निर्णय नं. ७७४ - तिरो जग्गा

निर्णय नं. ७७४ ने.का.प. २०३०
स्पेसलबेञ्च
माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३० सालको स्पेसल नं.१।५२
फैसला भएको मिति : ०३०।६।२९।२ मा
निवेदक : अम्बरबहादुर पाण्डे क्षेत्रीसमेत
विरूद्ध
विपक्षी : नरबहादुर पाण्डे क्षेत्री
मुद्दा : तिरो जग्गा
(क) ज्यान मुद्दामा सजाय पाउँदैमा सो सजाय पाएको अपराध के कस्तो थियो, के कस्तो अवस्थामा ज्यान मारेको थियो इत्यादी कुराको विचार, नगरी नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन नमिल्ने ।
(ख) चोरी डाँका गरी मारेको अभियोगमा सावित भए त्यस्तो अपराध कुनै नैतिकताको विरोधको अपराध हो भन्ने कुरा कुनै विवादै गर्न नसकिने ।
कुनै एउटा परिस्थितिमा अनैतिकमा लिने कुनै काम अर्को परिस्थितिमा उचित ठहर्छ वा अनैतिक नमानिने पनि सक्दछ । तसर्थ समाजको नैतिक मूल्य वा आदेशलाई कुनै निरपेक्ष र अपरिवर्तनीय विषयबस्तु जस्तो गरी कुनै एउटा समाजमा कायम रहेको नैतिक मूल्य वा आदेशको आधारमा सधैं र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौज्दारी अपराधको किटुवा सूची तयार गरी तपस्परष्टकरण वा परिभाषा दिन खोज्नु उचित होइन यहि कुरालाई ध्यानमा राखी हाम्रो कानूनी व्यवस्थाले त्यस्तो अपराध छुटाउने कार्य न्यायिक विर्वुकमा छोडेको छु र न्यायकर्ताले पनि विषय र सन्दर्भलाई विचार गरेरमात्र त्यस सम्बन्धमा कुनै निष्कर्षमा पुग्नु पर्छ ।
(३) यो कुराहरूलाई ध्यानमा राखेर मु.रत्नबहादुर खत्री मारिएको ज्यान मुद्दामा अदालतबाट रंगध्वज कार्कीका विरूद्ध ठहराएको अपराध नैतिक पतन देखिने फौज्दारी अपराध नैतिक पतन देखिने फौज्दारी अपराध वा होइन भन्ने प्रस्तुत मुद्दामा उपस्थित मुल प्रश्नमा विचार गर्दा अञ्चल अदालतको ०२९।३।२२ को निर्णयमा त्यस सम्बन्धमा कुनै स्पष्ट विवेचना भएको देखिन्न । उक्त ज्यान मुद्दामा कसूरदार ठहरी सजाय पाएकोले रंगध्वज कार्कीले नैतिक पतन देखिने अपराधमा सजाय पाएको भन्ने निष्कर्षमा पुगी अञ्चल अदालतबाट उक्त निर्णय भएको देखिन्छ । ज्यान मुद्दामा रंगध्वज कार्की उपर के अभियोग लगाइएको थियो । निजलाई अदालतले कुन अपराधको कसूरदार ठहरायो अपराधको उदेश्य र त्यसको सन्दर्भ के कस्तो थियो इत्यादी कुनै कुरा अञ्चल अदालतको निर्णयमा खुल्दैन । ज्यान मुद्दामा कुनै व्यक्तिले सजाय पाउँदैमा सो सजाय पाएको अपराध नैतिक पतन देखिने अपराध नै हो भनिएका एक निष्कर्ष लिन मिल्दैन उक्त मुद्दाको नाम ज्यान मुद्दा भन्ने रहँदैमा सो मुद्दा सजाय पाउने प्रत्येक व्यक्तिले ज्यान मारेको वा ज्यान मार्नमा सरीक भएको हुन आवश्यक छैन त्यस माथि पनि कसैले कसैको ज्यान मारेको ठहरे पनि के कस्तो अवस्थामा ज्यान मारेको हो सो अपराधको सन्दर्भमा के कस्तो थियो इत्यादी कुराहरू विचार नगरी सोझै सो व्यक्तिलाई नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन मिल्दैन । तसर्थ रंगध्वज कार्की उपरको अभियोग निजको विरूद्ध अदालतले ठहराएको अपराधको उदेश्य र सन्दर्भ के कस्तो छ भनी उक्त ज्यान मुद्दामा अदालतबाट २००९।३।९।५ मा भएको फैसलाको नक्कल हेर्दा २००७।६।५ गते राती मु.रत्नबहादुर खत्रीको घरमा धेरै हुल भई चोरी डाँका गरी निज मु.रत्नबहादुलाई काटिकुटी मारेकोमा रंगध्वज कार्की सावित भई कैदको सजाय पाएको देखिन्छ । त्यस्तो डाँका र खुनको अपराध सामाजिक नैतिकताको विरूद्धको अपराध हो भन्ने कुरामा कुनै नैतिकताको विरूद्ध अपराध हो भन्ने कुरामा कुनै विवाद नै हुन नसक्ने भएकोले रंगध्वज कार्कीले नैतिक पतन देखिने फौज्दारी अपराध गरेको र सो वापत अदालतबाट सजायसमेत पाएको भन्ने कुरा उक्त फैसलाको नक्कलबाट प्रष्ट हुन आउँछ । त्यस्तो अपराधमा सजाय पाएको व्यक्तिले आफ्नो एकाघर सगोलका व्यक्ति बाहेक अरू कुनै व्यक्तिको वारिस हुन नपाउने गरी मुलुकी ऐन अदालती बन्दोवस्तको महलको नं.६८ को दफा २ ले प्रतिबन्ध लगाएको देखिन्छ । उक्त ज्यान मुद्दामा अदालतबाट भएको उक्त फैसलाले रंगध्वज कार्कीमा अर्को वारिस हुन नपाउने एउटा अभिग्यताको दृष्टिकोंण गराएको छ ।
(प्रकरण नं. ४)
(२) वारेस हुनु अयोग्य व्यक्तिको वारेसको रूपमा उपस्थिति कानूनको दृष्टिकोंण महत्वहिन हुने त्यस्तो वारेस तारेखका दिन उपस्थित हुँदैमा वारेस राख्ने पक्षको प्रतिनिधित्व भएको भन्न नमिल्ने ।
वारेस हुन अयोग्य व्यक्ति मुद्दामा कुनै पक्षका वारेस भई कारवाई गरे भएकोमा वारेस राख्ने पक्षले सो वारेसलाई हटाई मुद्दा आफैंले सरकार गरी तारेख लिई सकेपछि त्यस्तो अयोग्य व्यक्तिले वारिसको रूपमा लिएको तारेख र गरेको काम कारवाईलाई कानूनले मान्यता दिन नमिल्ने भनी सो वारिस तारिखमा रहे बसेको पनि देखिन्न सो पक्षको तारेख टुटेको कायम गरी मुद्दाको किनारा गर्नु कानूनसंगत हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि यस मुद्दामा विचारणीय हुन आएको छ । तिरो जग्गा मुद्दामा पहिले रंगध्वज कार्कीले वारेस भई तारेख लिएको भए पनि पछि निजलाई हटाई पक्षले आफैं मुद्दा सकार गरी सकेकाले अयोग्य के कतिले वारेस भई तारेख लिएको कारणलेमात्र पहिले देखिनै पक्षको तारेख टुङ्गेको कायम गर्न मिल्दैन भनी निवेदकतर्फका विद्वान अधिवक्ताले आफ्ना बहसमा जिकिर लिनु भई जनकपुर अञ्चल अदालतको उक्त निर्णयमा त्यस सम्बन्धमा प्रत्यक्ष कानूनी त्रुटि भएको छ । भन्ने तर्क प्रस्तुत गर्नु भएको छ । तर विद्वान अधिवक्ताको यो तर्क कानूनसंगत देखिन्न वारेस हुनु अयोग्य व्यक्तिको वारेसको रूपमा उपस्थित कानूनको दृष्टिकोंण महत्वहिन हुने हुनाले त्यस्तो वारेस तारेखका दिन उपस्थित हुँदैमा सो वारेस राख्ने पक्षको प्रतिनिधित्व भएको भन्न मिल्दैन । त्यसको विपरीत सो पक्षकातर्फबाट सो तारेख दिन कुनै पनि व्यक्ति उपस्थित नभई तारेख टुटेको सम्झनु पर्ने हुन्छ । पक्षले मुद्दा आफैं सकार गरी सकेको छ भन्दैमा कानूनले मान्यता नदिएको कुराले मान्यता पाउने गरी कुनै निर्णय गर्न मिल्दैन । मुद्दामा वारेस राख्ने पक्षले वारिसका सम्बन्धमा सबै कुरा जानी बुझी विचार पुर्याउन पर्छ र खास गरी वारेस हुन व्यक्ति सो काममा लागि योग्य वा अयोग्य के छ भन्ने कुरा त पक्षले थाहा पाउनै पर्छ कानूनले सो कुरा जान्न पक्षलाई कर लागेको पनि छ । अख्तियार नामा दिँदा पक्षले वारिस हुने व्यक्तिमा वारेस हुने कानूनी योग्यता छ भन्ने कुरा स्पष्टरूपमा उल्लेख गर्नु पर्ने कानूनी व्यवस्था छ । यस्तो कानूनी व्यवस्था हुँदा हुँदै पनि यदि कसैले गलत व्यहोरा लेखी अयोग्य व्यक्तिलाई वारिस राख्तछ भने त्यसको परिणाम निजले आफैंले भोग्नु पर्छ । कानूनले निजलाई कुनै मद्दत गर्दैन ।
(प्रकरण नं. ५)
निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती
आदेश
न्या. विश्वनाथ उपाध्याय
१. नरबहादुर पाण्डे क्षेत्रीसँगको तिरो जग्गा मुद्दामा हर्षबहादुर पाण्डे क्षेत्रीसमेतले रंगध्वज कार्कीलाई वारेस दिई तारेख लिएकोमा मु.रत्नबहादुर खत्री मारेको ज्यान मुद्दामा सजाय पाई छुटेको रंगध्वज वारेस भई तारिखमा बसेकोले नैतिक पतन देखिने फौज्दारी मुद्दामा सजायसमेत पाएको व्यक्तिको वारेसनामा रद्द गरी तारेखसमेत टुटाई पाउँ भन्ने अमृतबहादुर पाण्डेको निवेदन परी जनकपुर अञ्चल अदालतमा पेश हुँदा पुनरावेदकको वारेस रंगध्वज कार्की मु.रत्नबहादुर मारेको ज्यान मुद्दामा सजाय पाएको प्रमाण निमित्त निवेदन साथ पेश भएको फैसलाको नक्कलबाट देखिएकोले अ.बं.६८ नं.ले वारेस हुन प्रतिबन्ध लगाएको हुँदा निजले चलाई लिएको तारेख कानूनले उजूरबमोजिम मान्यता नहुने हुँदा वारेस रंगध्वजले ०२८।१२।२७।१ गतेदेखि थमाई लिएको तारेख टुटाई दिई सो तारेख टुटेको कुरा मुद्दा सकार गर्ने कारणीलाई सुनाई दिई कानूनबमोजिम गर्नु भन्ने ०२९।३।२२।४ मा आदेश भएको रहेछ ।
२. रंगध्वज ज्यानमा सजाय पाए पनि नैतिक पतनको अपराध मानी नआएको हुँदा जो बुझ्नु पर्ने बुझी जनकपुर अञ्चल अदालतको ०२९।३।२२ को आदेश बदर गरी ०२८।१२।२७ देखि नै तारेख कायम गरिपाउँ भन्नेसमेत वारेससमेतका अम्बरबहादुरको निवेदन सिंगल बेञ्चमा पेश हुँदा अञ्चल अदालतबाट प्रतिवेदन लिई पेश गर्नु भन्ने आदेश भई प्रतिवेदनको व्यहोरासमेत का.मु.प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा ज्यान मुद्दामा सजाय पाएको मानिसलाई नैतिक पतन देखिने फौज्दारी अभियोगमा बात लागेको भन्न मिल्ने नमिल्ने के हो कानूनी प्रश्नको जटिलता समावेश भएको देखिनाले स.अ.नियमावली, ०२१ को नियम ३४, (ख) अनुसार स्पेशलबेञ्चमा पेश गर्नु भन्ने आदेश ।
३. उक्त आदेशानुसार यस बेञ्चमा पेश हुन आएको प्रस्ुतत मुद्दामा निवेदकतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको बहससमेत सुनी विचार गर्दा यसमा मुख्यतः निम्न लिखित प्रश्नहरूको निर्णय गर्नु पर्ने देखिन्छ :
(१) मुलुकी ऐन अदालती बन्दोबस्तको महलको नं.६८ को दफा २ मा उल्लिखित नैतिक पतन देखिने फौजदारीको अपराध भन्नाले के कस्ता अपराधहरूलाई जनाउँछ ? मु.रत्नबहादुर खत्री मारिएको ज्यान मुद्दामा अदालतबाट रंगध्वज कार्कीका विरूद्ध ठहराएको अपराध उक्त नम्बरको तात्पर्यको लागि नैतिक पतन देखिने फौज्दारी अपराध हो वा होइन र अदालतको उक्त ठहरले उक्त मामिलामा वारिस बस्न निजलाई अयोग्य गराएको छ वा छैन ?
(२) वारेस हुन अयोग्य व्यक्ति मुद्दामा कुनै पक्षको वारेस भई कारवाई गरे भएकोमा वारेस राख्ने पक्षले सो वारेसलाई हटाई मुद्दा आफैंले सकार गरी तारेख लिई सकेपछि त्यस्तो अयोग्य व्यक्तिले वारिसको रूपमा लिएको तारेख र गरेको काम कारवाईलाई कानूनले मान्यता दिन नमिल्ने भनी सो वारेस तारेखमा रहे बसेको मितिदेखि नै सो पक्षको तारेख टुटेको कायम गरी मुद्दा किनारा गर्नु कानूनसंगत हो वा होइन ? नैतिक पतन देखिने फौज्दारी अपराध के कस्ता अपराधहरूलाई जनाउँछ भन्ने प्रश्न एउटा ज्यादै जटिल कानूनी प्रश्न हो । आधुनिक व्यवस्थापनमा त्यस्तो अपराधको उल्लेख ठाउँ ठाउँमा भएको देखिन्छ । खास गरी कुनै व्यक्तिमा कुनै अयोग्यताको सृष्टि गराउने सन्दर्भमा कतिपय ऐनहरूमा यस्तो अपराधको उल्लेख भएको छ । तर के कस्ता अपराधहरू नैतिक पतन देखिने अपराधभित्र पर्दछन् भन्ने कुराको स्पष्टीकरण वा परिभाषा कुनै पनि कानूनले गरेको छैन । यथार्थमा यस्ता अपराधहरूलाई सूचीबद्ध गरी १ गोप्यकरण गर्न पनि सकिन्न । कुनै अपराध नैतिक पतन देखिने फौज्दारी अपराध हो वा होइन भन्ने कुराको निर्णय सम्बन्धित समाजमा तत्काल कायम रहेको नैतिक मूल्य (Moral Values) वा आदेशहरूको सन्दर्भमा गर्नु पर्ने हुन्छ । साधारणतया अपराधको परिबन्द र प्रकृतिले तत्सम्बन्धमा समाजको दृष्टिकोंण निश्चित गर्न महत्वपूर्ण भूमिका जो गरेको हुन्छ, समयको परिवर्तनका साथै सामाजिक मूल्य नैतिकता सम्बन्धी सामाजिक भावना वा दृष्टिकोंणमा पनि वस परिवर्तन नै भइरहन्छ । कुनै एक समयमा वा एउटा समाज वा परिस्थितिमा कायम रहेको सामाजिक नैतिकता परिवर्तक समयमा वा कुनै अर्को समाज वा परिस्थितिमा कायम नरहन पनि सक्छ ।
४. कुनै एउटा परिस्थितिमा अनैतिकमा लिने कुनै काम अर्को परिस्थितिमा उचित ठहर्छ वा अनैतिक नमानिन पनि सक्दछ । तसर्थ समाजको नैतिक मूल्य वा आदेशलाई कुनै निरपेक्ष र अपरिवर्तनीय विषयबस्तु जस्तो गरी कुनै एउटा समाजमा कायम रहेको नैतिक मूल्य वा आदर्शको आधारमा सधैं र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौज्दारी अपराधको किटुवा सूची तयार गरी तपस्पष्टीकरण वा परिभाषा दिन खोज्नु उचित होइन यहि कुरालाई ध्यानमा राखी हाम्रो कानूनी व्यवस्थाले त्यस्तो अपराध छुटाउने कार्य न्यायिक विर्वुकमा छोडेको छु र न्यायकर्ताले पनि विषय र सन्दर्भलाई विचार गरेरमात्र त्यससम्बन्धमा कुनै निष्कर्षमा पुग्नु पर्छ ।
(३) यो कुराहरूलाई ध्यानमा राखेर मु.रत्नबहादुर खत्री मारिएको ज्यान मुद्दामा अदालतबाट रंगध्वज कार्कीका विरूद्ध ठहराएको अपराध नैतिक पतन देखिने फौज्दारी अपराध नैतिक पतन देखिने फौज्दारी अपराध वा होइन भन्ने प्रस्तुत मुद्दामा उपस्थित मुल प्रश्नमा विचार गर्दा अञ्चल अदालतको ०२९।३।२२ को निर्णयमा त्यस सम्बन्धमा कुनै स्पष्ट विवेचना भएको देखिन्न । उक्त ज्यान मुद्दामा कसूरदार ठहरी सजाय पाएकोले रंगध्वज कार्कीले नैतिक पतन देखिने अपराधमा सजाय पाएको भन्ने निष्कर्षमा पुगी अञ्चल अदालतबाट उक्त निर्णय भएको देखिन्छ । ज्यान मुद्दामा रंगध्वज कार्की उपर के अभियोग लगाइएको थियो । निजलाई अदालतले कुन अपराधको कसूरदार ठहरायो अपराधको उदेश्य र त्यसको सन्दर्भ के कस्तो थियो इत्यादी कुनै कुरा अञ्चल अदालतको निर्णयमा खुल्दैन । ज्यान मुद्दामा कुनै व्यक्तिले सजाय पाउँदैमा सो सजाय पाएको अपराध नैतिक पतन देखिने अपराध नै हो भनिएका एक निष्कर्ष लिन मिल्दैन उक्त मुद्दाको नाम ज्यान मुद्दा भन्ने रहँदैमा सो मुद्दा सजाय पाउने प्रत्येक व्यक्तिले ज्यान मारेको वा ज्यान मार्नमा सरीक भएको हुन आवश्यक छैन त्यस माथि पनि कसैले कसैको ज्यान मारेको ठहरे पनि के कस्तो अवस्थामा ज्यान मारेको हो सो अपराधको सन्दर्भमा के कस्तो थियो, इत्यादी कुराहरू विचार नगरी सोझै सो व्यक्तिलाई नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन मिल्दैन । तसर्थ रंगध्वज कार्की उपरको अभियोग निजको विरूद्ध अदालतले ठहराएको अपराधको उदेश्य र सन्दर्भ के कस्तो छ भनी उक्त ज्यान मुद्दामा अदालतबाट २००९।३।९।५ मा भएको फैसलाको नक्कल हेर्दा २००७।६।५ गते राती मु.रत्नबहादुर खत्रीको घरमा धेरै हुल भई चोरी डाँका गरी निज मु.रत्नबहादुरलाई काटिकुटी मारेकोमा रंगध्वज कार्की सावित भई कैदको सजाय पाएको देखिन्छ । त्यस्तो डाँका र खुनको अपराध सामाजिक नैतिकताको विरूद्धको अपराध हो भन्ने कुरामा कुनै नैतिकताको विरूद्ध अपराध हो भन्ने कुरामा कुनै विवाद नै हुन नसक्ने भएकोले रंगध्वज कार्कीले नैतिक पतन देखिने फौज्दारी अपराध गरेको र सो वापत अदालतबाट सजायसमेत पाएको भन्ने कुरा उक्त फैसलाको नक्कलबाट प्रष्ट हुन आउँछ । त्यस्तो अपराधमा सजाय पाएको व्यक्तिले आफ्नो एकाघर सगोलका व्यक्ति बाहेक अरू कुनै व्यक्तिको वारिस हुन नपाउने गरी मुलुकी ऐन अदालती बन्दोवस्तको महलको नं.६८ को दफा २ ले प्रतिबन्ध लगाएको देखिन्छ । उक्त ज्यान मुद्दामा अदालतबाट भएको उक्त फैसलाले रंगध्वज कार्कीमा अर्को वारिस हुन नपाउने एउटा अभिग्यताको दृष्टिकोंण गराएको छ ।
५. वारेस हुन अयोग्य व्यक्ति मुद्दामा कुनै पक्षको वारेस भई कारवाई गरे भएकोमा वारेस राख्ने पक्षले सो वारेसलाई हटाई मुद्दा आफैंले सकार गरी तारेख लिई सकेपछि त्यस्तो अयोग्य व्यक्तिले वारिसको रूपमा लिएको तारेख र गरेको काम कारवाईलाई कानूनले मान्यता दिन नमिल्ने भनी सो वारिस तारिखमा रहे बसेको पनि देखिन्न सो पक्षको तारेख टुटेको कायम गरी मुद्दाको किनारा गर्नु कानूनसंगत हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि यस मुद्दामा विचारणीय हुन आएको छ । तिरो जग्गा मुद्दामा पहिले रंगध्वज कार्कीले वारेस भई तारेख लिएको भए पनि पछि निजलाई हटाई पक्षले आफैं मुद्दा सकार गरी सकेकोले अयोग्य के कतिले वारेस भई तारेख लिएको कारणलेमात्र पहिलेदेखि नै पक्षको तारेख टुङ्गेको कायम गर्न मिल्दैन भनी निवेदकतर्फका विद्वान अधिवक्ताले आफ्ना बहसमा जिकिर लिनु भई जनकपुर अञ्चल अदालतको उक्त निर्णयमा त्यस सम्बन्धमा प्रत्यक्ष कानूनी त्रुटि भएको छ । भन्ने तर्क प्रस्तुत गर्नु भएको छ । तर विद्वान अधिवक्ताको यो तर्क कानूनसंगत देखिन्न वारेस हुनु अयोग्य व्यक्तिको वारेसको रूपमा उपस्थित कानूनको दृष्टिकोंण महत्वहीन हुने हुनाले त्यस्तो वारेस तारेखका दिन उपस्थित हुँदैमा सो वारेस राख्ने पक्षको प्रतिनिधित्व भएको भन्न मिल्दैन । त्यसको विपरीत सो पक्षका तर्फबाट सो तारेख दिन कुनै पनि व्यक्ति उपस्थित नभई तारेख टुटेको सम्झनु पर्ने हुन्छ । पक्षले मुद्दा आफैं सकार गरी सकेको छ भन्दैमा कानूनले मान्यता नदिएको कुराले मान्यता पाउने गरी कुनै निर्णय गर्न मिल्दैन । मुद्दामा वारेस राख्ने पक्षले वारिसका सम्बन्धमा सबै कुरा जानी बुझी विचार पुर्याउन पर्छ र खास गरी वारेस हुने व्यक्ति सो काममा लागि योग्य वा अयोग्य के छ भन्ने कुरा त पक्षले थाहा पाउन पर्छ कानूनले सो कुरा जान्न पक्षलाई कर लागेको पनि छ । अख्तियारनामा दिँदा पक्षले वारिस हुने व्यक्तिमा वारेस हुने कानूनी योग्यता छ भन्ने कुरा स्पष्टरूपमा उल्लेख गर्नु पर्ने कानूनी व्यवस्था छ । यस्तो कानूनी व्यवस्था हुँदा हुँदै पनि यदि कसैले गलत व्यहोरा लेखी अयोग्य व्यक्तिलाई वारिस राख्तछ भने त्यसको परिणाम निजले आफैंले भोग्नु पर्छ । कानूनले निजलाई कुनै मद्दत गर्दैन । उपयुक्त कुराहरूबाट जनकपुर अञ्चल अदालतको ०२९।३।२२ को निर्णय मनासिव देखिएकोले निवेदन जिकिर पुग्न सक्तैन । नियमानुसार मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु
न्या. रङ्गनाथ उप्रेती,
न्या. चन्द्रप्रसाद प्रधान
इति सम्वत् २०३० साल आश्विन २९ गते रोज २ शुभम् ।