निर्णय नं. १११७ - जग्गा

निर्णय नं. १११७ ने.का.प. २०३४
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३० सालको दे.फु.नं.१०६
फैसला भएको मिति : २०३४।१२।२२।३ मा
निवेदक : जि.मु. चोलाकान्त उपाध्याय समेत
विरुद्ध
विपक्षी : खेमनारायण उपाध्याय समेत
मुद्दा : जग्गा
(१) अ.वं. १७९ को व्यवस्था हेरेमा वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैंतिस दिन भित्र पुनरावेदन लाग्न सक्छ भन्ने व्यवस्था भएकोले सो बाहेक अन्य कुरामा पुनरावेदन लाग्न सक्ने नदेखिने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दा :
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी प्रतिवादी चोलाकान्त समेतले दिएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत न्यायिक समितिको सिफारिशमा श्री ५ महाराजाधिराजबाट दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम दोहरी निर्णयार्थ पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : दंसुवा तिखे भन्ने खेत मुरी २६० मध्ये १६० मा हामी भक्तबहादुर समेतले र हामी नन्दलाल समेतले बराबरका दरले खाई आएको उक्त जग्गा १९४२ सालमा लालमोहर हुँदा विपक्षीहरूका बाजे गोपालविणी माघो समेतले तिखे ढुङ्गा २६० को सट्टा भएको १७२ तिमीहरूले खाई आए बमोजिमको जग्गा खाउ भनी हामी नन्दलाल समेतका बाजे हरिनायराण माघो छवुलाई १९४२ साल वदी ५ मा सर्त राजीनामा गरी दिनु भएको लिखत बमोजिम तिखे ढुङ्गो दुंसुवा भन्ने खेत मुरी १।७२ मा आधा खेत मुरी ८६ हामी भक्तबहादुर समेतले आधि ८६ हामी नन्दलाल समेतले खाई आएपछि विर्ता उन्मूलन ऐन अन्तर्गत विवरण दिँदा माटो र किल्ला गोलमाल भएको हुँदा सच्याउन र छुट भएको जग्गाको विवरणको लागि हुलाकद्वारा निवेदन दिएकोमा हामीहरूका नाउँमा रैकरमा परिणत नगर्ने षडयन्त्र गरी हामी भक्तबहादुर समेतलाई झुक्याई जग्गामा हक मेटाउने जाल गरेकाले हाम्रो हक १८८८ सालको रुक्का र १९४२ सालमा राजीनामाबाट खेत मुरी १७२ मा प्रष्ट भइरहेको भन्ने खेमनारायण समेत ९ जनाको फिरादपत्र ।
३. हामी ठाकुरप्रसाद समेतका जिजु बाजे श्री कृष्ण रेग्मीको कुस विर्ता खेत मुरी ३६२, १८६२ सालमा जफत भएकोमा विर्ता सट्टा पाउने अङ्ग पुगिसकेको लालमोहर गरी पाउँ भनी बाजे गोपाल उपाध्याय समेतको विन्तिपत्र परेमा वादी दावीको जग्गा १७२ मुरी समेत खेत मुरी ३८२ को हाम्रो बाजे गोपाल उपाध्याय समेतका नाउँमा १९४२ साल फागुन वदी ४ रोज २ मा सट्टा विर्ता लालमोहरबाट भाइ निजहरूले र वहाँहरूको शेषपछि हामीहरूले बण्डा लगाई कसैलाई सुरक्षित मोही नराखी खाई आएको हो, खेत मुरी ३६२ मध्येको खेत मुरी ६५ सम्म निज विपक्षी नन्दलाल समेतका बाजेहरूले हामी समेतका बाजेबाट पाएको देखिने र हाम्रा जिजु बाजे मोहीबाटै तालुकदार साहु तिरो उठाउने ठेक्काको १८८८ सालको रुक्कालाई विर्ताको लालमोहर बमोजिम खाई आएका छौं, दर्ता गरी पाउँ भनी हाम्रो विवरण परी भूमिकर तिरो दाखिल भई सकेपछि उक्त जग्गालाई धनबहादुर समेतले दोहोरो पारी नलग्नाले झुटो विवरण दिई आफ्ना बाजेहरूले पाएको ६५ मुरीको विवरण दिइसकेपछि गोपाल पाध्याय समेतले दिएको भरपाई मध्ये १७७ छुट भएछ दर्ता गरी पाउँ भनी नन्दलाल समेतले हु.द्वारा पठाएको विवरण समेत उपर मालबाट कारवाही भइदिएको विवरण बदर भई अरूले चित्त बुझाई बसेको र नन्दलाल समेतको अपील परी प. ४ नं. गोश्वराबाट खारेजी फैसला समेत भएको छ । यसरी तिखे ढुंगादेखि पश्चिम उत्तर मुरी ६५ बाहेक हाम्रा बाबु बाजेले राजीनामा गरी दिएका र निज विपक्षहरूले भोगेको छैनन् वादी दावी झुटो हो भनी चोलाकान्त समेतको प्रतिउत्तरपत्र ।
४. वादीदावीको जग्गा मेरो र मलाई वा.दिने हरिप्रियाको जग्गापर्छ भनी थपनारायणको बयान ।
५. प्र.मध्ये ठाकुरप्रसाद रेग्मीसँग भोगबन्धकी लिई भोगी रहेको र प्र. मुक्तिप्रसादसँग पनि भोगबन्धकी लिखत गराई र प्र. डबलप्रसादको भाइ टेकप्रसाद उपाध्यायसँग तमसुकी पास गरी सो बमोजिम काफलटारी भन्ने मैले भोगी रहेको जग्गामा वादीहरूले झुटो दावी गरेछ भन्ने नरभूपालको बयान ।
६. बाजे गोपाल पाध्यायसमेतले १९४२ सालमा लालमोहरबाटको जग्गामध्ये साउनेटारी भन्ने जग्गा मैले भोगीरहेको छु भनी दिल्लीराम उपाध्यायको बयान । थपनारायणबाट पेशभएको कागजहरू सद्दे होइन,जालसाज गरेकाहुन भनी वादी धनबहादुरको बयान । थपनारायण र पुरुषोत्तमबाट पेशभएका लिखतहरू सद्दे होइनभनी वादी भक्तबहादुरको बयान । वादी वारिस समेतका धनबहादुर गुरुङको पोलाई बमोजिम मैले जालसाज गरेको होइन वादीहरूले झुटो आरोप लगाएको भन्ने धननारायणको बयान ।
७. मेरो हकको जग्गा नरभूपालले भोगबन्धकी लिएको साँचो हो वादीहरूले जालसाज गरे भन्ने झुटो आरोप लगाएको भन्ने प्र.ठाकुरप्रसादको बयान । मैले दाखिल गरेको भोगबन्धकी तमसुक र भरपाईसमेत सद्दे भनी प्र.मुक्तिरामको बयान । वादी धनबहादुरले गरेको बयान सत्य हो मैले कुनैकागज गरेको वा रुपैयाँ बुझेको होइन मेरो जग्गा त्यसै खाउँ भन्ने उद्देश्यले प्र.हरूले जालसाज गरेका हुन भनी वादी नन्दलाल पाध्यायले गरेको बयान । झगडा परेको जग्गामध्ये केही नन्दलालको र धेरै प्र. चोलाकान्त समेतको हो निजहरूले भोगी रहेको छन् प्र.हरूले जालसाज गरे नगरेको मलाई थाहा छैन भनी वादीका साक्षी बालानन्दको बयान । झगडापरेको जग्गा प्र.चोलाकान्तसमेतले भोगिरहेका छन् । वादी धनबहादुरसमेतले खिचोला गरेको भनी वादीका साक्षी जयबहादुरको बयान । ३६२ मध्ये खेत मुरी ६५ नन्दलालसमेतका र शेष प्र.चोलाकान्तसमेतको हो वादीहरूले प्र.हरूले जालसाज गरेको भनी झुटो बयान दिएको भनी प्र. को साक्षी देविदत्तको बकपत्र । भगडा परेको जग्गा प्रतिवादीहरूले भोगेको र प्र.हरूले पेश गरेको कागज सद्दे हुन भनी प्र.को साक्षी मविश्वरको बयान ।
८. १९४२ साल वदी ५ को राजीनामाले हक भएको भन्ने दावी भएको सो राजीनामा दिने गोपालविणी माघो समेतले सो सालमा राजीनामा दिँदा पनि तिखे ढुंगो २६० को सट्टा आयाको १७२ मा तिमीहरू समेत मोही भई अघि खाई आएको भन्ने खण्डले १७२ नै दिएको रहेछ भन्ने नजनाएको हुनाले आफ्ना हकमा पनि बाँकी राखी दियाको भए पछि वादी अनुसार हक पुग्ने पनि देखिन नआएको हुनाले र सबूद कुनै पनि नआएको समेतका कारण परिवन्दले यसमा तारेख गुजारी बस्ने वादीहरू कुलप्रसाद पाध्या, खेमनारायण पाध्या, हस्त गुरुङ, मनिश्वर गुरुङ, वकानसिंहको हकमा अ.बं. १७९ नं.ले डिसमिस गर्ने र १९४२ सालको राजीनामाबाट वादीहरूको पुरै १७२ मा हक भयाको नदेखिएको समेत देखिनाले र खेत मुरी ६५ को नाताले मात्र जग्गामा दावी गरी वादीहरूले लिएका दावा झुटो ठर्हछ भन्ने समेत स्याङजा जि.अ.को फैसला ।
९. उक्त इन्साफमा चित्तबुझेनभन्ने नन्दलाल जयेतको गण्डकी अ.अ.मा परेको पुनरावेदनपत्र ।
१०. खेत मुरी ६४५ मात्र वादी नन्दलाल समेतको भोगी आएको र १७२ भई दावी गरिएको झुटो हो । अरू जग्गामा हामीहरूको हक छ गुरुङहरूको हक छैन भनी चोलाकान्त र वेदप्रसादको गण्डकी अं.अ.मा बयान ।
११. पुनरावेदक मध्ये हस्त गुरुङ, भक्तबहादुर गुरुङ, माया गुरुङस्यानीहरूको विर्ता पाएको नदेखिएको र प्र.हरूको हक छुट्याई फार्छे राजीनामा लिएको समेत नदेखिएको हुनाले निजहरूका वादीदावा अ.वं.४२ नं.बमोजिम हकदैया नपुग्ने कुरामा नालेस गरेको देखियो । राजीनामा गरी पाएको भनी लेखेकोमा खेत मुरी ६५ मात्र हक भएको र फिराद गर्ने नन्दलाल, खेमनारायण, कुलप्रसादको हक प्रतिवादीहरूले अघिदेखि मन्जूर गरेको ६५ मुरी बाहेक बाँकी २१ मुरीमा अंशबण्डाका हिसाबले के कति जग्गामा दावी गर्नु परेको हो ? सो को मात्र अङ्क किटी प्रतिवादीको अलग अलग किल्ला खोलाई वादीहरूले नालेस गरेको देखिँदैन । गोश्वरा कुरा मात्र लेखी नालेस गरेकोबाट आफ्नु हक अंश बाहेकको अरू अंशियारहरूले नालेस नगरेको जग्गा समेत पक्री नालेस गरेको र अं.अ.बाट लेखी गई भई आएको नक्सामा पनि त्यस किसिम खुलाई जिकिर जिरह लेखाउन नसकेको हुँदा यो वादी लेखबाट नन्दलाल खेमनारायण, कुलप्रसादका हकमा पनि तहकिकात फैसला गर्न नमिल्ने हुँदा समुच्चै यो वादीहरूको फिरादखारेज हुनेठर्हछ भन्ने गण्डकी अं.अदालतको फैसला ।
१२. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीहरूको पुनरावेदन । १९४२ सालको राजीनामाबाट पाई खाई भोगी रहेको जग्गामा हक कायम गरी पाउँ भन्ने वादी भएपछि सो जग्गामा निजको हक कायम हुन्छ हुँदैन विपक्षीहरूले जालसाजी गरेको हो होइन इन्साफ गर्नुपर्ने विषयमा अञ्चल अदालतले समुच्चै दावी खारेज गर्ने गरेको मुनासिव देखिन आएन । वादी मध्येको भक्तबहादुर, धनबहादुर, माया गुरुङस्यानी, बखानसिंह गुरुङ, मविश्वर गुरुङ, हस्ता गुरुङ समेतको हकमा शुरु अञ्चल अदालतले गरेको इन्साफ मुनासिव छ । वादी मध्येका नन्दलाल, कुलप्रसाद, खेमनारायण उपाध्याय समेतका हकमा निजहरूले पहिले ६५ मुरी र त्यसपछि २१ मुरीको विवरण दाखिल गरेको देखिएका र उक्त जग्गा निजहरूले बिक्री व्यहोरा समेत गरेको देखिएकोले ८६ मुरीमा निजहरूको हक पुग्ने ठर्हछ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०२८।१२।७।२ को निर्णय ।
१३. वादी मध्येका गुरुङहरूको जम्मा खेत मुरी ।८६ मा दावा भएकोमा सर्वोच्च अदालतबाट निजहरूको दावातर्फ शुरु र अञ्चल अदालतको इन्साफ मनासिव ठहर्याई निर्णय दिएको देखिन्छ । तर निजहरूले पुनरावेदन दर्ता गर्दाको कोर्टफी भने प्रतिवादी चोलाकान्त समेतबाट भरी पाउने भनी निर्णयको तपसील खण्डमा लेखिएको छ, कोर्टफी ऐन, २०१७ को दफा १५ को उल्लंघन हुन गएको देखिन्छ । डिसमिस गराएका मध्येका खेमनारायण र कुलप्रसादको हकमा पुनरावेदनको सुनवाई हुन गएको हक बेहकको निर्णयले असर पुग्न गएको देखिन आउँछ । स्याङजा जिल्ला अदालतबाट ।६५ मुरी बाहेक बाली नन्दलाल समेतको दावा नपुग्ने ठहर गरेकोमा डिभिजन बेञ्चबाट ।८६ मुरीमा हक पुग्ने निर्णय भएकोबाट निर्णयमा भिन्नता प्रष्टै देखिनेमा डिभिजन बेञ्चबाट तपसील खण्डमा जिल्ला अदालतको इन्साफ सदर भएको भन्ने लेखिएको र साथै जिल्ला अदालतले वादी नन्दलाल समेतलाई गर्ने गरेको जरिवाना कायम राखेको हुनाले इन्साफ खण्ड र तपसील खण्डमा सोझै विरोधाभास पर्न गएको छ । गुरुङपट्टि हकदैया नपुग्ने उजूर भनी र ब्राम्हणपट्टि ।८६ मुरीको दावा मध्ये ।६५ मुरीमा विवादै नदेखिएको विवाद देखिएको ।२१ मुरीका सम्बन्धमा पनि वादी मध्येकै नन्दलालले हरिनारायण माघौ र छवुका सन्तति यो यो छन् भनी कागज गरिदिएको भएपछि निजहरूको दैया नलाग्ने कानूनी सबूद प्रमाण बेगर समुच्चै जग्गा पक्री उजूर गर्ने ब्राम्हणपट्टिका उजूरीका भरले उसमा पनि दुईजनाको पुनरावेदन गर्न पाउने हक नै नभएका कुरामा समेत हक बेहकको निर्णय गरी समुच्चै ।८६ मुरी जग्गा पाउने निर्णय भएको अ.वं.८२ नम्बर सरासर विपरित देखिएको छ । सर्वोच्च अदालतले वादी मध्येका नन्दलाल, कुलप्रसाद, खेमनारायण उपाध्यायका हकमा भन्दै निजहरूले पहिले ।६५ मुरी र त्यसपछि ।२१ मुरीको विवरण दाखिल गरेको देखिएको र उक्त जग्गा निजहरूले बिक्री व्यवहार गरेको देखिएकोले समेत ।८६ मुरीमा निजहरूको हक पुग्ने ठर्हछ भन्ने उल्लेख गरेतर्फ कुलप्रसाद र खेमनारायणका हकमा शुरु अदालतमै तारेख पैरवी छोडी डिसमिस गराएको हुनाले निजहरूतर्फ त्यसरी हक बेहकमा निर्णय हुन नै नसक्ने, नन्दलालका हकमा पुनरावेदनको सुनवाई हुन सक्ने भए पनि जब फिरादपत्र यहि शुरु विवरण दिँदा ।६५ मुरीको मात्र विवरण दिएको कुरा उल्लेख छ भनेपछि दिएका विवरणको नाताले निजतर्फ प्रमाण पुग्छ भन्न मिल्दैन, ।६५ का हकमा झगडा विवाद नदेखिएको हुनाले ।६५ मुरीको बिक्री व्यवहार भए गरकै खण्डमा पनि त्यसले प्रतिवादी विरुद्ध कुनै प्रमाण हुन नसक्ने र बाँकी विवाद देखिएको ।२१ मुरीका हकमा बिक्री व्यवहार भएको भन्ने मिसिलबाट कतै केही देखिंंदैन, तर सो कुरा वादीमै उल्लेख भएको पाइन्छ । त्यस अतिरिक्त वादी मध्येका कुलप्रसादले ठगनारायण पाध्या समेतबाट २००८–१२–१७ मा पास गरी लिएको लिखतको तपसीलमा गोपाल पाध्या बेणीघो पाध्य, दण्डपाणि पाध्या समेतसँगबाट हाम्रा बाज्ये पाध्याले राजीनामा गरी लिएको विर्ता ३६२ मध्येको ।६५ मध्येको खेत मुरी ।१२,१० भन्ने समेतको उल्लेख भएको लिखत प्रतिलिपि मिसिल सम्लग्न देखिन आउँछ, सो समेतका अन्यप्रमाण समेतको शुरु अदालतले फैसलामा उल्लेख गरेको देखिने भन्ने समेतको आधारमा न्यायिक समितिबाट उक्त मुद्दा दोहर्याउन सिफारिश जाहेर भएको रहेछ ।
१४. २१ मुरी माटोको जग्गामा वादी नन्दलाल कुलप्रसाद, खेमनारायणको हक पुगेको सबूद प्रमाण केही मिसिलबाट नआएको ०२०।४।२ को पहिला पटक पारी तारेख गुजारेको भनी वादी कुलप्रसाद, खेमनारायणको हकमा शुरु स्याङजा जिल्ला अदालतबाट डिसमिस गरेकोमा निजहरूको हकमासमेत डि.बे.बाट इन्साफगरी निर्णयदिएको देखिएको र निजहरू समेतको पुनरावेदनबाट इन्साफ गरी ।८६मुरी जग्गामा वादी मध्येको नन्दलाल,कुलप्रसाद, खेमनारायणको हक ठहर्याएको डि.बे.को नमिल्नेको छलफलमा अ.बं.२०२ नं.बमोजिम वादीहरू झिकाई पेशगर्नु भन्ने मिति ०३४।८।७।३को सर्वोच्चअदालत फुल बेञ्चको आदेश ।
१५. निवेदक प्रतिवादी तर्फबाट रहनु भएका वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीले सर्वोच्च अदालत डि.बे.बाट वादीहरूलाई ।६५ मुरीका अतिरिक्त ।२१ मुरीको विवरण दाखिल गरेको र उक्त जग्गा बिक्री व्यवहार समेत गरेको भन्ने आधारमा हक पुग्ने ठहर्याई निर्णय दिएकोमा मिसिल सम्लग्न सबूद प्रमाणहरूबाट समर्थित हुन नआएको बरु ।६५ मुरी जग्गामा मात्र वादीहरूको हक भएको सबूद प्रमाणबाट देखिने हुँदा उक्त निर्णय त्रुटीपूर्ण छ भन्नु भयो ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा अञ्चल अदालतले इन्साफ गर्नुपर्ने विषयमा समुच्चै दावी खारेज गर्ने गरेको मिलेन वादी मध्येका भक्तबहादुर, धनबहादुर, माया गुरुङसेनी, बखान सिंह गुरुङसेनी, मविश्वर गुरुङ, हस्ता गुरुङ समेतको हकमा शुरु र अञ्चल अदालतले गरेको इन्साफ मुनासिव छ, वादी मध्येका नन्दलाल, कुलप्रसाद, खेमनारायण उपाध्याय समेतका हकमा निजहरूले पहिले ६५ मुरी र त्यसपछि २१ मुरीको विवरण दाखिल गरेको देखिएको र उक्त जग्गा निजहरूले बिक्री व्यहोरा समेत गरेको देखिएकोले ८६ मुरीमा निजहरूको हक पुग्ने ठर्हछ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय भएको पाइन्छ । उक्त निर्णय उपर वादीहरूको निवेदन परी प्रशस्त मुद्दा दोहरिएको नभई प्रतिवादी चोलाकान्त समेतको निवेदनबाट दोहोरिएको देखिन्छ । शुरु स्याङजा जिल्ला अदालतको फैसला हेरेमा वादी मध्ये कुलप्रसाद पाध्या १, खेमनारायण पाध्या, हस्ता गुरुङ, भविश्वर गुरुङ र वखानसिंह गुरुङले तारेख गुजारेको हुँदा निजहरूको हकमा अ.बं. १७९ नं. बमोजिम डिसमिस गर्ने समेतको निर्णय भएको देखिन्छ । प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदा वादी मध्येका नन्दलाल, कुलप्रसाद, खेमनारायण उपाध्याय समेतका हकमा निजहरूले पहिले ६५ मुरी र त्यसपछि २१ मुरीको विवरण दाखिल गरेको देखिएको र उक्त जग्गा निजहरूले बिक्री व्यहोरा समेत गरेको देखिएकोले समेत ८६ मुरीमा निजहरूको हक पुग्ने ठर्हछ भनी निर्णयमा उल्लेख भएको देखिएकोले डिसमिस गरिएमा खेमनारायण र कुलप्रसादको हकमा समेत हक बेहक हुने गरी निर्णय भएको स्पष्ट देखिन्छ । मुलुकी ऐन, अ.बं. १७९ को व्यवस्था हेरेमा वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैंतीस दिन भित्र पुनरावेदन लाग्न सक्छ भन्ने व्यवस्था भएकोले सो बाहेक अन्य कुरामा पुनरावेदन लाग्न सक्ने देखिँदैन । यस स्थितिमा स्याङजा जिल्ला अदालतले ।६५ मुरी बाहेकको वादी नन्दलाल समेतको दावा नपुग्ने ठहर गरेकोमा पछि मुरीको विवरण दाखिल गरेको र उक्त जग्गा निजहरूले बिक्री व्यवहार समेत गरेको देखिएकोले भनी सो समेत ।८६ मुरीमा कुलप्रसाद र खेमनारायणको समेत हक पुग्ने ठहर्याई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय भएकोमा मुलुकी ऐन, अ.बं. १७९ को त्रुटी भएको भन्नु पर्ने हुन आउँछ । जहाँसम्म वादी दावी मध्ये प्रतिवादीले स्वीकार गरी काम हुन आएको विवाद नभएको ।६५ मुरी र पछि विवरण दिएको भनेको ।२१ मुरी समेत गरी ।८६ मुरीमा नन्दलाल समेतको हक पुग्ने ठहर्याई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको निर्णयको सम्बन्ध छ । यस विषयमा मिसिलमा सम्लग्न रहेका कागजातहरू अध्ययन गरी हेर्दा नन्दलाल समेतले फिरादपत्र यही शुरु विवरण दिँदा ।६५ मुरीको मात्र विवरण दिएको कुरा उल्लेख गरेको पाइन्छ । सर्वोच्च अदालत डिभिजन बेञ्चले पछि २१ मुरीको विवरण दाखिल गरेको भनी निर्णयमा उल्लेख गरेकोमा उक्त ।२१ मुरीको विवरण दाखिल गरेको र उक्त मुद्दा जग्गामा नन्दलाल समेतको हक पुगेको सबूद प्रमाण मिसिलबाट देखिन आएको छैन, ।६५ मुरी बाहेकको उक्त ।२१ मुरी माटोको जग्गा निजहरूबाट बिक्री व्यवहार भएको पनि मिसिलबाट कतै देखिँदैन र सो कुरा फिरादपत्रमा पनि उल्लेख गरिएको छैन । यस स्थितिमा ।६५ मुरी बाहेक बढी जग्गा बिक्री व्यवहार गरेको विषयमा समेतबाट वादीहरू नन्दलाल समेतको हक विद्यमान रहेको भन्ने कुनै सबूद पेश हुन सकेको नदेखिएकोले सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ।२१ मुरी माटो समेत गरी ।८६ मुरी माटोको जग्गामा नन्दलाल समेतको हक पुग्ने ठहर्याई निर्णय भएकोमा उक्त विवादस्पद ।२१ मुरी माटोको जग्गामा समेतको हक पुग्ने ठहर्याएको सम्म मिलेको देखिएन । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ केही उल्टी भएकोले शुरु स्याङजा जि.अ.को ०३४।३।२६।२ को फैसलाले देहायका वादीहरू के देहाय बमोजिम गर्ने गरेको जरिवाना लाग्ने गरेको गण्डकी अञ्चल अदालतको २६।११।२६।२ को फैसला बमोजिम गर्नु पर्दैन स्याङजा जि.को लगत कायम गर्नु भनी स्याङजा डिभिजन बेञ्चको ०२८।१२।७।२ को फैसलाले लगत दिने गरेको देखिएकोले हाल त्यसमा केही परिवर्तन गर्न परेन...................१
नन्दलाल के १८९।४०।३ भक्तबहादुर के १८९।४०।३ धनबहादुर के १८९।४०।३ माया गुरुङ १८९।४०।३
देहायका वादीहरू के डिभिजन बेञ्चको फैसलाले वराबरका दरले भराई दिने गरेको कोर्टफी रु.६०। हाल नलाग्ने हँदा व्यहोरा जनाई सो लगत कट्टा गरी दिनु भनी स्याङजा जि.अ.मा लेखि पठाउन का.जि.अ.त.मा लगत दिने...............२
खेमनारायण १ कुलप्रसाद १ हस्तागुरुङ १ नन्दलाल पाध्या १ माया गुरुङसेनी १ भक्तबहादुर गुरुङ १ टेकनारायाण १
देहायका प्रतिवादीके मुद्दा दोहर्याए वापत दाखिल गरेको कोर्टफी रु ४०। चालिस हार्ने वादीबाट भरी पाउने हुँदा नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ को म्याद ३ वर्ष भित्र भराई पाउँ भनी देहायका प्रतिवादीको दरखास्त परे खेमनारायण उपाध्याय, कुलप्रसाद उपाध्याय १, नन्दलाल उपाध्याय, टेकनारायण उपाध्याय, हस्ता गुरुङ, भविश्वर गुरुङ, माया गुरुङ, भक्तबहादुर, धनबहादुर , वकानसिंह गुरुङसमेत जवान १० बाट बराबरका दरले देहायका प्रतिवादी १० जनाके जनही ४। का दरले भराइदिनु भनी स्याङजा जि.अ.मा लेखिपठाउन का.जि.अ.तहसिल फाँटमालगत दिने.........३
जि.मु.चोलाकान्त १ डबलप्रसाद १ डिल्लीराम उपाध्याय १ ठाकुर प्रसाद उपाध्याय १ टोलप्रसाद उपाध्याय १ टकाकुमारी १ मालिका उपाध्याय १ थपनारायण १ मुक्तीराज पाध्याय १ पुरुषोत्तम उपाध्याय रेग्मी १
हामीहरूको सहमती छ ।
प्र.न्या. नयनबहादुर खत्री
न्या. सरेन्द्रप्रसाद सिंह
मा.न्या.श्री हेरम्बराजको राय
१७. वादी खेमनारायण, कुलप्रसाद, भविश्वर, बकामसिं, हस्ता गुरुङले डिसमिस गराएकोमा छलफलमा झगडिया झिकाउनु भनी आदेश भएको मध्ये धनबहादुर गुरुङ, बकामसिं गुरुङ, माया गुरुङसेनी, नन्दलाल उपाध्याय, कुलप्रसाद उपाध्याय मरेको भनी नोटीस म्यादको पिठमा जनाई आएकोले डिसमिस गराउने मध्येका वादीहरूलाई पनि छलफलमा झिकाएको देखियो । अदालती बन्दोवस्तको नं.ले उल्टीमा झिकाउनु पर्ने झगडियाहरू मध्ये मरुवा भन्ने भइआएकोले त्यसको हकदारलाई म्याद पठाउनु पर्र्ने हो होइन भनी विचार गर्नु परेको छ । फिरादपत्रमा संयुक्त आठजनाले दावी गरेको वादीहरू मध्येका पृथक–पृथक दावी गरेको हुनाले एकजनाले मात्र पनि अरू सबैको प्रतिनिधित्व गर्नसक्ने भएकोले ति बाँकी अरू झगडिया मरे पनि हकदार उपस्थित गराउन पर्ने देखिएन हाजिर भए सम्मका वादी विपक्षीहरूलाई रोहवरमा राखी फैसला गरे पनि उक्त ऐनको मनसाय पूरा हुने भयो ।
१८. फिरादपत्रमा नन्दलाल, धनबहादुर गुरुङ समेतले तिखे ढुङ्गो दम्खुवा भन्ने खेत मुरी १।७२ मा आधा खेत मुरी ।८६ मा हामी धनबहादुर, भक्तबहादुरका गुरुङ जातिले अंशबण्डा गरी खाएका र आधी खेत मुरी ।८६ मा हामी नन्दलाल, कुलप्रसाद, खेमनारायण समेतले बराबर अंश लगाई खाई आएका थियौं भन्ने कुरा लेखि त्यसको आधारमा विपक्षीवालाहरूका बाजे गोपाल पाध्या समेतका नाउँमा १९४२ मा लालमोहर भएको र लालमोहरवाला गोपाल पाध्या रेग्मी वेनिमाधो पाध्या रेग्मी, दण्डु पाध्या कि आमा कान्ता रेग्मीनी समेतले विर्ता लालमोहर ३।६२ मध्ये तिखे ढुङ्गो २।६० को सट्टा भएको १।७२ तिमीहरूले खाई भोगी आएको बमोजिमको जग्गा खाई भोगी रहनु भन्ने माधोछनु पाध्यालाई १९४२ सालमा मिति वदी ५ रोज ३ मा खाई राखेको अंश समेतको जग्गा खानु भन्ने सर्त राजीनामा लेखेको देखियो । ति मध्ये १८८८ साल मिति पौष वदी ११ रोज ५ को लालको मोहरमा जागिरमा दरिएको दम्सुवा खेत । २।६० मध्ये हुलाक बाहेक ढाइ समेत १।६० को ठेक्का बन्दोवस्त भएकोमा सो बमोजिमको जग्गा वादीको लेखमा मिल्न आएन । तिखे ढुड्डा २।६० को सट्टा आएको १।७२ मा तिमीहरू समेत मोही भई खाई आएको हुनाले हामीहरूका बाज्येका नाउँमा हरन दरन भएको सो तिखे ढुंगोमा सदर भएको १।७२ को अरूले खाएको हिसाबले तिमीहरूले खानु छोडी दिन्छौं भन्ने व्यहोराको राजीनामा पेश भएको रहेछ । ।६२ सालको विर्ता हरणको सट्टा पाएको गोपाल पाध्या समेतको नाउँको १९४२ साल मिति फागुन वढी ४ रोज २ को लालमोहरमा तिखे ढुङ्गो २।६० मध्ये १।७२ समेत जम्मा खेत ३।६२जफत भई कम्पुपल्टनमा दरिएको हुनाले भन्ने बोली परी तिखेढुङ्गा खेत २।९९समेत सट्टापाएको देखियो । यसबाट १।७२ जफत भएकोले विर्ता हक रहन नसकी मोहीयासम्म भई चलाईआएको भन्नसकिन्छ । सट्टापाएको विर्ताका जग्गा यो लिखतमा देखिएन र वादीले पनि आफूले खोजेको विर्ता हक हो वा मोहीहकको नलेखी गोपालसमेतका नाउँमाभएको लालमोहरमा खेतमुरी ३।६२मध्ये तिखेढुङ्गादेखि दक्षिणपट्टिको विपक्षीवालाहरूको अंशभई विपक्षीवालाहरूले खाईभोगीरहेका र सो तिखेढुङ्गादेखि उत्तरपश्चिमपट्टि हामीहरूको उक्त खेतमुरी ।१।७२हामीले खाएकाछौं । खेत १।७२को हाम्रो हक सदर थामीपाउँ भन्नेसमेतको बोली फिरादमा परेको हुनाले १।७ र ३।६२ लाई भिन्न भिन्न व्यवहार देखिएका छन् ।
१९. जब वादीले राजीनामा गरी लिए भनेको पेश गरेको लिखतबाट विर्ता हक पाएको नदेखिएको फिरादमा पनि विर्ता भन्ने नलेखेको र १९४२ सालको लालमोहरबाट १।७२ जफत भएको लेखिएकोमा दावी गरेकोले रैकर हकको मोहीया हकमा वादीको दावी परेको सम्झनु परी तत्सम्बन्धी निजहरूको नाउँमा लगत दर्ता तिरो बुझाएको निस्सा पेश हुन नसकेको कारणले यो फिराद दावी पुग्न सक्दनैन ।
२०. विपक्षी वादीहरूको अंश भई खाई आएको भन्ने लेखलाई पनि सो लेख अनुसार सो तिखे ढुङ्गादेखि पश्चिम उत्तरपट्टि ।६५ बाहेक अरू हाम्रा बाबु बाजेले राजीनामा गरी दिएका र निज विपक्षीले भोगेको छैनन् । तिखेढुङ्गादेखि दक्षिणपट्टिमात्र हो भन्नेकुरा वादीको लेख झुटो हो भनी जि.मु.चोलाकान्तसमेतको प्रतिउत्तरपत्र जिकिर परेको र भइआएको नक्सा समेत बाट तिखेढुङ्गादेखि पश्चिमउत्तरतर्फको केही जग्गा झगडा परेको नक्साबाट देखिएको छ ।
२१. प्रतिवादीहरूले वादीलाई ।६५ मुरी राजीनामा गरेको भनेकोमा कुलप्रसादलाई ठगनारायण सुकदेवले ०८।१२।२७।३ मा स्याङजा माल रजिष्ट्रेशन फाँटबाट रजिष्ट्रेशन भएको लिखतमा गोपाल पाध्या, बेणीमाधो पाध्या, दण्डपाणी पाध्यासँगबाट हाम्रा बाज्यै माधो पाध्याले राजीनामा गरी लिएको विर्ता ३।६२ मध्येको ।६५ मध्येको खते मुरी ।१२।१० समेतको फार्छे पत्र पेश भएको हुनाले उक्त लिखत बमोजिमको विर्ता जग्गा राजीनामा भएको देखियो ।
२२. विपक्षहरूले विर्ताको विवरण पेश गरे भन्ने वादीका फिरादमा स्याङजा मालबाट आएको नक्कलमा चिलाउने खर्क भाइहरूले खाएको विर्ता खेत मुरी ।५ गोपाल पाध्यालाई कट्टा भई बाँकी खेत मुरी ।२५ भोग गर्ने मोही देहाय बमोजिम भनी देहायमा कुलप्रसाद पाध्याको विर्ता खेत मुरी ।६५ समेत लेखिएको त्यो विवरणमा चोलाकान्त र कुलप्रसादले समेत दरखास्त देखिएबाट विर्ताको विवरण पेश गरेको देखिन्छ ।
२३. बेणीमाधो पाध्याले राजीनामा गराई लिएको ।६५ भनी प्रतिवादीले वादीको हकको हो भनी जिकिर गरेको विर्तातर्फको ।६५ का हकमा यो मुद्दाको लाग दावी भएको नहुनाले यस फैसलामा केही बोली रहन परेन ।
२४. प्रतिवादीहरूले पेश गरेको लिखतहरूले वादी दावीको मोहीका हकको जग्गामा प्रमाण नभएको हुँदा सद्दे कीर्तेमा सुनाई जालसाजीतर्फ मुद्दा चलाएको बदर हुन्छ वादीहरूलाई भएको जरिवाना फिर्ता हुन्छ ।
न्यायाधीश
इति सम्वत् २०३४ साल चैत्र २२ गते रोज ३ शुभम् ।