निर्णय नं. ७०३६ - जग्गा खिचोला चलन

निर्णय नं. ७०३६ ने.का.प. २०५८, अङ्क ९,१०
संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
संवत् २०५४ सालको दे. पु. नं. ४१२९
फैसला मितिः २०५८।३।२५।२
मुद्दाः जग्गा खिचोला चलन ।
पुनरावेदक/वादी : का.जि. का.म.न.पा. वडा नं. ५ माली गाउँ घर भै जिल्ला पर्सा, आमोदेवी गा. वि. स. वडा नं. १ हाल विरुवा गुठी गा. वि. स. वडा नं. १ बस्ने टोपबहादुर पचमैया मगर ।
विरुद्ध
विपक्षी /प्रतिवादी : ऐ. ऐ. आमोदेवी गा. वि. स. वडा नं. १ को हाल विरुवा गुठी गा. वि. स. वडा नं. १ बस्ने फुलबहादुर तामाङ समेत ।
§ विवादित कि. नं. १०१ र १०२ को जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा यि वादी टोपकहादुर पचमैयाले जिल्ला भूमि प्रशासन कार्यालय, पर्साको मिति २०२४।१२।२२ को निर्णय बमोजिम प्राप्त गरेको देखिएको र भूभि प्रशासन कार्यालयको उक्त निर्णयलाई अन्यथा भन्न सकेको अवस्था नरहेकोमा दावीको उक्त कि. नं. १०१ र १०२ मा २०३८।१२।१७ भन्दा अगाडि यि प्रतिवादीहरु मध्ये केही प्रतिवादीले खिचोला गर्यो भनि दिएको मुद्दामा डिसमिस फैशला हुँदैमा सोहि जग्गामा पुनः त्यस मुद्दाका केहि प्रतिवादीहरु र अन्य प्रतिवादीहरु समेतले २०४७।८।१५ मा खिचोला गरेको भनी दिएको मुद्दा उपर अ. वं. ८५ नं. बमोजिम अघिल्लो मुद्दाको फैशलालाई आधार लिई गरेको खारेजी फैशला कानून संगत देखिएन । किनकी २०३८।१२।१७ भन्दा पहिला खिचोला गरेको भन्ने वादी दावी र २०४७।८।१५ मा खिचोला गरेको भन्ने वादी दावीमा वादी र विवादित जग्गा साथै केहि प्रतिवादीहरु एकै हुँदैमा अ. वं. ८५ मा प्रयुक्त सोही मुद्दा हो भन्न मिल्ने देखिदैन । तसर्थ फरक फरक अवस्थामा सिर्जना गएको मुद्दामा वादी र केही प्रतिवादी एकै हुँदैमा मात्र प्राङ्गन्यायको सिद्धान्त (Res Judicata) आकर्षित हुन नसक्ने ।
(प्र. नं. २४)
पुनरावेदक पादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्त श्री हेमराज सुवेदी
अवलम्वित नजिरः
फैसला
प्र. न्या. केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यसै अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परि पुनरावेदन अदालत, हेटौडाको फैसला उपर मुद्दा दाहोर्याउने निस्सा प्रदान भै दाय हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र यस अदालतको ठहर यस प्रकार छ ।
२. करपुल गुठी स्थापना भई सो को सम्हार आदिको लागि २०१ विगाहा जग्गा रु. १५०। तिर्ने गरी विरेन्द्र सिंहलाई धुर गुठी दिएको कुरा २००५ सालमा श्री ५ को सरकारका तर्फबाट गुठी लगत जाच अड्डाबाट निर्णय भएको र २००९।९।२१ गते मालपोत तथा वन विभागको सनद अनुसार १०५ विगाहा चलन पूर्जि निजलाई दिई बाँकी आवादी नभएको ९५ विगाहा चलन पूर्जी आवादीको वर्ष देखि मालपोत लिने गरी दिने भन्ने निर्णय भएको सोही अनुरुप ०१७।७।१२।६ मा श्री ५ को गुठी वन्दोवस्त अड्डाले आवादी नभएको जग्गा मध्ये ज. वि. १० मालपोत लिने भनी निर्णय गरी सो १० विगाहा बन्दोवस्त गरी मलाई दिएको छ । आवादी नभएको बाँकी जग्गा मध्ये १०, १३, १५ गरी चित्रबहादुर, कुमार बन्जु शर्मा, सुरेन्द्र सिंह, एकेन्द्र सिंह, दुर्गा श्रेष्ठ, बद्री बहादुर, राम बहादुर, गोपाल प्रसाद समेतलाई जग्गा दर्ता गर्ने निर्णय सोही समयमा भएको छ । सो अनुसार २०१७ साल चैत्र ३० गतेको रसिदबाट सो जग्गा मेरा नाउँमा दर्ता भई २०१६ देखि मालपोत बुझाई आएको छु । सो जग्गा साविक श्री ५ को सरकार तर्फ गुठी तहसिल कार्यालयको श्रेष्तामा यथावत छ । सो जग्गा २०२१ सालमा सर्वे नापी हुँदा विरुवा गुठी गा. वि. स. वडा नं. १ (ख) कि. नं. १०१ मा ज. वि. ३–१–० र कि.नं. १०२ मा ज.वि. ६–१०–० कायम भएको छ । म कर्मचारी भएकोले बिभिन्न ठाउँमा कामकाज गर्ने हुँदा सो जग्गा मेरो पिता मीनबहादुर मगरका नाउँमा नाप नक्सा भयो । सो मध्ये कि. नं. १०१ किसान पिताज्यूले मेरो नाउँको नम्बरी भनि जनाईदिनु भयो । बुबाको नामबाट २०२४।१२।२२ गते मेरो नाउँमा दर्ता गर्ने निर्णय भई सो जग्गा मेरो नाउँमा दर्ता छ । २०३८।९।१७ गते सो जग्गामा फुलबहादुर वाइवा तामाङ, श्यामबहादुर श्रेष्ठ तथा सोमबहादुर, भरतसिं समेतले खिचोला गरेको हुनाले फिराद दिएको थिए । २०४०।९।४ गते बिपक्षीहरुले खिचोला गरेको ठहरी फैशला भएको छ, सो फैसला उपर पुनरावेदन परी ना. अं. अ. बाट गुठी संस्थालाई बुझी निर्णय गर्नु भनी प्र. जि. अ. मा पठाई दियो । २०४६ साल फाल्गुन देखि सवै विपक्षीहरुले जग्गा खिचोला छोडिदिए पछि जग्गा आवाद गरी तारेख तोडी दिएको थिए । २०४७।८।१५ गते बिहान ९ बजे संस्थान बाहेकका अन्य बिपक्षीहरुले जोत्न लाग्नु भएको देखि किन खिचोला गर्नु भएको भन्दा तपाईले तारेख तोडी बस्नु भएकोले डिसमिस हुन्छ । त्यसैले जग्गा हामी जोत्छैं जहां जानु पर्छ जानुस भनेपछी अदालतमा आई बुझ्दा विपक्षीहरुले झुठ्ठा सर्जमिन गराइ तारेखमा बसी रहनु भएको र गुठी तहसिल तथा बसी रहनु भएको र गुठी तहसिल तथा खर्च कार्यालयले त्यसलाई राजगुठी भन्दै आफूमा निहित पुर्जा देखाउनु भएको कागज समेत ०४७।८।२१ म सारी फिराद गर्न आएको छु । मोल रु. १०,०००। पर्ने कि. नं. १०१ र १०२ को ज. वि. ९–११–० जग्गामा विपक्षीहरुले गरेको खिचोला मेटाई जग्गा चलन चलाई कोर्टफी समेत भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र।
३. फिराद दावी झुठ्ठा हो । यो जग्गा कर्रापुल गुठीको जंगल विगाहा १५५ मध्येको जग्गा हो । फुलबहादुर, श्याम बहादुर, वायवा तामाङले बुटेन फडानी गरी भोगचलन गर्दै आइरहेको छ । सो जग्गामा कार्तिक महिनामा श्याम बहादुर समेतले रवि, तोरी, मुसरो आदि लगाई मंसीर १५ गते हरियो बनाई सकेको थियो । मैले सो जग्गा जोत्ने कुरै भएन । आफ्नो हक अधिकार नै नभएको कुरामा उजूर गर्ने वादीलाई नै सजाय गरी वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र. वेलबहादुर उप्रेतीको प्रतिउत्तर पत्र ।
४. विरुवा गुठी गा. वि. स. वडा नं. १ (ख) कि. नं. १०१ र १०२ समेतका जग्गा कर्रापुल गुठीका जग्गा हुन् । सो जग्गाहरु मध्ये १०१ र १०२ जग्ग वन बुटेनका रुपमा रहेका थिए । हामी समेतका सुकुम्वासीले बुटेन फडानी गरी आवाद गरी आएका थियौं । २०२४।०२५ सालमा पूर्ण आवाद गरी हामी वाइवा तामाङ, श्यामबहादुर, झुलबहादुर तामाङले भोगचलन गरी आएका थियौं । हामी सुकुम्वासीले आवाद गरेको जग्गालाई आफ्नो नाउँमा गराउन सकिन्छ कि भनि जग्गा खिचोला मुद्दा दिई ०४७।२।२६ गतेका दिन सर्जमिनको तारेखमा उपस्थित नभै सर्जमिन एक तर्फी भयो भनेका हुन् । सो जग्गामा बर्षे वाली पछि कार्तिक १५, २० गते भन्दा पहिले नै मुसुरो, केराउ, तोरी लगाई दावीको समयमा हरियो भैसकेको थियो । वाली लगाई सकेपछी दावीको मितिमा हामीहरुले खिचोला गर्ने कुरै भएन । मालपोत कार्यालयमा कर्रापुल गुठीका नाउँ यसै हो भन्न सकिदैन । नक्कल हेरेपछि वयान गर्ने छु भन्ने समेत प्र. फुल बहादुर तामाङ, वायवा नामाङ, श्यामबहादुर श्रेष्ठ समेत जना ३ को प्रतिउत्तर पत्र ।
५. फिराद पत्रमा उल्लेखित जग्गा कर्रापुल गुठीको लगतमा दर्ता भएको जग्गा हो । दर्ताको श्रेस्ता प्रमाणित हुन वांकी छ । वादीले पहिले दिएको मुद्दा डिसमिस भएमो छ । सोहि विषयमा केहि नयाँ विपक्षी बनाउदैमा अर्को मुद्दा लाग्न नसक्ने हुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत वीरगंज गुठी तथा खर्च कार्यालयको प्रतिउत्तर पत्र ।
६. फिरादमा लेखिएको जग्गा साविक देखि मोही नलागेको आवाद नभएको पर्ति जग्गा हो । पछि केहि व्यक्तिहरुले आवाद गुलजार गरी हाल आवादीमा दर्ता गरी पाउँ भनी निवेदन दिए अनुसार कारवाही भइरहेको छ । पहिले दिएको मुद्दा डिसमिस भएपछि त्यसै बिषयमा अर्को मुद्दा लाग्न सक्ने होइन भन्ने समेत गुठी संस्थान केन्द्रिय कार्यालयको प्रतिउत्तर पत्र ।
७. फिराद लेख झुठ्ठा हो । यो जग्गा गुठी संस्थानको लगतमा दर्ता भैरहेको कर्रापुल गुठीको १५५ विगाहा मध्येको जग्गा हो र फुलबहादुर, श्यामबहादुर, वायवा तामाङ समेतले २०२५ साल देखि भोगचलन गरेको जग्गा र सो जग्गामा दावी मितिमा तोरी, मुसुरो लगाई हरियो भै सकेको थियो भन्ने समेत प्र. बाबुराम पाख्रीनको प्रतिउत्तर पत्र ।
८. वादी दावीको जग्गा प्रतिवादीहरुले पहिलो पल्ट २०३८ सालतिर खिचोला गरेको थिए र पुनः २०४७ साल मंसिर १५ गते खिचोला गरेका हुन भन्ने समेत व्यहोराको वादीका साक्षी दिनेशचन्द्र गिरीको वकपत्र ।
९. सो जग्गा प्रतिवादीहरुले २०२४।०२५ साल देखि भोग चलन गरी आएका हुन । सो जग्गामा प्रतिवादीहरुको घर छन । जग्गा गुठी संस्थानको हो । वादीले २०३८ सालमा दिएको मुद्दा डिसमिस भएको छ । वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. का साक्षी जम्वु लामा, जगतबहादुर श्रेष्ठ, कृष्ण प्रसाद कडेल समेतको वकपत्र ।
१०. २०१७ सालमा मालपोत तिरेको किल्ला उल्लेख छैन । त्यसकारण हामीले भोग गरेको जग्गा हो, दावी भएकोले धरौटि राखेका हुन् । त्यस्ता रसिद जस्ले पनि काट्न सक्छ । २०२१ सालमा नापी भएपछि वादीको जोत भएको पनि कित्ता नं. समेत उल्लेख हुनु पर्ने थियो । सो उल्लेख नभएकोले रसिद सदर हुने होइन ।
११. विरुवा गुठी गा. वि. स. वडा नं. १ को कि. नं. १०१ र १०२ को जग्गा धनी कर्रापुल गुठी अन्तर्गत पर्दछ । सो जग्गाको पुर्जा वादीले कसरी पेश गरेका हुन वादी नै जानुन, मालपोत कार्यालयबाट प्राप्त श्रेस्ता अनुसार ज. ध. मा कर्रापुल गुठी देखिएको छ भन्ने समेत गुठी तथा खर्च कार्यालयका श्याम बहादुर दाहालको बयान ।
१२. प्रस्तुत लालपुर्जामा उल्लेखित जग्गा कर्रापुल गुठीको जग्गा हो । सो गुठी साविकमा छुट गुठी थियो । ०३९।१।१२ को गुठीको निर्णयले राजगुठीमा कायम भएको छ । यि कित्ता जग्गा हामी समेतका सुकुम्बासीले २०२४।०२५ सालदेखि वुटेन फडानी गरी हाल सम्म भोगचलन गरी आएका छौ । विपक्षी मालपोत कार्यालयको कर्मचारी भएको बखत सो जग्गाको लालपुर्जा के कसरी लिए पाना नं. र जग्गाधनी नं. समेत उल्लेख हुनाले लालपूर्जा सद्दे होइन । वादीले सक्कल लालपूर्जा पाएको भए मालपोतमा श्रेस्ता कायम हुनुपर्ने थियो । यस्तो लिखत खडा गरेमा वादीलाई कारवाही हुनुपर्ने हो भन्ने पु. वा. स. श्याम बहादुर श्रेष्ठको वयान ।
१३. प्रतिवादीहरुको बयान झुठ्ठा हो, पेश भएको लालपूर्जा किर्ते होइन, प्रतिवादीले पेश गरेको लालपूर्जा यस मुद्दामा ग्रहण गर्ने अवस्था छैन । मेरो दावी अनुसार इन्साफ होस भन्ने समेत वादी उदयप्रसाद सराफको बयान ।
१४. विना श्रेस्ताको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई एक अर्काको गोगमा हस्ताक्षेप गर्ने नियत अपनाएकोले कारवाही गरी पाउँ भन्ने र जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने ०४७।११।१५।४ मा डिसमिस फैसला भएको मिसिल प्रमाण रहेका छन् । यिनै वादी र यिनै प्रतिवादी समेत भएको यस्तै जग्गा मुद्दा यसै अदालतमा दायर रहेको मुद्दा २०३८।१२।१७।३ मा दर्ता भै कारवाही चली मिति २०४७।११।१५।४ मा डिसमिस भएको देखिनेमा पुनः यिनै वादीले यसै जग्गा विषयलाई खिचोला गरे भनी प्रतिवादी समेत उपर २०४७।९।३।३ मा मुद्दा दायर गरी कारवाही भएको प्रस्तुत मुद्दा हुँदा विवादित विषय एकै रहेको र कुनै पक्ष समेत उपर एउटै विवाद उठाइ पटक पटक मुद्दा हेर्ने निकाय अर्थात यसै अदालतमा मुद्दा परेको देखिंदा प्रस्तुत मुद्दाको सन्दर्भमा अन्तिम रहेको ०४७।११।२५ को डिसमिस फैसला उपर कानून बमोजिम यिनै वादीले उपचारको बाटो नहेरी पुनः दायर गरेको अ. वं. ८५ नं. को प्रावधान बमोजिम मिल्न आउने देखिएन । तसर्थः यिनै परिवन्द वुँदाबाट वादी दावी खारेज हुने ठहर्छ भन्न समेत व्यहोराको शुरु पर्सा जि. अ. को मिति २०५२।२।२९ को फैसला ।
१५. अघिल्लो डिसमिस भएको मुद्दामा म वादी भए पनि यिनै प्रतिवादीहरु सवै प्रतिवादी छैनन् । वारदात मिति फरक छ । त्यसमा पनि डिसमिस भएको मुद्दामा सो मुद्दामा तत्काल सो का प्रतिवादीहरुले खिचोला छाडी मलाई भोग चलन गर्न छोडी दिएबाट भोग चलन गरी मैले मुद्दा लडी रहनुको अर्थ नरहेबाट तारेख तोडी आएका क्रममा पुनः यस पुद्दामा प्रतिवादीहरुले खिचोला गरेबाट प्रस्तुत मुद्दा दिएकोमा सो तर्फ कुनै सबचार नगरी शुरु पर्सा जिल्ला अदालतबाट वादी दावी खारेज हुने ठहराई गरेको गैरकानूनी फैसला पुनः वदर गरी मेरो फिराद दावी एवं पुनरावेदन जिकिर बमोजिम तथ्यभित्र प्रवेश गरी ठहर फैसला गरी सुपथ इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पदालत, हेटौडामा परेको पुनरावेदन पत्र ।
१६. यसमा प्रस्तुत मुद्दामा खिचोला गरेको भनिएको मिति र पहिला डिसमिस गराएको मुद्दाको खिचोला गरेको भनीएको मिति एकै नभई फरक फरक भएको र प्रस्तुत मुद्दाको प्रतिवादीहरुको संख्या ७ र पहिलेको मुद्दामा प्रतिवादीहरुको संख्या ५ मात्र भई प्रतिवादीहरुमा पनि केहि भन्तर रहे भएको देखिनाका साथै वादी दावीको जग्गाको तिरो वादी पक्षले तिरो भोग समेत गरी आएको अवस्था विद्यमान भएकोले प्रस्तुत मुद्दामा भएको सुरु पर्सा जिल्ला अदालतको खारेजी फैसला फरक पर्ने देखिंदा अ. वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थीहरुलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदलत, हेटौडाको मिति २०५३।३।२ को आदेश ।
१७. वादीको प्रस्तुत फिराद हेर्दा पहिला भएका मुद्दाको प्रतिवादीहरुमा केहि हेरफेर गरी त्यही व्यहोराको प्रस्तुत फिराद दायर भएको एवं दावी लिएको जग्गाहरु समेत उहि रहेको हुनाले प्रस्तुत मुद्दाको प्रकृति एवं बिषय वस्तु फरक फरक भएको भन्न समेत मिलेन । त्यसकारण प्राङ्गन्यायको सिद्धान्त तथा अ. वं. १७८ नं. एवं अ. वं. ८५ नं. को व्यवस्था अनुसार प्रस्तुत मुद्दा पुनः लाग्न सक्ने देखिएन । वादीले दायर गरेको प्रस्तुत फिराद लाग्न सक्ने अवस्थाको नभएको देखिनाले यस मुद्दाका अन्य तथ्यहरु तर्फ विवेचना गरी रहनु समेत परेन । शुरु पर्सा जिल्ला अदालतबाट वादी दावी खारेज हुने ठहराएको मिति २०५२।२।२९।२ को फैसला कानूनसम्मत नै देखिनाले सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।
१८. पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिति २०५३।११।२२ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को (क) र (ख) बमेजिम मुद्दा दोहोर्याई पाउँ भनि पर्न आएको निवेदन पत्र ।
१९. शुरु रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत ,संयुक्त इजलासको मिति २०५४।३।१९ को आदेश ।
२०. यसमा निवेदकले २०२४।१२।२२ को निर्णयले प्राप्त गरेको जग्गाधनी प्रमाणपत्र भ्रष्टाचार गरी लिएको भनि उजुर परेकोमा २०४७।६।२३ मा मुद्दा नचल्ने गरी प्र जि अ बाट निर्णय भएको प्रतिबादीको नाममा दर्ता भैसकेको नदेखिएको वादीको फिराद खारेज भएमा दर्ताको स्थिति के रहने भन्ने अवस्था पर्ने र हालको मुद्दामा गुठी संस्थान समेतका नयां विपक्षीहरु कायम रहि फिराद परेको अवस्थामा प्राङ्गन्यायको सिद्धान्त लागु हुने अवस्था नदेखिदा मुलुकी ऐन अदालती बन्दोवस्तको ८५ नं. को व्याख्यात्मक त्रुटी देखिदा न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१)(क) अन्तर्गत यो निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।८।२६ को आदेश ।
२१. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट विद्वान वरिष्ठ अधिवक्त श्री मुकुन्द रेग्मीले पुनरावेदक वादी टोप बहादुर पचमैयाले २०३८।१२।१७ मा दिएको फिरादमा फुलबहादुर, श्याम बहादुर, वायवा तामाङ, भरत थिङ, सोम बहादुर समेत ५ जनालाई प्रतिवादी बनाएको र निज प्रतिवादीले सो मुद्दामा दावी अनुसारको खिचोला छोडेकाले यि पुनरावेदक टोप बहादुरले तारीख छाडिदिए पछि २०४७।११।१५ मा पर्सा जिल्ला अदालतबाट डिसमिस भएको हो । प्रस्तुत मुद्दाका प्रतिवादीहरु र सो मुद्दाका प्रतिवादीहरु सवै एकै छैनन् । जग्गा खिचलो त्यो मुद्दाको प्रतिवादीहरुले पछि गर्न नसक्ने भन्न पनि मिल्दैन । एकचोटी खिचोलो गरेको मुद्दा डिसमिस भएपछि पछाडी फेरी किचलो गरेको विषयमा प्राङ्गन्यायको सिद्धान्त आकर्षित हुन सक्दैन । तसर्थ प्राङ्गन्यायको आधारमा गरेको शुरु र पुनरावेदन अदालतको फैशला उल्टी गरी वादी दावी बमोजिमको इन्साफ गरी पाउँ भन्ने समेतको र प्रत्यर्थी गुठी संस्थानको तर्फबाट विद्वान अधिवक्ता श्री हेमराज सुवेदीले पहिलो मुद्दामा गुठी संस्थान लाई अब १३९ नं. बमोजिम बुझी भएको डिसमिस फैसला भै सकेको र प्रस्तुत मुद्दामा पनि गुठीलाई प्रतिवादी बनाएको हुँदा डिसमिस भैईसकेको तथ्यमा पुनः मुद्दा लाग्न नसक्ने हुँदा अब अ. वं. ८५ नं. बमोजिम खारेज गर्ने गरेको शुरु र पुनरावेदन अदालतको फैसला सदर गरी पाउँ भन्ने समेतको बहस सुनीयो ।
२२. उपर्युक्त बमोजिमको विद्वान कानून व्यवसायीहरुको वहस समेत सुनी मिसिल अध्ययन गरी इन्साफ तर्फ बिचार गर्दा अ. वं. ८५ नं. बमोजिम वादी दावी खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिले नमिलेको के हो ? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन ? भनि निर्णय दिनु पर्ने देखियो ।
२३. यसमा पुनरावेदक वादी टोपबहादुर पचमैयाले यि प्रतिवादीहरु मध्ये फुलबहादुर, श्याम बहादुर र वायवा तामाङ समेत अन्य २ जना गरी जम्मा ५ जना उपर निजको नाममा दर्ता रहेको फिराद दावीको कि. नं. १०१ र १०२ को जग्गामा खिचोला गरेको हुँदा खिचोला मेटाई चलन चलाई पाउँ भनि पर्सा जिल्ला अदालतमा मिति २०३८।१२।१७ मा फिराद दिएको र सो मुद्दाका वादी टोपबहादुर पचमैयाले अदालतबाट तोकि पाएको मिति २०४७।२।२६ को तारेख गुजारी बसेको भनी पर्सा जिल्ला अदालतबाट उक्त मुद्दा मिति २०४७।११।१५ मा डिसमिस फैसला भएको पेश हुन आएको प्रमाण मिसिलबाट देखिन्छ । सोहि डिसमिस फैसलाबाट लिएर जिल्ला र पुनरावेदन अदलतले अ. वं. ८५ नं. बमोजिम प्रस्तुत मुद्दा खारेज गरेको पाइयो ।
२४. विवादित कि. नं. १०१ र १०२ को जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा यि वादी टोपबहादुर पचमैयाले जिल्ला भूमि प्रशासन कार्यालय, पर्साको मिति २०२४।१२।२२ को निर्णय बमोजिम प्राप्त गरेको देखिएको र भूमि प्रशासन कार्यालयको उक्त निर्णयलाई अन्यथा भन्न सकेको अवस्था नरहेकोमा दावीको उक्त कि. नं. १०१ र १०२ मा २०३८।१२।१७ भन्दा अगाडी यी प्रतिवादीहरु मध्ये केही प्रतिवादीले खिचोला गर्यो भनी दिएको मुद्दामा डिसमिस फैसला हुँदैमा सोहि जग्गामा पुनः त्यस मुद्दाका केहि प्रतिवादीहरु र अन्य प्रतिवादीहरु समेतले २०४७।८।१५ मा खिचोला गरेको भनी दिएको मुद्दा उपर अ. वं. ८५ नं. बमोजिम अघिल्लो मुद्दाको फैसलालाई आधार लिई गरेको खारेजी फैसला कानूनसंगत देखिएन । किनकी २०३८।१२।१७ भन्दा पहिला खिचोला गरेको भन्ने वादी दावी र २०४७।८।१५ मा खिचोला गरेको भन्ने वादी दावीमा दावी र विवादित जग्गा साथै केहि प्रतिवादीहरु एकै हुँदैमा अ. वं. ८५ नं. मा प्रयुक्त सोही मुद्दा हो भन्न मिल्ने देखिदैन । तसर्थः फरक फरक अवस्थाबाट सिर्जना भएको मुद्दामा वादी र केही प्रतिवादी एकै हुँदैमा मात्र प्राङ्गन्यायको सिद्धान्त (Res Judicata) आकर्षित हुन सक्तैन ।
२५. अतः माथि उल्लेखित आधार कारणबाट अ. वं. ८५ नं. लगाई खारेज गर्ने गरेको पर्सा जिल्ला अदालतको मिति २०५२।२।२९ को फैसला र सो फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।११।२२ को दुवै फैसला मिलेको देखिएन । उक्त दुवै अदालतको दुवै फैसला वदर गरी दिएको छ र अव दुवै थरको सवुद प्रमाणहरु हेरी इन्साफ गर्नु भनि वादी प्रतिवादी दुवै थरलाई पर्सा जिल्ला अदालतमा हाजिर हुन जानु भनि तारेख तोकी मिसिल नियमानुसार गरी वर्सा जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. कृष्ण कुमार वर्मा
इति संवत् २०५८ साल असार २५ गते रोज २ शुभम...................