शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५२४ - करार वमोजिम गरी पाउं

भाग: ४० साल: २०५५ महिना: असार अंक:

निर्णय नं. ६५२४                  २०५५, ने.का..           अङ्क 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्‍ठ

माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर सिंह

संवत् २०५२ सालको दे.पु.नं. -३१०४

फैसला मितिः- २०५४।५।४।४

मुद्दाः- करार वमोजिम गरी पाउं ।

पुनरावेदक/ वादीः का.जि.का...पा. वडा नं. १४ कुलेश्‍वर बस्ने झुमा मैया ताम्राकार ।

विरुद्ध

विपक्षी/प्रतिवादीः  . . बस्ने तारादेवी महर्जन ।

 

§  करार ऐन, २०२३ वमोजिम करार गर्ने प्रत्येक पक्षले आफ्नो दायित्व पुरा गर्नुपर्ने अनिवार्य गरको छ । तर वादीले फिराद दावीमा आफ्नो दायित्व पुरा गर्न स्वीकार गरेपछि करार वमोजिम बुझाउन पर्ने रकम बुझाई दायित्व पुरा गरी सकेको भनी फिरादमा उल्लेख गर्न सकेको पाइदैन । यस स्थितिमा मिति २०४७।९।२४ मा फिराद परी सकेको तर मिति २०५०।१।२९ मा मात्र आफूले तिर्नु पर्ने रकम रु.,१२,०००।- मालपोत कार्यालयमा धरौट राखेको देखिंदा यसलाई कानून सम्मत मान्न नमिल्ने हुंदा शुरुको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने ।

 

(प्र.नं. १५)

पुनरावेदिका वादी तर्फबाटः- विद्वान वरिष्‍ठ अधिवक्ता श्री कुसुम श्रेष्‍ठ

विपक्षी प्रतिवादी तर्फबाटः-

अवलम्वित नजिरः-

फैसला

        न्या. गोविन्द वहादुर श्रेष्‍ठः  न्या प्रशासन ऐन, २०४८ को दफा ९ () अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः-

        .     विपक्षी तारादेवी महर्जनसंग २०४६।१२।३० गते का.जि.का...पा. वडा नं. १४ को विपक्षीको भोग दर्ता तिरोमा रहेको क्षेत्रफत्र ०--० जग्गाको मोल  रु.,२५,०००।- कायम गरी किनवेच गर्न करार भएको थियो । विपक्षीले म बाट वैना वापत रु.१३,०००।- बुझि लिनु भएको थियो । करार भएको मितिले ६ महिना भित्र रकम बुझि विपक्षीले उक्त जग्गा रजिष्‍ट्रेशन पारीत नगरी दिएकोले विपक्षीवाट लिखत पारित गराई क्षतिपूर्ति वापत रु.२५,०००। र हर्जाना वापत रु.२५,०००।- समेत जम्मा रु.५०,०००।- विपक्षीबाट दिलाई भराई पाउं भन्ने समेत व्यहोराको वादी झुमा मैया ताम्राकारको फिराद ।

        .     विपक्षीसंग जग्गा किनबेच गर्ने कुनै करार भएको छैन । विपक्षीको दावी झूठो हो करारनामा वमोजिम हुने होइन । विपक्षीले दावी गर्नु भएको  जग्गाका कित्ता नं कति हो लेख्न सकेको छैन । मेरो जग्गाको मुल्य प्रति रोपनी दशलाख भन्दा बढी पर्दछ । म प्रतिवादीले १३०००।- भुक्तानी लिएको भन्नुहुन्छ । सो मैले लिएको छैन उल्लेखित करारनामा भनेको कागज अवं ७८ नं वमोजिम नामाकरण गर्ने सुविधा छदैंछ । फिराद दावी वमोजिम हर्जाना र क्षतिपूर्तिको रकम विपक्षीलाई तिर्न बुझाउन पर्ने समेत होइन । करारनामा नै नभएको अवस्थामा उल्लेखित जग्गा विपक्षीको हक कायम हुन सक्ने अवस्था नै   हुँदैन । अ.वं. ८२ नं. ले विपक्षीलाई फिराद गर्ने हकदैया नहुंदा फिराद दावी खरेज गरी पाउं भन्ने प्रतिवादी तारादेवी महर्जनको प्रतिउत्तर ।

        .     मिति २०४६।१२।३० को करारनामा भनिएको कागज जालसाजी पूर्ण हो सो करारनामाको कागज भनी मलाई सहि गराएको हैन र यस्तो कागज भनी सही गराएको पनि छैन मलाई झुक्याई कागज गराएको हुंदा जालसाजी घोषित गरी पाउं भन्ने प्रतिवादीको वारेस नरहरीले अ.वं. ७८ नं. वमोजिम गरेको वयान ।

        .     प्रतिवादीले आफ्नै घर आगंनमा वसी साक्षीको रोहवरमा सहीछाप गरी दिएको हुंदा सद्दे कागजलाई जालसाजी भनी वयान गरेकोमा विपक्षीलाई नै संजाय गरी पाउं भन्ने वादीको वारेस चन्द्र कुमारको वयान ।

        .     मिति २०४६।१२।३० को करारनामाको कागज लिने दिने दुवैको मन्जुरबाट भए गरेको हो लिने दिने दुवैले सो कागजमा सहिछाप गरेपछि म साक्षी बसी सहिछाप गरी दिएको हुं सो कागज जालसाजी होइन सद्दे हो भन्ने लिखत उत्तर साक्षी लक्ष्मी गोपाल झा को वयान ।

        .     करारनामा लिनेदिने दुवै थरको रोहवरमा भएको हो । निजहरुको लिने दिने कुरामा मन्जुर भै सहिछाप गरेपछि म साक्षी बसेको हुं लिखत सद्दे हो जालसाजी होइन भन्ने लि.. साक्षी समरलाल श्रेष्‍ठको वयान ।

        .     करारको शर्त अनुसार बांकी रकम दिलाई पास गराई पाउं भन्ने वादी दावी मनासिव भै कानून अनुसार पास गराई पाउने ठहर्छ हर्जान र क्षतिपुर्तिको हकमा रु.५०,०००।- दावी गरेकोमा रु.२५,०००।- मा सम्म दावी पुग्न सक्दैन भन्ने समेत का.जि..को. २०४९।१।३० को फैसला ।

        .     काठमाण्डौ जिल्ला अदालतबाट भएको फैसलामा प्रत्यक्ष अ.वं. ८२ नं. करार ऐन, २०२३ को दफा १० सम्मानित सर्वोच्च अदालतबाट प्रकाशित नजिर समेत त्रुटीपूर्ण भएकोले सो फैसला वदर गरी प्रतिवादी जिकिर तथा पुनरावेदन जिकिर वमोजिम झुठा दावीबाट फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको तारादेवी महर्जनको पुनरावेदन ।

        १०.    वादी स्वयंले पुरा गर्नु पर्ने दायित्व वापत करार वमोजिम वादीले प्रतिवादीलाई बुझाउन बांकी रहेको रकम धरौटी राखी फिराद नगरेको फिराद पत्रको आधारमा वादी दावी पुग्ने ठहराएको शुरुको इन्साफ विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पु.वे.. पाटन जिल्ला अदालतको   आदेश ।

        ११.    करार ऐन, २०२३ को दफा १० () ले करार गर्ने प्रत्येक पक्षले आफ्नो दायित्व पुरा गर्नुपर्ने अनिवार्य गरेको छ । वादी प्रत्यर्थीको आफ्नो फिरादपत्रमा आफुले पुरा गर्नु पर्ने दायित्व पुरा गरी सकेको भन्न नसकेकोले आफूले पुरा गर्नु पर्ने दायित्व पुरा गरे पश्‍चात मात्र अर्को पक्षले करार वमोजिम पुरा गर्नु पर्ने दायित्व पुरा गराउन सकिने हुंदा फिरादीले आफ्नो दायित्व पुरा नगरेको अवस्थामा अर्को पक्ष प्रतिवादीको दायित्व पुरा गराउन सक्ने अवस्था नहुंदा वादी दावी पुग्न सक्दैन । करारको शर्त अनुसार वांकी रकम दिलाई पास गराई पाउं भन्ने वादी दावी मनासिव भै कानून अनुसार पास गराई पाउने र क्षतिपुर्ति हर्जनाको हकमा रु. २५,०००।- मा सम्म दावी पुग्न नसक्ने भनी ठहर्‍याएको शुरु इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५१।१०।२४ को फैसला ।

        १२.    विपक्षी प्रतिवादीसंग भएको करार वैध रहेको अवस्थामा करारको दायित्व पुरा गर्न दुवै पक्ष वाध्य हुनु  पर्दछ । विपक्षीले करारको दायित्व पुरा नगरेको कारण करारको दायित्व पालना गराउन म वादी पुनरावेदकको फिराद गरेको स्पष्‍ट छ । फिराद व्यहोराबाट नै म वादी करारको दायित्व पुरा गर्न तत्पर रहेको स्पष्‍ट हुंदाहुंदै पुनरावेदन अदालत पाटनबाट करारको दायित्व पुरा नगरेको भनी गलत अर्थ लगाई मलाई हराउने गरी गरिएको फैसला वस्तुतः वदर भागी हुंदा उक्त पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला वदर गरी शुरु काठमाण्डौ जिल्ला अदालतको फैसला सदर कायम गरी पाउं भन्ने वादी पुनरावेदक झुमामैया ताम्राकारको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

        १३.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान वरिष्‍ठ अधिवक्ता श्री कुसुम श्रेष्‍ठले गर्नु भएको वहस समेत सुनी पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा शुरु जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के हो ? त्यस विषयमा नै निर्णय दिनु पर्ने हुन आयो ।

        १४.    निर्णय तर्फ विचार गर्दा यस्मा विपक्षी तारादेवी महर्जनसंग २०४६।१२।३० मा निजको हकभोग दर्ता तिरो भित्रको का..पा वार्ड नं. १४ स्थित ०--० जग्गा मोल रु.,२५,०००।- कायम गरी वैना वापत रु.१३,०००।- बुझि लिएकोमा करार भएको मितिले ६ महिना भित्र मा.पो.का.बाट रजिष्‍ट्रेशन पारित गरिदिनु पर्ने लिखत पारित नगरिदिएकोले विपक्षीबाट लिखत पारित गराई क्षतिपूर्ति रु.२५,०००।- र हर्जाना वापत रु.२५,०००।- समेत जम्मा रु.५०,०००।- दिलाई भराई पाउं भन्ने वादी दावी भएकोमा विपक्षी वादी झुमा मैया ताम्राकारसंग जग्गा किनवेच गर्ने कुनै करारनामा नै नभएको अवस्थामा उल्लेखित जग्गा विपक्षीको हक कायम हुन सक्ने अवस्था नै हुंदैन भन्ने प्रतिउत्तर जिकिरमा शुरु जिल्ला अदालतले वादी दावी पुग्ने ठहर्‍याएको पुनरावेदन अदालतले उक्त फैसलालाई उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याए उपर पुनरावेदक वादीको पुनरावेदन परेको देखियो ।

        १५.   २०४६।१२।३० मा झुमा मैया ताम्राकार र तारादेवी महर्जन बीच भएको करारको दफा ३ मा कुल रकम र.,२५,०००।- मध्ये अग्रिम भुक्तानी लिई वांकी रहेको रकम रु.,१२,०००।- करारको दोश्रो पक्षले लिई मालपोत कार्यालयबाट रजिष्‍ट्रेशन पारित गरिदिने शर्त रहेकोबाट लिई भन्ने शव्दले करारको प्रथम पक्षले रु.,१२,०००।- बुझाउन पर्ने भन्ने कुरा प्रष्‍ट देखिन्छ । करार ऐन, २०२३ वमोजिम करार गर्ने प्रत्येक पक्षले आफ्नो दायित्व पुरा गर्नुपर्ने अनिवार्य गरेको छ । तर वादीले फिराद दावीमा आफ्नो पुरा गर्न स्वीकार गरेपछि करार वमोजिम बुझाउनु पर्ने रकम बुझाई दायित्व पुरागरी सकेको भनी फिरादमा उल्लेख गर्न सकेको पाईदैन । यस स्थितिमा ०४७।९।२४ मा फिराद परी सकेको तर ०५०।१।२९ मा मात्र आफूले तिर्नु पर्ने रकम रु.,१२,०००।- मालपोत कार्यालयमा धरौट राखेको देखिंदा यसलाई कानून सम्मत मान्न नमिल्ने हुंदा शुरुको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्छ ।

        पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्बत् २०५४ साल भाद्र ४ गते रोज ४ शुभम् ------

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु