निर्णय नं. २८३६ - कर्तव्य ज्यान

निर्णय नं. २८३६ ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ३८३
फैसला भएको मिति : २०४३।८।५।५ मा
पुनरावेदक/वादी : प्रहरी रणध्वज थापाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : मुस्ताङ जि. जोमसोम गा.पं.वडा नं.५ जोमसोम बजार डेरा गरी बस्ने श्रीमती पार्वती सार्किनी
मुद्दा : कर्तव्य ज्यान
(१) बालक पैदा भएपछिबाट कर्तव्य गरी मारी फालेको भन्ने सबूद प्रमाण कतैबाट देखिन आउँदैन यसरी कर्तव्य गरी मारेकै हो भन्ने कुनै ठोस प्रमाण कतैबाट गुज्रन नआएको हुँदा जन्मेको बालकलाई कर्तव्य गरी मारेको भन्न केवल मरेको बच्चाको लाश फेला परेको प्रहरीको जाहेरीको आधार र जातक फाल्न लगेको कारणबाट मात्र जिउँदो जन्मेको बालक मारेको भनी ठहर गर्न नमिल्ने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.रुद्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आई बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. मिति ०४०।३।२१ गते विहान गस्ती घुम्दै जाँदा जोमसोम पञ्चायत वडा नं.८ तालको पछाडि ढुड्डा मुनि अं.५ गज फरकमा १ जातक छोरीको कम्मर देखि माथिको भाग कुनै जीवजन्तुले खाएको मृत बच्चाको लाश देखिएकोले प्रतिवेदन गर्न मिति ०४०।३।२१ मा प्र.रणध्वज थापा मगरले दिएको जाहेरी ।
३. लोग्ने कृष्णबहादुरको शारीरिक सम्बन्ध ३९ पौष देखि रहेबाट मलाई गर्भ रही ऐ.आषाढ १५ गते देखि योनीबाट रगत बग्न थालेकोले ऐ.१७ गते मुस्ताड्ड अस्पताल गई औषधी गराएकी राती १० बजे मरेको बालिका पैदा भइन र बच्चा बरामद भएको ठाउँमा पुरी आएको हुँ म र मेरा लोग्ने समेत कर्तव्य गरी मारे मराएको छैन हैन भन्ने समेत पार्वती सर्किनीले प्रहरीमा गरेको कागज ।
४. पार्वती सर्किनीसंग शारीरिक सम्बन्ध भएबाट गर्भ रहन गई मुस्ताड्ड अस्पतालमा लगी औषधी गराई घर लगेकोमा राती मृत बालिका पैदा भएको हो मैले र मेरी श्रीमती भई मारेको हैन भन्ने कृष्णबहादुर सार्कीको बयान कागज ।
५. मरेको बच्चा जन्मेको होला भन्ने केही र जिउँदो बच्चा जन्माई कर्तव्य गरी मारी फाले गाडेकोमा शंका लाग्छ भन्ने केही र कृष्णबहादुर सार्की उपर कर्तव्यमा शंका लाग्दैन भन्ने केही व्यक्ति भएको ०४०।३।२४।६ को सरजमीन मुचुल्का ।
६. ०३९ साल फाल्गुणमा पार्वर्ती सार्कीनी र कृष्णबहादुर सार्कीको बिहे भएकोले अगाडि नै रहेको गर्भ भएको हुनाले समाजबाट लाग्ने सामाजिक कलंक लुकाउन नवजात शिशु फाली सोही ठाउँमा एक्लैले मारी ढुड्डाले छोपी गाडेको भने देखिन आएकोले पूर्व नियोजित तबरबाट जीवित जन्मेको बालिकालाई मारी फालेकी मु.ऐ.ज्यानसम्बन्धी १३(३) अनुसार सजायँ हुन माग दावीको प्रहरी प्रतिवेदन ।
७. ०३९ फाल्गुणमा कृष्णबहादुर सार्कीसंग विहे भएको हो हाम्रो करणी लेनदेन विवाह भन्दा पहिले पौष महीना देखि भएबाट गर्भ रहन गई महीना नपुग्दै मरेको बच्चा जन्मेकोले पूर्व उत्तरतर्फ लगी ढुड्डाको आडमा राखेको हुँ कर्तव्य गरी मारी फालेको हैन भन्ने पार्वती सकिर्नीले अदालतमा गरेको बयान ।
८. पार्वतीलाई ल्याउनु भन्दा पहिले देखि करणी गरी मेरो विर्यबाट ०३९ पौषमा गर्भ रही महीना नपुग्दै बीचमा गर्भ तुहुन गई मैले सो तुहेको जातक बच्चालाई पार्वतीलाई फाल्न लगाएको हो भन्ने समेत पार्वतीको लोग्ने कृष्णबहादुरको अदालतमा बयान ।
९. जाहेरवाला रणध्वज थापा मगर सरजमीनका मानिसहरू लालकुमारी गौचन र मंगला थकालीको बकपत्र मिसिल सामेल रहेको रहेछ ।
१०. प्रहरी प्रतिवेदन बमोजिम ज्यूँदी जातक छोरी जन्माई मारी फालेको भन्ने ठोस प्रमाणको अभावमा नठहरेकोले निज अभियुक्त पार्वती सर्कीनीले सफाई पाउने ठहर्छ भन्ने ०४०।११।१५।२ को मुस्ताड्ड जिल्ला अदालतको फैसला ।
११. उक्त फैसलामा चित्त नबुझी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा श्री ५ को सरकारको तर्फबाट पर्न आएको पुनरावेदन ।
१२. पार्वती सार्कीनीले जिउँदो बच्ची जन्माएकी भन्ने पुष्टाई भएको छैन । जातक फाल्न लगेको कारणबाट मात्र जिउँदो जन्मेकोलाई मारेको भन्ने ठहर गर्न मिलेन । तसर्थ सफाई दिने गरेको मुस्ताड्ड जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने मिति ०४१।११।२८।२ को प.क्षे.अ.को फैसला ।
१३. उक्त फैसलामा चित्त नबुझी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा श्री ५ को सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.को बहस समेत सुनियो ।
१५. प्रस्तुत कर्तव्य ज्यान मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
१६. यसमा गस्ती घुम्दै जाँदा जोमसोम पञ्चायत वडा नं.८ मातालको पछाडि ढुड्डा मुनी एक जातक छोरीको शरीर कुनै जीवजन्तुले खाएको लाश देखिएकोले प्रतिवेदन गरेको छु भन्ने प्र.रणध्वज थापा मगरको मिति ०४०।३।२१।३ को जाहेरीमा उल्लेख भएको देखिन्छ ।
१७. लोग्ने कृष्णबहादुर र पत्नी पार्वती सार्कीनी संगको शारीरिक सम्बन्धबाट गर्भ रहन गई महीना नपुग्दै मृतक बालिका पैदा भएबाट पत्नी पार्वतीले पूरी आएको हो कर्तव्य गरी मारे मराएको होइन भनी प्रहरी र अदालतमा पार्वती सार्कीनी र लोग्ने कृष्णबहादुरले बयान गरेको देखिन्छ ।
१८. मरेको बच्चा पैदा भएकोमा विश्वास लाग्छ कर्तव्य गरी कृष्णबहादुर पार्वतीले जातक बच्चा मारी फालेकोमा शंका लाग्दैन भनी चन्द्र सिंह शेरचन समेत धेरैजना सरजमीनका व्यक्तिले सरजमीन मुचुल्का गरेको पाइन्छ ।
१९. मिसिल संलग्न पोष्र्ट मार्टममा यही कारणबाट बच्चा मृत्यु भएको भन्ने कुरा यकीनसाथ उल्लेख गर्नसकेको पनि देखिँदैन ।
२०. शिशु फालेकै ठाउँमा सालनाल भएको हुनाले सोही ठाउँमा बच्चा मारी ढुड्डाले छोपी गाडेको देखिन आएकोले पार्वती सार्कीनीलाई ज्या.सं.को १३(३) बमोजिम सजायँको माग दावी गरी प्रहरी प्रतिवेदन भएकोमा अदालतबाट जाहेरवाला प्रहरी रणध्वज थापा मगरलाई बयान गराउँदा कर्तव्य गरी पार्वतीले मारी फालेको भन्नसकेको देखिँदैन केवल मरेको बच्चा फेला पारेकोले जाहेर गरेकोछु भन्नेसम्म बयान गरेको देखिन्छ लाश प्रकृति मुचुल्कामा पनि बालक जन्मी, पछि मारेको भनी कतै उल्लेख गरेको पाइँदैन । सरजमीनका चन्द्रसिंह शेरचन समेत धेरैजनाले मरेको बच्चा जन्मी फालेको देखिन आउँछ कर्तव्य गरी मारेकोमा शंका लाग्दैन भनी स्पष्ट किटानी साथ सरजमीन मुचुल्का समेत गरेको पाइन्छ । लोग्ने कृष्णबहादुर सार्की र पत्नी पार्वती सर्कीनी समेतले प्रहरी र अदालतमा समेत मरेको बालक पैदा भएकोले पार्वतीले पुरी आएको भनी बयान गरेको समेतबाट बालक पैदा भएपछिबाट कर्तव्य गरी मारी फालेको भन्ने सबूद प्रमाण कतैबाट देखिन आउँदैन । यसरी कर्तव्य गरी मारेकै हो भन्ने कुनै ठोस प्रमाण कतैबाट गुज्रन नआएको हुँदा लोग्ने कृष्णबहादुर र पत्नी पार्वती सार्कीनीले जन्मेको बालकलाई कर्तव्य गरी मारेको भन्न केवल मरेको बच्चाको लाश फेला परेको प्रहरीको जाहेरीको आधार र जातक फाल्न लगेको कारणबाट मात्र जिउँदो जन्मेको बालक मारेको भनी ठहर गर्न मिल्दैन । तसर्थ शुरु जिल्ला अदालतले अभियुक्त पार्वती सार्कीनीलाई सफाई दिने गरेको इन्साफलाई मनासिब ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल मंसिर ५ गते रोज ५ शुभम् ।