शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६९१ - कर्तव्य ज्यान ।

भाग: ४१ साल: २०५६ महिना: असार अंक:

निर्णय नं. ६६९१                   ने.का.. २०५६             अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५४ सालको फै.पु. नं. १४८७

फैसला मितिः २०५५।५।२२।२

मुद्दाः कर्तव्य ज्यान ।

पुनरावेदक/प्रतिवादीः जिल्ला झापा राजगढ गा.वि.स वाडनं ३ घर भइहाल जि. कारागार शाखा विरगंजमा कैदमा वस्ने तोयानाथ पाण्डे

विरुद्ध

प्रत्यर्थी/वादीः जिवनाथ लम्सालको जाहेरीले श्री ५ को सरकार

§  प्रस्तुत वारदातमा मर्ने पवित्रा कुमारी पाण्डेको काखमा रहेकी भन्ने देखिनेमा निजलाई खुकुरी प्रहार गर्द छोरीलाई समेत लाग्न सक्ने अवस्था रहेको देखिन्छ । त्यस्तोमा खुकुरी प्रहार गरेकोमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. ले भवितव्य र ऐ. १४ नं ले आवेशप्रेरित हत्या हुन सक्ने अवस्था रहेको पनि देखिदैन । तसर्थ आरोपित कसुरमा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३() नं. ले सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याएको शुरु झापा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत इलामको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्ने ।

(प्र. नं. १३)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री नरवहादुर साही

प्रत्यर्थी वादी तर्फबाटः X

अवलम्बित नजिरः X

फैसला

न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एबं ठहर यस प्रकार छः

        .     ०४९।१०।१४ गते वेलुका १७.४५ बजेको समयमा झापा राजगढ गा.वि.. वार्ड नं. ३ वस्ने तोयनाथ पाण्डेले आफ्ना वर्ष ३ की छोरी पवित्रा पाण्डेलाई खुकुरीले काटी मारी निज तोयानाथको श्रमिती कुमारी पाण्डे र मेरा आमा पवित्रा लम्साल समेतलाई खुकुरीले काटी सख्त घाइते समेत पारेको हुँदा पक्राउ गरी कानून बमोजिम गरी पाउँ भन्ने निज जिवनाथ लम्सालको मिति ०४९।१०।१५ को जाहेरी ।

.     टाउकोको केशमा रगत लतपत भएको, वायाँ हातले नारीमा र दायाँ कान मुनि जोर्नीमा ४ इन्च लम्वाई २ इन्च चोडाको खुकुरीले काटेको चोट भएको भन्ने ०४९।१०।१५ गतेको लास प्रकृति मुचुल्का ।

        .     ०४९।१०।१४ गते वर्ष ३ कि छोरी पवित्रा पाण्डेलाई काखमा लिएर वेलुका अं. १७३० बजेको समयमा खाना पकाउने चुल्होको छेउमा बसेकीमा वसेकै वेलामा मेरा पती तोयानाथ पाण्डेले हातमा खुकुरी लिएर गई एकै चोटी छोरीलाई काटेको थाहा छ, त्यसपछि मैले थाहा पाइन । मलाई छोरीलाई मेरा पतीले नै काटेका हुन भन्ने घाइते कुमारी पाण्डेले ०४९।१०।१५ मा गरी दिएको कागज ।

.     श्रीमती कुमारी पाण्डेको कृयाकलाप देखि रिस उठी काटी दिनु पर्यो भनी मेरो घरमा भएको खुकुरी झिकी ०४९।१०।१४ गते वेलुका अं. १७.४५ बजेको समयमा वर्ष ३ की मेरी छोरी पवित्रा पाण्डेलाई साथमा लिई बसी रहेको वेलामा खुकुरीले हान्दा छोरीलाई लाग्न गै छोरीको मृत्यु भएको हो मेरी श्रीमती कुमारी पाण्डेलाई हानेपछि पवित्रा लम्साल कराउँदै आउदा निजलाई समेत काटेको हो । यी प्रहरीले बरामद गरी ल्याएको खुकुरी मेरो हो । यही खुकुरीले छोरी, श्रीमती र पवित्रा लम्साललाई काटेको हो सनाखत समेत गर्छु भनी ०४९।१०।१५ गते प्रतिवादी तोयानाथ पाण्डेले गरेको वयान ।

.     प्रतिवादी तोयानाथले ज्यान मार्ने उद्योग गरेको देखिँदा ज्यान सम्बन्धी महलको १ नं. विरुद्धको कसुर गरेको हुँदा सोही महलको १३() बमोजिम सजाय हुन अनुरोध गरिन्छ भन्ने समेत प्रहरी प्रतिवेदन ।

.     श्रीमतीले ७ जना मानिससंग ठट्टा मस्की र अनैतिक कार्य गरेको देखि रिस उठी घरमा आएपछि खुकुरीले श्रीमतीलाई काट्दा सोही खुकुरीले चोट छोरीको काननिर लागेकोले मृत्यु भएको हो । कानूनले जो ठहर्छ भन्ने समेत प्र. तोयानाथ पाण्डेले अदालतमा गरेको वयान ।

.     श्रीमतीलाई खुकुरीले प्रहार गर्दा छोरीको कन्चटमा लागी मुत्यु भएको हो भनी साविति भई वयान गरेकोले ज्यान सम्बन्धीको १३() अनुसार प्रतिवादीलाई सर्वस्व सहित जन्म कैद हुन्छ भन्ने समेत झापा जिल्ला अदालतको मिति ०५०।३।६ को फैसला ।

.     यसमा मृतक पवित्रा पाण्डेलाई खुकुरी प्रहार गरी मारेमा प्रतिवादी अदालतमा समेत सावित छ । तत्काल रिस उठेको भन्ने वयान हुँदा ज्यान सम्बन्धीको १४ नं. अन्तर्गतको वारदाता हो कि भन्नलाई ज्यान सम्बन्धीको १४ नं. मा धारिलो जोखिमी हतियारले हानी मारेको कार्य ज्यान सम्बन्धकिो १४ नं. अन्तर्गत नपर्ने भन्ने स्पष्ट व्यवस्था भइरहेको छ र कुमारी पाण्डेलाई खुकुरी प्रहार गरेकोमा पवित्रालाई पनि लागेको भनेकोले भवितव्य हुन कि भन्नलाई खुकुरी जस्तो जोखिम हतियार होसियार साथ प्रहार गरेको पनि नदेखिई कुमारी पाण्डेलाई ताकी हानेको देखिएकोले प्रस्तुत मुद्दाको वारदात ज्यान सम्बन्धीको १३ नं. अन्तर्गत परको देखिन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धीको १३() नं. अन्तर्गत सर्वस्व सहित जन्मकैद हुने ठहर्याएको शुरुको इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको फैसला ।

१०.    आफ्नो तीन वर्षको छोरीलाई मार्ने कुनै मनासाय नभएको, श्रीमतीसँग रिस उठी काटी दिनु पर्यो भनी श्रीमतीलाई तर्साउनका लागि मात्र खुकुरी प्रहार गरेकोमा छोरी पवित्रा पाण्डेको मृत्यु भएको हुँदा भवितव्य ठहर्याई सजाय गरिनु पर्नेमा ज्यान सम्बन्धीको १३ () नं. बमोजिम सजाय गर्नु न्याय संगत नहुने हुँदा शुरु तथा पुनरावेदन अदालतको फैसला वदर गरी भवितव्य ठहराई इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तोयानाथ पाण्डेको यस अदालतमा परेको पुनरावेदन पत्र ।

११.    यसमा पुनरावेदक तर्फवाट वहस गर्न उपस्थित हुनको लागि वैतनिक अधिवक्तालाई सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको आदेश ।

१२.    नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री नर वहादुर साहीले प्रतिवादीले मृतक कुमारी पाण्डेलाई मार्नुपर्ने मनसाय तत्वको अभाव रहेको र मृतकलाई मार्ने उद्देश्यले प्रहार समेत नगरेको हुँदा सर्वस्व सहति जन्मकैद हुने ठहर्याएको शुरु तथा पुनरावेदन अदालत समेतको फैसला त्रुटिपुर्ण हुँदा वदर गरिनुपर्छ भनी गर्नु भएको वहस समेत सुनी प्रतिवादी तोयानाथ पाण्डेलाई सर्वश्व सहित जन्मकैद हुने ठहर्याएको शुरु तथा पुनरावेदकको फैसला मिले नमिलेको के रहेछ भनी निर्णयतर्फ विचार गर्दा, यसमा मिसिल संलग्न जाहेरी दर्खास्त, सर्जमिन मुचुल्का, शवपरीक्षण समेत बाट पवित्रा पाण्डेलाई कर्तव्य गरी मारेको देखिन प्रमाणित हुन आएकोले निज प्रतिवादीले ज्यान मार्नुका साथै ज्यान मार्ने उद्योग समेत गरेको देखिई निजले ज्यान सम्बन्धीको १ नं. विरुद्धको कसुर गरेको हूँदा सोही महलको १३() नं. बमोजिम सजाय हुन अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन माग दावी भएकोमा मैले भोग लाग्यो छिटो गरेर भात पकाउ भन्दा ला तिमिलाई भात यति खेर पकाएर दिन सक्छु भनी हातको इशाराले भनीन् । अघिदेखि रिसले चुर भइराखेको थिए । घरमा भएको मेरो खुकुरी झिकी श्रीमती कुमारी पाण्डेको हातै काटी दिनुपर्‍यो भनी खुकुरीले हान्दा निज तर्किन । सो वेलामा वलले प्रहार गरेको खुकुरी श्रीमतीको काखमा बसेकी छोरी पवित्रा पाण्डेको दायाँ कानमुनि लागी सो चोटले पवित्रा पाण्डे मरेको हुन भनी अधिकार प्राप्त अधिकारी समक्ष आरोपित कसुरमा सावित भई वयान गरेका छन् । भने अदालतमा समक्ष पनि आफूले प्रहार गरेको खुकुरीको चोटबाट छोरी पवित्रा पाण्डेको मृत्यु भएको हो भनी कसुरमा सावित भई वयान गरेको देखिन्छ । आफ्नी  श्रीमती कुमारी पाण्डेले परपरुषसंग ठट्टा मस्करी गरेको देख्ने वित्तिकै हानेको भन्ने नभई परपुरुष संग ठट्टा मस्करी गरेको देखेवाट रिस उठी रहेकोमा भोग लाग्यो छिटो खाना वनाउ भन्दा यि खाना भनी इशारा गरेकीले रिस उठी नजिकै भएको खुकुरीले श्रीमतीलाई हानेकोमा छोरी पवित्रालाई लाग्न गएको भन्ने प्रतिवादीकी श्रीमती कुमारी पाण्डेलाई विभिन्न घा चोट लागेको र निजकी दिदी पवित्रालाई समेत घा चोट लागेको घा जाँच फारमबाट देखिन आउँछ । ए बजिया तैले के गरेको तैले त सन्तानै काटेर मारिछस तलाई ठिक पार्छु भन्दै दिदी पवित्रा कराएकीले तिमीलाई पनि काट्छु भनी खेद्दै जाँदा नजिकैमा भेट्टाएर एक खुकुरी हानेको थिए । निजको हातमा भेटी थोरै काटियो भनी अधिकार प्राप्त जाँच प्रतिवेदनबाट सो कुराको पुष्टी भइरहेको समेत देखिन्छ । प्रतिवादीको खुकुरीको प्रहारबाट आफ्नी दिदीलाई लखेटी ज्यान मार्ने प्रयास गरेको समेत निजको कागज वयानबाट देखिन आउछ ।

१३.    प्रस्तुत वारदातमा मर्ने पवित्रा, कुमारी पाण्डेको काखमा रहेकी भन्ने देखिनेमा निजलाई खुकुरी प्रहार गर्दा छोरीलाई समेत लाग्न सक्ने अवस्था रहेको देखिन्छ । त्यस्तोमा खुकुरी प्रहार गरेकोमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं.ले भवितव्य र ऐ्. १४ नं. ले आवेशप्रेरित हत्या हुन सक्ने अवस्था रहेको पनि  देखिदैन । तसर्थ आरोपीत कसुरमा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३() नं. ले सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याएको शुरु झापा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन  अदातल इलामको इन्साफ मिलेकै देखिदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गोविन्दवहादुर श्रेष्ठ

 

इति सम्वत् ०५५ साल भाद्र २२ गते रोज २ शुभम् .........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु