शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३०६ - ज्यान

भाग: २१ साल: २०३६ महिना: बैशाख अंक:

निर्णय नं. १३०६     ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३६ सालको फौ.पु.नं. १६१, १६२, १६३, १६४, १८४

फैसला भएको मिति : ०३६।१०।१६।४ मा

निवेदक : जिल्ला कार्यालय काठमाडौं कारागार शाखा भद्रगोल थुनामा रहेको सन्ते भन्ने श्यामकृष्ण महर्जनसमेत

विरूद्ध

पुनरावेदक : श्री ५ को सरकार (जाहेरवाला श्याम महर्जन)

निवेदक : (श्याम महर्जनको जाहेरीले श्री ५ को सरकार)

विरूद्ध

प्रतिवादी : ल.पु.जि. सिद्धिपुर गा.पं.वार्ड नं. २ साना गाउँ बस्ने हेरीमाया महर्जन समेत

मुद्दा : ज्यान

(१)  मार्ने नै मनसाय लिई पूर्वयोजना अनुसार तत्कालै उठेको रिसले वारदात भए गरेको देखिन आएको र कुटपिट हुँदा कडा चोट पर्न गई मृत्यु भएकोमा ज्यान मार्नेको १४ नं. बमोजिम १० वर्ष कैद हुने ।

(प्रकरण नं. ९०)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली, श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली, श्री सिन्धुनाथ प्याकुरेल, श्री रामनाथ मैनाली

वादी तर्फबाट :  विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे

फैसला

          न्या. घनानाथ पन्त : मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३५।११।२७।१ को फैसलाले प्रतिवादीहरूलाई जन्म कैद गर्ने ठहर गरे उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको रहेछ।

          २.   मिति २०३२।६।२।३ गते र मेरो भतिजा ठूलो आमाको घर गछे टोलमा गएको दिनको २ बजेको समयमा धसिटोलमा पुग्दा विपक्षी अष्टमान र गुण्डाले कठालोमा समाई बाटोमा ल्याई यसलाई नमारी हुँदैन लौ ठोक भनी बचन दिना साथ ज्ञानवीर १, चन्द्रबहादुर १, हरिगोबिन्द १ समेत अन्याय विपक्षीहरूले लाठी नोल ढुङ्गाहरूले प्रहार गरी अचेत अवस्था हुने गरी टिका भतिजा माथि १३।१४ जनाको हुल भई कुटपिट गरी बेहोस तुल्याई लडाएको छ भन्ने खबर आएकोले म हतपत हेर्न जाँदा भतिजा टिका रगतपक्ष भई लडी रहेको देखी चन्द्रमान र कृष्ण महर्जनले निजलाई वीर अस्पतालमा पठाई वेड नं. १३२ मा भर्ना गराई उपचार गराई रहेको छु आज पनि निजको होस नआई अचेत नै भएको हुँदा दरखास्त गर्न आएको छु भतिजाको घा केश फाराम गरी गराई पाउँ र कुटपिटतर्फ ऐनको म्यादभित्र छुट्टै जिल्ला अदालतमा फिराद गर्ने छु भन्ने जाहेरवाला श्याम मर्हजनको मिति २०३२।६।३०।५ को जाहेरी र मिति २०३२।६।२७ का दिन २ बजे म आफ्नो घरमा बसी रहेको थिएँ । टिकाले म ठूलोआमाको घरमा गएर आउँछु भनी साना गाउँ गछेटोलतर्फ गएको घरबाट निस्की गएको १५।२० मिनेटमै लौ टिकालाई अष्टमान समेतले कुटपिट गरी सख्त घाइते तुल्याई भागे भन्ने खबर गर्न नक्कली महर्जनले टोलका मानिसलाई भन्न पठाएछन र म दौडी जाँदा घसिटोल सडकमा टिका रगतपक्ष भई लडिरहेको देखेँ उठाउन जाँदा निज बेहोस भएको भई बाबुचा र म समेत भई साना गाउँकै मेडिकल हलमा लगी औषधी लगाउन लाग्दा टाउकोमा ठूलो घाउ रहेछ टाँका राखी औषधी लगाएपछि घरमा लगे निज टिकालाई बेहोस भयो र निज टिकाले मलाई अष्टमानले समाती सकेपछि गुण्डाले कठालो समाती सन्ते भन्ने श्यामकृष्ण १ महन्त १ लक्ष्मीबहादुर १ चुतर काजी १ हरिगोविन्द १ चन्द्रबहादुर १ ज्ञानवीर १ टिका चा १ महेन्द्र १ साहिला १ सिद्धिबहादुर १ बुद्धिबहादुर १ निज गुण्डा समेतले लाठी ढुङ्गा समेतले हानी कुटपिट गरे मलाई औषधी गर्न मेरो मालिक बहादुर शमशेर कहाँ लगिदेउ भनेँ त्यतिकैमा निज भतिजाको साथी चन्द्रमानले साइकलमा राखी ल्याएको ताहाचलमा पुगी अस्पतालमा भर्ना गर्न लाँदा हकदार नभई भर्ना गर्न हुँदैन भनी फर्काए भोलिपल्ट म समेत गई हेर्दा भतिजा बेहोस भइसकेको रहेछ र ट्याक्सीमा राखी वीर अस्पतालमा १३२ नं. को बेडमा भर्ना गराई उपचार भई ३१ गते अं.३ बजे तिर मृत्यु भयो, टिका घरमा ल्याई होसमा हुँदा भतिजाले बताए अनुसार अष्टमान समेतका दरखास्तमा लेखिएका १४ जवानले कुटपिट गरे भनेबाट निजहरूको नाउँ उल्लेख गरी मैले दरखास्त दिएको हुँ भनी २०३२।७।४।३ मा प्रहरीमा भएको कागज र अदालतमा भएको बयान ।

          ३.   अस्पतालमा भर्ना भई मर्ने टिकाचा मेरो छोरा हो सो छोरा, बहादुर शमशेरकोमा नोकरी काममा बसेको सो छोरा र जेठो छोरा बुहारी म समेत गरी जना चार आफ्ना साना गाउँमा दशैंको पूजा गर्न गई पूजा सकी जेठो छोरा बुहारी म समेत ३ जना काठमाडौं, दिनको १ बजे तिर गयौं मर्ने छोरा टिका मेरो भाइ निजको कान्छा बाबु श्यामको घरमा बसी दशैंको भोज खाई भोलि मात्र काठमाडौं आउँछु भनी साना गाउँमै बसेको थिए त्यसै दिन २ बजे तिर कुटपिट झगडा भई मर्ने बाँच्ने दोसाँध परी मेरो भाइ श्याम महर्जनले यस कार्यालयमा जाहेरीमा लेखिएका अष्टमान १ शन्ते भन्ने श्यामकृष्ण १ गुण्डा १ महन्त १ लक्ष्मीबहादुर १ चतुर काजी १ हरिगोविन्द १ चन्द्रबहादुर १ ज्ञानवीर १ टिकाचा १ महेन्द्र १ साहिला १ सिद्धिबहादुर १ वुद्धिबहादुर १ समेतका मानिसहरू भई कुटपिट गरी घायल भएपछि साना गाउँमा औषधी उपचार गरी बैण्डेज गरी भाइ श्याम समेत भई ताहाचल बहादुरशमशेर कहाँ लगी सो दिन बेलुकी वीर अस्पतालमा जाँदा भर्ना नलिएबाट म बसेको डेरा धोबीचौरमा ड्राइभरले खबर गरी आश्विन २८ गते बिहान १० बजे छोरा टिकालाई वीर अस्पतालमा लगी भर्ना गराएकोमा निज टिका आज वीर अस्पतालमा मृत्यु भएको भाइको जाहेरीमा उल्लेख गरिएका मानिसहरूले मेरो छोराको ज्यान मार्ने नियतबाट कुटपिट गरी मारेको निजहरू को को भई कुटपिट गरिएको हो निजहरूलाई पक्राउ गरी निजैहरूबाट खुलाई कारवाई गरिपाउँ र लाश संस्कार गर्न लाश पाउँ भन्ने २०३२।६।३१ मा प्रहरीमा मर्नेका बाबु मानबहादुरको कागज र म र मेरा छोरा मंगलदास बुहारी सचा र कान्छा छोरा यो मर्ने टिकाचा समेत हामी ४ जना ०३२ साल दशैं पर्व मान्न आफ्नो कूल घरमा ०३२।६।२ गते नवमीको दिन बिहान ९ बजे घर पुगेको र कूलानुसार आफ्ना घर कुखुराको बली दिई पूजा गरी सकेपछि मेरो सहोदर भाइ श्यामको घरमा आयो र अं.११ बजे तिर भात खाई म गाउँ तिर डुल्दै थिएँ मलाई केही थाहा भएन मेरो छोरा टिकाचालाई कुटपिट घा चोट पारी भाइ श्यामको घर ल्याई राखेका रहेछन् अं.दिन ४ बजे आउँदै देखेँ त्यस अघि मलाई सो कुरा थाहा थिएन समय अं.४।। बजेको समयमा म र कृष्ण भन्ने चन्द्रमान समेत ३ जना भई साइकलमा राखी पाटन सम्म ल्याई पाटनबाट ट्याक्सीमा राखी वीर अस्पतालमा लगी सो दिन भर्ना लिएन र आफ्नै डेरा धोवीचौरमा लगी डेरामा पुगेपछि निज टिकाचा बेहोस भए भोलिपल्ट २८ गते फेरि वीर अस्पतालमा लगी भर्ना गरेमा छोरीको उपचारको निमित्त कुरूवा बसेँ त्यसको ४ दिनको वाद ३१ गते नै अस्पतालबाट ल्याई ल.पु.डि.एस.पी.कार्यालय अगाडिकै बाटो गरी घर लगी तेस्कै ३ दिन पछि गाउँ घुमाई पर्सिपल्ट लाश जलाएको हो प्रहरीमा गरेको मौकाको कागज ठीक साँचो हो यस अदालतमा बयान गर्दा भने धेरै दिन पछि भएकोले सम्झन नसकी फरक पर्न गएको हो भन्ने मर्नेको बाबु मानबहादुरले २०३४।१।१३ गते यस अदालतबाट भएको बयान कागज रहेछ ।

          ४.   आदेशानुसार अष्टमान गुण्डा र बुद्धिकुमार समेतमा ३ जनालाई पक्राउ गरी दाखिल गरेको छु भन्ने हे.कं.नारायण महत समेतको प्रतिवेदन ।

          ५.  ०३२।६।२७ गते दिन अं.२ बजे म आफ्नै घरमा बसी रहेको मेरो सानु भाइबहादुरले बाहिर टोलमा टिकाचाले ज्ञानवीरलाई कुटपिट गरे भनी भनेकोले हेर्दा घसिटोल कलधर निर सडकमा टिकाचालाई ज्ञानवीर अष्टमान सन्ते समेत ३ जनाले कुटपिट गरी रहेको देखी म पनि गई निज टिकाचालाई हातको मुडकीले र ५।६ पटक कुटें निज टिकाले मेरो कठालो समाए निजको हात ज्ञानवीरले समाती छुट्याउन लाग्दा अष्टमानले हातमा इट ढुंगा लिई हिर्काउँदा टिकाचा लडी पछि सन्ते र ज्ञानवीरले जथाभावी कोखा पेटमा समेत हिर्काउँदा बेहोस भई मरेको जस्तो भयो पछि म आफ्नो घरतर्फ भागी गएँ अष्टमान ज्ञानवीर र सन्ते पनि आफ्नो घरतर्फ भागे टिकचा लडी रहेको थियो के कसले अस्पतालमा लगे थाहा छैन नाजुक अवस्थामा छ भन्ने थाहा पाई घरमा लुकी बसेँ टिकाचा मरे भन्ने कुरा थाहा पाएपछि लुकी बस्दा टोलका मानिसले शंका पाउलान भनी आज बाहिर निस्कँदा प्रहरीले पक्राउ गरी ल्याए निज टिकाचा म समेतले कुटपिट गरेको चोटबाटै मृत्यु भएको हो कारण साना गाउँको प्रधानपञ्च तीर्थबहादुर भए देखि अष्टमान र तीर्थबहादुरको दुईगुट भई प्र.पं.को पार्टीले अष्टमानतर्फबाट मानिसलाई र अष्टमानतर्फको मासिनले प्रधानपञ्चतर्फको मानिसलाई कुटपिट गर्ने बराबर झैंझगडा भइरहेको टिकाचा प्र.पं.तर्फको मानिस म ज्ञानवीर सन्ते अष्टमानतर्फको हुँदा निज टिकाचाले ज्ञानवीरलाई कुटपिट गरेको र अष्टमान सन्तेसमेत भई टिकाचालाई कुटपिट गर्न लागेको देखी म समेत भई कुटपिट गरेको हो म समेत हामी ४ चार जना बाहेक अरू मानिस भए नभएको थाहा छैन श्याम महर्जनको जाहेरीमा लेखिएका अरू मानिस भए नभएको थाहा छैन तत्कालिन उठेको रीसबाट मात्र मैले कुटपिट गरेको हो मार्न भनी मैले कुटपिट गरेको होइन भन्ने समेत व्यहोराको २०३२।७।३ मा प्रहरीमा बयान गरेको र २०३२।६।२७ गते लुभुमा दिदी बोलाउन गई ४ बजे घरमा फर्केको टिकालाई मैले कुटपिट गरेको होइन टिकाले हातमा खुकुरी लिई आउँदा ज्ञानवीर डरले घर तिर भागे भन्ने सुनेको थिएँ मेरो उपर झुठ्ठा उजूर गरेको हो मैले अक्षर जानेको छैन प्रहरीमा जबरजस्ती संग सही गराएको हो बयान मैले राजीखुशीसँग गरेको होइन बुद्धिकुमारी म समेत भई कुटेको भनी किन भनेको हो मलाई थाहा छैन टिकालाई म चिन्दिँन ज्ञानवीरलाई चिन्दछु विरोधी प्रधानपञ्च भएकोले विरोधी गुटले भनेको हो अर्को सरजमीन गरिपाउँ भन्ने निज गुण्डा महर्जनले प्रहरीमा र अदालतमा गरेको बयान ।

          ६.   २०३२।६।२७ गते म आफ्नै घरमा छु सो दिन बेलुका ५।। बजेको समयमा आज दिनको ३ बजेको समयमा घसिटोलको सडकमा टिका र ज्ञानवीर महर्जन कुटपिट झगडा भयो भनी घरका आईमाईले सुनाएको भई झगडा भयो भन्दा ज्ञानवीर महर्जन बाटोमा आउन लागेको बखत टिकाले समाई कुटपिट झगडा भयो भनेपछि म आफ्ना गछेटोलको घरमा जान लाग्दा सो कुटपिट भएको घटनास्थलमा मानिस मृत्यु होला झगडा नै परी रहेको भए तितरबितर गरी छुट्याई दिउँ भनी घसिटोलमा जाँदा निजहरूको कुटपिट भई छुट्टी सकेको देखेँ त्यस ठाउँमा ज्ञानवीर गुण्डा र सन्ते टिका समेत थिए निजहरू तितरबितर भइसकेकोले म आफ्नो घरतर्फ गएँ सो टिकाचालाई अस्पतालमा उपचार गर्नलाई लगेको भन्ने सुनेँ आश्विन ३१ गते टिकाचा अस्पतालमा मृत्यु भएको हो श्याम महर्जनको जाहेरी गुण्डाको बयान अनुसार सो झगडा र कुटपिट हुँदा म सो घटनास्थलमा छैन आफ्नो घरमा बसेको छु मैले कुटपिट गरेको छैन बचन दिएको पनि छैन किन त्यस्तो लेखाए निजहरू जानुन टिकालाई ज्ञानवीर गुण्डा सन्ते समेत को को भई के के चिज लाठी ढुङ्गाले कुटपिट गरे मलाई थाहा छैन सो टिकालाई निजैहरूले कुटपिट गरेको घा चोट असरबाट मृत्यु हुन गएको हो । सो झगडा मैले छुट्याई दिएको हुँ भनी २०३२।७।३ मा प्रहरीमा बयान कागज गरी दिएको र मैले टिकालाई कुटपिट गरी ज्यान मारेको भन्ने कुरा होइन सो वारदातको दिन म घरैमा सुती रहेको थिएँ बेलुका ३ नं. वडा को घरबाट आफ्नै २ नं. वडाको घरमा भात खान भनी आउँदा टिकाले आज हातमा खुकुरी लिई सबैलाई नमारी छाडदिन भन्दै ४ नं. वडामा हिँडेको र त्यस बखत ढुङ्गामा ठक्कर खाई लडी टाउकोमा घाउ भयो पछि उठी गए भनी मेरो १० वर्षको भतिजाले भन्दा थाहा पाएँ कुटपिट भएको भन्ने कुरा मलाई थाहा छैन प्रहरीमा मैले भने बमोजिम कागज लेखी दिएको होइन जबरजस्तीसँग कागज गराएको हो नक्कली मेरो फुपू नाताको हो आमाको सम्बन्धीबाट उनको र मेरा भनाभन झगडा भएको रिसइवीले मैले कुटेँ भनी लेखेको होला वारदात भएको ठाउँको मानिसलाई सरजमीन उपस्थित गराएको छैन अरू वडाको सरजमीन हुन् ४ वडा घसिटोलमा वारदात भएको छ पुनःअर्को सरजमीन गरिपाउँ र मेरो साक्षी समेत बुझी पाउँ भन्ने प्र.अष्टमानले प्रहरीमा र अदालतमा गरेको बयान ।

          ७.  २०३२।६।२७ गतेका दिन दशैं पर्वको पूजा गरी खाना खाई घरमा बसेको छु जाहेरवाला श्याम महर्जनको जाहेरी दरखास्त अनुसार टिकालाई मैले कुटपिट गरेको हैन सो दिन बेलुका टोलमा हल्ला हुँदा टिकालाई ज्ञानवीर अष्टमान सन्ते गुण्डा समेतका ४ जनाले कुटपिट गरी बेहोस भए उपचारको लागि अस्पतालमा भर्ना गरे भन्ने सुनी थाहा पाएको थिएँ सो कुटपिट चोटबाट आश्विन ३१ गते टिकाचा अस्पतालमा मृत्यु भयो भन्ने थाहा पाएँ जाहेरवाला श्यामले के कारणबाट दरखास्तमा मेरो नाम समेत हाली लेखी दिएका हुन् मलाई थाहा छैन शाही सेना विमान सेवा त्रिभुवन विमानस्थल गौचरणको सि.वुद्धिबहादुर म हुँ नोकरी गर्दा श्रेष्ठ भनी लेखाएको हो मेरो सि.नम्बर १५७०९२ सिपाहीमा बहाल छु मेरो टाउकोमा लागेको चोट आश्विन ३१ गते पुरूषोत्तम नेमकुल र पोखुचाले कुटपिट गरेबाट भएको हो भनी २०३२।७।५ मा प्रहरीमा गरेको बयान कागज र टिकाचालाई म चिन्दछु निजलाई म समेत भई कुटपिट गरेको होइन म शाही सेनामा जागिरे छु झगडा भयो भन्ने घरको आइमाईले भनी सुनी थाहा पाएको हुँ प्रहरीमा मैले भने बमोजिम लेखेको होइन मैले भन्दै नभनेको कुरा लेखी मलाई कुटपिट गरी कागजमा सही गराएको हो शाही सेनाबाट म टिकाको दिनमा मात्र घर आएको हुँ वारदातको दिन म आफ्नै अफिस ब्यारेकमा छु त्यस्तोमा प्रहरीले बयान गराउँदा आफ्नो घरमा छु भनी लेखी दिएछन् २०३२।६।३१ गते प्रहरीले पक्राउ गर्न आउँदा र टिकाचालाई मार्ने यही हो भनी भनेबाट टिका मरेछ भनी थाहा पाएँ अरू कुरा थाहा छैन मेरो टाउकाको चोट काजीबहादुर पुरूषोत्तम केदारनारायण समेतका मानिसले मलाई कुटपिट गरेबाट भएको हो सरजमीनले पनि नभएको कुरा मैले कुटपिट गरेको भनी लेखिएको समेत झुठ्ठा हुन् अर्को सरजमीन गरीपाउँ भन्नेसमेत प्र.बुद्धिकुमारले ०३२।७।२१ मा अदालतमा गरेको बयान रहेछ ।

          ८.   २०३२।६।२७ गते अं.२।। बजेतिर टिकचा ठूलीआमाको घर गछेटोल तिर जान लागेको बखत घसिटोलमा पुग्दा किनमेल गर्न घसिटोलको पसल तर्फ लाग्दा सोही घसिटोलको गल्ती तिरबाट अष्टमान १, गण्डा १ समेत जना २ ले टिकालाई समाई भनाभन भयो । यस्तैमा चतुरकाजी आई टिकालाई लठ्ठीले टाउको, डण्डाले पिडोलामा कुटपिट गर्न लागे अनि ज्ञानवीर १, हरिगोविन्द १, महेन्द्र १, लक्ष्मीबहादुर १, सन्ते १, वुद्धिकुमार १, सिद्धिबहादुर १, महन्त १, टिकाचा समेतका मानिसहरूले सबैले लठ्ठीहरू लिई आई सबै भेला भई लौ आज यसलाई मार्न पर्छ भनी सबैले एकमतो गरी कुटपिट गर्न लागे टिका बेहोस भई सडकमा लडे अनि सबै जना भागी घरतर्फ लागे टाउकोबाट रगत आइरहेको थियो पछि निज मर्नेको काका श्याम बाबुचा आई साना गाउँको औषधी पसलमा लगी औषधी गरी सकेपछि वीर अस्पतालमा लगे सोही कुटपिटको चोटबाट ३१ गते मृत्यु भएको हो कुट्ने मध्येको अष्टमान मेरो नाता पर्छ भनी श्रीमती नक्कलीले प्रहरीमा गरी दिएको २०३२।७।४ को कागज ।

          ९.   २०३२।६।२७ गते म काजिलालको घरको मटानमा दिनको ११ बजे देखि ४ बजेसम्म भजन गरी बसेको थिए । घर जान लाग्दा घसिटोलमा टिका अष्टमान, बुद्धिकुमार, गुण्डा सिद्धिबहादुर, महन्त ज्ञानवीर, चतुरकाजी, समेतको ठूलो कुटपिट झगडा भयो सो कुटपिटबाट टिका महर्जनको टाउको फुटी रगत आई बेहोस भएर अस्पताल लगे भनी आफ्नै परिवारले भनेबाट थाहा पाएको ३१ गते सो कुटपिटको चोटबाट मृत्यु भएको हो भनी दशबहादुरले २०३२।७।५ को प्रहरीमा भएको बयान कागज रहेछ ।

          १०.  २०३२।६।२७ गतेको दिन अं.११ बजे तिर म चंगा उडाउने काममा व्यस्त थिए । सो दिन अं.५ बजे तिर, टिका, अष्टमान, गुण्डा, चतुरकाजी, सन्ते, ज्ञानवीर र महन्त, बुद्धिकुमार समेतका मानिसहरूको घसिटोलमा झगडा कुटपिट भयो भन्ने सुनेँ टिकालाई वीर अस्पताल लगे भन्ने सुनेँ ३१ गते मृत्यु भए भन्ने सुनेँ ती कुटपिटकै चोटबाट मृत्यु भएको हो भन्ने २०३२।७।५ को सूर्यनारायणले प्रहरीमा गरी दिएको बयान कागज रहेछ ।

          ११.  २०३२।६।२७ मा म महादशैंको इटा टायल कारखानामा मिसिन पूजा गर्न गएको थिए बेलुका समय ४।३० बजे तिर घर आउँदा दिउँसो टिकाचालाई अष्टमान गुण्डा बुद्धिकुमार, ज्ञानवीर सन्ते साहिंला समेतले कुटपिट गरे भन्ने सुनेँ सोही कुटपिटको चोटबाट मरेको हुनुपर्छ भन्ने श्यामबहादुरले प्रहरीमा गरेको बयान कागज रहेछ ।

          १२.  २०३२।६।२७ गतेमा साना गाउँको दैकढो भन्ने देवतामा पूजा गर्न १ बजे गएको ५ बजे तिर फर्केको आज दिनको २ बजे तिर घसिटोलमा बाटो ढुकी निज टिकालाई अष्टमान गुण्डा चतुरकाजी महन्त सन्ते भन्ने श्यामकृष्ण लक्ष्मीबहादुर बुद्धिकुमार हरिगोविन्द सिद्धिबहादुर चन्द्रबहादुर समेत जाहेरवालाका दरखास्तमा लेखिएका मानिसले लठ्ठी ढुङ्गा इटाले कुटपिट गरे पञ्चायतको चुनावको रिसइवीबाट सो टिकाचा घर गाउँमा बस्न डराएका थिए सो कुटपिट चोटबाट मृत्यु भएको हो भनी राम महर्जनले २०३२।७।६ गतेमा प्रहरीमा गरेको बयान कागज रहेछ ।

          १३.  साना गाउँको भु.पू.प्रधानपञ्चको अवधी पूरा भई मर्ने टिकाचाले वर्तमान पधान पञ्च तीर्थबहादुर तर्फ लागियो भन्ने रिसले सो डरले ताहाँचलमा नोकरी बुझिएको सो मर्ने टिकाचा र म पिठो व्यापार गर्ने काम गर्दै थियौं सो मेरो साथी हो मैले कुटपिट गरेको छैन २०३२।६।१७ गते टिकाचालाई घसिटोलमा अष्टमानले समाती सन्ते गुण्डा ज्ञानीर बुद्धि चतुरकाजी गोविन्द महर्जन समेतले कुटपिट गरी सख्त घाइते गरी बेहोस भए भन्ने सुनेको छु सोही चोटले मृत्यु भएको हो भन्ने टिकाचा महर्जनले प्रहरीमा २०३३।७।६ मा गरेको बयान कागज ।

          १४.  २०३२।६।२७ गते म आफ्नो घरमा छु २ बजे तिर घरबाट निस्की घसिटोल पुग्दा अष्टमान गुण्डा सन्ते ज्ञानवीर साहिला बुद्धिकुमार समेतले कुटपिट गरी भागे टिकाचा महर्जनको टाउकोमा ठूलो चोट लागेको छ भन्ने टोलको मानिस कराई रहेको सुनेको हो भन्ने २०३२।७।६ मा काजिबहादुर महर्जनले प्रहरीमा गरेको बयान कागज रहेछ ।

          १५.  २०३२।६।२७ गते म घरमा छैन काठमाडौंतर्फ गएको बेलुका ८ बजे फर्केको टिकालाई गुण्डा सन्ते श्यामकृष्ण अष्टमान ज्ञानवीर हरिगोविन्द साहिला समेतका मानिसले कुटपिट गरी मर्नु बाच्नु दोसाँध भएकोले अस्पतालमा लगे चुनावको रिसइवी छ तिनीहरूले कुटेको चोटबाट मृत्यु भएको हो भन्ने व्यहोराको २०३२।७।६ मा चिरीबाबुले प्रहरीमा गरी दिएको बयान कागज रहेछ ।

          १६.  २०३२।६।२७ गते आफ्नै टोलमा डोर पूजा भई सो पूजाको काममा छु सो दिन दिउँसो २।। बजेको समयमा घसिटोलमा टिका,बुद्धिकुमार,चन्द्रबहादुर,गुण्डा चतुरकाजी अष्टमान ज्ञानवीर सन्ते लक्ष्मीबहादुर बुद्धिसिद्धि महन्त समेतका मानिसहरूको झगडा भयो टिका कुटपिटबाट बेहोस भए उपचारलाई अस्पताल लगे भन्ने बेलुकी ८।९ बजे सुनेँ सो चोटबाट मृत्यु भएको हो भन्ने समेत न्हुछेबहादुर महर्जनले २०३२।७।६ मा प्रहरीमा गरेको बयान कागज ।

          १७.  २०३२।६।२७ गते म दूधको काम गर्ने हुँदा दूध बिक्री गर्न गएको थिए बेलुका फर्कदा घसिटोलमा अष्टमान सन्ते भन्ने श्याम ज्ञानवीर चतुरकाजी बुद्धिकुमार गुण्डा समेत १०।१२ जना भई टिकाचालाई ढुङ्गा लठ्ठी नोलले कुटपिट गरी मर्नु बाँच्नु दोसाँध छ उपचार गर्न अस्पतालमा लगे भन्ने सुनेको भनी ०३२।७।७।५ मा काजिलाल महर्जनले प्रहरीमा गरेको बयान कागज ।

          १८.  २०३२।६।२७ गते म चङ्गा उडाउन गएको थिए थाहा भएन फर्की टोलमा आउँदा सुनेको दिनको २ बजे तिर अष्टमान गुण्डा सन्ते भन्ने श्यामकृष्ण ज्ञानवीर बुद्धिकुमार समेतका १०।१२ जनाले कुटपिट गरी घाइते भई अस्पताल लगेको ३१ गते मरे भन्ने थाहा भयो सो कुटपिटकै चोटबाट मृत्यु भएको हो भन्ने नारायणभक्तको २०३२।७।७ मा प्रहरीमा भएको बयान कागज ।

          १९.  २०३२।६।२७ गते कुटपिट भए गरेको सम्बन्धमा मलाई केही थाहा छैन भोलि पर्सिपल्ट टोलमा जाँदा टिकाचा र ज्ञानवीरको झगडा परी टिकालाई अस्पतालमा लगेको छ भन्ने सुनेँ अस्पतालमा नै मृत्यु भयो रे भन्ने सुनेँ कस्को कुटपिटबाट मृत्यु भएको हो सो पनि थाहाछैन भन्ने २०३२।७।७ मा बाबुचा महर्जनले प्रहरीमा गरी दिएको बयान कागज रहेछ ।

          २०.  २०३२।६।२७ गते म खेतीको काम गर्ने मानिस हुँदा खेतीतिर गएको थिए मलाई केही थाहा छैन कुटपिट गरी टिकाचा महर्जन मर्नु बाच्नु दोसाँध भएर अस्पतालमै मेर भन्ने सम्म कुरा सुनेको हुँ को कसले कुटेको कस्तो चोट लागेबाट मृत्यु भएको हो सो सम्बन्धमा मलाई थाहा छैन सुनेको मात्र हो भन्ने २०३२।७।७ मा प्रहरीमा श्याम महर्जनले गरेको बयान कागज ।

          २१.  २०३२।६।२७ गते म घरको आजा पूजामा छु सो दिनको ३ बजे तिर टिकालाई घसिटोलमा सन्ते भन्ने श्यामकृष्ण गुण्डा बुद्धिकुमार अष्टमान ज्ञानवीर चतुरकाजी समेतले कुटपिट गरे टिकालाई उपचारको निमित्त अस्पतालमा लगे भन्ने कुरा सो दिनको बेलुका ७ बजे तिर थाहा पाएको हुँ ३१ गते मरे बुद्धिकुमार समेतका माथि लेखिएका मानिसको कुटपिटबाट मरेको हो भनी माहिला काजीले २०३२।७।९ मा प्रहरीमा गरेको बयान कागज ।

          २२.  २०३२।६।२७ गते म आफ्नै घरको छानामा बसी चङ्गा उडाई रहेको थिए सो दिनको २।। बजे तिर घसिटोलमा टिका ज्ञानवीर सन्ते अष्टमान गुण्डा बुद्धिकुमार समेतका मानिसहरू कुटपिट झगडा भयो भन्ने कुरा बेलुकी ५।। बजे तिर थाहा भयो टिकालाई उपचार गर्ने अस्पताल लगियो र ३१ गते मरेको पनि थाहा भयो ती व्यक्तिहरूको कुटपिटको चोटले मृत्यु भएको हो भनी ०३२।७।९ मा गोविन्द महर्जनले प्रहरीमा गरेको बयान कागज ।

          २३.  मेरो नोकरी भक्तपुर क्लिनिकमा छ घरमा साधारण औषधी पसल खोली बिहान बेलुकी औषधी पसलमा बस्ने गरेको छु यही २०३२।६।२७ गते बडादशैं नवमीको दिन बिहान अं.८।। बजेको समयमा टिका महर्जन मेरो औषधी पसलमा आएबाट मैले तिमीलाई नदेखेको पनि धेरै भयो कहिले आएको कहाँ के काम गरी बसेको छौ भन्दा ताहाचलमा बहादुर भवनमा नोकरी गरी उतै बसेको छु दशैंको लागि घरतर्फ गएको थियो त्यस्तैमा सोही दिनको अं.२ बजे तिर निज टिकालाई निजको काका श्याम महर्जन बाबुलाल महर्जन हरिगोविन्द महर्जन टिकाराम महर्जन केदार नेमकुल समेतले सख्त घाइते अवस्था गरी पिटेको टाउकोबाट रगतको धारा चुहाउँदै मेरो औषधी पसलमा औषधी लगाउन भनी ल्याए र के भयो भनी सोध्दा कुटपिट गरेछन् भनी श्यामले भनेर निजको घाउको चोटको रगत पुछी धोई हेर्दा टाउको माझ तालुमा अं.२ इन्ची जत्रो घाउको लम्बाई भएको र टुप्पी छाडी अं.।।। इन्ची लम्बाईको र अन्य आङ्ग जिउमा ठाउँ ठाउँमा छाला खुइलेको र निल डाम समेत देखेर धेरै नै कुटेछन् भनी निजसँग मैले रगत पुछ्दै सोध्दा घसिटोलमा मलाई बाटो छेकी अष्टमान महर्जन, गुण्डा महर्जन, बुद्धिकुमार महर्जन, चन्द्रबहादुर महर्जन, लक्ष्मीबहादुर महर्जन, हरिगोविन्द महर्जन, सन्ते भन्ने महर्जन समेत २०।२५ जनाले मलाई लठ्ठी र इट ढुङ्गा र चिउरा कुटने लुसीले समेत कुटे मलाई सारै सख्त सास्ती दिए मर्छुकी कसो हो भनी भनेका मात्र के थियो निज त्यतिकैमा टोलाई केही बोल्न पनि असमर्थ भएर मैले टाउकोको घाउमा अगाडि ५ टाँका र पछाडि १ टाँका लगाई कपास राखी बेंडिज बाँधी दिएर यसलाई यहाँ राखेर हुँदैन तुरून्त अस्पताल लैजानु भनेर मैले पठाएको हो को कसले कसरी अस्पताल लगे मलाई थाहा भएन ४ बजे तिर मैले निजको बाबु मानबहादुर (अखचा) लाई अस्पतालमा टिकाचालाई लगे कि लगेको छैन भनी सोध्दा लगी सके भनेर म पनि काम विशेषले काठमाडौं तर्फ गएर आए निज टिका वीर अस्पतालमा उपचार हुँदा हुँदै आश्विन ३१ गते मेरे भन्ने कुरा पनि ३१ गते साँझ तिर सुनेँ निज टिका महर्जनले अष्टमान समेतका मानिसहरूले कुटपिट गरेको भनी मसँग औषधी लगाउँदा भनेको हुँदा निजैहरूको कुटपिटको चोटबाट मृत्यु भएको हो भनी कम्पाउण्डर रामबहादुर श्रेष्ठले प्रहरीमा २०३२।७।१३।५ मा गरेको बयान कागज ।

          २४. २०३२।६।२७ गते घसिटोल सडकमा मर्ने टिकासँग ज्ञानवीरको भनाभन झगडा भएको यस्तोमा अष्टमान सिद्धिबहादुर महन्त हरिगोविन्द साहिला चतुरकाजी महेन्द्र गुण्डा चन्द्रबहादुर बुद्धिकुमार समेतका मानिसहरू आएको मध्ये अष्टमानले लौ यसलाई मार भन्ने र उक्त सबैले हातमा नोल र कोदालीको विड जस्तो लठ्ठीले टिकालाई टाउकोमा पिटी रगत पक्ष तुल्याई सकमा लगाई घिसारी अं.१० हात पर सम्म पुर्‍याएको बखत बेहोस भए उक्त मानिसहरू अष्टमानको घर अगाडि पुगेर सबैले डराउन पर्दैन भन्ने हुलले आवाज गरेकाले अनि टिकालाई जाहेरवाला श्याम र बाबुचाले घर तिर लगेको थियो बेलुका खेर अस्पतालमा लगी भर्ना गरेछन ३१ गते मृत्यु भए जाहेरी दरखास्तमा लेखिएका मानिसहरूकै कुटपिटका चोटबाट मृत्यु भएको हो भन्ने श्यामकृष्ण महर्जन मिति २०३२।६।२७ गते घसिटोलमा अष्टमान समेतका मानिसरूसँग टिकाको झगडा कुटपिट भयो भन्ने ३ बजे तिर खबर सुनेकोले हेर्न आउदा टिका रगत पक्ष बेहोसमा सडकमै लडिरहेको जाहेरवाला श्याम र म समेत भई औषधी उपचार गरी टाँका लगाई काकाको घरमा पुर्‍याएको थिए पछि अस्पतालमा लगेछन् र ३१ गते मरे भन्ने कुरा थाहा भयो जाहेरवालाको जाहेरी अनुसार ज्ञानवीर लक्ष्मीबहादुर महन्त सन्ते भन्ने श्यामकृष्ण चतुरकाजी हरिगोविन्द चन्द्रबहादुर टिकाचा, महेन्द्र साहिला, सिद्धिबहादुर, बुद्धिकुमार गुण्डा समेतका मानिसहरूले लठ्ठी र नोलले कुटपिट गरेको वेदनाले मरे भन्ने बाबुचा महजन । ०३२।६।२७ गते घसिटोलमा कुटपिट झगडा भइसकेपछि घटनास्थलबाट औषधी गराउनको लागि लगी औषधी गरेपछि घरमा टिकाले मलाइ कुट्ने भनी बताएका अष्टमान गुण्डा सन्ते भन्ने श्यामकृष्ण ज्ञानवीर सन्ते साहिला सिद्धिबहादुर बुद्धिकुमार टिकाचा महेन्द्र समेतका जाहेरवालाका जाहेरीमा लेखिएका मानिसहरूले नोल लाठाले कुटपिट गरी मेरो टाउको फुटेको भनेका थिए त्यसपछि अस्पताल लगे ३१ गते मत्यु भएको भनी बकी लेखी दिने श्रीमती मथुरा श्रीमती नानी श्रीमती मोहनमाया समेतका पक्राउ भई डोरमा उपस्थिति गरेको व्यक्ति र सो बाहेकको ११ जना भागी लुकी बसेको छन् तिनीहरू लुक्नु भाग्नुको कारण नै नकुटेको भए भाग्नु नपर्ने त्यस कारण ती भागेका जवान ११ र पक्राउमा परेका ३ जवान समेत १४ जना जाहेरवालाले जाहेरीमा लेखिएका मानिसहरूले कुटपिट गरी परेकै चोटबाट अस्पतालमा मृत्यु भएको हो भन्ने श्रीमती लक्ष्मीकुमारी १, गोविन्दमान १, बुद्धिबहादुर १, अष्टबहादुर १, ज्ञानबहादुर १, लोकबहादुर १, रामदाश १, कुमार १, समेत जवान ८ मिति २०३२।६।२७ गते समय २ बजेको समयमा घसिटोलको सडकमा मर्ने टिकालाइ अष्टमान १, सन्ते भन्ने श्यामकृष्ण १, गुण्डा लक्ष्मीबहादुर १, ज्ञानवीर १, चतुरकाजी १, हरिगोविन्द १, चन्द्रबहादुर १, राम महर्जन १, ग्वारा महजन १, टिका १, साहिला १, बुद्धिकुमार १, महन्त १, बुद्धि १, दशबहादुर १, महेन्द्र १, मुसे १, सिद्धिबहादुर १, श्याम महर्जन १ समेतका मानिसहरूले लठ्ठी नोल लुसी खुकुरीहरू लिएको थिए त्यस मध्ये अष्टमानले टिकालाई धार पट्टिबाट खुकुरीले टाउकोमा हिर्काए हरिगोबिन्दले नोलले ज्ञानवीरले लठ्ठी हिकाई कुटपिट भएपछि बेहोस भए जाहेरवाला श्यामलाई औषधी गर्न लगाइ अस्पतालमा लगेपछि मृत्यु भएको हो भन्ने तेजरामको सरजमीन बकाई भएको मिति २०३२।६।२७ गतेका दिन मर्ने टिकालाई घसिटोलमा कुटपिट गरी बेहोस गरेको छ भन्ने खबर सुनी घटनास्थलमा आउँदा श्याम महर्जनले घरतर्फ ल्याउन लागेको रहेछ रामबहादुरको औषधी दोकानमा लगी औषधी गराई सकेपछि केही होसमा आएपछि सोध्दा मलाई अष्टमान गुण्डाले समाई धमाधम पिटेपछि सन्ते भन्ने श्यामकृष्ण १, सिद्धिबहादुर १, टिकाचा १, श्यामकृष्ण १, सिद्धीबहादुर १, टिकाचा १, श्याम १, साहिला १, ज्ञानवीर १, महेन्द्र १, महन्त १, हरिगोविन्द १, बुद्धिकुमार १, चन्द्रबहादुर १, लक्ष्मीबहादुर १, गुण्डा १, चतुरकाजीको आमा १, प्रेम १ समेतले दनादन पिटे सो आईमाई २ ले लुसी र काठ लिई आई ओसारी ल्याई दिएको अष्टमान बुद्धिकुमार समेतका मानिसहरूले कुटपिट गरेको भनी मर्ने टिकाले भनेकोले थाहा पाएको सोही दिन अस्पताल लगे आश्विन ३१ गते सोही कुटपिटको चोटले मृत्यु भएको हो भन्ने धु्रवनारायण १, टिकाराम १, कृष्णगोविन्द १, ईन्द्रकपाल्य १, गोविन्द १, श्याम १, हरि महर्जन १, ज्ञानमान १, केदारनारायण १, नानीबहादुर १, सूर्य १, बहादुर १, कुमार १, कान्छा १, पूर्ण १, जगत १, ज्ञानरत्न १, गणेशमान १ समेत जवान १८ को सरजमीन बकाई रहेछ ।

          २५. २०३२।६।२७ गते अं.दिनको २।३ बजे तिर घसिटोलमा टिकालाई अष्टमान समेतका मानिसहरूले कुटपिट गरेको अवस्था हामीले देखिएको र सो कुटपिट गर्दा लाठा नोल लुसी आदिले कुटपिट गरेको घा चोटबाट सो दिन टिकालाई हस्पिटल लगेको आश्विन ३१ गते मृत्यु भएको हो कुटपिट गर्नेमा जाहेरवालाको जाहेरीमा लेखिए बमोजिमका अष्टमान समेतका १०।१४ जना भई कुटपिट गरेको कुट्ने मानिस मध्ये अष्टमान १, गुण्डा १, बुद्धिकुमार १ पक्राउ परेको अरू सन्ते ज्ञनवीर समेतकाम मानिसहरू भागी फरार छन् भन्ने समेतका श्रीमती बालकुमारी १, श्रीमती नानीछोरी १, श्रीमती पुनमायाँ १, श्रीमती दानीमैयाँ १, श्रीमती लाल थंकु १, नानीदेवी १ र श्रीमती चिरीमैयाँ समेत जवान ७ को सरजमीनमा बकी दिएको छ ।

          २६.  २०३२।६।२७ गतेका दिन टिका र अष्टमान समेतको कुटपिट झगडा भएको बखतमा घटनास्थलमा देखेको होइनौ टिकालाई रामबहादुरको पसलमा औषधी लगाई सकेपछि तँलाई ककसले कुटेको भनी निज मर्ने टिकासँग सोध्दा अष्टमान १, गुण्डा १, सन्ते १, साहिला १, बुद्धिकुमार १, टिका १, महेन्द्र १, ज्ञानवीर १, हरिगोविन्द १, लक्ष्मीबहादुर १, चन्द्रबहादुर १, चतुरकाजी १, सिद्धिबहादुर १ समेतका मानिसहरूले कुटपिट गरे भन्ने कुरा निजैले बताएबाट थाहा भएको हो सो कुटपिटकै चोटबाट निज टिका महर्जन आश्विन ३१ गते मरेको हो भन्ने समेत काजीबहादुर १, कृष्णकुमार १, हरेराम १, महन्तलाल १, लालगोविन्द १, लक्ष्मीबहादुर १, बुलाल १, रामचन्द्र १, दिपलाल १, न्हुछेबहादुर १ समेत जवान १० को सरजमीन बकाई भएको समेत जम्मा ५३ त्रिपन्न जनाको सरजमीनमा लेखाई बकी दिएकोमा राहेवरमा रहने ।

          २७. जाहेरवाला श्याम महर्जन १, मर्नेको बाबु मानबहादुर १, प्रतिवादी पक्राउमा परेको अष्टमान १, बुद्धिकुमार १, गुण्डा १, प्र.पं.तीर्थबहादुर १, उप प्र.पं.रमेशबहादुर १ समेतको रोहवरमा भएको २०३२।७।१२।४ को मौका तहकिकातको सरजमीन मुचुल्का रहेछ ।

          २८.  प्रतिवादी गुण्डा महर्जन १, अष्टमान महर्जन १, बुद्धिकुमार महर्जन १ समेत उपर मुलुकी ऐन ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ बमोजिम कारवाही भई सजाय हुन र हाल फेला नपरी फरार भएको सन्ते भन्ने श्यामकृष्ण महर्जन समेतका १७ जवान उपर सोही ऐन बमोजिम कारवाई भई सजाय हुन पेश गरेको छु भन्ने २०३२।७।१४।६ को प्रहरी प्रतिवेदन रहेछ ।

          २९.  २०३२।६।२७ गते बिहान पूजा गरी सकी मेरो मालिक बागदरबारमा गई दिन भरी बसी आफूले गर्नुपर्ने काम सिद्धाई हरिशमशेरको रानी बिजय राणाले मलाई र मेरा छोरा राज महर्जनलाई दशै खर्च दिएपछि बेलुकी ५।।६ बजे विदा मागी बाबु छोरा घर अएको मर्ने टिकाचा र निजको बाबु मानबहादुरलाई चिनेको छैन श्यामलाई चिनेको छु रिसइवी छैन मैले कुटपिट गरेको छैन अरूले कुटपिट गरे नगरेको थाहा छैन सरजमीनका तेजरामले मेरो छोरा राम महर्जनसँग रू.३० सापटी लिएको सो रूपैया देउ भनी माग्दा बाटोमा बेइजती गर्ने भनी दागा धरेको थियो सो रिसले पोल गरेको होला म दोषी होइन मेरो साक्षी बुझी पाउँ भन्ने ग्वारा भन्ने जितबहादुर महर्जनले अदालतमा २०३२।१०।१२ मा गरेको बयान ।

          ३०.  २०३२।६।२७ बडादशैंको पूजा गरी सकिए पछि ल.पु.दगोल टोलको तिछुयाल्ली बस्ने सिकर्मी नाइके नसीको घरमा फर्निचर बनाउने काममा अघि देखि बसेको रहेको सो दिन ज्यावल मेशिन समेत पूजा गर्न पर्ने भई म र मसँग काम गर्ने व्यक्तिहरू ३ समेत अं.११ बजे गई पूजा गरी खानपिन गरी बेलुकी ५ बजे पछि मात्र घर फर्केको हुँ मैले सो दिन कुटपिट झगडा गरेको छैन टिकाचा हाल जीवित छैन मरी सकेको छ सोधिएका गुण्डा समेतका १९ जना गाउँका हुन् चिनेको छु निजहरूसँग मेरो संगत छैन सरजमीनका तेजरामले घर बनाएको ठाउँमा मेरो जग्गामै बाली खुवाई दिएबाट केही कचकच भई सो रिसइवीले भनेको होला मैले अपराध नगरेको प्रहरी आरोप पत्रमा किन त्यस्तो म उपर आरोप लगाए मलाई थाहा छैन मेरो साक्षी जवान चार छ बुझी पाउँ भन्ने महन्तको बाबु बुद्धिले २०३२।१०।१२ मा अदालतमा गरेको बयान रहेछ ।

          ३१.  ०३२।६।२७ गते आफ्नो घरको पूजा सिध्याई हरेक दशैमा घरबाट चापागाउँको बज्रवाराहीको पूजा गर्ने गरी आएको हुँदा सो पूजा गर्न सो दिन ११ बजेको समयमा दशबहादुर १ गोपाल म समेत हामी ३ जना गई पूजा गरी खाई बेलुकी ६ बजेतिर मात्र घर फर्केको मानबहादुरलाई चिनेको छैन श्यामलाई चिनको छ रिसइवी छैन सोधिएको प्रतिवादीहरूमा अष्टमान समेतका ६ जनालाई चिनेको छु अरूलाई चिनेको पनि छैन अष्टमान समेतका प्रतिवादीहरूले टिकाचालाई कुटपिट गरे नगरेको पनि थाहा छैन निजहरूको कुटाईबाट मरेको हो होइन थाहा छैन चुनाव सम्बन्धी प्रचार गर्ने काम कुरामा श्यामतर्फको मैले गरेको सरजमीनमा झुठ्ठा पोल गरेको हो मैले अपराध नगरेकोमा पनि प्रहरीले किन म उपर आरोप लगाए मलाई थाहा छैन मेरो निम्न २ जवान साक्षी बुझी पाउँ भन्ने प्र.आनन्द भन्ने गुण्डा महर्जनको २०३२।१०।१३ मा अदालतमा गरेको बयान ।

          ३२.  २०३२।६।२७ गते म मेरो बाबु ग्वारा भन्ने जितबहादुरसँग बागदरबारमा गएको छु भन्ने प्र.राज महर्जनले २०३२।१०।१३ मा अदालतमा गरेको बयान ।

          ३३.  २०३२।६।२७ गतेका दिन म आफ्नै घरको छानामा समय अं.२ बजे चंगा उडाई बेलुकी ५, ५। बजे मात्र छानाबाट ओर्लेको प्रहरीले मलाई बोलाई २०३२।७।९ मा कागज गराएको थियो चङ्गा उडाएको कुरा मात्र भनेको थिए । टिकाचालाई अष्टमान समेतका मानिसले कुटपिट गरेको भन्ने र मैले भन्दै नभनेको कुरा लेखी दिएछ, सो कागजमा मेरो जबरजस्तीसँग सही गराई लिएको हो मैले सो बारे केही उजूर छैन, श्याम टिकाचालाई चिन्छु मानबहादुरलाई चिनेको छैन मेरो रिसइवी केही छैन अरू प्रतिवादी भनिएको व्यक्तिहरू चिनेको छु । निजहरूसँग मेरो हेलमेल बसउठ छैन । सरजमीनको तेजरामसँग पानी बारेमा झगडा भएको थियो । सो रिसइवीले पोल गरेको होला । यसमा मलाई केही थाहा छैन भन्ने र मेरो साक्षी जना १ छ बुझी पाउँ भन्ने प्र.मुसे भन्ने गोविन्द महर्जनले २०३२।१०।१३ मा अदालतमा गरेको बयान ।

          ३४. २०३२।६।२७ गतेका दिन प्र.गुण्डा महर्जनसँग चापागाउँ बज्रवाराहीमा पूजा गर्न गएको कुरा बताएको कारणको रिसइवी परेको हो मैले अपराध गरेको छैन कुटपिट गरेको होइन तेजरामले सरजमीनमा सोही रिसइवीबाट पोल गरेको हो प्रहरीले किन म उपर आरोप लगाए मलाई थाहा छैन मेरो साक्षी जवान २ छ बुझी पाउँ भन्ने प्र.दशबहादुर महर्जनले २०३२।१०।१५ मा अदालतमा गरेको बयान ।

          ३५. ०३२।६।२७ गते श्री दक्षिणकाली माईको पूजा गर्न बिहान ८ बजे निस्केर गई इमाडोलको टंकबहादुर थापा समेत भेट भयो कहाँ जाने भनी भन्दा दक्षिणकाली जान लागेको भन्ने तिमी पनि जाने हो भन्दा जाने भनी दुवै जना दक्षिणकाली गई ११ बजे पुगेका थियौं पूजा गरी खानपिन गरी अं.३।। बजेको समयमा वाद फक्र्यो सोही दिन बेलुकी ७ बजे घरमा पुगी खाना खाई सुते मानबहादुर टिकाचालाई चिन्छु रिसइवी छैन श्यामलाई पनि चिनेको छु त्यसको र मेरो खेत तल माथि हुँदा पानीबारे कहिलेकाहि झगडा हुन्थ्यो टिकाचालाई मैले कुटपिट गरेको छैन गुण्डा समेतको मानिसले कुटपिट गरे नगरेको पनि थाहा छैन प्रहरीबाट बुझेको मानिस रामबहादुरले किन भने प्रहरीले किन आरोप गरे सरजमीनले किन पोल गरे मलाई थाहा छैन मैले अपराध नगरेको हुँदा किन दावा गरे थाहा छैन मेरो साक्षी २ जवान छ बुझी पाउँ भनी २०३२।१०।१५ मा प्र.चन्द्रबहादुर महर्जनले अदालतमा गरेको बयान ।

          ३६.  २०३२।६।२७ गते, काठमाडौं हनुमानढोकाको कोतको बली पूजाको राङ्गाको मासु लिन गएको १० बजे पुगी मासु लिन बसी दिनको २ बजे मासुको भाग दिएपछि भाग लिई आउँदा काठमाडौं खिचापोखरीको साथी बाबुलाल भेटी निजको घरमा केही खानपिन गरी बेलुकी ६ बजे तिर घर आई पुगेका श्याम, मानबहादुर टिकाचालाई चिनेको छु । मेरो कुनै रीसइवी छैन मैले कुटपिट गरेको होइन अरूले कुटपिट गरे नगरेको पनि मलाई थाहा छैन सरजमीनले किन झुठ्ठा पोल गरे प्रहरीले म उपर किन आरोप लगाए म अपराधी होइन गाउँको चुनाव सम्बन्धिमा केही हुँदा सो चुनावको मानिसले झुठ्ठा पोल गरेको सम्म हो जाहेरवालाले मलाई किन पोल गरे थाहा छैन मेरो साक्षी बुझी पाउँ पनि २०३२।११।१० मा महेन्द्र महर्जनले अदालतमा गरेको बयान ।

          ३७. २०३२।६।२७ गते बडादशैंको पूजा भई सकी अं.१० बजे म र मंगलदास १ समेत २ जना काठमाडौं शोभा भगवतीको पूजा गर्न गएको अं.१ बजे पुगी त्यहाँबाट ५ बजे फर्की आएको मानबहादुर श्याम टिकालाई चिनेको छु श्यामको र मेरो जग्गा एकै ठाउँमा हुँदा गहुँको झार उखेली फाली दिएको कारणबाट भनाभन झगडा फाल्गुन महीनामा भएको थियो टिकाचालाई मैले कुटपिट गरेको छैन अरूले कुटपिट गरे नगरेको मलाई थाहा छैन सरजमीन कागजको व्यहोरा सुनी पाएँ मैले कुटपिट गरेको र अपराध केही गरेको छैन किन म उपर सरजमीनले लेखी दिएको प्रहरीले किन लेखे मलाई थाहा छैन जाहेरवाला श्यामसँग फागुनमा भनाभन झगडा भएको थियो सोही रिसइवीले भए निजै जान्लान् म निर्दोष छु मेरो साक्षी २ जवान छन् बुझी पाउँ भनी प्र.ज्ञानवीर महर्जनले ०३२।११।१२ मा अदालतमा गरेको बयान ।

          ३८.  २०३२।६।२७ गते मेरो छोरी वर्ष ४ कि हरिमायालाई पेट दुख्ने व्यथाले विरामी भएकोले टिकाथली घर हुने नारायण बैद्य कहाँ देखाउन भनी छोरी लिई गएको सो दिन ११।। बजे तिर घरबाट गई १२।। बजे पुगी बेलुकी ५ बजेको समयमा घर फर्की आएको हुँदा सो वारदात भनेको समयको २।३ बजे म निज बैद्यको घरमा छु श्याम, मानबहादुर, टिकालाई चिनेको छु रिसइवी छैन, प्र.मध्येको रामलाई चिनेको छैन अरू सबै प्रतिवादीलाई चिनेको छ उठ हेलमेल छैन मैले टिकालाई कुटपिट गरेको पनि छैन अरूले कुटपिट गरे नगरेको थाहा छैन जाहेरी सरजमीन भन्ने र बयान समेत सुनेँ मैले अपराध गरेको छैन सरजमीनले म उपर किन पोले जाहेरीमा किन लेखे सो कुरा मलाई थाहा छैन प्रहरी प्रतिवेदनमा पनि म उपर किन दावी गरे थाहा छैन मेरो ३ जना साक्षी छ बुझी पाउँ भनी २०३२।११।१२ मा अदालतमा प्र.हरिगोविन्दले गरेको बयान ।

          ३९.  २०३२।६।२७ गतेका दिन बहादुर महर्जन १, मानबहादुर महर्जन १, म १ समेत हामी ३ जना दक्षिणकाली माईको स्थानमा पूजा गर्न बिहान ८ बजे घरबाट निस्की १२ बजे पुगी पूजा गरी ३ बजेको समयमा फर्की बेलुकी ७।। बजेको समयमा घर आई पुगेको थिएँ मानबहादुर मर्ने टिकालाई समेत चिनेको छु रिसइवी छैन श्यामसँग चाहि २०३२।३ मा एकै ठाउँमा खेत हुनाले पानीको निमित्त कचकच भएको थियो अरू प्रतिवादीहरूको नाउँ सुनाएको सुनेँ सबै गाउँकै हुँदा चिनेको छु बस उठ हेलमेल छैन निजहरूसँग सो दिन भेटघाट भएको छैन मैले कुटपिट गरेको पनि होइन अरूले कुटपिट गरेको नगरेको मलाई थाहा छैन सरजमीनले किन पोल गरे श्यामले जोहेरीमा किन नाउँ दिए मलाई थाहा छैन श्यामबारे सोही पानी विषयमा १ पटक झगडा भएको हो जाहेरी दरखास्त मुचुल्का र सरजमीन अनुसार म अपराधी होइन प्रहरीले म उपर किन दावा लिई लेखेको हुन मलाई थाहा छैन भन्ने २०३२।११।१२ मा प्र.सिद्धिबहादुरले अदालतमा गरेको बयान ।

          ४०.  २०३२।६।२७ गते म र ज्ञानवीर टिका महर्जन हामी ३ जना दक्षिणकाली माइको स्थानमा पूजा गर्न जान बिहान १० बजेको समयमा गई २ बजे पुगी पूजा गरी ४ बजेको समयमा त्यहाँबाट फर्की आएको बेलुका ८ बजे तिर घर फर्की आएको थियो श्याम मानबहादुर मर्ने टिकाचालाई चिनेको छु ती मध्ये टिका मानबहादुरसँग रीस इवी छैन २०३२ साल जेष्ठ महीनामा गहुँ काटी भारी बोकी ल्याउँदा श्यामसँग धक्का लागी मौखिक झगडा भएको थियो प्रतिवादीहरूको नाउँ सुनाउँदा सुनेँ निजहरूलाई चिनेको छु बस उठ हेलमेल छैन मर्ने टिकाचालाई मैले कुटपिट गरेको छैन अरूले कुटपिट गरे नगरेको मलाई थाहा छैन । श्यामको जाहेरीमा किन मेरो नाम लेखे सरजमीनले किन पोल गरे निजहरू जान्लान म अपराधी होइन प्रहरीले म उपर किन दावी गरे थाहा छैन मेरो साक्षी २ जना छ बुझी पाउँ भनी मिति २०३२।११।१३ मा प्र.साहिलाले अदालतमा गरेको बयान ।

          ४१.  २०३२।६।२७ गते म बुगमती कार्यविनायक स्थानमा पूजा गर्न घरबाट बिहान १० बजे निस्केको दिन १ बजे पुगी पूजा सकी त्यहाँबाट ३ बजे आउँदा बेलुकी ? बजे घरमा आई पुगे मानबहादुरलाई चिनेको छैन श्याम मर्ने टिकालाई चिन्छु मेरो जग्गाको सँसँगै श्यामको भाइ खेचाको जग्गा भई मेरो जग्गा च्यापेको बारेमा झगडा हुँदा जाहेरवाला श्यामसँग पनि केही हातपात भएको थियो सोधनी भएको प्रतिवादीहरूलाई चिनेको छु सो दिन निजहरूसँग भेटघाट भएको छैन सो दिन टिकाचालाई कुटपिट भए नभएको मलाई थाहा छैन मैले कुटपिट गरेको पनि होइन छैन सरजमीनले किन पोल गरे श्यामको जाहेरीमा किन लेखे मलाई थाहा छैन प्रहरीले म उपर किन आरोप लगाएका हुन सो पनि मलाई थाहा छैन मेरो साक्षी ४ जना छ बुझी पाउँ भनी चतुरकाजीले २०३२।११।४ मा अदालतमा गरेको बयान ।

          ४२. २०३२।६।२७ गते बडादशैंको नवमीको दिन भएको हुँदा पूजा सकिए पछि मेरो होटल पसल हुँदा दूध ल्याउने लामाटारको टंकबहादुरको घरमा अं.बिहान ११ बजेको समयमा घरबाट गई १२।३० मा पुगी कुरा गरी दूधको हिसाब गरी त्यही केही खाना खाई बेलुकी ५ बजे तिर त्यहाँबाट घरमा आएको मानबहादुर श्याम मर्ने टिकालाई चिनेको छु केही रिसइवी छैन टिकालाई मैले कुटपिट गरेको पनि होइन अरूले कुटपिट गरे नगरेको मलाई थाहा छैन सरजमीनले किन पोल गरे श्यामको जाहेरीमा लिन मलाई लेखाई देखाई गरे मलाई थाहा छैन प्रहरीले म उपर किन आरोप लगाए त्यो पनि थाहा छैन गुण्डासँग मेरो रू.५०। लिन बाँकीमा बाटोमा भेट भई माग्दा बेइज्जती गर्ने भनी झगडा भएको थियो अष्टमानसँग मल लिएको बारेमा रू.३००। नदिएकोबाट झगडा भएको थियो बुद्धिकुमारसँग पुजामा जाँदा अघिको पालिमा गर्ने भन्ने बारेमा झगडा भएको थियो नक्कलीसँग मेरो घरको परिवार आईमाईसँग झगडा भएको सो रिसइवीबाट पोल गरेको हो मेरो साक्षी २ जवान छ बुझी पाउँ भन्ने सन्ते भन्ने श्यामकृष्णले ०३२।११।१४ मा अदालतमा गरेको बयान ।

          ४३. २०३२।६।२७ गतेका दिन दक्षिणकालीको स्थानमा पूजा गर्न घरबाट बिहान १० बजे गई २ बजे तिर पुगी बेलुकी ४ बजे तिर त्यहाँबाट हिंडी बेलुकी ८ बजे घरमा आई पुगेको श्याम मानबहादुर मर्ने टिकालाई चिनेको छु मानबहादुर टिकासँग रिसइवी छैन श्यामसँग गुठी चलाउन गुठीको पैसा रू.२५। रामेश्वरसँग लिई आएको भनी भन्दा मलाई तुछ्याई गरी श्यामले भनेबाट तिमी जस्तो बसी खान पर्ने मानिस होइन भनी मैले रिसले निजलाई भनेको थिए सो रिसइवी छ सोधिएको प्रतिवादीहरूलाई चिनेको छु तर बस उठ छैन सो दिन निजहरूसँग भेटघाट भएको पनि छैन मर्ने टिकाचालाई मैले कुटपिट गरेको छैन अरूले कुटपिट गरे नगरेको मलाई थाहा छैन अरू सुनाएको कागज सुनेँ सरजमीनले म उपर किन दोष दिई पोल गरे जाहेरवालाले मेरो नाउँ किन लेखी दिए निजै जान्लान प्रहरीले म उपर किन दावी गरे मलाई थाहा छैन मेरो २ जवान साक्षी छ बुझी पाउँ भनी ०३२।११।१५ मा टिकाचाले अदालतमा गरेको बयान ।

          ४४. २०३२ सालको बडादशैंको दिन बखत पहिलो एस.एल.सी.जाँच दिएको जुजुभाईले नवमीको दिन सिनेमा हेर्न जाने भनी भनेकोले २०३२।६।२७ गते खाना खाई सकी १२ बजे तिर पाटनमा आई जुजुभाईसँग सिनेमा हेरी सकेपछि बेलुकी अं.५।। बजे तिर घर फर्की ७।। बजे घरमा पुगे त्यसो हुँदा सो दिनमा काठमाडौं जयनेपाल सिनेमा हलमा थिए श्यामसँग निजको छोरीसँग मुखामुख झगडा हुँदा निजश्याम आई निजसँग पनि झगडा भएको थियो । मर्ने टिकालाई मैले कुटपिट गरेको होइन अरू प्रतिवादी सँग मेरो भेटघाट भएको छैन तिनीहरूसँग मेरो बस उठ पनि छैन । गुण्डा समेतले कुटपिट गरे भन्ने तर्फको सोधनीलाई पनि थाहा छैन, लेखिएका रीस इवी छ सरजमीनले पनि चुनावको रिसइवीबाट पोल गरेको हुनुपर्छ । म अपराधी होइन प्रहरीले किन दावी गरे त्यो पनि मलाई थाहा छैन जाहेरवालाले सोही झगडाको रिसइवीले मेरो नाउँ लेखी दिएको हो मेरो साक्षी ४ जना छ बुझी पाउँ भनी प्र.महन्तबहादुरको २०३२।११।१५ को अदालतमा गरेको बयान ।

          ४५. २०३२ साल बडादशैंको अष्टमीको दिन मेरो दाजु शाही सेना विमान सेवामा नोकरी गरी रहनु भएका बुद्धिकुमार मर्हजन ब्यारेकबाट आउनु नभएकोले भोलिपल्ट २०३२।६।२७ गते बिहान पूजा सिद्धिएपछि अं.१० बजे तिर कदम महर्जन, श्यामकृष्ण महर्जन समेत हामी ३ जना साथमा नै दाजुलाई बोलाउन गएको गौचरण ब्यारेकमा पुग्दा समय २ बजे भएको थियो दाजुले हिजो आज भोलि डिउटी नै छ सके भोलि आउँला बेलुका तिर आउछु भन्नु भयो र त्यसै त्यहाँ बसी ५ बजेतिर त्यहाँबाट म समेतका साथीहरू समेत र म समेत घरमा आई पुग्दा ७ बजेको थियो श्याम र टिकालाई चिनेको छु मानबहादुरलाई चिनेको छैन मेरो गहुँको बोट काटेको कुरामा श्यामसँग झगडा भई रिसइवी परेको छ सुनाएको प्रतिवादीलाई चिनेको छु भेटघाटमा बोलचाल हुन्छ बस उठ छैन भने टिकालाई म र मेरो दाजु बुद्धिकुमार समेतले कुटपिट गरेको छैन अरू मानिसले कुटपिट गरे नगरेको पनि थाहा छैन जाहेरी दरखास्त सरजमीन मुचुल्का र अन्य प्रतिवादीहरूको बयान समेत सुनेँ हामीले नकुटेको मानिसहरूलाई किन त्यस्तो पोल गरी लेखी दिएको हो निजैहरू जान्लान प्रहरीले पनि किन हामी उपर दावी गरेको हो थाहा छैन मेरो साक्षी ५ जवान छ बुझी पाउँ भनी मिति २०३२।११।१७ मा प्र.लक्ष्मीबहादुरले अदालतमा गरेको बयान ।

          ४६.  २०३२।६।२७ गते पूजाहरू सिध्याई भोज खाई सकेपछि अं.दिनको १० बजे ल.पु.जि. हरिसिद्धि माइतीमा मेरो आमा चिरीमै जरो आई सिकिस्त विरामी भएको छ भनी खबर मेरो १० वर्षको भानिज दिलकुमारीले भन्न आएकीले सुन्नासाथ घरमा सोधी माइत गएँ आमा सिकिस्त बिरामी भएको रहेछ ५ दिन सम्म त्यहि नै बसे आमालाई केही आराम भएर आयो र अनि घर आई सो कुटपिटको वारदातमा म छैन सो कुटपिट वारदातबाट मरे भन्ने पनि मलाई थाहा छैन प्रतिवादीहरूलाई चिनेको छु निजहरूले कुटपिट गरेको थाहा छैन म त्यस बखत मेरो माइत हरिसिद्धिमा छु मैले त्यस्तो कुनै अपराध गरेको छैन भन्ने प्र.तुयू महर्जनले ०३४।१।१६ मा अदालतमा गरेको बयान ।

          ४७. २०३२।६।२७ गते १, १।। बजेको समयमा घरमा नै छु बडादशैंको नवमीको दिन भोजको काम हुनाले दिन भरी घरमा खानपिन जुटाउन लागिरहेछु सोधिएको प्रतिवादीहरूलाई चिनेको छु प्र.मध्यको चतुरकाजी भन्ने मेरो छोरा हो सो दिन छोरा चतुरकाजी कार्यविनायक पूजा गर्न गएका थिए कुटपिट गरे नगरेको कुरा मलाई थाहा छैन सरजमीनले म र किशनारानको श्रीमती तुयू समेतले लुसी लठ्ठी बोकी ओसारी दिए भन्ने कुरा होइन मैले गरेको छैन, रिसइवी पनि छैन मेरो कुनै अपराध छैन भनी ०३४।१।१६ मा हिरामायाले अदालतमा गरेको बयान ।

          ४८. २०३२।६।२७ गते कुटपिट झगडाले टिकाचा भन्नेलाई घाइते भएकोले देवर, कम्पाउण्डर रामबहादुर कहाँ औषधी गर्न श्याम र बाबुचाले ल्याएको देखे कुटपिट झगडा भएको मैले देखिन टाउकोमा घाउ भएको मुखबाट रगत आएको देखे सो अवस्था टिकाचाले फलानाले कुटपिट गरे भनेका थिए मैले नाम यादै भएन सरजमीन हुँदा सम्झेकोले मुचुल्कामा लेखी दिएको हुँ मैले सम्झेको अष्टमान सन्ते टिका हो लुसी नोलले कुटे भन्थे कसले कुटेको हो निजले नभनेकाले थाहा छैन कुटपिट भएको चार दिन पछि मरेको हो आचरण खराब भन्ने थाहा छैन औषधी गराउँदा टिकाचाको साथीहरू थिए नाउँ थाहा छैन सरजमीनमा मर्ने टिकाचाको बहिनी राममायाले सबै व्यक्तिको नाम बताई लेखाई दिएको व्यहोरामा सही छाप गरी दिएको हो भनी पिडी गाउँ बस्ने मथुरा श्रेष्ठले गरी दिएको बयान ।

          ४९.  २०३२।६।२७ गते टिकालाई औषधि गरी मेरो दाजु श्यामको घरमा ल्याएको मर्ने मेरो भदा टिकाले आज मलाई महेन्द्र अष्टमान साहिला जित गोविन्द सन्ते समेतका १४ जनाले कुटपिट गरेको भनी भनेको कुटपिट हुँदा मैले देखिन सबै जनाको नाउँ बताउन १ वर्ष भएको हुनाले सम्झना भएन औषधी गरी सकी घरमा ल्याएका २ घण्टा पछि होसमा आउँदा भनेको हो त्यस पछि पनि बेहोस भई अस्पताल लगेको टिकाचा र अष्टमानको बीचमा कुनै रीस इवी थिएन कुटपिट गर्न पर्ने कारण मलाई थाहा छैन भनी ऐ.पिठु गाउँ बस्ने नानी महर्जनले गरी दिएको बयान ।

          ५०. २०३२।६।२७ गते टिकालाई कुटपिट गरेकोले औषधी गर्ने श्यामबहादुर कहाँ लादा म हेर्न गएको अं.४।५ बजे औषधी गराउँदै थियो होस आएकोले निजले मलाई अष्टमान महेन्द्र गुण्डा लक्ष्मीबहादुर बुद्धिकुमार हरिगोविन्द सन्ते चतुरकाजी ज्ञानवीर सिद्धिबहादुर साहिला चन्द्रबहादुर टिकाचा समेतले कुटपिट गरे भनी भनेको सुनेको हुँ, कुटपिट गरेको मैले देखेको छैन नोल लुसीले कुटपिट गरे भन्ने औषधी गर्दा राम्रो होसमा आएको थियो भनी पेङ्गल टोल बस्ने ज्ञानबहादुरले गरेको बयान ।

          ५१.  २०३२।६।२७ गतेका ११।। बजेको समयमा टिकाचा घसिटोलमा घुम्न आई रहेकालाई प्र.मध्येका अष्टमान र गुण्डाले समाती कुटपिट गरे त्यसपछि धेरै जनाको हुल आई कसैले नोलले कसैले लुसीले कुटपिट गर्न लागे मेरो पसलबाट सो घटना भएको १००, १५० फिट फरकबाट मैले देखेको हुँ यो यसले यो, यो बस्तुले कुटपिट गरे भन्ने र नाम सबैको खुलाउन सक्तिन मेरो बयान यही ठीक छ मेरो पसलमा अरू कोही छैन म मात्र हुँ अष्टमान गुण्डाको साथमा केही हतियार छैन नोल र लुसीका चोटबाट मरेका हुन मेरो व्यहोरा यही हो डर मानी बयान गरेको होइन भनी घसीटोल बस्ने लोकबहादुर महर्जनले गरी दिएको बयान ।

          ५२. २०३२।६।२७ गते दिन अं.२।३ बजे टिकालाई हुल भई कुटपिट गरे भन्ने सुनी हेर्न जाँदा धेरै मानिस जम्मा भई रहेको रहेछ टिकालाई श्यामले बोकी औषधी गर्न रामबहादुर कहाँ लगी म पनि पछि पछि लागे केही घण्टा वाद टिका होसमा आयो मैले सोध्दा सन्ते टिका १ अष्टमान १ गुण्डा १ चन्द्रबहादुर १ बुद्धिकुमार १ हरिगोविन्द १ महेन्द्र १ महन्त १ साहिला १ चतुरकाजी १ लक्ष्मीबहादुर १ ज्ञानवीर १ चतुरकाजीको आमा हेरामाया १ किसनारायनको स्वास्नी तुथू महर्जन १ मुसे १ आनन्द भन्ने गुण्डा १ समेतले कुटपिट गरे भनी टिकाचाले बताएका थिए निजलाई लुसी लाठी बन्चरो खुकुरी समेतले प्रहार गरी भनेको थियो, कुटपिट घटना भएको कुरा टोलमा सुनेका हुँ । कुटपिट बारे टिकाले बताए बमोजिम बाहेक अरू सँग सोधिएको छैन कुटपिट घटना हुँदा मैले देखेको होइन सरजमीनमा पनि मेरो कुरा यही हो भनी लेखी दिएको छु भनी येङ्गल टोल बस्ने टिकाराम महर्जनले गरी दिएको बयान ।

          ५३. २०३२।६।२७ गतेका दिन म घरमा थिए अं.दिनको ३, ३।। बजेको समय घरबाट निस्की बाहिर पसलमा आउँदा टिकालाई कुटपिट गरे भन्ने हल्ला सुनी हेर्न जानु पर्‍यो भनी जाँदा टिकालाई बोकेर लगी राखेको थियो, रामबहादुरको पसलमा लग्यो र औषधी गरी निजको काका श्यामको घरमा ल्याए अरू कसले कुटे भनी अरू सबले सोधनी गर्दा साहिला १, अष्टमान १, गुण्डा १, महेन्द्र १, महन्त १, चतुरकाजी १, सिद्धिबहादुर १, सन्ते भन्ने श्यामकृष्ण १, हरिगोविन्द १, ज्ञानवीर १, लक्ष्मीबहादुर १, बुद्धिकुमार १, रामचा ८, राम महर्जन १, मुसे १, आनन्द भन्ने गुण्डा १, दशबहादुर १, बुद्धिबहादुर १, चतुरकाजीको आमा हेरामाया १, किसनारानको श्रीमती तुयू महर्जन १ समेतले कुटपिट गरे भनी भनेका थिए सरजमीन हुँदाको बखत किन त्यस्तो लेखे छ यही व्यहारा सुनेको हो भनी सिद्धिपुर बस्ने बहादुर महर्जनले लेखी दिएको बयान ।

          ५४. २०३२।६।२७ गते नवमीको दिन टिकालाई दिनको २३ बजे कुटे भन्ने थाहा पाएँ त्यहाँबाट श्याम र अरू मानिसले समाई ल्याई राखेको र रामबहादुरको औषधी पसलमा लग्यो टिकाको टाउकोमा टाँका लगाई दियो सो वेहोस छ उसलाई घर लगेर अं.दिनको ५५।। बजे तिर मलाई अन्यायले धेरै कुटपिट गरे भन्दा अष्टमान १, ज्ञानवीर १, सिद्धिबहादुर १, चतुरकाजी १, बुद्धिकुमार १, गुण्डा १, महन्त १, टिका १, साहिला १, महेन्द्र १, हरिगोविन्द १, सन्ते १, चन्द्रबहादुर १, लक्ष्मीबहादुर १, बुद्धिबहादुर १, आनन्द भन्ने गुण्डा १, राज महर्जन १, ग्वारा भन्ने राम महर्जन १, चुतरकाजीका आमा हेरामाया १, किसनारानको श्रीमती तुयू महर्जन १, मुस्य भन्ने गोविन्द १, दशबहादुर १ समेतका मानिसले कुटपिट गरेको भनी टिकाले भनेकोबाट थाहा पाएका हो मेरो व्यहोरा सरजमीन मुचुल्कामा लेखी दिएको छु चतुरकाजीको आमा १ किसनारानको स्वस्नी १ ले लुसी लठ्ठी बसारी ल्याई दिएको थियो भनी भनेका थियो म घटनास्थलमा गएको होइन, रामबहादुरको पसलमा होस आएको होइन श्यामको घरमा लगी सकेपछि ५६ बजेको टायममा होस आएको हो ककसले कुटपिट गरे मलाई थाहा छैन टिकाचाले कुटनेको नाउँ २१ जनाको हो सरजमीनमा मैले सबै भन्न बिर्सेको थिए अहिले सम्झेर भनेको हो भनी लेखी दिने केदारनारायण नेमकुलको बयान ।

          ५५. २०३२ सालको बडादशैंको महानवमीको सम्झना भएन पूजा सिध्दाई खानपिन गरी दिनको २।।.३ बजे बाहिर निस्कदा कुटपिट गरे भनी हेर्न जाँदा कुटपिट गरिरहेको रहेछ नक्कलीले हेरी रहेको रहेछ, हामीले हेर्दा नोल र लुसीले कुटपिट गर्न लागेको थियो नोल लुसी दिने आईमाई १ जना थियो कुटपिट गर्न लागेकोहरू अष्टमान १, चुतरकाजी १, ज्ञानवीर १, हरिगोविन्द १, टिकाचा १, साहिला १, लक्ष्मीबहादुर १, गुण्डा १, महेन्द्र १, सन्ते १, सिद्धिबहादुर १, बुद्धिबहादुर १, राम महर्जन १, चन्द्रबहादुर १, मुस्य १, आनन्द १, दशबहादुर १, ग्वारा १ समेत र अरूको नाउँ सम्झना भएन अं.२० हात फरकबाट देखेको कुट्नेहरू भागी गए हलचल गर्न सक्ने अवस्थामा थियो टिकाको काका आई अस्पतालमा लगे भन्ने सुनेँ अस्पतालमै मरे भन्ने पनि सुनेँ म दिशा बसी आउँदा कुटपिट गर्न लागिएको देखि डराई आफ्नो घरमा गएको हुँ मेरो घरबाट घटना भएको ठाउँ १० हात जति फरकमा छ बाटोबाट देखेको हुँ एकछिन हेरी डर लागि घर गएको हुँ, झगडा भएको ठाउँमा के कति मानिस थिए थाहा छैन, पहिला अष्टमानलाई देखेको हुँ निजहरूले कोही लुसी कोही नोल लिई आएका थिएँ टिकालाई कुटपिट गरे भनेको सुनेको र कुटपिट भएको ठाउँमा मैले देखिन कुटपिट हुँदा मैले मात्र देखेको हुँ म एक्लै थिए भनी बालकुमारी महर्जनले लेखी दिएको बयान ।

          ५६. २०३२।६।२७ गते अं.२ बजेको समयमा घसिटोलमा टिका र ज्ञानवीरका बीचमा भनाभन झगडा भई रहेको अवस्था अष्टमान समेतका मानिसले नोल समेतको हातहतियार लिई आई टिकालाई धमाधम कुटपिट गरी अं.१० हात जती घिसारी लगेपछि छाडी अष्टमानकै घरतर्फ लगी अनि रामबहादुर कहाँ औषधी गर्न लगाई अस्पतालमा लगी मृत्यु भई पोछपाछ नभएको देखेको हुँ । वारदात भएका अवस्था मेरो फुपूको पेटीबाट अं.१०० फुट जति फरकबाट देखेको हुँ वारदात हुँदा ज्ञानवीर टिकाचाका बीचमा भनाभन झगडा हुँदा पहिले ज्ञानवीरले टिकालाई गाली गरे त्यस्तैमा अष्टमान समेतका मानिसहरू आई कुटपिट गरेको देखेको हुँ प्रथम अष्टमानको नाउँको गुण्डागिरी नेता भएकोले भनेका हुन कुटपिट गर्न पूर्व आयोजना छ छैन थाहा छैन झगडा छुट्याउन कोही गएको छैन अष्टमानको हातमा कोदालीको विड थियो, निजले टिकाचाको कठालो समाई सो विडले टाउकोमा हानेका थिए त्यसपछि हुल भई कुटपिट गरे टिकाको जीउमा लागेको चोटहरू कसले कुटी भएको हो थाहा छैन कुट्नेहरू अष्टमानको घरतर्फ भागी गए अष्टमानले हात उठाई डराउन पर्दैन एक दुई जनालाई यसो गरेमा केही हुँदैन भनेका थिए रामबहादुर कहाँ श्याम र बाबुचाले लगी घाउँमा टाँका लगाई औषधी गरे १०।१५ मिनेट पछि टिकाचालाई होस भएपछि रामबहादुर समेतले टिकासँग सोध्दा मलाई अष्टमान १, सिद्धिबहादुर १, गुण्डा १, महन्त १, चन्द्रबहादुर १, हरिगोविन्द १, साहिला १, चतुरकाजी १, ज्ञानवीर १, महेन्द्र १, टिकाचा १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १ समेतका मानिसहरूले कुटपिट गरेका भनेका थिए घटनास्थलमा सो सबै मानिस मैले देखिन मैले अष्टमान १, सिद्धिबहादुर १, चतुरकाजी १, ज्ञानवीर १, साहिला १, चन्द्रबहादुर १, महन्त १, हरिगोविन्द १ लाई देखेको थिए सरजमीन हुँदा मैले देखेको कुरा पनि लेखाएको हुँ भनी श्यामकृष्ण महर्जनले गरी दिएको बयान ।

          ५७. २०३२ साल बडादशैंको अष्टमीको दिन टिकालाई कुटपिट भई भनी हल्ला भई हेर्न जान लाग्दा श्यामले टिकालाई बोकी ल्याएको देखे रामबहादुर कहाँ औषधी गरी ल्याएको देखे रामबहादुर कहाँ औषधी गरी केही बेर पछि टिकालाई होस आई मलाई अष्टमान १, गुण्डा १ समेत १४ जनाले कुटपिट गरे भनी निजले भनेको कुरा सुनेँ वारदात मैले देखिन सरजमीनमा मैले भनी लेखी दिई सही गरेको हो हाल एक वर्ष जस्तो पछि भएकोले सबै सम्झना भएन, सरजमीनमा लेखी दिए बमोजिम सबै हो भनी कुमार महर्जनले गरी दिएको बयान ।

          ५८. बडादशैंको नवमीको दिन टिकालाई गुण्डा १, चतुरकाजी १, महेन्द्र १, हरिगोविन्द १ समेत ४ जनाले कुटपिट गरे भन्ने सुनेका थिए कुटपिट भएको मैले देखेको छैन मैले यस अदालतमा गरेको बयान साँचो हो, सरजमीनमा लेखिएको कुरा कायम मान्न सक्दिन मर्ने टिकाचा र प्र.अष्टमान समेतका बीचमा राजनैतिक पार्टीका विषयमा सम्म मलाई थाहा छ, माथि लेखिएका ४ जनाले नोल लठ्ठीले कुटे भन्ने कुरा सुनेको हो समय १२ बजेको समयमा हो भनी रामलाल महर्जनले गरी दिएको बयान ।

          ५९. २०३२ साल आश्विन २७ गतेका दिन २२।। बजेको समयमा टिकालाई कुटपिट गरे भन्ने कुरा घरमा सुनेको हेर्न जाँदा टिकालाई श्यामले बोकी रामबहादुर कहाँ औषधी गरी सकेपछि निज टिकालाई होस आयो र तिमीलाई कसले कुटेको होला भनी सोध्दा अष्टमान १, गुण्डा १, बुद्धिकुमार १, चन्द्रबहादुर १, महन्त १, टिकाचा १, साहिला १, ज्ञानवीर १, महेन्द्र १, चतुरकाजी १, लक्ष्मीबहादुर १, सिद्धिबहादुर १, हरिगोविन्द १, सन्ते भन्ने श्यामकृष्ण १, दशबहादुर १, गुण्डा १, मुस्य १, बुद्धि १, राज १, ग्वारा १ समेतका मानिसले लुसी समेतका हतियारले कुटपिट गरेको नाउँ थाहा नभएको २ जना आईमाई पनि थियो भन्ने र ताहाबाट २३ जनाले समाई हिडाई लगेका थिए बेलुका ५६ बजे अस्पतालमा लगे भन्थे वारदात भएको मेरो आँखाले देखेको होइन भनी धु्रवनारायण नेमकुलले गरी दिएको बयान ।

          ६०.  २०३२।६।१२ गते दिन अं.२।। बजे टिकाचालाई कुटपिट गरे भन्ने सम्बन्धमा घटनास्थलमा म जान भनी गएको थिए टिकालाई श्यामले बोकी रामबहादुर काहाँ औषधी गर्न ल्याए बेहोसमा थिए औषधी गरी श्यामको घर लगी बेलुकी ५ बजे तिर श्यामको घरका गएँ र निज टिकासँग तिमीलाई को कसले कुटे भनी मैले सोधे अष्टमान १, सिद्धिबहादुर १, चतुरकाजी १, ज्ञानवीर १, साहिला १, महन्त १, बुद्धिकुमार १, गुण्डा १, महेन्द्र १, टिकाचा १, चन्द्रबहादुर १, लक्ष्मीबहादुर १, हरिगोविन्द १, सन्ते १, मुस्य १, ग्वारा भन्ने राम १, राज १, आनन्द भन्ने गुण्डा १, बुद्धिबहादुर समेतले कुटपिट गर्न लागी लुसी डण्डीहरू बसारी दिने आईमाई २ जना पनि थिए भनी भनेका थिए भनी जगतबहादुर महर्जनले लेखी गरी दिएको बयान ।

          ६१.  २०३२ साल आश्विन २७ गते म घरमै छु २२।। बजे तिर घसिटोलमा हुलदङ्गा भएको सुनेँ हेर्न जाँदा टिकालाई पिटी रहेको रहेछ भन्ने सुनेँ बीचमा टिकालाई श्यामबाबु भन्नेले घरतर्फ ल्याई राखेको रहेछ त्यहाँबाट रामबहादुर कहा औषधी गराई सकेपछि साँझ परेको अवस्था श्यामको घरमा हुल परेको थियो म माथि गएँ टिका होसमा आएको रहेछ सबैलाई सुनाई रहेको अष्टमान १, गुण्डा १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १, दशबहादुर १, आनन्द भन्ने गुण्डा १, मुस्य १, ग्वारा भन्ने राम १, राज १, श्याम १, चतुरकाजीको आमा १, किसनारानको स्वास्नी १ समेतले कुटेको भनी सुनाएको भनी कुमार महर्जनले गरी दिएको बयान ।

          ६२.  टिकालाई कुटेर ल्याएको भन्ने हल्ला सुनेँ हेर्न जादा टिकालाई श्याम र बाबुचाले ल्याई राखेको देखे रामबहादुर कहाँ औषधी गराउन लगे औषधी गरी श्यामको घरमा लगे टिकाचा होसमा थियो र त्यस बेला टिकाचाले अष्टमान १, ज्ञानवीर १, चन्द्रबहादुर १, सिद्धिबहादुर १, साहिला १, महन्त १, सन्ते १, हरिगोविन्द १, महेन्द्र १, टिका १, गुण्डा १, चतुरकाजी १, मुस्य भन्ने दशबहादुर १, बुद्धिकुमार १, बुद्धि १, आनन्द भन्ने गुण्डा १, श्याम १ र चतुरकाजीको आमा १ किसनारानको स्वास्नी समेतले कुटपिट गरेको सो आईमाईहरूले लठ्ठी र मुसली बसारी दिएको थियो भन्ने सुनेको हुँ भनी ज्ञानरत्न शाक्यले गरी दिएको बयान ।

          ६३.  टिका मेरो भतिजा हुन निजहरूले अष्टमानले समाती दिएपछि हरिगोविन्दले नोलले कुटपिट गरे अनि ज्ञानवीर १, महेन्द्र १, साहिला १, सिद्धिबहादुर १, टिका १, सन्ते १, महन्त १, गुण्डा १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १, चन्द्रबहादुर १, मुस्य १ समेतका मानिसहरूले कुटपिट गरे होसमा आएपछि भनेका थिए टिकालाई मेरो लोग्ने श्यामले बोकी ल्याउँदा घाउको रगत लागेको देखी हेर्न सकिन भनी ज्ञानीमाया महर्जनले गरी दिएको बयान ।

          ६४.  २०३२ सालको बडादशैं नवमीको दिन गणेशस्थानमा पूजा गर्न गएको टिकालाई कुटे भन्ने हल्ला सुनेँ टिकालाई श्यामबाबुले घरमा लगेको थियो । त्यहाँ म पनि हेर्न गएको थिए टिकालाई मैले कसले कुटेको भनी सोध्दा त्यस अवस्थामा रिस भई बोल्न सकेन बेलुकी ५५।। बजेको समयमा रामबहादुर कहाँ औषधी लगाउन लगे औषधी गरी श्याम कहाँ ल्याएर फेरि म पनि गए त्यस बखत होस आयो र सोधनी गर्दा अष्टमान १, सन्ते १, टिका १, बुद्धिकुमार १, हरिगोविन्द १, चन्द्रबहादुर १, साहिला १, गुण्डा १, लक्ष्मीबहादुर १, सिद्धिबहादुर १, महेन्द्र १, ज्ञानवीर १, महन्त १, चतुरकाजीको आमा १, किसनारानको श्रीमती १ समेतले कुटपिट गरे भनेका थिए आईमाईले नोल लुसी बसारी दिएको भनेको थियो भनी कान्छा नेमकुलले गरी दिएको बयान ।

          ६५. कुटपिट गरेको मैले देखेको छैन कुटपिट गरेको कुरा सम्म सुनेको हो सरजमीन हुँदा मैले भनेको कुरा सत्य साँचो हो अहिले बिर्सी सकियो रामबहादुर कहाँ औषधी गर्न लाँदा कुरा भएको सुनेकोले थाहा पाएको हो मेरो झ्याल ढोका फुटेको कुरा सरजमीनमा पनि भनी लेखी दिए बमोजिमको थिए लेख्नेले किन लेखे थाहा छैन भनी माहिली श्रेष्ठले गरी दिएको बयान ।

          ६६.  मेरो माइतीको सहोदर दाजु श्याम भएको म माइतीमा आएको थिए मेरो भदाहा टिकाचालाई कुटपिट गरेकोले निजसँग सोधनी गर्दा ज्ञानवीर १, अष्टमान १, चतुरकाजी १, महेन्द्र १, सिद्धिबहादुर १, बुद्धिकुमार १, हरिगोविन्द १, टिका १, लक्ष्मीबहादुर १, गुण्डा १, महन्त १, साहिला १ समेतका मानिसहरूले कुटपिट गरे भनी निज भदाहाले भनेका थिए सबै कुरा सरजमीनमा लेखी दिएको एक वर्ष भएकोले हाल सबै कुरा सम्झना छैन भनी सन्तुमाया महर्जनले गरी दिएको बयान ।

          ६७. २०३२।६।२७ गतेको दिन घरमा छु बाहिर मानिस हल्ला गरी कराएको सुनी झ्यालबाट हेर्दा टिकालाई बोकी रामबहादुर कहाँ औषधी लगाउन लागेको र त्यहाँबाट श्यामको घरमा लगे निजको जिउ रगतले भिजिएको थियो २।३ घण्टा पछि निजको होस आएबाट निजलाई सोधनी गर्दा अष्टमान १, हरिगोविन्द १, चतुरकाजी १, महेन्द्र १, ज्ञानवीर १, टिका १, गुण्डा १, महन्त १, सन्ते १, सिद्धिबहादुर १, साहिला १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १, चन्द्रबहादुर १, आनन्द भन्ने गुण्डा १, दशबहादुर १, मुस्य राज महर्जन १ समेतले कुटपिट गरे भनी बताए घाउ चोट टाउको फुटेको नोलहरूले कुटेको भन्छ भनी मोहनमायाले गरी दिएको बयान ।

          ६८.  २०३२।६।२७ गते घसिटोलमा टिकालाई कुटपिट गरे भन्ने सुनेकोले हेर्न जाँदा रामबहादुरको पसलमा लगी औषधी गराउन लागेकोले देखे निज टिकाको जीउभरी रगत भिजी रहेको देखे टिकासँग सोध्दा अष्टमान १, गुण्डा १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १, सिद्धिबहादुर १, ज्ञानवीर १, चतुरकाजी १, हरिगोविन्द १, चन्द्रबहादुर १, साहिला १, टिका १, सन्ते १ महेन्द्र समेतका १४ जनाले कुटपिट गरे भनी निजले बताएका थिए ५६ बजे अस्पतालमा लगे भन्ने समेत लक्ष्मीबहादुर श्रेष्ठले गरी दिएको बयान ।

          ६९.  २०३२।६।२७ गते अं.२।। बजेको समय हुँदो हो टिका र म बसी रहेको साना गाउँको रामटिका टोलमा आएर निजले मलाई मेरो ठूलीआमा कहाँ जान्छु हिड भनेकोले हामी दुवै जना साथै गएँ हामी टोलमा पुग्दा बाटोमा ज्ञानवीरलाई धक्का लागेर ज्ञानवीरसँग केही कुरा भई ज्ञानवीरले साथीहरूलाई बोलाउन गएछ र अष्टमान आई कोदालीको विडले टिकालाई कुटपिट गरे त्यसपछि सन्ते भन्ने श्यामकृष्ण १, चन्द्रबहादुर १, हरिगोविन्द १, ज्ञानवीर १, महेन्द्र १, चतुरकाजी १, बुद्धिकुमार १, सिद्धिबहादुर १, लक्ष्मीबहादुर १, आनन्द भन्ने गुण्डा १, साहिला १, टिकाचा १, दशबहादुर १, महन्त १, ग्वारा भन्ने राम १, उनैको छोरा राज १, गुण्डा भन्ने मुसानन्द बुद्धि १, मुस्य भन्ने जितगोविन्द १, चतुरकाजीको आमा १, किसनारानको स्वास्नी १ समेतका मानिसहरू आएपछि अष्टमानले टिकालाई समाई दिए हरिगोविन्दले टिकालाई नोलले टाउकोमा कुटेपछि टाउको फुट्यो चन्द्रबहादुरले मुठी भरको अं.१ हात लामो लठ्ठीले जीउमा कुटपिट गरे सन्ते भन्ने श्यामकृष्ण लुसीले टाउकोमा र जिउमा कुटपिट गरे गुण्डा भन्ने लक्ष्मीबहादुरले बाँसको आधा फ्याक्ला गरी राखेको नोलले जीउमा र टाउकोमा समेत कुटपिट गरेको कुरा मैले १० हात जति फरकबाट देखेको थिएँ त्यसपछि ज्यानको सुरक्षामा भागी गए टिकालाई श्याम र बाबुचाले कम्पाउण्डर रामबहादुरको पसलमा लगे भन्ने हल्ला सुनेको २ जना आईमाई बसारी ल्याई दिएको थियो अष्टमानले खुकुरी जस्तो कोदालोको विड हातमा र अरूको हातमा लठ्ठी लुसी थियो सरजमीनमा अष्टमानले खुकुरी जस्ताले काटेका थिए भनी तेजराम महर्जनले गरी दिएको बयान।

          ७०. २०३२।६।२७ गते म आफ्नै घरमा थिएँ घसिटोलमा टिकालाई कुटपिट गरे भन्ने सुनेकोले हेर्न जाँदा निजलाई रामबहादुरको दोकानमा लगी सकेको रहेछ त्यहाँ हेर्न जाँदा धेरै मानिस भएकोले मैले हेर्न सकिन सो दिनको ४ बजेको समयमा श्यामको कोठामा हेर्न जाँदा मलाई अष्टमान १, गुण्डा १, चतुरकाजी १, ज्ञानवीर १, सन्ते १, चन्द्रबहादुर १, हरिगोविन्द १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १, साहिला १, टिका १, सिद्धिबहादुर १, महेन्द्र १, गुण्डा भन्ने १ समेतका मानिसहरूले लठ्ठी लुसी नोल समेतले कुटपिट गरे भनी बताएका थिए त्यसपछि म आफ्नो घरमा गएँ जम्मा १४ जनाले कुटेको भन्थ्यो भनी हरेराम श्रेष्ठले गरी दिएको बयान ।

          ७१.  २०३२।६।२७ गते अं.२।। बजे बाहिर निस्कदा टिकालाई कुटपिट गरे भनी सुनी कम्पाउण्डर रामबहादुरको पसलमा गई औषधी गरी रहेको थियो, निज टिकाचा होसमा आउँदा मैले सोध्दा अष्टमान १, सन्ते भन्ने श्यामकृष्ण १, गुण्डा १, महन्त १, बुद्धिकुमार १, सिद्धिबहादुर १, चतुरकाजी १, महेन्द्र १, हरिगोविन्द १, साहिला १, लक्ष्मीबहादुर १, चन्द्रबहादुर १ समेतले कुटपिट गरे भनी निज टिकाले बताएका थिए टिका र ज्ञानवीर पनि थिए भन्ने दिनको ३ बजेको समयमा सोधिएको र सुनेको हो भनी काजीबहादुर महर्जनले गरी दिएको बयान ।

          ७२. २०३२।६।२७ गतेको दिन टायममा खाना खाई सकी घरमा बसी रहदा मेरो घर मुनी बाटोमा हल्ला भएकोले झ्यालबाट हेर्दा टिका समेत हुल गरी राखेको थियो मेरो भाइ रामबहादुरको औषधी पसलमा गई टिकालाई औषधी गराएपछि म पनि सो पसलमा गई के भएको भनी टिकासँग सोध्दा घसिटोलमा सिद्धिबहादुर १, गुण्डा १, सन्ते १, अष्टमान १, ज्ञानवीर १, टिकाचा १, हरिगोविन्द १, महेन्द्र १, चतुरकाजी १, बुद्धिकुमार १, लक्ष्मीबहादुर १, साहिला १ समेतले मलाई कुटपिट गरे भनी निजले बताएको थिए टिकाचा औषधी पसलमा आफैं हिंडी गएको थियो । सो पसलमा धेरै हुल थियो औषधी पसलबाट अं.४ बजे निस्की आएको होला प्रतिवादीको कुटाईको चोटबाट वा बीष खाएर वा कालगति केबाट मरेको हो मैले जान्ने होइन यस अदालतमा गरेको बयान साँचो हो निज टिका हिडेर आएको र हिंडेर गएको देखेको हो भनी मरलाल श्रेष्ठले गरी दिएको बयान ।

          ७३. २०३२।६।२७ गतेको दिन टिकालाई रामबहादुरको औषधी पसलमा लगेको थियो म पनि पछि लागी गएको थियो ५१० मिनेट पछि मैले सोधे अष्टमान १, गुण्डा १, महन्त १, सिद्धिबहादुर १, बुद्धिकुमार १, ज्ञानवीर १, चतुरकाजी १, हरिगोविन्द १, चन्द्रबहादुर १ समेतले कुटपिट गरेका भनी भनेका थिए टिकाचालाई श्यामले बोकेर रामबहादुरको पसलमा लगेको देखेको सो औषधी पसल ३ बजे खुलाएको थियो टिकाले कुट्ने मानिसका नाउँ भनी सकेको थियो अनि फेरि बेहोस भए अरू मनिसले केही भनेनन् प्रतिवादीहरू कसैलाई पनि देखिन सरजमीनमा प्रतिवादीहरूको मानिस छ हिडी गएको भनी लेखे फरक पर्‍यो मैले देख्दा बोकेर लगेको देखे सरजमीनमा किन त्यस्तो भयो मेरो बयान यस अदालतमा गरेको ठीक हो भनी कृष्णकुमार नेमकुलले गरी दिएको बयान ।

          ७३. कुटपिट भयो भन्ने हल्ला भएपछि म हेर्न जादा टिकालाई रामबहादुरको दोकानमा लगी औषधी गर्न लागेको थियो मैले टिकासँग सोद्धका अष्टमान १, चतुरकाजी १, महेन्द्र १, ज्ञानवीर १, टिका १, हरिगोवीन्द १, चन्द्रबहादुर १, साहिला १, गुण्डा भन्ने लक्ष्मीबहादुर १, बुद्धिकुमार १, गुण्डा १, महन्त १, सिद्धिबहादुर १, सन्ते १ समेतले मलाई कुटपिट गरे भनी निजले भनेबाट थाहा पाएको हुँ प्रतिवादीहरूलाई देखेको छैन रामबहादुरको दोकानमा ४।४५५ बजे तिर गएको तिएँ औषधी गर्दा अरू मानिस ३०४० जनाको हुल थिया मैले टिकासँग सोधेको हो सरजमीनका प्रतिवादी खराबका रहेछ सो कुटाईबाटै मरेको भनी भनेको होइन सरजमीनको व्यहोरा पढी सुनाएको ठिक छ भनी रामचन्द्र महर्जनले गरी दिएको बयान रहेछ ।

          ७४. ०३२ साल आश्विन महीनामा म पनि विदामा बसेको आश्विन २० गतेको दिनको १२।। बजेको समयमा मर्ने भन्ने टिकाचा घाइते भई केदार १, हरिगोबिन्द १, ध्रुव १ समेत ६।७ जानको साथ मेरो पसलमा ल्याएको हेर्दा टिकाचाको टाउकोबाट केही रगत बगी रहेको देखे रगत पुछी घाउमा टाँका लगाई ब्याण्डेज गरी अस्पतालमा लगी औषधी गर्नु भनी सल्लाह दिएँ । मैले टिकाचासँग सोध्दा म घसिटोलमा घुम्न गएको एक्कासी २०।२५ जनाको फौज आई लुसी लठ्ठीले समेत पिटी यो घाउ चोट भएको हो अष्टमान १, लक्ष्मीबहादुर १, बुद्धि महर्जन १, महन्त १, टिका १ समेतका मानिसहरूले कुटेको भनी भने जीउमा निलडामहरू पनि भएको देखे सो टिकाचा अस्पतालमा जाने भनी गयो १।२ दिन पछि मरे भन्ने सुनेँ । टाउकोमा चोट पर्ने गरी कुट्ने व्यक्ति यो हो भनी नभनेकोले थाहा छैन म कहाँ औषधी गर्न आउँदा हिडेर आएका थिए हिडेरै गए होसमै छ वेहोसमा छैन औषधी गर्दा अरू १०।१२ जना मानिस थिए, सो हेर्ने मानिस मैले देखेको श्याम १, हरिगोविन्द १, केदार १, धु्रव १ अरूको नाउँ याद छैन यसैले कुटे यसैको चोटबाट मृत्यु भएको भन्ने मैले नदेखेको हुँदा म भन्न सक्तिन त्यस अवस्था सोधिएको प्रतिवादीहरू कोही पनि देखिएन भनी कम्पाउण्डर रामबहादुर श्रेष्ठले गरी दिएको बयान ।

          ७५. मलाई केही थाहा भएन मेरो छोरा टिकालाई कुटपिट गरी घा चोट पारी भाइ श्यामको घर ल्याई राखेको रहेछ सो २७ गते दिन ४ बजे म कृष्ण भन्ने र चन्द्रमान समेत ३ जना भई साइकलमा राखी पाटनबाट ट्याक्सीमा राखी वीर अस्पतालमा लगे भर्ना लिएन डेरा धोवीचौरमा लगे डेरामा पुगेपछि टिका बेहोस भए भोलि २८ गते वीर अस्पतालमा लगी भर्ना गरे कुरूवा बसी रहे ३१ गते मरे मौकामा प्रहरीमा गरेको बयान ठाउँ ठाउँमा फरक छ भनेकामा प्रहरीमा गरेको बयान ठीक छ हाल बयान गर्दा धेरै समय पछि हुँदा सम्झना भएन भनी मर्ने टिकाको बाबु मानबहादुरले गरी दिएको बयान रहेछ ।

          ७६. २०३२।६।२७ गते नवमीको दिन ९।१० बजेको समयमा आई पुगेको र ११।। बजे म कहाँ आई बसी मेरो घरमा भात खाई सकी अं.दिनको २।। बजेतिर निज टिका ठूलीआमा कहाँ जान्छु, भनी गएको घसिटोलमा ज्ञानवीरसँग मुखामुख झगडा हुँदा अष्टमान आएपछि अष्टमानले टिकालाई समाई मौका यही हो आइज भन्ने साथ लेखिएको प्रतिवादीहरू १४ जनाको हुल भई घेरा दिई लुसी लठ्ठी ढुङ्गाले हानी टिकाचा त्यहीं लडे हुल भागी गए भनी टिकाचाले रामबहादुर कहाँ औषधी गरी आएपछि मेरो घरमा आएपछि अं.३ बजेतिर मलाई भनेको हो घटना भएको र हल्ला भएको मैले देखेको होइन बाबुलाल भन्नेको स्वास्नी कन्या थकुंले भन्न आई थाहा पाएको हेर्न गई म र बाबुलाल रामबहादुरको पसलमा लग्यो र सोही दिनको ४४।। बजे दाजु मानबहादुर चन्द्रमान गई रहे भन्ने समेत ३ जनाले साइकलमा राखी मूल सडक चनचा भन्ने ठाउँमा ल्याई पुर्‍याई ट्याक्सीमा राखी लगेको भन्ने सुनेँ २८ गते वीर अस्पतालमा हेर्न जाँदा भर्ना भइरहेको रहेछ ३१ गते मरे भन्ने सुनेपछि सो दिन २ बजे पुगी सो दिनमा लास नदिई १ गते लासलाई जलाएको हो मर्ने अवस्थाको छ भन्ने मैले देखिन मौकाको कागज र यस अदालतको बयान फरक छ भन्ने हकलाई उस बखत हतपतमा लेखेको भई केही फरक भयो होला यस अदालतमा गरेको बयान ठीक छ घटनाको अवस्था मैले नदेखेको हुँदा यसैको चोट कुटाईबाट मरेको भन्न सक्तिन सो कुटपिटकै चोटबाट मरेको भन्ने मलाई लाग्छ टाउकोमा २ गोटा घाउ थियो जीउमा रगत लागेको अवस्थामा थियो भनी मर्नेको काका श्याम महर्जनले गरी दिएको बयान ।

          ७७. २०३२।६।२७ गते पूजा सिद्धिए पछि लोग्ने आई नपुगेकोले लोग्ने जागिर भएको ठाउँ अन्नपूर्ण होटेलमा घरबाट ९ बजे गएको फर्की घरमा आउँदा ५ बज्यो भोज खाई सुती भोलिपल्ट पनि सोही होटलमा गई ४।५ दिन बसी पछि घर आएको मलाई केही थाहा छैन प्रहरीले किन त्यस्तो नभनेको कुरा लेखी दिएछन् थाहा छैन भन्ने कहिले र केही याद छैन भन्ने चिरीबाबु १, काजीबहादुर १, टिकाचा १, राम महर्जन १, श्यामबहादुर १, सूर्यनारायण १, माहिलाकाजी १, श्याम महर्जन १, नारायणभक्त १, काजीलाल १, न्हुछेबहादुर १ समेतले यस अदालतमा बयान गरी दिएको ।

          ७८. यसमा प्रतिवादी मध्येका बुद्धिकुमारले मिति २०३२।६।२७ गते र २८ गते युनिटबाट बाहिर कतै गएको छैन भनी २०३२।१२।२३ मा जवाफ दिएको जवाफी पत्र मिसिल सामेल रहेछ ।

          ७९. लास जाँचको प्रतिवेदन भन्ने डाक्टरको प्रतिवेदन पनि मिसिल सामेल रहेछ ।

          ८०.  टिकाचा मृत्यु सम्बन्धमा को कसको कर्तव्यबाट मृत्यु भएकोमा प्रहरीमा गुण्डा महर्जनले बयान कागज गर्दा टिका महर्जनले ज्ञानवीर महर्जनलाई कुटपिट गरे भनी जाँदा अष्टमान महर्जन ज्ञानवीर सन्ते भन्ने श्यामकृष्ण समेतले निज टिका महर्जनलाई कुटपिट गर्न लागेको देखे र म अष्टमानतर्फको मानिस हुँदा मैले पछि ५।६ मुक्का हिर्काई कुटपिट गरे अष्टमानले इट ढुङ्गा हातमा लिई हिर्काए सन्ते भन्ने श्यामकृष्ण ज्ञानवीरले लातीले कोखामा पेटमा हिर्काई बेहोस भएपछि भागे भनी निजहरू समेत भई साविती कागज लेखी दिएको अष्टमानले आफ्नु बयानमा गुण्डा महर्जन सन्ते भन्ने ज्ञानवीर समेतले कुटपिट गरेको छुट्याउनसम्म गएको बुद्धिकुमार महर्जनले निजले कुटपिट गरेको तर अष्टमान ज्ञानवीर गुण्डाले कुटपिट गरेको सुनेँ भन्ने बयान किटानी साथ सरजमीन मुचुल्का भएको तथा घाउचोट लागेको टिकाचालाई प्राथमिक औषधी उपचार गर्ने कम्पाउण्डर रामबहादुर श्रेठले घाइते टिका महर्जन बुद्धिकुमार चन्द्रबहादुर लक्ष्मीबहादुर हरिगोविन्द सन्ते भन्ने महर्जन समेत २०।२५ जनाले निजलाई लठ्ठी इटा ढुङ्गा चिउरा कुट्ने लुसीले कुटी सास्ती दिए मर्छुकी भनी मर्ने टिकाले भने भन्ने कुरा निज रामबहादुरले प्रहरी र यस अदालतमा सो प्रहरीको कागजलाई समर्थन गर्दै गरेको बयान सो जाहेरवालाको जाहेरी र सरजमीन अन्य बुझिएका व्यक्तिहरूबाट पनि समर्थित भएको प्रमाण ऐन, २०३१ को दफा १० मौकामा गरेको कुरा कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यस्तो तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ । (क) सो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्ष रूपले देख्ने वा थाहा पाउने व्यक्ति भन्ने कानूनी व्यवस्था हुँदा रामबहादुरले व्यक्त गरेको कुरा प्रमाण लिन मिल्ने देखिन्छ । सोही ऐनको दफा ११ मा कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस हुँदै आफ्नु मृत्यु कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ निज मर्ने टिकाले आफू मृत्युको कारण बनाएको कम्पाउण्डर रामबहादुरको बकपत्र समेतबाट समर्थित हुन आएकोले अष्टमान गुण्डा, बुद्धिकुमार, चन्द्रबहादुर, लक्ष्मीबहादुर, हरिगोविन्द सन्ते भन्ने श्यामकृष्ण महर्जन समेत १४ जनाले ज्यान सम्बन्धी महल अन्तर्गतको अपराध गरेको ठहर्छ । सो ठहर्नाले निजहरूलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सबैलाई जन्मकैद हुने ठहर्छ लुसी हात कतियार जुटाई दिनेलाई १७(१) बमोजिम १० वर्ष कैद गर्नु र अरूका हकमा सबूद प्रमाणबाट यस यस यो यो अपराध गरेको प्रमाणित हुन नआएकोले निजहरूलाई दोषी ठहराउन मनासिव नपर्ने हुनाले निजहरूलाई सफाई दिने समेत ठहराई अ.बं.१८६ नं. बमोजिम अदालतबाटै जाहेरी फैसला गरी दियो भन्ने ललितपुर जिल्ला अदालतको फैसला ।

          ८१.  उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरूको पृथकपृथक पुनरावेदन ।

          ८२.  मध्यमाञ्चल क्षेत्रीय अदालत पुनरावेदन फाँटकै यसमा ललितपुर जिल्ला अदालतबाट जनही कैद वर्ष १०। का दरले कैद गर्ने गरेकोमा अ.बं.१९४ नं. बमोजिम कैद महीना ।१ को पैतालीस रूपैयाँको दरले हुने रू.५४००। का दरले जनही रूपैयाँ धरौट राख्छन् भने ऐनले लाग्ने पुनरावेदन दिन ल्याए दर्ता गरी कानून बमोजिम गर्नु भन्ने मिति २०३४।११।१५।१ को डिभिजन बेञ्चको आदेश ।

          ८३.  यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतमा जेथाजमानी राखी पुनरावेदन दर्ता गरी पूर्पक्षको लागि तारिखमा बस्न पाउँ भन्ने म.क्षे.अ.मा दिएको निवेदनमा कानून बमोजिम आधार खुलाई पर्चा खडा गर्नु भन्ने समेत श्री.स.अ.को आदेश रहेछ । यसमा मर्ने टिकाचा १४ जनाको कुटपिटको चोटबाट मरेको ठहर्‍याई ज्यान सम्बन्धी महलको १३।३ अन्तर्गत सजाय गरेको र निवेदकहरूले कुटपिट गर्न नोल चुपी लठ्ठी समेतका हतियार बसारी जुटाई दिएको ठहर्‍याएको विद्वान अधिवक्ताले पेश गर्नुभएको ललितपुर जि. अ.को २०३४।६।१२ को फैसलाको प्रतिलिपिबाट देखिन आयो । निजलाई माग बमोजिम जेथाजमानी लिई पुनरावेदन दर्ता गर्न सुविधा प्रदान गर्दा निजले अरू अपराध गर्ने सम्भावना भएको फैसलाको उक्त वाक्यांशहरू समेतबाट देखिन आएकोले हाललाई निवेदकको माग जिकिर मनासिव देखिन नआएकोले यो पर्चा खडा गरिएको छ नियम बमोजिम फाइल बुझाई दिनु भन्ने यस अदालतको डिभिजन बेञ्चको मिति २०३४।११।५।५ को पर्चा ।

          ८४. प्रस्तुत मुद्दामा प्रतिवादीहरू मध्ये महेन्द्र र प्र.ज्ञानवीर महर्जनको अदालतमा बयान हुँदा क्रमशः १४ वर्ष र १५ वर्ष भनी लेखाएको देखिनाले मुद्दा परेको बखत निज प्रतिवादीहरूको उमेर कति रहेछ विशेषज्ञद्वारा जाँच भई राय प्राप्त भएको नदेखिनाले निजहरूको यकिन उमेर चिकित्सा विषयक विशेषज्ञद्वारा यथाशीघ्र जाँच गराई कार्य सम्पन्न गरी नियम बमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३५।५।२६।२ को आदेश ।

          ८५. यसमा सरजमीनका चस्मदित श्याम महर्जनले सरजमीनमा लेखी दिएको कुरालाई समर्थन गर्दै मर्ने टिकालाई प्र.अष्टमान प्र.सिद्धिबहादुर प्र.महन्त प्र.चन्द्रबहादुर प्र.हरिगोविन्द प्र.चतुरकाजी प्र.ज्ञानवीर प्र.महेन्द्र प्र.गुण्डा प्र.बुद्धिकुमार समेतका प्रतिवादीहरूले कुटपिट गरेको कुराको पुष्टाई निजको अदालतमा भएको बकपत्रबाट र चश्मदित बालकुमारी र तेजराम समेतको बकपत्रबाट समेत समर्थित हुन आएकोले शुरू अदालतले साहिला महर्जन टिकाचा महर्जन सन्ते भन्ने श्यामकृष्ण महर्जन लक्ष्मीबहादुर हिरामाया महर्जन र तुयू महर्जनलाई सजाय गरेको नमिलेको हुँदा त्यसको अतिरिक्त टिकाचालाई यी अष्टमान समेतका दश जना प्रतिवादीहरूले मार्नु पर्ने सम्मको रिसइवी र ज्यान मार्नाको मनसाय सम्म रहेको मिसिलबाट नदेखिँदा शुरू अदालतले ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम सजाय गर्नुपर्नेमा ज्यान सम्बन्धी महलको १३(३) बमोजिम सजाय गरेको समेत मिलेन । अ.बं. २०२ नं. तथा क्षेत्रीय अदालत नियमावली बमोजिम विपक्षी महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३५।८।११।१ को आदेश ।

          ८६.  २०३२।६।२७ का दिनको २ बजे तिर टिकाचा महर्जनलाई कुटपिट गरेको भनी शुरू जाहेरी परेको छ । श्रीमती नक्कली महर्जनले प्रहरीमा कागज गर्दा अष्टमान महर्जन, गुण्डा महर्जन समेतले लौ आज यसलाई मार्न पर्छ भनी कुटपिट गरे भनी लेखाई दिएको छ कम्पाउण्डर रामबहादुरलाई बयान गराउँदा बडादशैंको नवमीको दिन अन्दाजी दिउसो २ बजेतिर टिकाचा सख्त घाइते अवस्थामा टाउकोबाट रगतको धारा बगाउँदै मेरो औषधी पसलमा औषधी लगाउन भनी ल्याएका थिए निजको टाउकोमा र तालुमा अन्दाजी २ इन्च जत्रो घाउको लम्बाई भएको र टुप्पी पछाडि अन्दाजी १।। इन्च लम्बाई घाउ भएको आङ्ग जिउमा छाला खुइलिएको निल डाम घा खत भएको भनी लेखाई दिएको पाइन्छ । मिसिल सामेल रहेको पोष्टमार्टम रिपोर्टबाट टाउकोमा लागेको चोटको कारणबाट मृत्यु भएको भन्ने र फ्याक्चर, टुटे फुटको भन्ने देखिएबाट कुटपिटको वारदात भएको देखियो । विद्वान अधिवक्ताहरूको वारदात नै शंकास्पद छ भनी बहस जिकिर गर्नुभएको तर उपरोक्त प्रमाणको आधारमा कुटपिट वारदात भएकै मान्नु पर्छ । अब प्रस्तुत मुद्दा ज्यान सम्बन्धी महलको १३ नम्बर अथवा १४ तथा ५ नम्बर अन्तर्गत पर्न आउँछ भनी विचार गर्नु परेको छ । ती दफाहरू मध्ये दफा १३ मा मार्नु पर्ने नियत र कारण हुनुपर्ने दफा १४ मा रिस तत्काल रिसइवी उठेको हुनु पर्ने र दफा ५ मा मानिस मर्न सक्ने खालका चोट नभई सामान्य चोटको तत्त्व रहेको पाइन्छ । प्रस्तुत केशमा प्रधानपञ्च तीर्थबहादुर एकातर्फ र अर्कोतर्फ अष्टमानको दल रहेको मिसिलबाट देखिन्छ । गुण्डा महर्जनले प्रहरीमा कागज गर्दा टिकाचा महर्जनले र ज्ञानवीर महर्जनलाई कुटपिट गर्‍यो भनी निजको भाइले भन्न आएको र घसिटोलमा रामको धान कुट्ने कलनिर सडकमा ज्ञानवीर महर्जन, अष्टमान महर्जन समेतले टिकाचालाई कुटपिट गरी रहेको देखी निज अष्टमानतर्फको मानिस हुँदा हातको मुड्कीले निजले टिकाचालाई कुटपिट गरेको भनी लेखाई दिएको पाइयो । निजले अदालतमा बयान गर्दा प्रश्न नम्बर २३ को जवाफमा गाउँमा प्रधानपञ्च तीर्थबहादुर हाम्रो विरोधी छन्, हाम्रो टोलको कुनै पनि मानिसहरू अरू टोलमा जानै हुँदैन कुटपिट गर्दछन् स्वास्नी मानिस बच्चा बच्चीहरूलाई पनि पिट्दछन्, श्याम महर्जन टिका महर्जन पनि उनै प्रधानपञ्चको गुटका मानिस हुन् त्यसरी विरोधी गुटको भएकोले एक फेरा श्याम महर्जनको होटलतिर जाँदा श्याम महर्जनसँग पिटापिट झगडा भएको थियो । त्यतैबाट निज शत्रु भएका हुन् र यो मुद्दामा मेरो नाम लेखेका हुन् भनी बयान गरी दिएको पाइयो । अष्टमानलाई प्रहरीमा कागज गराउँदा टिका महर्जन र ज्ञानवीर महर्जनका बीच कुटपिट झगडा भएको सो घटनास्थलमा ज्ञानवीर गुण्डा महर्जन सन्ते महर्जन टिका समेतका मानिसहरू थिए निजहरूकै कुटपिट झगडाको वेदनाबाट सोही कुटपिटकै घाउ चोटको कारणबाट टिकाचाको अस्पतालमा नै मृत्यु भएको हो निज गाउँको जानिफकार जस्तो मानिस भएबाट झगडाकुटपिट छुट्याउन घटनास्थलमा गएको भनी लेखाइदिएको पाइन्छ । अदालतमा निज अष्टमानले बयान गर्दा घटनास्थलमा गएको भनी लेखाई दिएको पाइन्छ । अदालतमा निज अष्टमानले बयान गर्दा घटनास्थलमा गएको कुरालाई इन्कार गरी मर्ने टिका महर्जन चोर डाँका हुन टिकाचाले ०३१।२।९ मा डकैती गरे उपर डि.एस.पी.कार्यालयमा उजूर गरेको यद्यपी मुद्दा भने नचलेको र टिका महर्जन श्यामबहादुर नक्कली रिसइवी परेको व्यक्ति हुन् भनी लेखाई दिएको पाइन्छ । प्रस्तुत मुद्दाको वारदातलाई धक्का लागेको रिसइवीमा कुटपिट गरी सोही चोटबाट मरेको हो भनी विचार गर्दा टिकाचाले धक्का दिएको भनेको कुरा निउ मात्र भएको देखियो । अष्टमानका दल र प्रधानपञ्चका दलका बीचमा गम्भीर रिसइवी रहेको भन्ने कुरा प्रतिवादीहरूकै बयानबाट पुष्ट्याँई हुन आउँछ दलीय संघर्षमा टिकाचा मर्न गएको देखियो, उसमा पनि मार्नु पर्ने नियत मनसाय थियो थिएन भनी निष्कर्ष निकाल्दा प्रयोग गरिएका हतियार, आघातको चोट समेत विचार गर्नुपर्ने हुन्छ । टिकाचालाई एक्लो पारी घेरामा राखी हुल भई नोल लुसी कोदालोको विँड समेत प्रहार गरी आङ्ग जीउमा फ्याक्चर समेत हुने गरी चोट छाडेको देखिएको छ । यस अवस्थामा मानिस मर्ला जस्तो नठानी चोट छाडेको भन्न मिलेन, चोट छाड्नेहरूले स्वाभाविक परिणम जानेकै मान्नु पर्छ । तसर्थ ज्यान सम्बन्धी १३ अन्तर्गत अपराध कायम हुन्छ । अब कस कसले चोट छाडेको र अपराधी क्रिया गरिएको भनी विचार गर्दा अष्टमानले प्रहरीमा कागज गर्दा घटनास्थलमा आफू पुगेको र ज्ञानवीर गुण्डा समेतलाई चोट छाड्नेमा पोल गरेको पाइन्छ । त्यस्तै गुण्डा महर्जनले प्रहरीमा बयान गर्दा अष्टमान ज्ञानवीर समेतले कुटपिट गरी रहेको भनी लेखाई दिएको पाइन्छ । ती सहअभियुक्तहरूको पोल अन्य प्रमाणबाट समर्थित भएको छ छैन भनी विचार गर्नु परेको छ । कम्पाउण्डर रामबहादुरले लेखाएको कुरा भर गर्न नसकिने भन्ने विद्वान अधिवक्ताहरूको कथन रहेको छ । तर रामबहादुरको भनाईलाई अरू अरू भनाईले पुष्ट्याँई दिने वा नदिने प्रमाणको रूपमा हेर्न सकिन्छ । ज्ञानवीरको हकमा विचार गर्दा निजबाट नै वारदातको शुरूवात भएको देखिन्छ । निजले कुटपिट गरेको भन्ने कुरा सरजमीन मुचुल्काबाट समेत देखियो र अदालतका बयान गर्ने श्याम महर्जन, बालकुमारी नक्कली समेतले ज्ञानवीरलाई पोलेको देखिन्छ सन्ते भन्ने श्यामकृष्णको हकमा विचार गर्दा घटना देख्ने तेजरामले सन्ते भन्ने श्यामकृष्णले लुसीले चोट छाडेको भन्ने लेखाई दिएको पाईन्छ निज सन्ते भन्ने श्यामकृष्णले अदालतमा बयान गर्दा गाउँको प्रधानपञ्चमा म उमेद्वार भएको निजको पक्षमा प्रचार गरेकोमा तिर्थबहादुरले रिसइवी लिई राखेको सो रिसमा मलाई पोल गरेको भनी बयान गरेको देखियो । तर घटना देख्ने नक्कली, तेजमान तथा कम्पाउण्डर रामबहादुरको बयानबाट निजले पनि लुसीबाट चोट छाडेको देखियो । त्यस्तै हरिगोविन्द महर्जनका सम्बन्धमा विचार गर्दा घटना देख्ने तेजरामले हरिगोविन्दले टिकाचाको टाउकोमा नोलले हिर्काएको भनी लेखाई दिएको पाइन्छ । घाइते टिकाचाले कम्पाउण्डर रामबहादुरलाई हरिगोविन्द महर्जन समेतले कुटपिट गरेको भनी भनेको भन्ने कुरा रामबहादुरको बयानबाट देखिन्छ । श्रीमती नक्कली महर्जनको कागजमा पनि हरिगोविन्दले कुटपिट गरेको भन्ने देखिन्छ । विद्वान अधिवक्ताले अन्य स्थलको जिकिर नारायण मगरको बकपत्रबाट पुष्ट्याँई भएको छ भनी बहस गर्नुभएको तर नारायण मगरको र हरिगोविन्दको कथन हेर्दा समयको कुरामा फरक भएको देखिन्छ । यसकारण अन्यस्थलको जिकिर र पुष्ट्याँई भएको मान्न सकिन्न । तसर्थ प्रतिवादीहरू अष्टमान महर्जन, गुण्डा महर्जन, ज्ञानवीर महर्जन सन्ते भन्ने श्यामकृष्ण महर्जन र हरिगोविन्द महर्जन समेत ५ जनाको कुटपिटको चोटबाट टिकाचा महर्जन मरेको ठहर्छ । सो बाहेक अरू प्रतिवादीहरूका हकमा विचार गर्दा कसैले कसैलाई पोल गरेको र पोलमा पनि सामाञ्जस्यता देखिएन । तुयू र हेरामायाले हतियार ओसारी ल्याई दिएको भन्ने कुरा पनि विश्वासलायक देखिएन नोल लुसी कोदालीको विँड जस्ता हतियारहरू उपरोक्त प्रतिवादीहरूले आफ्ना हातमा लिई राख्न सक्ने नै हुँदा तुयू र हेरामायाले हतियार ओसारी ल्याई दिएको भन्न मिलेन । तसर्थ प्रतिवादीहरू महन्तबहादुर महर्जन, लक्ष्मीबहादुर महर्जन, साहिला महर्जन, बुद्धिकुमार महर्जन, सिद्धिबहादुर महर्जन, चतुरकाजी महर्जन, महेन्द्र महर्जन, चन्द्रबहादुर महर्जन, टिकाचा महर्जन, तुयू महर्जन र हेरामाया महर्जनलाई कसूरदार ठहराएको ल.पु.जि. अ.को इन्साफ उल्टी हुन्छ । यस प्रकार प्रधानपञ्च तीर्थबहादुर अष्टमानका बीच दलीय द्वन्द्व रहेको र एक दलका व्यक्तिले अर्को दलको व्यक्तिलाई टोलमा कुटपिट गर्ने गरेको भन्ने मिसिलबाट देखिन्छ । नोल लुसी कोदालीको विँड इटा ढुङ्गा आदि प्रहार गरी हुल भई टिकाचालाई कुटपिट गरेको देखियो तत्काल औषधी उपचार गर्ने कम्पाउण्डर रामबहादुरको बयानबाट टाउकोमा टिकाचाको काटिएको घाउ खत रहेको देखियो । पोष्र्टमार्टम रिपोर्टबाट टाउकोमा लागेको चोटबाट मृत्यु भएको भन्ने देखिन्छ प्रहार भएको हतियार र प्रहारको चोटबाट पनि मारौं भन्ने नियत थियो थिएन भन्ने हेर्न पर्ने हुन्छ टिकाचाले ज्ञानवीरलाई धक्का दियो भन्ने निउ मात्र थियो, तसर्थ ज्यान सम्बन्धीका १३ अन्तर्गतको अपराध ठहर्छ । अब ककसबाट अपराध भएको हो भनी विचार गर्दा अष्टमान महर्जन १, गुण्डा महर्जन १, ज्ञानवीर महर्जन १, सन्ते भन्ने श्यामकृष्ण महर्जन १, हरिगोविन्द महर्जन १ समेत ५ जनाको हुल भई कुटपिट गरी टिकाचाको ज्यान मारेको ठहर्छ तसर्थ ज्यान सम्बन्धीको १३(३) अन्तर्गत जन्म कैद हुन्छ । सो बाहेक अन्य प्रतिवादीहरू महन्तबहादुर महर्जन १, लक्ष्मीबहादुर महर्जन १, साहिला महर्जन १, बुद्धिकुमार महर्जन १, दशबहादुर महर्जन १, चतुरकाजी महर्जन १, तुयू महर्जन १, हिरामाया महर्जन १ समेतका प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३५।११।२७।१ मा भएको जाहेरी फैसला ।

          ८७. उक्त फैसलामा चित्तबुझेन भन्नेसमेत प्रतिवादीहरू तथा श्री ५ को सरकारको पुनरावेदन ।

          ८८.  मर्ने टिकाचा सँगसँगै भएको भनी चस्मदित देख्ने भनेका तेजरामले अदालतमा गरेको बयान नक्कलीले प्रहरीमा गरेको कागज कम्पाउण्डर रामबहादुरले गरेको बयानमा सफाई पाउने प्रतिवादी महन्तबहादुर महर्जन समेतको हकमा भनिएको कुराहरूको कुनै विश्लेषण र खण्डन नगरी सफाई दिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा छलफल निमित्त आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम निज थुनुवा प्र.महन्तबहादुर महर्जन, लक्ष्मीबहादुर महर्जन, साहिला महर्जन, बुद्धिकुमार महर्जन, सिद्धीबहादुर महर्जन, चतुरकाजी महर्जन, महेन्द्र महर्जन, चन्द्रबहादुर महर्जन र टिकाचा महर्जन समेत जना ९ का नाउँमा नोटिस म्याद पठाई निजहरूका प्रतिनिधि उपस्थित भएपछि वा अवधि पुगेपछि यसै सम्बन्धको फौ.पु.नं. १६१, १६२, १६३ र १८४ का पुनरावेदन समेत साथै राखी पेश गर्नु भन्ने ०३६।६।३।४ को डिभिजन बेञ्चको आदेश ।

          ८९.  पुनरावेदक प्रतिवादीहरूतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली, श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र सिन्धुनाथ प्याकुरेल, रामनाथ मैनाली तथा श्री ५ को सरकार तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे समेतले गर्नुभएको बहस सुनियो ।

          ९०.  प्रस्तुत मुद्दामा आज निर्णय सुनाउने तारिख तोकिएकोले इन्साफतर्फ विचार गर्दा यसमा मर्ने टिकाचाको ०३२।६।२७ गतेका दिन पुनरावेदक प्रतिवादी ज्ञानवीरसँग घसिटोलमा झगडा भई निज ज्ञानवीरका सहयोगी गुण्डा महर्जन, अष्टमान महर्जन, हरिगोविन्द महर्जन, सन्ते भन्ने श्यामकृष्ण समेत भई झगडामा लाठी प्रहार भई सो लाठीको प्रहारबाट मर्ने टिकाचाको टाउको र मर्मस्थल कानको जरबुटा समेतमा सांघातिक चोट पुग्न गई सो कुटाईको वेदनाले घटनास्थलमा लडी रहेको खबर पाई जाहेरवाला श्याम महर्जन गई उठाई गाउँकै रामबहादुरको औषधी पसलमा लगी उपचार गराई त्यसपछि वीर अस्पतालमा उपचार गराउन ल्याई अस्पतालमा भर्ना भइरहेकोमा २०३२।६।३१ मा अस्पतालमै टिकाचाको मृत्यु भएको भन्ने मिसिलबाट देखिन आउँछ । लास पोष्टपार्टमबाट टाउकाको चोटबाट निज टिकाचाको मृत्यु भएको भन्ने मुत्युु हुनाको कारण उल्लेख भएको देखिन आएको र लास प्राकृतिक मुचुल्काबाट मर्ने टिकाचाको टाउको बायाँ तालुनेर ३ इन्च लम्बा, टाउको दायाँ पट्टि ३ इन्च लम्बा १ इन्च चौडा, दायाँ कान जरबुटा नेर ४ इन्च लम्बा सुन्निएको घाउ समेत भए परेको भन्ने देखिन आएको र प्रत्यक्षदर्शी तेजराम कन्याथकुको बकपत्रबाट समेत पुनरावेदक प्रतिवादी ज्ञानवीर, गुण्डा महर्जन, अष्टमान, हरिगोविन्द, सन्ते भन्ने श्यामकृष्णले मर्ने टिकाचालाई समाती लछारपछार, गरी कुटपिट गरेको देखिन आएको हुँदा निजै प्रतिवादी ज्ञानवीर, गुण्डा महर्जन, अष्टमान, हरिगोविन्द र सन्ते भन्ने श्यामकृष्णकै सांघातिक प्रहारबाट टिकाचालाई चोट पुग्न गई सोही चोटले मरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ प्रतिवादी महन्त महर्जन, लक्ष्मीबहादुर, साहिला, बुद्धिकुमार, सिद्धिबहादुर, चतुरकाजी, महेन्द्र, चन्द्रबहादुर, टिकाचा र प्रतिवादी तुयू महर्जन, हिरामायाको हकमा निजहरू घटनास्थलमा रहेको र मर्ने टिकाचालाई कुटपिट गर्ने गराउने सरिक रहेको भन्ने आरोपको तथ्य सबूदबाट समर्थित हुन नआएकोले श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिदैंन, उक्त प्रतिवादीहरूलाई सफाई दिने ठहराएको इन्साफ पनि मध्यमाञ्चल क्षेत्रीय अदालतको मनासिव ठहर्छ । कसूर गर्ने ठहर भएका प्रतिवादी ज्ञानवीर, गुण्डा महर्जन, हरिगोविन्द र सन्ते भन्ने श्यामकृष्ण, अष्टमान ५ जनाका हकमा वारदातको अवस्थाबाट टिकाचालाई मार्ने नै मनसाय लिई पूर्वयोजना अनुसार तत्कालै उठेको रिसले वारदात भए गरेको देखिन आएको र कुटपिट हुँदा कडा चोट पर्न गई टिकाचाको मृत्यु भएको देखिन आउने भएबाट ज्यान सम्बन्धी महलका १४ नं. बमोजिम कैद वर्ष १० का दरले सजाय हुने ठहर्छ हुन्छ । तपसील बमोजिम गर्नु।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम देहायका प्रतिवादीहरूलाई कैद वर्ष १० दश हुने ठहरेकोले ल.पु.जि. अ.को २०३४।६।१२ को र म.क्षे.अ.को ०३५।११।२७ को फैसलाले गर्ने गरेको जन्म कैदको लगत कट्टा गरी कैद वर्ष १० दशको लगत कायम राख्नु भनी ल.पु.जि. अ.मा पूर्जि गर्न का.जि. अ.त.मा लगत दिनु ......................१

प्रतिवादी ज्ञानवीर महर्जन १, प्रतिवादी गुण्डा महर्जन १, प्रतिवादी हरिगोविन्द महर्जन १, प्रतिवादी सन्ते भन्ने श्यामकृष्ण महर्जन १, प्रतिवादी अष्टमान महर्जन १

देहायका प्रतिवादीहरूलाई सफाई दिने जाहेर गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहरेकोले शुरू ल.पु.जि. अ.को फैसलाले गर्ने गरेको जन्म कैदको लगत कायम राख्नु पर्दैन सो लगत कट्टा गरी दिनु भनी ल.पु.जि. अ.मा पूर्जि गर्न का.जि. अ.त.मा लगत दिनु .......................२

प्रतिवादी महन्त महर्जन १, प्रतिवादी लक्ष्मीबहादुर महर्जन १, प्रतिवादी साहिला महर्जन १, प्रतिवादी बुद्धिकुमार महर्जन १, प्रतिवादी सिद्धिबहादुर महर्जन १, प्रतिवादी चतुरकाजी महर्जन १, प्रतिवादी महेन्द्र महर्जन १, प्रतिवादी चन्द्रबहादुर महर्जन १, प्रतिवादी टिकाचा महर्जन १

देहायका प्रतिवादीहरूलाई सफाई दिई जाहेर गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहरेकोले शुरू ल.पु.जि. अ.को फैसलाले गर्ने गरेको कैद वर्ष १० दशको लगत कायम राख्नु पर्दैन सो लगत कट्टा गरी दिनु भनी दिनु भनी ल.पु.जि. अ.मा पूर्जि गर्न का.जि. अ.त.मा लगत दिनु.....................३

प्रतिवादी तुयू महर्जन १, प्रतिवादी हिरामाया महर्जन १

देहायका प्र.हरूले निम्नमितिमा राखेको धरौट रू.फिर्ता दिनु भनी ल.पु.जि. अ.मा पूर्जि गर्न का.जि. अ.त.मा लगत दिनु.......४

          प्रतिवादी आनन्द भन्ने गुण्डा महर्जन            ०३२।१०।१४२०००।

          दशबहादुर महर्जन                          ०३२।१०।१५२०००।

          राज महर्जन                                    ०३२।१०।१४२०००।

          मुस्य भन्ने गोविन्द महर्जन                       ०३२।१२।१९२०००।

          महन्तको बाबु बुद्धि महर्जन                       ०३२।१०।१२२०००।

          राम भन्ने ग्वारा महर्जन                     ०३२।१०।१२२०००।

          तुयू महर्जन                                    ०३४।१।१६२०००।

          हिरामाया महर्जन                           ०३४।१।१६२०००।

नियमानुसार गरी मिसिल बुझाई दिनु .........................५

 

म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३६ साल माघ १६ रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु