निर्णय नं. २२१३ - निखनाई पाउँ

निर्णय नं. २२१३ ने.का.प. २०४१ अङ्क १२
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको दे.पु.नं. ५८९
मुद्दा : निखनाई पाउँ
पुनरावेदक/वादी : जिल्ला सप्तरी, गाउँ पञ्चायत महादेवा वडा नं. ६ बस्ने अनिरूद्र मण्डल
विरूद्ध
विपक्षी/प्रतिवादी : जिल्ला सप्तरी गाउँ पंचायत भगवतपुर वडा नं. ८ बस्ने प्रयागवती धनुकाइनी
फैसला भएको मिति : २०४१।१२।२८।४ मा
§ जति जग्गाको वादी मोही छ त्यति जग्गा सम्म निखन्न पाउने ।
(प्रकरण नं. १५)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री कृष्ण लाल देव
विपक्षीवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद भण्डारी
उल्लेखित मुद्दा : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : वादी दावी नपुग्ने ठहर्याई गरेको पू.क्षे.अदालतको इन्साफमा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : रूद्र शमशेर नाउँको मौजा अकवरपुरको विना नम्बरको ।२ कि.नं. ६११ को ।।.।। नं. ५७१ को ।२ नं. ५११ को । समेत ४ कित्ता ज.बि.१।४।।. को म मोही भई निज रूद्रशमशेरबाट नरध्वज खड्का दर्ता हुन आएको निज पालामा पनि मैले मोहीमा कमाई आएको हाल सर्भेमा विना नम्बर जग्गा हा.नं. ८ को ।२।।१ हा.नं. ६११ को हा.नं. ८१ को ।।३।। सा.नं. ५७१ को हा.नं. २३ मा ।९.३ सा.नं. ५११ को हा.नं. १६० मा १।०।१ समेत १।३।। कायम भई नापी भई मेरो नाउँमा मोही दर्ता भएको ४ नं. अस्थायी निस्सा छ । उक्त जग्गा ०२७।७।२७ गते प्रयागवती नाउँमा लिखत गरी पारित गराएको छु भनी धर्मी मण्डलले भनी ०२७ सालको बाली बुझी भर्पाई दिएको छ । ०२८।३।५ गते थैली बुझी जग्गा निखन्न देऊ भन्दा नमानेकोले प्र.लाई झिकी बुझी के कति थैलीमा कुन अड्डाबाट रजिष्ट्रेशन पारित भएको निज प्रयागवतीबाट खुलाई प्रतिउत्तर परेपछि थैली यकीन हुन आएमा मुख मिलेमा मेरो जोताहा ४ नं. निस्सामा लेखेको ज.बि.१।४।।। जग्गा दामासाहीले हुने थैली धरौट राख्ने छु र सो प्रयागवतीलाई बुझ्न लगाई १।४।। जग्गा म मोहीलाई निखन्न पाउँ भन्ने समेत वादीको फिरादपत्र ।
२. वादी दावीको ४ किल्ला जग्गा नहट पटकी हुँदा नरध्वजबाट बिगहा रू. ५०००। का दरले खरीद गरी ०२७।७।२७ गते भू.प्र.का. काठमाडौंबाट लिखित पारित गराई लिएको छु । कि.नं. ६२२ को ।४.२ समेत १।।१।।।.। जग्गा किरण शमशेर थापा क्षेत्रीबाट रू. ८,०००। मा खरीद गरी ऐ. कार्यालयबाट ०२७।८।३० गते पारित गराई लिएको छु । यसमा नरध्वज र किरणशमशेरको हकवालाले पनि हकसफातर्फ कारवाई यसै अदालतमा चलाएका छन् भन्ने समेत प्रतिवादी प्रयागवतीको प्रतिउत्तर पत्र ।
३. मोहीका हैसियतले जग्गा निखनी पाउँ भन्ने वादी दावी लेनदेन व्यवहारको १६ नं. बमोजिम निखनाई दिनपर्ने देखिनाले दावी पुग्ने ठहर्छ भन्ने समेत शुरू जिल्ला अदालतको फैसला ।
४. शुरू जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन शुरूको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
५. वादी दावीको नरध्वजबाट खरीद गरेको साविक कि.नं. ५११, ६११, ५७१ को जग्गाको प्रति बिगहा रू. ५०००। का दरले हुने रुपैयाँमा वादीले निखन्न पाउने ठहर्छ । अरू वादी दावी पुग्न सक्दैन भन्ने समेत सगरमाथा अञ्चल अदालत रा.वि.बेञ्चको फैसला ।
६. स.अं.अ.राजविराज बेञ्चको उक्तफैसला प्रत्यक्ष कानुनीत्रुटिपूर्ण रहे भएको स्वतः देखिरहेकोले उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रयागवती धानुकाइनीको निवेदन ।
७. रजिष्ट्रेशनको ३५ नं. बमोजिम माल कार्यालयबाट हेरिनुपर्नेमा जिल्ला अदालत र अञ्चल अदालतबाट इन्साफ गरिएको अधिकार क्षेत्रको त्रुटि भएको मान्नु पर्यो । उसमा पनि प्रतिउत्तर परेपछि पूरा थैली धरौट राख्नुपर्नेमा कम रकम धरौट राखिएको तथा अञ्चल अदालतबाट नपुग रकम धरौट राख्ने सुविधा प्रदान गरेको कानुनी त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०३९।६।१० को आदेश।
८. प्रस्तुत नालिश ०२८।३।२७ मा दायर भएको देखिन्छ । सो बखत प्रचलनमा रहेको लेनदेन व्यवहारको १६ नं. ले थैली तिरी निखनी लिन पाउने गैर कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएको थैली समेत धरौट राखी र थैली थाहा नभएकोमा प्रतिउत्तर पत्र परी मुख मिलेको सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने समेत गरी व्यवस्था गरेको देखिन्छ । थैली थाहा नभएको भनी वादीले दावी गरेपछि प्रतिउत्तर परेको मितिले ऐनको म्यादभित्र सम्पूर्ण थैली धरौट राख्नुपर्नेमा सो बमोजिम गरे भएको देखिँदैन । तसर्थ निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । केही जग्गा वादीले निखनाई पाउने गरेको हुँदा सो हदसम्म स.अं. अ.को इन्साफ नमिलेको केही उल्टी हुन्छ भन्ने पू.क्षे.अदालतको मिति २०४०।३।२९ को फैसला ।
९. उक्त क्षे.अ.को फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा बिक्री भएको सबै जग्गा निखनाई पाउँ भनी वादी अनिरूद्र मण्डलको दावी नभई केही जग्गा मात्र निखनाई पाउँ भनी दावी लिएकोमा वादीले निखनाई पाउँ भनी दावी नगरेको जग्गाको थैली धरौट राख्नु नपर्ने र अदालतको आदेशानुसार वादीले थैली धरौट राखेको हुनाले सम्पूर्ण थैली धरौट नरोखको भनी निखन्न नपाउने गरी प.क्षे.अ.ले गरेको निर्णयहरू तत्कालीन लेनदेन व्यवहारको १६ नं. बमोजिमको त्रुटि गरेको र उक्त त्रुटि सार्वजनिक महत्वको विषयको समेत भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०४०।१०।११।४ को यस अदालतको आदेश ।
११. पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णलाल देवले क्षेत्रीय अदालतले गरेको निर्णयमा प्रत्यक्ष कानुनी त्रुटि भएकोले सो फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी प्रयागवती धानुकाइनी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले ऐन कानुनको परिधिभित्र रही क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१२. प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको निर्णय मनासिव या बेमनासिव के रहेछ निर्णय दिनुपरेको छ ।
१३. यसमा वादीले दावी गर्दा प्र.हरूलाई झिकी बुझी के कति थैलीमा जग्गा खरीद गरेको हो, प्र.प्रयागवतीबाट खुलाउन लगाई प्रतिउत्तर परेपछि थैली यकीन हुन आएमा मुख मिले र मैले मोहीको जोताहाको ४ नं. निस्सा पाएको सोही निस्सामा उल्लेख भए बमोजिमको जग्गा बिगहा १।४।। एक बिगहा साढे चार कठ्ठा जग्गाको दामासाहीले हुने धरौट राख्ने छु सो थैली धरौट राखेपछि राखेको थैली निज प्रयागवतीलाई बुझाउन लगाई १।४।।। जग्गामा मोहीलाई निखन्न लगाई पाउँ भन्ने आफ्नो फिरादमा उल्लेख गरेको पाइन्छ ।
१४. तत्कालीन लेनदेन व्यवहारको १२ नं. म कुनै अचल सम्पत्तिको धनीले हकवाला बाहेक अरूलाई बिक्री गरिदिएमा यसै महलको ११ नं. बमोजिम हकवालाले म्यादभित्र निखनी नलिएमा सो म्याद नाघेको ३५ दिनभित्र जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले निखनी लिन पाउँछ” भन्ने उल्लेख भएको देखिन्छ ।
१५. वादी मोही रहे भएकोमा विवाद देखिन्न । उक्त कुरालाई स्वयं प्रतिवादी प्रयागवतीले स्वीकार गरेको पाइन्छ । प्र.प्रयागवतीले बिक्री गरेको जग्गा मध्ये वादी मोही भएको जग्गा पनि बिक्री भएबाट वादी आफ्नो जति जग्गाको मोही छ, त्यति जग्गा निजले निखन्न पाउने हो । वादीले आफू जे जति जग्गाको मोही भई निखन्न पाउँ भनी दावी गरेको छ, सोही दावीको आधारमा प्रतिउत्तर परी थैली यकीन भएपछि अदालतको आदेश बमोजिम ऐनको म्यादभित्र वादीले थैली धरौट राखेकोले सम्पूर्ण थैली धरौट राख्नुपर्ने स्थिति रहेन । जति जग्गाको वादी मोही छ त्यति जग्गामासम्म निखन्न पाउने हुँदा त्यति जग्गाकोसम्म धरौटी थैली राख्ने हो ।
१६. अतएव सम्पूर्ण थैली धरौट नराखेको कारणबाट वादी दावी नपुग्ने ठहराएको पू.क्षे.अ.को निर्णय मिलेन । पू.क्षे.अ.को निर्णय बदर हुने र वादीले निखन्न पाउने ठहराएको सगरमाथा अं.अदालतको इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिम गर्नु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
पुनरावेदक वादी अनुरूद्र मण्डलके माथि इन्साफ खण्डमा लेखिएबमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले विवादको कि.नं. ५११, ५७१, ६११ को १–२–१० जग्गा वादीले निखनाई पाउने ठहरेकोले सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......................... १
ऐ.ऐ. के माथि इन्साफ खण्डमा लेखिए बमोजिम सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा वादीले धरौट राखेको थैली रू. ४,१०२।१५ र नपुग हुन आएको रू. १५२२। वादीले स.जि.अ.मा धरौट राखेको उक्त धरौट समेत जम्मा रू. ५,६२४।१५ वादी अनिरूद्र मण्डलको ऐनको म्यादभित्र दर्खास्त पर्न आए कानुन बमोजिम वादी अनुरूद्र मण्डलका नाउँमा निखनाई दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु............२
ऐ.ऐ. के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी अनिरूद्र मण्डललाई क्ष्ोत्रीय अदालतबाट कोर्टफी रू. २९।०७ भराउने गरेको सो भराउनु परेन । प्रतिवादीबाट वादीलाई भरी भराई दिनु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......................... ३
ऐ.ऐ. को वादीले यस अदालतमा अनुमतिद्वारा पुनरावेदन गर्दा राखेको कोर्टफी रू. ३६।७५ भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र दर्खास्त पर्न आएमा दस्तूर केही नलिई प्रतिवादीबाट वादीलाई भरी भराई दिनु भनी शुरू जिल्ला अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु .......................४
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४१ साल चैत्र २८ गते रोज ४ शुभम् ।