निर्णय नं. ४६८९ - उत्प्रेषणयुक्त परमादेश
निर्णय नं.– ४६८९ ने.का.प. २०५० (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्बत् २०४७ सालको रिट नं. – ९६५
आदेश मिति :– २०५०–१–१५–३
निवेदक : का.जि.का.न.पा. वडा नं. २३ ओमबहाल बस्ने जगतमाया शाक्य ।
विरुद्ध
प्रत्यर्थी : श्री काठमाडौं जिल्ला अदालत, डिल्ली बजार समेत ।
विषयः– उत्प्रेषणयुक्त परमादेश ।
(१) लिखत के कति कस्तो जग्गाको गरीदिएको हो भन्ने विवाद परिरहेको अवस्था नापीले एउटै कित्ता कायम गरेको आधरलेसम्म मुद्दाको विवाद वस्तुमा फेरबदल हुन्छ भन्ने मनासिब नपर्ने ।
(प्र.नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
: विद्वान अधिवक्ता श्री प्रकाश बस्ती
प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानी
: विद्वान अधिवक्ता श्री होरा प्रसाद जोशी
: विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल
आदेश
न्या. लक्ष्मण प्रसाद अर्याल
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ ।
२. पूर्व ओम बहाल जाने मूल सडक र आफ्नो मूर्दा लाने बाटो पश्चिम चयामिनीको घरबारी उत्तर जुजुमानको बारी दक्षिण चैत्यरत्न शाक्यको बारी यति ४ किल्लाभित्रको पूर्व पश्चिम लम्बाई फुट २४ दक्षिण उत्तर चौडाई १४ फीट ६ इन्चीको पाताल बारी २०२९।४।२० मा मलाई हालैदेखिको बकसपत्र गरी दिएदेखि भोग चलन गर्दै अएको थिएँ । त्यस्तैमा २०३४।६।११ मा चैत्यरत्न काश्यले मेरो हक भोगको भनी लक्ष्मीदेवी शाक्यलाई फार्छे पत्र पारीत गरी दिएको लिखत बदर गरी पाउँ भनी पुष्प रत्नले मेरा स्व. पति चैत्यरत्न शाक्य र लक्ष्मीदेवी समेतलाई प्रतिवादी बनाई मुद्दा दिएकोमा पारित लिखतको उत्तरतर्फ लम्बाई २४ फिट चौडाई ११ फिट ६ ईञ्च जग्गा यथावतै हुँदा फिरादीको जग्गा घुसाएको छैन भत्रे प्रतिउत्तर । मेरा पति र लक्ष्मीदेविका लिखत बदर मुद्दा फैसला भै अनुमति पाई पुनः कारवाही गर्न काठमाडौं जिल्ला अदालतमा जाँदा मेरा पतिको मृत्यु भएकोले लक्ष्मी देवीको पति अमृतमानलाई वारेश राखेको थियो । २०४७।८।१५ गते निज वारेश आई तपाईको यो मोटर ग्यारेज समेतको घरजग्गा मेरी श्रीमती लक्ष्मीदेवीको नाउँमा दर्ता भैसकेको छ । अब आजैबाट छाडी दिनुस् भनी भनेकाले कसरी भयो भनी मालपोत कार्यालयमा र का.जि.अ.मा गै बुझ्दा विपक्षीले दुवै जना मिलि अ.व. १८२ नं. बमोजिम मिलापत्र गराई पाउँ भनी निवेदन दिई मिति २०४६।३।२६ गते मिलापत्र गराई दिएको रहेछ ।
३. चैत्यरत्नले फार्छे पत्र गरी दिंदा का.जि.अ. ओम बहालको पूर्व पश्चिम २७ फिट ६ इन्च र उत्तर दक्षिण २६ फिट ६ ईञ्चको पाताल जग्गाभित्र बनेको ग्यारेज टहरा बाहेक भनी फार्छे पत्रमा स्पष्ट खुलाई पारित गरेकोमा दावी भन्दा बाहिर गई गरेको मिलापत्र समेत प्राकृतिक न्यायको सिद्धान्त विपरीतको मिलापत्र बदर गरीपाउँ । सोको आधारमा लक्ष्मीदेवी शाक्यले हाल कि.नं. १४५९ को क्षे.फ. ०–२–०–३ ज. ध. प्र. पाउँ भनी दिएको निवेदनमा २०४७।६।१९ लक्ष्मीदेवीका नाउँमा जग्गा दर्ता गरी दिने निर्णय मा.पो.का. बाट भएको रहेछ । का.जि.अ.ले गराएको मिलापत्र र सोही मिलापत्रको आधारमा मा.पो.का काठमाडौंको जग्गा दर्ता गर्ने निर्णंय समेत बदरभागी छ । किनभने मेरो पतिको स्वर्गेपछि मैले मुद्दा सकार गरी वारेशनामा दिएपछि वारेशले मेरो हकमा मिलापत्र गर्न पाउने होइन । मलाई समेत रोहबरमा राखी मात्र मिलापत्र हुनु गर्नुपर्नेमा सो भएको छैन । मेरो अख्तियारनामा समेत छैन । त्यस्तो भएको कारणले मिलापत्र गैरकानूनी भएकोले सोही आधारमा मा.पो.का. ले गरेको निर्णय समेत बदरभागी छ ।
४. उपरोक्तानुसार का.जि.अ. ले मलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ (१) र १७ द्वारा प्रदत्त मौलिक हकमा तथा नागरिक अधिकार ऐन, २०१२ ले प्रदान गरेको हकमा आघात पर्ने गरी भएको मिलापत्र र सो मिलापत्र अनुसार गर्ने गरेको दर्ता समेत बदर गरी का.जि.अ.का नाउँमा उत्प्रेषण समेतका आदेश समेत जारी गरी पाउँ भत्रे मिति २०४७।८।२०।५ को निवेदन पत्र ।
५. निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो । लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भत्रे मिति २०४७।९।३।२ को यस अदालतको एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
६. वादी पुष्परत्नले २०२९।४।२० मा पाएको बकसपत्र बमोजिमको जग्गा मेरो आमा तेजमाया वादी भएका यसै लगाउको नं.२०३।७०३ को ०३५।३।९ को लिखतहरूको लिखत बदर मुद्दामा तेजमायाको नाउँको का.न.पा. वडा नं. २३ को कि.नं.१४६९ बाट नापी भएको तेजमायाको हक दर्ता कायम गर्ने गरी आजैमिलापत्र भएकोले यसै लगाउको यस लिखत बदर मुद्दामा उल्लेखित मितिको लिखतबाट हक भएको का.न.पा. वडा नं. २३ कि.नं. १४५९ जग्गा हक कायम दर्ता गर्न बादीले मन्जुर गरी लक्ष्मी देवीका नाउँमा दर्ता हुनेगरी मिलापत्र गर्न मन्जुर छौं भनी वादी पुष्परत्न र प्रतिवादी लक्ष्मीदेवीको पर्न आएको निवेदन बमोजिम मिलापत्र गराइएको हो । मिलापत्र कानूनी रूपकै हुँदा बदर हुन सक्ने होइन । विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भत्रे व्यहोराको मिति २०४७।१२।२ को का.जि.अ.को लिखित जबाफ ।
७. का.जि.अ. को मिति २०४६।३।२६ को मिलापत्र अनुसार र २०३४।६।११ मा पारित फार्छेपत्र अनुसार लक्ष्मीदेवी शाक्यको माग बमोजिम मिति २०४०।६।१९ को निर्णय मुताबिक स्ववासी दर्ता भै गएको हो । यस कार्यालयको कार्य कानून अनुरुपकै हुँदा बदर गरी रहन पर्दैन । बिपक्षीको रिट निवेदन खारेज गरी पाउँ भत्रे मिति २०४७।११।८ को मा.पो.का. काठमाडौंको लिखित जवाफ ।
८. घरखर्च गर्न भनी रु. ३५,००१।– लिई का.न.पा. वडा नं. २३ को पूर्व बाटो र नकर्मीको घर, पश्चिम भेगचाको वारी, उत्तर पुष्पको जग्गा, दक्षिण सडक चार किल्लाभित्रको पूर्व पश्चिम २७ फिट ६ ईञ्ची उत्तर दक्षिण २६ फिट ६ इन्चीको पाताल जग्गा सो पाताल जग्गाबाट चर्चेको लगापात समेत ग्यारेज टहरा बाहेक भनी २०३४।६।११ मा फार्छे गरी दिनुभएको थियो । सो फार्छेमा लेखिए अनुसार चैत्यरत्नको सो ठाउँमा जग्गा बाँकी नरहेका प्रष्ट हुन्छ । जग्गा बाहेकको ग्यारेज टहरा मात्र बाँकी रहेको प्रष्ट छ । चैत्यरत्नले फार्छे गरी नदिएको जग्गा समेत लक्ष्मीदेवीको हक कायम हुने गरी मिलापत्र भएको गरेको भए अ. वं. ८६ नं. बमोजिम मिलापत्र बदर गराउन सकिने उपचारको ब्यवस्था पनि रहेको छ । यस रिट निवेदनबाट कुनै पनि बदर गरी रहन नपर्ने हुँदा रिट निवेदन खारेज गरी पाउँ भत्रे मिति २०४७।१०।२७ को लक्ष्मीदवी शाक्यको लिखित जवाफ ।
९. मिलापत्रको आधारमा चैत्यरत्नले बिक्री नै नगरेको लक्ष्मीदेवीको रजिष्ट्रेशन कायममा पूर्व पश्चिम १३ फिट १ ईञ्च उत्तर दक्षिण २६ फिट ६ ईञ्चीको ग्यारेज टहरा घर बाहेक गरी बिक्री भएको जग्गाको पारीत कागजमा प्रष्ट उल्लेख छँदाछँदै जग्गामा मात्र मिलापत्र भएको मिलापत्रको आधारमा मा.पो.का. बाट ग्यारेज टहरा घर समेतको लक्ष्मीदेवीले आफ्नो नाउँमा दर्ता गरी ज.ध.प्र. पुर्जा लिने गरेको कार्यमा मेरो हात नहुँदा मलाई समेत विपक्षी बनाई दिएको रिट निवेदन खारेज गरी पाउँ भत्रे पुष्परत्न शाक्यको मिति २०४७।१२।३।१ को लिखित जबाफ ।
१०. नियम बमोजिम साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले एवं विद्वान अधिवक्ता श्री प्रकास बस्तीले मेरो पक्ष रिट निवेदिकालाई थाहा नै नदिई वाध्यात्मक कार्यविधिको पालना नै नगरी भएको मिलापत्रबाट मेरो पक्षको हक जानुपर्ने होइन । अ.व. १८२ नं. प्रतिकूल हुने गरी मिलापत्र गराई दिई मेरो पक्षको सम्पत्ति सम्बन्धी अधिकारमाथि आघात पुर्याएको छ । जसले दर्ता रिट निवेदकको हकमा उक्त मिलापत्रले असर पार्न सक्ने होइन । मेरो पक्षको हक बाँकी नै छ । साथै पुर्जामा टहरा ग्यारेज एवं जग्गा एक कित्तामा उल्लेख भएको छ । ग्यारेज बाहेक बाँकी जग्गाको पाताल बारीको हदसम्ममा मेरो पक्षका हक अधिकार बाँकी नै छ त्यहि हदसम्म लिखत बदर गरी पाउनु पर्छ भत्रे समेत बहस प्रस्तुत गर्नु भयो । विपक्षीका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले पुष्परत्न शाक्य र लक्ष्मीदेवी शाक्यले का.जि.अ.मा मिति २०४६।३।२६ मा संयुक्त दरखास्त दिई मिलापत्र भै मुद्दा अन्तिम भै बसेको छ । उक्त मिलापत्र बमोजिम कि.नं. १४५९ को.क्षे.फ.०–२–०–३ जग्गाको लक्ष्मीदेवी शाक्यका नाउँमा ज.ध.द.प्र. पुर्जा पाउने गरी मा.पो.का. काठमाडौबाट मिति ०४७।६।२९ मा निर्णय भएको छ । मिलापत्र बमोजिम भएको काम कारवाही सदर हुनुपर्छ भत्रे समेत बहस प्रस्तुत गर्नु भयो । त्यस्तै गरी विपक्षी प्रत्यर्थी लक्ष्मीदेवी शाक्यकातर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले चेत्यरत्नले ग्यारेज टहरा र जग्गा समेत बिक्री गरेको हो । जग्गा पनि छ भत्रे तर्फमा जग्गाका छुट्टै नालेश गरी हक कायम गराउनु पर्नेमा रिट क्षेत्रबाट के कति जग्गा टहरा फार्छे दिएका हो भन्ने तथ्यको निरोपण गर्न मिल्ने होइन भत्रे समेत बहस प्रस्तुत गर्नुभयो ।
११. प्रत्यर्थीका तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानीले मिलापत्र बमोजिम भए गरेको काम कारबाहीबाट निवेदकको कुनै हक हनन् भएको नदेखिंदा रिट निबेदन खारेज गरी पाउँ भत्रे समेत प्रस्तुत गर्नुभएको बहस समेत सुनी फायल समेत अध्ययन गरी हेर्दा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के रहेछ भत्रे सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो । पूर्व ओम वहाल जाने मूल सडक र आफ्नै मुर्दा लग्ने समेतका बाटो पश्चिम च्यामिनीको घरबारी उत्तर जुजुमानको वारी दक्षिण चैत्यरत्न शाक्यको वारी यति चार किल्ला भित्रको पूर्व पश्चिम लम्बाई फुट २४ उत्तर दक्षिण चौडाई १४ फिट ६ इन्चका पाताल बारी २०२९।४।२० मा सानु शाक्यले निवेदिका जगतमाया शाक्यको पति चैत्यरत्न शाक्यलाई हालदेखिको बक्सपत्र पास गरी दिएको जग्गा चैत्यरत्न शाक्यले मिति २०३४।६।११ मा भू. प्र.का. काठमाडौंबाट लक्ष्मीदेवी शाक्यलाई फार्छे पत्र पारीत गरी दिएकामा उक्त लिखत बदर गरी पाउँ भनी प्रत्यर्थी मध्येका पुष्परत्न शाक्यले स्व. चैत्यरत्न शाक्य र लक्ष्मीदेवी शाक्य समेतका बीचको लिखत बदर मुद्दामा म.क्षे.अ.को ०४२।१२।१७ को फैसला अनुसार शुरु का.जि.अ. मा पुनः कारवाही चलिरहेको उक्त मुद्दामा मिति ०४६।३।२६ मा जगतमाया शाक्यका वा. लक्ष्मी देवी शाक्यका पति अमृत मान शाक्यले प्रतिवादी लक्ष्मी देवी शाक्यसँग मिलापत्र गरेको र सो मिलापत्र बमोजिम लक्ष्मीदेवी शाक्यको नाउँमा जग्गा दर्ता गरिएको निर्णय बदर गरी पाउँ भत्रे जिकिर रहेकोमा उक्त मिलापत्रमा उल्लेख भएको कि.नं. मुद्दा परी सकेपछि नापी हुँदा मात्र कायम हुन आएको मुद्दा दायर भएको अवस्थामा सो कित्ता नभएको नापीले सो कित्ता भित्र निवेदक समेत उपर लिखत बदर गरी पाउँ भनेको लिखतले बाहेक गरेको टहरा ग्यारेज समेत परेको भत्रे जिकिर लिएको अवस्थाको मुद्दामा पछि नापीबाट कायम हुन आएको कित्ताभित्र परेको भत्रे सम्म आधारमा विवाद नपरेको जग्गा समेत सो कि. नं. नापी हुन गएको कारण आधारबाट वादी प्रतिवादीको माग दावी र विषय वस्तुमा परिवर्तन हुन नसक्ने, लिखित के कति कस्तो जग्गाका गरी दिएको हो भत्रे विवाद परिरहेको अवस्थामा नापीले एउटै कित्ता कायम गरेको आधारले सम्म मुद्दाको विवाद वस्तुमा फेरबदल हुन्छ भत्र मनासिव नपर्ने । मिलापत्र गर्दाको अवस्थामा मात्र पुरै कित्ता जग्गा निवेदिकाले प्रति उत्तरमा मन्जुर गरे भन्दा बढी जग्गामा दावी छाड्ने गरी मुद्दा परेपछि कायम भएको पुरै कित्ता अनियमित तवरले मिलापत्र गरेको र मालपोत कार्यालयले उपरोक्तानुसारको कित्ता मिलापत्रमा परेको कारणले सम्म पुरै कित्ता मुद्दाको पक्ष निवेदिकालाई बुझ्दै नबुझी लक्ष्मीदेवी शाक्यको नाउँमा दर्ता गर्ने गरेको कानून अनुरुप नहुँदा निवेदिकाले प्रतिउत्तरमा सकारे वाहेकका मिति २०४६।३।२६ को मिला पत्रको दोस्रो पानाको पहिलो हरफको का.न.प. वडा नं. २३ का कि.नं. १४५९ का भत्रे हदसम्म कानूनी त्रुटीपूर्ण देखिंदा सो कि.न.. का उल्लेखनको हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । त्यस्तो कानूनी त्रुटीपूर्ण कि.नं. का मिलापत्रमा उल्लेख भएको कारणबाट सो कि.नं. का ज.ध.प्र. पुर्जा दिने गरेको मालपोत कार्यालय काठमाडौंको मिति २०४७।६।१९ को निर्णय समेत बदर हुने ठहर्छ । सो ठहर्नाले निवेदक जगतमाया शाक्य समेत कानून बमोजिम जो बुझ्नुपर्ने बुझी निवेदन माग बमोजिम जग्गाधनी प्रमाण पुर्जा दिन कार्यवाही गर्नु भनी मालपोत कार्यालय काठमाडौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशका प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनु । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. उदयराज उपाध्याय
इति सम्बत् २०५० साल बैशाख १५ गते रोज ३ शुभम्