शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८३३ - उत्प्रेषण

भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२

निर्णय नं.  ४८३३    ने.का.प. २०५० (ग)        अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्बत् २०४७ सालको रिट नं.८९५

आदेश मिति: २०५०।०९।०४।१

निवेदक      : का.प.जि.चौवास गा.वि.स.वडा नं. ८ बस्ने राम बहादुर तामाङ ।

विरुद्ध

विपक्षी : ऐ ऐ वस्ने वखत बहादुर तामाङ समेत ।

विषयः उत्प्रेषण ।

(१)    अंश मुद्दामा निबेदकको बाबु ज्ञान बहादुर नै वादीको मुख्य अंशियार भएकोमा विवाद देखिदैन । निवेदक ज्ञान बहादुर को माइलो छोरा भएकोमा पनि कुनै विवाद उठाएको पाइदैन । निवेदक राम बहादुर नाम भएकोमा माइलो भनी म्याद तामेल भै अंश मुद्दा फैसला भएको कुरा ०४७।४।१० मा थाहा पाए भन्ने भनाइ पाइन्छ । यसरी थाहा पाएपछि यदि रीत पूर्वक म्याद तामेल नभएको भए उपर्युक्त कानूनी व्यवस्था बमोजिमको प्रकृया अबलम्बन गरी म्याद भित्र प्रतिवाद गर्न पाउने हक कानूनले प्रदान गरेको देखिन्छ । यसरी निवेदकले ०४७।४।१० मा थाहा पाएको भनी ०४७।७।२६ मा रिट निवेदन दिन आएको छ ।  उक्त कानूनले निर्दिष्ट गरेको म्यादै भित्र थाहा पाएपछि जिल्ला अदालतमा प्रतिउत्तर लिई गै प्रतिवाद  गर्न पाउने अवस्था छदै नियमित मार्ग अवलम्बन नगरी निवेदक रिट क्षेत्रमा प्रवेश गरेको पाइन्छ । तसर्थ बैकल्पिक उपचारको बाटो हुँदा हुँदै रिट क्षेत्रमा प्रवेश गरेकोले असाधारण अधिकार क्षेत्रको प्रयोग गरी निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।

(प्र.नं.८)

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानी ।

            : विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडे ।

आदेश

न्या. रुद्र बहादुर सिंह

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत र्पन आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार रहेछ ।

२.    बाजे वम बहादुरका २ छोरामा बिपक्षीका बाबु कटक बहादुर र मेरा बाबु ज्ञान बहादुरहरु २००१ सालमा नै छुट्टी भिन्न भै बसेको र विपक्षी कटक बहादुर र बखत बहादुरको नाउँका जग्गाहरु बेच विखन समेत गरी सकेका छन् । यसरी भिन्न भै  सकेका व्यक्तिहरुले मेरा बाबुका नाउँमा भएको सम्पत्ति समेत वण्डा छुट्याई खाने मनसायले मेरो नाम राम बहादुर भन्ने थाहा हुँदा हुदै मलाई माइला भनी लेखी अंशबण्डाको नालेस दिई १०।१२ वर्ष देखि भिन्नै बसेकोलाई एकाघरको भनी विपक्षी ज्ञान बहादुरले बुझ्नु भएछ । मेरो नम फरक पारी म्याद तमिल गरी एक तर्फि फैसला गराएको रहेछ । यसै वीच बाबुको नामको जग्गाहरु ०४६।११।१० मा वण्डापत्र पास गरी लिएको छु । सो वण्डा उपर विपक्षीको फिराद परेको म्याद ०४७।४।१० मा तामेल भएपछि मात्र थाहा पाएँ । अदालत बुझ्दा तायदाती दिने म्याद सम्म ज्ञान बहादुरले बुझी म्याद समेत गुज्री सकेको रहेछ । यसरी मेरो राम बहादुर नाम थाहा हुँदा हुदै माइला भनी लेखी झुठा नाम उल्लेख गरी फिराद गरी सो को आधारमा फैसला हुनु नपर्ने हो । यसरी मेरो नाम फरक पारी फिराद गरी म्याद तमिल गरी गराई भएकोले फैसलाबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ लगायतको मेरो सम्पत्ति सम्बन्धी हकमा असर गरेकाले उक्त फसला वदर गरी मेरो समेत सुनुवाई गरी पुनः फैसला गर्नु भन्ने समेतको आदेश जारी गरी पाउँ भन्ने समेतको रिट निवेदन ।

३.    यसमा विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासको आदेश।

४.    कटक बहादुरका छोरा बखत बहादुर, रामजीत तामाङ, धन बहादुर समेत जवान ३ ले यी निबेदक समतेलाई विपक्षी बनाई दिएको अंश मुद्दामा कानून बमोजिम म्याद तामेल भै आएको म्यादमा हाजिर हुन नआई प्रतिउत्तर नै नदिएको, तायदाती माग गर्दा समेत हाजिर नभएको पुनः म्याद तामेल हुँदा समेत हाजिर नभै म्याद गुजारी बसेकोले बादीसंगबाटै तायदाती लिई ०४७।३।२४ मा बादीहरुले अंश पाउने ठहरी फैसला भएको हो निजको हकमा म्याद वेरीत देखिएमा अ.व.२०८ नं. बमोजिम म्याद वदरमा आउन सक्ने नै देखिन्छ । अ.व.२०८ नं. बमोजिम अन्य उपचारको बाटो छदाछदै असाधारण अधिकार क्षेत्रभित्र प्रवेश गर्न पाउने होइन भन्न समेतको का.प.जि.अ.को लिखित जवाफ ।

५.    निवेदकका पिता ज्ञान बहादुर र हाम्रा पिता कटक बहादुर दाजु भाई हुन हाम्रा पिता विदेशिएका हामी संगोलमै बसी आएको र हामीले अशं पाउँ भन्ने फिराद गरी रितपूर्वक म्याद तामल भै पटक पटक म्याद जारी हुँदा निवेदक समेतका प्रत्येवादी उपस्थित नभै कानून बमोजिम फैसला भै हामीले अंश पाउने ठहरी फैसला भए बमोजिम हामीले अंशभाग छुट्याई लिएको हो निजको नामका हकमा हामीले प्रत्येवादी ज्ञान बहादुरको माइलो छोरा भनेर प्रष्ट उल्लेख गरेका छौं । नाम नमिलेको भए मौकैमा प्रतिवाद गर्न सक्नु पर्दथ्यो सो गर्न नसकेको समेतबाट निवेदकले केवल दुःख दिने कुनियतमात्र लिएको प्रष्ट हुन्छ तसर्थ रिट निवेदन खारेज गरि पाउँ भन्ने समेत विपक्षी रामजीत, धन बहादुर र बखत बहादुर तामाङको संयुक्त लिखित जवाफ ।

६.    अंश वण्डाको मुद्दा म्याद तामेल गर्दा म ७५ वर्ष नाघी सकेको बुढी मानिस भएकोले के कुन ब्यहारा लेखि सहीछाप गराए मलाई थाहा भएन । निवेदक १०१२ वर्ष देखि वेग्लै बसी आएका छन छोराका नाममा समेत म्याद तमिल भएको कुरा मैले थाहा पाइन भन्ने समतको विपक्षी ज्ञान बहादुर तामाङको लिखित जवाफ ।

७.    नियमानुसार कजलिष्टमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत निबेदनमा निवेदकका वारेस लोकनाथ अधिकारीलाई रोहबरमा राखी विपक्षी का.प. जि.अ.को तर्फबाट खटी  आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री अति अकवर मिकरानीले निवेदकका बाबुले एकाघरको छोरा भनी रीतपूर्वक म्याद बुझी लिएका छन । नाम नमिलेको भए समयमा नै अ.वं.२०८ नं.ले निर्दिष्ट गरेको बाटो अवलम्बन गर्नु पर्ने थियो सो नगरी वैकल्पिक उपचारको बाटो छँदा छदै रिट क्षेत्रमा प्रवेश गर्न पाउने होइन रीतपूर्वक म्याद तामेल भै सम्पूर्ण कानूनी प्रकृया पूरा गरी भएको फैसला बदरभागी हुने होइन । निवेदकलाई सुनुवाईको  मौकाबाट पनि वंचित गराएको पनि छैन भन्ने समेत र विपक्षी बखत बहादुर समेतको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडले अदालतबाज जारी भएको पटक पटकका म्याद निवेदकले गुजारी बसेका छन् यदि नाम नमिलेको भए कानूनले निदिष्ट गरेको बाटो अबलम्वन गरी म्याद वदर गर्न सक्नु पर्ने थियो सो गर्न सकेका छैनन् । अंश मुद्दा परेपछि मात्र बाबु छोराका वीच अंशवण्डा भएको छ, १०१२ वर्षदेखि वगल बसका प्रमाण पेश छैन भन्ने समेत गर्नु भएको बहस समेत सुनियो ।

८.    म १०१२ वर्षदेखि अलग बसेको ब्यक्तिलाई एकाघर सगोलको भनी नामै फरक परेको म्याद मेरा बाबुलाई बुझाई प्रतिबाद गर्ने मौका समेत नदिइ अंश जस्तो मुद्दाको फैसला गरे गराए छन् मेरो वास्तविक नाम राम बहादुर हुँदा हुदै माइलो भनी म्याद तामल गरी कारबाही चलाई एकतर्फि रुपमा भएको फैसला वदर भइ मैले समेत प्रतिवाद गर्ने मौका पाउनु पर्छ भन्ने समेत रिट निवेदन मागदावा र निवेदकलाई प्रतिउत्तर दिने म्याद सहितका कारबाहीका सिलसिलामा पटक पटक कानून बमोजिम रीतपूर्वक तामल भएका म्यादमा हाजिर नभै म्याद गुजारी बसेकोले निजलाई प्रतिवाद गर्न मौका दिइएन भन्ने भनाई पत्यार लायक छैन । नाम नमिलेको भए म्यादभित्र अ.व.२०८ ले निर्दिष्ट गरेको बाटो अवलम्बन गर्न सक्नु पर्ने थियो भन्ने समेत विपक्षीको लिखित जवाफ भएको प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन ? सो को निर्णय दिनु परेको छ । निर्णय तर्फ विचार गर्दा अड्डाबाट जारी भएको म्याद तमिल गरेको थाहा पाउन नसकेको खण्डमा प्रत्यवादीले के कुन मागे अवलम्वन गर्नु पर्छ भन्ने सम्बन्धमा मुलुकी ऐन अ. ब. २०८ नं. मा समाव्हान इतलायनामा तमिल गर्दा यसै महलको ११० नं. बमोजिमको रीत नपुर्‍याई तामेल गरेकोले थाहा पाउन नसकी प्रतिवादी दिन नपाई म्याद गुज्रेको भन्ने उजुरी साथ फैसला भएको छ महिना भित्रमा थाहा पाएको ३५ दिनभित्र झगडियाल प्रतिवादी लेखि दिन ल्यायो भने पहिले मिसिल समिल रहेका तमिली समाब्हान हेरी रीतर्पूवक तामेल भएको देखिन आएन भने सोही व्यहोराको पर्चा लेखी प्रतिवादी दर्ता गरी ऐन बमोजिम बुझ्नु पर्ने प्रमाण बुझी मुद्दा फैसला गर्नु पर्छ । रीत पुगी तामल भएको देखिएमा सोही ब्यहारा खोली उजुर लाग्न सक्तैन भनी दरपाठ गरी फिर्ता दिनु पर्छ भन्ने समेत व्यवस्था भएको पाइन्छ । बिबादित अंश मुद्दामा निवेदकको बाबु ज्ञान बहादुर नै बादीको मुख्य अंशियार भएकोमा बिवाद देखिदैन । निवेदक ज्ञान बहादुरको माइलो छोरा भएकोमा पनि कुनै बिवाद उठाएका पाइर्दैन । निवेदकको राम बहादुर नाम भएकोमा माइलो भनी म्याद तमिल  भै अंश मुद्दा फैसला भएका कुरा २०४७।४।१० मा थाहा पाए भन्ने भनाई पाइन्छ । यसरी थाहा पाए पछि यदि रीतपूर्वक म्याद तामल  नभएको भए उपर्युक्त कानूनी व्यवस्था बमोजिमको प्रकृया अबलम्बन गरी म्याद भित्र प्रतिवाद गर्न पाउने हक कानूनले प्रदान गरेको देखिन्छ यसरी निबेदकले ०४७।४।१० मा थाहा पाएको भनी ०४७।७।२६ मा रिट निबेदन दिलन आएको छ । उक्त कानूनले निदिष्ट गरेको म्याद भित्र थाहा पाएपछि जिल्ला अदालतमा प्रतिउत्तर लिई गै प्रतिवाद गर्न पाउने अवस्था छँदाछँदै नियमित मार्ग अबलम्बन नगरी निवेदक रिट क्षेत्रमा प्रवेश गरेको पाइन्छ । तसर्थ वैकल्पिक उपचारको बाटो हुँदाहुँदै रिट क्षेत्रमा प्रवेश गरेकोल असाधारण अधिकार क्षेत्रको प्रयोग गरी निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।

उक्त रायमा म सहमत आचार्य

न्या.अरबिन्दनाथ आचार्य

इति सम्वत् २०५० साल पौष ४ रोज १ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु