शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६८६ - कर्तव्य ज्यान

भाग: ३५ साल: २०५० महिना: बैशाख अंक:

निर्णय नं. ४६८६   ने.का.प. २०५० (क)        अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

२०४७ सालको फौ.पु.नं. २६१

ऐ.को.फौ.सा.नं. ७८

फैसला मिति :२०४९।१२।४।४

पुनरावेदक/प्रतिवादी: जि.कास्की घान्द्रुक गा.पं. वर्डा नं. ९ घर भै हाल कारागार शाखा   काठमाडौंमा थुनामा रहेको जगन सिं राना मगर ।

विरुद्ध

विपक्षी/वादी: जित वहादुर गुरुङ समेतको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रतिवादी: जि. कास्की घान्द्रुक गा.पं. वडा नं. ९ छुमरुङ घर भै हाल जि. का. कारागार शाखा   स्याङजामा थुनामा रहेको जगत प्रसाद गुरुङ ।

मुद्दा : कर्तव्य ज्यान ।

(१)   सामूहिक क्रियाको परिणामबाट कर्तव्य हुन्छ भने कसैले घटी वा कसैले बढी बल प्रयोग गरेको भत्रे आधारमा प्रतिवादीको भूमिका न्यून रहेको भनि सजायको मात्रामा घटी बढी हुन सक्ने होइन । वारदात सम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयान समर्थित भएको देखिएको स्थितिमा अदालतमा इन्कार रहेकोले मात्र अधिकार प्राप्त अधिकारी समक्ष स्वेच्छाले सावित भएको रहेनछ भत्र मिल्ने देखिन नआउने ।

(प्र.नं.४०)

निवेदकको तर्फबाट: विद्वान अधिवक्ता श्री होमनाथ ढुङ्गान

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलिया

 

फैसला

न्या. अरविन्दनाथ आचार्य

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।३।४ को फैसला उपर प्रतिवादी जगन सिं राना मगरको पुनरावेदन परेको र प्रतिवादी जगत प्रसाद गुरुङको हकमा साधक सदरको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा फैसला यस प्रकार छ :

२.    जर्मन नागरिक पा. पो.नं. इ ६७९५५१८ बाहक हर्मन म्युडिगर २३ मार्च १९८५ देखि अत्रपूर्ण वेशक्याम्पको एरियामा हराएकोले निजलाई खोजतलास गर्न नागर्जुन सेर्पा र लाकपा सेर्पालाई यस राजदुतावासबाट खोजतलास गर्न खटाइएको छ हराइरहेको व्यक्तिको पास पोर्ट छुमरुङ खोला स्थित होटल हिमचुल्किो मालिक संग छ निजको बरेमा केही खबर ल्याएका छन् अपराध भएको शंका हुँदा एक प्रहरी टोली अनुसन्धान गर्न त्यस तर्फ सेर्पाहरू साथ खटाई अनुसन्धान काठमाडौं स्थित इन्टरपोललाई जानकारी दिंदा यस एम्बेसीलाई चाहिने सहयोगहरू उपलब्ध गराई दिने कुराको आश्वासन समेत पाएको छ भत्रे समेत ब्यहोराको काठमाडौं स्थित जर्मन एम्बेसीको अंग्रेजी हरफको आरक ५११ को पत्र ।

३.    ह्र्मनम्युडीगर ०४१।१२।१० गते अत्रपूर्ण आधार क्याम्प तर्फ गएको फर्की नआएको हुँदा काठमाडौंबाट आएका वाकपा जेल सेर्पा समेतलाई प्रहरी साथ पठाएको छ । हिमचुली होटलमा पासपोर्ट राखेको र सिलपिङ ब्याग लगेको र साहिला गुरुङसँग छ भत्रे बुझिएको हुँदा सो समेत बुझी निजलाई यस कार्यालयमा ल्याउनु भत्रे समेतको प्रहरी चौकी घान्द्रुकलाई लेखेको पत्र ।

४.    जर्मन नागरिक हर्मनम्युडीगरको खोज तलासको लागि खटी जाँदा छुमरुङ होटल हिमचुलीमा ०४१।१२।१२ गते निज जर्मन पुगी क्याप्टेन थमस गुरुङलाई भेटी मेरो सिलपिङ ब्याग पातलो छ अत्रपूर्ण बेस क्याम्प जान्छु भनी एउटा सिलपिङ ब्याग म्युडीगरले लिई गएका रहेछन् । सोही घान्द्रुक गा.पं. वडा नं. ९ मा पर्ने बम्बु जंगल भित्र बम्बु लज रहेको सोही लजमा काम गर्ने साहिँला भत्रे केटाले बम्बु खोलामा सिलपिङ ब्याग एउटा भेटिएको बुझिएकोले एम्वेसीबाट आएका सेर्पाहरूलाई सोध्दा सिलपिङ ब्याग यही भनेका हुँदा सोही जंगलमा खोजतलास गर्दा बम्बु लज देखि २५ गज पूर्व बम्बु खोलाको पूर्व पट्टी ढुंगाको ओडारमा बालुवा पतकर थुपारेको देखि शंका लागी प्रहरी खटाई हेर्दा मृतक जर्मन नागरिकको लास घोप्टो पारिराखेको देखिएको लास सुरक्षित साथ राखी जाहेर गर्न आएको छु कानून बमोजिम गर्नु भत्रे समेत प्र.ह. जित बहादुर गुरुङ समेतको संयुक्त प्रतिवेदन ।

५.    मृतक लास घोप्टो परी दक्षिण टाउको, उत्तर गोडा, टाउको केही कुही झरेको पछाडि पट्टी टाउकोमा २ इन्च लामो ३ ठाउँमा काटिएको, देब्रे कानको पछाडि अं.३ इन्च लामो काटिएको घाउ सो देखि माथि अं. २ इञ्च जति लामो काटिएको दाग दाहिने र देब्रे हात अर्ध खुल्ला दुवै खुट्टा तन्केको, कैले कपाल घाँटी हल्लाई हेर्दा टुटे जस्तो लाग्ने सो लास रहेको ठाउँ देखि २० हात पश्चिम ओडार भित्र रगत लागेको डोको रहेको भत्रे समेत ०४२।१।१९ को लास प्रकृति मुचुल्का ।

६.    बम्बु लजको भित्र गई हेर्दा चित्राले बारेको चित्रा नै ओछाएको कोठाहरू मध्ये बीचको कोठामा ओछाई राखेको चित्रमा पूर्व र उत्तर पट्टी रगतको दाग देखिएको तल ओछाएको चित्रामा प्रसस्त मात्रामा रगतको छिटाहरू देखिएको हाम्रो रोहवरमा उक्त रगत छिटा भएको रगतहरू प्रहरी अधिकृतले वरामद गरेको हो भत्रे समेत व्यहोराको तलासी मुचुल्का ।

७.    बाबु एण्ड लज देखि अं. २५ गज टाढा मालिगाको जंगलमा ढुंगाको ओडारमा पत्करले छोपी राखेको सेतो कपडामा पोको परेको अवस्थामा सो पोको झिकी हेर्दा पा.पो.नं. ६०९५५१८ को हर्मनम्युडीगर नामको व्यक्तिलाई अध्यागमन शाखा पोखराबाट इजाजत प्राप्त गरेको अध्यागमन पत्र समेत वरामद भएको ०४२।१।२० को वरागदी मुचुल्का ।

८.    मिति ०४१।१२।१२ मा म मेरो होटेलमा थिए, म्युडीगर मेरो होटलमा आए म सँग सिलपिङ ब्याग दिनको १० भाडा तिर्ने गरी पासपोर्ट डिपोजिट राखी १०।११ बजेको समयमा बेसक्याम्प जान्छु भनी गएका हुन फर्की आएनन् । काठमाडौंबाट २ जना सेर्पाहरू मेरो होटलमा आई हर्मनको फोटो देखाए म सँग रहेको पासपोर्ट भिडाई हेर्दा भिडान भयो सिलपिङ ब्याग सोही लजमा काम गर्ने केटाले फेला पारेको छु भत्रे कुरा सेर्पा भनेकोले घर देखाई दिएको हुँ । धनसम्पत्तिको लोभले कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत क्याप्टेन थमन बहादुर गुरुङको बयान ।

९.    बरामद भएको चोयाको डोकोमा लागेको रगतहरू परीक्षणका लागि प्र.पं.को मा जाँच गर्न पठाएको पत्र ।

१०.    ओम गुरुङ बम्बु लजमा काम गरी बस्ने आकासे रंगको फिक्का रातो बुट्टा भएको सिलपिङ ब्याग पाई कमजान गुरुङलाई रु १६०।मा बेचेको रहेछ मैले फिर्ता ल्याए घरमा राखेको थिएँ, पछि सो ब्याज मृतकको हो भनी थाहा पाए कसैले कर्तव्य गरी मारे थाहा भएन बुद्धिमान गुरुङ उपर शंका लाग्छ भत्रे समेत कायसार्की गुरुङको बयान कागज ।

११.    बारमद भएको डोको बम्बु होटलको मालसामान बोकी ल्याउने डोको हो बुद्धिमान गुरुङ जगत सिंह मगर भागी रहेको हुँदा अरु १।२ जनाको सहयोग लिई जर्मन नागरिकलाई मारेकोमा शंका लाग्छ भत्रे साइला भत्रे ओम प्रसाद गुरुङको बयान कागज ।

१२.   छुमरुङ पुगी फर्की आउँदाबुद्धिमान लजमा थिएनन् । सिलपिङ ब्याग सुकाइरहको देखि ओम प्रसादलाई सोध्दा बम्बुखोलामा पाई ल्याएको हुँ एउटा निलो गन्जी पनि छ भनी भनेकोले मलाई देऊ भन्दा दिएकोले धोई राखेको थिए गन्जी समेत लिई उपस्थित भएको हुँ बरामद भएको डोको बम्बु होटलको हो बुद्धिमान गुरुङ र जगन सिं मगर भागिरहको भन्ने थाहा पाएकोले निजहरूले कर्तव्य गरी मारेकोमा विस्वास लाग्छ भत्रे समेत जगत प्रसाद गुरुङको बयान कागज ।

१३. बम्बु होटलको १ जना केटाले सिलपिङ ब्याग पाएको छ भत्रे कुरा सुनेकोले ओम प्रसादका घरमा गै सो ब्याग हेर्दा एम्बेसीबाट दिएको हुलिया बमोजिमको रहेछ जि.प्र.का. मा सम्पर्क राखी प्रहरी समेतको मद्दत र सुराकबाट हर्मन म्युडीगरको लास फेला परेको हो भन्ने समेत लाक्पा सेर्पा समेतले गरी दिएको कागज ।

१४.   बम्बु लजको पूर्वपट्टी ढुंगाको ओडारमा फेला परेको लास छोरा बुद्धिमान गुरुङबाट नै कर्तव्य भएको हुनु पर्छ अरुको पनि मिलेमतो हुनु पर्छ भन्ने समेत दुर्गा बहादुरको कागज ।

१५.   ०४१ साल चैत्र १२ गते सामान दिई यस क्याम्प फर्की जान आउँदा सिउवालजमा राम बहादुर फेला परे दुवै जना बम्बु लजमा ६ बजे आयो लजका मालिक बुद्धिमान र एक जना विदेशी नागरिक रहेछन खाना खाई बसेको अवस्थामा जगत प्रसाद गुरुङ बम्बु लजमा आए रातको अं. १२ बजे चारजनाले सल्लाह गरी विदेशी नागरिकलाई मार्न षडयन्त्र रची बुद्धिमानले दाउरा चिर्ने बन्चरो र जगत प्रसादले ढुंगा कुटने टुकटुके लिई बीच कोठामा सिलपिङ ब्याग भित्र सुतेको गोरालाई बुद्धिमानले घाँटीमा बन्चरोले र जगत प्रसादले  टुकटुकेले हाने मैले अठ्याँए राम बहादुर मान्छे हेर्न बसे बन्चरो र टुकटुकेले हानेपछि चल्न छोड्यो सामान र क्यामरा १ डलर १०। ने. रु, ५००।ट्राभल चेक ७००।झिकी रातको २ बजे चोयाको डोकोमा हाली बम्बु खोलाको ओडारमा लगी बालुवा पत्थरले छोपी लुकाई राखेको हुँ भन्ने समेत जगन सिं राना मगरले जि.प्र.का. कास्कीमा गरको बयान कागज ।

१६.    बुद्धिमानको घर तलासी लिंदा फलामे धार भएको खीया लागेको बन्चरो र टुकटुके बरामत भएको भन्ने समेतको तलासी मुचुल्का ।

१७.   ०४१ साल मंसिर महीना गते बारको याद भएन बुद्धिमानले लजमा एक जना टुरिष्ट बिरामी परी बसेका छन हाम्रो लजमा जाऊ भनेकोले गए निजलाई मारी मोदी नदीमा लगी फाल्ने मन्जुर गरेर रातको अं. १२ बजे तिर बुद्धिमानले बन्चरोले घाटीमा हाने मैले टुकटुकेले ५।६ पटक टाउकोमा हानी क्यामरा समेतका सामान लियौं र लासलाई सोही लजको डोकोमा राखी मैले डोको बोकी बुद्धिमानले कपडा लिई गई मोदी नदी खोलामा फाली दियो र डलर र रुपैयाँ बाँडयौं क्यामरा पोखराका नाम नचिनेको व्याक्तिलाई बेचीदियौं ट्राभल चेक साट्न नसकेको हुँदा मोदिमा च्याती फालेको हुँ भत्रे समेत व्यहोराको जगत प्रसाद गुरुङको प्रहरीमा गरेको बयान ।

१८.   जगन सिं र म बम्बु लजमा ६ बजेको समयमा पुग्दा बुद्धिमान र एक जना गोरा मात्र लजमा रहेछ म त्यही खानपिन गरी बसेका थियौं रातका १२ बजे सम्म गफ गरी बस्यौं र बुद्धिमानले यो सँग धेरै धन सम्पत्ति छ मारौं भनेकोले हामी मन्जुर भै बुद्धिमानले बन्चरोले जगत प्रसादले टुकटुकेले हाने म ढोकामा मान्छे हेर्न बसे एकछिन पछि मृतकलाई डोकामा हाली आलोपालो गरी लगी लुकाई राखेका हौं भत्रे समेत राम भत्रे राम बहादुर गुरुङले प्रहरीमा गरेको बयान कागज ।

१९.    ०४१ साल बैशाख महीनामा जगत प्रसाद मेरो लजमा आई ट्राभल चेक ७००।डलर ५ छोडी म संग बाट नगद लिई गई जेष्ठ ८।१० गते तिर निज आई क्यामरा छाडी गएका हुन् ट्राभल चेक बागबजार पोखरा बस्ने आले भन्नेलाई बेचेको हुँ हर्मन म्युडीगरलाई कर्तव्य गरी मारेको कुरा पछि थाहा पाएको हुँ भन्ने समेत सहदेव राईले प्रहरीमा गरेको बयान कागज ।

२०.   ०४१ साल बैशाख १६।१७ गते जस्तो लाग्छ सहदेव राई म कहाँ आई ट्राभल चेक साटी दिनु होस भनेकोले यस्तो काम गर्दीन भनेकोले सहदेव राईसँग चन्द्र बहादुरलाई भेट गराई दिएँ ७००।डलर सहदेवले चन्द्र बहादुरलाई दिए निजले ३०००।दिएका हुन भन्ने समेत देव प्रसादको प्रहरीमा गरेको बयान कागज ।

२१.   जर्मन नागरिक म्युडीगर बुद्धिमान, जगत प्रसादले हतियार प्रयोग गरी र राम बहादुर ढोकामा उभिई कर्तव्य गरी मारेको हामीलाई पूर्ण शंका लाग्छ भन्ने समेत प्रहरीबाट भएको सर्जमीन मुचुल्का ।

२२.   पाँचै जना प्रतिवादीहरूले ज्यान सम्बन्धी महलको देहाय १ अनुसारको कसूर गरेकोले कसूर अनुसार सहदेव राईलाई सोही ऐनको दफा १३ (४) बुद्धिमान जगत प्रसाद र जगत सिं मगरलाई १३ (३) तथा राम बहादुरलाई १७(३) अनुसार सजाय हुन माग दावी लिएको समेत प्रहरी प्रतिवेदन माग दावी ।

२३.   ०४१।१२।१२ गते म आफ्नो होटल चलाई बसेको छु निजहरू सँग मेरो भेट पनि भएन जर्मन नागरिकको खुट्टा थिचेको तथा ढोकामा उभिरहेको समेत होइन प्रतिवादी जगत प्रसाद गुरुङ सँग मैले पैसा लिनु पर्ने थियो पैसा माग्दा निजले म सँग झगडा गर्ने गर्थे सोही रीस इवीले निजले मलाई पोलेका होलान् बुद्धिमान भागेको हुँदा उसैले मारेकोमा शंका लाग्छ मेरो प्रहरीमा गरेको बयान सम्पूर्ण झूठ्ठा हो भत्रे समेत राम बहादुर गुरुङको कास्की जिल्ला अदालतमा गरेको बयान ।

२४.   जगत सिं लाई चिन्दछु जगत प्रसाद संग निजले सार्वजनिक ठाउँमा घडेरी बनाउँदा झगडा भै रीस इवी थियो अरु संग रीस इवी थिएन ०४२।१।१५,१६ गते तिर जगत प्रसाद क्यामरा लिएर मेरो होटलमा आई पैसको खाँचो छ क्यामेरा राखी देऊ भनेकोले नसोधी ३००।दिई राखी दिएको हुँ पछि जर्मन नागरिक मरे छ रे भनी सुनी, जगत प्रसादलाई त विभिन्न कुरा सुनेको छु क्यामरा लिएर जा भन्दा लगेर हिरासतमा राखेपछि उक्त रीस इवीले पोलेको हो मैले क्यामरा बाहेक ट्राभल चेक तथा अमेरीकन डलर लिएको तथा बेचेको समेत होइन भूmट्टा प्रहरी प्रतिवेदन आरोपबाट फुर्सद पाउँ भन्ने समेत सहदेव राईको कास्की जि.अ.मा गरेको बयान ।

२५.   बम्बु लज जान एक दिन भरिनै लाग्छ अरु प्रतिवादी जगत प्रसाद समेत कहाँ थिए थाहा भएन म र राम बहादुर माछापुछ«े मै थियौं प्रतिवादीहरूले म समेतले जर्मन नागरिक मारी फालेको भनी किन बयान गरे मलाई थाहा छैन मैले मारेको होइन प्रहरीमा मैले मारेको भनी बयान गरको होइन । नसुनाई सही गराएका हुन भुठ्ठा प्रहरी प्रतिवेदनबाट फुर्सद दिलाई पाउँ भन्ने समेत जगन सिं राना मगरको कास्की जिल्ला अदालतमा गरेको बयान ।

२६.   म्युडीगर बेपत्ता भयो भत्रे कुरा केपटेन थर्मन बहादुर गुरुङले भनेकोले थाहा पाएको हुँ मलाई अनुसन्धान गर्न भनी प्रहरीले पक्राउ गरी ल्याएका हुन बन्चरो टुकटुके समेत प्रहरी कार्यालयमा आएपछि मात्र देखेको हुँ क्यामरा यसै अदालतमा आएपछि मात्र देखेको हुँ सहदेव राइले क्यामरा राख्न दिएको रु. ३००।लिएको भन्ने कुरा झूठ्ठा हो प्रहरीमा गरेको बयान मैले भने अनुसार लेखिएको होइन ओम प्रसादले भेटाएको सिलपिङ ब्याग कहाँबाट आयो भनी सोध्दा ओइरा खोलामा फेला पारी ल्याएको भनी भने अरु समान पनि छ कि भनी सोध्दा एउटा गंजी पनि छ भनेको हुँदा ल्याई देऊ भन्दा ल्याई दिएको हुँदा लिएको हुँ प्रहरीको बयानमा मैले लिन गएको भनेको ओम प्रसादको भनाई झूठ्ठा हो भन्ने समेत जगत प्रसद गुरुङको कास्की जिल्ला अदालतमा गरेको बयान ।

२७.   सर्जमीनका मानिस प्रतिवादीहरूको साक्षीहरूको बकपत्र मिसिल सामेल रहेछ । बुद्धिमान गुरुङले म्यादी पूर्जी गुजरी बसेको रहेछ । बुद्धिमान गुरुङको अंश रोक्का भएको मुचुल्का मिसिल सामेल रहेछ ।

२८.   प्र. जगन प्र. गुरुङ र जगत सिं मगरलाई ज्यन सम्बन्धीको १३ (३) ले सर्बस्व सहित जन्म कैद हुने र सहदेव राईलाई मुख्य भै षडयन्त्र गरेको देखिन आएकोले निजलाई ज्यन सम्बन्धीको १६ नं. अनुसार र प्र. राम बहादुर गुरुङलाई निजले ढोका मात्र कुरी बसेको देखिन अएकोले निजलाई ज्यान सम्बन्धीको १७ (३) अनुसार सजाय गरी ०४४।८।२७ गते कास्की जिल्ला अदालतबाट भएको जाहेरी फैसला ।

२९.   वादी श्री ५ को सरकारको र प्रतिवादी जगन सिंह रानाको पुनरावेदन जिकिर पुग्न सक्तैन जिल्ला अदालतको फैसला अनुसार अ.व.१८६ नं. बमोजिम प.क्षे.अ.मा जाहेर गर्न ठहर्छ भन्ने समेत गण्डकी अं.अ.को ०४५।११।२६ को फैसला ।

३०.   प्र. जगत प्रसादलाई कास्की जिल्ला अ. ले सर्बशव साहित जन्म कैद गरेको इन्साफ मनासिव देखिएकोले मिसिल साधक जाहेरको लागि प.क्ष.अ. मा पठाई दिनु भत्रे समेत ग.अं.अ.को २०४६।९।२० को फैसला ।

३१.   पुनरावेदक प्र. जगन सिं राना मगरले आरोपित कसुर गरेमा अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको, सह अभियुक्तको पोललाई खण्डन गर्न नसकेको आफू माछापुछ«े बेस क्याम्पमा थिएँ, भनी अदालतमा बयान गरेता पनि सो कुरा निजकै साक्षीबाट समेत खवीर रूपमा प्रमाणित हुन सकेको नदेखिंदा हर्मन म्युडिगरलाई कर्तव्य गरी मार्नमा निजको संलग्नता स्पष्ट रूपमा रहेको देखिंदा ज्यान स. १३(३) नं. बमोजिम सर्वस्व सहित जन्म कैद हुने ठहराएको शुरुको फैसला सदर गरेको ग.अ.प्र. को इन्साफ मुनासिव ठहर्छ । पुनरावेदन नगर्ने प्र. जगत प्रसाद गुरुङको हकमा निज अधिकार प्राप्त अधिकारी समक्ष सावितै रहेको र निज वारदातको समयमा अन्यत्र छु भनी जिकिर लिएकोमा सो कुरा कतैबाट पुष्टि हुन नसकेको स्थितिमा ज्या. स.को १३(३) नं. बमोजिम सजाय गरेको शुरुको फैसला सदर गरेको ग.अं.अ.को इन्साफ मनासिव ठहर्छ भत्रे समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४७।३।४ को फैसला ।

३२.   पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४७।३।४ को फैसला त्रुटीपूर्ण भई मलाई ज्या. सं. १३(३) बमोजिम सजाय गरेको बदर गरी सफाई पाउँ भत्रे समेत प्रतिवादी जगन सिं राना मगरको यस अदालतमा परेका पुनरावेदन ।

३३.   पुनरावेदक प्र. जगन सिं राना मगरको प्रहरीमा भएको साबिती बयानलाई सह अभियुक्तको पोल बाहेक अन्य स्वतन्त्र सबुद प्रमाणबाट समर्थित हुन आएको मिसिलबाट देखिन नआएकोले शुरुले आरोपित कसूर गरेको ठहराएको इन्साफ सदर गरेको प.क्षे.अ. समेतको फैंसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजि छलफलका लागि महान्याधिवक्ताको कार्यालयलाई सूचना दिइ पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति ०४८।१०।२० मा भएको आदेश ।

३४.   प्र. जगत प्रसाद गुरुङको हकमा साधकमा दायर भै पेश हुन आएको रहेछ ।

३५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीहरू मध्ये जगत प्रसाद गुरुङका सम्बन्धमा साधक तहबाट र जगन सिं राना मगरका हकमा निजको पुनरावेदनबाट प.क्षे.अ.को फैसला मिले नमिलेको क रहेछ विचार गर्न पर्ने देखिन आएको छ ।

३६.   प्रतिवादी जगत प्रसाद गुरुङका हकमा साधकको रोहवाट हेर्दा मुख्यतः निज प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजमा मृतक जर्मन नागरिक हर्मन म्युडिगरलाई बुद्धिमान गुरुङले बञ्चरोले गर्धन टाउकोमा हिर्काए पछि निज समेतले मृतकको कञ्चटमा टुकटुके (ह्यामर) ले हिर्काई कर्तव्य गरेको भनी अपराधमा सावित भएको देखिन्छ । मिसिल संलग्न लास प्रकृति मुचुल्काबाट पनि मृतकको गर्धनमा अं. २” (ईन्च) लामो ३ ठाउँमा काटिएको र अ. ३” (इन्च) लामो देब्रे कानको पछाडि काटिएको चोटहरू देखिएको छ बारदातमा प्रयोग भएको बञ्चरो तथा टुकटुके प्रतिवादी मध्येका बुद्धिमान गुरुङको घरबाट वरामद पनि भएको छ, प्रतिवादीहरूले आफ्नो बयानमा परस्परको संलग्नता देखाएको छन् । मृतकको क्यामरा तथा ट्राभलर्स चेक समेत प्रतिवादीहरू मध्ये बाटै बरामद भएको हुँदा वारदात सम्बन्धी सम्पूर्ण विवरण एवं तथ्यबाट निजको उक्त साविती पूर्ण समर्थित भएको देखिन्छ । मृतक पर्यटकको रूपमा घुम्न हिंडेको विदेशी भएको र निजको साथमा भएको क्यामरा आदि मालसामान तथा डलर लिने लोभले निजलाई मार्न रचिएको षडयन्त्र तथा योजना मुताविक प्रतिवादी जगत प्रसाद गुरुङ समेत भै अं. १२ बजे मध्ये रातमा स्लिपिङ ब्याग भित्र सुतिरहेको मृतकलाई निर्ममतापूर्वक गरिएको हत्याका वारदातमा निज जगत प्रसाद गुरुङले सांघातिक चोट प्रहार गरेको स्पष्ट देखिने हुँदा निजलाई प्रतिवेदन दावी बमोजिम ज्या. सं. को १३ (३) नं. अनुसार सर्वश्व सहित जन्म कैद हुने ठहराई गण्डकी अंचल अदालतबाट भएको इन्साफ सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट जाहेर गरेको साधक सदर हुने ठहर्छ ।

३७.   अब प्रतिवादी जगन सिं राना मगरको पुनरावेदन जिकिरका सम्बन्धमा बिचार गर्दा निजका तर्फबाट विद्वान अधिवक्त श्री होमनाथ ढुङ्गानाले प्रतिवादी जगन सिं रानामगरलाई निजको प्रहरीको साविती र सह अभियुक्तको पोलको आधारमा कसूरदार ठहराएको छ, निज सो वारदातको दिन आफू सो ठाउँमा नभै माछापुछ«े बेस क्याम्पमा रहेको भत्रे जिकिर लिई अदालतमा पूर्ण इन्कार रहेका छन् । निजका साक्षी ओम प्रकाश गुरुङले पनि जगन सिं राना मगर वारदातको ठाउँमा थिएन नै भनी बकपत्र गरेका छन् । सरजमिनका मानिसहरू मध्येका मिन वहादुर गुरुङले समेत बकपत्रमा प्रहरीले पहिले देखिनै लेखी ल्याएको ब्यहोरामा जगन सिं रानाको सहीछाप गराएको भत्रे उल्लेख गरको छन् । साक्षी सरजमिनको कुनै मूल्यांकन भएको छैन जगन सिं राना मगर आफू स्वयं होटल चलाई आएका व्यक्ति हुन् । आफ्नो होटलको लागि सामान लिन बम्बु लज आउने जाने सम्म निजले गर्ने गर्दछन् । बम्बु लजका मालिक सँग आफ्नो होटल व्यवसाय सम्बन्धी काम कुराको मात्र निजको मतलब रहेको हुँदा सो बाहेक मृतक जर्मन नागरिकको हत्या सम्बन्धी योजना, मिलोमतो र कर्तव्यमा निजको कुनै संलग्नता छैन भत्रे बहस गर्नु भएको र विपक्षी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलियाले प्रतिवादी जगन सिं राना मगरले प्रहरीमा अपराधमा सावित भई गरेको बयान लास प्रकृति मुचुल्काबाट देखिएको घाउ चोट तथा प्र. जगत प्रसाद गुरुङ समेतको पोलको अतिरिक्त वारदातमा प्रयोग गरिएको हतियार तथा मृतकको क्यामरा आदि माल सामानको बरामदी लगायका सम्पूर्ण तथ्यबाट समर्थित भएको स्पष्ट देखिन्छ भत्रे मुख्य जिकिर लिई बहस गर्नु भयो ।

३८.   विद्वान अभिवक्ताहरूले गर्नु भएको बहस तथा मिसिल संलग्न कागज प्रमाणको आधारमा प्रथमतः निजको मौकाको साविती कस्तो हो सो मै विचार गर्नु पर्ने दखिन आयो । निज प्रतिवादी जगन सिं रानामगरले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा बम्बू लजका मालिक बुद्धिमान गुरुङ समेतबाट जर्मन नागरीक हर्मन म्युडिगरलाई मारी निजसँग रहेको क्यामरा आदि मालसामान तथा डलर लिने भत्रे सल्लाह भए अनुसार निज जर्मन नागरिक हर्मन म्युडिगर बम्बू लजमा राती स्लिपीङ ब्याग भित्र सुति रहेको बेला बुद्धिमान गुरुङ र जगत प्रसाद गुरुङले निजलाई चोट प्रहार गर्दा निज जगन सिंह पहिले मैनवत्ति हातमा लिई उज्यालो दखाएको र पछि सो मैनवत्ति बुद्धिमान गुरुङले आफ्नो हातमा लिएपछि मृतक पिडाले छटपटाउन लाग्दा मृतकको गोडा समाई अठ्याई थिचेका र मरी सकेपछि मृतकको लासलाई डोकोमा बोकी ओडारमा फाल्न लगेको भनी बारदातमा आफ्नो सक्रिय संलग्नता रहेको देखाई सावित भएको देखिन्छ । मृतक विदेशी पर्यटक भएका र निजको साथमा क्यामेरा आदि माल वस्तु तथा डलर हुने हुँदा सो लिने उद्देश्यले शहदेव राई समेतका व्यक्तिहरूले निजलाई मार्ने षडयन्त्र रचेको र बुद्धिमान गुरुङ, जगत प्रसाद गुरुङ र निज समेतका व्यक्तिहरूले सो षडयन्त्रको योजना अनुसार कर्तव्य गरी मारेको भत्रे र वारदातमा बुद्धिमान गुरुङले बन्चरोले मृतकको गर्धन र जगत प्रसादले टुकटुके (ह्रामर) ले कन्चटमा हानेको र निज जगन सिं राना मगरले पहिले हातमा मैनबत्ति लिई उज्यालो देखाएको, पछि बुद्धिमान गुरुङले निजको हातबाट मैनबत्ति लिएपछि मृतक चटपटाउन लाग्दा मृतकको गोडा अठयाई थिचेको र मरेपछि लासलाई डोकोमा हालि ओडारमा लगी फालेको भत्रे समेतको यथार्थ कुरा एवं तथ्यहरू सहित विवरण खुलाईएको देखिन्छ । मृतकको लास बम्बु लज निर कै ओडारमा फेला परेको छ । लासको शब परीक्षण भएको नभए पनि लास प्रकृति मुचुल्काबाट लासको टाउकोमा २तथा ३लम्बइका यत्रतत्र काटिएका घाउ चोटहरू देखिएका छन् । सो घाउ चोट उल्लेखित हतियारबाटै भएको भत्रे पुष्टी समेत भएको छ । कर्तव्य गर्नमा प्रयोग भएको बन्चरो र टुकटुके प्रतिवादी मध्येका बुद्धिमान गुरुङको घरबाटै बरामद भएको भत्रे समेत देखिन्छ । बुद्धिमान गुरुङ फरार नै रहेको छ, जगन सिं रानामगर सरह कै ज्या. सं. को १३ (३) नं. का प्रतिवेदन दावी भएको प्रतिवादी मध्येका वारदातमा सांघातिक चोट प्रहार गर्ने प्रमुख अर्का प्रतिवादी जगत प्रसाद गुरुङ कसुरदार ठहरी सर्वस्व सहित जन्म कैदको सजाय पाएकोमा निजले पुनरावेदन नै नगरी चित्त बुझाई बसेको समेत देखियो । अतः उपयुक्त आधार समेतबाट प्रतिबादी जगन सिं राना मगरको मौकाको साविती तथ्यपूर्ण एवं विश्वसनीय देखिन आएको छ ।

३९.   अव सह अभियुक्तको पोलको सम्बन्धमा विचार गर्दा पोल गर्न सह अभियुक्त मध्येका जगत प्रसाद गुरुङ आफू समेत अधिकार प्राप्त अधिकारी समक्ष आफू समेतले कर्तव्य गरेकोमा सावित छ निजको उक्त पोललाई अपराधको दायित्व अरुमा पन्छाउन खोज्ने सरहको पोल भत्र मिल्ने देखिन आउँदैन । निज कसूरदार ठहरीएकामा पुनरावेदन नगरी चित्त बुझाई बसेको समेत छ । जगन सिं रानामगर वारदातमा संलग्न नभएको भए जगत प्रसाद गुरुङ समेतले अनाहक त्यसै ज्यान जस्तो अपराधमा पोल्नु पर्ने तर्क संगत कुनै कारण देखिन आएको छैन । अभियुक्तको पोल तथ्यमा आधारीत भएको देखिन्छ र वारदता सम्बन्धी उपयुक्त सम्पूर्ण तथ्यहरूबाट पुष्टि हुन आएको छ ।

४०.   जगन सिं राना मगर बारदातमा थिएन र निजले अदालतमा गरेका बयान अनुसार उक्त वारदातको दिन माछापुच्छ्रे बेस क्याम्पमा थियो तथा निजको बारदातको योजना लगायत कर्तव्य गर्नमा कुनै संलग्नता थिएन भत्रे निज प्रतिवादीको जिकिरलाई पुष्टी हुने बलियो ठोस प्रमाण केहि देखिंदैन । प्रतिवादी अन्यत्र थिए भत्रे जिकिर प्रतिवादीका साक्षी ओम प्रकाश गुरुङ तथा सर्जमिनका मिन बहादुर गुरुङले गरेको बकपत्रबाट पुष्टी हुने हुँदा सो बकपत्रको मूल्यांकन हुनु पर्ने भत्रे पुनरावेदक तर्फबाट बहस गर्नु भएका विद्वान कानून व्यवसायीको बहस जिकिरका सम्बन्धमा पनि जगन सिं राना मगरले उक्त वारदातमा आफू समेत संलग्न रहेको कुराको साविती बयान गरेको मात्र नभै बारदात सम्बन्धी सम्पूर्ण तथ्यबाट निजको संलग्नता रहको स्पष्ट देखिएको अवस्थमा उक्त बहस जिकिर तर्फ अरु विचार गरी रहन आवश्यक देखिन आएन । वारदात सम्बन्धी सम्पूर्ण विवरण एवं तथ्यबाट सुनियोजित उक्त वारदातमा पुनरावेदक प्रतिवादी जगत सिं राना मगर जर्मन नागरिक हर्मन म्युडिगरलाई कर्तव्य गरी मारेका वारदातमा शुरु देखि लासलाई ओडारमा लगी फाल्न सम्मका कृयामा सक्रिय रुपमा संलग्न रहेको देखिन आएको छ । मृतकको साथमा रहेको क्यामरा आदि माल सामान तथा डलरको लोभले सो लिने उद्देश्य लिई सामुहिक कृयाबाट मृतक मारीदिएको देखिएको छ । सो अपराधिक कृत्यको मात्रा कसैको केही बढी र कसैको कोहि घटि हुन नसक्ने होइन । सामुहिक क्रियाको परिणामबाट कर्तव्य हुन्छ भने कसैले घटी वा कसैले बढी बल प्रयोग गरेको भत्रे आधारमा प्रतिवादीको भूमिका न्यून रहेको भनी सजायको मात्रामा घटी बढी हुन सक्ने होइन । वारदात सम्बन्धी सम्पूर्ण तथ्यबाट अधिकार प्राप्त अधिकारी समक्ष गरेका साविती बयान समर्थित भएको देखिएको स्थितिमा अदालतमा इन्कार रहेकोले मात्र अधिकार प्राप्त अधिकारी समक्ष स्वेच्छाले सावित भएको रहेनछ भत्र मिल्ने देखिन आउँदैन ।

४१.   अतः पुनरावेदक प्रतिवादी जगन सिं राना मगरको तर्फबाट विद्वान कानून व्यवसायीले गर्नु भएको वहस जिकिरसंग यो इजलास सहमत हुन सकेन । प्रतिवादी जगन सिं राना मगरलाई प्रतिवेदन दावी बमोजिम ज्या.स. को १३ (३) नं. बमोजिम सर्वस्व सहित जन्म कैद हुने ठहराएको गण्डकी अंचल अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव हुँदा सो इन्साफ समेत सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझई दिनु ।

उक्त रायमा सहमत छु ।

न्या. केशव प्रसाद उपाध्याय

इति सम्वत् २०४९ साल चैत्र ४ गते रोज ४ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु