शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६६७ - गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक:

ने.का.प. २०६८,           अङ्क ८

निर्णय नं. ८६६७

 

सर्वोच्च अदालत संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

फौ.पु.नं. ०६४CR०५८३

फैसला मितिः २०६८।७।२५।६

मुद्दा : गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको 

पुनरावेदक वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत चेतनाथ           घिमिरेको प्रतिवेदनले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं.४ धुम्बाराही बस्ने       पूर्व      प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल समेत

 

शुरु फैसला गर्नेः

मा.न्या.अध्यक्ष श्री भूपध्वज अधिकारी

मा.न्या.सदस्य श्री कोमलनाथ शर्मा

मा.न्या.सदस्य श्री चोलेन्द्र शम्शेर ज.ब.रा.

 

§  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अन्तर्गत अनुमानित कसूरमा कुनै राष्ट्रसेवकउपर अभियोग लगाउँदा सो दफा १५ सँगै दफा ३ को मागदावी लिइनु आवश्यक हुन आउँछ । किनकी सो ऐनको दफा ३ अन्तर्गतको कसूरको अभियोग दावीसँग दफा १५ अन्तर्गतको कसूरको अभियोग दावीलाई अन्योन्याश्रित र अन्तर्सम्बन्धित नमान्ने हो भने दफा १५ अन्तर्गतको कसूरमा दण्ड सजाय नहुने अवस्था हुन जान्छ । जो कानूनले कल्पना गरेकै होइन । अतः दफा १५ मा अनुमानित कसूरका सम्बन्धमा भएको व्यवस्था आफैँमा स्वतः क्रियान्वित हुने निरपेक्ष व्यवस्था नहुँदा सो अन्तर्गतको कसूरमा सजायको मागदावी लिंदा भ्रष्टाचार निवारण ऐन, २०१७ को अन्य दफा त्यसमा पनि दफा ३ अन्तर्गतको अभियोग दावी स्वतः लिएको अवस्था हुनुपर्ने 

(प्रकरण नं.३)

§  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ को कसूरमा सोही दफाहरू समेतको सजाय माग गरी दायर गरिएको अभियोगपत्रलाई इन्कार गरी प्रथमतः अन्य दफाअन्तर्गतको कसूर र सजायको समेत छुट्टै अभियोग लागेको अवस्था हुनुपर्ने, अनि मात्र दफा १५ अन्तर्गतको कसूर कायम गरी माग दावी लिएको हुनुपर्छ भनी अर्थ गर्दा उल्लिखित कानूनी व्यवस्था र मिसिलको वस्तु तथ्य समेतको विपरीत हुनुका साथै कानूनलाई सार्थकता नदिने, कसूरलाई वेकसूर कायम गर्ने गरी कानूनको व्याख्या र प्रयोग हुन जान्छ , जो न्यायको रोहमा बाञ्छनीय नहुने 

(प्रकरण नं.५)

§  कुनै एउटा विषयको उजूरीउपर छानबीन हुँदा त्यसमा थप कारवाही अगाडि बढाई रहनु नपर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको निर्णयले सो आयोगलाई प्रतिवादीको वारेमा भविष्यमा कुनै छानबीन गर्न नै विवन्धित गर्ने भन्ने हुँदैन । कुनै एउटा खास घटना वा कामको विषयमा कसैको कुनै उजूरी परी कुनै व्यक्ति उपर छानबीन हुँदा मुद्दा चलाउन वा कारवाही गर्नुपर्ने अवस्था नदेखिई त्यस्तो उजूरी तामेलीमा राख्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एकपटक निर्णय भएको आधारमा मात्रै भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कुनै कसूरमा त्यस्तो व्यक्तिउपर थप अनुसन्धान गर्न र अभियोग लगाउन बाधा नपर्ने 

(प्रकरण नं.७)

§  कुनै ऐनलाई खारेज गर्ने गरी पछि लागू भएको कुनै अर्को ऐन क्रियाशील रहेको भए पनि त्यस्तो ऐनले खारेज गरेको अघिल्लो ऐन लागू रहेका बखत भए गरेको कुनै कामकारवाहीका हकमा तहकीकात र कानूनी कारवाही गरी दण्ड सजाय गर्न पछिल्लो ऐनको व्यवस्थाले बाधा नपुर्‍याउने र त्यस्तो काम कुराको हकमा पहिलेको ऐनबमोजिम नै कारवाही गर्न मिल्ने 

(प्रकरण नं.१०)

§  विषय विषयको लागि छुट्टै कानून बनिरहेको अवस्थामा जुन विषयलाई जुन कानूनले नियमित र व्यवस्थित गर्ने हो, त्यो विषयमा सोही विशेष कानूनको प्रावधान आकर्षित हुन्छ । विषय विषयमा बनेको कानूनमा कुनै व्यवस्था रहेनछ भने त्यस स्थितिमा मात्र अर्को सामान्य कानूनको सान्दर्भिक व्यवस्थालाई अनुशरण गर्नु कानूनसम्मत् र उचित हुन्छ । तर, विशेष प्रकृतिको विषयमा छुट्टै कानूनी व्यवस्था भइरहेको वा त्यस्तो विशेष कानूनको व्यवस्था र अर्को कुनै कानूनको व्यवस्थामा विरोधाभाष देखिएको स्थितिमा पनि खास विषयका लागि बनेको विशेष कानूनको प्रावधान नै बाध्यात्मक रुपमा अनुशरण गर्नुपर्ने हुन्छ । अन्यथा विषय विषयमा छुट्टै कानून निर्माण गर्नुपर्ने औचित्य र आवश्यकता नै नरहने हुन्छ । त्यसैले अदालतले आफूसमक्ष विचाराधीन विवाद निरोपण गर्दा यो सर्वमान्य न्यायिक मान्यताबाट विचलित हुनु बाञ्छनीय नहुने 

(प्रकरण नं.१४)

§  भ्रष्टाचार निवारण ऐन, २०१७ भ्रष्टाचारको कसूर, त्यसबापत हुने दण्ड सजाय र त्यस्तो कसूरमा मुद्दा दायर गर्ने हदम्यादलगायतको कानूनी प्रबन्ध गर्न बनेको विशेष प्रकृतिको र आधारभूत कानूनी प्रावधानसहितको (Self Contained) ऐनको रुपमा विद्यमान हुँदाहुँदै भ्रष्टाचारको कसूरमा दण्ड सजाय र हदम्याद समेत निर्धारण गर्ने सो विशेष ऐनको व्यवस्थालाई अनुशरण नगरी दण्ड सजायको हकमा मात्रै सो ऐनको प्रावधान आकर्षित हुने तर हदम्यादको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को व्यवस्था आकर्षित हुने भन्ने अर्थ गर्दा कानूनको व्याख्या र प्रयोग गलत र निरर्थक हुनुको साथै भ्रष्टाचार निवारण ऐन, २०१७ को उद्देश्यमा नै प्रतिकूल असर पर्नजाने 

(प्रकरण नं.१६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेशकुमार थापा

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री सुशीलकुमार पन्त एवं विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल

अवलम्बित नजीरः

            नेकाप २०६६ नि.नं. ८२०० पृ. १२३५

सम्बद्ध कानूनः

§  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा दफा ३, , १०, १५ र २४क

§  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) र (२)

फैसला

            प्र.न्या.खिलराज रेग्मीः विशेष अदालत, काठमाडौंको फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ अनुसार वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार रहेको छः

            प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले आफ्नो पदीय दायित्वको दुरुपयोग गरी विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूलाई प्रभावमा पारी काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पताल पछाडिको ६ रोपनी सरकारी जग्गा आफन्तहरूका नाममा दर्ता गरी भ्रष्टाचार गरेको भनी द.नं. ११०७३ मिति २०५९।२।१२ र द.नं.११०६४ मिति २०६०।२।१६ मा आयोगमा पर्न आएका उजूरीहरू तथा पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको कुल स्वआर्जित सम्पत्तिमध्ये ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको रु.१० लाखको शेयर रकम समेत जम्मा रु.५०,५१,३०३।६० बरावरको सम्पत्तिको आयस्रोत पुष्टि हुन आएको देखिएन भन्ने समेत व्यहोराको सम्पत्ति न्यायिक जाँचवुझ आयोगको प्रतिवेदन 

            अच्यूतकृष्ण खरेलले प्रहरी सँगठनअन्तर्गतको सार्वजनिक पदमा जम्मा अवधि ३० वर्ष ५ महीना २२ दिन कार्यरत रहेको देखिएको 

अच्यूतकृष्ण खरेलले आफ्ना बहिनी नीला उप्रेती, भाउजू पद्मा खरेल र भतिजो बिनोद खरेलको नाममा का.म.न.पा. ३ टिचिङ् हस्पिटल पछाडिपट्टि करिव ६(छ) रोपनी पर्ती जग्गा नेपाल सरकारको नामबाट आफ्ना बहिनी, भाउजू र भतिजोको नाममा दर्ता गरेर २०५९।१।१९ र ०६०।१।२२ मा विक्री गरी अप्रत्यक्ष लाभ लिएको भन्ने मिति २०६०।२।१६ मा विनोद के.सी. तथा २०५९।२।१२ मा दीपक थापाले गरेको उजूरी सम्बन्धमा हेर्दा का.जि. का.म.न.पा. वडा नं. २२घ कि.नं. ८७ को क्षेत्रफल १० को जग्गाधनी गंगादेवी, लोकबहादुर, सूर्य कमल र कि.नं.८६को क्षेत्रफल ३० को जग्गाधनी गंगादेवी र दुबै कि.नं.को मोही पञ्चनारायण मानन्धर देखिएको 

जग्गाधनीबाट उक्त जग्गाहरू मध्येको कि.नं. ८६ को जग्गा सीता शर्मा र पद्मा खरेलले, कि.नं ८७ को जग्गा नीला उप्रेतीले र कि.नं. ४४९ को जग्गा बिनोद खरेलले मिति २०४९।५।८ मा खरीद गरेको देखिएको 

यसरी सरकारी पर्ती जग्गा दर्ता गरी गराई खाएको भन्ने उजूरीबमोजिम जग्गा दर्ता गराएको नभई साविक नापीकै अवस्थामा आवादी जनिएर विभिन्न व्यक्तिका नाममा फिल्डबुक तयार भई छुट्टाछुट्टै कित्तामा मोही समेत कायम रही छुटै व्यक्तिका नाममा दर्ता कायम रहेको जग्गा खरीद बिक्री भएको देखिएकोले उजूरी सम्बन्धमा केही कारवाही गरी रहनु पर्ने देखिएन 

सार्वजनिक पद धारण गरेपछि आर्जन गरेका चल अचल सम्पत्तिको विवरण :

(क)   घर जग्गा :

सम्पत्ति धनीको नामः आयूष खरेल

१.     का.जि., का.म.न.पा. वडा नं. २३त कि.नं. २५४ को क्षेत्रफल ०१४० रोपनी जग्गा अच्यूतकृष्ण खरेलको नाममा खरीद गरेको मध्ये कित्ताकाट भई कि.नं. ४३८ र ४३९ कायम हुन आएकोमा ४३८ को क्षेत्रफल ०२ रोपनी जग्गा राम खरेललाई मिति २०५३।५।५ मा विक्री गरी कि.नं.४३९ को क्षेत्रफल ०११२ बाँकी रहेकोमा २०५७।९।२० मा अंशबण्डाको लिखत पासगरी निजका एकमात्र छोरा आयूष खरेलका नाममा हाल कायम रहेको (खरीद निर्मित मिति २०४१।१२।२५) रु.२२,७५,०००।

२.    का.जि., जोरपाटी गा.वि.स वडा नं. ५ख को कि.नं. २३४ को क्षेत्रफल १० रोपनी जग्गा मीना खरेलका नाममा खरीद गरी २०५७।९।२० मा अंशबण्डाको लिखत पासगरी निजका छोरा आयूष खरेलका नाममा हाल कायम रहेको (मिति २०५०।६।८ मा खरीद निर्मित)                    रु. ११,१७,१८७।५०

 

३.    काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २३(त) को साविक कि.नं. ४३५ हाल कायम कि.नं. ४७४ को क्षेत्रफल ०० रो. जग्गा (मिति २०५३।५।५ मा खरीद) १२,००,०००।

४.    ऐ.ऐ. कि.नं. ४३१ को क्षेत्रफल ०० रोपनी जग्गा अच्यूतकृष्ण खरेलको नाममा खरीद भई २०५७।९।२० मा अंशबण्डाको लिखत पास गरी निजका छोरा आयूष खरेलका नाममा हाल कायम रहेको मूल्य (मिति २०५३।५।५ मा खरीद)           रु. ३,५०,०००।

५.    काभ्रेपलाञ्चोक जिल्ला साठीघर गा.वि.स वडा.नं. १ को कित्ता नं. ४२ को क्षेत्रफल २० रोपनी जग्गा मिति २०५४।२।५ मा खरीद) हालको मूल्य रु. २,०७,३७५।

६.    काभ्रेपलाञ्चोक जिल्ला साठीघर गा.वि.स वडा.नं. १ को कित्ता नं. २९६ को क्षेत्रफल २१३१ रोपनी जग्गा (मिति २०५४।८।२९ मा ) खरीद हालको मूल्य     रु. १९,९३३।५९

७.    का.जि. जोरपाटी गा.वि.स. ५ख को कि.नं. २७७ क्षेत्रफल ०३.५ रोपनी जग्गा (मिति २०५४।१०।९ मा) खरीद हालको मूल्य     रु.१,८६,९१४।०६

८.    का.जि. जोरपाटी गा.वि.स. ५ख को कि.नं. २७६ क्षेत्रफल ०३.५ रोपनी जग्गा (मिति २०५४।११।१० मा) खरीद हालको मूल्य     रु.१,८६,९१४।०६

९.    चितवन जिल्ला, नारायणगढ ५क को कि.नं. ४६३ को क्षेत्रफल ०४ विगाह जग्गा मीना खरेलका नाममा खरीद गरी २०५७।९।२० मा अंशबण्डाको लिखत पास गरी निजका छोरा आयूष खरेलका नाममा रहेको जग्गा (मिति २०५५।८।१५ मा) खरीद हालको मूल्य रु. २,५२,०००।

१०.    चितवन जिल्ला नारायणगढ ५क को कि.नं. ४९३,४९६ र ४९९ को क्षेत्रफल क्रमशः ०५.२५, ५ र ०१७ विगाह जग्गा २०५७।९।२० मा अंशबण्डाको लिखत पासगरी निजका छोरा आयूष खरेलका नाममा रहेको (मिति २०५६।९।१९ मा) खरीद जग्गा क्रमशः हालको मूल्य रु.१५,७५०।–, १५,०००।र ५१,०००।गरी जम्मा रु.८१,७५०।

११.    चितवन जिल्ला नारायणगढ ५क को कि.नं. ५१३ को क्षेत्रफल ०७.५ विगाह जग्गा २०५७।९।२० मा अंशबण्डाको लिखत पासगरी निजका छोरा आयूष खरेलका नाममा रहेको जग्गा हालको मूल्य   रु. ३,२२,५००।

१२.   काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं. ५(ख) स्थित कि.नं. ३५० को जग्गा बिक्री गरी प्राप्त गरेको रकम रु. ८,२५,०००।

१३.   काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं. ५(ख) स्थित कि.नं. ३४८ को जग्गा बिक्री गरी लिएको रकम       रु. ६,२७,३४३।७४

१४.   काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं. ५(ख) स्थित कि.नं. २७८ को जग्गा बिक्री गरी लिएको रकम रु. १३,१०,५४६।८७

सम्पत्ति धनीको नामः मीना खरेल

१.     जिल्ला काभ्रेपलाञ्चोक पलाञ्चोक गा.वि.स वडा नं. ४ को कि.नं. ४५६ को क्षेत्रफल ६२ रोपनी जग्गा मिति २०५१।४।१७ मा खरीद निर्मित) रु. ५,०७,२८१।२५

२.    जि.का.म.न.पा. वार्ड नं. २३त को कि.नं. २०१ को क्षेत्रफल ०० रोपनी जग्गा मिति २०५२।१।४ मा खरीद निर्मित ३,७५,०००।

३.    (क) काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २३(त) को साविक कि.नं. ४३५ कि. का. भई कायम कि.नं. ४७५ को क्षेत्रफल ०० रो. जग्गा (मिति २०५३।५।५ मा खरीद निर्मित) रु. ४,५०,०००।

(ख) ऐ.ऐ. जग्गामा २०५३ सालमा कभर्ड एरिया ४६४७.४० वर्गफीटको रु.३३,८०,१७०।२० रकमको लागतमा (२०५३ मा) निर्मित घरको हालको मूल्य    रु.४०,६२,७५७।१०

(ग)   ऐ.ऐ. घरमा मूल्याङ्कन प्रतिवेदनबमोजिम फर्निचर उपकरणहरू (२०५३ मा खरीद) को मूल्य  रु.५,८६,८६२।

४.    (क)   चितवन जिल्ला नारायणगढ ५क को कि.नं. १४ र ३७६ क्षेत्रफल क्रमशः ०१२.२५ र ०९.७५ गरी जम्मा क्षेत्रफल ०१२० विगाह जग्गा खरीद चितवन जिल्ला नारायणगढ स्थित ५क को कि.नं. ३७६ को क्षेत्रफल ०९.७५ को जग्गा (मिति २०५३।१।७ मा खरीद) को क्रमशः मूल्य रु. २,१६,७५०।र ५,०९२५०।गरी जम्मा रु. ७,२६,०००।

(ख)   ऐ.ऐ. जग्गामा १८८३.७० वर्गफीटमा २०५५ मा रु.११,६७,६५८।५३ को लागतमा निर्मित घरको हालको मूल्य रु. १४,०२,८८५।२७

(ग)   ऐ.ऐ. घरमा रहेका फर्निचर र फर्निसिँगको मूल्याङ्कन प्रतिवेदनअनुसार हालको मूल्य   रु.१,२४,७००।९४

 

सम्पत्ति धनीको नामः मीना खरेल र आयूष खरेल

१.     जि.का.म.न.पा. वार्ड नं. २३त को साविक कि.नं. ४३६ को क्षेत्रफल ०० जग्गा कित्ताकाट भई कि.नं. ४७६ र ४७७ कायम भए भई आधा/आधा जग्गा मीना खरेल र निजका छोरा आयूष खरेलका नाममा हाल कायम रहेको मिति २०५३।५।५ मा खरीद निर्मित) रु. ११,००,०००।

जम्मा १,८२,९७,९५१।३९

(ख) बैंक/वित्तीय संस्थामा रहेको मौज्दात ः

खातावालाको नामः अच्यूतकृष्ण खरेल

१.     नेपाल बैंक लिमिटेड, डिल्लीबजार, बचत ०४५३१५० मा मिति ०६०।२।२८ मौज्दात रु.१६,३२९।

२.    प्रिमियर फाइनान्स मुद्दती खाता नं. ३०४१७ मा मिति २०६०।२।१ सम्मको मौज्दात

            रु. १५,००,०००।

३.    प्रिमियर फाइनान्समा मुद्दती खाताको ब्याज जम्मा हुने खातामा रहेको मिति २०६०।२।१ सम्मको मौज्दात रु. १,१८,५९७।६१

४.    नेपाल बैंक लिमिटेड बनेपा बचत खाता नं. ३८९८ मा मिति २०६०।२।१ सम्मको मौज्दात

      रु. ५,३४३।८४

६.    नबिल बैंक लि. बचत खाता (वन्द गरेको डलर खाता)

७.    नेपाल बैंक लिमिटेड डिल्लीबजार, मुद्दती खाता नं. ६२/८६६ मा हाल रहेको

रु. १,५४,७००।

 

खातावालाको नामः मीना खरेल

८.    नेपाल बैंक लिमिटेड डिल्लीबजार बचत ०६६८७५० मा रहेको रु.३,६१९।९६

१.     युनियन फाइनान्स मुद्दती खाता नं. ०१७८३१६०२ मिति २०६०।१।२२ मा बन्द     भएको

२.    नबिल बैंक लि. ०११००१३६०८८०१ (मिति ०६०।३।२१२ सम्म) रु. १,०८,४३९।५२

३.    नबिल बैंक लि.बचत नं. ०२१०२१५६०९३०१ वन्द गरेको डलर खाता

 

आयूष खरेल

१.     नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखा बचत ०८०७१५० (मिति ०६०।३।३२ सम्म) रु.   ,६२८।७०

२.    नेबिल बैंक लि. बचत नं. ०२१०२१५६०७००१ डलर खाता रु. ७८,२१०।

३.    नविल बैंक लि.०११००१३६०८७०१ (०६०।३।१२ सम्म) रु. १८,०२०।३२

 

चाँदनी खरेल

१.     नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखा बचत ५५००८६३९१ (मिति ०५९।२।३० सम्म) ३७४७।३७

२.    नबिल बैंक ०२१००१५६१६००१ (२०६०।२।२७ सम्म) रु. १,४३,५२१।५५

३.    युनियन फाइनान्स, मुद्दती खाता नं. १७८२१६०२ (मिति २०६०।१।२२ मा बन्द भएको)

४.    नबिल बैंक लि. मुद्दती ०२०४९६ मा रहेको ५०,०००।

५.    स्ट्याण्डर्ड चार्टर्ड बैंक लि., वचत खाता नं. १८०२४४३८४०१ (मिति २०६०।४।९ सम्म)     मौज्दात रु. ४३,३९१।८२

जम्मा रु.२२,४७,५४९।६९

(ग)   शेयर खरीद सम्बन्धी विवरण :

शेयरधनीको नामः अच्यूतकृष्ण खरेल

१.     २०५६ सालमा युनियन फाइनान्सको ५० प्रति कित्ता शेयर १००। ले खरीद मूल्य रु.५,०००।

२.    २०४२ सालमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५० प्रति कित्ता शेयर १००। ले खरीद मूल्य                 रु.५,०००।

३.    मिति २०५९।२।२६ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि. को १०० प्रति कित्ता शेयर ७८०। ले   खरीद मूल्य रु.७८,०००।

४.    २०५७/५८ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ४८ प्रति कित्ता शेयर १००। ले खरीद मूल्य       रु.४,८००।– (हकप्रद)

५.    २०५६ सालमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १७९ प्रति कित्ता शेयर १००। ले खरीद मूल्य      रु.१७,९००।– (वोनस शेयर)

६.    मिति २०५९।२।२७ मा नबिल बैंक लि.को १०२ प्रति कित्ता शेयर रु.७४०। ले खरीद मूल्य

            रु. ७५,४८०।

७.    मिति २०५९।६।१८ मा बैंक अफ काठमाडौँको ४०० प्रति कित्ता शेयर २७४। ले खरीद मूल्य

            रु. १,०९,६००।

शेयरधनीको नामः मीना खरेल

१.     २०५६ सालमा युनियन फाइनान्सको ५० प्रति कित्ता शेयर १००। ले खरीद मूल्य        रु.५,०००।

२.    २०५०।१२।२५ नेपाल लिभर लि. को ३० प्रति कित्ता शेयर १००। ले खरीद मूल्य        रु.३,०००।

३.    २०५६।१०।२६ मा एन.आई.सी. बैंक २५० प्रति कित्ता शेयर १००। ले खरीद मूल्य रु.२५,०००।

४.    २०५२ सालमा ५० प्रति कित्ता शेयर १००। ले खरीद गरेको मूल्य रु.५,०००।

५.    २०५७/०५८ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.४८ प्रति कित्ता शेयर १००। ले खरीद मूल्य   रु.४,८००। (हकप्रद)

६.    २०५९।२।२६ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि. को १४९ प्रति कित्ता शेयर १००। ले खरीद   मूल्य रु.१४,९००।–(वोदस)

७.    २०५० मा नेपाल एस.बी.आई.बैंकको ३० प्रति शेयर १००। ले खरीद मूल्य रु. ३,०००।

८.    २०५० फागुनमा नेपाल एस.बी.आई.बैंकको ७२ प्रति शेयर १००। ले खरीद मूल्य रु.७२,००।

(हकप्रद)

९.    एस.बी.आई.बैंकको ६ प्रति शेयर १००। ले खरीद मूल्य रु.६,००।

शेयरधनीको नामः चाँदनी खरेल

१.     २०५६ सालमा युनियन फाइनान्सको ५० प्रति कित्ता शेयर १००।- ले खरीद गरेको मूल्य रु.५,०००।

२.    २०५० सालमा एन.आई.डी.सी. क्यापिटल मार्केटको १००० प्रति कित्ता शेयर १०। ले खरीद       मूल्य रु.१०,०००।

३.    २०५६ सालमा नेपाल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. को ७० प्रति कित्ता शेयर ५०।       ले खरीद मूल्य रु.३,५००।

४.    २०५० सालमा नेकोन एयर लि.को २६ प्रति कित्ता शेयर १००।- ले खरीद मूल्य रु.२,६००।      (६ कित्ता वोनस)

५.    २०५० फागुनमा नेपाल एस.बी.आई.बैंकको ३० प्रति कित्ता शेयर १००।- ले खरीद गरेको   मूल्य रु.३,०००।

६.    २०५० फागुनमा नेपाल एस.बी.आई.बैंकको ७२ प्रति कित्ता शेयर १००।- ले खरीद गरेको मूल्य रु.७,२००।– (हकप्रद)

७.    नेपाल एस.बी.आई.बैंकको ६ प्रति कित्ता शेयर १००।- ले खरीद गरेको मूल्य रु.६००।    (वोनस)

शेयरधनीको नामः आयूष खरेल

१.     २०५७।४।१० मा बैंक अफ काठमाडौँको १००० प्रति कित्ता शेयर ९५०।ले खरीद मूल्य    रु.९,५०,०००।

२.    २०५९।३।१३ मा बैंक अफ काठमाडौँको ३०० प्रति कित्ता शेयर ३७६।ले खरीद मूल्य     रु.१,१२,८००।

३.    २०५६।८।३ मा ओम नर्सिङ्ग होमको १०,००० प्रति कित्ता शेयर १००।ले खरीद मूल्य    रु.१०,००,०००।

४.    २०५५।१०।१७ मा नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स को. लि. को १०० प्रति कित्ता शेरि १,०००।- ले खरी मूल्य रु. १,००,०००।

जम्मा रु. २५,६१,९८०।

(घ)   राष्ट्रिय वचतपत्र बिक्री गरी प्राप्त रकम : अच्यूतकृष्ण खरेलले निज स्वयं र निजकी पत्नी मीना खरेलका नाममा देहायबमोजिम राष्ट्रिय वचतपत्र खरीद गरी ती वचतपत्र बिक्री गरेबाट प्राप्त रकम लुकाए छिपाएको देखिन्छ 

§  मीना खरेलले मिति २०५७।१०।६ मा राष्ट्रिय वचतपत्र २०६२ (घ), ००१७०६, रु.८,००,०००।खरीद गरी मिति २०५८।१२।३० मा बिक्री गरेको

(ङ) छोरालाई दिएको नगदको विवरण :

§  मिति २०५७।९।२० मा एक मात्र छोरा आयूष खरेललाई अंशबण्डा गर्दा दिएको रकम (स.ज.नं. १५ अनुसार) नगद रु.१२,००,०००। (वयान तथा व्यक्तिगत विवरण अनुसार)

(च) सवारी साधन खरीद सम्बन्धी विवरण :

§  मिति २०५४।३।६ मा भन्सार सुविधामा बा.३ च २७९३ नं. को निशान कार अच्यूतकृष्ण खरेलको नाममा खरीद गरेको रकम रु. ५,८३,१५१।

कूल सम्पत्ति (आरोपपत्रको तालिका नं. १३, १४, १५, १६, १७ र १८ अनुसार) रु.२,५६,९०,६३२।०८ केही उल्लेख्य खर्चहरूको विवरण :

§  १९९७२००३ सम्म आयूष खरेललाई निजी खर्चमा भारतको मणिपाल कलेजमा चिकित्सा विषय अध्ययन गराउँदाको खर्च ११,२०,०००।– (स.ज.नं. ५ र १०५ बमोजिम)

§  मिति २०५९।८।१३ मा छोरी चाँदनी खरेलको शुभविवाहमा गरेको खर्च रु.४,००,०००।– (स.ज. नं. ७ बमोजिम)

जम्मा १५,२०,०००।

 

हाल म का.म.न.पा. वडा नं.४ धुम्वाराहीमा बस्दछु । मेरा परिवारका सदस्यहरूमा छोरा हाल भारतमा बस्दछन् । छोरीको विवाह भैसकेको छ । छोराछोरीहरूलाई स्कूलस्तरको पढाई साना कक्षामा छोरा वृहस्पति स्कूल, छोरी सेन्ट मेरिजमा र पछि काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा रहेको केन्द्रीय विद्यालयमा भएको हो । चिकित्सकको पढाई छोरीको दिल्लीस्थित लेडिज हार्डिजमा कल्चरल सिटमा अध्ययन गरेकी हुन् । प्रति महिना अधिकतममा रु.१ हजार लाग्दथ्यो । छोरोको हकमा BDS पढाईका लागि प्रतिवर्ष भा.रु. १ लाख जति दिने गरेको हुँ । छोराछोरीको पढाई खर्च मैले व्यहोरेको हो । खर्च कुन स्रोतवाट भयो र कति भयो भन्न सक्ने अवस्था भएन 

छोरीको विवाह २०५९ साल मंसिर १३ गते भएको हो । उक्त विवाहमा चल सम्पत्तिको हकमा मेरो पैतृक सम्पत्तिवाट प्राप्त २० तोला सुन र चाँदीको हकमा पैतृक सम्पत्तिवाट प्राप्त ५०० तोलामध्ये २५० तोला खर्च भएको हो । भोजमा र अन्य खर्च समेत गरी ४ लाख खर्च भएको हो 

काठमाडौँ महानगरपालिका वडा नं.१० हाल वडा नं.३४ को कि.नं.५७९ को क्षेत्रफल ०३ रोपनी जग्गा मूल्य रु.७,०००।मा खरीद गरेको हुँ । ०३ रोपनी जग्गामध्ये ०० जग्गा मेरो पैतृक सम्पत्ति अंशवाट प्राप्त भएको धोवीधाराको डि.पी.सी. सहितको घरजग्गा दाजु राम खरेलसँग भाउजू पदमा खरेलको नामवाट सटृा पटृा गरेर लिएको कागजात यस आयोगमा पेश गरेको छु । कि.नं.४३१ क्षे.फ.०० वाटो प्रयोजनको लागि दाई राम खरेलबाट लिएको हुँ । कि.नं.२५४ को १४ आना जग्गा मिति ०४१।११।२५ मा म अच्यूतकृष्ण खरेलको नाममा मूल्य ४४,०००।मा बकसपत्रको लिखतवाट खरीद गरेको भएपनि सोमध्ये २ आना २ पैसा जग्गाको मूल्य दाजु रामकृष्ण खरेलबाट प्राप्त गरी ११ आना २ पैसा जग्गाको मूल्य रु.३६,१५६।मात्र मैले व्यहोरेको हुँ 

का.म.न.पा. वडा नं.१० हाल ३४ कि.नं.२५९ मा २०४२ सालमा घर निर्माण भएको हो । स्रोतको हकमा अंशवाट प्राप्त चल सम्पत्ति धुम्वाराहीको जग्गा विक्री, राशनबापत प्राप्त रकम, भत्ता र कृषि आयमध्येबाट निर्माण गरेको हो । निर्माण लागत व्यक्तिगत विवरणमा उल्लेख गरेको छु । जम्मा रु.५,८३,१५६।८५ मा किनेको निसान सनीकारको स्रोत मैले २०६०।२।१४ को आयोग समक्ष पेश गरेको व्यक्तिगत विवरणमा खुलाएको छु । रु.१२ लाख छोरालाई भिन्न भएको हुँदा दिएको हो । साथमा रहेको रु.४,७५,३५१।४० को सम्बन्धमा सगोल परिवार बाहेक अन्यलाई व्यवहारको सिलसिलामा दिएको रकमवारे उल्लेख गर्ने महल व्यक्तिगत विवरणमा उल्लेख नभएको हुँदा सो महलमा उल्लेखसम्म गरेको हुँ 

सोनी टी.भी. लगायतका विद्युतीय उपकरणहरूको खरीदको स्रोत घरभाडा, कृषि, दै.भ्र.भत्तासमेतको बचत रकम हो । कृषि आयको हकमा मधेशको खेती, वगैंचा, पोखरी समेतको आय गरी २०३३ सालदेखि २०५२ सालसम्म प्रतिवर्ष एकलाख नव्बेहजार रुपैंयाँ र ०५२ सालदेखि हालसम्म प्रति वर्ष एकलाख बीस हजार रुपैयाँ आय हुने गरेको छ । पहाडतर्फ २०५८ सालसम्म प्रतिवर्ष खाद्यान्नसहित औषत रु.७५,०००।हुने गरेकोमा हाल आपैmले गर्न लागेपछि अन्दाजी रु.१,५०,०००।आय हुन थालेको छ । तलव, विभिन्न भत्ता बाहेक आय प्राप्त हुनेमा कृषि आय, घर भाडा, विभिन्न समयमा विक्रीको घर जग्गा भाडा, विभिन्न शेयरको लाभांश, तलव भत्तालगायतका विभिन्न स्रोतहरूवाट सञ्चित रकमको लगानीवाट प्राप्त व्याज, विभिन्न मितिमा भन्सारवाट प्राप्त सुराकी कमिशन, राशनबापत प्राप्त हुने रकम र दैनिक भ्रमण भत्ता स्वदेश र विदेश भ्रमणमा जाँदा आदि हुन् । विदेश भ्रमणमा जापानको तालीम तथा सेमिनारमा प्रतिदिन ६२ डलर प्राप्त गरेको छु । बचत हुन आएको १४०० डलर हो । इन्टरपोलमा भाग लिन र अन्य भ्रमणमा जाँदाको अवस्था स्थान हेरी प्रहरी प्रधान कार्यालयवाट प्राप्त भत्तामा ६० प्रतिशतदेखि ७५ प्रतिशतसम्म बचत हुन्छ । पटकपटक विदेश भ्रमणवाट करिब ५ लाख आर्जन हुनुपर्दछ । त्यसको आर्जनवाट टि.भि. र सवारी साधन खरीदमा खर्च गरेको छु 

२०५६ सालमा ओम नर्सिङ्ग होमको रु.१० लाखको शेयर खरीद गरेको हो । सो शेयर आयूष खरेलको नाममा खरीद गरिएको हो । कर्मचारी र व्यक्ति विशेषले आफ्नो घरायसी आयव्ययको लेखा स्रेस्ता राख्नुपर्ने कुनै वाध्यात्मक कानूनी व्यवस्थानै नभएको हुनाले र व्यवहार पनि नभएको हुनाले सेवा प्रवेश गरेको ३३ वर्ष पछि सो समयदेखिको विवरणहरू माग गर्दा सबै कुराको स्मरण हुन र प्रमाण जुटाउन सम्भव नहुने कुरा समेत अनुरोध गर्दै प्राप्त भएसम्म सबूदहरू लगायत आयस्रोत प्रमाणित गर्ने अन्य प्रमाणहरू फेला परेसम्म र स्मरण भएसम्म पेश गर्नेछु । मैले देखाएको र मेरी पत्नी मीना खरेल, छोरा आयूष खरेलको नाममा रहेको निजहरूको अंशबण्डाबापत पाएको निजहरूको नाममा खरीद गरिएको सम्पूर्ण चल अचल सम्पत्ति विवरण अन्यथा उल्लेख गरिएको अवस्थामा बाहेक मेरो निजी र पैतृक स्रोतवाटै आर्जित सम्पत्ति हुन् । त्यसको आर्जनमा निजहरूको कुनै संलग्नता छैन भन्ने कुरा समेत प्रष्ट पारेको छु 

छोरीको विवाह भोजमा खर्च भएको रु.४ लाखको आयस्रोतमा व्यक्तिगत विवरण फाराममा उल्लेख भएका आयस्रोत र घर जग्गा विक्री समेतवाट प्राप्त रकम हो । अंशबण्डावाट अचल सम्पत्तिको हकमा मैले पेश गरेको अंशबण्डाबाट प्रष्ट हुनेछ । चलको हकमा सुन तोला २०, चाँदी ५०० तोला र नगद करिब २ लाख प्राप्त गरेको हुँ । नर्घौको जग्गाहरू विभिन्न मितिमा विभिन्न मोलमा बिक्री गरेको हुँ । सवैको मिति स्मरण भएन । मूल्यको हकमा प्रति विगाहा रु.२ लाखदेखि ९।१० लाख सम्ममा विक्री गरेको हो 

मेरा सहोदर भान्जा सुरेश उप्रेती कानून पनि पढेका र विश्वासिला व्यक्तिगत रुपमा व्यापारिक कारोवार गर्ने व्यक्ति पनि भएको हुनाले निजले जग्गा जमीन खरीद विक्री एवं सार्वजनिक सवारी साधन सञ्चालन इम्पोर्टको कारोवार गर्ने व्यक्तिलाई मबाट रकम लिइ मलाई कवुल गरेको भन्दा २ प्रतिशत वढी व्याजमा लगानी गर्ने गरेको थिएँ । मेरो भान्जा विश्वासी भएको हुँदा निजलाई कर्जा दिई लगानी गराएको हुँ । मलाई पाउनु पर्ने साँवा व्याज समयमा बुझाउने गरेको हुनाले उनले कसकसलाई लगानी गर्दथे, सोधखोज गर्नुपर्ने आवश्यक परेन । यसको अलावा सडक विभागमा काम गर्ने मेरो भतिजो नाता पर्ने केशरी खरेलले पनि मबाट रकम ऋणस्वरुप लिई सडकका ठेकेदारलाई लगानी गर्दथे । यसरी लगानी गर्दा भान्जा सुरेश उप्रेती र भतिजा केशरी खरेलले मलाई १८ देखि २४ प्रतिशतसम्म व्याज दिने गर्दथे । स्रेस्ता नराखेको हुँदा कहिले कति कसलाई भन्ने स्मरण छैन । यसरी गरिएको लगानीबाट निजहरूवाट १० देखि १५ लाख रुपैयाँसम्म व्याजमार्फत् प्राप्त गरेको हो 

मेरी पत्नी विगत ९ महिनादेखि ओभरीको क्यान्सर रोगवाट पीडित रहेको र हाल पनि किमो थेरापीमा भएको हुँदा निज बयानको लागि आयोगसमक्ष आउन सक्ने अवस्था छैन र निजले पूर्ण वेड रेष्टमा बस्नु पर्ने भनी विशेषज्ञ डाक्टरको राय भएको कागजात पेश गरेको छु । निजको नाममा रहेका विभिन्न जमीन, घर, शेयर, बैंकमा रहेको नगद आदि अधिकाँश लगानीहरू मेरो आयस्रोतबाट भएको हुँदा त्यसवारे निजको तर्फवाट म जवाफ दिन तयार छु । छोरा आयूष खरेल छुटृी भिन्न भैसकेको भएपनि निजको नामको चल अचल सम्पत्ति पनि अधिकाँश आयस्रोत मेरो नै हो 

का.म.न.पा.२३(च) कि.नं.१२१ क्षे.०१०० रोपनी जग्गा २०३६ सालमा खरीद गरिएको हो । यसको मूल्य रु.२४,०००।हुनु पर्दछ । का.म.न.पा.२३ कि.नं.२५७ क्षे.फ.०० रोपनी जग्गा २०४२।११।८ मा खरीद गरेको हो । चितवन जिल्ला, नारायणगढ ५क कि.नं. ३७६ क्षे.फ.०९.७५ र कि.नं १४ क्षे.फ.०१२.२५ विगाहा जग्गा मिति ०५३।१।७ मा खरीद गरिएको र मूल्यको हकमा कि.नं.१४ को रु.३७,०००।र कि.नं.३७६ को १,७०,०००।हो । काठमाडौँ जिल्ला जोरपाटी५(ख) कि.नं.३५० क्षे.फ.१, कि.नं.३४८ क्षे.फ.०२ र कि.नं.२३४ क्षे.फ.१० रोपनी जग्गा २०५०।६।८ मा कुल १ लाख ३२ हजारमा खरीद गरेको हो । का.जि. जोरपाटी कि.नं.२७८ क्षे.फ.११ रोपनी जग्गा मिति २०५०।१२।१७ मा रु.६० हजारमा खरीद गरेको हुँ । काभ्रे जिल्ला पलाञ्चोक गा.वि.स.४ कि.नं.४५६ क्षे.फ.६२ रोपनी जग्गा मिति २०५१।४।१७ मा रु.५ हजारमा खरीद गरिएको हो । का.जि.का.म.न.पा. २३ त कि.नं.२०१ कि.नं.०० रोपनी जग्गा मिति २०५२ साल वैशाख महिनामा रु.७३,२००।मा खरीद भएको हो । का.जि. का.म.न.पा. २३त कि.नं.४३६ क्षे.फ. ०० रोपनी जग्गा मिति ०३८।११।१२ मा मेरो सहोदर भान्जा सुरेश उप्रेतीको नाममा जम्मा मूल्य रु.४५ हजारमा खरीद भएको हो । सो जग्गा खरीदगर्दा रु.२८,२५६।सोही समयमा नै चुक्ता गरेको हुँ । मिति २०५३।५।५ मा घर व्यवहार मिलाउन न्यूनतम् मूल्याङ्कनबमोजिम मूल्य राखी राजीनामा पारीत गरिएको हो 

का.जि., का.म.न.पा.२३ त कि.नं.२०४/४३५ क्षे.फ.०१२० रोपनी जग्गा मेरो सहोदर दाजु रामकृष्ण खरेलको पत्नी पद्मा खरेलको नाममा २०३८।११।१२ मा जम्मा मूल्य रु.४५ हजारमा खरीद गरेको हो । सो खरीद गर्दा १२ आनाको हुने मूल्य रु.४२,३८४।सोही समयमा नै मैले चुक्ता गरेको हुँ । ०५३।५।५ मा घर व्यवहार मिलाउन साविकदेखि भाउजूको नाममा खरीद गरिएको जग्गामध्ये मैले चुक्ता गरिसकेको जति १२ आना जग्गा तत्काल मालपोत कार्यालयमा भएको न्यूनतम् मूल्याङ्कनबमोजिम मूल्य राखी वकसपत्र पारीत गराई लिएको हुँ । का.जि.का.म.न.पा.२२घ कि.नं.६१ क्षे.फ.०० रोपनी जग्गा र कि.नं. ६२ क्षे.फ.०० रोपनी जग्गाहरू २०४९ सालमा खरीद गरिएको हो । मूल्य ६९ हजार मात्र हो । चितवन जिल्ला् नारायणगढ(क) कि.नं ४६३ क्षे.फ.०३ विगाहा जग्गा २०५५।८।१४ मा रु.८४,०००।हजारमा खरीद गरिएको हो । चितवन जिल्ला नारायणगढ ५क कि.नं.४९३ क्षे.फ.०५.२५, कि.नं.४९६ क्षे.फ.०५ र कि.नं.४९९ क्षे.फ.०१७ विगाहा जग्गाहरू मिति ०५६।९।१९ मा मूल्य रु.२७,०००।मा खरीद गरिएको हो । चितवन जिल्ला नारायणगढ ५क कि.नं.५१३ क्षे.फ.०७.५ विगाहा जग्गा मिति ०५७।२।१ मा मूल्य रु.१,०७,०००।मा खरीद गरिएको हो 

काभ्रे जिल्ला, साठीघर भगवती१ को कि.नं. ४२ क्षेत्रफल २० रोपनी जग्गा २०५४ सालमा मूल्य १४,५००।मा खरीद गरिएको हो । ऐ. ऐ. ठाउँको कि.नं.२९६ क्षे.फ.२१३१ रोपनी जग्गा २०५४ सालमा मूल्य रु.१५ हजारमा खरीद भएको हो । का.जि., जोरपाटी ५ख कि.नं.२७६ क्षे.फ.०३.५ रोपनी जग्गा २०५४ साल फागुनमा खरीद गरिएको हो, मूल्य २१,५००।हो । का.जि., जोरपाटी ५ ख .कि.नं.२७७ क्षे.फ.०३.५ रोपनी जग्गा २०५४ साल माघमा मूल्य रु.२१,५००।मा खरीद गरिएको हो 

मीना खरेलको नाममा का.जि.का.म.न.पा.४ धुम्वाराहीमा निर्माण भएको घर ०५१ साल साउन २१ गते नक्सा पास प्रमाणपत्र लिई ०५३ साल असोजमा निर्माण सम्पन्न गरेको हो । सो घरको सजावटमा २०५४ सालमा रु.२ लाख खर्च भएको समेत गरी रु.१६ लाख हो । स्ट्रक्चरको हिसावले घर कहीँ २ तल्ला कहिँ ३ तल्ला छ । कोठा १४।१५ छन् । मीना खरेलको नाममा चितवन जिल्ला, भरतपुर न.पा. ५ क स्थित कि.नं.१४ क्षे.फ.०१३१२.२५ को जग्गामा भएको घरको निर्माण २०५७ सालमा शुरु गरी २०५९ सालसम्ममा सम्पन्न भएको हो । निर्माण लागत रु.४ लाखदेखि ५ लाखसम्म हो । घर २ तल्लाको छ र जम्मा ४ कोठा छन् 

पत्नी मीना खरेलले राष्ट्रिय बचतपत्र २०६२ घ रु.८ लाखको खरीदको स्रोत बैंकवाट लिएको ऋण लगानीबाट व्याजसहित फिर्ता भएको रकम, मेरो घरभाडा, कृषि आय र मैले भाइ नाताको उत्तम खरेल सँग सापटी लिएको रु.११ लाखमध्येवाट खरीद गरिएको हो । छोरी चाँदनी खरेल ०५७ माघ २४ गतेदेखि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मासिक रु.१४,५००।तलवमा कार्यरत छिन् । छोरा आयूष खरेलले विदेश जाँदा प्राप्त हुने सटही गरेको रकम खर्च नभई बचेको हुँदा प्रचलित कानूनको अधिनमा रही यु.एस.डलरको खाता खोलेको हो । स्रोतको हकमा मेरो कृषि आय, घरभाडा, जमीन विक्रीवाट प्राप्त रकम, तलव भत्ता, दैनिक भ्रमण भत्ताको बचत रकममध्येवाट हो । छोरा आयूष खरेलको नाममा नेपाल प्रिन्र्टस एण्ड ट्रेडर्स कोअपरेटिभ लि. को शेयर मेरो विभिन्न आयस्रोतहरूमध्ये तलव भत्ता, दै.भ्र. भत्ताबाट बचत रकम, कृषि आय, घरभाडा बानेश्वरको समेतवाट हो 

२०५६ साल फागुन ६, ७ र १७ गते हिमालयन बैकबाट झिकेको रु.१५ लाख लगानी फिर्ता गोरखा फाइनान्सवाट ऋण लिई सकेपश्चात् प्राप्त भएकोले सोही फिर्ता रकम व्याजसहित र २०५६ साल वैशाख महिनामा भाई नाता पर्ने उत्तम खरेलवाट सापटी लिएको रु.११ लाख अनुसूचीमा उल्लेख गरिएको आयस्रोत समेतवाट गोरखा फाइनान्सबाट लिएको ऋण चुक्ता गरेको हुँ । गोरखा फाइनान्सवाट लिएको ऋण छोटो समयको लगानीपश्चात् फिर्ता आएपछि सोही र मेरो अन्य आयस्रोतमध्येवाट हिमालयन बैंकमा ०५७।१०।१९ मा रु.२३ लाख वुझाई बैंक ऋण चुक्ता गरेको हुँ 

धोवीधाराको मेरो अंशमा प्राप्त गरेको घरमा २०३३ सालबाट २०४१ सालसम्म प्रतिवर्ष १३ हजारले रु.१,१७,०००।प्राप्त गरेको हुँ । २०४३ सालवाट २०५७ सालसम्म वानेश्वरको घर भाडावाट १७ लाख ३ हजार प्राप्त गरेको हुँ । जसको राजश्व तिरेको कागजात पेश गरेको छु । लामो समयको कुरा हुँदा को को भाडामा राखिए हाल स्मरण भएन । धुम्वाराहीको मेरो श्रीमतीको नाममा भएको घरभाडाबापत प्राप्त रकमको कर तिरेको कागजात समेत पेश गरेको छु । यसरी धोविधारा, वानेश्वर र धुम्वाराहीको घरभाडा समेत गरी करिव ३० लाख प्राप्त गरेको हुँ । २०५७ सालमा वेलायत सरकारको आमन्त्रणमा वेलायत जाँदा सोही समयमा छोरा पनि गएको र त्यही समयमा पासपोर्टवाट पाउने सुबिधा बचत भएवाट उक्त डलर खाता खोलेको हो, छोरालाई आमन्त्रण थिएन । पर्यटकको रुपमा गएको हो भन्ने समेत व्यहोराको प्रतिवादी अच्यूतकृष्ण खरेलले अनुसन्धानमा गरेको बयान 

मेरो श्रीमान यु.के. मा करिव १० वर्ष बस्दा वर्षको रु.८ लाख सरदरले रु.८० लाख पठाउनुभयो । घरभाडाबाट वार्षिक अन्दाजी २ लाख आम्दानी हुन्छ । अच्यूतकृष्ण खरेलको कि.नं.२५९ मा भएको घर जग्गा मैले रु.४५ लाखमा मिति २०५८।८।६ मा किनेको हो । उक्त जग्गा तथा घर खरीद गरेपछि घर मर्मतगर्दा माथि बाथरुम तल सर्भेन्ट क्वार्टर र आँगनमा टायल राख्दा अन्दाजी रु.२ लाख ५० हजार मर्मत खर्च लागेको छ भन्ने समेत व्यहोराको शोभा खनालले अनुसन्धानको क्रममा गरेको बयान 

(क) स्रोत खुलेको सम्पत्तिको विवरण :

सम्पत्ति धनीको नामः अच्यूतकृष्ण खरेल

§  युनियन फाइनान्सको २०५६ सालमा खरीद गरेको ५० कित्ता शेयरको रकम रु.५,०००।

§  २०५४।३।६ मा खरीद गरेको बा.३.च. २७९३ नम्वरको सन्नी निशान कारको मूल्य रु.५,८३,१५१।

§  नेपाल इन्भेष्टमेण्ट बैंक लि. को विभिन्न मितिमा प्राप्त गरेको १७९ कित्ता शेयरको रकम रु.१७,९००।– (वोनस)

§  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको २०४२ सालमा खरीद गरेको ५० कित्ता शेयरको रकम रु.५,०००।

§  नेपाल इन्भेष्टमेण्ट बैंक लि. को २०५७ सालमा खरीद गरेको ४८ कित्ता शेयरको रकम रु.४,८००।

§  नेपाल इन्भेष्टमेण्ट बैंकको २०५९ सालमा १०० कित्ता शेयर खरीदको मूल्य रु.७८,०००।-

§  नविल बैंकको १०२ कित्ता शेयरको रकम रु.७५,४८०।-

§  बैंक अफ काठमाडौंको ०५९ सालमा ४०० कित्ता शेयर खरीदको मूल्य रु.१,०९,६००।-

§  मिति २०५९।४।२२ मा खोलिएको प्रिमियर फाइनान्स स्थित मुद्दती खातामा रहेको मौज्दात रकम रकम रु. १५,००,०००।-

§  ऐ. खाताको ब्याज जम्मा भएको मौज्दात रकम रु. १,१८,५९७।६१

§  नेपाल बैंक लिमिटेड, बनेपा शाखा स्थित खाता नं.३८९८ मा रहेको मौज्दात ५,३४३।८४

§  नेपाल बैंक लिमिटेड डिल्लीबजार स्थित मुद्दति खाता नं.६२/८६६ मा रहेको मौज्दात १,५४,७००।

§  नेपाल बैंक लिमिटेड, डिल्लीबजारस्थित बचत खाता नं.०४५३१५० मा रहेको नगद मौज्दात रकम रु.१६,३२९।

 

सम्पत्ति धनीको नामः आयूष खरेल

§  बैंक अफ काठमाडौंको ०५९ सालमा ३०० कित्ता शेयर खरीदको मूल्य रु.१,१२,८००।

§  मिति २०४१।१२।२५ मा खरीद गरेको का.जि. का.म.न.पा वडा नं.२३ त कि.नं.२५४ को क्षेत्रफल ०१४० जग्गामध्ये छोरा आयूष खरेलका नाउँमा नामसारी गरी राखेको ऐ. वडा कि.नं.४३९ को ०११२ रोपनी जग्गा

§  मिति २०५३।५।५ मा खरीद गरेको काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२३(त)को कि.नं.४७६ को ०० रोपनी जग्गा

§  नविल बैंक लि. कान्तिपथस्थित खाता नं.०११००१३६०८७०१ मा रहेको मौज्दात रकम रु.८,०२०।३२

§  नेपाल बैंक लिमिटेड, डिल्लीबजार स्थित बचत खाता नं.०८०७१५० मा रहेको नगद मौज्दात रकम रु.३,६२८।७०

सम्पत्ति धनीको नामः मीना खरेल

§  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको २०४२ सालमा खरीद गरेको ५० कित्ता शेयरको रकम रु.५,०००।

§  नेपाल लिभर लि.को २०५० सालमा खरीद गरेको ३० कित्ता शेयरको रकम रु.३,०००।

§  नेपाल एस.बी.आई.बैंकको २०५० सालमा खरीद गरेको ३६ कित्ता शेयरको रकम रु.३,६००।

            ( यसमध्ये ६ कित्ता शेयर बोनस)

§  नेपाल एस.बी.आई.बैंकको २०५० सालमा खरीद गरेको ७२ कित्ता शेयरको रकम रु.७,२००।

(हकप्रद)

§  मिति २०५०।६।८ मा खरीद गरेको काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स.५(ख) को कि.नं.३५० को क्षेत्रफल १० रोपनी जग्गा ( मिति ०६०।१।२४ मा बिक्री गरेको)

§  मिति २०५१।४।१७ मा खरीद गरेको काभ्रेपलाञ्चोक जिल्ला पलाञ्चोक गा.वि.स वडा नं.४ को कि.नं.४५६ को क्षेत्रफल ६२ रोपनी जग्गा

§  मिति २०५२।१।४ मा खरीद गरेको का.जि. का.म.न.पा वडा नं. २३(त)को कि.नं.२०१को क्षेत्रफल ०० रोपनी जग्गा

§  मिति २०५३।१।७ मा जिल्ला चितवन नारायणगढ५(क) कि.नं.३७६ को क्षेत्रफल ०९.७५ र ५

(क) कि.नं.१४ क्षेत्रफल ०१२.२५ गरी जम्मा ०१२२ विगाह जग्गा

§  ऐ.ऐ. को कि.नं.४७७ को ०० रोपनी जग्गा

§  मिति २०५६।९।१९ मा खरीद गरेको चितवन जिल्ला नारायणगढ ५ (क) को कि.नं.४९३, ४९६ र ४९९ को कुल क्षेत्रफल ०७.२५ बिगाह जग्गा

§  युनियन फाइनान्सको २०५६ सालमा खरीद गरेको ५० कित्ता शेयरको रकम रु.५,०००।

§  एन.आई.सी. बैंक को २०५६ सालमा खरीद गरेको २५० कित्ता शेयरको रकम रु.२५,०००।–(हकप्रद)

§  नेपाल इन्भेष्टमेण्ट बैंक लि. को २०५७ सालमा खरीद गरेको ४८ कित्ता शेयरको रकम रु.४,८००।– (हकप्रद)

§  नेपाल इन्भेष्टमेण्ट बैंक लि. को विभिन्न मितिमा प्राप्त गरेको १४९ कित्ता शेयरको रकम रु.१४,९००।–( बोनस शेयर)

§  नेपाल राष्ट्र बैंकबाट निष्कासित २०६२ (घ) ००१७०६ को राष्ट्रिय बचतपत्र मिति २०५८।१२।३० मा बिक्री गरी प्राप्त रकममध्ये स्रोत खुलेको वचतपत्रको मूल्य रु.२,००,०००।

§  नविल बैंक लि. कान्तिपथस्थित खाता नं. ०११००१३६०८८०१ मा रहेको मौज्दात रकम रु.१,०८,४३९।५२

§  नेपाल बैंक लिमिटेड, डिल्लीबजार स्थित बचत खाता नं. ५५००८६३९१ मा रहेको नगद मौज्दात रकम रु.३,६१९।९६

 

सम्पत्ति धनीको नामः चाँदनी खरेल

§  नेपाल लिभर लि.को २०५० सालमा खरीद गरेको ३० कित्ता शेयरको रकम रु.३,०००।

§  एन.आई.डी.सी. क्यापिटल मार्केटको २०५० सालमा खरीद गरेको १००० युनिट रु.१० का दरको शेयरको रकम रु.१०,०००।

§  नेकोन एयर लि.को २०५० सालमा खरीद गरेको २६ कित्ता शेयरको रकम रु.२,६००।– ( यसमध्ये ६ कित्ता शेयर बोनस)

§  नेपाल एस.बी.आई.बैंकको २०५० सालमा खरीद गरेको ३६ कित्ता शेयरको रकम रु.३,६००।

(यसमध्ये ६ कित्ता शेयर बोनस)

§  नेपाल एस.बी.आई.बैंकको २०५० सालमा खरीद गरेको ७२ कित्ता शेयरको रकम रु.७,२००।

(हकप्रद)

§  युनियन फाइनान्सको २०५६ सालमा खरीद गरेको ५० कित्ता शेयरको रकम रु.५,०००।

§  नेपाल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. को २०५६ सालमा खरीद गरेको ७० कित्ता शेयरको रकम रु.३,५००।– (प्रति शेयर रु.५० का दरले)

§  नविल बैंक लि. कान्तिपथस्थित खाता नं.०२१००१५६१६००१ मा रहेको मौज्दात रकम रु.१,४३,५२१।५५

§  नविल बैंक लि. कान्तिपथस्थित मुद्धती खाता नं.०२०४९६ मा रहेको मौज्दात रकम रु.५०,०००।

§  नेपाल बैंक लिमिटेड, डिल्लीबजारस्थित बचत खाता नं.५५००८६३९१ मा रहेको नगद मौज्दात रकम रु.३,७४७।३७

§  स्ट्याण्डर्ड चार्टर्ड बैंक लि. को वचत खाता नं.१८०२४४३८४०१ मा रहेको मौज्दात रु.४३,३९१।८२

स्रोत खुलेको सम्पत्तिको विश्लेषण :

१.     आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१ मा उल्लिखित कि.नं.२५४ को जग्गा प्रतिवादी अच्यूतकृष्ण खरेलले २०४१।१२।२५ मा लिखतबमोजिम रु.४४,०००।थैली अङ्क राखी खरीद गरेको देखिन्छ । सो ०१४० रोपनी जग्गामध्ये क्षेत्रफल ०० जग्गा तेस्रो व्यक्तिलाई बिक्री गरेको र ०११२ रोपनी जग्गा छोरा आयूष खरेलको नाममा मिति २०५७।९।२० मा नामसारी गरेको देखिन्छ । निज अच्यूतकृष्ण खरेलले सो जग्गाका सम्बन्धमा आफ्नो कृषि आय, राशन तलव भत्ता आदि वचतबाट खरीद गरेको र बाँकी ०० जग्गा दाजु रामकृष्ण खरेलको रकमबाट खरीद गरेको भनी उल्लेख गरेको देखिन्छ 

जग्गा खरीद गर्दाको समयमा निजको आयस्रोततर्फ हेर्दा प्रतिवादी अच्यूतकृष्ण खरेलले मीना खरेलका नाममा रहेको का.जि. का.म.न.पा.२३(च) को कि.नं.१२१ को क्षेत्रफल ०१०० जग्गा मिति २०४१।८।२९ मा बिक्री गरेको देखिएको छ । उक्त बिक्री गरेको जग्गाका सम्बन्धमा निजले २०३६ सालमा खरीद गरेको सो कि.नं.१२१ को जग्गा रु.२४,०००।थैली अङ्क राखी खरीद गरी २०४१।८।२९ मा रु.३३,८१५।थैली अङ्क राखी बिक्री गरेको देखिन्छ । २०३६ सालमा खरीद गरिएको सो जग्गा खरीदको स्रोतको सम्बन्धमा निजले आयोगमा पेश गरेको व्यक्तिगत विवरणमा उल्लेख छ भनी उल्लेख गरेको र निजले पेश गरेको सो विवरण हेर्दा निजले पाउने तलव भत्ता तथा कृषि आयको बचत रकम समेतबाट उक्त जग्गा खरीद गरेको भनी उल्लेख गरेको देखिन्छ । सोअनुसार निजको २०३६ सालसम्मको आयस्रोत हेर्दा सोबाट उक्त जग्गा खरीद गर्न सक्ने अवस्था देखिएकोले सो जग्गा बिक्रीबाट प्राप्त रकम र सो बीचको अवधिको निजको तलव भत्ताको बचत रकम तथा कृषिको आय समेतबाट सो जग्गा खरीद गरेको देखिएकोले हाल छोरा आयूष खरेलको नाममा नामसारी भइसकेको हालको कि.नं.४३९ को उक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

२.    आरोप पत्रको तालिका नं.२२ को क्र.सं. २(क) र २(ख) मा उल्लिखित जम्मा मूल्य रु.५/५ हजार गरी जम्मा रु.१०,०००।को तत्कालीन इण्डोस्वेज बैंकको शेयर अच्यूतकृष्ण खरेलले आफू र पत्नी मीना खरेलका नाममा २०४२ सालमा प्राथमिक बजारबाट खरीद गरेको देखिन्छ । उक्त शेयर निजको तत्तत् समयको तलव भत्ता तथा खेतीको आयको बचत रकमबाट खरीद गरेको हुनसक्ने देखिएकोले रु.१०,०००।मूल्यको शेयरलाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी मागदावीमा लिइएको छैन 

३.    आरोपपत्रको तालिका नं.२२ को क्र.सं.३ को (क) देखि (ज) सम्म उल्लिखित कम्पनीहरूको शेयर अच्यूतकृष्ण खरेलले आफ्नी पत्नी मीना खरेल र छोरी चाँदनी खरेलका नाममा २०५० सालमा खरीद गरेको पाइन्छ । ती शेयर खरीदका सन्दर्भमा निजले आफ्नो तलव भत्ता र कृषि आयबाट खरीद गरेको भनी बयान गरेको देखिन्छ । सो सम्बन्धमा निजले उल्लेख गरेको स्रोततर्फ हेर्दा निजको सो समयसम्मको तलव भत्ता र कृषि आयबाट अन्य प्रयोजनमा खर्च गरी बाँकी रहेको रकमबाट ती शेयर खरीद गरेको हुनसक्ने देखिएको हुँदा ती शेयरहरूको कुल रकम रु.४०,२००।लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

४.    आरोपपत्रको तालिका नं.२२ को क्र.सं. ४ मा उल्लिखित का.जि., जोरपाटी गा.वि.स. वडा नं. ५(ख) स्थित कि.नं.३५० को क्षे.फ.१० रोपनी जग्गा श्रीमती मीना खरेलका नाममा मिति २०५०।६।८ मा खरीद गरेको कुल २२ रोपनी जग्गा रु.१,३२,०००।थैली अङ्क उल्लेख भएको मध्येको जग्गा हो । उक्त जग्गा खरीद गर्दा निजले आफ्नो तलव भत्ता, घरभाडा, कृषि आय तथा सप्तरीको जग्गा बिक्रीबाट प्राप्त आय समेतबाट खरीद गरेको हो भनी उल्लेख गरेको देखिन्छ । निजले उल्लेख गरेको घरभाडाको स्रोततर्फ हेर्दा बानेश्वरस्थित घरमा निज स्वयं रहनु बस्नुपर्ने भएबाट घरभाडा प्राप्त हुन सक्ने देखिंदैन । सप्तरीको जग्गा बिक्रीबाट प्राप्त आयका सम्बन्धमा हेर्दा निजले २०४७ र २०४८ सालमा सप्तरीको जग्गा बिक्रीबाट रु.२४,०००।प्राप्त गरेको देखिएतापनि सो रकम समेतका स्रोतले २०४९ सालमा बानेश्वरको घरको तल्ला थप्ने कार्यमा प्रयोग भइसकेको देखिन्छ 

            उक्त जग्गा खरीद गर्दाको स्रोतका सम्बन्धमा प्रतिवादीले यथार्थ तथ्य उल्लेख नगरे तापनि निजको वैध आयको स्रोततर्फ हेर्दा जग्गा खरीद गर्दाको अवधिसम्मको तलव भत्ताको वचत रकम र सप्तरीस्थित जग्गाको कृषि आय समेतबाट नेपाल बैंक लिमिटेड, डिल्लीबजारमा प्रतिवादी अच्यूतकृष्ण खरेल र प्रतिवादी मीना खरेलको खातामा जम्मा गरेको रकममध्ये क्रमशः ४६,०००।र रु.२०,०००।गरी जम्मा रु.६६,०००।सो समयमा निकालेको देखिंदा सो रकमबाट उपर्युक्त कि.नं.३५० को जग्गा खरीद गर्दा उपयोग गरेको हुनसक्ने देखिन्छ । अतः उक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छैन 

५.    आरोपपत्रको तालिका नं.२२ को क्र.सं.५ मा उल्लिखित काभ्रेपलाञ्चोक जिल्ला पलाञ्चोक गा.वि.स.४ को कि.नं.४५६ को क्षेत्रफल ६२ रोपनी जग्गा मिति २०५१।४।१७ मा लिखत बमोजिम रु.५,०००।थैली अङ्क राखी मीना खरेलका नाममा खरीद गरेको देखिन्छ । सोको स्रोतका सम्बन्धमा निज अच्यूतकृष्ण खरेलले तलव, भत्ता, कृषि आय, घरभाडा आदिबाट खरीद गरेको भन्ने जवाफ दिएको पाइन्छ 

निजले उल्लेख गरेका स्रोतहरूमध्ये सो अवधिमा बानेश्वरस्थित घरमा निज स्वयं बसेबाट घरभाडा प्राप्त भएको भन्न मिल्ने देखिंदैन । तापनि निजको २०५० सालसम्मको खेतीको आय र तलव भत्ताको बचत रकमबाट माथिको क्र.सं. ४ मा उल्लिखित जग्गा खरीद गरेपश्चात् पनि बचत रहेको रकमले सो जग्गा खरीद गरेको हुनसक्ने देखिंदा उक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

६.      आरोपपत्रको तालिका नं.२२ को क्र.सं.६ मा उल्लिखित का.जि., का.म.न.पा.२३(त) को कि.नं.२०१ को क्षेत्रफल ०० रोपनी जग्गा लिखत बमोजिम रु.७३,२००।थैली अङ्क राखी मिति २०५२।१।४ मा श्रीमती मीना खरेलका नाममा खरीद गरेको देखिएको छ । उक्त जग्गाको खरीदको स्रोतका सम्बन्धमा निजले तलव भत्ता, कृषि आय जस्ता स्रोतहरूबाट सो जग्गा खरीद गरेको भनी खुलाएको पाइन्छ । प्रतिवादी अच्यूतकृष्ण खरेलले उल्लेख गरेका अरु जग्गा खरीदको स्रोततर्फ हेर्दा निजले २०५१ सालसम्म प्राप्त तलव भत्ता र कृषि आयको वचत रकम समेतबाट सो जग्गा खरीद गरेको हुनसक्ने देखिंदा उक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

७.   आरोपपत्रको तालिका नं. २३ को क्र.सं.७ मा उल्लिखित जिल्ला चितवन नारायणगढ न.पा.५(क) को कि.नं. ३७६ को क्षेत्रफल ०९.७५ र ऐ. को कि.नं.१४ को क्षेत्रफल ०१२.२५ बिगाह जग्गा मिति २०५३।१।७ मा लिखतबमोजिम रु.२,०७,०००।थैली अङ्क राखी मीना खरेलका नाममा खरीद गरेको देखिन्छ । ती जग्गाहरूको स्रोतका सम्बन्धमा अच्यूतकृष्ण खरेलले कृषि आय, राशन, तलव, भत्ता, बानेश्वरको घरभाडा, सप्तरी नर्घौंको जग्गा बिक्री र आफ्नो सञ्चित लगानीको ब्याजबाट आएको रकमले खरीद गरेको भनी उल्लेख गरेको पाइन्छ । निजले उल्लेख गरेका स्रोततर्फ हेर्दा राशन जस्तो स्रोत निर्वाह खर्चमा नै सकिने देखिन्छ भने घरभाडा प्राप्त गरेको कुनै प्रमाण नहुँदा सोको आय निजले सो समय प्राप्त गरेको भन्न सक्ने अवस्था छैन । त्यसैगरी सञ्चित लगानी के थियो भनी हेर्दा सो समय निजसँग लगानी योग्य पूँजी रहे भएको देखिदैन । जे जति वैध आयको बचत रकम थिए, ती सबै प्रतिवादी अच्यूतकृष्ण खरेल तथा मीना खरेल, चाँदनी खरेल र आयूष खरेलको नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखास्थित बचत सो समय मौज्दातमा नै रहेको देखिन्छ । अब निजले उल्लेख गरेको राशन, सञ्चित लगानीको व्याज घरभाडा बाहेकका स्रोततर्फ हेर्दा निजको २०५१ सालदेखि जग्गा खरीद गर्दाको समयसम्मको तलव भत्ताको बचत रकम खेतीको आय तथा त्यस अवधिमा निजले सप्तरीको नर्घौंमा रहेको निजको पैतृक जग्गामध्ये आधा जति बिक्री गरेको देखिंदा सो जग्गा बिक्रीको आय समेतबाट उक्त जग्गा खरीद गर्दाको स्रोत पुष्टि हुन आएको छ । अतः उक्त जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समाविष्ट गरी मागदावीमा लिइएको छैन 

८.    आरोप पत्रको तालिका नं. २२ को क्र.सं.८(क) र ८(ख) मा उल्लिखित जग्गा मिति २०५३।५।५ मा थैली मूल्य रु.१,७५,०००।थैली अङ्क राखी खरीद गरिएको का.जि. का.म.न.पा. वडा नं.२३(त) को साविक कि.नं.४३६ को ०० रोपनी जग्गा हो । सोही समयमा ऐ. कि.नं.४३१ को ०० र कि.नं.४३५ को ०१२० रोपनी जग्गा समेत खरीद गरेको देखिन्छ 

उपर्युक्त साविक कि.नं.४३६ को जग्गा खरीदको स्रोतका सम्बन्धमा हेर्दा निजले का.जि. का.म.न.पा. वडा नं.२३(त) को कि.नं.२५७ को जग्गा मिति २०५३।५।३ मा बिक्री गरेको देखिंदा सोही रकमबाट मिति २०५३।५।५ मा खरीद गरेको र सो कित्ता जग्गा विभाजन भई हाल क्रमशः कि.नं.४७६ र ४७७ कायम भएका जम्मा ०० रोपनी जग्गालाई स्रोत खुलेको सम्पत्तिअन्तर्गत समावेश गरी मागदावीमा लिइएको छैन 

९.   आरोपपत्रको तालिका नं.२२ को क्र.सं.९ मा उल्लिखित बा.३.च.२७९३ नम्वरको सन्नी निसान कार प्रतिवादी अच्यूतकृष्ण खरेलले रु.५,८३,१५१।मूल्य तिरी मिति २०५४।३।६ मा खरीद गरेको देखिन्छ । उक्त कार खरीद गर्दाको स्रोतका सम्बन्धमा निजले मिति २०६०।२।१४ मा आयोगसमक्ष पेश गरेको व्यक्तिगत विवरणमा खुलाएको छु भनी उल्लेख गरेको र सो विवरण हेर्दा कृषि आय र विदेश भ्रमण भत्ता वचतवाट भन्सार सुविधामा खरीद गरेको भनी उल्लेख गरेको देखिन्छ 

निजले उल्लेख गरेको स्रोततर्फ हेर्दा उक्त गाडी खरीद गर्दाको समयभन्दा अघि निजले विदेश भ्रमणबाट प्राप्त गरेको रकम विदेशी मुद्रामा बैंकमा नै जम्मा रहिरहेको भएपनि मिति २०५४।१।१९ मा हिमालयन बैंकबाट रु.४,००,०००।ओभरड्राफ्ट कर्जा लिएको देखिन्छ । सो कर्जा रकम र सो अवधिको कृषि आय तथा तलवभत्ताको बचत रकम समेत गरी सो गाडी खरीद गरेको हुनसक्ने देखिँदा रु.५,८३,१५१।मूल्य पर्ने उक्त गाडीलाई स्रोत खुलेको सम्पत्तिमा समाविष्ट गरी मागदावीमा लिइएको छैन 

१०.    आरोप पत्रको तालिका नं.२२ को क्र.सं.१० मा उल्लिखित जिल्ला चितवन, नारायणगढ५(क) कि.नं.४९३, ४९६ र ४९९ को जम्मा क्षेत्रफल ०७.२५ विगाह जग्गा प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५६।९।१९ मा श्रीमती मीना खरेलका नाममा रु.२७,५००।थैली अङ्क राखी खरीद गरेको देखिन्छ । सो जग्गा खरीद गर्दाका समयमा निजले सप्तरी नर्घौंस्थित पैतृक जग्गामध्ये कि.नं.१९२, ३७८ र ३८१ का जग्गा रु.२६,०००।लिखतबमोजिम थैली अङ्क राखी बिक्री गरेको देखिँदा सोही रकमबाट चितवनस्थित उक्त जग्गा खरीद गरेको हुनसक्ने हुँदा सो जग्गालाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

११.    आरोपपत्रको तालिका नं.२२ को क्र.सं.११ को (क) देखि (ङ) सम्म उल्लिखित रु.४३,५००।मूल्य पर्ने शेयर प्रतिवादी अच्यूतकृष्ण खरेलले आफ्नै नाममा तथा श्रीमती मीना खरेल र चाँदनी खरेलका नाममा प्राथमिक बजारबाट खरीद गरेको देखिन्छ । उक्त परिमाणको शेयर निजको तलवभत्ता, कृषि आय समेतको वैध आयको बचत रकमबाट खरीद गरेको हुनसक्ने देखिन आउँदा रु.४३,५००।मूल्य बराबरका ती शेयरलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

१२.   आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१२ को (क) देखि (घ) सम्म उल्लिखित नेपाल इन्भेष्टमेन्ट बैंक (तत्कालीन इण्डोस्वेज बैंक लि.) को रु.४२,४००।मूल्य बराबरको शेयर रहेको देखिन्छ । शुरूमा उक्त बैंकको शेयर प्रतिवादी अच्यूतकृष्ण खरेल र श्रीमती मीना खरेलको नाममा २०४२ सालमा प्रति शेयर रु.१००।का दरले ५०/५० कित्ता शेयर रु.१०,०००।रकम खर्च गरी प्राथमिक बजारबाट खरीद गरेको देखिन्छ, जुन सम्पत्ति माथि समावेश भइसकेको छ । तत्पश्चात् ४८/४८ कित्ता हकप्रद शेयर (Right Share) रु.९,६००।रकम खर्च गरी खरीद गरेको र केही वोनस शेयर समेत प्राप्त गरेको देखिन्छ 

उक्त परिमाणको शेयर खरीद गर्दाको स्रोततर्फ हेर्दा तत् समयको निजको तलव भत्ता जस्ता वैध आयको बचत रकमबाट उक्त शेयर खरीद गरेको हुनसक्ने देखिएको छ । अतः उक्त बैंकको रु.४२,४००।को हकप्रद र वोनस शेयरलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

१३.   आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१३ मा उल्लिखित रु.२,००,०००।को २०६० (घ) को राष्ट्रिय बचतपत्र प्रतिवादी अच्यूतकृष्ण खरेलले निजकी पत्नी मीना खरेलका नाममा मिति २०५७।१०।६ मा खरीद गरी २०५८।१२।३० मा विक्री गरेको देखिन्छ । सोही दिन निजले जम्मा रु.८ लाखको बचत पत्र खरीद गरेको देखिन्छ । उक्त बचत पत्रको अवधि २०६० सालसम्म रहेको देखिन्छ । सो बचतपत्र खरीद गर्दाको स्रोतका सम्बन्धमा निज अच्यूतकृष्ण खरेलले सेवाबाट अवकाश भएपछि हिमालयन बैंकबाट लिएको ऋणमध्ये रु.९ लाख लगानी गरेकोबाट फिर्ता भएको रकम र घरभाडा, कृषि आय र भाइ नाता पर्ने उत्तमकृष्ण खरेलसँग सापटी लिएको रु.११ लाखमध्येबाट खरीद गरेको हो भनी (प्रश्न नं. ९७ को जवाफ) उल्लेख गरेको देखिन्छ 

निजले उल्लेख गरेको स्रोतका सम्बन्धमा हेर्दा निजले २०५६ चैतमा रु.९ लाख रुपैया बैंकबाट ऋण लिएको देखिएतापनि सो रकम के कसलाई के कस्तो शर्तमा कति व्याज वा प्रतिफल आर्जन हुने गरी लगानी गरेको हो भन्ने खुलाउन सकेको पाइदैन । वार्षिक १५ प्रतिशतदेखि १९ प्रतिशतसम्म व्याज बैंकलाई तिरी लिएको ऋण रकममध्येबाटै सो व्याजदरको तुलनामा निकै न्यून प्रतिफल वार्षिक १० प्रतिशत व्याजबाट आय हुने लगानीको रुपमा रहेको राष्ट्रिय बचतपत्रमा लगानी गरेको भन्ने कुरा यथार्थ नभई अवास्तविक र बनावटी देखिन्छ । तर निजले मिति २०५७।८।१ मा प्राप्त गरेको सञ्चित विदाबापत प्राप्त रु.२,२५,८६६।रकममध्येबाट रु.२ लाख मूल्यसम्मका बचतपत्र खरीद गरेको हुनसक्ने देखिँदा रु.२ लाख मूल्य बराबरको बचतपत्र बिक्री गरी आएको रकमलाई स्रोत खुलेको सम्पत्तिका रुपमा समावेश गरी मागदावीमा लिइएको छैन 

१४.      आरोपपत्रको तालिका नं. २२ क्र.सं.१४ को (क) मा उल्लिखित नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता शेयर प्रतिशेयर रु.७८०।का दरले रु.७८,०००।खर्च गरी अच्यूतकृष्ण खरेलले मिति २०५९।२।२६ मा आफ्नो नाममा खरीद गरेको र १४(ख) मा उल्लिखित नविल बैंक लि. को १०२ कित्ता शेयर प्रतिशेयर रु.७४०।का दरले मिति २०५९।२।२७ मा रु.७५,४८०।खर्च गरी खरीद गरेको देखिन्छ । त्यस अतिरिक्त १४(ग) मा उल्लिखित बैंक अफ काठमाडौंको ४०० कित्ता शेयर प्रति शेयर रु.२७४।का दरले रु.१,०९,६००।रकम खर्च गरी आफ्नै नाममा मिति २०५९।६।१८ मा खरीद गरेको र १४(घ) मा उल्लिखित बैंक अफ काठमाडौंको ३०० कित्ता शेयर प्रति शेयर रु.३७६।का दरले दोस्रो बजारमार्फत् निजका छोरा आयूष खरेलका नाममा मिति ०५९।३।१३ मा रु.१,१२,८००।खर्च गरी खरीद गरेको देखिन्छ 

यसरी अच्यूतकृष्ण खरेलले मिति २०५९।२।२७ देखि २०५९।६।१८ सम्म आफ्नो र छोरा आयूष खरेलको नाममा माथि उल्लिखित बैंकहरूको शेयर दोस्रो बजारमार्फत् कुल रु.३,७५,८८०।रकम खर्च गरी खरीद गरेको देखियो 

उक्त शेयरहरू खरीद गर्दाको स्रोतको बिषयमा निजले आयोगमा गरेको बयानको सवाल जवाफ नं.४० देखि ४२ मा पेन्सन, कृषि आय, बानेश्वरको घर बिक्रीबाट प्राप्त आयलाई स्रोतहरू भनी उल्लेख गरेको देखिन्छ । निजको भनाइअनुसार निजको घर विक्रीबाट तथा पेन्सनबाट प्राप्त आम्दानी रकममध्येबाट नै दोस्रो बजारमार्फत् उक्त बैंकहरूको शेयर खरीद गरेको हुनसक्ने देखिँदा रु.३,७५,८८०।मूल्य पर्ने माथि उल्लिखित बैंकका शेयरहरूलाई स्रोत खुलेको सम्पत्तिमा समावेशगरी मागदावीमा लिइएको छैन 

१५(क) आरोपपत्रको तालिका नं.२२ को क्र.सं. १५(क) मा उल्लिखित रु.१५,००,०००।अच्यूतकृष्ण खरेलले मिति २०५९।४।२२ मा प्रिमियर फाइनान्स कम्पनी लि. को मुद्दती खाता नं. एफ.डी. ३०४१७ मा जम्मा गरेको देखिएको छ । उक्त रकमको स्रोतको विषयमा निजले का.म.न.पा.१० बानेश्वरस्थित घर बिक्रीको रकम, खेतीपाती, तथा आफ्ना लगानीको रकम भनी उल्लेख गरेको देखिन्छ । सो घर २०४२ सालमा भूईतल्ला र पहिलोतल्ला तथा २०४९ सालमा दोस्रोतल्ला गरी निर्माण गरेको देखिएको र स्रोतका सम्बन्धमा हेर्दा २०४१ सालसम्मको कृषि आय तथा तलवभत्ताको वचत रकम र २०४७ र २०४८ सालमा बिक्री गरिएका सप्तरी नर्घौंस्थित जग्गाहरूको रकमबाट निर्माण गरेको हुनसक्ने देखिन्छ । निज अच्यूतकृष्ण खरेलले बानेश्वरस्थित घर बिक्रीबाट प्राप्त रकमलाई उक्त शेयर खरीदको स्रोतको भनी उल्लेख गरेको देखिन्छ 

निज अच्यूतकृष्ण खरेलले उक्त घर जग्गा बिक्री गर्दा क्रेता शोभा खनालले निजको रा.वा. बैंक टंगाल शाखास्थित बचत खाता नं.४१७५९ बाट मिति २०५८।३।१४ मा रु.१६,५०,०००।रकम घर जग्गा पास गर्नुपूर्व चेकमार्फत् भुक्तानी दिएको देखिन्छ । त्यसैगरी निज शोभा खनालले २०५८।३।१४ गते नै रु.१३,५०,०००।नगद दिएको भनी क्रेता विक्रेता दुवैले बयान कथनमा खुलाएको देखिन्छ । सो कुराको पुष्टि अच्यूतकृष्ण खरेलको नविल बैंक लि. कान्तिपथ शाखास्थित बचत खातामा २०५८।३।१५ मा चेक र नगद गरी दुवै कारोवारमार्फत् क्रमशः रु.१६,५०,०००।र रु.१३,५०,०००।जम्मा गरेको तथ्यले समेत समर्थन गरेको पाइन्छ 

उक्त खातामा घर जग्गा विक्री गर्ने सिलसिलामा प्राप्त गरेको रु.३०,००,०००।मध्ये २०५८।३।१६ मा रु.२० लाख झिकेको देखिन्छ । उक्त रकमले निजले मिति २०५८।३।१९ मा रु.१३,६०,०००।र मिति २०५८।३।२५ मा रु.६,३५,०००।गरी जम्मा रु.१९,९५,०००।रकमले २०६२ र २०६४ को राष्ट्रिय बचत खरीद गरेको भएपनि निज अच्यूतकृष्ण खरेलले उक्त वचतपत्र मिति २०५८।१२।३० मा विक्री गरिसकेको देखिन्छ 

यसप्रकार अच्यूतकृष्ण खरेलले स्रोत खुलेको सम्पत्तिबाट २०४२ र २०४९ सालमा निर्माण गरेको घर जग्गा विक्री गरी प्राप्त गरेको आम्दानीबाट बचत पत्र खरीद गरी सो बचत पत्रको अवधि समाप्त हुनु पूर्व नै मिति २०५८।१२।३० मा बिक्री गरेको देखिन्छ । यसरी ठूलो परिमाणमा रु.१९,९५,०००।मूल्यको राष्ट्रिय बचतपत्र विक्री गरेपश्चात् प्रतिवादीले मिति २०५९।४।२२ मा प्रिमियर फाइनान्स कम्पनी लि. को मुद्दती खाता नं. एफ.डी. ३०४१७ मा रु.१५,००,०००।रकम जम्मा गरेको देखिन्छ । उक्त रु.१५ लाखको सम्बन्धमा जग्गा तथा बैंक कारोवारको तथ्य र प्रतिवादी अच्यूतकृण खरेलको बयान समेत मिलान भएको अवस्था छ 

अतः उक्त फाइनान्स कम्पनीमा राखेको रु.१५ लाख रकम स्रोत खुलेको वानेश्वरस्थित घर जग्गा विक्री गरेको रकम नै भएको हुँदा सो नगद सम्पत्तिलाई स्रोत खुलेको सम्पत्ति अन्तर्गत राखी मागदावीमा लिइएको छैन 

१५(ख) आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१५ख) मा उल्लिखित प्रिमियर फाइनान्स कम्पनीमा माथि १५(क) मा उल्लिखित रु.१५ लाखको ब्याज आम्दानीको रकम भएको र सो रकम स्रोत खुलेको सम्पत्तिबाट बढे बढाएको देखिंदा उक्त आर्जित ब्याजको मौज्दात रु.१,१८,५९७।६१ लाई समेत स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

१६.    आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१६(क), (ख), (ग) मा उल्लिखित नबिल बैंक लिमिटेडका खाताहरूमा जम्मा रु.२,६९,९८१।३९ मौज्दातमा रहेको देखिन्छ । ती खाताहरू क्रमशः मीना खरेल, चाँदनी खरेल र आयूष खरेल नाममा रहेका बैंक खाताहरू हुन् । ती खातामा रहेका रकमहरू निज अच्यूतकृष्ण खरेलको तलवभत्ताको वचत जस्ता बैधानिक आयको बचत रकमबाट ससानो परिमाणमा पटकपटक गरी जम्मा गरेको हुनसक्ने भएकोले हाल वचत मौज्दातमा रहेको जम्मा रु.२,६९,९८२।८७ लाई स्रोत खुलेको सम्पत्तिमा समावेशगरी मागदावीमा लिइएको छैन 

            साथै, यसै तालिकाको क्र.सं.१६(घ) मा उल्लिखित रु.५०,०००।मिति २०५८।३।१२ मा निजकी छोरी चाँदनी खरेलका नाममा मुद्दती खातामा जम्मा गरेको देखिन्छ । सोको स्रोतको सम्बन्धमा माथि उल्लिखित प्रकरण नं.१६ (क) को बैधानिक आयको बचत रकमबाट सो मुद्दती खाता खोलेको देखिन आएको अवस्था छ । यही तथ्यको आधारमा मुद्दती खातामा रहेको रु.५०,०००।लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

१७.   आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१७ (क), (ख), (ग) र (घ) मा उल्लिखित रकम रु.२७,३२५।०३ नेपाल बैंक लिमिटेड, डिल्लीबजारमा निजहरूका परिवारका चारैजनाका नाममा मौज्दातमा रहेको देखिन्छ । ती खाताहरूमध्ये प्रतिवादी अच्यूतकृष्ण खरेलका नामको खाताको हालसम्मको प्राप्त बैंक स्टेटमेण्ट हेर्दा उक्त खातामा स्वाभाविक परिमाणको रकम जम्मा गरेको देखिएको छ । त्यसैगरी चाँदनी खरेल, मीना खरेल र आयूष खरेलका बैंक खातामा पनि स्वाभाविक परिमाणका रकम जम्मा गरेको पाइएको छ । उल्लिखित बैंक खाताहरूमा खाता खोलेदेखि हालसम्म जम्मा गरेको रकमको परिमाण स्वाभाविक रहेको हुँदा मौज्दात रहेको रकम निजको बैधानिक आयको बचत रकम हुनसक्ने देखिएकोले बैंक मौज्दातमा रहेको कुल रु.२७,३२५।०३ लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

१८    आरोपपत्रको तालिका नं.२२ क्र.सं.१८ मा उल्लिखित रकम रु.५,३४३।८४ ने.बैं.लि., बनेपा शाखास्थित अच्यूतकृष्ण खरेलको बचत खाता नं. ३८९८ मा मौज्दातमा रहेको देखिन्छ । सो खाता मिति २०५७।७।६ मा रु.१,१००।जम्मा गरी खोलेको पाइन्छ । उक्त खाता खोलेपश्चात् मिति २०५८।१।१६ मा रु.३,८००।जम्मा गरेको देखिन्छ । अतः सो खाताको प्रकृति र रकम जम्मा गर्दाको परिमाण समेत सामान्य देखिएकोले सो बैंक मौज्दातलाई स्रोत खुलेको सम्पत्ति समावेश गरी मागदावीमा लिइएको छैन 

१९.    आरोपपत्रको तालिका नं.२२ को क्र.सं.१९ मा उल्लिखित रकम रु.१,५४,७००।अच्यूतकृष्ण खरेलले नेपाल बैंक लिमिटेड, डिल्लीवजारस्थित मुद्दती खातामा मिति २०५५।५।१४ मा जम्मा गरेको देखिन्छ । निजले उक्त रकम शुरुमा मुद्दती खाता नं.६१/६१४ खोली रकम जम्मा गरेको र सोही रकमलाई मिति २०५७।८।१८ मा मुद्दती खाता नं.६२/८६६ बाट नवीकरण गरेको देखिन्छ 

            उक्त रकम निजको २०५४ सालसम्मको कृषि आय एवं तलव भत्ताको बचत रकम र अन्य फुटकर आय समेतबाट आर्जन गरी बचत गरेको रकम समेतबाट सो खाता खोलेको हुनसक्ने देखिँदा सो खातामा जम्मा गरिएको रु.१,५४,७००।लाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छैन 

२०.   आरोपपत्रको तालिका नं.२२ को क्र.सं.२० मा उल्लिखित रकम रु.४३,३९१।८२ अच्यूतकृष्ण खरेलकी छोरी चाँदनी खरेलको नाममा स्ट्याण्डर्ड चार्टर्ड बैंक लि. स्थित खातामा रहेको मौज्दात रकम हो । निज चाँदनी खरेल डाक्टरी पेशामा संलग्न रहेको देखिएको र सो खातामा निजको तलव भत्ता समेतका रकमहरू जम्मा हुने एवं झिक्ने गरेको देखिंदा हाल मौज्दातमा रहेको उक्त रु.४३,३९१।८२ लाई स्रोत खुलेको सम्पत्तिको रूपमा समावेशगरी मागदावीमा लिइएको छैन 

(ख) स्रोत नखुलेको सम्पत्तिको विवरण :

सम्पत्ति धनीको नामः आयूष खरेल

१.     मिति २०५०।६।८ मा खरीद गरेको जिल्ला काठमाडौं, जोरपाटी गा.वि.स. वडा नं. ५

(ख) स्थित कि नं. २३४ को क्षेत्रफल १० रोपनी जग्गाको हालको मूल्य रु. ११,१७,१८७।५०

२.    मिति २०५०।६।८ मा खरीद गरेको जिल्ला काठमाडौं, जोरपाटी गा.वि.स. वडा नं. ५

(ख) स्थित कि.न ३४८ को ०२ रोपनी जग्गा बिक्री गरेको जग्गाको हालको मूल्य रु.,२७,३४३७५ (२०६१।१।२४ मा बिक्री गरिसकेको)

३.    मिति २०५०।१२।१७ मा खरीद गरेको काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. ५(ख) को कि.नं. २७८ को क्षेत्रफल ११ रोपनी जग्गा बिक्री गरेको जग्गाको हालको मूल्य १३,१०,५४६८७

४.    मिति २०५३।५।५ मा खरीद गरेको काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २३(त) कि.नं. ४३५ क्षेत्रफल ०१२० रोपनी जग्गामध्ये मिति २०५७।९।२० मा अंशबण्डाको लिखत तयार गरी सोही जग्गा कित्ताकाट भई कि.नं. ४७४ को क्षेत्रफल ०० रोपनी जग्गा नामसारीबाट कायम भएको रु. १२,००,०००

५.    मिति २०५३।५।५ मा खरीद गरेको काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २३(त) को कि.नं. ४३१ को क्षेत्रफल ०० रोपनी जग्गाको हालको मूल्य रु. ,५०,०००

६.    मिति २०५४।२।५ मा खरीद गरेको काभ्रेपलाञ्चोक जिल्ला साठीघर गा.वि.स.१ को कि.नं. ४२ को क्षेत्रफल २० रोपनी जग्गाको हालको मूल्य रु. ,०७,३७५

७.    मिति २०५४।८।२९ मा खरीद गरेको ऐ.ऐ. कि.नं. २९६ को क्षेत्रफल २१३१ रोपनी जग्गाको हालको रु. १९,९३३५९

८.    मिति २०५४।११।१० मा खरीद गरेको जिल्ला काठमाडौं, जोरपाटी गा.वि.स. ५(ख) को कि.नं. २७६ र मिति २०५४।१०।९ मा २७७ को जम्मा क्षेत्रफल ०३ रोपनी जग्गाको हालको मूल्य रु.,७३,८२८१२

९.    मिति २०५५।८।१५ मा खरीद गरेको जिल्ला चितवन, नारायणगढ५(क) को कि.नं. ४६३ को क्षेत्रफल ०४ बिगाह जग्गाको हालको मूल्य रु. ,५२,०००

१०.    मिति २०५५।१०।१७ मा खरीद गरेको नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स कोअपरेटिभ लि. को शेयर (प्रतिशेयर रु.१,०००।का दरले खरीद गरेको १०० कित्ता शेयर) हालको मूल्य रु.,००,०००

११.    ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा शेयर लगानी गरेको रकम रु. १०,००,०००

१२.   मिति २०५७।२।१ मा खरीद गरेको जिल्ला चितवन नारायणगढ५(क) कि.नं. ५१३ को क्षेत्रफल ०७.५ विगाह जग्गाको हालको मूल्य रु. ,२२,५००

१३.   मिति २०५७।४।१० मा प्रति शेयर रु.९५०।का दरले दोस्रो बजारमार्फत् खरीद गरेको बैंक अफ काठमाडौंको १००० कित्ता शेयर हालको मूल्य रु. ,५०,०००

१४.   मिति ०५७।९।२० मा छोरा आयूष खरेललाई अंशबण्डा गर्दा दिएको रकम रु. १२,००,०००

१५.   नेपाल राष्ट्र बैंकबाट निष्कासित राष्ट्रिय वचतपत्रमध्ये स्रोत नखुलेको रकमबाट खरीद भएको (२०६२ (घ) ००१७०६) राष्ट्रिय बचतपत्रमध्येवाट खरीद भएको वचतपत्र मिति २०५८।१२।३० मा बिक्री गरी प्राप्त रकम रु.,००,०००

१६.    नबिल बैंक, कान्तिपथमा आयूष खरेलको डलर खातामा जम्मा भएको अमेरिकी डलर १,१००।ले हुन आउने रकम रु. ७८,२१०

(तत्कालीन समयमा नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका आधारमा)

 

सम्पत्ति धनीको नामः मीना खरेल

१.     चितवन जिल्ला, नारायणगढ५(क) को कि.नं. ३७६ र १४ को कुल क्षेत्रफल ०१२० बिगाह जग्गामा २०५५ सालमा रु.१२,७१,४५०।४० को लागतमा निर्मित १८८३.७० वर्गफीट क्षेत्रफलको घर र सो घरमा रहेको फर्निचर तथा उपकरणको मूल्य रु. १५,२७,५८६५१

२.    उक्त (क) मा उल्लेख भएको साविक ४३५ बाट कि.का. भई कायम कि.नं. ४७५ क्षे.फ. ०० कायम रकम रु. ,५०,०००

३.    कि.नं. ४७५ को जग्गामा २०५३ सालमा रु.३३,८०,१७०।२० रकमको लागतमा निर्मित ४६४७।४० वर्गफीट क्षेत्रफल भएको घर तथा सोमा रहेका फर्निचरहरूको हालको मूल्य समेत जोडी हुन आउने रकम रु. ४६,४९,६१९।१०

जम्मा ,६३,३६,१३०४४

 

स्रोत नखुलेको सम्पत्तिको विश्लेषण :

१.    आरोपपत्रको तालिका नं.२३ को क्र.सं.१(क) र (ख) मा उल्लिखित जिल्ला काठमाडौँ जोरपाटी गा.वि.स. ५(ख) स्थित क्रमशः कि.नं.२३४ को क्षेत्रफल १० र कि.नं.३४८ को क्षेत्रफल ०२ रोपनी जग्गा मिति २०५०।६।८ मा मीना खरेलको नाममा खरीद गरेको देखिन्छ । सोही दिन निजले कि.नं. ३५० को क्षेत्रफल १० रोपनी जग्गा समेत कुल क्षेत्रफल २२ रोपनी जग्गा रु.१,३२,०००।लिखत मूल्य उल्लेख गरी खरीद गरेको देखिएको छ । उक्त जग्गा खरीद गर्दाको स्रोतको हकमा निजले आफ्नो तलव भत्ता, घरभाडा, कृषि आय, सप्तरीको जग्गा बिक्रीबाट आएको रकम र लगानीको ब्याज आदिका स्रोतबाट खरीद गरेको भनी उल्लेख गरेको पाइन्छ 

निजले उल्लेख गरेका ती स्रोततर्फ हेर्दा सो अवधिमा बानेश्वरस्थित घरमा निज स्वयं रहनु बस्नुपर्ने अवस्था देखिएको र घर भाडामा लागेको भरपर्दो प्रमाण पनि पेश नभएबाट सो घरको घरभाडा प्राप्त हुनसक्ने स्थिति देखिएन 

            त्यसैगरी निजले जिकीर लिएको तलव भत्ताको बचत रकम, खेतीको आयको बचत रकम मध्येबाट २०५० सालमा उक्त जग्गा खरीद गर्नु पूर्व बानेश्वरको घर निर्माण गरेको देखिएको छ, जुन सम्पत्ति स्रोत खुलेको सम्पत्तिमा समावेश गरिसकिएको छ भने बाँकी रकम निज र निजका एकाघर परिवारका श्रीमती, छोरा र छोरीको नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाको खातामा मौज्दातमा रहेको देखिन्छ । उक्त मौज्दात रकममध्ये अच्यूतकृष्ण खरेलको नामको नेपाल बैंक लिमिटेड, डिल्लीबजारस्थित खाताबाट मिति २०५०।५।३१ मा रु.४६,०००।र ऐ. बैंकस्थित मीना खरेलको खाताबाट मिति २०५०।६।६ मा रु.२०,०००।निकालेको देखिंदा मिति २०५०।६।८ मा खरीद गरेकोमध्ये कि.नं.३५० को क्षेत्रफल १० जग्गा सोही बैंकबाट निकालेको रकम तलव भत्ताको बचत रकम र निजको कृषि आय समेतको वचतबाट खरीद गरेको हुनसक्ने देखिंदा कि.नं.३५० को जग्गासम्म स्रोत खुलेको सम्पत्तिमा समावेश गरिएको छ 

उक्त जग्गा खरीद गर्दाको अर्को स्रोतमा सप्तरीको जग्गा बिक्रीबाट प्राप्त रकम हो भनी निजले उल्लेख गरेको भए पनि सप्तरीको जग्गा २०४७, २०४८ र २०५१ सालमा बिक्री भएको देखिन्छ तर २०४९ र २०५० सालमा कुनै जग्गा बिक्री गरेको नदेखिंदा जोरपाटीको जग्गा खरीदको स्रोत मान्न मिल्ने देखिएन । लगानी गरेको रकमबाट प्राप्त मुनाफाको सम्बन्धमा हेर्दा उक्त जग्गा खरीद गर्नु पूर्व निजसँग कुनै पनि लगानीयोग्य पूँजी रहेको नदेखिंदा र भएका स्रोतहरूबाट अन्य अचल सम्पत्ति र शेयर खरीद गर्ने कार्य गरेको देखिंदा उक्त जग्गा खरीद गर्ने स्रोत रहेको देखिन आएन 

यसरी २०५०।६।८ मा खरीद गरेको कुल क्षेत्रफल २२ रोपनी जग्गामध्ये कि.नं.३५० को क्षेत्रफल १० रोपनी जग्गाको मात्र स्रोत खुलेको देखिन्छ भने अन्य कि.नं.३४८ र २३४ को कुल क्षेत्रफल १२ रोपनी जग्गाको वैधानिक स्रोत खुलेको पाइएन । अतः स्रोत नखुलेको जग्गामध्ये कि.नं.२३४ को हाल आयूष खरेलका नाममा रहेको मूल्य रु.११,१७,१८७।५० को जग्गालाई स्रोत नखुलेको सम्पत्तिमा राखी माग दावीमा लिइएको छ 

उक्त जग्गामध्ये कि.नं.३४८ को ०२ जग्गा अच्यूतकृष्ण खरेलले मिति २०६०।१।२४ मा बिक्री गरेको पाइयो । विक्री अघि सो जग्गा आयूष खरेल नाममा रहेको थियो । उक्त जग्गा बिक्री गरी प्राप्त गरेको रकम निजले कुनै बैंकमा राखेको पनि पाइएन र सो बाट अचल सम्पत्ति खरीद गरेको पनि पाइएन । अतः स्रोत खुल्न नसकेको रु.६,२७,३४३।७५ मूल्य पर्ने उक्त कि.नं.३४८ को जग्गा बिक्री गरी सो रकम के, कहाँ प्रयोग गरियो, सो नदेखाई लुकाइ छिपाइ राखेको हुँदा उक्त रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी दावीमा लिइएको छ 

२.    आरोपपत्रको तालिका नं.२३ क्र.सं.२ मा उल्लिखित काठमाडौँ जिल्ला जोरपाटी गा.वि.स. वडा नं.५(ख) कि.नं.२७८ को क्षेत्रफल ११ रोपनी जग्गा मिति २०५०।१२।१७ मा श्रीमती मीना खरेलको नाममा लिखत बमोजिम रु.६०,०००।थैली अङ्क राखी खरीद गरेपछि छोरा आयूष खरेलका नाममा नामसारी गरी विक्री गरेको देखिन्छ । उक्त जग्गा खरीद गर्दाको बैधानिक स्रोतको सम्बन्धमा निजले कृषि आय, तलव भत्ता, राशन, धोवीधाराको घरभाडाबाट प्राप्त रकम समेतबाट खरीद गरेको भनी उल्लेख गरेको पाइन्छ । तर निजले आफ्नो कृषि आयको बचत र तलवभत्ता आदिको बचत रकमले २०४९ सालमा बानेश्वर घरको तल्ला थपेको, २०५०।६।८ मा जग्गा खरीद गरेको (सोमध्ये कि.नं.३५० को जग्गाको स्रोत खुलेको) र २०५० साल फागुनमा एस.बि.आई. बैंकको शेयर खरीद, नेपाल लिभर लिमिटेडको शेयर खरीद, एन.आई.डि.सी. म्युचुअल फण्डको १००० युनिट समेत खरीद गरेको हुँदा निजको सो अवधिसम्मको तलव भत्ता एवं कृषि आयको बचत रकमले खरीद गर्न सक्ने देखिएन । निजले देखाएको धोवीधाराको घरको सन्दर्भमा हेर्दा सो घर पूरा घर नभै आधा घर मात्र अंशबण्डाबाट पाएको देखिन्छ । निजले बानेश्वरमा घर नबनाउन्जेलसम्म सोही आधा घरमा बस्नु पर्ने बाध्यता रहेको र बानेश्वरको घर बनाइसकेपछि मात्र निज बानेश्वरको घरमा बस्न गएपछि पनि सो आधा घर भाडा लाग्न सक्ने अवस्थामा नभएको हुँदा त्यस्तो घरलाई भाडामा लगाई एक रोपनीभन्दा बढी जग्गा खरीद गर्नसक्ने भन्ने कुरा पत्यारलायक नदेखिंदा सो जग्गा खरीदको स्रोत पुष्टि हुन आएन । अतः रु.१३,१०,५४६।८७ मूल्य बराबरको उक्त जग्गा निजले बिक्री गरिसकेको र बिक्रीबाट प्राप्त रकम लुकाई छिपाई राखेको हुँदा हालको मूल्याङ्कनबमोजिम लुकाई छिपाई राखेको रु.१३,१०,५४६।८७ बराबरको रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी माग दावीमा लिइएकोे छ 

३.    आरोपपत्रको तालिका नं.२३ क्र.सं.३ मा मीना खरेलका नाममा रहेको उल्लिखित घर चितवन नारायणगढ५ (क) को कि.नं.३७६ र १४ को जग्गामा २०५५ सालमा रु.१२,७१,४५०।४० को लागतमा निर्माण गरेको देखिन्छ । उक्त घर निर्माण गर्दाको स्रोतको विषयमा निजले कृषि आय, तलवभत्ता, घरभाडा, जग्गा बिक्रीबाट प्राप्त रकम, लगानीको आर्जित ब्याज, शेयर लाभांश र भाइ नाता पर्ने उत्तमसँग लिएको ऋणवाट निर्माण गरेको भनी उल्लेख गरेको देखिन्छ 

उपर्युक्त स्रोततर्फ हेर्दा सो समयमा निजसँग तराईको करिव तीन बिगाहा जग्गा र पहाडको करिव ४० रोपनी जग्गा रहेको देखिए तापनि निज सो समयसम्म सरकारी कामको सिलसिलामा व्यस्त रहनु पर्ने अवस्था रहेको र निजको परिवारका अन्य सदस्यहरू पनि खेतीपातीमा संलग्न भएको देखिन नआएकोले अरू व्यक्तिहरूबाट गरिने कृषिको सीमित आय समेत थप गरी निजले २०४९ सालमा जग्गा खरीद गर्ने, २०४९ सालदेखि नै बानेश्वरको घर बनाउन लगानी गरेको र सो घर पूरा हुनासाथ २०५० सालमा काठमाडौंको जोरपाटीमा कि.नं.३५० को जग्गा किन्ने कार्यमा लगानी गरेको तथा आरोपपत्रको स्रोत खुलेको सम्पत्तिको तालिकाको क्र.सं.५, , , ८ र ९ मा उल्लिखित सम्पत्ति आर्जन गर्न उपयोग गरिसकेको हुँदा सो समयको वैध आयको रकम बचत रहेको अवस्था छैन 

त्यस्तै तलवभत्ता जस्ता शीर्षकहरूको आम्दानी यस अवधिभन्दा अगाडि आर्जित सम्पत्तिको स्रोतमा गणना गरिएको छ र कुनै वैधानिक रकम बचत रहेको पनि देखिदैन भने लाभांशतर्फ हेर्दा निज र निजको परिवारको बैंक तथा अन्य सँगठित संस्थाको शेयरको लाभांशको रुपमा प्राप्त भए जति सबै आय पनि माथि स्रोत खुलेको सम्पत्तिको विश्लेषणमा गणना गरिएको छ । यसप्रकार विश्लेषण गरी हेर्दा उक्त घर निर्माण गर्न पुग्ने कुनै पनि वैध स्रोत देखिंदैन । तसर्थ वैधानिक स्रोत नरहेको अवस्थामा निर्माण भएको उक्त घरको स्रोत खुल्न नसकेकोले हाल मूल्य रु.१५,२७,५८६।५१ पर्ने सो घरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी मागदावीमा लिइएको छ 

४.    आरोपपत्रको तालिका नं.२३ को क्र.सं.४(क) र ४(ख) मा उल्लिखित काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२३(त) को हाल कायम कि.नं.४७४ र ४७५ को क्षेत्रफल क्रमशः ०, ० समेत गरी कुल ०१२० रोपनी जग्गा साविकमा कि.नं.४३५ को रूपमा प्रतिवादी अच्यूतकृष्ण खरेलले श्रीमती मीना खरेलका नाममा मिति २०५३।५।५ मा खरीद गरेको देखिन्छ । सो जग्गा खरीदका सम्बन्धमा निज प्रतिवादी अच्यूतकृष्ण खरेलले बयान गर्दा भाउजू पद्मा खरेलका नाउँमा कि.नं.४३५ को ०१२० र भान्जा सुरेशकुमार उप्रेतीका नाममा कि.नं.४३६ को ०० जग्गा २०३८ सालमा नै खरीद गरी राखेको र २०५३ सालमा निजहरूवाट मीना खरेलका नाममा लगिएको भन्ने व्यहोरा उल्लेख गरेको पाइन्छ । तर २०३८ सालमा नै उक्त दुवै कित्ता जग्गा निज स्वयं वा निजकी पत्नीका वा निजका छोराछोरीका नाममा खरीद गर्न कुनै कुराले बाधा पारेको देखिंदैन । साथै निजले २०५१ सालमा घर वनाउनका लागि नगरपालिकावाट नक्सा पास गर्दा समेत जग्गावालाको हैसियतमा पद्मा खरेल र सुरेशकुमार उप्रेतीको मञ्जूरी लिई सो मञ्जूरीका आधारमा घर बनाउनुको सटृा ती जग्गाहरू निजले आफ्नो वा परिवारको सदस्यको नाममा नामसारी गरी त्यसपछि नक्सा पास गर्ने अवसर हुँदाहुँदै सो समेत नगरी सो समयका जग्गाधनीको मञ्जूरी लिई सोका आधारमा घर बनाएको देखिँदा समेत ती जग्गाहरू २०५३ सालमा निज अच्यूतकृष्ण खरेलले सुरेशकुमार उप्रेती र पद्मा खरेलबाट खरीद नै गरेको पुष्टि हुन आउँछ । २०३८ सालमा नै खरीद गरी अरुको नाममा राखेको थियो भन्ने भनाई पत्यारलायक देखिएन 

निजले सो जग्गा खरीद गर्दा के कुन स्रोतवाट उक्त जग्गा खरीद भएको हो भन्नेतर्फ हेर्दा निजले उल्लेख गरेको स्रोतमध्ये सो समयसम्मको निजको तलवभत्ता कृषि आय जस्ता आम्दानीका स्रोततर्फ हेर्नुपर्ने देखियो । सो समयमा निजको वैधानिक आयले छोरा आयूष खरेललाई निजी खर्चमा भारतमा चिकित्सा विषय अध्ययन गराउन प्रारम्भ गरेको र छोरीलाई भारतको दिल्लीमा चिकित्सा विषय अध्ययन गराउँदा छोराछोरीको पढाईमा खर्च गरेको देखिन्छ । साथै २०५३।५।५ मा नै मीना खरेलको नाममा खरीद गरी हाल आयूष खरेल र मीना खरेलका नाममा कायम रहन गएका कि.नं.४७६ र ४७७ का दुई कित्ता जग्गा खरीद गरिएको देखिँदा हाल कायम ती दुवै कित्ता जग्गाको स्रोत खुलेको सम्पत्तिमा गणना गरी माथि स्रोत खुलेको सम्पत्तिको तालिकामा समावेश गरिसकिएकोले माथि उल्लिखित जग्गा खरीद गर्न प्रतिवादीको कुनै वैध आय बचत रहेको देखिंदैन । अतः साविक कि.नं.४३५ को मिति २०५७।९।२० को वण्डापत्रको लिखतका आधारमा हाल कायम कि.नं.४७४ को आयूष खरेलका नाउँको क्षेत्रफल ०० र मीना खरेलका नामको कि.नं ४७५ को क्षेत्रफल ०० समेत रु.१६,५०,०००।मूल्य पर्ने उक्त जग्गालाई स्रोत नखुलेको सम्पत्तिको रुपमा गणनागरी माग दावीमा लिइएको छ 

४(ग)  काठमाडौँ महानगरपालिका वडा नं.२३ त कै कि.नं. ४३१ को ०० रोपनी जग्गा मिति २०५३।५।५ मा नै खरीद गरेको देखिन्छ । सो जग्गा खरीदका हकमा निज अच्यूतकृष्ण खरेलले बाटो प्रयोजनका लागि दाजु रामकृष्ण खरेलबाट प्राप्त गरेको र रकम लिनु दिनु गरिएको छैन भनी बयान गरेको देखिन्छ । निजको सो बयान व्यहोरा भएपनि धेरै वर्षअघिदेखि छुट्टीभिन्न रही आफ्नो आफ्नो खती उपती गरी खाएका दाजुभाईका बीच विनामूल्य जग्गा लिनुदिनु पर्ने अवस्था नहुँदा दाजुले सित्तैमा जग्गा दिएको भन्ने भनाई विश्वासयोग्य देखिएन । उक्त जग्गा खरीद गर्दा निजसँग वैधानिक आयको कुनै पनि रकम बाँकी नरहेको स्रोतसम्बन्धी विस्तृत विश्लेषण माथिको ४(क) र ४(ख) मा उल्लिखित जग्गाहरूको सम्बन्धमा चर्चा गरिसकिएको छ । अतः हाल निजका छोरा आयूष खरेलको नाममा रहेको हालको मूल्याङ्कन अनुसार रु.३,५०,०००।पर्ने उक्त जग्गालाई स्रोत नखुलेको सम्पत्तिअन्तर्गत समावेश गरी माग दावीमा लिइएको छ 

४(घ) आरोपपत्रको तालिका नं.२३ को क्र.सं.४(घ) मा उल्लिखित मीना खरेलका नाममा रहेको ४,६४७।४० वर्गफीटको धुम्बाराहीस्थित घर रु.३३,८०,१७०।२० को लागतमा २०५३ सालमा निर्माण गरेको देखिन्छ । सो घर निर्माणको स्रोतका सम्बन्धमा प्रश्न गर्दा प्रतिवादी अच्यूतकृष्ण खरेलले बैंकबाट प्राप्त ऋण, कृषि आय, तलव भत्ता, जग्गा बिक्रीबाट प्राप्त आय, बानेश्वरको घरको भाडा आदिबाट रु.१६ लाखको लागतमा निर्माण गरेको भनी जवाफ दिएको देखिन्छ (प्रश्न नं.९१ को उत्तर) । साथै निजले आफू जस्तो सुरक्षा निकायमा कार्यरत वरिष्ठ अधिकृतहरूले आफ्नो वसोवासको प्रयोजनको लागि कुनै घर बनाउँदा सिकर्मी, डकर्मी, ज्यामी, इलेक्ट्रिसियन जस्ता जनशक्ति निःशुल्क रूपमा सम्बन्धित सँगठनको प्राविधिक शाखाबाट उपलब्ध गराई दिने हुँदा उक्त घर निर्माणमा पनि वस्तुगत खर्च मात्र लागेको हो भनी उल्लेख गरेको पाइन्छ 

निजले सो घर निर्माणमा रु.१६ लाख लागेको भनेतापनि आयोगबाट भएको घरको प्राविधिक मूल्याङ्कन बमोजिम लागत मूल्य रु.३३,८०,१७०।२० रहेको भनी खुल्न आएबाट निजको भनाई तथ्यमा आधारित देखिंदैन । प्रहरी सँगठनभित्रको सरकारी संयन्त्र र जनशक्तिलाई निजको निजी घर निर्माणको लागि प्रयोग गरिएको भनी निजले उल्लेख गरेको भए तापनि प्रहरी ऐन, नियमावलीलगायतका तत्काल प्रचलित कुनैपनि कानूनले निजलाई त्यस प्रकारको सुविधा प्रदान गरेको नदेखिँदा निजको सो कथन विश्वासयोग्य देखिएन । कानूनले प्रदान गरेको सुविधा तथा सहुलियतको अतिरिक्त सरकारी साधन, स्रोत र जनशक्ति निजी प्रयोजनमा लगाउनु स्वयंमा गैरकानूनी कार्य हो भन्ने स्पष्ट छ 

तसर्थ, सो घर निर्माणको अन्य स्रोतहरूलाई दृष्टिगत गर्दा निजले २०५१ र २०५२ सालमा सप्तरी जिल्ला नर्घौंस्थित ६ बिगाहभन्दा बढीजग्गा बिक्री गरेको देखिएतापनि सोही वर्ष निजले चितवनको नारायणगढमा १२ कठ्ठा घडेरी खरीद गरेको, छोराछोरीलाई भारतमा अध्ययन गराएको तथा काठमाडौँमा विभिन्न कित्ता जग्गाहरू खरीद गरेको समेतबाट सप्तरीको जग्गा बिक्रीबाट प्राप्त भएको रकम सो जग्गा खरीद गर्ने समेतका उल्लिखित अन्य कार्यमा खर्च भइसकेको देखिएकोले सो घर निर्माणको स्रोत खुल्नसक्ने नदेखिंदा हाल रु.४६,४९,६१९।१० मूल्य पर्ने उक्त घर र सो घरमा रहेका फर्निचर उपकरणहरू समेतलाई स्रोत नखुलेको सम्पत्तिअन्तर्गत राखी माग दावीमा लिइएको 

निजले उक्त घर वहाल लगाई प्राप्त गरेको नगद सम्पत्ति स्रोत खुल्न नसकेको सम्पत्ति आर्जनमा उपभोग गरेको हुँदा घर भाडा बापत आर्जित रकमका सम्बन्धमा छुट्टै दावी नलिएको 

५.    आरोपपत्रको तालिका नं. २३ को क्र.सं.५ को (क) र (ख) मा उल्लिखित काभ्रेपलाञ्चोक जिल्ला साठीघर गा.वि.स.१ को कि.नं.४२ को क्षेत्रफल २० रोपनी जग्गा लिखत अङ्क रु.१४,५००।र सोही गा.वि.स. को कि.नं. २९६ को क्षेत्रफल २१३१ रोपनी जग्गा लिखत अङ्क रु.१५,०००।थैली अङ्क राखी अच्यूतकृष्ण खरेलले मिति २०५४।२।५ मा छोरा आयूष खरेलका नाउँमा खरीद गरेको देखिन्छ । उक्त दुबै कित्ता जग्गा खरीद गर्दाको स्रोतको सम्बन्धमा निजले तलव भत्ता, कृषि आय, लगानीको व्याज आदि स्रोतहरू नै हुन् भनी उल्लेख गरेको देखिन्छ 

निजले बयानमा उल्लेख गरेका स्रोततर्फ हेर्दा २०५३ सालसम्म पैतृक सम्पत्ति बिक्री गरी प्राप्त आम्दानी तथा तलवभत्ता, कृषि आय जस्तो वैधानिक आयको बचत रकमले चितवनको नारायणगढमा १२ कठ्ठा जग्गा खरीद गरेको, काठमाडौंमा ०० रोपनी जग्गा खरीद गरेको (स्रोत खुलेको तालिकाको क्र.सं.७ र ८ मा उल्लेख भएको) देखिनुका अतिरिक्त निजको तलवभत्ताको बचत रकम गाडी खरीद गर्दा लगानी गरेको हुँदा लगानी गर्ने अन्य रकम निजसँग रहेको देखिंदैन । यस स्थितिमा २०५४ सालमा खरीद गरेको उक्त दुवै कित्ता जग्गाको वैधानिक स्रोत खुल्न नसकेकोले क्रमशः रु.२,०७,३७५।र रु.१९,९३३।५९ गरी हुने रु.२,२७,३०८।५९ मूल्य बराबरको कि.नं.४२ र २९६ को जग्गालाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी मागदावीमा लिइएको छ 

६.    आरोपपत्रको तालिका २३ को क्र.सं.६ मा रहेको काठमाडौँ जिल्ला, जोरपाटी ५(ख) को कि.नं.२७६ को क्षे.फ. ०३.५ रोपनी जग्गा लिखतबमोजिम रु.२१,५००।थैली अङ्क राखी अच्यूतकृष्ण खरेलले मिति २०५४।११।१० मा र सोही ठाउँको मिति २०५४।१०।९ मा कि.नं. २७७ को क्षेत्रफल ०३.५ जग्गाको लिखतबमोजिम रु.२१,५००।थैली अङ्क राखी छोरा आयूष खरेलका नाममा खरीद गरेको देखिन्छ । सो जग्गाको खरीद गर्दाको रकमको स्रोतसम्बन्धमा निजले कृषि आय, जमिन विक्री, बैंक ऋण, तलवभत्ता भनी उल्लेख गरेको देखिन्छ 

निजले उल्लेख गरेको उक्त रकमको स्रोत तर्फ हेर्दा सो समयमा निजसँग तलव भत्ताको बचत रकम खेतीपातीको आय र बैंकबाट लिएको कर्जा रु.४ लाख समेत करिव रु.५ लाखभन्दा केही बढी रकम वैध आम्दानी हुनसक्ने भएपनि सो रकम समेतबाट निजले सोही समयमा रु.५,८३,१५१।रकम खर्च गरी गाडी खरीद गरेको देखिन्छ । उक्त गाडी (स्रोत खुलेको तालिकाको क्र.सं. ९ मा उल्लेख भएको) खरीद गरेपश्चात् निजसँग कुनैपनि रकम बचतमा रहन सक्ने अवस्था छैन । यसरी वैधानिक स्रोत नभएको अवस्थामा खरीद गरेको उक्त जग्गाको स्रोत नखुलेकोले हाल रु.३,७३,८२८।१२ मूल्य बराबरको उक्त जग्गालाई स्रोत नखुेलेको सम्पत्तिमा गणना गरी माग दावीमा लिइएको छ 

७.    आरोपपत्रको तालिका २३ को क्र.सं.७ मा उल्लिखित चितवन जिल्ला, नारायणगढ ५क को कि.नं.४६३ को क्षे.फ. ०४ विगाहा जग्गा प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५५।८।१५ मा निजकी पत्नी मीना खरेलका नाममा लिखतबमोजिम रु.८४,०००।थैली अङ्क राखी खरीद गरेको देखिन्छ । सो जग्गा खरीद गर्दाको रकमको स्रोतसम्बन्धमा निजले कृषि आय, तलवभत्ता, सप्तरी नर्घौको जग्गा विक्रीवाट प्राप्त रकम, लगानीवाट प्राप्त व्याज, घर भाडा र स्त्रीधन समेत भनी उल्लेख गरेको देखिन्छ । निजले खुलाएका उपरोक्त स्रोततर्फ हेर्दा निजको मासिक सरदर १५ हजार रुपैया छोरा छोरीको अध्ययनको लागि खर्च हुने देखिँदा तलबभत्ता बचत हुने अवस्था देखिदैन । साथै निजले उल्लेख गरेको अर्को स्रोत स्त्रीधन कहाँवाट र कसरी प्राप्त भएको थियो र कहिलेदेखि कहाँ सञ्चित थियो भन्ने कुरा निजको व्यक्तिगत एवं पारिवारिक विवरणमा कहीँ कतै नदेखिएको हुँदा त्यसलाई जग्गा खरीदको स्रोत मान्न मिल्ने अवस्था नरहेको 

निजले उल्लेख गरेको अन्य स्रोतमध्ये जग्गा बिक्रीतर्फ हेर्दा निजको सप्तरी नर्घौस्थित पैतृक जग्गा २०५१ र २०५२ सालमा विक्री गरेको देखिए तापनि सो जग्गा विक्रीवाट प्राप्त रकम समेतबाट २०५३ सालमा चितवनमा १२ कठ्ठा घडेरी जग्गा र काठमाडौंमा ०० रोपनी जग्गा खरीद गरेको समेत देखिन आई सोलाई स्रोत खुलेको सम्पत्तिमा समावेश गरिसकिएको छ । त्यसैगरी उक्त जग्गा खरीद गर्नु पूर्व मिति २०५५।५।१४ मा प्रतिवादी अच्यूतकृष्ण खरेलले आफ्नै नाममा रु.१,५४,७००।रकम मुद्दती खाता खोली जम्मा गरेको देखिन्छ । सो सम्पत्ति पनि स्रोत खुलेको सम्पत्तिमा समावेश गरिसकिएको छ । यसरी उक्त जग्गा खरीद गर्दाको समयमा निजसँग वैधानिक आयको रकम बचत रहे भएको देखिंदैन । तसर्थ २०५५ सालमा चितवनस्थित उपर्युक्त जग्गा खरीद गरेको स्रोत खुल्न आएन । साथै लगानीबाट प्राप्त आय समेतलाई सो जग्गा खरीदको स्रोत भनी देखाएको सन्दर्भमा हेर्दा विधिसम्मत् आम्दानीका सवै रकम सम्पत्ति आर्जन गर्न प्रयोग भइसकेको अवस्थामा लगानी गर्ने रकम निजसँग बाँकी रहेको पनि देखिँदैन । अतः हाल आयूष खरेलको नाममा रहेको रु.२,५२,०००।मूल्य पर्ने सो जग्गालाई स्रोत नखुलेको सम्पत्तिअन्तर्गत राखी मागदावीमा लिइएको छ 

८.    आरोपपत्रको तालिका नं.२३ क्र.सं ८ मा उल्लिखित नेपाल प्रिन्टर्स एण्ड टे«डर्स कोअपरेटिभ लि.को १०० कित्ता शेयर अच्यूतकृष्ण खरेलले प्रति शेयर रु.१,०००।का दरले मिति २०५५।१०।१७ मा छोरा आयूष खरेलका नाममा खरीद गरेको देखिन्छ । उक्त शेयर खरीद गर्दाको स्रोतको बिषयमा निज अच्यूतकृष्ण खरेलले सवाल जवाफ नं.१०३ मा विभिन्न आयस्रोतमध्ये तलब, भत्ता, दैनिक भ्रमण भत्ताबाट बचत रकम, कृषि आय, घरभाडा (बानेश्वरको) समेतबाट खरीद गरेको भनी उल्लेख गरेको देखिन्छ । तर बानेश्वरको घरमा निज स्वयं रहनु बस्नुपर्ने भएबाट भाडा रकम प्राप्त हुनसक्ने देखिंदैन भने अन्य विधिसम्मत् आयका स्रोतहरू समेतबाट निजका नाममा रु.१,५४,०००।को मुद्दति खाता खोली रकम जम्मा गरेको स्थिति छ । साथै छोराछोरीको अध्ययनमा खर्च भैरहेको र बाँकी बचत रकम पनि निजले २०५४ सालमा रु.५,८३,१५१।मूल्यको गाडी खरीद गर्दा उपयोग गरेको र मिति २०५५।८।१५ मा नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखामा आफ्नो नाममा रु.१,५४,७००।रकम मुद्दती खातामा जम्मा गरेको देखिन्छ । यस स्थितिमा निजसँग उक्त रु.१ लाखको शेयर खरीद गर्न रकम बचतमा रहेको देखिदैन । तसर्थ बैधानिक स्रोत नभएको अवस्थामा खरीद गरेको रु.१ लाख मूल्यकोे शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी मागदावीमा लिइएको 

९.    आरोपपत्रको तालिका नं.२३ को क्र.सं.९ मा उल्लिखित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको रु.१० लाख मूल्यको १०,००० कित्ता शेयर प्रतिवादी अच्यूतकृष्ण खरेलले छोरा आयूष खरेलका नाममा मिति २०५६।८।३ मा खरीद गरेको देखिन्छ । उक्त शेयर खरीद गर्दाको स्रोतको सम्बन्धमा निज अच्यूतकृष्ण खरेलले सवाल जवाफ नं. ४३ मा धुम्वराहीको घरभाडा, बानेश्वरको घरभाडा, जिल्ला सप्तरी नर्घौंको जग्गा बिक्रीबाट प्राप्त रकम तथा कृषिको आय एवं विभिन्न मितिमा लगानी गरिएको ब्याजमध्येबाट समेत खरीद गरेको भनी जवाफ दिएकोमा निजले उल्लेख गरेका स्रोतहरूमध्ये घरभाडातर्फ हेर्दा धुम्वाराहीस्थित घर निर्माणकै स्रोत खुल्न नसकेको अवस्था हुँदा स्रोत पुष्टि नभएको सम्पत्तिबाट आर्जित भाडालाई वैध आर्जन मान्न मिलेन । बानेश्वरको घर भाडामा दिएको र सोबाट आय आर्जन गरेको प्रमाण पनि नभएकोले भाडाबाट आय प्राप्त भएको अवस्था छैन । सप्तरी नर्घौंस्थित जग्गा बिक्रीको रकम छोराछोरीको अध्ययनमा खर्च भएको र स्रोत खुलेको शेयर खरीद तथा चितवन नारायणगढ ५(क) को कि.नं.४९३,४९६ र ४९९ का जग्गा खरीद गर्न प्रयोग गरेको देखिन्छ । यसरी वैधानिक स्रोत नभएको अवस्थामा निजले ओम नर्सिङ्ग हस्पिटल एण्ड रिसर्च प्रा.लि.को शेयर खरीद गर्नका लागि रु.१० लाख नगदै भुक्तानी गरी १०००० कित्ता शेयर खरीद गरेको स्रोत खुल्नसक्ने अवस्था रहेको देखिंदैन । अतः सो प्रा.लि.मा लगानी गरेको रु.१० लाखको १०००० कित्ता शेयरलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी मागदावीमा लिइएको 

१०. आरोपपत्रको तालिका नं.२३ को क्र.सं.१० मा उल्लिखित जिल्ला चितवन नारायणघाट५(क) कि.नं.५१३ को क्षे.फ.०७.५ बिगाहा जग्गा मूल्य रु.१,०७,५००।थैली अङ्क राखी प्रतिवादीले निजकी पत्नी मीना खरेलका नाममा मिति २०५७।२।१ मा खरीद गरेको देखिन्छ । सो जग्गा खरीदको स्रोतका सम्बन्धमा निजले मधेशको जग्गा विक्रीवाट प्राप्त रकम, कृषि आय, घर भाडा, बैंकको ऋण आदि भनी उल्लेख गरेको देखिन्छ । निजले उल्लेख गरेको आयमध्ये सप्तरी नर्घौको जग्गा बिक्री गरेको भनी उल्लेख गरेको विषयतर्फ हेर्दा उक्त चितवनको जग्गा खरीद गरेको करीव ९ महिना पछि अर्थात् मिति २०५७।१०।४ मा मात्र विक्री गरेको र गोरखा फाइनान्स कम्पनी लि. बाट २०५७।९।१९ मा ऋण लिएको रकम पनि सो ऋण लिनुभन्दा करीव ८ महिनाअघि खरीद गरेको जग्गामा उपयोग हुन सक्ने देखिएन । जहाँसम्म कृषि आयको प्रश्न छ, त्यसका हकमा हेर्दा निजसँग त्यतिबेला कृषियोग्य जग्गा नै ज्यादै थोरै मात्र बाँकी रहेको र सोको कृषि आयको वचतले उक्त जग्गा खरीद गरेको हुनसक्ने अवस्था नदेखिएको कारण सो जग्गा खरीदको स्रोत खुल्न सकेन । अतः हाल आयूष खरेलका नाममा रहेको रु.३,२२,५००।मूल्य पर्ने सो जग्गालाई स्रोत नखुलेको सम्पत्तिअन्तर्गत गणना गरी मागदावीमा लिइएको छ 

११.    आरोपपत्रको तालिका नं.२३ को क्र.सं.११ मा उल्लिखित बैंक अफ काठमाडौंको १००० कित्ता शेयर प्रति शेयर रु.९५०।का दरले रु.९,५०,०००।खर्च गरी अच्यूतकृष्ण खरेलले दोस्रो बजारमार्फत् छोरा आयूष खरेलको नाममा मिति २०५७।४।१० मा खरीद गरेको देखिन्छ । उक्त शेयर खरीद गर्दाको स्रोतको बिषयमा प्रतिवादी अच्यूतकृष्ण खरेलले सञ्चित विदाको रकम र कृषि आय समेतका स्रोतबाट खरीद गरेको भनी उल्लेख गरेको देखिन्छ 

निजले उल्लेख गरेको सञ्चित विदाको रकमको सम्बन्धमा हेर्दा सो रकम निजले उक्त शेयर खरीद गरेको ४ महिनापछि मात्र प्राप्त गरेको हुँदा सो रकम शेयर खरीद गर्न उपयोग हुन सक्ने अवस्था नै रहँदैन । त्यसैगरी खेतीको आय सामान्य रहेको देखिन्छ । उक्त शेयर खरीद गर्दा निजले उल्लेख गरेका वैधानिक आम्दानीहरू छोरा आयूष खरेललाई भारतको मणिपाल कलेजमा निजी खर्चमा अध्ययन गराउँदा र मीना खरेल तथा प्रतिवादी अच्यूतकृष्ण खरेल स्वयंले नेपाल इन्भेष्टमेन्ट बैंकको रु.९,६००।मूल्यको हकप्रद शेयर खरीद गर्दा खर्च भएको देखिन्छ । यसरी बैंक अफ काठमाडौँको उक्त शेयर खरीद गर्दा निजसँग कुनै पनि रकम बचतमा रहेको देखिदैन । तसर्थ बैधानिक स्रोत नभएको अवस्थामा रु.९,५०,०००।खर्च गरी खरीद गरिएको उक्त बैंकको १,००० कित्ता शेयरलाई स्रोत खुल्न नसकेको सम्पत्तिमा गणना गरी माग दावीमा लिइएको छ 

१२.   आरोपपत्रको तालिका नं.२३ को क्र.सं.१२ मा उल्लिखित रु.१२ लाख रकम अच्यूतकृष्ण खरेलले मिति २०५७।९।२० मा अंशबण्डाको लिखत तयार गरी रु.१२ लाख छोरा आयूष खरेललाई दिएको तथ्य निजको बयान र यस आयोगमा पेश गरेको सम्पत्ति विवरणले स्पष्ट पारेको छ । निजले पेश गरेको सोही सम्पत्ति विवरणमा श्रीमतीसँग रु.७ लाख र आफूसँग करिव रु.४ लाख गरी जम्मा रु.११ लाख पनि रहेको भनी बयान कथन तथा पेश गरेको सम्पत्ति विवरण समेतमा उल्लेख गरेको देखिन्छ 

सो विवरणमध्ये श्रीमतीसँग रहेको रु.७ लाख र आफूसँग रहेको रु.४ लाख गरी जम्मा रु.११ लाख मैले विवरणमा र बयान कथनमा समेत हुँदै नभएको नगद सम्पत्ति उल्लेख गरेको भनी सो बयानलाई पछि निज स्वयंले खण्डन गरेको देखिन्छ । तर रु.१२ लाख छोरालाई दिएको रकमका सम्बन्धमा केही उल्लेख गरेको देखिदैन 

सो रकम छोरा आयूषलाई दिएको भनेको समयमा निजको वैध आय करिव ४ लाख ६७ हजार रहेको र खर्चतर्फ छोरालाई रु.१ लाख ६० हजार अध्ययन खर्च लागेको, छोरा आयूष खरेललाई निजी खर्चमा बेलायत भ्रमण गराएको, मिति २०५७।१०।६ मा मीना खरेलको नाममा रु.८ लाखको राष्ट्रिय बचत पत्र खरीद गरेको (रु.८ लाख मध्ये रु.२ लाखको स्रोत खुलेको) देखिंदा उक्त वैध आय सम्पूर्ण खर्च भइसकेको अवस्था छ । यसरी वैध स्रोत नभएको समयमा छोरा आयूष खरेललाई रु.१२ लाख दिएको भनी निजले जिकीर लिएको उक्त रकमको स्रोत खुल्नसक्ने आधार स्थापित हुन नसकेकोले छोरालाई दिएको भनिएको उक्त रु.१२ लाख रकमलाई स्रोत नखुलेको सम्पत्तिमा गणना गरी मागदावीमा लिइएको छ 

१३. आरोपपत्रको तालिका नं.२३ को क्र.सं.१३ मा उल्लिखित राष्ट्रिय बचतपत्र प्रतिवादी अच्यूतकृष्ण खरेलले निजकी पत्नी मीना खरेलका नाममा मिति २०५७।१०।६ मा खरीद गरी २०५८।१२।३० मा विक्री गरेको देखिन्छ । सो बचतपत्र खरीद गर्दाको स्रोतका सम्बन्धमा प्रतिवादी अच्यूतकृष्ण खरेलले सेवाबाट अवकाश भएपछि हिमालयन बैंकबाट लिएको ऋणमध्ये रु.९ लाख लगानी गरेकोबाट फिर्ता भएको रकम र घरभाडा, कृषि आय र भाई नाता पर्ने उत्तमकृष्ण खरेलसँग सापटी लिएको रु.११ लाख मध्येबाट खरीद गरेको हो भनी आफ्नो बयानमा (प्रश्न नं.९७ को जवाफ) खुलाएको देखिन्छ । निजले लिएको जिकीरका सम्बन्धमा हेर्दा निजले २०५६ चैतमा रु.९ लाख रुपैया बैंकबाट ऋण लिएको देखिए तापनि सो रकम के कसलाई के कस्तो शर्तमा कति व्याज आर्जन हुने गरी लगानी गरेको हो भन्ने खुलाउन सकेको पाइदैन । वार्षिक १५ प्रतिशतदेखि १९ प्रतिशतसम्म व्याज बैंकलाई तिरी लिएको ऋण रकम मध्येबाटै सो व्याजदरको तुलनामा निकै न्यून प्रतिफल (वार्षिक १० प्रतिशत व्याजमा आयकर समेत तिर्नु पर्ने) हुने लगानीको रुपमा रहेको राष्ट्रिय बचतपत्रमा लगानी गरेको भन्ने कुरा अवास्तविक र बनावटी देखिन्छ । तर निजले जिकीर लिएका कृषि आय, सञ्चित विदाको रकम जस्ता स्रोतहरूबाट रु.२ लाख मूल्यसम्मका बचतपत्र खरीद गरेको हुनसक्ने देखिन्छ भने बाँकी रु.६ लाख मूल्यका बचतपत्र खरीद गर्नसक्ने स्रोत भएको देखिंदैन 

यस प्रकार उक्त मितिमा खरीद गरिएका रु.८ लाखको बचतपत्रमध्ये रु. ६ लाखको बचतपत्र खरीदको स्रोत खुल्न नसकेको र सो बचतपत्र हाल विक्री समेत गरी सकेको, तर सो रकमले अन्य कुनै सम्पत्ति खरीद गरेको नदेखिदा सो रकम लुकाई छिपाई वेपत्ता पारेको देखिन आएकोले उक्त मूल्य रु.६ लाख बराबरको रकमलाई स्रोत नखुलेको सम्पत्तिका रुपमा मागदावीमा लिइएको छ 

१४.   आरोपपत्रको तालिका नं.२३ को क्र.सं.१४ मा उल्लिखित रकम रु.७८,२१०।– (यु.एस.डलर १,१०० को तत्कालीन विनिमय दरले हुने) अच्यूतकृष्ण खरेलले छोरा आयूष खरेललाई विदेश भ्रमणमा लैजाने सिलसिलामा अमेरिकी डलर १,१००।खरीद गरी सोही रकम मिति २०५७।२।२३ मा नेबिल बैंक, कान्तिपथमा छोराकै नाममा डलर खाता खोली जम्मा गरेको देखिन्छ । निजले तत् समयमा छोरा आयूष खरेललाई निजी खर्चमा बेलायत भ्रमणमा लगेको हुँदा सो समयमा निजसँग सो डलर सटही गर्ने वैधानिक आर्जनको रकम बाँकी रहेको नदेखिँदा सो खातामा हाल मौज्दातमा रहेको उक्त डलरको नेपाली रुपैयाँमा विनिमय गर्दा हुने रु.७८,२१०।लाई स्रोत नखुलेको सम्पत्तिमा समावेश गरी मागदावीमा लिइएको छ 

अमिल्दो एवं अस्वाभाविक जीवनयापन सम्बन्धमा: प्रतिवादी अच्यूतकृष्ण खरेलले यस आयोग समक्ष पेश गरेको व्यक्तिगत विवरण एवं निजको बयान समेतका आधारमा सार्वजनिक पदमा रहँदा निजले प्राप्त गरेका वैध आयको तुलनामा सेवाबाट अवकाश प्राप्त गर्दाको आर्थिक स्थिति वा जीवनस्तर अमिल्दो र अस्वाभाविक देखिएको छ । २०२७ सालमा सार्वजनिक पदमा प्रवेश गरेपछि वृद्धि भएको आर्थिक हैसियत, परिवर्तन वा फरकलाई देहायका तथ्यहरूले वस्तुपरक रुपमा पुष्टि गर्दछन्ः

१)    पैतृक सम्पत्तिको रुपमा काभ्रेपलाञ्चोक जिल्ला र सप्तरी जिल्लामा माथिका विवरण र तालिकामा उल्लेख गरिएअनुसारका खेतीका जग्गा प्राप्त गरेको भए पनि सरकारी सेवामा प्रवेश गरेपछि काठमाडौँ र चितवनमा अस्वाभाविक मात्रा र प्रकृतिका करोडौं मूल्य पर्ने घरजग्गा खरीद तथा निर्माण गरेको, २५ लाख रकम बैंकमा राखेको र लाखौंको शेयर तथा राष्ट्रिय बचत पत्र खरीद गरेको कुरा निम्नबमोजिम देखिन्छः

(क)   काठमाडौँ र चितवनमा करिव रु.८४ लाखभन्दा बढी मूल्य पर्ने ३ वटा घर निर्माण गरेको 

(ख)   काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक र चितवनमा गरी एक करोडभन्दा बढ्ता मूल्य पर्ने जग्गा खरीद गरेको 

(ग)   सेवाकालको उत्तरार्धमा विभिन्न वित्तीय तथा अन्य संस्थाको रु.२५,००,०००।भन्दा बढ्ता रकमको शेयर खरीद गरेको 

(घ)   घर व्यवहारको सामान्य आवश्यकता तथा औचित्यको दृष्टिबाट अत्यन्तै अस्वाभाविक देखिने गरी निज स्वयं र निजको एकाघर सगोलको परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक खातामा १ करोडभन्दा बढी रकम जम्मा गरेको र लाखौं रुपियाँ मौज्दातमा रहेको 

(ङ)   प्रहरी महानिरीक्षक जस्तो महत्वपूर्ण र संवेदनशील पदमा कार्यरत रहेको अवस्थामा विभिन्न बैंकहरूबाट करिव ४८ लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा लिई विभिन्न व्यक्तिलाई जग्गा खरीद गर्न, सार्वजनिक सवारी साधन सञ्चालन गर्न र आयात निर्यात कारोवार गर्न लगानी गरेको भन्ने समेतका अपत्यारिलो विवरण पेश गरी गैरकानूनी रुपमा आर्जित सम्पत्तिलाई वैध सम्पत्ति देखाउने बदनियतपूर्ण कार्य गरेको 

            प्रहरी सेवाको उच्च पदमा पदोन्नति हुँदै जाँदा सेवा अवधिमा प्राप्त हुने तलव भत्ता एवं अन्य वैध आर्जनसँग अमिल्दो हुने गरी निजले आफ्नो पदको प्रभाव एवं अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा करोडौंको सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनयापन गरेको देखिन्छ 

            अभियोग र मागदावीःसम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन समेतका आधारमा प्रतिवादी अच्यूतकृष्ण खरेल उपर भएको हालसम्मको अनुसन्धानको क्रममा विश्लेषण भएबमोजिम मिति २०२७।२।५ मा सार्वजनिक पदमा प्रवेश गरेपछि आफ्नो तथा आफ्ना परिवारका नाममा विभिन्न चल अचल सम्पत्ति आर्जन गरी भोग गरिरहेको देखिन्छ । प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५७।९।२० मा आफ्नी पत्नी मीना खरेल तथा छोरा आयूष खरेलबीच अंशबण्डा लिखत तयार गरी अंश प्रदान गरेको देखाई सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् आर्जन गरेको ठूलो मात्राको सम्पत्ति कागजी रुपमा आफूबाट पृथक देखाउने प्रयत्न गरेको तथ्य निजको अंशबण्डा पछिको निजहरूबीचको सम्पत्तिको सगोल रुपमा भएको प्रयोगले स्पष्ट गर्दछ 

निजको वैधानिक आयका रूपमा रहेका तलव भत्ता, विदेश भ्रमणबाट प्राप्त रकम, जग्गा बिक्रीबाट प्राप्त रकमलाई प्राप्त वर्ष, प्रकृति एवं परिमाणको तर्क र तथ्यसंगत रूपमा यथास्थानमा आरोपपत्रको तालिकामा उल्लेख भएबमोजिम गणना गर्दा पनि स्रोत नखुलेको सम्पत्तिको प्रकरण समेतमा विश्लेषण गरिएबमोजिम निज अच्यूतकृष्ण खरेलले भ्रष्टाचार गरी गैरकानूनी तवरबाट सम्पत्ति आर्जन गरी सोबाट बढे बढाएको समेत गरी रु.१,६३,३६,१३०।४४ मूल्य बराबरको सम्पत्ति आर्जनको स्रोत पुष्टि नभएको तथ्य स्थापित हुन आएको छ 

भ्रष्टाचार जस्तो श्वेतग्रीवी अपराध (White Collar Crime) को विशिष्ट प्रकृति र यसको समष्टिगत दुष्प्रभाव समेतलाई दृष्टिगत गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले अनुमानित कसूरसम्बन्धी व्यवस्था गरेको र ऐ. ऐनको दफा १६ग. ले जफतसम्बन्धी र दफा ३ र ७(१) ले दण्डसम्बन्धी व्यवस्था समेत गरेको परिप्रेक्ष्यमा तिनै कानूनी व्यवस्थाहरूलाई निरन्तरता दिंदै अझ प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यले लागू गरिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्तिको विवरण अमिल्दो र अस्वाभाविक देखिन आएमा वा मनासिव कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा सो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको प्रमाण निज स्वयंले पुर्‍याउनुपर्ने र यसरी प्रमाण पुर्‍याउन नसकेमा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको मानिने कानूनी व्यवस्था छ । उपरोक्त कानूनी व्यवस्थाहरूको कसीमा निज अच्यूतकृष्ण खरेल एवं निजका परिवारका नाम समेतमा रहेका आरोपपत्रको तालिका नं.२३ मा उल्लिखित सम्पत्तिको वैधानिक स्रोत नखुलेको र निजको वैध आयस्रोतको अवस्था हेर्दा निज समेतले अमिल्दो र अस्वाभाविक जीवनयापन गरिरहेको स्पष्ट भएकोले निजले भ्रष्टाचार गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको तथ्य स्थापित भएको छ 

अतः निज अच्यूतकृष्ण खरेल एवं निजकी पत्नी मीना खरेल एवं छोरा आयूष खरेलका नाममा रहेका र लुकाई छिपाई राखेका समेत रु.१,६३,३६,१३०।४४ बराबरको चल अचल सम्पत्ति भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको उल्लिखित आधार प्रमाणबाट पुष्टि हुन आएकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ अनुसार कसूर भई त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर प्रतिवादी अच्यूतकृष्ण खरेलले गरेको देखिन आएको छ । अतएव, प्रतिवादी अच्यूतकृष्ण खरेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३, ७(१), १०, १५, र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम हदैसम्म सजाय गरी त्यसरी भ्रष्टाचार गरी आर्जन गरेको निज अच्यूतकृष्ण खरेल, निजकी पत्नी मीना खरेल, निजको छोरा आयूष खरेल समेतका नाममा रहेको उल्लिखित बिगो रु. ,६३,३६,१३०।४४ मूल्यको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को १६ग., दफा २९ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२), र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरिपाऊँ 

आरोपपत्रको तालिका नं.२३ मा बैध आयस्रोत नखुलेको हुँदा सजाय र जफतको माग दावी गरिएका सम्पत्तिमध्ये क्र.सं.१ को जग्गामध्ये कि.नं.३४८ को जग्गाको रु.६,२७,३४३।७५, क्र.सं.२ को कि.नं.२७८ को जग्गाको रु.१३,१०,५४६।८७, क्र.सं.१२ को छोरालाई दिएको रु.१२,००,०००।–, क्र.सं.१३ को मीना खरेलको नाउँको बचतपत्र बिक्री गरेको रु.६,००,०००।गरी जम्मा रु.३७,३७,८९०।६२ बिगो बराबरको सम्पत्ति बिक्री गरी तथा लुकाई छिपाई राखेको हुनाले सो बिगोको सम्पत्ति प्रतिवादी अच्यूतकृष्ण खरेल, निजकी पत्नी मीना खरेल तथा छोरा आयूष खरेलका नाममा रहेका स्रोत खुलेको सम्पत्तिबाट जफत गरी असूलउपर गरिपाऊँ र सो प्रयोजनको लागि सो बिगो बराबरको स्रोत खुलेको हाल कायम रहेको अचल सम्पत्ति रोक्का कायमै राखी पाऊँ, साथै प्रतिवादी अच्यूतकृष्ण खरेल प्रहरी महानिरीक्षक भई श्री ५ को सरकारको विशिष्ट श्रेणीको पदाधिकारी सरहका व्यक्ति भएकोले तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क. र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम निजलाई हदै सम्म थप सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको आरोपपत्र मागदावी 

            २०२७।२।५ देखि प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरी २०५७।६।२७ गते देखी सेवानिवृत छु । २०३३ सालमा रीतपूर्वकको पहिलो अंशबण्डा भएतापनि २०२८ सालमा पिताजीको स्वर्गवासपश्चात् आआफ्नो मात्रको आय छुट्याई सोहीबमोजिम अलग व्यवहार गरी आएको छु । मैले चल सम्पत्तिबापत रु २ लाख एकमुष्ठ बुझेको हुँ । जुन विपक्षी आयोगले मूल्याङ्कन गरेको छैन । जिल्ला सप्तरी, नर्घ गा.वि.स. मा रहेको मेरो कुल जग्गा १२६.५ मध्ये मोही नभएको ८२ विगाह मोही भएको, १९.५ जग्गा मोही नभएको आंप बगैचा हो । जुन कोशी नहरवाट सिञ्चित हुने सिंचाईयुक्त जग्गा हो भन्ने कुरा कृषि विभागवाट प्रकाशित ०५८।०५९ को कार्यक्रम पुस्तिकामा उल्लेख छ । मोही नलागेको ज.वि. ८२ जग्गावाट प्रतिविगाह प्रतिवर्ष १०० मन धान आय हुने, सरकारी दरबमोजिम मोही लागेको जग्गावाट प्राप्त कुल २०५६ सालसम्म ठेक्कामा दिएको आँपको बगैचावाट प्राप्त प्रतिवर्ष २६०००। देखि ३८०००। प्राप्त गरी राखेको छु । जिल्ला उद्योग वाणिज्य संघले प्रमाणित गरी दिएको मूल्य दरमा गणना गर्दा पनि मेरो सप्तरीको जग्गाको २०३० देखि २०५९ सालसम्मको कुल कृषि आय २८ लाख ४४ हजार १ सय २१ हुन्छ । काभ्रे जिल्लामा रहेको मेरो पैतृक जग्गामध्ये बालुवा गा.वि.स.को १४१५० जग्गा झिंगु खोलावाट सिंचाई लाग्ने वर्षमा ३ वाली लाग्ने जग्गा हो । कृषि वि.का. काभ्रेद्धारा प्रकाशित कार्यक्रम पुस्तिकावाट पनि औषत प्रतिरोपनी १०५२ के.जि.आलु उत्पादन हुनुका साथै मकै र धान समेत उत्पादन हुने हुँदा २०३० सालदेखि २०५९ सम्म भएको उत्पादनवाट विउ, विजन लागतको ३० प्रतिशत खर्च कटाई १२ लाख ४२ हजार ३०९ आम्दानी भएकोमा सो आयलाई घर खर्चमा समाप्त भएको देखाई सो आयलाई मेरो आयमा पेश गरेको छैन । मैले आयोगसमक्ष बयान गर्दा नै वार्षिक सरदर १,७५,०००।कृषि आय हुने भनी कुल आय उल्लेख गरेकोमा विपक्षी आयोगले गणना गर्दा पनि मेरो वार्षिक आय कम्तीमा १,३१,३००।रुपैया हुन्छ तर मैले प्राप्त गरी आएको सरदर वार्षिक आय रु.१,७५,०००।वरावर नै हो । मैले २०५९ सालसम्ममा तराई र पहाड गरी कुल ४० लाख ६ हजार ५ सय प्राप्त गरेको छु । म र मेरो परिवारको विभिन्न व्यक्तिहरूले खरीद गरेको शेयरहरू विपक्षी आयोगले कानूनसम्मत् लगानी मानेको तर सो शेयरवाट प्राप्त लाभांश के कति छ भन्नेमा आम्दानी लोप गरेको छ । उक्त शेयरवाट प्राप्त गरेको लाभांश र ने.बैं.लि.को खातामा मौज्दात रहेको रकमको व्याज समेतको प्रमाण पेश गर्ने नै छु । मेरो नोकरीको क्रममा स्वदेशभित्रको भ्रमण भत्ता रु.१ लाख २४ हजार ८४१ रुपैया ९८ पैसा स्थानीय भत्ताको रकम रु.२४ हजार ९ सय ३४ रपैया ८० पैसा (हालसम्म प्राप्त रेकर्डअनुसार) चांदनी खरेलले विवाह पूर्व आर्जित गरेको रकम रु.३ लाख ४५ हजार ९३ दिल्लीमा इन्टर्न गर्दा प्राप्त गरेको पारिश्रमिक भा.रु.६० हजारको ने.रु.९६ हजार, पेन्सनको रकम ३ लाख ९२ हजार १३० रुपैया नगदै भुक्तानी गर्ने प्रचलन रहेको । राशन बापतको रकम रु.१ लाख ५९ हजार २६२ रुपैया ६५ पैसा, घर भाडामा दिंदा प्राप्त जम्मा रकम ३१ लाख ७५ हजार ७४० रुपैयाँ सेवामा रहँदा प्राप्त गरेको विशेष भत्ता रु.१२ हजार २४० रुपैया प्रहरी खुल्ला प्रतियोगितावाट छनौट हुँदा बोर्ड पारिश्रमिक रु.१२ हजार ५१५, विभिन्न शेयरवाट प्राप्त लाभाशं ने.वि.लि.को खातावाट प्राप्त व्याज समेत रु.१ लाख ८२ हजार ९१५ रुपैया, आयोगले २१ नं.तालिकाको आय व्ययमा समावेश नगरेको रु.८ लाख २६ हजार २६० रुपैया २१ पैसा, सञ्चयकोषवाट प्राप्त रकम र विदेशमा भ्रमण गर्दा आयोगले नदेखाएको रकम रु.३ लाख १६ हजार ३६ लाई आयको स्रोतमा गणना नगरेको आयोगले नदेखाएको रु.५७ लाख ६३ हजार १६२ रुपैया, मेरो आय हो भनी प्रमाण पेश गर्ने छु । राशनबापत नगदै लिने प्रचलन रहेकोमा सोको भरपाई पेश गरेको छु । २०३१ मार्ग ३ देखि ऐ. २८ सम्म विदेश (अष्ट्रेलिया) जांदा सोबाट प्राप्त भत्तालाई मेरो आम्दानीमा कायम गरिएको छैन । प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश सरकारी आवासमा नै बस्ने गरेको, बानेश्वरको घर निर्माण पूर्व धोवीघाटको घरमा बस्दा २ कोठा मात्र आफूले प्रयोग गरी बांकी भाडामा राखिएको र प्रहरी महानिरीक्षक भै कार्यरत रहेको अवस्थामा बाहेक सम्पूर्ण अवधि आफ्नै घरमा बसेकाले घर वहाल रकम प्राप्त नगरेको भन्ने विपक्षी आयोगको गणना गलत छ । धुम्वाराहीस्थित भवनवाट प्राप्त गरेको वहालको रकम समेत गणना गरिएको छैन । सोको आवश्यक प्रमाण पेश गरेको छु । जग्गा विक्री गर्दा केही व्यक्तिलाई वारेसनामा दिएको थिएँ । सो विक्रीवाट रु.२६ लाख ५४ हजार ९ सय ५० बुझेको हुँ । के कतिमा बिक्री गरे वारेसहरूलाई थाहा होला । १३ अगष्ट १९८६ वाट २३ अगष्ट १९८६ सम्म श्रीलंकामा सम्पन्न फरेन्सिक मेडिसिनको सम्मेलनमा भाग लिन गएकोमा सो भ्रमणबापत प्राप्त भत्ता आय कायम गरिएको छैन । २०४८ भदौ २५ गते क्यानाडा जांदा प्राप्त गरेको रु.११ हजार ५६ प्लेन भाडा लागेको ३ हजार ९ सय ४० कट्टा गरी बांकी रु.७ हजार १ सय १६ लाई मेरो आय कायम गरिएको छैन । जोरपाटी स्थित कि.नं.२३४, ३५०, ३४८, २७८, २७६, २७७ समेतको जम्मा ज.रो.४० प्रति महिना प्रतिरोपनी रु.१२००।का दरले रामबहादुर श्रेष्ठलाई वहालमा दिएकोमा सोवाट प्राप्त आम्दानीलाई मेरो आयस्रोतमा जोडिएको छैन । बैंकमा मेरो पत्नी र छोरा छोरीको नाममा रहेको खाताको सम्बन्धमा आय व्ययतर्फ खर्च देखाउंदा दोहोरो खर्च देखाइएको छ । २०५६।३।३० सम्म मेरो वास्तविक १ लाख २५ हजार ८ सय ७५ हुनुपर्नेमा २ लाख ३० हजार १२ देखाई रु.९४ हजार १ सय ३७ फरक पर्ने गरी देखाइएको हिसाव गलत छ । रु.२३ हजार ६९७ लाई आयस्रोतमा दाखिला नगरी खर्च कायम गरिएको त्रुटिपूर्ण छ । ४ वर्षमा हुनुपर्ने घर निर्माण खर्चलाई १ वर्षमा पारिएको छ, यसरी बढी खर्च लेखाउने गरी झूठा तथ्य उल्लेख गरिएको छ । तालिका नं.२१ मा उल्लेख गरिएबमोजिम हुने वास्तविक आयव्ययको विवरण तालिका नं.८ मा तयार गरी पेश गरेको छु । प्रमाण लगाई पाऊँ । तालिका नं.२३ मा उल्लेख गरिएको आयूष खरेलको नामको कि.नं.२३४ को १० पत्नी मीना खरेलको नाममा बकस पत्रको लिखतवाट खरीद गरिएको हो । खरीद गर्दा लागेको मूल्य ६० हजार हो । अदालतलाई झुक्याउने नियतले खरीद गरेको मूल्यलाई नदेखाई हालको मूल्य भनी ११ लाख १७ हजार १ सय ८७ रुपैया ५० पैसा देखाइएको छ, जो वद्‌नियतपूर्ण छ । मेरो आयस्रोतअनुसार नै उक्त जग्गा खरीद गरिएको छ । तालिका नं.२३ को क्र.सं. ख मा उल्लेख गरिएको आयूष खरेलको नामको कि.नं.३४८ ज.रो. ०२ जग्गा र कि.नं.३५० को १० कि.नं.२३४ को १० जग्गा ०५० सालमा मिना खरेलले प्रभा शर्मासँग रु.१ लाख ३२ हजारमा खरीद गरेको हो । यसरी कि.नं.३४८ को ज.०२ जग्गाको मूल्य रु.२८ हजार ७ सय ६२ मात्र लागेको हो, जुन मेरो आयस्रोतवाट नै खरीद गरिएको हो । तालिका नं.२३ क्र.सं.२ मा उल्लेख गरेको जग्गा आयूष खरेलको नाममा कहिल्यै पनि थिएन । पत्नी मीना खरेलले मेरो बैधानिक आयस्रोतवाट बचत भएको रकमवाट किनेको जग्गा हो । तालिक नं.२३ क्र.सं.३ मा उल्लेख गरिएको पत्नी मीना खरेलको नाममा रहेको चितवन नारायणगढको घरको निर्माण खर्च जम्मा रु.४ लाख हो सो घरमा कुनै फर्निचरहरू थिएन । फर्निचर र घरको मूल्याङ्कन हचुवा किसिमले बढी मूल्याङ्कन गरी आयोगले झूठा दावी गरेको छ । जुन आयोगको दावीअनुसारको निर्माण कार्य भएको छैन । २०५५।११।२५ मा नक्सा पास गराई निर्माण शुरु गरिएको उक्त घर २०५५ सालमा बनाएको भनी मेरो २०५५ सालको खर्चमा उल्लेख गरी अदालत समेतलाई झुक्यानमा पार्न खोजीउको छ । उक्त घरको निर्माण २०५६ सालमा शुरु गरी २०५८।०५९ सालसम्ममा निर्माण सम्पन्न गरेको हो । घर निर्माण शुरु गरेको सालमा नै मेरो आय रु.२६,११,३०९।देखिन्छ भने अर्कोतर्फ सोभन्दा अघिल्ला वर्षहरूको मौज्दात आम्दानी समेत गरी मेरो मौज्दात आयस्रोत रु.७०,८२,३२०।हुन्छ । अतः मेरो घर निर्माण गरेको सालको मितिसम्मको आयस्रोतको सीमाभित्र निर्माण गर्न पुग्ने रकम भएको हुँदा अभियोग झूठा हो । सो घरको मूल्याङ्कनगर्दा घरले ओगटेको सम्पूर्ण क्षेत्रफललाई नै विपक्षीले बढी देखाई सो बढी देखाएको क्षेत्रफलको आधारलाई र सो घर निर्माण गर्दा लागेको निर्माण सामग्रीहरूको धेरै बढी मूल्य कायम गरी घर निर्माणको मूल्याङ्कन बढाएको छ । विजुली, स्यानेटरी, साइड डेभ्लप्मेण्ट फिनिसिङ्बापत २,३३,५३१।०७ रकम थप गरिएको छ । तर उक्त घर माटोको जोडाई भएको घर भएको, खोलाको किनारामा भएको हुनाले वालुवा र ढुंगा त्यही उपलव्ध भएकोले (निःशुल्क) निर्माण खर्चमा कम भएको, यसरी घरको निर्माण लागत लगभग रु.४ लाख लागेकोमा हाल १२,७१,४५०।४० मूल्याङ्कन गरेको ठाडै वद्‌नियतपूर्ण छ । साथै उक्त घरमा कुनैपनि फर्निचर र खास उपकरण नरहेकोमा विपक्षीले वद्‌नियत चिताई हुँदै नभएका सामानलाई काल्पनिक रुपमा २,५६,१३६।११ को फर्निचर र उपकरण रहेको भनी झूठा दावी गरेको छ । हाल प्राप्त भएसम्म घरको निर्माण सामग्री खरीद गर्दाका विलहरूका साथै उक्त भवनको लागत मूल्य व्यवसायिक ई. श्री यमुनाप्रसाद साह समेतवाट गरेको प्रतिवेदन प्रमाणमा पेश गरेको छु । तालिका २३ को क्र.सं.४ नं.मा उल्लिखित कि.नं.४७४ को आयूष खरेलको नाममा कायम रहेको ०० जग्गा मेरो भाउजू पदमा खरेलले ०५३।५।५ मा मेरी पत्नी मिना खरेललाई हालैको वकसपत्र गरी दिएको हो । कि.नं.४३५ को आधा जग्गाको हकमा हालको मोलभन्दा ४,५००००। बढी कायम गरिएको छ 

            त्यस्तै गरी क्र.सं.४(ख) मा उल्लिखित पत्नी मीना खरेलको नाममा कायम भएको कि.नं.४७५ को क्षेत्रफल ०० जग्गा कि.नं.४३५ बाट कित्ताकाट भै भाउजू पदमा खरेलवाट मेरो श्रीमतीले वकस पाएको हो । वकसवाट पाएको हुनाले कुनै स्रोत खुलाउनु पर्ने होइन 

            त्यस्तै तालिका २३ को क्र.सं.४ मा उल्लेख भएको छोरा आयूष खरेलको नामको क्षेत्रफल ०० जग्गा दाजु राम खरेलवाट ०५३।५।४ मा वाटोको लागि निशुल्क प्राप्त भएको हो, जुन लिखतमा नै उल्लेख छ । लेखनदासको गल्तीले वकसपत्र हुनुपर्नेमा राजीनामासम्म लेखिएको हो । यसरी रु.३ लाख ५० हजार कायम गरिएको मूल्य वद्‌नियतपूर्ण छ 

            तालिका नं.२३ को क्र.सं.४(घ) मा उल्लिखित कि.नं.४७५ को जग्गा पूरै घर पर्दैन । कि.नं.५७४, ४७६, ४७७ मा पर्दछ । उक्र घरको मूल्य ४६,४९,६१९।उल्लेख गरेको भएपनि फिनिसिङको मूल्य रु.१६ लाख मात्र रहेको । किनकि प्रहरी सेवा र यस्तै सुरक्षा निकायका उच्चतम दर्जाका अधिकृतहरूको निजी घर निर्माण गर्दा सम्बन्धित फोर्सकै प्राविधिकलगायतका सम्पूर्ण जनशक्तिले निःशुल्क सहयोग गरी काम गर्ने प्रचलन परम्परागत रुपमा रहेको हुनाले मेरो उक्त घर पनि निर्माण सामग्रीका वस्तुगत रुपमा लाग्ने खर्च बाहेक अन्य खर्च नलागी निर्माण भएको हो । त्यस्तै गरी घरमा विवाहमा प्राप्त गरेको उपहारस्वरुप आएका फर्निचर गलैचा उपकरण समेतलाई उच्च मूल्याङ्कन गर्दा विपक्षीको प्राविधिकले सो घर सात तलाको भनी उल्लेख गरेको भूईको तलामा मार्वल फिनिसिङ तथा सिमेण्ट कोठा, र्‍याङमा मार्वल सिमेण्ट वाहिरी फिनिसिङमा आंशिक प्लाष्टर गरिएको कम्पाउण्ड वाल लगाएको भनी झूठा आरोप लगाएको हो । उक्त घर तिन तलाको मात्र हो । कोरीडरमा मात्र मार्वल भएको वाहिरी फिनिसिङ कतै प्लाष्टर नगरेको, सो घरको एकतर्फ मात्र केही भागमा मात्र कम्पाउण्डवाल लगाई ८० प्रतिशत भागमा तारवार मात्र भएको सो घर निर्माण गर्दा विजुली, स्यानिटरी साइड डेभ्लप्मेन्टमा १२.५ प्रतिशत खर्च लागेको भनी उल्लेख गरेको कुरा आफैमा झूठा प्रष्ट छ । उक्त घरनिर्माण गर्दा २०५१।२०५२।०५३ सालको मेरो मौज्दात आयस्रोत नै ६५,९१,७०१।देखिन्छ । सो आयस्रोत बाहेक ०५१ साल कात्तिक महिनामा हिमालयन बैंकवाट झिकेको रु.५,००,०००।समेतको मेरो आमाले निर्माणखर्च रुपैया १६ लाख र २०५९ सालमा थप निर्माण लगायत फर्निचर उपकरण समेत गरी रु.३,४३,०००।लाई खाम्ने नै हुनाले मेरो विरुद्ध लगाएको अभियोग झूठा हो । प्रमाणको हकमा मुख्य निर्माण सामग्रीहरू केही विलहरू र ई. को प्रतिवेदन माथि नै उल्लेख गरेबमोजिम पेश गरेको छु । त्यस्तै तालिका २३ क्र.सं.५ क मा उल्लेख गरेको काभ्रेपलाञ्चोक जिल्ला साठी घर गा.वि.स. वडा नं.१ को कि.नं.४२ को २२ रोपनी जग्गा मिति ०५४।२।५ मा छोरा आयूष खरेलको नाममा मोल रु.१४,५००।मा खरीद गरेको हो । हालको मूल्य रु.२,०७,३७५।भनी झूठा दावी गरिएको छ । सो सँगैको कि.नं.२९६ को ज.रो. २० को मूल्याङ्कन गर्दा १९,९३३ ।५९ कायम गरेवाट उक्त मूल्य झूठा हो भन्ने प्रष्ट छ । तालिका २३ को क्र.सं.५ (ख) मा उल्लेख गरेको काभ्रेपलाञ्चोक साठी घर गा.वि.स. वडा नं.१ को कि.नं.२४६ को जग्गा मिति ०५४।८।२९ मा छोरा आयूष खरेलको नाममा रु.१५ हजारमा खरीद गरिएको हो । जुन मेरो आयस्रोतको सीमाभित्र रही खरीद गरिएको छ 

            तालिका नं.२३ को क्र.सं.६ मा उल्लेख गरेको कि.नं.२७६ को ज.रो. ०३.५ को जग्गा मिति ०५४।११।१० मा रु.२१ हजार पाँचसयमा र कि.नं. २७७ को जग्गा ०३.५ को जग्गा ०५४।१०।९ मा रु.२१ हजार पाँचसयमा बकसपत्रको लिखतवाट खरीद गरिएको हो । उक्त जग्गाहरू मेरा आयस्रोत भित्रै रही खरीद गरिएहो हो । तालिका नं.२३ को क्र.सं.७ मा उल्लेख गरेको चितवन नारायणगढको कि.नं.४६३ को ज.वि.०४ विगाह जग्गा छोरा आयूष खरेलका नाउँमा मिति ०५५।८।१४ मा मोल रु.८४,०००।मा खरीद गरिएको हो । हचुवाको आधारमा उक्त जग्गाको मूल्य २,५२,०००।कायम गरिएको छ । उल्लिखित सम्पत्ति आर्जन गरेको सालमा नै मेरो आय रु.८,८८,६६९।देखिन्छ भने अर्कोतर्फ अघिल्ला वर्षको मौज्दात आम्दानी समेत गर्दा मौज्दात आयस्रोत रकम ६०,२३,४२७।हुन्छ । अतः मेरो उक्त खरीद मितिसम्मको आयस्रोतसम्मको उक्त जग्गा खरीद गर्नसक्ने स्रोत भएकोले अभियोग झूठा हो 

            त्यस्तै तालिका नं.२३ को क्र.सं.८ मा उल्लिखित नेपाल प्रिन्टर्स कोअपरेटिभ लि.को १०० कित्ता शेयर मिति ०५५।१०।१७ मा मोल रु.१ लाखमा खरीद गरिएको हो । उक्त सम्पत्ति आर्जन गरेको सालमा नै ८,८८,६६९।देखिन्छ भने अर्कोतर्फ अघिल्ला वर्षहरूको मौज्दात आम्दानी समेत गर्दा मेरो आयस्रोत करिव रु.६०,२३,४२७।हुन्छ । अतः मेरो उक्त खरीद मितिसम्मको आयस्रोतको सीमाभित्र उक्त शेयर खरीद गर्न पुग्ने रकम भएको हुँदा अभियोग झूठा हो 

            तालिका नं.२३ को क्र.सं.९ मा उललेख गरेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगानी गरेको रु.१०,००,०००।को शेयर ०५९।८।३ मा खरीद गरेको हो । उक्त शेयर खरीद गरेको सालमा नै मेरो आय रु.२६,११,३०९।देखिन्छ भने अर्कोतर्फ अघिल्लो बर्षहरूको मौज्दात आम्दानी समेत गर्दा मेरो मौज्दात आयस्रोत ७०,८२,३२०।हुन्छ । अतः मेरो उक्त खरीद मितिसम्मको आयस्रोतको सीमाभित्र हुन्छ । शेयर खरीद गर्न पुग्ने रकम भएको हुँदा अभियोग पत्र झूठा हो 

            त्यस्तै तालिका नं.२३ को क्र.सं.१० मा उल्लेख गरेको चितवन नारायणगढको कि.नं.५१३ को ज.वि.०७.५ को जग्गा छोरा आयूष खरेलको नाममा मिति ०५७।२।१ मा मोल रु.१,०७,५००।मा खरीद गरेको हो । हचुवा आधारमा उक्त जग्गाको मूल्य ३,२२,५००।कायम गरिएको छ । उक्त सम्पत्ति आर्जन गरेको समयमा मेरो आय रु.४३,४८,१७८।देखिन्छ भने अर्कोतर्फ सोभन्दा अघिल्ला वर्षको मौज्दात आम्दानी समेत गरी मेरो मौज्दात आयस्रोत करिब रु.८०,७५,१८८।हुन्छ । तालिका नं.२३ को क्र.सं.११ मा उल्लेख रहेको छोरा आयूष खरेलका नाममा रहेको बैंक अफ काठमाडौमा रहेको शेयर थान १००० भनी उल्लेख गरिएको थान १००० नभै १३०० एकै पटक मिति ०५९।४।१३ मा खरीद गरिएको हो, सोको प्रति एकाई मूल्य रु.२३४।का दरले खरीद गरेको हुँदा १०००।थानको मोल रु. ,३४,०००।मात्र परेको हो । हचुवा तवरले आरोप लगाउने प्रयोजनका लागि मात्र झूठा व्यहोरा उल्लेख गरी ९,५०,०००।कायम गरेको छ, सो झूठा हो । उक्त शेयरहरू खरीद गरेको सालमा नै मेरो आय रु. १०,९२,८२९।देखिन्छ भने अर्कोतर्फ अघिल्ला वर्षहरूको मौज्दात आम्दानी समेत गर्दा मेरो मौज्दात आयस्रोत करिब रु. ९९,४७,४१८।हुन्छ । अतः मेरो उक्त खरीद मितिसम्मको आयस्रोतको सीमाभित्र उक्त शेयरहरू खरीद गर्न पुग्ने रकम भएको हुँदा अभियोग झूठा हो । उक्त शेयर खरीद गर्दाको मूल्य प्रमाण र खरीद मिति प्रमाणको रुपमा बैंक अफ काठमाडौको मिति ०६१।५।८ को पत्रको फोटोकपी र रकम बुझाएको रसिदको फोटोकपी पेश गरेको छु 

            त्यस्तै तालिका नं.२३ को क्र.सं.१२ मा उल्लेख गरको छोरा आयूष खरेललाई दिएको भनेको नगद रु.१२,००,०००।भनेको पारिवारिक हिसावको क्रममा निजको जिम्मामा रहेको देखिएको हो । मैले निजलाई कुनै नगद रुपैया दिएको होइन, सो १२ लाखलगायत म अच्यूतकृष्ण खरेलसँग चारलाख, मीना खरेलसँग सात लाख पनि हर हिसावमा मात्र देखाएको हो । वास्तवमा उक्त रकम हामी कसैसँग रहेको छैन । हिसावमा मात्र देखिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरेको बयानको अन्तिम बुँदामा प्रष्ट पारेकोमा आयोगले मेरो र श्रीमतीको हकमा स्वीकार गरी छोरा आयूष खरेलसँग रहेको भनिएको रकममा भने पूर्वाग्रही भएर हुंदै नभएको रकम देखाई दावी लिएको झूठा हो 

            तालिका नं.२३ को क्र.सं.१३ मा उल्लेख गरेको मीना खरेलका नाउँमा खरीद गरेको बचतपत्र पत्नी मीना खरेलकी आमा बुद्धमायां रिजालले दाइजो स्वरुप रु.८ लाखमा खरीद गरी दिएकी हुन् । बिक्री गरी प्राप्त भएको उक्त शेयर भाई उत्तम खरेलसँग २०५६ सालमा लिएको सापटी ऋण तिरेको हो । हाल उक्त बचत पत्र मेरो परिवारको नाममा कायम छैन 

            तालिका नं.२३ क्र.सं.१४ मा उल्लेख भएको US$ ११०० मेरो छोरा आयूष खरेल ०५६ सालमा विदेश जाँदा सटही सुविधामा खरीद गरेको हो । उक्त डलर खरीद गर्दा नै मेरो सो वर्षको आय २६ लाख ११ हजार तीन सय नौ रुपैया थियो । जुन अघिल्ला वर्षको आम्दानी मौज्दात समेत गर्दा मेरो आय रु.७० लाख ८२ हजार ३ सय २० हुन्छ जुन मेरो बैध आयस्रोतवाटै खरीद गरेको हो 

            मेरो अंश भागमा परेको काठमाडौँ म.न.पा. वडा नं.३३ घ को जग्गा र सोमा बनेको घर मैले अंश हक छोडपत्रको कागज गरी दिएकोले भाउजू पद्मा खरेलले का.जि. भिमसेनगोला वडा नं.३ का.जि.नं.०० जग्गा मलाई विनामूल्य हस्तान्तरण गरिदिएको हो । जसलाई रु.१४,०००।मा खरीद गरेको भनी तालिका नं.२१ प्रकरण ४ को (ख) मा उल्लेख गरेको बद्‌नियतपूर्ण छ । मेरो सम्पूर्ण घरको मूल्याङ्कन अस्वाभाविक र अमिल्दो तरिकाले गरिएको छ । मेरो वानेश्वरको घर दाजु रामकृष्ण खरेलसँग मेरो धोवीधाराको घर जग्गासँग साट्ने गरी २०४१ सालमा भूईंतल्ला पूरा गरी मेरो नाममा हस्तान्तरण भएको हो । उक्त घरको दुई तल्ला निर्माण गर्दा रु.८०,०००।लागत लागेको हो । यसरी घर निर्माण गर्दा जम्मा रु.२,२०,०००।लागेकोमा विपक्षी आयोगले रु.६,३६,४७४।खर्च देखाएकोमा त्रुटिपूर्ण छ । त्यसै गरी घरमा रहेको फर्निचरलगायत अन्य भौतिक सामानको मूल्याङ्कन हचुवा भरमा मनोमानी किसिमले गरी रु.५,०५,८६२।देखाइएको छ । मेरो सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीका लागि प्रयोग गर्न मेरो घरमा रहेको सरकारी स्टील दराजलाई जवर्जस्ती मेरो हो भनी रु.३,५००।मूल्याङ्कन गरिएको छ 

            घरमा रहेका टेलिभिजनलगायत फर्निचरका सामानहरू कुनै विवाहमा प्राप्त भएका कुनै छोरीको विवाहमा उपहारको रुपमा प्राप्त भएका सामानहरू छोरीको घर बनिनसकेकाले मेरो घरमा रहेको हो, सो कुरालाई कुनै विचारै नगरी मूल्याङ्कन गरिएको हो । २०५१ साल कात्तिक १३ देखि ऋण लिन शुरु गरेको हुँ । धुम्वाराहीको घर निर्माण गर्दा पहिलेदेखि मौज्दात रहेको रुपैया र बानेश्वरमा रहेको घर हिमालयन बैंकमा धितो राखी रु.५ लाख झिकेको हो, जुन घर निर्माणमा खर्च भएको हो । मेरो भान्जामार्फत् होटल व्यवसाय सञ्चालन गर्दै आएका प्रमोद शर्माको प्रस्तावअनुसार बैंकवाट विभिन्न समयमा ऋण झिकेर रु.१० लाख प्रतिलाखको प्रति महिना रु.३ हजारका दरले व्याज दिने गरी निजलाई लगानी गरेको हो । यसरी सयमसमयमा प्राप्त गरेका रकमलाई बैंकमा जम्मा गरेको हो । पुनः ऋण झिकी पुरानै शर्तअनुसार थप रु.९ लाख लगानी गरेको हो । बैंकवाट नै ऋण लिई ०५६।११।२० मा रु.२४ लाख २०५७ साल माघ २० सम्मको लागि प्रति लाख रु.२० हजार दिने शर्तमा ०५६।११।२० मा यज्ञप्रसाद बजगाईलाई लिखत सम्झौता गरी दिएको हो । सोवाट प्राप्त प्रतिफल र नाफा भएको अवस्थामा आफ्नो अन्य आयवाट बैंकमा व्याज बुझाउंदै गरेको बैंकलाई १७,१८ प्रतिशत व्याज बुझाउंदा पनि सोवाट राम्रो आय भएको हो । गोर्खा फाइनान्सवाट रु.२० लाख ऋण लिई वाहिर लगानी गरेको । सोवाट प्राप्त प्रतिफल र हिमालयन बैंकवाट ऋण लिई सोवाट प्राप्त प्रतिफलवाट विभिन्न बैंकको ऋण चुक्ता गरेको हो । ऋण लिई व्याज साँवा समेत चुक्ता गर्दा सोबाट मलाई रु.१४ लाख बचत भएको हो । चितवन र धुम्वाराहीको घर निर्माण गर्दा वस्तुगत मात्र खर्च लागेको हो 

            चितवनलगायत ३ वटा घर निर्माण गर्दा आयोगले रु.८४ लाखभन्दा बढी मूल्य पर्ने भनी देखाएको छ । जुन फर्निचर समेत गर्दा जम्मा रु.६६ लाख जति मात्र हुन्छ । चितवन, काठमाडौँ र काभ्रेमा रु.१ करोडभन्दा बढीको जग्गा खरीद गरेको भन्ने उल्लेख गरिएको छ । तर मैले मेरो जीवन कालमा जग्गा खरीदमा रु.१६ लाख जति मात्र खर्च गरेको छु । विभिन्न बैंक खाताहरूमा मेरो परिवारको सदस्यको नाउँमा १ करोडभन्दा बढी रकम जम्मा रहेको र लाखौ रकम मौज्दात रहेको भनी उल्लेख गरेको छ । बानेश्वरको घर विक्रीवाट प्राप्त ४५ लाख रकम र सञ्चयकोषवाट रकम झिक्नु पूर्व ७० लाख ५० हजारभन्दा बढी रकम जम्मा भएको छैन । बानेश्वरको घर विक्री पछि मात्र सो खातामा रकम जम्मा भएको हो । विपक्षीले अमिल्दो र उच्च जीवनस्तर विताएको भनेतापनि सामान्य मध्यम परिवारको व्यक्ति सरह जीवन यापन गर्दै आएको छु । सरकारी सेवामा प्रवेश गरेको २७ वर्षसम्म पनि निजी सवारी साधन खरीद गरेको थिएन । विद्युतीय सुविधाका साधन टेलिभिजन, फ्रीज जस्ता सामान मात्र प्रयोग गरेको, अमिल्दो किसिमले कसैलाई दान दातव्य पनि नदिएको अवस्थामा मैले अमिल्दो जीवनस्तर व्यतीत ग¥यो भन्ने आयोगको पूर्वाग्रही भावना मात्र हो 

            २०१७।१८ सालसम्म करिव २०० विगाहा जति जमिन तराईमा रहेको पलाञ्चोक भगवती मन्दिरको सुनको छाना र गजुर मेरो हजुरबुवाले चढाएको जमिन्दारी परिवार हो, मेरा चार पुस्ता सरकारी सेवामा रहेकाले वीर्ता र जमिन्दारी पाएको, मेरो विवाह विराटनगरका सम्पन्न रिजाल परिवारमा भएको हो, मेरो सासू ससुराले छोरीलाई दिएको सम्पत्ति जनही १५,२० लाख जति छ । अख्तियारमा गरेको बयान सुनाउँदा सुने । म मानसिक तनावमा भएका कारण तथ्यहरू फरक छन् । मेरो आयस्रोतभित्रको सम्पूर्ण सम्पत्तिहरू आयस्रोतभित्रकै देखिने र सो बाहेकको आयस्रोतमा बढी आर्जन गरेको देखिनेमा विपक्षी आयोगले पूर्वाग्रही रुपमा हचुवा तवरले बढी मूल्याङ्कन गरी मेरो बैध आयस्रोतलाई अवैध आयस्रोत भनी दायर गरेको आरोपपत्र झूठा भएकोले अभियोग दावीबमोजिम सजाय हुने र सम्पत्ति जफत हुनुपर्ने होइन भन्ने व्यहोराको प्र.अच्यूतकृष्ण खरेलले विशेष अदालतमा गरेको बयान 

            विपक्षी आयोगले तालिकामा आय व्ययको लेखाजोखा राख्दा बैध आयलाई अवैध बनाउने प्रयोजनका लागि पूर्वाग्रही रुपमा राखेको छ । २०५५ सालवाट भएको पढाई खर्चलाई २०५३ साल २०५७ सालमा किन्दै नकिनेको शेयरलाई खर्च देखाएर अन्य बैध सम्पत्तिलाई अवैध देखाउने वद्‌नियतपूर्ण कार्य गरेको छ । मेरो नाममा रहेका सम्पत्तिको स्रोत र वैधता वारे मेरो श्रीमानले आफ्नो बयानमा उल्लेख गरिसक्नु भएको छ, जुन सत्य साँचो हो । मेरो विवाह २०३२ सालमा हुँदा ३५ तोला सुनका गहना, चाँदीका गहना र भांडाकुंडा २०, ३० हिरा, मोती मुगा जडित औंठी गहना ८ जोर माष्टर बेडरुममा रहेका ठूलो गलैचा, ठूलो पलङ्ग टेबुलसहितको सोफा सेट, जुत्ता राख्ने र्‍या, लुगा राख्ने क्याविनेट, भेनिष्टाले बनेको दराज २ वटा लगायत गोडधुवामा नगद रु.२५,०००।समेत मेरो विवाहमा प्राप्त भएको हो । मेरो माइती आर्थिक दृष्टिकोणले अति सवल भएकाले प्रत्येक वर्षको तिजमा रु.३,०००।प्रत्येक दशैमा रु.५,०००।मेरो विवाह पछि माइतीवाट मैले प्राप्त गरिरहेकी छु । छोरीको पास्नी, मुख हेर्ने चुडाकर्ममा नगद रु.२०,०००।४ तोला गरगहना माइती र अन्य नातागोतावाट प्राप्त भएको हो । समय समयमा माइती र नाता गोतावाट नगदहरू प्राप्त हुने गर्दथ्यो । जुन छोराछोरीको खातामा जम्मा गर्ने गरिन्थ्यो । २०५७ सालमा खरीद गरेको राष्ट्रिय ऋण बचत पत्र मेरो बुवा आमाले दिएको रुपैयांवाट खरीद गरेको हो । हामी ४ बहिनीमध्ये कान्छी बहिनीलाई नगद रुपैंया दाइजोको रुपमा बुवा आमाले दिनु भएको हो । मलाई २०४२ सालमा करिव १ लाख ५० हजार, २०४९ सालमा १ लाख ७५ हजार, २०५३ सालमा २ लाख ५० हजार, २०५६ सालमा आमा आफै काठमाडौँ आएर बस्दा रु.२ लाख ५० हजार दिनु भएको थियो । यसरी माइतीवाट पटकपटक प्राप्त रुपैयाले मैले रु.८ लाखको बचत पत्र किनेको हो । डाइनिङ्ग चेयर (खुट्टा नभएको) थान ४ र फ्रिज समेत मैले माइतीवाट प्राप्त गरेको हो । यसरी पटकपटक माइतीवाट मैले २०६० सालसम्म कुल रु.१० लाख ८६ हजार नगद प्राप्त गरेकी छु । हाम्रो सम्पत्ति बैध सम्पत्ति हो । जुन मेरो श्रीमानले अदालतमा गरेको बयानवाट प्रष्ट छ, प्रमाण लगाई पाउ । तालिका नं.२३ क्र.सं.४ क उल्लेख गरेको आयूष खरेलका नाउँको कि.नं.क४७४ ज.रो.०० कि.नं.४३५ वाट कित्ताकाट भै आएको उक्त जग्गा मेरी जेठानी दिदीवाट २०६३।५।५ मा मैले वकस पत्र पाएको हुँ । जुन जग्गाको मूल्य १२ लाख भनी दावी लिएको छ, वकसपत्रवाट पाएको जग्गा भएकोले त्यसमा हाम्रो कुनै लगानी लागेको छैन । प्रहरी परिवार महिला संघकी अध्यक्षको हैसियतमा २५ सेप्टेम्वर देखि २९ सेप्टेम्वर २००० मा ६ दिने ड्रग्ससम्बन्धी कन्फ्रेन्समा इटलीमा भाग लिन जाँदा २२० US$ बचत भएको हो, हाम्रो सम्पत्ति बैध भएको कुरालाई पनि अच्यूत कृष्ण खरेलको बयानवाट प्रष्ट भएकोले प्रमाण लगाई पाऊँ, पूर्वाग्रही रुपवाट धेरै मूल्याङ्कन गरी अवैध देखाउन खोजेको विपक्षी आयोगको दावी बमोजिम सम्पत्ति जफत हुनुपर्ने होइन भन्ने व्यहोराको प्र.मीना खरेलले विशेष अदालतमा गरेको बयान 

            भएको आयलाई नदेखाई बढी मूल्याङ्कन गरी कम खर्चलाई बढी खर्च देखाई मुद्दा दायर गरिएको छ । जुन झूठा हो । मेरो वि.डि.एम.४ वर्षे कोर्षलाई ७ वर्षे देखाइएको छ । त्यस्तै २०५९ सालमा बैंक अफ काठमाडौवाट शेयर खरीद गरेकोमा ०५७ सालमा खरीद गरिएको भनिएको छ । मैले कुनै पनि जग्गा जमिन विक्री नगरेकोमा कि.नं ३४८ र २७८ को जग्गा मैले विक्री गरेको भनी दावी लिएको, जुन वद्‌नियतपूर्वक छ । दावी लिएका सम्पत्तिको स्रोतको सम्बन्धमा बुवा अच्यूत कृष्ण खरेल र आमा मीना खरेलको बयानवाट खुलेको नै छ । कि.नं.१४१को ज.रो.१० मध्ये ०१०० मुकुन्दप्रसाद चापागाईवाट रु.३१ हजारमा बुवाले खरीद गर्नु भएको हो । जुन जग्गा ०५० सालमा २,२४,३००।लिई बुवाले थुनतेन उक्यापलाई वकसपत्र गरी दिनु भएको हो । डिल्लीबजारको बैंकमा रहेको मेरो नाउँको खाता मेरो बुवा आमाले म सानै छँदादेखि खोली दिनु भएको हो । दशैं तिहार मामा मावलीवाट पाएको दक्षिणाहरू मेरो वकस आदि रकम सो खातामा जम्मा गरेको हो । मेरो खातामा रहेको रकम पिताजीको आर्जनभित्र पर्दैन । पटकपटक सो खातावाट झिकिएको रकमलाई आम्दानीको रुपमा राखिएको छैन, बुवाबाट प्राप्त गरेको भनेको रु.१२ लाख कहिले पनि प्राप्त गरेको छैन । अंशबण्डा गर्दा आमा र मेराबीच नरम गरम मिलाई रु.१२ लाख मलाई दिएमा भविष्यमा पिताजीको सम्पत्ति बेचविखन भएको अवस्थामा दिने वचन मात्र परेको हो । बैंक अफ काठमाडौँवाट शेयर थान १ हजार २०५९ सालमा पिताजीले खरीद गर्नु भएको हो । कि.नं. २३४ ज.रो.१० जग्गा मैले अंशबापत प्राप्त गरेको हुँ । २०५० सालमा आमा मीना खरेलको नाउँमा वकसपत्र लिखत गर्दा लागेको रु.५१,२२०।मात्र हो । कि.नं.३४ड को जग्गा मेरो होइन । मेरा नाउँको कि.नं.४७४ को ज.रो.०० जग्गा कि.नं. ४३५ बाट कित्ताकाट भै आएको हो, जुन मेरो साहिली आमा पदमा खरेलवाट कुनै पनि पैसा खर्च नगरी वकसपत्रवाट प्राप्त गरेको हो । यसरी कि.नं. ४७४ को जग्गा मेरो नाउँमा अंशबण्डावाट प्राप्त भएको हो । कि.नं. ४३१ को ज.रो.०० जग्गा मेरो बुवाले आफ्नो दाजु राम खरेलवाट ०५३।५।४ मा वाटोको लागि निःशुल्क पाउनु भएको हो । जुन अंशबण्डावाट मेरो नाउँमा कायम छ । कि.नं.४२ को २० कि.नं.२९६ को २१३१ जग्गा एउटैमा जोडिएको जग्गा हुन् । एउटै ठाउंको एउटैमा जोडिएको जग्गाको कसैको अत्यधिक बढी र कसैको अत्याधिक कम गरेको छ । जुन दुवै जग्गा रु.२९,५००।मा पिताजीले खरीद गर्नु भएको हो । स्रोतको हकमा पिताजीले आफ्नो बयानमा खुलाई सक्नु भएको छ । कि.नं.२७६ र कि.नं.२७७ को जग्गा वकसपत्रको लिखत पारीत गरी मेरो बुवाले खरीद गर्नु भएको हो । खरीद गर्दा स्रोतको सम्बन्धमा पिताजीले बयानमा उल्लेख गर्नु भएको छ । प्रमाण लगाई पाऊँ । नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्समा रहेको १०० कित्ता शेयर रु.१,००,०००।को पिताजीले खरीद गरी दिनु भएको हो । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगानी गरेको रु.१० लाख शेयर २०५६।८।३ मा पिताजीले खरीद गरी दिनु भएको हो । उक्त शेयर खरीद गर्दा काका नाताका उत्तमकृष्ण खरेलसँग सापटी समेत लिई खरीद गर्नु भएको हो । चितवन नारायणगढको कि.नं ५१३ को जग्गा २०५७ सालमा मेरो पिताजीले १ लाख ७ हजार ५ सयमा खरीद गरेको जग्गालाई रु.३,२२,५००।भनी हचुवा किसिमले दावी लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्याङ्कन गरी बैध सम्पत्तिलाई अवैध बनाउने प्रयास गरी बैध रुपमा आर्जित सम्पत्ति जफत गरिपाऊँ भनी लिएको दावी पूर्वाग्रहीपूर्ण भएकोले बैध सम्पत्तिलाई जफतको विषय बनाउनु पर्ने होइन । तसर्थ सम्पूर्ण चल अचल सम्पत्ति फिर्ता पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीमध्येका आयूष खरेलले विशेष अदालतमा गरेको बयान 

            आरोप पत्रमा उल्लिखित घर जग्गा मूल्याङ्कनकर्तालाई विशेषज्ञको रुपमा बुझ्नु पर्ने देखिंदा निजहरूलाई महान्यायाधिवक्ताको कार्यालय विशेष शाखामार्फत् झिकाई र प्रतिवादीहरूले बयान गर्दा बुझी पाऊँ भनी बयानको प्रमाण खण्डमा उल्लिखित साक्षीहरूलाई प्रतिवादीहरू मार्फत् झिकाई बुझ्न नियमानुसार गरी पेश गर्नु भन्ने विशेष अदालतको मिति २०६१।८।२५ को आदेशअनुसार प्रतिवादीका साक्षीहरू माधवराज शर्मा, धर्मनारायण यादव, परमेश्वर यादव, ढकाई साहू हलवाई, प्रदिपमणि रेग्मी, सूर्यनारायण यादव, यज्ञप्रसाद बजगाई, उमेश सिं भण्डारी, माधव शर्मा, बोधप्रसाद उप्रेती अधिकारी, माधबप्रसाद खतिवडा, दीपप्रसाद उप्रेती, प्रमोद शर्मा, केशवानन्द खरेल, उत्तमकृष्ण खरेल, भरत कोइराला, मुक्तिभक्त उप्रेती, यमुनाप्रसाद शाह, खिलप्रसाद उप्रेतीले र वादी पक्षका विशेषज्ञ साक्षीहरू शिवराज पौडेल, सुवास बस्नेत, पुस्करप्रसाद पोखरेल तथा चिरञ्जिवी चटौतले विशेष अदालतमा गरेको वकपत्र 

प्रतिवादी अच्यूतकृष्ण खरेलले राष्ट्रसेवकको पदबाट मिति २०५७।६।२७ मा अवकाश प्राप्त गरिसकेको र निजले राष्ट्रसेवकको पदबाट अवकाश प्राप्त गर्दाका अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशअनुसार अवकाश प्राप्त गरेको एकवर्षभित्र मुद्दा चलाई सक्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था लागू रहेको देखिन्छ । उक्त दफामा मिति २०५९।४।३० मा संशोधन भई संशोधित उक्त दफामा हदम्यादको व्यवस्था गरिएको पनि छैन र पहिलेको हदम्यादको सम्बन्धमा पनि केही भनिएको छैन । दावीको कसूर सोही ऐनको दफा १३ (२) को प्रतिबन्धात्मक वाक्याँशअन्तर्गतको हदम्याद नलाग्ने कसूर हो भन्ने पनि नदेखिएको कारणबाट तत्काल प्रचलित कानूनले निर्दिष्ट गरेको एकवर्षको हदम्याद नघाई मिति २०६१।४।३२ मा दायर भएको देखिन आउँछ । माथि उल्लिखित कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट नेकाप २०४८, नि.नं. ४४२७, पृष्ठ ७९७, नेकाप २०४९, नि.नं. ४४९१, पृष्ठ २३३, नेकाप २०४,४ नि.नं. ३१७७, पृष्ठ ८३४, नेकाप २०६२, नि.नं. ७४८०, अङ्क १ समेतमा प्रतिपादित सिद्धान्तहरू समेतका आधारमा प्रतिवादी अच्यूतकृष्ण खरेलउपर निज राष्ट्रसेवकको पदबाट अवकाश प्राप्त गर्दाका अवस्थाको तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार सो ऐन अन्तर्गत सजाय हुने कुनै अन्य कसूरमा अभियोग लागेको भन्ने नदेखिएको र प्रस्तुत आरोपपत्र तत्काल प्रचलित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (दोस्रो संशोधन पूर्वको) ले निर्दिष्ट गरेको हदम्याद समेत नघाई दायर भएको देखिन आएको हुँदा निज प्रतिवादी अच्यूतकृष्ण खरेलको हकमा प्रस्तुत आरोपपत्रको तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिल्ने देखिदैंन । गैरकानूनी सम्पत्ति आर्जन गर्ने भनी दावी गरिएका प्रतिवादी अच्यूतकृष्ण खरेलको हकमा नै तथ्यभित्र प्रवेश गरी इन्साफ गर्न नमिल्ने देखिएपछि सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका अन्य प्रतिवादीहरूको हकमा पनि तथ्यभित्र प्रवेश गरी इन्साफ गर्ने अवस्था भएन । तसर्थ प्रतिवादी अच्यूतकृष्ण खरेल प्रहरी महानिरीक्षकको पदबाट अवकाश प्राप्त गरेको मिति २०५७।६।२७ पछि भ्रष्टाचार निवारण ऐन, २०५९ लागू हुँदाको अवस्थामा र प्रस्तुत मुद्दा दायर हुँदाको अवस्थामा समेत सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकको पदमा रहेको नदेखिएकोले निज प्रतिवादीउपर प्रस्तुत मुद्दा चलाउन तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार सो ऐनअन्तर्गत सजाय हुने अन्य कुनै कसूरमा अभियोग लागेको हुनुपर्नेमा त्यस्तो अभियोग लागेको भन्ने आरोपपत्रबाट नदेखिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १३(२) को प्रतिबन्धात्मक वाक्याँशअनुसार हदम्याद नलाग्ने विषयभित्रको समेत नभएकोले तत्काल लागू रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशले पदबाट अवकाश प्राप्त गरेको एक वर्षभित्र मुद्दा चलाई सक्नुपर्ने छ भनी निर्दिष्ट गरेको एकवर्षको हदम्याद समेत नघाई मिति २०६१।४।३२ मा दायर गरेको प्रस्तुत मुद्दाको आरोपपत्र खारेज हुने ठहर्छ भन्ने समेत विशेष अदालत, काठमाडौंको मिति २०६३।११।२४ को फैसला ।    

विशेष अदालतको फैसलामा चित्त बुझेन । राष्ट्रसेवकसँग निजको वैद्य आयस्रोतसँग अमिल्दो सम्पत्ति रहेको अवस्थामा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार अनुमानित कसूर कायम हुने र सो दफा १५ को व्यवस्थालाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले निरन्तरता दिएको छ । सो कुरालाई विशेष अदालतले पनि स्वीकार गरेको छ । साविक ऐनको दफा १५ मा उल्लेख भएको कसूरमा आरोप लगाउन भ्रष्टाचारजन्य कसूरमा अन्य आरोप पनि लगाउनु पर्ने अनिवार्य थियो भने हालको ऐनको दफा २०(१) ले त्यस्तो अन्य कुनै आरोप लगाउनु पर्ने आवश्यकता राखेको छैन । विशेष अदालतले साविक भ्रष्टाचार निवारण ऐनको दफा १५ को अनुमानित कसूरलाई नै वर्तमान भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले निरन्तरता दिएको तथ्यलाई स्वीकार गरिसकेपछि साविक र हालको ऐनको प्रावधानमा अनुमानित कसूर कायम हुन सक्ने अवस्था भने फरक रहेको भन्ने निष्कर्ष निकालेको नै गलत छ । साविक ऐनको दफा १५ ले परिभाषित गरेको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन हुनु नै अनुमानित कसूरका लागि पर्याप्त हुन्छ । वर्तमान ऐनको दफा २०(१) ले परिभाषित गरेको कसूर पनि सोहीबमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिसँग अमिल्दो र अस्वाभाविक सम्पत्ति पाइनु नै हो । त्यसैले साविक ऐनको दफा १५ तथा हालको ऐनको दफा २०(१) को कसूर कायम हुने अवस्थाहरू फरक नभई उस्तै र समान हुन्छ । साविक ऐनले अमिल्दो सम्पत्ति रहे भएको पाइएको अवस्थामा त्यस्तो व्यक्तिले सन्तोषजनक रुपमा सो सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने र सो गर्न नसके कसूर कायम हुने व्यवस्था गरेको थियो । हालको ऐनमा पनि त्यस्तो सम्पत्ति के कुन स्रोतबाट आर्जन गरेको हो भन्ने प्रमाणित गर्न नसके कसूर कायम हुने र दफा २०(२) बमोजिम सजाय हुने अवस्था रहेको हुँदा साविक ऐनको दफा १५ तथा हालको ऐनको दफा २०(१) मा वर्णित कसूर कायम हुने अवस्था फरक फरक रहेको भनी विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण छ 

            साविक ऐनको दफा १५ मा दुई प्रकारका कसूरको व्यवस्था छ । वैध आयस्रोतसँग अमिल्दो सम्पत्ति भई गैरकानूनी रुपमा रिसवत लिएको मानिने कसूर र उक्त कसूरमा सजायको दावी गर्न पूर्वावस्थाको रुपमा अन्य कुनै एक भ्रष्टाचारजन्य कसूर । यी दुवै कसूरहरू भिन्नभिन्न प्रकृतिका भै सजाय समेत फरक फरक छ । यी दुवै कसूर स्वतन्त्र छन् भन्ने सो ऐनको व्यवस्थाले स्पष्ट गर्दछ । गैरकानूनी रुपले रिसवत लिएको अनुमान गरी सजाय गर्न सकिने भनी परिभाषित गरेको सो कसूरमा आरोप लगाई सजायको मागदावी गर्नेसम्मको प्रयोजनको लागि भ्रष्टाचारजन्य अन्य कुनै कसूरको समेत आरोप लागेको हुनुपर्ने हुँदा कसूरको अन्तरवस्तु, तत्व र प्रकृतिमा फरक पर्ने अवस्था छैन । सजायको मागदावी गरी आरोपपत्र प्रस्तुत गर्न आवश्यक पर्ने पूर्वावस्था नरहे नभएका कारणले मात्र कानूनले कसूर नै परिभाषित नगरेको वा सजाय हुने व्यवस्था नै नगरेको भनी अर्थ गर्न मिल्दैन 

            आरोपपत्र दायर गर्दा हदम्याद नघाई दायर गरेको भन्ने विशेष अदालतको निष्कर्ष पनि गलत छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा २०५९।४।३० मा संशोधन हुनुपूर्वको दफा २९ को प्रतिबन्धात्मक वाक्याँशले मुद्दा दायर गर्ने सम्बन्धमा तोकिदिएको हदम्याद मुद्दा दायर गर्ने जिम्मेवार निकाय वा अधिकारीको अधिकारमा लगाइएको समय सीमासम्म हो । साविक ऐनहरू बहाल रहँदासम्म उक्त ऐनका प्रावधानमा उल्लिखित समयसीमाभित्र विशेष प्रहरी विभाग वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसक्नुपर्ने बाध्यता थियो । तर भ्रष्टाचार निवारण ऐन, २०५९ जारी भएपछि र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा दोस्रोे संशोधन भएपछि सो समयसीमा हटिसकेको छ । कानूनले नै मुद्दा दायर गर्ने हदम्यादको समयसीमा हटाइसकेपछि प्रतिवादीका विरुद्ध आरोपपत्र दर्ता गर्न पुरानो ऐनको हदम्याद नै लागू हुने भनी अर्थ गर्नु त्रुटिपूर्ण छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ आयोगको काम, कर्तव्य र अधिकार र कार्यविधि तोक्ने ऐन भएकोले र प्रतिवादीलाई कसूर र सजाय निर्धारण गर्ने ऐनले प्रदान नगरेको उन्मूक्ति आयोगको काम, कर्तव्य अधिकार र कार्यविधि निर्धारण गर्ने ऐनले प्रदान गर्दछ भनी गरिएको व्याख्या त्रुटिपूर्ण छ । राष्ट्रसेवक सम्बन्धमा अवकाश भएका मितिले एक वर्षभित्र मुद्दा दायर गरी सक्नु पर्ने २०५९।४।३० मा संशोधन हुनुपूर्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशले तोकेको हदम्याद उक्त मितिको संशोधनबाट हटिसकेको अवस्थामा आयोगको अधिकारलाई संशोधनपूर्वकै व्यवस्थाले सीमाबद्ध गर्दछ भन्ने अर्थ गरी आरोपपत्र खारेज गर्ने गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६४।२।१ को पुनरावेदन पत्र 

            भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कसूरमा अभियोग दायर गरेकोमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को कसूर र सजायसम्बन्धी स्वतन्त्र दफा नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को तत्काल प्रचलित दफा २९ को प्रतिबन्धात्मक वाक्याँशको हदम्यादभित्र अभियोगपत्र दायर नगरिएको भन्ने आधारमा दावी खारेज गरिएको देखिन्छ । यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले छुट्टै सजायको व्यवस्था नगरे पनि रिसवत लिएको अनुमान गरिने छ भनी सो दफामा उल्लेख भएबाट उक्त दफा सोही ऐनको दफा ३ सँग अन्तर्सम्बन्धित देखिएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिवन्धात्मक वाक्याँश सोही ऐनको दफा १३ सँग अन्तर्सम्बन्धित रहेको अवस्थामा उपरोक्त ऐनको उक्त दफाहरूको र भ्रष्टाचार निवारण ऐन, २०१७ को २४क समेतको व्याख्यासम्बन्धी प्रश्न समावेश भई विशेष अदालतले तथ्यभित्र प्रवेश नगरी दावी खारेज गर्ने गरी गरेको फैसला फरक पर्न सक्ने देखिएकोले छलफलका लागि प्रत्यर्थीहरूलाई झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६५।४।२८ को आदेश 

            नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकार तथा प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहसको संक्षिप्त व्यहोरा यसप्रकार छः

 

 

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट

विद्वान सहन्यायाधिवक्ता श्री महेशकुमार थापाः

            अभियोगपत्र हदम्यादविहीन रहेको भन्ने आधारमा खारेज गर्ने विशेष अदालतको फैसला त्रुटिपूर्ण छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद नै प्रस्तुत मुद्दाको सम्बन्धमा आकर्षित हुने हदम्याद हो । तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ कायम रहेको अवस्थामा अवकाश प्राप्त राष्ट्रसेवकको हकमा मुद्दा दायर गर्दा सोही ऐनको दफा २४क कै हदम्याद आकर्षित हुने हो । सो तथ्यलाई नेपाल सरकार विरुद्ध ईश्वर पोखरेल समेत भएको भ्रष्टाचार मुद्दामा (नेकाप २०६६, नि.नं. ८२००) यस अदालतबाट व्याख्या भै स्थापित नै गरिएको छ । सो सिद्धान्तअनुसार साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को कसूरलाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले निरन्तरता दिएको कुरा पनि स्थापित भैसकेको छ । यस मुद्दामा प्रतिवादीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१) १० र १५ समेतको कसूरमा अभियोग लगाइएको अवस्था छ । यस्तो अवस्थामा विशेष अदालतले दफा १५ को मात्र अभियोग लगाइएको भन्ने अर्थ लगाई आकर्षित हुनै नसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ लाई आधार बनाई हदम्यादको आधारमा अभियोगपत्र नै खारेज गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ भ्रष्टाचारको कसूरमा मुद्दा लगाउने, हदम्याद कायम गर्ने र सजाय गर्ने ऐन नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य, अधिकार र कार्यविधि निर्धारण गर्न बनेको ऐन हो भन्ने कुरा प्रस्तावनाबाटै देखिन्छ । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि त्यसको हदम्याद प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ ले व्यवस्था गरेको नै कायम हुने हो । तसर्थ, अप्रासाङ्गिक ऐनको हदम्यादलाई आधार बनाई अभियोग पत्र खारेज गर्ने गरेको विशेष अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी अभियोग दावीबमोजिम कसूर कायम गरी प्रतिवादीलाई सजाय हुनुपर्दछ 

प्रत्यर्थी प्रतिवादी अच्यूतकृष्ण खरेलको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सुशीलकुमार पन्त

            हाम्रो कानून प्रणालीमा हदम्यादको कुरालाई न्याय निरोपणको लागि उच्च महत्व दिइएको छ । फौजदारी कसूरमा हदम्यादको कुरालाई अनदेखा गरी ईन्साफ गर्न मिल्दैन । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अन्तर्गत अनुमानित कसूरमा अभियोग लगाइएको छ । तर सो दफा १५ अन्तर्गत अभियोग लगाउनु पूर्व अर्को कुनै कसूरमा अभियोग लगाइएको हुनुपर्दछ । केवल ऐनको दफा ३, , १०, १५ र २४ उल्लेख गर्दैमा अन्य अभियोग लागेको भन्ने पुष्टि हुँदैन । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७ वा १० बमोजिम यो यस्तो कसूर गरेको भनी अभियोग नलगाएसम्म दफा १५ अन्तर्गत मात्रै स्वतन्त्र रुपमा अभियोग लगाउन मिल्दैन । सेवाबाट अवकाश पाइसकेको प्रतिवादीउपर तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्याद आकर्षित हुनै सक्तैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ले अवकाश प्राप्त गरेको व्यक्तिउपर भ्रष्टाचारमा मुद्दा चलाउन छुट्टै हदम्यादको व्यवस्था गरेको हुँदा सोही हदम्याद आकर्षित हुन्छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को व्यवस्थालाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ ले बचाउ नगरेको हुँदा मेरो पक्षको हकमा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को हदम्याद आकर्षित हुनै सक्तैन । यसका साथै मेरो पक्षउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजूरीउपर एकपटक छानबीन भई आयोग स्वयम्ले मुद्दा चलाईरहनु नपर्ने भनी निर्णय गरिसकेको छ । यिनै सम्पत्तिउपर परेको उजूरी तामेलीमा राखिसकेपछि पुनः लाग्दै नलाग्ने ऐनको हदम्याद देखाई आरोपपत्र दायर गरिएको छ । तसर्थ अवकाश प्राप्त गरिसकेको व्यक्तिउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को तत्कालीन कानूनी व्यवस्थाबमोजिम अवकाश पाएको मितिले १ वर्षभित्र अभियोग लगाउन सक्नुपर्दछ । सो हदम्याद नघाई अनन्तकालसम्म मुद्दा चलाउन हदम्यादसम्बन्धी सिद्धान्तले पनि नमिल्ने भएकोले विशेष अदालतबाट अभियोगपत्र खारेज गर्ने गरी भएको फैसला कानूनसम्मत् हुँदा सोही फैसला सदर हुनुपर्दछ 

 

विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल

            मेरो पक्षको यिनै सम्पत्तिहरू उपर पहिले नै परेको उजूरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबीन भई मुद्दा चलाउन नपर्ने गरी सो उजूरी तामेलीमा राखिएको छ । प्रस्तुत मुद्दा सोही उजूरीका आधारमा लगाइएको होइन । प्रस्तुत मुद्दामा मिति २०५९।२।१२ र २०६०।२।१६ को उजूरीका आधारमा अनुसन्धान भएको भन्ने अभियोगपत्रको शीर व्यहोराबाट देखिन्छ । यी उजूरीहरू पर्नुभन्दा अगाडि नै मेरो पक्षले २०५७।६।२७ मा अवकाश पाइसकेको छ । पदमा बहाल रहँदाकै अवस्थामा परेको उजूरीमा छानबीन गरी आयोग स्वयमले मुद्दा नचल्ने निर्णय गरिसकेको अवस्थामा सेवाबाट अवकाश पाएपछि पनि १ वर्ष नाघिसकेपछि परेको उजूरीका आधारमा मुद्दा चलाउन मिल्दैन । प्रस्तुत अभियोगपत्र २०६१।४।३२ मा दायर भएको छ । उजूरी १ वर्ष नाघेपछि परेको र अभियोगपत्र २ वर्ष पछाडि दायर भएको तथ्यलाई इजलासले गम्भीरतापूर्वक मनन गर्नुपर्दछ । हदम्यादविहीन उजूरीका आधारमा दायर भएको अभियोगपत्र हदम्यादभित्रको हुन सक्तैन । सरकारी पक्षबाट ईश्वर पोखरेलको मुद्दामा प्रतिपादित सिद्धान्तले प्रस्तुत मुद्दामा पनि हदम्याद कायम हुन्छ भन्ने जिकीर लिइएको छ । ईश्वर पोखरेल विरुद्ध अभियोगपत्र दर्ता हुँदा उनी बहालवाला राष्ट्रसेवक थिए । तर मेरो पक्ष सेवानिवृत्त भएको २ वर्षपछि अभियोग दर्ता भएको छ । यो तथ्यलाई मनन गरेर मात्रै प्रस्तुत मुद्दाको हदम्यादसम्बन्धी कानूनी प्रश्न निराकरण हुनुपर्दछ । मेरो पक्ष बहाल रहेको अवस्थामा प्रचलित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ मा भएको व्यवस्थाअनुसारकै हदम्याद सेवा निवृत्त भएपछि मुद्दा चलाउँदा आकर्षित हुने हो । हदम्यादको विषयलाई भूतलक्षी प्रभाव ९च्भतचयकउभअतष्खभ भाभअत० दिने गरी व्याख्या गर्न मिल्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा भएको मिति २०५९।४।३० को दोस्रोे संशोधनबाट संशोधित दफा २९ को हदम्याद हटाइएको व्यवस्था वा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४५ बमोजिमको हदम्याद मेरो पक्षको हकमा आकर्षित हुनै सक्तैन । तसर्थ, हदम्यादविहीन आरोपपत्र खारेज गर्ने गरेको विशेष अदालतको फैसला मिलेको हुँदा सोही फैसला सदर हुनुपर्दछ 

 

विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल

            अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६०।१।४ को निर्णयमा स्रोतभन्दा बढी सम्पत्ति देखिएन भनेर बोलिसकेको छ । तर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को अनुमानित कसूरमा दावी लिइएको छ । यो दावी आयोगको आफ्नै पूर्व निर्णय प्रतिकूल छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा मिति २०५९।४।३० मा दोस्रोे संशोधन हुनुपूर्व अवकाश प्राप्त व्यक्तिको हकमा जहिलेसुकै मुद्दा चलाउन सकिने भन्ने खुल्ला व्यवस्था थिएन । मेरो पक्ष २०५७।६।२७ मा नै सेवा निवृत्त भइसकेको र सो मितिपछि संशोधन भएको हदम्यादसम्बन्धी व्यवस्था यस मुद्दामा आकर्षित हुन सक्तैन । विशेष अदालतले दफा २९ को हदम्यादको व्यवस्थालाई भविष्यदर्शी (Prospective) मानेर व्याख्या गरेको छ । संशोधन पूर्वको कार्यमा पछाडि संशोधन भएको हदम्यादको व्यवस्था लागू नहुने भनेर अनेकौं सिद्धान्त कायम भएका छन् । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा भ्रष्टाचारको कुनै अभियोग लागेको व्यक्ति छ भने त्यसको पूरक कसूर (Ancilliary Offence) को रुपमा थप अभियोग लगाउन सकिने व्यवस्था रहेको छ । अभियोगपत्रमा पनि भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतकै कसूर स्थापित गर्ने उद्देश्य लिएको देखिन्छ । यस्तोमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको हदम्याद लाग्छ भन्ने पुनरावेदन जिकीर सर्वथा अनुचित रहेको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ स्वयंमा निरपेक्ष रुपमा क्रियाशील हुनै सक्तैन । सो ऐनको दफा ३ ७, १० को कसूरमा कुनै अभियोग नलगाई केवल दफा १५ को अभियोग दावी कायम हुन सक्तैन । तसर्थ प्रस्तुत अभियोगपत्र उपर अदालतले तथ्यभित्र प्रवेश गरी विचार गरिरहनुपर्ने अवस्था नै छैन । हदम्यादको अभावमा अभियोगपत्र खारेज हुने ठहर्‍याएको विशेष अदालतको फैसला मिलेकोले सोही फैसला सदर हुनुपर्दछ 

            दुवैपक्षका विद्वान कानून व्यवसायीहरूले आआफ्नो बहस जिकीरलाई समर्थन गर्दै लिखित बहसनोट समेत पेश गर्नु भएको थियो 

            आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ को कसूरमा सोही ऐनको दफा ३, ७(१), १०, र १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा सोही दफा २०(२) बमोजिम हदैसम्मको सजाय एवं सम्पत्ति जफत गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत गरिपाऊँ भनी अभियोग मागदावी लिएको देखिन्छ । प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५७।६।२७ मा अवकाश पाएको र तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशअनुसार अवकाश प्राप्त गरेको व्यक्तिउपर एकवर्षभित्र मुद्दा चलाई सक्नुपर्नेमा मिति २०६१।४।३२ मा मात्रै अभियोगपत्र पेश भएको साथै सो ऐनमा मिति २०५९।४।३० मा संशोधन भई दफा २९ को उपदफा (१) र (३) मा रहेको व्यवस्था प्रतिवादीले सो संशोधन हुनुपूर्व नै अवकाश प्राप्त गरिसकेको हुँदा निजको हकमा लागू हुन नसक्ने एवं दफा १५ बमोजिम अर्को अभियोग लागेको अवस्था पनि नभएको भन्दै प्रस्तुत अभियोगपत्र साविक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशअनुरूपको हदम्यादभित्र दायर नभएको भन्ने आधारमा विशेष अदालतबाट अभियोग मागदावी नै खारेज गर्ने गरी फैसला भएको देखिन्छ 

            साविक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशमा उल्लिखित एकवर्षको हदम्यादसम्बन्धी व्यवस्था मिति २०५९।४।३० मा संशोधन भएपछि अवकाश प्राप्त व्यक्तिको हकमा मुद्दा दायर गर्ने हदम्याद हटिसकेको र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ लाई निरन्तरता दिएको साथै हालको ऐनले हदम्यादको सीमा हटाईसकेको अवस्था हुँदा हदम्याद नरहेको भनी विशेष अदालतले अभियोगदावी खारेज गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण छ भन्ने वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकीर रहेको देखियो 

            उपर्युक्त तथ्यगत अवस्थाहरूलाई दृष्टिगत गर्दा प्रस्तुत विवादमा मूलतः देहायका मूलभूत प्रश्नहरूको निरोपण गरिनु पर्ने देखिन आएको छ

१. भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अन्तर्गतको अभियोग दावी लिनु पूर्व सो ऐनको अन्य दफा अन्तर्गत छुट्टै मुद्दा चलाई अभियोग दावी लिइनु आवश्यक हुन्छ हुँदैन र प्रस्तुत विवादमा लिइएको अभियोग माग दावी उक्त दफा १५ मात्रैमा आधारित छ, छैन?

२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादीउपर छानबीन गरी मुद्दा चलाउन नपर्ने गरी भएको पूर्व निर्णयको विषयले प्रस्तुत मुद्दाको अनुसन्धान र अभियोगलाई प्रतिकूल प्रभाव पार्न सक्छ, सक्तैन ?

३. प्रस्तुत विवादमा भ्रष्टाचार निवारण ऐन, २०१७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मध्ये कुन ऐन अन्तर्गतको हदम्याद आकर्षित हुने हो ?

४. प्रस्तुत विवादमा अभियोगपत्र हदम्यादभित्रै दायर भएको छ, छैन ?

५. विशेष अदालतको फैसला मिले नमिलेको के हो ?

            २. सर्वप्रथम पहिलो प्रश्नतर्फ विवेचना गरौं । विशेष अदालतले अभियोगपत्र खारेज गर्ने गरी निर्णय गर्दा तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको कुनै अन्य कसूरमा अभियोग लागेको नभई दफा १५ मात्रैको अभियोग लगाएको भन्ने मुख्य आधार समेत ग्रहण गरेको अवस्था हुँदा सो दफा अन्तर्गतको अनुमानित कसूरको विषयमा अभियोग लगाउँदा उक्त ऐनको अन्य दफाअन्तर्गतको कुनै अन्य कसूरको अभियोग लागेको हुनुपर्ने नपर्ने के हो भन्ने तर्फ विवेचना गर्नु पूर्व प्रस्तुत मुद्दामा सान्दर्भिक देखिएका भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ र १५ दुवैको कानूनी व्यवस्थालाई अबलोकन गर्नु र तिनको अन्तरसम्बन्ध बारे विवेचना गर्नु उपयुक्त हुन आउँछ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ मा– ‘राष्ट्रसेवकले आफ्नो ओहदाको कामबापत कानूनी पारिश्रमिक बाहेक अरु रिसवत लिएमा हुने दण्ड सजायशीर्षकअन्तर्गत राष्ट्रसेवक भएको वा हुने भएको कुनै व्यक्तिले आफ्नो ओहोदाको वा सोसम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न वा नगरिदिएबापत वा आफ्नो ओहदाको वा सोसम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराई दिएबापत वा नगर्न वा नगरी दिए बापत आफ्नै वा अरु कसैको निमित्त कानूनले लिन पाउने पारिश्रमिक बाहेक अरु रिसवत कसैबाट लिएमा वा लिन मञ्जूर गरेमा वा लिने प्रयत्न गरेमा निजलाई कसूरको मात्रा अनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरीवाना वा दुवै सजाय हुनेछ । रिसवत लिइसकेको भए सो रिसवत समेत जफत भै सरकारी कोषमा दाखिल गरिने छ भन्ने व्यवस्था रहेको पाइन्छ 

            त्यस्तै सोही ऐनको दफा १५ मा अनुमानित कसूरशीर्षकअन्तर्गत यो ऐनअन्तर्गत सजाय हुने कुनै कसूरमा अभियोग लागेको कुनै राष्ट्रसेवकको साथमा निजको र निजको परिवारका सदस्यहरूको थाहा भएसम्मको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएको वा निजले त्यसरी नमिल्दो उच्च जीवनस्तर बनाएको वा अरु कसैलाई ठूलो दान, दातव्य, बकस दिएको फेला परेमा निजले अदालतलाई त्यसको सन्तोषजनक हुने सबूद दिन सकेमा बाहेक गैरकानूनी रुपले रिसवत लिएको अनुमान गरिनेछ र केबल सो अनुमानको आधारमा कसूरदार ठहर्‍याई अदालतबाट फैसला भएको छ भन्दैमा सो फैसला बदर हुन सक्तैन भन्ने व्यवस्था गरिएको देखिन्छ 

            ३. उपर्युक्त कानूनी व्यवस्था हेर्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले सो ऐन अन्तर्गतको कुनै कसूरमा अभियोग लागेका राष्ट्रसेवकलाई लागू हुने अनुमानित कसूरसम्बन्धी व्यवस्था गरेको देखिन आउँछ । यस दफामा प्रयुक्त यस ऐनअन्तर्गत सजाय हुने कुनै कसूरमा अभियोग लागेको भन्ने र रिसवत लिएको अनुमान गरिनेछ र सो अनुमानको आधारमा कसूरदार ठहर्‍याई अदालतबाट फैसला हुन सक्ने भन्ने व्यवस्थालाई हेर्दा उक्त दफा १५ को कानूनी व्यवस्था निरपेक्ष रुपमा स्वतः एक्लै क्रियाशील हुने भन्ने नभई माथि उल्लिखित दफा ३ मा व्यवस्थित राष्ट्रसेवकले आफ्नो ओहोदाको कामबापत कानूनी पारिश्रमिक बाहेक अरु रिसवत लिएमा हुने दण्ड सजायसम्बन्धी व्यवस्थासँग प्रत्यक्ष एवं अन्योन्याश्रित रुपमा अन्तरसम्बन्धित रहेको देखिन आउँछ । दफा ३ मा उल्लिखित कसूर अनुसन्धानबाट संकलित सबूद प्रमाणहरूबाट पुष्टि हुने वा गर्नुपर्ने प्रकृतिको देखिन आउँछ । तर दफा १५ अन्तर्गत अनुमानित कसूरको सम्बन्धमा भने आरोप लागेको व्यक्ति स्वयंले नै आफूले जोडेको अस्वाभाविक वा अमिल्दो किसिमको वा ठूलो मात्रामा कसैलाई दान, दातव्य वा बकस गरिदिएको सम्पत्तिको स्रोत सम्बन्धमा सन्तोषजनक सबूद दिनुपर्ने र सो दिन नसकेमा स्वतः त्यस्तो सम्पत्ति पनि गैरकानूनी रुपमा रिसवत लिई जोडेको अनुमान गरी कसूर कायम हुने व्यवस्था देखिन्छ । त्यस्तो अनुमानित कसूरमा सजाय हुने कानूनी व्यवस्था उक्त दफा १५ मा रहेको देखिँदैन । दफा १५ अन्तर्गतको अनुमानित कसूरको विषय राष्ट्रसेवकले वैध आयस्रोतभन्दा बढी सम्पत्ति जोडी अमिल्दो जीवनयापन गरेकोमा त्यसरी जोडेको अस्वाभाविक सम्पत्ति निजले रिसवत लिएर जोडेको अनुमान गरिने र कसूर कायम हुने प्रकृतिको भएको र दफा ३ मा राष्ट्रसेवकले आफ्नो ओहोदाको कामबापत कानूनी पारिश्रमिक बाहेक अरु रिसवत लिएमा हुने दण्ड सजायको व्यवस्था भएको हुँदा दफा १५ अन्तर्गतको कसूरबापतको दण्ड सजायको व्यवस्था पनि दफा ३ मै अन्तरनिहीत रहेको देखिन्छ । त्यसैले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अन्तर्गत अनुमानित कसूरमा कुनै राष्ट्रसेवकउपर अभियोग लगाउँदा सो दफा १५ सँगै दफा ३ को मागदावी लिइनु आवश्यक हुन आउँछ । किनकी सो ऐनको दफा ३ अन्तर्गतको कसूरको अभियोग दावीसँग दफा १५ अन्तर्गतको कसूरको अभियोग दावीलाई अन्योन्यास्रित र अन्तरसम्बन्धित नमान्ने हो भने दफा १५ अन्तर्गतको कसूरमा दण्ड सजाय नहुने अवस्था हुन जान्छ । जो कानूनले कल्पना गरेकै होइन । अतः दफा १५ मा अनुमानित कसूरका सम्बन्धमा भएको व्यवस्था आफैमा स्वतः क्रियान्वित हुने निरपेक्ष व्यवस्था नहुँदा सो अन्तर्गतको कसूरमा सजायको मागदावी लिंदा भ्रष्टाचार निवारण ऐन, २०१७ को अन्य दफा त्यसमा पनि दफा ३ अन्तर्गतको अभियोग दावी स्वतः लिएको अवस्था हुनुपर्ने देखिन आउँछ । त्यसरी दफा ३ र १५ को कसूरमा एक साथ अभियोग दावी लिएको अवस्थामा मात्र दफा १५ को व्यवस्थाले पूर्णता प्राप्त गरी त्यसको सार्थकता देखिन आउँछ 

            ४. अब प्रस्तुत विवादमा प्रतिवादी अच्यूतकृष्ण खरेलउपर लिइएको अभियोग मागदावी उपर्युक्त दफा १५ अन्तर्गत मात्रैको हो या होइन भन्नेतर्फ विचार गर्दा अभियोगपत्रमा स्पष्टरुपमा भ्रष्टाचार निवारण ऐन, २०१७ को ३, ७(१), १० र दफा १५ को कसूरमा सोही दफा ३, ७(१), १० र दफा १५ बमोजिम तथा सोलाई निरन्तरता दिएको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूरमा सोही दफा २०(२) बमोजिम सजाय हुन भनी माग दावी लिएको देखिन्छ । मिसिलको तथ्यबाट पनि प्रतिवादीउपर सम्पत्ति न्यायिक जाँचबुझ आयोग, २०५८ को प्रतिवेदन समेतबाट निजको स्रोत नखुलेको सम्पत्तिका सम्बन्धमा छानबीन र अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको र अनुसन्धान अधिकृतको प्रतिवेदनबमोजिम प्रतिवादीको स्रोत नखुलेको सम्पत्तिको सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ को कसूरमा सोही दफाहरू एवं हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा सोही दफा २०(२) बमोजिम सजाय माग गरी अभियोगपत्र दायर गर्ने निर्णय भई सोहीअनुरूप प्रस्तुत अभियोगपत्र दायर भएको देखिन्छ 

            ५. न्याय निरोपण गर्ने सक्षम न्यायिक निकायले आफूसमक्ष प्रस्तुत भएको विवाद निरोपण गर्ने क्रममा सम्बद्ध कानूनको व्याख्या गर्दा सो कानूनको समष्टिगत उद्देश्य एवं त्यसले समेट्न खोजेको दायरालाई निस्तेज वा अवरुद्ध पार्ने किसिमले गर्न हुँदैन । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को व्यवस्थाको व्याख्या गर्दा पनि सो दफा मात्रैलाई टिपेर हेरियो भने त्यसको दायरा, उद्देश्य र आशयलाई सो दफा आफैले पूर्णता दिएको देखिदैंन । किनकि सो दफामा कसूरसम्म कायम हुने व्यवस्था देखिन्छ, सजायको लागि सोही ऐनको अन्य दफाको सहारा लिनै पर्ने हुन्छ, त्यो हो दफा ३ । कुनै राष्ट्रसेवकले आफ्नो बैध आयस्रोतसँग नमिल्ने वा अस्वाभाविक रुपमा सम्पत्ति जोडी असामान्य वा उच्च जीवन यापन गरेको वा कसैलाई ठुलो मात्रामा दान दातव्य गरेको पाइएमा त्यस्तो अस्वाभाविक सम्पत्तिलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दायरामा नै ल्याउन नसकिने गरी उक्त दफा १५ को कानूनी व्यवस्थाको व्याख्या गर्नु न्यायपूर्ण हुँदैन । कानूनको व्याख्या गर्दा कानूनको सार्थकता यथासम्भव खोजिन्छ, निरर्थकता होइन । तसर्थ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को अनुमानित कसूरमा पनि रिसवत लिएको अनुमान गरी कसूरदार ठहर्‍याउन सकिने व्यवस्था भइरहेको र सोही ऐनको दफा ३ मा राष्ट्रसेवकले आफ्नो ओहोदाको कामबापत कानूनी पारिश्रमिक बाहेक अरु रिसवत लिएमा हुने दण्ड सजायसम्बन्धी व्यवस्था विद्यमान रहेको अवस्था हुँदा अनुमानित कसूर अन्तर्गतको कामकारवाही पनि दफा ३ अन्तर्गतको रिसवत लिएको कसूरसँग अन्योन्याश्रित र अन्तरसम्बन्धित हुन आउँछन् । त्यसैले प्रस्तुत विवादमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ को कसूरमा सोही दफाहरू समेतको सजाय माग गरी दायर गरिएको अभियोगपत्रलाई इन्कार गरी प्रथमतः अन्य दफाअन्तर्गतको कसूर र सजायको समेत छुट्टै अभियोग लागेको अवस्था हुनुपर्ने, अनि मात्र दफा १५ अन्तर्गतको कसूर कायम गरी माग दावी लिएको हुनुपर्छ भनी अर्थ गर्दा उल्लिखित कानूनी व्यवस्था र मिसिलको वस्तु तथ्य समेतको विपरीत हुनुका साथै कानूनलाई सार्थकता नदिने, कसूरलाई वेकसूर कायम गर्ने गरी कानूनको व्याख्या र प्रयोग हुन जान्छ , जो न्यायको रोहमा बाञ्छनीय हुँदैन 

            ६. अब, निरोपण गर्नुपर्ने दोस्रो प्रश्नको सम्बन्धमा विवेचना गरौं । प्रतिवादी अच्यूतकृष्ण खरेलउपर भ्रष्टाचारको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबीन भई मुद्दा चलाई रहनु नपर्ने भनी २०६०।१।४ मा समेत निर्णय भइसकेको हुँदा आफ्नो पूर्व निर्णयविपरीत गई एउटै विषयमा पटकपटक अनुसन्धान गर्न र अभियोग लगाउन नमिल्नेमा सोविपरीत प्रस्तुत अभियोग पत्र दायर गरिएको छ भन्ने पनि प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूले जिकीर लिनु भएको छ । सोतर्फ विचार गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे मिति २०६०।१।४ को निर्णयमा आयोगमा परेको द.नं. ३१९८ मिति २०५७।९।१७ को उजूरीउपर छानबीन भई सो उजूरीको विषयमा कारवाही अगाडि बढाउन आवश्यक नभएकोले उजूरी तामेलीमा राखिदिने भन्ने उल्लेख भएको देखिन्छ 

            ७. उल्लिखित निर्णयबाट प्रतिवादी अच्यूतकृष्ण खरेलउपर निजले बैध आयस्रोतभन्दा बढी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने विषयमा अनुसन्धान र छानबीन भई सो निर्णयहरू भएको भन्ने नदेखिई निज पदमा बहाल रहँदाका अवस्थामा भएको खास कार्य अर्थात् नेपाल प्रहरीको लागि आवश्यक पर्ने हातहतियार खरीद गरेको कार्यमा भ्रष्टाचार भएको भनी परेको उजूरीका विषयमा सम्म छानबीन भई सो निर्णय भएको भन्ने देखिन्छ । प्रतिवादीका विरुद्ध परेको कुनै एउटा विषयको उजूरीउपर छानबीन हुँदा त्यसमा थप कारवाही अगाडि बढाई रहनु नपर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको निर्णयले सो आयोगलाई प्रतिवादीको वारेमा भविष्यमा कुनै छानबीन गर्न नै विवन्धित गर्ने भन्ने हुँदैन । कुनै एउटा खास घटना वा कामको विषयमा कसैको कुनै उजूरी परी कुनै व्यक्ति उपर छानबीन हुँदा मुद्दा चलाउन वा कारवाही गर्नुपर्ने अवस्था नदेखिई त्यस्तो उजूरी तामेलीमा राख्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एकपटक निर्णय भएको आधारमा मात्रै भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कुनै कसूरमा त्यस्तो व्यक्ति उपर थप अनुसन्धान गर्न र अभियोग लगाउन बाधा पर्ने देखिंदैन । प्रतिवादी अच्यूतकृष्ण खरेलको हकमा भएको मिति २०६०।१।४ को निर्णय पनि तत्काल निजका विरुद्ध परेको उजूरीको छानबीनको सिलसिलामा भएको देखिएको र प्रस्तुत अभियोगपत्र सम्पत्ति न्यायिक छानबीन आयोगको प्रतिवेदन समेतको आधारमा निजले वैध आयस्रोतसँग अमिल्दो किसिमले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने विषयमा छानबीन र अनुसन्धान भई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र तथा १५ को कसूर गरेको भन्ने आधारमा दायर गरिएको अवस्था हुँदा मिति २०६०।१।४ को सो निर्णयले प्रस्तुत मुद्दाको विषयमा भएको अनुसन्धान र अभियोगलाई प्रतिकूल प्रभाव पार्न सक्ने देखिन आउँदैन । तसर्थ यस सम्बन्धमा प्रतिवादीतर्फबाट रहनुभएका विद्वान कानून व्यवसायीहरूले गर्नु भएको तर्कसँग सहमत हुन सक्ने अवस्था रहेन 

            ८. अब तेस्रो प्रश्न सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दाको अभियोगपत्र तत्काल प्रचलित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशमा उल्लिखित एक वर्षको हदम्यादभित्र दायर नगरिएको भन्दै अभियोगपत्र खारेज गर्ने गरी विशेष अदालतबाट फैसला भएको देखिन्छ 

            ९. भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को कसूरलाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले निरन्तरता दिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को मिति २०५९।४।३० मा भएको दोस्रो संशोधनले अवकाश प्राप्त व्यक्तिका हकमा मुद्दा चलाउनु पर्ने १ वर्षको हदम्याद हटाई सकेको हुँदा पुरानो हदम्यादको व्यवस्था आकर्षित हुन सक्तैन भन्ने पुनरावेदक वादी नेपाल सरकारतर्फका सहन्यायाधिवक्ताको मुख्य बहस जिकीर रहेको छ । त्यस्तै प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५७।६।२७ मा अवकाश प्राप्त गरेको र मिति २०६१।४।३२ मा मात्र अभियोगपत्र दायर भएको हुँदा प्रतिवादी आफ्नो पदमा बहाल रहँदा कायम रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशअन्तर्गतको हदम्याद नघाई दायर भएको अभियोग खारेज गरेको विशेष अदालतको फैसला कानूनसम्मत् छ । पछि संशोधन भएको सो दफा २९ को व्यवस्था आकर्षित हुन सक्तैन भन्ने प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूको जिकीर रहेको छ 

            १०. प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५७।६।२७ मा अवकाश पाएको तथ्यमा विवाद छैन । निज प्रहरी महानिरीक्षकको पदमा बहाल रहँदाको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ क्रियाशील रहेकोमा पनि कुनै विवाद छैन । अभियोगपत्रमा प्रतिवादीले आफ्नो पदमा बहाल रहँदाका बखत आफ्नो बैध आयस्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र दफा १५ को कसूरमा सजाय मागदावी लिएको देखिन्छ । प्रतिवादी सार्वजनिक पदमा बहाल रहँदाका अवस्था भ्रष्टाचार निवारण ऐन, २०१७ लागू रहेको भए तापनि प्रस्तुत अभियोगपत्र दर्ता हुँदाका बखत सो ऐन खारेज भई भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको हुँदा पछि आएको ऐनको व्यवस्था समाई पहिले भए गरेका कार्यमा अभियोग लगाउन पनि मिल्दैन भन्ने समेत प्रतिवादीतर्फका विद्वान कानून व्यवसायीहरूको जिकीर रहेको हुँदा सो तर्फ पनि विचार गर्नुपर्ने देखिएको छ । सो सम्बन्धमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ ले ऐन खारेजीको परिणामको सम्बन्धमा गरेको व्यवस्था हेरिनुपर्ने हुन्छ । उक्त दफा ४ मा कुनै नेपाल ऐनले अहिलेसम्म बनेको र पछि बन्ने कुनै ऐनलाई खारेज ग¥यो भने अर्कै अभिप्राय नदेखिएमा खारेज भएको ऐनले दिने परिणाम भन्ने उल्लेख गर्दै सो बारेमा देहाय (क) देखि (ङ) सम्म विभिन्न व्यवस्था गरिएको देखिन्छ । उक्त दफा ४ को देहाय (ङ) मा “.............. कुनै हक सुविधा, कर्तव्य, दायित्व, दण्ड सजाय वा जफतका सम्बन्धमा भएको कुनै तहकीकात, कानूनी कारवाही वा उपायमा यसले असर पार्ने छैन । त्यस्तो कुनै तहकीकात कानूनी कारवाही वा उपायलाई शुरु गर्न, जारी राख्न, लागू गर्न हुन्छ र खारेज गर्ने ऐन पास नभएसरह गरी त्यस्तो दण्ड सजाय वा जफत गरे हुन्छभन्ने विशेष व्यवस्था रहेको देखिन्छ । यसबाट कुनै ऐनलाई खारेज गर्ने गरी पछि लागू भएको कुनै अर्को ऐन क्रियाशील रहेको भए पनि त्यस्तो ऐनले खारेज गरेको अघिल्लो ऐन लागू रहेका बखत भए गरेको कुनै कामकारवाहीका हकमा तहकीकात र कानूनी कारवाही गरी दण्ड सजाय गर्न पछिल्लो ऐनको व्यवस्थाले बाधा नपुर्‍याउने र त्यस्तो काम कुराको हकमा पहिलेको ऐनबमोजिम नै कारवाही गर्न मिल्ने देखिन आउँछ 

            ११. प्रस्तुत विवादमा पनि प्रतिवादी अच्यूतकृष्ण खरेल सार्वजनिक पदमा बहाल रहँदाका बखत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ लागू रहेको अवस्थामा निज प्रतिवादीले कानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने कसूरमा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ ले साविकको भ्रष्टाचार निवारण ऐनलाई खारेज गरेको भन्ने आधारले मात्र अनुसन्धान गरी साविक ऐन बमोजिमको सजाय मागदावी लिई अभियोग दायर गर्न बाधा पुग्ने अवस्था देखिन आउँदैन । तसर्थ, मिति २०५७।६।२७ मा प्रतिवादीले अवकाश प्राप्त गर्नु पूर्व निजले आफ्नो वैध आयस्रोतसँग नमिल्दो किसिमले सम्पत्ति जोडेको भन्ने विषयमा तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत नै कारवाही हुने कुरामा विवाद हुन सक्तैन 

            १२. भ्रष्टाचार निवारण ऐन, २०१७ को प्रस्तावना हेर्दा सर्वसाधारण जनताका सदाचार, सुविधा र नैतिकता कायम राख्नका लागि भ्रष्टाचार पूर्ण रुपले निवारण हुन ठोस कानूनी व्यवस्था गर्न भ्रष्टाचार निवारणसम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्नु बाञ्छनीय भएकोले सो ऐन लागू भएको भन्ने देखिन्छ । सो ऐनको परिच्छेद २ अन्तर्गत दफा ३ देखि १६ सम्म विभिन्न भ्रष्टाचारजन्य कसूर तथा सोको सजाय समेतको व्यवस्था गरिएको देखिन्छ भने परिच्छेद्५ मा अदालती कारवाहीअन्तर्गत दफा २४क. मा हदम्याद सम्बन्धमा व्यवस्था भएको देखिन्छ । यसरी भ्रष्टाचार निवारण ऐन, २०१७ ले भ्रष्टाचारजन्य कसूर, त्यसबापत हुने दण्ड सजाय र मुद्दा दायर गर्ने हदम्यादलगायतको व्यवस्था समेत गरेको देखिन्छ 

            १३. सोही ऐनको दफा ३५ मा बाझिएमा गर्ने शीर्षकअन्तर्गत प्रचलित अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन वा यस ऐनअन्तर्गत बनेका विषयहरूमा लेखिएकोमा सोहीबमोजिम र अरुमा प्रचलित अन्य नेपाल कानूनबमोजिम हुनेछ भन्ने कानूनी व्यवस्था पनि रहेको देखिन्छ । यसबाट भ्रष्टाचार निवारण ऐन, २०१७ मा व्यवस्था गरिएको कुनै कसूर, त्यसबापत हुने दण्ड सजाय तथा त्यस्तो कसूरका सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद सम्बन्धमा छुट्टै व्यवस्था भइरहेको अवस्थामा सो सम्बन्धमा अन्य नेपाल कानूनको व्यवस्था आकर्षित हुन नसक्ने भन्ने कुरा स्वतः प्रष्ट भइरहेको देखिन आउँछ 

            १४. विषय विषयको लागि छुट्टै कानून बनिरहेको अवस्थामा जुन विषयलाई जुन कानूनले नियमित र व्यवस्थित गर्ने हो, त्यो विषयमा सोही विशेष कानूनको प्रावधान आकर्षित हुन्छ । विषय विषयमा बनेको कानूनमा कुनै व्यवस्था रहेनछ भने त्यस स्थितिमा मात्र अर्को सामान्य कानूनको सान्दर्भिक व्यवस्थालाई अनुशरण गर्नु कानूनसम्मत् र उचित हुन्छ । तर विशेष प्रकृतिको विषयमा छुट्टै कानूनी व्यवस्था भइरहेको वा त्यस्तो विशेष कानूनको व्यवस्था र अर्को कुनै कानूनको व्यवस्थामा विरोधाभाष देखिएको स्थितिमा पनि खास विषयका लागि बनेको विशेष कानूनको प्रावधान नै बाध्यात्मक रुपमा अनुशरण गर्नुपर्ने हुन्छ । अन्यथा विषय विषयमा छुट्टै कानून निर्माण गर्नुपर्ने औचित्य र आवश्यकता नै नरहने हुन्छ । त्यसैले अदालतले आफूसमक्ष विचाराधीन विवाद निरोपण गर्दा यो सर्वमान्य न्यायिक मान्यताबाट विचलित हुनु बाञ्छनीय हुँदैन 

            १५. विशेष अदालतले प्रस्तुत विवादमा हदम्याद कायम गर्दा आधार लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को प्रस्तावना हेर्दा सो ऐन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको देखिन्छ । सो ऐनले भ्रष्टाचारजन्य कसूर सम्बन्धमा आयोगलाई छानबीन गर्ने, अनुसन्धान गर्ने लगायतका कार्य गर्न तथा आवश्यक परेमा सम्बन्धित अदालतसमक्ष मुद्दा चलाउनेलगायतका काम, कर्तव्य र अधिकार प्रदान गरी त्यस्तो कार्य गर्दा अपनाउनु पर्ने कार्यविधि समेत निर्धारण गरेको पाइन्छ । सो बाहेक उक्त ऐनले भ्रष्टाचारको कसूरमा के कस्तो दण्ड सजाय हुने वा सो कसूरका सम्बन्धमा के कति हदम्यादभित्र मुद्दा दायर गर्नुपर्ने भनी विशेष व्यवस्था गरेको भन्ने देखिदैंन । भ्रष्टाचारको कसूरमा दण्ड सजाय एवं मुद्दा दायर गर्ने हदम्यादलगायतको व्यवस्था गर्ने छुट्टै भ्रष्टाचार निवारण ऐन, २०१७ क्रियाशील रहेको अवस्था छ भने केवल सो ऐनअन्तर्गतका कसूरमा आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने काम, कर्तव्य र अधिकार एवं सोको कार्यविधिकोसम्म व्यवस्था गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न बनाउने प्रयोजनका लागि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तर्जुमा भएको भन्ने सो ऐनको उद्देश्य र बनोटबाटै स्पष्ट छ 

            १६. जहाँसम्म उक्त ऐनको दफा २९ को प्रसङ्ग छ सो व्यवस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाश प्राप्त व्यक्तिउपर पनि भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको कुनै कसूरका सम्बन्धमा छानबीन र अनुसन्धान गरी आवश्यक देखिएमा मुद्दा समेत चलाउन सक्ने गरी सो आयोगलाई अधिकार प्रदान गरेको देखिन्छ । सो दफाको प्रतिबन्धात्मक वाक्याँशअन्तर्गतः तर त्यस्तो मुद्दा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदबाट अवकाश प्राप्त गरेको एक वर्षभित्र चलाई सक्नुपर्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ । यो व्यवस्था नै मुद्दा हेर्ने अधिकार प्राप्त अदालतलाई मुद्दा दायर गर्न तोकिएको हदम्याद हो कि त भन्नलाई भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गतको कुनै कसूरमा कारवाही र दण्ड सजाय सोही ऐनमा तोकिएबमोजिम गर्नुपर्ने तर त्यस्तो कसूरमा मुद्दा दायर गर्न चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अन्तर्गतको हदम्यादको सहारा लिनुपर्ने भन्ने तर्क कुनै पनि दृष्टिकोणबाट उपयुक्त देखिँदैन । भ्रष्टाचार निवारण ऐन, २०१७ भ्रष्टाचारको कसूर, त्यसबापत हुने दण्ड सजाय र त्यस्तो कसूरमा मुद्दा दायर गर्ने हदम्यादलगायतको कानूनी प्रबन्ध गर्न बनेको विशेष प्रकृतिको र आधारभूत कानूनी प्रावधान सहितको (Self contained) ऐनको रुपमा विद्यमान हुँदाहुँदै भ्रष्टाचारको कसूरमा दण्ड सजाय र हदम्याद समेत निर्धारण गर्ने सो विशेष ऐनको व्यवस्थालाई अनुशरण नगरी दण्ड सजायको हकमा मात्रै सो ऐनको प्रावधान आकर्षित हुने तर हदम्यादको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को व्यवस्था आकर्षित हुने भन्ने अर्थ गर्दा कानूनको व्याख्या र प्रयोग गलत र निरर्थक हुनुको साथै भ्रष्टाचार निवारण ऐन, २०१७ को उद्देश्यमा नै प्रतिकूल असर पर्नजाने देखिन्छ । अतः प्रस्तुत विवादमा मुद्दा दायर गर्ने सम्बन्धमा पनि निःसन्देह रुपमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क मा व्यवस्थित हदम्याद नै आकर्षित हुने देखिन आयो 

            १७. अब प्रस्तुत विवादमा प्रतिवादीउपरको अभियोगपत्र हदम्यादभित्रै दायर भएको छ, छैन भन्ने प्रश्नतर्फ विवेचना गरौं । माथि उल्लिखित तेस्रो प्रश्नका सन्दर्भमा गरिएको विवेचनाबाट प्रस्तुत विवादमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क मा व्यवस्थित हदम्याद नै आकर्षित हुने देखिएबाट उक्त दफा २४क को व्यवस्था यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन आएको छ

२४ क. हदम्यादः यस ऐनबमोजिम मुद्दा दायर गर्ने हदम्याद कायम गर्दा सरकारी वा सार्वजनिक सम्पत्ति वा श्री ५ को सरकारको स्वामित्व भएको संस्थाको सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेकोमा कुनै हदम्याद लाग्ने छैन । सो बाहेक अरु भ्रष्टाचारको कसूरमा विभागीय कारवाही समाप्त भएको मितिले ६ महिनाको र विभागीय कारवाही नभएकोमा अनुसन्धानको कारवाही शुरु भएको मितिले २ वर्षको हदम्याद हुनेछ 

            तर एउटै अपराधमा विभागीय कारवाही भएको र नभएको व्यक्ति मुछिएका रहेछन् भने ६ महिना वा २ वर्षमध्ये जुनपछि आउँछ सोही हदम्याद कायम हुनेछ 

            १८. उल्लिखित कानूनी प्रावधान हेर्दा सो ऐनको दफा १३ मा उल्लेख भएबमोजिमको सरकारी वा सार्वजनिक सम्पत्ति वा श्री ५ को सरकारको स्वामित्व भएको कुनै संस्थाको सम्पत्ति हिनामिना, मस्यौट वा दुरुपयोग (Embezzlement) गरी भ्रष्टाचार गरेको कसूरमा जहिलेसुकै मुद्दा लाग्ने गरी हदम्यादको कुनै बन्देज लगाइएको पाइँदैन । सो बाहेक दफा ३, , १०, १५ समेतमा उल्लिखित कसूरका हकमा भने विभागीय कारवाही भएको रहेछ भने सो कारवाही समाप्त भएको मितिले ६ महिना र विभागीय कारवाही नभएको हकमा अनुसन्धानको कारवाही प्रारम्भ भएको मितिले २ वर्षभित्र मुद्दा दायर गर्नुपर्ने गरी स्पष्ट व्यवस्था भइरहेको देखिन आयो 

            १९. प्रतिवादी अच्यूतकृष्ण खरेलले सेवाबाट अवकाश प्राप्त गरिसकेको अवस्थामा निजउपर विभागीय कारवाही गर्न नपर्ने भई सोअनुरूप विभागीय कारवाही नभएको अवस्था हुँदा निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ अन्तर्गतको कसूरमा मुद्दा दायर गर्न सो ऐनको दफा २४क अनुसार अनुसन्धान कारवाही शुरु भएको मितिले २ वर्षको हदम्याद कायम हुने देखिन आउँछ । अब सोअनुरूप निज प्रतिवादीउपर अनुसन्धान कारवाही शुरु भएको मितिले २ वर्षको हदम्यादभित्र प्रस्तुत मुद्दा दायर भए नभएतर्फ विचार गर्दा सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनसमेतका आधारमा प्रतिवादीको साथमा निजको वैध आयस्रोतभन्दा बढी अर्थात् स्रोत नखुलेको सम्पत्ति देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०६०।१।२५ को निर्णय बमोजिम प्रतिवादीको कानूनी स्रोत नखुलेको सम्पत्तिका बारेमा आवश्यक अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएको देखिन्छ । अनुसन्धान अधिकृतले मिति २०६०।२।१ मा पत्र लेखी प्रतिवादीलाई उपस्थित हुनु भनी सो सम्बन्धमा छानबीन र अनुसन्धानको कारवाही प्रारम्भ गरेको देखिन्छ । अनुसन्धान कारवाही समाप्त गरी अनुसन्धान अधिकृतले पेश गरेको प्रतिवेदन समेतका आधारमा प्रतिवादीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को २०(१) को कसूरमा सजायको मागदावी लिई अभियोगपत्र दायर गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०६१।४।२१ मा निर्णय भएअनुरूप प्रतिवादीउपर प्रस्तुत अभियोगपत्र मिति २०६१।४।३२ मा विशेष अदालतसमक्ष दायर भएको देखिन्छ । यसरी विभागीय कारवाही नभएका प्रतिवादीको विरुद्धमा तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ को कसूरमा सो ऐनको दफा २४क बमोजिम प्रतिवादीउपर अनुसन्धान कारवाही प्रारम्भ भएको मितिले २ वर्षभित्रै अभियोगपत्र दायर भएकोलाई हदम्यादविहीन मान्न मिल्ने देखिँदैन 

            २०. जहाँसम्म प्रतिवादी अच्यूतकृष्ण खरेल सार्वजनिक पदमा रहँदा भ्रष्टाचार निवारण ऐन, २०१७ लागू रहेको र प्रस्तुत मुद्दा दायर गर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ लागू रहेको हुँदा साविक ऐनको कसूरमा हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को सहारा लिई अभियोग लगाउन मिल्दैन, त्यसो गर्ने हो भने प्रतिवादीको हकमा प्रश्चात्दर्शी असर (Restrospective Effect) पर्न जान्छ भन्ने निज तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीहरूको जिकीर रहेको छ, सोतर्फ विचार गर्दा प्रतिवादीउपर निज सार्वजनिक पदमा बहाल रहँदाका बखत लागू रहेको साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ को कसूरमा सोही दफा समेतको र दफा १५ लाई निरन्तरता दिएको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) को कसूरमा सोही दफा २०(२) बमोजिम समेत सजायको मागदावी लिइएको देखिन्छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ को अनुमानित कसूरलाई हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को आयस्रोत नखुलेको सम्पत्तिका सम्बन्धमा गरिएको कसूरसम्बन्धी व्यवस्थाले निरन्तरता दिएको हुँदा साविक ऐनको दफा १५ र हालको ऐनको दफा २० अन्तर्गतको कसूर एउटै र समान प्रकृतिको भएको भनी नेपाल सरकार विरुद्ध ईश्वर पोखरेल समेत भएको भ्रष्टाचार मुद्दामा (नेकाप २०६६ नि.नं. ८२००, पृष्ठ १२३५) यस अदालतको पूर्ण इजलासबाट व्याख्या भई निश्चित सिद्धान्त नै कायम भइरहेको अवस्था छ 

            २१. कानूनको प्रश्चातदर्शी प्रभाव (Restrospective Effect) दिने गरी सम्बद्ध कानूनले नै व्यवस्था गरेमा बाहेक त्यसको प्रयोग सो कानून लागू हुनुभन्दा अगाडि भैसकेको कुरामा आकर्षित हुन सक्तैन भन्ने यस सम्बन्धी सिद्धान्तको मूल आशय हो र यस अदालतले सो कुरालाई सदैव अनुशरण गरिआएको छ । तर कानूनको पश्चात्दर्शी असरको सिद्धान्त के कस्तो अवस्थामा कुन कुन विषयमा सान्दर्भिक हुन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खासगरी फौजदारी कसूर सम्बन्धी विवादमा अपराध र दण्ड सजायको निर्धारण गर्दा यस सिद्धान्तलाई विशेष ध्यान दिइन्छ । कुनै कानून लागू हुँदाका बखत भए गरेको कुनै कार्यलाई सो कानूनले अपराध मानेको छैन भने पछि लागू गरिएको कुनै कानूनले समेत त्यस्तो पहिले भए गरेको कार्यलाई अपराध मान्न र सजाय गर्न नमिल्ने साथै पहिले लागू रहेको कुनै कानूनले कुनै कसूरका सम्बन्धमा कम सजाय हुने व्यवस्था गरेकोमा पछि लागू हुने कानूनद्वारा सो कसूरको सजाय बढाए पनि पहिले भए गरेको कसूर सम्बन्धमा पहिले निर्धारण भएको सजाय भन्दा बढी सजाय गर्न नपाउने र पहिलेको ऐनले कुनै कसूरका सम्बन्धमा प्रमाण पुर्‍याउने भार कुनै एक पक्षमाथि रहने व्यवस्था गरेकोमा पछि बनेको ऐनले पहिले भए गरेको त्यस्तो कसूरको सम्बन्धमा प्रमाण पुर्‍याउने भार अर्को पक्षमा सार्ने व्यवस्था गर्न सक्तैन भन्ने नै यस सिद्धान्तको मूल उद्देश्य हो । यस सम्बन्धमा समेत नेकाप २०६६, नि.नं. ८२००, पृ. १२३५ मा विस्तृत व्याख्या भइरहेको छ । त्यसैले प्रस्तुत मुद्दाको अभियोगपत्रमा साविक ऐनको दफा १५ लाई निरन्तरता दिएको हालको ऐनको दफा २०(१) को कसूरमा सजाय हुन भनी प्रासङ्गिक रुपमा हालको ऐनको उक्त दफा २०(२) को दावी लिएको अवस्था देखिएको तथा प्रतिवादी सार्वजनिक पदमा बहाल रहँदाका बखत लागू रहेको साविक ऐनको दफा ३, ७(१), १० र १५ मा व्यवस्थित कसूरभन्दा भिन्न प्रकृतिको कसूरमा हालको ऐनअन्तर्गत दावी लिएको अवस्था समेत देखिँदैन । यस्तो स्थितिमा प्रतिवादीउपर अभियोग दावी लिंदा साविक भ्रष्टाचार निवारण ऐनको दफा १५ लाई निरन्तरता दिएको हालको ऐनको दफा २०(१) को समेत दावी लिएको कारणबाट मात्र प्रतिवादीको हकमा पश्चातदर्शी असर (Restrospective Effect) पुग्न जाने देखिँदैन 

            २२. यसप्रकार, प्रतिवादी अच्यूतकृष्ण खरेलउपर दायर भएको प्रस्तुत अभियोगपत्र भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क को हदम्यादभित्रको देखिएको, अभियोगपत्रमा सो ऐनको दफा ३, ७(१), १० र १५ को कसूरमा सोही ऐनबमोजिम सजायको मागदावी लिएको देखिएको र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत थप सजायको मागदावी रहेको अवस्था नभएको हुँदा प्रतिवादीका तर्फबाट बहस गर्नु हुने विद्वान कानून व्यवसायीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा मिति २०५९।४।३० मा भएको दोस्रो संशोधनबाट हदम्यादको सीमा हटाएको आधारमा र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ समेतका आधारमा अभियोगपत्र दायर गरेको समेत Ex Post Facto Laws को सिद्धान्तअनकूल नरहेको भनी लिनु भएको जिकीर यस विवादमा प्रासङ्गिक देखिन आउँदैन । तसर्थ सो विषयमा यहाँ थप विवेचना गरिरहनु पर्ने आवश्यकता र औचित्य समेत देखिन आएन 

            २३. अब निरोपण गर्नुपर्ने अन्तिम प्रश्न विशेष अदालतले अभियोग मागदावी खारेज गर्ने गरी गरेको फैसला मिले नमिलेको के हो भन्ने सन्दर्भमा विचार गर्दा विशेष अदालतको फैसलामा अभियोगपत्र खारेज गर्ने मुख्य आधारको रुपमा प्रतिवादी अच्यूतकृष्ण खरेलले मिति २०५७।६।२७ मा अवकाश पाइसकेको र त्यस्तो अवकाश प्राप्त व्यक्ति उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशमा उल्लिखित एक वर्षको हदम्यादभित्र अभियोगपत्र दर्ता नभएको भन्ने आधार उल्लेख गरेको पाइन्छ । माथिका प्रश्नहरूको सम्बन्धमा गरिएको विश्लेषणबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१), १० र १५ को कसूरमा प्रतिवादीउपर लगाइएको अभियोग दावीमा तत्काल प्रचलित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशमा उल्लिखित हदम्याद आकर्षित हुने नभई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २४क. को हदम्याद लागू हुने देखिएको र सोको हदम्यादभित्रै अभियोगपत्र दायर भएको देखिनुको साथै यी प्रतिवादीउपर सो ऐनको दफा १५ मात्रैको उल्लेख गरी अभियोग दावी लिएको नभई दफा ३, ७(१), १० र १५ सहितको कसूरमा सजायको माग दावी लिई अभियोगपत्र दायर भइरहेको अवस्थामा मुद्दाको तथ्यभित्र प्रवेश गरी विवादको निरोपण गर्नुपर्नेमा सोको विपरीत अप्रासङ्गिक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ को प्रतिबन्धात्मक वाक्याँशअनुरूपको हदम्याद लाग्ने भन्दै सो अनुरूपको हदम्यादको अभाव देखाई अभियोगपत्र खारेज गर्ने गरी विशेष अदालत, काठमाडौंबाट मिति २०६३।११।२४ मा भएको फैसला उल्लिखित कानूनी व्यवस्था एवं माथि विवेचना गरिएका आधार र कारण समेतबाट मिलेको नदेखिँदा उल्टी भई उक्त फैसला बदर हुने ठहर्छ । अब जे जो बुझ्नु पर्ने बुझी मुद्दाको तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भनी उपस्थित रहेका प्रतिवादीलाई विशेष अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी प्रस्तुत मुद्दाको शुरु मिसिल समेत विशेष अदालत, काठमाडौंमा पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.कल्याण श्रेष्ठ

 

संवत् २०६८ साल कात्तिक २५ गते रोज ६ शुभम् 

इजलास अधिकृतः विदुर कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु