शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५२६ - जग्गा खिचोला चलन समेत

भाग: ४० साल: २०५५ महिना: असार अंक:

निर्णय नं. ६५२६           ने.का.प. २०५५           अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

संवत् २०५२ सालको दे.पु.नं. .. ३४३१

फैसला मितिः २०५४।७।१९।३

 

मुद्दाः जग्गा खिचोला चलन समेत ।

 

पुनरावेदन/वादी : जि. सप्तरी गा.वि.स. वेल्ही चमेना वार्ड नं. ५ वस्ने मुगालाल मण्डलको मु.स. गर्ने राम पुकार मण्डल समेत ।

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने सहदेव मण्डल

 

§  पिता पुर्खाले निजि प्रयोगको लागी सो पोखरी खनाएको भन्ने पुनरावेदक वादीको दावीलाइ मान्ने हो भने तापनि मालपोत नतिरी पोत मिन्हा भएको र त्यस्तो पोखरी धार्मिक सद्‌भावले सबैको सार्वजनिक प्रयोगकालागी समाजमा नै समर्पण गरेको मान्नूपर्ने हुन्छ । एकपटक समाजलाई समर्पण गरेको भएपछि पिता पुर्खाले नै खनाएको भएपनि त्यसमा छोरा नातिको हक अन्य रैकर जग्गा जस्तो रहि रहन्छ भन्न नमिल्ने ।

 (प्र.नं १८)

 

पुनरावेदन वादी तर्फबाट :

विपक्षी प्रतिवादी तर्फबाट :

अवलम्वित नजिर :

 

फैसला

न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालतको राजविराजको मिति २०५०।१।२९।३ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउँभनी निवेदन परीन्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) (क) अन्र्तगत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णययस प्रकार छ ।

            २.    ममुगालाल, रामेश्वरको वाजे गोविन्द मण्डल नाउँको गा.पं.वेल्हीचपेना वार्ड नं. ५ अन्तरगत मिन्हीनं. १६० को लागि सो पूर्व पश्चिम दुखा सो उत्तर सटर सो दक्षिण यति ४ किल्लाको १.१.७ जग्गामा रहेको पोखरी हामी वादीका वाजे वराजुपुर्खाले खनाइ सनातन देखि हाम्रो पूर्वजले भोग्दै आएका छौं । हाल सर्भेमा उक्त पोखरी कि.नं. १२२,१२३ कायम भए पनि हाम्रो नाउँमा दर्ता नभई ऐलानी भनी दर्ता भए पनि सनातन देखि पोखरी हामीले भोगी आएको छौं । पोखरीमा माछा पाले वापत गा.पं. वेल्ही चपेनावाट ममुगालाल, लक्ष्मी रामस्वरुप समेतका क्नाउँमा दस्तुर वुझाई रसिद प्राप्त गरी मिति २०३६ सालदेखि माछा पालन गरि विक्री गरी आएका छौं । विपक्षी हाम्रो सात पुस्ता भन्दा धेरै टाढाको दाजुभाई हुनुहुन्छ । ३४ प्रतिशतले लक्ष्मी मण्डल, रामस्वरुपको १२ प्रतिशत चुनुचुन १२ प्रतिशत रामेश्वरको ४ प्रतिशत परमेश्वर १२ प्रतिशत अंश हक रही सोहीअनुसार माछा पालनमा पूँजीलगाई आएको ०४२ साल माघ २ गते हाम्रो चलन हक गरी पोखरी मेरोभनी खिचोला गरेकोले खिचोला मिटाई चलन पाउँ भन्ने वादीहरुको फिराद पत्र ।

            ३.    मेरो वराजु भोलीमण्डलले ००४ सालको नापीमा क्काका गोविन्दमण्डल नाउँमासा.कि. नं. १६० को १.१.७ पानी झाउ मिन्ही भएको पोखरीको मुहार मेरो साखै दाजु खटर मण्डल नाउँमा ००४ सालको नापीमा दर्ता छ । सर्भे नापीमा नि.स.वेल्ही चपेना गा.पं. वार्ड नं ५ (ख) कि न.. २०७, १९७,१६३,९०,२० कै जम्मा ज.वि. ०.१५.७ मेरो नाउँमा दर्ता छ र पोखरीको डिलमा म तथा मेरो वावु समेतलेविभिन्न किसिमको रुख लगाई भोग अधिकार मेरै कायम छ । यसरी वराजुले नै खनाएको खास निजीपोखरी पुरानो भएकोले पोखरी मर्मतको लागि कृषि विकास वैंकमा धितो राखी रुपैया उठाई ०३९ सालमा माछाको भुरा हालीमाछा पालन गरी आएकोमा गाउँको प्र. पंच झगडी भएकोले मुगालाल मण्डल, लक्ष्मी मण्डल, रामस्वरुपमण्डल समेतको निजी पोखरी भनी गाउँ पंचायत रसीद काटेको ०४२।६।५ मा जानकारी पाई सो रसीद काटेको ०४२।६।५ मा जानकारी पाई सो रसीद वदर तथा माछा समेत अनाधिकार दखल गर्नपा नपाउने आदेश गरी पाउँ भनी जि.पं. सप्तरी न्यायीक समिति समक्ष मेरो उजूरी पुनरावेदन परी जांची वुझी सो पोखरीमा कृषि विकास वैंक मार्फत ऋण लि ०३९ सालदेखि माछापालन गरेको ठहरी कृषि रिण वुझाउन वांकीदेखिएकोमा जि.पं.वाट प्रतिनिधि पठाई पक्ष विपक्षको रोहवरमा रकम भुक्तान हुने गरीमाछा भए मुचुल्का खडागरी सो रकम जि.पं. को प्रतिनिधि मार्फत उक्त वैंकमा वुझाउने वांकी निर्णय वमोजिम गर्ने गरी जि.पं. का नाउँमा रोक्का राख्ने भनी ०४२।१०।४ मा निर्णय समेत भएको छ । विवादित पोखरीमा यसरी काम कारवाही मैले गरेपछि उसै अबस्थामा जग्गा खिचोला चलन हटक तफै हदम्यादमा किन उजूर गरेनन् यसवाट पनि मेरो हकअंश र हकभोग छ भन्ने कुरा वादीहरुले स्विकार गरेको तथ्यलाई पंछ्याई खिचोलाको नालेस दिदैमा मलाई हकवाट वंचित गर्न पाउने होइन । भोलीको ५ छोराका सन्तानै वादी प्रतिवादी भएकोमा काहिला छोरा शंकरको शाखासन्तान नचली परलोक भएको निजको सेवा ससुराका काजकृया भोज भात लगायत कंचनका सन्तान छोरा रोदी मण्डललेगरी उसै अवस्थामका संकरले पाउने सम्पति समेतले सन्तानले खान पाउने अवस्था गरी वंकरको अंश फांट परेको सम्पतिहरु रोदीकै शाखा सन्तान भएकोले ५ खण्डको २ खण्ड हिस्सेदार म मानै रहेकोले विपक्षीको झुटृा दावावाट अलग गराई वादीलाई नै सजाय गरी पाउँ भन्ने सहदेवको प्रतिउत्तर पत्र ।

४. वादी दावीको विवादित पोखरीमा वादीहरुको मात्र हक छ प्रतिवादीको हक छैन भनी एकीन गर्न नसकिएकोले वादी दावीको पोखरीमा खिचोला मिटाई चलन चलार्इ पाउँ भन्ने वादी दावी पुग्न सक्ने ठहर्दैन भन्ने समेत सप्तरी जिल्ला अदालतको फैसला ।

५. सप्तरी जिल्ला अदालतको फैसलामा चित्त वुझेन भन्ने वादीहरुको पुनरावेदन पत्र ।

६.    विवादीत पोखरीमा पुनरावेदन जिकीर अनुसार प्रत्यर्थी प्रतिवादीको हक छैन र खिचोला गरे भन्न सकिने स्थिति मिसिल प्रमाणवाट देखिदैन । अतः उपरोक्त व्यक्त गरिएको सवुद प्रमाण र शुरुले लिएका निर्णयाधार समेत मिसिल संलग्न सवुद प्रमाणको मुल्यांकन गरी वादी दावीनपुग्ने ठहराएको शुरु जिल्ला अदालतको ०४४।३।२ को फैसला मनासिवै हुँदा पुनरावेदक वादीको पुनरावेदन जिकिर नपुग्ने ठहर्छ भन्ने समेतसगरमाथा अंचल अदालत राजविराज वेन्चको ०४६।२।२३।२ को फैसला ।

७.    शुरु इन्साफ सदर गरी गरेको सगरमाथा अंचल अदालत राजविराज वेन्चको फैसलामा चित्त वुझेन, न्यायीक अधिकार स्वेच्छाचारी अधिकार होइन । यस्तो अधिकार प्रयोग गरी निर्णय गर्दा त्यसको आधार स्पष्ट खुलेको हुनुपर्दछ र त्यो कुरा निर्णय पर्चावाट वस्तुगत रुपलेदेखिनु पर्छ । अन्यथा त्यस्तो निर्णय स्वेच्छेचारी वन्न पुग्ने भन्ने सिद्धान्त कायम भैसकेको छ । कारण नखोली अनुमान गरी गरेको शुरु अदालतको निर्णय सदर गरेको स.मा.अं. अ.रा.वि.को निर्णयमा न्यायीक मनको सर्वथा अभाव मै प्रतिवादित सिद्धान्त समेतको वेवास्ता गरिएवाट न्या.प्र.सु.ऐन ०३१ को दफा १३(४) को देहाय खण्ड (ग) को त्रुटी विद्यमान भएको प्रष्ट हुँदा उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउन अनुरोध छ भन्ने वादी निवेदन जिकिर ।

८.    विवादित पोखरीमा वादी प्रतिवादी क कसको के कति हकको भै खिचोला तर्फ निर्णय गर्नु पर्नेमा सो नगरी विवादित पोखरीमा खिचोला चलन तर्फ वादीको दावी नपुग्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको सगरमाथा अंचल अदालत राजविराज वेन्चको फैसला न्याय प्रशासन ऐन, २०३१ (सं.स.) को दफा १३(४) को खण्ड (ख) र (घ) को प्रश्नमा त्रुटी देखिन आएकोले प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमती प्रदान गरिएको छ । यसै निवेदन लाई पुनरावेदनमा दर्ता गरी विपक्षी झिकाई नियमानुसार गरी संयुक्त इजलासमा पेश गर्नु भन्ने मिति ०४६।१०।६।६ को पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाको आदेश ।

९.    यसमा पुनरावेदक वादीले फिरादमा प्रतिवादीलाई टाढाको दाजुभाई भनी उल्लेख गरेको प्रतिवादीले वादीहरुलाइ नजिकको दाजुभाई भनी पुस्तावलीसमेत खुलाई प्रतिउत्तर जिकिर समेत लिएको देखिंदा दुवै पक्षवाट समेत पुस्तावली खुलाउन लगाई पुस्तावली परस्परमा दुवै पक्षलाई सुनार्इ वयान गराउने र दुवै पक्षलेसो सन्दर्भमा कुनै प्रमाण पेश गरे सो समेत लिई बुझी नियमानुसार पेश गर्नु भन्ने २०४९।८।७।१ को पुनरावेदन अदालतको आदेश ।

१०.    मूल पुर्खा बतुलसीको ३ छोरा बंकर, बनाई मण्डल र संकरमण्डल हुन् । बंकरको १ छोरा पृथ्वी मण्डल र पृथ्वीको १ छोरा गोसाई मण्डल, निज गोसाईको २ छोरा जेठा गोविन्द र कान्छा आजव हुन । गोविन्दको ३ छोरा रुपलाल, कारी, भुलार्इ मण्डल हुन । रुपलालको १ छोरा छोरा मुगालाल हुन । निज मर्दा निजका छोरा राम पुकार इन्द्र देव हुन । मुलाईको छोरा वादी रामेश्वर हुन। कारीको ४ छोरा चुनि, मुनी मनिचन्द र वचाई, आजको १ छोरा विन्दु र निज विन्दुको १ छोरा वादी चुनचुन मण्डल छन । वनाइको १ छोरा बचकुन निज बचकुनको ३ छोरा कलर, लटुवास, तनुकलाल हुन । कलरको छोरा वादी रामरुप, लुटुदासको ४ छोरा वादी प्रमेश्वर वेचु मण्डल, राम असिस, रामअधिन हुन । तनुक लाल निसन्ता भै स्वर्गे भए काका छन् । शंकरको १ छोरा शान्ती निज शान्तको २ छोरा सोनाई र बुलकीत हुन । सोनाईको छोरा वादी लक्ष्मी मण्डल पुलकीत निसन्तान छन । प्रतिवादी हामी वादीहरुको ७ पुस्ता भन्दा वाहिरको दाजु भाई भएकोले पोखरी जग्गामा कुनै हक अधिकार छैन, झूठा वादीवाट अलग फुर्सद पाउँ भन्ने समेतवादी पुनरावेदक वा दुर्गा प्रसाद देवको वयान ।

११.    मूल पुर्खा भोलीको ५ छोरा गोसाई, लंच वल्ली वंकर, जानकी हुन् । गोसाई को २ छोरा मनु र गोविन्द जेठा मनुको २ छोरा अजवी र रवि हुन् । अजव्को १ छोरा विन्दु। विन्दुको छोरा चुनुचुनु मण्डल हुन । रविको १ छोरा दुखाई गोविन्दको ३ छोरा रुपलाल, मुलाई कारी मण्डल, रुपलालको १ छोरा मुगालाल वादी हुन । मुलाईको १ छोरा वादी रामेश्वर मुगाललको मुद्दा सकार गर्ने ३ छोरा राम पुकार इनरदेव लखनलाल हुन। कंचं तर्फ कंचंको १ छोरा रोदी र रोदीको २ छोरा सुवलाल, लेल्हाई छन् । खुवलालको १ छोरा शम्भु मण्डल र लेल्हाईको बचुकुनकी ५ छोरा खटर नेवु वासुदेव सहदेव हुन् र कान्छा वलदेव हुन् । वली तर्फवलीको १ छोरा वचकुन र वचकुनको ३ छोरा कलर गुल्टेन लहलाल भएको, कलरको छोरा वादी रामस्वरुप गुल्टनको छोरा मुलुकी मण्डल लडुको छोरा प्रमेश्वर वादी हुन् । वंकरको शाखा सन्तान नभएको कान्छा जानकी तर्फ २ छोरामा जेठा सन्ती कान्छा गर्भि हुन् । सान्तीको १ छोरा सोनाई, सोनाईको १ छोरा वादी लक्ष्मी हुन् । कान्छा गर्भि निसन्तान भएका यसरी चुन चुन रामपुकार इन्द्र देव, लखन, रामेश्वर, रामरुप, लक्ष्मी, प्रमेश्वरचुनी, वचाई, भविचन, मुलुकी, खटर, नेवु वाशुदेवम प्रतिवादी सहदेवर वलदेववाहेकअरु वंसावलीमा उल्लेख भएका पुर्खाहरु स्वर्गे भै सक्नु भएको छ । चुनचुनमण्डल, रामपुकार, इन्द्रदेव, लखन लाल, मेरो भतिजा रामेश्वर, रामस्वरुप लक्ष्मी भाई नाताका हुन् । हामी ५ पुस्ता भित्रका अंशी हौ । सम्पूर्ण सम्पति मध्ये ४ खण्ड मध्ये १ खण्ड सो मध्ये ५ खण्डको अंशी म प्रतिवादी सहदेव हु भन्ने समेत व्यहोराको प्रतिवादी प्रत्यर्थी वा वसन्त प्रसादको ०४९।१०।२२ को वयान ।

१२.   प्रतिवादी वारेसले गरेको वयान सुनें, निजको वयान गलत छ । वादीहरु तुल्सीका सन्तान हुन् । भोली मण्डलकासनन हैनन् । प्रतिवादीले हक हिस्सा लिने खाने नियतले गलत पुस्तावली देखाइवयान गरेका हुन् र वादीहरु भन्दा ७ पुस्ता वाहिरको प्रतिवादी हुँदा विवादीत जग्गापोखरीमा हक छैन । वास्तविक वंशावली मेरो वयानवाट खुलेकै छ । वादी भन्दा ७ पुस्ता वाहिरको मानिस हुन् निजको वंशावली सम्वन्धमा थाहा जानकारी क्छैन भन्ने समेत पु.वे. वादी वा. दुर्गा प्रसादको वयान ।

१३.   वादी प्रतिवादीहरुको भएको यथार्थ व्यहोराको वंशावली मैले आज यसै अदालतमा क्वयान गर्दा प्रष्ट खुलाई लेखाई दिएको हुँदा वास्तविक वंशावली खुलेकै छ । निजले खुलाएको वंशावली झुट्टा हो । नीजले म प्रतिवादी तपर्फको वंशावली नखुलाई गुम पारेका छन् । मेरो वयानको वंशावली कायम गरी इन्साफ पाउँ भन्ने प्रत्यर्थी वा वसन्त प्रसादको वयान ।

१४.   यसमा विवादित कि.नं. १२२ र १२३ को ऐलानी पोखरीमा खिचोला तर्फ पुनरावेदक वादीको दावी नपुग्ने ठहर्‍याई गरेको तत्कालिन सगरमाथा अंचल अदालत राजविराज वेन्चको २०४६।२।२३ को फैसला मिलेको हुँदा सदर हुन्छ । पुनरावेदन अदालत राजविराजको मिति २०५०।१।२९ को फैसला ।

१५.   विवादको पोखरीमा वादी प्रतिवादीको विवादीत नाता सम्वन्धको निर्णय गरेर वादी तथा प्रतिवादीको के कति हक अंश पोखरीमा लाग्छ न्यायिकरुपले स्पष्ट निर्णय गरी दिनु पर्नेमा विवाद परेको कुरामा इन्साफै नगरी गरेको पुनरावेदन अदालत राजविराजको हचुवा एवं गैर कानूनी फैसला प्रत्यक्षतः गम्भीर कानूनी त्रूटिपूर्ण हुदा उक्त फैसला वदर गरी मुद्दा दोहोर्‍याई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

१६.    निजी पोखरीलाई ऐलानी ठहर गरेको पुनरावेदन अदालत राजविराजको मिति २०५०।१।२९।३ को फैसलामा अ.वं. ८२ नं. को व्याख्यात्मक त्रुटी देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेतको यस अदालतको मिकति २०५२।१०।५ को आदेश ।

१७.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययनगरी शुरु सप्तरी जिल्ल अदालतले वादीदावी पुग्न नसक्ने ठहर गरेको इन्साफलाई मनासिव ठहर्‍याई गरेको तत्कालिन सगरमाथा अचल अदालत राजविराज वेन्चको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजवाट भएको फैसला मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन आयो ।

१८.   आज निर्णय सुनाउन तारेख तोकिएकोले निर्णय तर्फ विचार गर्दा वाजे गोविन्द भए डल नाउँको वेल्ही चपेना गा.पं. वडा नं. ५ अन्तर्गत मिन्ही नं. १६० को लक्ष्मी सो पूर्व पश्चिम दुखवा सो उत्तर खटर सो दक्षिण यति ४ किल्ला भित्रको ज.वि. १–१–७ जग्गामा वनेको पोखरी हाल सर्भे नापीमा कि.नं. १२२ र १२३ कायम भै ऐलानी भनी दर्ता भएपनि साविक देखि हामीहरुले नै भोग चलन गरी आएकोमा उक्त पोखरी मेरो भनी विपक्षीले खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भनी भन्ने पुनरावेदक वादीको फिराद दावी भएकोमा वादी र हाम्रो पुस्तावली एउटै हो र हामीहरु टाढाका दाजुभाई हौं विवादीत पोखरीमा हाम्रो समेत अंश हक लाग्ने हुँदा खिचोला गरेको छैन भन्ने प्रत्यर्थीकिो प्रतिउत्तर जिकिर भएकोमा यसै विवादको साविक कि.नं. १६० को ज.वि. १–७–७ पानी झया मिन्ही भएको सम्वन्धमा यस मुद्दाका प्रत्यर्थी पुनरावेदनक सहदेव मण्डल र पुनरावेदक प्रत्यर्थी मुगालल मण्डल समेत भएको गा.पं. को आदेश तथा सरीद वदर गरीपाउँ भन्ने मुद्दामा सप्तरी जिल्ला न्यायिक समितिले मिति २०४२।१०।४ मा निर्णय गर्दा पोखरी पुर्खोली सम्पत्ति हुँदा हाम्रो मसेत अंश हक लाग्ने भनी विभिन्न व्यक्तिहरुको दावी देखिन आउकोले अदालतबाट हक वेहक गरी ल्याउनु भनी हक वेहक तर्फ सुनाईएकोमा दुवै स्थिति आउँदा नगराई हक स्वतः स्थापित भएको सम्झी खिचोला तर्फ यो उजूरी गरेको मिलेको नदेखिने र कानूनले त्यस्तो स्थिति वा परिस्थितिको परिकल्पना गरेको समेत देखिदैन । सर्भे नापी हुँदा विवादीत पोखरी ऐलानी भनी जनिउकोमा यी पुनरावदेनक वादीले पोखरीमा आफ्नो मात्र हक भए नापीको निर्णय वदर गराउने तर्फ कारवाही गर्नु पर्नेमा सो गरेको पनि पाइदैन । जग्गा (नाप जांच) ऐन, २०१९ को दफा २(च) मा कुनै व्यक्तिले आफ्नो जग्गामा खनेका पोखरी सार्वजनिक हुन्छ भन्ने उल्लेख भइरहेकोबाट पुनरावेदन वादीले विवादीत पोखरी आफ्ना पिता पुर्खाले खनाई आएको भनी दावी लिएता पनि सो आफ्ना पिता पूर्खले खनाई आएको भनी दावी लिएता पनि सो पोखरीको २०४२।४।२४ मा आएर मात्र पुनरावेक वादीले पंचायतलाई दर्ता दस्तुर वुझाएको देखिन्छ । पिता पुर्खाले निजि प्रयोगको लागी सो पोखरी खनाएको भन्ने पुनरावेदक वादीको दावीलाइ मान्ने हो भने तापनि मालपोत नतिरी पोत मिन्हा भएको र त्यस्तो पोखरी धार्मिक सद्‌भावले सबैको सार्वजनिक प्रयोगकालागी समाजमा नै समर्पण गरेको मान्नुपर्ने हुन्छ । एकपटक समाजलाई समर्पण गरेको भएपछि पिता पुर्खाले नै खनाएको भएपनि त्यसमा छोरा नातिको हक अन्य रैकर जग्गा जस्तो रहि रहन्छ भन्न मिल्दैन र कानूनले पनि त्यस्तो परिकल्पना नगरी त्यस्तो पोखरीलाई सार्वजनिक पोखरीमा नै रुपान्तर हुने व्यवस्था समेत जग्गा (नाप जांच) ऐन, २०१९ को दफा २(च) ले गरेको पाइन्छ । पुनरावेदन अदालत राजविराजबाट मिति २०४५।६।२२।७ मा भै अएको नकसा मुचुल्का हेर्दा यी पक्ष विपक्ष समेतले पोखरीको डिल मुहारहरु आ आफ्नो नाउँमा उल्लेख गराई दर्ता गराएको देखिन्छ । त्यस वखत यी पुनरावेदकले आफ्नो मात्र हक छ भनी भन्न नसकेको र अहिले आएर आफ्नो मात्र हक छ भनी प्रतिवादी उपर खिचोलामा नालेश दिएको कानूनसंगत नहुँदला वादी दावी पुग्न नसक्ने ठहर गरेको सप्तरी जिल्ला अदालतेका इन्साफलाई मनासिव ठहर्‍याई गरेको तत्कालिन सगरमाथा अंचल अदालत राजविारज वैन्चको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत राजविराजको निर्णय मनासिव हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम वमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरव प्रसाद लम्साल

 

इति संवत २०५४ साल कार्तिक १९ गते रोज ३ शुभम .. ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु