निर्णय नं. ४९०४ - जालसाजी

निर्णय नं. ४९०४ २०५१, ने.का.प. अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्बत् २०४८ सालको फौ.पु.नं. ३९१
फैसला मिति : २०५०।९।२६।२ मा
मुद्दा : जालसाजी
निवेदक : जि.सिराहा कुलकाहा कट्टी गा.पं. वडा नं. ३ बस्ने वर्ष ४० को रामपरी देवी कोइरिनी ।
विरुद्ध
विपक्षी : जि.सिरहा दुर्गापुर गा.पं. वडा नं. ८ वस्ने ठकाइको छोरा सोनेलाल महतो कोइरी १
ऐ ऐ वस्ने सोनेलालको पत्नी रामसुनेर कोइरिनी १
ऐ ऐ वस्ने सोनेलालको छोरा चन्देश्वर महतो कोइरी १
§ विवादित प्रेस्क्रिप्सनहरु सन् १९–१०–१९७८ को डा. महेश्वर पाण्डेय र सन् २६–११–१९८२ को डा. बीरेन्द्र नारायण सिंहको नाउँका रहेको देखिन्छ । उक्त पे्रस्कीप्सनमा औषधिको नाम उल्लेख भएको र कुन रोगको हो सो प्रष्ट नभएको भन्ने सिराहा अस्पतालको मिति २०४४।९।५ को पत्रको व्यहोरा पाइन्छ । विभिन्न किसिमको औषधिको आधारमा कुनै खास रोगको हो भनी यकिन गर्न नसकिने भन्दैमा उल्लेखित प्रेस्कीप्सन जालसाजीबाट तयार गरेका हो भन्न मान्न नमिल्ने ।
(प्र.नं. १५)
निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री विनोद रोका ।
विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री कमलनाराण दास ।
अवलम्बित नजिर : x
फैसला
न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।११।२२ को आदेश उपर चित्त नबुझी पुनरावेदनको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भै इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. म रामपरीदेवीको विपक्षी सोनेलाल महतो कोइरी पिता, विपक्षी रामसुनेर कोइरीन सौतेनी आमा, विपक्षी चन्देश्वर महतो कोइरी सौतेनी भाइ नातका हुन् । मेरी आमा काल्पीवती विपक्षी सोनेलालकी जेठी पत्नी हुन् । विपक्षी सोनेलाल महतो कोइरीले विपक्षी राम सुनेर कोइरीनसंग बहुविवाह गरी स्वास्नी तुल्याई आमा काल्पीवतीलाई सधै कुटपिट गरी खानलाउन तकलीफ दिँदै आएकोमा छोराको मुख हेरी सही बस्नु भएको थियो । उक्त छोरा मरेपछि धेरै तकलीफ दिएकोले २०३४ साल देखि मेरो घरमा आमा बस्न लागेकोमा मैले आमाको सेवा सुस्याहार समेत गरी आएको हुँदा आमा कल्पीवतीले स्वस्थ एवं सन्तुलित अवस्थामा नै कानूनले आफू खुस गर्न पाउने कसैको हक नलाग्ने आनो नाम दर्ताको जिलला सिरहा दुर्गापुर गा.पं. वडा नं. ४(क) कि.नं. ९४ को ज.वि. ०–१–४ ऐ वार्ड नं. ३ को कि.नं. ७४ को ज.वि. ०–५–३ ऐ वार्ड नं. ४(क) को कि.नं. २४२ को ज.वि. ०–१–१४ ऐ वार्ड नं ६ को कि.नं. १०६ को ज.वि. ०–२–३ ऐ.कि.नं.११३ को ज.वि. ०–१–२ ऐ. कि.नं. १७० को ज.वि. ०–१–१० ऐ कि.नं. १९६ को ज.वि. ०–०–८ ऐ कि.नं. २०९ को ज.वि. ०–०–८ ऐ कि.नं. २१० को ज.वि. ०–०–४ ऐ वडा नं.४(क) को कि.नं. ३ को ज.वि. ०–१३–१५ ऐ वार्ड नं. ६ को कि.नं. २५४ को ज.वि. ०–१५–५ समेत जम्मा २–२–१६ जग्गा मिति २०३९।८।२८ मा मालपोत कार्यालय सप्तरी राजविराजबाट र आमा कल्पीवतीकै नाउँ दर्ताको जिल्ला सिरहा दुर्गापुर गा.पं. वडा नं. ४(क) को कि.नं. ९६ को ज.वि. १–१३–५ ऐ. वार्ड नं. ६ को कि.नं. ७२ को ज.वि. ०–११–० समेत जम्मा २–४–५ जग्गा मिति २०३९।९।२ गते मालपोत कार्यालय सिरहाबाट आफ्नो खुशी राजीले बकसपत्र लिखत पास गरी दिनु भएको पछि गत २०३९।९।२८ गतेका दिन आफ्नो कालगतीले स्वर्गवास हुनु भएकोले क्रिया भोज समेत मेरा पति बलदेव महतोद्वारा गराएको थिएँ । विपक्षी मध्येका सोनेलाल महतोले यहि २०३९ साल चैत्र १५ गते विहान अं ९ बजेको समयमा विपक्षी मध्येको सोनेलाल महतोको पूर्व मुखको फुसको बैठक घरमा सवै विपक्षीहरु र मैले नचिनेका दुई जान विदेशी मानिसहरुलाई आर्थिक प्रलोभन दिई मेरो सद्दे आमा काल्पीवतीलाई होस ठेगाना नभएकी बौलाएकी भनी झुठा व्यहोरा उल्लेख गरी मस्तिष्क विशेषज्ञ हो भनी डा. महेश्वर पाण्डे र डा. विरेन्द्र नारायण सिंह नामका एक एक वटा प्रेस्कीप्सन र ब्लड, युरीन स्टुल टेष्ट आदि समेतको ६ प्रेस्कीप्सन समेत ८ वटा प्रेस्कीप्सन आनो खल्तीबाट निकाली सो प्रेस्कीप्सनमा १९–१०–१९७८ तारेख राखी ब्लड युरिन टेष्ट गरेको प्रेस्कीप्सनमा २६–११–१९८२ तारेख राखी विपषी सोनेलाललाई जम्मा ८ वटा प्रेस्कीप्सन दिएकोमा सोही आधारबाट विपक्षीले म उपर दे.नं. ८४७ को बौलाहा कायम गरी हक कायम दर्ता बदर दर्ता मुद्दा दायर गरेको हुँदा कीर्ते कागजको १८ नं. को हदम्याद भित्र फिराद दायर गरेको छु मेरो आमा काल्पीवतीलाई मरेपछि बौलाएको भनी झुठो व्यहोराबाट ८ वटा प्रेस्कीप्सन तयरा गरी जालसाज गरेको हुादा विपक्षीहरुले कीर्ते कागजको ३ नं. को अपराध गरेकोमा निजलाई मोही ऐनको १० नं. बमोजिम सजाय गरी पाउँ भन्ने व्यहोराको वादीको फिराद दावी ।
३. विपक्षीले दावा गरे अनुसार हामी कसैले पनि जालसाजी गरेको छैनौ होइनौं । वादी दावी झुठ्ठा हो । विपक्षीका एकै उदरका दिदिहरु अर्यात म सोनेलालको छोरीहरुले नै आनो आमाको होस ठेगाना थिएन भनी दर्ता बदर मुद्दामा बकपत्र समेत गरिदिएका हुन । मिति २०३९।१२।१५ गते भएको घटनालाई ४ महिना पछि एउटै गाउँ बस्ने विपक्षीहरु र साझीले भनेको भनने दावा पनि झुठ्ठा ठहरिएको छ । हामीले मुखले प्रपञ्च मिलाई वादी दावा बमोजिम कीर्ते जालसाज गरेको होइन विपक्षीको दावा कीर्ते कागजको ३ नं. अन्तर्गत पर्दैन । वादी दावाको जग्गामा वादीको हकदैया नै छैन । वादी दावा अ.बं. ८२ नं. बमोजिम खारेज गरी पाउँ । उक्र प्रेस्कीप्सन सव सद्दे हो, जालसाजबाट खडा गरे गराएको होइन । म सोनेलालको जेठी पत्नी अर्थात विपक्षीको आमा काल्पीबतीलाई म सोनेलालको इलाज गराउन लग्दा उक्त विशेषज्ञहरुले जाँच गरी राय प्रकट गरेको हुँदा बुझ्नु पर्ने प्रमाण बुझी झुठा दावीबाट फुर्सद गरी विपक्षीलाई नै कानून बमोजिम साजय गरी पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तर जिकिर ।
४. उक्त प्रेस्किप्सनहरु इलम पाएका डाक्टरहरुले विभिन्न मितिमा गरि दिएको प्रेस्किप्सन र स्टुल (दिशा) बलड (रगत) जाँच आदिका प्रतिवेदन देखिएका र उक्र लिखतहरुले वादीको हक हितमा कुनै प्रतिकूल असर पारेको केहि नदेखिँदा प्रस्तुत मुद्दा खारेज हुन्छ भन्ने समेत सिरहा जिल्ला अदालतको मिति २०४२।१।१८ को फैसला ।
५. उक्त कागजातबाट कुनै असर नपुगेको भनी वादी दावा खारेज गर्ने ठहर्याई गरेको शुरु जिल्ला अदालतको फैसलामा चित्त नबुझेकोले उल्लेखित फैसला उल्टी गरी फिराद दावी बमोजिम इन्साफ पाउँ भन्ने समेत बादीको सगरमाथा अंचल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदन।
६. एउटा मुद्दाको प्रमाण भनी एक थरी पक्षले देखिएको प्रमाणलाई नै अर्को जालसाजी भनी मुद्दा दायर गरेको देखिँदा त्यसबाट अर्को पक्षलाई असर नपर्ने भनी गरेको शुरुको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ । अव जे जो बुझ्नु पर्छ बुझी यसमा ठहर निर्णय गर्नु भनी उपस्थित रहेको पक्ष विपक्षलाई तारेख तोकी शुरु जिलला अदालतमा मिसिल पठाई दिने ठहर्छ भन्ने समेत मिति २०४३।१२।२ को सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसला ।
७. के कस्तो आर्थिक प्रलोभन दिएको सो कुनै कुरा फिरादमा उल्लेख हुन नसकेको, साथै वादीका साक्षीले पनि आर्थिक प्रलोभन दिएको भन्न नसकेको प्रेस्कीप्सनमा कुन रोग को हो भन्ने केहि उल्लेख नदेखिएको उल्लेखित विभिन्न किसिमको औषधिको आधारमा खास कुन रोग हो भनी यकिन गर्न नसकिने भनी सिरहा अस्पतालबाट मिति २०४४।९।५ मा जवाफ प्राप्त भएको हुँदा प्रतिवादीहरुले जालसाजबाट प्रेस्कीप्सन थान ८ तयार गरेको भन्ने वादी पक्षबाट ठोस सबुद गुज्रिन नआएको हुँदा वादी दावा अनुसार प्रतिवादीहरुले जालसाज गरेको ठहर्दैन भन्ने भन्ने सिरहा जिल्ला अदालतको मिति २०४४।१०।१९ को फैसला ।
८. शुरु अदालतको फैसलामा चित्त बुझेन उक्त प्रेस्कीप्सन सद्दे नै भएकोले मेरो फिराद दावी पुग्न सक्दैन भनी गर्नु भएको फैसला उल्टाई वादी दावी बमोजिम प्रतिवादीहरुलाई सजाय समेत गरी पाउँ भन्ने समेत वादी रामपरी देवीको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदन ।
९. भरपर्दो सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीहरुले जालसाज गरेको ठहर्दैन भनी गरेको शुरुको इन्साफ मुनासिव ठहर्छ भन्ने समेत मिति २०४६।१।१२।२ मा सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट भएको फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन मेरो पक्षको साझी र प्रमाणको मूल्याङ्कन नगरी फैसला भएकोले उक्र कानूनी त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी वादीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदन ।
११. यसमा वादीको साझीहरुको परस्पर अमिल्दो बकपत्र व्यहोरा देखिएको र वादीको कथनलाई पुष्टि गर्न सकेको देखिँदैन । जालसाजी गरेको भन्ने भरपर्दो प्रमाण देखिएन । जालसाजी गरेको भन्ने भरपर्दो प्रमाण देखिएन । तसर्थ वादी दावी नपुग्ने गरेको शुरुको सदर गरेको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसलामा न्याय प्रशासन ऐन, २०३१ (संशोधन सहितको) दफा १३(४) को अवस्था विद्यमान भएको नदेखिदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत एक न्यायाधीशको इजलासबाट मिति २०४६।११।२२ मा भएको भएको आदेश ।
१२. उक्त आदेशमा चित्त बुझेन । विदेशी मानिसलाई वादीले चिन्नु पर्ने तर्क गैर कानूनी छ । प्रतिवादीहरुले उक्त ८ थान प्रेस्कीप्सन जालसाजीबाट खडा गरेको भन्ने कुरालाई कुनै खास रोगको नभएको भनी सिरहा अस्पतालबाट अदालतलाई पठाएको जवाफवाट समेत पुष्टि हुन्छ । मेरो साक्षीहरुले गरेको बकपत्र बाझिएको भन्ने तर्क गरिएको छ । प्रेस्कीप्सनको अनुहारबाट नै जालसाजी हो भन्ने देखिँदा देखिँदै जालसाजी नठहर्याएको कानूनी त्रुटिपूर्ण हुादा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत दावी रामपरी देवीको यस अदालतमा परेको निवेदन ।
१३. यसमा यिनै पक्ष विपक्ष भएको बौलाह कायम गरी हक कायम दर्ता बदर गरी मुद्दामा यस पुनरावेदनको अनुमति गरिएकाले लगाउको कारण यस मुद्दामा पनि पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४८।११।५।२ मा भएको आदेश।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन वादी रामपरी देवीको तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री विनोद रोकाले विपक्षी प्रतिवादी सोनेलाल महतो समेतले डा. महेश्वर पाण्डे र डा. वीरेन्द्र नारायण सिंहका नामका विभिन्न ८ वटा प्रेस्किप्सन जालसाजी रुपमा तयार गरी मेरो पक्ष विरुद्ध बौलाहा कायम गरी हक कायम दर्ता बदर दर्ता मुद्दा दिएको हो । निज काल्पीबती आनो जीवन्तकालमा स्वस्थ र होस ठेगानामा भएकीलाई कालगतीले मरी सकेपछि बौलाएकी भनी झुठ्ठा प्रेस्कीप्सन तयार गरिएको छ । तसर्थ झुठ्ठा व्यहोरा उल्लेख गरी मष्तिष्क विशेषज्ञ हो भनी ८ वटा प्रेस्कीप्सन तयार गरेकोले उक्त प्रेस्कीप्सन जालसाजी ठहर गरी पाउँ भनने समेत बहस प्रस्तुत गर्नु भयो । विपक्षी प्रतिवादी सोनेलाल महतो समेतको तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री कमलनारायण दासले पुनरावेदक रामपरी दवी कै दिदी अर्थात काल्पीवतीका छोरीहरु दुर्गा देवी र सुगा देवीले समेत आमा बौलाएकी थिइन भनी बकपत्र समेत गरेको पाइन्छ । उक्त प्रेस्कीप्सन चिकित्सकबाट जचाई तयार भएको हो । कुनै जालसाज तरीकाले घरमा तयार गरिएको होइन, मेरो पक्षले आनी जेठी पत्नी निज काल्पवती पुत्र शोकले मानसिक सन्तुलन विग्रदै गएपछि सन १९७८ देखि १९८२ सम्म उपचार गराई रहेको स्पष्ट छ । निजलाई उपचार गराउँदा विशेषज्ञहरुले रोगीलाई जाँची आनो राय प्रकट गरेको प्रेस्कीप्सनलाई जालसाजीबाट तयार गरेको भनी लिएको पुनरावेदन जिकिर कानून र औचित्यको प्रतिकूल छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१५. निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा विपक्षी प्रतिवादी सोनेलाल महतो समेतले मिति २०३९।१२।१५ गते विहान ९ बजेका समयमा काल्पीवती बौलाएकी भनी झुठ्ठा व्यहोरा उल्लेख गरी डा. महेश्वर पाण्डेय र डा. बीरेन्द्र नारायण सिंहका नामको झठ्ठा प्रेस्कीप्सन तयार गरी गराई बौलाहा कायम गरी हक कायम दर्ता बदर दर्ता मुद्दा दायर गरेकोले मेरो आमा काल्पीवती मरेपछि बौलाहा हो भनी ८ थान प्रेस्कीप्सन जालसाज गरेको हुँदा विपक्षीहरुलाई सजाय गरिपाउँ भनी वादी दावी भएको पाइन्छ । उक्त वादी दावी पुग्न नसक्ने भनी शुरुले ठहर्याएको इन्साफ सदर गरेको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको फैसला उपर पर्न आएको वादीको प्रस्तुत पुनरावेदनमा मिसिल संलग्न कागजात अध्ययन गरी सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चले इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने हुन आयो । यसमा विवादित प्रेस्किप्सनहर सन् १९–१०–१९७८ को डा. महेश्वर पाण्डेय र सन् २६–११–१९८२ को डा.विरेन्द्र नारायण सिंहको नाउँका रहेको देखिन्छ । उक्त प्रेस्किप्सनमा औषधिको नाम उल्लेख भएको र कुन रोगको हो सो स्पष्ट नभएको भन्ने सिराहा अस्पतालको मिति २०४४।९।५ को पत्रको व्यहोरा पाइन्छ । विभिन्न किसिमको औषधिको आधारमा कुनै खास रोगको हो भनी यकिन गर्न नसकिने भन्दैमा उल्लेखित प्रेस्किप्सन जालसाजीबाट तयार गरेको हो भन्न मान्न मिलेन । निज काल्पीवतीलाई रोगको उपचार गर्दा तयार भएको प्रेस्किप्सनलाई स्पष्ट र भरपर्दो सबुद प्रमाणको अभावमा वादी दावी बमोजिम प्रतिवादीहरुले प्रेस्कीप्सन जालसाजी गरेको ठहदैन । अतः प्रतिवादी हरुले प्रस्कीप्सन जालसाज गरेको ठहर्दैन भनी गरेको शुरु सिरहा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वी बहादुर सिंह
इति सम्बत २०५० साल पौष २६ गते रोज २ शुभम् ।