शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१७७ - लेनदेन

भाग: ५६ साल: २०७१ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

.का.मु.प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

फैसला मिति : २०७०।५।४।३

०६७-CI-०५८६

 

मुद्दा : लेनदेन ।

 

पुनरावेदक/प्रतिवादी : डोल्पा जिल्ला, रह गा.वि.. वडा नं. १ बस्ने पन्नखर कार्की

विरूद्ध

प्रत्यर्थी/वादी : दाङ जिल्ला, धनौरी गा.वि.. वडा नं. ९ घर भई हाल दुनै बजार पसल गरी बस्ने भरतणमणि शर्मा

 

§  कारोबार भएको मितिबाट ५ महिनाभित्रै अर्थात् मिति २०६३।८।२६ मा फिराद दर्ता भएको देखिएको अवस्थामा वादीले फिरादमा हदम्यादको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. को दावी लिएको भए पनि लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद नाघेको भन्ने अवस्था नदेखिएको र त्यत्तिकै कारणले कानूनले लाग्ने हदम्यादभित्र फिराद परेको कुराको अनदेखा गर्न मिल्दैन । तसर्थ उक्त हदम्याद आकर्षित भै फिराद हदम्यादभित्रै पर्न आएको मान्नुपर्ने ।

(प्रकरण नं. )

§  दशवर्षको अन्तरालमा भएका हस्ताक्षरहरूमा सही गर्ने आदतमा परिवर्तन हुँदै जाने सम्भावनालाई इन्कार गर्न सकिदैन । पुनरावेदकले अदालतसमक्ष दिएको नमूना नियतवश बिगारेर दिएकाले अन्यत्र लेखेको सहीछापलाई भिडाउन परेको भन्ने मिसिल संलग्न कागजातहरूबाट देखिँदा पनि हस्ताक्षर जाँचको लागि लिएको नमूना र कारोबार गर्दा स्वभाविकरूपमा परेको सहीछाप हुबहु मिलेकै हुनुपर्छ भनी अदालतले भन्न नमिल्ने ।

(प्रकरण नं. )

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‍  अधिवक्ता ईन्द्र खरेल

प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान्‍  अधिवक्ता यदुनाथ खनाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २, ४० नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री लेखनाथ ढकाल

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री टंकबहादुर मोक्तान

            मा.न्या.श्री दुर्गादत्त भट्ट

 

फैसला

            न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () () बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर भएको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनउपर निस्सा प्रदान भै पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ‍ ठहर यसप्रकार छ :

            विपक्षीले मबाट मिति २०६३।३।१ देखि २०६३।३।५ सम्म पटकपटक गरी नगद रू.,९०,०००।र मिति २०६३।३।३२ देखि २०६३।४।१ सम्म दुई पटकसम्म गरी रू.,५०,०००।मिति २०६३।४।५ गते रू.३५,०००।गरी जम्मा रू.,७५,०००।लिएका र निजले मिति २०६३।३।१२ गते रू.,८५,०००।र मिति २०६३।४।१ गते रू.,३०,०००।गरी जम्मा रू.,४८,०००।मात्र बुझाई रू.२७,०००।बाँकी राखेका थिए । मिति २०६३।४।६ गते पुनः साल्दाङ गा.वि.. घर भै हाल दुनै बजार बस्ने झ्याम्पा लामामार्फत् मबाट नगद रू.,००,०००।लिई जम्मा रू.,२७,०००।लिएकोमा सो रकम माग्न जाँदा आजआज, भोलिभोलि भनी आलटाल गरी पचाउने नियत गरेकाले मैले मिति २०६३।६।२२ गते जिल्ला प्रशासन कार्यालय, डोल्पामा निवेदन दिएको थिएँ । जि.प्र.का., डोल्पाले मिति २०६३।८।२२ मा छलफलका लागि बोलाउँदा उपस्थित नभै मेरो उल्लिखित रकम पचाउने उद्देश्य गरेको हुँदा सो रू.,२७,०००।भराई दिलाई पाउँ भन्नेसमेत व्यहोराको भरतमणि शर्माको मिति २०६३।८।२६ को फिराद ।

            फिरादीले मुलुकी ऐन, लेनदेन व्यवहारको २ नं. को दावी लिएको त्यस्तो गैर तमसुक पेस भएका बखत नामाकरण गर्ने छु । त्यस्तो गैर तमसुक वा टिपोटमा मैले हस्ताक्षर गरेको पनि छैन । फिरादीले उल्लेख गरेको रकम कलम लेनदेन गर्ने मेरो हैसियत र क्षमता पनि छैन । हाम्रा गाउँका राप्ती साहु (यी वादी) का पसलमा सामान किन्न आउँदा मूल्यसम्बन्धी मेरो र वादीको बीच विवाद झगडा हुँदा सो रिसइबिले फिराद दिएको हुनुपर्छ । फिराद दिएको फिरादपत्रको प्रकरण १ को १० र ११ औं हरफमा झ्याम्पा लामा मार्फत् मबाट नगद रू.,००,०००।लिई भन्ने वाक्याँश रहेको छ । त्यस्तोमा झ्याम्पा लामाबाट असुल गर्नुपर्नेमा मबाट भराइपाउँ भन्ने दावीबाट पनि फिरादीको फिरादपत्र झुट्ठा प्रमाणित हुन्छ । फिरादी लेनदेनको २ नं. पक्री आएका हुँदा २ वर्षे वा १० वर्षे हदम्यादमध्ये कुन पक्रन खोजेका हुन्दावी स्पष्ट छैन । व्यापारिक कारोबारको लिखत टिपोट देखिन आएकोमा लेनदेनको २ नं. अन्तर्गत १० वर्षे हदम्याद लाग्ने देखिन नआई व्यापारिक कारोबारमा लेनदेनको ४० नं. बमोजिम २ वर्षे हदम्याद हुन्छ । अतः फिराददावी बदरभागी छ भन्नेसमेत व्यहोराको पन्नखर कार्कीको प्रतिउत्तरपत्र ।

            फिरादपत्रसाथ प्रतिलिपि पेस गरेको यही खाताको सक्कल वादीबाट पेस गर्न लगाई मुलुकी ऐन, अदालती बन्दोवस्तको ७८ नं. बमोजिम प्रक्रिया अपनाई वादी प्रतिवादीका साक्षी बुझ्नु भन्ने डोल्पा जिल्ला अदालतको आदेश ।

            फिरादीले फिरादपत्रसाथ पेस गरेको लेजर नं. १४७ र १५१ को सक्कल लिखत लेजर देखाउँदा देखेँ हेरेँ । सो लेजरमा भएको हिसाब साहु भरतमणि र मेरोबीचको लेनदेन कारोबार भएको होइन । उक्त लेजरमा पन्नखर कार्कीको नामको तल मिति र दस्तखतसमेत मेरो होइन । निजसँग मेरो कारोबार, लेनदेन छैन । मैले कुनै प्रकारको हिसाब किताब तिर्न बुझाउनु छैन । उक्त लिखत लेजरहरू जालसाज तवरबाट भएको हो । सोमा भएको दस्तखतसमेत कीर्ते जालसाजबाट खडा भएका हुन् । वादीबाट पेस भएका लेजरको दस्तखत र मेरा समकालीन लिखत र मेरा नागरिकता प्रमाणपत्र र मैले नेपाल बैङ्क लिमिटेडमा खाता खोल्दा दस्तखत कार्डमा भएको दस्तखत, रेखा तथा लेखा विशेषज्ञसँग जाँच गराई पाउँ भन्ने पन्नखर कार्कीको अ.बं. ७८ नं. को बयान ।

            मसँग निज प्रतिवादी पन्न भन्ने पन्नखर कार्की  /३ वर्ष पहिलेदेखि लेनदेन व्यवहार कारोबार गरेका हुन् । यो पेस गरेको लेजरमा हिसाब किताब सत्य साँचो हो । यो लेजर नं. १५१ मा हिसाब गरी दिने व्यक्ति प्रतिवादी पन्नखर कार्कीका ससुरा रामप्रसाद महत हुन् । अक्षर लेख्ने चन्द्रकान्त काफ्ले हुन् । दस्तखत निज प्रतिवादी पन्नखर कार्कीले गरेका हुन् । सोमा परेको दस्तखत सत्य साँचो हो, कीर्ते जालसाज होइन । निजबाट रू.,२७,०००।मैले पाउनुपर्ने हो भन्ने वादी भरतमणि शर्माको अ.बं. ७८ नं. को बयान ।

            वादी भरतमणि शर्मा प्रतिवादी पन्नखर कार्की भएको लेनदेन मुद्दामा निज वादी प्रतिवादीबीचमा लेनदेन, कारोबार भएको हामीहरूलाई थाहा छैन । हामीले प्रतिवादी पन्नखर कार्कीलाई बाटो निर्माण समिति र खानेपानी उपभोक्ता समितिको अध्यक्ष बनाएका थियौं । कागज, भौचर र चेकमा भएको दस्तखत देखेका हुँदा यस लेजरमा भएको हस्ताक्षर हेर्दा फरक

देख्यौं । निज प्रतिवादी पन्नखर कार्की खेती किसान गरी खाने मानिस हो । रिसइबिको कारणबाट मुद्दा दिएको हुनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी रामप्रसाद महतसमेत जना ३ को एकै मिलानको बकपत्र ।

            वादी भरतमणि शर्मा र प्रतिवादी पन्नखर कार्कीबीच २/३ वर्षदेखि लेनदेन कारोबार भैरहेको थियो । पैसा लिएको मैले देखिँन । कारोबार लेनदेनको हिसाब हुँदा वादीले ३,२७,०००।लिनु छ भन्नुभयो । प्रतिवादीले २७,०००।मात्र दिनुपर्ने हो भन्ने भएको हो । निजहरूको छलफल र हिसाब हुँदा हामी त्यहीं थियौं भन्नेसमेत व्यहोराको वादीका साक्षी विष्णु सुवेदीसमेत जना २ को बकपत्र ।

            प्रतिवादीले मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ७८ नं. बमोजिम गरेको बयानमा विवादित लिखत मेरो दस्तखत होइन भनेको हुँदा विवादित लिखतको प्रतिवादीको समकालीन दस्तखत भएको अन्य कुनै लिखत छन् छैनन् । वादी प्रतिवादीबाट कागज गराई भएका लिखत झिकाउनु र प्रतिवादीका १० वटा दस्तखत नमूना लिई लिएको उक्त नमूना दस्तखत, झिकाइएका लिखतको दस्तखत र विवादित दस्तखत लिखत भिड्छ भिड्दैन जाँच गर्नको लागि लाग्ने दस्तुर प्रतिवादीबाट लिई श्री सर्वोच्च अदालतको रेखा तथा लेखा विशेषज्ञकोमा पठाउनु भन्ने डोल्पा जिल्ला अदालतको आदेश ।

            विवादित नमूना हस्ताक्षरको सुरूवात गर्ने आदत मिलेको । विवादित र नमूना हस्ताक्षरसहितको सुरू अक्षर बाहेक अन्य अक्षर लेख्ने आदत अलगअलग देखिँदा अन्य अक्षर भिडाई यकिन गर्न सकिँदैन भन्ने विशेषज्ञको राय ।

            वादीले फिरादपत्रमा व्याजको दावी गरेको नदेखिँदा भरपाई लिखतमा उल्लिखित साँवा रू.,२७,०००।लेनदेन व्यवहारको महलको ६ नं. बमोजिम वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको डोल्पा जिल्ला अदालतको मिति २०६५।१२।३० को फैसला ।

            म पुनरावेदकले प्रतिवाद गर्दा वादीको रकम लिएको छैन, फिरादमा उल्लेख भएको टिपोटमा मेरो सहिछाप हैन । फिरादमा उल्लेख भएको रकम के बापत लिएको हो साँवा, व्याज, भाखा र सर्त कुनै कुरा उल्लेख छैन । झगडाको कारणले अदालतमा फिराद गरेका होलान् । म कृषक यस्तो लेनदेन व्यवहार गर्ने क्षमता छैन । राप्ती होटलका सञ्चालक यी वादी राप्ती साहुले उक्त दस्तखत भएको लेजरमा लेख्न लगाएकोले राप्ती साहुलाई दिने रकम रू.,२७,०००।पन्नखर कार्की रह गा.वि.. , परेला र मिति लेखेको र कागजमा दस्तखत हुँदा प्रतिवादीलाई देखिन भनी लेखक साक्षीले बकपत्र गरेकोमा त्यसलाई प्रमाणमा लिइएको छैन । विशेषज्ञबाट लिखत जाँच गराउँदा मेरो हस्ताक्षर नमिलेको राय प्राप्त भएबाटसमेत मिति २०६५।१२।३० को डोल्पा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । तसर्थ उक्त फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम गरी पाउँ भन्ने प्रतिवादी पन्नखर कार्कीको पुनरावेदन अदालत, जुम्लामा पेस गरेको पुनरावेदनपत्र ।

            यी पुनरावेदक र वादीबीच समयसमयमा लेनदेन हुने गरेको कुरा मिसिल संलग्न लेजर पानाहरूबाट देखिएको र लेजरमा गरिएको सहीछाप र नमूना हस्ताक्षरको परीक्षणबाट हस्ताक्षरको सुरूवात गर्ने आदत मिलेको भन्ने विशेषज्ञको राय देखिँदा लेनदेन व्यवहारको २ नं. को हदम्यादभित्र भनी उल्लेख गरेकै आधारमा ४० नं. को हदम्यादभित्र पर्न आएको प्रस्तुत फिरादलाई हदम्याद नाघी दायर भएको मान्न मिलेन । तसर्थ, वादी दावी पुग्ने ठहर्याएको सुरू डोल्पा जिल्ला अदालतको मिति २०६५।१२।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जुम्लाको मिति २०६७।१।८ को फैसला ।

            कथित लेजरमा भएको सहिछाप मेरो होइन भन्ने प्रतिउत्तर तथा लेखक साक्षीसमेतको वकपत्रको मूल्याङ्कन नगरी लेनदेन कारोबार नै नभएको अवस्थामा र लेजरको आधारमा आएको प्रस्तुत मुद्दा लेनदेन व्यवहारको ४० नं. बमोजिम फिराद दावी गर्नुपर्नेमा सो नगरी २ नं. को दावी लिई आएको फिरादको आधारमा भएको डोल्पा जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, जुम्लाको फैसलासमेत त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्ने व्यहोराको पन्नखर कार्कीको यस अदालतमा परेको निवेदन ।

            यसमा प्रमाणमा लिइएको लेजरमा भएको प्रतिवादीको हस्ताक्षर जाँच गर्ने विशेषज्ञले दिएको रायमा निजकै हो भनी यकिन राय दिन नसकी विशेषज्ञको सो राय आफैँ स्पष्ट नभएको र प्रतिवादीले वादीसँग आफ्नो कारोबार भएको भनी इन्कार गरेको अवस्थामा वादीसँग रहेको भनी पेस गरिएको लेजरको विवादास्पद हस्ताक्षरलाई आधार बनाई दावीबमोजिम साँवा भरिपाउने ठहराएको पुनरावेदन अदालत, जुम्लाको इन्साफमा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र लेनदेन व्यवहारको ६ नं. को व्याख्यात्मक त्रुटि भई इन्साफ फरक पर्न सक्ने देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२()() बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०६७।८।१२ को आदेश ।            

नियमबमोजिम पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान्‍  अधिवक्ता श्री ईन्द्र खरेल तथा प्रत्यर्थीको तर्फबाट रहनुभएका विद्वान्‍  अधिवक्ता श्री यदुनाथ खनालले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, जुम्लाको फैसला मिले नमिलेको के रहेछ वादीको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के हो सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

. यसमा प्रतिवादीले विभिन्न मितिमा मसँग जम्मा रू.,२७,०००।लिएकोमा सो रकम माग्न जाँदा आलटाल गरी पचाउने नियत गरेको हुँदा सो रू.,२७,०००।भराई दिलाई पाउँ भन्नेसमेतको फिराद तथा पसलमा झगडा हुँदा सो रिसइबिले फिराद दिएको हुनुपर्छ । झ्याम्पा लामामार्फत् मैले लिएको भनिएको नगद झ्याम्पा लामाबाट असुल गर्नुपर्नेमा मेरोउपर दावी गर्नु गलत छ । व्यापारिक कारोबारको लिखतमा मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. नभई २ नं. को हदम्यादअन्तर्गत आएको हुँदा फिराददावी बदरभागी छ भन्ने पन्नखर कार्कीको प्रतिउत्तर रहेकोमा व्याजको दावी नभएकोले साँवा रू.,२७,०००।वादीले प्रतिवादीबाट भरीपाउने ठहर्छ भन्ने डोल्पा जिल्ला अदालतको फैसला । उक्त फैसलाउपर प्रतिवादीको चित्त नबुझी पुनरावेदन परेकोमा सदर भएकोमा सो फैसलाउपर दोहोर्याई पाउँ भनी प्रतिवादीले यस अदालतमा निवेदन दिएको र यस अदालतबाट निस्सा प्रदान भै प्रस्तुत मुद्दा सुनुवाइको लागि आज पेस भएको पाइयो ।

. यी पुनरावेदक र वादीबीच समयसमयमा लेनदेन हुने गरेको कुरा मिसिल संलग्न वादीले पेस गरेको लेजर पानाहरू तथा प्रतिवादीले वादीलाई लेखेका मिति २०६३।४।२१ र २०६३।५।३ का पत्रहरूबाट देखिन्छ । प्रतिवादीले वादीलाई लेखेका उक्त पत्रहरू आफूले लेखेको होइन, हाम्रोबीच लेनदेन हुने गरेको थिएन भनी पुनरावेदकले कुनै जिकिर लिन सकेको नदेखिएबाट वादीका पसलमा सामान किन्न आउँदा मूल्य सम्बन्धमा भएको झगडाको कारण रिसइबिले फिराद दिएको भन्ने पुनरावेदन जिकिरलाई निजको भनाइकै आधारमा मात्र मनासिब मान्न मिलेन ।

. जहाँसम्म मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २ नं.को दावी उल्लेख गरेको मिलेन भन्ने प्रतिवादीको भनाइ छ सो सम्बन्धमा हेर्दा प्रस्तुत मुद्दामा यी वादी प्रतिवादीहरूवीच भएको कारोबार व्यापारिक प्रकृतिको देखिएको र त्यस्तो कारोबारमा मुद्दा गर्ने हदम्यादको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने भन्ने सम्बन्धमा पनि विवाद भएन । तर प्रस्तुत मुद्दामा यी वादी प्रतिवादीहरूबीच मिति २०६३।३।१ देखि मिति २०६३।४।६ सम्म पटकपटक रकम दिने र लिने कार्य भएको भन्ने फिराद लेख तथा पेस भएको लेजरबुकसमेतबाट देखिएको अवस्था छ । कारोबार भएको मितिबाट ५ महिनाभित्रै अर्थात् मिति २०६३।८।२६ मा फिराद दर्ता भएको देखिएको अवस्थामा वादीले फिरादमा हदम्यादको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. को दावी लिएको भए पनि लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद नाघेको भन्ने अवस्था नदेखिएको र त्यत्तिकै कारणले कानूनले लाग्ने हदम्यादभित्र फिराद परेको कुराको अनदेखा गर्न मिल्दैन । तसर्थ उक्त हदम्याद आकर्षित भै फिराद हदम्यादभित्रै पर्न आएको मान्नुपर्ने हुन्छ ।

. लेजरमा भएको सहीछापको सन्दर्भमा उठाएको जिकिरतर्फ हेर्दा उक्त लेजरमा गरिएको सहिछाप र नमूना हस्ताक्षरको परीक्षणबाट हस्ताक्षरको सुरूवात गर्ने आदत मिलेको र पछिको फरक परेको भनेको देखिन्छ । दशवर्षको अन्तरालमा भएका हस्ताक्षरहरूमा सही गर्ने आदतमा परिवर्तन हुँदै जाने सम्भावनालाई इन्कार गर्न सकिँदैन । पुनरावेदकले अदालतसमक्ष दिएको नमूना नियतवश बिगारेर दिएकाले अन्यत्र लेखेको सहीछापलाई भिडाउन परेको भन्ने मिसिल संलग्न कागजातहरूबाट देखिँदा पनि हस्ताक्षर जाँचको लागि लिएको नमूना र कारोबार गर्दा स्वभाविकरूपमा परेको सहीछाप हुबहु मिलेकै हुनुपर्छ भनी अदालतले भन्न मिल्ने हुँदैन । लेजरमा परेको सहीको पहिलो अक्षरर प्रतिवादीले वादीलाई लेखेको पत्रको सहीको अक्षरमा पहिलेकै अक्षरलेख्ने शैलीमा आदत मिलेकै देखिएको अवस्थामा उक्त विवादित भरपाइको हस्ताक्षर पुनरावेदक प्रतिवादीको होइन भन्न नमिल्ने हुँदा यस अदालतको मिति २०६७।८।१२ को मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गर्ने आदेशसँग सहमत हुन सकिएन ।

            . तसर्थ, वादी दावी पुग्ने ठहर्याएको सुरू डोल्पा जिल्ला अदालतको मिति २०६५।१२।३० को फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, जुम्लाको मिति २०६७।१।८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टागरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाश वस्ती

 

इति संवत् २०७० साल भदौ ४ गते रोज ३ शुभम् ।

इजलास अधिकृत : ईश्वर पराजुली

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु