निर्णय नं. ४९११ - उत्प्रेषण
निर्णय नं.: ४९११ २०५१, ने.का.प. अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्बत् २०४९ सालको रिट नं. – २४७२
आदेश मितिः २०५०।१२।१।२ मा
विषयः उत्प्रेषण
निवेदकः मोरङ जिल्ला वि.न.पा. वडा नं. १२ बस्ने वर्ष ३७ को सुरेश प्रसाद भगत ।
विरुद्ध
विपक्षी : श्री पुनरावेदन अदालत, विराटनगर ।
श्री मोरङ जिल्ला अदालत, विराटनगर ।
जि. मोरङ विराटनगर नगरपालिका वडा नं. १४ बस्ने सीतादेवी साहु तेली ।
§ रिट क्षेत्रबाट सामान्यताय तथ्यमा प्रवेश गरी मूल्याङ्कन गर्न कसरी पायक पर्छ हेर्ने निर्णय गर्ने स्थिति नहुने ।
(प्र.नं. २३)
§ त्रुटीपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने हो । कुन कानूनको त्रुटी भयो निवेदनमा खुल्दैन । यस्तो अवस्थामा रिट जारी हुने स्थिति नदेखिने ।
(प्र.नं. २३)
निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री सुन्दरलाला चौधरी
विपक्षीको तर्फबाट : विद्वान सरकारी अधिबक्त श्री प्रेम बहादुर विष्ट, विद्वान बरिष्ठ अधिबक्ता श्री रतनलाल कनौडिया
अवलम्बित नजीर : x
आदेश
न्या.त्रिलोक प्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३। ८८ अन्तर्गतको निवेदकको रिट पर्न आएको रहेछ । प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ ।
२. विपक्षी सीतादेवी साहु वादी र म निवेदक समेत प्रतिवादी भएको सम्बत् २०४४ सालको दे.पु.नं. ८३५ र देवानी विविध नं. ४० भएको लिखित बदर समेत मुद्दामा यसै सम्मानित सर्वोच्च अदालतबाट मिति २०४५।११।१८ को फैसला र मिति २०४६।५।२३ को फैसलाको तपसिल खण्ड संशोधन हुने आदेशले विपक्षी सीतादेवी साहुले मिति २०३४।३।२७ को राजिनामामा लिखतमा लेखिएको घर सो घरले ओगटेको जग्गामा पुनरावेदन वादी सीतादेवीको हक लाग्ने हुँदा सो हदसम्म ४ खण्डको १ खण्ड लिखत दर्ता समेत बदर हुने ठहरी फैसला भए बमोजिम विपक्षी सीतादेवीलाई चलन पूर्जी दिनलाई सो घर र घरले ओगटेको जग्गाको क्षेत्रफल एकीन नहुँदा एकीन नगरी ४ भागको १ भाग दर्ता निमित्त लेखी पठाउनेलाई अमिन समेत राखी घर जग्गाको क्षेत्रफल निकाली निज सीतादेवीको भाग कटाई वाँकी सुरेस प्रसाद भगललाई चलन चलाई दिने भन्ने श्री मोरङ जिल्ला अदालतको तहसिलदारबाट मिति २०४६।१२।१५ मा भएको पर्चा । विपक्षी सीतादेवीको निवेदन माग अनुसार फिराद दावी अनुसार दक्षिण तर्फबाट दा.खा. गर्न पुर्जि दिई वाँकी घर जग्गा सुरेश प्रसाद भगतलाई चलन चलाउनलाई सो घर जग्गाको दक्षिण तर्फ पूर्व पश्चिम पक्की सडक रहेको निवेदनलाई दक्षिण तर्फ पूर्व पश्चिम पक्की सडक रहेको निवेदकलाई दषिण तर्फबाट छुट्याई उत्तर तर्फबाट सुरेश भगतलाई चलन चलाई दिनलाई पछाडि पर्ने चलन पाए पनि भोग गर्न नसकी फैसला निस्कृय हुन जाने हुँदा उत्तर दक्षिण चिरा गर्दा दुवै पक्षले भोग गर्न पाउने हुँदा घर र घरले ओगटेको जग्गा नाप गरी पश्चिम तर्फबाट सीतादेवीलाई छुट्याई वाँकी घर जग्गा सुरेश भगतलाई चलन चलाई दिने भन्ने मिति २०४७।१।२५ मा तहसिलदारबाट भएको डोर पूर्जि अनुसार खटिई गएको अमिन सहितको कर्मचारीले प्र. रामदास तथा निवेदिका सीतादेवी समेतको रोहवरमा घर जग्गा नाप गरी छुट्याउँदा प्रतिवादीले चलन छोड्न इन्कार गरेको भनी प्रतिवेदनसाथ दाखिल गर्दा तारिखमा राखी चलन चलाउन तारिख मुकरर गरी डोर खटाउँदा प्रतिवादीले फेला नपरेको र चलन चलाउन पर्ने घरको ढोका समेत ताला लागी बन्द रहेको हुँदा १५ दिने सूचना टाँस गरेका समेत भन्ने मो.जि.अ.बाट तत्कालीन को.अ. अदालतमा चढाएको मिति २०४७।३।३ को कैफियत प्रतिवेदन ।
३. चलन चलाई मुचुल्का हेर्दा वादीले चलन पाएको जग्गा कति क्षेत्रफलको हो भन्ने कुरा खुलेको नदेखिएकोले सो चलन चलाई मुचुल्का बदर गरिदिएको छ । वादी दावीको ०–१–९ जग्गाको सर्वोच्च अदालको फैसला अनुसार र फिराद दावीलाई मध्य नजर राखी ४ भागको १ भाग घर र घरले चर्चेको जग्गा कति हुन्छ क्षेत्रफल समेत खुलाई चलन चलाउने कार्यवाही गर्नु होला भन्ने तत्कालिन को.अ. अदालतको आदेश ।
४. जग्गाको बस्तुस्थिति देखिने गरी भै आएको जक्सा हेर्दा मूल सडक पट्टी पूर्व पश्चिम २३ उत्तर दक्षिण ४४” १०” भएको र सीतादेवीको फिराद दावीमा भई दक्षिण तर्फबाट ४ भागको ३ भाग बदर गरी पाउँ भन्ने दावी भएकोमा श्री सर्वोच्च अदालत लगायतको फैसलाबाट ४ भागको १ भाग मात्र बदर भएको देखिन्छ । कुन तर्फबाट बदर हुने भन्ने कुरा कुनै फैसलाबाट पनि नखुलेको यस्तो अवस्थामा फिराद दावीकै आधारमा मात्र भनी दक्षिण तर्फबाट सतिादेवीलाई छुट्याई दिंदा भै आएको नक्साबाट जग्गाको बस्तुस्थिति हेर्दा उत्तर दक्षिण बसेको जग्गा र दक्षिण तर्फ नै मुख्य पिच सडक भएको र मुख्य सडक भएको जग्गा नै मूल्यवान हुने र सो बाहेक पछाडि पट्टिको जग्गाको मूल्यमा धेरै नै अन्तर हुन पर्न जाने र दक्षिण तर्फबाट सीतादेवीलाई छुट्याई दिँदा पछाडि पट्टिको जग्गाको मूल्य कम हुने हुँदा यस्तो परिस्थितिमा दुवै पक्षलाई मर्का नपर्ने दुवैलाई मूल सडक दक्षिण पट्टि नै भाग राखी छुट्याई दिनु पर्ने भै सो जग्गाको क्षेत्रफल हेर्दा दीषण सडक पट्टि पूर्व–पश्चिम लम्बाई २३ र उत्तर दक्षिण लम्बाई ४४”१०” को क्षेत्रफल ०–०–५ हुन्छ । फैसला अनुसार ४ भागको १ भाग दक्षिण तर्फ अर्थात सडक पट्टि सीतादेवीलाई छुट्याइ दिँदा ०–०–१–१ पर्न जाने र सोको सिधा उत्तर दक्षिण ४४” १०” फुट पर्न जाने भै घरले ओगटेको जग्गा ०–०–५ मध्ये ४ भागको १ भाग ०–१–१ जग्गा पर्न जाने देखिन्छ । यसरी सीतादेवीलाई मूलसडक दक्षिण पट्टि ४ भागको भाग ५, १० मात्र पाउने र उत्रर दक्षिण ४४” १०” हुनेमा चौडाईमा भाग गर्न केही असुविधा नै देखिएकोले निजले ४ भागको १ भाग पाउने क्षेत्रफलमा नघटाई मूल सडक तर्फ ७ फुटसम्म छुट्याई दिँदा दक्षिण सडक पट्टि चौढाईमा बसोबास गर्न पुग्ने देखिएकोले सो बमोजिम गर्दा दुवै प्षलाई मर्का पर्न पुग्ने देखिएकोले सो बमोजिम गर्दा दुवै पक्षलार्य मर्का पनि नपर्ने हुँदा क्षेत्रफल ०–०–५ को ४ भागको १ भाग हुने ०–०–१–१ क्षेत्रफल मूल सडक तर्फ जग्गाको दक्षिण लम्बाई ३७।४३ फिट हुने हुँदा सोही बमोजिम सीतादेवी को नाममा दर्ता निमित्त मालपोट कार्यालयमा पुर्जि गरी लेखी पठाई दिने वाँकी अरु जग्गा घर वादी सुरेश प्रसाद भगतलाई चलन चलाई दिनु भन्ने २०४७।८।२३ को आदेश ।
५. उक्त आदेश उपर विपक्षी सीता देवीको तत्कालिन को.अ. अदालतमा वेरीतको आदेश बदर गरिपाउँ भनी निवेदन पर्दा जिल्ला अदालतको मिति २०४७।५।२३ को आदेशले जम्मा क्षेत्रफल ०–०–५ मा बनेको घरको ४ भागको १ भाग छुट्याएको देखिँदा सर्वोच्च अदालतको फैसला अनुसार छुट्याएको देखिन अनाएबाट त्यस अदालको २०४७।८।२३ को आदेश बदर गरी दिएको छ । अव श्री सर्वोच्च अदालतको २०४४।११।१८ को फैसला अनुसार विवादित लिखतमा उल्लेखित घर र घरले ओगटेको जग्गाको क्षेत्रफल अनुसार ४ भागको १ भाग निवेदिका सीता देवीलाई कानून बमोजिम चलाई दिनु भन्ने श्री पुनरावेदन अदालत विराटनगरको मियित २०४८।१०।३ को आदेश । मिसिल हेर्दा २०४७।५।२० मा भै आएको नक्सा हेर्दा नं. ६, ७, ८, ९ को क्षेत्रफल ०–०–५ को ४ भागको १ भाग ०–०–१–७ हुनेमा यस अदालतबाट उक्त मितिमा आदेश हुँदा ०–०–५ को ४ भागको १ भागको ०–०–१ मात्र सीता देवीको नाममा दर्ता निमित्त पुर्जी गरी दिने आदेश भएको निजले पाउने भन्दा घटी अर्को नक्सा नं. ६, ७, ८, ९ को क्षेत्रफल ०–०–५ को ४ भागको १ भाग ०–०–१–७ हुन पर्नेमा ०–०–१–१ भै घटी भएको देखिँदा श्री सर्वोच्च अदालतको उक्त मितिको फैसला अनुसार घरले ओगटेको जग्गा ०–०–५ को ४ भागको १ भाग ०–०–१–७ र सो १ धुर ७ कनुवा जग्गा भित्र बनेको घर जति जग्गाको लिखत बदर भएो तर्फको हकमा श्री सर्वोच्च अदालतको फैुसला लगायत कतैबाट पनि यस तर्फबाट बदर भै सीतादेवीको नाममा दर्ता हुने भन्ने नलेखिएतापनि बादी सीता देवीले लिखत बदर तर्फ फिराद दिंदा दक्षिणतर्फ बदर गरी पाउँ भनी जिकिर भएको सो दावीलाई प्रतिवादीले खण्डन गर्न नसकी ससुच लिखत बदर हुनुपर्ने भनी प्रतिउत्तर जिकिर लिएको कारणबाट समेत तर्फको हकमा विवाद नउठाएको स्वीकार गरेको भन्नु भर्ने हुँदा हाल सर्भेको कि.नं. १६ को ०–१–१४ जग्गा मध्ये नक्सा नं. ६, ७, ८, ९ को क्षेत्रफल ०–०–५ जग्गा मध्ये दषिण तर्फको ०–०–१–७ जग्गा सुरेस भगतको नामबाट सीतादेवीको नाममा दर्ता को निमित्त मालपोत कार्यालयका नाममा लेखी पठाई वाँकी घर जग्गा प्रस्तुत मुद्दाको वादी सुरेस भगतलाई चलन चलाई दिने भनी श्री मोरङ जिल्ला अदालतबाट मिति २०४८।१२।७ मा भएको आदेश ।
६. श्री मोरङ जिल्ला अदालतको उक्त मिति २०४८।१२।७ को आदेश वेरीतको भएको हुँदा उक्त आदेश बदर गरी सर्वोच्च अदालतबाट भएो मिति २०४४।११।१८ को फैसला र मिति २०४६।५।२३ को संशोधित आदेश बमोजिम घर र घरले ओगटेको जग्गाको ४ भागको १ भाग विपक्षी सीतादेवीलाई छुट्याई दिई वाँकी मलाई चलन चलाई दिने आदेश गरी पाउँ भनी श्री पुनरावेदन अदालत विराटनगरमा निवेदन दिएकोमा मोरङ जिल्ला अदालतको निवेदन व्यहोरा अवगत भयो । यसमा कानून बमोजिम गर्नु भनी उक्त विपक्षी पुनरावेदन अदालत विराटनगरबाट मिति २०४९।२।९ मा भएको आदेश गैर कानूनी त्रुटीपूर्ण भएकोले सो बदर गराउन अन्य कानूनी उपचार समेत नहुँदा संविधानको धारा २३।८८ अन्तर्गत यो सविनय निवेदन गर्न आएको छु ।
७. विपक्षी मोरङ जिल्ला अदालतको मिति २०४८।१२।७ को आदेश र सो आदेश उपर श्री पुनरावेदन अदालतबाट भएको मिति २०४९।२।९ को कानून बमोजिम गर्नु भन्ने समेत गैर कानूनी त्रुटीपूर्ण एवं अमान्य भएको ब्यहोरा निम्न लिखित अनुसार निवेदन गर्दछु ।
८. सर्वप्रथम श्री सर्वोच्च अदालतको फैसला अर्थात अदालतको अनित्म फैसला बमोजिम चलन चलाउनु पर्ने तथा विगो भराउनुपर्ने मुलुकी ऐनको द.अ. ४३ नं. बमोजिम वादीले मेरो उपर घर र घरले ओगटेको चार भागको एक भाग मात्र बदर गराई हक कायम गरेको फैसला बमोजिम सोही अनुरुप मात्र चलन चलाई पाउँ भन्ने दावी गर्न पाउने र अदालतले पनि चलन चलाउन पाउने तथा चलाउन सक्ने अधिकार हुनेछ तर प्रस्तुत मुद्दामा स.अ. को फैसला भन्दा बढी एवं वाहिर गई अर्थात दक्षिण तर्फ चलन चलाई दिने स.अ. को फैसला नै नभएकोमा दक्षिण तर्फ चलन चलाई दिने गरिएको आदेश प्रत्यक्ष कानूनी त्रुटीपूर्ण भएको छ ।
९. उपरोक्त आदेशमा वादी सीतादेवी साहुलार्य दक्षिण तर्फको चलन चलाई दिने गरिएको आदेशमा स.अ. लगायत कतैबाट पनि यस तर्फबाट बदर भन्ने नलेखिएतापनि वादीले फिरादमा जिकिर लिएको र प्रतिवादीले खण्डन गर्न नसकेको भन्ने आधार लिइएको छ, जो सर्वथा कानून संगत छैन । किनभने स.अ. को फैसलाबाट नै वादी दावीमा लिएको दावी तथा आधारहरु बदर भई सकेपछि वादीलाई फैसला भन्दा वाहिर तथा फैसलाको प्रतिकूल हुने गरी पुनः फिराद दावी बमोजिम वादीलाई चलन चलाई पाउँ भन्ने निवेदन गर्न नमिल्ने हुँदा पुनः फिराद दावीको आधार लिनु सर्वथा कानूनी त्रुटी छ भन्न जहाँसम्म प्रतिवादीले खण्डन गर्न नसकेको भन्ने प्रश्न छ मुलुकी ऐन अ.व. १२८ नं. बमोजिम प्रत्यक्षमा वादीले पक्रे बमोजिम तथा इन्साफ गर्ने कुराहरुको जवाफ लेख्नु पर्ने कानूनी ब्यवस्था भए बमोजिम उक्त मुद्दामा लिखत बदर हुनुपर्ने हो वा होइन भन्ने मूल विवादमा नै विचार भएको र तर्फको कुनै विवाद नभएको र न्यायकर्ताबाट निर्णय गर्नुपर्ने विषय पनि सोही अनुरुप भएको हुँदा यस तर्फ प्रतिवादी खण्डन गर्न नसकेको भन्ने आधार सर्वथा कानून एवं तर्क संगत नभएको ब्यहोरा स्पष्ट भएको छ ।
१०. यस आदेशमा अर्को गंभीर कानूनी त्रुटी के छ भने मिति २०४७।८।२३ मा श्री मा.जि.अ. बाट भएको आदेश उपर विपक्षी सीतादेवी साहुको निवेदन परी विपक्षी पुनरावेदन अदालतबाट मिति २०४८।१०।३।६ मा आदेश हुँदा ०४७।८।२३ को आदेश बमोजिम ०–०–५ को ४ भागको १ भाग छुट्याइएको स.अ. को फैसला बमोजिम घर र घरले ओगटेको जग्गाको ४ भागको १ भाग देखिन नआएबाट उक्त आदेश बदर गरी स.अ. को फैसला अनुसार चलन चलाई दिनु भन्ने भएको आदेशमा क्षेत्रफल नमिलेको अर्थात स.अ. को फैसला भन्ने भएको आदेशमा क्षेत्रफल नमिलेको अर्थात स.अ.को फैसला बमोजिम नभएको भन्ने उल्लेख भई त्यस आधारमा उक्त जि.अ. को आदेश बदर गरी दिने आदेश भई पुनः स.अ. को फैसला बमोजिम चलन चलाई दिने आदेश भएपछि श्री मा.जि.अ. ले पुनः चलन चलाई दिने आदेश गर्दा क्षेत्रफलका त्रुटी माथि मात्र विचार गरी स.अ. को फैसला बमोजिम चलन चलाई दिने आदेश गर्नुपर्नेमा मोरङ जिल्ला अदालतको मिति २०४८।१२।७ र कानून बमोजिम गर्नु भन्ने विपक्षी पुनरावेदन अदालत समेतको आदेश प्रत्यक्ष कानूनी त्रुटी भएको व्यहोरा स्पष्ट छ ।
११. सर्वोच्च अदातलबाट भएको फैसलाको प्रतिकूल हुने गरी वादीलाई चलन चलाई माग्ने अधिकार साथै अदालतलाई पनि चलन चलाई दिने अधिकार कानूनमा पनि नभएको प्रष्ट छ । तसर्थ श्री मो.जि.अ. को उक्त २०४८।१२।७ को आदेश बदर भागी छ । साथै न्यायकर्ताको न्यायिक विवेकको आधारमा विचार गर्दा पनि मलाई अन्याय भएको स्पष्ट छ । यस घरको नक्साको बस्तुस्थिति अवलोकन गार्द उत्तर दक्षिण बसेको जग्गा र दक्षिणतर्फ मुख्य सडक भएको र विवादित घरले दक्षिण मूल सडक तर्फ जग्गाको सम्पूर्ण भाग ओगटी सो घरको मुख्य प्रवेशद्वार नै दक्षिण तर्फ रहनुका साथै मुख्य सडक नै जग्गा मूल्यबान हुने र सो बाहेक पछाडिको पट्टी जग्गामा घरै नै अन्तर पर्न जाने र दक्षिण तर्फ सीता देवीलाई छुट्याई दिएकोबाट पछाडि पट्टीको जग्गाको मुख्य महत्वहिन हुने हुँदा यस्तो परिस्थितिमा दुवै पक्षलाई मुख पर्ने गरी छुट्याउँदा जे जस्तो लम्बाई चौडाइको उपयुक्त क्षेत्रफल हुन्छ । सो बमोजिम चलन चलाई दिने आदेश हुँदा सो बमोजिम नगरी एक पक्षलाई मात्र पायक पर्ने र अर्को पक्षलाई बेपायक पर्ने गरी गरिएको आदेश न्यायिक मनको अभावमा भएको हुँदा कानूनसंगत नभएको ब्यहोरा स्पष्ट भएको छ ।
१२. अतः उपरोक्त प्रकरणहरुमा निवेदन गरेको बमोजिम श्री मो.जि.अ. को मिति २०४८।१२।७ एवं विपक्षी पुनरावेदन अदालत समेतको आदेश त्रुटीयुक्र भएको हुँदा उक्त आदेशहरु बदर गरी स.अ. को मिति २०४५।११।१८ को फैसला ०४६।५।२३ को संशोधित आदेश सहितको फैसला बमोजिम घर र घरले ओगटेको जग्गाको ४ भागको १ भाग विपक्षी सीतादेवी साहुलाई छुट्याई दिइ वाँकी मलाई चलन चलाई दिने आदेश गरी पाउँ । उपरोक्तमा दर्शाइए अनुसार प्रत्यर्थी नं. १ र २ को प्रबैध तथा अधिकार क्षेत्रात्मक दोषपूर्ण निर्णयले म निवेदकको संविधानको धारा ११(१)(२) द्वारा अभिनिश्चित कानूनको समान प्रयोगको हकदारको मौलिक हक आधा धारा १७ अन्तर्गत सम्पत्ति विषयक मौलिक हक समेतका मौलिक हकहरुका चलनमा अवरोध गरी दिएकोले र अन्य कानूनी उपचार समेत नभएको हुँदा संविधानको धारा २३ तथा ८८(२) अन्तर्गत यो सविनय आवेदन गरेको छु । तसर्थ संविधानको धारा ८८(२) अन्तर्गत उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी प्रत्यर्थी मो.जि.अ. तथा पुनरावेदन अदालत समेतबाट भएको मिति २०४८।१२।७ र २०४९।२।९ को आदेशबदर गरी निवेदकको उपरोक्त हकहरु संरक्षित र प्रचलन गराई पाउँ ।
१३. प्रत्थर्थी नं. १ र २ को उक्त आदेश निर्णय कार्यान्वयन भएमा निवेदकको हक र हितमा प्रतिकूल असर पर्ने भएकोले यो रिट आवेदनको अनित्म किनारा नहुन्जेल प्रत्यर्थी नं. १ र २ को उक्त निर्णय आदेश कार्यान्वयन नगर्नु नगरी दिनु भन्ने अन्तरिम आदेश पनि जारी गरी पाउँ भन्ने नै रिट निवेदकको मुख्य जिकिर रहेको ।
१४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन प्रत्यर्थी हरुबाट लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस सर्वोच्च अदालतको मिति २०४९ साल जेष्ठ २७ गते रोज ३ एक न्यायाधीशको इजलासको आदेश ।
१५. सो अनुसार विपक्षीहरुका नाममा नियमानुसार म्याद तामेली भै प्रत्यर्थी सीतादेवीको प्राप्त लिखित जवाफ अनुसार पहिले विपक्षीलाई हाल जि. मोरङ विराटनगर न.पा. वार्ड नं. १४(ख) सर्भे कि.नं. १६ को ०–१–१४ जग्गा घर विक्री गरेको गरी तथा छोराहरुको हकमा समेत ४ भागको ३ भाग दक्षिण तर्फबाट बदर गरी पाउन मेरो फिराद मोरङ जिल्ला अदालतमा परेकोमा अन्तमा सम्मानित सर्वोच्च अदालतमा मेरो पुनरावेदन परी फैसला हुँदा पुनरावेदन दावी बमोजिम लिखतमा लेखेको घरले ओगटेको जग्गामा यी पुनरावेदक वादी सीतादेवीको ४ खण्डको १ खण्ड हक कायम हुने देखिँदा सो हदसम्म क्षेत्रीय अदालतको फैसला कानून समेत देखिन आएन । तसर्थ लिखतमा लेखिएको घर र सो घरले ओगटेको जग्गा समेत म पुनरावेदक वादी सीतादेवीको हक लाग्ने हुँदा सो हदसम्म ४ खण्डको १ खण्ड लिखत दर्ता बदर हुने हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुन ठहर्छ भनी फैसला भएोमा सोही फैसलाको आधारमा चलन चलाई पाउन मोरङ जिल्ला आदालतमा दरखास्त दिई मोरङ जिल्ला अदालतबाट २०४८।१२।७ गते घर र घरले ओगटेको जग्गा कि.नं. १६ को ०–१–१४ मध्ये ०–०–५ (पौने ६ धुर) मध्ये पनि चारखण्डको १ खण्ड ०–०–१–७ (एक धुर सात कनुवा) घर जग्गा दक्षिण तर्फबाट मलाई चलन चलाई दिने आदेश भएकोमा र २०४८।१२।१० तगे मैले चलन प्राप्त गरी भोग चलन गरी आएकोमा विपक्षीले चित्त नबुझाई पुनरावेदन अदालत विराटनगरमा अ.वं. १७ नं. बमोजिम बेरिटको आदेश बदर गरी पाउँ भन्ने निवेदन दिएकोमा पुनरावेदन अदालत विराटनगरबाट पनि मो.जि.अ. बाट चलन चलाई परेको आदेश सदर कायम राख्दै २०४९।२।९ गते आदेश भएको हुँदा सो बमोजिम एक धुर ७ कनुवा जग्गा घर दक्षिण तर्फबाट भोगी चलन पाइसकेको छु ।
१६. विपक्षीको निवेदन जिकिरको प्रकरण ८(क) मा जिकिर लिए अनुरुप सर्वोच्च अदालतको फैसला भनदा बढी एवं वाहिर गई मोरङ जिल्ला अदालतबाट मलाई चलन चलाई दिएको होइन छैन, सर्वोच्च अदालतको अक्षरस पालना हुने गरी मो.जि.अ.बाट २०४८।१२।७ गते चलन दिने आदेश भएको छ । सर्वोच्च अदालत फैसला वाहिर गई चलन दिएको भन्न सक्ने विपक्षीले के कुन कुरा बढी र फैसला वाहिर गईै चलन दिएको हो सो स्पष्ट देखाउनु पर्ने दायित्व विपक्षीको हो र निवेदन दावी प्रमाणित गर्न सो को प्रमाण पेश गर्नु पर्नेमा सम्मानित सर्वोच्च अदालतको ०४५।११।१८ को फैसला विपरित चलन दियो भन्ने विपक्षीले सो फैसला सम्म पनि आफ्नो निवेदनमा प्रमाण स्वरुप पेश नगरी अदालतलाई कुहिरोको काग बनाउने दुप्रयास विपक्षीले गरेका छन् र मुद्दाको तथ्यनै लुकाई अदालतलाई गुमराहमा गर्ने र झुक्याउने प्रयास गरिएको कुरा विपक्षीकै रिट निवेदनको प्रकरण ८(ख) बाट प्रमाणित हुन्छ । सो कसरी भने सो प्रकरणमा विपक्षीले स.अ. को फैसलाबाटनै वादी दावीमा लिएको दावी तथा आधारहरु बदर भैसकेपछि वादीलाई फैसला भन्दा वाहिर तथा फैसलाको प्रतिकूल हुने गरी पुनः फिराद बमोजिम वादीलाई चलन चलाई पाउँ भन्न निवेदन गर्न नमिल्ने भनी दावी लिएका रहेछ । उक्त बमोजिम विपक्षीको भनाई अनुरुप मेरो फिराद दावी के कसरी कुन फैसलाले बदर भएको हो सो केही उल्लखे नगरी फैसला पेश नगरी फिराद दावी बदर भएको भन्ने निवेदन लेख हुँदैमा मेरा फिराद बदर भएको मानिने होइन ।
१७. सम्मानित सर्वोच्च अदालतको २०४५।११।१८ गतेको २०४४ सालको दे.पु.न.ं ८३५ पु.वे. सीतादेवी साहु विपक्षी सुरेस भगत समेत भएको लिखत बदर मुद्दाको ठहर खण्डमा पुनरावेदन दाव् बमोजिम लिखतमा लेखिएको घरले ओगटेको जगगा पुनरावेदक वादी सीतादेवी को ४ खण्डको १ खण्ड कायम हुने, भनी फैसला भएको र मेरो दावी बमोसिजम हुने भएपछि मेरो दावी के रहेछ भन्ने नै मुख्य रुपले हेरी चलन चलाई दिनुपर्ने कुरा उक्त फैसलाले निर्विवाद प्रमाणित गरी रहेकैछ । तसर्थ मेरो उक्त लिखत बदर मुद्दाको फिराद पत्रको प्रकरण ५ मा ०३८।६।१८ को पारित राजिनामा उल्लेखित ०–१–१४ जग्गा घरको ४ खण्डको ३ खण्ड दक्षिण तर्फबाट लिखत दर्ता बदर समेत गरी फिर्ता दिाई पाउँ भन्ने स्पष्ट फिराद दावी भएको हुँदासम्मानित सर्वोच्च अदालतको फैसलाको ठहर खण्ड अनुसार फिराद दावीलाई मध्यनजर राखी मोरङ जिल्ला अदालतबाट ०४८।१२।७ गते मलाई ०–१–१४ जग्गा मध्ये घरले ओगटेको ०–०–५ को ४ भागको १ भाग ०–०–१–७ (एक धुर सात कनुवा) जग्गा चलन दिएको कानून अनुकूलको आदेश र सर्वोच्च अदालतको फैसला प्रतिकूल नभएको हुँदा विपक्षीको रिट निवेदन निरर्थक भ्रमात्मक मात्र हो ।
१८. मोरङ जिल्ला अदालत र पुनरावेदन अदालत विराटनगरको मलाई चलन चलाई दिने आदेश भै विपक्षीलाई संविधानको धारा ११(१)(२) बमोजिम अदालतको समान प्रयोगको हकदारबाट बन्चित र धारा १७ अन्तर्गत सम्पत्ति सम्बन्धी चलनमा अबरोध गर्ने कुनै भए गरेको छैन । कानून बमोजिम सम्मानित सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन विपक्षीको हक कुष्ठित हुँदैन किनकी मैले सर्वोच्च अदालतबाट जिती पाएको हो । विपक्षीको हकको घर जग्गामा अनाधिकार कब्जा जमाइएको होइन । जम्मा ०–१–१४ (एक कठ्ठा साढे चौध धुर) जग्गामा एक धुर सात कनुवा जग्गा मात्र मैले प्राप्त गर्न सकेको छु । यो समेत हरण गर्न अनावश्यक भ्रमात्मक कुरा देखाई मलाई संविधानको धारा १७ ले प्रत्याभूत गरेको सम्पत्ति सम्बन्धी अधिकार एवं सम्मानिज सर्वोच्च अदालतको ०४५।११।१८ को फैसला प्रतिकूल प्रस्तुत रिट निवेदन परेको हुँदा खारेज गरि पाउँ ।
१९. त्यसका अधिरिक्त सम्मानित सर्वोच्च अदालतबाट ने.का.प.. २०२७ पृष्ठ ३४५ मा “उजुर गर्नको माग जति बदर भई निजलाई पायक पर्ने ठाउँमा चलन पाउने भन्ने” सिद्धान्त प्रतिपादित समेत भइसकेको र मेरो फिराद दावी भै दक्षिण तर्फबाट लिखत बदर गरी पाउन दावी परेको र सोको खण्डन समेत विपक्षीले शुरु प्रातउत्तर पत्रमा गर्न नसकेको कुरा मो.जि.अ. को आदेश समेतबाट पुष्टि भइरहेको र विवादित कि.नं. १६ को ज.वि. ०–१–१४ का दक्षिण र पूर्व दुवै तर्फ बाटो छ । दक्षिण तर्फबाट मलाई चलन दिएपछि विपक्षीले सडक पट्टी मुखै नभएको जगगा हुनुपर्ने अवस्था पनि छैन । उक्त जग्गाको पूर्व तर्फ खुला रुपमा बाटो देखिएको कुरा मैले पेश गरेको नक्सा ट्रेसबाट समेत प्रमाणित भै रहेको हुादा विपक्षीलाई मर्का परेको भन्ने समेतका कुनै कार्य नहुँदा विपक्षीको कुनै संवैधानिक हकमा आघात नपुगेको र कानून बमोजिम सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेको कुरामा संवैधानिक हक हनन् नभएकोले विपक्षीको रिट निवेदन खारेज भागी छ भन्ने विपक्षी सीता देवी साहुतेलीको मिति २०४९ साल श्रावण २५ रोज १ को प्राप्त लिखित जवाफ प्रतिवादी विराटनगर १४ बस्ने राम दास साहु तलोबाट २०४०।५।९ को फैसला अनुसार ०–१–१४ जग्गा घर समेत चलन चलाई पाउँ भनी वादी वराटनगर नगरपालिका वडा नं. १२ बस्ने सुरेस प्रसाद भगतको दरखासत परी कारवाही भएकोमा मेरो हक समेत लाग्न घरजग्गमा मन्जुरी वेगर रामदासले सुरेस भगतलाई विक्री गरेकोमा लेखत बदर गरी पाउँ भनी नालेस परी श्री सर्वोच्च अदालत समेतका फैसलामा तर्क नखुलेको हुँदा र मेरो फिराद दावीमा देखिन तर्फबाट बदर गरी पाउँ भन्ने उल्लेख भएको र प्रतिवादीले प्रतिउत्तरमा कुनै विवाद नगरेकोले श्री सर्वोच्च अदालतका फैसला अनुसार ४ भागको १ भाग दक्षिण तर्फबाट बदर गरी पाउँ भनी वि.न.पा. वडा नं. १४ बस्ने सीतादेवी साहूको निवेदन परी कारवाही हुँदा श्री सर्वोच्च अदालतका फैसला अनुसार घरले ओगटेको ०–९–५ को ४ भागको १ भाग ०–०–१–७ र सो जग्गामा बनेको घर जतिको लेखत बदर भएकोले सो जग्गा र तर्फका हकमा श्री सर्वोच्च अदालतको फैसला लगायत कतैबाट पनि यस तर्फबाट लेखत बदर हुने भन्ने नखुलेको भएता पनि वादी सीता देवीले लिखत बदर तर्फ फिराद दिँदा दक्षिण तर्फबाट बदर गरी पाउँ भनी जिकिर भएको सो दावी लाई प्रतिवादीले खण्डन गर्न नसकेको कारण्बाट तर्फमा विवाद नउठाएको स्वीकार गरेको भन्नु पर्ने हुँदा दक्षिण तर्फबाट नक्सा नं. ६, ७, ८, ९ को क्षेत्रफल ०–०–५ को जग्गा मध्ये दक्षिण तर्फको ०–०–१.७ सीता देवीको नाउँमा दर्ता मिति लेखी पठाई दिने भन्ने २०४८।१२।७ मा आदेश भै सो अनुसार लेखी पठाएको र यस अदालतको आदेश उपर वादी शुरेस भगतको श्री पुनरावेदन अदालतमा परेको निवेदनमा कानून बमोजिम गर्नु भन्ने आदेश भै रहेको देखिएको हुँदा सक्कल मिसिल समेत यसै साथ राखी लिखित जवाफ पेश गरेको छु भन्ने विपक्ष मध्येका मोरङ जिल्ला अदालतको मिति २०४९।४।१८।१ को प्राप्त लिखित जवाफ ।
२०. त्यस्तै विपक्षी मध्येका अर्का प्रत्यर्थी पुनरावेदन अदालत विराटनगरका अनुसार यसमा विपक्षी सीता देवी साहू तेली संगको लिखत बदर मुद्दामा सम्मानित श्री सर्वोच्च अदालतको मिति २०४५।११।१८ को फैसला र मिति ०४६।५।२३ को फैसलाको तपसिल खण्ड संशोधन हुने आदेशले विपक्षी सीता देवी साहूले २०३४।३।२७ को राजीनामा लिखतमा लेखिएको घर र सो घरले ओगटेको जग्गामा वादी सीतादेवीको हक लाग्ने हुँदा सो हदसमम ४ खण्डको १ खण्ड लिखत दर्ता समेत बदर हुने ठहरी फैसला भएको सो फैसला बमोजिम विपक्षी सीतादेवीलाई चलन पूर्जी दिन सो घर र घरले ओगटेको जग्गाको क्षेत्रफल एकिन नहुँदा एकिन गरी ४ भागको १ भाग दर्ता निमित्त जमिन राखी घर जग्गाको क्षेत्रफल निकाली सीतादेवीको भाग छुटाई वाँकी सुरेस प्रसाद भगतलाई चलन पूर्जी दिने भन्ने मोरङ जि.अ. का ०४६।१२।१५ मा आदेश पर्चा भएको २०४७।५।२० मा भएो नक्सा नं. ६,७,८,९ को क्षेत्रफल ०–०–५ को ४ भागको २ भाग ०–०–१–७ हुनेमा यस अदालतलाई उक्त मितिमा आदेश हुँदा ०–०–५ को ४ भागको १ भाग ०–०–१–७ हुनु पर्नेमा ०–०–१ भै घटी भएको श्री सर्वोच्च अदालतको उक्त मितिको फैसला अनुसार घरले ओगटेको जग्गा ०–०–५ को ४ भागको १ भाग १ धुर ७ कनुवा जग्गा भित्र बनेको घर पनि जग्गाको लिखत बदर भएको र तर्फको हकमा श्री सर्वोच्च अदालतको फैसला लगायत कतैबाट पनि यसतर्फबाट बदर भै सीतादेवीको नाउँमा दर्ता हुने भन्ने नलेखिए पनि सीता देवीले फिराद दिँदा दक्षिण तर्फ बदर गरी पाउँ भनी जिकिर लिएको सो दावी प्रतिवादीले खण्डन गर्न नसकेको तर्फको हकमा विवाद नउठेको हुँदा न.नं. ६,७,८,९ को ०–०–५ जग्गा मध्ये दक्षिण तर्फको ०–०–१–७ जग्गा शुरेस भगतको नाउँबाट सीतादेवीको नाउँमा दर्ता निमित्त मालपोतमा लेखी पठाई वाँकी घर जग्गा सुरेश भगतलाई चलन चलाई दिने भनी मोरङ जि.अ. बाट ०४८।१२।७ मा भएको आदेश स.अ. को फैसला भन्दा बढी एवं वाहिर गई दक्षिण तर्फ चलन चलाई दिने गरेकोले सो आदेश बदर गरी सर्वोच्च अदालतको संशोधित आदेश सहितको फैसला बमोजिम घर र घरले ओगटेको जग्गाको ४ भागको १ भाग विपक्षी सीतादेवीलाई छुट्याई दिई वाँकी मलाई चलाई दिने आदेश गरी पाउँ भनी निवेदक सुरेश प्रसाद भगतले यस अदालतमा दिएको निवेदनमा मोरङ जि.अ. बाट भै आएको कैफियत प्रतिवेदन यस अदालतको संयुक्त इजलासमा पेश हुँदा मोरङ जि.अ. यसमा निवेदन सहितको प्रतिवेदन ब्यहोरा पेश भयो, यसमा कानून बमोजिम गर्नुहोला भन्ने मिति २०४९।२।९ मा आदेश भै सम्बन्धित निवेदन सहितको फायल यस अदालतबाट मोरङ जि.अ. मा चलान भै गएको देखियो । कानून बमोजिम यस अदालतबाट भएको आदेशले निवेदकको कुनै पनि संवैधानिक कानूनी हक अधिकारमा आघात पुर्याएको छैन, कानून बमोजिमको निर्णय उपर निवेदकको रिट लाग्न सक्ने होइन । अतः निवेदकको रिट उजुरी खारेज गरी पाउन सादर अनुरोध छ भन्ने उक्त विपक्षी प्रत्यर्थी पुनरावेदन अदालत विराटनगरको मिति २०४९।४।२६।२ को प्राप्त लिखित जवाफ ।
२१. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रसतुत मुद्दा सम्बन्धमा निवेदक तर्फबाट कानून ब्यवसायी विद्वान अधिबक्ता श्री सुन्दरलाल चौधरीले बहस गर्नुभयो । बहसमा वहाँले भन्नु भयो कि विवादित जग्गा २०३४ सालमा विपक्षीका सीता देवीका पति राम प्रसादले शुरेश प्रसादको नाममा राजिनामा गरि दिएको । सीतादेवी छोरा दिपक र विनोद कुमारले राजिनामाको ४ भागको ३ भाग बदर गरी पाउँ भन्ने नालिस गरे । २०४५।११।१८ मा रामदास र सीता देवी बीच परेको अंश मुद्दामा सीतादेवीले अंश पाउने गरी मिति २०४५।११।१८ मा स.अ. बाट ठहर भयो । लिखत बदर मुद्दामा ४ भागको १ भाग बदर भयो । फैसलाबाट सीता देवीले पाउने सडकको उत्तरमा पर्ने घर भएको जग्गाबाट ४ भागको १ भाग छुट्याई पाउँ भन्ने सीतादेवीको निवेदन पर्यो । घरको मोहडा सडक तर्फ दक्षिण तर्फबाट छ । घरको अगाडि भाग विपक्षीलाई दियो । ०–१–९–१ मिति २०४७।८।२३ मा डोर मुचुल्का भयो, उत्तर दक्षिण ठाडो चिरान गर्यो । जसबाट पश्चिम विपक्षी सीतादेवीलाई पर्यो र मेरो पक्ष निवेदकलाई पूर्व पट्टी पर्यो यस प्रकारको विभाजनलाई चित्त नबुझी विपक्षी सीतादेवी मुचुल्का बदर गर्न भनी पुनरावेदन अदालतमा उजुर गरिन । ४ भागको १ भाग दक्षिण तर्फ दिनु भन्यो । पुरनावेदन अदालतले २०४८।१२।७ मा पुनः मुचुल्का गरी दक्षिण तर्फको पुरै ४ भागको १ भाग विपक्षीले पायो । पु.वे.अ. ले डोरबाट भएको मुचुल्कालाई २०४९।२।९ मा सदर गरेको पाइन्छ । यसमा ने.का.प. २०२७ भाग १२ अंक १२ पेज ३४५ नि.नं. ५७९ मा अशोक बम मल्ल विरुद्धमा देवी उपाध्याय मुद्दा चलन चलाई लेखत बदर गरी पाउँ भन्ने मुद्दामा पायक पर्ने गरी छुट्याई दिनु पर्ने भन्ने फूल बेञ्चबाट पनि निर्णय भएको नजिर समेत भै सकेकोले मेरो पक्ष निवेदकलाई पनि स.अ. को फैसला बमोजिम घर र घरले ओगटेको जग्गाको ४ भागको १ भाग विपक्षी सीतादेवीलाई छुट्याई अरु वाँकी निजको नाममा चलन चलाई दिने आदेश पाउनु पर्दछ भनी जिकिर लिनु भयो ।
२२. त्यस्तै विपक्षी मध्येका अदालत तर्फबाट प्रतिनिधित्व गरी आउनु भएका कानून ब्यवसायी विद्वान सरकारी अधिबक्ता श्री प्रेम बहादुर विष्टले सरकारी पक्षमा बहस गर्नु भयो । अदालतले नबोले पनि सीतादेवीले फिराद दिँदाकै अवस्थामा दक्षिण तर्फबाट ४ भागको ३ भाग वदर गरी पाउँ भन्ने माग दावी गरेकोमा प्रतिवादीले विवद नउठाएको । पुनरावेदन अदालतबाट भएको आदेशमा कुन कानूनको उल्लंघन भयो भन्ने रिट निवेदनमा उल्लेख गर्न सकेको छैन । तथ्यमा प्रवेश गर्न मिल्दैन । तथ्यमा प्रवेश गरी ठाडो चिरान होस भन्ने निवेदकको दावी छ । सो भन्न मिल्दैन । यसरी रिट निवेदनमा तथ्यगत कुराको जिकिर गरेकोले निवेदकको रिट निवेदलन खारेज हुनुपर्दछ भनी जिकिर गर्नु भयो । त्यस्तै विपक्षी मध्येका अर्का विपक्षी सिता देवीका तर्फबाट विद्वान कानून ब्यवसायी अधिबक्ता श्री रतनलाल कनौडियाले बसह गर्नु भयो । वहाँले आफ्नो बहसमा भन्नु भयो कि स.अ. को फैसला अनुसार ४ खण्डको १ खण्ड दिलाएको छ । कुन कानूनको बर्खिलाप गर्यो । सो उल्लेख गर्न सकेको छैन । अ.वं. १७ नं. बमोजिम तह तह हुँदै जिल्ला अदालत र पुनरावजेदन अदालतबाट समेत निर्णय भएको छ । उक्त निर्णयमा कुन कानूनी त्रुटी भयो सो निवेदकले त्यस्तो कानून उल्लेख गर्न सकेको छैन हाल घरको चिरान परेको मिलेन । ठाडो चिरान होस् भन्ने हुँदा कसरी चिरान हुने भन्ने कुरा तथ्यगत कुरा भएकोले तथ्यमा पवेश गर्न मिल्दैन । दक्षिण तर्फबाट दिलाई पाउँ भन्ने दावी बमोजिम ४ भागको १ भाग भन्ने छ । वादीलाई पायक पर्ने गरी छुट्याउने भनी निर्णयले पनि भनेको छ । अतएवं रिट निवेदकको जिकिर मनासिब नभएकोले खारेज होस भनी बहस गर्नु भयो । सोको खण्डनको रुपमा रिट निवेदन तर्फका विद्वान अधिबक्ता श्री सुन्दरलाल चौधरीले उत्तर दक्षिण ठाडो चिरान गर्नु भयो स.अ. को फैसला छैन । दक्षिण तर्फ बदर होस भन्ने वादीको भनाई छ । सो हुनु पर्दैजन भन्ने प्रत्युतर भएको पाइन्न । पुनरावेदन दावी बमोजिम ४ खण्डको १ खण्ड कायम हुनुपर्दछ भनी पूनः जिकिर गर्नु भयो ।
२३. प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भनी उपरोक्त उल्लेख भएका पक्ष विपक्ष दुवै तर्फका कानून ब्यवसायी विद्वान अधिबक्ताहरुको बहस सुन्नुको साथै प्राप्त हुन आएको मिसिल कागजातहरु समेतको अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा उत्तर दक्षिण ठाडो चिरानमा घर विपक्षी सीतादेवीलाई चलन दिनु पायक पर्छ भन्ने विद्वान अधिबक्ताको बहस भएकोमा कसरी पायक पर्छ भन्ने तर्फ हेर्दा तथ्यमा प्रवेश गर्ने स्थिति पर्छ, रिट क्षेत्रबाट सामान्यतया तथ्यमा प्रवेश गर्ने स्थिति पर्छ, रिट क्षेत्रबाट सामान्यतया तथ्यमा प्रवेश गरी मूल्याङ्कन गर्न कसरी पायक पर्छ हेर्ने, निर्णय गर्ने स्थिति हुँदैन । विपक्षी सीता देवी साहूले अघि लिखत बदर मुद्दा दिँदा दक्षिण तर्फबाट लिखत बदर होस भनी दावी लिएकोमा सो हुनुपर्ने होइन सो गर्दा मलाई अपाएक पर्छ भन्ने तत्कालको प्रतिउत्तर दिने निवेदकको भनाई देखिन्न । स.अ. बाट मिति २०४५।११।१८ मा फैसला हुँदा पुनरावेदक दावी बमोजिम लिखतमा लेखिएको घरले ओगटेको जग्गामा यी पुनरावेदन वादी सीतादेवीको ४ खण्डको १ खण्ड कायम हुने देखिन्छ भन्दै ४ खण्डको १ खण्ड लिखत बदर हुने ठहराएको पाइन्छ । स.अ. को फैसलामा उल्लेख गरेको ४ खण्डको १ खण्ड भनदा बढी विपक्षी सीतादेवीलाई दिलायो र फलानो कानूनको त्रुटी छ भन्ने निवेदकको भनाई छैन । त्रुटीपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने हो । कुन कानूनको त्रुटी भयो, निवेदनमा खुल्दैन । यस्तो अवस्थामा रिट जारी हुने स्थिति देखिँएन, खारेज हुने ठहर्छ । कानून बमोजिम गरी नियमानुसार मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव
इति सम्बत् २०५० साल चैत्र १ गते रोज २ शुभम् ।