शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११७९ - ज्यान

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११७९     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३४ सालको फौ.पु.नं. १६८

फैसला भएको मिति :      २०३५।७।२।५ मा

वादी :       अ.स.ई.जगदेवको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी : सिराहा प्रमहासोच गा.पं. वडा नं. २ बस्ने दुःखी महतो कोईरी समेत

मुद्दा : ज्यान

(१)   सर्जमिन प्रमाणको रुपमा ग्रहण नहुने ।

(प्रकरण नं. १४)

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा

फैसला

            न्या. ईश्वरीराज मिश्र : मुद्दाको तथ्य यसप्रकार छ : सुकी महतोले २०२९ साल फागुन १५ गते सबै मिली मलाई कुटी ज्यानै मार्न खोजे डरधाक देखाई मेरो धनमालमा खतरा गर्न नपाउने शान्ति सुरक्षा गराई दिनु भन्ने जि. प्र.सिरहाका नाउँमा आदेश गरिपाउँ भन्ने अम्रनवती दनुवारनीको निवेदन ।

            २.    अम्रनवती दनुवारीको निवेदनबमोजिम तथ्य कुरा बुझ्न जाँदा चौठीमा आइमाईलाई ज्यान मारी मृतक लास गाडी दवाई छपाई राखेको छ भन्ने बुझी सो ठाउँमा गई पत्ता लगाई ज्यान माटोमा गाडेको लास उखेली हेर्दा आइमाईको लास देखी कर्तव्य गरी मारेको शङ्का लागेकोले लास सुरक्षित राखी लास जाँच गरिपाउँ भन्ने अ.स.ई.जगदेव भगतसमेतको ०२९।१२।१४।३ को प्रतिवेदन ।

            ३.    अम्रनवती दनुवारनीको लास हो भनी देखायो । चिन्यौं सो लास पोष्टमार्टम गर्न सडी गली दुर्गन्ध भई स्थिति नरहेको भन्ने ०२९।१२।१४ को लासजाँच प्रकृति मुचुल्का ।

            ४.    अम्रनवतीको ज्यान मारी दवाएको रामप्रसाद महतो समेतले गोप्य तरहसमेतबाट बुझी यो चैत्र ११ गते अम्रनवती खोज्दा भेटिएन । विशेष स्रोतबाट पत्ता लगाई लास राखेको ठाउँसमेत गा.पं.ब्रहृमापुरी वडा नं. ६ लक्ष्मीपुरवाला भन्ने खेतमा तेलीको लासदेखि पश्चिमपट्टि खेत पटाउने कुपमा लास छिपाई माटोले पुरिदिएकोले भन्ने अ.प्र.नं. गन्गाई महतो कोइरीको निवेदन ।

            ५.    अम्रनवती दनुवारनीको निवेदनबमेजिम मसमेत भई निजलाई कर्तव्य गरी मारेको होइन । दुःखी महतोले अम्रनवतीलाई रखौटी राखेकोमा निजलाई नराख भनेकोमा दुःखी र गाउँलेको मतभेद हुँदा गौरीपुरमा दुई अढाई वर्षदेखि घर बनाई बसेकोले अम्रनवतीसँग मेरो कुनै रिसइवी नहुँदा निजको आफ्नो सानले निवेदन दिएको लाग्दैन मसमेतलाई फसाउन दुःखीले नै अम्रनवतीलाई मारी लास दवाई गाडेको हुनुपर्छ भन्ने रामलखन सुन्दर भण्डारीसमेत जना २ को कागज ।

            ६.    ७।८ वर्षदेखि दुःखी महतो कोईरीले अम्रनवती दनुवार्नीलाई स्वास्नी तुल्याई राखेको थियो । निज दुःखी बैनीज्वाईं हो निजलाई राखेको दाजुभाइले दुःखीलाई भातबाट बाहेक गरेको र अम्रनवतीले अड्डाअड्डामा निवेदन दिएको छ । अब केही छैन । अम्रनवतीलाई व्रहृापुरीलाई फसाउँछु मजा चाख्ला सम्झाएँ नमानी जमकार दुःखीले चैत ८ गते मारी दबाए थाहा भएन । अम्रनवतीलाई भन्दा म थिइन अम्रनवतीको ज्यान मार्ने कुरा थाहा भएको र मारेको कुरा मेरो बुद्धि नपुगेकोले जाहेर नगरेको हुँ । अम्रनवती दनुवारनीले दिएको निवेदनमा लेखिएको मानिसहरुले निजको ज्यान मार्ने सम्बन्धमा कुनै किसिमको सल्लाह छैन । अम्रनवतीले दुःखीले भने अनुसार निवेदन दिएको हुनुपर्छ भन्ने गणेशी महत्वको प्रहरीमा भएको कागज ।

            ७.    होलिको २ दिनपछि आइतवारका दिनसम्म म गहुँ काटिरहेको बखत मनेर आई दुःखीले मेरो रखौटी स्वास्नी अम्रनवतीलाई ज्यान मार्नुपर्छ । तिमीलाई रु.२००। दिन्छु । आज राती बोलाउँछु । तिमी आउनुपर्छ भन्दा मलाई डर लाग्छ । ज्यान मार्न म जान्न पैसा चाहिँदैन भन्दा किन डर मान्छस्, मैले फसाउने उपाय गरिसकेको छु । अम्रनवतीको ज्यान मारेपछि गाउँलेहरु ज्यानमारामा फस्छन भन्दथे । म मानिनँ आज १८।१९ दिन भयो रातमा दुःखी आई मलाई बोलाए । म आउँदा हिँड मेरो गहुँ खेत हेर्न जाउँ भन्दा दुःखीको साथ लागी गौरीपुर महाविरको काममा पुग्दा देवाल केवट पनि काममा रहेछन । दुःखीले अम्रनवतीलाई गहुँ हेर्न हिँड भनी बोलाई ल्याई कामतबाट म र देवलाल, दुःखी महतो अम्रनवतीसमेत ४ जना भलुबाडी आउने पानीको मुलनेर पुग्दा जनका मुसहर पनि भेट भई निज पनि गहुँ हेर्न भनी हामी ५ जना पुलदेखि दक्षिणपूर्व भएको झकलालको अमानत रहेको पर्ती खेतमा पुगी दुःखीले कोही मानिस आउँछन कि हेरी बस भनी मलाई दुःखीले राखे पूर्वतर्फबाट कोही मानिस आउँछन कि भनी देवलाललाई पठाए । सोहीबीचमा दुःखी र अम्रनवतीजनका तहाँ रहेदेखिले आफूले ओडेको च्यादरले अम्रनवतीको मुख बाँधी दिएकोसम्म देखेपछि फर्किरहे । त्यसै अवस्था दुःखीजनका समेत भई अम्रनवतीलाई पर्ती खेतमा ज्यान मारी दिई दुःखीले मलाई बोलाई पछि म जाँदा अम्रनवतीको मुख बाँधेको च्यादर दुःखीले खोली लिई पूर्वपश्चिमको खाल्डोमा अम्रनवतीको लास गाडे म दुःखी, जनक देलालसमेत भई गाडेको घर आउँदा अं.१ बजेको हुँदो हो । डरले दुःखीसँग रुपैयाँ मागिन भन्नेसमेत महाविर यादवको कागज ।

            ८.    अम्रनवतीको नामबाट दिएको निवेदन सुनेँ । सो निवेदनबमोजिम मसमेत भई अम्रनवतीलाई ज्यानमारे दवाएको समेत होइन । दुःखी महतोले अनेकौं मुद्दा मामिला गरी हुन गएको इवीले अम्रनवतीको नामबाट निवेदन दिलाए । यी निवेदनका मानिस फसाउन निमित्त दुःखी महतोले अम्रनवतीलाई कर्तव्य गरी मारी दवाएको हो भन्ने उ.प्र.पं.गन्गाई महत्वको कागज।

            ९.    सावित हुने महाविर यादव र दुःखी महतो देवलाल केवट जनका मुसहर समेतले अम्रनवतीको ज्यान मारेको होला, गणेशीउपर यो ज्यानको शङ्का लाग्दैन भन्ने ०३०।१।६।४ को सर्जमिन मुचुल्का ।

            १०.    अम्रनवतीको निवेदनका मानिसउपर सबूद नपुगेकोले पक्राउ परेका रामलखन इन्दर भण्डारी मल्ल उ.प्र.पं.गन्गाई महतोलाई जमानीमा छाडी दिई मुद्दा नचलाउने र गणेशीलाई पनि हाजिर जमानीमा छाडी दिने र निजप्रति मुद्दा नचलाउने । अम्रनवती दनुवारनीलाई कर्तव्य गरी मार्ने दुःखी महतो कोईरी १ महाविर यादव १, देवलाल केवट १, जनका मुसहरु १ समेत ४ जनाउपर सबूद गुज्रन आएकोले विरुद्ध मध्येका दुःखी महतो कोईरी १ जनका मुसहर १ समेत २ जनालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुनुपर्नेमा र महावीर यादव १ देवलाल केवट १ समेत २ जनालाई ऐ.१७ (२) बमोजिम सजाय हुनुपर्ने र अरू प्रतिवादीहरु उपर सबूद नपुग्ने हुँदा कारवाही नचलाउने राय कायम गरिएको छ भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            प्रहरी समेत भएको बयान सनाखत गरेँ । उक्त बयानमा लागेको सहीछाप मेरो हो । मसमेत ४ जनाको मत सल्लाहबाट ज्यान मारेको भन्ने सर्जमिनको बकाई झुठ्ठा हो । दुखियाको करकाप मुद्दामा मैले दुखियाको साक्षी बसेकोले सो रिस ईवीबाट मउपर शङ्का गरी बकेका हुन । कहिले कसले मारे भन्न सक्दिनँ । कुटपिट गरी साविती बयान लेखी सहीछाप गराएको हो । मसमेत भई अम्रनवतीलाई कर्तव्य गरी मारेको होइन । झुठ्ठा पोल गरेको हो भन्नेसमेत महाविर यादवले अदालतमा गरेको बयान ।

            ११.    म आफ्ना घरबाट जनकपुरधाम परिक्रमा गर्न गएको र ६ गते लक्ष्मी निवासको मुख लालको स्वास्नी दिदी नाता भई भेट भई ऐ.६ गते लकडी बेच्न रामनगर गई रामकृष्णसँग लकडी बेच्ने दामकाम गरी निजको घर बसेको ६ गते पेटको विमार भई रामचन्द्रसँग इलाज गराउँदा निको नभई ऐ.९ गतेका दिन जनकपुर अस्पतालमा भर्ना भई १४ गते ठीक भई सोही दिन दिदी मुझियदेवीको घरमा गई ०३० साल बैशाख १२ गतेसम्म बसी ऐ.१३ गते त्यहाँबाट आई आफ्नो घरमा ऐ.१४ गते पुगें । घर आउँदा जहान परिवारले अम्रनवतीको ज्यान मुद्दामा पोलेको छ भनेबाट गाउँघरमा १।२ दिन बसें मेरो दिदी सुझानदेवी भारत कमला वादी गाउँमा पुगी ८१० दिन त्यहाँ बसिरहेकोमा म्याद तामेल भएपछि घर आई बसेको र म्यादमा हाजिर भएको हुँ, मसमेत भई अम्रनवतीलाई कर्तव्य गरी मारेको होइन । महावीरसँग रायसल्लाह समेत केही गरेको छैन । निजलाई समेत साथमा लिई मारी खाल्टोमा समेत पुरेको छैन । प्रजनका मुसहर र देवलालले अम्रनवतीलाई मारे नमारेको थाहा छैन । प्र.महावीरलाई चिन्दछु । जनका र देवलाललाई चिन्दिन किन त्यस्तो बयान गरे मलाई थाहा छैन । ब्रहृापुरीका मानिसहरुसँग लक्ष्मीपुर मौजामा गाँजा रोप्ने विषयमा पञ्चहरुसँग मेरो झगडा ईवी भई सोही ईवीले गाउँलेहरुले पोलेका हुन । अम्रनवतीसँग मेरो नातासम्बन्ध थिएन, छैन । निजलाई चिन्दछु । मैले निजलाई चिन्दछु । मैले निजलाई रखौटीसमेत तुल्याई राखेको थिइन । अम्रनवतीको निवेदन मैले दिएको होइन । निजले दिए नदिएको थाहा छैन । प्रहरीले कुटपिट गरी हप्काई डरले सुन्दै नसुनी सहीछाप गरेको हुँ । अम्रनवती मैले रखौटी राखेको छैन । अम्रनवती गाउँघरमा कालले मरेको भन्ने सुनेको छु भन्नेसमेत ०३०।५।२५।२ को दुःखी महतोको बयान ।

            १२.   प्रतिवादी महावीर यादवलाई कैद वर्ष ५ र प्र.दुःखी महतो कोइरीलाई सर्वश्वसहित जन्मकैद गर्ने र प्र.देवलाल भन्ने देवलाल केवट १ जनताका मुसहर १ समेत २ जनाको हकमा मुल्तवी रहने भन्नेसमेत सिरहा जिल्ला अदालतको ०३१।११।१४।४ को फैसला ।

            १३.   महावीरले प्रहरीसमक्ष गरेको कागज वारदात भएको समय रातको २ बजे भनी लेखिएको कुरा साँचो भए यो दुःखी महतो भोलिपल्ट ९ गते जनकपुर अस्पतालमा भर्ना हुन सक्ने अवस्थै देखिन नआउने । निज दुःखी महतो जनकपुर अस्पतालमा चैत ९ गते भर्ना भई ऐ.१४ गते डिसचार्ज भएको मिसिलबाट देखिन आउँछ र सो प्रमाणलाई खण्डन गर्न सक्ने कुनै अर्को प्रमाण वा परिवन्द मिसिलबाट देखिन आउँदैन । त्यस्तो अवस्थामा वादी पक्षतर्फबाट अभियुक्तहरु उपर लगाएको अभियोगलाई प्रमाणित गर्न सकिने कुनै प्रमाण वादी पक्षतर्फबाट पेश हुन नसकेको देखिनाले निज दुःखीलाई दोषी ठहराई जिल्ला अदालतबाट गरेको फैसला मिलेन । जिल्ला अदालतले गरेको फैसला उल्टी हुने र अभियुक्त महावीर यादव र दुःखी महतोसमेतले सफाई पाउने ठहर्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३४।४।१७।३ को फैसला । सो फैसलामा चित्त बुझेन प्रतिवादीहरुलाई सुरु वादीबमोजिम सजाय हुनुपर्छ भनी श्री ५ को सरकारको पुनरावेदन परेको छ ।

            १४.   प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला ठीक बेठीक के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारतर्फबाट खटी आउनुभएको विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा सर्जमिन प्रमाणको रुपमा ग्राहृय नहुने र अभियुक्तले प्रहरीमा गरेको बयानलाई अरू स्वतन्त्र प्रमाणबाट समेत प्रमाणित भएको नदेखिएको र अदालतमा अरू सर्जमिनका मानिसले कुनै तथ्ययुक्त बयान गरेको नहुँदा शङ्काको भरमा कसूरदार ठहराउन नमिल्ने भएबाट समेत श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पूर्वाञ्चल क्षेत्रीय अदालको २०३४।४।१७।३ को इन्साफ मनासिव ठहर्छ । तपसीलबमोजिम गरी मिसिल बुझाइदिनु ।

 

तपसील

प्रतिवादी महावीर यादवलाई सादक सदर भई आएपछि सफाई पाउने ठहरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको र सो फैसला सदर गरी यस अदालतबाट निर्णय भएको हुँदा निज अझै यसै मुद्दामा थुनिएको भए र निज अरू मुद्दामा थुनामापरेको नभए थुनाबाट तुरुन्त छाडिदिनु भनी सिराहाकारागार कार्यालयलाई लेखिपठाई दिनु....१

प्रतिवादी दुःखी महतो कोईरीको माथि इन्साफ खण्डमा लेखिएबमोजिम ईन्साफ पू.क्षे.अ.को मनासिव ठहरेकोले यो मुद्दाबाहेक अरू मुद्दामा परेको नभए थुनाबाट छाडिदिनु भनी कारागार कार्यालय नखुलाई लेखी पठाइदिनु .......२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

 

इति सम्वत् २०३५ साल कार्तिक २ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु