निर्णय नं. ६७६९ - कर्तव्य ज्यान ।

निर्णय नं ६७६९ ने.का.प. २०५६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यामयाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
संवत २०५५ सालको साधक नं........२९८,२३३
फैसला मिति : २०५५।१२।५।६
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी : नउँसिंह गुरुङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/ प्रतिवादी : कान्छा गुरुङ समेत
§ मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. मा ज्यान मार्नाको मनसमाय रहेनछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात मुकका इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था १३(३) मा उल्लेखित परिस्थिति र अवस्था प्रस्तुत वारदातमा नदेखिएको र मृतकलाई मार्ने प्रतिवादीहरुको पूर्व रीसइवीको अवस्था नरहेको र लाती मुडकी प्रहार भई मृत्यु भएकोमा ज्यान समवन्धीको १४ नं लाग्ने देखिंदा प्रतिवादीहरु सोनामसिंह गुरुङलाई दामे सिंह गुरुङ र कान्छा गुरुङलाई ज्यान संवन्धीको १३(३) नं अनुसार सजाय हुने ठहर्याएको पुनरावेदन अदालत समेतको फैसला उल्टी भई ज्यान सम्वन्धीको १४ नं वमोजिम जनही १० वर्ष कैद सजाय हुने ।
(प्र.नं. ३५)
पुनरावेदक वादी तर्फवाट : ×
विपक्षी प्रतिवादी तर्फवाट :×
अवलम्वित नजिरः
फैसला
न्या.श्री गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन २०४८ वमोजिम जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. गोरखा केरोजा गा.वि.स. वार्ड नं २ वस्ने वर्ष ७२ को दामे गुरुङलाइ ऐ वस्ने दामेसिंह गुरुङ सुमन गुरुङ कान्छा गुरुङ जना ३ ले मिति ०५२।४।३ गते कुटपिट गरि कर्तव्य गरी मारी वुढी गण्डकीमा वोरामा हाली वांधी फ्याकेको कुरा वुझिन आएको हुँदा निजहारलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको विक्राम खत्रीको प्रतिवेदन ।
३. अभियुक्त दामेसिंह समेत जना ३ लाई पक्राउ गरि इलाका प्रहरी कार्यालय आरुघाटमा उपस्थित गरायएको भन्ने समेत प्रहरी चौकी मान्दुको पत्र ।
४. अभियुक्त कान्छा गुरुङ समेत जना ३ लाई जि.प्रका. गोरखामा उपस्थित गराइएको भन्ने इ.प्र.का.गोरखामा उपस्थित गराइएको भन्ने इ.प्र.का.का आरुघाटको पत्र ।
५. मिति ०५२।४।३ गते दिउसो अं ४ वजे गोरखा जिल्ला केरौजा गा.वि.स वार्ड नं ३ वस्ने दामे सिंह गुरुङ सुनामसिंह गुरुङ कान्छा गुरुङ समेत जना ३ भई निज मृतक दामे गुरुङलाई कुटपिट गरी मारी वोरामा हाली वोराको मुख वांधी वुढि गण्डकी नदीमा लगी फ्याकेको कुरा थाहा भएकोले अभियुक्तहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको नउसिंह गुरुङको जाहेरी ।
६. मृतक दामे गुरुङले तन्त्रमन्त्र गर्ने भएको र निजको तन्त्रमन्त्रले वोक्सी लगाउने भूत भई तर्साउने, विराअी वनाउने र कतिपय मानिसहरुलाई मार्ने गरेकोले निजसंग पहिलेदेखि रिसइवी थियो । मिति ०५२।४।३ गतेका दिन दिनको १२.३० वजेतिर जमसिंको घरको आगनमा जांदा कान्छा गुरुङ म भन्दा पहिले र्न गई सकेका रहेछन् । त्यसपछि दामे सिंह गुरुङ समेतका मानिसहरु आएर वाटोघाटो सम्वन्धी छलफल भईरहेको थियो । दामे गुरुङ पनि सो ठाउँमा आई पुने कान्छा गुरुङको दिदी दमेस्या गुरुङ विरामी भएको हुँदा विरामी वनाइ दिने झाक्रि अझै गाउँमा छ भनि भन्यो सधै भरी यस्तो गर्ने तिमी नै हौ अरु कोही होइन भनि हामीले भन्दा निज दामे गुरुङले मैले के गरेको छु र मलाइ मात्र दोष दिन्छौ भनि विवाद गर्न थालेकोले कान्छा गुरुङले निजलाई टाउको अगाडी पट्टि जोडले दाया खुट्टाले लातिले हिर्काउ, निज दामे गुरुङ भुर्इमा लड्यो त्यसपछि मैले टाउकोमा हातको मुडकीले एक पटक गाला र कन्चेटको बीचमा र त्यपछि दामे सिंह गुरुङले पनि टाउकोको अगाडीको कन्चट र साइडमा समेत हाने पछि निज दामे गुरुङ मरेको रहेछन । हामीलाई निजले वहान गरे जस्तो लागी दुकी वालि सिस्नो समेत ल्याई टुकी र सिस्नो दुवै चिजले पोल्दा समेत नव्युझे पछि निज मरेको भन्ने कुरा पक्का भयो र हामी तिनै जनाको सहमति अनुसार निज दामेलाई दामे सिंह गुरुङ र म सोनामले मृतकलाई उठाई वोरामा हाल्यौ र कान्छा गुरुङले वोराको मुख समात्ने गरी वोरामा हाली सकेपछि घटनास्थलमा भएको वावीयोको डोरीले वाधी हामीहरु तिनैजनाले पालैपालो संग वोकी वुढिगण्डकी नदीमा लगी वोराको मुख समेत नफुकाई वोरै सित मृतक दामे गुरुङलाई वगाई त्यसपछि घर फर्केर आइए वसेका हौ भन्ने समेत व्यहोराको सुनम सिंह गुरुङले अधिकार प्राप्त अधिकारीसंग गरेको वयान ।
७. मृतक दामे गुरुङ तन्त्रमन्त्र गर्ने र आफू संग रिस उठेका मानिसहरुलाई भेद गरि विरामी पारी कतिपय वालवच्चालाई आइमाई वुढावुढी लगायत ठूला मान्छे पनि मार्ने गरेको र सोही कारणवाट पहिले देखि नै रिसइवी थियो । मिति ०५२।४।३ गतेका दिन दिनको १२ वजे तिर गाउँको वडा सदस्य जमसिंह गुरुङलको घरको आगनमा सवभन्दा पहिले म गए, त्यसपछि आधाघण्टा पछि सुनाम सिंह आइ करिव १ घण्टा पछि दामे सिंह गुरुङ समेत गएको र अन्य गाउँलेहरु समेत भै वाटो घाटो सम्वन्धमा छलफल भै रहेकोमा अ. ३ वजे तिर मृतक दामे गुरुङल पनि सो ठाउँमा आई पुग्यो र मेरो दिदी दमेस्या गुरुङ पनि सो विरामी भएको हुँदा विरामी वनाई दिने झाक्रि अझै गाउँमा छ भनि भन्यो सधै भरी यस्तो गर्ने तिमी नै हो भने पछि निजले अनावश्यक विवाद वढाई सकेकोले हामीहरुलाई रिस उठी दामे गुरुङको वांया पट्टि टाउकोको अगाडि पट्टि जोडले दांया खुट्टाको लात्तिले हिर्काइ, निज भुईमा लड्यो त्यपछि सुनामले टाउकोको अगाडि पट्टि भागको मुड्कीले एकपल्ट हिर्कायो त्यस पछि दामेसिंह गुरुङले पनि कन्चेटको साइडमा समेत हानेपछि निज दामे गुरुङ मरेको रहेछ । हामीलाई वहाना गरे जस्तो लागी टुकी र सिस्नो दुवै चिजले निजको गालामा पोल्दा समेत पनि नव्युतेपछि निज मरेको पक्का भयो र हामी तिनै जनाको सल्लाह अनुसार निजलाई दामे सिंह गुरुङ र सोनामले मृतक दामेलाई उठाई वोरामा हाले र मैले वोराको मुख समात्ने गरि वोरामा हाली डोरीले वांधी सदस्यको घरमा गई सदस्यसंग नाम्लो मागी ल्यार्इ तिनैजनाले पालै पालो गरि वोकी वुढीगण्डकीमा लगी वोराको मुख समेत नफुकाइ वोरैसित मृतक दामे गुरुङलाई बुढी गण्डकीमा फाली त्यसपछि फर्की आई वसेका हौ भन्ने अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।
८. मृतक दामे गुरुङ विभिन्न तन्त्रमन्त्र गर्ने झाक्री भएको र आफूलाइ रिस उठेका मानिसहस्लाई भेट गरी विरामी वनाउने कतिपय मान्छेलाई मार्ने गरेको । सोहीवाट निजसंग धेरै नै रिसइवी थियो मिति ०५२।४।३ गतेका दिन दिनको २ वजेको समयमा वडा सदस्य जमसिंहको घरमा जांदा कान्छा गुरुङ र सुनाम पहिले नै पुगी सकेका रहेछन् । त्यसपछि मृतक दामे गुरुङ पछि त्यहां आएर अन्य गाउलेहरु समेत भै वाटो घाटो सम्वन्धी विषयमा छलफल भइरहेको थियो । कान्छा गुरुङले दिदी विरामी भएको हुँदा विरामी वनाइ दिने झाक्रि अझै गाउँमा छ कि क्या हो भनि दामे गुरुङले भनेको र सधै भरी यास्तो गर्ने तिमी नै हौ, अरु कोहि होइन भनि कान्छा गुरुङ सुनामसिंह गुरुङ र म समेत तिनै जनाले भन्दा निज दामे गुरुङले मेले के गरेको छु र मलाई मात्र दोष लगाउछौ भनि अनावश्यक विवाद वढाई रहेकोले हामीहरुलाई सिर उठी सुनामसिंह र कान्छाले दायां खुट्टाको लातीले विभिन्न ठाउँमा अगाडी कन्चेट साइडमा हिर्काएपछि निज दामे गुरुङ मरेको रहेछ । हामीलाई जिवीतै रही वहाना गरे जस्तो लागी टुकी वाली टुकीको आगो र सिस्नो दुवै चिजले मृतकको गालामा पोल्दा पनि निज नव्युतिएकोले निज मरेको पक्का भयो र हामी तिनै जनाको सहमति अनुसार निजलाई वोरामा हाली हामी तिनैजनाले पालैपालो संग वोकी वुढीगण्डकीमा फाली घर फर्कि आएर वसेका हौ भन्ने समेत व्यहोराको प्रतिवादी दामे संह गुरुङले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।
९. मृतक दामे गुरुङ मेरा वाजे हुन निजलाई मिति ०५२।४।३ गते दामे सिंह गुरुङ, सुनाम सिंह गुरुङ, कान्छा गुरुङ समेत जना ३ ले कुटपीट गरी मारी निजलाई वोरामा हाली वोकी वुढीगण्डकीममा लगी फाली आएछन । उक्त समयमा म त्यही भएकोले म मानिसहस्लाई वोलाउन जांदा निजहरु गई सकेका रहेछन् भन्ने समेत व्यहोराको माया गुरुङले गरेको वयान ।
१०. मिति ०५२।४।३ गते वडाका सवै जम्मा भै वाटोघाटोको छलफल भैरहेको थियो उक्त ठाउँमा दामे गुरुङ उपस्थित नभएकोले वोलाउन पठाएपछि निज दामे गुरुङ पनि आए । छलफल सकिएपछि म काम विशेषले गाउँतर्फ गई वेलुका ९ वजे तिर आई घरमा सुते, भोलीपल्ट ०५२।४।४ गते मृतकको नातीनि वर्ष ११ की माया गुरुङ मेरो घरमा आई कान्छा सुनाम दामेसिंह जना ३ भई वाजेलाई मारे, म डरले लुके भनिन, त्यसपछि हामीहरु जम्मा भेलामा भइ निज प्रतिवादिहरु संग सोघपुछ गर्दा निज दामे गुरुङले भेद गर्ने गरी सताएकोले कुटपिट गरी मारी वोरामा हाली वुढीगण्डकीमा लगी फाली दिएका हौ भनि मुख्य सावित भएकोले निजहरुलाई कानून वमोजिम सजाय हुन प्रहरीको सहयोग लिई सदर मुकाममा लिएर आएको थिए । उक्त घटनामा म घरमा नै थिइन । प्रतिवादीहरुले म संग नाम्लो मागेर ल्याएको हो भनि किन लेखाएका हुन खुलाउन सक्दीन भन्ने समेत व्यहोराको जमान सिंह धलेले गरेको कागज ।
११. पूर्व जमानसिंह भलेको घर पश्चिम दामे घलेको घर उत्तर जमासिंहको पाखो वारी दक्षिण रुन्चेत माछा खोला मुलवाटो यती चार किल्ला भित्रको रेहेको जमानसिंह गुरुङको घर अगाडीको आँगन सोही आगनको पूर्वतर्फ घरको गाह्रो संग जोडिएको कुनामा प्रतिवादीहरुले मृतक दामे गुरुङलाई कुटपिट गरी मारेको साथै घटनास्थलमा अन्य कुनै चिजवस्तु समेत फेला नपरेको भन्ने समेत व्यहोराको घटनास्थत प्रकृति मुचुल्का ।
१२. म मिति ०५२।४।३ गते वडा सदस्यको घरमा वाटोघाटोको समवन्धमा मिटिङ्ग थियो त्या मिटिङ्गमा म लगायत प्रतिवादीहरु पनि उपस्थित भए । दामे गुरुङ नआएकाले वोलाउन पठाएपछि उनि पनि आए, मिटिङ्ग सकिएपछि प्रतिवादीहरुले दामे गुरुङलाई यसले गाउँका मानिसलाई वोक्सो लगाएर मार्ने तै हो भनि तिनै जनाले कुटपिट गर्न थाले, मैले कुटपिट नगर भन्दा उल्टै म तर्फ आई लाग्न थालेको हुँदा म त्यावाट भागे पछि कुटपिट गरी मारी वोरामा हाली वुढि गण्डकीमा लगी फालेको भन्ने सुनेको हुं भन्ने समेत व्यहोराको सुनछिसिङ्ग गुरुङको कागज ।
१३. मृतकको नातीनि माया गुरुङ र नेवानी गुरुङ समेतले प्रतिवादीहरुले मृतकलाई कुटपिट गर्दा दायां आंखा माथिवाट रगत वगी रहेको थियो भन्ने सुनेको हुं मैले लाश नदेखेको हुँदा निजको शरिरमा के कस्ता घाउचोटहरु थिए भन्ने कुरा खुलाउन सक्दीन भन्ने समेत नउसिंह गुरुङको कागज ।
१४. मृतक दामे गुरुङलाई प्रतिवादीहरु तिनैजनाले कुटपिट गरी मारे भनि वडा सदस्यले खवर गरेकोले पछि म समेतले सोधपुछ गर्दा पनि हामीहरुले कुटपिट गरी मारी वोरामा हाली वुढि गण्डकीमा लगी फालेका हौ भनि भनेकाले कुटपिट गरी मारेका पूर्ण विश्वास छ भन्ने समेत व्यहोराको गा.वि.श अध्यक्ष मन वहादुर गुरुङले गरेको कागज ।
१५. मिति ०५२।४।३ गते गाउको मिटिङ्ग थियो मिटिङ्ग सकिएपछि अन्य मानिस आआफ्नो घरतर्फ गए त्याहा. प्रतिवादी तिन जना र मृतक दामे गुरुङ्गहरु वसेर भनाभन गरि रहेका थिए त्यसै क्रममा प्रतिवादिहरु तिनै जनाले दामे गुरुङलाई कुटपिट गर्न थालेकाले मैले वुढो मानिसलाई किन त्यसरी कुटपीट गर्दर्छौ भनि भन्दा उल्ठै मलाई त किन वोल्छस तलाई पछी मार्छौ भनि ढुंगा उठाएर आए म केहि घर गए त्यसपछि मृतकलाई वोरामा हाली तिनै जनाले वोकी वुढी गण्डकीमा लगेका थिएभने समेत व्यहोराको नवार्नी गुरुङले गरेको कागज।
१६. मृतक दामे गुरुङलाई प्रतिवादीहरु जना ३ ले विभिन्न् ठाउँमा पिट्न लागेकोले वुढा मान्छेलाई यसरी किन कुटपिट गछौ भन्दा तलाइए के मतलव भनि पेटी फुकाली ताक्न थाले र म डरले भागे प्रतिवादीहरुले वोक्सो लगायो भन्ने आरोप लगाई सोही रिसइवीका कारण कुटपिट गरि मारेका हुन भन्ने समेत व्यहोराको धना घलेले गरेको कागज ।
१७. प्रतिवादीहरुले मृतक दामे गुरुङलाई कुटपिट गर्न लाग्दा मैले यसो नगर भन्दा हामीमाथी नै आयलागेकोले हामीहरु त्यहांवाट भाग्यौं किन त्यसरी मेरो घरवाट नाम्लो मागेर ल्याएका हौभनि लेखाए खुलाउन सम्दैनभन्ने समेत व्यहोराको कान्छी घलेले गरेको कागज ।
१८ मृतक दामेलाई प्रतिवादीहरुले कुटपिट गरि रहेकोले वुढो मानिसलाई नहान भन्दा उल्टै म तर्फ आईलागेकोले म डरले भागे मेरो घरको पिडीमा वोरा ओछ्याएको थियो पछि वोरा नदेखि खेजतलास गर्दाफेला नपरेकोले निजहरुले नै लगेको भन्ने वुझियो ।वोक्सो लगाई मानिस मारे भन्ने रिसइवी लिई मारेका हुन भन्ने समेत व्यहोराको शुकजोमधलेले गरेको कागज।
१९ जमानसिंह गुरुङ आफ्नो काम विशेषले मिति ०५२।४।२३ गते नै काठमाडौ तर्फ जान्छु भनि घरवाट निस्की गएका तर काठमाडौको कुन स्थानमा गएका भन्ने कुरा खुल्न नआएकोले पक्राउ गर्न नसकिएको भन्ने समेत व्यहोराको प्र.स.नि. विकास अर्यालको प्रतिवेदन ।
२०. प्रस्तुत मुद्दाको अनुसन्धान सम्वन्धी कागजातहरु अध्ययन गर्दा प्रतिवादी कान्छा गुरुङ सुनाम सिंह गुरुङ र दामे सिंह गुरुङ समेतले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं अनुसार ऐ को१३(३) अनुसार हुने सजायमा ऐ को ४ नं अनुसार मृतकको लास दवाउने छिपाउने समेत गरेकाले त्यस दवाए छिपाए वापत प्रतिवादीहरु जना ३ लार्इ नै थप सजाय समेत गरी हदै सम्म सजाय गरी पाउ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
२१. मिति ०५२ श्रावण ३ गते म समेत सोनामसिंह दामे सिंह समेत ९ जना जति पुल वनाएको पैसा लिन सदस्यको घरमा गई वस्यौ । गाउले पानि जम्मा भएर छलफल भई पैसा लियौ । र नास्तापनी रक्सी खाए घर जान लागेको अवस्थामा सदस्यको घरमा मिटिङ्ग छ त्यही जाउ भनि आइत वाहदुरले भनेकोले उतै गयौ । त्यहां अन्य गाउले वुढा रहेछन त्यहा झाकि वुढा, दामे गुरुङ पनि रहेछ । त्यहा झाक्रि वोक्सीको पनि कुरा भएको रहेछ । मैले झक्रि भएर जान्ने भइपछि सवैलाई सन्चो वनाउनु पर्छ भनेर भने त्यसवेला विरामी भएको मान्छेले पनि दिनदिनै फुक्न आउनु पर्ने झाक्रिलाई राम्रो खाना दिएपछि मात्र केही सन्चो वनाउने नभए जहिले पनि मार्ला जस्तो गराउने भनिन् । त्यसपछि दामे गुरुङले विरामी वनाउने मान्छे अर्कै छ दोष जति सवैले मलाई लगाउछन् भन्यो । वुढो झाक्रिले झगडा गरयो सवैलाई विरामी वनाउने भन्ने रिस उठेकोले मैले लाताले गालामा २ चोटी हिर्काएको थिए । हानेपछि नवोली वस्यो त्यसपछि दामे गुरुङ सुनाम सिंहले गाला तिरै हाने बुढा ढले त्यसपछि वुढाको प्राण छ छैन भनि सिस्नो र टुकी वालेर गालामा २ चोटी हिर्काएको थिए ।हानेपछि नवोली वस्यो त्यसपछि दामे गुरुङ, सुनाम सिंहले गाला तिरै हाने वुढा ढले त्यस पछि वुढाको प्राण छ छैन भनि सिस्नो लगाउने काम गर्दा पनि वुढा नउठेकोले मरेछ भनि हामी तिनैजना भै वोरामा हाली वुढी गण्डकीमा लगी फाली आएका हौ, झाक्रीको दात झरेपछि दुःख दिदैन भन्ने सुनेकोले मुखमा हानेको हो तर टाउकोमा लाग्न गएछ र मृत्यु भएको हो मार्ने मनसाय थिएन मरेो मान्छे राखे मसान आउँछ वोक्सीआउँछ राख्न हुंदैन भन्ने उद्धेश्यले गण्डकीमा लगी फालेको हो भन्ने उद्देह्यले गण्डकीमा लगी फालेको हो भन्ने समेत व्यहोराको प्रतिवादी कान्छा गुरुङले अदालतमा गरेको वयान ।
२२ मिति ०५२ साल श्रावण ३ गते हामीहरु सदस्यको घरमा थियौ । मृतक दामे गुरुङ पनि त्यही आए । निज पहिलेदेखि नै गाउँमा तन्त्रमनत्र गरी झाक्री काम गर्दै आउने क्रममा गाउँमा रिस उठेको मानिसलाई मसान उठाएर लगाउछ भन्ने गरेका थिए । सो दिन पनि निज रक्सी खाएर आएका रहेछन् । मैले कसलाई मसान उठाएर लगाएको छु भनि निहु झिके त्यसपछि निजलाई संझाउने उद्देश्यले च्यूडोमा एक मुडकी दिए त्यसपछि निजमृतक भुइमा वसे त्यसपछि सुनामसिंहले एक मुक्का र कान्छा गुरुङले गालामा दुई लात हान्यो त्यती गरिसकेपछि मृतक भुईमा लम्पमसार भएर पल्टीए, त्यसपछि केटाकेटी संग वोरा मगायौ र वोरामा हाली हामीहरु तिनैजनाले पालैपालो संगवोकी वोरै समेत वगाई दियौ । मार्नु पर्ने सम्मको रिसइवी त केहि थिएन । वुढो रक्सी खाएर निहु खोज्न आएको हुँदा तत्काल संझाउने तर्साउने उद्देश्यले हिर्काउँदा मर्न गएको हुँदा कानूनले जो ठहर्छ भन्ने समेत व्यहोराको प्रतिवादी दामे सिंह गुरुङले जि.अ.मा गरेको वयान ।
२३. मिति ०५२।४।३ गतेका दिन वडा सदस्यको घरमा वाटो घाटो समवन्धी छलफलका लागि दामे सिंह र कान्छा गुरुङ समेत त्यस ठाउमा उपस्थित भई सकेका थिए । त्यसै क्रममा मृतक दामे गुरुङ पनि सो ठाउँमा आई पुग्यो । निज दामे गुरुङ गाउमा धामिझाक्री कार्य गर्ने झारफुक गर्ने हुँदा कसैलाई विरामी वनाउने गर्दछ भन्ने कुराहरु सवै जसो गाउँलेलाई विश्वास थियो । त्यस वखत दमस्या गुरुङ पनि विसामी भएको थियो । निजलाई विरामी वनाउने त्यही झाक्री हो भनेर कुरा उठायो सो कुरामा निजले इन्कार गर्दै विरोध गर्दै गरेकाले मेरो पनि रिस उठ्यो र कान्छा गुरुङले पहिलो चोट हान्दा लड्यो त्यसपछि मैले पनि एक पटक कन्चेटमा हाने त्यसपछि दामे सिंह खले पनि टाउको तिर हाने, पछि निज भुइमा लडेको लड्यै भयो । मरेको छ वा छैन भनि थाहा पाउन टुकी ठूलोवोरा ल्याइ तिनै जना भई वोरामा हाली पालैपालो गरि वोकी वुढि गण्डकीमा लगी फाली आएका हौ । मेरो मुतक संग कुनै व्यक्तिगत रिसइवी केही थिएन मृतकले धामी झाक्री गरि गाउलेहरुलाई समेत दुःख दिने कारण कुटपिटगर्दा निजको मृत्यु हुन गएको हो । खास गरि मार्ने उद्देश्यहरु केहि होइन । रिसको झोकमा कुपिट गर्दा निजको मुत्यु हुन गएको हो । लासलाई लुकाउने छिपाउने मनसाय गण्डकी लगी फनलेका हौ भन्ने समेत व्यहोराको प्रतिवादी सुनाम सिंह गुरुङले अदालतमा गरेको वयान ।
२४. आदेशानुसार वुझिएका नेवार्नी गुरुङ, माया गुरुङ, प्रज. विक्रम खत्री, मनवहादुर गुरुङ कान्छा घले, सुकजम घले, नौसिङ्ग गुरुङ मनवहादुर गुरुङले अदालतमा गरेको वकपत्र मिसिल सामेल रहेछ ।
२५. प्रतिवादी जमान सिंह धलेले मु.ऐन ज्यान सम्वन्धी महलको २६ नं अनुसार हदैसम्म सजाय गरी पाउन माग दावी लिदै मु.ऐ.न. अ.वं ८८ नं वमोजिम यो अभियोगपत्र प्रस्तूत गरिएको छ साथै हाल पक्राउ नपरेका प्रतिवादी जामसिंह घलेलाई सम्मानित अदालतवाटै वारेण्ट जारी गरी पाउन समेत सादर अनुरोध गर्दछ भन्ने समेत सादर अनुरोध गर्दछ भन्ने समेत व्यहोराको मिति ०५२।८।७ मा प्राप्त भएको थप अभियोगपत्र ।
२६. मिति २०५२।४।३ गते अं ४ वजेको समयमा मृतक दामे गुरुङलाई प्रतिवादीहरुले कुटपिट गरि मारी वोरामा हाली बुढी गण्डकीमा फाले रे भन्ने कुरा वेलुका ८ वजे म बारीमा गई घास काटि घर फर्कदा थाहा पाएको हु । प्रतिवादीहरु मेरो घरमा नाम्लो माग्न आएका हौइनन र मैले नाम्लो दिएको पनि होइन । दामे र म पनि केहि झारफुक गर्ने हुँदा सोही कारणवाट निजहरुसंग रिसइवी केहि छैन । मैले मृतक दामे गुरुङलाई कुटपिट गर्दा केहि नभनेको र लाश फाल्न सहयोग गरि नाम्लो दिएको भन्ने कुरा झुठृा हो, म निर्दोश छु । म उपरको अभियोग माग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जमसिंह गुरुङले अदालतमा गरेको वयान।
२७. प्रतिवादी दामे सिंह कान्छा गुरुङ, सुनाम सिंह गुरुङ मध्ये कसैको चोटवाट मृत्यु भएको भन्ने प्रष्ट नभई तिनै जनाले हिर्काएको चोटवाट दामे गुरुङको मृत्य भएको हुँदा निजहरुलाई ज्यान सम्वन्धी महलको १३(३) वमोजिम जन्मकैदको सजाय हुनुपर्ने हो ता पनि मार्ने नै पूर्व मनमसाय नलिउका साघातिक प्रहार पनि नदेखिई प्रतिवादीहरुको उमेर अवस्था समेत विचार गर्दा अ.वं १८८ नं वमोजिम जनही १२ वर्ष कैद गर्ने राय व्यक्त गरिएको भन्ने र प्रतिवादी जमान सिंह धलेले अभियोग दावी वमोजिम कसुर गरेको नदेखिंदा सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु गोरखा जिल्ला अदालतको फैसला ।
२८. यसमा प्रतिवादी सनाम सिंह गुरुङ र दामे सिंह गुरुङ अधिकार प्राप्त अधिकारी र अदालतमा वयान गर्दा समेत मृतक दामे गुरुङलाई कुटपिट गरेको र सोही कुटपिटका कारणवाट मृतकको मृत्यु भएको कुरालाई स्विकार गरी वयान गरेको देखिन्छ । कुटपिट गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी सचेत अवस्थामा रहेका व्यक्तिमा हुनुपर्ने र त्यस्तो कुटपिटको परिणाम दण्डनिय हुन सक्छ भन्ने जानी जानी लात्ती मुडकीले हानेको देखिएको र सोहि चोट पिरका कारणवाट मृतकको मृत्यु हुन गएको मिसिल कागजवाट देखिएको अवस्थामा शुरु जिल्ला अदालतले प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १३(३) को कसुर गरेको ठहर्याएको फैसला मिलेकै देखिंदा सदर हुन्छ । अ.व. १८८ नं वमोजिम राय वमोजिम राय व्यक्त भएकोहकमा तत्काल उठेको रिसमा लात्ती र मुडकी मात्र हिर्काएको सम्मको कारणले मृतकको मृत्यु भएको देखिएको अवस्थमा र सामाजिक परिवेश झाक्रिले विरामी पारी दिने भन्ने अवस्थमा समेतलाई मध्यनजर राख्दा शुरु गोरखा जिल्ला अदालतले प्रमितवादीहरुलाई जनही १२ वर्ष कैद हुने राय व्यक्त गरेकोमा सजाय चर्को भएको देखिंदा पुनरावेदक प्रतिवादीहरुलाई जनही २ वर्ष कैद हुने ठहर्यार्इ अ.वं १८८ नं वमोजिम राय पेश गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति ०५३।१०।२० को फैसला ।
२९. नियमानुसार साधक दायरीमा दर्ता भएको रहेछ ।
३०. यसमा प्रतिवादी मध्येका कान्छा गुरुङको हकमा शुरु गोरखा जिल्ला अदालतले ज्यान सम्वन्धीको महलको १३(३) नं वमोजिम जन्मकैद गर्ने ठहर गरी अ.व. १८८ नं वमोजिम १२ वर्ष कैद गर्ने राय व्यक्त गरे उपर कान्छा गुरुङको पुनरावेदन नपरेको अवस्थामा निजको हकमा साधकको रोहवाट हेर्नु पर्नेमा सो वमोजिम नगरेको देखिएकोले पुनरावेदन अदालत पोखराको निर्णय नमिली फरक पर्ने देखिंदा अ.व. २०२ नं र सर्वोच्च अदालत नियमावली २०४९ को नियम ५७ वमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति ०५४।११।१ को आदेश ।
३१. यसमा प्रतिवादी दामे सिंह गुरुङ सुनाम सिंह गुरुङ, प्रतिवादी कान्छा गुरुङलाई ज्यान सम्वन्धी महलको १३(३) वमोजिम जन्मकैदको सजाय गर्ने ठहर्यमाई अ.व. १८८ नं प्रयोग गरी कैद गर्ने ठहर्याई अ.वं १८८ नं प्रयोग गरी कैद वर्ष १२ सजाय गर्ने गरी शुरु गोर्खा जिल्ला अदालतले राय व्यक्त गरेकोमा सो उपर प्रतिवादी मध्ये दामे सिंह र सुनाम सिंहको पुनरावेदन परेको तथा कान्छा गुरुङको पुनरावेदन नपरेको अवस्थामा निज कानछा गुरुङको हकमा साधकको रोहवाट हेर्नुपर्नेमा सो साधक सम्वन्धमा पुनरावेदन अदालत पोखरावाट कुनै निर्णय गरेको नदेखिदा प्रतिवादी कान्छा गुरुङको हकमा मिसिल प्राप्त भएको मितिले ३५ दिन भित्र साधक सम्वन्धमा निर्णय भइ आएपछि पेश गर्नु भन्ने यस अदालतको आदेश ।
३२. यसमा यि प्रतिवादी कान्छा ले अन्य दुइ जना प्रतिवादीहरु समेत भई मृतक वुढा झाक्री दामे लाई कुटपिट गरी मारेमा प्रतिवादी प्रहरी तथा अदालतमा सावित भई लाशलाई वोरामा हाली वुढी गण्डकी नदिमा फालेको भनि तिनै जनाले एकै मिलानको वयान गरेको देखिन्छ । मृतकको लाशफेला नपरेतापनि वुढा झाक्री दामे गुरुङ अन्यथा भइ मरे वा गायव भएको केहि कतैवाट देखिन नआएकोले उपरोक्त तथ्यलाई प्रमाणमा लिनुपर्ने देखिदा शुरु गोरखा जिल्ला अदालतले प्रतिवादी कान्छा लाई ज्यान सम्वन्धीको १३(३ अनुसमार निजलाइ १२ वर्ष कैद गर्ने राय लगाएको समेत मिलकै हुदा इन्साफ मनासिव ठहर्छ, सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति ०५५।२।१ को फैसला ।
३३. नियम वमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादि सुनाम सिंह गुरुङ र दामे सिंह गुरुङलाई ज्यान सम्वन्धी महलको १३(३) नं को कसुर गरेको ठहर्याई अ.वं १८८ नं वमोजिम जनही २ वर्ष कैद सजाय हुने गरी राय व्यक्त भएको र प्रतिवादी कान्छा गुरुङलाई मुलुकी ऐन ज्यान सम्वन्धीकको १३(३ नं अनुसमार जन्मकैद गर्ने गरेको र अ.वं १८८ नं अनुसार निजलाई १२ वर्ष कैद गर्ने राय लगाएको समेत सदर हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला उपर साधक जांचको लागि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पोखराको फैसला र अ.व. १८८ नं वमोजिम व्यक्त भएको साधक राय समेत सदर हुनुपर्ने हो होइन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।
३४. निर्णयतर्फ विचार गर्दा यसमा मिति ०५२।४।३ मा प्रतिवादीहरु दामे सिंह गुरुङ समेतले मृतक दामे गुरुङलाई लाती समेतले कुटपीट गरेका र सोही कुटपीटको कारणवाट निज दामे गुरुङको मृत्यु भएको र मृतक लाशलाई बुढी गण्डकी नदिमा लगी फ्याकेको कुरा थाहा पाएकोले निज अभियुक्तहरुलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त देखिन्छ । मिति ०५२।४।३ मा गाउँको वडा सदस्य जाम सिंहको घरको आगनमा अन्य गाउलेहरु समेत भइ वाटोघाटो सम्वन्धी विषयमा छलफल भइरहेको दमेस्या गुरुङ विरामी भएको र विरामी वनाई दिने झक्री तिमी नै होभनि हामी तिनैजनाले मृतक दामे गुरुङलाई भन्दा निजले विवादमात्र वढाइ रहेकोले रिस उठेकाले लातीले हिर्काएपछि निज दामे गुरुङ भुइमा लड्यो त्यसपछि हातको मुडकीले एकपटक गालामा र कन्चटको विचमा र त्यस पटि पनि टाउकाको अगाडीको कन्चट र साईडमा समेत हानेपछि निज दामे गुरुङ मरेको रहेछ त्यसपछि मट्टितेलको टुकी वाली सिस्नो समेत ल्याई मृतकको गालामा पोल्दा समेत नव्युतेपछि निज मरेको भन्ने कुरा पक्का भयो त्यसपछि हामीले मृतकलाई वोरामा हाल्यौ र बुढी गण्डकी नदिमा लगि फाली दियौ भनी आरोपित कसुर गरेमा सावित भई अधिकार प्राप्त अधिकारी र आदलतमा समेत प्रतिवादीहरु सावित छन । मिसिल सलग्न कागजातवाट प्रतिवादी सोनाम सिंह गुरुङ समेतको कुटपिट कै चोटवाट मृतक दामे गुरुङको मृत्यु भएको पुष्टी हुन्छ । पुनरावेदन अदालत समेतवाट प्रतिवादी कान्छा गुरुङ समेतलाई ज्यान सम्वन्धीको १३(३) नं वमोजिम अभियोग माग र ठहर समेत भएको देखिन्छ भने अ.व १८८ नं वमोजिम मतजविजी सजाय पनि प्रस्ताव भएको देखिन्छ ।
३५. तर प्रस्तुत मुद्दाको तथ्य हेर्दा प्रतिवादी कान्छा गुरुङ समेतको साविती वयानवाट यि प्रतिवादीहरुको मृतक दामे गुरुङ संग पूर्व रिसइवी रहे भएको देखिदैन । वडा सदस्य जमसिंहको घर आगनमा वाटोघाटो सम्वन्धी छलफल भएको र छलफल पछि मृतक पनि त्यही ठाउमा आएका र दमेस्यमा गुरुङ विरामी भएकी र मृतक दामे गुरुङले नै गाउँमा विरामी वनाई दिने गरेको भनि प्रतिवादीहरुसंग विवाद भई तत्काल रिस उठी प्रतिवादी सोनाम सिंह गुरुङ समेतले लात्ती मुडकीले मृतकलाई प्रहार गरेको र सोही चोटका कारण दामे गुरुङको मृत्यु भएको देखिन्छ । मृतकलाई कर्तव्य गरी मार्नमा यी प्रतिवादीहरुको पूर्व रिसइवि र योजना रहे भएको कुरा मिसिल संलग्न कागजवाट देखिदैन । मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं मा ज्यान मार्नाको मनसाय रहनेछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नु पर्दछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । ज्यान सम्वन्धीको महलको १३(३) मा उल्लेखित परिस्थिति र अवस्था नरहेको र लाती मुडकी प्रहार भई मृत्यु भएकोमा ज्यान सम्वन्धीको १४ नं लाग्ने देखिदा प्रतिवादीहरु सोनामसिंह गुरुङ दामे सिंह गुरुङ र कान्छा गुरुङलाई ज्यान सम्वन्धीको १३(३) नं अनुसार सजाय हुने ठहरयाएको पुनरावेदन अदालत समेतको फैसला उल्टी भइ ज्यान सम्वन्धीको १४ नं वमोजिम जनही १० वर्ष कैद हुने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
प्रतिवादी सोना सिंह गुरुङ दामे सिंह गुरुङ कान्छा गुरुङ के माथि ठहर खण्डमा लेखिएवमोजिम ज्यान सम्वन्धीको १३(३) नं वमोजिम सजाय गर्ने ठहर गरेको शुरु र पुनरावेदन अदालत समेतको फैसला उल्टी भई निजहरुलाई ज्यान सम्वन्धी महलको १४ ले वमोजिम जनही १० वर्ष कैद हुने ठहरेकोलेलगत कसी असुल गर्नु शुरु र पुनरावेदन अदालत समेतको फैसला उल्टी भई निजहरुलाई ज्यान सम्वन्धी महलको १४ नं वमोजिम जनही १० वर्ष कैद हुने ठहरेकोले लगत कमी असुल गर्नु शुरु गोरखा जिल्ला अदालतमा लेखि पठाउन...........१ फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनु .........१
मिसिल नियमानुसार वुझाई दिनु .....१
उक्त रायमा म सहमत छु ।
न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत् २०५५ साल चैत्र ५ गते रोज ६ शुभम्.......।