शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५२५ - लिखत वदर

भाग: ४० साल: २०५५ महिना: असार अंक:

 

निर्णय नं. ६५२५         २०५५, ने.का..           अङ्क 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

संवत् २०५० सालको दे. पु. नं. -२४७६

आदेश मितिः- २०५४।३।११।४

विषयः- लिखत वदर 

पुनरावेदक/ वादीः जिल्ला कैलाली टिकापुर गाविस वडा नं ९ बस्ने रत्‍नादेवी खडका 

विरुद्ध

विपक्षी/वादीः    कैलाली जिल्ला टिकापुर गाविस वडा नं ९ बस्ने थारु समेत जना ५ 

§  घर खर्च भनी रु लिई विक्रि गरेकोलाई घर व्यवहार चलाउन लिएको होइन भन्ने तर्क गर्न मिल्दैन । घर खर्च गर्नु भनेकोलाई सामान्य अर्थमा घर व्यवहार चलाउन लिएको नै संझनु पर्दछ । सो रु घर खर्च वाहेक अन्य कामलाई लिएको हो भने सो कुरा वादीले प्रमाणित गर्नु पर्दछ । सो कुराको पुष्‍टाईमा वादीहरुले प्रमाण पुर्‍याउनुको त के कुरा जिकिर सम्म पनि लिन सकेको देखिदैन । यस्तो स्थितिमा घरको मुख्यले अंशवण्डाको १९ नं ले प्रदान गरेको अधिकार वमोजिम गरेको कार्यलाई कानून विपरीत भन्न नमिल्ने ।

(प्र.नं. १५)

पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री रेवन्द बहादुर कुंवर

विपक्षी वादी तर्फबाटः-  विद्वान अधिवक्ता श्री शीवराज अधिकारी

अवलम्वित नजिरः- x

आदेश

        न्या. गोविन्द बहादुर श्रेष्‍ठः  पुनरावेदन अदालत दिपायलको मिति २०४८।१०।५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२() को खण्ड () () को आधारमा दोहोर्‍याउने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः-

        .     हामीहरुको मुल पुर्खा रोगाही डगौरा प्र रोगाडी डगोराका २ छोरा जेठा स्व सुके र कान्छा स्व. विसराम स्व. सुकेका छोरा जेठा म फिराद रुन्चे माहिला म फे, प्रभु र कान्छो म फे. अंगानु, स्व. विसरामको ४ छोरा जेठा म फे. वन्धु माईला म फे. लक्ष्मण साईला लक्षिराम काईला खुसीराम कान्छो जंग बहादुर भएकोमा प्र. रोगाही हाम्रो वाजे नाताका व्यक्ति हुन । म फे. रुन्चे थारुले ०४१ साल देखि नै घर व्यवहार चलाई आएको र प्र. रोगाहीका नाउंमा दर्ता रहेको जि.कै. मौरिनीया गा.. वा.नं. () मा पर्ने कि.नं. ९६ को ज.वि. -१५-२ मध्ये ज.वि. -१८-० उत्तर तर्फबाट प्र.रत्‍ना देवी खडकालाई हामीहरुको मन्जुरी वेगर ०४५।१०।२२ गते रजिष्‍ट्रेशन पास गरी दिएकोले उक्त लिखत वदर गरी पाउं भन्ने संयुक्त फिराद दावी ।

        .     वादीको सम्पूर्ण फेराद दावी झुठा हो म प्र. रोगाही थारुको पैतृक सम्पत्रि कुनै थिएन मैले आफ्नो परिश्रमले २०२१ सालको सर्वे नापीमा मौरिनिया गा.. अन्तर्गतको २४ वागाहा जग्गा आर्जन गरेकोमा मेरो सेवा टहल र रिझाए वापत फेरादीका नाउंमा वक्सपत्र गरी दिएकै छुं मेरो नीजि आर्जनको सम्पत्ति भएकोले फेरादीहरुको मंजूरी लिई रहनु नपर्ने भन्ने प्र. रोगाही डगौरा थारुले प्रतिउत्तर जिकिर ।

        .     वादी दावी झुठा हो फेरादीहरुले प्रतिवादीलाई हेर विचार नगरेका र निजको स्व. आर्जनको सम्पत्ति भएकोले आफ्नो घर व्यवहार चलाउन म बाट १,१८,९९९।- रुपैया लिई मेरो नाउंमा जि.कै. मौरिनिया गा.पं. वा.नं. ६ को ज.वि. --२ मध्ये १-१८-० जग्गा रजिष्‍ट्रेशन पास गरी दिएका हुन निजको स्व. आर्जनको सम्पत्ति भएकोले फेरादीहरुले मन्जुरी लि रहनु पर्ने हैन भन्ने प्र. रत्‍नादेवी खडकाको प्रतिउत्तर पत्र ।

        .     फेरादीहरुले समेत हक अंश लाग्ने जग्गा फेरादीहरुको मन्जुरी ने नली रत्‍नादेवीलाई लिखत गरी दिएकाले उक्त लिखत वदर हुनु पर्ने हो भन्ने वादीको साक्षी कन्चु थारु र कमान सिं रावलले यस अदालतमा आई करीव एकै मिलानले गरेको वकपत्र ।

        .     प्र. रात्‍नादेवी खडकालाई प्र. रोगाही डगौराले गरी दिएको लिखत जग्गा प्र. रोगाही डगौराको स्व. आर्जनको भएकोले फेरादीहरुको मन्जुरी लिरहनु नपर्ने भएकोले उक्त लिखत वदर हुनु पर्ने होइन भन्ने प्रतिवादीका साक्षी जनक बहादुर रावल र राजाराम चौधरीले यस अदालतमा गरेको वकपत्र ।

        .     उल्लेखित अचल सम्पत्तिमा वादीहरुको र प्रतिवादी रोगाहीको समेत ३ अंशियार देखिंदा प्र. रोगाहीको हक जति सदर रही ३ भागको २ भाग लिखत वदर हुने ठहर्छ भन्न् समेतको शुरु कैलाली जिल्ला अदालतको फैसला ।

        .     विपक्षीहरुको हक अस्तित्व केही नभएको र सम्पूर्ण सम्पत्ति स्वयं जिम्मा पाई सकेका यी व्यक्तिहरुको एकलौटी हक होइन भनी लिखत वदर मुद्दा गरेको कानूनसंगत छैन आधारहिन झुठा वादी हुंदा फैसला वदरभागी छ वदर गरी लिखत यथावत कायम रहने गरी वादी दावी अमान्य गर्न श्री कैलाली जिल्ला अदालतको फैसला वदर गरी पाउं भन्ने मिति २०४८।५।१८ को रत्‍नादेवी खड्का समेतको पुनरावेदन पत्र ।

        .     नीनि आर्जनको आफु खुस गर्न पाउने भन्ने कुराको सम्बन्ध प्रमाण प्रतिवादी रोगाहीले पेश दाखिल गर्न सक्नुपर्नेमा सो केही गर्न नसकी केवल प्रतिउत्तर तथा पुनरावेदन पत्रमा जिकिर लिंदैमा प्रमाणित हुन नसक्ने हुंदा शुरुले ३ खण्डको १ खण्ड वदर गरेको नमिलेकोले सो शुरु फैसला वदर हुनु पर्ने भन्ने समेत कुराको प्रतिवादीहरुको पुनरावेदन जिकिर मनासिव नदेखिंदा वादी दावी वमोजिम ३ खण्डको १ खण्ड लिखत वदर गर्ने गरेको शुरु कैलाली जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत दिपायलको मिति समेतको पुनरावेदन अदालत दिपायलको मिति २०४८।१०।५ को फैसला ।

        १०.    प्र. मध्येको रोगाही डगौरा थारु र यी प्र. रुन्चे समेत वाजे र नाती नाताको व्यक्ति हुन र यिनीहरुको विच हाल सम्म अंशवण्डा भएको छैन । रोगाहीलाई मलाई राजिनामा दिएको जग्गा अंशवण्डाको  १९ नं. को देहाय २ र १० नं. अनुसार अरुको मन्जुरी लिन नपर्ने अवस्थाको हुंदा सो मन्जुरी लिनु पर्ने भन्ने आधारमा लिखत वदर गर्ने गरेको फैसला त्रुटीपूर्ण छ । कसैको मन्जुरी लिनु नपर्ने स्पष्‍ट हुंदा हुंदै लिखत वदर गरी पाउं भनी वादीहरुलाई फिराद गर्न अ.वं. ८२ नं. ले हकदैया छैन । पुनरावेदन अदालत दिपालयलले गरेको फैसला त्रुटीयुक्त हुंदा सो फैसला दोहर्‍याई हेरो वदर गरी पाउं भन्ने समेतको रत्‍नादेवी खड्काको यस अदालतमा परेको निवेदन ।

        ११.    यसमा पेश भएका प्रमाण लिखतहरुबाट वादीहरुले वक्स पाएको जग्गादाताको आफ्नो एकलौटी हक भोग चलनको जग्गा हो भन्ने कुरा वक्सपत्रको कागजमा उल्लेखित व्यहोराबाट स्वीकार गरेको देखिएको छ । मुलुकी ऐन, अंशवण्डाको महलको १९ नं. ले हक छाडी दिंदा नातीहरुको मन्जुरी लिनु पर्ने कानूनी व्यवस्था नदेखिएको र ऐ. ऐनको १९() ले परिवारको मुख्य मानिसले घर व्यवहार चलाउन अचलमा आधी र चलमा पुरै आफुखुस गर्न पाउने व्यवस्था रहेको   देखिन्छ । प्रतिवादी मध्येका डगौरा थारुले ज.वि. -१५-२ मध्ये २-१८-० जग्गा विक्रि गरेको लिखत वदर हुने ठहर्‍याएको फैसलामा देवेन्द्र शमशेर विरुद्ध लिला शमशेरको मुद्दामा प्रतिपादित सिद्धान्त र अंशवण्डाको १९ व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन २०४८ को दफा १२() को खण्ड () () को आधारमा दोहोर्‍याउने निस्सा दिइएको छ । विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०५१।९।१५ को आदेश ।

        १२.    यसमा २०५० सालको दे.पु.नं. १६९६ वादी शारदा देवी थरुनी विरुद्ध शितली देवी थरुनी समेतको वक्सपत्र लिखत वदर दर्ता वदर दर्ता कायम मुद्दा पूर्ण इजलासमा विचाराधिन भएकोले सो मुद्दामा निर्णय भएपछि सो को प्रतिलिपी साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५२।९।१७ को आदेश ।

        १३.    नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री रेवन्त वहादुर कुंवरले आफ्नो वहस क्रममा वादी प्रतिवादी वेगल भै सकेको तथ्य स्वयं फेराद कर्ताले फेरादपत्रमा उल्लेख गरेको वादी प्रतिवादीको वतन वेग्लावेग्लै हुनुबाट सिद्ध हुन्छ र अंशवण्डाको १९ नं. ले घर मुख्य धावुले घर खर्च गर्न आधी सम्म आफुखुश गर्न पाउनुको साथै नातीको मन्जुरी लिनु पर्ने वाध्यता पनि कानूनले वाजेलाई नगरेको हुंदा वादी दावी पुग्न सक्दैन । पुनरावेदन अदालतको फैसला वदर गरी पाउं भनी र विपक्षी वादी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले प्रस्तुत मुद्दामा अंशवण्डाको महलको ५ नं. लाई ध्यानमा राखी विचार गर्नु पर्दछ । अंशियार भन्नाले छोरा स्वास्नी पनि पर्ने र छोराको मृत्यु भएका निजका छोराहरुले पनि वावुको अंशमा हक प्राप्‍त गर्ने हुंदा स्वास्नी र नातीहरुलाई वाहेक गरी विचार गर्न मिल्दैन साथै घर  खर्च भन्नाले घर व्यवहार चलाउन लिएको भन्न मिल्दैन । घर व्यवहारबाट चलाउन लिएको हो भन्ने कुरा प्रमाणबाट सिद्ध हुनु पर्दछ । पुनरावेदन अदालत दिपायलको फैसला सदर गरी पाउं भनी वहस प्रस्तुत गर्नुभयो ।

        १४.    विद्वान अधिवक्ताहरुले गर्नु भएको वहस समेत सुनी मिसिल अध्ययन गरी पुनरावेदन अदालत दिपायलले गरेको फैसला मिलेको छ, छैन ? भन्ने सम्वन्ध नै निर्णय दिनु पउने भई निर्णय तर्फ विचार गर्दा यसमा प्रतिवादी रोगाही थारुले पुनरावेदक रत्‍नादेवी खडकालाई मिति २०४५।१०।२३ मा कि.नं. ९६ को ज.वि. -१५-२ मध्ये ज.वि. -१८-० घर खर्च गर्न रुपैया लिई राजिनामा गरी दिएको देखिन्छ । उक्त जग्गा रोगाहीको नीजि आर्जनबाट वा आफ्ना पालामा आर्जन गरेको जग्गा भन्ने नदेखिंदा पैतृक सम्पति नै संझनु पर्ने स्थिति छ ।

        १५.   अंशवण्डाको १९ नं. को देहाय १ मा पिता पुर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा वुहारीको मंजुरी नभए पनि आफुखुशी गर्न पाउंछ भन्ने उल्लेख भएको पाइन्छ । उक्त ऐनले अंश नलिएका स्वास्नी छोरा वा विधवा वुहारी हुने मानिसलाई सो अधिकार प्रदान गरेको हो भन्ने व्याख्या यस अदालतबाट विभिन्न मुद्दाहरुमा भै सकेको छ । प्र. रोगाही थारु घरको मुख्य भएकोमा विवाद छैन मिति २०४५।१०।२३ मा घर खर्च गर्न रुपैया लिई कि.नं. १६ को ज.वि. -१५-२ मध्ये १-१८-० जग्गा राजीनामा दिई विक्रि भएकोबाट आधी जग्गा विक्रि भएको देखिन्५ । घर खर्च भनी रु. लिई विक्रि गरेकोलाई घर व्यवहार चलाउन लिएको होइन भन्ने तर्क गर्न मिल्दैन । घर खर्च गर्नु भनेकोलाई सामान्य अर्थमा घर व्यवहार चलाउन लिएको नै संझनु पर्दछ । सो रु. घर खर्च वाहेक अन्य कामलाई लिएको हो भने सो कुरा वादीले प्रमाणित गर्नु पर्दछ । सो कुराको पुष्‍टाईमा वादीहरुले प्रमाण पुर्‍याउनुको त के कुरा जिकिरसम्म पनि लिन सकेको देखिदैन । यस्तो स्थितिमा घरको मुख्यले अंशवण्डाको १९ नं. ले प्रदान गरेको अधिकार वमोजिम गरेको कार्यलाई कानून विपरीत भन्न नमिल्ने हूंदा २०४५।१०।२३ को कि.नं. ९६ को गरी दिएको राजिनामा लिखत मध्ये ३ खण्डको २ खण्ड वदर गर्ने ठहर्‍याएको शुरुको फैसला र त्यसलाई सदर गरेको पुनरावेदन अदालत दिपायलको फैसला समेत कानूनतः त्रुटिपूर्ण हुंदा वदर हुने ठहर्छ । प्रस्तुत मुद्दामा दावी गरिएको लिखत राजिनामा कानून संगत देखिंदा वदर गरी पाउं भन्ने वादीको दावी पुग्न सक्दैन । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डामा लेखिए वमोजिम ठहरी फैसला भएकोले शुरु जिल्ला अदालतको फैसलाको तपसिल नं. १ ले कायम गरेका लगत कायम नहुने हुंदा सो लगत कट्टा गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इन्द्रराज पाण्डे

 

इति सम्बत् २०५४ साल अषाढ ११ गते रोज ४ शुभम् -----

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु