शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४१४-२ - ज्यान

भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११

निर्णय नं. १४१४-२ ने.का.प. २०३७

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३७ सालको फौजदारी साधक नम्बर   ७१

आदेश भएको मिति :   २०३७।१०।९।५ मा

वादी : प्र.ह. मीनबहादुर रोकाहाको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : बाग्लुङ जिल्ला कालिका गा.पं.वडा नं. ७ नयाँ बजार बस्ने मायासोरी दमेनी

मुद्दा : ज्यान

(१) अ.बं.१८६ नं. मा मृत्युदण्ड सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको अभियुक्त क्षे.अ.बाट फैसला हुँदा कारागारमा मृत्यु भइसकेको भन्ने क्षेत्रीय अदालतको फैसलाबाट देखिएकोले अ.बं.१७६ नं. ले मर्ने अभियुक्तलाई खतबात नलाग्ने भएकोले यस्तो स्थितिमा साधक जाहेर गर्न नपर्ने ।

(प्रकरण नं. १)

आदेश

          १.   प्रस्तुत मुद्दामा प्र.सिंहनाथ कुस्लेलाई बाग्लुङ जि.अ.ले सर्वस्वसहित जन्मकैद गर्ने गरेको जाहेरी फैसला मनासिव हुँदा निज कारागारमा मृत्यु भएको व्यहोरा जनाई स.अ.मा साधक जाहेर गर्ने मायासोरी दमेनीको हकमा निजलाई बाग्लुङ जि.अ.ले ५ वर्षको कैद गर्ने गरेको जाहेरी फैसला मनासिव ठहराई प.क्षे.अ.बाट ०३७।३।३० मा फैसला भई सिंहनाथ कुस्लेको हकमा साधक जाहेर गरेकोले साधकको लगतमा दर्ता भई साधक तहबाट पेश हुनआएको देखिएको छ । अ.बं.१८६ नं. मा मृत्युदण्ड सर्वस्वसहित जन्मकैद, वा जन्मकैद हुने ठहराएको मुद्दामा साधक जाहेर गर्ने व्यवस्था भएको र सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको अभियुक्त प्रतिवादी सिंहनाथ कुस्ले क्षे.अ.बाट फैसला हुँदा कारागारमा मृत्यु भइसकेको भन्ने क्षे.अ.को फैसलाबाटै देखिएकोले अ.बं.१७६ नं. ले मर्ने अभियुक्त प्र. सिंहनाथलाई खतबात नलाग्ने भएकोले यस्तो स्थितिमा साधक जाहेर गर्न नपर्ने हुँदा साधकको लगत काटी दिनु र कानुनबमोजिम गर्नु भनी मिसिल प.क्षे.अ.मा पठाइदिनु ।

 

न्यायाधीश        प्रधान न्यायाधीश

 

इति सम्वत् २०३७ साल माघ ९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु