निर्णय नं. ८४५ - लिखत बदर

निर्णय नं. ८४५ ने.का.प. २०३१
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२८ सालको दे.फु.नं. १८५७
फैसला भएको मिति : २०३०।५।२१।५ मा
पुनरावेदक : का.जि.धुम्बाराही का.न.पं.वडा नं.२३ बस्ने समुन्द्रबहादुर पाण्डे क्षेत्री
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने कृष्णकुमारी पाण्डे क्षेत्री, ऐ.बस्ने श्यामप्रसाद उपाध्याय चापागाईं
मुद्दा : लिखत बदर
(१) हकवालाको मञ्जूरी लिन पर्ने लिएको छैन भने त्यस्तो व्यवहार ऐनले स्वतः बदर हुनेमा अचल सबै सुक्रिबिक्री गरेकोमा सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरेको आर्जन बिक्री गरेको आर्जनमा समावेश गरी खण्ड बाँकी छ । हकदारको मञ्जूरी नभए पनि लिखत कायमै हुन्छ भन्दा ऐनले गरेको व्यवस्थाको प्रतिकूल हुने ।
पुनरावेदक समुन्द्रबहादुर र झिकाई आएकी प्र.कृष्णकुमारी र श्यामप्रसादको वा. दोरकेश्वरलाई रोहवरमा राखी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा र विपक्षतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहससमेत सुनियो । कृष्णकुमारीसँग श्यामप्रसादले गराई लिएको लिखत ४ भागको १ भाग बदर गराइपाउँ भन्ने वादी दावा पुग्न सक्ने हो हैन ? यस कुराको निर्णय दिनु पर्ने देखियो । कृष्णकुमारीले श्यामप्रसादलाई बिक्री गरेको जमीन कृष्णकुमारीले अंश पाएको जग्गा नहुँदा सो बिक्री गरेको कुरामा समेत स्त्री अंशधनको ऐन नलाग्ने, लेनदेन व्यवहारको ८ नं. को ऐन लाग्ने घरको मुख्य मानिस कृष्णकुमारी नै हुँदा निजले गरेको व्यवहार कायमै हुने भन्ने प्रतिवादी पक्षका अधिवक्ताको तर्कलाई सना सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चलअचल आफू खुस गर्न पाउने र सोबाहेक अरू अचलको आंशिक रूपमा हकवालाको मञ्जूरी लिनु पर्ने कुरासमेत स्त्री अंशधनका महलको १ र २ नं. ले प्रष्ट व्यवस्था गरेको छ । बिक्री गरेको जग्गा लोग्नेका हकको हो भन्ने कुरामा र उजूरवाला ३ पुस्ताको भतिजा नाताको हो भन्नेकुरामा प्र.कृष्णकुमारी कायमै हुनाले लोग्ने मरेका कारणबाट आफ्नो हक हुन आएको अचल सम्पत्ति जम्मे हक छोडी दिंदा हकदारको मञ्जुरी लिन पर्नेमा उक्त ऐन लाग्न नसक्ने भन्ने अधिवक्ताको तर्क युक्तिसंगत भन्न सकिएन । ऐनबमोजिम बाँकी राख्न पर्ने अचल बाँकी छ छैन भन्ने तर्क मोहियामा कमाएको जग्गा गुठी जग्गा छ भन्ने हकलाई ऐनले आफूले सुक्रिबिक्री गर्न पाउने हकको जमीन नभएकाले त्यसलाई बाँकी राखेको भन्न मिलेन भनी जिल्ला र अञ्चल दुवै अदालतले मानेका छन् । कृष्णकुमारीले सो जग्गा बिक्री गरेपछि २७ सालमा अर्को जग्गा किनेको त्यसको मूल्यांकनबाट ऐनले बाँकी राख्न पर्ने अचल बाँकी हुन आउने हुँदा बिक्री गरेको कायमै हुने भन्ने अञ्चल अदालतको तर्कलाई आफूसँग भएको अचल आफू खुस गर्न पाउने हो, हकवालाको मञ्जूरी लिनपर्नेमा लिएको छैन भने ऐनले त्यस्तो व्यवहारले मान्यता प्राप्त गर्न नसकी स्वतः बदर हुने ऐनले व्यवस्था गरिराखेको छँदाछँदै भएको अचल सबै बिक्री गरेको सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरे भनेको आर्जनलाई बिक्री गरेको आर्जनमा समावेश गरी खडै बाँकी रहेकै छ । हकदारको मञ्जूरी नभए पनि सो लिखत कायमै हुन्छ भनी दिँदा ऐनले गरेको व्यवस्थाको प्रतिकूल हुन जाने हुनाले कृष्णकुमारीले आफ्नो पूरै अचल श्यामप्रसादलाई बिक्री गर्दा हकदारको मञ्जूरी पनि ३ खण्डसम्म आफू खुस गर्न पाउने हुँदा त्यतिसमेत बिक्री गरेको ऐनले सदर हुने हुँदा बिक्री गरेको जम्मा ४ भागको १ भाग बदर हुनेमा सोसमेत पूरै लिखत कायम रहने ठहराएको अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । ४ भागको १ भाग बदर हुने ठहराएको इन्साफ ०२७।९।१३ को का.जि.अदालतको मनासिव छ तपसीलबमोजिमको लगत दिई नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
उल्लिखित मुद्दा :
फैसला
न्या. जयदेव भट्ट
१. बाजे हस्तबहादुरका २ छोरामा जेठा बाबा, जितबहादुर कान्छा टेकबहादुर निज टेकबहादुरकी श्रीमती विपक्षी कृष्णकुमारी मेरी काकी हुन् । बाबुबाजे अघि नै परलोक हुनु भएको विपक्षीका लोग्ने ०२५ साल श्रावणमा परलोक भई छोराछोरीको हिन हुँदा मैले नै काजक्रिया गरेको अचल सम्पत्ति वडा नं.८।२३ को कि.नं.२० को रोपनी ६ को कित्ता १ ऐ.कि.नं.१४ को रोपनी ७–१५–२ को जग्गा र सोही जग्गामा बनेको पूर्वपश्चिम लम्बाई हात २२ गज हात १३ को २ तले २ नाले दक्षिण मोहडा पक्की टायल छाना भएको घर १ समेत कृष्णकुमारीले आफ्ना नाममा दाखिल खारेज गरी छोराछोरीको हिन भएको विपक्षीले स्त्री अंशधनको २ नं. ले ४ खण्डका ३ खण्डसम्म आफूखुस गर्न पाउनेमा हकदारसमेत कोही नभएको भनी विपक्षी श्यामप्रसादलाई घरसारमा लिखत गरी रू.३६०००। हजारमा भू.प्र.का.मा ०२६।९।१७।५ मा पास गरी लिनुदिनु गरेको कुरा २६।९।२४ गते नक्कल लिई थाहा पाएबाट म खुद ३ पुस्ताभित्रको हकवाला छँदाछँदै भएभरको श्रीसम्पत्ति राजीनामा गरिदिएकोले लिखतको ४ खण्डको १ खण्ड बदर गरिपाउँ भन्ने वादी ।
२. स्त्री अंशधनको ऐनले आफूलाई हेरविचार नगरेको र उमेर पुगेका विधवा स्वास्नीले चौथाई मात्र बदर गर्न नपाउने व्यवस्था पनि अदालतबाट भएको बुझिएको र कान्छी आमालाई आफ्नो पास पालन पोषण गरेको भन्न र कुनै पनि जग्गा बाँकी छैन भन्न समेत नसकेकोले कृष्ण्कुमारीका प्रतिवादीबाट बुझी मेरो राजीनामा कायम गरी वादी दावीबाट फुर्सत पाउँ भन्ने समेत श्यामप्रसादको प्रतिवादी ।
३. वादीका बाबु र मेरा श्रीमान दाजुभाइ भए तापनि लोग्नेका आर्जनबाट पछि खरीद गरी पक्की घरसमेत बनाई बसी आएको हो । लोग्ने मरेपछि घर जग्गा चर्ची खान नसक्ने भई बिक्री गर्नलाई भन्न जाँदा जे गर्नुपर्छ गर् भनी मुख जवाफ दिएकोले वादीमा लेखिएका मिति मोलमा श्यामप्रसादलाई राजीनामा पास गरिदिई साहू तिरी व्यवहार गरी आएकी छु । लोग्नेको आर्जन हकदारले हेरविचार नगरेपछि उमेर पुगेकीले बिक्री गर्न पाई आएको सर्वोच्च अदालतबाट धेरै फैसला नजीरहरू छन् । गुठीको खेत मुरी १।१८।५।५ र गज हात ९ लमाई हात १३ को गोठ घर १ भनी रामलाई कूत बुझाउनु पर्ने कि.नं.६६।७० को दोयम खेत रोपनी १–६–२ बाँकी छ चौथाइमा वादीको दावा भए पनि अंशवण्डा स्त्रीधन ऐनकानूनमा व्यवस्था हुँदा मैले बिक्री गरेकोमा अ.बं.८२ नं. ले वादीको हकै नपुग्ने मेरा शेषपछि मात्र वादीको अपुतालीमा हक पुग्ने हुँदा मुद्दै खारेज गरी वादीको झुठ्ठा दावीबाट फुर्सद गराइपाउँ भन्ने समेत कृष्णकुमारीको प्रतिवादी ।
४. प्र.ले गुठी जग्गा र मोहियानी हकको जग्गा बाँकी राखेको भनेकी सो जग्गाहरूको मोल रू.८८००। पर्ने भनी वडासदस्यले लेखिआएको देखियो । त्यस्तो मोहियानी हकको जग्गा बाँकी राखेको त्यसमा पनि १३–१५–२ जग्गा बिक्री भएकोमा मोहियानी हकको बाँकी रहेकोमा पनि ४ खण्डको १ खण्ड भन्दा घटी बाँकी रहेको देखिन आएकोले ४ खण्डको १ खण्ड बिक्री बदर हुन्छ भन्ने समेत का.जि.अ.को ०२७।९।१३ को फैसला ।
५. शुरुको इन्साफमा चित्त बुझेन भन्ने कृष्णकुमारी र श्यामप्रसादको पुनरावेदन ।
६. अंशवण्डाको १९ नं. को ४ दफाले लोग्ने मानिसलाई आफ्नो हक अंश आफू खुस गर्न पाउने अधिकार प्रदान गरेको र स्वास्नीमानिसका हकमा स्त्री अंशधनको २ नं. ले हकवालाको मञ्जूरी नलिई अचल सम्पत्तिको चार खण्डको ३ खण्डभन्दा बढी आफू खुस गर्न पाउँदैन भन्ने उल्लेख गरेको पाइन्छ । बाँकी जग्गाको मोल रू.८२१४। र घरको रू.२६३। भन्ने देखिन्छ । मोहियानी जग्गाको रू.६८४। भए पनि यसमा गणना गर्न मिलेन । धनीमा कृष्णकुमारी भएको रू.१०,०००। को ०२७।१०।६ मा पास भएको राजीनामा प्रतिलिपि पुनरावेदक तर्फबाट पेश भएको देखिन्छ । सो श्यामप्रसादलाई बिक्री गरेकै रूपैयाँबाट जग्गा खरीद गरेको देखिन आयो । किनेकोलाई वास्ता नगरी बिक्री गरेकोलाई मात्र हिसाब गर्न मिल्दैन । कूल सम्पत्ति रू.१८,४७७। मोल जाने कृष्णकुमारीको अझै बाँकी रहेको देखिनाले रू.३६,०००। को बिक्री गरेको लिखतको ४ खण्डको १ खण्ड बदर हुन्छ भनी शुरूले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने समेत ०२८।९।१३।२ को बा.अं.अ.को फैसला ।
७. बागमती अञ्चल अदालतले गरेको इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
८. कृष्णकुमारीले श्यामप्रसादलाई राजीनामा दिनेबखत मोहियानी जग्गाबाहेक अरू अचल सपत्ति ४ खण्डको १ खण्ड बाँकी राखेको नदेखिएकाले स्त्री अंशधनको २ नं. को नियन्त्रणमा रही लिनुदिनु गरेको नदेखिँदा बा.अं.अ.को फैसला मिलेको भन्न भएन । छलफल निमित्त अ.बं.२०२ नं.र स.अ.नियमावलीबमोजिम विपक्ष प्रतिवादीहरूलाई झिकाई पेश गर्नु भन्ने आदेश ।
९. पुनरावेदक समुन्द्रबहादुर र झिकाई आएकी प्र.कृष्णकुमारी र श्यामप्रसादको वा.दोरकेश्वरलाई रोहवरमा राखी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा र विपक्षतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहससमेत सुनियो । कृष्णकुमारीसँग श्यामप्रसादले गराई लिएको लिखत ४ भागको १ भाग बदर गराइपाउँ भन्ने वादी दावा पुग्न सक्ने हो हैन ? यस कुराको निर्णय दिनु पर्ने देखियो । कृष्णकुमारीले श्यामप्रसादलाई बिक्री गरेको जमीन कृष्णकुमारीले अंश पाएको जग्गा नहुँदा सो बिक्री गरेको कुरामा समेत स्त्री अंशधनको ऐन नलाग्ने, लेनदेन व्यवहारको ८ नं. को ऐन लाग्ने घरको मुख्य मानिस कृष्णकुमारी नै हुँदा निजले गरेको व्यवहार कायमै हुने भन्ने प्रतिवादी पक्षका अधिवक्ताको तर्कलाई सना सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चलअचल आफू खुस गर्न पाउने र सोबाहेक अरू अचलको आंशिक रूपमा हकवालाको मञ्जूरी लिनु पर्ने कुरासमेत स्त्री अंशधनका महलको १ र २ नं. ले प्रष्ट व्यवस्था गरेको छ । बिक्री गरेको जग्गा लोग्नेका हकको हो भन्ने कुरामा र उजूरवाला ३ पुस्ताको भतिजा नाताको हो भन्नेकुरामा प्र.कृष्णकुमारी कायमै हुनाले लोग्ने मरेका कारणबाट आफ्नो हक हुन आएको अचल सम्पत्ति जम्मे हक छोडी दिंदा हकदारको मञ्जुरी लिन पर्नेमा उक्त ऐन लाग्न नसक्ने भन्ने अधिवक्ताको तर्क युक्तिसंगत भन्न सकिएन । ऐनबमोजिम बाँकी राख्न पर्ने अचल बाँकी छ छैन भन्ने तर्क मोहियामा कमाएको जग्गा गुठी जग्गा छ भन्ने हकलाई ऐनले आफूले सुक्रिबिक्री गर्न पाउने हकको जमीन नभएकाले त्यसलाई बाँकी राखेको भन्न मिलेन भनी जिल्ला र अञ्चल दुवै अदालतले मानेका छन् । कृष्णकुमारीले सो जग्गा बिक्री गरेपछि २७ सालमा अर्को जग्गा किनेको त्यसको मूल्यांकनबाट ऐनले बाँकी राख्न पर्ने अचल बाँकी हुन आउने हुँदा बिक्री गरेको कायमै हुने भन्ने अञ्चल अदालतको तर्कलाई आफूसँग भएको अचल आफू खुस गर्न पाउने हो, हकवालाको मञ्जूरी लिनपर्नेमा लिएको छैन भने ऐनले त्यस्तो व्यवहारले मान्यता प्राप्त गर्न नसकी स्वतः बदर हुने ऐनले व्यवस्था गरिराखेको छँदाछँदै भएको अचल सबै बिक्री गरेको सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरे भनेको आर्जनलाई बिक्री गरेको आर्जनमा समावेश गरी खडै बाँकी रहेकै छ । हकदारको मञ्जूरी नभए पनि सो लिखत कायमै हुन्छ भनी दिँदा ऐनले गरेको व्यवस्थाको प्रतिकूल हुन जाने हुनाले कृष्णकुमारीले आफ्नो पूरै अचल श्यामप्रसादलाई बिक्री गर्दा हकदारको मञ्जूरी पनि ३ खण्डसम्म आफू खुस गर्न पाउने हुँदा त्यतिसमेत बिक्री गरेको ऐनले सदर हुने हुँदा बिक्री गरेको जम्मा ४ भागको १ भाग बदर हुनेमा सोसमेत पूरै लिखत कायम रहने ठहराएको अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । ४ भागको १ भाग बदर हुने ठहराएको इन्साफ ०२७।९।१३ को का.जि.अदालतको मनासिव छ तपसीलबमोजिमको लगत दिई नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।
तपसील
देहायका कलममा बा.अ.अं.को इन्साफ उल्टी भएकाले देहायबमोजिम गर्नु भनी का.जि.अ.मा समेत लगत दिनु....................१
शुरु का.जि.अ.को ०२७।९।१३ का फैसलाबमोजिम प्र.हरूले पुनरावेदन गर्दा राखेको कोर्टफी वापतको रू.११।९० प्रतिवादीहरूलाई भराउने गरी ०२८।९।१३।२ का बा.अं.अ.का फैसलाबमोजिम ०२८।१०।२८ का दरले प्र.हरूलाई भराउने गरेको सो लगत काट्ने र फिराद दर्ता गर्दा राखेको कोर्टफी समेतको रू.११।९० प्र.हरूले ०२७।१०।१६ मा बा.अं.अ.मा धरौटी रहेकोले सो कानूनको रीत पुर्याई वादीलाई दिने भनी ऐ......................२
यस अदालतमा पुनरावेदन गर्दा वादी पुनरावेदकले ०२८।११।२३ मा राखेको कोर्टफी रू.१।५० प्रतिवादीहरूबाट बराबरीका दरले भराइपाउँ भनी कानूनका म्यादभित्र दरखास्त परे प्रतिवादीहरूबाट वादीलाई भराइदिनु भनी ऐ..........................३
प्र.कृष्णकुमारी, १ प्र.श्यामप्रसाद, १
धनी श्यामप्रसाद ऋणी कृष्णकुमारी भएको ०२६।९।२७।५ को पास भएको रू.३६०००। को लिखतको ४ खण्डको १ खण्ड बदर गरिदिनु भनी भू.प्र.का.लाई लेखिपठाउनु भनी ऐ.....................४
इन्साफ उल्टीमा बा.अं.का का.मु.अं.न्या.उदयप्रसादको रेकर्ड राख्न स.अ.जनरल विभागमा लेखिपठाउने........................५
म सहमत छु ।
न्या. रङ्गनाथ उप्रेती
इति सम्वत् २०३० साल भाद्र २१ गते रोज ५ शुभम् ।