलाससमक्ष प्रतिवादीको उक्त कार भाडामा लगाउने प्रकृतिको नरहेको हुँदा कार भाडालाई प्रतिवादीको आयमा समावेश गरेको नमिलेको भनी जिकीर लिएको पाइँदा त्यस सम्बन्धमा विचार गर्नुपर्ने हुन आउँछ 

प्रतिवादी युवराज शर्माले उक्त कार भाडामा लिने दिने गरी ई.एस.पि.एस.सँग सम्झौता गरेको र त्यसबापत प्राप्त भएको आयको कर समेत तिरेको भनी किटानीसाथ जिकीर लिन सकेको देखिदैन । निजले त्यस्तो कुनै किसिमको प्रमाण पनि पेश गर्न सकेको देखिएको छैन । उक्त संस्थाको अप्रील १, २००३ को पत्रमा निजको उक्त कार भाडामा लिएको वा त्यसबापतमा जिकीर लिइए बमोजिमको रकम दिएको भन्ने खुल्न आउदैन । त्यस सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्बन्धित संस्थासँग एकिनसाथ खुलाई पठाउन भनी लेखी पठाउँदा समेत सम्बन्धित प्रशासकीय प्रमुखले आफूसँग सक्कल कागजातहरू नरहेको र यकीन साथ केहीपनि भन्न नसक्ने भनी जवाफ दिएको पाइन्छ । प्रतिवादीले उक्त संस्थाको अप्रिल १, २००३ को पत्रलाई आधार लिई उक्त रकम दावी गरेको र विशेष अदालतलेसमेत त्यसलाई मान्यता दिएको पाइन्छ । तर उक्त पत्रमा एकातिर प्रतिवादीलाई कार भाडा बापतमा यो यति रकम भुक्तानी गरिएको भनी खुल्न सकेको पाइदैन भने अर्कोतिर त्यो पत्रको लेखाई नै अस्पष्ट र गोश्वारा प्रकृतिको रहेको हुँदा त्यसलाई विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्न मिलेन । यस्तो स्थितिमा ई.एस.पि.एस.लाई निज प्रतिवादीले कार भाडामा लगाएको र निजले रकम प्राप्त गरेको भनी मान्न सकिएन । तसर्थ कार भाडाबापतमा प्रतिवादीलाई आय प्रदान गरेको विशेष अदालतको विश्लेषण र निष्कर्ष मिलेको देखिएन 

 

३५. कृषिबाट प्राप्त आय

अभियोग पत्र हेर्दा प्रतिवादीका नाममा दाङ र बाँके जिल्लाअन्तर्गत जम्मा ७१२.५ विगाहा पैतृक जग्गा रहेको र प्रतिविगाह रु.७,०००। कृषि आय प्राप्त गरेको हुन सक्ने भन्ने समेत उल्लेख भएको देखिन्छ । प्रतिवादीले निजको पैतृक जग्गा अभियोग पत्रमा उल्लेख गरेभन्दा बढी भएको र प्रति वर्ष सरदर रु.१,५०,०००। कृषि आय प्राप्त गरेको भन्ने बयान जिकीर लिएको पाइन्छ । विशेष अदालतबाट प्रतिवादीको २०३६ सालदेखि २०४६ सम्म ज. वि. १०१८ र त्यसपछि ७१२.५ रहेको देखिएको भनी कृषि विकास कार्यालयको पत्र समेतलाई आधार लिई जम्मा रु.२३,६५,००।कृषि आय प्रदान गरेको देखिन्छ । वादी नेपाल सरकारको पुनरावेदन पत्रमा सगोलमा रहँदाको कृषिबाट प्राप्त सम्पूर्ण आयलाई प्रतिवादीको मात्र एकलौटी कायम गरी बढी आय दिएको विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्ने समेत जिकीर लिएको पाइन्छ 

प्रतिवादीले अनुसन्धानको क्रममा गरेको वयानमा २०३४ सालमा २४ विगाहा जग्गा प्राप्त गरेको र वार्षिक कृषि आय एक लाख पचास हजारदेखि दुई लाखसम्म हुने भन्ने व्यहोरा लेखाएको देखिन्छ । त्यस्तै अदालतमा गरेको वयानमा २०२२ सालमा पिताले भरिदिएको ७ नं. फाँटवारीमा २४ विगाहा जग्गा उल्लेख भएकोमा २०२२ सालदेखि २०४७ सालसम्म लगभग १४ विगाहा जग्गा विक्री भएको र प्रतिवर्ष सरदर रु.१,५०,०००। कृषि आय प्राप्त भएको भन्दै २०३४ सालमा बजैबाट प्राप्त रु.७५,०००। लगानी गरी बढे बढाएको समेत गरी जम्मा रु. ३५,५०,०००। प्राप्त भएको भन्ने जिकीर लिएको पाइन्छ । आफ्नो पैतृक जग्गा बढी भएकोमा अभियोगपत्रमा कम जग्गा देखाएको भन्ने प्रतिवादीको अदालतको वयानमा उल्लेख भएको देखिए पनि २०४७ सालको पारीत बण्डापत्रमा निज प्रतिवादीलाई प्राप्त भएको ज.वि.७१८.५ जग्गा अंशमा पाएको भन्ने देखिएको हुदा सो भन्दा पनि बढी जग्गालाई अभियोग पत्रमा पैतृक जग्गाका रूपमा उल्लेख गरी अनुसन्धानको दायरा बाहिर राखिएको भन्ने उल्लेख भएबाट प्रतिवादीको उक्त जिकीर खण्डित भैरहेको देखिन्छ । प्रतिवादीले २०२२ सालमा निजका पिताले भरिदिएको भनिएको ७ नं.अनुसूचीका आधारमा निजको पैतृक जग्गा बढी भएको भन्ने जिकीर लिएको पाइए पनि ७ नं. फाँटवारी जग्गाको विवरण पेश गर्ने छुट्टै प्रयोजनको लागि भरिने हुँदा सोही आधारमा मात्र जग्गामा एकलौटी हक स्वामित्व कायम हुने भन्न मिल्दैन । एकासगोलका अंशियारहरूमध्ये कुनै एक अंशियारका नाममा घटी वा बढी जग्गा देखाई ७ नं. फाँटवारी भरिँदैमा अंश हक सिर्जना हुने वा समाप्त हुने पनि होइन । प्रतिवादीले २०१९ को बण्डापत्रबाट पाएको जग्गा नै ७ नं. अनुसूचीमा देखाएको भन्ने जिकीर लिएको देखिए पनि २०१९ सालको बण्डापत्र कायम रहेको भए २०४७ सालमा प्रतिवादीका आमा र दाजुभाईहरू बीच पुनः अंशबण्डा गर्नु पर्ने स्थिति र अवस्था सिर्जना हुनु पर्ने कुनै कारण देखिँदैन । २०४७ सालको बण्डापत्रमा २०१९ सालमा नै अंशियारहरू बीच बण्डा भएको भन्ने सम्बन्धमा कुनै कुरा उल्लेख नभएको र हालसम्म सगोलमा बस्दै आएको भन्ने ब्यहोरा परेको देखिँदा २०१९ सालको बण्डापत्रको जिकीर स्वतः खण्डित भैरहेको पाइन्छ । यस स्थितिमा २०४७ सालको पारीत बण्डापत्रबाट प्रतिवादीले जे जति जग्गा अंश बापत पाएको हो सो भन्दा अघि सगोलमा रहँदाको अवस्थामासमेत निजको भागमा सोही बराबरको अंश हकाधिकारनिहीत रहेको मान्नुपर्ने भई त्यसै अनुपातमा कृषि आय निर्धारण गर्नु न्यायोचित हुने देखिन्छ । त्यसको विपरीत २०३६ सालदेखि २०४६ सम्म प्रतिवादीको ज.वि. १०१८ धुर पैतृक जग्गा रहेको भनी कृषि आय कायम गरेको विशेष अदालतको फैसला प्रारम्भिक रूपमा नै मिलेको देखिएन ।  

त्यस्तै विशेष अदालतबाट जिल्ला कृषि विकास कार्यालयको पत्र सिफारिश समेतका आधारमा प्रतिवादीको जग्गाको कृषि आय कायम गरेको मिलेको छ, छैन भन्ने सम्बन्धमा पनि विचार गर्नु पर्ने हुन आएको छ । कृषि आय कायम गर्ने सम्बन्धमा जिल्ला कृषि विकास कार्यालयको सिफारिशलाई ग्रहण गर्ने वा भूमि सम्बन्धी ऐनले कुत प्रयोजनका लागि निर्धारण गरेको व्यवस्थालाई अबलम्बन गर्ने भन्ने सम्बन्धमा पुनरावेदक प्रतिवादी रामाज्ञा चतुर्वेदी विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग भएको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा स्पष्ट रूपमा ब्याख्या भइसकेको अवस्था छ । मुख्यतः मोही लागेको जग्गाको कृषि आय निर्धारण गर्दा भूमिसम्बन्धी ऐनबमोजिम कुत प्रयोजनका लागि तोकिएको उब्जनीको आधारलाई अवलम्बन गरिनु कानूनसम्मत र न्यायोचित हुने, जग्गाधनीले नै जग्गा कमाएको भन्ने जिकीर रहेको अवस्थामा समेत कृषि उत्पादनको क्रममा मल, बीउ श्रम लगायतमा हुन जाने मनासिव खर्चहरू कटाई मुख्य बार्षिक उब्जनीबापत कुत प्रयोजनका लागि तोकिएको उब्जनीको दोब्बर खुद आय निर्धारण गर्नु उचित र विवेकसम्मत हुने, साथै सिंचाई आदिको सुविधा भएको र एकभन्दा बढी बाली लाग्ने जग्गाका सम्बन्धमा कुत प्रयोजनका लागि तोकिएको मुख्य बार्षिक उब्जनीको आधा हिउँदे बाली बापत खुद आय निर्धारण गर्नु न्यायोचित हुने भन्ने समेत सिद्धान्त (नेकाप २०६८, अङ्क ६, नि.नं. ८६३०, पृष्ठ ९१७) कायम भएको देखिन्छ 

सोही सिद्धान्तलाई त्यसपछि फैसला भएका पुनरावेदक नेपाल सरकार वि.जयप्रकाश प्रसाद गुप्ता, नेपाल सरकार वि.केशवराज गौतम, नेपाल सरकार वि. केशरजंग खड्का, नेपाल सरकार वि.खुमबहादुर खड्का समेत प्रतिवादी भएका मुद्दाहरूमा अबलम्बन गरिँदै आएको अवस्था विद्यमान हुँदा यस अदालतबाट कृषि आय कायम गर्ने मापदण्डका सम्बन्धमा कायम गरिएको उपरोक्त ब्याख्यासँग असहमत हुनु पर्ने कुनै कारण नभएकोले प्रस्तुत मुद्दामा समेत सोही आधारमा प्रतिवादीको पैतृक जग्गाको कृषि आय निर्धारण हुनुपर्ने देखिन आउँछ 

भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ को प्रयोजनको लागि तराईका झापा, मोरंग, सुनसरी लगायतका जिल्लाहरूको लागि मिति २०३०।६।२९ को नेपाल राजपत्रमा मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने कुतको दर तोकिएको देखिँदा तराईका उपरोक्त जिल्लाको लागि तोकिएको कुतको दरलाई दाङ र बाँके जिल्लाको हकमा समेत अवलम्बन गर्न नमिल्ने कुनै आधार छैन । सो राजपत्रमा प्रकाशित विवरण हेर्दा धनहर खेतको लागि धानतर्फ अब्बलमा १५ मन, दोयममा ११ मन २० शेर, सीम ८ मन २० शेर र चाहरको लागि ५ मन २० शेर तोकिएको देखिन आउँछ । त्यस्तै भीट पाखो जग्गाको लागि मकै क्रमशः ८ मन २० शेर, ६ मन २० शेर र ४ मन २० शेर तोकिएको पाइन्छ । साथै मिसिल संलग्न कृषि विभागको मिति २०६१।४।८ को धानको कृषकस्तर मूल्य तथ्यांक विवरण हेर्दा बाँके जिल्लाको लागि आ.व. २०३८/०३९ सालदेखि आ.व.२०५९/०६० को लागि क्रमशः प्रति के.जी.रु. १।६०, १।९५, २।३५, २।८०, ३।५०, ३।५०, ३।७५, ५।५०, ५।५५, ५।६०, ५।६८, ६।५०, ६।५०, ६।५०, ७।०, ७।८३, ७।७५, ८।४०, ८।८३ र ९।२५ तोकिएको देखिन्छ । बाँके जिल्लाको लागि तोकिएको उक्त मूल्य निकटवर्ती जिल्लाहरू दाङ र बर्दियासमेतको लागि भन्ने उल्लेख भएको देखिँदा दाङ जिल्लाको कृषि उपजको मूल्यका सम्बन्धमा समेत ग्रहण गर्न मिल्ने नै देखिन्छ 

मिसिल संलग्न मिति २०४७।७।२१ को पारीत बण्डापत्रबाट प्रत्यर्थी प्रतिवादी युवराज शर्माले ज.वि.७१८.५ जग्गा अंशमा पाएको भन्ने देखिएको छ । त्यस्तै प्रतिवादीको श्रीमती शीला शर्माले बाँके जिल्ला बनकटुवा गा.वि.स वडा नं. १(ङ) कि.नं. १०३ को क्षे.फ.१० जग्गा माइतीबाट बकसका रूपमा २०४५ सालमा प्राप्त गरेकोमा सोमध्येबाट २०५५ सालमा केही जग्गा विक्री गरी ज.वि. ०१७ बाँकी रहेको भन्ने देखिन्छ । प्रतिवादी युवराज शर्माले दाङ, मानपुर गा.वि.स. वडा नं. १क. कि.नं. ३९१ को ज.वि.०१७ जग्गा २०५४ सालमा र ऐ. कि.नं. २०९ को ज.वि.०१८ को जग्गा २०५० सालमा खरिद गरेको भन्ने पनि देखिन्छ । निज प्रतिवादीका नामको कि.नं. १३१ को ज.वि.०० र कि.नं.५७६ को ज.वि.०४ जग्गा मिति २०५४।१।९ मा विक्री गरेको देखिन्छ । बण्डापत्रमा पाएका जग्गाहरूमध्ये बाँके नेपालगञ्ज न.पा. अन्तर्गतको ज.वि ०० र घडेरी जग्गा देखिन्छ । त्यस्तै काठमाडौँं खड्का गाँउको ज.रो.०० जग्गा पनि घडेरी प्रयोजनकै देखिँदा ती जग्गाबाट उल्लेख्य कृषि आय प्राप्त हुने अवस्था देखिँदैन । यसै गरी ०१३१३ जग्गामा मोही लागेको समेत देखिएको छ । साथै उपरोक्त जग्गामध्ये धनहर खेत करिब ३० र अन्य बाँकी जग्गा भिट पाखो भन्ने मिसिल संलग्न जग्गाधनी प्रमाणपूर्जाबाट देखिन आउँछ 

मोही लागेको जग्गामा कुत प्रयोजनको लागि तोकिएको उल्लिखित कुतको दरबमोजिम र मोही नलागेको जग्गामा सोको दोब्बर कृषि आय कायम गर्नुपर्ने हुन्छ । त्यस्ता धनहर जग्गामा सिंचाईको सुविधासमेत हुन सक्ने हुँदा वर्षे वालीका लागि तोकिए बमोजिमको तथा हिउँदे बालीको लागि सोको आधा कृषि आय हुन सक्ने देखिए पनि भीट पाखो जग्गामा एकबाली मात्र लाग्ने हुँदा हिँउदे बालीबापतको कृषि आय प्राप्त हुन सक्ने देखिँदैन । माथि उल्लेख गरिएबमोजिम प्रतिवादीले अंशबापत प्राप्त गरेको, खरिद गरेको तथा निजको श्रीमती समेतका नाउँमा प्राप्त भएको, सोही अवधिमा विक्री भएको जग्गाको प्रकृति तथा दाङ जिल्लामा मुसुरो, अरहर लगायतका दलहन र तोरीलगायतका तेलहनसमेतका नगदेबाली हुने वस्तुतथ्यलाई समेत दृष्टिगत गरी हेर्दा अधिकतम् कूल रु. १७,११,३१५। सम्म कृषि आय हुनसक्ने देखियो । सो भन्दा बढी कृषि आय प्रदान गरेको विशेष अदालतको फैसला मिलेको देखिएन । प्रतिवादीको कृषि आयबापत रु.१७,११,३१५। कायम हुन्छ 

प्रतिवादी शीला पोखरेल (शर्मा) ले सीहर्वल व्युटी पार्लरसमेतबाट आय आर्जन गरेको तथा मेटल पेन्टिङ्ग एक्स्पोवाट आम्दानी गरिएको भनिएको रकमलाई विशेष अदालतले विना आधारमा मान्यता दिइएको नमिलेको भनी वादी पक्षका उपन्यायाधिवक्ताले जिकीर लिनु भएको पाइयो । त्यस सम्बन्धमा विचार गरी हेर्दा, आरोपपत्रमा प्रतिवादी शीला पोखरेल (शर्मा) ले काठमाडौँ इन्स्टीच्यूट अफ टेक्नोलोजीमा काम गरेको र पारिश्रमिक प्राप्त गरेको भनी पारिश्रमिकको रूपमा रु.६०,०००।प्राप्त गरेको भन्ने कुरालाई आयोगले स्वीकारै गरेको देखिन्छ । प्रतिवादीले केश श्रृंगारको तालिम लिएको हुदा सीहर्वल व्यूटी पार्लर मीनभवनमा मासिक रु.३०००।मा ३ वर्ष १ महिना २३ दिन काम गरेकाले सो बापत रु.१,१३,२५०।प्राप्त गरेको तथा मेटल पेन्टीङ्ग, एक्सपो २००२ मा पेन्टीङ्ग विक्री गर्दा रु.१,१२,०००।प्राप्त गरेको भन्ने निजको जिकीर रहेको छ । निज प्रतिवादीले पेश गरेको प्रमाणबाट सो संस्थामा काम गरी पारिश्रमिक लिएको देखिन आएको, “सीहर्वल ब्यूटी पार्लर नामक उक्त संस्था कानूनबमोजिम दर्ता भई सञ्चालनमा रहेको, त्यस अवधिमा निज प्रतिवादी अन्य काममा संलग्न रहेकोसमेत नदेखिएको तथा प्रतिवादीले प्राप्त गरेको भनिएको पारिश्रमिक अस्वाभाविक नदेखिएको समेतका आधार र कारणबाट त्यसलाई अन्यथा गर्नु पर्ने अवस्था देखिन आएन 

त्यसैगरी मेटल पेन्टीङ्ग एक्सपो २००२ को मेलामा प्रतिवादी शीला पोखरेल (शर्मा)  ले भाग लिई प्रसंशापत्रसमेत प्राप्त गरेको देखिएको, त्यस्तो अवसरमा सरसामानहरू बिक्रीमा राख्दा आय प्राप्त हुन सक्ने स्वाभाविक अवस्था रहेको, निजले प्राप्त गरेको भनेको रकम अस्वाभाविक समेत नदेखिएको हुँदा न्याय र औचित्यतालाई समेत विचार गर्दा त्यसलाई अन्यथा भन्न मिल्ने देखिएन । अतः निज प्रतिवादी शीला पोखरेल (शर्मा) ले व्यक्तिगत रूपमा आय आर्जन गरेको कुरा मनासिव नै देखिन आएकाले निजले जिकीर लिएबमोजिम विशेष अदालतले रु.२,८५,२५०।लाई निजको आयमा समावेश गरेको मिलेकै देखियो । प्रतिवादी शीला पोखरेल (शर्मा) ले प्राप्त गरेको भनिएको बाँके बनकटवाको जग्गाको कृषि आय समेतलाई माथि कृषि आयको विश्लेषण खण्डमा समावेश गरी सकिएको हुँदा छुट्टै गणना गरी रहनु परेन 

प्रतिवादी युवराज शर्माले आफू २०३४ सालमा पढेर आएपछि पैतृक सम्पत्तिको रूपमा सुन ३५० तोला, चादी १२०० तोला, ५००० चाँदीका खपटा र नगद रु.७५,०००।बजैबाट प्राप्त गरको, त्यो सम्पत्ति २०४७ सालमा बण्डा नभएको र त्यसलाई विक्री गर्दा र बढाउँदा करिव ३१ लाख आय भएको भनी जिकीर लिएको पाइन्छ । आरोपपत्रमा प्रतिवादीले पैतृक सम्पत्ति बापतमा खास रूपमा कुनै सम्पत्ति प्राप्त गरेको भनी मान्यता दिएको देखिएको छैन । विशेष अदालत काठमाडौँले प्रतिवादीको पारिवारिक पृष्ठभूमि, पैतृक सम्पत्तिको मौजुद स्थिति एवं जाँच अवधि पूर्व ०३४०३६ सम्म निज म्याच इण्डस्ट्रीमा कार्यरत समेत रहेको देखिएको भनी रु रु.४,५०,०००।निजको आयमा समावेश गरेको देखिन आउँछ 

विशेष अदालतले प्रतिवादीलाई पैतृक सम्पत्तिबापतमा उक्त रकम वरावरको आय गणना गर्दा भरपर्दो र वस्तुनिष्ठ प्रमाणका आधारमा नभई मनोगत तर्कका आधारमा आय भएको भनी मानेको पाइन्छ । माथिका विभिन्न प्रकरणहरूमा विश्लेषण गरिएअनुसार प्रतिवादीलाई पैतृक रूपमा प्राप्त भएका सम्पत्तिको आय गणना गरी सकिएको छ । त्यसभन्दा वाहेक प्रतिवादीले प्राप्त गरेको भनी जिकीर गरिएको सुन, चाँदी र चाँदीका खपटाहरू प्राप्त गरेको पुष्टि हुने कुनै पनि लिखत प्रमाण पेश गरी आफ्नो जिकीर प्रमाणित गर्न सकेको पाइँदैन । केवल मौखिक जिकीरसम्म लिएको अवस्था रहेको छ । मौखिक जिकीरमा पनि त्यसरी प्राप्त भएका सुन, चाँदी र खपटाहरू के कुन दर भाउमा कहाँ र कहिले विक्री गरिएको थियो, त्यसवाट के कति रकम प्राप्त भएको थियो र प्राप्त रकम के कस्तो ठाँउमा लगानी गरी बढे बढाइएको थियो भन्ने लगायतका विषयमा तथ्यगत आधार समेत प्रतिवादीले खुलस्त र विश्वसनीय रूपमा प्रस्तुत गर्न सकेको पाईदैन 

त्यसैगरी बजैबाट ७५ हजार रकम प्राप्त गरेको र बढेबढाएको भनी जिकीर लिएपनि उक्त रकम प्राप्त गरेको कुरा पुष्टि हुने लिखत प्रमाण पेश गर्न सकेको पाइदैन । सामान्य तवरमा घरायसी रूपमा तयार हुने लिखत पनि देखाउन सकेको अवस्था छैन । त्यति वरावरको रकम निज प्रतिवादीले मात्रै पाउनुपर्ने कुनै न्यायसंगत आधारपनि देखिएको छैन । त्यसमा पनि इञ्जिनियर जस्तो प्राविधिक विषय अध्ययन गरेको व्यक्तिलाई अन्य अंशियारलाई भन्दा विशेष रूपमा थप आर्थिक सम्पत्ति प्रदान गरेको भन्ने कुरा प्रतितलायक देखिँदैन । साथै त्यसरी पाएको भनिएको रकम के कस्तो ठाउमा लगानी गरी के कसरी बढाइएको थियो भन्ने कुराको स्पष्ट जिकीर लिन सकेको अवस्था पनि देखिएको छैन । सामान्य गर गहना वा रकम प्राप्त गरेकै भएतापनि त्यस्ता रकम र चिजवस्तुहरू व्यक्तिगत खर्च वा प्रयोजनमा प्रयोग हुन सक्ने वस्तुतथ्य दृष्टिगत गर्दा पनि विशेष रूपमा आयको रूपमा गणना गर्नु पर्ने स्थितिको देखिदैन । यस्तै विषय समावेश रहेको नेपाल सरकार विरुद्ध मुरारीबहादुर कार्की भएको भ्रष्टाचार मुद्दामा (फौ.पु.नं.०६५CR०००९ फैसला मिति २०६९।२।३) प्रतिवादीले पिताबाट नगद रु. ५०,०००। प्राप्त गरेको भनी जिकीर लिएको सन्दर्भमा उक्त रकम प्राप्त गरेको पुष्टि हुने बण्डापत्र लगायतका लिखत प्रमाण पेश गरी जिकीर पुष्टि गर्न सकेको नपाइएकाले मौखिक जिकीरका भरमा उक्त रकम प्राप्त गरेको मान्न मिलेन भन्ने मान्यता स्थापित भइरहेको छ 

अतः केवल मौखिक जिकीरकै मात्र आधारमा प्रतिवादीले उल्लिखित प्रकृतिका पैतृक सम्पत्ति प्राप्त गरेको भनी मान्न सक्ने अवस्था रहेन । त्यस्तो सम्पत्तिबापतमा रु. ४,५०,०००। प्रतिवादीको आयमा गणना गरेको विशेष अदालतको निष्कर्ष मनासिव देखिन आएन 

हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी प्रा.लि.मा प्रतिवादी युवराज शर्माका नाममा खरिद गरिएको शेयर अमेरिकामा बस्ने निजका भाई अनन्तराम शर्माले पठाएको रकमबाट निजकै लागि खरिद गरिएको हुँदा त्यसरी भाइले पठाएको रकम आयस्रोतमा गणना गरिनुपर्ने भन्ने प्रतिवादीको दावीलाई अस्वीकार गर्दै विशेष अदालत काठमाडौँले त्यो शेयरमा प्रतिवादी युवराज शर्माको लगानी भएको ठहर गरी अनन्तराज शर्माले रकम पठाएको भन्ने कुरालाई मान्यता नदिएको सम्बन्धमा प्रतिवादीको पुनरावेदन जिकीर नहुँदा  त्यसबारेमा थप विचार गरी रहनु परेन । त्यसैगरी काठमाडौँ इन्स्टिच्यूट अफ टेक्नोलोजीको प्रतिवादी शीला पोखरेल(शर्मा)का नाममा रहेको शेयरमध्ये प्रतिवादीका भाइ नाताका कुमार पोखरेलका लागि शेयर खरिद गर्नका लागि निजकी आमाले दिएको रु.पाँच लाख रकमबाट शेयर खरिद गरिएको हुँदा त्यसलाई पनि आयस्रोतमा गणना गरिनुपर्ने भन्ने प्रतिवादीहरूको कथन रहेको सन्दर्भमा विशेष अदालतले उक्त रकमलाई पनि प्रतिवादीको आयमा समावेश नहुने गरी ठहर गरेको र त्यसमा प्रतिवादीको जिकीर नहुँदा त्यसबारे अरु विचार गर्नु पर्ने देखिएन 

३६. आरोपपत्रमा प्रतिवादीले सार्वजनिक पद धारण गरेपश्चात आर्जन गरेका सम्पत्तिमध्येमा स्रोत पुष्टि भएको र स्रोत पुष्टि नभएको सम्पत्तिको उल्लेख गरी त्यसको विश्लेषण गर्दै अभियोग दावी लिइएको पाइन्छ । फौजदारी मुद्दामा अदालतले अभियोग दावी लिइएको भन्दा बढी प्रतिवादीलाई सजाय हुने गरी निर्णय दिन मिल्दैन । त्यसो गरिनु न्यायका मान्य सिद्धान्तअनुरूप पनि हुदैन । तथापि माग दावी लिइएको सजायको दायराभित्रै रही मिसिल संलग्न सबूदप्रमाणको वस्तुनिष्ट मूल्याङ्कनका आधारमा न्यायिक निष्कर्षमा पुग्ने अधिकार अदालतमा अन्तर्निहित रहेको हुन्छ । अभियोग पत्रमा लिइएको मूल दावीको सीमाभित्र रही मिसिल संलग्न तथ्यप्रमाणको मूल्याङ्कन र विश्लेषण गरी प्रतिवादीको आयस्रोत, सम्पत्ति तथा खर्चको समुचित निष्कर्ष निकालिनु प्रचलित कानून र स्थापित न्यायिक सिद्धान्तअनुरूप नै हुन्छ । प्रस्तुत मुद्दामा जाँच अवधिमा प्रतिवादीले आर्जन गरेको समग्र सम्पत्ति र वैध आयस्रोतको तुलना गरी यस अदालतले कायम गरेको सिद्धान्त र अपनाएको मापदण्डको आधारमा मूल्याङ्कन र विश्लेषण गरी निष्कर्षमा पुगेको अवस्था हुँदा आरोपपत्रको शीर्षकहरूको विश्लेषण र शीर्षकअनुसारको दावीमा केही फरकपन आउन सक्छ । अभियोग दावीको सीमाभित्र रहेर समग्रतामा रहेर निष्कर्षमा पुग्दा केही शीर्षकमा दावीको अवस्था भन्दा भिन्न परिणाम देखिन आएपनि मूल दावीको सीमाभित्र इन्साफ बोलिँदा यस्ता प्रकृतिका मुद्दामा बढी न्यायिक, व्यवहारिक र औचित्यपूर्ण हुने भएकाले तदनुरूप गरिएको  छ । तदनुसार माथिका विभिन्न प्रकरणहरूमा विवेचना र विश्लेषण गरिएअनुसार समग्रमा हेर्दा प्रतिवादीले जाँच अवधिमा आर्जन गरेको सम्पत्ति र गरेका खर्च तथा निजको वैध आयस्रोतको तुलनात्मक विवरण देहायबमोजिम रहेको देखिन आएकोछ :

सम्पत्तिको विवरण

रकम

आयस्रोतको विवरण

रकम

घर (फर्निचर र विद्युतीय सामान समेत)

रु. ३०,४८,१२२।३३

तलव भत्ता

रु. १४,००,१५९।

जग्गा

रु. ५,९४,१००।

विदेश भ्रमण

रु. ७,००,०००।

शेयर

रु. ४४,०२,९००।

घरभाडा

रु. ६,२९,२२६।

बचत पत्र

रु. ९,००,०००।

जग्गा विक्री

रु. ४,१८,२७२।

वैंक मौजदात

रु. ५,३४,५००।

काठ विक्रि

रु. ३,००,०००।

सवारी साधन

रु. १०,३०,०००।

वचतपत्र र बैंक व्याज

सुनचाँदी

रु. ३,६३,२८०।

क.सं.कोषबाट लिएको

रु. २८,९००।

 

 

कृषि आय

रु. १७,११,३१५।

 

 

प्रतिवादी शीला पोखरेल (शर्मा) को आय

रु. २,८५,२५०।

कूल जम्मा