शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४९ - विदेशी मुद्रा विनियत गर्योर भन्ने

भाग: १७ साल: २०३२ महिना: बैशाख अंक:

निर्णय नं. ९४९                  ने.का.प. २०३२

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३१ सालको फौज्दारी पुनरावेदन नम्बर ८८

फैसला भएको मिति : २०३२।९।१०।५

पुनरावेदक : का.जि. मखन बस्ने रामचन्द्र रौनियार

विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : विदेशी मुद्रा विनियत गर्‍यो भन्ने

(१)   प्रहरी इन्सपेक्टर अधिकार प्राप्त अधिकारी भएकोमा का.मु.डि.एस.पी.ले मुद्दा चलाएको गैरकानूनी हुने ।

(प्र.नं. १६)

फैसला

            न्या. वासुदेव शर्मा

            १.     डि.एस.पी.कार्यालय काठमाडौंका स.ई.दयाराम भण्डारीको जाहेरी परी रामचन्द्र रौनियार पक्राउ परी कारवाही भई बागमती अञ्चलाधीशको एक सदस्यीय विशेष अदालत प्र.रामचन्द्र विश्वनाथ रौनियारलाई २वर्ष कैद र रु.२०००। दावी जरिवाना र प्र.परसुराम रौनियारलाई १ वर्ष कैद रु.१०००। जरिवाना गर्ने गरी भएको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएका फैसला उपर प्र.रामचन्द्र रौनियारको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ :

            २ .   का.जि.मखन बस्ने रामचन्द्र रौनियारको घरको भन्सार नतिरेका रेडियो ट्रान्जिष्टर र अरू त्यस्तै अवैध सामानहरू खरिद गरी बिक्री गर्छन् भन्ने बुझिएकोले यथाशीघ्र निजको घर खानतलासी गरी कानूनबमोजिम कारवाही होस् भन्नेसमेत स.ई.दयाराम र हे.कं.बमबहादुर रायमाझीको जाहेरी प्रतिवेदन ।

            ३.    आजभन्दा ३ वर्ष अधिदेखि क्यूरियो सम्बन्धी मालहरू किनबेच गर्ने र विदेशीहरूसँग डलर पाउण्डहरू लिन सकिन्छ भन्ने विश्वनाथ रौनियारले सिकाएकोले डलरहरू किनी विश्वनाथलाई दिने गर्थें बरामद भएको सामान मध्ये टेप रेकर्डर ट्रान्जिष्टरहरू मैले टुरिष्टसँग किनेको हुँ क्यासेट रु.१५। दरले किनेको हुँ डलर किनबेच गर्नेमा भगवान महतो पशुराम र ए.एन.मेहता भन्ने पनि विश्वनाथसँग पैसा लिई किनबेच गरी पारिश्रमिक लिडरहरू विश्वनाथलाई दिने गर्छन् भन्नेसमेत प्रहरीमा र सामानहरू मेरै घरबाट बरामत भएका हुन विश्वनाथ समेतलई आफ्नो इच्छाले मैले पोलेको होइन जोर जुलुम गरी प्रहरीले पोल्न लगाएका हुन विदेशी मुद्राहरू र ट्राभलर चेकहरू मैले नचिनेका टुरिष्टहरूले मेरो घरमा छोडी गएका हुन् भन्नेसमेत विशेष अदालतमा रामचन्द्र रौनियारले गरेको कागज बयान ।

            ४.    आजभन्दा एकवर्ष अघिदेखि नाम नजानेका देखे चिन्ने ४ जना दलाली राखी काठमाडौं आएका टुरिष्टसँग डलरहरू लुकी किनी विश्वनाथ रौनियारलाई रातको १०,११ बजे निजको घर गई दिने गर्थे यस्तो डलर अवैध तरिकाबाट खरिद बिक्री गर्नेहरूमा भगवान रौनियार ए.एन.मेहता र रामचन्द्र रौनियार पनि हुन भन्नेसमेत प्रहरीमा र मैले आजसम्म कुनै व्यक्तिसँग यस्तो विदेशी मुद्रा व्यवहार गरेको छैन रामचन्द्र अमरनाथ विश्वनाथसँग मेरो लेनदेन कारवार भई झगडासमेत केही छैन रौनियार नातामा दाजुभाइ हुन अकारण मलाई किन पोले निजै जानून् प्रहरीमाथि मानिस यस्ता हुन भनी लेखाउन बाध्य भएं विदेशी मुद्रा खरिद बिक्रीको काम गरेको छैन भन्नेसमेत विशेष अदालतमा परशुराम रौनियारको कागज बयान ।

            ५.    २०२ ८ साल श्रावणदेखि श्री ५को सरकार अन्तःशुल्क विभागबाट लाईसेन्स लिई मखनटोलमा गाँजा र चरेसको पसल खोली व्यापार गर्दा सो व्यापारमा धेरैजसो विदेशी टुरिष्टहरू आउने हुँदा डलरहरू र अरू ट्राभलर चेकहरू बिक्री गर्थें मलाई डलर ट्राभलर चेकहरूको पैसा बढी दिन्छु भनेबाट विश्वनाथलाई मैले भेट्टाएसम्मका डलर ट्राभलर चेक बिक्री गर्दथें निजले एक डलरमा ।२० पैसा बढी दिन्ते रामचन्द्र परशुराम, भगवान पनि यस्तो डलरहरू किनबेच गर्ने काम गर्दछन् भन्नेसमेत प्रहरीमा र मेरो पसलमा बेचेको चीज वापत विदेशी मुद्रा लिने गरेको छैन प्रहरीमा कागज गर्दा आफ्नो इच्छाले गरेको होइन करकापले गरेको हुँ मलाई किन पोले निजहरू जानुन् निजहरूलाई मैले आफ्नो इच्छाले पोलेको होइन विदेशी मुद्रा खरिद बिक्री गर्नु हुँदैन भन्ने कुरा मलाई थाहा थियो भन्नेसमेत अमरनाथ मेहताको कागज ।

            ६.    मेरो कपडा पसलमा टुरिष्टहरू किनमेलमा आउँथे उनीहरू डलर चाहन्थे मसँग पहिले डलर थिएन पछि खोजी गरी हिंड्दा, रामचन्द्र रौनियारलाई भेटी कुरा गर्दा निजसँग डलर लेनदेनको कारोबार एक वर्ष अघिदेखि भयो निजहरूले ल्याएको भाउबाट एक डलरमा ५०.५५ पैसा बढी दिई लिने गर्दथें रामचन्द्रको अलावा अमरनाथ परशुरामसँग पनि लिने गरेको छु । डलर लिन हुँदैन भन्ने थाहा भए पनि धेरै फायदा हुनेहुँदा लिने गरेको हुँ भन्नेसमेत प्रहरीमा र मैले विदेशी मुद्राको खरिद बिक्रीको काम कुनै कामसँग गरेको छैन, खरिद बिक्री गर्नुहुन्न भन्ने थाहा छ, प्रहरीमा के कारणले मलाई पोले निजहरू जानुन् भन्नेसमेत विशेष अदालतमा विश्वनाथ रौनियारले गरेको कागज बयान रहेछ ।

            ७.    इजाजत बेगर विदेशी मुद्रा राखेको र साटेको अभियोगमा रामचन्द्र रौनियार परशुराम अमरनाथ विश्वनाथसमेत उपर विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को विपरीत गरेकोले सोही ऐनको दफा १७ को १ अनुसार कारवाई हुन अनुरोध छ भन्ने समेत का.मु.डि.एस.पी. को प्रहरीमा प्रतिवेदन आरोप ।

            ८.    विदेशी मुद्राहरू खरिद बिक्री गरेमा रामचन्द्र प्रहरीमा सावित भई यस अदालतमा बयान गर्दा नचिनेको टुरिष्टले मेरो पसलमा केही दिन अघिदेखि छाडेको भनी पत्यार नलाग्दो बयान दिई दोषबाट बरामद भई आएका विदेशी मुद्राहरू र मौकामा प्रहरीमा गरेको बयान अकाट्य प्रमाण हुँदा निजले अपराध गरेकै ठहर्नाले विदेशी (विनियम नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम २वर्ष कैद र २०००। जरिवाना हुने ठहर्छ । विश्वनाथको हकमा रामचन्द्र समेतका सबै अभियुक्तले एकै मिलान प्रहरीमा बयान गरेको देखिनाले २वर्ष कैद र २०००। रुपैयाँ जरिवाना हुन्छ । परशुराम अमरनाथको हकमा विदेशी मुद्रा गैरकानूनीसँग खरिद बिक्रीको कारोवार गरी अपराध गरेकै ठहर्छ । निजहरूलाई एकवर्षका दरले कैद र रु.१०००। का दरले जरिवाना हुन्छ भन्नेसमेत विदेशी विनिमय (नियमित गर्ने) ऐन अन्तर्गतको मुद्दा हेर्ने अञ्चलाधीशको एक सदस्य विशेष अदालत (मुकाम अञ्चलाधीशको कार्यालय बागमती अञ्चल)बाट २०२ ८।१०।२५।३ मा भएको फैसला ।

            ९.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी अमरनाथ, विश्वनाथ, परशुराम रामचन्द्रको पुनरावेदन परेकोमा मुद्दा दायर गरेको प्रहरी प्रतिवेदन पनि अधिकार प्राप्त अधिकारी प्रहरी इन्स्पेक्टरले दायर गरेको नभई का.मु.डि.एस.पी.ले दायर गरेको देखिन आएकोले अ.बं.२०२ नं. अनुसार छलफल निमित्त सरकारी अधिवक्ता झिकाउने भन्नेसमेत २०३०।८।२५।२ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट आदेश भएको रहेछ ।

            १०.    न्याय प्रशासन सुधार अध्यादेश २०३० अनुसार मध्यमाञ्चलको क्षेत्रीय अदालतमा सरिआएको रहेछ ।

            ११.    प्रतिवादी रामचन्द्र रौनियारको हकमा कसूर गरेको ठहराएको इन्साफ मुनासिव र सजायतर्फ हेर्दा निजलाई एक वर्ष कैद र रु.२०००। सम्म सुरुको सदर गरी बाँकी कैद वर्ष १ को लगत काटी दिने ठहर्छ । प्र.विश्वनाथ, परशुराम, अमरनाथ समेतको हकमा रामचन्द्रले गरेको पाल बाहेक निजहरूले प्रहरीमा गरेको साविति कागजलाई समर्थन गर्ने सबूत नदेखिएकोले अदालतमा गरेको बयानमा कसूर गरेको ठहर्दैन भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति २०३१।२ ।१।३ को फैसला ।

            १२ .  विदेशी विनिमय (नियमित गर्ने) २०१९ अन्तर्गतको अभियोगमा जाँचबुझ र मुद्दाको दायरी कसबाट हुने भन्ने कुराको व्यवस्था उक्त ऐनको दफा १८ उपदफा (१) मा भएको छ सो को विपरीत मुद्दाको जाँचबुझ र दायर गराई गैरकानूनी कारवाहीबाट चलेको मुद्दा खारेज हुनुपर्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले मान्यता दिई निर्णय गर्नु प्रत्यक्ष अदालतले मान्यता दिई निर्णय गर्नु प्रत्यक्ष कानूनको विपरीत भएको छ विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १८(१) मा व्यवस्थित अधिकार प्राप्त अधिकारीमा ०२३।७।१५ को संख्या २६ को राजपत्रमा जुन अधिकार तोकिएको प्रस्तुत मुद्दामा त्यस्तो नभई कारवाही एकजनाले र मुद्दाको दायरी नतोकिएको अरुबाट भए गरेको पाइन्छ । मुद्दा दायर गर्ने हक अधिकार प्राप्त अधिकारीमा का.मु.डि.एस.पी.नतोकिएको देखिंदा देखिंदै पनि क्षेत्रीय अदालतले उक्त ऐन तथा राजपत्र प्रति कुनै ध्यान नदिई बेहक तथा बेसरोकारवाला व्यक्तिबाट गैर कानूनी रुपमा दायर भएको मुद्दालाई मान्यता दिई निर्णय गरिनु सार्वजानिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने जिकिर लिंदै प्रतिवादी रामचन्द्र रौनियारको निवेदन ।

            १३.   विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत कार्यवाही गर्ने र मुद्दा दायर गर्ने सम्बन्धमा उपस्थित भएको प्रश्नहरू यस्तो मुद्दाहरूमा उपस्थित हुन सक्ने किसिमको भएको र यसबाट यस्ता मुद्दाहरूमा प्रभाव पर्नका साथै एउटा निश्चित मार्ग दर्शनको रुप लिने भएकोले सो सार्वजनिक महत्वकै विषय देखिन्छ । उक्त ऐनको दफा १८ मा श्री ५को सरकारबाट वा बैंकबाट वा अधिकृत व्यक्तिबाट लिखित सूचना पाएमा पब्लिक प्रोसिक्यूरटर वा श्री ५को सरकारबाट यस सम्बन्धमा अधिकार प्राप्त अधिकारीले सो कुराको जाँचबुझ गर्न र मुद्दा चलाउने व्यवस्था गरेको देखिन्छ तर सो ऐनबमोजिम सूचना नभएकोमा र श्री ५को सरकारले प्रहरी निरिक्षकलाई अधिकार प्रदान गरेकोमा अधिकार नभएको डि.एस.पी.ले कारवाई गरी मुद्दा चलाएकोलाई मान्यता दिई मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको २०३० सालको फौ.पु.नं. ७५८ वादी श्री ५को सरकार प्रतिवादी फैयाद अहमद मुसलमान भएको मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट प्रतिपादित गरेको सिद्धान्त विपरीत हुनुका साथै उक्त दफा १८ को प्रत्यक्ष गम्भीर कानूनी त्रुटि गरेको भन्ने कारणबाट र यो कानूनी प्रश्नको निर्णयले उक्त मुद्दामा निर्णयात्मक असर पर्ने भएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अन्तर्गत पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत डिभिजन बेञ्चको ०३१।८।२ ।१ को आदेश ।

            १४.   उक्त आदेशनुसार पुनरावेदनमा दर्ता भई तारेखमा रहेका पुनरावेदक प्रत्यवादी रामचन्द्र रौनियारलाई रोहवरमा राखी निजतर्फका विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरेको र वादी श्री ५को सरकारतर्फबाट खटी उपस्थित हुनु भएका विद्वान का.मु.सरकारी अधिवक्ता श्री शोभाकार उपाध्यायको बहस समेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा एक सदस्यीय अञ्चलाधीशको विशेष अदालतबाट भएको फैसलालाई केही सदर गरी मध्यमाञ्चल क्षेत्रिय अदालत डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव या गल्ती के हो निर्णय दिनु परेको छ ।

            १५    यसमा प्रत्यवादी रामचन्द्र रौनियार उपर विदेशी मुद्रा सुक्री बिक्री गरेको अभियोग लगाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम का.मु.डि.एस.पी.को प्रतिवेदन आरोपबाट मुद्दा चलाएकोमा बागमती अञ्चलाधीशको एक सदस्यीय विशेष अदालतले प्रत्यवादीलाई सजाय गर्ने गरी गरेको फैसलालाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट कैद र जरीवाना केही घटाई इन्साफ उक्त विशेष अदालतको मनासिव ठहराई मिति २०३१।२ ।१।३ मा फैसला भएको देखियो।

            १६    विदेशी विनिमय (नियमित गर्ने ) ऐन, २०१९ को दफा १८ तथा २० अन्तर्गतको मुद्दा दायर गर्दा प्रहरी इन्स्पेक्टरले गर्नुपर्ने भन्ने कुरा मिति २०२३ साल कार्तिक १५ गतेको राजपत्रमा प्रकाशित अर्थमन्त्रालयको सूचनामा उल्लेख भएको पाइयो । प्रस्तुत मुद्दा दायर गर्दा का.मु.डि.एस.पी.को प्रतिवेदन आरोपको आधारमा दायर गरी कार्यवाही किनारा गरेको देखिन्छ । तसर्थ प्रहरी इन्स्पेक्टर अधिकार प्राप्त अधिकारी भएकोमा का.मु.डि.एस.पी.ले मुद्दा चलाएको गैरकानूनी हुँदा एक सदस्यीय अञ्चलाधीशको विशेष अदालतबाट भएको फैसलालाई केही सदर ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको उक्त दुबै तहको फैसला बदर हुने ठहर्छ । तपसील बमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

देहायका प्रतिवादीलाई देहायबमोजिम जरिवाना कैदसमेत गर्ने गरेको एक सदस्यीय विशेष अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला बमोजिम केही गर्न परेन सो दुबै कलमको व्यहोरा जनाइ लगत कट्टा गरिदिनु भनी का.जि.अ.त.मा लगत दिनु ..................१

प्र.रामचन्द्र रौनियारको विशेष अदालतको मिति ०२ ८।१०।२५ का फैसलाले गर्ने गरेको कैदवर्ष २ र जरिवाना रौनियारको विशेष अदालतका मिति ०२ ८१०२५ का फैसलाले गर्ने गरेको कैद वर्ष २ र जरिवाना रु.२०००। मा मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति ०३११ का फैसलाले कैद वर्ष १ एक र जरिवाना रु.२०००।को कलम १प्रतिवादी विश्वनाथ रौनियार के कैद वर्ष २दुई र जरिवाना रु.२०००। को कलम १, प्रतिवादी विश्वनाथ रौनियार के कैदवर्ष १ एक र जरिवाना र १०००। को कलम १, प्रतिवादी परशुराम रौनियार के कैदवर्ष १ र जरिवाना १, प्रतिवादी अमरनाथ मेहेताको कैदवर्ष १। जरिवाना रु.१०००। को कलम १

देहायका प्रतिवादीहरू के निजहरूले कैद र जरिवाना समेतको रुपैयाँ मिति २०२ ८।१०।२ ८।६ मा का.श्रे.अ.त.मा धरौटी बुझाएको देहायबमोजिमको रुपैयाँ धरौटी दाखिल गर्ने देहायका व्यक्तिलाई कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी ऐ........................२

प्र.रामचन्द्र रौनियार के जरिवना वापतको रु.२०००। र कैद वापतको रु.१०८० समेत जम्मा रु.तीनहजार असी रुपैयाँ ३०८० प्र.विश्वनाथ रौनियार के जरिवाना वापत रु.२०००। र कैद वापतको रु.१०८० समेत जम्मा रु.तीनहजार असी रुपैयाँ ३०८०। प्र.परशुराम रौनियार के जरिवाना रु.१०००। र कैद वापतको रु.५४० समेत जम्मा रु.एकहजार पाँचसय चालिस रुपैयाँ १५४० अमरनाथ मेहतोके जरिवाना वापतको रु.एकहजार १०००।

 

उक्त रायमा म सहमत छु । 

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३२ साल पौष १० गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु