निर्णय नं. ११०१ - लिखतपास

निर्णय नं. ११०१ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३४ सालको दे.डी. पुनरावेदन नम्बर १३४
फैसला भएको मिति : २०३४।४।१७।६ मा
निवेदक : सप्तरी जिल्ला गा.पं. वार्ड नं.८ रामपुर बस्ने जिवछी वती अमातनी
विरुद्ध
विपक्षी : ऐ बस्ने बुधनीवती अमातनी
मुद्दा : लिखतपास
(१) अस्पष्ट सहिछापलाई अदालतले विशेषज्ञलाई जँचाई विशेषज्ञको राय लिनु पर्ने बाध्यता प्रमाण सम्बन्धि ऐन, २०३१ को दफा २३ ले गरेको नदेखिने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
उल्लेखित मुद्दा :
फैसला
न्या. झपटसिंह रावल : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी जिवछिवती अमातनीको निवेदनमा अनुमति दिने मिति २०३४।१।६।२ को डिभिजन बेञ्चको आदेशानुसार यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ : प्रतिवादीको लोग्ने चिचाइले मसँग रु.३५,०००।लिई चिचाईका नाउँमा दर्ता भोगको रमपुर मौजाको जग्गा कित्ता १५ कै बिगाहा ६।२।।४।। र खुदी वरीपरीको कित्ता २ के १९३०१ समेत जग्गा बिगाहा ७।।.।।।.।। जग्गा ०२७।४।३१।६ मा २ थान राजीनामा गराई पारित नगर्दै निज चिचाई ०२७।८।१ गते परलोक भई निजको स्वास्नी प्रतिवादीहरूलाई पारित गरी दिनुहोस् भन्दा पारित गरी नदिएकोले राजीनामा पारित गरी पाउँ भन्ने समेत फिरादपत्र ।
३. प्र.बुधनीले ०२८।२।१५ गते तामेल भएको इतलायनामाको म्याद तारिख गुजारी बसेकी ।
४. प्रतिवादीले तामेल भएको म्याद तारिख गुजारी बसेकीले राजीनामा लिखत पारित हुनै ठर्हछ भन्ने समेत सप्तरी जिल्ला अदालतको २०२८।६।१।६ को फैसला ।
५. वादी दावी बमोजिम लिखत गरिदिएको छैन, वादीको लोग्ने भागवत र मेरो लोग्ने चिचाई ४ पुस्ताको भतिजा भई आठ आना अंश भई दुवैजनाका नाउँमा दर्ता राखी भोगी आई लोग्ने चिचाई ०२७।८।३० गते परलोक हुँदा मैले सप्तरी मालमा दर्खास्त दिई ०२७।१०।२१ मा जमिदारले कित्तै पिच्छे आधी मेरो नाउँमा दर्ता गरिदिएकोले भोगी आएको छु, वादी साँचो भए संयुक्त दर्तावाला चिचाई भागवतको ऋणमा राखी सहीछाप गराउनु पर्ने सो नभएको हुँदा वादी साँचो कुरामा चलेको नहुँदा लिखत हेर्न पाउँ भन्ने बुधनी यादनीको प्रतिउत्तरपत्र म्याद भित्र अञ्चल अदालतको आदेश बमोजिम तामेली म्याद बेरीत भएको हुँदा अर्को म्याद जारी भएको प्रत्युत्तरपत्र दिएको रहेछ ।
६. रु.३५,०००।को लिखत हेरे सो कागजमा ऋणी चिचाइको सिर पुछारमा लागेको ल्याप्चे सद्दे हैन, कीर्ते हो भन्ने समेत प्र.बुधनीको वा. काशिराजको बयान ।
७. काशिराजको बयानबमोजिम राजीनामा जालसाजीकीर्तेसमेत हैन सद्देव्यवहारको हो भन्ने समेत वादी वा.इन्द्रनारायणको र साउनी नथुनी,मागैन,भागवतको वा.उमाकान्तको समेतको बयान ।
८. वादी दावी लिखतमा संयुक्त दर्तावाला भागवतसमेतको ऋणीमा सहीछाप नगराएको र चिचाईको सही पनि स्पष्ट नभएको त्यस्तो वेरीतको लिखत पारित नहुने भएबाट कीर्ते जालसाजी हो हैन भन्नेतर्फ निर्णय गरिरहन नपरेकोले कीर्ते जालसाजीतर्फ कसैलाई केही गरिरहन नपर्नेसमेत ठर्हछ भन्ने पुनः सप्तरी जिल्ला अदालतबाट २०३३।९।११।४ मा फैसला गरेको इन्साफ मुनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।३।१०।३ को फैसला ।
९. शुरु जिल्लाअदालतले प्र.ले म्यादगुजारेको भनी पारित हुने गरी फैसला गरेका थिए पछि पारित हुन नसक्ने भनी एकैअदालतबाट २पटक फैसला हुनु न्यायप्रशासन विविध व्यवस्था ऐन,०१८ को दफा १० (ख) ले मिल्दैन क्षेत्रीयअदालतको फैसलामा जिल्लाअदालतले गरेको फैसला कानूनी अनुरुपनै भएको भन्ने अ.बं.२०८ नं.लगाएतर्फ एकअदालतले उसै मुद्दामा २ पटक फैसला गरेको कानूनी अनुरुप नहुँदा र लिखतमा लागेको ल्याप्चे बुझी नै कानूनको रीत पुगेको हुँदा समेत पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत निवेदन लेख माग ।
१०. यसमा वादी दावीको लिखतमा लागेको ल्याप्चे अस्पष्ट भई रेखा यकिन हुन नसक्ने अवस्था देखिनाले लिखत पारित हुननसक्नेभन्ने पू.क्षे.अ.बाट भएको फैसलाउपर पुनरावेदनको अनुमति मागगरेकोमा मैले पेशगरेको लिखतमा लागेको ल्याप्चे बुझिन्छ र कानूनको रीत पुगेकोछ भन्ने जिकिरछ । सहिछाप बुझिने नबुझिने भन्नेप्रश्न उठेपछि तत्सम्बन्धमा निर्णय गर्नलाई विशेषज्ञबाट जँचाईमात्र निष्कर्षमा पुग्नपर्नेमा सोबमोजिम गरी पु.क्षे.अ.बाट निर्णय भएको नदेखिनाले पु.क्षे.अ.को फैसला त्रुटीपूर्णहुँदा पुनरावेदनको अनुमति दिएकोछ भन्ने डिभिजन बेञ्चको ०३४।१।६।२ को आदेश ।
११. तारिखमा रहेका पुनरावेदक वादी जिवछीवती अमातनीको वारेस ओमकारमान श्रेष्ठ र विपक्षी प्रतिवादी बुधनीवती अमातनीको वारेस कमलमान श्रेष्ठलाई मिति २०३४।५।१७।६ को दिन रोहवरमा राखी पुनरावेदकतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठको र विपक्षीतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे समेतको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा लिखत पास हुन नसकीने ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव या गल्ती के हो ? त्यसतर्फ विचार गर्नुपर्ने हुन आएको छ ।
१२. यसमा सकल लिखतहेर्दा पूर्वाञ्चलक्षेत्रीय अदालतको फैसलामा उल्लेख भएबमोजिम ल्याप्चे सहिछाप अस्पष्ट नै देखिएको र वादी तर्फबाट अदालतमा लिखत पेशगर्दा पनि ल्याप्चे सहिछाप अस्पष्ट भनी दर्खास्तमा कैफियत लेखी पेशगरेको देखिन्छ । त्यस्तो देखादेखि अस्पष्ट सहिछापलाई अदालतले विशेषज्ञलाई जँचाई विशेषज्ञको राय लिइनुपर्ने बाध्यता प्रमाणसम्बन्धी ऐन,२०३१ को दफा २३ ले गरेको देखिँदैन, तसर्थ लिखतपास हुनै नसक्ने ठहराएको इन्साफ पू.क्षे.अ.को मुनासिव ठर्हछ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी राखी मुद्दादायर भएकोले कोर्टफीतर्फ केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रकाशबहादुर के.सी.
इति सम्वत् २०३४ साल भाद्र १७ गते रोज ६ शुभम् ।