शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७७२ - कर्तव्य ज्यान

भाग: ४१ साल: २०५६ महिना: मंसिर अंक:

निर्णय नं ६७७२           ने.का.प. २०५६           अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश  श्री अरविन्दनाथ आचार्य

माननीय न्कयायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्वत २०५३ सालको फै.पु.नं.........१५४१

फैसला मिति : २०५५।२।२६।३

मुद्दा : कर्तव्य ज्यान ।

पुनरावेदक/प्रतिवादी : जि.वैतडी रुद्रेश्वर गा.वि.स वार्ड नं ३ वगडी घर भै हाल वैतडी कारागारमा वन्दी रहेका फरुवा ब्यहोरा समेत

विरुद्ध

प्रत्यर्थी/वादीः जम्मा वोहोराको जाहेरीको श्री ५ को सरकार

§  प्रतिवादी परुवा वोहोराले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतक छोरालार्इ रिठोको सप्काले २ चोट सम्म हानेको हुँ तुला वोहोरा संग झगडा हु.दा छुटयाइन भनेका देखिएता पनि अदालतमा आइ वयान गर्दा मृतकलाइ ढुंगा दाउराले हानेको होइन भनी कसुरमा इन्कार रही वयान गरेको पाइन्छ । प्रहरी चौकीमा दिएको निवेदन र जाहेरी दरखास्त समेतमा वुवा परुवा वोहोराले ढुंगा मुडकीले हिर्काएको भने अनुसार घाउ जांच केश फाराममा घाउ चोट देखिएको तर लास प्रकृति मुचुल्कामा मृतकको पिठ्यू भागमा चोट पटक भएको भन्ने देखिन नआएकोले प्रतिवादी परुवा वोहोराले छोडेको चोटवाटमृतको मृत्यु भएको देखिन आएन । तसर्थ निजको हकमा शुरु वैतडी जिल्ला अदालतले ज्यान सम्वनधीको १४ नं वमोजिम १० वर्ष कैदको सजाय हुने ठहर्‍याएको फैसला सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टी भई दावीको अभियोगवाट सफाइ पाउने । सो अभियोगवाट सफाइ पाएपनि सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २७ वमोजिम सरोकारवालले मुद्दा सकार गरेमा यसै मिसिलवाट कुटपिटमा कानून वमोजिम कारवाही गर्न प्रस्तुत मुद्दाको मिसिल शुरु वैतडी जिल्ला अदालतमा पठाई दिने ।

(प्र.नं २७)

§  प्रतिवादी तुला वोहोराको हकमा विचार गर्दा अण्डकोषमा समाती चोट पुर्‍याएको भन्ने अभियोग दावी भएकोमा कुटपिट भइसकेपछि सो कुटपिटवाट भएको घा जांच गराई पाउन परमल बोहोराले प्रहरीमा दिएको दरखास्तमा तुला वोहोराले नाभीमा जवर्जस्ती समाती शरीरको भित्री भागमा मरणासन्न अवस्थाको चोट पारेको भन्ने व्यहोरा उल्लेख गरेको छ । त्यस्तै मृतकको श्रीमती जस्मा वोहोराले दिएको जाहेरीमा सासु तुला वोहोराले गुप्तांङमा समाती निमोठेको भन्ने व्यहोरा उल्लेख भए अनुसार लाश प्रकृति मुचुल्कावाट मृतकको अण्डकोष सुनिएको भन्ने समेत देखिन आएवाट मृतकको मृत्युको कारण सोही अण्डकोष जस्तो सम्वेदनशील अंगमा पुर्‍याएको चोट नै भएको देखिन आएकोले प्रतिवादी तुला वोहोरालाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं वमोजिम दश (१०) वर्ष कैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ मनासिव देखिदा सदर हुने ।

(प्र.नं२८)

पुनरावेदक प्रतिवादी तर्फवाट विद्वान अधिवक्ता श्री मोहन गिरी

प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फवाट विद्वान वरिष्ठा सरकारी अधिवक्ता श्री बलराम के.सी.

अवलम्वित नजीर :

फैसला

     न्या. अरविन्दनाथ आचार्य : पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५३।५।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ख) अन्र्तगत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

      २.    मिति २०५१।२।७ गते अंश सम्वन्धी कुरामा मेरो बुवा परुवा वोहरासंग भनाभन हुँदा मेरी सौतेनी आमा तुला वोहरा आइ मलाई झम्टी नाभीमा जवरजस्ती समाती शरीरको भित्री भागमा मरणान्त अवस्थाको चोट पारी थला पारेको अवस्था वुवा परुवा वोहराले मेरो पिठ्युमा ५,६ चोट ढुंगाले हानी चोट पुर्‍याएकोले घा जांच केश फाराम भरी पाउँ भन्ने मृतक परमले वोहराले प्रहरी चौकी  सिमामा मिति २०५१।२।८ मा दिएको निवेदन ।

      ३.    मिति ०५१।२।७ गतेका दिन मेरो लोग्ने परमासूल वोहरा र मेरै ससुरा परुवा वोहरा तथा सौतेनी सासू श्रीमती तुला वोहरा वीच अंशवण्डाको सम्वन्धमा झै झगडमा हुँदा सासु तुलाले लोग्नेको गुप्ताग अण्डोकोष समाती निमोठेको र ससुराले ढुंगाले हानी अशक्त वनाएका । सोही समयदेखि लोग्ने मृतक परमल वोहरा पिडाले थला पर्नु भएकोमा ऐ ८ गते वोकाई उपचारको लागि हेल्थपोष्ट दोथला दार्चुलामा लगी घा जांच गरार्इ औषधी समेत लिई उपचार गर्दागर्दै सोही पिडावाट लोग्ने परमल वोहराको ०५१।२।१३ गते राती मृत्यु भएकोले अन्यायीहरु उपर कारवाई गरी पाउँ भन्ने मिति ०५१।२।१४ गते श्रीमती जस्मा वोहराले दिएको अपराधको सुचना ।

      ४.    मृतक लासको नाभी भागको केही तल निलो कालो घेरा भएको लिंग खुम्चिएको अण्डकोष केही सुनिएको अन्य चोट पटककेही नदेखिएको भन्ने ०५१।२।१६ गतेको घटनास्थल तथा लास प्रकृति मुचुल्का र लास सडी गली दुर्गन्ध आर्इसकेको पोष्टमार्टम गर्न नसकिने स्थितको भएको भन्ने ०५१।२।१६ को मुचुल्का ।

      ५.    मिति ०५१।२।७ गतेका दिन मृतक छोरा र मेरो परिवार वीच जग्गा सिमाना सम्वन्धी झगडा हुँदा गाउँका उपाध्यक्ष वीरवल वोहराले सो जग्गाको सिमाना वार हाली सिमाना अलगगरी दिएको थियो । भोलीपल्ट मेरी भाउजुले सो वार फाली दिंदा मृतक छोरा र श्रीमती तुला वीच झगडा भई एकआपसमा लछारपछार हुदा रिस उठी दुवैलाई गाली गर्दै मृतक छोरा परमल वोहरालाई रिठाको सिम्कोले दुई चोटहानेको हुं । निज दुवै जना सो ठाउँवाट केही पर विरवल वोहराको पिठालु वारीमा गई श्रीमती र मृतक छोरा वीच भम्टा झम्टी भई श्रीमती तुलाले मृतकको दुवै खुट्टाको बचिमा टाउको हालेकी थिइन । मृतक छोरा परमल मलाई छुटाई देउभनी कराउदै थियो मरे मर म कसैलाई छुट्याउदैन नी म सो ठाउँमा गइन ।पछि छिमेकी श्रीमती जोगेनी समेतले दुवैलाई छुट्याई अलग गरी दिएको हो । सो समयदेखि मृतक छोरा थला परी घरवाट वाहिर निस्केन । ऐ.८ गते गाउँका मानिसहरुले मृतक छोरालाई वोकी इलाका हेल्थपोष्ट देवला दार्चुलामा लगेका थिए उपचार गर्दागर्दै ऐ १३ गते राती निज मृतक परमल वोहराको मृत्यु भएको हो भन्ने प्रतिवादी परुवा वोहराको मिति ०५१।२।१७ गते प्रहरीमा गरेको वयान कागज ।

      ६.    छोरा परमल वोहराले मलाई अशंको भाग हिस्सा कमी दिएका छौ भनी मेरा लाग्ने परुवा वोहरा र मसंग झगडा गरी रहने गर्दथे । यस्तैमा मिति ०५१।२।७ गते वाटो सिमानामा वार हालेको सम्वन्धी कुरा लिई मृतक सौतेलो छोरा परमल वोहरा रक्सी सेवन गरी मेरो घर आगनमा आर्इ मेरो लोग्नेसंग झगडा गर्दा मलाई रिस उठी गाली गर्दे मृतकको शरीरमा झम्टी दुवै वीच लछारपछार हुँदा कै अवस्था मेरो लोग्ने परुवा वोहरा आई निज परमललाई रिठाको लौरो समाती दुई चोट ठाउको र गर्धनमा हान्दा निज माथि अध्यक्ष विरवल वोहराको पिठालूको खेतमा गई फेरी गाली गर्न लाग्दा मलाई रिस उठी निज भएको ठाउमा गई निजका दुवै खुट्टा समाती दुई खुट्टाकोवीचमा ठाउको हाली दुवै हातले निज मृतकको पिसाव नली(लिग) तथा अण्डकोष समाती तानी मैले छोड्दै नछोड्दा मृतकले मलार्इ छुटाइ देउ भनी ३ / ४ पटक भन्दै करायो । मेरो लोग्ने परुवाले घर आगनवाट मैले छुट्टाउदैन जे गर्छौ गर भन्दै थिए सोही अवस्था श्रीमती जोगेनी वोहरा समेत छुटाएका हुन । उक्त दिन देखि मृतक थला परी ऐ ८ गते उचारको लागि गाउँलेहरुले खटियामा राखी वोकी इलाका हेल्थपोष्ट दार्चुलामा लगेका हुन उपचार गर्दा गर्दे ऐ १३ गते राती निज परमलको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी तुला वोहराले मिति ०५१।२।१७ गते प्रहरीमा गरेको वयान कागज ।

      ७.    पछाडि पट्टी रिडको हड्डीमा चोट पटक हुँदा सोही ठाउमा १।४"  १।६" को राती निलो सुनिएको धक्का मुक्कावाट चोट परेको देखिन्छ । कम्मरमा भित्री चोट परेको पाइयो भन्ने इलाका हेल्थपोष्ट देथला दार्चुलाले गरेको मिति ०५१।२।९ को घा जांच केश फाराम ।

      ८.    मिति ०५१।२।७ गते अं. ९.१० वजेतिर मृतक र निजकी सौतेनी आमा तुला वोहरा वीच झगडा भई तुला वोहराले मृतकको तल्लो अंगमा लिंग अण्डकोष समाती हानी निमोठीरहेको देखी सो ठाउँमा गई दुवै जनालाइ छुट्याई दिएको हुं । सो समय मुतकको बुवा परुवा वोहरा घर आगनमा उभिई रहेका थिए । सोही दिन देखि मृतक थला गरी जेष्ठ १३ गते मृत्यु  भएको हो भन्ने श्रीमती मने वोहराको ०५१।२।२० को ठाडो कागज ।

      ९.    मिति ०५१।२।६ गतेका दिन मृतक र परुवा तुला वोहरा वीच झगडा भई आ आफ्नो सिमानामा वार हालेको रहेछ । भोलीपल्ट मैले सो वार फाली दिदा दुवै वीच झगडा भएको सुनेकी हुं । झगडा भएकै दिन देखि मृतक थला परी जेष्ठ १३ गते राती परमल वोहराको मुत्यु भएको हो भन्ने श्रीमती लक्ष्या वोहराले प्रहरीमा गरेको कागज ।

      १०.    मिति ०५१।२।७ गते मृतक परमल वोहरा र निजको सौतेनी आमा तुला वोहरा झगडा गरी एक आपसमा लछारपछार गर्दै गुल्ठिएका र मृतक परमल वोहरा कराएको सुनी म समेत सो ठाउँमा गई दुवै जनालाई छुट्याई दिएको हुं । मृतक सोही दिन देखि थला परी जेष्ठ १३ गते मृत्यु भएको हो भन्ने समेत व्यहोराको करिव एकै मिलानको मिति ०५१।२।२० गते श्रीमती जोगेनी वोहरा श्रीमती गोविन्द वोहरा श्रीमती विपना वोहराले गरेको कागज ।

      ११.    मिति ०५१।२।७ गतेका दिन वाटोको सिमाना सम्वन्धी कुरा लिई परुवा वोहरा घर आगनमा हो हल्ला भएको सुनी केको हल्ला हो भनी सो ठाउमा गई हेर्दा मृतक परमल र निजकी सौतेनी आमा वीच झगडा भई एक आपसमा तानातान लुछालुछ भएको देखि म समेतले छुट्याई दिएका हो । मृतक सोही समय देखि हिडडुल गर्न नसक्ने पिडावाट थला परि एै ८ गते म समेतले वोकी इलाका हेल्थपोष्ट देवलामा लागि औषधी समेत लिई ऐ. १० गते घरमा ल्याएका हौ । के कसरी कस्तो चोटवाट पिडा भएको छ भनी मृतकलाई भन्दा सौतेनी आम तुलाले मेरो अण्डकोष लिंग लुछी तानी निमोठेको र पछाडि ढाडमा ढुंगाले हिर्काएको मलाई सारै दुखीरहेको छ भनी भन्ने गर्दथ्यो । मृतकलाई वारदात भन्दा पहिला कुनै रोग थिएन भन्ने विपल वोहराको मिति ०५१।२।२० को कागज ।

      १२.   मिति ०५१।२।७ गतेका दिन वाटोको सिमानामा हालेको वार सम्वन्धी कुरा लिई मृतक र श्रीमती तुला वीच झै झगडा हुँदा मृतक थला वरी उपचार गर्दा गर्दे एै. जेष्ठ १३ गते परमल वोहराको मृत्यु भएको हो । तुला वोहराले मृतकको अण्डकोष तानी निमोठदा मृतक कराएको सुनेका हौ । मृतकका वावु परुवा वोहराले हाने नहानेको हामलिाई थाहा छैन । मृतकको अण्डकोष  र लिंगको दुखाइवाट भएको हो भन्ने करीवर वोहरा समेतको जना ९ ले करिव एकै मिलानले गरी दिएको मिति ०५१।२।२० को सर्जमिन मुचुल्का ।

      १३.   घरमा मेरा आमा वुवाले मलाई कुटपिट गरेकाले पेटमा दखल पारी यताउता चलन नसक्ने पानी पनि खान नसक्ने भएको छु भनी मृतक परमल वोहराले सुदुर पश्चिमान्चल  डिभिजन सडक कार्यालय नं ३ का खरिदार नाममा मिति २०५१।२।१२ गते पठाएको रजिष्ट्री पत्र।

      १४.   अभियुक्त परुवा वोहरा र श्रीमती तुला वोहराले मृतक परमल वोहरालाई ज्यान सम्वन्धीको १ नं विपरित एवं ऐ.को ९ र १० वमोजिम कुटपिट गरी शरिरको सम्वेदनशिल अंग लिंग अण्डकोष र कम्मर जस्तो ठाउँमा चोट पुर्‍याई त्यसै चोटको पिडाले उठ्न नसकी ७ दिन भित्र मृतक परमल वोहराको मृत्यु भएको संकलित सवुद प्रमाणहरुवाट प्रमाणित हुन आएकेले यी अभियुक्तहरु तुला वोहरा र परुवा वोहरालाई ज्यान सम्वन्धीको १३(३) नं वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग पत्र ।

      १५.   २०५१ साल जेष्ठ ६ गते घरको आगन विषयमा झगडा भई वुहारी जस्माले अध्यक्ष विरपल वोहारालाई वोलाई आगन छुटाई वार हालेकी थिइन । ऐ ७ गते भाउजु लक्ष्या वोहरा आई यो आगन वाटोमा कसले वार हाल्यो भनी फालेर भित्र पसिन । वार फालने वेला मृतकको छोराले देखी आफ्ना वावुसंग वार फालेको कुरा भनी त्यतिकैमा छोरा परमल तलवाट आई रण्डी मेरो वार किन फालिस भनी मेरी श्रीमती तुलालाई गाली गर्न लाग्यो तुला वाहिर आइन । म भित्र भात खादै थिए । त्यसै समयमा वाहिर २,३ चोट हानेको आवाज सुनी खाना छोडी वाहिर आई किन झगडा गर्छौ भनी छोरा र श्रीमतीलाई हप्काई छुटाए । परमलले विरपल वोहराको पिडालु वारीमा गई लौ आइजा रण्डी तलाई मार्छु भनी तुलालाई गाली गरेको अवस्था तुला परमल भएको ठाउँमा गई परमलको खुट्टामा अगालो हाली मलाई मार्नै नै होस लौ मार भन्न लागिन म त्यहा गइन । आगनवाट तुलालाई परमलको टा.ग मुनी देखेको हुं । जोगेनी वोहरा, भनै वोहरा समेतले छुटाएका हुन । तुलाले परमलको अण्डकोष लिंग समाती तानेको दमल गरेको मैले देखिन । मैले मृतक परमललाई दाउरा ढुंगाले हानेको पनि होइन । जेष्ठ ८ गते  छोरा परमललाई हेल्थपोष्ट देहथला लगेको देखेको हुं । परमललले परिवार नियोजन गरेको हुनाले कहिले काही पेटमा सारो सारो गोला आउछ, छाती मुनी जलन हन्छ पसिना आउँछ भन्थ्यो । निजको शरिरमा पानी खन्याएपछि निको हुने रोग थियो । निजको मुत्यु त्यही पुरानो पेटको विरामीवाट भएको हुनुपर्छ । म र श्रीमती तुलाले कुटपिट गरेको कारण छैन । हामीहरुले निजलाई कुटपिट गरेका हैनौ भन्ने समेत व्यहोराको प्रतिवादी परुवा वोहराले अदालतमा गरेको वयान ।

      १६.    २०५१साल जेष्ठ ६ गते वुहारी जस्माले अंगनमा ठाडो वार हालेक थिइन । ऐ ७ गते मेरी जेठानी लक्ष्या वोहरा आई आंगनमा कांडा किन ल्याए भनी सो वार फाली दिएकी थिइन । सोही अवस्था परमलले वार फाल्ने रण्डी भनी मलाई गाली गरी घांटीमा समाती उठाइ २ चोट लातीले हानेपछि निज विरपल वोहराको पिडालु वारीमा गएं । त्यहीवाट अव खालीस रण्डी, आइजा माथि तेरो खुन खान्छु भनी गाली गरेकाले लौ मार भनी म त्यहाँ गई टाउको निहुराई मार भनी परमललाई भनेकी हुँ । परमलका हातमा दाउरा थियो । हामी दुई वीच हातपात केही नभई मुखले मात्र कल झगडा भइराखेको थियो । मेरो लोग्ने परुवाले हामीहरुलाई छुटाउन नसकी थिनीहरु मरिहाल्छन् भन्दा विस्ता जोगनी, गोविन्दा भने वोहरा समेत आइ छुटाईदिएका हुन मेरो पति परुवाको परमललाई कुटपिट केही गरेका होइनन् । रक्सी खाई दिनहुं किन झगडा गर्छस भनी छोरालाई र किन वोल्छेस भनी मलाई हप्काएका हुन । जेष्ठ १३ गते विहान उज्यालो हुने वेला परमलको मृत्यु भयो भनी सुनेको थिए । मलाई ज्वरो आएकोले परमलको घर गइन । परमल के भई मरेछ मलाई थाहा छैन । मेले परमलको अण्डकोकष लिंग समाती निमोठेको साथै मेरा लोग्नेले दाउराले हानेको समेत केही होइन । हामीहरुको कुटपिटको कारण निजको मृत्यु भएको भन्ने दावी झुट्टा हो भन्ने समेत व्होराको प्रतिवादी तुला वोहराले अदालतमा गरेको वयान।

      १७.   आदेशानुरा सर्जमिनका विसराम लुहार अगवर वोहरा वहादुर वोहराकोहिरुवाजोशी कृष्णे वोहरा प्रतिवादीका साक्षी फुचे वोहरा, जया वोहरा अकवर वोहरा र जाहेरवाला जस्मा देवी वोहरा समेतले अदालतमा उपस्थित भई गरि दिएको वकपत्र ।

      १८.   मार्नुपर्ने पूर्ण मनसाय पनि नभएको, ज्यान लिनु पर्ने पूर्व इक्ष्र्या पनि नदेखिएको लुकीचोरी पनि नहानेको आपसमा झगडा भै कुटपिट भएको र कुनै जोखिम हतियारले समेत हानेको नदेखिदा तुला वोहराले हातले नलपल तानेर परुवाले लाठाढुंगाले हान्नेसम्म गरेको देखिंदा प्रतिवादीहरु तुला वोहरा र परुवा वोहरालाई मु.ऐ ज्यान सम्वन्धीको १४ नं ले १०,१० वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु वैतडी जिल्ला अदालतको मिति ०५२।५।६ को फैसला ।

      १९.    शुरु वैतडी जिल्ला अदालतले हामीलाई कसुरदार ठहराई गरेको फैसला उपर चित्त वुझेन । हाम्रो छोरा परमलको मृत्यु भएको छ । तर निजको मृत्यु हाम्रो कारणले हुन गएको हुने निश्चित कारण र आधार विद्यमान छैन । कुनै साक्षी प्रमाणवाट पनि हाम्रो तर्फवाट कुनै सांघातिक प्रहार भएको पुष्टि नभएको अवस्थामा अस्पष्ट र अज्ञात कारणवाट भएको मृत्युलाई कसुर परिभाषित गरी ज्यान सम्वन्धीको १४ नं प्रयोग गरी हामीलाई सजाय गर्ने गरेको शुरुको कानूनी त्रुटिपूर्ण फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहेराको प्रतिवादीहरु तुला वोहरा र परुवा वोहराको संयुकक्त पनरावेदन पत्र ।

      २०.   प्रतिवादीहरु श्रीमती तुला वोहरा र परुवा वोहरालाई ज्यान सम्वन्धी १३(३) अनुसार सजाय गर्नुपर्नेमा शुरु वैतडी जिल्ला आदालतले ज्यान सम्वन्धीको १४ नं अनुसार सजाय गर्ने गरेको फैसला उपर चित्त वुझेन । श्रीमती तुला वोहराले अण्डकोष लिंग जस्तो सम्वेदनशिल अंग तानी दलमल गरेकी र परुवा वोहराले कुटपिट गरेको अवस्ता देखिएकोमा शुरु अदालतले मार्नु पर्ने सम्मको पूर्व रिसइवी नभएको भनी प्रतिवादी दुवैलाई १०,१० वर्ष कैद गर्ने गरेको फैसला वदर गरी शुरु अभियोग पत्र माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फको पुनरावेदन पत्र ।

      २१.   तत्काल रिस थाम्न नसकी मृतक माथि प्रतिवादीहरु श्रीमती तुला बोहरा र परुवा बोहराले चोट छाड्दाका कारण परमल बोहराको मृत्यु भएको देखिन आउँदा ज्यान सम्वन्धीको १४ नं वमोजिम १०, १० वर्ष कैद गर्ने गरेके वैतडी जिल्ला अदालतके फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहेराको पुनरावेदन आदालत महेन्द्रनगरको मिति ०५३।५।४।३ को फैसला ।

      २२.   मुद्दामा मृत्युको कारण निश्चयात्मक रुपमा खुल्कन सकेको छैन । लाशको पोष्टमार्टम पनि भएको छैन । मौकाको व्यक्ति जोगेनी विष्ट समेतको वयानवाट म परुवाले कुनै चोट नछाडेको प्रष्ट देखिएको छ । अकस्मात सुजना भएको विवादमा म तुला माथि नै मृतक आक्रमक भएको कारण छोराको मृत्यु हुन गएको वास्तविकता एकातर्फ छ भने दुर्घटनाको कारक तत्व हामी घोषित हुनु (Equity and good conscience) समेतको विरुद्ध छ । अतः घटनाको सम्पूर्ण तथ्यगत वास्तविकताको विपरित हामीलाई ज्यान सम्वन्धी १४ नं अन्र्तगत सजाय गर्ने गरेको शुरु वैतडी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत महेनद्रनगरको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी अभियोग दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुकको यस अदालतमा परेको पुनरावेदन ।

      २३.   मृतकले वारदातको भोलिपल्टै दिएको निवेदनमा उल्लेख गरेको व्यहोरा लाश जांच प्रकृति मुचुल्कावाट पुष्टी नभएको र जाहेरवालीले अदालतमा वकपत्र गर्दा परुवा वोहोराले कुटेनन् भनि आफ्नो लोग्नेले भनेको व्यहोरा लेखाइ दिएको  देखिदा परुवा वोहराले मृतक छोरालाई कुटपिट गरेको भन्ने कुराको तथ्यगत रुपमा पुष्टि हुन नआएको र प्र. तुला वोहोराले गुप्ताङ्गमा समाएको भन्ने वारदात भएको भोलिपल्ट दिएको निवेदनमा उल्लेख भएको नदेखिदा पुनरावेदन अदालत महेन्द्रनगरको फैसला फरक पर्न सक्ने हुँदा अ.वं २०२ नं वमोजिम विपक्षी झिकाउने भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५४।१२।२६ को आदेश ।

      २४.   निया वानेजिा मुद्दा पेश सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री मोहन गिरीले मृत्युको कारण नै खुल्न नसकेको र पोष्टमार्टम नै नभएको अवस्थामा मृतकको मृत्यु कर्तव्यवाट नै भएको हो भनि अदालतले अनुमान गर्न मिलदैन । परुवा वोहोराको वारदातमा कुने संलग्नता नै नभएकोले पूर्ण सफाइ र प्र. तुला वोहराको हकमा ज्यान सम्वन्धीको ५ नं अनुसार भवितव्य आकर्षण हुने हो भन्ने र वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सीले मृतकको श्रीमती जाहेरवाली जस्मा वोहोरा माइतवाट फर्की आएपछि लोग्नेकै मुखवाट घटनाको यथार्थ जानकारी पाइ तदनुरुप जाहेरी दर्खास्त दिइएको छ र सर्जमिनका अकवर वोहोरा समेतका व्यक्तिहरुको भनाईवाट जाहेरी दर्खास्तको व्यहोरा पुष्टि हुन आएकोले पुनरावेदन अदालतको फैसला यथावत कायम रहनु पर्दछ भनि गर्नु भएको वहस समेत सुनि प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १४ नं अनुसार सजाय गर्ने भएको वहस समेत सुनि प्रतिवादीहरुलाई ज्यान सम्वन्धीको १४ नं. अनुसार सजाय गर्ने ठहर्‍याएको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ मुनासिव छ छैन सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

      २५.   आज निर्णय सुनाउने तारिख तोकिएकोमा निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरु परुवा वोहोरा र तुला वोहोराले मृतक परमल वोहरालाई कुटपिट गरी लिङ्ग अण्डकोष जस्तो सम्वेदनशील अंगमा चोट पुर्‍याई त्यसै चोट पिडावाट ७ दिन भित्र परमल वोहोराको मृत्यु भएकोले प्रतिवादीहरुलाई ज्यान सम्वन्धी १३(३) नं वमोजिम सजाय गरी पाउँ भन्ने अभियोग दावी भएकोमा ज्यान सम्वन्धीको १४ नं अनुसार दश । दश वर्ष कैद गर्नेठहर्‍याएको शुरु वैतडी जिल्ला अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत महेन्द्रनगरको शुरुको फैसला सदर हुने ठहर्‍याएको फैसला उपर प्रतिवादीहरुको यस अदालतमा पुनरावेदन परेको देखियो।

      २६.   यसमा मिति ०५१।२।७ मा मृतक र प्रतिवादीहरु वीच कुटपीटको वारदात भएको तथ्यमा प्रतिवादीहरु सावित नै रहेको देखिंदा विवाद दखिएन । कुटपिटको वारदात पति मृतक परमल वपोहोराले सिमा प्रहरी चौकीमा दिएको निवेदनमा सौतेनी आमा तुला वोहाराले मेरो नाभीमा समाई शरीरको भित्री भागमा चोटपारी मरणान्त वनाएको भन्ने उल्लेख भैरहेको देखिन्छ । मिति ०५१।२।१४ मा मृतककी श्रीमती जस्मा वोहराले दिएको दरखास्तमा वारदातमा तुला वोहोराले मृतकको गुप्ताङ्ग समाई निमोठेको र परुवा वोहरले पिठ्युंमा ढुंगाले हानेके भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । र लाशजांच प्रकृति मुचुल्कामा मृतकको नाभी भागको केहीतल कालो निलो गोलो घेरा भएको  भन्ने उल्लोख भै रहेको देखिएको । वुझिएका कृष्णे वोहारा समेतको अदालत समक्ष भएको वकपत्र समेतवाट मृतक कुटपिटवाट थला परी सोही चोट पिरवाट मिति ०५१।२।१३ मा मृत्यु भएको भन्ने देखिन आएवाट मृतकको मृत्यु कुटपिटवाट परेको चोटपिडावाट नै भएको देखियो ।

      २७.   अव को कस्को संलग्नतामा मृतकलाई कुटपिट गरेका हरेछन् भन्ने तर्फ विचार गर्दा कुटपिटको वारदात पछि प्रहरी चौकीमा दिएको निवेदनमा तुला वोहोराले नाभीमा समाएको र परुवा वोहोकराले संगाले ५,६ चोट पिठ्युमा हानेको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । मृतककी श्रीमती जस्मा वोहोराले दिएको जाहेरी दर्खास्तमा पनि सासू तुला वोहोराले गुप्ताङ्ग समाती निमोठेका र ससुरा परुवाले ढुंगाले पिठ्युंमा हानेको व्यहोरा उल्लेख भएको  पाइन्छ । प्रतिवादी परुवा वोहोराले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा मृतक छोरालाई रिठोको सप्काले २ चोट सम्म हानेको हुँ तुला वोहोरा संग झगडा हुँदा छुट्याइन भनेका देखिएता पनि अदालतमा आई वयान गर्दा मृतकलार्इ ढुंगा दाउराले हानेको होइन भनी कसुरमा इन्कार रही वयान गरेको पाइन्छ । प्रहरी चौकीमा दिएको निवेदन र जाहेरी दर्खास्त समेतमा वुवा परुवा वोहोराले ढुंगामुडकीले हिर्काएको भन्ने अनुसार घा.जांच केश फारमामा घा चोट देखिएको तर लास प्रकृति मुचुल्कामा मृतकको पिठ्यु भागमा चोट पटक भएको भन्ने देखिन नआएकोले प्रतिवादी परुवा वोहोराले छोडेके चोटवाट मृतकको मृत्यु भएको देखिन आएन । असर्थ निजको हकमा शुरु वैतडी जिल्ला आदालतले ज्यान सम्वन्धीको १४ नं वमोजिम १० वर्ष कैदको सजाय हुने ठहरयाएको फैसला सदर गरको पुनरावेदन अदालत महेन्द्रनगरके फैसला उल्टी भई दावीको अभियोगवाट सफाइ पाउने ठहर्छ । सो अभियोगवाट सफाइ पाएपनि सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा २७ वमोजिम सरोकारवालाले मुद्दा सकार गरेमा यसै मिसिलवाट कुटपिटमा कानून वमोजिम कारवाही गर्न प्रस्तुत मुद्दाको मिसिल शुरु वैतडी जिल्ला अदालतमा पठाई दिनु ।

      २८.   प्रतिवादी तुला वोहोराको हकमा विचार गर्दा अण्डकोषमा समाती चोट पुर्‍याएको भन्ने अभियोग दावी भएकोमा कुटपिट भइसकेपछि सो कुटपिटवाट भएको घद्दा जांच गरार्य पाउन परमल वोहोराले प्रहरीमा दिएको दस्तखतमा तुला वोहोराले नाभीमा जवर्जस्ती समाती शरीरको भित्री भागमा मरणान्त अवस्थाको चोट पारेको भन्ने व्यहोरा उल्लेख गरेको छ । त्यस्तै मृतकको श्रीमती उल्लेख गरेकोक छ । त्यस्तै मृतकको श्री मती जस्मा वोहोराले दिएको जाहेरीमा सासू तुला वोहोराले गुप्ताङ्गमासमाती निमोठेको भन्ने व्यहोरा उल्लेख भए अनुसार लाश प्रकृतिमुचुल्कावाट मृतकको अण्डकोष सुनिएको भन्ने समेत देखिन आएवाट मृतककको मृत्युको कारण सोही अण्डकोष जस्ते सम्वेदनशील अंगमा पुर्‍याएको चोट नै भएको देखिन आएकोले प्रतिवादी तुला वोहोरालाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं वमोजिम दश (१०) वर्ष कैदको सजाय हुने ठहरयाएको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ मनासिव देखिदा सदर हुने ठहर्छ । प्रकतिवादी तुला वोहोराले अदालतमा वयान गर्दा मृतकलाई कुटपिट गरेको र अण्डकोषमा समातेको समेत होइन भनेको देखिंदा कुटपिट नै नभएको भनि जिकिर लिएको अवस्थामा पछि भवितव्यमा लिएको जिकिर तर्फसंगत देखिएकन । भवितव्य परको भन्ने प्रतिवादी तुला वोहोराको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल वमोजिम गरी मिसिल नियमानुकसार वुझाई दिनु।

 

तपसिल

प्रतिवादी परुवा वोहोरा के माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम पुनरावेदन अदालत महेनद्रनगरको फैसला उल्टी भै कसुरवाट सफाइ पाउने ठहरेकोले निज प्र. परुवा वोहोरा कारागार शाखा वैतडीमा थुनामा रहेको देखिंदा निजलाई अन्य मुद्दाको थुनावाट छाडिदिनु भनि कारगार शाखा वैतडीमा लेखि पठाउनु .....१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति सम्बत् २०५५ साल जेष्ठ २६ गते रोज ३ शुभम्............।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु