शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६९२ - लेनदेन

भाग: ४१ साल: २०५६ महिना: असार अंक:

निर्णय नं. ६६९२                   ने.का.. २०५६             अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

सम्वत् २०५३ सालको दे.पु. नं. ३४१८

फैसला मितिः२०५५।६।१।५

मुद्दाः लेनदेन ।

पुनरावेदक/वादीः नेपाल बैंक लि.चन्द्रनिगाहापुरको तर्फबाट ऐ. का अधिकार प्राप्त उपशाखा प्रवन्धक पूर्ण बहादुर थापा

विरुद्ध

विपक्षी/प्रतिवादीः जि रौतहट चन्द्रनिगाहापुर गा.वि.. वडा नं. ६ बस्ने विष्णु प्रसाद कोइराला

§  राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा तत्काल अंचल  अदालतमा दायर गर्ने कानूनी व्यवस्था भैरहेकोमा सो दफा न्याय प्रशासन सुधार ऐन (चौथो संशोधन )  लागू भए पश्‍चात २०४३।७।२४ मा खारेज भएपनि प्रस्तुत मुद्दा सो मिति भन्दा पूर्व नै अर्थात मिति २०४३।७।७।६ मा  दायर भै कारवाहीयुक्त अवस्थामा रहेभएको पाइन्छ । त्यस्तो कारवाहीयुक्त अवस्थामा रहेको मुद्दालाई कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४() ले खारेज गर्न मिल्ने अवस्था नदेखिँने ।

(प्र.नं. २८)

§  राष्ट्रिय वाणिज्य बैङ्क ऐन, २०३१ को दफा ६ मा ऐन बमोजिम बैंकले गर्ने सवै काम कारवाही बैंकको नाममा संचालक समितिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै काम कारवाही बैंकको  नाममा संचालनक समतिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै वा केही अधिकार अध्यक्ष, संचालक वा संचालकहरुको उपसमिति, महाप्रवन्धक वा बैकमा अन्य पदाधिकारीहरुलाई सुम्पन सक्ने छ भन्ने उल्लेख भएको पाइन्छ । सोही व्यवस्था बमोजिम संचालक समितिको मुद्दा दायर गर्ने अधिकार शाखा प्रवन्धकहरुलाई प्रत्यायोजित गरेको देखिएको कारण समेतबाट ०४५ साल दे.पु..नं २०२ पुनरावेदक नेपाल बैंक लिमिटेड श्रीपुर शाखा वि. विहारी लाल तुल्स्यान भएको लेनदेन मुद्दामा शाखा प्रवन्धकलाई मुद्दा गर्ने हकदैया नभएको भन्न मिलेन भनी  उल्लेखित मुद्दामा सिद्धान्त कायम भैसकेको समेत पाइन्छ । तसर्थ यस्तो स्थितिमा वादी दावी खारेज हुने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको ०५३।२।१३ को फैसला मिलेको नदेखिँदा वदर हुने ।

(प्र. नं. २८)

पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

विपक्षी प्रतिवादी तर्फवाटःX

अवलम्वित नजिरः X

फैसला

        न्या. भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत हेटौडाको मिति ०५३।२।१३ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९() () बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

        .     प्रतिवादी विष्णुप्रसाद कोइरालाले अख्तियार दिएका व्यक्ति जामुन शाहले यस बैकबाट गल्ला कर्जा नं. ४६।४७ अन्तर्गत मिति ०४०।३।२७ मा ६९ वोरा गहु धितो राखी १७% दरले व्याज तिर्ने गरी तमसुक गरेर लिएको कर्जा रु १३,७००। गल्ला कर्जा नं. ४६।६० अन्तर्गत मिति ०४०।४।५ मा ६ महिना भित्र सांवा व्याज वुझाउने गरी ३० वोरा गहुँ घितो राखी १७ प्रतिशतको दरले व्याज तिर्ने गरी लिएको कर्जा रु ५,९००। गल्ला कर्जा नं. ४६।२७५ अन्तर्गत ०४०।११।१८ मा ६ महिना भित्र १७ प्रतिशतका दरले सांवा व्याज वुझाउने गरी ३५ वोरा तोरी धितो राखि लिएको कर्जा रु १९,६००। उपरोक्त तमसुक बमोजिमको साँवा व्याज समेत भाखा भित्र नवुझाई म्याद गुजारेको हुँदा प्रतिवादीलाई वारम्वार लिखित र मौखिक अनुरोध गर्दा पनि नवुझाउनु भएको हुदा बैंकले आफ्नो सावा असुल उपर गर्न निजले धितो राख्नु भएको गहुँ र तोरी समेत सरकारी तथा गैर सरकारी कर्मचारी तथा पन्च भलाद्मी समेत राखी लिलाम विक्री गर्दा प्राप्त रकम रु ८,०६२।८० पैसा प्रतिवादी के सम्बन्धित खाताहरुका जम्मा  गर्दा पनि बैंकले कर्जा नं. ४६।५७  मा १३,७०० कर्जा लिएकोमा लिलामबाट प्राप्‍त रकम मध्ये र २५१०।१३ ब्याजमा जम्मा गर्दा नपुग हुन आएको सावाँ ब्याज बिमा समेत गरी व्याजमा जम्मा रु २१,१३५।०९ कर्जा नं. ४६।६० मा रु ५,९००। कर्जा नं. ४६।२७५ मा रु १९,६००। कर्जा लिएकोमा लिलामबाट प्राप्त रकम सांवामा २००१।६१ र व्याजमा रु २१७६।१९ जम्मा गर्दा नपुग रु २५९०।१८ विभिन्न कर्जा गरी ३ वटै तमसुकको कुल साँवा रु ३७,१९८।३९ को बैंकको नियमानुसार सयकडा रु १९।५० को दरले हुने व्याज रु १७,६३६।३७ विमा रु. ८६२।२४ समेत तिर्ने कमलको जग्गा रु ५५,६९७। रकम प्रतिवादीले नवुझाउनु भई पचाउने वदलियत लिनु भएको हुँदा वा.वै. ऐन ०३१ को ५२ र मुलुकी ऐन लेनदेन व्यवहारको २ नं. अनुसार दिए नगदै नदि भएमा प्रतिवादीको भोग चलन अधिकारको जायजेथा चल अचल सम्पत्तिबाट भराई पाउँ र साथै प्रस्तुत मुद्दा फैसला हुँदा फिराद दायर गरेको दिन देखिन् मुद्दा किनारा लागी विगो भरी भराउन हुने दिनसम्मको तिनै तमसुकको जम्मा सांवा रु ३७,१९८।३९ को १९।५० ले हुने ज्याज र यो नालेसदायर गर्दा लागेको कोर्ट फि र अन्य रकम समेत प्रतिवादीबाट भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।

.     प्रस्तुत फिराद दावी अ.वं. ८२ नं. अनुसारको हकाधिकार भित्रको छैन । विपक्षीसँग मैले तमसुक गरी कुनै पनि ऋण लिएको छैन । जामुन शाहलाई मैले पनि अख्तियारी लिएको छैन । जामनु शाहलाई मैले कुनै  पनि अख्तियारी दिएको छैन। जामुन शाह र विपक्षी बैंकको कर्मचारी मिली कीर्ते कागज खडा गरी कारोवार गरेको कुरा कुनै पनि बैंकले खाद्यान्न घितो लिई कर्जा प्रवाह गर्दछ  भने उक्त खाद्यान्न के हो ? त्यसको गुणस्तर के छ, तौल कति छ, मुल्य कति जाने हो यि सम्पूर्ण  कुराको निर्धारण पश्चात ऋणले खाम्ने बढी गरेर मार्जिन राखेर मात्र  ऋण प्रवाह गरेको हुन्छ । प्रस्तुत मुद्दा विभिन्न कर्जाको मुल साँवा रु ३९,२००। देखाईको र धितो लिलामबाट खाएको भनी रु ८०६२।८० मात्र देखाइएको छ । यसबाट विपक्षी बैंकको कर्मचारी र जामनु शाह मिली दुषित कार्य गरेको पृष्टि हुन्छ तसर्थ यस्तो दुषित कारोवार गरी कुनै दुईले गरेको ऋणको भार तेश्रो व्यक्ति माथि पर्ने होइन । विभिन्न मितिमा लिएको विभिन्न कर्जाको सम्बन्धमा राखेको धितो कसरी एउटै लिलाम भयो किन लिलामबाट थोरै रुपैया आयो त्यो विपक्षीको फिरादमा उल्लेख छैन । अख्तियारी पत्र भनेको के हो कसले सहि गरी दिएको रहेछ सक्कल हेरेपछि वयान गर्ने नै छु । त्यसका अतिरिक्त उक्त अख्तियारीले दिएको लिमिटको मातहतमा रही कारोवार भएको हो होइन ? विभिन्न मितिमा छुट्टाछुट्टै तमसुक अनि कर्जा रहेको मुद्दाको विषयवस्तुका सम्बन्धमा एउटा नालेस गरेको अ.वं. ७२ ले वदरभागी छ । कर्जा लिई मैले तमसुक गरी दिएको छैन र अख्तियारी समेतले दिएको छैन  साथै ऋण कर्जा भनेको जसलाई आवश्यक परेको हो उसले लिने विषय  हो तथाकथित अख्तियारीका आधारमा तेश्रो पक्षले गरेको तमसुकका आधारमा तेश्रो पक्षले गरेको तमसुकका आधारमा अर्को व्यक्तिमा ऋणको भार आउन सक्तैन । ऋण कर्जा भन्ने जहिले पनि व्दिपक्षीय हुन्छ र प्रत्यक्ष हुन्छ तसर्थ वादी दावी बमोजिम जामुन साहले लिएको ऋणको भार म माथि आउन सक्ने होइन, फिराद खारेज गरी वादी दावावाट अलग फुर्सत गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर ।

.     मिति ०४०।३।२७ गते भएको अख्तियार पत्रमा लागेको लेखात्मक सहिछाप, मलाई वारेस गरिदिने व्यक्तिको होइन ।उक्त सहि साक्षीको महलको सहि दस्तखत नमुनाको महलमा जामनु शाह भनी गरेका सहछिापहरु कसका हुन वादी नै जानुन् । वादीले दावा गरेको तमसुकको हकमा सक्कल दाखिल भएका वखत सद्दे किर्तेका वयान गर्ने छु । वादीले दावी लिएको अख्तियार पत्र बैंकका कर्मचारीको मिलोमतोबाट किर्ते जालसाजीबाट तयार गराएका हुन्  । किर्ते गरेकोमा वादीलाई नै सजाय  गरि पाउँ साथै तमसुक समेतलाई सद्दे किर्ते के हो छुट्याउनको निमित्त वादी पक्षबाट दाखिल गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीका वारेसले अदालतमा गरेको मिति ०४४।५।२१।१ मा गरेको वयान ।

.     यदि प्रतिवादीले अख्तीयारनामा नदिएको भए कसरी भयो ? तसर्थ अख्तियार पत्र सद्दे साचो हो, किर्ते होइन भन्ने समेत व्यहोराको वादीको वारेसले अदालतमा मिति ०४४।५।२१।१ मा गरेको वयान ।

.     मलाई देखाईएका थान ३ तमसुकमा लागेको रेखात्मक तथा लेखात्मक सहिछाप मलाई वारेस दिने विष्णु प्रसादको होइन  साक्षीको महलमा वस्ने साक्षीहरुको सहछिाप पनि जालसाजी बाट गरेको हुनुपर्छ प्रस्तुत तमसुक किर्ते जालसाजीबाट खडा गरेको हुँदा लिखित जाँच गराई पाउँ र किर्ते गर्ने वादीलाई नै सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको वारेसले मिति ०४४।८।२२।३ मा अदालतमा गरेको वयान ।

.     अख्तियार प्राप्त व्यक्तिबाट बैंकमा लेनदेन कारोवार गर्न आई लेनदेन गरेको भएको हुँदा उक्त लिखतहरु सद्दे व्यवहारबाट भएकि हुन । किर्ते जालसाजीबाट भएको नुहादा वादीले सजाय पाउनु पने होइन प्रतिवादीलाई नै सजाय हुनु पर्ने हो भन्ने समेत व्यहोराको वादीको वारेसले मिति ०४४।८।२२श्र३ मा अदालतमा गरेको वयान ।

.     वादीले पेश गरेको सक्कल लिखत विशेषज्ञ जाँच गर्नु पर्ने देखिदा प्रतिवादीलाई ७ दिने म्याद लिई उपस्थित भएपछि निजको लेखात्मक तथा रेखात्मक सहिछाप समेत लिई विशेषज्ञ जाँचको लागि चाहिने दस्तुर समेत निजबाट असुल गरी वादीले पेश गरेको सक्कल तमसुक थान ३ र प्रतिवादीको नमुना सहिछाप समेत एकआपसमा भिड्छ भिड्दैन सो सम्बन्धमा जाँच गर्न सर्वोच्च अदालत रेखा विशेषज्ञ शाखामा पठाई उक्त शाखाबाट रायसाथ लिखतहरु प्राप्त भएपछि अविलम्व पेश गर्नु भने तत्कालीन नरायणी अंचल अदालतको मिति ०४५।३।१६।५ को आदेश ।

.     मिति ०३९।०४० सालको समकालिन कुनै लिखत वा कागजमा विष्णु प्रसाद कोइरालाले गरेको हस्ताक्षर नमुनाको रुपमा उपलव्ध गराई दिनु हुन भनी स.. रेखा विशेषज्ञ शाखको च.नं १२७ मिति ०४५।४।३२ को पत्र प्राप्त हुन आएको देखिँदा प्रतिवादी विष्णु प्रसाद कोइरालाका ०३९।०४० सालको सहि परेको कागज छ भनी कागज गरि दिए  कागज झिकाई विशेषज्ञ जाँचको लागि पठाउने नभए सोही व्यहोरा लेखि पठाई दिनु भन्‍ने समेत व्यहोराको तत्कालीन नारायणी अंचल अदालतको ०४५।५।१९ को आदेश ।

१०.    .. रेखा विशेषज्ञ शाखामा जाँच गर्न पठाएको लिखतहरु जाँच भै हाल सम्म प्राप्त हुन नआएकोले जाँच गर्नपठाएको लिखत सहतिको रिपोर्ट समेत अविलम्ब पठाई दिनु भनी रेखा विशेषज्ञ शाखामा अनुरोध गरि लेखि पठाउने र उक्त लिखत जाँच भई आएपछि जनाई कारवाही किनारा गर्ने गरी हाल प्रस्तुत मुद्दा अ.वं १२ नं. बमोजिम मुलतबी राखिएको छ । उपस्थित पक्ष विपक्षलाई मुलतवीको आदेश सुनाई निस्सा मिसिल सामेल राख्ने र डायरीको लगत कट्टा गरी मुलतवी दर्ता कितावमा दर्ता गरी राख्नु भन्ने मिति ०४५।८।१२ को तत्कालीन ना. अं. अ को आदेश ।

११.    मिति २०४५।१०।२३ को तत्कालीन ना.अं.. को मुलतवी जगाउने आदेश ।

१२.    वादीका साक्षी हेमराज ढुंगानाले वादी दावीलाई समर्थित हुने गरी मिति ०४६।७।८ मा तत्कालीन ना.. अं. मा रहेको वकपत्र कागज ।

१३.    वादीबाट पेश भएको ०४०।३।२७ को सक्कल अख्तियारनामामा देखिएको प्रतिवादी विष्णु प्रसाद कोइरालाको हस्ताक्षर सहिछाप मिति ०४५।३।२२।४ मा लिइएको निजको नमूनाको हस्ताक्षर सहिछाप सित भिडछ वा भिडदैन  जचाउन आवश्यक देखिएकोले विशेषज्ञद्वारा सो जचाँउने । साथै वादी  र प्रतिवादीले फिराद र प्रतिउत्तर पत्रमा लेखेको  विष्णु प्रसाद कोइरालाको दस्तखत जाँच भै प्रतिवेदन प्राप्त  भएको सोही साक्षीहरु वुझ्नुका साथै लगेको विपक्षी र विवादित ३ थान तमसुकमा लेखिएका साक्षीहरुको वकपत्र गराउन आवश्यक देखिएकोले साक्षीहरुको प्रष्ट नाम र ठेगाना वादीबाट कागज गराई खोलाई ति साक्षीहरुको वकपत्र भएपछि सो पेश गर्नुभन्ने समेत व्यहोराको मिति ०४६।५।२२।५ को तत्कालीन ना...को आदेश ।

१४.    यसमा रेखा विशेषज्ञको मिति ०४६।७।२१ को पत्रपेश भयो, पत्र बमोजिमका सम्बन्धित लिखत दुवै पक्षले दाखिल गर्न सक्छ सक्दैन ? कागज गराई दाखिला दिनु, दाखिला गरे सो लिखतहरु समेत संलग्न गरी पठाई गर्न नसके पूर्व आदेश बमोजिमको लिखत जाँच गर्न पठाई दिनु भन्ने व्यहोराको तत्कालीन ना... को मिति ०४६।८।८ को आदेश ।

१५.   वादी पक्षबाट मिति ०४७।२।१० को निवेदन साथ पेश गरेको सक्कलैले चेक वादी पक्षबाट दाखिला गराउन लगाई प्रतिवादीले किर्ते भनेको अख्तियारनामाको कागज साथै राखी दुवै लिखतमा गरेको हस्ताक्षर लिपि विशेषज्ञ कहाँ जाच गर्न पठाई सो को साथ समेत लिपी प्राप्त भएपछि पेश गर्नु भन्ने तत्कालीन ना... को मिति ०४७।३।१२।३ को आदेश।

१६.    ना.अं.. मिति ०४६।५।२२ को आदेश बमोजिम विवादित अख्तियारनामा लेखिएको साक्षीहरु वुझिएको नदेखिदा सो वुझ्नको लागि उक्त आदेश वमोजिम नै गरी वुझ्ने । विशेषज्ञबाट जाँच भई अख्तियारनामा कारणी ऋणीको हस्ताक्षर सहिसंग मिल्ने भिड्ने भनेको प्र. विष्णु प्र. कोइरालाको समकालीन हस्ताक्षर भनी जनाइएको मिसिल, सम्लग्न नं. ०८८१०१ को मिति ३।१।०३८ को चेक  प्र. को होइन भनी सनाखत गराईएको नदेखिंदा सो चेक प्र. विष्णु प्रसाद कोइरालालाई सनाखत गराउने ।

१७.   मिसिल सम्लग्न रेखा विशेषज्ञको विभिन्न मितिको रायहरुको साथै मिति ०४७।५।२० को रायको सम्बन्धमा प्रमाण ऐन ०३१ को दफा ५२ बमोजिम प्रस्तुत मुद्दाको दुवै  पक्ष विपक्षीलाई जिरह गर्ने मौका समेत दिनुपर्ने देखिँदा साक्षी परीक्षणको लागि यस अदालतमा उपस्थित भई साक्षी सरह वकपत्र गर्न र जिरहका लागि विशेषज्ञ घनश्याम मुखियालाई पक्ष विपक्षीको तारेख परेको दिन अन्जाम गरी मनासिव माफिकको समय दिई उपस्थित भइ दिनको लागि लेखि पठाउने र निजको वकपत्र र जिरहको कार्य सम्पन्न गराउने भन्ने व्यहोराको मिति ०४९।९।२२ को पुनरावेदन अदालतको आदेश ।

१८.    मिति ०४९।९।२२ को आदेशनुसार वालक शाह समेत जना ५ को नाउँमा यस अदालतबाट जारी भएको सूचना  म्याद प्राप्त नभएको भनी रौ..जि.. को च.नं. ५४३८ मिति ०५०।१०।१९ को पत्रबाट लेखि आएको देखिँदा निज राम वालक शाह समेतको नाममा पुनः म्याद जारी गर्नु भन्ने मिति ०५१।३।३०।६ को पुनरावेदन अदालतको आदेश ।

१९.    मिति ०५१।५।१४।३ मा रामनारायण कुमार राजपुतले पुनरावेदन अदालतमा गरेको वकपत्र ।

२०.   मिति ०५१।६।१०।२ मा प्रतिवादी विष्णु प्रसाद कोइरालाले पुनरावेदन अदालतमा गरेको सनाखत वयान ।

२२.   वादी ने.वै. लि. कै कव्जामा रहेको मिति ०३८।१।३ को ००८११०१ नं. को चेकमा लागेको सही अदातलबाट लिएको नमुना सहिसंग भिडाई विशेषज्ञ जाँच नगराई प्रतिवादीले इन्कार गरेको अख्तियारनामामा लागेको सहि  सँग मात्र विशेषज्ञ जाँच भई आएको देखिएकोले अदालतबाट लिएको प्रतिवादीको नमुना सही संग उक्त नं. को चेकको सहि र अख्तियारनामामा लागेको सहि नै.ने.रा.वि. तथा प्र.प्र.प्र. मा पठाई विशेषज्ञ जाँचको सहि समेत संग विशेषज्ञ जाँच गराउनु भन्ने मिति ०५१।९।२४।१ को पुनरावेदन अदालतको आदेश ।

२३.   ने.रा.वि. तथा प्र.प्र. प्र. मार्फत विवादित लिखतको  सहिछाप जचाउने भन्ने यस अदालतको मिति ०५१।९।२४ को आदेशअनुसार पठाईएको पत्र बमोजिमको विवादग्रस्थ सक्कल लिखत र नमुना हस्ताक्षर रा.वि.वि. प्रयोगशालाले वुझेको देखिन्छ । यस अदालतबाट उक्त प्रयोगशालाको नाममा पछि पत्राचार भएको नदेखिँदा  र मुद्द पुरानो भई किनारा गर्न ढिलो भइरहेकोले यथासिघ्र उक्त पत्र वुझ्ने रा.वि.वि. प्र. लाई पत्र लेखि पुर्वादेश बमोजिमको जाँच प्रतिवदेन माग गरी पेश गर्नु भन्ने मिति ०५२।११।१३।१ को पुनरावेदन अदालतको आदेश ।

२४.   यसमा नेपाल बैंक लिमिटेड सघन वैंकिङ्ग शाखाबाट दायर भएको प्रस्तुत लेनदेन मुद्दाको फिराद दायर गर्दा वाणिज्य बैंक ऐन ०३१ को दफा ६ बमोजिम संचालन समितिले प्रयोग गर्ने अधिकार शाखा प्रवन्धकले प्रयोग गर्दा निजलाइृ संचालक समितिले सो अधिकार प्रदान नगरी सोझै शाखा प्रवन्धकले फिराद दायर गरेको अवस्था एकातिर छ भने अर्कोतर्फ वादीले मुलुकी ऐन लेनदेन व्यवहारको १ नं. को हदम्याद अगालेर दायर भएको प्रस्तुत मुद्दा कार्यावाही किनारा गर्ने क्षेत्राधिकार तत्काल वहाल रहेको न्याय प्रसासन सुधार ऐन, ०३१ को दफा ९ बमोजिम सम्बन्धित जिल्ला अदालतलाई प्रदान भै रहेकोमा तत्कालीन नरायणी अंचल अदालतमा दायर भएको प्रस्तुत फिराद इन्साफ गर्न नमिलि क्षेत्राधिकारको अभावमा खारेज हुन्छ । साथै सम्मानीत सर्वोच्च अदालतबाट निर्णय नं. २६११ ने.का.. २०४२ अंक १ मा प्रकाशित पुनरावेदक प्रतिवादी विहारीलाल तुलस्या विपक्षी वादी ने.वैं लि. श्रीपुर शाखा मुद्दा लेनदेनमा भएको प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा प्रासंगीक र सान्दर्भीक भई उक्त नजिरमा प्रतिपादित सिद्धान्त विपरित देखिँदा समेतबाट वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पु.वे. . हेटौडाको मिति २०५६।२।१३ को फैसला ।

२५.   पुनरावेदन अदालत हेटौडाको फैसला सरासर गैर कानूनी भएकोले त्यसलाई वदर गरी हाम्रो फिराद दावी जिकिर अनुसार रकम दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

२६.   यसमा वाणिज्य बैंक ऐन, ०३१ को दफा ४२ बमोजिम  प्रस्तुत मुद्दा सम्बन्धित अंचल अदालतमा दायर गर्ने कानूनी व्यवस्था भएकोमा सो दफा न्याय प्रशासन सुधार ऐन (चौथो संशोधन) २०४३।७।२४ बाट खारेज भएपनि प्रस्तुत मुद्दाको फिराद मिति ०४३।७।२४ भन्दा अघि नै कानून बमोजिम दायर भएकोले क्षेत्राधिकारको आधारमा खारेज गर्न नमिल्नेमा खारेज गर्ने गरेको र सम्बत २०४५ सालको दे. पु. . नं. १०२ निवेदक  दावी नेपाल बैंक लिमिटेड श्रीपुर शाखा विरुद्ध विहारीलाल तुलस्यान समेत भएको लेनदेन मुद्दामा यस अदालतबाट मिति ०४७।३।१९ मा प्रतिपादित सिद्धान्त समेतको विपरित भई पुनरावेदन अदालत, हेटौडाको फैसला फरक गर्ने देखिँदा अ.वं २०२ नं. बमोजिम छलफलका लागि विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने यस अदातलको मिति ०५५।१।७।५ को आदेश ।

२७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री अुनपराज शर्माले प्रस्तुत फिराद पुनरावेदन अदालत हेटौडाबाट खारेज गर्ने गरेको फैसला मिलेको छैन ऐन संशोधन हुनु पुर्व नै यो नालिस दायर भएको र २०१४ सालमा नै कार्यालय प्रमुखलाई नालिस दायर गर्ने अधिकार प्रत्यायोजन भैसकेको हुनाले पुनरावेदन अदालत हेटौडाको फैसला वदर गरी वादी दावी वमोजिम विपक्षीबाट ने.वै.लि.लाई साँवा व्याज भराई पाउँ भनी गर्नु भएको वहस सुनि मिसिल संलग्न कागजात हेरी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत हेटौडाले खारेजगर्ने गरेको फैसला मिलेको छ छैन भन्ने  प्रश्नको सम्बन्धमा विचार गर्नु पर्ने देखियो । यस्मा नेपाल बैंक लिमिटेड सघन बैकिङ्ग शाखाबाट तत्कालीन नारायणी अंचल अदालतमा दायर गरिएको प्रस्तुत मुद्दामा राष्ट्रिय वाणिज्य बैंक ऐन ०३१ को दफा ६ बमोजिम संचालक समतिले प्रयोग गर्ने अधिकार शाखा प्रवन्धकले प्रयोग गर्दा मुद्दा दायर गरेको कुरा क्षेत्राधिकारको अभाव भनी मुद्दा खारेजगर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला  उपर प्रस्तुत मुद्दामा पुनरावेदन पर्न आएको रहेछ ।

२८.   यस्मा राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा तत्काल अंचल अदालतमा दायर गर्ने कानूनी व्यवस्था भैरहेकोमा सो दफा न्याय प्रसाशन सुधार ऐन (चौथो संशोधन) लागु भए पश्चात २०४३।७।२४ मा खारेज भएपनि प्रस्तुत मुद्दा सो मिति भन्दा पूर्व नै अर्थात मिति २०४३।७।७।६ मा दायर भै कारवाही युक्त अवस्थामा रहे भएको पाइन्छ । त्यस्तो कारवाहीयुक्त अवस्थामा रहेको मुद्दालाई कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४() ले खारेज गर्न मिल्ने अवस्था देखिदैन । त्यस्तै शाखा प्रवन्धकले दायर गरेको फिराद दावी लाग्न नसक्ने कुरा उल्लेख गर्दै वादी दावा खारेज हुन्छ भन्ने पुनरावेदन हेटौडाको दोश्रो वुँदा तफृ विचार गर्दा राष्ट्रिय वाणिज्य बैंक ऐन, २०३१ को दफा ६ मा ऐन बमोजिम बैंकले गर्ने सबै काम कारवाही बैंकको नाममा संचालक समितिले गर्ने छ र संचालक समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरु मध्ये सवै वा केही अधिकार अध्यक्ष, संचालक वा संचालकहरुको उपसमिति, महाप्रवन्धक वा वैंकका अन्य पदाधिकारीहरुलाई सुम्पन सक्ने छ भन्ने उल्लेख भएको पाइन्छ । सोही व्यवस्था बमोजिम संचालक समितिको मुद्दा दायर गर्ने अधिकार शाखा प्रवन्धकहरुलाई प्रत्यायोजित गरेको देखिएको कारण समेतबाट ०४५ सालको दे. पु. . नं. २०२ पुनरावेदक नेपाल बैंक लिमिटेड श्रीपुर शाखा प्रवन्धकलाई मुद्दा गर्ने हक दैया नभएको भन्न मिलेन भनी उल्लेखित मुद्दामा सिद्धान्त कायम भैसकेको समेत पाइन्छ । तसर्थ यस्तो स्थितिमा वादी दावी खारेज हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको ०५३।२।१३ को फैसला मिलेको नदेखिदा वदर हुने ठहर्छ । अव जे जो वुझ्नु पर्ने हो वुझि कानून बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षहरुलाई तारेख तोकि प्रस्तुत मुद्दाको मिसिल कागज पुनरावेदन अदालत हेटौडामा पठाई दिनु  । मिसिल नियम बमोजिम वुझाई दिनु ।  

 

उक्त रायमा सहमत छु ।

 

न्या. गोविन्दवहादुर श्रेष्ठ

 

इति सम्बत् २०५५ साल आश्विन १ गते रोज ५ शुभम् .........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु