शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७०९ - लिखत वदर

भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक:

निर्णय नं. ६७०९                  ने.का.प २०५६             अङ्क ४

 

संयुक्त इजलास

माननीय  न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

संवत् २०५३ सालको दे.पु.नं.... ३८४८

फैसला मितिः २०५५।६।१।५

मुद्दाः लिखत वदर ।

पुनरावेदक /वादीः का..जि. फुलवारी गा.वि.. वडा नं. ८ वस्ने हरिप्रसाद उप्रेती ।

विरुद्ध

विपक्षी/प्रतिवादीः  .. वस्ने प्रमेवहादुरज्यू ठकुरी

§  मुलुकी ऐन अंशवण्डाको १९() नं. हेर्दा पिता पुर्खाको पालाको अचल सम्पत्तिको हकमा आधि सम्म घर व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधिवा वुहारीको मंजुरी नभए पनि पनि आफूखुख गर्न पाउछ । अचलमा आधि भन्दा बढी भने व्यवहार चलाउने परे पनि २१ वर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादी दावीको लिखत २०४७।३।५ मा पारीत हुँदाकाअवस्था वादीको जन्ममिति २०२९।५।४ ले निजको उमेर २१ वर्ष पुरा भएको भन्ने देखिदैन तसर्थ उल्लेखित कानूनी व्यवस्थाबाट २१ वर्ष नाघेको छोराको मात्र मंजुरी लिनुपर्ने भएबाट वादीको उमेर २१ वर्ष पुगि नसकेको अवस्थामा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने ।

(प्र.नं.११)

पुनरावेदक वादी तर्फबाटः

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्बित नजिरः

फैसला

न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५३।१।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर भई पेश हुन आएको पुनरावेदन सहितको मिसिलको संक्षिप्त तथ्य यसप्रकार छः

.     मेरा पिताले आफ्नो पैतृक सम्पत्ति विक्री गरी लिएको फुलवारी गा.वि.. अन्तर्गतका जग्गाहरु मध्ये दाजुहरु २ जनालाई अंश दिँदा मेरो विवाह खर्च भनी पर सारेको फुलवारी गा.वि.. वडा नं. ८ को कि.नं. १२७२ ज.रो १, कि.नं. १२७६ ज.रो. १२० कि.नं. १२७८ ज.रो. ० गरि ३ कित्ता जग्गामा पिताजीको अंश समेत भएकोले  हामी २ बावु छोराको अंश थियो । मैले घर व्यावहार गर्नको लागि वावुलाई छाडी आफू काठमाडौमा  ईटा पार्ने काम गर्न गएको र धेरै जसो उहि वस्ने गरेको थिए । मिति २०४७।८।२५ मा घरमा आउँदा आफ्नो घरमा अर्कै व्यक्ति वसेको देखि किन बसेको भन्दा तिम्रा वावुसंग रु ४०,०००। मा जग्गा राजिनामामा गरि मैले लिई सके, तिम्रा बावु हाल वडा ६ टुनीटारमा वसेका छन भन्ने  जवाफ पाएकाले पिता भए ठाउँ गई सोध्दा मैले आषाढमा नै राजिनामा पास गरी दिएको थिए र हाल यहा सरेको हो भन्नु भयो तव मेरो अंश खोइत भनी सोद्धा मैले वेचेर खाएं आजबाट तलाई पाल्न पनि सक्तिन, खान लाउन पनि दिन्न भन्ने जवाफ गरि २०४७।८।२६ बाट घरमा वस्न नदिई निकाला गरेकोले अदालतको शरणमा आएको छु । यसरी मेरो अंश हक लाग्ने जग्गा मेरो मंजुरी वेगर मिति २०४७।३।५ गरेको रु ४०,०००। को लिखतको आधा भाग वदर गरी त्यसबाट गरेको दर्ता नामसारी समेत वदर गरि मेरा नाउँमा  दर्ता गरि पाउँ भन्ने समेत व्यहोराको हरिप्रसाद उप्रेतीको फिराद दावी ।

.     विपक्षी र विपक्षीका पिता समेतले मेरो रुपैया पनि खाने जग्गा पनि आधा वदर गराउने दूषित विचारबाट झुठ्ठा कुराको फिराद गरेकोले लिखत वदर हुनुपर्ने होइन । मेरो साविक घर वाल्टीङ गा.वि.. मा रहेको जग्गा जामिन विक्री गरि फुलवारीमा विपक्षीका पितासँग रु ४०,०००। मा घर जग्गा लिएको हुँ । सो रुपैयाबाट विपक्षीका पिताले पनि रु ३६,०००। मा सितादेवी गौतमसंग खेत समेत खरिद गरि लिएका छन् तसर्थ अर्को ठाउँको जग्गा खरिद गर्न एक ठाउँको विक्री गरेकोमा  लिखत वदर हुने अवस्था नै छैन । मैले खरिद गरेको जग्गा विपक्षीका पिताको पैतृक सम्पत्ति नभई निजी रुपमा दर्ता गराएको प्रमाण मालपोत कार्यालय धुलीखेलमा भएको हुँदा उक्त जग्गा दिने दाताले आफूखुसी गर्न पाउने जग्गा मैले जग्गा गरि लिएकोले  वदर हुनु  पर्ने होइन भन्ने समेत व्यहोराको प्रेम कुमारज्यू ठकुरीको प्रतिउक्त जिकिर ।

.     प्रतिवादी लिलानाथ उप्रेतीका नाउँमा ३० दिने म्याद रीतपूर्वक तामेल भएकोमा प्रतिउत्तर नफिराई बसेका रहेछन् ।

. यसमा घर व्यवहार चलाउनलाई आधा सम्म त अंशवण्डाको १९() बमोजिम एका सगोलको २१ वर्षको अंशियारको पनि स्वीकृति लिनु नपर्ने भएको र सोहि कुरालाई लेनदेन व्यवहारको महलले पनि अंगिकार गरेको देखिन्छ । सगालको सम्पत्तिको आधा सम्पत्ति वेचेको कुरा कानूनसंगत नै भएपछि अव बाँकी सम्बन्धमा एकासंगोलका अंशियारको स्वीकृति लिनुपर्ने भन्नेमा अंशवण्डाको १९ र लेनदेन व्यवहारको १० नं. को मनसाय रहेको छ । अतः वाँकी रहेको आधा जग्गामा वादीको मंजुरी लिनुपर्नेमा सो भएको भन्ने नदेखिएकोले वादीको भागको  पाउने नहुँदा मिति २०४७।३।५ को प्रतिवादीहरु बीच भएको राजिनामामा लिखत मध्येको आधार वदर भई सोवाट भएको नामसारी समेत वदर भई वादीको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलान्चोक जिल्ला अदालतबाट भएको फैसला ।

.     शुरु जिल्ला अदालतको लिखत वदर हुने ठहर्याई गरेको फैसला कानूनी सिद्धान्त समेतको प्रतिकुल भएको हुँदा सो फैसला उल्टाई हक इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमकुमारज्यू ठकुरीले पुनरावेदन अदालतमा दिएको पुनरावेदन पत्र ।

.     शुरुले गरेको फैसला  विचारणीय हुँदा अ.वं. २०२ नं. र विपक्षी झिकाई पेश गर्नु भन्ने समेतको पुनरावेदन अदालतको आदेश ।

.     वादी दावीको लिखत वदर हुनु नपर्ने ठहर गर्नु पर्नेमा लिखत वदर गर्ने गरेको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको मिति २०५१।२।२६ को फैसला मिलेको नदेखिदा सो फैसला उल्टी भै वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोरा पुनरावेदन अदालत पाटनको मिति २०५३।१।२५ को फैसला ।

.     शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको इन्साफ उल्टी गरेको पुनरावेदन अदालत पाटनको इन्साफमा चित्त वुझेन उक्त फैसला वदर गरी शुरुको इन्साफ सदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी  पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हिरा रेग्मीले कानूनको मनसाय वावुलाई आफ्नो स्वास्नी छोरालार्य खान लाउन दिनुपर्ने नदेखिएको खण्डमा अंश दिनु पर्ने वाध्यात्मक गरेको अंशवण्डाको १० नं. मा व्यवस्था छ । कानूनको व्याख्या गर्दा व्यवस्थापिकाको मनसाय तर्फ हेरिनु पर्छ र सान्दर्भिक व्याख्या हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत पाटनको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

११.    निर्णय तर्फ विचार गर्दा वादीले फिरादपत्रमा मेरो मंजुरी वेगर २०४७।३।५ मा गरि दिएको राजिनामा लिखत मध्ये आधिको लिखत वदर गरी दर्ता नामसारी गरिपाउँ भन्ने जिकिर लिएकोमा प्रतिवादीले निज वादी अंशवण्डाको १९() नं. बमोजिम २१ वर्ष पुगि नसकेकोले निजको मंजुरी लिनु नपर्ने भन्ने प्रतिवादी भएकोमा प्रमाण स्वरुप पेश भएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकको का.. ना. फा. ०५३।०५३ मिति २०५२।५।२८ को पत्रबाट निज वादी हरिप्रसाद उप्रेतीको जन्ममिति २०२९।५।४ भनी उल्लेख भएको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको १९() नं. हेर्दा पिता पुर्खाको पालाको अचल सम्पत्तिको हकमा आधि सम्म घर व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा वुहारीको मंजुरी नभए पनि आफूखुस गर्न पाउछ । अचलमा आधि भन्दा बढी भने व्यवहार। चलाउने परे पनि २१ वर्ष  नाघेको स्वास्नी छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । प्रस्तुत मुद्दामा वादी दावीको लिखत २०४७।३।५ मा पारीत हुँदाका अवस्था वादीको जन्ममिति २०२९।५।४ ले  निजको उमेर २१ वर्ष पुरा भएको भन्ने देखिदैन । तसर्थ उल्लेखित कानूनी व्यवस्थाबाट २१ वर्ष नाघेका छोराको मात्र मंजुरी लिनुपर्ने भएबाट वादीको उमेर २१ वर्ष पुगि नसकेको अवस्थामा वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरि वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति संवत २०५५ साल असोज १ गते रोज ५ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु