शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७१२ - जोत लगत कट्टा गरी पाउँ

भाग: ४१ साल: २०५६ महिना: श्रावण अंक:

निर्णय नं. ६७१२                  ने.का.प २०५६             अङ्क ४

संयुक्त इजलास

माननीय  न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

संवत् २०५२ सालको दे.पु.नं.... २९८९

फैसला मितिः २०५५।३।२३।३

मुद्दाः जोत लगत कट्टा गरी  पाउँ 

पुनरावेदक

प्रतिवादीः भ.पु.जि. छालिङ गा.वि.. वडा नं. २ बस्ने गौरी भन्ने गिरी वहादुर

विरुद्ध

विपक्षी

वादीः भ.पु..पा.वडा नं. ४ बस्ने विल बहादुर हेमुखा ।

§  भूमि सम्बन्धी ऐन,  २०२१ को दफा २() ले गरेको मोहीको परिभाषा अनुसार मोहीभन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भन्ने परिभाषा गरेको देखिन्छ तर एकै घर परिवारको व्यक्ति (भाउजु) जग्गाधनी भएको अवस्थामा सोही परिवारको एकासंगोलको व्यक्ति (देवर) यि प्रतिवादी मोही हुन सक्ने अवस्था नरहने । 

        (प्र.नं. १२)

§  प्रतिवादीले शुरु भूमि सुधार कार्यालयमा तारेख गुजारी वसेको समेत देखिन आएको अवस्थामा त्यस्तो प्रतिवादीलाई लिखत सुनाई रहन पर्ने समेत नदेखिँदा निज प्रतिवादीको जिकिर तर्क संगत नदेखिने ।                            

(प्र.नं १२)

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राम मल्ल

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामलोचन झा

अवलम्बित नजिरः कुभरीया चाइनी विरुद्ध रुद्र तुलसी महतो चाई समेत (ने.का.पा २०४३, अंक ३, पृष्ठ १९२, नि.नं २६४५,

फैसला

न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तरगत मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजालसको मिति ०५१।११।१२ को आदेश बमोजिम दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त  टिप्पणी एबं ठहर यस प्रकार छः

.     मैले ०४६।१।१५ मा रजिष्ट्रेशन पारीत गरी लिएबाट मेरो हक हुन आएको भ.पु.जि. छालिङ वडा नं. २ को कि.नं. ११ ६३ को जग्गाको जोताहा मोही जनिएका गौरी वहादुर थापा क्षेत्री भन्ने गौरी वहादुर थापा क्षेत्रीले मलाई जग्गा दिने चुना थपेनी निजको भाउजुलाई जोत तगत कट्टा गरी लिएको मन्जुर छ भनि निजको नि.नं. २४६० मा एकासंगोलमा जोत कायम हुन नसक्ने भन्ने निर्णय समेत भएको हुँदा यस कार्यालयबाट जे जो वुझ्नु पर्छ वुझि जोत लगत कट्टा गरी म ज..कै नाउँमा जोत कायम गरी पाऊ भन्ने विल वहादुर हेमुखाको ०४६।२।१७ को निवेदन दावीको यिनै साविक मोही गिरी वहादुरले भाउजु चुना थपेनीलाई गरी दिएको ०४६।१।१२ को छोडपत्र कागजको चुना थपेनीले विल बहादुर हेमुखालाई गरी दिएको ०४६।१।१५ को र.नं. २३७६ को पारीत गरी दिएको तमसुकको र छोडपत्रको फोटोकपी पेश गरेको रहेछ । उक्त कि.नं. जग्गाको निज दिलबहादुरले ०४६।१।१५ मा पारित गरि दिएको तमसुकको र फिल्डवुकको फोटोकपी पेश गरेको छु । भु.सु. अन्तर्गतको अनुसुचिहरु मैले भु.सु का. बाट पाएको छैन र २०४६ सालको धानवाली शान्ती सुव्यस्था अन्तर्गत मिति ०४६।८।११ गते धान वाली सो को दुवै तर्फको झगडीयाको रोहवरमा प्रहरीको जिल्लामा छ सो को भरपाई भक्तपुर डि.एस.पि. कार्यालयमा छ । निज पोत किन्ने व्यक्तिले मैले जो पोत किनेको भनि यसपाली पनि जग्गा खिचोला गर्न आएको हुँदा सो व्यक्तिलाई कानूनी कारवाही गरी मेरो जोतको सुरक्षा गरी पाऊँ र पाउने प्रमाण पत्र पनि पाऊ भन्ने गिरी वहादुर थापा भन्ने गौरी वहादुर थापा क्षेत्रीको ०४७।४।१५ को जिकिर रहेछ ।

.     उक्त कि.नं. जग्गाको जोताहा गिरी वहादुर थापाको मिति छोडपत्र अनुसार चुना थपेनीले छोडपत्रको साथै विल वहादुर हेमुखालाई ०४६।१।१५ मा राजिनामा पारीत गरी दिएको मितिदेखि विल वहादुरले नै जग्गा जोत कमाई मितिदेखि विल बहादुरले नै जग्गा जोती कमाई आएको हुँदा गिरी वहादुर थापाको नाउँबाट विल वहादुर हेमुखाका नाऊमा कायम गरी दिनु हुन भन्ने छालिङ गा..को ०४६।७।१ को सिफारिस रहेछ ।

.     कार्यालयबाट गा.वि.. वुझीदा उक्त कि.नं जग्गाको जोताहा नर वहादुरको नाती शेर वहादुरको नाती शेर वहादुरको छोरा गिरी वहादुर थापा क्षेत्री, भन्ने व्यक्ति अलग अलग व्यक्ति होइन दुवै नाम गरेको एकैव्यक्ति गौरी वहादुर थापा हो भन्ने गा.वि.. छालिङको ०४८।१।४ को मुचुल्का सहितको सिफारिश रहेछ ।

.     पेश हुन आएका मिसिल संलग्न प्रमाण कागजहरुको अ.वं ७८ नं. बमोजिम नामाकरणको कागज गराउन नपाउदै विपक्षी गिरी वहादुरले ०४७।८।१६ गते देखि तारेख छोडी तारेख थाम्ने थमाउने कुनै कारवाही नगरी म्यादै गुजारी बसेको रहेछ ।

.     विवादित जग्गा साविक कि.नं ४५६ बाट कि.का. भएको कुरा संलग्न प्लटलिष्ट र उत्तरबाट देखिएको र सो कित्ता किसानको व्यहोरा भन्ने महलमा भं.पु. पहिला मालमा तिरो वुझाई जोती खाई आएको र निजले छोडपत्र गरेको वा एका परिवार भित्रको हो, होइन भन्ने सम्बन्धमा कुनै खण्डन नगरी मिति ०४७।८।१६ देखि तारेख गुजारी वसेबाट प्रतिवादी जिकिरसंग सहमत हुन नसकी वादी दावी बमोजिम लगत कट्टा गरी दिने ठहर्छ भन्ने शुरु भु.सु. का. भु.पु.को मिति ०४८।१।९।२ को फैसला रहेछ । सच्याएतर्फ किर्ते कागजको १ नं. बमोजिम किर्ते तर्फ छुट्टै नालेश गर्नेछु भन्ने समेत व्यहोराको तत्कालिन वागमती अंचल अदालतमा परेको पुनरावेदक गौरी वहादुर थापाको पुनरावेदन पत्र ।

.     सद्दे कीर्तेतर्फ नखुलाई गरेको भु.सु.का. भक्तपुरको मिति ०४८।१।९ को निर्णय विचारणीय हुँदा अ.. २०२ नं. र पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम गरी छलफलको निमित्त विपक्षीलाई झिकाई उपस्थित भएपछि वा म्याद नाघेपछी नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटन ललितपुरको मिति ०४८।१०।२६ को आदेश ।

.     यसमा पुनरावेदक प्रतिवादी गिरी वहादुरले शुरु ०४७।८।१६ देखि नै तारेख गुजारी बसेको देखिँदा तारेख गुजारी बस्ने पक्षलाई कागज सुनाई रहनु पर्ने अवस्था नपर्ने हुदा अ.व ७८ नं. को प्रकृया पुरा नभएको भनि शुरुको निर्णय त्रुटिपुर्ण छ भन्ने प्रतिवादीको जिकिरहरु कानून संगत देखिएन । जग्गा जोति वाली जग्गाधनीलाई वुझाउदै आएको कुनै पनि प्रमाण पुनरावेदकबाट पेश भएको पनि देखिदैन । जग्गामा मोही नै थिए र मोही नैकायम गर्नुपर्छ भन्ने नमिल्दा शुरुले वादी दावी बमोजिम लगत कट्टा गर्ने गरी गरेको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटन ललितपुरको मिति ०५०।२।४।२ को फैसला ।

.     म निवेदक साविक जग्गाधनी चुनादेवीको देवर भएको कुरामा विवाद देखिएन भन्ने पुनरावेदनको आधारमा चुना देवी र मेरो बीचमा २०१५ सालमा मानु छुट्टिएको भन्नेतर्फ वादी केदार वहादुर थापा समेत म निवेदक प्रतिवादी, शेर वहादुर थापा समेत म निवेदक प्रतिवादी, शेर वहादुर समेत भएको अंश मुद्दामा शुरु भक्तपुर जिल्ला अदालतको उपरोक्त २०१५ साललाई नै मानो छुट्टिएको मिति कायम गरी फैसला गरेको र तत्कालिन सम्मानित वागमती अंचल अदालतबाट समेत शुरुको निर्णय  सदर गरेकोबाट स्पष्ट भएको छ । कि.नं. ११६३ को क्षे.. ० विपक्षीले राजिनामा गरी लिँदा कै अवस्थामा मोहीको महलमा म निवेदकको नाम उल्लेख गरेकोबाट मलाई मोही स्विकार गरी लिएको स्पष्ट छ । मैले मिति ०४७।१।१२ मा गरी दिएको भनेको कागज उक्त कित्ताको होइन भन्ने कुरा कि.नं. सच्चाएको लिखतबाट स्पष्ट देखिदा देखिदै पनि अ.वं. ७८ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको कानूनी त्रुटिपूर्ण लिखतलाई प्रमाणमा लिन मिल्दैन र स्वामित्व हस्तान्तरण सम्ममा म साक्षी वसेको हुन । सोही लिखतमा म मोही भएकोमा पनि स्पष्ट छ । मैले शुरु भुमि सुधार कार्यालयको तारेख छोरीकोमा पुनरावेदन अदालतमा तारिखमा रुजु हाजिर रहेको अवस्थामा अ.. ७८ नं. को प्रकृया पुर्‍याई सद्दे किर्तेमा सुनाउनु पर्नेमा शुरुमा तारेख छोडेको आधारमा नै पुनरावेदन अदालतले समेत शुरुको निर्णयलाई सदर गरेको कानून विपरित छ । मैले सालसालैको वाली साविक जग्गाधनी चुना थापालाई वुझाउदै आएको छु । जुन कुरा निर्क्यौल गर्न निज चुना थापालाई  वुझ्नु पर्दथ्यो तर नवुझि प्रमाणको मूल्यांकन नै नगरी ऐन कानून प्रतिकुल हुने गरी वादी दावी बमोजिम लगत कट्टा गरि दिने शुरु भुमिसुधार कार्यालय भक्तपुरको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेरी प्रमाणको उचित मूल्यांकन गरी न्याय पाऊँ भन्ने समेतको प्रतिवादीको निवेदन पत्र ।

१०.    यसमा विल वहादुर हमुखाले चुनाथपेनीबाट गराई लिएको मिति ०४६।१।१५ को राजिनामाको मिसिल संलग्न रहेको प्रतिलिपीबाट भक्तपुर जिल्ला छालिङ गा.वि.. वडा नं. २ को कि.नं. ९५४ बाट कित्ताकाट भै कायम हुन आएको कि.नं. ११६३ को जग्गामा गिरी वहादुर थापा मोही भनी जनिएको र राजिनामा लिनु दिनु गर्नु भन्दा अगावै भुमि सम्बन्धी ऐन, ०२१ को दफा २६ को  उपदफा () को देहाय () अनुसार मोहियानी हक छोडेको प्रकृया पुरा भएको समेत देखिन आएन । तसर्थ जोत लगत कट्टा गर्ने गरेको भुमि सुधार कार्यालय भक्तपुरको निर्णयलाई मनासिव ठहराई पुनरावेदन अदालत पाटनले गरेको मिति ०५०।२।४ को फैसलामा उक्त ऐनको दफा २६ को उपदफा () को देहाय () को व्याख्यात्मक त्रुटी देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा () को खण्ड () अनुसार दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेतको मिति ०५१।११।१२ को यस अदालतको आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको प्राप्त सपूर्ण मिसिलहरु अधययन गरी हेर्दा कि.नं ११६३ क्षे.. ० को साविक जोताहा गिरी वहादुर भन्ने गोरी वहादुर थापा क्षेत्रीले मलाई पारित गरि दिने दाता  निजको एकासंगोलको भाउजु चुना थपेनीलाई जोत लगत कट्टा गरेमा मन्जुर छ भनि जोत छोड पत्र गरी दिएको र सर्वोच्च अदालतबाट स्थापित नजिरमा समेत एकासंगोलमा जोत कायम हुन नसक्ने जोताहा साक्षी बसेमा जोत हक जग्गाधनीकै नाऊँमा हुने कानूनी व्यवस्था भएकोले साविक जोताहाकोजोत खारेज गरी मेरा नाऊमा कायमगरी पाऊ भन्ने वादी दावी र २०४६ सालको धान वाली शान्ति सुरक्षा अन्तर्गत ०४६।८।१ मा प्रहरि मार्फत जिम्मा लिई सो को भरपाई डि.एस.पि. कार्यालय भक्तपुरमा छ । निज पोत किन्ने व्यक्तिले जोतपोत किनेको भनि खिचोला गर्न आएको हुँदा उक्त व्यक्ति माथि कानून बमोजिम कारवाही गरी मेरो जोत सुरक्षा गरी पाऊँ भन्ने प्रतिउक्त जिकिर भई उत्पन्न विवादमा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राम मल्लले मेरो पक्षलाई विपक्षीले जग्गा खरिद गर्दा नै मोही स्विकार गरेको स्पष्ट छ । साविक जग्गाधनी र मेरो पक्ष २०१५ सालमा नै छुट्टि भिन्न भएको कुरा वादी केशर वहादुर थापा सेमत र निवेदक र प्रतिवादी शेर बहादुर समेत भएको अंश मुद्दामा शुरु भक्तपुर जिल्ला अदालतको २०१५ साललाई नै मानु छुट्टिएको मिति कायम गरी गरेको फैसलालाई तत्कालीन वागमती अंचल अदालतबाट सदर भएबाट स्पष्ट छ । मिति ०४६।१।१२ मा भएको कागज विवादीत कित्ताको होइन भन्ने कुरा कि.नं. सच्याएको वाटै स्पष्ट छ । उक्त लिखत मेरो पक्षलाई सुनाइएको पनि छैन । तसर्थ कानून विपरित प्रमाणको मूल्यांकन नगरी भएको शुरु भुमिसुधार कार्यालय भक्तपुरको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटन  ललितपुरको फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी गरी पुनरावेद जिकिर अनुसार हुनपर्दछ भनि र विपक्षी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता रामलोचन झाले कित्ता नं. सच्याउँदा जग्गा पास हुनु पहिले मालपोत कार्यालयमा निवेदन दिई सच्चाइएको प्रतिवादीले तारेख गुजारेको अवस्था हुँदा कागज नसुनाईएको हो । प्रतिवादीका भाईहरु बिच वण्डा भएको छैन । हालसम्म संगोल मै छन छुट्टि भिन्न भएको सम्बन्धमा प्रतिवादीको कुनै ठोस प्रमाण रहेको समेत नहुदा शुरुले गरेको निर्णयलार्य  सदर गरेको पुनरावेदन अदलतको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भनि गर्नु भएको वहस समेत सुनि हेर्दा शुरु भूमि सुधार कार्यालय भक्तपुरले वादी दावी बमोजिम लगत कट्टा गरी दिने ठहर्याएको निर्णयलाई सदर गरेको पुनरावेद अदालत पाटनको फैसला मिले नमिलेको तथा प्रतिवादीको निवेदन जिकिर पुग्ने नपुग्ने के रहेछ ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

 

१२.    अब निर्णंय तर्फ विचार गर्दा यी प्रतिवादी वादी भई चलेको अंश मुद्दाबाट ०१५ सालमा यि प्रतिवादी र निजको वावु बीच छुट्टी भिन्न भएको देखिन्छ भने प्रतिवादीहरुका दाजुभाईहरु एकासंगोल भै रहे भएको अर्थात छुट्टिएको भन्ने कुनै ठोस प्रमाण प्रतिवादी पक्षबाट  पेश भएको नपाइएको अवस्थामा यि प्रतिवादी गौरी वहादुर भन्ने गिरी वहादुर साविक जग्गाधनी चुनादेवीको देवर भएकोमा विवाद रहेन । यिनै प्रतिवादी गिरी वहादुरले मिति ०४६।१।१३ मा साविक जग्गाधनी चुनादेवीलाई मोही छोडपत्र गरी लिएको र मोही तथा जग्गाधनी चुनादेवी  भएको अवस्थामा  विल वहादुरलाई चुनादेवीले गरी दिएको राजिनामामा समेत यी प्रतिवादी साक्षी वसेको समेत मिसिल संलग्न प्रमाणबाट देखिन आउछ । भुमि सम्बन्धी ऐन, ०२१ को दफा २() ले गरेको मोहीको परिभाषा अनुसार मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आप्नो वा आफ्ना परिवारको श्रमको खेती गर्ने किसान संझनुपर्छ भन्ने परिभाषा गरेको देखिन्छ तर एकै घर परिवारको व्यक्ति (भाउजु) जग्गाधनी भएको अवस्था मा सोही परिवारको एकासगोलको व्यक्ति (देवर) यि प्रतिवादी मोही हुन सक्ने अवस्था समेत रहेन । यस सम्बन्धमा निवदिका कुमरीया चाइनी उत्प्रेषण विषयमा यस अदालतको पूर्ण इजलासबाट मिति ०४३।३।१०।३ मा (ने.का.. २०४३ अंक ३, पृष्ठ १९२? नि.नं २६४५) मा प्रतिपादित सिद्धान्त अनुसार एकासगोलमा रहे वसेको रिट निवेदिकाको स्वामित्वमा रहेको जग्गामा एकासंगोलको जेठाजु प्रत्यर्थीहरुलाई अरु जग्गावालाको जग्गा कमाउने खेती गर्ने किसान संझनु नमिल्ने, भन्ने सिद्धान्त प्रतिपादिन भईरहेको परिप्रेक्ष्यमा समेत यी पुनरावेदक प्रतिवादी विवादित जग्गाको मोही रहेछन् भन्न सकिने अवस्था रहेन । त्यस्तै यी प्रतिवादीले शुरु भुमि सुधार कार्यालयमा तारेख गुजारी वसेको समेत देखिन आएको अवस्थामा त्यस्तो प्रतिवादीलाई लिखत सुनाई रहन पर्ने समेत नदेखिदा निज प्रतिवादीको जिकिर तर्कसंगत देखिएन । अतः उपयुक्त कानूनी व्यवस्था एबं प्रतिपादित सिद्धान्त समेतबाट शुरु भूमि सुधार कार्यालय भक्तपुरले जोत लगत कट्टा गर्ने गरी गरको निर्णयलाई  सदर ठहर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला मिलेकै देखिदा मनासिव भै सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णकुमार वर्मा

 

इति सम्बत् २०५५ साल आषाढ २३ गते ३ शुभम् .....................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु