निर्णय नं. ५८८ - हक सफा

निर्णय नं. ५८८ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री रंगनाथ उपे्रती
न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
न्यायाधीस श्री जयदेव भट्ट
सम्वत २०२६ साल देवानी फुल नम्बर ६६
फैसला भएको मिति : २०२७।१०।२०।३
निवेदक : प.४ नं. म्यादी चौर बस्ने डि.प्रेम शर्मा उपाध्याय
विरूद्ध
विपक्षी : वाग्लुङ थंथाप ग्यादी बस्ने सु.वे.बमबहादुर खत्री
मुद्दा : हक सफा
(१) प्रधान न्यायाधीशको आदेशसँग नबाझिने अन्तिम आदेश (पहिले प्रकाश नभएको) पछि प्रकाशमा आएमा–उक्त अन्तिम आदेशलाई नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न नहुने ।
प्रधान न्यायाधीशज्यूबाट भएका आदेशानुसार गर्नु पर्दैन ऐन सवालबमोजिम गर्नु भन्ने गरी पाउँ भनी मैले दिएको निवेदनमा ऐनबमोजिम गर्नु भन्ने ०१४।१।९।१ मा अन्तिम आदेश भएको सो पाल्पा अपिल सर्वोच्चअदालतको कुनै पनि फैसालामा उल्लेख नभएको अव प्रकाशमा आउँदा त्यहिनै नयाँ र महत्त्वपूर्ण प्रमाण हुनआउने भन्ने निवेदकको निवेदनपत्र मा उल्लेख भएको पाइयो । मिसिलसामेल रहेको ०१४।१।९।१ को आदेश भनेको हेर्दा बम बहादुरले निखन्न नपाउने ठहराई मालले पर्चा गरीसकेको त्यसमा चित्त नवुझ्नेले अपील गर्न पाउने र सर्वोच्चअदालतमा जाहेर गर्नुभन्ने अघि आदेश भएको नदेखिएबाट ऐन सवाल ले जाहेर गर्नुपर्ने भए आफ्नो तालुक अड्डामार्फत गर्नुपर्ने हुनाले ऐनसवाल बमोजिम गर्नु भन्ने श्री माननीय न्यायाधीश मीनबहादुर थापाबाट ०१४।१।६।५ मा आदेश दिनुभएकोले आदेशानुसार उक्त निवेदन र मिसिल पठाइदिएको छ भन्ने सर्वोच्चअदालतबाट गुल्मी माल लाई १४।१।९।१ मा लेखेको पत्रमा उल्लेख भएको हुँदा हदम्याद सम्बन्धमा माननीय प्रधान न्यायाधीशज्यूबाट भएका आदेशसँग बाझिएको नदेखिएको निवेदकले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा समेत यसको जिकिर लिएकै हुँदा त्यस्तो आदेशलाई अब प्रकाशमा आउँदा नयाँ र महत्त्वपूर्ण प्रमाण हुन्छ भनी नयाँ र महत्त्वपूर्ण प्रमाणको संज्ञा दिएको निवेदकको लेखाई उचित देखिएन ।
(प्रकरण नं. १५)
(२) पहिले नै उल्लेख र प्रस्तुत गरिसकेको देखिएको दर्ता उतार र फारामहरूलाई नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न नमिल्ने ।
२००६ सालको पाखा १० वर्ष घरदर उतार र रातामाटा भन्ने पाखो जग्गा पूर्णवीरका नाउँमा दर्ता भएको ०९ सालको दर्ता उतार औ विपक्षी वादी बमबहादुर र निजको दाजु जङ्गबहादुरले भरेका १।७ नं.फारामहरू निवेदक वादीकोतर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद घिमिरेले बेञ्चसमक्ष पेशगर्नु भएकोमा निवेदक वादीले पूर्णवीर र बमबाहादुर एका घर सगोलकै हुन् । १० बर्ष घरदर ३ महले समेतबाट पनि देखिन्छ भन्नेसमेत उल्लेख गरी गुल्मीमाल बाग्लुङमा ०१२।८।१६।५ मा कागज गरेका र त्यसपछि पटक–पटक दिएका निवेदन पत्रमा पनि सोही कुरासमेत जिकिर गरी ०६ सालको दर्ता उतार भनी पेशगरेको मिसिलसामेलै देखिएको, १।७ नं.फारामहरूका हकमा पनि ०२०।२।२।६ मा फुल बेञ्चबाट अन्तिम किनारा भएको ३।४ बर्षपछि ०२३ र ०२५ सालमा भूमिसुधार कार्यक्रम अन्तर्गत पेशगरेको देखिनाले उल्लेखित दर्ता र फारामहरूलाई पनि फुल बेञ्चबाट २० सालमा अन्तिम भएका निर्णयको तात्पर्यको लागि नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न मिलेन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री जयदेव भट्ट
१. म भारत सरकारको ९ गोरखा राईफलमा भर्ती भएकोछु । मेरो ३ पुस्ताको हकदार सालीग्रामको हकको चनौटे खेतमुरी ।८०समेत प्रेम शर्मालाई रु.७५००। मा राजिनामा गरी दिई ०१०।९।१५मा पासगरेको छुटीभिन्न भएको बाबु पूर्णवीरले पत्रपठाउँदा थाहा पाएको र वर्ष दिनको ३५दिन हाजिर हुन नसक्ने भएकाले छुट्टी लिई दाखेलभएको ३७ दिनभित्र हाजिर भई थैलीदाखेल गरे हकसफा गरिदिनु भन्ने आदेशपाउँ भन्नेसमेत बमबहादुरको ०११।९।१० को निवेदनपत्रमा व्यहोरा साँचो भए वर्ष दिनभित्र निवेदन परेको देखिएकाले परराष्ट्र मन्त्रालय मार्फत जनाउ दिई म्यादभित्र धरौट सहितको उजुर ल्याए म्याद थाम्न पर्ने भए थामी ऐन सवाल बमोजिम गर्नु भन्ने वाग्लुङ अदालतलाई ०१२।१।७।४ मा भएको आदेश ।
२. उक्त कुरा बाबुको पत्रबाट ०११।८।८ मा थाहा भएको म्यादभित्र हाजिर भई हकसफा गर्न छुट्टी नपाएकोले पठाएको निवेदनमा परराष्ट्र मन्त्रालय मार्फत जनाउ दिई त्यसको म्यादभित्र धरौटी सहितको उजुर ल्याए ऐनबमोजिम गरी थामी ऐनबमोजिम गर्नु भन्ने आदेश भएको । म यही जेष्ठ २० गते घर आईपुगेकाले जनाउ पाएको छैन तापनि थैली रु.५०००।। दाखिल गर्न ल्याएको छु, थैली बुझाई हक सफा गरी पाउँ भन्नेसमेत बमबहादुरको ०११।२।२६ को कागज ।
३. निवेदक बमबहादुरलाई जनाउ दिई तामेल भई नआउँदै छुटी लिई घर आएको म्यादभित्रै थैली धरौट सहित उजुर गर्न आएकोले वर्ष दिनको ३५ दिन नाघे तापनि थामी कारवाई गर्ने वा खारेज गर्ने के हो ? प्रष्टिकरण पाउँ भन्नेसमेत गुल्मी मालको जाहेरीमा छुट्टि पाएको ३५ दिनभित्रै हाजिर हुन आएको भए म्याद थामी अघि भई आएका आदेश ऐन सवालबमोजिम गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूको ०१२।३।१५ को आदेश ।
४. किनबेच गर्दा मुख्यलाई थाहा दिनु र सोअनुसार हद कायम हुने बाबुले छाडिसकेको उजुरवालाकै पनि म्याद नाघे पछिको उजुर देखिएको वर्ष दिनको हदम्याद ऐनले कहींबाट थामिन नसक्नेमा पनि मेरो दाता आचार्य थरका उपाध्याय उजुरवाला खत्री क्षेत्री भएकोले हकवाला भन्ने दावी झुट्टा हुँदा थैली बुझ्न नपर्ने जग्गाको खालो पैरो बनाउँदा थैलीभन्दा तेब्बर खर्च भएको छ । हक सफाबारे आसामीकै आमा स्वास्नी छोरासमेतले उजुर पारेको मैले जितेकाले यो उजुर दायर हुने होइन । उजुरवालाको बाबु सगोलकै हुन् र निजको निवेदनको टाँचा दाखिला मिति हेर्दा म्याद नाघेपछिको देखिएकोले म्याद भित्र भन्ने निराधार छ भन्नेसमेत ०१२।८।१६।५ को डि.प्रेम शर्माको कागज ।
५. हकसफा गर्न पैले साहुकहाँ जानुपर्ने गएको भन्ने नदेखिएको निवेदनमा मसौदा गर्नेको सही नभएको निवेदकभन्दा नगीचका हकवालाको उजुर परी डि. प्रेम शर्माले जितेको देखिएको फेरि सोही विषय मुद्दा दायर गरी दशौं वर्ष लगाउँदा मोल घटबढको संयोग परी मर्का पर्न जाने विदेश गएकोमा वर्ष दिनभित्र थाहा पाएका ३५ दिनभित्र थैली धरौट राखेमात्र साहुलाई झिकाई थैली बुझे बुझाई नबुझी मनासिव माफिकको इन्कार गरे इ.अ.मा नालेस दिनजानु भनी सुनाई दिनु भन्ने ०४।४।६ मा सनद भएको म्यादभित्रको उजुर नहुँदा खारेजीमा राखी जाहेर गरेका छौं भन्नेसमेत गुल्मीमालको ०१३।१२।१।५ को जाहेरी पर्चा ।
६. सोउपर चित्त बुझेन भन्ने वादी बमबहादुरको पुनरावेदन र
७. अघि लिखित पास नहुँदै आसामीका छोरा समेतको उजुर परी जिते पनि रजिष्ट्रेशनका ३२ नं.ले पास भएको मितिले नै निखन्ने म्याद कायम गर्नुपर्ने भई साहु आसामीको ९ नं.को म्याद विदेश हुनेले वर्ष दिन भित्रको थाहा पाएका ३५ दिनभित्र उजुर लाग्दैन भन्न नहुने र वादीको बाबु भए पनि छुट्टि भिन्न भएको मौकैको उजूरीमा लेखेकोले वादी नै घरको मुख्य ठहर्ने हकवाला होइन भन्ने जिकिर लिए पनि पुस्तावारी खुलाई लेख्न नसकेको वादीको बिन्तिपत्र विदेश भई लेखाई भारत सरकारमार्फत आएको विदेशको कानूनले लेख्ने मानिसको सहीछाप गर्नुनपर्ने हुनाले बदर गर्न नहुने ०१०।९।१५ गते लिखित पास भएको मितिले वर्ष दिनभित्रै थाहा पाएका ३५ दिनभित्र भनी ११।९।१० गते दिएको निवेदनपत्र कामको अनुकूलले पठाउन ढिला भएको हो भन्ने जवाफ दिंदादिंदै उजुर म्याद भित्रको नदेखिएको भन्न उचित नदेखिने म्याद भित्रैको उजुरीमा निज उजुरवालालाई जनाउ दिई जनाउका म्यादभित्र धरौट ल्याए लिई दिनु भन्ने प्रमांगी भई आएको प्रमांगीबमोजिम जनाउ जारी भई तामेली भई नआउँदै पल्टनबाट छुट्टि पाएका मितिले सोह्र दिनमा दाखेल भएको धरौटी म्याद नाघेपछिको भन्न नहुनेसमेत हुँदा वादीले हक सफा गर्न पाउनेमा खारेज गरेको शुरूको गल्ती ठहर्छ भन्ने पाल्पा अपीलको ०१४।३।१२।३ को फैसला ।
८. सोउपर चित्त बुझेन भन्ने प्रतिवादी डि.प्रेम शर्माको पुनरावेदन ।
९. यही झगडा परेको जग्गाको धान चोरी बारे सर्जमिन हुँदा बमबहादुर र निजको बाबु सगोलमै भएको भन्ने मुचुल्का भएको र यही मुद्दामा यिनै बमबहादुरको नाउँमा सर्वोच्च अदालतबाट गएको म्याद तामेल हुँदा बमबहादुर र निजको बाबु एका सगोलको भन्ने तामेल भई आएको भनी अपीलाटले जिकिर लिएकोमा एक घरमा बस्ने भन्ने मानिस कुनैको पनि सहीछाप नभएको र बेसरोकार अरूले एका घरको भन्ने कागज ती मानिस र प्रतिवादी मिलेपछि लेख्न सक्ने हुँदा सो मुचुल्काबाट घरको भन्न नहुने र म्यादमा प्रतिवादीको भनाईबमोजिम बमबहादुरको एकाघरको बाबु भन्ने नदेखिई पूर्णबहादुर बारेस लालबहादुरको एकाघरसँगको भन्ने लेखिएको पूर्णबहादुर, बमबहादुरको सगोलको भए एका निजलाई नै म्याद बुझाई दिनुपर्नेमा सो नभई अरू साक्षी सरह श्रेणीमा पूर्णबहदाुरलाई राखेको देखिंदा पूर्णबहादुर, बमबहादुरको एकाघरको भन्न नमिल्ने अरूसँग मुद्दा परी जित्दैमा अरू हकदारको उजुर लाग्दैन भन्ने मुनासिव नभएको आदेश बमोजिम जनाउसमेत नपाउँदै छुट्टि लिई घरमा आई पुग्नासाथ धरौट राखेबाट म्याद नाघी धरौट राखेको भन्न मिल्दै नमिल्ने छुट्टि पाएका मितिले ३५ दिनभित्र धरौट राख्नुहुन्छ भन्ने कुनै ऐन सवाल नभएकोले प्रधान न्यायाधीशको आदेश अवैधानिक भन्नेतर्फ आदेशबमोजिम जनाउ पाई सो जनाउको म्याद गुजारी अर्को थप म्याद दिएको नभई सो पहिला आदेशबमोजिमको जनाउ नपुग्दै घर बिदा आई हकसफातर्फ कारवाई उठाई सकेकोलेले प्र.न्या.ज्यूको आदेश बैधानिक हो वा होइन भन्ने प्रश्नै नउठ्ने प्र.न्या.ऐ, २००८ को दफा २६ ले प्रधान न्यायाधीशलाई आदेश दिने अधिकार देखिएको वादीले शुरूउपर दिएको अपीलमा पुस्तावार समेत खुलाएको सो झुट्टा हो भन्ने र सबूद प्रमाण गुर्जान प्रतिवादीले नसकेकोले सबूद बेगर हकदार होइन भन्न मुनासिव नपर्ने सो कुराको निरोपणका लागि अदालततर्फ पठाउनु आवश्यक पनि नरहेको समेतबाट इन्साफ पाल्पा अपीलको मुनासिव भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१८।४।२।२ को फैसला ।
१०. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादी डी.प्रेम शर्माको निवेदनमा विपक्षले निखनी पाउँ भनी विदेशबाट म्याद नाघेपछि मात्र निवेदन दिएको र एकाघरको बाबु भएकोले विपक्षीलाई कानूनले निखन्ने हकै नभएको भन्नेसमेत निवेदकको जिकिर भएकाले व्यहोरा साँचो भए एकाघरको बाबु घरमा छँदाछँंदै परदेश जाने निजकै छोराले निखन्न पाउँछ पाउँदैन भन्ने कानूनी प्रश्न समेत देखिनाले दोहर्याई हेर्ने निस्सा दिएको छ । दुवै थर राखी फुल बेञ्चमा पेश गर्नु भन्ने श्री मा.प्र.न्या.ज्यूबाट भएको १९।५।२७।४ को आदेश ।
११. सर्वप्रथम मालले हक बेहक गरी निर्णय दिएको मान्यता दिन मिल्ने नमिल्ने के हो भन्नेतर्फ यस सम्बन्धमा माललाई भएको ०४।४।६ को सनदमा साहु म्यादभित्र हाजिर हुन आई मुनासिव माफिकको कारण बताई थैली बुझाई लिन मन्जुर नगरे सोही व्यहोराको कागज गराई निखन्न आउनेलाई ३५ दिनभित्र अदालत अमिनीमा नालेस गर्न जानु भनी सुनाई सोबमोजिम नालेस दिई तहकिकात भई आएपछि सोअनुसार गर्न भन्ने उल्लेख भएको प्रतिवादीले वादी बमबहादुर दाता सालिकरामको हकदारै होइन भन्नेसमेत कागज गरी थैली बुझ्न इन्कार गरेकोमा सनद बमोजिम अदालतमा नालेस दिन जानु भनी सुनाउनु पर्ने मालबाटै तहकिकात किनारा भएकोले अदालतको तह छुट्न गएको हुँदा सनद बमोजिम पुनः अदालतमा नालेस दिनु भनी सुनाउनु पर्ने हो कि भन्न अपील तहमासमेत श्रेस्ता अड्डाबाटै हेरिएको नभई शुरू गुल्मी मालले पर्चा गरे उपर पाल्पा अपीलमा अपील परी आदेश भएमा शुरू कारवाईसमेत गर्नसक्ने अधिकार प्राप्त अपिलबाट इन्साफमै त्यस उपर अपिल तह बढी डि.बे.समेतबाट फैसला भएकोले अदालतको क्षेत्रभित्र आईसकेको देखिने यस्तो अवस्थामा शुरूअदालतमा नालेस दिन जानु भन्न मनासिव देखिएन । वादी बमबहादुर दाता सालिकरामको हकदारै होइन भन्ने प्र.जिकिरतर्फ वादीले शुरूउपर दिएको अपीलमा आफ्नो पुस्तावारीसमेत खुलाई हकदार हुन भनी जिकिर लिई रहेको सो पुस्तावारी होइन यो यो हो भनी पाल्पा अपीलउपर दिएको अपीलमासमेत जिकिर लिन खुलाउन सकेको नदेखिएको र त्यसमा पनि हाल हकदार होइन भन्नेतर्फ जिकिरै नलिई वादी छुट्टिभिन्न नभएको भन्नेतर्फसम्म जिकिर लिएकालेसमेत हकदारै होइन भन्ने प्रतिवादी लेखाईतर्फ विचार गरिरहन परेन । अब जानिफकार मुख्य वादीको बाबुले मौकैमा थाहा पाएकोमा हकसफा नगरी हक छोडिसकेको कुरामा वादीलाई निखन्न पाउने कानूनले हकै नभएको भन्ने मुख्य निवेदकतर्फको जिकिर भएकोले त्यसतर्फ विचारगरेमा वादीले शुरुनिवेदन देखिनै पूर्णबहादुर मेरो छुट्टिभिन्न भएको बाबु भनी जिकिर लिईरहेको र सो कुराको खण्डन हुने सबुद प्रमाण पनि नदेखिएकोले वादी बमबहादुर पूर्णबहादुरसँग एकाघर सागोलमै रहेको हो भन्ने निवेदक प्रतिवादीको जिकिर प्रमाणित हुन आएन । साहु आसामीको ९ नं. मा घरको मुख्यलाई जनाउ नदिई बेच्न हुँदैन भन्ने उल्लेख भएको वादी बमबहादुर बाबुसँग छुटिएको भन्ने निजको जिकिर खम्वीर भएपछि निजलाई नै घरको मुख्य भन्नुपर्ने त्यस्तो हकदार देखिन आएको मुख्य मानिसले हक सफा गरिलिन पाउने कानूनी व्यवस्था भएकै हुनाले समेत सालिकरामले प्रतिपादी प्रेम शर्मालाई राजिनामा गरिदिएको जग्गा वादीले हक सफा गरी निखनी लिनपाउने ठहराएको पाल्पाअपिलको सदर गरी डि.बेञ्चबाट ०१८।४।२।२ मा छिनेको इन्साफ मनासिव छ भन्नेसमेत ०२०।२।३।६ को फुल बेञ्चको फैसला ।
१२. सर्वोच्च अदालत फुल बेञ्चबाट ०२०।२।३ मा निर्णय भएको मुद्दा दोहर्याई पाउँ भनी चढाउनु भएको क १३०७ को प्रतिवादी डि.प्रेम शर्माको निवेदनमा म्यादभित्र बाहिर जहिले परेको भए पनि निवेदकवालाहरूलाई जनाउ दिई संविधानको धारा ७२ को उपदफा क. अनुसार रिभ्यू हुने वा नहुने जे हो ऐन नियमबमोजिम निर्णय गरी रिभ्यू हुने नहुने के कति हुन्छ पछि कारण खोली जाहेर गरी पठाउन त्यहाँ पठाई दिनु भन्ने हुकुम बक्सेकोले सोबमोजिम गर्नु हुन निमित्त पठाएको छु भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग राजदरवारबाट छुट्टै लेखी आएको र प्रस्तुत मुद्दाको रिकर्ड मिसिल स.अ. मिसिल विभागबाट मगाई निवेदनसमेत पेश हुन आएको बक्स भई आएका हुकुम प्रमांगी बमोजिम रिभ्यू हुने नहुनेतर्फ विचार गर्दा सर्वोच्च अदालत नियमावली, २०२१ को दफा ८७(१) बमोजिम नयाँ तथा महत्त्वपूर्ण प्रमाण भए लिई आउनेवारे ०२१।१०।१९।२ का आदेशबमोजिम लेखि गएकोमा जिल्ला अदालत स्याङ्जाले दिएको सूचनाको म्याद भित्र निज निवेदक हाजिर भई मेरो नयाँ तथा महत्त्वपूर्ण प्रमाण यो यो छ भनी दफा खुलाई दरखास्त दिएको देखिएको र सो दरखास्तमा उल्लेख भएको कुरालाई नयाँ तथा महत्त्वपूर्ण प्रमाण भनी मान्यता दिन नसकिने र सो बाहेक उक्त नियमबमोजिम नयाँ तथा महत्त्वपूर्ण प्रमाण केही उल्लेख भएको नहुँदा प्रस्तुत मुद्दामा सर्वोच्च अदालतको नियमले रिभ्यू गर्न मिल्दैन कानूनबमोजिम गर्नु यो आदेश सहितको निवेदनपत्र रिकर्ड मिसिलसाथ राख्न स.अ.मिसिल विभागमा बुझाई दिनु भन्ने भन्ने ०२२।१२।१०।४ का फुल बेञ्चको आदेश ।
१३. ०१४।१।९।१ को कानूनी आदेश अधावत कुनै फैसलामा पनि नदेखिएको हुँदा अब प्रकाशमा आउँदा त्यहि नै नयाँ र महत्त्वपूर्ण प्रमाण हुने हुँदा मुद्दा दोहर्याई पाउँ भन्नेसमेत डि.प्रेम शर्माको निवेदनमा यसमा व्यहोरा साँचो हो र नयाँ र महत्त्वपूर्ण प्रमाण रहेछ भने फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गर्नु भन्ने ०२६।५।१७।३ मा हुकुम प्रमांगी बक्स भई आइ पेश हुँदा बक्स मै आएका हुकुम प्रमांगी बमोजिम गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई दिनु भन्नेसमेत ०२६।५।२२।१ को मा.प्रधान न्यायाधीशज्यूको आदेश ।
१४. तारेखमा रहेका निवेदक प्र.डि.प्रेम शर्मा उपाध्याय र विपक्षी वादी सु.वे.बमबहादुर खत्री रोहवरमा रही पेश हुनआएको प्रस्तुतमुद्दामा निवेदक वादीतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरेले र विपक्षी प्रतिवादीतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुलीले गर्नुभएको बहससमेत सुनी यो व्यहोरा साँचो हो र नयाँ र महत्त्वपूर्ण प्रमाण रहेछ भन्ने फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भइआएको हुँदा सर्वप्रथम निवेदनपत्रको व्यहोरा साँचो हो होइन र नयाँ र महत्त्वपूर्ण प्रमाण छ छैन यसैको विचार गर्नुपर्ने देखियो ।
१५. प्रधान न्यायाधीशज्यूबाट भएका आदेशअनुसार गर्नु पर्दैन, ऐन सवालबमोजिम गर्नु भन्ने गरिपाउँ भनी मैले दिएको निवेदनमा ऐनबमोजिम गर्नु भन्ने ०१४।१।९।१ मा अन्तिम आदेश भएको सो पाल्पाअपील सर्वोच्चअदालतका कुनैपनि फैसलामा उल्लेख नभएको अब प्रकाशमा आउँदा त्यही नै नयाँ र महत्त्वपूर्ण प्रमाण हुन आउने भन्ने निवेदकको निवेदन पत्रमा उल्लेख भएको पाइयो । मिसिल सामेल रहेको ०१४।१।९।१ को आदेश भनेको हेर्दा बमबहादुरले निखन्न नपाउने ठहराई मालले पर्चा गराइसकेको त्यसमा चित्तनबुझ्नेले अपील गर्नपाउने र सर्वोच्चअदालतमा जाहेर गर्नु भन्ने अघि आदेश भएको नदेखिएबाट ऐन सवालले जाहेर गर्नुपर्ने भए आफ्ना तालुक अड्डामार्फत गर्नुपर्ने हुनाले ऐन सवलाबमोजिम गर्नु भन्ने श्री मा.न्या.मीनबहादुर थापाबाट ०१४।१।६।५ मा आदेश दिनुभएकोले आदेशानुसार उक्त निवेदन र मिसिल पठाइदिएकोछ भन्ने सर्वोच्चअदालतबाट गुल्मीमाललाई ०१४।१।९।१ मा लेखेकोपत्रमा उल्लेखभएको हुँदा हदम्यादसम्बन्धमा माननीय प्रधानन्यायाधीशज्यूबाट भएका आदेशसँग बाझिएको नदेखिएको निवेदकले सर्वोच्चअदालतमा दिएको पुनरावेदनमासमेत यसको जिकिर लिएकैहुँदा त्यस्तो आदेशलाई अब प्रकाशमा आउँदा नयाँ र महत्त्वपूर्ण प्रमाण हुन्छ भनी नयाँ र महत्त्वपूर्ण प्रमाणको संज्ञादिएको निवेदकको लेखाई उचित देखिएन ।
१६. २०२६ सालको पाखा १० वर्षे घरदर उतार र रातामाटा भन्ने पाखो जग्गा पूर्णवीरका नाउँमा दर्ता भएको ०९ सालको दर्ता उतार औ विपक्षी वादी बमबहादुर निजको दाजु जङ्ग बहादुरले भरेका १।७ नं.फारामहरू निवेदक वादीकोतर्फबाट विद्वान अधिवक्ता श्रीकृष्ण प्रसाद घिमिरेले बेञ्चसमक्ष पेश गर्नु भएकोमा निवेदक वादीले पूर्णवीर बमबहादुर एकाघर सगोलकै हुन् १० वर्ष घरदर ३ महलेसमेतबाट पनि देखिन्छ भन्नेसमेत उल्लेख गरी गुल्मी माल बाग्लुङमा ०१२।८।१६।५ मा कागज गरेको र त्यसपछि पटक–पटक दिएका निवेदन पत्रमा पनि सोही कुरासमेत जिकिर गरी ०६ सालको दर्ता उतार भनी पेशगरेको मिसिल सामेलै देखिएको १।७ नं.फारामहरूका हकमा पनि ०२०।२।२।६ मा फुल बेञ्चबाट अन्तिम किनारा भएको ३।४ वर्षपछि ०२३ र ०२५ सालमा भूमिसुधार कार्यक्रमअन्तर्गत पेशगरेको देखिनाले उल्लेखित दाता र फारामहरूलाई पनि फुल बेञ्चबाट २० सालमा अन्तिम भएको निर्णयको तात्पर्यको लागि नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न मिलेन ।
१७. जग्गा हक सफा गर्न पाउने ठहरी ०१८।४।२ मा डिभिजन बेञ्चबाट निर्णय भएकाले ०१२।१३।१४ सालको धान पराल समेतको बिगो भराई पाउँ भनी यिनै विपक्षी प्रतिवादी बमबहादुरले यी निवेदक वादीउपर उजुर गरेकोमा केही वेपाहिकको जग्गा हुनाले मैले गुरूदत्तलाई भोगबन्धकी दिएबाट निजैले कमाएको हुँदा उजुर खारेज हुनुपर्ने भन्नेसमेत प्रतिउत्तर परेपछि बिगो रु.६७३२। वादी बमबहादुरले भरी पाउने ठहरी ०२१।११।३।१ मा तत्कालीन इलाका अदालत बाग्लुङबाट फैसला भएको त्यस उपर निवेदकले अपील उजुर गर्न नसकेको सो फैसला अन्तिम भईरहेको पनि देखियो ।
१८. अतः उक्त प्रमाण परिवन्धबाट बक्स भई आएका हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा फुल बेञ्चबाट अन्तिम निर्णय भएको ०२०।२।३।६ भन्दा पहिलेको नयाँ र महत्त्वपूर्ण प्रमाण केही नदेखिएकोले दोहर्याई हेर्न मिलेन । कोर्टफी रहेको देखिनाले निवेदकलाई केही गर्नु परेन । नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।
न्या.श्री रंगनाथ तथा न्या.श्रीचन्द्रप्रसाद
उपरोक्त रायमा सहमत छौं ।
इति सम्वत् २०२७ साल माघ २० गते रोज ३ शुभम् ।