शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३३ - अंश

भाग: १६ साल: २०३१ महिना: बैशाख अंक:

निर्णय नं. ८३३            ने.का.प. २०३१

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

माननीय न्यायाधीश श्री वाशुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२९ सालको दे.फु.नं. १२९

फैसला भएको मिति  : २०३१।५।११।३ मा

निवेदक      : का.जि.साँखु सालखा टोल बस्ने रत्नदेवी श्रेष्ठनी समेत

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने तेजबहादुर श्रेष्ठ

मुद्दा : अंश

(१)   मानो छुट्टिएको भन्ने वादी, बण्डा भएको भन्ने प्रतिवादी भएकोमा कानूनको रीतपूर्वकको लिखतको अभावमा बण्डा भएको भन्न नमिल्ने ।

            निर्णय उक्त विचार गर्दा वादी र प्रतिवादी समान अंशियार भन्ने कुरामा कुनै विवाद छैन ०१५।६।१७ मा मानु छुट्टिएको भन्ने वादी, १५ सालमा अंशबण्डा भइसकेको भन्ने प्रतिवादीको जिकिर देखिन्छ । प्रतिवादीका जिकिरअनुसार प्रतिवादीका जिकिरबमोजिम कानूनको रीत पुगेको बण्डापत्रको लिखतको अभावमा १५ सालमा बण्डा भएको भन्ने मिलेन, नालिस परेको मिति ०१९।१०।३।४ मा मानु छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अघिल्लो मितिको तायदाती लिने भन्ने ०३०।५।१९ को फुल बेञ्चको आदेशबमोजम दुवै पक्षबाट तायदाती दाखिल भइसकेको सो दाखिल भएको तायदातीमा उल्लिखित ऋणको हकमा साहूको दावी परेको बखत ठहरेबमोजिम हुने हुँदा प्रतिवादीले ३ अंशियार देखाई तायदाती दिएकोमा १ अंशियार जगतबहादुर मरिसकेको देखिएकोले वादीको १ अंश र प्रतिवादी तेजबहादुरको १ अंश लाग्ने हुँदा वादी रत्नदेवी श्रेष्ठ १, इश्वरबहादुर श्रेष्ठ १ समेतको वारेस भई आफ्नो हकमा समेत राधाकृष्णबहादुर श्रेष्ठले ०३०।८।२४ मा दिएको तायदातीमा लेखिएको घर पनि प्र.तेजबहादुर श्रेष्ठले दिएको ०३०।११।२७ को तायदातीमा पनि लेखिएकोले पनि प्र.तेजबहादुरले दिएको तायदातीबमोजिमकै श्रीसम्पत्ति बण्डा गरिदिए पुग्ने हुन आएकोले प्र.तेजबहादुर श्रेष्ठले दिएको तायदातीमा लेखिएको जम्मा विगो रू.३४,६००। को अवधि विगो रू.१७,३००। को श्रीसम्पत्ति वादीहरूले अंश छुट्याई पाउने ठहर्छ । सोबमोजिम नगरी ०१५।६।१७ मा मानु छुट्टिएको कायम गरिदिएको तायदाती कायम गरी डिभिजन बेञ्चले गरेको निर्णय मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 (प्रकरण नं. १३)

फैसला

      प्र.न्या. रत्नबहादुर विष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई मुद्दा दोहरिई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : ससुरा बाजे जगतबहादुरको दुई छोरामा जेठा विपक्षी तेजबहादुर कान्छा हाम्रा पति बाबु दानबहादुर १३ सालमा स्वर्गे भएको जेठा छोरा पनि परलोक भएको उनको पत्नी राधादेवी र नाबालक छोरा छ, दानबहादुरको अंशबाट अंश लिन पाउने हामी वादीहरू र बुहारी राधादेवीसमेत ६ अंशियारहरू छौं । ०१५।६।१७।६ मा जीविका निमित्त कोठा दिई आफ्नो जेठो छोरा तेजबहादुरसँग सगोलमा बस्नु भई मानो छुट्याई दिएको थियो । बाजे जगतबहादुर ०१९ साल आषाढमा परलोक हुनुभई जगतबहादुरको सम्पत्तिमा आधि अंश पाउने विपक्षी तेजबहादुर बाँकी आधामा हामी वादीहरूसमेत हुन् बाजेले सगोलको धनबाट फार्छे लिएको मखन टोलको घर रामशंकर लालले पाउने उद्देश्यमा चलेको घरसारमा बण्डा गरिदिएको छ भनी लिखत देखाउँछ भने देख्न सुन्न पाउँ मानो छुट्टिएको मिति १५।६।१७ को अघिल्ला दिनसम्मको तेजबहादुरसँग तायदाती लिई आधि दानबहादुरको अंश दिलाई भराइपाउँ भन्ने समेत वादी रत्नदेवीसमेतको फिरादपत्र ।

      ३.    १।५६।१७ मा म र बाबु जगतबहादुर सगोलमा बसी वादीहरू छुट्टै अलग बसेको हो । चल सम्पत्ति बण्डा छुट्याई बुझी बण्डापत्र लेखी भिन्न बसेको प्रमाण छ । बण्डा छुट्याई आफू १ भाग निजहरूले र जगतबहादुर र मेरो २ भाग सगोलको हामीले लिई भोग गरीआएको छु । बाबा १९३ मा परलोक भएपछि बाबाको दागबत्ति काज कृयासमेत मैले गरिआएको अचलतर्फ बण्डा गर भन्दा नमानी लिखत पास हुन नपाएको चलतर्फ बण्डा उठाई लिएपछि सो बण्डापत्र पास नभएको आधार लिई वेइमानी चिताई बाबा परलोक भएपछि उहाँको अंश भाग अंशबण्डा को (क)३७ अपुतालीको ६ नं. ले मेरो मात्र एकलौटी हुनेमा आधि अंश पाउँ भनी दावा गरेको हो । दानबहादुरको २ स्वास्नीमा राधादेवीतर्फको उजूर नपरी यो एक गुँडको मात्र उजूर परेको मखन टोलको घरको हकमा १५।६।१७ मा बण्डापत्रबाट उल्लेख भएकै अघि रम्बादेवीलाई दिएको निजको छोरा रामशंकरलाई दिए पनि मञ्जुर छ भनी उल्लेख छ भन्ने समेत तेजबहादुरको प्रतिवादी ।

      ४.    मखन टोलको घर आधि अंश भराइपाउँ भन्ने वादीको दावी सो जगतबहादुरले ०१४।९।१९ मा आमालाई दिएको पास हुन नपाउँदै आमा परलोक भएकोले १८।८।१४ मा मेरो नाममा लेखिदिएको बकसपत्र पास गरिपाउँ भन्ने नालिस गरेको दायर छ । झुठ्ठा दावा गरेको भन्ने समेत रामशंकरलालको प्रतिवादी ।

      ५.    जगतबहादुरको २ छोरामा कान्छा ससुरा दानबहादुरको जेठीतर्फको छोरा मेरा खसम कान्छीतर्फको इश्वरबहादुरसमेत ४ छोरा ससुराले १५।६।१७ मा चल धनमालसमेतको अंश गरी बण्डापत्र भएको दानबहादुर १३ सालमा खसम १५ सालमा परलोक भएको दानबहादुर भाग ६ बण्डा पाउनेमा दानबहादुरको भागको इश्वरबहादुरले जिम्मा लिएको छ । म जनाना छोरा नावालकसमेत ईश्वरबहादुरले जिम्मा लिएको १५।६।१७ मा बण्डापत्र भएको भन्ने सुनेको हुँ सासू जेठाजुले अंश नदिई निकाला गरेकाले माइत बसेको छु । मैले पनि अंश पाउने हुँदा अंश मुद्दा दायर छ भन्ने समेत राधादेवीको बयान ।

      ६.    १५।६।१७ को भरपाई र बण्डापत्रमा परेको सहिछाप सद्दे हो तापनि पास नभएकोले मैले अरू केही भनिरहन परेन भन्ने समेत वादी वा.समेतको राधाकृष्णबहादुरको बयान ।

      ७.    एकातर्फ दानबहादुर र अर्कातर्फ तेजबहादुर र निजको बाबु जगतबहादुर भएको भन्ने कुरामा वादी लेख भएको छोरासँग बस्ने बाबु परलोक भएमा सँग बस्नेले पाउने भन्ने हरिप्रसाद ठककुमारीका अंशमुद्दामा स.अ.बाट निर्णय भएको निर्णय मनासिव ३ भागको १ भाग वादीलाई र २ भाग प्रतिवादीतर्फ हुने हुँदा बण्डापत्रबमोजिम बण्डा गरिदिनु पर्ने ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला ।

      ८.    सो फैसलामा चित्त बुझेन भन्ने वादी प्रतिवादी दुवैको पुनरावेदन ।

      ९.    बण्डापत्र हेर्दा चल धनसम्पत्ति बण्डा गरी दिइसकेको भन्ने उल्लेख भएको रजिष्ट्रेशनको ३ नं.मा चल धनमाल पास गर्नुपर्ने उल्लेख नभएकोले १५।६।१७ को बण्डापत्रलाई कायम मान्नु पर्ने हुँदा बण्डा भइसकेको ठहर्छ । अचल सम्पत्तिको हकमा चल बण्डा गरी अचल बण्डा राखी भएको बण्डालाई नीतिपूर्वक बण्डा भएको सम्झनु पर्ने हुन आउँछ । सो बण्डा भएपछि जगतबहादुर प्रतिवादीको सँग साथमा बसेको देखिन आएकोले जगतबहादुरको अंशसँग बस्ने प्रतिवादीले नै पाउने हुँदा अचल सम्पत्तिको ३ भागको १ भाग वादीले र २ भाग प्रतिवादीले पाउने ठहराएको शुरूको इन्साफ मनासिव ठहर्छ । रामशंकरलाई बकस लेखिदिएको घरको हकमा बकसपत्र पास हुने ठहरी आजै फैसला भएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरू जि.अ.को इन्साफ मनासिव भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

      १०.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुवै थरको पुनरावेदन रहेछ ।

      ११.    ०१५।६।१७ मा मानु छुट्टिएको भन्ने वादीकै दावा भएको सो मितिदेखि नै जगतबहादुर प्रतिवादी तेजबहादुरसँग बसी १९ सालमा परलोक भएको भनी वादी प्रतिवादी दुवैले उल्लेख गरेको देखिन आएकोले मर्नेको अपुतालीसँग बस्नेले पाउने सोबमोजिम १ बण्डा वादीलाई र २ बण्डा प्रतिवादीलाई पाउने ठहराएको शुरूको सदर गरेको बागमती अं.अ.को इन्साफ मनासिव छ । रामशंकरलाललाई जगतबहादुरले बकस लेखिदिएको जगतबहादुरले नै खरीद गरेको भन्ने वादीले फिरादमा लेखेको देखिएको जगतबहादुरले आर्जन गरेको निजले बकस दिएकोलाई बदर गर्ने कानूनमा व्यवस्था नभएकोले सो पास हुने ठहरी आजै यस बेञ्चबाट निर्णय भएको हुनाले पुनरावदेन मनासिव देखिएन । इन्साफ बा.अं.अ.को मनासिव छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२८।४।२७ मा निर्णय भएको रहेछ ।

      १२.   प्रस्तुत मुद्दा दोहर्‍याइपाउँ भन्ने रत्नदेवी, इश्वरबहादुर, राधाकृष्णहरूको र प्र.तेजबहादुरको निवेदनपत्र परेकोमा दोहर्‍याई दिनेबारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिश व्यहोरामा कतिपय मुद्दाहरूमा साविक रजिष्ट्रेशनको महलको ३ क नं. अनुसार मानु छुट्टिएको पास भएको लिखत पेश दाखिल हुन नसकेकोमा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गर्ने गरी एउटा निश्चित सिद्धान्त प्रतिपादित भइसकेकोले प्रस्तुत मुद्दामा फिरादपत्र परेको अघिल्लो दिन ०१९।१०।२।३ को मितिसम्मको बण्डा हुनु पर्ने श्रीसम्पत्तिको तायदाती लिई सोअनुसार बण्डा हुने ठहर हुनुपर्नेमा ०१५।६।१७।६ को मानु छुट्टिएको मिति कायम गरेकोलाई डिभिजन बेञ्चबाट समर्थन भएको कानून र उपर्युक्त सिद्धान्त अनुकूल देखिँदैन । कानूनमा कुनै खास प्रक्रिया अपनाइएकोमा मात्र यस्तो व्यवहार सदर हुन्छ भन्ने व्यवस्था गरिएको छ भने जबसम्म सो प्रक्रियाको प्रतिपालन भएको देखिँदैन । तबसम्म केवल मुद्दामा पक्षहरूको मुख मिलेको भरमा अदालतले व्यवहार सदर मान्न हुँदैन रजिष्ट्रेशन पास भएको लिखत बेगर मानु छुट्टिएको सदर हुँदैन भन्ने कानूनमा प्रष्ट व्यवस्था भएपछि वादी प्रतिवादी दुवैले एकै मितिमा मानु छुट्टिएको भन्ने जिकिर गरे तापनि रजिष्ट्रेशन पास भएको लिखत बेगर न्यायिक निर्णय दिने अदालतले त्यसलाई कानूनी मान्यता दिन मिल्दैन । ०१५।६।१७।६ को घरायसको बण्डापत्रको लिखत हेर्दा सो बण्डापत्रमा अंशियारमध्ये राधादेवी रामेश्वरबहादुरलाई राखेको देखिँदैन साथै अन्य अंशियारलाई पनि बण्डापत्रको लिखतमा आगे जनाएको नदेखिएकोले यस स्थितिको घरायसी बण्डापत्रको आधारमा सबै अंशियार परस्पर मानु छुट्टिएको मिति कायम गर्न मिल्दैन भन्ने समेत उल्लेख भएको ।

            सुरु का.दे.ई.अ. बाट दुवै पक्षको मुख मिलेको भनी ०१५।६।१७।६ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिको अघिल्लो दिनसम्मको अचल सम्पत्तिको तायदाती लिई बण्डा गरिदिने गरी छिनेकोलाई सदर गरी बा.अं.अ.र ०२८।४।२७।५ को डिभिजन बेञ्च समेतबाट फैसला भएको रहेछ । बण्डापत्रको कागज गरी परस गर्नुपर्नेमा मानु छुट्टिएको लिखत रजिष्ट्रेशन पास गराउनु पर्ने लेखिएबमोजिम नगरेकोमा मानु छुट्टिएको सदर हुन नसक्ने समेत तत्काल प्रचलित रजिष्ट्रेशनको ३ क.नं.मा व्यवस्था भएको सोअनुसार मानु छुट्टिएको लिखत पास भए गरेको सबूत देखिन आएन । दे.फु.नं. ६१ वादी गोपालबहादुर प्रधान विरुद्ध सुक्टकबहादुर प्रधानको अंशमुद्दामा ०२७।८।५।६ को फुल बेञ्चबाट निर्णय हुँदा रजिष्ट्रेशनको ३ क.नं. ले रजिष्ट्रेशन पास भएको लिखतबेगर यो मितिमा मानु छुट्टिएको भन्ने मञ्जुर गरे पनि अदालतले मान्यता दिन नसक्ने हुनाले फिराद परेको मिति नै मानु छुट्टिएको मिति कायम हुन्छ भन्ने सिद्धान्त प्रतिपादित भइरहेको समेत पाइन्छ, तसर्थ उपरोक्त ऐन नजीरसमेतबाट प्रस्तुत मुद्दामा ०१५।६।१७।६ लाई मानु छुट्टिएको मिति कायम गरेको मिलेको देखिएन । नालिस परेको ०१९।१०।३।४ मानु छुट्टिएको मिति कायम हुने सो मितिको अघिल्लो दिन ०१९।१०।२३ सम्मको अंशबण्डा गर्नुपर्ने अचल सम्पत्तिको अंशबण्डाको २०।२१।२२।२३ नं.बमोजिम रीत पुर्‍याई अंशियार दुवै पक्षबाट तायदाती लिई दिन अङ्ग पुर्‍याई पेश गर्नु भन्ने ०३०।५।१९।३ को फुल बेञ्चबाट आदेश भई सो मितिसम्मको तायदाती दाखिल भएको ।

      १३.   निर्णय उक्त विचार गर्दा वादी र प्रतिवादी समान अंशियार भन्ने कुरामा कुनै विवाद छैन ०१५।६।१७ मा मानु छुट्टिएको भन्ने वादी, १५ सालमा अंशबण्डा भइसकेको भन्ने प्रतिवादीको जिकिर देखिन्छ । प्रतिवादीका जिकिरअनुसार प्रतिवादीका जिकिरबमोजिम कानूनको रीत पुगेको बण्डापत्रको लिखतको अभावमा १५ सालमा बण्डा भएको भन्ने मिलेन, नालिस परेको मिति ०१९।१०।३।४ मा मानु छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अघिल्लो मितिको तायदाती लिने भन्ने ०३०।५।१९ को फुल बेञ्चको आदेशबमोजम दुवै पक्षबाट तायदाती दाखिल भइसकेको सो दाखिल भएको तायदातीमा उल्लिखित ऋणको हकमा साहूको दावी परेको बखत ठहरेबमोजिम हुने हुँदा प्रतिवादीले ३ अंशियार देखाई तायदाती दिएकोमा १ अंशियार जगतबहादुर मरिसकेको देखिएकोले वादीको १ अंश र प्रतिवादी तेजबहादुरको १ अंश लाग्ने हुँदा वादी रत्नदेवी श्रेष्ठ १, इश्वरबहादुर श्रेष्ठ १ समेतको वारेस भई आफ्नो हकमा समेत राधाकृष्णबहादुर श्रेष्ठले ०३०।८।२४ मा दिएको तायदातीमा लेखिएको घर पनि प्र.तेजबहादुर श्रेष्ठले दिएको ०३०।११।२७ को तायदातीमा पनि लेखिएकोले पनि प्र.तेजबहादुरले दिएको तायदातीबमोजिमकै श्रीसम्पत्ति बण्डा गरिदिए पुग्ने हुन आएकोले प्र.तेजबहादुर श्रेष्ठले दिएको तायदातीमा लेखिएको जम्मा विगो रू.३४,६००। को अवधि विगो रू.१७,३००। को श्रीसम्पत्ति वादीहरूले अंश छुट्याई पाउने ठहर्छ । सोबमोजिम नगरी ०१५।६।१७ मा मानु छुट्टिएको कायम गरिदिएको तायदाती कायम गरी डिभिजन बेञ्चले गरेको निर्णय मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले शुरू का.जि.अ.को ०२२।१।२९ को फैसला बा.अं.अ.को ०२७।१।३० को फैसला र स.अ.डिभिजन बेञ्चको ०२८।४।२७ को फैसलाबमोजिमको लगत सबै काटिदिने भनी का.जि.अ.तहसिलमा कानूनबमोजिम लगत दिने.......................१

वादी रत्नदेवी श्रेष्ठ १, इश्वरबहादुर श्रेष्ठ १, राधाकृष्ण बहादुर श्रेष्ठ १ समेतले पाउने ठहरेको मिसिल सामेल रहेको प्र.तेजबहादुर श्रेष्ठले दिएको ०३०।११।२७ को तायदातीमा लेखिएबमोजिमको जम्मा विगो रू.३४,६००। को श्रीसम्पत्ति मध्ये निज वादीहरूले पाउने ठहरेको आधि विगो रू.१७३००। को श्रीसम्पत्तिको अंशबण्डा छुट्टयाईपाउँ भनी दं.स.४६ नं. को म्यादभित्र निज वादीहरूले दर्खास्त दिन आएमा कानूनबमोजिम गरी निज वादीहरूको अंशबण्डा छुट्याइदिनु भनी ऐ.ऐ.मा ऐ....................२

प्र.तेजबहादुर श्रेष्ठके देहायको कलममा देहायबमोजिम हुन्छ ऐ.ऐ...........................३

वादीले अंश पाउने ठहरेको विगो रू.१७३००। को शुरूमा लाग्ने कोर्टफी रू.७१२। र त्यसमा शुरूउपरको पुनरावेदनमा लाग्ने कोर्टफी रू.१०६।८० र स.अ.मा पुनरावेदन गरेबापतमा लाग्ने कोर्टफी १०६।८० र मुद्दा दोहर्‍याएवापतमा लाग्ने कोर्टफी रू.७१।२० समेत जम्मा कोर्टफी ९९६।८० वादीलाई लाग्ने कोर्टफी मध्ये वादीले फिराद दर्ता गर्दा राखेको कोर्टफी रू.१०। कट्टी गर्दा ८८६।८० वादीलाई लाग्ने कोर्टफी पछि ठहरेबमोजिम हुने गरी हाल कोर्टफी नरहेको सो कोर्टफी प्रतिवादी हारी निजलाई लाग्ने हुँदा निजको वारेस भएकोले कानूनबमोजिम असूल गर्ने निज प्रतिवादीबाट असूल नभए वादीबाट असूल गर्ने,

निज प्रतिवादीले शुरूउपर पुनरावेदन गरेकोमा लाग्ने कोर्टफी ४७।४६ र अं.अ.उपर पुनरावेदन गरेवापत लागेको कोर्टफी रू.४६।४६ समेत आदेशले पछि ठहरेबमोजिम हुने गरी कोर्टफी नराखी पुनरावेदन दिइआएको सो कोर्टफी रू.९२।९२ पनि हाल लाग्छ । वारेस हुँदा कानूनबमोजिम असूल गर्नु भनी ऐ,

वादी राधादेवी १ इश्वरबहादुर १ राधाकृष्णबहादुर १ समेत निजहरूले फिराद गर्दा राखेको कोर्टफी रू.१०। दश प्र.तेजबहादुरबाट भरिपाउने हुँदा भरिपाउँ भनी नेपाल कोर्टफी ऐनको म्याद ३ बर्षभित्र वादीहरूको दर्खास्त पर्न आए प्रतिवादी तेजबहादुरबाट देहायका वादीहरूलाई बराबरका दरले भराइदिनु भनी ऐ.ऐ

 

हामीहरूको सहमती छ ।

 

न्या. वाशुदेव शर्मा

न्या. झपटसिंह रावल

 

इति सम्वत् २०३१ साल भाद्र ११ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु