शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९२८ - अंश

भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक:

निर्णय नं. ६९२८          ने.का.. २०५७            अङ्क ८/

 

पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ

सम्वत २०५५ सालको दे.पु..नं. ..१४०

फैसला मितिः २०५७।३।२३।६

मुद्दाः अंश ।

पुनरावेदक/वादीः जिल्ला दाङ, डुरुवा गा.वि.. वडा नं. ७ बस्ने चन्द्रप्रसाद रेग्‍मी

विरुद्ध

प्रत्यर्थी/प्रतवादीः जिल्ला दाङ, डुरुवा गा.वि.. वडा नं. ७ बस्ने लोकराज रेग्‍मी

 

§  नाता कायम मुद्दाको लागि आमाको भनाईको महत्व अधिक मात्रामा हुने भए पनि दावीको पुष्ट्‍याई समर्थनको लागि परिस्थितिजन्य प्रमाणहरुको अपरिहार्यता त्यत्तिकै रहेको हुन्छ । प्रस्तुत विवादमा नाता तर्फको दावी प्रमाणित हुने परिस्थितिजन्य प्रमाण छ, छैन त्यसतर्फ अध्ययन गर्दा प्रतिवादीको प्रतिउत्तर जिकिर, निज तर्फका साक्षीको बकपत्र र प्रतिवादी स्वयंको बयानबाट वादी दावीलाई पूर्णरुपमा इनकार गरिनुका साथै यी वादी काजी थारुको छोरा हो भन्‍ने जिकर लिएको पाइन्छ । सो को लागि यी वादी काजी थारुको छोरा चन्द्रलाल भन्‍ने व्यक्ति हु, राध थरुनीसँग करणी लिनु दिनु गरेको अवस्था नरहेको भन्‍ने भनाई रहेको पाइन्छ । यस कुराको पुष्टीको लागि काजी थारुको जेठो छोरा रसिलाल भन्‍ने रीसमान थारुको नाम जानी-जान लोप गराएको, २०३४ सालमा आएको नागरिकता टोलीमा निजको नाम छुटेको, जोग्या, चन्द्रलाल, काले समेतका नाम टोलीमा लेखिएको, आफु नै चन्द्रलाल भएकोमा चन्द्रलली भन्‍ने दोश्रो व्यक्ति देखाई आफूलाई चन्द्रप्रसादको नामबाट प्रस्तुत गरेको भन्‍ने प्रतिवाद गरी काजी थारुको ४ वटा छोरा भएको र एकजनाको नाम नागरिकता टोलीमा नदेखाइएको र यी चन्द्र प्रसाद, चन्द्रलाल नै हो र निज चन्द्रलाल काजी थारुको छोरा हो भन्‍ने जिकिर लिएको फिरादपत्रमा देखिन आउँछ भने नातातर्फ बयान गर्दा प्रतिवादीको वारेसले काजी थारु र राधी थारुको ५ जना छोराहरु रिसलुवा, जोगिया, कालु, चन्द्रलली भन्‍ने चन्द्र प्रसाद र नाम थाहा नभएको कान्छो भन्‍ने भई निजका साथी मेघराज रेग्मी समेतले बकपत्रमा ५ भाई छोरा रहेको उल्लेख गरेका छन् । अर्कोतर्फ वादीले बयान गर्दा कालु, जोग्या र चन्द्रलली ३ भाई छोरा काजी थारुको देखाई वादीलाई लोकराजको छोरा देखाएको छ भने वादीका साक्षी लक्ष्मण रेग्मी समेतले वादी बाहेक तीनभाई छोराहरु काजी थारुको रहेको उल्लेख गरेको पाइबाट काजी थारुको यी चन्द्र प्रसाद बाहेक अरु तीन भाई छोरा रहेको भन्‍नेमा वादी कथन एकरुपले पुष्टी भएको देखिन्छ भने प्रतिवादीको प्रतिउत्तर लेख अनुरुप बयान र निजका साक्षीहरुको भनाई एकरुपको नभई परस्परमा, बाझिएको देखिन आउँछ । अर्कोतिर वादी प्रतिवादीले उल्लेख गरेको इजलास समक्ष प्रस्तुत हुन आएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीबाट चन्द्रलली (काजी थारुका छोरा) ले नागरिकता प्रमाणपत्र लिईसकेको पाइन्छ भने यी वादीले हालसम्म नागरिकताको प्रमाणपत्र नलिएको भन्‍ने निजको कागजबाट देखिएकोलाई अन्यथा भन्‍न सकिने अवस्था फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन भने झिकाई आएको स्थायी नागरिकता वितरण गरेको विवरणको प्रतिलिपीबाट काजी थारुका ३ छोरा कालु, चन्द्रलली र जोग्याले स्थायी नागरिकता प्रमाणपत्र लिएको अवस्था समेत देखिन आएबाट यी चन्द्र प्रसाद, चन्द्रलाल वा चन्द्रलली भन्‍ने व्यक्ति नै हुन भन्‍न सकिने फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन । यदि प्रतिवादीले फिरादमा भने झै चन्द्रलाल भन्‍ने व्यक्ति नै चन्द्रप्रसादलाई मान्‍ने हो भने काजी थारुको छोराको संख्या ५ वा ४ रहेको अवस्था देखिदैँन । अर्कोतिर यी वादीले प्रतिवादी नै बाबु हुन भनी नभएको कुरा दावी गर्नु अवस्था के पर्‍यो र किन झुट्टा दावी गरे भन्‍ने आधार प्रतिवादीले खुलाउन सकेको देखिदैँन । राधी थरुनी र यी वादी प्रतिवादी एकै गा.वि..मा बस्ने चिनजानका व्यक्ति रहे भएकोमा विवाद छैन । प्रतिवादी लोकराज र राधी थरुनी चिनजान भेटघाट भईरहेका व्यक्ति भन्‍ने देखिन्छन । काजी थारु र राधीबाट अरु छोराछोरीको जायजन्म भएको अवस्था समेत रहेकोमा अरुलाई छोडी यी वादी नै प्रतिवादी लोकराज रेग्मीको छोरा हो भनी नामाकरण गर्नुपर्ने अन्य कारण देखिन आउदैँन र सो कुरा प्रतिवादीले देखाउन सकेको पनि छैन । राधी थारु, काजी थारुले समेत अदालतमा आई २५ सालतिर राधी थारु लोकराजसँग पोइल गएको र चन्द्रप्रसाद त्यतिबेला लोकराजको करणी वीर्यबाट जन्मिएको भनी बयान गरेको र सोही मिलानको कागज गा.वि..मा समेत राधी थरुनीले गरिदिएको पाइन्छ ।

§  यसरी राधी थरुनी, काजी थारु, वादीका साक्षीहरुको एकरुपको भनाई गा.वि..मा भएको कागज, प्रतिवादी लोकराज र राधी थरुनीको सन्‍निकटता समेतका एकरुपताको प्रमाणको आधारबाट लोकराज रेग्मीकै करणी वीर्यबाट वादी चन्द्रप्रसादको जन्म भएको हो भन्‍ने यी वादी र राधी थरुनीको भनाई अन्य प्रमाण र परिस्थितिजन्म प्रमाणबाट समर्थित भई रहेको अवस्था हुँदा वादी चन्द्रप्रसाद प्रतिवादी लोकराजकै छोरा नाताको व्यक्ति ठहर्छ 

§  माथि प्रकरण () को विवेचनाबाट पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादी लोकराज रेग्मीको छोरा देखिन आएबाट यी वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आयो । वादी समेत ८ अंशियारा देखिन आएकोले प्रतिवादी लोकराजले मिति ०४७।९।६ मा आफूसँग रहेको वण्डा लाग्ने भनी उल्लेख गरी दिएको तायदाती बमोजिम ऋणका हकमा पछि ठहरे बमोजिम हुने नै हुँदा सो तायदातीको सम्पत्ति मध्येबाट यी वादीले ८ भागको १ भाग अंश प्रतिवादी लोकराजबाट पाउने नै देखिँदा वादी र प्रतिवादी बीच बाबु छोराको नाता कायम भै दावी बमोजिम अंश पाउने ठहर्‍याई शुरु सदर गरेको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला उल्टी हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री कृष्णजं रायमाझीको राय मनासिव ठहर्ने ।

 (प्र.नं.१८-२०)

 

पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री रामजी विष्ट

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

अवलम्बित नजिरः

 

फैसला

प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत नेपालगञ्जको मिति २०५०।२।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२() अन्तर्गत पर्न आएको निवेदनमा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदन लगतमा दर्ता भई पेश भएकोमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ () () अन्तर्गत पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छः

2.            मेरी आमा राधी थरुनीको २०१६ सालमा काजी थारुसँग विवाह भई बच्चा जन्मेपछि मेरो बाबु लोकराज रेग्मीसँग करणी लिन दिन गरी २०२५ सालमा आमालाई स्वास्नी तुल्याई राखेको अवस्था निजकै करणी विर्यबाट २०२६ साल चैत्र महिनामा मेरो जन्म भएपछि मेरी आमा राधी थरुनी साविककै लोग्ने काजी थारुलाई पुनः लोग्ने तुल्याई हालैसम्म निजै काजी थारुसँग रहेबसेकी हुँदा म नाबालक फिरादीलाई आमा राधी थरुनीले नै हेरचाह पालनपोषण गरी रहेको अवस्था मलाई आफनै बाबुसँग जाउ भनी काजी थारुले भनेबाट बाबु लोकराज कहाँ गई बसिआएको थिएँ । मेरी सौतेनी आमाले खान लाउन नदिई हेला गर्ने भई निजको ताड्ना सहन गर्न नसकी आफ्नो अंश माग्दा अंश दिन इन्कार गरेकाले फिराद गर्न आएको छु । म समेत ८ अंशियार भएकोले अंश भाग लाग्ने सम्पूर्ण श्रीसम्पत्तिको ८ खण्डको १ खण्ड म फिरादीलाई दिलाई पाउँ भन्ने समेत व्यहोरा फिरादपत्र ।

3.            फिरादी चन्द्रप्रसाद म प्रतिवादी लोकराजका छोरा होइनन । वादीकी आमा राधी थरुनीलाई मैले स्वास्नी तुल्याएको होइन । मैले चन्द्रप्रसादलाई आफ्नो साथमा राखेको पालनपोषण गरेको कुनै केही होइन । वादीले काजी थारुलाई बाबु स्वीकार गरेको र निजसँग नै बसिएकोबाट मसँग अंश माग्ने कुरा नै छैन । वादी दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लोकराज रेग्मीको प्रतिउत्तर पत्र ।

4.           वादी चन्द्रप्रसाद रेग्मी लोकराज रेग्मी र राधी थरुनीको करणी विर्यबाट जन्मेका हुन् । २०२५ साल फागुन महिनामा राधी थरुनी र लोकराज रेग्मीबीच विवाह भएको हो । कति वर्ष सँगै बस्नु भयो थाहा छैन भन्ने समेत व्यहोराको वादी वा. शंकरप्रसाद शर्माले २०४६।९।२३ मा नाता कायम तर्फ गरेको बयान ।

5.            वादीको वारेसले गरेको बयान सुने । बयान झुठ्ठा हो । काजी थारु राधी थरुनीका करणी विर्यबाट वादीको जन्म भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी वारिस नारायणप्रसाद रेग्मीले गरेको बयान ।

6.            नाता कायम गरी पाउँ भन्ने वादीको बयान बाहेक वादी स्वयंले लोकराजकै छोरा हुँ भन्ने कुराको एकिन एवं ठोस प्रत्यक्ष प्रमाण पुर्‍याउन गुजार्न नसकेको हुँदा वादी चन्द्रप्रसाद र प्रतिवादी लोकराज रेग्मीबीच बाबु छोराको नाता कायम हुन सक्दैन । नाता कायम हुन नसक्ने अवस्थामा प्रतिवादीबाट अंश पाउने भन्ने वादी दावी समेत नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको दाङ देउखुरी जिल्ला अदालतको मिति २०४७।१०।१३।१ को फैसला ।

7.            जिल्ला अदालतबाट आदेश हुँदा म पुनरावेदकलाई अंशियार कायम गरी अंशको फाँटवारी मागेको र सोही कुरालाई प्रत्यर्थीले स्वीकार गरी अंश लाग्ने सम्पत्तिको फाँटवारी दिई म पुनरावेदकलाई अंश दिनुपर्ने कुरा पूर्णरुपबाट स्वीकार गरेको अवस्थामा पनि शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्छ भनी गरेको कानुनी त्रुटिपूर्ण फैसला उल्टी गरी मेरो माग दावी बमोजिम अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी चन्द्रप्रसादको तत्कालीन राप्ती अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।

8.           संकलित सवुत प्रमाणबाट समेत यी वादी लोकराज रेग्मीको करणी विर्यबाट २०२६ सालमा जन्म भई निज लोकराजको छोरा नाताको हो भन्ने कुरा यकिन रुपले पुष्टि हुन नसकेकोले वादीको बयान जिकिरको आधारमा मात्र प्रतिवादी लोकराजसँग यी वादी चन्द्रप्रसादको बाबु नाता कायम हुन सक्ने देखिएन । प्रतिवादी लोकराजसँग यी वादी चन्द्रप्रसादको बाबु नाता कायमै हुन नसक्ने भएपछि सवुद प्रमाणको मूल्यांकन गरी नाता कायमतर्फ र अंशतर्फ प्रतिवादी उपर लिएको वादी दावी पुग्न नसक्ने भनी ठहर गरेको शुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ मिलेकै देखिँदा मुनासिव गहर्छ । पुनरावेदक चन्द्रप्रसादको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०५०।२।२६ को फैसला ।

9.            निवेदक विपक्षी लोकराज रेग्मीको अंशियार रहे भएको निर्विवाद रुपमा प्रमाणित भएको अवस्थामा गा.वि..मा आमा राधी थरुनीको स्पष्ट बकपत्र र मेरा साक्षीहरु एवं अदालतबाट झिकाइएका आमा एवं काजी थारुसमेतले किटानी साथ म निवेदक विपक्षी लोकराज रेग्मीको छोरा हो भनी वकी लेखी दिएको कुरालाई अन्यथा गर्ने अवस्था नभएको, त्यसमा पनि सन्तानको बाबु प्रमाणित गर्नेमा आमाको वकाई सर्वाधिक मान्य हुने, स्वयं अदालत समेतले एकपटक मलाई अंशियार स्वीकारेको परिस्थिति समेतलाई बेवास्ता गरी प्रमाणमा लिनुपर्ने कुरालाई प्रमाणमा नलिई मनगढन्ते रुपमा मलाई अन्यायपूर्वक हराउने गरी सुरु दाङ जिल्ला अदालतको फैसलालाई मनासिव ठहराउने गरी भएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला वदर गरी मेरो फिराद दावी बमोजिम विपक्षी लोकराज रेग्मीबाट ८ भागको १ भाग अंश छुट्याई दिलाई पाउँ भन्ने समेत व्यहोराको चन्द्रप्रसाद रेग्मीको यस अदालतमा परेको निवेदनपत्र ।

10.         वादी कसको छोरा हो भन्ने सम्बन्धमा आमाको भनाइलाई सर्वाधिक मान्नुपर्ने हुँदा यी वादीलाई लोकराज रेग्मीको छोरा कायम नगरी अंशतर्फ दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत नेपालगञ्जको फैसलामा पुनरावेदन प्रतिवादी दयानिधि गोल्ने विपक्षी वादी मंगलकुमारी भएको लोग्ने कायम गरी न्वारान गराई पाउँ भन्ने मुद्दामा (ने.का.. २०४२, अंक ३, नि.नं. २३००, पृ.२६२) प्रतिपादित सिद्धान्त विपरीत भई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा () को खण्ड () () अन्तर्गतको त्रुटी हुँदा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ, नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५२।७।२४ को आदेश ।

11.         गाउँ विकास समितिमा भएको कागज व्यहोरा अनुरुप राधी र वादी स्वयंले नातातर्फ बयान गर्दा वादी चन्द्रप्रसाद रेग्मी लोकराज रेग्मीकै छोरा हो भनी भनेको र ने.का.. २०४२, नि.नं. २३०० पुनरावेदक प्रतिवादी दयानिधि गोल्ने वादी मंगल कुमारी भएको लोग्ने कायम गरी न्वारान गराई पाउँ भन्ने मुद्दामा प्रतिपादित नजिर समेतबाट वादी चन्द्रप्रसाद रेग्मीको जन्म प्रतिवादी लोकराज रेग्मीकै करणी विर्यबाट भएको पुष्टि हुँदा वादी प्रतिवादी लोकराज रेग्मीकै छोरा भन्ने प्रमाणित भएकोले पुनरावेदन अदालत समेतको फैसला उल्टी भई दावी वमोजिम ८ भागको १ भाग अंश पाउने ठहर्छ । पुनरावेदन अदालतको फैसला सदर गरेको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३()() बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय ।

12.         राधी थरुनी र लोकराजको करणी लेनदेन भई गर्भ रहेको निश्‍चयको प्रमाण केही देखिन आउँदैन । ने.का.. २०४२, नि.नं. २३०० मा सिद्धान्त प्रतिपादन भए पश्चात् ने.का.. २०५२, अंक ७, नि.नं. ६०४६ मा सामान्यतया जातका सम्बन्धमा आमाको भनाइ विश्‍वसनीय हुने भए पनि सोको पुष्ट्याई गर्ने पर्याप्त आधार जरुरी हुन्छ । सोको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कायम हुने भनी सम्झन न्यायिक दृष्टिकोणबाट मिल्ने नदेखिने भनी सिद्धान्त प्रतिपादन समेत भइरहेको देखिन्छ । तसर्थ नाता कायमतर्फ समेत वादी दावी नपुग्ने ठहर्‍याएको सुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको रायसँग असहमत भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ()() बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको रायसहितको यस अदालत संयुक्त इजलासको मिति २०५४।११।२२ को फैसला ।

13.          नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रामजी विष्टले राधी थरुनीको बयानबाट यी वादी चन्द्रप्रसाद विपक्षी लोकराजकै विर्यबाट जन्मेको भन्ने भनाइ रहेको छ । चन्द्रलाल र चन्द्रप्रसाद एउटै व्यक्ति होइन । चन्द्रलालले नागरिकता लिइसकेको वादीले लिएको छैन । काजी थारुले पनि वादी लोकराजकै छोरा हो भनेको । राधी थरुनीबाट अरु पनि छोराहरु जायजन्म भएकोमा यी वादी मात्र विपक्षी लोकराजको छोरा नभएको भए त्यस्तो भन्नुपर्ने अवस्था थिएन । त्यसरी लोकराजको छोरा नभएकै अवस्थामा यी वादीलाई लोकराजको छोरा भन्नुपर्ने कारण केही छैन । जातकको पितृत्व ठेगान गर्दा आमाको भनाइ महत्वपूर्ण हुने हुँदा वादी दावी बमोजिम नाता कायम गरी अंश पाउने ठहर गरेको माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादी लोकराज रेग्मीको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले राधीको वैवाहिक सम्बन्ध काजी थारुसँग रहीरहेको अवस्था हुँदा त्यस्तो अवस्थामा जन्मेको सन्तान काजी थारुकै हुन्छ । विसौ वर्षसम्म काजी थारुलाई नै बाबु मानी बसेको । विसौं वर्षपछि लोकराज बाबु भन्ने माग गर्न आएकोबाट पनि दावी मिल्दो छैन । चन्द्रलली भन्ने व्यक्ति नै चन्द्रलाल भएको र ती चन्द्रलाल नै यी वादी चन्द्रप्रसाद हुन् । चन्द्रलाल काजी थारुको छोरा भन्ने प्रमाणित भइरहेको हुँदा दावी नपुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।

14.        आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी हेर्दा यसमा देहायका प्रश्‍नका सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

. वादी चन्द्रप्रसाद रेग्मी प्रतिवादी लोकराज रेग्मीका छोरा नाताका व्यक्ति हुन होइनन ?

. दावी बमोजिम वादीले अंश पाउने हो होइन र शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ,  छैन ?

15.         सर्वप्रथम पहिलो प्रश्‍नतर्फ विचार गर्दा आमा राधी थरुनीले बाबु लोकराज रेग्मीसँग करणी लिनुदिनु गरी निज बाबु लोकराज रेग्मीसँग २०२५ सालमा दोस्रो विवाह गरी आमा राधी थारुलाई लोकराजले स्वास्नी तुल्याई राखेको अवस्थामा निजकै करणी विर्यबाट फिरादीको २०२६ सालमा जन्म भएको प्रतिवादी बाबु चन्द्रराज समेतले खान लाउन नदिएकोले ८ भागको १ भाग अंश दिलाई पाउँ भन्ने यी पुनरावेदक वादीले आफ्नो फिरामा दावी लिएको देखिन्छ । फिरादी मेरा छोरा होइनन निजको आमा राधी थरुनी हो । निजका बाबु काजी थारु हुन् । फिरा व्यहोरा झुठ्ठा हो भन्ने प्रत्यर्थी लोकराज रेग्मीको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । सो को पुष्ट्याईको लागि प्रतिवादीले राधी थरुनीलाई स्वास्नी नबनाएको, काजी थारुको जेठो छोरा रिसलाल भन्ने रिसमान थारुको नाम लोप गरेको, चन्द्रलाल आफू भएकोमा चन्द्रलली भन्ने दोस्रो व्यक्तिलाई देखाई आफूलाई चन्द्रप्रसादको नामबाट प्रस्तुत गरेको भन्ने व्यहोरा समेत प्रतिउत्तरमा उल्लेख गरेको पाइन्छ । वादी प्रतिवादीबीच नाता सम्बन्धमा विवाद भई आदेशानुसार नातातर्फ बयान गर्दा काजी थारु र राधी थरुनीका ३ भाई छोरा कालु जोग्या र चन्द्रलली मात्र हुन् । वादी लोकराज र राधी थरुनीबाट जन्मिएका हुन्, ३ वर्षसम्म बाबु लोकराजकहाँ नै बसेको भन्ने भनाइ वादीको र वादीको बयान व्यहोरा झुठ्ठा हो वादी काजी थारु र राधी थारुबाट जन्मेको चन्द्रलली भन्ने व्यक्ति नै हुन भन्ने भनाइ प्रतिवादी तर्फको रहेको पाइन्छ । अदालतको आदेशानुसार अ..१३९ नं. बमोजिम बुझिएकी राधी थारुले लोकराजसँग विवाह गरी २ वर्ष बसेकी हुँ । लोकराजसँग बस्दा निजको करणी विर्यबाट चन्द्रप्रसाद जन्मेको हो, चन्द्रप्रसाद लोकराजकै छोरा हो भन्ने व्यहोरा लेखाई दिएको देखिन्छ । त्यसैगरी बुझिएका अर्का व्यक्ति काजी थारुले वादी लोकराज रेग्मीको छोरा हो, राधी २०२५ सालमा पोइल गएकी, चन्द्रप्रसाद लोकराजको गर्भबाट जन्मेको हो भनी लेखाइ दिएको पाइन्छ । सो बाहेक राधी थारुले गाउँ विकास समितिमा गरेको बयानमा पनि वादी लोकराज रेग्मीकै करणी विर्यबाट जन्मेको भनी लेखाई दिएको देखिन आउँछ । यस परिप्रेक्ष्यमा वादी चन्द्रप्रसाद रेग्मी वादीतर्फको भनाइ बमोजिम प्रतिवादी लोकराजको करणी विर्यबाट जन्मेका निज लोकराजका छोरा हुन् अथवा प्रतिवादी तर्फक भनाइ मुताविक वादी चन्द्रलली भन्ने व्यक्ति नै हुन् र निज काजी थारु र राधी थारुका बीचको करणी विर्यबाट जन्मेको काजी थारुको छोरा हो भन्ने प्रश्‍नको निरोपण हुनुपर्ने देखिन आएको छ ।

16.         विवादको निरोपणको सम्बन्धमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुले ने.का.. २०४२, नि.नं. २३०० र ने.का.. २०५२, नि.नं. ६०५४ को प्रसंग उल्लेख गरी नाता कायम हुने ठहर गर्नु हुने माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीले दयानिधि गोल्ने विरुद्ध मंगल कुमारीको मुद्दामा प्रतिपादित ने.का.. २०४२ को सिद्धान्तलाई स्वीकार गर्नु भएको पाइन्छ भने नाता कायम हुन नसक्ने ठहर गर्नु हुने माननीय न्यायाधीश श्री उदयराज उपाध्यायले ने.का.. २०४२ पछिको मुद्दामा प्रतिपादित ने.का.. २०५२ पूर्ण सुनारको मुद्दाको सिद्धान्तलाई पनि हेर्नुपर्ने राय दिनु भई २०५२ को अनुकूल प्रस्तुत विवाद रहेको भन्ने आधार प्रस्तुत गर्नु भएको पाइन्छ । यिनै प्रतिपादित सिद्धान्तको रोहमा र नाता कायमको चर्चा यस अदालतबाट अंगिकार गरिँदै आएका सिद्धान्तहरुको चर्चा प्रस्तुत मुद्दामा गर्नु सान्दर्भिक हुन आएको छ ।

17.         जन्मेको बच्चा कस्को करणी विर्यबाट गर्भ रही जन्मेको हो भन्ने कुरा यकिन गरी सर्वसाधारण व्यक्तिले भन्न र देख्न सकिने कुरा होइन । करणीको तथ्य यकिन गर्न पक्षहरुको आचरण र परिस्थितिजन्य अन्य प्रमाणहरुमै भर पर्नुपर्ने हुन्छ । पितृत्वको कुरा सँधै अनुमानकै आधारमा भर पर्नुपर्ने कुरा हो र अन्यथा प्रमाणित नभएसम्म आमाले भनेको कुरालाई नै साँचो मान्नुपर्ने हुन आउँछ । एक व्यक्तिको गर्भबाट जन्मिएको बच्चालाई अर्क व्यक्तिको हो भनी साधारणतया कसैले भन्दा पनि भन्दैन भन्ने जस्ता सिद्धान्तहरु यस अदालतबाट अवलम्बन भई नाता कायमको दावी भएका मुद्दाहरुको निर्णय भएको अवस्था ने.का.. २०३४, पृष्ठ १३८ बच्ची विष्ट विरुद्ध कविन्द्रबहादुर र ने.का.. २०४२, पृ. २६२ दयानिधि गोल्ने वि.मंगलकुमार समेतका मुद्दाहरुबाट देखिन आउँछ । जातकका सम्बन्धमा आमाको भनाइ विश्‍वसनीय हुने भए पनि सोको पुष्ट्याई गर्ने पर्याप्त आधार हुनु जरुरी हुन्छ भन्ने व्यहोरा ने.का.. २०५२, पृष्ठ ६४७ पुरावेदिका वादी पूर्ण सुनार विरुद्ध प्रत्यर्थी प्रतिवादी इन्द्रबहादुर भण्डारी समेत भएको लोग्ने नाता कायम गरी पाउँ भन्ने मुद्दामा उल्लेख गरी वादीकै साक्षीहरुको कपत्र, बुझिएका व्यक्तिको बयान र वादीको छोराले लिएको नागरिकताबाट जातकको बाबु अर्कै देखिएको भन्ने आधारमा दावी बमोजिम पूर्ण सुनारको प्रतिवादी इन्द्रबहादुर भण्डारीसँग नाता कायम नहुने ठहर भएको देखिन आउँछ । आमाको भनाइको साथसाथै परिस्थितिजन्य प्रमाण रहनुपर्ने कुरालाई ने.का.. २०३४, पृ.१४५ मा उल्लेख भएको बच्ची विष्टको मुद्दाले समेत स्वीकार गरेको अवस्था हुँदा सो २०५२ सालको पूर्ण सुनारको मुद्दामा नयाँ थप सिद्धान्त स्वीकार गरिएको अवस्था देखिँदैन । साथै अन्यथा प्रमाणित नभएसम्म आमाले भनेका कुराले मान्यता पाउने कुरालाई स्वीकार गरी पुनरावेदक प्रतिवादी रतनलाल कनौडिया विरुद्ध प्रत्यर्थी वादी रेणु भएको अंश मुद्दामा जातक बच्चा प्रतिवादीको ठहर भएको अंश (ने.का.. २०५५, पृ. ४६०) अवस्था समेत देखिन आउँछ ।

18.         यसरी नाता कायम मुद्दाको लागि आमाको भनाईको महत्व अधिक मात्रामा हुने भए पनि दावीको पुष्ट्‍याई समर्थनको लागि परिस्थितिजन्य प्रमाणहरुको अपरिहार्यता त्यत्तिकै रहेको हुन्छ । प्रस्तुत विवादमा नाता तर्फको दावी प्रमाणित हुने परिस्थितिजन्य प्रमाण छ, छैन त्यसतर्फ अध्ययन गर्दा प्रतिवादीको प्रतिउत्तर जिकिर, निज तर्फका साक्षीको बकपत्र र प्रतिवादी स्वयंको बयानबाट वादी दावीलाई पूर्णरुपमा इनकार गरिनुका साथै यी वादी काजी थारुको छोरा हो भन्‍ने जिकर लिएको पाइन्छ । सो को लागि यी वादी काजी थारुको छोरा चन्द्रलाल भन्‍ने व्यक्ति हु, राध थरुनीसँग करणी लिनु दिनु गरेको अवस्था नरहेको भन्‍ने भनाई रहेको पाइन्छ । यस कुराको पुष्टीको लागि काजी थारुको जेठो छोरा रसिलाल भन्‍ने रीसमान थारुको नाम जानी-जान लोप गराएको, २०३४ सालमा आएको नागरिकता टोलीमा निजको नाम छुटेको, जोग्या, चन्द्रलाल, काले समेतका नाम टोलीमा लेखिएको, आफु नै चन्द्रलाल भएकोमा चन्द्रलली भन्‍ने दोश्रो व्यक्ति देखाई आफूलाई चन्द्रप्रसादको नामबाट प्रस्तुत गरेको भन्‍ने प्रतिवाद गरी काजी थारुको ४ वटा छोरा भएको र एकजनाको नाम नागरिकता टोलीमा नदेखाइएको र यी चन्द्र प्रसाद, चन्द्रलाल नै हो र निज चन्द्रलाल काजी थारुको छोरा हो भन्‍ने जिकिर लिएको फिरादपत्रमा देखिन आउँछ भने नातातर्फ बयान गर्दा प्रतिवादीको वारेसले काजी थारु र राधी थारुको ५ जना छोराहरु रिसलुवा, जोगिया, कालु, चन्द्रलली भन्‍ने चन्द्र प्रसाद र नाम थाहा नभएको कान्छो भन्‍ने भई निजका साथी मेघराज रेग्मी समेतले बकपत्रमा ५ भाई छोरा रहेको उल्लेख गरेका छन् । अर्कोतर्फ वादीले बयान गर्दा कालु, जोग्या र चन्द्रलली ३ भाई छोरा काजी थारुको देखाई वादीलाई लोकराजको छोरा देखाएको छ भने वादीका साक्षी लक्ष्मण रेग्मी समेतले वादी बाहेक तीनभाई छोराहरु काजी थारुको रहेको उल्लेख गरेको पाइबाट काजी थारुको यी चन्द्र प्रसाद बाहेक अरु तीन भाई छोरा रहेको भन्‍नेमा वादी कथन एकरुपले पुष्टी भएको देखिन्छ भने प्रतिवादीको प्रतिउत्तर लेख अनुरुप बयान र निजका साक्षीहरुको भनाई एकरुपको नभई परस्परमा, बाझिएको देखिन आउँछ । अर्कोतिर वादी प्रतिवादीले उल्लेख गरेको इजलास समक्ष प्रस्तुत हुन आएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीबाट चन्द्रलली (काजी थारुका छोरा) ले नागरिकता प्रमाणपत्र लिईसकेको पाइन्छ भने यी वादीले हालसम्म नागरिकताको प्रमाणपत्र नलिएको भन्‍ने निजको कागजबाट देखिएकोलाई अन्यथा भन्‍न सकिने अवस्था फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन भने झिकाई आएको स्थायी नागरिकता वितरण गरेको विवरणको प्रतिलिपीबाट काजी थारुका ३ छोरा कालु, चन्द्रलली र जोग्याले स्थायी नागरिकता प्रमाणपत्र लिएको अवस्था समेत देखिन आएबाट यी चन्द्र प्रसाद, चन्द्रलाल वा चन्द्रलली भन्‍ने व्यक्ति नै हुन भन्‍न सकिने फिराद लेख बाहेक अन्य प्रमाणबाट देखिदैँन । यदि प्रतिवादीले फिरादमा भने झै चन्द्रलाल भन्‍ने व्यक्ति नै चन्द्रप्रसादलाई मान्‍ने हो भने काजी थारुको छोराको संख्या ५ वा ४ रहेको अवस्था देखिदैँन । अर्कोतिर यी वादीले प्रतिवादी नै बाबु हुन भनी नभएको कुरा दावी गर्नु अवस्था के पर्‍यो र किन झुट्टा दावी गरे भन्‍ने आधार प्रतिवादीले खुलाउन सकेको देखिदैँन । राधी थरुनी र यी वादी प्रतिवादी एकै गा.वि..मा बस्ने चिनजानका व्यक्ति रहे भएकोमा विवाद छैन । प्रतिवादी लोकराज र राधी थरुनी चिनजान भेटघाट भईरहेका व्यक्ति भन्‍ने देखिन्छन । काजी थारु र राधीबाट अरु छोराछोरीको जायजन्म भएको अवस्था समेत रहेकोमा अरुलाई छोडी यी वादी नै प्रतिवादी लोकराज रेग्मीको छोरा हो भनी नामाकरण गर्नुपर्ने अन्य कारण देखिन आउदैँन र सो कुरा प्रतिवादीले देखाउन सकेको पनि छैन । राधी थारु, काजी थारुले समेत अदालतमा आई २५ सालतिर राधी थारु लोकराजसँग पोइल गएको र चन्द्रप्रसाद त्यतिबेला लोकराजको करणी वीर्यबाट जन्मिएको भनी बयान गरेको र सोही मिलानको कागज गा.वि..मा समेत राधी थरुनीले गरिदिएको पाइन्छ ।

19.         यसरी राधी थरुनी, काजी थारु, वादीका साक्षीहरुको एकरुपको भनाई गा.वि..मा भएको कागज, प्रतिवादी लोकराज र राधी थरुनीको सन्‍निकटता समेतका एकरुपताको प्रमाणको आधारबाट लोकराज रेग्मीकै करणी वीर्यबाट वादी चन्द्रप्रसादको जन्म भएको हो भन्‍ने यी वादी र राधी थरुनीको भनाई अन्य प्रमाण र परिस्थितिजन्म प्रमाणबाट समर्थित भई रहेको अवस्था हुँदा वादी चन्द्रप्रसाद प्रतिवादी लोकराजकै छोरा नाताको व्यक्ति ठहर्छ 

20.         अब दोश्रो प्रश्‍नतर्फ विचार गर्दा माथि प्रकरण () को विवेचनाबाट पुनरावेदक वादी प्रत्यर्थी प्रतिवादी लोकराज रेग्मीको छोरा देखिन आएबाट यी वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आयो । वादी समेत ८ अंशियारा देखिन आएकोले प्रतिवादी लोकराजले मिति ०४७।९।६ मा आफूसँग रहेको वण्डा लाग्ने भनी उल्लेख गरी दिएको तायदाती बमोजिम ऋणका हकमा पछि ठहरे बमोजिम हुने नै हुँदा सो तायदातीको सम्पत्ति मध्येबाट यी वादीले ८ भागको १ भाग अंश प्रतिवादी लोकराजबाट पाउने नै देखिँदा वादी र प्रतिवादी बीच बाबु छोराको नाता कायम भै दावी बमोजिम अंश पाउने ठहर्‍याई शुरु सदर गरेको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला उल्टी हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री कृष्णजं रायमाझीको राय मनासिव ठहर् । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक वादी चन्द्रप्रसाद रेग्मीक माथि इन्साफ खण्डमा लेखिए बमोजिम नाता कायम भई यी वादीले प्रतिवादी लोकराजबाट ८ भागको १ भाग अंश पाउने ठहरेकोले प्रतिवादीले मिति २०४७।९।६ मा पेश गरेको जम्मा २,२९,४००।-  मूल्य बराबरको तायदाती बमोजिमको देहायको अचल सम्पत्तिबाट ८ भागको १ भाग छुट्याई पाउँ भनी द.सं. को ४६ नं. को म्यादभित्र दरखास्त दिन आएमा नियमानुसार बण्डा छुट्याई दिनु भनी शुरु दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठा दिनु................

 

दाङ जिल्ला डुरुवा गा.वि..

वार्ड नं.              कि.नं.                क्षेत्रफल

७ क         १८९           १२

७ क         ८३          १३

७ क         ५८४         

७ क         ५४१          १७

 

दाङ जिल्ला तुलसीपुर गा.वि..

वार्ड नं.              कि.नं.                क्षेत्रफल

५ घ          १११०          .१।२

५ घ          ११११           .१।४

६ ख          ६६६          

६ ख          ६६८           .१।२

६ ख          ६६९          

६ ख          ६६७         

६ ख          ६७०         

 

माथि उल्लेख भएको कि.नं. १११०, ११११, ६६६, ६६७ म बनेको घर ४ र दाङ डुरुवा गा.वि.. वडा नं. ७ मा भएको कुट्ने पिस्नेमिल जडान भएको घर समेत ।

पुनरावेदक वादी चन्द्रप्रसाद रेग्मीको माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले निजले फिराद गर्दा राखेको कोर्ट फि रु.२५।- र पछि फाँटवारी पेश भएपछि थप गरेको कोर्ट फि रु. ४३४५।०४ पैसा र पुनरावेदन अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.६५६।५६ र यस अदालतमा पुनरावेदन गरी राखेको कोर्ट फि रु. ३।७५ समेत जम्मा रु.५०३०।३५ प्रत्यर्थी प्रतिवादीबाट भराई लिन पाउने हुँदा प्रत्यर्थी प्रतिवादीबाट भराई पाउँ भनी कानुनका म्यादभित्र दरखास्त दिए कानुन बमोजिम भराई दिनु भनी शुरु दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाई दिनु..............

नियमानुसार गरी मिसिल बुझाई दिनु ...................

 

उक्त रायमा सहमत छु ।

 

न्या. ज्ञाइन्द्रबहादुर श्रेष्ठ

 

न्या. कृष्णकुमार वर्माको रायः

यसमा सर्वप्रथम नातार्फ विचार गर्दा वादी चन्द्रप्रसादकी आमा राधी थारुको काजी थारुसँग विवाह भई निजहरु पती पत्नी हालसम्म रहे भएकोमा विवाद छैन । २०२५ सालमा प्रतिवादीसँग राधी थरुनी पोइल गएको र प्रतिवादी लोकराजसँग करणी लिनुदिनु गरी निजको विर्यबाट वादी चन्प्रसाद जन्मेको भन्ने औचित्यपूर्ण आधार केही देखिदैन । सामान्यतया जातकको सम्बन्धमा आमाको भनाइ महत्वपूर्ण र विश्वासनीय हुने भए तापनि सो को पुष्ट्याई गर्ने पर्याप्त आधार हुनु पर्दछ भन्ने सिद्धान्त यस अदालतबाट ने.का.. २०५२, पृ. ६४७ मा प्रतिपादन भएको देखिन्छ । सो प्रतिपादित सिद्धान्तबाट आमाको भनाइको साथसाथै आमाको भनाइलाई पुष्ट्याई गर्ने विश्‍वसनीय आधार पनि हुनुपर्दछ । त्यस्तो विश्वासनीय आधार प्रस्तुत मुद्दामा विद्यमान नदेखिँदा नाता कायमतर्फ समेत वादी दावी नपुग्ने ठहर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मनासिव ठहर्‍याएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मिलेकै हुँदा बहुमतको रायसँग सहमत हुन नसकेकोले यो छुट्टै राय पेश गरेको छु । नियमानुसार गरी मिसिल बुझाइदिनु ।

 

इति सम्वत २०५७ साल असार २३ गते रोज ६ शुभम....................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु