निर्णय नं. ९८४ - ब्याज भराई दृष्टि चलन चलाई पाउँ

निर्णय नं. ९८४ ने.का.प. २०३३
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३२ सालको दे.फु.नं. १०८
फैसला भएको मिति : २०३३।४।५।३
पुनरावेदक : का.जि. इच्द्रचोक बस्ने दानबहादुर डंगोल
विरूद्ध
विपक्षी : ऐ.ऐ. मखन टोल बस्ने सूर्यमल
मुद्दा : ब्याज भराई दृष्टि चलन चलाई पाउँ
(१) व्यक्ति सरहको नाउँमा ब्याज भराई कम्पनीको जेथा चलन चलाई पाउँ भन्ने वादी दावी लाग्न नसक्ने नै देखिन आएकोले कम्पनी ऐन, ०२१ को ७(२) बमोजिम फिराद खारेज गर्ने ।
(प्र.नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली
फैसला
प्र.न्या. रत्नबहादुर विष्ट
१. प्रस्तुत मुद्दा २०२९।४।२२।१ को डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय नमिली निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : अन्याय दानबहादुरले नेपाल म्याच फ्याक्टरीको काम गर्नलाई मिति ०२०।१२।१३ मा रू.१९९९९९। कर्जा लिएको सो रूपैयाँको सयकडा १० का दरले ब्याज राखी २ वर्षभित्र बुझाउँला, नबुझाए दृष्टि बन्धकी चलन गर्नु भनी लिखत गरी दिएको सो म्याद भित्र नबुझाएकोले ब्याज भराई साँवामा दृष्टि सम्पत्ति चलन गर्नपाउँ भन्नेसमेत वादी ।
३. वादीसँग मैले व्यक्तिगत कर्जा लिएको नभई कम्पनीतर्फबाट लिई सो रूपैयाँमा कम्पनीको सम्पत्ति दृष्टि लेखी दिएको हुँदा मैले व्यक्तिगत रूपमा कम्पनीको सम्पत्ति चलन चलाई दिने प्रश्न नै नउठ्ने, कम्पनी ऋणी भई कर्जा लिएकोमा सो कम्पनीमाथि उजूर गर्न नसकी कम्पनीको नाउँको सम्पत्ति चलन समेतमा म उपर दावी लाग्न नसक्ने समेत हुँदा वादीको उजूर दावीबाट फुर्सद पाउँ भन्नेसमेत प्रतिवादी ।
४. नेपाल म्याच फ्याक्टरी प्राइभेट लिमिटेड पोखराका डाइरेक्टर दानबहादुरले २०२०।१२।१३ गते वादीबाट रू.१९९९९९।– कर्जा लिई उक्त म्याच फ्याक्ट्री दृष्टि बन्धकी लेखी कानूनबमोजिम रजिष्ट्रेशन समेत भइसकेको लिखतमा उल्लिखित रूपियाँको ब्याज र चलन चलाई पाउँ भन्ने नालिस उक्त म्याच फ्याक्टरी वा त्यसको डाइरेक्टरका नाममा नभई दानबहादुर डंगोलका नाउँमा ल्याएको र दानबहादुरबाट ब्याज दिलाई भराई पाउँ भन्ने उल्लेख भएको । ०१८।७।३ मा सञ्चालक समितिले दिएको लिखत अधिकार पत्र बमोजिम उक्त सलाई कम्पनीका निमित्त म्यानेजिङ् डाइरेक्टर दानबहादुर डंगोलले कम्पनीकातर्फबाट गरी दिएका दृष्टि बन्धकी तमसुकका रूपैयाँको ब्याज दानबहादुर डंगोलबाट भराई पाउँ भन्ने नालिस कम्पनी ऐन, २०२१ को दफा ७ का उपदफा २ ले कम्पनीले वा कम्पनीलाई उजूर गर्नुपर्दा कम्पनीको नाउँबाट गर्न सक्ने व्यवस्थाका प्रतिकूल देखिनाले समेत अ.बं. १८० नं.ले यो मुद्दा खारेज हुने ठहर्छ भन्ने का.जि.अ.को ०२५।१२।१० को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावदेन ।
६. नेपाल म्याच फ्याक्टरीका सञ्चालक समितिले प्र. दानबहादुरलाई दिएको ०१८।७।३।५ का अधिकार पत्र बमोजिम प्र. दानबहादुरले वादीबाट नेपाल म्याच फ्याक्टरीलाई वादी दावी बमोजिमका रूपैयाँ कर्जा लिई लिखत गरिदिएका र कम्पनी ऐन, २०२१ को दफा ६९ का उफदफा ४ बमोजिम सञ्चालक समितिले अधिकार सुम्पन सक्ने र दफा ७७ को उपदफा १ बमोजिम अधिकार प्राप्त व्यक्ति प्र. दानबहादुरले पनि कर्जा दिन लिने पाउने भई लेनदेन कारोवार भएकोमा निज प्र. दानबहादुर उक्त कम्पनीका डाइरेक्टरमा बहाल रहेको अवस्था लिखत बमोजिम वादीले प्र. दानबहादुर उपर दावा लिए पनि लिखत बमोजिम नेपाल म्याच फ्याक्टरीको जेथा चलन भोग गरेकासमेत देखिन आएकोले कम्पनी ऐन, ०२१ को दफा ७ को उपदफा २ बमोजिम कम्पनी उपर दावी लाग्न नसकेको भनी भन्न मिल्ने देखिन नआई वादी दावी अनुसार वादीले लिखत बमोजिम दृष्टि किता चलन पाउन र ब्याज समेत नेपाल म्याच फ्याक्टरीबाट ऐन बमोजिम भरि पाउन सक्ने हुँदा शुरूले खारेज गरी गल्ति इन्सफ गरेको देखिएको हुँदा वादी दावी बमोजिम वादीले दृष्टि किता जग्गा समेत ऐन बमोजिम चलन चलाई पाउन र दावी बमोजिमाका ब्याजसमेत ऐन बमोजिम गरी नेपाल म्याच फ्याक्टरीबाट भरि पाउने समेत ठहर्छ भन्ने बा.अं. अदालतको ०२६।८।१५।१ को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुरावेदन ।
८. कम्पनी बन्दैमा वादी वा प्रतिवादी हुनुपर्ने होइन कम्पनीले दावी गर्छ भन्ने कम्पनीले फिराद दर्ता गर्न सक्छ, कम्पनीले अन्याय गरेको छ भनी दावी गरेको हो भन्ने कम्पनी उपर फिराद लाग्छ, तमसुक दानबहादुरका नामबाट भएकाले तसुकका कबुल पूरा गर्ने अभिभारा ऋणिमाथि परेको देखिन्छ । या दृष्टि बन्धक तमसुक बदर गराउन कुन कारवाही देखिदैन पहिलेका तमसुक फट्टा गरी या तमसुक भएको छ दानबहादुरले ऋण लिनु भन्ने सञ्चालकका मन्जुर लिखत पेश भइरहेको छ भन्ने ऋण उपर लेनदेन मुद्दाको परेको फिरादबाट इन्साफ हुन मनासिव देखिन्छ । प्रस्तुत फिरादपत्रमा सञ्चालक समितिका मन्जुरी बमोजिम प्रतिवादीले ऋण लिएको भन्ने प्रस्तुत फिरादपत्रमा लेखकाले कम्पनीसंगको सम्बन्ध देखाएकै छ तमसुक गर्न डाइरेक्टर उक्त कमपनीमा छँदै निज उपर लिखत बमोजिम दावी गरेको फिराद दायर हुनसक्छ । डाइरेक्टरका हैसियतले लिखत बमोजिम पूरा गर्नुपर्ने दायित्वको अभिभारा कम्पनीका मैनेजर डाइरेक्टरमाथि पर्ने हुनाले ऋणी दानबहादुर जायाजतबाट ब्याज भराउनु भनी अञ्चल अदालले ठहर गरेको मनासिव देखिदैन सावा र अन्तिम तहबाट किनारा भएका दिनसम्मको ब्याजमा धितो चलन गर्न अधिकार पनि सुरजमलको रहन्छ । यो तमसुक कस्का नामबाट हुनुपर्ने थियो त्यसमा यो धितो लेख्नु हुन्छ हुँदैन थियो भन्ने इत्यादि श्न उठाउनलाई तत्सम्बन्धी लिखत बदर गर्न पाउँ भन्ने डा. मैनेजर अख्त्यार नाघि लिखत गरेको छ भन्ने वादी उजूर परेको देखिएन । प्रमाण निमित्त आएका वादी सुरजमलको र विपक्षको कम्पनी भएका लेनदेन मुद्दाको फिरादमा दानबहादुर उपरको धितो चलन पाऊँ भन्नेसमेत मुद्दा का.जि.अ.बाट खारेज गरेपछि उक्त फैसाल बदर नभएसम्म उक्त फैसला पालन गर्नुपर्ने नै भएकाले फैसला बमोजिम कम्पनीको नाउँमा नालिस गरेको छु भन्ने बोली परेकाले कपालीतर्फ दावा परेको भनी धितोतर्फ वादीका दावी समाप्ति भएको रहेछ भनी सम्झनु भएन । अन्तिम किनारा भएका दिन तकका व्याज र सावामा धनी सुरजमानले तमसुक बमोजम धितो चलन गर्न पाउँछ प्रतिवादीका जायजातबाट व्याज भराउन पर्दैन भन्नेसमेत मा.न्या. श्री हेरम्बराजको राय र ।
९. व्याज दानबहादुरबाट भरी पाउँ भन्ने वादी दावी कायम हुन नसकेका इन्साफउपर वादीको पुनरावेदन नपरेकोले त्यस कुरामा केही बोलिरहन परेन अञ्चल अदालतका फैसलाका तपसीलमा दानबहादुरका जेथाबाट व्याज भराई दिने भन्ने कुरा सोही अदालतले ठहराएको इन्साफको प्रतिकूल हुँदा त्यसलाई मान्यता दिन मिलेन म्याच फ्याक्टरी लिमिटेडबाट साँवा व्याज भराइपाऊँ भनी वादीले ०२६।१।४ गते का.जि.अ.मा मुद्दा दायर गरिसकेकोले दानबहादुरबाट व्याज भराइपाऊँ भनी यस मुद्दाका गरेको दावीलाई स्वयं वादीले छाडिसकेकोले वादीको यस मुद्दाको दावा समाप्त भइसकेको छ लिखतमा ऋणिका महलमा नेपाल म्याच फ्याक्टरी प्राइभेट लिमिटेड पोखरा भनी ऋणिका नाउँका कोठामा डाइरेक्टर दानबहादुर भन्ने उल्लेख भएको र वापतमा भाखामा नबुझाए फ्याक्टरीका नाउँको दर्ताको फ्याक्टरी र त्यसले चर्चेका माल सामान समेत धितो भोेग चलन गर्नु भन्ने उल्लेख भएकोले लिखत बमोजिम कम्पनी उपरको उजूरी वेगर दानबहादुरउपर दिएका व्यक्तगत उजूरीले निजबाट व्याज भराई दृष्टि चलन गर्न पाउँ भन्ने वादी दावी कम्पनी ऐन, ०२१क.ा दफा ७ (२) ले पुग्ने देखिएन मेरो आसामी कम्पनी हो कम्पनीबाट साँवा व्याज भराइपाऊँ भनी वादीले नालिस दायर गरेबाट पनि दानबहादुर उपर दिएको फिराद व्यक्तिगत हो यस फिराद दावीबाट कम्पनी जवाफदेही नहुने र दानबहादुरले आफ्ना जेथाबाट तिर्नु बुझाउनुनपर्ने भन्ने कुरा प्रस्ट छ दृष्टि चलन चलाइपाऊँ भन्ने र फ्याक्टरीबाट व्याज भराई पाउँ भन्ने वादीका दावी नै नहुनाले वादी दावी नै नभएका कुरामा इन्सफ वालीका ठहर वादी दावी भन्दा बाहिरको देखिनाले मनासिव भन्न भएन अ.बं. १३९ नं. मा उल्लेख भए बमोजिमका अवस्था यस मुद्दामा पर्न आएको देखिएन आफ्ना आसामी कुन हो त्यसको ठेगानालगाई उजूर गर्ने अभिभारा धनी साहुको हुन आउने र त्यसतर्फ फिरादीका छुट्टा उजूर परिसकेको देखियो । साँवा व्याज भराई पाउँ भनी वादीले म्याच फ्याक्टरीका नाउँमा ०२६।१।४।४ मा का.जि.अ. मा फिराद दायर गराएका देखिन आएकाले भरि पाउने नपाउने र पाउने भए कति पाउने सो कुरामा ठहर गर्ने काम बाँकी नै हुनाले सो फिराद दायर गरिसकेपछि ०२६।१।१० मा वा.अं.अ. मा गरेको पुनरावेदनमा म्याच फ्याक्टरीबाट व्याज भरी पाउने ठहर्छ भनी इन्सफ बोलि दिँदा तल्लो तहबाट गर्नुपर्ने इन्साफमा गतिरोध पैदान हुने हुनाले अञ्चल अदालतले गरेको निर्णय काम राख्न नमिली बदर हुन्छ । फिराद खारेज गर्न ठहराएका इन्सफ का.जि.अ.को मनासिव छ भन्नेसमेत मा. न्या. श्री जयदेव भट्टको राय भएको २०२९।४।२२।१ का डिभिजन बेञ्चको राय बाझी फैसला ।
१०. कम्पनीकोतर्फबाट भन्नु पर्ने कुरा वादी सूर्यमलले नेपाल सलाई कं.प्रा.लि. का नाउँमा दिएको फिरादको प्रतिउत्तरमा हामीले लेखि दिएका छौं सो प्रतिवादीमा लेखिए बाहेक अरु भनीरहनु परेन दानबहादुर माथी दिएको यो फिरादका सम्बधन्मा कम्पनीले कुनै कुराको दायित्व कानूनले व्यहोर्न नपर्ने र कम्पनीका नाउँको नालिस नहुँदा दायित्व व्यहोर्न पर्ने कुराको प्रश्न नै आउदैन भन्नेसमेत कम्पनी तर्फ सञ्चालक गोपालमान सिंको बयान ।
११. निवेदनक दानबहादुरतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले सुरजमलको तमसुकमा आसामी नेपाल म्याच फ्याक्टरी लिमिटेड कम्पनीको डाइरेक्टर भन्ने लेखिएको छ त्यसै तमसुकको रूपैयाँ भराई पाउँ भनी कम्पनीका नाउँमा छुट्टै मुद्दा जि.अ. काठमाडौंमा दायर गरिसक्नु भएको छ कम्पनीका नाउँमा उजूर हुनुपर्छ दानबहादुरका नाउँमा उजूरी गर्न कम्पनी ऐनले मिल्दैन खारेज हुनुपर्छ भनी र विपक्षी सुरजमलकोतर्फबाट वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले लिखितले कम्पनी आसामी भएको छैन कम्पनीको डाइरेक्टर दानबहादुर भएको छ कम्पनीको समपत्ति लेखि दिएकोमा कम्पनीले नै विरोध गर्नुपर्छ । कम्पनी ऐनले यो मुद्दा खारेज हुन सक्तेन भन्नेसमेत आ–आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
१२. यसमा सुरजमलको फिराद हेर्दा का.न.पं. वडा नं.९ का.ई. इन्द्रचोक बस्ने दानबहादुर डंगोलले अन्याय गर्नु भएकोले भन्दै सञ्चालकहरूका २०१८।२।३ का स्वीकृतिबमोजिम दानबहादुरले नेपाल म्याच फ्याक्टरीको काम गर्नलाई भनी मसँग रू.१९९९९९।–कर्जा लिई नेपाल सलाई कम्पनी प्राइभेट लिमिटेड भन्ने नामक नेपाल म्याच कं.प्राईभेट लिमिटेड पोखरा भन्ने फ्याक्टरी मिसनरी माल सामान जडान भएको चालु भइरहेको फ्याक्टरी र त्यसले चर्चेको माल सामानसमेत भोगचलन गर्नु भनी २०।१२।१३ मा रजिष्ट्रेशन पास गरी दृष्टिबन्धकी लेखी दिएको भाकामा साँवा ब्याज नदिई दृष्टि चलन गर्न पनि नदिएकोले तमसुक भएका मिति देखिको व्याज भराई दृष्टि चलन चलाइपाउँ भन्ने उल्लेख भएको पाइन्छ । मिसिल सामेल रहेको ०२०।१२।१३।५ को पास तमसुक हेर्दा पनि नेपाल म्याच कम्पनीको काम गर्नालाई भनी रू.३०००० र २०१८।१२।२०।२ मा लिइएको रू.१६९९९९ समेत जम्मा रू.१९९९९९।–लिएँ भनी कम्पनीकै जेथा दृष्टिबन्धकी लेखी कम्पनीकै सञ्चालक मोहनमान गोपालमान समेतका मानिस फटकेमा साक्षी राखेको देखिन आएको छ सो कर्जा पनि सञ्चालक समितिका ०१८।७।३।५ का अधिकारपत्र बमोजिम कम्पनीकै काम चलाउन कर्जा लिएको देखिन आएको र ऋणिको महलमा पनि नेपाल म्याच कम्पनी प्राइभेट लिमिटेड पोखराका डाइरेक्टर दानबहादुर भन्ने लेखिएकोबाट समेत निज दानबहादुरले व्यक्तिगत कर्जा लिएको नभई कम्पनीकै नामबाट कम्पनीकै काम चलाउन कम्पनीकै जेथा दृष्टि राखी लिएको देखिन आएको यसै तमसुकको साँवा व्याज रूपैयाँ भराइपाउँ भनी वादीले नै कम्पनीलाई प्रतिवादी बनाई ०२६।१।४।४ मा छुट्टै उजूर दिएको पनि देखिन आएको समेतबाट व्यक्ति सरहको दानबहादुरको नाउँमा व्याज भराई कम्पनीको जेथा चलन चलाई पाउँ भन्ने वादी दावी लाग्न नसक्ने नै देखिन आएकाले बागमती अञ्चल अदालतको ०२६।८।१५।१ को इन्साफ गल्ति ठहराई कम्पनी ऐन, ०२१ को ७ (२) बमोजिम फिराद खारेज गर्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव छ भनी गरेको मा.न्या.जयदेव भट्टको राय मनासिव छ अरू तपसीलबमोजिम गर्नु भनी मिसिल बुझाई दिनु ।
तपसील
वा.अं.अ.को ०२६।८।१५ को फैसलाले गर्नेगरेको देहायकोकलममा देहायबमोजिम गर्नु भनी कानूनबमोजिम लगतदिने...१
प्रतिवादी दानबहादुरको ब्याज रू.११३४४२।८१।२ र कोर्ट फी. रू.६५५९।४२ वादीलाई भराई दिने गरेको हाल सो बमोजिम गर्नु परेन व्यवहोरा जनाई लगत कट्टा गरिदिने १, ऐ.ऐ. के कोर्टफी रू. १७२५।– असुल गर्ने गरेकोमा हाल नलाग्ने हुँदा ऐ.ऐ. १
वादी सूर्यमल के बा.अं.अ.उपर प्र.दानबहादुरले स.अ. मा पुनरावेदन गर्दा फिराद दवा र वा.अं.अ. ले भराई दिने गरेको व्याज समेतको जम्मा लाग्ने कोर्टफी रू.८२८४।४२ को पुनरावेदन तहमा लाग्ने त्यसको सैकडा १५ ले हुने कोर्टफी रु.१२४२।६७ पछि ठहरेबमोजिम हुने गरी हाल कोर्टफी नलिनु भन्ने ०२७।१।३०।४ को सिंगलबेञ्चको आदेशले कोर्टफी नरही पुनरावेदन दायर भएकोमा सो कोर्टफी हार्ने वादी सुरजमललाई लाग्ने भएकाले वारेस भई बेरूजु हुँदा नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ (३) अनुसार कानूनबमोजिम असूल गर्नु भनी ऐ. ऐ..........२
वा.अं.अ.को ०२६।८।१५ को फैसलाले जि.न्या. पुष्पराजको रिकर्ड राख्ने गरेको हाल सो बमोजिम गर्नु परेन भनी स.अ. प्रशासन शाखामा सूचना दिनु ......................३
इन्साफ उल्टिमा उसबखतको वा.अं.अ. को अञ्चल न्या.घनानाथ उपाध्यायले रिकर्ड राख्नु भनी ऐ.मा ऐ.ऐ.....४
हामीहरूको सहमती छ
न्या. विश्वनाथ उपाध्याय
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३३ साल श्रावण ५ गते रोज ३ शुभम् ।