शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५४४ - कर्तव्य ज्यान

भाग: ४० साल: २०५५ महिना: भाद्र अंक:

निर्णय नं. ६५४४          ने.का.प.२०५५             अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

२०५० सालको फौ.पु.नं. ५९५ साधक नं.. १४५

फैसला मितिः२०५४।११।१९।३

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक/वादी : जिल्ला रौतहट गा.वि.स. गम्हरिया वार्ड नं. ५ वस्ने नेक महमद मियांको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला रौतहट गा.वि.स. गम्हरिया वार्ड नं. ५ वस्ने ताहिद मिंया अंसारी समेत जम्मा ८ ।

§  अदालतमा इन्कार रहंदा केहि प्रतिवादीहरुले वारदातमा सम्मिलित नरहि उक्त समयमा आफू अन्यत्रै औषधी उपचार गराई रहेको भनी एलिवि (Alibi) लिएकै देखिन्छ । एलिबि लिनेले आफ्नो आधार प्रमाण संकारहित रुपबाट खम्बिर गराउन सक्नुपर्दछ । एलिबि लिएकै भरले आरोपित कसुरवाट उन्मूक्त हुने हुदैन । तवारक मियांले सिम्रौनगढ हेल्थपोष्टको शेर महमदले तथा शेख असराजले सर्लाही जिल्ला स्थित हरिपुर हेल्थपोष्टको तथा शेख अमानुल्लाहले सर्लाही जिल्ला स्थीत छतौना हेल्थपोष्टमा औषधी उपचार गराई रहेको भनी प्रमाण पेश गरेको देखिन्छ । हेल्थपोष्टमा सामान्य उपचार सम्म हुने हो, सरकारी अस्पताल सरह सैया सहित उपचार हुने व्यवस्था रहेको प्रमाणित हुनु पर्ने ।             

      (प्र.नं. ६१)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का

प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता द्वय श्री शेख अव्वास र हरि प्रसाद उप्रेती ।

अवलम्वित नजिर : x

 

फैसला

            न्या.केदारनाथ आचार्यः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

            २.    मेरो वावु जंहिर मियां खेतमा काम गर्न २०४४।५।३ गते विहान अं. ९ वजेको समयमा जानु भएकोमा विगत गाउँ पंचायत चुनाबको रिसईवीले गाउँमा झगडा कुटपिट भई रहेको खबर पाई हेर्न आएको अबस्थामा गाउ कै नुरुल मियां अन्सारीको घर नजिक आई पुग्दा चुनाबमा भोट नदिएकोले हाम्रो मानिसले हार्यो यो जोहर मिया बदमास हो यसलार्ई कुट भनी हातमा लाठी, भाला गडासा समेत लिई आइ सेख सनाउल्लाहले आफ्नो हातमा भएको लाठीले जोहर मियालाई पहिला प्रहार गरी भुईमा लडाएपछि विपक्षी शेख अलि उल्लाहले सेख सेर महमद, सेख अरसद, सेख ईसराइल, तहिद मिया, जैनुल मियां सेर महमद, तवारक मिया. बाजुल हक अन्सारी, सेख अमानुउल्लाह समेतले लाठी, भाला, गडासा, समेतले दनादन कुटपीट गरे बाबुको धुक धुकि छदै समनपुर हेल्थपोष्टमा लगी उपचार गराउदा गराउदै कर्तव्यवालाहरुको कुटाइवाट नै मेरो बाबु जोहर मियाको मृत्यु भएकोले घटनास्थलमा घाइते हुनेहरु मृतकको छोरा सेर महमद, खैराती, तहिद मिया, सेख असिन, सेख तवारक लेख सफि महमद, समेतलाई बुझी ज्यान सम्वन्धीको १३(३) नं. बमोजिम विपक्षीहरुलार्ई सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको नेक महमद मिया अन्सारीले मिति २०४४।५।४।५ मा दिएको जाहेरी दर्खास्त ।

            ३.    गम्हरी गा.पं. वार्ड नं. ५ मा पर्ने नुरुल मियाको घर देखि ४ हात पश्चिममा मलाही टोल जाने देखि ८ हात पूर्व जनको भाटको घर देखि १० हात दक्षिण गाउँको चोक मूलवाटो देखि २५ हात उत्तर यति चार किल्लाभित्रको जोहर मियालार्ई कुटपिट गरेको भन्ने समेत व्यहोराको २०४४।५।४ को घटनास्थल प्रकृती मुचुल्का ।

            ४.    गाउँ पचायत समनपुर स्थित समनपुर हेल्थपोष्टको प्राङ्गणमा दक्षिण टाउको, उत्तर गोडा भई चेक लगि लगाई राखेको सो कपडाहरु हटाउन लगाई हेर्दा पनि निधार माथि तालुमा आधा इन्च गहिरो पौने इन्च गोलार्ई काटेको घाउ भएको दुवै आखा बन्द भै निलो भएको भन्ने समेत मिति २०४४।५।४ को घटनास्थल प्रकृति मुचुल्का ।

            ५.    जोहिर मियालार्ई कुटपिट गर्दाका अबस्थामा मौकैमा छुट्याउन गएका जाहेरीमा उल्लेख भएका घाईते सेख सफि महमद, खैराति बैठा, धोवि तहिद मिया, अन्सारी, सेर महमद बुझदा जाहेरवालाको बाबु जोहर मियालार्ई जाहेरीमा उल्लेखित पहिला सेख सनाउल्लाहले बाबु जोहर मियालार्ई भुईमा लडाएपछि अरु सबै प्रतिवादीहरुले कुटपीट गरेको र कुटपीटको पिडावाट जोहर मियाको मृत्यु भएको हो भनी लेखाई दिएको मिति २०४४।५।६ को कागज भएको ।

            ६.    झगडा भएको घटनास्थलमा म पनि हातमा लाठी लिई हेर्न जाँदा मेरो दाजु सेख सनाउल्लाह भाई सेख अमानुउल्लाह, सेखईसराईल, तहिद मिया जैनुल मिया, सेख महमद, बाजुल मिया, सेर महमद, सेख अर्सद, तवारक मिया, समेतले हात हातमा लाठी भाला गडासा लिइ मार पिट भन्दै उफ्रदै गरेको थियो । जोहर मिया खेतवाट घर आउन भनी सेख नरुलको घर नीर आई पुगेको देखे दाई सुनाउल्लाहले यो सरिद महमदको पार्टिमा लागेको मानिस हो यसलार्ई पिट भनी वचन दिएको र निजै दाजुले लाठीले पहिला प्रहार गरे जोहर मिया लडेपछि सबै जना प्रतिवदीहरुले लात मुक्का लाठीले हाने मैले पनि १,२ मुक्का हानेको हुँ । जोहर मियाको उपचार समनपुर हेल्थपोष्टमा हुँदा हुदै मृत्यु भएको सुनेको हुँ । म गाउँ घर छोडि भाग्न लाग्दा प्रहरीले सेख ईसराइल र मलार्ई पक्राउ गरि दाखिला गरेको हो भन्ने समेत व्यहोराको सेख वलिउल्लाहले प्रहरीमा २०४४।५।८ गते गरेको बयान कागज ।

            ७.    चुनाबको रिसईविले प्रधान पन्च सेख सनाउल्लाह र सेख सफि महमद वीच कुटपिट हुँदा जोहर मिंया खेतवाट घरमा आउनलार्ई रहेकोमा गाऊकै नरुल मियाको घर निर आइ पुग्दा यस्ले यस्को मानिसहरुले भोट नदिएको हुँदा हाम्रो मानिसले हारेको हो यहि मौका हो हान्नु भनी प्रधानपन्च सेख सनाउल्लाहले भनेका र निजले पहिला प्रहार गरे पछि जोहर मिंया भुईमा लडे अनि सेख वल्लिउल्लाह सेख अमाउल्लाह तहिद, जैनुल, सेख महमद, वाजुल सेर महमद अरसद, तवारक समेत र अरु ४०,५० जना थिए । सेख सनाउल्लाहले पहिला प्रहार गरेपछि वलिउल्लाह समेतका ९ जना र मैले पनि कुटपिट गरे पछि म वस गाडीवाट दुर्घटना भै गोडँ लंगडा भएकोले २।३। मुक्का पिटेपछि जोहर मिया सख्त घाईते भएकोमा समनपुर हेल्थपोष्टमा लगेको थियो । उपचार हुँदा हुदै मृत्यु भएको भनी सुनेको हुँ भनी २०४४।५।८।२ मा सेख इसराईलले प्रहरीमा गरेको वयान कागज ।

            ८.    हाम्रो मानिस चुनावमा हारेको हो यसलार्ई कुट जे परेको म बुझाउँला भनी निज प्रधानपन्चले आफ्नो हातमा लिएको लाठीले जोहर मियालार्ई प्रहार गरे निज सफी महमद समेतका ८।९ जनाले नकुट मानिस मर्छ भनी रोक्दा छुट्याउन लाग्दा निज सफि महमद सेर महमद खेराति बेठा, असिन, सेख तवारक, अलाउँदिन र म भै जाहेर मियालार्ई जाहेरीमा उल्लेखित सवैले लाठी मुक्का समेतले कुटपीट गरेकोमा जोहर मिया सख्त घाईते भै बेहोस अबस्थामा भएकोले हेल्थपोष्ट समनपुरमा उपचारर्थका लागी लगेकोमा निज जोहर मियाको मृत्यु भयो भनी सुनि गाउ मै बसेकोमा प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको सेख महमदले प्रहरीमा २०४४।५।१३।७ मा गरेको वयान कागज कुटाईको पिडावाट जोहरको मृत्यु भएको हुनुपर्छ भन्ने व्यहोराको प्र. वाजुल हकले प्रहरीमा गरेको वयान ।

            ९.    जोहर मियालार्ई यदि तेरो छोरा सेर महमदले कुटन खोजेको सक्नेछ तापनि सेख सफि महमदको पक्ष मानिस मेरो एन्टी नै त होस भनी प्रधानपन्चले यसलार्ई पनि पिट भनी प्रधान पन्चले नै पहिला चोटि लाठीले जोहर मियालार्ई हाने पछि सबै जनाले पिटे मैले पनि जोहर मियालार्ई लाठीले हाने पछि सबै जनाले पिटे म पनि जोहर मियालार्ई २।३ लाठी हाने प्रधानपन्चको कुरामा लागी मर्छ भन्ने नियतले कुटपिट गरेको होईन तर सोहि कुटाईको चोटवाट मर्न गएको हो भन्ने समेत व्यहोराको प्रहरीमा २०४४।५।१३।७ मा प्रतिवादी तहिद मिया अन्सारीले गरेको वयान कागज ।  

            १०.    म पनि प्रधान पन्चकै ग्रुपमा लागी झगडा भएको ठाउँमा गए प्रधान पन्च आफ्नो हातमा भएको लाठीले पहिला प्रहार गरे जोहर मिया भुईमा लडेपछि जाहेरीमा उल्लेख भएका सबै प्रतिवादीहरुले कुटपिट गरे जोहर मियाको समनपुर हेल्थपोष्टमा मृत्यु भयो भन्ने सुने सो हेल्थपोष्टमा घाइते हुने मानिसलार्ई लगेको रहेछ भने पनि सुने भन्ने समेत व्यहोराको प्रहरीमा २०४४।५।१३।७ मा प्रतिवादी जैनुल मिया अन्सारीले गरेको वयान कागज ।

            ११.    जाहेरवालाको बाबु जोहर मिया अन्सारी र सेख सनाउल्लाहको वीच पानिको विषयमा झगडा भएको र यो जोहर मिया बदमास मानिस हो यसलार्ई हान जो परेको म व्यहोर्छु भनी निज सेख सनाउल्लाह बचन दिएका र निजले पहिला लाठी प्रहार गरी भुईमा जोहर मियालार्ई लडाएपछि जाहेरीमा लेखिएको सबै अभियुक्तहरु र सेख कमरुल समेतले लाठी, भाला, लात, मुक्का समेतको ले हानी जोहर मियाको धुक धुकी मात्र छाडी भागेका हुन जोहर मियालार्ई उपचारको लागि समनपुर हेल्थपोष्टमा लगेकोमा उपचार हुँदा हुदै २०४४।५।३ गते मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जमिनका अधिकांश मानिसले वकि लेखाई दिएको २०४४।५।२६ को सर्जमिन मुचुल्का ।

            १२.   जोहर मिया अन्सारीलार्ई २०४४।५।३ गते अं. ९ वजे दिनको समयमा विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुले कुटपिट गरी सो दिनको १२ वजे जाहेरवालाको बाबु जोहर मिया अन्सारीको मृत्यु भएको कुरा सो सिध्द हुन आएकोले ज्यान संम्वन्धीको १ नं. विपरित कसुर गरेको तथा यिनै १२ जना प्रतिवादीहरुले प्रहार गरेको धारीलो हतियार एवं लाठी समेतको चोटवाट जोहर मिया अन्सारीको मृत्यु भएको हुँदा मुलुकी ऐन ज्यान सम्वन्धीको १३ नं. को देहाय ३ अनुसार सबै प्रतिवादीहरु उपर सजाय हुन मांग दावी लिई प्र. सेख ईसराइल, सेख वलिउल्लाह, तहिद मिया, बाजुल हक, सेख महमद, जैनुल मिया अन्सारी समेतलार्ई सम्मानीत अदालत समक्ष सम्वन्धित केश फाईल साथ प्रस्तुत गरि सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

            १३.   जाहेरी दर्खास्त र प्रहरीमा भएको बयान, सर्जमिन मुचुल्का, प्रहरी प्रतिवेदन समेत सुनाउदा सुने म उपर लगाएको अभियोग सम्पुर्ण झुठ्ठा हो । २०४४।५।३ गते गाउँ घरमा नरहि ३ कोष फरकमा पर्ने गमुरीया पंचायत अन्तर्गत भूसाहा छोरी कहां गै त्यंही बास बसी ऐ ४ गते घर फर्कि आएको हुँ । म निर्दोष छु । प्रहरीमा मेरो नामवाट भएको बयान राजी खुशीवाट गरेको छैन भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदनमा सेख वलिउल्लाह लेखे पनि मेरो नाम सेख महमद आवेदउल्लाह हो भनी २०४४।५।२९ मा यस अदालतमा गरेको बयान ।

            १४.   मिति २०४४।५।२ गतेका दिन म गौर आई सो राति सवगढँमा सेख महमद दिनको घरमा बसे र २०४४।५।३ गते सांझ ५ वजेको वखतमा म आफ्नो घरमा पुगेको हुँ प्रहरीमा भएको बयान कागज मैले राजिखुशीवाट गरेको छैन र जोहर मियालार्ई मैले कुटपिट गरेको छैन म निर्दोष भएकोले म उपरको पोल उजुर झुठ्ठा हो भन्ने समेत व्यहोराको २०४४।५।३०।३ मा यस अदालतमा प्रतिवादी सेख ईसराइलले गरेको बयान ।

            १५.   मिति २०४४।५।३ गते म आफ्नो गाउँ घरमा नभै जि.रौ.गा.पं. विश्रँमपुर वस्ने नेसार अन्सारी संग मेरो छोरीको बिबाह भएको हुँदा छोरी बेरामी भएको खबर २०४४।५।१ गते आइ छोरीलार्ई हेर्न भनी गई १।२ गते त्यही बास बसी ऐ ३ गतेका दिन सांझ ४ बजे घरमा आईपुगेको हुँ । गा.पं.को चुनाबमा म जाहेरवालाको पक्षको व्यक्तीलार्ई मद्दत नगरेकोबाट सोही रिसईविवाट जाहेरीमा मेरो नाम किटान गरि दिएको हो जोहर मियालार्ई कुटपिट गरि कर्तव्यमा पारि नमारेको हुँदा म उपर लगाइएको अभियोग झुठ्ठा हो प्रहरीमा मलार्ई कुटपीट गरी बयान कागजमा सहिछाप गराएको हो राजिखुशीवाट गरेको छैन । मलार्ई देब्रे खुट्टाको पैतालामा प्रहरीले लाठीले कुटेका हुन सो कुटेको घा खत पैतालामा छदैछ अस्पताल जाँच गराई पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा २०४४।५।२०।५ मा प्रतिवादी वाजुल हक अन्सारीले गरेको वयान ।

            १६.    गाउँ घरको चुनावी पार्टी पोलीसिले गर्दा जाहेरी दर्खास्तमा मेरो नाम समेत लेखि दिएका हुन जि.रौ.गा.प. सन्तपुर वस्ने जटिल मियाको छोरा संग मेरो छोरीको विवाह भएको हुँदा २०४४।५।२ गतेमै छोरी बेरामी भएको खबर पाई म छोरी कहा गएकोमा ऐ २।३ गते त्यही बास बसी ऐ ४ गते खाना खाई बेलुकी ४।५ वजेको वखतमा म आफ्नो घर आई पुगेको हुँ । वारदात हुँदाको बखत म गाउँ घरमा नभै आफ्नो गाउँ घर देखि ५ कोष फरकमा पर्ने सन्तपुरमा हुँदा मृतक जोहर मियालार्ई कर्तव्य गरि मैले मारेको होइन छैन म उपर लगाएको अभियोग झुठ्ठा हो भन्ने समते व्यहोराको यस अदालतमा २०४४।५।३०।३ मा प्रतिवादी तहिद मिया अन्सारीले गरेको बयान ।

            १७.   मिति २०४४।५।१ गतेका दिन म र मेरो भाइृ सेर। महमद भैसी खरिद गर्न भनी घरवाट हिडी जि.सर्लाही वरहथवा वजार हुदै राति जि. सर्लाही फरहदवा गा.पं. वार्ड नं. ६ वस्ने ऐनुलको घरमा दुवै दाजुभाई बास बसी भोलीपल्ट ज्वरो लागी सिकिस्त भै फरकदवा गाउँ कै विलास ठाकुरले मलार्ई जि. सर्लाही हरिपुर हेल्थपोष्टमा लगी २०४४।५।२ गते देखि ऐ ४ गते सम्म हेल्थपोष्ट मै बसी उपचार गराई ऐ चार गते कै बेलुकी फरहदवा कै एनुलको घरमा आई बसी २०४४।५।८ गते सम्म बसी ऐ ९ गते दुवै दाजुभाई भारतको आसाम भन्ने कमाउन गएको थिए । जोहर मियालार्ई कुटपिट गरि नमारीएको हुँदा म उपर लगाइएको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको मिति २०४४।१२।१६।३ मा प्रतिवादी सेख अरसद भनीन्एका सेख असराजले यस अदालतमा गरेको बयान ।

            १८.   मिति २०४४।५।२ गते गोरु खरिद गर्न जि. वारा सिम्रौनगढ बजारमा गएको थिए सो दिन वैल खरिद नहुँदा सांझमा हरिहरपुरमा मेरो चिनाजानीको राम प्रसाद यादव कंहा गई राति बास बसी भोलिपल्ट ३ गते अचानक मेरो पेटको व्यथाले असहनीय पिडा भै निज राम प्रसाद र प्रेम हजारा समेत मिलि मलार्ई सिम्रौनगढ हेल्थपोष्टमा पुर्याई दियो । औषधी गराउदै अस्पतालमै रहे ऐ ४ गते पुनः राम प्रसाद कै घरमा गै बैल खरिद गर्न आसपासको गाउँमा खोजतसाल गर्दा बैल फेला नपरेकोले २०४४।५।६ गते घर फर्कि आएको थिए । जाहेरवालाको वावु जोहर मियालार्ई मैले कुटपिट गरेको छैन चुनावको रिसईविले झुठ्ठा मेरो नाम उल्लेख गरी दिएका हुन भन्ने समेत व्यहोराको २०४४।१२।१६ गते यस अदालतमा प्रतिवादी तवारक मिया कवारीले गरेको बयान ।

            १९.    मिति २०४४।५।१ गते म तथा मेरो दाजु अर्सद भनिएका सेख असराज भैसी किन्न जिल्ला सर्लाही वरहथवा वजारमा गै सो ठाउवाट राति फरहदवा वस्ने एनुलको घरमा वास वसी भोलिपल्ट झाडा वान्ता लागी बिरामी परेकोवाट ऐ २।३ गते र ४ गते बेलुकी ४ वजे सम्म हेल्थपोष्टमा मै वसी ऐ ४ गते फरहदवा गाउँ कै ऐनुलको घरमा ऐ ऐ ८ गते सम्म बसी ऐ ९ गते सोही ठाउँवाट विदेश भारत आसाम कमाउन गएको थिए । मृतक जोहर मियालार्ई कुटपिट गरेको छैन । मेरो कर्तव्यवाट निजको मृत्यु भएको छैन । गाउँको चुनावको रिसईवीले र जाहेरवालाको भाई चोरी गरेकोमा मैले चोरी मुद्दामा सर्जमिन गरी दिएको समेत रिस ईविले मेरो नाम सर्जमिनमा उल्लेख गरि झुठ्ठा बकी दिएको तथा जोहरी दर्खास्त दिएका हुन् भन्ने समेत व्यहोराको मिति २०४४।१२।१६।३ मा यस अदालतमा प्रतिवादी सेख सेरमहमदले गरेको बयान ।

            २०.   मिति ०४४।५।१ गते जिल्ला सर्लाही गा.पं. बलरा अन्तरगत लक्ष्मीपुर टोलमा म र मेरो दाजु अतिउल्लाह रामचन्द्र झा को घरमा बास बसी भोलिपल्ट ऐ २ गते मेरो पेटमा दर्द भएकोले उपचार गराउन जि. सर्लाही छतौना हेल्थपोष्टमा ऐ २।३।४ गते सम्म गराई सो ठाउँवाट दाजुलार्ई घर पठाई म भारतको आसाम भन्ने ठाउँमा आफ्ना ससुरा सेख रफिल कहा गएको थिए । मैले जोहर मियालाई कुटपिट गरेको छैन मेरो कुटाइवाट निजको मृत्यु भएको छैन म उपरको पोल उजुर विलकुल झुठ्ठा हो भन्ने समेत व्यहोराको यस अदालतमा २०४५।१।३।६ मा सेख अमानुल्लाहले गरेको वयान ।

            २१.   मिति २०४४।५।३ गते यसै जिल्ला अन्तरगत तेजापाकड गाउँ पंचायतमा थिए । २०४४।५।२ गते तेजापाकड गा.पं. वार्ड नं ७ मा वस्ने सेख नथुनीको घमा गई गोरुलार्ई खुवाउने नोकरी गर्न गएको र सो ठाउँवाट २०४५।१।२० गते घर आएको छु । जोहर मिया कसरी मरे मैले नदेखेको हुँदा भन्न सक्दिन म उपरको पोल उजुर बिल्कुल झुठ्ठा हो भन्ने समेत व्यहोराको २०४५।४।५।४ मा यस अदालतमा सेख कमरुलले गरेको बयान ।

            २२.   प्रतिवादी सेख सनाउल्लाहका नाउँमा जारी भएको वारेण्ट सहितको ७० दिनेम्याद २०४४।७।१८।४ मा तामेल भै आएको म्यादमा बयान गर्नहाजिर नभै शुरु म्याद गुजारी वसेको रहेछ ।

            २३.   प्रतिवादी सेख वलिउल्लाह प्रहरी प्रतिवेदनमा लेखे पनि मेरो नाम सेख ओवुदउल्लाह हो भनी बयान गरेकोमा निजको साक्षी सेख गनि महमद १ सेख हविव १ सेख वाजुल १ हक समेतको पृथक पृथक बकपत्र ।

            २४.   प्रतिवादी सेख ईसराईलको साक्षी सेख तहिद १ तहिद हजाम १ सेख ईस्लाम १ समेतको पृथक पथृक वकपत्र ।

            २५.   प्रतिवाद जैनुल मियाको साक्षी हमीद मिया अन्सारी १ सेख समिम १ सेख अव्दूउल्लाह समेतको पृथक पृथक वकपत्र ।

            २६.   प्रतिवादी तवारक मियाका साक्षी प्रेम हजारा दुसाध १ राम प्रसाद राय १ नाजिर मिया १ समेतको पृथक पृथक वकपत्र ।

            २७.   प्रतिवादी वाजुल हक अन्सारीको साक्षी सफि महमद अन्सारी १ अव्दुल अन्सारी १ साहेब अन्सारी १ समेतको बकपत्र ।

            २८.   प्रतिवादी सेख महमद अलिके साक्षी सेख ईरसाद १ सेख साकेत १ सेख अल्ताव १ समेत को पृथक पृथक बकपत्र ।

            २९.   प्रतिवादी तहिदको साक्षी ढोढाई मिया ल्याकत १ सेख वसी महमद १ समेतको पृथक पृथक बकपत्र ।

            ३०.   प्रतिवादी सख कमरुलको साक्षी सेख नथु १ सेख सहीम १ समेतको पृथक पृथक वकपत्र ।

            ३१.   प्रतिवादी सेख अर्सद भन्ने सेख असराजको साक्षी विलास ठाकुर लोहार १ सेख नईम १ सेख तवारक १ समेतको पृथक पृथक बकपत्र ।

            ३२.   जाहेरवालाको बाबु जोहर मिया र सेख सनाउल्लाहको वीच २०४४।५।३ गतेका दिन वाद विवाद भई रहेको हुँदा हुदै सनाउल्लाहले प्रहार गरे त्यसपछि सेख वलि उल्लाह, सेख अमाउल्लाह सेर महमद, सेख खर्सद, तहिद मिया, तवारक मियां जनुल मिया, वाजील मिया, सेख महमद समेतले मारपीट जोहर मियालार्ई गरे उपरोक्त नाम लेखाइएको व्यक्तिको कुटाईवाट जोहर मियाको मृत्यु भएको हो, सेख सनाउल्लाहको हातमा लाठी, सेर महमदको हातमा भाला, सेख अर्सदको हातमा गडासा थियो अरुहरुको हातमा के के थियो मैले देखिन । घटनाको शुरुवात देखे ५०।६० जनाको भिड थियो । निजहरुको नाम खुलाउन सक्दीन भन्ने समेत व्यहोराको सर्जमिनका मानिस महमद आलमले यस अदालतमा २०४५।५।२४।६ मा गरेको वकपत्र ।

            ३३.   मिति २०४४।५।३ गतेका दिन पानीको विषयमा वाद विवाद हुँदा हुदै जोहर मिया माथि सेख सनाउल्लाहले हिर्काइ दियो । सेख वलिउल्लाह, सेख अमाउल्लाह, सेख महमद, सर महमद सेखअर्सद तवारक मिया कवारी, वाजुल हक अन्सारी, तहिद मिया, जैनुल मिया, सेख महमद समेतले मारपिट गरी भाग्न लागेकोदेखे ५०।६० जनाको हुल थियो । एक जना लक्ष्मीपुरको तवारक थिए अरु सबै जना गाउँकै व्यक्ति थियो । सनाउल्लाहको हातमा लाठी महमदकोसेरको हातमा भाला सेख अरसदको हातमा गडासा अरुको हातमा फराठा थियो भन्ने समेत व्यहोराको सर्जमिनको मानिस सेख हविव वुल्लाहले २०४५।५।२८ मा यस अदालतमा गरेको वकपत्र ।

            ३४.   जोहर मिया र सेख सनाउल्लाहको वीच वाद विवाद भै रहेको अवस्थामा भोट नदिएको हो भनी सनाउल्लाहले भनी निजले जोहर मिया उपर प्रहार गरी त्यसपछि ५०।६० जना व्यक्तीले दनादन प्रहार गरे पछि भागि गएं । सेख अमाउल्लाह, सेख वलीउल्लाह, सेख अर्सद, तवारक मिया, सेख महमद, सेख ईसराइल, सेख कमरुलर जैनुल पनि थिए । मारपिटवाट जोहेर मिया मरेको हुन् सेख सनाउल्लाहको हातमा लाठी महमद सेरको हातमा भाला, सेख अर्सदको हातमा गडासा अरुको हातमा के के थियो सो म भन्न सक्दिन भन्ने समेत व्यहोराको सर्जमिनका मानिस भोला मिया अन्सारीले २०४५।५।२९ मा यस अदालतमा गरेको बकपत्र ।

            ३५.   मिति २०४४।५।३ गतेका दिन ९ वजेको समयमा आफ्नो गोरुलाई खुवाई रहेको अवस्था मारपिटको हल्ला सुनि सो ठाउँमा जोहर मियालार्ई घेरी राखेको थियो । पहिला सेख सनाउल्लाले जोहर मियालाई एकलौटी हिर्काइ दियो । त्यसपछि ५०।६० जनाको हुलले जोहरमियालाई कुटपिट गरे सेख अर्सद सेखमाउल्लाह, सेख उल्लाह, सेख सेर महमद, सेखमहमद, तहिद मिया, तवारक मिया, सेख कमरुल जैनुल समेत थियो । सो वाहेक अरु कोहि पनि थिएन । माथि लेखाइएका व्यक्तिहरुवाट जोहर मियाको मृत्यु भएको हो । सनाउल्लाहको हातमा लाठी सेर महमदको हातमा भाला, अर्सदको हातमा गडासा यति मानिसको हातमा मात्र हात हतियार देखे भन्ने समेत व्यहोराको सर्जमिनका मानिस सेख ग्यासुदिनले २०४५।५।२९।४ मा यस अदालतमा गरेको वयान ।

            ३६.   मिति २०४४।५।३ गते हल्ला सुनि गई हेर्दा ५०।६० जनाको भिड थियो । सनाउल्हले जाहेर मियालार्ई लाठी प्रहार गरि त्यसपछि भिडका मानिसहरुले जोहर मियालार्ई मारपिट गरे त्यसपछि जैनुल अमानुल्लाह, सनाउल्लाह, तहिद, अर्सद, वलिउल्लाह सेर महमद, तवारक समेतका ८ जना लार्ई मैले चिन्हे । मारपिटवाट जोहर मिया मरेका हुन भन्ने समेत व्यहोराको २०४५।५।३० मा यस अदालतमा सर्जमिनका मानिस सखे सौकतले गरेको बकपत्र ।

            ३७.   प्रतिवादी सेख सनाउल्लाह संग झगडा भएको र निज सनाउल्लाह कै कुटाईले निज मृतक जोहर मियाको मृत्यु भएको हो अरु कसैलार्ई मैले देखेको छैन । कस्ले मारेको हो मैले चिन्हेको छैन । ५०।६० जनाको हुल थियो भन्ने समेत व्यहोराका २०४५।५।३०।५ मा यस अदालतमा सर्जमिनका मानिस सेख अलाउदिनले गरेको बकपत्र ।

            ३८.   मिति २०४४।५।३ गतेका दिन विहान ८।९ वजेको समयमा हल्ला सुनि हल्ला भएको ठाउँमा जाँदा घटनास्थलमा ५०।६० जनाको हुलमा सेख सनाउल्लाहले जोहर मियालार्ई हिर्काएर आदेश दिए सो ठाउँमा ५०।६० जनाको हातमा लाठी थियो । तर जोहर मियालार्ई र ति मानिसहरुलार्ई चिन्हे सेख सेर महमद, सेख अर्सदक्, तवारक मिया कवारी, तहिद मिया, जैनुल मिया, सेख वलिउल्लाह सेख अमाउल्लाह, समेतलाई चिन्हे जाहेर मिया मरेको हो सनाउल्लाहले प्रहार गरेको देखे अरुले प्रहार गरेको मैले देखिन भन्ने समेत व्यहोराको सर्जमिनका मानिस सेख तवारकले २०४५।६।३ गते यस अदालतमा गरेको वकपत्र ।

            ३९.   मिति २०४४।५।३ गते म आफ्नो गाउँ घरमा हसीया कुटाउन गएको थिए । हल्ला सुनि घटनास्थलमा पुग्दा जोहर मिया घटनास्थलमा वेहोसी अवस्थामा थियो । निज जोहर मियाको धुकधुकी चढी रहेको थियो । सफि महमद, तवारक तहिद, खैराती, सेरा महमद, आलम ग्यासुदिन सौकतभोला, अनवर, नेक महमद, सेख लगायत केही व्यक्तिहरुले मलार्ई भन्यो कि ऐनुलले तिम्रो वावुलार्ई मारेको थियो भनी भनेका थिए । वावु जोहर मियालार्ई प्रहरीको सहयोगले समनपुर अस्पतालमा गोरु गाडामा लादी लगेकोमा औषधी हुँदा हुदै जोहर मिया मरेको हो सफि महमदले भन्यो कि सनाउल्लाह, वलिउल्लाह, अमानुउल्लाह, सेर महमद, तहिद मिया, सेख महमद, तवारक मिया थियो भनी सुनेको हुँ अरु कोहि पनि थिएन भन्ने कुरा सुनेको हुँ । अरु कस्ले के हतियारवाट मारे सो सुनेको छैन । कसो गरि मेरो बाबु जोहर मिया मरे मैल देखेको छैन सुनेको भरमा लेखाएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला नेकमहमद अन्सारीले मिति २०४५।५।३१।६ मा यस अदालतमा गरेको बकपत्र ।

            ४०.   मिति २०४४।५।३ गतेम दिसा गरी आउन लाग्दा चोकमा सनाउल्लाहले ५०।६० जनाको साथजोहर मिया संग वाद विवाद भइरहेको थियो । सोही क्रममा सनाउल्लाहले जोहर मिया उपर प्रहार गरे त्यसपछि भीडका ५०।६० जनाले जोहर मिया उपर प्रहार गरे त्यसमा तवारक मिया सेर महमद, सेख अर्सद, सेख नेर म हमद, तहिद मिया, नैजुल मियांलार्ई मात्र चिन्हे अरुलार्ई चिन्हेको छैन मारपिटवाट जोहर मिया मरेको हो भन्ने समेत व्यहोराको घाईते व्यक्ति खेराती जेठा धोवीले २०४५।६।२।१ मा यस अदालतमा गरेको वकपत्र ।

            ४१.   सेख सनाउल्लाहको मारले जोहर मियाको मृत्यु भएको हो । सेख सनाउल्लाह, सेख, सेर महमद, सेख अर्सद, तवारक मिया, जेनुल मिया, तहिद मिया, सेख समानुल्लाह समेतका व्यक्तिले जोहर मियालाई मारपिट गरी मारेको हुन । सेख सनाउल्लाहको हातमा लाठी सेर महमदको हातमा भाला सेख अर्सदको हातमा गडासा अरु प्रतिवादीहरुको हातमा के हतियार थियो मैले ध्यान दिइन भन्ने घाइते सेखसफि महमदले २०४५।६।३।२ मा यस अदालतमा गरेको  वकपत्र ।

            ४२.   मिति २०४४।५।३ गतेका दिन म आफ्नो घरमा थिए बाहिर हल्ला भएको सुनि पनि वाहिर गए क कस्ले जाहेरवालाको वावु जोहर मियालार्ई मारे मैले देखिन तर १०।१२ जनाले जोहर मिया कुटपिट गरी गई सकेपछि म त्यंहा पुगेको थिए । त्यहा पुगि सकेपछि जोहर मियालार्ई कुट्ने व्यक्तिलार्ई देखे कुटने व्यक्तिहरु मध्ये सेख सनाउल्लाह सेर महमद, सेख आर्सद सेख वलिउल्लाह, सेख अमानुल्लाह, तवारक मिया, सेख महमद जैनुल मिया, नहिद मियां थिए शेष अर्सदको हातमा गडासा अरुहरुका हातमा लाठी मात्र लिएको थियो भन्ने समेत व्यहोराको घाइते व्यक्ति तहिद मियाअन्सारीको २०४५।६।३।२ को यस अदालतमा गरेको वकपत्र ।

            ४३.   पानीको विषयमा मेरो वावु जोहर मियां अन्सारी नसरुद्ध मियाको दर्वाजानिर पुगेपछि प्र.सेख सनाउल्लाहले यो धेरै नै बदमास भनी निजको साथमा ३५।३६ जना मानिसहरुलार्ई भन्दै पहिला लाठी सनाउल्लाहले जोहर मिया माथि प्रहार गरे त्यसपछि तवारक मिया, अर्सद वलिउल्लाह, अमानुल्लाह, सेख ईसराईल तहिद मिया, जैषनुलमिया, सेख महमद वाजुल मियाले पिटेको थियो निजहरुलार्ई चिन्हे अरु कसैलार्ई पनि चिन्दीन कसैको हातमा लाठी कसैको हातमा भाला थियो तर लाठीले प्रतिवादी सेख सनाउल्लाहले कुटदा जाहेर मिया मरेको हो सनाउलहकोहातमा लाठी अरुको हातमा फराठा थियो भन्ने समेत व्यहोराको जाहेरवालाको छोरा वारदात मौकामा भएको भनी प्रहरीमा कागज गर्ने सेरमहमदले यस अदालतमा २०४६।६।१६।२ मा गरेको बकपत्र ।

            ४४.   प्रतिवादी मध्येका सेख सनाउल्लाह, फरार रहेकोले निजको हकमा पछि ठहरे वमोजिम हुने गरी हाललार्ई अ.वं. १९० नं.वमोजिम मुलतवी राखि दिने प्रतिवादी सेख ईसराईल को मृत्यु ०४५।५।२ गते गौर अस्पतालमा भएको हुनाले अ.वं. १७६ नं. वमोजिम निजको हकमा केहि गर्नु परेन प्रतिवादी वाजुल हक अन्सारी सेख कमरुलको हकमा सवुद प्रमाणको अभावमा शंका र अनुमानको भरमा उक्त वारदातमा सलग्न थिए भन्न सकिने अबस्था विद्यमान नहुँदा निजहरु दुइजनाले अभियोग दावीवाट सफाइ पाउने ठहर्छ र प्रतिवेदनमा दावी लिइएको ईसा महमदको छोरा सेख वलिउल्लाह भन्ने अन्य व्यक्ति भएको कुरा प्रतिवादी पक्षबाट स्थापित हुन नसकेकोले निज वली उल्लाह भन्ने औवैदउल्लाह नै रहेछ भन्ने कुरा यकिन हुन आएकोले निज ओवैदुल्लाह तथा जैनुल मिया अनसरी सेख महमद अलि, तवार मिया कवारी, सेख सहिद महमद, सेख अर्सद भन्ने असराज तथा सेख अमानउल्लाह, र तहिर मिया, समेत जना ८ का यि प्रतिवादीहरुलार्ई उक्त ज्यान सम्वन्धीको १७ (३) बमोजिम जनही वर्ष ३ कैद हुने समेत ठहर्छ भन्ने मिति २०४६।९।६ गतेको रौ.जि.अ. को फैसला ।

            ४५.   प्रतिवादीहरुलार्ई ज्यान सम्वन्धीको १३(३) बमोजिम कार्वाही र सजाय गरि पाउँ भन्ने जाहेरी दर्खास्त भएकोमा हदैसम्म सजाय हुनुपर्नेमा ज्यान सम्वन्धीको १७(३) वमोजिम सजाय गरेको फैसलामा चित्त वुझेन तसर्थ प्रहरी प्रतिवेदन माग दावी वमोजिम प्रतिवादीहरुलार्ई हदै सम्म सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

            ४६.   शुरुले मलार्ई ज्यान सम्वन्धीको १७(३) बमोजिम कैद वर्ष ३ (तीन) हुने ठहर्‍याई गरेको शुरुको फैसलामा मेरो चित्त वुझेन तसर्थ मेरो पुनरावेदन जिकिर वमोजिम सफाइ पाउने परीवन्दवाट न्याय इन्साफ गरी पाउँ भन्ने तवार मिया कवारीको पुनरावेदन जिकिर ।

            ४७.   शुरुले १७(३) बमोजिम कैद वर्ष ३ (तिन) हुने ठहर्‍याई गरेको त्रुटिपूर्ण फैसलामा मेरो चित्त वुझेन तसर्थ शुरुको फैसला वदर गरी मेरो पुनरावेदन जिकीर वमोजिम सफाइ पाउने परिवन्दवाट न्याय इन्साफ गरि पाउँ सेख अर्सद भन्ने सेख असराजको पुनरावेदन जिकीर ।

            ४८.   शुरुले मलार्ई ज्यान सम्वन्धीको १७(३) (तिन) वमोजिम तिन वर्ष कैद हुने ठहर्‍याई गरेको फैसलामा मेरो चित्त वुझेन तसर्थ मेरो पुनरावेदन जिकिर वमोजिम सफाइ पाउने परिवन्दवाट न्याय इन्साफ गरि पाउँ भन्ने सख अमानुउल्लाहको पुनरावेदन जिकिर ।

            ४९.   मेरो सक्षीहरुले मलाई सफाइ दिई गरेको वकपत्रलाई प्रमाणमा लिई मैले सफाइ पाउने ठहराउनु पर्नेमा मलार्ई ज्यान सम्वन्धीको १७(३) लगाई ३ वर्ष कैद हुने ठहर्‍याएको शुरुको फैसलामा चित्त वुझेन तसर्थ शुरुको फैसला वदर गरी मैले सफाइ पाउने परिवन्दवाट न्याय इन्साफ गरी पाउँ भन्ने प्रतिवादी सेख सेर महमदको पुनरावेदन जिकीर ।

            ५०.   शुरुको फैसलामा चित्त वुझेन शुरुले मलार्ई ज्यान सम्वन्धीको १७(३) लगाई तिन वर्ष कैद हुने ठहराएको फैसलामा चित्त वुझेन प्रहरीमा नै पक्राउ परि २ वर्ष ७ महिना ६ दिन थुनामा वसी भूक्तान भै सकेको हुनाले वाकी अवधीको हकमा धनजमानी दिई पुनरावेदन गरेको छु मेरो पुनरावेदन जिकीर वमोजिम सफाइ पाउँ भन्ने तहिद मियाको पुनरावेदन जिकीर ।

            ५१.   शुरुले मलार्ई ज्यान सम्वन्धीको १७(३) लगाई तिन वर्ष कैद हुने ठहर्‍याएको शुरुको फैसलामा मेरो चित्त वुझेन तसर्थ शुरुको फैसला वदर गरी न्याय पाउने परिवन्दवाट फैसला गरि पाउँ भन्ने जैनुल मिया अन्सारीको पुनरावेदन जिकीर ।

            ५२.   शुरुको फैसलामा चित्त वुझेन शुरुले मलार्ई तिन वर्षकैद हुने ठहर्‍याएकोमा २ वर्ष ७ महिना ९ दिन थुनामा बसी सकेको र वाकी ४ महिना १४ दिनको हकमा धन जमानी दिई तारेखमा रहने गरी पुनरावेदन गरेको छु । सफाइ पाउने परिवन्दवाट न्याय इन्साफ गरि पाउँ भन्ने लेख इसा महमदको छोरा शेष महमद ओवेदुल्लाहको पुनरावेदन जिकीर ।

            ५३.   शुरुको फैसलामा मेरो चित्त वुझेन शुरुले तिन वर्ष कैद हुनेठहराई गरेको फैसलामा मेरो चित्त वुझेन २ वर्ष ७ महिना ६ दिन थुनामा बसी सकेको हुनाले वाकी अवधीको हकमा सफाइ पाउने पसवन्दवाट न्याय इन्साफ गरि पाउँ भन्ने शेष महमद अलिको पुनरावेदन जिकिर ।

            ५४.   यसमा वादी पक्षको पुनरावेदनको सन्दर्भमा प्रमाणको मूल्यांकन गर्दाशुरुको इन्साफ विचारणीय हुदा अ.वं. २०२ नं.अन्तरगत प्रत्यर्थीहरुलार्ई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने २०४७।११।२८ को तत्कालिन नारायणी अंचल अदालतवाट भएको आदेश ।

            ५५.   यसमा सर्जमिनका मानिसहरुले अदालतमा आई वकपत्र गर्दा र घाइतेहरुले अदालतमा आइ वकपत्र गर्दा समेत प्रतेवादी शेषवलि उल्लाह, शेष सेर महमद र शेष अर्सद भन्ने असरजले मृतक उपर चोट छोडेको भनी किटान गरेको देखिंदा यी प्रतिवादीहरुलार्ई शुरुले ज्यान सम्वन्धीको १७ (३) नं.अनुसार सजाय गरेको मिलेको नदेखिंदा उल्टी भैयी प्रतिवादीहरुलार्ई ज्या.स.ं १३ (३) नं. अनुसार सजाय हुने ठहर्छ । अन्य प्रतिवादी तहिद मियां अन्सारी, शेषमहमद अलि, जैनुल मिया अन्सारी, र तवरक मिया कवाडीलार्ई वारदातमा संलग्न देखाएर ज्या.सं. को १७(३) वमोजिम सजाय गरेको मिलेको नदेखिंदा उल्टी भै यी प्रतिवादीहरुले कसुरको अभियोगवाट सफाइ पाउने ठहर्छ । पुनरावेदक प्रतिवादी शेष अमान्नुलाहको २०४८।१।१६ मा मृत्यु भएको र निजको हकमा ज्या.सं. को १७(३) वमोजिम कसुर ठहर भै रहेकोमा निजको हकमा दण्ड सजायको ४ नं.को अवस्था नदेखिंदा निजको हकमा समेत अ.वं. १७६ नं. को स्थीति नै आकर्षित हुने देखिदा निजको पुनरावेदन, तामेलीमा राखि दिने ठहर्छ अरु प्रतिवादीहरु शेष कमरुन र वाजुल हकका सम्वन्धमा सुरुले गरेको निर्णय मिलेकै देखिंदा त्यस हदसम्म शुरुको निर्णय मनासिव ठहर्छ । अन्य कुरामा दुवै थरको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत पुनरावेदन अदालत हेटौडाको फैसला ।

            ५६.   प्रतिवादीहरु मध्ये ताहिद मियां अन्सारी, वाजुल हक, शेष महमद, जैनुका मिया समेत मौकामा प्रहरीमा मृतकलार्ई कुटपिट गरी मारेको कुरा स्वीकार गरी वयान गरेका छन् भन्ने उक्त सावितीलार्ई घटना छुट्याउने घाइते खैराती वुढा धोवी समेतको कागज र सर्जमिनका व्यक्तिहरुको वकपत्रवाट पुष्टि भएको स्थीतिलार्ई अन्यथा व्याख्या गरी सफाइ दिएको हदसम्म उक्त फैसला वदर गरी मात्र दावी वमोजिम प्रतिवादीहरुलार्ई सजाय गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ५७.   यसमा लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतवाट जाहेरवालाका वावु जोहर मियां कर्तव्यवाट मरेको भन्नेमा विवाद देखिएन अव सो वारदातको अवस्थामा छुट्याउन लाग्दा घाइते भएका शेष सफि मोहमद, खैरानी वैठा धोवी, तहिद मिया अन्सारी, शेष महमद अन्सारी समेतका व्यक्तिले अदालतमा गरेको वकपत्रमा समेत सफाइ पाएका प्रतिवादीहरु ताहिद मिश्र अन्सारी, शेष महमद अलि, जैनुल मिया अन्सारी र तवारक मियां कवारी समेतका घटनास्थलमा उपस्थित रहि निजहरुले समेत मृतकलार्ई चोट प्रहार गरेको भनी वकपत्र गरी दिएको देखिन आएको र सर्जमिनका प्रत्यक्षदर्शी भनिएका शेष मुवारक समेतका व्यक्तिले समेत उल्लेखित प्रतिवादीहरु समेतले मृतकलाई लाठी भालाले कुटपिट गरेको भनी वकपत्र गरेको देखिन आएको स्थीतिमा सो प्रमाणको आधारमा उल्लेखीत प्रतिवादीहरुलार्ई सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं.वमोजिम छलफलको लागी विपक्षीहरुलार्ई झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।३।१८ को आदेश ।

            ५८.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फवाट रहनु भएका विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खडकाले प्रतिवादहिरु अधिकार प्राप्त अधिकारी समक्ष कसुरमा सावित भएको, लासप्रकृति मुचुल्का पोष्टमार्टम रिपोर्ट समेतवाट सो साविती लार्ई समर्थन भई रहेको स्थितिमा एउटै कसुरमा ३ जना प्रतिवादीलाई मात्र कसुरदार ठहराई अरु प्रतिवादीहरुलार्ई सफाइ दिएको फैसला कति पनि नमिलेकोले सवै फैसला वदर गरी सवै प्रतिवादीहरु लार्ई वादीदावी वमोजिम सजाय हुनुपर्छ भनी र प्रतिवादीहरु तर्फवाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता द्वय श्री शेख अव्वास र श्री हरि प्रसाद उप्रेतीले जाहेरी दर्खास्त सुनेको भरमा, भाला गडासाले हानी मृतकको मृत्यु भएको भन्ने उल्लेख भएको र पोष्टमार्टम रिपोर्टमा भाला गडासाको प्रयोग भएको देखिएको छैन । चश्मदिद व्यक्तिहरुको सर्जमिन र अदालतको भनाइ एकरुपता छैन । एकरुपता नभएको भनाइलाई प्रमाणमा लिन मिल्दैन । प्रतिवादीहरुको मृतकलार्ई मार्नु पर्ने सम्मको कारण तथा रिसइवी भएको कही कतैवाट पुष्टी हुन सकेको छैन । अतः अभियोग दाविवाट सवै प्रतिवादीहरुले सफाइ पाउनु पर्ने भनी आ आफ्नो वहस प्रस्तुत गर्नु भयो ।

            ५९.   यसमा विद्वान अधिवक्ताहरुको वहस तथा मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा २०४४।५।३ गते विद्वान मृतक जोहर मिया खेतमा काम गर्न गएकामा गाउँ पंचायतको चुनावको रिसइवी सम्वन्धमा वाद विवाद भै अ. ५०।६० जनाले वावु जोहर मियालाई घेरी कर्तव्यवाला मध्येका सेख सनाउल्लाहले लाठीले पहिलो चोट प्रहार गर्ने वित्तिकै वावु भूइमा लडेपछी अन्य प्रतिवादीहरुले कुटपिट गरे भन्ने थाहा पाई आफू घटनास्थल तर्फ गएको भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त परी अनुसन्धान तहकिकात समेत भै विरुद्ध खण्डमा लेखिएका १२ जना प्रतिवादीहरुले प्रहार गरेको हतियार एवं लाठी समेतको चोटवाट जोहर मियाको मृत्यु भएको हुँदा ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी रहेको देखिन्छ । प्रतिवादीहरु मध्ये शेख सनाउल्लाह फरार रहि रहेकोले निजको हकमा मूलतवी रहेको र अर्को प्रतिवादी शेख इसराइलको मृत्यु भएकोले केहि गर्नु नपर्ने भनी तथा प्रतिवादी वाजुल हक अन्सारी र सेख कमरुलले अभियोग दावीवाट सफाइ पाउने र अन्य आठ जना प्रतिवादीहरुले ज्या.स. १७ (३) नं. वमोजिम सजाय ठहर गरेको शुरु रौतहट जिल्ला अदालतको फैसला उपर पुनरावेदन परी पुनरावेदन अदालत हेटा्रैडा वाट प्रतिवादी शेष सेर अहमद र शेष अर्सद भन्ने शेष असराज तथा शेख वलि उल्लाह समेतका ३ जनालार्ई ज्यान सम्वन्धी महलको १३ (३) नं. वमोजिम जन्मकैद हुने र अरु प्रतिवादीहरु तहिद मिया अन्सारी, शेख महमद, जैनुल मिया अन्सारी, तवारक मिया कवारी समेतका ४ जनाले सफाइ पाएका तथा प्रतिवादी मध्येका शेख अमानोल्लाह ०४८।१।१६ मा मरेकाले तामेलीमा रहने गरी भएको फैसला उपर चित्त नवुझी अन्य प्रतिवादीहरुलाई पनि ज्या.सं. १३(३) नं. वमोजिम सजाय हुनु पर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन एवं जाहेर हुन आएका साधकको तह समेतवाट प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको छ ।

            ६०.   वादी श्री ५ को सरकार तर्फवाट कायम रहेका १२ जना प्रतिवादी मध्ये शेख सना उल्लाहको हकमा अ.व. १९० नं. वमोजिम मुलतवि रहेको तथा प्रतिवादी मध्येका शेख इसराइलको मिति २०४५।५।२ मा र अर्को प्रतिवादी सेख अम्मानुल्लाहको मिति २०४८।१।१६ मा मृत्यु भएको भन्ने रहेको देखिंदा त्यसतर्फ अरु विचार गरी रहनु परेन । वांकी ९ जना प्रतिवादीहरु मध्ये जन्मकैदको सजाय हुने प्रतिवादी शेख सेर अहमद, शेख अर्साद भन्ने शेख असराज र सेख वलि उल्लाहको हकमा साधक तहवाट र वांकी ६ जना प्रतिवादीहरु तहिद मिया अन्सारी, शेख वलि महमद, जैनुल मियां अन्सारी तवारक मिया, कवारी, वाजुल हक अन्सारी र शेख कमरुल समेतका व्यक्तिहरुले सफाइ पाएको सम्वन्धमा पुनरावेदन तहवाट विचार गरी पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिलेको के रहेछ भन्ने तर्फ निर्णय गर्नु पर्ने देखियो ।

            ६१.    मिति २०४४।५।३ गतेका दिन कुटपिटको वारदात भएको र जौहर मियांको मृत्यु भएको भन्ने तथ्यमा विवाद देखिदैन । पोष्टमार्टम (Post Mortum) रिपोर्ट तथा लास प्रकृति मुचुल्कावाट समेत टाउकोमा चोट प्रहार भई जोहर मिया मरेको भन्ने देखिन आउँछ । क कसको चोट प्रहारवाट जौहर मियां मरेको रहेछ भन्ने तर्फ विचार गर्दा मर्ने जोहरको छोरा नेक महमद मिया अन्सारीको २०४४।५।४ को जाहेरी र अदालतमा भएको निजको वकपत्र वेहोरामा अन्तर देखिन आएको छ । जाहेरवालाको अदालतमा भएको वकपत्रवाट शेख सना उल्लाहको प्रहारवाट वावु जोहरको मृत्यु भएको भन्ने किटानी पाइन्छ । अरु प्रतिवादीहरुको हकमा किटानी लेखाई देखिन आउदैन । अदालतवाट वुझिएका सर्जमिनका व्यक्तिहरुको भनाइ हेर्दा शेख सना उल्लाहको हकमा सम्म सवैको भनाइ मिल्न भिड्न आउँछ । अरु प्रतिवादीहरुको हकमा फरक फरक व्यहोरा पाइन्छ । प्रत्यक्ष दर्शि भनिएका शेख तवारक, तहिद मियां अन्सारी, सफी महमद, खैराती वैठा धोवी, शेख अलाउदिन, शेख शौकत, ज्याजुदिन शेख, भोला मिया अन्सारीको वकपत्र हेर्दा शेख सना उल्लाहले प्रहार छोडेको भन्नेमा एकरुपता छ अरु प्रतिवादीहरु उपस्थित रहेको भन्ने सम्म पाइन्छ । पोष्टमार्टम रिपोर्ट वा लास प्रकृति मुचुल्कावाट टाउकोमा (निधार माथि) तालुमा एउटा चोट देखिन्छ । विभिन्न व्यक्तिको प्रहार चोट भएको अवस्थामा सोही अनुरुप धेरै चोट घाउहरु देखिनु पर्ने हुन्थ्यो । शेख सना उल्लाहले छाडेको चोटको हकमा सम्म वेहोरा मिली रहेको र निज सना उल्लाह फरार रहि निजको हकमा मुलतवि रहेको समेत पाइन्छ । त्यस तर्फ विचार गर्नुपर्ने अवस्था भएन । प्रतिवादीहरु मध्ये वाजुल हक अन्सारी र शेख कमरुलको सम्वन्धमा मिसिल कागजात अध्ययन गर्दा जाहेरीमा वाजुल हकको नाम उल्लेख भएको छ । शेख कमरुलको नाम उल्लेख हुन सकेको समेत छैन । जाहेरवालाको अदालतमा भएको वकपत्रवाट समेत निजहरुको उपस्थीति देखिदैन । जाहेरी दर्खास्त समर्थित हुन नसकेको स्थीतिमा जाहेरी दर्खास्तकै आधार पुग्न सक्ने हुदैन । देख्ने भनिएका व्यक्तिहरु शेख तवारक, तहिद मियां अन्सारी, सफि महमद, वैठा धोवी, अलाउदीन, ज्ञ्यासुदिन, भोला मियां, शेर महमद समेतका वकपत्रवाट वाजुल हक र शेख कमरुलको वारदात स्थलमा उपस्थित समेत नदेखिएको आधारमा निजहरुलार्ई कसुरवाट सफाइ दिने ठहराएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिन्छ । प्रतिवादीहरु शेख सेर अहमद, शेख अर्साद भन्ने शेख असराज शेख वलि उल्लाह, तहिद मिया अन्सारी, शेख महमद, जैनुल मिया अन्सारी, तवारक मिया कवारीको हकमा वादी दावी वमोजिम ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाय गरी पाउँ भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा निजहरु प्रहरी समक्ष आरोपित कसुर गरेमा सावित छन । अदालतमा इन्कार रहंदा केहि प्रतिवादीहरुले वारदातमा सम्मिलित नरहि उक्त समयमा आफू अन्यत्रै औषधी उपचार गराई रहेको भनी एलिवि (Alibi) लिएकै देखिन्छ । एलिबि लिनेले आफ्नो आधार प्रमाण शंकारहित रुपबाट खम्बिर गराउन सक्नुपर्दछ । एलिबिले लिएकै भरले आरोपित कसुरवाट उन्मूक्त हुने हुदैन । तवारक मियांले सिम्रौनगढ हेल्थपोष्टको शेर महमदले तथा शेख असराजले सर्लाही जिल्ला स्थित हरिपुर हेल्थपोष्टको तथा शेख अमानुल्लाहले सर्लाही जिल्ला स्थीत छतौना हेल्थपोष्टमा औषधी उपचार गराई रहेको भनी प्रमाण पेश गरेको देखिन्छ । हेल्थपोष्टमा सामान्य उपचार सम्म हुने हो, सरकारी अस्पताल सरह सैया सहित उपचार हुने व्यवस्था रहेको प्रमाणित हुनु पर्दछ । त्यस्तो प्रमाणको अभावमा हेल्थपोष्टवाट प्राप्त गरेको प्रमाण पत्र भन्दैमा प्रमाण ग्राह्य हुन सक्ने हुदैन । Alibi लिने प्रतिवादीहरु तवारक मिया अन्सारी, शेर महमद, शेख असराज, शेख अमानुल्लाहको Alibi शंकारहित तवरवाट पेश हुन आएको देखिदैन । प्रत्यक्षदर्शि भनिएका सर्जमिनका व्यक्तिहरु शेख तवारक, घाइते तहीद मिया अन्सारी घाइते सफि महमद, घाइते खैराती वैठा धोवी, शेख अलाउ शेख सौकत, ग्यासुदिन सेख, भोला मिया अन्सारीको वकपत्रवाट प्रतिवादीहरु शेख सेर महमद, शेख अर्साद तवारक मिया कवारी, तहिद मियां अन्सारी, जैनुल मिया अन्सारी, शेख वलि उल्लाह, शेख अमानोलाह समेतका व्यक्तिहरु उक्त वारदात स्थलमा उपस्थित रहेको भन्ने देखिंदा Alibi को जिकिर लिने प्रतिवादीहरु तवारक मिया, शैर महमद, शेख असराज, शेख अमानोल्लाहको Alibi जिकिर पुग्न सकेको भन्न मिलेन । वारदात समय र स्थलमा निजहरुको उपस्थिति रहेको प्रमाणित हुन आउँदछ । वारदात समय र स्थलमा उपस्थित रहने अरु प्रतिवादीहरु शेख सैर अहमद, शेख अर्साद भन्ने शेख असराज, शेख वलि उल्लाह, तहिद मिया अन्सारी शेख महमद, जैनुल मियां अन्सारी र तवारक मिया कवारी समेतका प्रतिवादीहरुले वादी दावी वमोजिमको कसुर गरे नगरेको के रहेछ भन्ने तर्फ विचार गर्दा जाहेरवाला नेक महमद अन्सारीले प्रत्यक्ष देखेको नभई अरुले भनेको आधारमा जाहेरी दिएको देखिन्छ । र आफ्नो जाहेरी अनुरुपको अदालतमा वकपत्र गरेको देखिदैन । अदालतमा बकपत्र गर्दा वावु जौहर मियालार्ई मार्न शेख सना उल्लाह बाहेक अरु व्यक्तिको संलग्नता नरहेको भनी लेखाइ दिएको पाइदा जाहेरी दरखास्त अपुष्ट हुन पुगेको देखिन्छ । उक्त कुटपिट वारदातमा एक अर्कालार्ई पन्छाउने छुट्याउने उद्देश्यबाट गएको र प्रतिवादीहरुको चोटबाट घाइते भएका भनीने तहिद मिया अन्सारी सफि महमद, खैराती बैठा धोवी समेतका व्यक्तिहरु र सर्जमिनका अरु व्यक्तिहरु शेख तवारक, शेख अलाउदिन, शेख सौकत, ग्यासुदिन शेख र भोला मिया अन्सारीले गरेको वकपत्रबाट प्रतिवादीहरुको वारदात समय र स्थलमा उपस्थित भएपनि निजहरुले चोट छाडेको भन्ने देखिदैन । भिडका मानिसहरुले मारपिट गरे भन्ने बेहोरा लेखि दिएको र शेख सना उल्लाहको प्रहारले जौहर मियाको मृत्यु भएको भन्ने बेहोरा सबैको वकपत्र लेखाइबाट देखिन आउँंछ । वकपत्र बेहोराबाट ५०।६० जनाको हुल भएको र एक आपसमा मारपिट भएको भन्ने देखिन्छ । वैठा धोवी लगाएतका केहि व्यक्तिहरु घाइते भएको पनि देखिन्छ । को कस्को चोट प्रहारबाट जौहर मियाको मृत्यु भएको भन्नलार्ई शेख सना उल्लाह वाहेक अरु प्रतिवादीहरुको नाम स्पष्ट हुन नसकेको र ५०।६० जनाको हुलमा जम्मा १२ जना व्यक्तिहरुलार्ई मात्र चिनेको अरुलार्ई नचिनेको भन्ने अभिकथनबाट अरु प्रतिवादीहरुले समेत चोट छाडेको भन्ने देखिन आएन । वारदात समय र स्थलमा उपस्थित रहेकै आधारले शेख सना उल्लाह बाहेक अरु प्रतिवादीहरुले पनि जौहर मियालार्ई चोट पुर्‍याएको भन्ने आधार प्रमाणको अभावमा अनुमान गर्न मिल्दैन । मृतक जौहर मियाको लास प्रकृती मुचुल्का एवं पोष्टमार्टम रिपोर्टबाट समेत विभिन्न घाउचोट नदेखिएको आवस्थामा अन्य प्रतिवादीहरुले समेत जौहर मियालार्ई चोट पुर्‍याएको र सोही चोटबाट जौहर मियाको मृत्यु हुन पुगेको भन्ने वादी दावी समर्थित हुन सकेको देखिन आएन । वादी दावी बमोजिम मुलतवीमा रहेका प्रतिवादी शेख सना उल्लाह वाहेकका अन्य प्रतिवादीहरुले ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिमको कसुर गरेको नदेखिदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । माथि गरिएको विवेचनाबाट प्रतिवादीहरु शेख सैर महमद, शेख अर्साद भन्ने शेख असराज तवारक मिया कवारी, ताहिद मिया अन्सारी, जैनुल मिया अन्सारी, शेख वली उल्लाह, शेख अमा मुल्लाह समेतका प्रतिवादीहरु वारदात स्थल र समयमा उपस्थित रहेको भने देखिन्छ । सना उल्लाह र जौहर मिया वीच भोट सम्वन्धी विवाद रहेको भन्ने व्यहोरा सफि महमद, तहिद मिया अन्सारीको वकपत्रबाट देखिन्छ भने अलाउदीनको वकपत्रबाट सना उल्लाह र जौहर मिया बिच जग्गा जमिनको झगडा थियो भन्ने जस्ता विवादको विषय समेत देखिएको स्थिति र कुटपिटको वारदात भएको तथ्य समेतको आधारमा मृतक जौहर मिया र शेख सना उल्लाह वीच उठेको वैमनस्यताबाट वारदात घटेको देखिन्छ । यस्तो अवस्थामा शेख सना उल्लाह पक्षका व्यक्तिहरुको वारदात स्थलको उपस्थिति अस्वाभाविक नदेखिदा प्रतिवादीहरु शेख सैर अहमद, शेख अर्साद भन्ने शेख असराज, तवारक मिया कवारी, तहिद मिया अन्सारी, जैनुल मिया अन्सारी, शेख वली उल्लाह, शेख अमानुल्लाह समेतका प्रतिवादीहरु वारदात स्थलमा गइ अरु कुरा केहि नगरी हेरीरहने अभियोग गरेको रहेनछ भन्न नमिलेबाट ज्यान सम्वन्धी महलको १७(३) नं. बमोजिमको कसुरको आधारमा सजाय गरेको शुरु रौतहट जिल्ला अदालतको इन्साफ मिलेकै देखिदा मुनासिव ठहर्छ । प्रतिवादीहरु मध्ये शेख वली उल्लाह, शेख सैर महमद र शेख अर्साद भन्ने शेख असराजलार्ई ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने र अरु प्रतिवादीहरु तहिद मिया कवारी, शेख महमद, जैनुल मिया अन्सारी, तवारक मिया अन्सारीलार्ई सफाइ दिने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको नदेखिदा उल्टी हुन्छ । प्रतिवादीमध्येका शेष अमान उल्लाहको २०४८।१।१६ मा मृत्यु भएको भन्ने देखिंदा त्यस तर्फ केहि गरिदिनु परेन बांकि प्रतिवादीहरु जैनुल मियां अन्सारी, शेष महमद, तहिद मियां अन्सारी, शेष वाली उल्लाह, शेष अर्सद भन्ने असराज, शेष अमान उल्लाह, शेष सैर महम्मद र तवारक मिया कवारीको हकमा रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धीको १७(३) नं.बमोजिम सजाँय गर्ने ठहर्‍याएको फैसला मिलेको देखिदा मुनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

माथी इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौडाको फैसला उल्टी भएकोले सो फैसला बमोजिमको लगत कायम राख्न परेन । सो को लगत कट्टा गरी सुरु जिल्ला अदालतको फैसला बमोजिमको लगत कसि कानून बमोजिम गर्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाइ दिनु .........    

 

मिसिल नियम वमोजिम वुझाई दिनु.....   

                                     

उक्त रायमा म सहमत छु ।

 

न्या.केशव प्रसाद उपाध्याय

 

इति सम्वत २०५४ साल फाल्गुण १९ गते रोज ३ शुभम्... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु