निर्णय नं. ५२१ - लिखत बदर लुटपिट

निर्णय नं. ५२१ ने.का.प. २०२६
डिभिजन बेञ्च
न्यायाधीश श्री हेरम्बराज
न्ययाधीश श्री बब्वरप्रसाद सिंह
०२१ सालको अपील नम्वर १७४२
वादी : जि.बाँके तप्पे दौनिहार मौजे गणेशपुर भन्ने तेवारीपुर्वा बस्ने शम्भु देई बाहुनी
विरुद्ध
विपक्षी : ऐ.ऐ बस्ने असर्फि बाहुन
मुद्दा : लिखत बदर लुटपिट
(१) कुनै कुराको विश्वास पारी विना दाममा बकसपत्र रजिष्ट्रेशन पास गराई लिएमा–ठगीको कसूर गरेको देखिने ।
प्रतिउत्तरपत्रमा निज भाउजू जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने कुरासम्म मैले भनेको लेखिदिएको ठिक हो भन्ने प्रष्टै लेखिएकोले वादी शम्भु देइ बाहुनी लाई जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने दायित्व वादीले बोकेको कुरा भनेकोले नै विश्वासमा पारी यस्तो बाध्यता भएको लिखत विना दाममा रजिष्ट्रेशन पास गराई कारवाई चलाएको व्यवहारलाई ठगीको कसूर देखिएकोले त्यस्तो ठगी गरेको ०१६।९।१० मा रजिष्ट्रेशन पास भएको शम्भु देईले असर्फिलाई गरेको बकसपत्र बदरहुन्छ ।
(प्रकरण नं. ९)
अपीलाट तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा, अभिवक्ता श्री ठाकुरप्रसाद
विपक्षी तर्फबाट : अभिवक्ता श्री नन्दी केशर
उल्लेखित मुद्दा : x
फैसला
मा.न्या. श्री हेरम्बराज र मा.न्या. श्री बब्बरप्रसाद
१. मेरो छोरा र संगै बसेका हकवाला कोही नभएकोले अन्याय असर्फि १६ साल पौष महिनामा म भएमा आई भए सम्मको अचल सम्पत्ति लेखी दिनुस तपाईलाई पछि वेइमानी गर्छकी भन्ने लागे म कागज पनि गरिदिउँला तपाई जिवती रहेसम्म हेर विचार स्याहार सम्भार पालन पोषन नगरे तपाईले मलाई लेखिदिएको नम्वरी जिमिदारी मबाट फिर्ता गराई लिनु भनी ललाई फकाई झुक्याई गफलतमा पारी बोलाई ल्याई ०१६।९।१०।६ का दिन बांके माल अमिनिको बाहिर इनारको डिलमा बसी एउटा कागज लेखी अन्यायवालाले र साक्षीहरूले समेत सहिछाप गरी हेर विचार स्याहार सम्भार पालन पोषन नगरी दान धर्म तिर्थ ब्रतसमेत नगराए यसै कागजले तपाईले आफ्नो जग्गा जिमिदारी फिर्ता गरी लिन पाउँनु हुन्छ भनी लेखिएको कागज मलाई दिई अर्को पनि कागज लेखी सहिछाप गराई मेरो भएसम्मको नम्बरी जिमिदारी लेखाई रनिष्ट्रेशन पाससमेत गराई भने बमोजिम स्याहर सम्भार रेखदेख हेर विचार केही पनि नगरेकोले मेरो नम्बरी जिमिदारी वापस दिनुहोस भनी ०१८।७।४ मासमेत बराबर भन्दा हालै देखिको बकसपत्र गरिदिनु भएको छ जग्गा मेरो पाको भइसकेकाले अब बाली खान दिन्न भनी नदिई खाई दिए ०१६।९।१० मा पास भएको लिखत बदर गरी बिगो जम्मा ने.रु.४१४। र नालेस गर्दाको खर्चसमेत दिलार्र्ई सजाय गरिपाउँ भन्नेसमेत वादी ।
२. ८।९ बर्ष मैले निज वादीको सेवा टहल गरी रिझाई आएकोमा स्वयम् वादी सावित छन् र मलाई अब केही चाहिन्न अरु स्वार्थी हकवालाहरूले नाजायज फाइदा उठाउने छन्, तिमिलाई म आफ्नो जग्गा जिमिदारीहरू हालै देखि बकस दिन्छु भनी निज भाउजूले धेरैपटक भन्दा मैले निज भाउजूको इच्छा स्वीकार गरेपछि निज भाउजूले मलाई उक्त बकसपत्र लेखिदिएकी हुन, झुक्याई घरसारको लिखतसमेतको मिति ठाउँ फरक पारी कागज गराएको साँचो भए साक्षीसमेत उपर नालेस दिनुपर्ने रेखदेख हेर विचार सेवा सतकार गरी आएकै छु, अ.बं.१०६ नं. बमोजिम दावानै लाग्न नसक्ने खारेज हुनुपर्दछ भन्नेसमेत प्रतवादी ।
३. बकसपत्र गरिदिएको र लिखतमा लेखिएको नम्वरी जग्गा जिमिदारी प्र.असर्फिका नाउँमा दर्ता बहाली छ भन्ने बांके मालका पत्रबाट समेत देखिन आएकोले दर्ता तिरी भोग प्र.असर्फिकै रहेछ भन्ने देखिन आएकोले जग्गा जिमिदारीमा मेरो भोग छ भन्ने निज वादीको भनाई र निजका साक्षीको लेखाई बकाई बाहेक अरु गैह्र मिसिल प्रमाणबाट नदेखिएको त्यस्तो जग्गा जिमिदारीको बालीको बिगो रु.४१४। वादीले पाउँछ दावा पुग्ने भन्न सम्झन नहुने, हेर विचार सेवा सतकार रेखदेख सुरु देखि गरी आए बमोजिम बरावर गर्ने छु, नगरे यो कागज पेशगरी मबाट सेवा सतकार गराई लिनु भन्ने लिखतले लेखिएको शर्त बमोजिम गरी लिनु पर्ने गरिदिएनन भन्ने यी वादीको दावा नभई हालै देखिको बकसपत्र बदर गराइपाउँ भन्न यी वादीको यो दावा पुग्न नसक्ने हुँदा उपरोक्त उल्लेख भएका बुंदा प्रमाण परिबन्धवाट वादीको दावा खारेज गरी दिने ठहर्छ भन्नेसमेत बांके ई.अ.को फैसला ।
४. मेरो सम्पत्ति मलाई दिलाई न्याययुक्त इन्साफ गरिपाउँ भन्नेसमेत वादीको अपील ।
५. ललाई फकाई भुक्याई धोका दिई मबाट पास गराई लिएको बकसपत्रको लिखत बदर गरिपाउँ भन्ने मुख्य यस मुद्दाको फिराद दावी र सो बदर गराउन उजूर गर्न पाउने ऐनको म्याद भित्र उजूर गर्न नसकी २ बर्षको म्याद नघाई पर्न आएको यस उजूरीबाट बकसपत्र लिखत बदर गरिपाउँ भन्ने फिराद दावी पुग्न सक्तैन, उजूर खारेज हुन नपर्ने भन्ने वकिलको बहससमेत मुनासिव नहुनाले उजूर खारेज गर्न ठहराएको इन्साफ इ.अ.नेपालगञ्जको फैसला ।
६. जेथा मलाई दिलाई दिने गरी न्याय पाउँ भन्नेसमेत वादीको अपील ।
७. यसमा ६१ बर्ष पुगेको बिधवा स्वास्नी मानिसले आफ्नो जिमिदारी र नम्बरी जग्गा प्रतिवादीलाई विना रुपैंया हालैको बकसपत्र गरिदिएको देखिएको जुन मितिमा सो बकसपत्र पास भयो सोही मितिमा तपाई ज्यूँदो रहेसम्म अघि गरी आए बमोजिम सेवा सतकार रेखदेख गर्ने छु गरिन भने बदर गरिदिनु भन्ने शर्तको कागज गरिदिएको देखिएको सो शर्तको कागजको व्यहोरा बकसपत्र मै पनि पार्न सक्नेमा सो नगरी अड्डा बाहिर गरेको र उक्त शर्तको काजगमा झेल बखेडा गर्ने छैन गरे भने बदर गरिदिनु भनी लेखेको शब्दको अगाडि बकसपत्र भन्ने शब्द जानी जानी लेख्न छुटाएको देखिएकोले समेत विपक्ष प्रतिवादीलाई छलफलमा झिकाउनु परेकोले अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम छलफलको नोटीस पठाई आएपछि नियमबमोजिम पेशगर्नु भन्नेसमेत डिभिजन बेञ्चको आदेश ।
८. तारिखमा रहेको अपीलाटको वा रामबहादुर राई र विपक्षको रामबलीलाई रोहवरमा राखी अपीलाटको तर्फबाट रहनु भएको विद्वान वकिल सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लीडर ठाकुरप्रसादले र विपक्षीतर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर नन्दी केशरले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा ।
९. यसमा ०१६।९।१० मा पासको बकसपत्रलाई लालच देखाई मलाई फकाई झुक्याई गफलतमा पारी फाईदा उठाएको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने र बाली जवरजस्ती खाए खुवाएमा सजाय गराई पाउँ भन्नेसमेत वादी दावीमा एकाको हकको अचल धोका गलफतमा पारी आफ्नो हक गराएको कुरा ढाँट ठग लुच्चाको १ नं. ले ठगी मुद्दा हुने र बालीतर्फ देवानी मुद्दा हुने हुनाले तत्कालिन अ.बं.९८ नं. ले देवानी फौज्दारी मुद्दा एउटै फिरादपत्रमा लेखेको दर्ता गर्न नहुनेमा इलाका अदालतमा दर्ता गरेको भए पनि बालीतर्फ यस मुद्दाबाट तहकिकात हुन सक्तैन, प्रतिउत्तरपत्रमा निज भाउजू जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने कुरासम्म मैले भनेको लेखिदिएको ठिक हो भन्ने प्रष्टै लेखिएकोले वादी शम्भु देई वाहुनीलाई जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने दायित्व वादीले वोकेको कुरा भनेकोले नै विश्वासमा पारी यस्तो बाध्यता भएको लिखत विना दाममा रजिष्ट्रेशन पास गराई कारवाई चलाएको व्यवहारलाई ठगीको कसूर देखिएकोले त्यस्तो ठगी गरेको ०१६।९।१० मा रजिष्ट्रेशन पास भएको शम्भु देईले असर्फिलाई गरेको बकसपत्र बदर हुन्छ । २ बर्षको हदम्याद नाघी फिराद गरेको भनी जि.अ.ले खारेज गरेको गल्ती ठहर्छ देहाएका कलममा देहायबमोजिम गर्नु ।
तपसील
वादी शम्भु देई वाहुनी के बांके इ.अ.का ०२०।१०।२३ का फैसलाले गर्न गरेको रु.२/२३ र जि.अ.नेपालगञ्जका ०२१।४।२५ का फैसलाले गर्ने गरेको रु.२४ नलाग्ने हुँदा असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी पुर्जी गर्न का.श्रे.अ.त.मा लगत दिने ...................१
देहायका साक्षीहरू के बाके इ.अ.का ऐ मिति का फैसलाले गर्ने गरेको देहाय बमोजिम जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी पुर्जी गर्न ऐ ऐ ..................२
दौनीहार मौजे वनकटि बस्ने किसो बाहुन के रु.१ ऐ बस्ने बालक राम कर्मि के रु.१ ऐ बस्ने राम कुर्मी के रु.१ ऐ बस्ने भिकुंप्रसाद कुर्मी के रु.१ ऐ तेवारी वुर्पा बस्ने अर्धलाल बनियाको रु.१, प्र.असरफि के बाके इ.अ.का ऐ मितिका फैसलाले वादीबाट वकिल फिस रु.२० भराउने गरेकोमा सो बमोजिम गर्न नपर्ने भएकोले सो बमोजिम गर्न पार्दैन भनी पुर्जी गर्न ऐ ऐ .......................... ३
प्र.असर्फि बाहुनके माथि इन्साफ खण्डमा लेखिएबमोजिम भएकोले तत्काल प्रचलित मुलुकी ऐन ठगीको ४ नं. ले रु.१०।दश जरिवाना हुन्छ वारेस हुँदा कानूनबमोजिम असूल उपर गर्नु भनी पुर्जी गर्न ऐ ऐ.........................४
इन्साफउल्टी भएकोले देहायका अड्डाका देहायमानिसको रिकर्डराख्नु भनी रजिष्ट्रार अफिसरमा लेखीपठाउनु.....५
बांके इ.अ.का.न्या.लिलामणि अधिकार १ नेपालगञ्ज जि.अ.का जि.न्या.जय देव भट्ट २
मिसिल नियमबमोजिम गरी बुझाई दिनु............................ ६
इति सम्वत् ०२५ साल कार्तिक २२ गते रोज १ शुभम् ।