निर्णय नं. १३४५ - जग्गा खिचोला दर्ता

निर्णय नं. १३४५ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३४ सालको देवानी पुनरावेदन नम्बर १३३
फैसला भएको मिति : २०३६।३।२२।६ मा
पुनरावेदक : जि. मोरङ विराटनगर न.पं.नं. २ बस्ने मित्रबहादुर बस्नेतसमेत
विरूद्ध
विपक्षी : जि. सुनसरी धरान न.पं.नं. ६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ
विषय : जग्गा खिचोला दर्ता
(१) क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला निर्णय समेत भए गरेको देखिँदा ताŒिवक त्रुटि गरेको भन्न नमिल्ने।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना
फैसला
न्या. बासुदेव शर्मा : पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादीका निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछन् :
२. कुसुमकुमारीको पति श्यामप्रसादले धरान चौकी वारीको जग्गा ५।।।४।३ मध्ये नयाँबजार पूर्व समेत ४ किल्लाको २।४।।२ जग्गा मध्ये द्र।४।।२ दाजु पद्मबहादुरले आफ्नो घर पूर्व १८ लगी सम्म र यस अघि बिक्री भई गएको मानिसलाई जग्गा छुट्याई ससीम भन्नाले पूर २ बिगहा जग्गा रु.६००१।– मा राजीनामा गरी २००२।८।१० मा पास गरी दिएको बाटो पश्चिम सन्धीसर्पन मिलाई पर्खाल लगाई त्यसमा नपुग २ कठ्ठा बाटो पूर्व लिई घर बनाई पं.बासुदेवलाई दान गरेको बाँकी आफैं भोग गरिरहेको ०१७ सालमा सर्भे आउँदा अं.ऽ१।। खेमराज अं.१।। खगेन्द्र समेतले दक्षिणपट्टिको मेरो जग्गा कुसुमकुमारीले दिएको छ भनी खगेन्द्र खेमराज र मेरो अरू जग्गा बाँकी छ भनी कुसुमकुमारीले समेत नपाउने गरेमा उजूर परी खारेज फैसला भई पुनरावेदन समेत सदर भई कोशी अञ्चल अदालतबाट फैसला भएको उक्त मिचिएको जग्गा मध्ये खगेन्द्र, खेमराज, कुसुमकुमारी, ज्ञानबहादुरका नाउँमा फिराद गर्न आएको छु । मेरो बजार तालुकको घर पूर्व खगेन्द्रले ऽ१।३ कर्णबहादुर ऽ।।। खेमराज कुसुमकुमारीले खेमराजको घर उत्तर ऽ।।२ कालीप्रसादको हो भनी द्र४ धुर जग्गामा राधे वैदारले ०४ सालमै घर बनाएकोले दावा गर्न नमिल्ने द्र४ धुर जग्गा समेतको जग्गामा भित्र–भित्र दर्ता गरी कर्णबहादुर मरेकाले ज्ञानबहादुरका नाममा फिराद गर्न आएको छु । जग्गा ऽ१।३ का रु.१५८३।– खगेन्द्रकुमारबाट जग्गा धुर ऽ।।। को रु.८४७।५० ज्ञानबहादुरबाट जग्गा धुर ऽ।।।२ का रु.९५६।५० कुसुमकुमारी खेमराजबाट भाडा दिलाई बेहकबाट पूर्जा लिई गराएको दर्ता बदर गरिपाउँ भन्ने समेत मित्रबहादुर, खुसबहादुर, योगराज समेत जना ३ को मिति ०२३।११।११ को संयुक्त फिरादपत्र रहेछ ।
३. वादी दावाको जग्गा साविकमा कुसुमकुमारी श्रेष्ठनीको दर्ताको निजै कुसुमकुमारीसँग ऽ१।।२ जग्गा ०११ सालमा मेरो भाइ सोभारामले राजीनामा लिई भोग चलन गरी आएको भाइ परलोक भएकोले मैले भोग चलन गरी आएको हो दावी झुठ्ठा हो भन्ने समेत खगेन्द्रकुमार राईको प्रतिवादी ।
४. कुसुमकुमारीको पति श्यामप्रसादसँग खरीद गरेको ऽ।।। जग्गाको अघिल्लो लिखत के भएर हो निज श्यामप्रसाद परलोक भएपछि निजकी पत्नी कुसुमकुमारीले ०९।२।३ मा राजीनामा गरिदिएको बाबु परलोक भएपछि भोगी सर्भेमा समेत दर्ता गराएको हुँ वादीको जग्गा खिचोला गरी दर्ता गरेको समेत छैन भन्ने समेत ज्ञानबहादुर लिम्बूको प्रतिवादी ।
५. यही वादीले म समेतका नाउँमा पहिले मुद्दा गरी अञ्चल अदालत समेतबाट खारेज भएकोमा दोहर्याई नालिश गरेको हुन वादी लेख अनुसार मैले केही गरे गराएको छैन भन्ने समेत कालीकाप्रसादको प्रतिवादी रहेछ ।
६. म उपर दर्तासम्मको जिकिर लिए तापनि दर्ता वदरतर्फ लिन नसकी खरीद लिखत बमोजिम जग्गा दर्ता भइसकेकोमा यस परिवन्धबाट यो मितिमा यो जग्गा गराए भन्ने र उजूर समेत किटानी नगरी हचुवा बोली लेखेको दावी बमोजिम जग्गा दर्ता गराउनु समेत गरेको छैन वादीलाई पतिले बिक्री गरेको जग्गा बिगहा २द्र वादीले भोग गरी बाँकी मेरो जग्गा लिने मुरादले फिरादमा अंशियार समेत लेखाई फिराद गरेको हो भन्ने समेत कुसुमकुमारी र गौरीमानको संयुक्त प्रतिउत्तर ।
७. वादीले यति जग्गा मिच्यो भन्न र लेख्न नसके पनि मैले वादीको जग्गामा मिची सर्भेमा नपाएको भन्ने वादी झुठ्ठा हो भन्ने समेत मणिसुन्दर श्रेष्ठको प्रतिवादी ।
८. खेमराज, वराधामान, गोविन्दमान समेतले शुरू म्याद गुजारी बसेका रहेछन् ।
९. वादी दावा बमोजिम प्रतिवादीहरूले खिचोला गरेको ठहर्दैन भन्ने समेत २०२७।५।२६ को सुनसरी जिल्ला अदालतको फैसला रहेछ ।
१०. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन परेकोमा न.नं. ८८ को जग्गा श्यामप्रसादले वादीलाई बिक्री गरेको बाहेक मेरो भनी कुसुमकुमारीले दावा लिएको जिकिर नपुग्ने । कारण श्यामप्रसादले लिखत गरी दिँदा अरूलाई बिक्री गरेको पृथक–पृथक खुलाई जग्गा लेखी दिएको कुसुमकुमारीको जग्गा बाँकी भई निजको हकमा र ०११ सालमा सोभारामलाई बिक्री गरेको जिकिर पुग्न नसकी हक नपुग्ने जग्गा दावा दिएकोले दर्ता बदर सदरको तहकिकात गर्न नपरेको बजार लाइनको जग्गा भए बाली पनि नलगाएको दावा पनि लिएको खाली जग्गा दर्ताको बहाल पाउँ भन्ने फिराद दावा पुग्न नसक्ने शुरूले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०२९।३।२ को फैसला ।
११. उक्त इन्साफमा चित्त बुझेन नालेश गर्ने हदम्यादको विचार हुनुपर्ने म्याद नाघी सकेपछि म्याद नथमाई गरेको नालेशबाट इन्साफ गरी मुद्दा हराएको छ । अञ्चल अदालतको इन्साफ उल्ट्याई हक इन्साफ पाउँ भन्ने समेत प्र.कुसुमकुमारीको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा न्यायप्रशासन सुधार ऐन, २०३१ अनुसार पूर्वाञ्चल क्षेत्रीय अदालतमा सरी गएको रहेछ । जग्गा बढी देखिँदा न.नं. ८८ को जग्गातर्फ वादी दावा पुग्न सक्तैन अतः एवं प्र.कुसुमकुमारीले वादी दावी बमोजिम जग्गा खिचोला गरेको ठहर्दैन न.नं. ८८ को मेरो भनी कुसुमकुमारीले दावी लिएको सो निजको जिकिर नपुग्ने ठहराएको को.अं.अ.को इन्साफ गल्ती भन्ने समेत गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३४।४।२४।२ मा फैसला भएको रहेछ ।
१२. उक्त इन्साफमा चित्त बुझेन एकपटक फैसला भइसकेको कुरामा पुनरावेदनको तहबाट सर्वोच्च अदालतमा इन्साफ हुनु बाहेक सोही कुरामा इन्साफ गर्न मिल्दैन । यस्तो अवस्थामा अन्तिम रूपले फैसला भई सो कायम रहेको फैसलालाई उल्टाई गरी पू.क्षे.अ.बाट सार्वजनिक महत्त्वको विषयमा गम्भीर कानुनी त्रुटि गरी भएको फैसला बदर भागी छ । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीहरूले निवेदन डिभिजन बेञ्चमा पेश हुँदा प्रस्तुत मुद्दामा ०३१।८।२ मा सिंगलबेञ्चको अधिकार मानी फैसला भएको ०३४।४।२४।२ मा डिभिजन बेञ्चको अधिकारक्षेत्रभित्र फैसला गरेको देखिएबाट अधिकारक्षेत्रको भिन्नता भएबाट बाझिन गएको देखिन्छ । यस्तै क्षेत्राधिकार प्रश्न सार्वजनिक हुन जाने र कानुनी दृष्टिमा त्रुटिपूर्ण समेत देखिएको हुँदा निवेदकलाई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत डिभिजन बेञ्चको ०३४।९।२४।१ को आदेश ।
१३. उक्त आदेशानुसार पुनरावेदनमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दामा तारेखमा रहेको वादी पुनरावेदक मित्रबहादुर बस्नेत तथा योगराज बस्नेत हिरण्यबहादुर बस्नेत समेतको वारेस दिनेश्वरप्रसाद सिंह र विपक्षी कुसुमकुमारी श्रेष्ठको वारेस मकरमान श्रेष्ठलाई मुद्दा पेश हुँदा बेञ्चबाट नाम उच्चारण गरी पुकारा गर्न लाउँदा समेत बेञ्च समक्ष उपस्थित हुन नआएको हुँदा पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कमलनारायण दासको र विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री दमन ढुंगाना समेतको बहस सुनी बुझ्दा प्रस्तुत मुद्दामा वादीको पुनरावेदन जिकिर पुग्नसक्ने नसक्ने के हो सर्वप्रथम त्यसतर्फ निर्णय दिनुपरेको छ ।
१४ यसमा पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।४।२४ को फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुनआएको प्रस्तुत पुनरावेदनतर्फ विचार गर्दा निवेदनमा र उपरोक्त अनुमति दिएको आदेश व्यहोराबाट अधिकारक्षेत्रको प्रश्न उठाएको देखिन्छ । क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८(ङ) मा सिंगलबेञ्चबाट तल्लो तहको अदालतको निर्णय फरक पर्ने देखी विपक्षीलाई झिकाउने आदेश गरेको मुद्दा डिभिजन बेञ्चले हेर्ने भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको डिभिजबेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला (निर्णय) समेत भए गरेको देखिँदा तात्त्विक त्रुटि गरेको भन्न मिल्ने देखिँदैन । तसर्थ वादीको प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । कोर्टफी लागी डायर भएको मुद्दा हुँदा केही गर्नु परेन नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् २०३६ साल आषाढ २२ गते रोज ६ शुभम् ।