निर्णय नं. ५०१२ - अंश चलन ।

निर्णय नं.५०१२ ने.का.प २०५१ अङ्क ११
सयुंक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ
सम्वत २०४८ सालको दे.पु.नं. ३५३,३५९,३९९
फैसला मितिः-२०५१।१०।४।४
मुद्दाः अंश चलन ।
निवेदकः काठमाडौं जिल्ला का.न.पा.वडा नं.१ नक्साल नारायण चौर बस्ने शिन बहादुर अधिकारी।
विरुद्ध
विपक्षीः ऐ.ऐ बस्ने उषा अधिकारी ।
ऐ.ऐ बस्ने सुरज अधिकारी ।
रामनाथको मुद्दा सकार गर्ने ऐ.ऐ बस्ने उषा अधिकारी ।
ऐ.ऐ बस्ने सुरज अधिकारी ।
विरुद्ध
विपक्षीः ऐ.ऐ बस्ने शंकर अधिकारी ।
ऐ.ऐ बस्ने शिव प्रसाद अधिकारी ।
ऐ.ऐ बस्ने ध्रुव प्रसाद अधिकारी ।
ऐ. घर भई हाल का.जि.का.न.पा.वडा नं. १० बानेश्वर बस्ने भरत प्रसाद अधिकारी ।
पुनरावेदक वादीः शंकर अधिकारीको मु.स. गर्ने का.न.प.वडा नं. १ नक्साल नारायण चौर बस्ने अञ्जु अधिकारी ।
विरुद्ध
विपक्षी,वादीः- रामनाथको मु.स. गर्ने ऐ.ऐ बस्ने उषा अधिकारी ।
ऐजनको मु.स. गर्ने ऐ.ऐ बस्ने सुजरज अधिकारी ।
अंशबण्डा गर्ने निर्णय गर्नु पूर्व मानो छुट्टिएको मिति कायम गरी पक्ष विपक्षीबाट तायदाती लिने सुनाउने प्रकृया पुरा गर्नु अंशवण्डाको महलले वाध्यात्मक व्यवस्था गरेको छ ।सो व्यस्था बमोजिम मानो छुट्टिएको मिति कायाम नगरी अंशबण्डाको २०।२१,२२,२३ नं. को प्रकृया अपनाउनु भनी पुनरावेदन अदालक पाटनबाट भएको निर्णय मिलेको नदेखिने ।
(प्र.नं.१३)
जिल्ला अदालतले अशंबण्डा गरी पाउं भन्ने वादी दावी नपुग्ने भन्ने ठहर गरे उपर पुनरावेदन तहबाट हेर्दा बण्डा गर्नुपर्ने अवस्था देखिएमा सोही अदालातले मानो छुट्टिएको मिति काय गरी तायदाती मागी बण्डा गरी दिने फैसला गरिदिनु कानूनसंगत हुन्छ ।आफूले गर्नुपर्ने कार्य नगरी मानो छेट्टिएको मिति समेत कायम नगरी शुरु जिल्ला अदालतमा निर्णय गर्ने पठाउने पुनरावेदन अदालत पाटनको निर्णय मिलेको नहुंदा बदर हुने।
(प्र.नं १३)
निवेदक तर्फबाटःविद्वान अधिचक्ता श्री राम प्रसाद रेग्मी ।
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल ।
अवलम्बित नजीरःX
फैसला
न्या.गोविन्द बहादुर श्रेष्ठः-प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. पिता घनानाथ र माता रेणुका देवावाट ५ कोछोरा जन्म भएको जेठ म फिरादी माहिला भरत प्रसाद,साहिला शिव प्रसाद,काहिला शंकर प्रसाद र कान्छा ध्रुव अधिकारीको जाय जन्म भै माता रेणुका २०१०।१२ साल तिर पिता घनानाथ २०३३।६।२ मा परलोक भएपछि घरको मुख्य भै विपक्षी शंकर अधिकारीले व्यवहार चलाइ आएको २० वर्ष पहिले देखि नोकरी गरी विभिन्न ठांउमा जने आउने गरी आएकोमा पिताक मृत्यु पश्चात पिताको नाउंको चल अचल सम्पति विपक्षीहरुले कि कुन व्यहोराले मलाइ थाहा जानकारी नदिइ आफ्ना नाममा दाखेल खारेज छन भन्ने सुनेको थिए विपक्षी शंकर अधिकारीले केहि सम्पति हक हस्तान्तरण गरी दिएवाट दाजु भाइ बीच झगडाभे विपक्षी शिव प्रसाद अधिकारीले विपक्षी शंकर समेतक नाममा लिखित बदर मुद्दा दिनु भै पेटवोलिबाट मैले वयान गर्दा अंश भएको छैन भनी बयान गरेको र अंश बण्डा गर्नु पर्यो भनी विपक्षलाई भन्दा घरको मुख्य भै आएको शंकार अधिकारीले यो घरमा टेक्न दिन्न जानेको गर भनेको र अन्य विपक्षीले निजैलाई सहयोग गरेकोले फिराद गर्न आएको छु फिराद परेको अधिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी विपक्षीहरुबाट अंश बण्डाको २०,२१,२२,२३ नं.बमोजिम वण्डा गर्नु पर्ने सम्पतिको तायदाती फाटंवारी लिइ ५ भागको मेरा १ भाग सम्पतिको अड्डैबाट छुट्याई चलन समेत चलाइ पाउं भन्ने समेत व्यहोराको मिति २०४४।५।१।४ को रामनाथ अधिकारीको फिराद पत्र ।
३. विपक्षीले अंश वण्डा भएको छैन भनी लेखेको झुठ्ठा हो। विपक्षीले पुस्तेवारीमा सौतेनि आमा प्रेम कुमारीलाई नदेखाए पनि उहां जिवितै हुनुहुन्छ ।५ अंशियार भन्ने कुरा झुटो हो ।विपक्षीवादी समेतका अंशियारहारुले घरसारमै काकी चन्द्र कुमारी भै मेरो अंश भाग वापत रूपैंया देउ वा जग्गा देउ भनी मागेबाट सबै अंशियारले चल सम्पति हात हातै लिनु दिनु गरी अचल अंश वापत म शंकर अधिकारीवाट रुपैंया बुझिलिएको कागजहरु समेत महजुदे हुदां दोहोरा अंश दिनुपर्ने होइन । २०३८ साल जेठमा चल अचल सम्पति हात हातै भागी शान्ति मिलाइ मेरो अंश भागको का.न.प वडा नं.१ कि.नं. १२०८ को ०-३-०-१ तिमी भाइलाइ नै आजका मितिमा छोड पत्र गरी दिएको छु भनी दाजु भरतलाई समेत साक्षी राखि कागज गरीदिनु भएपछि सो जग्गा पछितेजबहादुरलाई पारित गरीदिएको थिए । विपक्षीहरुले म संग आफ्नो अंश हक वापतमा रुपैंया लिने र कसैले जग्गानै लिइ मलाइ नै छोडपत्र गरीदिइ म बाट हक छुट्याई पारित गराउने समेत गरी आएकोबाट संशोधित अंश वण्डा ३० नं.अनुकुल अंश छुटिइ सकेको प्रमाणित हुने नै हुदां मैले दोहर्याइ अंश दिनुपर्ने होइन वादी दावी झुठ्ठा ठहराइ झुठ्ठा फिराद गरेमा वादीलाइनै सजाय गरि पाउं भन्ने समेत व्यहोराको मिति २०४५।८१५ को शंकार अधिकारीको प्रतिउत्तर पत्र ।
४. प्रतिवादी शंकर अधिकारीले घर व्यवहार चलाइ आएका हामी ५ दाजुभाई वीच आजसम्म अंश वण्डा भएको छैन हामी प्रतिवादीहरुको जिम्मामा कुनै चल अचल पैत्रिक संप्ति छैन । प्रतिवादी शंकर अधिकारी टाठो बाठो र घर व्यवहार चलाइ आएकोमा कुनै दाजुभाइलाइ कतै कुनै संपति दिएको छैन । हाम्रो पुर्खाको केहि जग्गा अधिग्रहणमा परेकोले हामी प्रतिवादीहरुले केहि रकम प्रतिवादी शंकर अधिकारीसंग लिएका थियौं।कति दाजुभाइले लिए पाएका छैनन् अधिग्रहणमा परे बाहेकको घर जग्गा र अन्य चल सम्पति आजसम्म वण्डा गरेका छैनौं सम्पूर्ण सम्पति शंकर अधिकारीकै जिम्मा भएकोले हामीहरुले पाउने सम्पति दिलाइ पाउं भन्ने समेत व्यहोरा को मिति २०४५।९।५ को भरत प्रसाद अधिकारी र शिव प्रसाद अधिकारीको संयुक्त प्रतिउत्तर पत्र ।
५. उ प्रतिवादी ध्रुव अधिकारीका नाउमा जारी भएको म्याद २०४५।७।११ मा तामेल भएकोमा प्रतिउत्तर पत्र नफिराइ शुरु म्यादै गुजारी बसेका रहेछन ।
६. आदेशनुसार वादि र प्रतिवादीका साक्षीहरुले गरेको वकपत्र मिसिल सामेल रहेछन ।
७. अंश नभइ एकै साथ सगोलमा रहेको भए यी वादीले प्रतिवादी शंकर अधिकारीसंग आफ्नो अंश हकको संपति वापत भनी रुपैंया बुझि लिने अवस्था देखिन आंउदैन ।यिनै वादीले सो बयानमा सबै अंशियारहरुले आफ्नो अंश वापत भनी घरसारमा लिखित लेखि प्रतिवादी शंकर अधिकारीबाट आफूले समेत बुझि लिएको भन्ने कुरा उल्लेख गरेको देखिने समेत आघार प्रमाणबाट आफ्नो अंश वापत रुपैंया बुझि लिइ लिखित गरिदिएको समेत देखिन्छ अंश पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत का.जि.अ.को २०४६।७।१६ को फैसला ।
८. यस्मा लिखितको कि.नं. २२३२ को ०-८-० जग्गा वाहेक अरु सगिलमा रहेका सबै अंशियारहरुको चल अचल सम्पति नरम गरम मिलाइ वण्डा गर्नु पर्ने हुन आएकोले शुरुको फैसला नमिलेको हुंदा वदर हुने ठहर्छ अव पुनः अंशवण्डाको २०,२१,२२ र २३ नं.को प्रकृया अपनाइ वादी प्रतिवादीबाट तायदाति फांटवारी लिई अंशियार मध्ये प्रेम कुमारी अधिकारी समेतलाई बुझि निजलाइ समेत अंशियार कायम गरी इन्साफ गर्नको निमित्त पक्ष विपक्ष दुवै थरलाई शुरु का.जि.अ.को तारेख तोकि प्रस्तुत मिसिल समेत फिर्ता पठाइदिने ठहर्छ भन्ने समेत मिति २०४८।९।२५ को पुनरावेदन अदालत पाटनको फैसला ।
९. उक्त फैसला त्रुटिपूर्ण रहेबाट बुझ्नुपर्ने भए आफैंले बुझि तायदाति लिइ फैसला गरी पाउं भन्ने समेत वादी प्रतिवादी छुट्टा छट्टै पुनरावेदन परेको रहेछ ।
१०. यस्मा पुनरावेदन अदालत पाटन ललितपुरको मानो चुल्हो छुटिएको मिति यकिन गरेको पाइएन । मानो चुल्हप छुटिएको यकिन नगरी तायदाति माग्न नमिल्ने हुंदा तायदाती फाटंवारी लिइ वण्डा छुटाइ दिनु भनी पुनरावेदन अदालत पाटनले शुरुमा मिसिल पठाउने गरेको फैसला मिलेको नदेखिंदा छलफलका निमित्त पुनरावेदन नगरेका प्रतिवादी भरत प्रसाद अधिकारीलाई अ.वं. २०२ नं. बमोजिम म्याद दिइ झिकाई यसै लगाउको दे.पु.नं.२०५९ को लिखित वदर मुद्दा पनि साथै राखि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५१।९।२१ मा भएको आदेश ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी शिव प्रसाद अधिकारी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री राम प्रसाद रेग्मीले वादी प्रतिवादी अंशियार कायम भएपछि ०४४।२।२९ मा पारित लिखतको कि.नं.२२३२ को जग्गा वाहेक गरी वण्डा गर्नु पर्ने ठहराएको इन्साफ उल्टी हुनुपर्छ भनी पुनरावेदक वादी उषा अधिकारी समेत तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेलले मुद्दामा इन्साफ गर्नुपर्ने प्रश्नहरुसंग सम्बन्ध प्रमाणहरु तल्लो अदालतले वुझ्न छुटाएको रहेछ भन्ने आफैंले वुझि निर्णय गर्नु रोक लगाएको छैन ।तल पठाउनु न्याय तथा कानून संगत छैन भनी रपुनरावेदक प्रतिवादी अञ्जु अधिकारी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले मेरो पक्षले ०३८ सालमा पारित गरी लिइ हक हुन आएको श्त्री अंश धन अन्तर्गतको जग्गा समेत वण्डा गर्नुपर्ने गरिएको हदसम्मको फैसला वुंदा उल्टी हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।
१२. यस्मा निर्णय तर्फबाट विचार गर्दा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलामा अंश पाउं भन्ने वादी दावी नपुग्ने भन्ने ठहर निर्णय भए उपर परेको पुनरावेदनमा पुनरावेदन अदालत पाटनवाट अंशियारहरु सगोलमै रहे भएको भन्ने आधारमा सगोलमा रहेका सबै अंशियारहरुको चल अचल सम्पति नरम गरम मिलाइ वण्डा गर्नु पर्ने हुन आएकोले का.जि.अ.को फैसला नमिलेको हुंदा वदर हुने ठहर्छ,सो ठहर्नाले अब पुनः अंश वण्डाको २०,२१,२२,२३ नं. को प्रकृया अपनाइ तायदाति फांटवारी लिइ अंशियार मध्येको प्रेम कुमारी अधिकारी समेतलाइ बुझी निजलाई समेत अंशियार कायम गरी इन्साफ गर्नको निमित्त पक्ष विपक्ष देवै थरिलाइ शुरु का.जि.अ.को तारेख तोकि प्रस्तुत मिसिल फिर्ता पठाइदिने ठहर्छ भन्ने भएको देखियो ।
१३. अंशवण्डा गर्ने निर्णय गर्नु पूर्व मानो छुटिएको मिति कायम गरी पक्ष विपक्षबाट तायदाति लिने सुनाउने प्रकृया पुरा गुर्नु अंशवण्डाको महलले वाध्यात्मक व्यवस्था गरेको छ । सो व्यवस्था बमोजिम मानो छुटिएको मिति कायम नगरी अंशवण्डाको २०,२१,२२,२३ नं. को प्रकृया अपनाउनु भनी पुनरावेदन अदालत पाटनबाट भएको निर्णय मिलेको देखिएन । जिल्ला अदालतले अंशवण्डा गरिपाउं भन्ने वादी दावी नपुग्ने भन्ने ठहर गरे उपर पुनरावेदन तहबाट हेर्दा वण्डा गर्नुपर्ने अवस्था देखिएमा सोहि अदालतले मानो छुटिएको मिति कायम गरी तायदाती मागी वण्डा गरिदिने फैसला गरिदिनु कानूनसंगत हुन्छ ।आफूले गर्नुपर्ने कार्य नगरी मानो छुटिएको मिति समेत कायम नगरी शुरु जिल्ला अदालतमा निर्णय गर्न पठाउने पुनरावेदन अदालत पाटनको मिति २०४८।९।२५ को निर्यण नमिलेको हुंदा बदर गरी सिएको छु । जो जि बुझ्नु पर्ने र पुरा गर्नुपर्ने प्रकृया पुरा गरी पुनरावेदन अदालत पाटनबाट निर्णय गर्नु भनी उपस्थित पक्ष विपक्षलाई तारेख तोकी मिसिल समेत पठाइदिने ।
उक्त रायमा सहमत छु।
न्या.केदार उपाध्याय
इति सम्वत २०५१ साल माघ ४ गते रोज ४ शुभम............................।