शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६६७ - कर्तव्य ज्यान

भाग: ४१ साल: २०५६ महिना: जेष्ठ अंक:

निर्णय नं. ६६६७                  ने. का. . २०५६           अङ्क २

पूर्ण इजलास

माननीय  न्यायाधीश श्री केशवप्रसाद उपाध्यय

माननीय श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

संवत २०५३ सालको फौ.पू..नं..........२५

फैसला मितिः २०५५।५।११।५

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादीः राम नारायण पाण्डेको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी /प्रतिवादीः जि.सप्तरी राजविराज नगरपालिका वडा नं. ४ बस्ने खतन साहुको छोरा शिवजी साहु तेली समेत जम्मा ३ ।

§  नजीरको विषयवस्तु मुद्दाको प्रकृति मिलेको हुनुपर्दछ । तथ्य र कानूनी प्रश्न समान भएको अवस्थामा मात्र नजीर ग्राह्‍य हुने ।

                (प्र.नं. ३२)

§  प्रस्तुत पुनरावेदन शुरु जिल्ला अदालतको  फैसला उपर तत्कालीन सगरमाथा अंचल अदालतमा पुनरावेदन परी सो अंचल  अदालतको फैसला उपर तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालतमा परको पुनरावेदन पुनरावेदन अदालत राजविराजमा सरी सो पुनरावेदन अदालतले अंचल अदालतको फैसला उल्टी गरे उपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । अंचल अदालतको पुनरावेदन सुनी गरेको फैसला उपर गरेको पुनरावेदनमा पुनरावेदन अदालतले अंचल अदालतको फैसला तल माथि हुने गरी फैसला गरे पनि त्यस्तो अवस्थामा अंचल अदालतलाई शूरू अदालत मान्न नमिल्ने र त्यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() अन्तर्गत यस अदालतमा पुनरावेदन लाग्न नसक्ने भनी यस अदालत वृहद पूर्ण इजलासबाट ने.का.. २०५२ पृ. १८५ र पुनरावेदक वादी राम चलितर मण्डल विरुद्ध मुलुकी मण्डल धानुक भएको लेनदेन मुद्दामा २०५२।१।१५ मा निर्णय भएको मुद्दामा पनि समान स्थिति रहुनका साथै यस मुद्दामा पुनरावेदन अदालतले गरेको फैसलाबाट १० वर्ष कैद भएको अवस्था नभएको र यस अदालतमा साधक जाहेर गर्नु पर्ने अवस्थाको मुद्दा समेत नदेखिँदा उल्लेखित कानूनको परिपेक्ष्यमा यस मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने र यस अदालतको पुनरावेकीय क्षेत्राधिकार आकर्षित हुने अवस्था देखिन आएन । प्रचलित अन्य कानूनको समेत प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न सक्ने अवस्थाको नुहँदा यस्तोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२() बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निवेदन लाग्ने कानूनी मुद्दा देखिदा पुनरावेदन गरेको कानूनसंगत नदेखिने ।

                                (प्र.नं. ३६)

पुनरावेदक वादी तर्फवाटः विद्वान उप सरकारी अधिवक्ता श्री सरद कुमार खड्का

विपक्षी तर्फबाटः विद्वान अधिवक्ता द्वय  श्री शंभु थापा र श्री कृष्ण प्रसाद सापकोटा ।

अवलम्बित नजिरः ने.का. . २०५२, पृ. १८५

फैसला

        न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०४९।३।१४।१ को फैसला उपर यस अदालतमा परेको पुनरावेदनमा संयुक्त इजलासका न्यायाधिशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३()() बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर यस प्रकार छः

        .     मिति २०४२।१२।३।१ मा रानी शिवजी साहुकी श्रीमती गुडी साहुनीलाई कर्तव्य गरी हो वा भवितव्य परी आगोलागी जिउमा लगाएको साडी डढी घाइते भएकोले निजलाई उपचारको लागि दरभंगा तर्फ लाँदा बाटैमा मृत्यु भएकोले राजविराज बजारमा कर्तव्य गरी आगो लागाई मारेको भन्ने हल्ला चर्चा भएकोले आजसम्म जाहेर नगरी लास दवाएकोले कानुन बमोजिम गरी पाउँ भन्ने प्रहरी भूपाल मान कार्कीको मिति ०४२।१२।१० गतेको प्रतिवेदन ।

        .     शिवजी साहुको घरमा गै हेर्दा फुटेको चुराको टुक्राहरु कपडा डढी कालो भएको समेत घटनास्थलको प्रकृति मुचल्का ।

        .     यहि २०४२ साल चैत्र ३ गतेका राति अं. ३ बजेको समयमा शिवजी साहुले आफ्नो कान्छी आमासंग अनुचित सम्बन्ध रहेकोले निज आमासंग बसी हंसी मजाक गरी रहेको अवस्था शिवजी साहुकी पत्नीले देखेकिले शिवजी साहुले श्रीमतीलाई मारपिट गरे पश्चात राती कान्छी आमासँग शिवजी साहु सुति रहेको अवस्थामा निज शिवजीको श्रीमतीले हल्ला गर्दा यसले पोल खोली दिन्छ भनी शिवजी साहु र निजकी कान्छी आमाले निज रिना साहुनीको जीउमा मट्टितेल हाली आगो लगाई सेकपछि बुधमल मांगीलालाको जीपमा रिनालाई राखी इलाज गराउन भनी बालेश्वर साहु शिवजी साहु निज शिवजीको कान्छी आमा, नोकर शंभु समेतलाई गाडीमा वसाई भारत तर्फ जाँदाको अवस्थामा झंझारपुर पुगेपछि निज गुडि भन्ने रिनालाई घाटी च्यापी ज्यान मारी घोघडी नदीमा ल्याई लास जलाई कर्तव्य गरी ज्यान मारेकोले मार्ने  उपर ज्यान सम्बन्धी महल अन्तर्गत कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको राम नारायण पाण्डेले  दिएको जाहेरी दरखास्त ।

        .     मिती २०४२।१२।३ गतेका राति सतन साहु घरमा नभै विरगंज गएको मौकामा सतन साहुकी कान्छी स्वास्नीसँग शिवजी साहुको अनुचित सम्पर्क रहेको कुरा रिनाले थाहा पाई हल्ला गर्दा रिनालाई शिवजी साहु, निजकी सौतेनी आमो कर्तव्य गरी मट्टितेल छर्कि आगो लागाएपछि बालेश्वर साहु, ज्वाँई शिव नारायण साहु गै वुधमल मागी लालको जिप मागी उपचार गर्न भनी लादाको वखत बालेश्वर शिव नारायण शिवजी, शिवजीको सौतेनी आमा र चालक मिश्रीलाल साथमा गएका भारत झंझारपुरमा पुगेपछि रिनाको मृत्यु भएको र लास भारत तर्फ जलाएको भन्ने पत्ता लागेकोले प्रतिवेदन पेश गरेको छु भन्ने प्रहरी गंगालाल घिमिरेको प्रतिवेदन ।

        .     मिति ०४२।१२।३ गते ३,४ बजेको समयमा गुडी भन्ने रिना साहुनीलाई उपचार गराउन शिवजी साहुले मलाई बोलाएको हैन झुठ्ठा हो भन्ने डा. चादसीले गरेको कागज ।

        .     मेरो छोरी गुडी भन्ने रिना साहुनीको दिनांक ८।२।८४ मा शिवजी साहुसँग विवाह भएको निज शिवजी साहुले सौतेनी आमाको नाजायज अनुचित सम्पर्क भै छोरी रिनको शरिरमा मट्टितेल छर्कि आगो लगाई जलाएकोले कानून बमोजिम गरी पाउँ भन्ने मर्ने रिनाको वावु राजकुमार प्रसाद गुप्ताले हुलाकद्धारा पठाएको जाहेरी दरखास्त ।

        .     मिति ०४२।१२।३ गते विहान ५ बजेको समयमा वालेश्वरसाहु आई मालिक वुधमलसंग श्रीमतीबिरामी छ भनी गाडी मागेकाले मालिकले मलाई बिरामीलाई लिई जानु भनी भनेकाले जाँदा सतनसाहुको घरमा लगी रिना साहुनीलाई शिवनारायण, शिवजीको सौतेनी आमा बोलेश्वर समेतले गाडीमा राखी ६ वजे राजविराजबाट हिडी भारत झझापुर पुगेपछि रिनाले पानी  खान्छु भनेकाले गाडी रोकी थरमसमा पानी सकिएको हुँदा पानी लिन शिवजीको ज्वाई गए । म बालेश्वर, शिवजारायण दोकानमा गै नास्ता गरी गाडीमा तेलपानी चेक गर्न आउदा रिनाको मर्ने स्थिति देखि वालेश्वरलाई बोलाउन गै हामी आउँदा मरिसकेकी थिइन । रिनाको शरीरमा घाउ चोट देखिन राजविराजबाट कपडाले नै छोपिएको थिए , निज मरि सकेपछि मृतक लासलाई नेपाल लानुपर्छ भनी मैले भन्दा नमानी फुलपरासमा आई दाउरा खरिद गरी घोघाडिया नदीमा लगी जलाएको मेरो ज्यान मार्नमा सहमति छैन भन्ने चालक मिश्री लाल साहले प्रहरीमा गरेको बयान कागज ।

        . मिति ०४२।१२।३ गतेको राती स्वास्नी मानिस रोए कराएको आवाज सुनि बाहिर निस्कदा शिवजी साहुको घरवाट धुवा निस्केको र मट्टितेलको गन्ध आएकोले सोधपुछ गर्दा केही भएको छैन  भनी शिवजी साहुले जवाफ दिएकोले निज रिनालाई कर्तव्य गरी आगो लगाई मारेको हुनुपर्छ भन्ने सर्जमिनका दफा २ का केवल यादव दफा ३ का रसुल मियाँ दफा ११ का धोधर यादव समेतले सर्जमिनमा वकी लेखि दिएको र रिना साहुनीलाई कर्तव्य गरी मारेकोमा विश्वास छैन भन्ने सर्जमिनका अन्य दफा दफाका मानिसले बकी लेखि दिएको समेत सर्जमिन मुचुल्का ।

        १०.    मिति ०४२।१२।३ गतेका विहान अं. ५ बजेको समयमा सुतिरहेको अवस्था एक जना नचिन्हेका मानिस आई बोलाएकोले उठी निजसँग सोद्धा विरामी सारो भएकोले लिन आएको हुँ जाउँ भनेकोले मैल विरामी जाँच्ने समान ली सतन साहुको घरमा जादा विरामी भन्ने रिना साहुनीलाई डा. चांदसीले जाँची रहेको थिए । तिन चार जना घरका सदस्यले  घेरी रहेको थिए मैले हेर्दा रिना साहुनी कोठा भित्र पलग माथी बसेको पानी खान देउ भन्दै थिइन निजको हात खुट्टा जलेर नारी ( Feable and fast puls) को  गती कम अवस्था (50% Burn) शरीरको आधा भन्दा बढी भाग जलेको घाउ भएको स्लाइन पानी चढाउन अप्ठ्यारो भएकोले (Extensive) वर्न देखिएको सो अवस्था निजको जलेको कपडा वा जलेको अन्य सामान नभई कोठा साफ गरेको थियो । निज घाइतेलाई नयाँ कपडाले छोपेको थियो । विरामीको इलाज घरमा हुन नसक्ने स्थिति भएकाले तुरुन्त अस्पतालमा लैजानु भनी लेखि दिएको थिएँ । निज शिवजी साहुकी श्रीमती गुडी भन्ने रिना साहुलाई कसैले कर्तव्य गरी जलाएको हो वा आफैँ जलेको हो थाहा भएन निजलाई सोद्धा जवाफ दिएन भन्ने समेत व्यहोराको मिति ०४३।१।२५।५ गते प्रहरीमा डा. अशोकानन्द मिश्रले गरेको कागज ।

        ११.    माथि उल्लेखित शंकारहित प्रमाण परिवन्धको आधारमा मृतकको मृत्यु पश्चात पोष्ट मार्टम आदि नगरी भारतमा गै जलाउने अपराधबाट बच्न भागी हिड्ने गरेको प्रतिवादी शिवजी साहु र निजकी सौतेनी कान्छी आमालाई मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं.. को अपराधका ऐ. ऐनको १३() अनुसार सजाय हुन र प्रतिवादी बालेश्वर प्रसाद प्रतिवादी शिवनारायण साहु तेलि र शिवजी साहुको नोकर शंभुलाई ऐ. ऐनको १७ () अनुसार सजाय हुन र प्रतिवादी मिश्रिलाल साहुलाई ऐ ऐनको दफा २५ अनुसार सजाय हुन माग दावी लिई फरार रहेको प्रतिवादी शिवजी साहु निजकी सौतेनी कान्छी आमा (सतन साहुकी कान्छी स्वास्नी) वालेश्वर साहु र शंभु र शिव नारायण साहुको हकमा तहाँवाटै अ.वं. ९४ नं. अुनसार हुन र पक्राउ परी आएका अभियुक्त मिश्रिलाल साहुलाई यसै साथ पेश गरी पठाएको छु भन्ने समेत व्यहोराको प्रहरी अधिकृत तथा जिल्ला न्यायाधिवक्ताको राय सहितको संयुक्त प्रहरी प्रतिवेदन ।

        १२.    मिति ०४२।१२।३ गते राती म घरमा छु । ४ बजे विहान मेरो जिप मालिक  बुधमलले विरामी लिई निर्मलीसम्म जानुपर्छ भनी भनेबाट सोही समय सतन साहुकी श्रीमती शिवजी साहु निज शिवजीको विरामी श्रीमतीर नाउं नजानेको २ जना समेतलाई गाडीमा राखी विहान साढे ६ बजे राजविराजबाट हिडी ८ साढे आठ बजे निर्मली पुगे, पुगेपछि विरामीलाई रेल स्टेशननिर घाटी दवाई मारे नमारेको सो कुरा मलाई थाहा छैन । मर्ने रिना साहुनीलाई गाडीबाट उतार्दा सम्म जिउदै थिइन । शिवजी साहु र निजकी सौतेनी कान्छी आमा समेतले रिनालाई मट्टितेल हाली आगो लगाई ज्यान मारे मारेनन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मिश्रीलाल साहुले अदालतमा गरेको बयान ।

        १३.    मिती ०४२।१२।३ गते रात म घरमा नभै ०४२।१२।२ गते नै योगेन्द्र प्रसाद देव कहाँ निम्तोमा विराटनगर गएको थिए । ऐ ३ गते त्यही बसी ४ गते राजविराज घर आएको हुँ । शिवजी साहुको श्रीमती गुडीलाई भारत तर्फ लिइ झंझारपुर ठाउँमा विरामीलाई मारी सतगत गरेको कुरा मलाई थाहा छैन । जाहेरी दर्खास्त, सर्जमिन मुचल्का समेत सुने, म उक्त मितिमा घरमा नभई विरटनगरमा भएको हुँदा मलाई केही थाहा  छैन । झुट्टा दावीबाट सफाई पाउ भन्ने समेत व्यहोराको प्रतिवादी वालेश्वर प्रसाद साहुले अदालतमा गरेको बयान ।

        १४.    मिति २०४२।१२।३ गते म आफ्नो घरमा सुतिरहेको थिए सो मिति समयमा एक जना मानिस मेरो घर ढोका वाहिर आई ढोका ठकठकाउँदा म उठे आउने व्यक्तिले एउटा बिरामी हेर्न जाउँ भनी भनेकाले म मानिस संगै गएं विरामी जाँचे विरामी गुडी भन्ने रिना थिइन अं. २०।२२ वर्षकी युवति थिइन् निज गर्भवती थिइन । निज भरखरै पोलिएकी थिइन । म पुग्दा पानी पानी भनी माग्दै थिइन एक जना कम्पाउन्डर बिरामीलाई औषधी लगाई रहेका थिए । निज  बिरामीको वरीपरी ४,५ जना मानिस थिए । मलाई संझना भए सम्म विरामीको दुवै खुट्टा हातमा र पिठ्युमा पोलेको थियो । अनुहार  र गर्दनमा पोलिएको थिएन । सो पोलिएको रासायनिक पदार्थबाट होइन आगोले पोलेको हो । विरामी ५०% भन्दा ज्यादा पोलिएकी थिइन । नारी कमजोर चलिरहेको थियो । चिकित्साशास्त्रको भाषामा विरामी भण्डै झण्डै शक (Shock) को अवस्थामा थिइन । घरमा इलाज गर्ने स्थिति थिएन त्यसैले मैले अस्पताल तुरुन्त लग्नु भनी आफ्नो प्याडमा लेखि दिएको थिए । घाइतेले जलेका कपडा लागएको थिइनन् र निज घाइते स्वयंले जानाजानी जलेको होइन अरु के हो यकिन भन्न सक्दीन । म घाइते निर अंदाजी १५ मिनट जति बसे निज घाइते रिनाले केही भने  जस्तो मलाई लाग्दैन । निजको स्थिति केही भने खराव भै पानी पानी भनी रहेकी थिइन । प्रहरीमा भएको कागज र सहीछाप मेरो हो भन्ने समेत व्यहोराको डा. अशोकानन्द मिश्रले अदालतमा गरेको वकपत्र ।

        १५.   शिवजी साहु र निजको परिवारलाई चिन्दछु । हाल शिवजी साहु र निजकी सौतेनी आमा कहाँ छिन मलाई थाहा छैन । शिवजी साहुकी पत्नी रिना हाल मरि सकिन । निज रिनलाई आगो लगाई इलाज गराउन भारत लेहेरिया सराय तर्फ जाँदै गर्दा बाटैमा झंझारपर निर मरिन । शिवजीको सौतेनी आमासँग शिवजीको नराम्रो व्यवहारको कारणले शिवजीको स्वास्नीसंग झगडा  भै सोही झगडाको कारणले  निजलाई मट्टितेल खनाएर आगो लगाई दिएका भन्ने सुने र खवर कागजमा पढे रातीको कुरा हो रिनालाई कसले आगो लगायो मैले देखिन । रिनालाई  वुधमल मांगीलालको जिपमा शिवजी साहु निजकी कान्छी आमा गुडकी नौकर नाम नजानेको सतनको ज्वाई शिवनन्दन अरु को को थिए । ड्राइभरलाई नै थाहा होला सो समेत मिली रिनलाई भारत लगेको थिए निज रिनाको लासको सदगत भारत मै भयो । रिनाको एउटा छोरा छ, रिनालाई आगो लगाउँदा निजको छोरा कांखमा थियो । वच्चालाई पनि गालामा झर्केको छ भनी सुनेको हुँ । अहिले हाल बच्चा, मर्ने रिनाको वावुले आफ्ना घर विदेश भारतमा राखेको छ । जाहेरी दरखास्त र सनाखत कागजमा भएको सही छाप र व्यहोरा मेरै हो  उक्त व्यहोरा केही कुरा जानेर केही कुरा सुनेर लेखाएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला राम नारायण पाण्डेले अदालतमा गरेको वकपत्र ।

        १६.    शिवजी साहुकी पत्नी रिनाको अप्राकृतिक मृत्यु सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले बुझ्ने पठाएकोमा  बुझेसम्मको कुराको प्रतिवेदन गरेको थिए । उक्त प्रतिवेदनको व्यहोरा र सहिछाप मेरै हो भन्ने प्रहरी हवल्दार गंगालाल घिमिरेले अदालतमा गरेको बयान ।

        १७.   सर्जमिनका व्यक्ति केवल यादव, रसुल मिया धोधर यादव, जगदीश कावरा, मोहनसाहु, बैजनाथ दास, पाचु, महाठेस, कैलास राम रौनियार विश्वनाथ प्रसाद साहू, पुलति प्रतिवादी मिश्रिलालका साक्षी देवसुन्दर यादव लक्ष्मणसाहु प्रतिवादी वालेश्वर प्रसाद साहुको साक्षी रमेश पोखरेल, हरेराम ठाकुर, राधेश्याम रमण समेतले अदालतमा गरेको वकपत्र ।

        १८.    मिति ०४२।१२।३ गते विहान मेरो घरमा कुनै घटना घटेन ऐ ४ गते विहान मेरो श्रीमतिको पेटमा एकाएक दर्द भयो वुधमलको जिप मागी भारत निर्मली लगी सो निर्मलीबाट ट्रेनमा दरभंगा लाग्यौं र डा. जि.एन लाल कहाँ उपचार गर्दा गर्दै मरिन । म समेतले निज गुडी भन्ने रिना साहुनीलाई आगो लगाई नमारेको हुँदा निज गंगालालको प्रतिवेदन र म उपरको पोल झुठ्ठा हो । केटाकेटी भएका घरमा डढेका कपडा चुरा टुक्रा हुने हुँदा सो मेरा घरमा पाइएका स्वाभाविकै हो । रामनारायण पाण्डेले ०४२।१२।३ गते अगावै  मेरो घर पसलबाट जम्मा रु ११००। को सामान उधारो लिएकोमा निज सोही फाल्गुण महिनामा पुनः सामान उधारो माग्न आउदा मैले पहिलाको रुपैयाँ चुक्ता गर्नु होस भन्दा निजसंग विवाद झगडा भएको थियो सोही इविले निजले पोल गरी म उपर प्रहरीमा झुठ्ठा आरोप लगाई जाहेरी दरखास्त दिएका हुन र अदालतमा समेत निजले सोही इविले पोल गरेका हुन । डा. अशोकानन्द सो ०४२।१२।३ गते विहान मेरा घरमा आएनन् । निजले झुठ्ठा आरोप लगाएका हुन त्यसमा निज डा. अशोकानन्दले म समेत उपर सो पोल गर्नु पर्ने कारण ०४२ साल फाल्गुणमा म पेटको बिरामी (ग्यास्टीक) भै निज डा. कहाँ जाँदा निजले मलाई जाँच गरी तपाई बढी घीउ खानु हुन्छ भन्दा मैल खान्न भनेकोमा निज डा. ले त बढी हिरो बन्छस भनी मसंग इवि लिएकाले सोही इविले मलाई पोल गरेका हुन् ।  म समेतले निज रिना देवीलाई आगो लगाई ज्यान मारेको होइन । निज पेटको दर्दको कारणबाट आफ्नै कालगतीले मरेकी हुँदा म उपरको कसुरमा म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी शिवजी साहुले अदालतमा गरेको बयान ।

        १९.    प्रतिवादी शिवजी साहुको साक्षी सरयुग साहु, तारचन्द्र साहु, जीवलाल साहु समेतको वकपत्र ।

        २०.   प्रतिवादी मध्येका शिवजी साहुको सौतेनी आमाका नाउँमा मिति ०४३।३।२९ गते र शिवजी साहुको नोकर शंभुको नाउँको मिति ०४३।३।२८ गते र प्रतिवादी शिव नारायण साहु नाउँको मिति ०४३।३।२८ गतेमा म्याद तामेल भएको सो तामेली म्यादै प्रतिवादीहरुले गुजारी बसेका रहेछन् ।

        २१.    प्रतिवादी शिवजी साहुले आफ्नी पत्नी मृतक गुडी भन्ने रिनाको शरिरमा आगो लगाई कर्तव्य नै गरी मारेको सिद्ध हुन आएकोले ज्यान सम्बन्धी महलको १ नं. को कसुर निजले गरेको ठहर्छ । ज्यान सम्बन्धीको १३() बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । प्र. वालेश्वर साहु तेली  र प्र. मिश्रिलाला साहु हलवाईले अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको मिति २०४५।१।२।५ को फैसला

        २२.   सप्तरी जिल्ला अदालतले मलाई हराई सर्वश्व सहित जन्म कैद गर्ने गरी २०४५।१।२ मा जाहेरी फैसला गर्नु भएकोले चित्त नबुझेकोले पुनरावेदन गरेको छु उक्त फैसला वदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको शिवजी साहुको तत्कालीन सगरमाथा अंचल अदालत राजविराज बेन्चमा परेको पुनरावेदन ।

        २३.   प्रत्यर्थी वालेश्वर साहु तेली र मिश्रीलाल साहुलाई सफाई दिने गरेको सप्तरी जिल्ला अदालतको फैसला वदर गरी निजहरु उपर शुरु प्रहरी प्रतिवेदन दावी बमोजिमको दायित्व स्थापित गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फवाट तत्कालीन सगरमाथा अंचल अदालत राजविराज बेन्चमा परेको पुनरावेदन ।

        २४.   प्रतिवादी शिवजी साहु तेलीलाई ज्यान सम्बन्धी १३() नं. बमोजिम सजाय गरेको शुरु इन्साफ मनासिव ठहर्छ । प्रतिवादी वालेश्वर  र मिश्रिलालले मृतक जलेको कारणले मरेको भनी थाहा हुंदाहुँदै जाहेर नगरेको देखिंदा निजहरुलाई ज्यान सम्बन्धी महलको २५ नं. बमोजिम रु २०। जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको तत्कालीन सगरमाथा अंचल अदालत राजविराज बेन्चको मिति २०४६।९।३ को फैसला ।

        २५.   उक्त इन्साफमा चित्त बुझेन उक्त निर्णय त्रुटिपूर्ण हुँदा उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शिवजी साहुको तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

        २६.   मृतकलाई मार्ने उद्देश्यले आगो लगाएको भन्ने कुरा शंकारहित प्रमाणबाट पुष्टि हुन सकेको नदेखिँदा शिवजी साहुलाई आरोपित कसुर गरेको ठहरार्‍याई सजाय गरेको स. अं. .  राजविराज बेन्चको फैसला फरक पर्ने देखिदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि पु.क्षे. सरकारी वकिल कार्यालयलाई सूचना दिई पेश गर्नु भन्‍ने समेत व्यहोराको तत्कालीन पु.क्षे.को २०४७।६।२९ को आदेश

        २७.   प्रस्तुत मुद्दामा कसुरको वारदात चश्मदिद रुपमा देख्ने कुनै व्यक्ति देखिएको छैन । साथै मृतकको शव परिक्षण प्रतिवेदन आदी कुनै प्रमाण मिसिल संलग्न देखिएको छैन । साथै मृतकको शव परिक्षण प्रतिवेदन आदि कुनै प्रमाण मिसिल संलग्न देखिदैनन् । पुनरावेदक प्रतिवादी कसुरमा इन्कार छन ।  सर्व प्रथम २०४२।१२।३ को वाददात पछि २०४२।१२।१० मा प्रहरी भूपालमान कार्की र २०४२।१२।१७ मा राम नारायण पाण्डेको जाहेरी दरखास्त तथा प्रहरी हवलदार गंगालाल घिमिरेको प्रतिवेदन तत्कालन सुने वुझेको कुराको भरमा आधारित देखिएका छन् । घटनास्थल मुचुल्काबाट फुटेको चुरा र डढेको पोलिष्टरको कपडाको टुक्रा मात्र वरामद गरेको देखाएको छ । प्र. शिवजी साहु र निजकी कान्छी आमाको बिचमा तथाकथित अनैतिक सम्बन्धलाई प्रतिवादी शिवजीकी श्रीमती गुडी भन्ने रिनाले देखि हल्ला गरेको कारणबाट प्रतिवादीले मट्टितेल छर्कि आगो लगाएको भन्ने वादी दावीको सम्बन्धमा त्यसरी आगो लगाई मार्ने षडयन्त्र नै रहेको भए सो को योजना र कार्यान्वयनको तरीका सम्बन्धमा वादी पक्षबाट सवुद प्रमाण द्वारा पुष्टि गर्नु पर्नेमा पुष्टि हुन सकेको देखिदैन । साथै मुट्टितेल छर्कि आगो लगाई दिने प्रतिवादीहरुको षडयन्त्रमा के कस्तो वाधा व्यवधानबाट आगो लगाइएकी गुडी भन्ने रिना बाचिन सो कुरा प्रमाणबाट समर्थित भएको छैन । अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्ने ड्राइभर मिश्रिलालबाट जाहेरीको व्यहोरा समर्थन हुन्छ कि भन्नलाई निजले अदालतमा गरेका बयानबाट शुरुमा निजको व्यहोरा खण्डन भएको छ । सर्जमिनका केवल यादव, धोधरयादव र रसुल मियाँको सर्जमिनको बेहोरालाई अदालतमा निजहरुले घटना देखेको नभै प्रहरीले सर्जमिनमा वेहोरा नसुनाई सहीछाप गराएको भनी उल्लेख गरेको र सर्जमिनका अन्य व्यक्तिहरुले प्रतिवादी शिवजी साहु र निजकी सौतेनी आमा वीचको अनैतिक सम्बन्धमा र सो कारणले आगो लागेको वा लगाएको देखेको नभै उपचारको लागि गाडीमा राखी भारतर्फ लगेको वेहोरा सम्म पुष्टि गरेका छन् । अर्को महत्वपुर्ण प्रमाणको रुपमा ग्रहण गरिएको डा. अशोकानन्दको शुरु र अदालतमा भएको बयान तर्फ हेर्दा निजले बिरामीलाई के कसरी परिक्षण गरेको हो सो व्यहोरा खुलेको नभै रिना देवी खाटमाथी बसेकी र पानी खान माग्दै गरेको वोल्दै गरेको अवस्थामा देखेको र निजको हातखुट्टा र पछाडी जलेको भन्ने देखिन्छ । सो बयानबाट प्रतिवादी शिवजी साहुकै कर्तव्यबाट जलेको भन्ने सकेको समेत देखिँदैन  भने अर्को तर्फ प्रतिवादी शिवजीसाहुले आफ्नो श्रीमतीलाई पेटमा दर्द भएकोबाट उपचारको लागि पहिले देखि जाँच गर्ने गरेका डा. जि. उन. लालालाई जचाउन भारत दरभंगा लैजान बुधमल मागीलाल कहाँ गै गाडी मांगी ल्याई निर्मलीसम्म जिपमा र त्यसपछि ट्रेनबाट दरभंगा पुर्याई औषधि गराएको भनी उक्त चिकित्सकको प्रेस्किप्सन आफ्नो बयान साथ अदालतमा पेश गरेको देखियो । जहाँसम्म प्रतिवादी शिवजी साहुकी श्रीमती गडी भन्ने रिनाका बाबुराजकुमार गुप्ताले अंचलाधिश कहाँ हुलाकद्धारा पठाएको जाहेरी छ । सो जाहेरीमा भएको निजको दस्तखत होइन भन्ने प्रतिवादी रहेको र हुलाकबाट आएको प्रतिवेदन सनाखत समेत हुन सकेको देखिदैन साथै आगलागी गरेकै कारणबाट मृत्यु भएको देखिदैन । र मार्ने षड्यन्त्र गर्ने व्यक्तिले उपचार गर्न भारतमा लग्नु पर्ने कारण समेत खुलाउन सकेको देखिएन । साथै प्रतिवादी शिवजीको नोकर शंभु कोइरी सुवधी देवी र शिव नारायण शाहले म्याद गुजारेको भनी निजहरुको हकमा मुल्तवी राखी प्र. शिवजी साहुलाई ज्यान सम्बन्धी १३() बमोजिम र अन्य प्रतिवादीहरु मिश्रिलाला साहु र बालेश्वर साहु तेलिलाई ज्यान सम्बन्धीको २५ नं. बमोजिम कसुर गरेको ठहराएको अंचल अदालतको फैसलाको हकमा प्रतिवादी सुवधी देवीको मृत्यु २०४४।७।९ मा भएको मृत्यु दर्ता प्रमाणपत्र मिसिल संलग्न रहेको र उपरोक्त सवूद प्रमाणबाट अंचल अदालतको  फैसलामा प्रमाणको मुल्यांकनमा त्रुटी गरी गरेको फैसला मिलेको नदेखिँदा प्र. शिवजी साहुले सफाई पाउने ठहर्छ भन्ने पुनरावेदन नगर्ने प्रतिवादीहरु वालेश्‍वरप्रसाद शाह र मिश्रीलालको हममा पनि अ.वं २०५ नं. बमोजिम सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०४९।३।१४ को फैसला

        २८.   प्रतिवादी शिवजी साहु तेली समेतलाई सफाई दिने गरी मिती २०४९।३।१४ मा पुनरावेदन अदालत राजविराज सप्तरीबाट भएको फैसला त्रुटिपुर्ण देखिँदा उक्त त्रुटिपुर्ण निर्णय वदर गरी प्रहरी प्रतिवदेन मागदावी बमोजिम संजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

        २९.   मृतक गुड्डी भन्ने रिनाको मृत्यु पेटको रोगबाट दरभंगामा भएको र त्यहि दाह संस्कार भएको भन्ने प्रतिवादी शिवजी साहुको बयान भएपनि डा. अशोकानन्द मिश्रको प्रहरी तथा अदालतमा भएका बयानबाट गुड्डी भन्ने रिनाको हात खुट्टा जिउमा आगोले पोलेको घाउ नै अस्पतालमा लैजान भनी हिडेको भन्ने देखिएको र ड्राइभर मिश्रिलालको प्रहरी तथा अदालतका भएको बयानमा गाडीमा राखी भारत तर्फ लागेको भन्ने स्पष्ट हुँदा प्रतिवादी शिवजी श्री साहुको कथन मिथ्या देखिन्छ । ड्राइभर मिश्रिलालको अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा रिनाको झझारपुरमा मृत्यु भै लाशलाई नेपाल लैजाउ भन्दा अभियुक्तले नमानी त्यहि संस्कार गरेको भन्ने देखिन्छ । शिवजीको बयानमा मृतकलाई वसबाट राजविराजबाट लगेको भन्ने छ । जवकी मिश्रीलालाको भनाईबाट जीपमा लगेको भन्ने स्पष्ट छ । बसमा लगेको भए ड्राइभरलाई लग्नु पर्ने प्रयोजन नै थिएन । घटनाक्रमबाट शिवजी साहुको कथन पूर्ण बनावटी र बेवुनियाद देखिन्छ । निजको आफ्नो श्रीमती जलेको तथ्य सम्बन्धित उल्लेख नगरी पेटको रोगी भनी अस्पतालमा नलगी भारतमा लगी लाश समेत दवाएको र निजको घरवाट आगोले जलेको कपडा पनि बरामद भएको पाइन्छ । वारदातको मिति २०४२।१२।३ पछि प्रतिवादी शिवजी साहु फरार भै ०४४।११।५ मा मात्र अदालतमा उपस्थित भै बयान गरेको र निजको बयान तथ्य संग विलकूल मिल्दो नभएको साथै प्रतिवादी शिवजी साहु तलीले आफ्नो पत्नीलाई आगो लगाई जलाएकोबाट मृतक रिनाको मृत्यु भएको स्पष्ट  देखिँदा देखिदै निजलाई आरोपित अभियोगबाट पुर्णरुपले सफाई दिएको पुनरावेदन अदालत राजविराजको फैसला नमिली फरक पर्ने भएबाट अ.वं. २०२ नं. बमोजिम विपक्षीहरुलाई झिकाई आएपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५२।३।२० को आदेश ।

        ३०.   प्रतिवादी शिवजीको निजको सौतनी आमासंग के कस्तो सम्बन्ध थियो भन्ने सम्बन्धमा प्र. शिवजीको वाबु सतन साहु तेलीसँग खुलाई बयान लिई पेश गर्नु भन्ने समेत यस अदालतको २०५२।१०।२६।६ को आदेश ।

        ३१.    मिश्रिलाल साहुको नाम जानुपर्ने म्याद मिश्रीलाल साहु तेलीको नाम गएको देखिदा  उक्त म्याद वदर गरी मिश्रीलाल साहुकोनाममा म्याद जारी गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।

        ३२. प्रस्तुत मुद्दाको तथ्यमा प्रवेश गर्नु पुर्व प्रचलित कानूनी व्यवस्थातर्फ दृष्टिगत गर्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ९ () () मा शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय र उपर पुरावेदन सुनी पुनरावेदन अदालतले गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएको पाइन्छ । सर्वप्रथम प्रस्तुत मुद्दामा सो बमोजिमको अवस्था नदेखिई शुरु सप्तरी जिल्ला  अदालतको फैसला उपर तत्कालिन सगरमाथा अंचल अदालत राजविराजमा पुनरावेदन परी तत्कालीन सगरमाथा अंचल अदालबाट समेत फैसला भै सो उपर पुनः तत्कालनीन पूर्वान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालतबाट पुनरावेदन अदालत राजविराजमा सरी पुनरावेदन अदालत राजविराजबाट फैसला भएको पाइन्छ । यस्तो स्थितिमा प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ () () अन्तर्गत पर्ने देखिन आएन । न्याय प्रशासन ऐन, २०४८ को दफा ९() मा पुनरावेदन अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर देहायका मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने भन्दै देहाय () मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट प्रतिवादीलाई दश वर्ष वा सो भन्दा बढी कैदको सजाय नभई सफाई दिएको देखिँदा प्रस्तुत पुनरावेदन उक्त ऐनको दफा ९() () अन्तर्गत समेत पर्ने देखिन आएन र ऐ कै दफा ९()() मा पुनरावेदन अदालतले शुरु कारवाही र किनारा गरेको मुद्दा समेत नभएकोले पुनरावेदन अदालत सप्तरी राजविराजको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन लाग्ने देखिन्न । यस अदालतको दे.पु..नं को ४८ को राम चलितर मण्डल विरुद्ध मुलकी मण्डल धानुक भएको लेनदेन मुद्दामा मिति २०५२।१।१५।६ मा यस अदालतको पूर्ण इजलासबाट प्रतिपादन भएको सिद्धान्तबाट समेत प्रस्तुत पुनरावेदन नलाग्ने र माथि लेखिए बमोजिम न्याय प्रशासन ऐन २०४८ को दफा ९ अन्तर्गतको समेत पुनरावेदन खारेज हुने ठहर्छ । पुनरावेदन खारेज नुहने ठहर गरेको मा.न्या. श्री केदारनाथ आचार्यको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३()() बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको समाननीय प्रधान न्यायाधीश श्री त्रिलोकप्रताप राणको राय ।

        ३३.   यसमा पेश हुन आएको मिसिल अध्ययन गरी  एबं पक्ष विपक्ष तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरुको बहस जिकिर समेतबाट पु.वे.. राजविराजको फैसला उपर प्रस्तुत मुद्दामा यस अदालत समक्ष पुनरावेदन लाग्न सक्ने नसक्ने के रहेछ  भन्ने तर्फ नै प्रथमतः विचार गरिनु पर्ने हुन आएको छ । त्यसतर्फ विचार गर्दा साविकमा कायम रहेको चारतहको अदालतमध्ये क्षेत्रीय अदालत र अंचल अदालतको विलीयीकरण (Merger) भै पुनरावेदन अदालत कायम हुन आएको पाइन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा २६ को व्यवस्था हेरिदा () यो ऐन प्रारम्भ हुँदाका बखत अंचल तथा क्षेत्रीय अदालतहरुमा दायर भई छिन्न बाँकी रहेका मुद्दाहरु र तत्सम्बन्धी निवेदन र प्रतिवेदनहरु यो ऐन प्रारम्भ हुँदा लागु रहेको कानूनको अधीनमा रही निर्णय गर्नेछ भन्ने व्यवस्था भइरहेको देखिँदा प्रस्तुत मुद्दा सम्बन्धी पुनरावेदनको किनारा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को व्यवस्था अनुरुप गरिनु पर्ने हुन आउँछ । न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ मा पुनरावेदन सम्बन्धी व्यवस्था रहेको र उक्त दफा १३ को उपदफा () मा क्षेत्रीय अदालतबाट फैसला वा अन्तिम आदेश भएको मुद्दा मध्ये देहायका मुद्दामा मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था रहेबाट उक्त देहायमा व्यवस्था भए बमोजिमको अवस्था छ, छैन भन्ने तर्फ हेरिनु पर्ने हुन आउँछ । त्यसतर्फ हेर्दा दफा १३() () मा प्रयोग भएका शव्दहरुले मृत्यु दण्ड सर्वश्व सहित जन्म कैद वा जन्म कैदको सजाय हुने मुद्दा भनी व्यवस्था गरेको देखिन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() मा प्रयोग भएका शव्द हरुबाट दशवर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दामा पुनरावेदन लाग्ने व्यवस्था पाइन्छ । तुलनात्मक अध्ययन गर्ने हो भने न्याय प्रशासन ऐन, २०४८ को दफा ९() () बाट अदालतले फैसला गर्दा १० वर्ष वा सो भन्दा बढी कैदको सजाय गरेको हुनु पर्ने अवस्था देखिन्छ भने न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३() बाट अदालतले फैसला गरी तोकेको कैद वर्षको आधारमा पुनरावेदन गर्न पाउने नभई मृत्युदण्ड सर्वश्व सहित जन्मकैद वा जन्मकैदको संजाय प्रस्तावित रहेको अवस्थाको मुद्दा भन्ने देखियो । वादी श्री ५ को सरकारले लिएको अभियोग दावीमा ज्यान सम्बन्धीको १३ () नं. लगाएको अवस्थामा सर्वश्व सहित जन्मकैद वा जन्मकैदको सजाय हुने अवस्थाको मुद्दा भएको देखिन्छ । शुरु सप्तरी जिल्ला अदालत एबं तत्कालीन सगरमाथा अंचल अदालतको फैसलाबाट वादी दावी समर्थित हुन पुगी प्रतिवादी मध्येका शिवजी साहुतेलीको हकमा सर्वश्व सहित जन्म कैद गर्ने गरी फैसला समेत भएको अवस्था छ । पुनरावेदन अदालत राजविराजको फैसलाले शुरु एबं अंचल अदालत दुवै तहको फैसला उल्टी गरेको अवस्थामा तात्विक भिन्नता देखिन आएको स्थिति पनि देखिन्छ । प्रतिवादीहरु मध्ये वालेश्वर साहु र मिश्रिलाल साहुलाई शुरु सप्तरी जिल्ला अदालतबाट अभियोग दावीबाट सफाइ दिएको तत्कालीन सगरमाथा अञ्चल अदालतबाट शुरुको फैसला सो हदसम्म उल्टिन गई ज्यान सम्बन्धीको २५ नं. लगाई जरिवाना गरे उपर दुवै प्रतिवादीहरुले पुनरावेदन गर्न नसकी कसुर सकारी बसेको अवस्थामा पुनरावेदन अदालत राजविराजबाट भिन्नता देखिन आएको छ । पुनरावेदन अदालत राजविराजको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आउँदा पुनरावेदन नलाग्ने भनी दरपीठ भएको नभई कानून बमोजिम नलाग्ने भनी दरपीठ भएको भनी कानून बमोजिम पुनरावेदन जांची ढाचा एबं रीत पुगी आएको भनी पुनरावेदन दर्ता भएको अवस्था छ । विभिन्न इजलास समक्ष पेश हुँदा कुनै इजलासबाट व्यक्ति वुझ्ने आदेश भएको कुनै इजलासबाट व्यक्ति बुझिएको र तत्पश्चात पुनरावेदन अदालत राजविराजको फैसला फरक पर्न सक्ने आधारमा अ.वं. २०२ नं. बमोजिम छलफल निमित्त झगडिया झिकाउने आदेश पनि भइसकेको अवस्था देखिन्छ । माथि गरिएको विवेचनाबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३() अनुरुप यस अदालत समक्ष पुनरावेदन लाग्न सक्ने अवस्थाको मुद्दा भएको आधारमा पुनरावेदन दर्ता हुन गई कारवाहीमा रहेको स्थिति देखिदा आकर्षित हुन नसक्ने न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() को आधार लिई यस अदालतमा पुनरावेदन लाग्ने नसक्ने भन्ने विद्वान अधिवक्ताको राय मुनासिव देखिदैन । विद्वान अधिवक्ताले देखाउनु भएको राम चलित्तर मण्डल धानुक सम्बन्धी लेनदेन मुद्दा सम्बन्धी नजिरको हकमा विचार गर्दा उल्लेख गरिएको नजिर देवानी मुद्दा सम्बन्धी विषयलाई लिएर भएको देखिन्छ । प्रस्तुत मुद्दा ज्यान जस्तो गम्भीर एबं संवेदनशील विषयको फौजदारी मुद्दा हँदा प्रस्तुत गरिएको नजीर यस मुद्दाको लागि सान्दर्भिक भएको भन्न मिल्दैन । नजीरको विषय बस्तु मुद्दाको प्रकृति मिलेको हुनु पर्दछ । तथ्य र कानूनी प्रश्न समान भएको अवस्थामा मात्र नजीर ग्राहय हुने हो । स्थिति परिस्थिति अर्थात कानूनी कानूनी प्रश्न समान नरहेको अवस्थामा नजीर लाग्न सक्ने नहुनाले मुद्दाको लागि प्रासगिंक एबं ग्राह्य देखिन नआएबाट त्यसतर्फ अरु विचार गरी रहनु परेन । तसर्थ माथि गरिएको विवेचनाबाट पुनरावेदन अदालत राजविराजको फैसला उपर पर्न आएको पुनरावेदन यस अदालतमा लाग्न सक्ने नै देखिंदा प्रस्तुत पुनरावेदन उपर इन्साफ गरिनु पर्ने हुन्छ । अतः इन्साफ तर्फ विचार गर्दा तत्कालीन सगरमाथा अंचल अदालत राजविराज वेन्चबाट प्रतिवादी शिवजी साहुको हकमा शुरु सप्तरी जिल्ला अदालतको सदरगरेको र प्रतिवादीहरु वालेश्वर साहु र मिश्रिलाल साहुले वारदात विषय आफूहरुलाई थाहा हुँदाहुँदै पनि जाहेरी नदिई बसेकोले ज्यान सम्बन्धीको २५ नं. बमाजिम रु२० बिस जरिवाना हुने ठहराएको फैसला मिलेको देखिँदा मनासिव ठहर्छ र प्रतिवादीहरु सवैलाई सफाई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ तर सम्मानीय प्रधान न्यायाधीश श्री त्रिलोकप्रताप राणाबाट प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न नसक्ने भनी व्यक्त भएको रायसंग सहमत हुन नसकेबाट नियमानुरुप प्रस्तुत पुनरावेदन सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३() () बमोजिम पूर्ण इजसाल समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको छुट्टै राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।२० को फैसला ।

        ३४.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान उपसरकारी अधिवक्ता श्री सरद कुमार खड्काले पुनरावदेन लाग्न सक्ने भन्ने राय व्यक्त गरी पुनरावेदन अदालतको फैसला उल्टी गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ अचार्यको निर्णय मिलेकै हुँदा सो सदर हुनुपर्छ भन्ने र प्रत्यर्थी प्रतिवादीहरुको तर्फबाट रहनु भएका विद्वान अधिवक्ताद्धय श्री संभु थापा तथा श्री कृष्ण प्रसाद सापकोटाले प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न नसक्ने हुँदा पुनरावेदन खारेज गर्ने गरेको सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको गर्नु भएको वहस समेत सुनियो ।

        ३५.   आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रत्यर्थी प्रतिवादीहरु मध्ये शिवजी साहुलाई ज्यान सम्बन्धीको १३ () नं. बमोजिम सर्वश्व सहित जन्मकैद र अन्य प्रतिवादीहरुलाई सफाई दिने गरी गरेको फैसला उपर प्रतिवादी शिवजी साहु र वादी श्री ५ को सरकारको तर्फवाट तत्कालीन सगरमाथा अंचल अदालत राजविराज बेन्चमा पुनरावेदन परेकोमा प्रतिवादी शिवजीका हकमा शुरु जिल्ला अदालतकले सजाय गर्ने गरेको फैसला सदर र अन्य प्रतिवादीहरुलाई ज्यान सम्बन्धीको २५ नं. ले रु २० जनही जरीवाना गर्ने गरी फैसला भएको र सो फैसला उपर तत्काल प्रचिलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ बमोजिम प्रतिवादी शिवजी साहुको तत्कालीन पुर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरी न्याय प्रशासन ऐन, २०४८ को दफा ३६ बमोजिम सो पुनरावेदन पुनरावेदन अदालत राजविराजमा सरी पुनरावेदन अदालत राजविराज..ले प्रतिवादी शिवजी साहुलाई आरोपित कुसुरबाट सफाई दिई अन्य प्रतिवादीहरुलाई समेत अ.वं. २०५ नं. बमोजिम सफाई दिने ठहर गरेको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९() () बमोजिम यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएकोमा संयुक्त इजलासका न्यायाधीशहरु विच पुनरावेदन लाग्न सक्ने हो होइन भन्ने सम्बन्धमा पृथकपृथक राय भई प्रस्तुत मुद्दा यस पूर्ण इजलास समक्ष पेश हुन आएको देखिन्छ । यस परिपेक्ष्यमा सर्वप्रथम प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न सक्ने नसक्ने के हो सो सम्बन्धमा नै निर्णय दिनु पर्ने देखिन आएको छ ।

        ३६.   सो तर्फ विचार गर्दा यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था वा यस अदालतको पुनरावेदकीय अधिकार क्षेत्रको सम्बन्धमा प्रचिलित कानूनी व्यवस्थाको विवेचना गर्नुपर्ने देखिन आएको छ । न्याय प्रशासन ऐन २०४८ को दफा ९()() को आधार लिई प्रस्तुत पुनरावेदन परेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ ले व्यवस्थित गरेको यस अदालतको पुनरावेदकीय क्षेत्रधिकारका सम्बन्धमा ध्यान दिनु पर्ने हुन्छ । न्याय प्रशासन ऐन, २०४८ को परिच्छेद ३ अदालतको अधिकार क्षेत्र र त्यसको प्रयोग मूल शिर्षक अन्तर्गत दफा ९ सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने शिर्षकको उपदफा () मा पुनरावेदन अदालतले  गरेको फैसला वा अन्तिम आदेश उपर देहायका मुद्दाहरुमा सर्वेाच्च अदालतमा पुनरावेदन लाग्ने छ भन्ने  भै देहाय () मा पुनरावेदन अदालतको शुरु कारवाही र किनारा गरेको मुद्दा () मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दा र () मा शुरु अदालत नियका वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनी पुनरावेदन अदालतले गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दा भन्ने उल्लेख गरेको पाइन्छ । त्यस्तै सोही दफाको उपदफा () ले सर्वोच्च अदालतमा साधक जाहेर भएको मुद्दामा पनि पुनरावेदन लाग्न सक्नेछ  भन्ने व्यवस्था गरेको पाइन्छ । यसबाट यस अदालतमा पुनरावेदकीय क्षेत्राधिकार आकर्षित हुनको लागि () पुनरावेदन अदालतले शुरु कारवाई किनारा  गरेको मुद्दा () पुनरावेदन अदालतले जिल्ला उपरको पुनरावेदन सुनी दश वर्ष वा सो भन्दा बढी कैदको सजाय गरेको रहेछ भने त्यस्तो मुद्दा () शुरु अदालतको फैसला उपर पुनरावेदन सुनी पुनरावदेन अदालतले गरेको निर्णयमा तात्विक भिन्नता भएको र () यस अदालतमा साधक जाहेर भएको अवस्था रहेको मुद्दा पर्ने देखिन्छ । प्रस्तुत पुनरावेदन शुरु जिल्ला अदालतको फैसला उपर तत्कालीन सगरमाथा अंचल अदालतमा पुनरावेदन परी सो अंचल अदालतको फैसला उपर तत्कालीन पुर्वान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पुनरावेदन अदालत राजविराजमा सरी सो पुनरावेदन अदालतले अंचल अदालतको फैसला उल्टी गरे उपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ    अंचल अदालतले पुनरावेदन सुनी गरेको फैसला उपर परेको पुनरावेदनमा पुनरावेदन अदालतले अंचल अदालतको फैसला तल माथि हुने गरी फैसला गरे पनि त्यस्तो अवस्थामा अंचल अदालतलाई शुरु अदालत मान्न नमिल्ने र त्यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() अन्‍तर्गत यस अदालत बृहद पूर्ण इजलासबाट ने.का.. २०५२ पृ. ११८५ र पुनरावेदक वादी रामचलितर मण्डल विरुद्ध मुलुकी मण्डल धानुक भएको लेनदेन मुद्दामा २०५२।१।१५ मा निर्णय भएको मुद्दामा सिद्धान्त प्रतिपादन भएको र प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेका फैसलाबाट १० वर्ष कैद भएको अवस्था नभएको र यस अदालतमा साधक जाहेर गर्नु पर्ने अवस्थाको मुद्दा समेत नदेखिँदा उल्लेखित कानूनको परिपेक्ष्यमा यस मुद्दामा यस अदालतमा साधक जोहेर गर्नु पर्ने अवस्थाको मुद्दा समेत नदेखिंदा उल्लेखित कानूनको परिप्रेक्ष्यमा यस मुद्दामा यस अदालतको पुनरावेदकीय क्षेत्राधिकार अकार्षित हुने अवस्था देखिन आएन । प्रचलित अन्य कानूनले समेत प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न सक्ने अवस्थाको नहुदा यस्तोमा न्याय प्रशासन  ऐन २०४८ को दफा १२() बमोजिम मुद्दा दाहोर्‍याई हेर्ने निवदेन लाग्ने कानूनी व्यवस्था देखिँदा पुनरावेदन गरेको कानून संगत देखिन आएन । पुनरावेदन नलाग्ने भनी खारेज गर्ने गरेको सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु

 

उपयुक्त रायमा हामी सहमत छौं ।

 

न्या.श्री केशव प्रसाद उपाध्याय

न्या. श्री इन्द्रराज पाण्डे

 

इति संवत् २०५५ साल भाद्र ११ गते रोज ५ शुभम् ......

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु