शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २०४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक:

निर्णय नं. २०४७   ने.का.प. २०४१           अङ्क ७

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४० सालको रिट नं. १६९२

विषय : उत्प्रेषण

निवेदक : का.न.पं.१२ ब्रम्हटोल बस्ने भक्तमान श्रेष्ठ

विरुद्ध

विपक्षी : का.न.पं.का प्र.पञ्च कमल चित्रकार

ऐ ऐ वडा नं. १२ ब्रह्मटोल बस्ने चुनुदेवी

आदेश भएको मिति :   २०४१।४।२३।३ मा

§  निकास ढलमा विवाद भएकोमा तेरो मेरो हकबेहक छुट्याउनु पर्नेमा अदालतमा हकबेहक गरी आउनु भनी निर्णय गर्नु पर्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : x

विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमल नारायण दास र विद्वान वरिष्ठ अधिबक्ता श्री सर्वज्ञरत्न तुलाधर

उल्लेखित मुद्दा : x

आदेश

          न्या. बासुदेव शर्मा :    नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा विपक्षी का.न.पं.ले मिति ०४०।४।२३।२ मा गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदकले मिति ०४०।८।२ मा यस अदालतमा गर्दा गरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् ।

          २.  का.न.पं.१२ बहृमाटोलमा भएको निवेदकको घर बलेसी र वगैचावारीको निकास जान ढल बन्द गरी घर भत्काउने प्रयास गरी नक्सा पास वेगर पर्खाल बनाई ढल छोपी तला थप्ने किसिमबाट बनाएको हुँदा सो रोक्नु भई साविकको निकास खुलाई पाउँ भन्ने भक्तनारायणको उजूरी निवेदन परेकोमा जाँच हुँदा सार्वजनिक ढल समेत बन्द गरी पर्खाल बनाई रहेको भन्ने प्रतिवेदन पेश भएपछि विपक्षीलाई झिकाई बयान गराउँदा निजले नगर विकासबाट प्राप्त गरेको नक्सा र ज.ध.प्र.पूर्जा समेत पेस भएको व्यहोरा चुनुदेवीको वा.ले ०३९।२।२७ मा वयान गरेबाट ओभरसियरले सार्वजनिक ढल बाटो कतै कुनै असर नपर्ने गरी बनाउने भन्ने प्रतिवेदनबाट घरबारीको निकास ढल प्रतिवादीको बनाएको पर्खालमा नदेखिँदाँ कुनै कारवाही गरिरहनु परेन भनी ०४०।४।२३ गते प्र.पं.बाट निर्णय भएकोमा न.पं.ऐन, ०१९ को दफा ४९ को उपदफा २ ले तेरो मेरो अर्थात ढल निकासा छैन विपक्षी चुनुदेवी र मेरो अघि देखिको पानी जाने निकास ढल छ भन्ने हामी पक्ष विपक्षमा त्यस किसमको तेरो मेरो हकबेहक छुटयाउन पर्नेमा उक्त ऐनले अदालतमा हकबेहक गरी आउनु भनी पर्चा निर्णय गर्नु पर्ने सो समेत नगरी विपक्षी का.न.पं.का प्र.पञ्चको निर्णय न.पं.ऐनको दफा १७(१)ढ र ४९(२) को र मुलुकी ऐन घर बनाउनेको ३ नं. र नागरिक अधिकार ऐन, २०१२ को दफा ६ र संविधानको भाग ३ को धारा ११(२) बाट प्राप्त भोग गर्ने स्वतन्त्रताको हक र कानुन बमोजिम सम्पत्ति हरण हुने छैन भनी लेखिएकोमा सो हकसमेत हनन् हुने गरी अ.बं.३५ नं. ले प्र.पञ्चले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ ।

          ३.  यस अदालत सिंगलबेञ्चको ०४०।८।१४।४ को आदेशानुसार प्राप्त हुन आएको लिखित जवाफ यस प्रकार छन् ।

          ४.  रिट निवेदकले आफ्नो बारीको पानी बग्ने ढल चोकमा ननिकाली पहिले देखि नै बसी आउनु भएको हाल पनि आफ्ना छिडीबाट ढल निकाल्दा बढी खर्च पर्ने देखि सजिलैसँग मेरो साँध जोडिएको वारीमा ढल कायम गराउन प्रस्तुत विवाद उठाउनु भएको हो । का.न.पं.को निर्णयले निवेदकलाई कुनै आघात नपरेको वैकल्पिक उपचारको माध्यम नेपाल कानुनमा विद्यमान छदाछँदै अनुचित विलम्ब गरी रिट निवेदन पर्न आएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने चुनुदेवी श्रेष्ठको लिखितजवाफ रहेछ ।

          ५.  पञ्चायतले आफ्नो अधिकारक्षेत्रभित्र रही निर्णय गरेको हुनाले र विपक्षीको कुनै संवैधानिक हक हनन् नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने का.न.पं.का प.पञ्चको लिखितजवाफ रहेछ ।

          ६.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको तारेखमा रहेका रिट निवेदक भक्तमान श्रेष्ठ र विपक्षीको वारेस सिवध्वज थापालाई रोहवरमा राखी रिट निवेदक तर्फबाट भक्तमान श्रेष्ठको जिकिर तथा विपक्षी चुनुदेवी श्रेष्ठको तर्फबाट विद्वान अधिवक्ता कमलनारायण दास र का.न.पं.को तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरको बहस जिकिर समेत सुनियो ।

          ७.  प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिम आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

          ८.  यसमा पानी जाने निकास ढलमा विवाद भएकोमा तेरो मेरो हकबेहक छुट्याउनु पर्नेमा अदालतमा हकबेहक गरी आउनु भनी निर्णय गर्नु पर्नेमा सो नगरी हक समेत हनन् हुने गरी विपक्षी प्रधानपञ्चले निर्णय गरेको हुँदा उक्त निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदकले जिकिर लिएकोमा निवेदकलाई अदालतमा नालेस उजूर गर्न पाउने अन्य उपचारको अवस्था भएको देखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०४१ साल श्रावण २३ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु